नयाँ विश्‍वासीहरूलाई मलजल गरेर सिकेको एउटा पाठ

25 फेब्रुअरी 2023

यस वर्षको जनवरीमा, मैले मण्डलीका नवविश्‍वासीहरूलाई मलजल गरिरहेकी थिएँ। सिस्टर रन जिये र उनका श्रीमान्‌ मेरो जिम्‍मामा रहेकाहरूमध्येका दुई नवविश्‍वासीहरू थिए। सुपरभाइजरले मलाई रन जियेका श्रीमान्‌ले भर्खरै परमेश्‍वरको आखिरी दिनहरूको कामबारे अनुसन्धान गर्न थालेका हुन्, तिनी एकदुई भेलामा मात्रै सहभागी भएका छन् र तिनलाई अझ धेरै साथ र मलजल आवश्यक छ भनेर भने।

म रन जियेको घरमा जाँदा दुवैपटक तिनी र तिनका श्रीमान्‌बीच भनाभन भयो। सोधखोज गर्दा, मैले के थाहा पाएँ भने रन जियेले आफ्नो श्रीमान्‌लाई सांसारिक प्रचलन पछ्याएकोमा र भक्त विश्‍वासी नबनेकोमा हेला गर्ने रहेछिन्। उनले अयथार्थवादी अपेक्षा राखेर श्रीमान्‌लाई कडिकडाउ गर्दा मलाई यसले तिनको प्रगतिमा बाधा पुग्छ भन्‍ने लाग्यो किनकि तिनले भर्खरै साँचो मार्गको अनुसन्धान गर्न थालेका थिए। एकपटक मैले उनलाई मानिसहरूसँग कसरी सहनशीलता र धैर्यतासाथ व्यवहार गर्नुपर्छ भन्‍नेबारे सङ्गति दिएँ। तर अचम्‍म, ती सिस्टरको चित्त दुख्यो र उनले पहिले नै धेरै धैर्यता देखाइसकेकी छु भनेर भनिन्। उनले यसोसमेत भनिन्, “तिनले विश्‍वास गर्न सक्दैनन् भने विश्‍वास नगरून्। कम्तीमा पनि त्यसरी तिनले मेरो स्थितिमा असर पार्नेछैनन्।” उनले यसो भनेको सुन्दा मलाई उनका श्रीमान्‌ मण्डली आउन छोड्लान् भन्‍ने धेरै चिन्ता लाग्यो। मैले मनमनै गुनासो गरेँ, “यी सिस्टर कति अहङ्कारी रहेछिन्। उनलाई आफ्‍नो रिस कसरी पोखाउने भन्‍ने मात्रै चिन्ता छ र अरूलाई कस्तो महसुस हुन्छ भन्‍ने वास्तै छैन। मैले उनीसँग गम्‍भीर सङ्गति गर्नुपर्छ र यो परिस्थिति कति भयानक छ भनेर बुझाउनुपर्छ।” तर मैले आफ्‍नो कुरा राखेपछि, रन जियेले यसो भन्दै जवाफ दिइन्: “मलाई रिस गर्न त मन लाग्दैन। तर तिनी दिनभरि अरूसँग घुमेर वा जुवातास खेलेर बस्छन् र परमेश्‍वरको वचन पढ्दैनन्। मैले तिनलाई जति भने पनि तिनले मेरो कुरा सुन्दैनन्।” यो सुनेपछि मलाई अलिक रिस उठ्यो। मैले सोचेँ: “तिमीले प्रष्ट रूपमा भ्रष्टताका लक्षणहरू देखाइरहेकी छ्यौ, तर तिमी आफ्‍नो श्रीमान्‌को मात्रै आलोचना गर्छौ। तिमीले आफूलाई पटक्‍कै चिनेकी रहेनछौ!” त्यसैले मैले उनलाई परमेश्‍वरले मानिसहरूको अहङ्कारी स्वभाव पर्दाफास गर्नुभएको एउटा खण्ड पढेर सुनाएँ अनि उनको रिस हैसियतको धेरै चाहना गरेको फलस्वरूप आएको हो भनेर अर्थ लगाइदिएँ। आफूले भनेको नमान्दा श्रीमान्‌लाई झुक्‍न बाध्य पार्न रिसाउनु र जाइलाग्‍नु भ्रष्ट स्वभाव थियो र त्यसलाई सुधार्न जरुरी थियो। त्यो बेला, ती सिस्टरले आफू अहङ्कारी भएको कुरा मन नलागीनलागी स्वीकार गरिन्, तर पछि, उनले पहिलेजस्तै व्यवहार गर्न थालिन् र अलिकति पनि परिवर्तन भइनन्। पछि, मैले उनीसँग धेरैपटक सङ्गति गरेँ र आफ्‍नो श्रीमान्‌सँग राम्रो व्यवहार गर्नुहोस्, सधैँ कमजोरी नखोतल्‍नुहोस्, र आफूलाई चिन्‍नुहोस् भनेर अनुरोध गरेँ। तर ती सिस्टरले अझै पनि बहानाहरू बनाइरहिन्। के गर्ने मलाई थाहै भएन। सुरुमा त म तिनको श्रीमान्‌लाई साँचो मार्गमा जग बसाल्‍न मदत गर्न धेरैभन्दा धेरै भेलामा सहभागी गराउन चाहन्थेँ, तर ती सबै भेलाहरू अचानक रोकिए।

त्यो बेला, मैले गुनासो गरिरहेँ र रन जियेलाई आलोचना गरेँ: “तिनी कति अहङ्कारी छिन्, आफ्‍नो श्रीमान्‌सँग कठोर व्यवहार गरिरहन्छिन्। कतै तिनमा कमजोर मानवता त छैन? मैले उनलाई धेरैपटक सङ्गति दिइसकेँ, तर उनले सत्यताको अभ्यास गर्ने वा भेलाहरूको प्रवर्धन गर्न सघाउने गर्दिनन्। म उनलाई अबदेखि साँच्‍चै नै मलजल गर्न चाहन्‍नँ।” एकपटक, मैले मेरी सहकर्मी सिस्टरसँग यस विषयमा छलफल गरेँ र मेरो सबै गुनासो पोखेँ। ती सिस्टरले मलाई अनुभव गवाहीको एउटा भिडियो हेर्न अनुरोध गरिन्। उक्त भिडियोमा भएको परमेश्‍वरको वचनको एउटा खण्डले मेरो मन साँ‍च्‍चै छोयो। परमेश्‍वरका वचनहरूले भन्छ, “साँचो मार्ग अनुसन्धान गरिरहेका मानिसहरूसँग व्यवहार गर्दा होसियारी र समझदारी अपनाउनुपर्छ र प्रेममा भर पर्नुपर्छ, किनभने साँचो मार्ग अनुसन्धान गर्ने हरेक व्यक्ति अविश्‍वासी हुन्छन्—तिनीहरूमाझ रहेका धार्मिक व्यक्तिहरूसेमत करिबकरिब अविश्‍वासी नै हुन्छन्—र तिनीहरू सबै नाजुक हुन्छन्: आफ्ना धारणासँग मेल नखाने कुनै पनि कुरालाई तिनीहरूले सजिलै विरोध गर्न सक्छन्, र आफ्नो इच्छाअनरूप नभएको कुनै पनि भनाइप्रति तिनीहरूले सजिलै विवाद खडा गर्न सक्छन्। तसर्थ, तिनीहरूलाई सुसमाचार सुनाउँदा हामी सहनशील हुनुपर्छ। यसको लागि हामीमा असीम प्रेम हुनुपर्छ, र हामीलाई केही निश्‍चित विधि र व्यवहार-शैलीहरू जरुरी पर्छ। तैपनि, महत्त्वपूर्ण कुरा भनेको तिनीहरूलाई परमेश्‍वरका वचनहरू पढेर सुनाउनु, मानिसलाई मुक्ति दिन परमेश्‍वरले व्यक्त गर्नुहुने सबै सत्यता तिनीहरूलाई बताउनु, अनि तिनीहरूलाई परमेश्‍वरको आवाज र सृष्टिकर्ताका वचनहरू सुन्‍न दिनु हो। यसरी तिनीहरूले लाभ प्राप्त गर्नेछन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार फैलाउनु त्यो कर्तव्य हो जसलाई सम्मान गर्न सबै विश्‍वासीहरू बाध्य छन्)। हामीले सुसमाचार प्रचार गर्न लायक हरेक व्यक्तिलाई प्रेमपूर्ण वास्ताको साथ व्यवहार गर्नुपर्छ, अनि प्रगाढ धैर्य र प्रेमसाथ सहयोग र साथ दिँदै तिनीहरूसँग सत्यता सङ्गति गर्नुपर्छ र तिनीहरूलाई परमेश्‍वरको अघि ल्याउनुपर्छ भनेर परमेश्‍वरले आदेश दिनुभएको रहेछ। यी सुसमाचार प्रचार गर्ने हरेक व्यक्तिका जिम्‍मेवारी र दायित्वहरू हुन्। परमेश्‍वरको हरेक शब्द र वाक्यमा मैले मानव जीवनप्रतिको उहाँको प्रेमपूर्ण वास्ता अनुभूति गर्न सक्थेँ। यसैले उहाँले हामीबाट यी अपेक्षा गर्नुभएको छ। परमेश्‍वरको प्रेम र मानवजातिप्रतिको उहाँको संवेदनशीलताबारे विचार गर्दा, मलाई लाज लाग्यो। मैले रन जियेसँग कसरी व्यवहार गरेकी थिएँ भनेर विचार गरेँ। तिनले आफ्‍नो श्रीमान्‌लाई हप्काएको कारण मैले तिनीसँग एकदुई पटक सङ्गति गर्दा पनि तिनी नसुध्रिएपछि, मलाई रिस उठ्यो, अनि तिनलाई आफ्‍नो इच्‍छाअनुसार आलोचना गर्न परमेश्‍वरको वचनका खण्डहरू खोजेँ, समस्याहरूको विश्‍लेषण गरेँ, तिनीप्रतिको मेरो खिन्‍नता पोखाएँ, र तिनका आफ्‍नै विचारहरू वा कदको बारेमा अलिकति पनि सोचिनँ। मैले मेरी सहकर्मीको अगाडि उनको मानवता कमजोर छ भनेर पनि भनेँ। मेरो प्रेमपूर्ण दया कहाँ थियो? रन जियेले परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकारेको छ महिना मात्रै भएको थियो र उनले त्यति धेरै सत्यता बुझेकी थिइनन्—त्यसैले समस्याहरूको सामना गर्दा उनले भ्रष्टता प्रकट गर्नु सामान्य कुरा थिएन र? मैले उनलाई सत्यता अभ्यास गर्न मदत गर्नको लागि प्रेमपूर्वक अगुवाइ नगरेकी मात्र होइन, वास्तवमा उनलाई तिरस्कार गरेकी थिएँ। ममा साँच्‍चै मानवताको कमी थियो। यो सबै कुराबारे मनन गर्दा, मलाई के महसुस भयो भने रन जियेसँग मैले एकदुई पटक सङ्गति गरिसकेपछि कुनै नतिजा प्राप्त नहुनुको कारण त मैले प्रेमपूर्वक सङ्गति नदिनु र उनका समस्याहरू समाधान गर्न सत्यताको प्रयोग नगर्नु रहेछ। बरु, मैले अहङ्कारी ढङ्गले उनलाई तिरस्कार र सीमित गरेँ अनि रिसले हप्काएँ। यस्तो व्यवहार गरेर, मैले उनलाई सत्यता बुझ्‍न र तिनको स्थितिमा सुधार ल्याउन मदत गर्छु भनेर कसरी अपेक्षा गरेँ? म प्रार्थनामा परमेश्‍वरको अघि आएँ, र आफ्‍ना अभिप्रायहरू सच्याउन र आफ्‍नो भ्रष्ट स्वभावअनुसार रन जियेसँग व्यवहार गर्न छोड्न तयार भएँ।

एक दिन, मैले परमेश्‍वरको वचनको एउटा खण्ड भेटेँ। “जब पवित्र आत्माले मानिसहरूमा काम गर्नुहुन्छ, तब ती मानिसहरू जुन अवस्थाहरूमा हुनेछन् ती धेरै अवस्थाहरूको बारेमा तँसित बुझाइ हुनु आवश्यक छ। विशेषतः परमेश्‍वरको सेवामा समन्वय गर्नेहरूसित यी स्थितिहरूको बारेमा अझै दह्रिलो बुझाइ हुनैपर्छ। यदि तैँले केवल धेरै अनुभवहरू वा प्रवेश प्राप्त गर्ने तरिकाहरूको बारेमा मात्रै कुरा गर्छस् भने यसले तेरो अनुभव ज्यादै एकपक्षीय छ भन्ने देखाउँछ। तेरो साँचो अवस्था नजानीकन अनि सत्यताका सिद्धान्तहरू राम्ररी नबुझीकन स्वभावमा परिवर्तन हासिल गर्न सम्भव छैन। पवित्र आत्माको कामको सिद्धान्तहरू नजानीकन वा यसले फलाउने फलको बारेमा नबुझीकन दुष्ट आत्माहरूको काम खुट्ट्याउन तँलाई कठिन हुनेछ। तैँले दुष्ट आत्माहरूको कामको साथसाथै मानिसको धारणाहरूलाई उदाङ्गो पारिदिनैपर्छ, अनि सीधै मामिलाको केन्द्रबिन्दुसम्मै भेद गर्नुपर्छ; मानिसहरूको अभ्यासमा भएका धेरै विचलनहरू र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा हुनसक्ने समस्याहरूलाई पनि तैँले औँल्याइदिनैपर्छ, ताकि तिनीहरूले त्यसलाई पहिचान गरून्। कम्तीमा, तैँले तिनीहरूलाई नकारात्मक वा निष्क्रिय अनुभूति गर्न दिनु हुँदैन। तथापि, धेरै मानिसहरूका निम्ति वस्तुगत रूपले अस्तित्वमा रहेका कठिनाइहरूलाई तैँले बुझ्नैपर्छ, तँ बेमनासिब हुनुहुँदैन वा तैँले ‘एउटा सुँगुरलाई गाउन सिकाउने प्रयास’ गर्नुहुँदैन; त्यो मूर्ख व्यवहार हो। मानिसहरूले अनुभव गर्ने धेरै कठिनाइहरूको समाधान गर्न, तैँले पहिले पवित्र आत्माको कामका विविध पक्षहरूलाई बुझ्नैपर्छ; पवित्र आत्माले मानिसहरूमा कसरी काम गर्नुहुन्छ भनी तैँले बुझ्नैपर्छ, तँसित मानिसहरूले सामना गर्ने कठिनाइहरू र तिनीहरूका कमी-कमजोरीहरूको बुझाइ हुनैपर्छ, अनि तैँले समस्याको मुख्य मामिलाहरूलाई भित्रबाट बुझ्नैपर्छ र नबरालीकन नभइकन वा कुनै गल्तीहरू नगरीकन यसको स्रोतसम्म पुग्नैपर्छ। केवल यस्तो प्रकारको व्यक्ति मात्रै परमेश्‍वरको सेवा समन्वय गर्न योग्य हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा योग्य गोठालो कुन कुराले सुसज्जित हुनुपर्छ)। परमेश्‍वरका वचनहरू मनन गरेपछि, मैले के महसुस गरेँ भने चाहे सुसमाचार प्रचार गर्दा होस् वा नवविश्‍वासीहरूलाई मलजल गर्दा होस्, हामी सधैँ मानिसहरूको वास्तविक समस्या र स्थितिहरूबारे सचेत हुनुपर्छ, र तिनीहरूका समस्याहरू साँचो रूपमा समाधान गर्न सान्दर्भिक सत्यताहरू सङ्गति गर्नुपर्छ। यदि हामीले तिनीहरूका कठिनाइ बुझेनौँ र आफ्‍नै विचारको आधारमा सङ्गति गर्‍यौँ भने, हामीले तिनीहरूका समस्या हल गर्ने त कुरै छोडौँ, उल्टै तिनीहरूलाई चोट वा ठेस पुर्‍याउने सम्‍भावना हुन्छ। कहिलेकहीँ जब नवविश्‍वासीहरूले भ्रष्टता र नकारात्मकताका लक्षण देखाउँछन्, र धेरैपटकको सङ्गतिले पनि तिनीहरूलाई सुधार हुन मदत गर्दैन, तब सुरुमा हामीले तिनीहरूका समस्याहरूबारे स्पष्ट रूपमा सङ्गति गरेका छौँ कि छैनौँ भनेर मनन गर्नुपर्छ। हामीले स्पष्ट रूपमा सङ्गति नगरेको कारण तिनीहरूका समस्याहरू अझै समाधान भएका रहेनछन् भने, हामीले आफ्‍नो कर्तव्य र जिम्‍मेवारीहरू पूरा गरेका छैनौँ। मैले रन जियेलाई कसरी व्यवहार गरेकी थिएँ भनेर नसोची बस्‍न सकिनँ। ती अवधिमा रन जियेले आफ्‍नो श्रीमान्‌लाई हकारेको देख्दा, मैले उनी अहङ्कारी छिन् र आफ्‍नो श्रीमान्‌लाई हुकुम दिँदै हिँड्छिन् भनेर मात्रै अनुमान गरेँ, त्यसकारण मैले उनलाई आलोचना गरिरहेँ र उनलाई आफ्‍नो भ्रष्ट स्वभाव चिन्‍न जबरजस्ती गरेँ, तर अन्त्यमा उनका समस्याहरू समाधान भएनन्। मैले मेरा विचारहरूलाई शान्त पारेर यस विषयमा मनन गरेपछि मात्रै मैले के चाल पाएँ भने रन जिये त्यसरी रिसाइरहनुको कारण त उनले आफ्‍नो श्रीमान्‌ले जतिसक्दो चाँडो साँचो मार्गमा जग बसाल्‍न सकून्, निरन्तर भेलाहरूमा सहभागी हुन थालून्, र समस्याहरू भोग्दा परमेश्‍वरको सुरक्षा प्राप्त गर्न सकून् भन्‍ने आशा गर्नु पो रहेछ। त्यसकारण उनले आफ्‍नो श्रीमान्‌ साथीभाइसँग घुमफिर गर्ने वा जुवातास खेल्‍ने, र परमेश्‍वरका वचनहरू नपढ्ने गरेको देख्दा, उनलाई रिस उठ्थ्यो। मैले यस विषयमा उनलाई सङ्गति दिएकी थिइनँ, त्यसकारण मैले सङ्गतिबाट कुनै पनि नतिजा प्राप्त गरिनँ। वास्तवमा, मुख्य समस्या ममा थियो। मैले ती नवविश्‍वासीसँग सङ्गति गर्न उनको समस्या पहिचान गरिनँ, र उनलाई कमजोर मानवता भएको र सत्यतालाई नस्वीकार्ने व्यक्ति भनेरसमेत आलोचना गरेँ, र उनलाई मलजल गर्नसमेत अनिच्छा गरेँ। मैले साँच्‍चै आफूलाई चिनेकी रहेनछु र अरूको निम्ति ममा अलिकति पनि प्रेम रहेनछ। यो महसुस गरेपछि, मलाई निकै लाज र ग्‍लानि भयो। मैले रन जियेप्रतिको मेरो मनोवृत्ति सुधार्नुपर्थ्यो, उनको वास्तविक समस्याबारे उनीसँग सङ्गति गरेर उनका समस्याहरू हल गर्न सत्यता प्रयोग गर्नुपर्थ्यो।

एक दिनपछि, हाम्रो भेला हुने समय भएको थियो। म पुगेपछि, रन जियेले उनका श्रीमान्‌ले सङ्गतिमा आउँछु भनेर स्पष्ट रूपमा भनेको, तर अझै घर नआएको भन्दै गुनासो गर्न थालिन्। उनले तिनलाई खोजी नगर्ने व्यक्ति भनेर भनिन् र तिनलाई यस्तै अवस्थामा छोडिदिन चाहेको कुरा बताइन्। त्यसकारण मैले उनको परिस्थितिलाई ध्यानमा राख्दै सङ्गति गरेँ। मैले भनेँ: “तपाईंको श्रीमान्‌लाई भेलामा सहभागी हुन र परमेश्‍वरका वचनहरू पढ्न अनुरोध गर्नु राम्रो अभिप्राय हो, तर हामीले उहाँप्रति एकैचोटि ठूलो आशा पनि गरिहाल्‍नु हुँदैन। उहाँले तपाईंको कुरा नमान्दा तपाईं रिसाएमा, उहाँले भनेको मान्‍ने सम्‍भावना अझै कम हुन्छ। शैतानले मानिसहरूलाई अत्यन्तै गहन रूपमा भ्रष्ट पारेको छ र तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, त्यसकारण सत्यता र जीवन प्रवेशसम्‍बन्धी तिनीहरूको खोजी बिस्तारै आउँछ। अलिकति अन्तर्ज्ञान वा बुझाइ प्राप्त गर्नको लागि पनि धेरै सङ्गति र अनुभव चाहिने र बाधाहरूसमेत सामना गर्नुपर्ने हुन्छ। त्यसैले हामीले मानिसहरूलाई प्रेमपूर्वक सहयोग र परिवर्तन हुने समय दिनुपर्छ। हामीले देखेका छौँ, परमेश्‍वरले मानिसहरूलाई स्वभाव परिवर्तन गर्नू भन्‍नुहुन्छ, तर मानिसहरूलाई जबरजस्ती गर्ने वा अवास्तविक अपेक्षाहरू गर्ने कहिल्यै गर्नुहुन्‍न। हामी हाम्रो भ्रष्ट स्वभावअनुसार जिउँछौँ र परमेश्‍वरका वचनहरू पालना गर्दैनौँ भन्‍ने देखेर, उहाँले क्रोध पोखाउने वा हामीलाई त्याग्‍ने गर्नुहुन्‍न, बरु हामीलाई आफ्‍ना वचनहरूअनुसार अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुन्छ, यसरी हामीलाई अलिअलि गर्दै अनुभव गर्ने र क्रमिक रूपमा सत्यता बुझ्ने र रूपान्तरण हासिल गर्ने मौका दिनुहुन्छ। उहाँको शैली अत्यन्तै कोमल छ भनी हामी अनुभव गर्छौँ। त्यसकारण यदि हामी हाम्रो परिवारले सक्दो चाँडो जग बसालून् भनेर भेलाहरूमा सहभागी गराउन र परमेश्‍वरका अझै धेरै वचनहरू पढ्न लगाउन चाहन्छौँ भने, यो सही अभिप्राय हो, तर हामीले तिनीहरूका कठिनाइहरूप्रति सहानुभूति राख्‍नुपर्छ र तिनीहरूलाई धैर्यतासाथ अगुवाइ र सहयोग गर्नुपर्छ। त्यसपछि मात्रै तिनीहरूले भनेको मान्‍ने सम्‍भावना बढी हुन्छ।” मेरो कुरा सुनेपछि, रन जियेले लामो सास फेरिन् र भनिन्: “म सधैँ मेरो श्रीमान्‌लाई भेलामा धेरै सहभागी गराउन र परमेश्‍वरको वचन धेरै पढ्न लगाउन खोजिरहेकी हुन्छु, तिनको लागि त्यही नै सबभन्दा उत्तम हो भन्‍ने सोच्छु र तिनलाई मैले भनेको कुरा मान्‍न लगाउने प्रयास गर्छु। तिनले मैले भने अनुसार नगर्दा, म तिनीमाथि जाइलाग्छु। त्यसरी व्यवहार गर्दा यसले वास्तवमै तिनलाई चोट पुर्‍याउने सम्‍भावना हुन्छ। म गलत रहेछु। भविष्यमा, म परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्छु र तिनलाई मेरो भ्रष्ट स्वभावअनुसार व्यवहार गर्न छोड्छु।” रन जियेले केही बुझाइ प्राप्त गरेको र मुस्कुराएको देख्दा मलाई पनि निकै खुशी लाग्यो। त्यसपछि, हामीले परमेश्‍वरको वचनको एउटा खण्ड सँगै पढ्यौँ। “तैँले अरूसँग कसरी व्यवहार गर्नुपर्छ त्यो परमेश्‍वरको वचनमा स्पष्ट देखाइएको वा सङ्केत गरिएको छ; परमेश्‍वरले जस्तो आचरणले मानवजातिसँग व्यवहार गर्नुहुन्छ मानिसहरूले एकअर्कासित गर्ने व्यवहारमा पनि त्यही आचरण अपनाउनुपर्छ। परमेश्‍वरले प्रत्येक व्यक्तिसँग कस्तो व्यवहार गर्नुहुन्छ? कतिपय मानिसहरू अपरिपक्व हैसियतका हुन्छन्; वा जवान हुन्छन्; वा थोरै समयदेखि मात्र परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन्; वा प्रकृति र सारअनुसार खराब हुँदैनन्, द्वेषपूर्ण हुँदैनन्, तर अलि अज्ञानी वा कम क्षमताका हुन्छन्। अथवा तिनीहरू अत्यन्तै धेरै बन्धनहरूमा परेका हुन्छन्, र तिनीहरूले सत्यतालाई बुझ्‍न बाँकी नै हुन्छ, तिनीहरू जीवनमा प्रवेश गर्न बाँकी नै हुन्छ, त्यसैले तिनीहरू मूर्ख कामहरू वा अज्ञानी कार्यहरू गर्नबाट जोगिन सक्दैनन्। तर मानिसहरूले मूर्खता हस्तान्तरण गर्ने कार्यमा नै परमेश्‍वर अल्झिरहनुहुन्‍न; उहाँले तिनीहरूको हृदय मात्र हेर्नुहुन्छ। यदि तिनीहरूले सत्यताको खोजी गर्ने संकल्‍प गरेका छन् भने, तिनीहरू सही छन्, र जब तिनीहरूको उद्देश्य यही हो भने, परमेश्‍वरले तिनीहरूलाई अवलोकन गरिरहनुभएको हुन्छ, तिनीहरूलाई पर्खिरहनुभएको हुन्छ, र तिनीहरूलाई समय र मौकाहरू दिँदै प्रवेश गर्न अनुमति दिनुहुन्छ। यो होइन कि परमेश्‍वरले तिनीहरूलाई एउटै अपराधको लागि मार्नुहुन्छ। त्यो त प्रायः मानिसहरूले गर्ने कुरा हो; परमेश्‍वरले मानिसहरूलाई त्यसरी व्यवहार गर्नुहुन्‍न। यदि परमेश्‍वर मानिसहरूलाई त्यसरी व्यवहार गर्नुहुन्‍न भने, किन मानिसहरूले चाहिँ अरूलाई त्यसरी व्यवहार गर्छन्? के त्यसले तिनीहरूको भ्रष्ट स्वभावलाई देखाउँदैन? तिनीहरूका भ्रष्ट स्वभाव ठीक यस्तै हुन्छ। परमेश्‍वरले अज्ञानी र मूर्ख मानिसहरूसँग कसरी व्यवहार गर्नुहुन्छ, उहाँले अपरिपक्व कद भएका मानिसहरूसित कस्तो व्यवहार गर्नुहुन्छ, उहाँले मानवजातिको भ्रष्ट स्वभावको सामान्य प्रकटीकरणहरूसँग कस्तो व्यवहार गर्नुहुन्छ, र दुर्व्यवहार गर्नेहरूलाई कसरी व्यवहार गर्नुहुन्छ त्यो तैँले हेर्नुपर्छ। परमेश्‍वरले फरक-फरक मानिसहरूसित फरक-फरक तरिकाले व्यवहार गर्नुहुन्छ, र उहाँसँग विभिन्न मानिसहरूको असङ्ख्य अवस्थाहरूको व्यवस्थापन गर्ने विभिन्न तरिकाहरू पनि छन्। तैँले यी सत्यताहरूलाई बुझ्नुपर्छ। तैँले यी सत्यताहरूलाई बुझिस् भने, परिस्थितिहरूलाई कसरी अनुभव गर्नुपर्छ र मानिसहरूलाई सिद्धान्तहरू अनुसार कसरी व्यवहार गर्नुपर्छ भनी तैँले जान्नेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि वरपरका मानिसहरू, मामला र स्थितिहरूबाट सिक्‍नुपर्छ)। हामीले पढिसकेपछि, रन जियेले उनलाई यो खण्ड राम्रो लाग्यो भनेर भनिन् र मलाई थप सङ्गति गर्न अनुरोध गरिन्। मैले उनीसँग यसो भन्दै सङ्गति गरेँ: “कसैसँग हाम्रो अन्तरक्रिया हुँदा, हामीले त्यो व्यक्तिमा कुनै कमीकमजोरी वा समस्या देख्यौँ भने, त्यो कुरालाई प्रेमपूर्वक र रिस नदेखाई उठाउनुपर्छ र त्यस व्यक्तिबाट धेरै अपेक्षा गर्नु हुँदैन। हामीले उसलाई सत्यता स्विकार्न केही समय दिनुपर्छ र प्रतीक्षा गरेर बिस्तारै सुधार हुन दिनुपर्छ। शैतानले हामीलाई अत्यन्तै गहन रूपमा भ्रष्ट पारेको छ, र सत्यता स्विकार्ने र अभ्यास गर्ने कार्यमा धेरै बाधा र कठिनाइहरू सामना गर्नुपर्छ भन्‍ने कुरा परमेश्‍वरलाई थाहा छ। कहिलेकहीँ, हामीले सत्यता बुझे पनि, हामीले यसलाई तुरुन्तै अभ्यास गर्न सक्दैनौँ। परमेश्‍वरले हामीलाई बारम्‍बार यसबारेमा सङ्गति दिनुपर्छ। कहिलेकहीँ हामीले बुझ्दैनौँ होला भनेर उहाँले चिन्ता गर्नुहुन्छ, त्यसकारण उहाँले हामीलाई धैर्यतासाथ उदाहरणहरू दिनुहुन्छ र हामीलाई बुझ्‍न मदत गर्नको लागि हरप्रकारका विधिहरू प्रयोग गर्नुहुन्छ। कहिले उहाँले हामीलाई आफ्‍ना वचनहरूद्वारा, र कहिले ब्रदर-सिस्टरहरूको सुझावद्वारा डोर्‍याउनुहुन्छ। अरू बेला, हामी अत्यन्तै सुस्त र विद्रोही हुन्छौँ र जति नै सङ्गति गरे पनि नतिजा आउँदैन, त्यसकारण हामीलाई ताडना दिन, अनुशासनमा राख्‍न, काटछाँट र निराकरण गर्न, र उत्प्रेरित गर्न परमेश्‍वरले व्यावहारिक परिस्थितिहरू मिलाउनुहुन्छ। परमेश्‍वरले अत्यन्तै कोमल र प्रेमपूर्ण तरिकाले काम गर्नुहुन्छ, उहाँले गर्ने काममा कुनै पनि कुरा जबरजस्ती हुँदैन। कहिलेकहीँ उहाँले हामीमाथि कठोरतासाथ ताडना, अनुशासन, आलोचना र खुलासाका काम गर्नुभए पनि, अझै हामीले उहाँको प्रेम र कृपा अनुभव गर्न सक्छौँ। अनुभवहरूमार्फत हामी देख्छौँ कि परमेश्‍वरले मानिसहरूसँग सिद्धान्तको आधारमा व्यवहार गर्नुहुन्छ र हामीले धेरै सत्यता सुनिसकेपछि पनि सुधार हुन नसकेकै भरमा हामीलाई हतारोसाथ त्याग्‍नुहुन्‍न। मानवजातिप्रति परमेश्‍वरसँग असीम प्रेम र धैर्यता छ र मानवजातिलाई मुक्ति दिने अत्यन्तै इमानदार इच्‍छा छ।”

रन जियेसँग सङ्गति गरिसकेपछि, मैले अचानक यस्तो सोचेँ: “परमेश्‍वरले दिनुभएका कति मापदण्ड म आफैले अभ्यास गरेकी छु? मैले त उनलाई उनले उनका श्रीमान्‌सँग कसरी व्यवहार गर्नुपर्छ भनेर मात्रै सङ्गति दिएँ, तर उनीसँग उचित व्यवहार गरिनँ! उनलाई श्रीमान्‌सँग रिसाएको र केहीपटक सङ्गति गर्दा पनि नसुध्रिएको देख्दा, मैले मनमनै उनी अहङ्कारी छिन्, उनमा मानवताको कमी छ, उनी मुख बजाउँछिन् काम गर्दिनन्, आदि इत्यादि भनेर आलोचना गरेँ।” मैले प्रकट गरेको व्यवहारलाई सम्झिँदा, मलाई निकै लाज लाग्यो। रन जिये नवविश्‍वासी थिइन् र उनीसँग त्यति धेरै अनुभव थिएन, तर मैले उनलाई आफ्नो अहङ्कारी प्रकृति चिन्‍न जबरजस्ती गरेँ र उनलाई परिवर्तन हुन दबाब दिएँ। उनी परिवर्तन नभएपछि, मैले उनलाई सत्यता खोजी वा स्वीकार नगर्ने व्यक्तिको परिधीमा राखिदिएँ, र उनीसित कमजोर मानवता छ भनेरसमेत आलोचना गरेँ। मैले रन जियेको स्थिति राम्ररी बुझेकी थिइनँ र यस विषयमा मैले सङ्गति गरिनँ, तैपनि मैले उनलाई स्वीकार गर्न, भनेको मान्‍न र परिवर्तन हुन जबरजस्ती गरेँ। म साँच्‍चै नै अहङ्कारी र तर्कहीन थिएँ। त्यो बेला मात्रै मलाई मैले भ्रष्ट स्वभाव प्रकट गरेको थाहा भयो—रन जियेको स्थिति त मेरो आफ्‍नै भ्रष्टता देखाउने एउटा ऐना मात्रै थियो। उनले परमेश्‍वरमा विश्‍वास गरेको छ महिना मात्रै भएको थियो, त्यसैले उनले आत्मचिन्तन गर्न र आफूलाई चिन्‍न नसक्‍नु सामान्य कुरा थियो। मैले विश्‍वास गरेको वर्षौं भएको थियो र समस्याहरू हल गर्न म प्रायजसो अरूसँग सङ्गति गरिरहन्थेँ, तर मैले कति सत्यता अभ्यास गर्थेँ र? के आफूले अभ्यास नगरी ठूल्ठूला कुरा गर्नु धर्मसिद्धान्त फलाक्‍ने फरिसीहरूको व्यवहार जस्तो थिएन र? त्यस बेला, परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो। “कतिपय मानिसहरूले काम र प्रचार गर्न, र अरूलाई भरणपोषण गर्न मात्र आफूलाई सत्यताहरूले सुसज्‍जित पार्छन्, आफ्नो समस्या समाधान गर्न त्यसो गर्दैनन्, र ती सत्यता अभ्यास पनि गर्दैनन्। तिनीहरूको सङ्गति शुद्ध बुझाइको र सत्यताअनुरूप होला, तर तिनीहरूले आफूलाई यसमा मापन गर्दैनन्, न त त्यो अभ्यास वा अनुभव नै गर्छन्। यहाँ समस्या के हो? के तिनीहरूले सत्यतालाई आफ्नो जीवनजस्तै साँचो अर्थमा स्वीकार गरेका छन्? अहँ, गरेका छैनन्। व्यक्तिले प्रचार गर्ने धर्मसिद्धान्त अत्यन्तै शुद्ध हुन सक्छ, तर यसको अर्थ त्यसमा सत्यताको वास्तविकता छ भन्‍ने हुँदैन। सत्यताले सुसज्‍जित हुनका लागि, पहिले आफै यसमा प्रवेश गरेको हुनुपर्छ, अनि यसलाई बुझेपछि अभ्यास गरेको हुनुपर्छ। यदि व्यक्तिले आफ्नो जीवन प्रवेशमा ध्यान दिँदैन, तर अरूलाई सत्यता प्रचार गरेर आफ्नो प्रदर्शन गर्ने लक्ष्य राख्छ भने, उसको अभिप्राय गलत छ। यस्तो काम गर्ने धेरै झूटा अगुवाहरू छन्, तिनीहरू अरूलाई आफूले बुझेका सत्यताबारे निरन्तर सङ्गति गर्छन्, नयाँ विश्‍वासीहरूलाई भरणपोषण गर्छन्, र मानिसहरूलाई सत्यता अभ्यास गर्न, आफ्ना कर्तव्य राम्रोसँग निर्वाह गर्न र नकारात्मक नबन्‍न सिकाउँछन्। यी सबै कुरा राम्रा र असल छन्—मनपर्दा समेत लाग्छन्—तर तिनीहरूले आफूले भनेजस्तो गरी किन आफैचाहिँ सत्यता अभ्यास गर्दैनन्? किन तिनीहरूसँग जीवन प्रवेश हुँदैन? यहाँ वास्तवमा के भइरहेको छ? के यस्तो व्यक्तिले वास्तवमै सत्यतालाई प्रेम गर्छ? यो भन्‍न कठिन छ। यसरी नै इस्राएलका फरिसीहरूले अरूको लागि बाइबल व्याख्या गर्थे, तर आफूचाहिँ परमेश्‍वरका आज्ञाहरू पालन गर्न सक्दैनथे। जब प्रभु येशू देखा पर्नुभयो र काम गर्नुभयो, तिनीहरूले परमेश्‍वरको आवाज सुने तर प्रभुलाई इन्कार गरे। तिनीहरूले प्रभु येशूलाई क्रूसमा टाँगे र तिनीहरू परमेश्‍वरद्वारा श्रापित भए। तिनीहरू कति नीच थिए! यदि तिनीहरूले प्रचार गर्ने वचन र लेखोटहरूको धर्मसिद्धान्तले अरूलाई मदत गर्न सक्‍ने भए, यसले तिनीहरूलाई किन मदत गर्न सकेन? हामीले वास्तविकता नभएको यस्तो व्यक्तिलाई ढोँगी भन्‍नु राम्रै हो। तिनीहरू अरूलाई सत्यताका वचन र लेखोटहरू प्रदान गर्छन्, अरूलाई त्यो अभ्यास गर्न लगाउँछन्, तर आफूचाहिँ यसलाई अलिकति पनि अभ्यास गर्दैनन्। के यस्तो व्यक्ति बेसरम होइन र? तिनीहरूसँग सत्यताको वास्तविकता हुँदैन, तर अरूलाई धर्मसिद्धान्तका वचन र लेखोटहरू प्रचार गर्दा तिनीहरू आफूसँग सत्यताको वास्तविकता छ भन्‍ने ढोँग गर्छन्। के यो जानाजानी छल र हानी गर्नु होइन र? यदि यस्ता व्यक्तिहरूलाई खुलासा गरेर निकालियो भने, त्यसको दोषी तिनीहरू आफै हुनेछन्। तिनीहरू दयाको पात्र हुनेछैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूले मेरो आफ्‍नै स्थिति हुबहु व्याख्या गरेका थिए। रन जियेसँग बिताएको समय सम्झँदा, म भ्रष्ट स्वभावमा जिउँथेँ र मैले उनीसँग उचित व्यवहार गरिनँ भन्‍ने थाहा भयो। मैले रन जियेले कसरी आफ्‍नो अहङ्कारी स्वभाव प्रकट गर्थिन् र सत्यता स्वीकार गर्दिनथिन् भन्‍ने कुरा मात्रै देखेँ, तर म आफैले कस्तो भ्रष्टता प्रकट गर्छु भनेर मनन गर्दै गरिनँ। मैले आफ्‍नो कुरूप अनुहार पहिचान गरिनँ, र कुनै लाज नमानी उनलाई परमेश्‍वरका वचनहरूद्वारा आलोचना गरेँ, उनलाई सुधार हुन दबाब दिएँ। मैले त यस्तो व्यवहार गरेँ मानौँ अरूले आफ्‍नो भ्रष्टताको बारेमा मनन गर्नुपर्छ, तर म भ्रष्ट छैनँ र मैले मनन गर्न आवश्यक छैन। मैले आफूलाई वास्तवमै चिनेकी थिइनँ र म अत्यन्तै लाजपचेकी व्यक्ति थिएँ! म अरूसँग सङ्गति गर्न र तिनीहरूका समस्या हल गर्न परमेश्‍वरका वचनहरू प्रयोग गर्थेँ, तर म अलिकति पनि मनन वा प्रवेश हासिल गर्थिनँ। यो कसरी फरिसीहरूको झूटो भक्तिभन्दा फरक थियो र? यसरी कर्तव्य निभाएर मैले कसरी मानिसहरूलाई सहयोग गर्ने अपेक्षा गरेँ?

पछि, रन जियेको श्रीमान्‌ घर आएपछि, उनले तिनलाई भनिन्: “मेरी सिस्टरले मलाई परमेश्‍वरको वचनका केही खण्डहरू पढेर सुनाइन् र मलाई म गलत रहेछु भन्‍ने महसुस भयो। मैले तपाईंलाई मेरो अहङ्कारी स्वभावद्वारा दमन गर्दै आएकी रहेछु। भविष्यमा, म परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्छु र तपाईंसँग भ्रष्ट स्वभावको आधारमा व्यवहार गर्न छोड्छु।” रन जियेले परमेश्‍वरका वचनहरू अभ्यास गर्न सकेको देख्दा, मलाई अझै बढी लाज लाग्यो। पहिले त, मैले उनलाई सत्यता नस्विकार्ने व्यक्तिको हदमा राखेकी थिएँ, तर अहिले वास्तविक परिस्थिति मेरो लागि गालाको थप्‍पडजस्तै भएको थियो। घर फर्किँदै गर्दा, मलाई विगतमा मैले कसरी रन जियेको परिसीमन र आलोचना गर्थेँ भनेर सोचेँ, र मलाई निकै दोषी महसुस भयो। मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “यदि तैँले आफ्नो हृदयमा साँच्‍चै सत्यतालाई बुझ्छस् भने, सत्यता अभ्यास गर्न र परमेश्‍वरको आज्ञापालन गर्न जान्‍नेछस् अनि तँ सत्यताको पछि लाग्‍ने मार्गमा स्वाभाविक रूपले हिँड्नेछस्। यदि तँ हिँड्ने मार्ग सही र परमेश्‍वरको इच्छाअनुरूप छ भने, पवित्र आत्माको कामले तँलाई त्याग्‍नेछैन—यस अवस्थामा तैँले परमेश्‍वरलाई धोका दिने सम्भावना कमभन्दा कम हुँदै जानेछ। सत्यताविना, दुष्टता गर्न सजिलो हुन्छ, र तैँले आफ्‍नो अभिप्रायविना नै त्यो काम गर्नेछस्। उदाहरणका लागि, यदि तँमा अहङ्कारी र घमन्डी स्वभाव छ भने, परमेश्‍वरको प्रतिरोध नगर् भन्दा त्यसले कुनै फरक पार्दैन, तैँले आफूलाई रोक्‍न सक्दैनस्, यो तेरो नियन्त्रणभन्दा बाहिरको कुरा हो। तैँले जानी-जानी त्यसो गर्दैनस्; तैँले आफ्नो अहङ्कारी र घमण्डी प्रकृतिको वशमा परेर त्यसो गर्छस्। तँलाई तेरो अहङ्कार र घमन्डले परमेश्‍वरलाई तुच्छ ठान्ने र उहाँलाई कुनै महत्त्व नभएको व्यक्तिको रूपमा हेर्ने बनाउँछ; ती कुराहरूले तँलाई आफैलाई उचाल्ने, निरन्तर आफैलाई प्रदर्शनमा राख्‍ने बनाउँछ; ती कुराहरूले तँलाई अरूको तिरस्कार गर्न लगाउँछ, तेरो हृदयमा अरू कसैलाई नराखी तँ आफैलाई राखिदिन्छ; तिनले तेरो हृदयमा रहेको परमेश्‍वरको स्थान खोस्छन् र अन्त्यमा तँलाई परमेश्‍वरको स्थानमा बस्‍न लगाउँछन् र मानिसहरू तँप्रति समर्पित होऊन् भन्ने माग गर्छन्, र तँलाई आफ्नै सोच, विचार र धारणाहरूलाई सत्यताको रूपमा आदर गर्न लगाउँछन्। आफ्‍नो अहङ्कारी र घमन्डी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्! दुष्कर्म गर्ने समस्या समाधान गर्न, उनीहरूले पहिले आफ्नो प्रकृतिको समस्या समाधान गर्नुपर्छ। स्वभावमा परिवर्तन नगरी यो समस्याको खास समाधान ल्याउन सम्भव हुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरू मनन गर्दा, मैले आफ्‍नो भ्रष्ट स्वभावलाई अझै स्पष्‍ट रूपमा देखेँ। रन जियेलाई मलजल गर्दाको समय सम्झँदा, धेरैपटक तिनलाई सङ्गति दिइसकेपछि पनि तिनी नसुध्रँदा, मैले आफ्‍नो बारेमा मनन गर्दिनथेँ, बरु मैले सटीक रूपमा समस्या पहिचान गरेकी छु र सङ्गति गरेर उनको परिस्थिति हल गर्न सक्छु भनेर विचार गर्थेँ। सोच्थेँ, यदि उनी भनेको मान्दिनन् भने, उनले सत्यता नस्विकार्ने भएर यस्तो भएको हो। मैले रन जियेलाई एक-दुईपटक मात्र भेटेकी थिएँ र उनलाई साँचो रूपमा चिनेकी थिइनँ, तर मैले लापरवाहीसाथ उनको आलोचना र हद तोक्‍ने काम गरेँ, मानौँ मैले सत्यतालाई धेरै बुझेकी छु र एक-दुईपटक मात्रै भेटेपछि पनि म कसैको सार देख्‍न सक्छु। पटकपटक खुलासा भएपछि, मैले के महसुस गरेँ भने, म मानिसहरूको समस्याको जड र सार बुझ्दिनथेँ, र मानिसहरूसित तिनीहरूका समग्र बानीबेहोरा, प्रकृति र सारको आधारमा व्यवहार गर्दिनथेँ। मैले वास्तवमै सत्यता बुझेकी थिइनँ, तैपनि म गहन रूपमा आफूलाई विश्‍वास गर्थेँ र आफ्नै विश्‍वासहरूमा अडिग रहिरहन्थेँ। मसँग आफ्‍नो बारेमा अलिकति पनि ज्ञान थिएन। मैले नवविश्‍वासीहरूलाई आफ्‍नै अहङ्कारी स्वभावअनुसार व्यवहार गरिरहेँ भने, कम्तीमा पनि, म तिनीहरूप्रति पूर्वाग्रही बन्‍नेछु, र मैले तिनीहरूलाई बन्धन र हानिमा पार्ने अनि तिनीहरूको जीवन प्रवेशमा ढिलाइ गराउने सम्‍भावना हुन्छ भन्‍ने महसुस गरेँ। खराब अवस्थामा त मैले तिनीहरूको आलोचना गर्न र हद तोक्‍न सक्थेँ, र लापरवाहीसाथ तिनीहरूलाई त्याग्‍नसमेत सक्थेँ। त्यसरी मलाई तिनीहरूको ठूलो ऋण लाग्थ्यो। यो महसुस गरेपछि, मलाई निकै डर लाग्यो, तर म चिन्तामुक्त पनि भएँ। मैले अहङ्कारका लक्षणहरू देखाउँदा, मेरी सहकर्मीले यसलाई औँल्याइदिएकी थिइन्, र मैले आफ्‍नो समस्या पहिचान गरी समयमै परिवर्तन हुन सकेकी थिएँ। यो परमेश्‍वरको सुरक्षा थियो! पछि, कामको मागहरूअनुसार मैले केही समयको लागि मण्डली छोडेर जानुपर्ने भयो। एक महिनापछि, ले फेरि रन जियेलाई भेट्दा, उनले मलाई सुसमाचार सुनाउने क्रममा उनले कसरी परमेश्‍वरको वचन अनुभव गरिन् र त्यसको गवाही दिइन् भन्‍ने कुरा बताइन्। भावुक हुँदै उनले भनिन्: “तर हालसालै, सुसमाचार प्रचार गरेर, मैले हरेक व्यक्तिमा परमेश्‍वरबारे फरकफरक धारणाहरू हुने रहेछन् भन्‍ने थाहा पाएँ। मानिसहरूले परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकार्नु र उहाँको अघि आउनु सजिलो छैन। पहिले त, म सधैँ मेरो श्रीमान्‌ले खोजी गरिरहेका छैनन् भन्‍ने सोच्थेँ, र तिनलाई धेरै कुराबाट टाढा बस्‍न दबाब दिन्थेँ। म तिनीबाट धेरै कुराको माग गर्थेँ—त्यो मेरो खराब पक्ष थियो। परमेश्‍वरका वचनहरू साँच्‍चै महान् छन् र मैले यी वचनहरूको अझै धेरै अनुभव गर्नुपर्छ।” यो कुरा सुनेपछि, मलाई उनीप्रति निकै खुशी लाग्यो, तर मलाई अलिक लाज पनि लाग्यो र म भावुक भएँ। मानिसहरूले सत्यता स्विकार्नको लागि साँच्‍चै समय लिनु र अनुभव प्राप्त गर्नु आवश्यक हुने रहेछ। त्यसपछि, मलजलको क्रममा नवविश्‍वासीहरूले भ्रष्टताका लक्षणहरू देखाउँदा, म तिनीहरूको समस्याको जड पहिचान गर्न ध्यान लगाउँथेँ, र तिनलाई तह लगाउन सम्‍बन्धित सिद्धान्तहरूको खोजी गर्थेँ। त्यो अवधिमा, मैले के पनि देखेँ भने परमेश्‍वरको अघि आउनु र जग बसाल्‍नु भनेको एक प्रक्रिया हो र त्यसको लागि समय लाग्छ। तिनीहरूलाई मलजल र सहयोग गर्ने क्रममा, म आफ्‍नो बारेमा पनि मनन गर्थेँ र मेरा अनुचित स्थितिहरूलाई सुधार्थेँ, तिनीहरूलाई प्रेमसाथ सहयोग गर्थेँ, र यसरी तिनीहरू सक्दो चाँडो जग बसालेर परमेश्‍वरको अघि आउन सक्थे। यसरी आफ्‍नो कर्तव्य पूरा गर्दा मलाई निकै शान्ति र ढुक्‍क महसुस हुन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

बुझेको बहाना गर्दा म बरबाद भएँ

म मण्डलीको लागि डिजाइनको काम गर्थेँ। समय बित्दै जाँदा, मैले सबै किसिमका डिजाइन र तस्विरहरू बनाउँदै जाँदा, मेरो सीप निकै सुध्रियो र मलाई...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्