आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको के हो मैले बल्‍ल बुझेँ

11 अक्टोबर 2021

क्षुन्‍क्‍वी, दक्षिण कोरिया

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र अन्तर्निहित रहेका सबै कुराहरूको उपलब्धि हो, भन्नुको अर्थ, जुन कुरा मानिसको लागि सम्भव छ। त्यसपछि उसको दायित्व पूरा हुन्छ। आफ्नो सेवाको अवधिमा देखिने मानिसका कमजोरीहरू प्रगतिशील अनुभव र न्यायबाट भएर जानु पर्ने प्रक्रियामार्फत‌ विस्तारै घटाइन्छन्‌; तिनले मानिसको दायित्वलाई वाधा दिँदैन वा प्रभाव पार्दैन। आफ्नो सेवामा कमजोरीहरू हुन सक्छन् भन्ने डरले सेवा गर्न वा परिणाम ल्याउन छोड्ने र पछि हट्ने मानिसहरू नै सबैभन्दा कायरहरू हुन्। यदि मानिसहरूले सेवाको अवधिमा व्यक्त गर्नुपर्ने कुरालाई व्यक्त गर्न सक्दैनन् वा तिनीहरूको लागि सम्भव भएका कुराहरूलाई अन्तर्निहित रूपमा तिनीहरूले उपलब्धि गर्न सक्दैनन्, र यसको सट्टामा समय बरबाद गर्छन् र आलटाल मात्रै गर्छन् भने, तिनीहरूले सृष्टि गरिएको प्राणीमा हुनुपर्ने कार्यगत प्रकार्यलाई गुमाएका हुन्छन्। त्यस्ता मानिसहरू ‘मध्यम-स्तरीय’ भनेर चिनिन्छन्‌; तिनीहरू कार्य नलाग्ने रद्दी हुन्। त्यस्ता मानिसहरूलाई कसरी उचित रूपमा सृष्टि गरिएका प्राणीहरू भन्न सकिन्छ? के तिनीहरू भ्रष्ट प्राणीहरू होइनन् र, जो बाहिर चम्कन्छन् तर भित्र कुहिएका हुन्छन्?” (वचन देहमा देखा पर्नुहुन्छको “देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता”)। परमेश्‍वरका वचनहरूले मलाई हामीले आफ्नो कर्तव्य पूरा गर्नु भनेको के हो त्यो बुझ्‍न सहायता गरेका छन्। यसको अर्थ हामी जतिसुकै प्रतिभावान् वा वरदानप्राप्त भए पनि, हामीले आफूले बुझेको सबै कुरा लागू गर्नुपर्छ। हामीले अल्याङटल्याङ गर्ने वा झारा टार्ने काम गर्नु हुँदैन। हामीले परमेश्‍वरले तय गर्नुभए अनुसार प्रयास गरिरहनुपर्छ। त्यसरी, हामी आफ्नो कर्तव्य गर्दा आउने कुनै पनि दुर्बलता वा कमजोरीलाई पूर्ति गर्न सक्छौं र हामीले झन्-झन् राम्रा परिणामहरू प्राप्त गर्नेछौं।

भर्खरै, मण्डलीले परमेश्‍वरका वचनहरूको एकल गायन भजनहरूको भिडियो छायाङ्कन गर्न चाह्यो। हाम्रा टोली अगुवाले मलाई मुख्य सोर गाउन र एउटा गीतमा गिटार बजाउनु लगाउन चाहे। उनले मलाई यो कुरा भन्दा, म अलिक आत्तिएँ। गीत गाउँदै गितार बजाउनु गाउनु मात्रै भन्दा कठिन हुन्छ। साथै, मैले त्यसरी यसभन्दा अघि पनि एकल गायन गर्ने प्रयास गरेकी थिएँ, तर गीत गाउँदा मैले आफ्नो प्रस्तुतिमा ध्यान केन्द्रितगरेँ र कर्डहरू छुटाएँ तर कर्डहरूमा ध्यान दिँदा, मेरो अभिव्यक्ति फिका देखियो। अन्त्यमा, तिनीहरूले त्यो फूटेज प्रयोग गर्न सकेनन्। फेरि त्यस्तै काम गर्नुपर्दा, म हुँदैन भन्‍न चाहन्थेँ तर मलाई यो परमेश्‍वरको इच्‍छा अनुरूप हुनेछ भनेर सोचिनँ। मेरा दाजुभाइ-दिदीबहिनीहरू सबैलाई गीतको लागि म एकदमै उपयुक्त छु भन्‍ने लागेको थियो, त्यसकारण म अघि सरेर आफ्नो कर्तव्य पूरा गर्नुपर्छ भन्‍ने मलाई लाग्यो। मैले त्यो भूमिका स्वीकारेँ। दुई दिनको अभ्यासपछि, मैले गायन र प्रस्तुति पक्षलाई निकै राम्ररी सिकेँ। तर गितार कार्डहरू निकै जटिल र स्मरण गर्न गाह्रो थियो। छायाङ्कन गर्न एक दिन बाँकी हुँदा, मलाई निकै तनाव भइरहेको थियो। मैले अभ्यास गरिरहे पनि कुनै कुरालाई परिवर्तन गर्न धेरै ढिलो हुनेछ, र यदि मैले अभ्यास गरिरहेँ भने, मेरो हात सुनिनेछ भनेर म डराएँ। असहजभए तापनि, म यसलाई सम्झन समेत सक्दिनँ। त्यो विचार गरेपछि, मैले यसको लागि मूल्य चुकाउन चाहिनँ, त्यसकारण मैले यो कठिन समस्याको राम्रो समाधानबारे विचार गर्ने प्रयास गरिरहेँ। त्यही बेला मलाई यो विचार आयो: मैले क्यामेराम्यानलाई मेरो हातको धेरै भिडियो नलिन अनुरोध गर्न सक्छु, र मैले यी झिझोलाग्दा कर्डहरूको लागि त्यति परिश्रम गर्नुपर्ने छैन। र त्यसरी पनि हामीले भिडियो छायाङ्कन गर्न सक्थ्यौं। यो राम्रो विचार हो जस्तो देखिन्थ्यो। यो विचार गर्दा मलाई अलिक अप्ठ्यारो लागेको थियो। मलाई म अजिम्‍मेवार भइरहेकी छु भन्‍ने जस्तो लाग्यो। यदि कर्डहरूमा समस्या भयो र हामीले फेरि भिडियो छायाङ्कन गर्नुपर्‍यो भने नि? तर मैले मनमनै सोचेँ: “समय अत्यन्तै थोरै छ र यो गीत निकै अप्ठ्यारो छ। राम्ररी गीत गाउँदै बजाउनु निकै कठिन र तनावपूर्ण हुनेछ। म आफ्नो स्तरभन्दा माथि प्रस्तुति दिन सक्दिनँ। साथै, यो त हामीले जति सक्दो चाँडो भिडियो निकाल्‍नको लागि नै हो। सबैले यो कुरा बुझ्‍नुपर्छ।” त्यसपछि, मैले आफ्नो गाइन र प्रस्तुतितर्फ ध्यान केन्द्रित गरेँ, कर्डबारे त्यति चिन्ता गरिनँ। यति भए पनि राम्रै हुन्छ भन्‍ने मलाई लाग्यो।

जब छायाङ्कन गर्ने समय आयो, मैले छायाङ्कन गर्ने ब्रदरलाई मेरो हातको क्‍लोज-अप धेरै नलिन अनुरोध गरेँ। त्यसले गर्दा कुनै समस्या हुन्छ भनेर मैले सोचिनँ। तर अर्को दिन, निर्देशकले मलाई मैले बजाएका केही कर्डहरू गलत भएको बताए अनि के भयो भनेर सोधे। मलाई अत्यन्तै दोषी महसुस भयो र मेरो अनुहार रातो भयो। मैले सोचेँ, “अहो हुँदैन, के हामीले फेरि छायाङ्कन गर्नुपर्ने हो?” मैले सम्पादकलाई अर्को कुनै समाधान छ कि भनेर हतार-हतार गएर सोधेँ। उनले शिर हल्‍लाउँदै भने, “मैले प्रयास त गरेँ तर केही सीप चलेन।” तब मलाई हामीले फेरि छायाङ्कन गर्नुपर्छ भन्‍ने थाहा भयो। आफूले समस्या पैदा गरेको थाहा पाएर मलाई दोषी महसुस भयो। पछि, हामीत्यस घटनाबारे छलफल गर्न भेला हुँदा, मैले जे गरे त्यसबारे सबैलाई कारणहरू बताएँ। एक जना सिस्टरले मलाई यसो भन्दै हप्काइन्, “तपाईँले ती कर्डहरू सिक्‍नुभएको थिएन भनेर हामीलाई किन भन्‍नुभएन? अब हामीले फेरि सबै छायाङ्कन गर्नुपर्छ र सारा परियोजनामा ढिलाइ भएको छ। यो तपाईँको लापरवाही र अजिम्‍मेवारीपन हो!” उनको कुरा मैले स्वीकार्नै सकिनँ। मैले सोचेँ, “के मैले सक्दो गरिनँ र? साँचो कुरा त म ती कर्डहरू बजाउन सक्दिनँ, र मैले भिडियो चाँडै सकियोस् भनेर यसो गरेकी हुँ। तिनीहरूले केवल मेरो हात खिच्नु हुन्थेन, होइन र?” मैले कुनै आत्म-चिन्तन नगरिकन, बहानाहरू मात्रै बनाएँ। तर त्यसपछि अर्की सिस्टरले मलाई यसो भनिन्, “यदि तपाईँलाई गाह्रो भएको थियो भने, छायाङ्कनलाई केही दिन पछि सारेर भए पनि थप अभ्यास गर्न सक्‍नुहुन्थ्यो। तर तपाईँले त्यस्तो गडबडी गर्नु हुँदैन। तपाईँ मुख्य गायिका हुनुहुन्छ—तपाईँले गिटार बजाएको हामीले देखाएनौं भने कस्तो देखिनेछ? यो तपाईँको अत्यन्तै अजिम्‍मेवारीपन र लापरवाही हो!” उनले भनेको “अत्यन्तै” शब्द मेरो मनमा लाग्यो। मैले यस्तो नसोची सकिनँ, “यदि मेरा दाजुभाइ-दिदीबहिनीहरू सबैले म आफ्नो कर्तव्यमा लापरवाही भएँ भन्‍ने ठान्छन् भने, सायद के म साँच्‍चै गलत छु? मैले पनि छायाङ्कन राम्रो होस् भन्‍ने नै चाहेकी थिएँ। तर परियोजनामा ढिलाइ भएको छ र मेरा कर्डहरू गलत भएको कारण हामीले फेरि छायाङ्कन गर्नुपर्छ। दोष अवश्य मेरै हो।” त्यसरी सोच्दा मलाई नरमाइलो लाग्यो। मैले विरोध गर्न छोडेँ र मनन गर्न थालेँ।

पछि मैले परमेश्‍वरको वचनको एउटा खण्ड भेटेँ जसले साँच्‍चै मेरो मन छोयो। यसमा यसो भनिएको छ: “तैँले लापरवाह र झारा टार्ने तरिकाले आफ्‍नो कर्तव्य पूरा गर्दा, र यसलाई हल्कासाथ लिँदा परिणाम के हुन्छ? तैँले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्‍ने भए पनि, कर्तव्य निर्वाह गर्दा तेरो कार्यप्रदर्शन नराम्रो हुनेछ—तेरो कार्यप्रदर्शन मापदण्डको स्तरमा पुग्‍नेछैन, र तेरो कर्तव्यप्रतिको तेरो मनोवृत्तिप्रति परमेश्‍वर सन्तुष्ट हुनुहुनेछैन। यदि मूल रूपमा, तैँले सामान्य रूपमा नै खोजी र सहकार्य गरेको थिइस् भने; यदि तैँले यसमा तेरा सम्पूर्ण विचारहरू लगाएको थिइस् भने; यदि तैँले यसमा तेरो हृदय र प्राण लगाएको थिइस्, र यसमा तेरो सारा प्रयास लगाएको थिइस्, अनि केही अवधिसम्‍म तेरो परिश्रम, प्रयास, र विचारहरू लगाएको थिइस्, वा सन्दर्भ सामग्रीहरूको निम्ति केही समय छुटाएको थिइस्, र यसमा तेरो सारा मन र शरीर लगाएको थिइस् भने; यदि तैँले त्यसरी सहकार्य गर्न सक्थिस् भने, परमेश्‍वरले तँलाई अगाडिबाट अगुवाइ गरिरहनुभएको हुनेथियो। तैँले त्यति धेरै शक्ति लगाउनु पर्दैन; जब तैँले सहकार्यमा कुनै प्रयास लगाउँदैनस्, तब परमेश्‍वरले पहिले नै सबै कुराको बन्दोबस्त गरिसक्‍नुभएको हुनेछ। यदि तँ धोकेबाजपूर्ण र धोकेबाज छस्, र कामको आधा भागमा तेरो हृदय परिवर्तन भयो र तँ बाटो बिराएर जान्छस् भने, परमेश्‍वरले तँमाथि चासो देखाउनुहुनेछैन; तैँले यो अवसर गुमाएको हुनेछस्, र परमेश्‍वरले यसो भन्‍नुहुनेछ, ‘तँ उपयुक्त छैनस्; तेरो कुनै काम छैन। जा, पाखा लाग्। तँलाई अल्छी हुन मन पर्छ, होइन त? तँलाई छली र धूर्त बन्‍न मन पर्छ, मन पर्दैन त? तँलाई विश्राम गर्न मन पर्छ? ठीकै छ, विश्राम गर्।’ परमेश्‍वरले अर्को व्यक्तिलाई यो अनुग्रह र अवसर दिनुहुनेछ। तिमीहरू के भन्छौ: यो हार हो कि जित हो? यो ठूलो हार हो!” (परमेश्‍वरको सङ्गति)। परमेश्‍वरका वचनहरूले मेरो स्थिति प्रकट गरिदियो। मैले मुख्य भूमिका लिन अभ्यास गर्ने सहमति जनाएकी थिएँ, तर मैले आफूले प्रतिज्ञा गरेको जस्तो वास्तवमा गरिनँ। मैले आफ्नो कमजोरी बताइनँ वा मेरो कर्ड वादनलाई सुधार्न जानकारी खोजिनँ। मैले अभ्यासमा अल्याङटल्याङ गरेँ किनभने यो निकै कठिन हुन्छ भन्‍ने मलाई लागेको थियो। मैले मसँग समय छैन भन्‍ने बहाना बनाएँ र क्यामेराम्यानलाई मेरो हातको क्‍लोज-अप नलिन अनुरोध गरेँ। मलाई यसबाट पार पाउन सक्छु भन्‍ने लागेको थियो तर यसले परियोजनामा नै ढिलाइ गर्न पुग्‍यो। यो साँच्‍चै मेरो अजिम्‍मेवारीपन र लापरवाही थियो! जब मैले मेरो कर्तव्य प्रस्तुत गर्ने बेला आयो, मैले गीत राम्ररी गाउने-बजाउने अनि परमेश्‍वरको निम्ति गवाही दिने प्रयास गर्न चाहिनँ। बरु, मैले सबैभन्दा कम रोकावट भएको बाटो अपनाएँ, र अब हामीले सबै कुरा फेरि गर्नुपर्ने भयो। म कसरी यत्ति अजिम्‍मेवार हुन सकेँ? यदि मैले अलिक बढी अभ्यास, अलिक बढी प्रयास गरेकी भए, परमेश्‍वरको घरको काममा हानि गर्ने थिइनँ। त्यो बेला मलाई आफैप्रति अलिक घृणा लाग्यो। मैले सोचेँ, “यदि मैले अर्को मौका पाएँ भने, फेरि त्यति लापलवाह हुने छुइनँ। ती कर्डहरू अभ्यास गर्न साह्रो पर्ने भए पनि, गर्नुपर्ने कुरा गर्नेछु।”

अरूले मलाई अभ्यास गर्न थप दुई दिन दिने निर्णय गरे। मेरो लागि यो अत्यन्तै मनछुने कुरा थियो र मैले परमेश्‍वरलाई मेरो अपराधको क्षतिपूर्ति गर्ने मौका दिनुभएकोमा धन्यवाद दिएँ। त्यसपछिको अभ्यासमा मैले सबै कर्डहरू कण्ठ गर्न कडा परिश्रम गरेँ, तर मलाई असाध्यै तनाव भयो। मेरो तरिका अझै अपेक्षा अनुरूप भएको थिएन र सुधारको निम्ति दुई दिन पर्याप्त हुँदैन भनेर मलाई डर लागेको थियो। म फेर चिन्तित हुन थालेँ। तर मलाई जति चिन्ता लाग्थ्यो, त्यति धेरै बिर्सिन्थेँअनि जति धेरै बिर्सिन्थेँ, त्यति नै चिन्तित हुन्थें। त्यो बिहान एकैछिनमा बित्यो। मैले अझै पनि गीत राम्ररी बजाउन सकेकी थिइनँ, र मेरा हातहरू दुख्यो। मैले सामान्यतया खानापछि अभ्यासबाट विश्राम लिन्थेँ, तर यस पटक, मैले अभ्यासलाई जारी राख्‍नुपर्छ भन्‍ने मलाई थाहा थियो। मलाई थाहा थियो, म विश्राम लिन सक्दिनँ, तर सही तरिकाले कर्ड बजाउन मैले आफ्‍नो हरेक क्षणको सदुपयोग गर्नुपर्थ्यो। मैले मेरो हृदयलाई ठीक गरेपछि, परमेश्‍वरले मलाई मार्गदर्शन गर्नुभयो। त्यो दिउँसो, मलाई थाहै नभई मैले विभिन्‍न भागका कर्डहरूलाई कसरी याद गर्ने बुझेँ! म झन्-झन् राम्ररी बजाउन सक्‍ने भएँ। तर मैले यति धेरै समयसम्‍म अभ्यास गरेकी थिएँ कि मेरा हातहरू सुनिन थाले र मलाई फेरि सुस्त हुन मन लाग्यो। जब मलाई फेरि यस्तो विचार गर्न थालेछु भन्‍ने थाहा भयो, तब परमेश्‍वरले बताउनुभएको कुरा याद मलाई आयो र मैले तुरुन्तै त्यो पढिहालेँ: “तेरो प्रयास र समर्पणताको आवश्यक पर्ने, र तेरो तन, मन, र समय समर्पित गर्नुपर्ने कर्तव्यको सामना गर्नु पर्दा, तैँले कुनै पनि कुरालाई रोक्नु हुँदैन, कुनै पनि तुच्छ चतुर्‍याइँ मनमा राख्नु हुँदैन, वा कुनै कसर बाँकी छाड्नु हुँदैन। यदि तैँले कुनै कसर बाँकी छाड्छस्, हिसाबकिताब गर्छस्, वा कुटिल र धोकेबाज काम गर्छस् भने, तैँले अवश्य नै नराम्ररी काम गर्नेछस्। तैँले यसो भन्‍न सक्छस्, ‘मैले चलाकी तरिकाले काम गरेको कसैले पनि देखेन। कस्तो गजब भो!’ यो कस्तो प्रकारको सोचाइ हो? तैँले मानिसहरूको, र परमेश्‍वरको पनि आँखा छलेको छस् भन्‍ने तँलाई लाग्छ। तैपनि वास्तवमा, तैँले जे गरेको छस् सो परमेश्‍वरलाई थाहा हुन्छ कि हुँदैन? (उहाँलाई थाहा हुन्छ।) साधारणतया, तँसँग लामो समयसम्‍म कुराकानी गर्ने मानिसहरूले पनि थाहा पाउनेछन्, र तँ सधैँ चलाकी गर्ने, कहिल्यै पनि लगनशील नहुने व्यक्ति होस्, र तैँले तेरो पचास-साठी प्रतिशत, वा बढीमा असी प्रतिशत प्रयास मात्रै लगाउँछस् भनेर मानिसहरूले भन्‍नेछन्। तैँले गर्ने हरेक काम अन्धाधुन्ध गर्दै दोधारे रूपमा गर्छस्; तेरो काममा तँ भरपर्दो छँदै छैनस् भनेर तिनीहरूले भन्‍नेछन्। यदि तँलाई कुनै काम गर्न लगाइयो भने मात्रै तैँले यसमा अलिकति प्रयास गर्छस्; तेरो काम मापदण्डअनुरूप छ कि छैन भनेर जाँच गर्न कोही व्यक्ति नजिकै छ भने, तैँले अलिक राम्रो काम गर्छस्—तर जाँच गर्ने कोही पनि छैन भने, तँ अलिक सुस्त हुन्छस्। यदि तँलाई निराकरण गरियो भने, तैँले यसलाई मनैबाट गर्छस्; अन्यथा, कसैले पनि पत्ता लगाउनेछैनन् भनेर सोच्दै, तैँले काममा निरन्तर अल्याङ्टल्याङ गर्छस् र जे सक्यो त्यही बहाना बनाउने प्रयास गर्छस्। समय बित्दै जान्छ, अनि मानिसहरूले थाहा पाउँछन्। तिनीहरू भन्छन्, ‘यो व्यक्ति भर पर्न र विश्‍वास गर्न नसिकने व्यक्ति हो; यदि तपाईंले उसलाई महत्त्वपूर्ण कर्तव्य पूरा गर्न दिनुभयो भने, उसलाई रेखदेख गर्नुपर्छ। उसले सिद्धान्तहरू आवश्यक नपर्ने साधारण कार्य र जिम्‍मेवारीहरू पूरा गर्न सक्छ, तर यदि तपाईंले महत्त्वपूर्ण कर्तव्य पूरा गर्न दिनुभयो भने, उसले यसलाई बरबाद गर्ने सम्‍भावना धेरै हुन्छ, त्यसपछि तपाईंलाई ठगिएको हुनेछ।’ मानिसहरूले उसलाई राम्ररी चिन्‍नेछन्, र उसले सबै गरिमा र इज्‍जतलाई पूर्ण रूपमा त्यागेको हुनेछ। यदि कसैले उसलाई विश्‍वास गर्न सक्दैन भने, परमेश्‍वरले कसरी विश्‍वास गर्न सक्‍नुहुन्छ र? के परमेश्‍वरले उसलाई कुनै पनि महत्त्वपूर्ण कामहरू सुम्‍पनुहुनेछ र? त्यस्तो व्यक्ति भरोसा गर्न नसकिने व्यक्ति हो” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “आफ्‍नो कर्तव्य पूरा गरेको अनुभवद्वारा नै जीवन प्रवेशको सुरुवात हुनुपर्छ”)।

परमेश्‍वरका वचनहरूले मलाई म आफ्नो कर्तव्यमा कति लापरवाही थिएँ भन्‍ने कुरा महसुस गराए। कर्ड अभ्यास गर्दा म आत्मसन्तुष्ट थिएँ र सबैभन्दा उच्‍च स्तरमा पुग्‍ने जमर्को गरिरहेकी थिइनँ। मैले पूर्ण रूपमा प्रयास गरिरहेकी थिइन। मैले आफ्नो कर्तव्यमा अल्याङटल्याङ र झारा टारिरहेकी थिएँ। ममा सत्यनिष्ठा थिएन। म भरोसायोग्य थिइनँ। मैले सधैँ आफूलाई कर्तव्यमा जोशिलो छु र परिश्रमी छु, मेरो वफादारीता कहिल्यै मर्दैन भनेर ठानेको थिएँ। तर अब, म परिणामहरूमा केन्द्रित थिइनँ, तर मैले झारा टार्ने काम मात्रै गरेकी थिएँ भनेर थाहा पाएँ। त्यो कसरी मेरो कर्तव्य निभाएको भयो र? यदि मैले त्यसै गरिरहेको भए, कसले मलाई फेरि भरोसा गर्ने आँट गर्थ्यो र? के मैले मेरो सत्यनिष्ठा र सम्‍मान गुमाउने थिइनँ र? मैले अगिल्लो पटक अपराध गरेकी थिएँ। यसलाई म फेरि दोहोऱ्याउन चाहँदिनँ। मेरो हात सुनियोस् कि मलाई अत्यन्तै थकाइ लागोस्, त्योभन्दा मेरो सत्यनिष्ठा र गरिमा महत्त्वपूर्ण थियो। त्यसकारण, जति नै थकाइ लागे पनि वा कठिन भए पनि, मैले कर्डहरू अभ्यास गरिरहने सङ्कल्प गरेँ। एकपटक मैले साँचो पश्‍चात्ताप गर्ने सङ्कल्प गर्दा परमेश्‍वरका आशिष्‌हरू र मार्गदर्शन देखेँ। त्यही दिन, मैले मध्यरात नाघेसम्‍म अभ्यास गरेँ, र लगभग सबै कर्डहरू कण्ठ गरेँ। भोलिपल्‍ट मैले पूरै गीत नआइञ्‍जेल दिनभरि अभ्यास गरेँ। छायाङ्कनको बेला, मैले हरेक चरणलाई एकाग्र भई ध्यान दिएँ र परमेश्‍वरमा भरोसा गर्दै मौन प्रार्थना गरेँ। अचम्‍मको कुरा, हामीले एकै पटकमा पूरै भिडियो छायाङ्कन गऱ्यौँ! यस्तो परिणाम देख्दा मलाई शान्ति महसुस भयो। मैले सत्यता अभ्यास गर्नुको मिठास चाखेँ।

पछि मलाई संगीत रचना गर्ने कर्तव्य दिइयो। मैले गीत नरचेको धेरै भएको थियो, त्यसकारण मेरो बानी अलिक हराएको थियो। विशेषगरी, हामीले भर्खर रक गीतहरू बनाइरहेका थियौं, जसमा मैले पहिले कहिल्यै काम गरेकी थिइनँ, त्यसकारण मलाई अलिक चिन्ता लाग्यो। तर यो मैले पूरा गर्नुपर्ने कर्तव्य हो र यसको लागि सक्दो प्रयास गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो। त्यसकारण, मैले महिनाको अन्त्यसम्‍म दुई वटा गीत पूरा गर्ने योजना बनाएँ। मैले गीत रचना गर्नको लागि ओभरटाइम गरेँ र जब मलाई थकाइ लाग्थ्यो तब परमेश्‍वरलाई मलाई देह त्याग्‍न सहायता गर्नुहोस् भनी अनुरोध गरेँ। मैले एउटा धुन बनाउन पुगेँ र यसलाई तुरुन्तै पूरा गीतमा परिवर्तन गरेँ। मैले यो पूरा गरिसकेपछि दाजुभाइ-दिदीबहिनीहरूलाई सुनाएँ। तिनीहरूले यो ठीक छ र रक सङ्गितको लागि यो उचित शैली भयो भने। तर भित्र यस्तो सोचेँ: “यदि मैले अझ बढी मेहनत गरेँ र कोरसको धुनलाई अझ परिष्कार गरेँ भने, गीत झनै राम्रो हुनेछ।” तर मेरो सोचाइ परिवर्तन भयो। त्यो बेला मसँग स्पष्ट दिशा-बोध थिएन र मैले आफूबाट धेरै माग गर्न चाहिनँ। यसको साथै, मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई यो नराम्रो लागेको थिएन। यो काफी राम्रो थियो। साथै, मैले यस प्रकारको गीत रचना गर्नु भर्खरै सिकेकी थिएँ, त्यसकारण गल्ती हुन सामान्य थियो। मैले यो टोली अगुवालाई पेस गरेँ।

केही दिनपछि, उनले म ठीक दिशामा गइरहेकी छु, तर धुन अलिक रूखो भयो भनेर भने। उनले मलाई अझै बढी शब्‍दमा ध्यान दिन सुझाव दिए। मलाई यो कुरा स्वीकार गर्न अलिक गाह्रो भयो र मैले सोचेँ, “मैले यस प्रकारको गीत रचना गर्न भर्खरै मात्र सिकेकी छु। तिमीले मबाट धेरै नै माग गर्नुहुँदै छ!” मैले यसमा पहिले नै धेरै समय खर्च गरिसकेकी थिएँ र उनको प्रतिक्रिया पर्खिन केही दिन लागेको थियो। आधा महिना बितिसकेको थियो। प्रगति नभएको देख्दा, म अलिक चिन्तित भएँ। रचनालाई संशोधन गर्न निकै प्रयास गर्नुपर्थ्यो र यो कस्तो हुनेछ मलाई थाहा थिएन। त्यसकारण, मैले सुरलाई फेरि लेखेँ। टोली अगुवाले यो राम्रो छैन र यो बच्‍चाको गीत जस्तो सुनिन्छ भने। म अत्यन्तै खिन्न भएँ। मैले सोचेँ, “मैले यसमा आफ्नो सबै लगाएँ तर एउटै गीत पनि स्वीकृत भएको छैन। मैले के गर्ने?” पछि, मैले थप केही धुनहरू लेखेँ, तर तीमध्ये कुनै पनि स्वीकृत भएन। म अत्यन्तै चिन्तित भएँ। मैले कसरी महिनाको अन्त्यसम्‍म दुई वटा गीत पूरा गर्ने सङ्कल्प गरेकी थिएँ, तर मैले एउटा पनि सकेकी थिइनँ, त्यसबारे सोचेँ। म आफ्नो कर्तव्यमा असफल भएकी थिएँ। के म केही कामकी थिइनँ?

पछि भेलामा, टोली अगुवाले मलाई यसो भन्दै सम्झना दिलाए, “तपाईँको रचना निकै मौलिक छन् र शैली राराम्रो छ, तब अहिलेसम्म किन कुनै पनि स्वीकृत भएको छैन? तपाईँले शब्‍दमा ध्यान दिइरहनुभएको छैन, त्यसकारण शब्‍द र धुन मिल्दैन। हरेक पटक तपाईँले यसलाई परिवर्तन गर्नुहुँदा, यो झन् बिग्रन्छ। यसले परमेश्‍वरको घरको कामलाई रोकिरहेको छ।” त्यसपछि, अर्को ब्रदरले पनि सहमति जनाउँदै भने: “रेकर्डिङहरूमा तपाईँले राम्ररी गाइरहनुभएको छैन। तीमध्ये कति त शीट-म्युजिकसँग समेत मिल्दैनन्। तपाईँ लापरवाह हुनुहुँदैछ!” ब्रदरहरूद्वारा निराकरण गरिनु र हप्काइनु अपमानजनक थियो। मलाई दुलोभित्र लुकूँ झैँ लाग्यो। घर पुगेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर, म मेरो कर्तव्यमा लापरवाह बनेकी छु। म समर्पित भएकी छैन, तर यो समस्याको समाधान कसरी गर्ने मलाई थाहा छैन। बिन्ती छ मलाई सहयोग र मार्गदर्शन गर्नुहोस्।”

पछि, मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “कनै पनि कुरालाई अमर्यादित र गैरजिम्मेवार ढंगले सम्हाल्नु भ्रष्ट स्वभावभित्र पर्ने कुरो होइन र? कुन कुरा? यो फोहोरीपन हो; हरेक मामिलामा, तिनीहरू भन्छन्, ‘त्यो लगभग सही छ’ र ‘काफी नजिक छ’; यो ‘होला,’ ‘सायद,’ र ‘पाँचमा चार’ को मनोवृत्ति हो; तिनीहरू कामचलाउ तवरले काम गर्छन्, न्यूनतम मात्रामा काम गर्नमा सन्तुष्ट छन्, र तिनीहरू जसोतसो काम टार्दै अघि बढ्नमा सन्तुष्ट छन्; तिनीहरू कुनै पनि कुरालाई गम्भीर रूपमा लिनु र ठ्याक्‍कै मिल्ने गरी प्रयास गर्नुको कुनै अर्थ देख्दैनन्, तिनीहरूले सिद्धान्तहरूको खोजी गर्नुमा कुनै अर्थ देख्‍ने त कुरै नगरौँ। के यो भ्रष्ट स्वभावभित्र पर्ने कुरा होइन र? के यो सामान्य मानवताको प्रकटीकरण हो र? यसलाई अहङ्‍कार भन्‍नु सही हुन्छ, र यसलाई दुराचारी भन्‍नु पनि सम्पूर्ण रूपमा उचित नै हुन्छ—तर यसलाई पूर्ण रूपमा बुझ्‍नको निम्ति मिल्‍ने शब्द ‘फोहोरी’ हो। यस्तो फोहोरीपन बहुसङ्‍ख्यक मानिसहरूको मानवतामा विद्यमान छ; हरेक मामिलामा, कुन कुरालाई त्यत्तिकै छोडेर हिँड्न सकिन्छ भनेर तिनीहरूले सम्भव भएसम्म कम गर्ने इच्छा राख्छन्, र तिनीहरूले गर्ने हरेक कुरामा छलको गन्ध पाइन्छ। तिनीहरूले अरूलाई सकेसम्म धोका दिन्छन्, सकेसम्म चोर बाटो अपनाउँछन् र कुनै पनि विषयको बारेमा सोच्दै धेरै समय विताउन वा दिमाग चलाउन मन गर्दैनन्। जबसम्म तिनीहरू खुलासा हुनबाट बच्‍न सक्छन् र तिनीहरूले कुनै समस्या खडा गर्दैनन् र तिनीहरूलाई जवाफदेही बनाइन्‍न, तबसम्म तिनीहरूले सबै ठीक छ भन्‍ने सोच्‍छन्, र यसरी तिनीहरूले लटरपटर गर्दै अघि बढ्छन्। तिनीहरूका निम्ति काम राम्ररी गर्नु भनेको त्यसलाई पर्ने मूल्यभन्दा धेरै दुःख गर्नु हो। यस्ता मानिसहरूले निपुण हुने गरी केही पनि सिक्दैनन्, अनि तिनीहरूले आफूलाई मेहनतसाथ अध्ययन गर्नमा सामेल गर्दैनन्। तिनीहरूले विषयको बृहत् रूपरेखा मात्र प्राप्त गर्न चाहन्छन् तर आफूलाई त्यस विषयको प्रवीण भन्‍छन्, र लटरपर गर्दै अगाडि बढ्नलाई त्यसैमा भर पर्छन्। कुनै पनि कुराहरूप्रति मानिसहरूको मनोवृत्ति यही हुन्छ होइन र? के यो असल मनोवृत्ति हो त? मानिस, घटना र विभिन्‍न कुराहरूप्रति यस्ता मानिसहरूले अवलम्बन गर्ने यस्तो किसिमको मनोवृत्तिलाई थोरै शब्दहरूमा ‘लटरपटर गर्दै अघि बढ्नु’ भनिन्छ र यस्तो फोहोरीपन सबै भ्रष्ट मानवजातिमा विद्यमान छ” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग दुई)”)। “कसैले भद्र र नीच मानिसहरूबीचको भिन्‍नता कसरी बताउन सक्छ? मानिस, घटना र विभिन्‍न कुराहरूसँग व्यवहार गर्दा तिनीहरूको मनोवृत्ति र चालचलनलाई हेर्—उनीहरूले कसरी काम गर्छन्, कुनै कुरालाई कसरी सम्हाल्छन् र कुनै समस्या पैदा हुँदा तिनीहरूले कसरी व्यवहारलाई गर्छन् त्यसलाई हेर्। चरित्र र प्रतिष्ठा भएका मानिसहरू आफ्ना कार्यमा सावधान, गम्भीर र मेहनती हुन्छन् र तिनीहरू बलिदान गर्न राजी हुन्छन्। चरित्र र प्रतिष्ठा नभएका मानिसहरू आफ्ना कार्यमा अव्यवस्थित र असावधान हुन्छन्, तिनीहरू सधैँ कुनै न कुनै छल गर्ने र सधैँ लटरपटर गर्दै अघि बढ्ने हुन्छन्। तिनीहरूले निपुण हुने गरी कुनै सिप सिक्दैनन् र तिनीहरूले जति धेरै अध्ययन गरे तापनि सिप वा पेशाको विषयमा अज्ञानताले स्तम्भित रहन्छन्। यदि तैँले तिनहरूलाई जवाफ दिनको निम्ति दबाब दिँदैनस् भने, तिनीहरू सबै ठीकै देखिन्छन्, तर जब तैँले तिनीहरूलाई दबाब दिन्छस्, तिनीहरू त्रसित हुन्छन्—पसिनाले तिनीहरूको आँखीभौं भिज्छ र तिनीहरूसँग जवाफ हुँदैन। ती तल्लो स्तरको चरित्र भएका मानिसहरू हुन्” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग दुई)”)। यो पढेपछि मात्रै मैले के थाहा पाएँ भने, म आफ्नो कर्तव्यमा लापरवाह भएकी थिएँ, किनभने मभित्र नीच कुरा थियो। म आफ्नो कामको गुणस्तरमा ध्यानै नदिई सबै कुरामा जतिसक्दो कम काम गर्न चाहन्थेँ। मैले सत्यताका सिद्धान्तहरू खोज्न र परमेश्‍वरले माग गर्नुभए अनुसार आफ्नो कर्तव्य पूरा गर्न चाहिनँ। चाहे भिडियो छायाङ्कन होस् वा गीत रचना गर्ने काम, यस समयबारे सोच्दा, जब मैलेप्रयास गर्नुपर्ने समस्याको सामना गर्थेँ, जब मैले मूल्य चुकाउनुपर्ने हुन्थ्यो, तब थोरै मात्र प्रयास गर्थेँ। मैले सुधार गर्ने वा कडा परिश्रम गर्ने प्रयास गरिनँ। वास्तवमा, यदि मैले कठिन परिश्रम गरेँ र अझै ध्यान दिएर काम गरेँ भने, आफ्नो कर्तव्य अझै राम्ररी पूरा गर्न सक्छु भन्‍ने मलाई थाहा थियो। तर म सधैँ सकेसम्‍म न्यूनतम काम गर्थेँ, सधैँ आफैमा लिप्त हुन्थें। त्यसकारण, मैले आफ्नो काममा प्रगति गर्न वा कर्तव्यद्वारा परमेश्‍वरको गवाही दिन सकिनँ, र परिणामस्वरूप मण्डलीको काममा बाधा पुर्‍याइरहेँ। मैले कसरी आफ्नो कर्तव्य पूरा गरेकी छु भन्‍न सक्थेँ र? मैले स्पष्ट रूपमा नै परमेश्‍वरको घरको काममा बाधा पारिहेकी थिएँ। त्यो बेला मात्रै मैले मेरो नीचता कति गम्‍भीर छ भन्‍ने देखेँ। मैल झाराटार्ने काम गरेँ, अल्याङटल्याङ गरेँ, परमेश्‍वरलाई मूर्ख बनाउने प्रयास गरेँ। ममा चरित्र र मर्यादाको कमी थियो। परमेश्‍वरले इमानरीपूर्वक र लगनशील भई आफ्‍नो कर्तव्य पूरा गर्नेलाई, कठिनाइ आइपर्दा सत्यताका सिद्धान्तहरू खोज्‍ने र परमेश्‍वरले तोक्‍नुभए अनुसार आफ्‍नो कर्तव्य पूरा गर्नेहरूलाई मन पराउनुहुन्छ। तिनीहरूसँग आदर र निष्ठा हुन्छ अनि तिनीहरू परमेश्‍वरको नजरमा बहुमूल्य हुन्छन्। तिनीहरूको तुलनामा, म मानव भनिन लायक थिइनँ। म लज्‍जित भएँ। त्यो क्षणमा, मैले यो कुरा बुझेँ: परमेश्‍वरले मलाई मेरा ब्रदरहरूले गरेको काट-छाँट र निराकरणद्वारा मुक्ति दिइरहनुभएको थियो। नत्र, म सधैँ यसमा झारा टरिरहेकी हुनेथिएँ। मैले आफ्नो कर्तव्य कहिल्यै पनि राम्ररी पूरा गर्ने थिइनँ। मैले परमेश्‍वरको भवनको काममा बाधा पुर्‍याउने थिएँ र परमेश्‍वरद्वारा फ्याँकिने थिएँ।

मैले परमेश्‍वरका अझै धेरै वचनहरू पढेँ: “परमेश्‍वरको कार्य मानवजातिको खातिर गरिन्छ, र मानिसको सहकार्य परमेश्‍वरको व्यवस्थापनको खातिर दिइन्छ। परमेश्‍वरले आफूले गर्नुपर्ने सबै कुरा गरिसक्‍नुभएपछि, मानिसले आफ्‍नो अभ्यासलाई खुला मनले गर्न र परमेश्‍वरसँग सहकार्य गर्न आवश्यक छ। परमेश्‍वरको कार्यमा, मानिसले कुनै पनि प्रयास गर्नुहुँदैन, उसले आफ्‍नो बफादारीता दिनुपर्छ, र विभिन्‍न धारणाहरूमा लुप्त हुने, वा निष्क्रिय बसेर मृत्यु पर्खिने गर्नु हुँदैन। परमेश्‍वरले मानिसको लागि आफैलाई बलिदान दिन सक्‍नुहुन्छ, तब मानिसले किन परमेश्‍वरलाई आफ्‍नो बफादारीता दिन सक्दैन? मानिसप्रति परमेश्‍वर एउटै हृदय र मनको हुनुहुन्छ, तब मानिसले किन सानो सहकार्य दिन सक्दैन? परमेश्‍वरले मानवजातिको लागि काम गर्नुहुन्छ, तब मानिसले किन परमेश्‍वरको व्यवस्थापनको खातिर आफ्‍ना केही कर्तव्यलाई पूरा गर्न सक्दैन? परमेश्‍वरको काम यति हदसम्‍म आइसकेको छ, तैपनि तिमीहरू हेर्छौ तर काम गर्दैनौ, तिमीहरू सुन्छौ तर हलचल गर्दैनौ। के यस्ता मानिसहरू अनन्त विनाशका पात्रहरू होइनन् र? परमेश्‍वरले पहिले नै आफ्‍नो सम्पूर्णता मानिसलाई समर्पित गरिसक्‍नुभएको छ, तब आज किन मानिस इमानदारीताको साथ आफ्‍नो कर्तव्य पूरा गर्न असमर्थ छ? परमेश्‍वरको लागि, उहाँको कार्य नै उहाँको पहिलो प्राथमिकता हो, र उहाँको व्यवस्थापनको काम नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। मानिसको लागि, परमेश्‍वरको वचनहरूलाई अभ्यास गर्नु र परमेश्‍वरका हरूलाई पूरा गर्नु उसको पहिलो प्राथमिकता हो। यो तिमीहरू सबैले बुझ्‍नुपर्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको कार्य र मानिसको अभ्यास”)। मैले परमेश्‍वरका वचनहरू मनन गर्दा त्यसले मेरो मन साह्रै छोयो। मानिसप्रति परमेश्‍वर एउटै हृदय र मनको हुनुहुन्छ। उहाँ शैतानले भ्रष्ट पारेको मानवजातिलाई मुक्ति दिन दुईपटक देह बन्‍नुभएको छ। उहाँलाई पुस्ता-पुस्ताका मानिसहरूले अपमान गरे, इन्कार गरे र उहाँले धेरै कष्ट भोग्‍नुभएको छ। हाम्रो गम्भिर भ्रष्टता र समझहीन उदासीनताको बाबजुत पनि, परमेश्‍वरले हामीलाई कहिल्यै त्याग्‍नुभएको छैन। उहाँले अझै पनि हामीलाई मुक्ति दिन सत्यता व्यक्त गर्नुहुन्छ। हाम्रो क्षमता कमजोर छ र हामी सत्यता स्वीकार्न ढिलासुस्ती गर्छौँ, तर परमेश्‍वरले हामीसँग इमानदारीसाथ र पूर्णरूपमा सङ्गति गर्नुहुन्छ। उहाँले हामीलाई हरेक कोणबाट र हरेक तरिकामा मार्गदर्शन गर्न कहिलेकहीँ अलङ्कार र उदाहरणहरू चलाउनुहुन्छ र कथाहरू बताउनुहुन्छ। यो हामीले सत्यता बुझ्‍न र यसमा प्रवेश गर्न सकौं भनेर हो। परमेश्‍वर हाम्रो जीवनको लागि जिम्‍मेवारी लिनुहुन्छ र उहाँले हामीलाई पूर्ण नबनाइञ्‍जेल कहिल्यै विश्राम गर्नुहुनेछैन। परमेश्‍वरको स्वभाव र उहाँको तत्पर अभिप्रायहरूलाई हेर्दा त्यो साँच्चै प्रेरणादायी थियो। तर मैले परमेश्‍वरसँग कसरी व्यवहार गरेकी थिएँ र मैले मेरो कर्तव्यलाई कसरी लिएकी थिएँ त्यसबारे सोच्दा, म ग्‍लानिले भरिएँ। तबउसो मैले आफ्नो कर्तव्यमा झारा टार्ने प्रारले काम गर्न चाहिनँ। म परमेश्‍वरसामु गएँ र प्रार्थना गरेँ, म कसरी लापरवाह हुन छोड्न सक्छु र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छु भनेर उहाँलाई सोधेँ।

त्यसपछि मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “कर्तव्य के हो? यो परमेश्‍वरले मानिसहरूलाई सुम्पनुभएको एउटा आज्ञा हो। त्यसो भए तैँले आफ्नो दायित्व कसरी पूरा गर्नुपर्छ? परमेश्‍वरका मागहरू र मापदण्डहरू अनुसार काम गरेर, अनि तेरो व्यवहारलाई मानवीय व्यक्तिगत चाहनाहरूको साटो सत्य सिद्धान्तहरूमा आधारित गरेर। यसरी, आफ्नो कर्तव्य पूरा गर्ने तेरो काम मापदण्ड अनुरूप हुनेछ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्य सिद्धान्तहरूको खोजी गरेर मात्र व्यक्तिले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छ”)। “यसलाई गम्‍भीरताको साथ लिनु भनेको के हो? यसलाई गम्‍भीरताको साथ लिनु भनेको थोरै प्रयास गर्नु वा केही शारीरिक कष्ट भोग्‍नु भन्‍ने हुँदैन। मुख्य कुरा के हो भने तेरो हृदयमा परमेश्‍वर हुनु, र एउटा बोझ हुनु हो। तेरो हृदयमा, तैँले आफ्‍नो कर्तव्यको महत्त्वलाई जोख्‍नुपर्छ, अनि तैँले गर्ने सबै कुरामा यो बोझ र जिम्‍मेवारीलाई बोक्‍नुपर्छ र यसमा तेरो हृदय लगाउनुपर्छ। परमेश्‍वरले तँलाई दिनुभएको मिसनको लागि, साथै परमेश्‍वरले तेरो लागि गर्नुभएको सबै कुराको लागि, अनि उहाँले तेरो लागि गर्नुभएको आशाको लागि तैँले आफैलाई सुयोग्य बनाउनुपर्छ। यसो गर्नु मात्रै गम्‍भीर हुनु हो। तैँले झारा टारेर केही हुँदैन; तैँले मानिसहरूलाई छल्‍न सक्छस्, तर तैँले परमेश्‍वरलाई मूर्ख बनाउन सक्दैनस्। यदि तैँले आफ्‍नो कर्तव्य पूरा गर्दा कुनै वास्तविक मूल्य चुकाउँदैनस् र कुनै बफादारिता देखाउँदैनस् भने, त्यो मापदण्डको स्तरमा पुगेको हुँदैन” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “कर्तव्य राम्ररी पूरा गर्नको लागि कम्तीमा पनि विवेक चाहिन्छ”)। यसले मेरो मनको अस्पष्टता हटाइदियो। परमेश्‍वरले हामीलाई हाम्रो कर्तव्य सुम्पनुभएको छ। हामीले उहाँले माग गर्नुभए अनुसार गर्नैपर्छ र सत्यता अनुसार काम गर्नैपर्छ। हामीले रोज्‍ने र छान्‍ने गर्न वा अन्धाधुन्ध आफ्‍नै इच्‍छाहरूलाई पछ्याउन सक्दैनौँ। हामीले आफ्नो कर्तव्यमा निश्‍चित मापदण्ड पूरा गर्नुपर्छ—कडा परिश्रम गरेको जस्तो गरेर मात्र हुँदैन। मुख्य कुरा भनेको जिम्‍मेवारी बोध गर्नु, लगनशील र तत्पर हुनु, खोजी गर्नु, मनन गर्नु, र सुधार गर्ने उपाय खोज्‍नु हो। तब हामीले आफ्नो कर्तव्य पूरा गर्न र परमेश्‍वरलाई खुशी पार्न सक्छौं। पछि, जब मैले गीत रचना गरिरहेकी थिएँ, तब मैले ध्यान दिएर शब्‍दहरू विश्‍लेषण गरेँ, अनि ती गीतको भावसँग मिल्‍ने केही गीतहरू भेट्टाएँ। अरूले त्यस्तै भावना व्यक्त गर्न कसरी धुन प्रयोग गरेका छन् भन्नेमा निकै सोचविचार गरेँ। गीतको अर्थ, मुड र धुनको दिशा बुझिसकेपछि, मैले रचना गर्न सुरु गरेँ। मैले पछि दाजुभाइ-दिदीबहिनीहरूको सल्‍लाह मागेँ, रचनालाई दुई पटक संशोधन गरेँ, त्यसपछि त्यो तयार भयो। गीत समाप्त गर्न एक हप्ता मात्रै लाग्यो। मैले संशोधन गरेको अर्को रचनालाई पनि स्वीकार गरियो। यी रचनाहरू समाप्त गर्न कति थोरै समय लाग्यो त्यो देख्दा, मैले पहिले मेरो कर्तव्यमा झारा टार्ने काम गरेकोमा मलाई अझ बढी ग्‍लानि र पछुतो भयो। म शैतानद्वारा कति नराम्रोसित भ्रष्ट पारिएकी थिएँ, मेरा नीचता कति गम्‍भीर थियो, र म आफ्नो काममा कति लापरवाह थिएँ भन्‍ने कुरा मैले देखेँ। परमेश्‍वरका बन्दोबस्तहरूको कारण, मेरा दाजुभाइ-दिदीबहिनीहरूले मलाई निराकरण गरेको कारण, बल्‍ल म आफ्नो भ्रष्ट स्वभावहरू हटाउनको लागि सत्यता खोज्न र आफ्नो कर्तव्य भक्तिसाथ गर्न सक्छु। परमेश्‍वरबाट मुक्ति पाएको म धन्यवाद दिन्छु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मृत्युको परीक्षामा पर्दा

क्षियाङदाओ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वर भ्रष्ट मानव जातिलाई बचाउन पृथ्वीमा काम गर्न आउनुभएको छ; यसमा कुनै...

आफ्नो देखावटी आवरणलाई उतार्दा कति राम्रो अनुभव हुँदो रहेछ

चेन युआन, चीनसेप्टेम्बर २०१८ मा, म मण्डलीको अगुवाको रूपमा चुनिएँ। त्यस बेला म निकै खुशी थिएँ। मेरा धेरैजसो दाजुभाइ र दिदीबहिनीहरूभन्दा म नै...

रिपोर्ट गर्ने कि नगर्ने

याङ्ग यि, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “तिमीहरूको नियतिको लागि, तिमीहरूले परमेश्‍वरको स्वीकृति खोजी गर्नुपर्छ। भन्नुको मतलब,...

मकुन्डो उतार्दा

टिङहुवा, फ्रान्स गत जून महिनाको कुरा हो, नयाँ अगुवाको रूपमा। सुरुमा त, मलाई फ्रेन्च भाषा आउने भएकोले र नयाँ सदस्यहरूसित कुराकानी गर्न...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्