इमानदार भएर गरिएको रिपोर्टको दमन हुँदा
लिलियाना, जर्मनीम मलजल समूह अगुवा भएको बेला, मेरिलिन मण्डली अगुवा थिइन् जसले मेरो कामको निरीक्षण गर्थिन्। हाम्रा कुराकानी मार्फत्, मैले उनी...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
सन् २०२१ मा म मण्डली अगुवा चयन भएँ। केही समय, हाम्रो मलजलको काममा मलाई समस्या भइरहेको थियो। केही मलजलकर्ताहरू भेलाहरूमा नियमित रूपमा आइरहेका थिएनन्, र सहभागी हुँदा पनि, तिनीहरूले बिरलै सङ्गति गर्थे। यो समस्या कसरी समाधान गर्ने मलाई थाहा थिएन, त्यसकारण मैले अगुवा सिस्टर लुसीलाई यो कठिनाइबारे बताएँ। एक दिन उनले हाम्रो भेला समूहमा प्रचारक ब्रदर माथ्यूलाई समावेश गरिन्। तिनी मभन्दा राम्ररी सत्यता बुझ्छन् भन्ने मलाई थाहा थियो, र तिनले मेरो काममा पहिले पनि सहयोग गरेका थिए। तर तिनी हाम्रो समूहमा संलग्न भएको देख्दा मलाई त्यति खुशी लागेन, र मनमा पहिलो सोच के आयो भने कतै तिनी मेरो काम रेखदेख गर्न आउँदै त छैनन्। मलाई चिन्ता लाग्यो, यदि तिनले समस्याहरू पत्ता लगाई मेरो खुलासा गरे भने, मैले इज्जत गुमाउन सक्छु, र अरूले मलाई अगुवाको रूपमा त्यति धेरै आदर गर्नेछैनन्, त्यसैले तिनले मेरो कामको सुपरिवेक्षण गरेको म चाहन्नथेँ। पछि मैले के थाहा पाएँ भने सिस्टर लुसीले ब्रदर माथ्यूलाई मण्डलीका अरू धेरै समूहहरूमा पनि समावेश गरेकी रहेछिन्, र ब्रदर-सिस्टरहरू सबैले तिनलाई स्वागत गर्दै मेसेजहरू पठाएका रहेछन्। यो कुराले मलाई झन् रिस उठ्यो। मलाई तिनी मेरो स्थान लिन आएका होलान् जस्तो लाग्यो।
त्यो साँझ ब्रदर माथ्यू नयाँ विश्वासीहरूको एउटा भेलामा सहभागी भए। तिनीहरूले तिनको सङ्गति ध्यान दिएर सुने र उत्सुकतासाथ तिनीसँग अन्तरक्रिया गरे, तर मेरो सङ्गतिप्रति उदासीन देखिन्थे। मलाई माथ्यूप्रति निकै डाहा लाग्यो र थप केही पनि भन्न मन लागेन। मलाई के लाग्यो भने तिनी आएपछि अब कसैलाई पनि म चाहिन्न। माथ्यूको सङ्गति सुनेर सबै जना खुशी थिए र तिनीहरूले परमेश्वरलाई निरन्तर धन्यवाद दिए। कतिले त भेलाहरूमा तिनीहरूले पहिले कहिल्यै यति धेरै अन्तर्दृष्टि नपाएको र तिनको सङ्गतिबाट धेरै सिकेको समेत बताए। ब्रदर-सिस्टरहरूले त्यसो भनेको सुन्दा मलाई साँच्चै रिस उठ्यो र तिनीहरूले मेरो उपस्थितिलाई ध्यानै नदिएको अनुभूति भयो, मानौँ मैले तिनीहरूलाई कुनै सङ्गति दिएको थिइनँ। मलाई निकै अपमानित महसुस भयो, र मैले सङ्गति गरेको सबै कुरा ब्रदर-सिस्टरहरूले बिर्सेजस्तो लाग्यो र तिनीहरूप्रति ममा आक्रोश जाग्यो। भेला समाप्त गर्ने क्रममा, माथ्यूले हाम्रो निम्ति केही कुरा सारांशमा बताए। मलाई बोल्न मन लागेन, र सबैले तिनको प्रशंसा गरेको मलाई पटक्कै सुन्न मन थिएन। म जतिसक्दो चाँडो सङ्गति सकेर यो सबै कुराबाट टाढा जान चाहन्थेँ। ठीक त्यही बेला, माथ्यूले मलाई भेला कस्तो लाग्यो भनेर सोधे। मलाई छलफलमा सहभागी हुने मन थिएन, त्यसकारण मैले झारा टार्दै एक-दुई कुरा भनेँ। त्यसपछि माथ्यूले आफूले पत्ता लगाएका केही समस्याहरूको कुरा गरे। तिनले मेरो सङ्गति अलिक बृहत् र अस्पष्ट थियो, अरूले यसलाई बुझेनन् र यसबारे कसैले पनि प्रतिक्रिया दिएनन्, र त्यस्तो भेला फलदायी हुँदैन भनेर भने। तिनले यसो भनेको सुन्दा मलाई झनै रिस उठ्यो। किन तिनले मेरा समस्याहरू खुलासा गर्नु परेको? तिनी मलाई निसाना बनाउनकै लागि आएका हुन्। यदि तिनले मलाई बर्खास्त गर्न लागेका हुन् भने, तिनले यो कुरा सीधै भन्नुपर्छ! ममा माथ्यूप्रति पूर्वाग्रह जाग्यो।
पछि, ब्रदर माथ्यूले भेलाको लागि नवविश्वासीका समस्याहरूसँग सान्दर्भिक परमेश्वरको वचनका खण्डहरू खोज्न सुझाव दिए। तिनीहरूलाई परमेश्वरका वचनहरू बुझ्न मदत गर्नलाई हामीले सङ्गतिमा अझै लचकता अपनाउन र केही उदाहरण वा लघुकथाहरू प्रयोग गर्न सक्थ्यौँ। मलाई त्यसरी सङ्गति गर्नु अत्यन्तै विस्तृत हुन्छ जस्तो लाग्यो र मनमनै असहमति जनाएँ, तर अरू सबैलाई तिनको सुझाव मन पर्यो। साँझमा, अर्को भेलालाई हामीले सँगै नेतृत्व गर्यौँ, र माथ्यूले फेरि पनि मेरो कुरा औँल्याउँल्यान् भन्ने चिन्ता लाग्यो। मैले तिनको सङ्गतिका समस्याहरू टिपेर भेलाको आखिरीमा ती कुरा औँल्याउनुपर्छ भन्ने लाग्यो। तर अचम्म, नयाँ विश्वासीहरूलाई त्यस प्रकारको भेला मन पर्यो, र सङ्गतिमा उदाहरणहरू दिँदा यसले तिनीहरूलाई परमेश्वरका वचनहरू अझै राम्ररी बुझ्न मदत गर्यो। यो भेला लाभदायक थियो। मैले गल्ती भेट्टाउन सकिनँ। तर माथ्यूले सहभागीहरूलाई प्रश्न सोध्दा, तिनीहरूमध्ये कतिले प्रतिक्रिया दिएनन्, जसले गर्दा एकछिन अनौठो भयो। मलाई निकै खुशी लाग्यो र मैले तिनको समस्या भेट्टाएँजस्तो लाग्यो। मैले तिनको कमी औँल्याउन सकूँ भनेर तिनको यो कमजोरी टिपोट गरेँ। सङ्गति गर्ने मेरो पालो आएपछि, म आफूले बुझेका मुख्य बुँदाहरू बताउन, ब्रदर माथ्यूलाई उछिन्न र अरूलाई मेरो आदर गराउन सक्दो गर्न चाहन्थेँ। तर थाहै नपाई, मैले त अर्कै विषयमा सङ्गति गर्न थालिसकेकी रहेछु। मलाई यो पनि निकै महत्त्वपूर्ण र तिनीहरूले बुझ्नुपर्ने कुरा हो भन्ने लाग्यो, त्यसकारण मैले सङ्गतिलाई जारी राखेँ। भेला समाप्त भएपछि, ब्रदर माथ्यूले फेरि पनि मेरा समस्याहरू खुलासा गरे, र म आफ्नो सङ्गतिमा विषयबाहिर गएको कारण त्यो दिनको भेलाको मुख्य विषय बुझ्न सबैलाई गाह्रो भयो भनेर बताए। तिनले हाम्रो भेलाको विषयलाई गम्भीर रूपमा विचार गर्नू भनेर पनि स्मरण गराए। एक सिस्टरले पनि मेरो सङ्गति लामो भयो, र उनले मुख्य विषयलाई बुझ्न नसकेको कुरा बताइन्। यो सबै सुनेपछि म झनै निराश भएँ र म नरोई बस्न सकिनँ। मैले सोचेँ, किन तिनले मेरा गल्तीहरूका बारेमा कुरा गरिरहन्छन्? यसपछि अरूले मलाई के सोच्लान्? के तिनीहरूले अझै मलाई आदर गर्लान् र? त्यो बेला मलाई ब्रदर माथ्यूसँग निकै रिस उठेको थियो र तिनले जानीजानी मलाई दुःख दिइरहेका छन्, तिनी सबैलाई मेरा त्रुटिहरू देखाउन चाहन्छन् जस्तो लागेको थियो। म तिनी समूह छोडेर जाऊन्, हाम्रो भेलाहरूमा अबदेखि सहभागी नहोऊन् भन्ने चाहन्थेँ। तर मैले त्यस्तो सोच्नु हुँदैन भन्नेबारेमा म केही मात्रामा सचेत थिएँ। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “सर्वशक्तिमान् परमेश्वर, यसमा मैले सिक्नुपर्ने पाठ छ, तर मलाई ब्रदर माथ्यूप्रति साँच्चै रिस उठेको छ। मलाई तिनको सुझाव स्विकार्न धेरै गाह्रो भएको छ। मैले यो परिस्थितिलाई कसरी बुझ्ने? परमेश्वर, बिन्ती छ मलाई शान्त बन्न मदत गर्नुहोस् र मलाई आफूलाई चिन्न, र तपाईंलाई चिढ्याउने केही पनि नगर्न बाटो देखाउनुहोस्।”
भोलिपल्ट, मैले आफ्नो समस्या सम्बोधन गर्न परमेश्वरका वचनहरू खोजेँ। मैले एकदुई वटा खण्ड पढेँ। “कतिपय मानिसहरू आफूभन्दा अरू असल र उच्च छन्, आफ्नो बेवास्ता हुँदा अरूले भने सम्मान पाउनेछन् भनेर सधैँ डराइरहेका हुन्छन्। यसले तिनीहरूलाई अन्य व्यक्तिहरूलाई आक्रमण गर्ने र पाखा लगाउने बाटोतर्फ लैजान्छ। के यो आफूभन्दा बढी सक्षम मानिसहरूको ईर्ष्या गर्नु होइन र? के यस्तो व्यवहार स्वार्थी र घृणायोग्य छैन र? यो कस्तो प्रकारको स्वभाव हो? यो दुराशययुक्त छ! आफ्ना चासोहरूका बारेमा मात्र सोच्ने, आफ्नो मात्र चाहना पूरा गर्ने, अन्य व्यक्तिहरूको बारेमा वा परमेश्वरको घरको हितको बारेमा केही नसोच्ने—यस्ता मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्वरले तिनीहरूलाई प्रेम गर्नुहुन्न” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। “त्यसैले प्रतिष्ठा र हैसियत संलग्न हुने वा अनुभवको मौका मिल्ने कुनै पनि कुराप्रति—उदाहरणको लागि, जब मानिसहरूले परमेश्वरको घरले विभिन्न प्रकारको प्रतिभालाई वृद्धिविकास गर्ने योजना बनाउँछ भन्ने कुरा सुन्छन्—हरेक व्यक्तिको हृदय अपेक्षाले उफ्रन्छ, अनि तिमीहरू प्रत्येक नाम कमाउन र पहिचान बनाउन चाहन्छौ। हरेक व्यक्ति हैसियत र प्रतिष्ठाको लागि लड्न चाहन्छ; र तिनीहरू त्यसप्रति लज्जित महसुस गर्छन्, तर त्यसो नगर्दा तिनीहरूलाई नरमाइलो लाग्छ। तिनीहरू अरू कसैले नाम कमाएको देख्दा डाहा र घृणा गर्छन्, र द्वेषपूर्ण हुन्छन्, र यो अनुचित भयो भन्ने ठान्छन्, र सोच्छन्, ‘म चाहिँ किन माथि उठ्न सक्दिन? किन सधैँ अरूले महिमा पाउँछन्? किन मेरो पालो कहिल्यै आउँदैन?’ अनि द्वेष महसुस भएपछि, तिनीहरूले यसलाई दबाउन कोसिस गर्छन् तर दबाउन सक्दैनन्। तिनीहरूले परमेश्वरलाई प्रार्थना गर्छन् र केही समय अलि राम्रो महसुस गर्छन्, तर यस प्रकारको परिस्थितिमा प्रवेश गर्दा तिनीहरूले यसलाई काबूमा राख्न सक्दैनन्। के यसले अपरिपक्व कद प्रदर्शन गर्दैन र? मानिसहरू त्यस्तो अवस्थामा पुग्नु भनेको तिनीहरू शैतानको पासोमा पर्नु होइन र? यिनीहरू शैतानको भ्रष्ट प्रकृतिका साङ्लाहरू हुन् जसले मानिसहरूलाई बाँधेर राख्छ। यदि व्यक्तिले यी भ्रष्ट स्वभावहरू त्यागेको छ भने, के ऊ मुक्त र स्वतन्त्र भएको हुँदैन? यस विषयमा विचार गर्: विशिष्टता र नाफाका लागि संघर्ष गर्ने स्थितिहरूमा पर्नबाट बच्न—आफैलाई यी भ्रष्ट अवस्थाहरूबाट मुक्त गर्न, आफूलाई हैसियत र प्रतिष्ठाका तनाव र बन्धनहरूबाट स्वतन्त्र गराउन—कुन सत्यहरू तैँले बुझ्नुपर्छ? स्वतन्त्रता र मुक्ति प्राप्त गर्न तँसित कुन सत्यताका कुन वास्तविकताहरू हुनुपर्छ? सबैभन्दा पहिले, तैँले यो बुझ्नुपर्छ कि शैतानले मानिसहरूलाई भ्रष्ट पार्न, तिनीहरूलाई पासोमा पार्न, तिनीहरूलाई दुर्व्यवहार गर्न, तिनीहरूलाई गिराउन र तिनीहरूलाई पापमा डुबाउन हैसियत र प्रतिष्ठा प्रयोग गर्छ; अझ भन्नुपर्दा, सत्यलाई स्वीकार गरेर मात्र मानिसहरूले प्रतिष्ठा र हैसियतलाई छोड्न र तिनलाई एकातिर पन्साउन सक्छन्। … तैँले यी कुराहरूलाई छोडिदिन र पन्छाउन, अन्य व्यक्तिहरूलाई सिफारिस गर्न, अनि तिनीहरूलाई माथि उठ्न दिन सिक्नुपर्छ। तैँले माथि उठ्ने वा गौरव प्राप्त गर्ने अवसर भेटाएको बेलामा फाइदा लिनको लागि संघर्ष वा हतार गर्ने नगर्। तैँले यी कुराहरूलाई पन्छ्याउन सक्नुपर्छ, तर आफ्नो कर्तव्य निर्वाह गर्न भने ढिलाइ गर्नु हुँदैन। यस्तो व्यक्ति बन्नू जो चुपचाप गुमनाम रहेर काम गर्छ, र जसले बफादारी पूर्वक आफ्नो कर्तव्य निर्वाह गरिरहँदा अन्य व्यक्तिहरूलाई धाक देखाउँदै हिँड्दैन। तैँले आफ्नो प्रतिष्ठा र हैसियतलाई जति धेरै छाडिदिन्छस्, र तैँले आफ्ना चासोहरूलाई जति धेरै छाडिदिन्छस्, तँ त्यति नै धेरै शान्त हुनेछस् र तेरो हृदयभित्र त्यति नै धेरै ज्योति हुनेछ अनि तेरो अवस्था त्यति नै धेरै सुध्रनेछ। तैँले जति धेरै संघर्ष र प्रतिस्पर्धा गर्छस् तेरो अवस्था त्यति नै अँध्यारो हुनेछ। यदि तँ यो कुरालाई विश्वास गर्दैनस् भने, प्रयास गरेर हेर्! यदि तँ यस प्रकारको भ्रष्ट अवस्थालाई बदल्न चाहन्छस्, र यी कुराहरूबाट नियन्त्रित हुन चाहँदैनस् भने, तैँले सत्यता खोजी गर्नुपर्छ, र यी कुराहरूको सार स्पष्टसित बुझ्नुपर्छ, र त्यसपछि तिनलाई पन्छाउनु र परित्याग गर्नुपर्छ। होइन भने, तैँले जति धेरै संघर्ष गर्छस्, तँलाई त्यति नै धेरै अँध्यारोले घेर्नेछ, र तैँले त्यति नै धेरै ईर्ष्या र घृणा महसुस गर्नेछस्, अनि तेरो पाउने चाहना झन्-झन् प्रबल बन्दै जानेछ। तेरो पाउने चाहना जति प्रबल हुन्छ, तँ त्यसो गर्न त्यति नै कम सक्षम हुनेछस्, अनि तैँले प्राप्त गर्न नसकेपछि तेरो घृणा बढ्नेछ। तेरो घृणा बढेपछि तँ भित्री रूपमा झन् अँध्यारो हुनेछस्। तँ भित्री रूपमा जति धेरै अँध्यारो हुन्छस् तैँले त्यति नै कमजोर रूपले कर्तव्य निर्वाह गर्नेछस्; तैँले जति कमजोर रूपले कर्तव्य निर्वाह गर्छस्, परमेश्वरको घरको निम्ति तँ त्यति नै कम उपयोगी हुनेछस्। यो एक अन्तर्सम्बन्धित, दुष्चक्र हो। यदि तैँले कहिल्यै पनि आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्दैनस् भने, तँलाई बिस्तारै निकालिनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनहरूले ईर्ष्यालु र डाही व्यवहारबारे स्पष्ट व्याख्या गरेका छन्। मानिसहरूले आफूभन्दा उत्तम जोकोहीलाई डाहा, इन्कार, र प्रतिरोध गर्छन्। त्यो शैतानी स्वभाव हो। म ठ्याक्कै त्यस्तै थिएँ—अत्यन्तै डाही। अरूले सधैँ ब्रदर माथ्यूको सङ्गति र सुझावहरू स्वीकार गरेको देख्दा, म तिनीसँग प्रतिस्पर्धा गर्न चाहन्थेँ। त्यसले मलाई खराब स्थितिमा राख्यो, मलाई ग्रसित तुल्यायो र अन्धकारमा पार्यो। ब्रदर माथ्यू आउनुभन्दा पहिले, भेलाहरूमा सधैँ म नै प्रमुख हुन्थेँ। मलजलकर्ताहरू आफूले सामना गरेका समस्याहरू लिएर मकहाँ आउँथे, र तिनीहरू सबैले मेरो प्रशंसा गर्थे। भेलामा केको बारे सङ्गति गर्ने भनेर तिनीहरू सबैले मेरो विचार माग्थे, र तिनीहरू मैले भेलामा सङ्गति गरेर, तिनीहरूका समस्या समाधान गर्न मदत गर्ने बाटो हेर्थे। तर पछि, मेरो सङ्गतिले तिनीहरूका समस्या समाधान गरिरहेको थिएन, त्यसैले नयाँ विश्वासीहरूलाई मलजल गर्ने काममा तिनीहरूले सुधार ल्याउन सकेनन्। तिनीहरू नकारात्मक बने र भेलाहरूमा बोल्न चाहँदैनथे। ब्रदर माथ्यू आएर तिनीहरूको मलजल कार्यमा वास्तविक मार्गदर्शन दिएपछि र तिनीहरूलाई अभ्यासको मार्ग देखाएपछि, तिनीहरूले वास्तविक सहयोग पाए र त्यसबाट फाइदा लिए। तिनीहरू सबै तिनको सङ्गति सुन्न चाहन्थे। म त्यसप्रति खुशी हुनुपर्थ्यो। मैले त्यसलाई मेरा समस्या र कमीकमजोरीहरूबारे मनन गर्न प्रयोग गर्नुपर्थ्यो। तर त्यसको साटो, मैले आत्मचिन्तन गर्नु त कता हो कता, केवल नाम र हैसियतको लागि लडाइँ गरिरहेँ। ममा साँच्चै धेरै कुराको कमी थियो र म व्यावहारिक काम पूरा गर्न सक्दिनथेँ, तर म अरू कसैबाट मलजल र सहयोग प्राप्त गर्न चाहँदिनथेँ। म मण्डलीको एक मात्र अगुवा बन्न चाहन्थेँ ताकि सबैले मलाई आदर गरून्, र मेरो मात्र कुरा सुनून्। मलाई आफ्नै नाम र हैसियतमा मात्रै ध्यान थियो, तर मण्डलीको काममा म पटक्कै विचार गर्दिनथेँ। त्यो परिस्थितिले मेरो हैसियतको चाहना र मेरो भ्रष्टता पूरै खुलासा गरिदियो। अनि, प्रार्थना गर्दै, साँचो रूपमा आत्मचिन्तन गर्न अन्तर्दृष्टि दिनुहोस् भनेर परमेश्वरसित अनुरोध गरेँ।
तीन महिनापछि उस्तै घटना घट्दा म छक्कै परेँ। कामको भेलामा, ब्रदर माथ्यूले मलाई मण्डलीका नयाँ सदस्यहरूको अवस्था कस्तो छ भनी सोधे। मलाई अलिक रिस उठ्यो। मैले सोचेँ, तिनी प्रचारक भएकोले तिनलाई हरेक मण्डलीको अवस्था थाहा हुनुपर्ने हो, तब किन तिनले मलाई सोधिरहेका छन्? अनि के तिनले मलाई धेरै मानिसहरूको अगाडि बोल्न लगाउँदै, मैले मलजलको काम राम्ररी गर्न सक्दिनँ भनी स्विकारूँ भनेर, जानाजान मेरो अपमान गरिरहेका छैनन् र? मैले विस्तृत विवरण नबताई तिनको प्रश्नको झाराटारुवा प्रतिक्रिया दिएँ र केही कठिनाइहरू उल्लेख गरेँ, अनि ती कसरी सम्हाल्ने भनेर तिनलाई सोधेँ। तर बोलिसक्नेबित्तिकै मलाई पछुतो भयो। मैले जानीजानी ब्रदर माथ्यूलाई दुःख दिने प्रयास गरिरहेकी थिएँ, र त्यो लाजमर्दो कुरा थियो। तिनले अरूसामु मेरा कमीकमजोरी खुलासा गर्दा किन मैले आफूलाई नियन्त्रण गर्न सकिनँ, र तिनीप्रति आक्रोशित भएँ, र सबैसामु तिनलाई खुलासा गरी बदला लिन तिनका समस्याहरू टिपोट गर्नसमेत चाहेँ भनेर मैले सोचिरहेँ। त्यस्तो स्थितिमा हुनु खतरनाक हुन्छ भन्ने मलाई थाहा थियो, तर ब्रदर माथ्यूप्रति म किन यति क्रोधित भएँ मलाई थाहा थिएन। एक साँझ, मैले “आलोचना गरिँदा मेरो खुलासा भयो” नामक गवाही पढेँ। यसमा परमेश्वरका केही वचनहरू उद्धृत गरिएको थियो, र यसले मलाई अझ राम्रो बुझाइ प्रदान गर्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “ख्रीष्ट विरोधीले असहमत हुनेहरूलाई आक्रमण र निष्कासन गर्नुको मुख्य उद्देश्य के हो? तिनीहरू मण्डलीमा यस्तो स्थिति बनाउन खोज्छन् जहाँ तिनीहरूका आफ्नै आवाजको विपरीत कुनै आवाज नहोस्, जसमा तिनीहरूको शक्ति, तिनीहरूको नेतृत्वकारी हैसियत, र तिनीहरूका कुराहरू नै सर्वमान्य होस्। सबैले तिनीहरूको कुरामा ध्यान दिनुपर्छ, र तिनीहरूको विचार फरक हुँदा पनि तिनीहरूले यसलाई व्यक्त गर्नु हुँदैन, बरु आफ्नो हृदयमै लुकाएर राख्नुपर्छ। खुल्लमखुल्ला तिनीहरूसित असहमत हुन आँट गर्ने जोकोही ख्रीष्टविरोधीहरूको शत्रु बन्छन्, र तिनीहरूले उनीहरूलाई समस्यामा पार्न हर उपाय सोच्नेछन्, र जतिसक्दो चाँडो उनीहरूलाई विलय गराउन चाहनेछन्। आफ्नो हैसियतलाई कायम राख्न र आफ्नो शक्तिलाई रक्षा गर्न ख्रीष्टविरोधीहरूले आफ्ना विरोधीहरूलाई आक्रमण गर्ने एउटा तरिका यही हो। तिनीहरू सोच्छन्, ‘तिमीले फरक विचार राख्छौ भने त्यो ठीकै छ, तर तिमीले आफ्नो इच्छाअनुसार त्यसको बारेमा कुरा गर्दै हिँड्नु हुँदैन, मेरो शक्ति र प्रतिष्ठाको बारेमा सम्झौता गर्ने कुरा त परै जाओस्। यदि तिमी केही भन्न चाहन्छौ भने, तिमीले मलाई व्यक्तिगत रूपमा भन्न सक्छौ। यदि तिमीले त्यो सबैको सामुन्ने भन्छौ भने मेरो अपमान हुन्छ, तिमी तिरस्कृत हुन खोजिरहेको हुन्छौ, र मैले तिमीलाई ठीक पार्नुपर्छ।’ यो कस्तो किसिमको स्वभाव हो? ख्रीष्ट विरोधीहरूले अरूलाई स्वतन्त्र रूपमा बोल्न दिँदैनन्। यदि तिनीहरूसँग कुनै विचार छ भने—चाहे ख्रीष्ट विरोधीको वा अरू कुनै कुराको बारेमा होस्—तिनीहरूले त्यो आफैमा सीमित राख्नुपर्छ; तिनीहरूले ख्रीष्ट विरोधीको इज्जतलाई विचार गर्नुपर्छ। होइन भने, ख्रीष्ट विरोधीले तिनीहरूलाई शत्रु ठान्नेछ, र तिनीहरूलाई आक्रमण र निष्कासन गर्नेछ। यो कस्तो किसिमको प्रकृति हो? यो ख्रीष्ट विरोधीको प्रकृति हो। र तिनीहरूले किन यसो गर्छन्? तिनीहरूले मण्डलीमा अरू कुनै वैकल्पिक आवाज उठ्न दिँदैनन्, तिनीहरूले मण्डलीमा फरक विचार राख्नेहरूलाई रहन दिँदैनन्, तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई खुलस्त रूपमा सत्यताको सङ्गति गर्न र मानिसहरूको बारेमा पहिचान गर्न दिँदैनन्। तिनीहरूलाई मानिसहरूद्वारा आफ्नो खुलासा र पहिचान होला कि भन्ने सबैभन्दा बढी डर हुन्छ; तिनीहरूले आफ्नो शक्तिलाई र मानिसहरूको हृदयमा भएको तिनीहरूको हैसियतलाई निरन्तर दह्रिलो पार्ने प्रयास गरिहरेका हुन्छन्, जुन कहिल्यै पनि हल्लनु हुँदैन भन्ने तिनीहरूलाई लाग्छ। आफ्नो अभिमान, इज्जत वा हैसियत र अगुवाको रूपमा तिनीहरूको महत्त्वलाई जोखिम पुर्याउने वा असर गर्ने कुनै पनि कुरा तिनीहरू कहिल्यै सहँदैनन्। के यो ख्रीष्ट विरोधीहरूको दुष्ट प्रकृतिको प्रकटीकरण होइन र? तिनीहरूमा पहिलेदेखि नै रहेको शक्तिसँग सन्तुष्ट नभएर तिनीहरू त्यसलाई सुदृढ र सुरक्षित गर्छन् र अनन्त प्रभुत्व पाउन खोज्छन्। तिनीहरूले अरूको व्यवहार नियन्त्रण गर्न मात्र चाहँदैनन्, तर तिनीहरूको हृदय पनि नियन्त्रण गर्न चाहन्छन्। ख्रीष्टविरोधीहरूको कार्यशैली तिनीहरूको आफ्नै शक्ति र हैसियतलाई रक्षा गर्नको लागि हो, र यो पूर्ण रूपमा शक्तिमा रहिरहने तिनीहरूको इच्छाको परिणाम हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु २: असहमत हुनेहरूलाई तिनीहरूले आक्रमण र निष्कासन गर्छन्)। मेरो स्थिति परमेश्वरले खुलासा गर्नुभएको जस्तै थियो। माथ्यूले मेरा गल्ती र कमीकमजोरीहरू औँल्याउँदा, म तिनको खण्डन गर्न र तिनलाई बदला लिन चाहन्थेँ। ती त ख्रीष्टविरोधी व्यवहार हुन्। म हैसियत मन पराउँछु र म अहङ्कारी छु भनेर मैले पहिल्यै स्विकारेकी थिएँ, तर ममा कुनै आत्मज्ञान थिएन। हृदयभित्र मलाई मण्डली अगुवा भएकीले म सक्षम छु र ममा क्षमता छ, र मेरो कर्तव्यमा त्रुटिहरू भए पनि, म अझै मण्डलीको काम गर्न सक्छु, र मलाई बर्खास्त गरिँदैन भन्ने लागेको थियो। ब्रदर माथ्यूलाई एकपछि अर्को भेला समूहमा संलग्न गरिएको देख्दा, मलाई मेरो पदमा खतरा आइलागेको छ, मेरो स्थान लिन एउटा प्रतिद्वन्द्वी अचानक देखा परेको छ जस्तो लाग्यो। म तिनलाई घृणा, र इन्कार गर्थेँ। ब्रदर-सिस्टरहरूलाई के चाहिन्छ भनेर मैले अलिकति पनि वास्ता गरिनँ, र मण्डलीको कामबारे सोच्दै सोचिनँ। मैले आफ्नो पद सुरक्षित राख्न ब्रदर माथ्यूसँग चुपचाप लडाइँ गरिरहेँ। त्यो दुष्ट स्वभाव थियो। तिनले मेरा समस्या औँल्याइदिएका थिए, त्यो स्विकार्न नसकेर, म तिनको विरुद्धमा उभिएँ। म तिनीसित बदला लिन र तिनलाई नराम्रो देखाउन समेत चाहन्थेँ। तिनले फेरि मेरा गल्तीहरू देखाउँदा मैले अपमानित महसुस गरेँ, र तिनीप्रति क्रोधित भएँ, अनि तिनलाई हटाउनसमेत चाहेँ। तर वास्तवमा, तिनले सत्यता अभ्यास गरिरहेका थिए। मेरो काममा साँच्चै नै गल्तीहरू भएका थिए, र मैले धेरै सिद्धान्तहरू बुझेकी थिइनँ। त्यसैले तिनले मलाई काम गर्ने अझै राम्रो तरिका सिकाइरहेका थिए। तर तिनलाई स्वागत गर्नुको सट्टा, मैले सबैसामु तिनको कमी औँल्याउन सकूँ भनेर तिनका समस्याहरू खोज्ने प्रयास गरिरहेँ। तिनले मेरो कामको बारेमा सोध्दा मैले कुनै विवरण दिइनँ, बरु तिनलाई नराम्रो देखाउन जानीजानी प्रश्नहरू गरेँ। पहिले त, मलाई तिनीप्रति डाहा लागेजस्तो मात्रै लागेको थियो। तर परमेश्वरका वचनहरूको प्रकाशमार्फत महसुस भयो कि मैले त ख्रीष्टविरोधी स्वभाव पो प्रकट गरिरहेकी रहेछु। म आफ्नो नाम र हैसियत रक्षा गर्न तिनीमाथि जाइलाग्न र बदला लिन चाहन्थेँ। मौका पाएकी भए मैले योभन्दा अझै खराब कुरा गर्थेँ होला। मैले मेरो ख्रीष्टविरोधी स्वभाव देखेपछि, म चकित पनि भएँ र त्रसित पनि भएँ। मैले यसै गरिरहेँ भने, परमेश्वरले अवश्य मलाई हटाउनुहुन्छ, किनकि परमेश्वरले ख्रीष्टविरोधीहरूलाई मुक्ति दिनुहुन्न भन्ने मलाई थाहा थियो। मैले पश्चात्ताप गर्दै परमेश्वरसँग प्रार्थना गरेँ, “सर्वशक्तिमान् परमेश्वर, मैले अगुवाको काम राम्ररी गरेकी छैनँ। मैले आफ्नै नाम र हैसियतको खातिर पूर्ण हृदयले लडेकी छु र म जाइलाग्ने र बदला लिनेजस्ता दुष्कर्म गर्नसमेत सक्ने भएकी छु। मैले त आफ्नो व्यवहारद्वारा शैतानको भूमिका लिएकी रहेछु। परमेश्वर, म पश्चात्ताप गर्न चाहन्छु।”
त्यसपछि मैले परमेश्वरको वचनको एउटा खण्ड पढेँ, र त्यसले मलाई मेरो भ्रष्ट स्वभाव अझै स्पष्ट रूपमा देख्न मदत गर्यो। “ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत र प्रतिष्ठालाई अत्यन्तै प्यारो ठान्ने कार्य सामान्य मानिसहरूको भन्दा धेरै हदसम्म पुग्छ, र यो तिनीहरूको स्वभाव र सारभित्रै हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको पर्यावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब, ख्रीष्टविरोधीले गर्ने हरेक कामकुरामा, तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै हैसियत र प्रतिष्ठा हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीको लागि, हैसियत र प्रतिष्ठा उसको जीवन हो, र उसको जीवनभरिको लक्ष्य हो। तिनीहरूले गर्ने सबै कामकुराहरूमा, तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियतलाई के हुनेछ? अनि मेरो प्रतिष्ठालाई के हुनेछ? के यो काम गर्दा यसले मलाई प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले पहिलो पटक सोच्ने कुरा यही हो, जुन तिनीहरूमा ख्रीष्टविरोधीहरूमा भएको स्वभाव र सार छ भन्ने कुराको प्रमाण हो; तिनीहरूले यी समस्याहरूलाई अन्यथा सोच्दैनन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीको लागि, हैसियत र प्रतिष्ठा केही अतिरिक्त आवश्यकता होइनन्, यी कुराहरू तिनीहरूको लागि नहुँदा पनि हुने बाह्य वस्तुहरू हुने कुरा त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन्, र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले हैसियत र प्रतिष्ठा धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको आचरण होइन। त्यसो भए, तिनीहरूको आचरण के हो त? हैसियत र प्रतिष्ठा घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक स्थिति, र तिनीहरूले दैनिक रूपमा प्रयत्न गरिरहेका कुरासँग जोडिएको हुन्छ। यसकारण ख्रीष्टविरोधीहरूका लागि, हैसियत र प्रतिष्ठा तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जेसुकैको लागि प्रयत्न गरे पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्च पद प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि, यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ९: तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग तीन))। परमेश्वरका वचनहरूको यो खण्डले मैले सुरुदेखि पछ्याइरहेको कुरा, अनि मेरो प्रकृति र सारलाई खुलासा गर्यो। म सबैभन्दा बढी आफ्नै नाम र हैसियतको वास्ता गर्दी रहेछु। अरूसँगको मेरो अन्तरक्रियामा र मैले गर्ने हरेक कुरामा, म सधैँ राम्रो छवि छोड्ने र अरूको आदर पाउनेबारे सोचिरहेकी हुन्थेँ। म सानै हुँदादेखि मलाई यसै गर्न सिकाइएको थियो, र म सधैँ सर्वोत्कृष्ट हुन खोज्थेँ। हाईस्कूलमा, मेरो कक्षामा सबैभन्दा सफल, सबैभन्दा उत्तम विद्यार्थी हुने प्रयासमा म सधैँ अरूसँग प्रतिस्पर्धा गरिरहेकी हुन्थेँ, ताकि अरूले मलाई आदर गरून् र उच्च ठानून्। मण्डलीमा संलग्न भएपछि, म अझै पनि मेरो प्रतिष्ठा र हैसियतमा केन्द्रित थिएँ, सधैँ अरूको आदर चाहन्थेँ। म सोच्थेँ, मसँग विशेष क्षमता छ र म कामहरू तुरुन्तै र राम्ररी पूरा गर्न सक्छु, त्यसैले मण्डलीले मलाई कर्तव्य दिएको हो। पछि म अगुवा बनेपछि, म झन् अहङ्कारी र अभिमानी बनेँ। म सङ्गतिमार्फत सधैँ आफ्ना क्षमताहरू प्रदर्शन गर्न चाहन्थेँ, तर म आफ्नो कर्तव्यमा आफ्ना कमजोरीहरूका बारेमा जान्न र तिनलाई सुधार्न ध्यान दिँदिनथेँ। ब्रदर माथ्यूले मेरा कमीकमजोरीहरू औँल्याइदिँदा, मैले आफ्नो नाक काटिएको, र ब्रदर-सिस्टरहरूको आदर गुमाएको महसुस गर्थेँ। म त्यो स्वीकार्न सक्दिनथेँ, त्यसकारण तिनीमाथि जाइलाग्न र बदला लिन चाहन्थेँ। परमेश्वरका वचनहरू खाएर र पिएर मैले के चाल पाएँ भने मैले गरेको सबै कुरा आफ्नो नाम र हैसियत रक्षा गर्नको लागि थियो, जुन परमेश्वरलाई घिनलाग्ने कुरा हो। मैले परमेश्वरलाई त्यो भ्रष्ट स्वभावबाट मलाई मुक्त गर्न अनुरोध गरेँ।
त्यसपछि ब्रदर-सिस्टरहरूले मलाई परमेश्वरका केही वचनहरू पठाए। “अहङ्कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्कारी हुन्छन्, त्यति नै अविवेकी हुन्छन्, र तिनीहरू जति धेरै अविवेकी हुन्छन्, तिनीहरूले परमेश्वरको प्रतिरोध गर्ने त्यति नै धेरै सम्भावना हुन्छ। यो समस्या कति गम्भीर छ? अहङ्कारी स्वभाव भएका मानिसहरूले हरेकलाई आफूभन्दा तल्लो स्तरको सम्झन्छन् नै, तर सबैभन्दा खराब कुरा त, तिनीहरूले परमेश्वरप्रति पनि होच्याउने व्यवहार गर्छन्, र तिनीहरूको हृदयभित्र परमेश्वरको कुनै डर हुँदैन। मानिसहरू परमेश्वरमाथि विश्वास गर्ने र उहाँलाई पछ्याउने जस्ता देखिएलान्, तर तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा बिल्कुलै व्यवहार गर्दैनन्। तिनीहरूले सधैँ तिनीहरूसँग सत्यता छ भन्ने ठान्छन् र आफैलाई संसार ठान्छन्। अहङ्कारी स्वभावको सार र जड यही हो, र यो शैतानबाट आउँछ। यसैले, अहङ्कारको समस्यालाई समाधान गरिनुपर्छ। एक जना अरूभन्दा असल छु भन्ने महसुस गर्नु—त्यो तुच्छ कुरा हो। महत्त्वपूर्ण विषय यो हो कि कुनै व्यक्तिको अहङ्कारी स्वभावले उसलाई परमेश्वर, उहाँको नियम, उहाँको बन्दोबस्तमा समर्पण हुनदेखि रोक्छ; यस्तो व्यक्तिले अरूमाथि नियन्त्रण गर्ने शक्तिको निम्ति सधैँ परमेश्वरसँग प्रतिस्पर्धा गरिरहेको महसुस गर्छ। यस्तो किसिमको व्यक्तिले परमेश्वरलाई अलिकति पनि आदर गर्दैन, उसले परमेश्वरलाई प्रेम गर्ने वा ऊ उहाँमा समर्पित हुने त कुरै नगरौँ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “कुनै व्यक्तिले आफैलाई सिद्ध, वा प्रतिष्ठित र कुलीन, वा अरूभन्दा फरक नसोचोस्; यो सबै मानिसको अहङ्कारी स्वभाव र अज्ञानताबाट आउँदछ। सधैँ आफैलाई विशिष्ट सोच्नु—अहङ्कारी स्वभावले यस्तो गराउँछ; आफ्ना कमी-कमजोरीलाई कहिल्यै स्वीकार गर्न नसक्ने, र कहिल्यै आफ्ना गल्तीहरू र असफलताहरूको सामना गर्न नसक्ने—अहङ्कारी स्वभावले यस्तो गराउँछ; कहिल्यै अरूलाई आफूभन्दा माथि, वा आफूभन्दा राम्रो हुन नदिनु—यो अहङ्कारी स्वभावको कारण हुन्छ; कहिल्यै अरूलाई आफूभन्दा श्रेष्ठ वा बलियो हुन नदिनु—यो अहङ्कारी स्वभावको कारण हुन्छ; कहिल्यै अरूलाई आफूभन्दा अझ राम्रा विचारहरू, सुझावहरू, र दृष्टिकोण राख्न नदिनु, र जब तिनीहरूले राख्छन् तब नकारात्मक बन्नु, बोल्ने इच्छा नगर्नु, दुःखी र उदास हुनु, र खिन्न बन्नु—यी सबै अहङ्कारी स्वभावको कारणले हुन्छ। अहङ्कारी स्वभावले तँलाई तेरो प्रतिष्ठाको रक्षा गर्ने, अरूको मार्गनिर्देशन स्वीकार गर्न नसक्ने, तेरा आफ्नै कमी-कमजोरीहरूको सामना गर्न नसक्ने, र तेरा आफ्नै असफलता र गल्तीहरूलाई स्वीकार गर्न नसक्ने बनाउँछ। त्योभन्दा बढी, जब कुनै व्यक्ति तँभन्दा अझ राम्रो हुन्छ, त्यसले तेरो हृदयमा घृणा र ईर्ष्या उत्पन्न गराउन सक्छ, र तैँले बाध्य भएको महसुस गर्न सक्छस्, यहाँसम्म कि तँ आफ्नो कर्तव्य गर्ने इच्छा गर्दैनस् र त्यो गर्न लापरवाह बन्छस्। अहङ्कारी स्वभावले तँमा यस्ता व्यवहारहरू र अभ्यासहरू उत्पन्न गर्न सक्छ। यदि तिमीहरू थोरै-थोरै गर्दै यी सबै कुराहरू अझै गहिरो गरी खोतल्न, ती कुरामा सफलता हासिल गर्न, र ती कुराको समझ प्राप्त गर्न सक्छौ भने; र यदि तिमीहरू बिस्तारै यी विचारहरू, यी बुझाइहरू त्याग्न, र यी गलत धारणा, दृष्टिकोण, र व्यवहारहरूसमेत त्याग्न सक्छौ, र तीद्वारा बाध्य हुँदैनौ भने; र यदि, तेरो कर्तव्य पूरा गर्दा तँ आफ्नो निम्ति सही स्थान भेट्टाउन सक्छस् र सिद्धान्तहरू अनुसार कार्य गर्न, र तैँले गर्न सक्ने र गर्नुपर्ने कर्तव्य गर्छस् भने; तब समय बित्दै जाँदा, तिमीहरू आफ्ना कर्तव्यहरू अझ राम्रोसँग पूरा गर्न सक्नेछौ। यो सत्यताको वास्तविकतामा प्रवेश गर्नु हो। यदि तँ सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्छस् भने, तँ अरूको निम्ति मानवीय रूपमा देखा पर्नेछस्, र मानिसहरूले भन्नेछन्, ‘यो व्यक्तिले आफ्नो स्थानअनुसार व्यवहार गर्छ, र उसले आधारभूत तरिकाले आफ्नो कर्तव्य गरिरहेको छ। तिनीहरू आफ्नो कर्तव्य पूरा गर्न स्वाभाविकता, झोकीपन, वा भ्रष्ट, शैतानी स्वभावमा भर पर्दैनन्। तिनीहरू संयमका साथ काम गर्छन्, तिनीहरूमा परमेश्वरको आदर गर्ने हृदय छ, तिनीहरूमा सत्यताप्रति प्रेम छ, र तिनीहरूको व्यवहार र अभिव्यक्तिले तिनीहरूले आफ्नो देह र प्राथमिकताहरू त्यागेका छन् भन्ने प्रकट गर्दछन्।’ यसरी व्यवहार गर्नु कति राम्रो कुरा हो! अरूले तेरा कमी-कमजोरीहरूको कुरा गर्दा, तँ तिनलाई स्वीकार गर्न मात्र सक्षम हुँदैनस्, तर तँ आशावादी हुन्छस्, तेरा कमी-कमजोरी र दोषहरूलाई संयमताको साथ सामना गर्छस्। तेरो मनको स्थिति अति सामान्य हुन्छ, ज्यादतीहरूदेखि मुक्त, जोसबाट मुक्त हुन्छ। के मानव स्वरूप हुनु भनेको यही होइन र? त्यस्ता मानिसहरूमा मात्र असल समझ हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कुनै व्यक्तिको आचरणलाई मार्गदर्शन गर्ने सिद्धान्तहरू)। परमेश्वरका वचनहरूले समस्याको मूल कारण खुलासा गरे। हाम्रो धेरैजसो भ्रष्टता अहङ्कारी प्रकृतिबाट आउँछ। मेरो अहङ्कारी स्वभावकै कारण मलाई ब्रदर माथ्यूको डाहा र अवज्ञा गर्न मन लागेको, र तिनका सुझावहरू मान्न मन नलागेको थियो। म अहङ्कारमा जिइरहेकी थिएँ र आफ्नै गल्तीहरूलाई देख्न सक्दिनथेँ। तिनका सुझावहरू मेरो लागि फाइदाजनक नै भए पनि, म तिनलाई स्विकार्दिनथेँ। आफ्नो नाम र हैसियत रक्षा गर्ने प्रयासमा मैले तिनको सहयोग र अगुवाइ स्विकार्न मानिनँ। आफ्नो कर्तव्य राम्ररी निभाउनलाई मैले के गर्नुपर्छ भन्नेबारेमा केही सोचिनँ। काममा वास्तवमै केही कठिनाइहरू थिए र मैले राम्रो काम गरिरहेकी थिइनँ, तैपनि म अहङ्कारी र अवज्ञाकारी बनेँ। मसँग साँच्चै कुनै आत्मचेतना थिएन। ब्रदर माथ्यूले केही व्यवहारिक समस्याहरू औँल्याइदिएका थिए, र ती सबै मेरो कर्तव्यका कमजोरीहरू थिए। म स्वीकार वा आत्मचिन्तन गर्ने गर्दिनथेँ, बरु तिनको सानोतिनो गल्ती कोट्याउँथेँ। तर वास्तवमा, तिनको सङ्गति निकै व्यावहारिक हुन्थ्यो र सत्यता बुझ्न नयाँ विश्वासीहरूलाई उपयोगी हुन्थ्यो, मैले पहिले सञ्चालन गरेका भेलाहरूभन्दा निकै उपयोगी र फाइदाजनक हुन्थ्यो। तथ्यहरूको सामना गर्दा, मैले ब्रदर माथ्यू मभन्दा सिपालु छन् भन्ने कुरा स्विकार्न सकिनँ, बरु तिनीप्रित द्वेष पालेँ र डाहा गरेँ। म साँच्चै नै अहङ्कारी, अभिमानी, र अविवेकी रहेछु। म आफ्नो बारेमा धेरै विचार गर्थेँ। म सधैँ सबैभन्दा उत्कृष्ट हुन, र अरूबाट प्रशंसा पाउन चाहन्थेँ। त्यो त प्रधान स्वर्गदूतको स्वभाव हो र यो परमेश्वरविरुद्ध छ। सत्यता खोजी गर्न र आफ्नो भ्रष्ट स्वभाव बदल्न, अनि विवेकी व्यक्ति बन्न तयार हुँदै मैले हृदयबाट प्रार्थना गरेँ।
पछि मेरो भक्तिको समयमा, मैले परमेश्वरको यो वचन पढेँ: “मण्डलीमा तिमीहरूसँग यस्तै वातावरण हुनुपर्छ—हरेकले सत्यतामा ध्यान केन्द्रित गर्ने र त्यसलाई प्राप्त गर्न लागिपर्ने अवस्था हुनुपर्छ। मानिसहरू जति वृद्ध वा जवान भए पनि वा तिनीहरू अनुभवी विश्वासी भए पनि नभए पनि केही फरक पर्दैन। न त तिनीहरूसँग राम्रो क्षमता वा कमजोर क्षमता हुँदा नै केही फरक पर्छ। यी कुराहरूले केही फरक पर्दैन। सत्यताको अघि, सबै समान हुन्छन्। तैँले हेर्नुपर्ने कुरा भनेको कसले सही तरिकाले र सत्यताअनुरूप बोल्छ, कसले परमेश्वरको घरका हितहरूबारे विचार गर्छ, परमेश्वरको घरको काममा कसले सबैभन्दा बढी बोझ लिन्छ, कसले अझै स्पष्ट रूपमा सत्यता बुझ्छ, कोसँग धार्मिकताको बोध छ र को मूल्य चुकाउन तयार छ भन्ने हो। त्यस्ता मानिसहरूलाई तिनीहरूका दाजुभाइ-दिदीबहिनीहरूले समर्थन र प्रशंसा गर्नुपर्छ। सत्यताको खोजीबाट आउने यो सीधापनको वातावरण नै मण्डलीमा हाबी हुनुपर्छ; यस तरिकाले, तिमीहरूसँग पवित्र आत्माको कार्य हुनेछ, र परमेश्वरले आशिष्हरू र अगुवाइ प्रदान गर्नुहुनेछ। यदि मण्डलीमा कहानी बताउने, एक-र्काको बारेमा कोलाहल गर्ने, एकअर्कासँग ईख बोक्ने, एकअर्काको डाह गर्ने, र एकअर्कासँग भनावैरी गर्ने किसिमको वातावरण हाबी छ भने, पवित्र आत्माले अवश्य नै तिमीहरूमा काम गर्नुहुनेछैन। एकअर्काको विरुद्धमा संघर्ष गर्ने र गुप्त रूपमा एकअर्काको विरुद्धमा लडाइँ गर्ने, छल गर्ने, धोका दिने, र षड्यन्त्र गर्ने—यो त दुष्टको वातावरण हो! यदि मण्डलीमा त्यस्तो वातावरण हाबी छ भने, पवित्र आत्माले अवश्य नै आफ्नो काम गर्नुहुनेछैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो सारा हृदय, मनमस्तिष्क, र आत्माले कर्तव्य निभाउने व्यक्तिले मात्रै परमेश्वरलाई प्रेम गरेको हुन्छ)। “आज, परमेश्वरको जाँच स्वीकार नगर्नेहरू सबैले उहाँको स्वीकृति प्राप्त गर्न सक्दैनन्, र देहधारी परमेश्वरलाई नचिन्नेहरू सिद्ध हुन सक्दैनन्। तैंले गर्ने सबै कामहरूलाई हेर्, र त्यो परमेश्वरको सामु ल्याउन सकिन्छ कि सकिँदैन सो हेर्। यदि तैंले गरेका सबै कुराहरू परमेश्वरको अगि ल्याउन सकिँदैन भने त्यसले तँ दुष्कर्म गर्ने व्यक्ति होस् भन्ने देखाउँछ। के दुष्कर्मीहरूलाई सिद्ध बनाउन सकिन्छ? तैंले गर्ने सबै काम, प्रत्येक कार्य, प्रत्येक उद्देश्य र प्रत्येक प्रतिक्रिया परमेश्वरको सामु ल्याउनुपर्छ। यहाँसम्म कि तेरो दैनिक आत्मिक जीवन—तेरा प्रार्थनाहरू, परमेश्वरसँगको तेरो घनिष्ठता, तँ परमेश्वरका वचनहरू कसरी खान्छस् र पिउँछस्, तेरा भाइबहिनीहरूसित तेरो सङ्गति र मण्डलीभित्रको तेरो जीवन—र साझेदारीमा गरिएको तेरो सेवालाई परमेश्वरको जाँचका निम्ति उहाँको सामने ल्याउन सकिन्छ। यो यस्तो अभ्यास हो जसले तँलाई जीवनमा वृद्धि हासिल गर्न मद्दत गर्दछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरले उहाँको हृदय अनुसारकाहरूलाई सिद्ध बनाउनुहुन्छ)। परमेश्वरका वचनहरूले मलाई सान्त्वना र अभ्यासको मार्ग दुवै दिए। परमेश्वरका वचनहरूले हामीलाई मण्डलीमा डाहा वा प्रतिस्पर्धा गर्ने नबन्न, बरु सत्यता खोजी गर्नमा ध्यान दिन निर्देशित गरेका छन्। हामीले जोकोहीको कुरा सुन्नुपर्छ जसका शब्दहरू सत्यताअनुरूप हुन्छन्। मलाई नयाँ विश्वासीहरूलाई राम्ररी मलजल गर्न सहयोग गर्नका लागि ब्रदर माथ्यूले मेरा कमीकमजोरी खुलासा गरेका थिए। तिनले व्यक्तिगत सम्बन्ध रक्षा गरिरहेका थिएनन्। तिनले समस्या देख्दा मानिसहरूलाई आफ्नो बारेमा जान्न बाटो देखाउँदै सङ्गति दिन्थे। आफूले भ्रष्टता देखाउँदा तिनले यसबारेमा सीधै कुरा गर्थे, र मानिसहरूलाई आफ्नो आदर गराउने प्रयास गर्दैनथे। तिनले सत्यता खोजी गर्न र मण्डलीको कामलाई समर्थन गर्न सक्थे, र मैले मेरा कमीकमजोरीहरू पूर्ति गर्न तिनीबाट सिक्नुपर्थ्यो, डाहा गर्न, अटेरी बन्न, र बदलाका लागि तिनका गल्ती खोज्न छोड्नुपर्थ्यो। मैले के पनि देखेँ भने अरूले गल्ती औँल्याउनु र सुधार्ने उपाय दिनु त मेरो लागि परमेश्वरको सुरक्षा र मुक्ति हो, जसले मलाई आफ्नो भ्रष्टता जान्न र मेरा गल्तीहरू सुधार्न मदत गर्छ। परमेश्वरले हामीलाई हेरिरहनुभएको हुन्छ, र हामीले सिद्धान्तअनुसार काम गरौँ भन्ने चाहनुहुन्छ। म परमेश्वरको सूक्ष्म जाँच स्विकार्न, आफ्नो भ्रष्टता जाँच्न र तुरुन्तै परिवर्तन ल्याउन, र सिद्धान्तअनुसार काम गर्न तयार छु जस्तो लाग्यो।
अहिले मलाई ब्रदर माथ्यूप्रति डाहा लाग्दैन। म तिनको सङ्गति र सुझावहरू स्विकार्न सक्छु। भेलाहरूमा मैले अरूलाई प्रश्न सोध्दा, म आफूले भन्न चाहेका कुरालाई व्यवस्थित पार्छु ताकि ब्रदर-सिस्टरहरूले राम्रोसँग बुझुन्। तिनीहरू चुपचाप बसेर सङ्गतिमा सक्रिय भई संलग्न नहुँदा, म तिनीहरूसँग अन्तरक्रिया गर्न अझै बढी जोड दिन्छु। भेलाहरूलाई अझै प्रभावकारी बनाउन, म अरूसित के-कस्ता व्यावहारिक समस्या छन् ती पत्ता लगाउन र परमेश्वरका वचनहरूको सङ्गतिमार्फत तिनको हल गर्न तिनीहरूसँग अग्रिम रूपमा कुराकानी गर्छु। सामान्यतया, तिनीहरूका कठिनाइहरू समाधान गर्न अझै उपयोगी बन्न म परमेश्वरका अझै धेरै वचनहरू पढ्ने र आफूलाई सत्यताले सुसज्जित गर्ने प्रयास पनि गर्छु। ममा आएको थोरै परिवर्तन परमेश्वरको मुक्ति हो। सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद होस्!
लिलियाना, जर्मनीम मलजल समूह अगुवा भएको बेला, मेरिलिन मण्डली अगुवा थिइन् जसले मेरो कामको निरीक्षण गर्थिन्। हाम्रा कुराकानी मार्फत्, मैले उनी...
चेङ शि, चीनसन् २०१२ को जूनमा मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको कार्य स्वीकार गरेँ। मैले परमेश्वरका वचनहरू पढेर, सर्वशक्तिमान्...
स्याओली, चीनसन् १९९८ मा, मेरा तीन दिदीबहिनी र मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गर्यौँ। हामी अक्सर सँगै...
क्लाउडद्वारा, क्यामरुनसन् २०१८ को मे महिनामा, मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ। एक वर्षपछि, म मण्डली अगुवाको...