म ख्रीष्टविरोधीहरूका दुष्ट शक्तिविरुद्ध लड्ने आँट गर्छु

17 डिसेम्बर 2024

परमेश्‍वरमा एक वर्षभन्दा बढी समय विश्‍वास गरेपछि, मैले मण्डलीमा समूह अगुवाका रूपमा कार्य गरेँ। यी पिङ्ग हाम्रो मण्डली अगुवा थिइन्। उनी उच्च क्षमताकी थिइन्, उत्साहपूर्वक कर्तव्य गर्थिन् र कामलाई व्यवस्थित र स्पष्ट तरिकाले प्रबन्ध गर्थिन्। कसैलाई समस्या हुँदा उनी सधैँ तुरुन्त ऊसँग सङ्गति गर्न परमेश्‍वरका उपयुक्त वचन फेला पार्न सक्थिन् र मद्दतको प्रस्ताव गर्थिन्। सबैले उनलाई सम्मान गर्थे, र उनले सत्यता बुझेकी छिन् भन्‍ने ठान्थे। भेलाका समयमा, यी पिङ्गले प्राय: भन्‍ने गर्थिन्, “मण्डली अहिले कामले गर्दा निकै व्यस्त छ, मैले सुसमाचार प्रचार र मलजल गर्ने दुवै काममा ध्यान दिनुपर्छ। मण्डलीमा धेरैजसो मानिस नयाँ विश्‍वासी छन्, तिनीहरू सत्यता बुझ्दैनन्, त्यसैले मैले तिनीहरूको जीवन प्रवेशमा ध्यान दिनुपर्छ।” सबै ब्रदर-सिस्टरले उनमा बोझ छ भन्‍ने सोच्थे, र कठिनाइ आइपर्दा यी पिङ्गको सङ्गतिको प्रतीक्षा गर्थे। म पनि उनलाई सम्मान गर्थेँ र उनलाई हाम्रो मण्डलीको असल अगुवा ठान्थेँ। त्यो समयमा, मण्डलीका सबैले यी पिङ्गलाई आदर गर्थे, उनलाई राम्ररी सङ्गति गर्न आउँछ र उनी सक्षम सेवक हुन् भनेर भन्थे। यी पिङ्गले यो कुरा सुन्दा, उनमा खुसीको भाव झल्कन्थ्यो र गर्वले भन्‍ने गर्थिन्, “म मण्डलीको सबै काममा पर्याप्त सहभागी भएकी छु, र मलाई प्रत्येक ब्रदर-सिस्टरको परिस्थितिको सम्झना छ।” मलाई लाग्यो, यस्तो कुरा भन्नु उनको अहङ्कार हो। तर, मैले सोचेँ, उच्च क्षमता भएका मानिस र प्रतिभावान् मानिस सबै तुलनात्मक रूपमा अहङ्कारी हुने भएकाले, उनले मण्डलीको काम राम्ररी गर्नु नै काफी छ, त्यसैले मैले यो मामिलालाई गम्भीरतापूर्वक लिइनँ।

त्यसपछि, मैले थाहा पाएँ कि यी पिङ्ग सुसमाचार फैलाउने कामको जिम्मेवार व्यक्ति थिइन्, तर उनले सुसमाचार प्रचार गर्ने सिद्धान्त वा परमेश्‍वरको अभिप्रायबारे कहिल्यै सङ्गति गरेकी थिइनन्। उनले वास्तविक समस्या हल गर्थिनन्, मानिसलाई आदेश दिने र सतही काम गर्ने मात्र गर्थिन्। एकचोटि, यी पिङ्गले मलाई सुसमाचार स्विकार्ने सम्भावना भएका एक जनालाई सुसमाचार प्रचार गर्ने काम दिइन्। हामीले कुरा गरिरहँदाको समयमा ती सुसमाचार स्वीकार्ने व्यक्तिले बारम्बार मलाई शारीरिक दुर्व्यवहार गर्दथे। मैले ती व्यक्तिको प्रकृति निकै दुष्ट रहेको र उनले साँचो मार्गको अनुसन्धान इमानदारीपूर्वक बिलकुलै नगरिरहेको देखेँ। मैले तुरुन्त यसबारे यी पिङ्गलाई रिपोर्ट गरेँ। तर अचम्म, उनले रुखो हुँदै भाषण छाँट्न थालिन्, “तपाईँ गएको केहीपटक मात्र भयो र पहिले नै हार मान्न थाल्नुभयो? तपाईँले के पाठ सिक्नुभयो?” उनी बोलिसकेर त्यहाँबाट हिँडिन्। त्यो बेला, उनले अचानक मलाई किन गाली गरिन् भन्‍ने मैले बुझ्नै सकिनँ, र ममाथि अन्याय भएझैँ लाग्यो, “कसैले मलाई दुर्व्यवहार गऱ्यो, तर तपाईँले मलाई सान्त्वना दिनुभएन, न समस्या नै समाधान गर्नुभयो, बरु उल्टै मलाई हप्काउनुभयो। त्यसमा तपाईँको करुणा र जिम्मेवारीको बोध कहाँ छ?” पछि, मैले खोजिरहेँ, र यो व्यक्तिको प्रकृति दुष्ट रहेको, ऊ सत्यतालाई प्रेम नगर्ने र सुसमाचार स्विकार्न योग्य व्यक्ति नभएको निश्चित गरेँ, त्यसैले मैले उसलाई त्यागिदिएँ। तर यसपछि, यी पिङ्गले विनाकारण सधैँ मेरो गल्ती खोजेर निकाल्थिन्। जस्तै, उनले जानाजानी मलाई केही प्रश्न सोध्थिन्, मैले उत्तर दिन नसक्दा मलाई अलमल्ल व्यक्ति भन्थिन्। उनले मलाई सत्यता अलिकति पनि नपछ्याउने व्यक्तिलाई सहयोग गर्न पनि पठाइन्। मैले उसलाई सहयोग गर्न नसक्दा, उनले मलाई भाषण दिइन्। मैले यो समस्या माथिका अगुवालाई रिपोर्ट गर्ने आँट गरिनँ, किन भने, म सोच्थेँ, जे भएपनि उनी एक अगुवा हुन्, र धेरै ब्रदर-सिस्टरले उनलाई उच्च मान्छन्। तर, म केवल एउटा समूह अगुवा हुँ, मैले उनलाई चिढ्याउन हुँदैन। तर मेरो अपेक्षा विपरीत यी पिङ्गले अनुचित रूपमा मेरो समूह अगुवाको कर्तव्य रोकेर, यस्तो दुई जना व्यक्तिसँग भेला हुने काम दिइन् जसले सत्यता बिलकुलै पछ्याउँदैनथे। भेलाको बेला, एक जना सधैँ उङ्थे, र अर्को व्यक्तिले मलाई सधैँ बात मारौँ न भनेर दिक्क लगाउँथे। दुई महिनामा पनि, यी भेलाबाट कुनै लाभ हुन सकेको थिएन, र म अलमल्ल स्थितिमा थिएँ। मैले पहिले हुने गरेको भेला सम्झेँ, त्यहाँ सबैले हृदय खोलेर आफ्ना अनुभवात्मक ज्ञानबारे सङ्गति गर्थे, जुन मलाई एकदमै मन पर्थ्यो। तर, अब म ठूलो पीडामा थिएँ, साथै निकै नकारात्मक र कमजोर भएकी थिएँ। मलाई लाग्यो, यहाँका भेलामा आएर मेरो जीवनमा ठूलो क्षति भएको छ। यसरी नै म चलिरहेँ भने, के मैले सत्यता पाउन र मुक्ति प्राप्त गर्न सक्थेँ? मलाई पछि थाहा भयो, निकाल्न लागिएका दुई जना मानिससँग भेला गर्न लगाएर यी पिङ्गले वास्तवमा मलाई अलग्याउँदै थिइन्। सत्य कुरा थाहा पाएपछि, म निराश र क्रोधित भएँ। उनी यति कपटी र दुर्भावनापूर्ण थिइन् भन्‍ने कुरा मैले सोचेकै थिइनँ। उनको कुरा मैले मानिनँ भनेर यसरी मलाई यातना दिनु दुष्ट मानिसले गर्ने खालको कार्य थिएन र? त्यो बेला, म साँच्चिकै यी पिङ्गको अवस्था अगुवा र सेवकहरूलाई रिपोर्ट गर्न, र ब्रदर-सिस्टरहरूसँग सङ्गति गरी उनलाई खुट्ट्याउन चाहन्थेँ। तर, यी पिङ्ग सधैँ मण्डलीको अगुवा रहँदै आएकी र धेरै ब्रदर-सिस्टरले उनको आदर गर्ने भएकाले, मैले ब्रदर-सिस्टरसँग सङ्गति गरी उनलाई खुट्ट्याएँ भने, के तिनीहरू सबैले मेरो कुरा विश्‍वास गर्नेथे? यी पिङ्गले यसबारे सुनिन् भने, उनले पक्कै पनि मसँग प्रतिशोध साँध्ने र यातना दिने काम गरिरहने थिइन्। उनले मविरुद्ध आरोप लगाएर मलाई निकालिन् भने, परमेश्‍वरमा विश्‍वास गर्ने मेरो मार्गको अन्त्य हुनेथिएन र? यो सोचेर, मेरा सारा गुनासो मैले दबाएँ। केही समयपछि, असुरक्षाका कारण, यी पिङ्गले मण्डलीको कामको जिम्मा लिन सकिनन्, र यो कार्यभारको जिम्मा अस्थायी रूपमा एउटा सिस्टरलाई दिइयो। ती सिस्टर हामीसँग भेला हुँदा, उनले परमेश्‍वरका वचनमा मैले गरेको सङ्गतिमा केही अन्तर्दृष्टि र ज्योति भएको, म कर्तव्य निर्वाह गर्न इच्छुक रहेको देखिन्, अनि मेरो परिस्थिति बुझेर मलाई मेरो कर्तव्य फेरि थाल्न अनुमति दिइन्।

त्यसपछि, मैले अरू दुई जना सिस्टरलाई पनि निरन्तर अलग्याइएको सुनेँ, जसको कारण अझैपनि अज्ञात छ। विस्तृत कुरा बुझेपछि मैले थाहा पाएँ कि यी पिङ्गले यी दुई सिस्टरलाई, एक जना ब्रदरको प्रतिरक्षा गरेकाले अलग्याएकी रहिछन्। ती ब्रदरले सुसमाचारको काममा ढिलाइ गरेकाले यी पिङ्गले उनलाई लगातार काँटछाँट गरेकी थिइन्। ती दुई सिस्टरले यसो भन्दै उनलाई सम्झाउँदै थिए, “उनलाई आफ्नो गल्ती थाहा भइसक्यो। तपाईँले उनको काटछाँट मात्र गर्नुहुँदैनथ्यो, सत्यतामा सङ्गति गरी समस्या समाधान पनि गर्नुपर्थ्यो।” यो सुनेपछि यी पिङ्ग निकै चिढिइन्, र तिनीहरूलाई तुरुन्तै अलग गरिन्। ब्रदर-सिस्टरहरूले उनको आज्ञा नमान्दा, वा उनलाई सन्काउँदा तिनीहरूको अपराध र कमी समातेर यातना दिन थाल्थिन्। यो दुष्ट कार्य थियो! एउटा भेलाको दौरान, मैले सङ्गति गरी उनलाई खुट्टयाएँ, एउटा सिस्टरले मलाई रोक्दै भनिन्, “के तपाईँले केही समयअघि आफूलाई अलग्याएको रिसमा बदला लिन हामीलाई यी पिङ्गलाई खुट्टयाउन भनिरहनु भएको हो? यस्तो हो भने, तपाईँले आत्मचिन्तन गर्नुपर्छ।” जब मैले यो कुरा सुनेँ, अधिकांश ब्रदर-सिस्टर यी पिङ्गद्वारा बहकाइएका रहेछन्, उनलाई आदर गर्दा रहेछन् भन्‍ने लाग्यो। म केवल एउटा समूह अगुवा थिएँ, त्यसैले तिनीहरूले मेरो कुरामा विश्‍वास गरी धेरै वर्षदेखि अगुवा भएको व्यक्तिलाई कसरी खुट्ट्याउन सक्थे र? त्यो समयमा, मलाई अचानक उत्साह मरेजस्तो भयो। मैले मनमनै सोचेँ, “सत्यताबारे मेरो बुझाइ सतही छ, म यी पिङ्गको सबै समस्या एकैचोटि पूरै चिरफार गर्न सक्दिनँ। यदि म बोलिरहेँ भने, तिनीहरूले गलत बुझ्न र व्यक्तिगत स्वार्थका लागि म बदला लिँदैछु भन्‍ने सोच्न सक्छन्। यी पिङ्गले यसबारे थाहा पाइन् भने, उनले मलाई दोषी करार गरी निष्कासित गर्न सक्छिन्। अनि, परमेश्‍वरमा विश्‍वास गर्ने मेरो मौका गुम्ने थिएन र? आ, छोडिदिऊँ। बरु म झन्झटबाट टाढा बस्न र आफूमाथि विपत्ति आउन नदिन सम्झौता गर्छु।” पछि, मण्डलीले नयाँ अगुवा र सेवकहरू चुन्यो, र म मलजल डिकन चुनिएँ। शिन या र ली रु मण्डली अगुवा चुनिए, र यी पिङ्गलाई लेखापढीको काम हेर्ने जिम्मा दिइयो। यी पिङ्गले आफूलाई अगुवा नचुनिएकोले मनमा आक्रोश पालेर राखिन्। पछि, उनले गोप्य रूपमा आफ्नो बहिनी र वाङ्ग जिङ्गलाई ल्याइन्, सही र गलतलाई तोडमरोड गरेर ब्रदर-सिस्टरहरूसामु अफवाह फिँजाइन्। उनले यसपटक अगुवा चुनिएकाहरूलाई पहिल्यै नियुक्त गरिएको थियो भनिन्, यसरी उनले ब्रदर-सिस्टरहरूलाई बहकाउँदै चुनावको नतिजा उल्टाउन समर्थन जुटाउँदै थिइन्। धन्न, अगुवाहरूले सबैसँग चुनावको सिद्धान्तहरूबारे पहिल्यै सङ्गति गरेका थिए, त्यसैले ब्रदर-सिस्टरहरूलाई यस मामिलाको सारा कुरा थाहा थियो, र तिनीहरू झुक्यानमा परेनन्। यो मामिलाबारे सुनेर, म क्रोधित र चिन्तित भएँ, र मैले अगुवाहरूलाई भनेँ, “यी पिङ्गले पहिले मानिसलाई त यातना दिइन् नै, अब, ब्रदर-सिस्टरलाई बहकाउँदै आफ्नो पक्षमा ल्याएर मण्डलीको काममा बाधा दिँदैछिन्। यस्तो प्रकृति निकै खराब हो! यसबारे माथिल्लो तहका अगुवाहरूलाई तुरुन्त खबर गर्नुपर्छ!” अगुवाहरूको राय पनि मेरो झैँ थियो, र यस परिस्थितिबारे माथिल्लो अगुवा लियु रुओलाई खबर गरे। लियु रुओले यी पिङ्ग, उनकी बहिनी र वाङ्ग जिङ्गको दुष्ट कार्यको खुलासा गरिन्, तर लियु रुओ गएपछि, यी पिङ्ग अलिकति पनि पछि हटिनन् र मण्डलीमा आफ्नो कुरा फैलाइरहिन्, “अगुवा र सेवकले वास्तविक काम गर्दैनन्, तिनीहरूमा पवित्र आत्माको कुनै काम छैन, तिनीहरू सबै झुटा अगुवा हुन्। झुटा अगुवाले मण्डलीको काम गर्न सक्दैनन्, समस्या समाधान गर्न सत्यताबारे कसरी सङ्गति गर्ने भनी जान्दैनन्। तिनीहरूले खालि मानिसलाई हानि गर्न सक्छन्।” यी पिङ्ग र अरूले अलग्याइएकाहरूसँग पनि कुरा गरे, “तपाईँहरूले निष्ठापूर्वक कर्तव्य निर्वाह गरिरहनुभएको थियो, तर झुटा अगुवाहरूले तपाईँहरूलाई दमन र अलग गरे।” अथिति सत्कारको कर्तव्य गर्ने सिस्टरलाई पनि उनीहरूले यसो भने, “तपाईँले आफ्नो कर्तव्य निष्ठापूर्वक निर्वाह गर्नु व्यर्थ छ। फलानो फलानोले पनि तपाईँले जस्तै सत्कारको कर्तव्य गरिरहेका थिए, तर अहिले तिनीहरूलाई अलग्याइसकिएको छ। तपाईँलाई पनि यस्तै हुनेछ।” केही अबुझ मानिसहरूले यी पिङ्ग र उनको साथीहरूको उक्साहट र बहकाउमा परेर अगुवाहरूबारे पूर्वकल्पित सोच विकास गरे, र भेलाहरूमा परमेश्‍वरका वचनमा सङ्गति गर्न छोडे, सधैँ अगुवाहरूका दोषहरूको आलोचना गरे, वास्तविक काम गर्न नसक्ने भन्दै नानाथरी कुरा गर्न थाले। तिनीहरूले यी पिङ्गलाई सङ्गति गर्न आउँछ, मण्डलीको काम गर्न आउँछ र अगुवा हुनुपर्ने व्यक्ति हुन् भन्दै उच्च समेत मान्थे। तिनीहरूले केही ब्रदर-सिस्टरलाई पनि बहकाएर अगुवाको रिपोर्ट गर्न लगाए। यी पिङ्गले मण्डली जीवनलाई पूरै अस्तव्यस्त र अराजक बनाइन्, र काममा प्रगति हुन सकेन। मण्डलीमा यस्तो अस्तव्यस्त अवस्था देखेर मेरो मन यति कुँडियो, बयान नै गर्न सक्दिनथेँ। अगुवाको स्थानका लागि होड गर्न यी पिङ्गले धेरै दुष्ट्याइँ गरिन्। उनी सरासर दियाबलस थिइन्, परमेश्‍वरविरुद्ध आफूलाई खडा गरिरहेकी थिइन्!

त्यपछि, मैले यी पिङ्गको अवस्थाबारे प्रचारकलाई बताएँ। प्रचारक तुरुन्त यी पिङ्ग र अरूसँग सङ्गति गर्न गइन्। उनले केही वचनको सङ्गति मात्र के गरेकी थिइन्, यी पिङ्ग र उनको झुण्डले उनलाई झुटा अगुवाको पक्ष लिइरहेकी, मण्डलीको कामको रक्षा नगरिरहेकी भन्दै शब्दले आक्रमण गर्न थाले। यो नानाभाँती कुराले प्रचारकलाई रुवायो, र त्यसपछि, यो अराजकतालाई सकेसम्म छिटो शान्त पार्न, उनले विनाकारण दुई मण्डली अगुवा र एक सुसमाचार डिकनलाई बर्खास्त गरिन्। यस्तो प्रबन्ध देखेर मेरो हृदय आत्तियो, र मैले सोचेँ, “के सबै कुरा उल्टो त भइरहेको छैन? उनले दुष्कर्म गर्ने व्यक्तिलाई नसम्हालिकन वास्तविक काम गर्ने सक्षम व्यक्तिहरूलाई पो बर्खास्त गरिन्। कति सिद्धान्तहीन कुरा! उनले दुष्कर्म गर्न यी पिङ्गलाई त पछ्याइरहेकी होइनन्?” मैले प्रचारकलाई सोधेँ, “यी मानिसलाई बर्खास्त गर्ने निर्णय गर्दा उनीहरूको कुन व्यवहार अनि कुन सिद्धान्तलाई आधार बनाउनुभयो?” उनले भनिन्, यी अगुवा र सुमाचार डिकनले ब्रदर-सिस्टरहरूको समस्या समाधान गर्न सकेनन्, भेलामा आफ्नै भष्टताबारे कुरा गरेनन्, तिनीहरूमा पवित्र आत्माको कामको कमी छ, अनि त्यसपछि उनले मलाई मण्डलीको कामको अस्थायी जिम्मेवारी दिइन्। प्रचारकले भनेका कारण सुनेर, र यी पिङ्ग र उनको झुण्डले अगुवाविरुद्ध गरेका शाब्दिक आक्रमण एकदमै मिल्दो देखेर, मलाई धेरै रिस उठ्यो। घर जाँदा, बाटोभरि मैले यो स्विकार्न सकिनँ। अब, प्रचारकले समेत यी पिङ्गको पक्ष लिइरहेकी थिइन्। मण्डलीका सबै अगुवालाई बर्खास्त गरियो, र म मलजल डिकन मात्र थिएँ। मसँग खुट्ट्याउने सिद्धान्त थिएन, र म सत्यताबारे प्रष्टसँग सङ्गति गर्न सक्दिनँथेँ। यदि मैले आफ्नो काम राम्ररी गरिनँ भने यी पिङ्गले यसलाई टेको बनाएर मेरो निन्दा र रिपोर्ट गर्न प्रयोग गर्ने थिइनन् र? यसको अलावा, यी पिङ्ग र अरू सबै चलाख कुरा गर्ने कुरौटे थिए, तिनीहरूबाट ब्रदर-सिस्टरहरू पहिल्यै बहकाउमा परिसकेका छन्, अनि मेरो पक्ष लिने कसले? यी सोच आउन थालेपछि, मैले हिम्मत गुमाएँ र हृदयदेखि नै निकै कमजोर महसुस भयो। म मण्डलीको कामप्रति जिम्मेवार हुनुपर्थ्यो, तर म डरपोक निक्लेँ। यी पिङ्ग अगुवा पदको पछि लागेकी थिइन्, र मैले मण्डलीको कामको जिम्मेवारी लिएँ भने, उनले पक्कै पनि मैले उनको पद ओगटेकी भनेर मलाई निशाना बनाउने थिइन्। यस्तो दुर्भावनायुक्त मानवता बोकेकी उनले के मलाई त्यसै छोड्ने थिइन् र? के उनले मलाई सताउन झन् धेरै दुर्भावनापूर्ण उपाय अपनाउनेथिइन्? मैले जति सोचेँ उति चिन्तित र बेचैन भएँ, अनि मैले मेरो तर्फबाट मण्डलीको काम सिस्टर ली रुलाई सम्हाल्न दिने योजना बनाएँ। यसरी, यी पिङ्ग र उनको झुण्डले उनीहरूको आक्रमण मतिर तेर्साउने थिएनन्। त्यसपछि, हामीले ससाना समूहमा काम गर्दा, यी पिङ्ग रहेको समूहमा म ली रुलाई पठाउँथेँ। फलस्वरूप, ली रु उनीहरूको आक्रमणमा परिन्। काम अघि बढ्न सकेन र ली रुको स्थिति पनि प्रभावित भयो। मैले आफैलाई दोषी ठहराएँ र निकै स्वार्थी भएकीमा आफैलाई घृणा गरेँ। तर, यदि यो मामिला मैले स्वयं उठाउनु परेको भए, मसँग त्यसो गर्ने आस्था हुने थिएन। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, केही दुष्ट मानिसले मण्डलीमा बाधा पुऱ्याइरहेका छन्, अनि मैले खडा भएर मण्डलीको कामको रक्षा गर्नुछ, तर, मलाई डर छ, यी पिङ्ग र उनको झुण्डले यसलाई टेको बनाएर मलाई दबाउन र यातना दिन प्रयोग गर्नेछन्, अनि मैले कर्तव्य नै गुमाउनु पर्नेछ। म कायर झैँ पछाडि लुकिरहेकी छु, र मैले आफ्नो जिम्मेवारी पूरा गरेकी छैन। हे परमेश्‍वर, बिन्ती मलाई हिम्मत र आस्था दिनुहोस्।” प्रार्थनापछि, मैले परमेश्‍वरका वचनको एउटा खण्ड देखेँ जसले मलाई धेरै लज्जाबोध गरायो। परमेश्‍वरका वचनले भन्छन्ः “यदि मानिसहरूले सेवाको अवधिमा व्यक्त गर्नुपर्ने कुरालाई व्यक्त गर्न सक्दैनन् वा तिनीहरूको लागि सम्भव भएका कुराहरूलाई अन्तर्निहित रूपमा तिनीहरूले उपलब्धि गर्न सक्दैनन्, र यसको सट्टामा समय बरबाद गर्छन् र आलटाल मात्रै गर्छन् भने, तिनीहरूले सृष्टि गरिएको प्राणीमा हुनुपर्ने कार्यगत प्रकार्यलाई गुमाएका हुन्छन्। त्यस्ता मानिसहरू ‘मध्यम-स्तरीय’ भनेर चिनिन्छन्‌; तिनीहरू कार्य नलाग्ने रद्दी हुन्। त्यस्ता मानिसहरूलाई कसरी उचित रूपमा सृष्टि गरिएका प्राणीहरू भन्न सकिन्छ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता)। परमेश्‍वरले भन्नुभयो, आफ्नो क्षमताले भ्याउने सबै कुरा गर्न नसक्ने मानिसहरू “मध्यम-स्तरीय” र “काम नलाग्ने रद्दी” हुन्। म यस्तै व्यक्ति थिएँ। मैले देखेँ, यी पिङ्ग मुख्य गरी आफ्नो प्रतिष्ठा र हैसियतलाई लिएर चिन्तित थिइन्, र आफ्नो कुरा नमान्नेलाई आक्रमण गर्ने, बदला लिने गर्थिन्, तिनीहरूलाई यातना दिन फोहोरी चाल प्रयोग गर्थिन्। उनले अगुवाको पदका लागि होड गर्नका लागि, मानिसलाई बहकाउन, आफूसँग मिलेर चुनावको नतिजा उल्टाउन षड्यन्त्र पनि रचिन्। आफ्नो झुण्डसँग मिलेर उनले ब्रदर-सिस्टर र अगुवाहरूबीच कलहको बीउ रोपिन्। मैले उनको दुर्भावनापूर्ण व्यवहार प्रष्टसँग देखेकी थिएँ, तर मैले सङ्गति गरी यी पिङ्गलाई खुट्टयाउने क्रममा ब्रदर-सिस्टरले मैले उनीसँग बदला लिइरहेकी छु भनेर शङ्का गर्दा मलाई डर लाग्यो कि मैले उनलाई खुट्टयाइरहेँ भने अन्ततः धेरै मानिस मेरो विरोधमा खडा हुनेछन्। आफ्नो रक्षा गर्न अनि यी पिङ्ग र उनको झुण्डले गर्ने हानि एवम् आक्रमणबाट बच्न ममा अलिकति रहेको उनलाई खुट्टयाउने हिम्मत समेत हराएर गयो। ती दुई अगुवा र एक डिकन बर्खास्त भएपछि मलाई मण्डलीको काम सुम्पिँदा मेरो दिमागमा पहिलो दृश्य यी पिङ्ग र उनको झुण्डले अगुवाहरूलाई गरिरहेको आक्रमण थियो, र डर लाग्यो कि यदि मैले मण्डलीको कामको जिम्मा लिएँ भने यी पिङ्गले म उनको ठाउँ ओगट्दैछु भन्‍ने सोचेर यसलाई मसँग बदला लिने टेको बनाउनेछिन्। म यो जिम्मेवारीबाट बच्न चाहिरहेँ, र मण्डलीको कामको जिम्मा लिने हिम्मत गर्न सकिरहेकी थिइनँ। म राम्रोसँग जान्दथेँ कि यी पिङ्ग र उनको झुण्ड निकै दुष्ट छन्। ली रु पनि धेरैपटक आक्रमणमा परेकी थिइन्। म केवल आफ्नो रक्षा गर्न चाहन्थेँ, त्यसैले, मैले काम सुम्पिँदा जानजानी ली रुलाई तिनीहरूसामु पठाउँथेँ। मैल ली रुलाई ढालका रूपमा प्रयोग गरेँ। म यति स्वार्थी र नीच कसरी हुन सकेँ? मण्डलीमा बाधा दिइरहेका ख्रीष्टविरोधीहरूको दुष्ट शक्तिको सामना गर्दा मैले सिद्धान्तको पालना गरिनँ, र न्यायको पक्षमा खडा हुन सकिनँ। मलाई कसरी सृजित प्राणी मान्न सकिन्थ्यो र? म साँच्चिकै बेकम्मा थिएँ; मैले परमेश्‍वरलाई निकै निराश बनाएकी थिएँ! मैले जति धेरै परमेश्‍वरका वचन मनन गर्न खोजेँ, उति नै आफूलाई धिक्कार्दै पछुतो महसुस गरेँ। अब म परमेश्‍वरको हृदयलाई चोट पुऱ्याउन सक्दिनँथेँ, र आफ्नो मात्र ख्याल गरी, म उप्रान्त स्वार्थी र काँतर हुन सक्दिनथेँ। म परमेश्‍वरद्वारा प्रबन्ध गरिएका परिस्थितिप्रति समर्पित हुनुपर्नेथ्यो, र मण्डलीको काम सुरुमा गर्न कोसिस गर्नुथियो। त्यसपछि, यी पिङ्ग र उनको झुण्डको सामना गर्ने हिम्मत आयो। काम गर्न जाँदा अझैपनि यी पिङ्ग र अरूद्वारा आक्रमण गरिए पनि, तिनीहरू जतिसुकै अव्यावहारिक भएपनि, म तिनीहरूबाट भाग्दै हिँड्नेछैन। म सत्यता सिद्धान्तको सङ्गति गर्नमात्र ध्यान दिनेछु, तिनीहरूबाट प्रभावित हुनेछैन।

त्यसपछि, मैले आत्मचिन्तन गरेँ, “म तिनीहरूसँग यति किन डराउँछु, तिनीहरूको सामना गर्ने आँट म किन गर्दिनँ?” यसरी खोजी गर्ने क्रममा, मैले परमेश्‍वरका वचनको दुइटा खण्ड देखेँ जसले मलाई निकै प्रभावित बनाए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जब दुष्टतासँग न्यायको टक्‍कर हुन्छ, तब मानिसको रिस न्यायको अस्तित्वको प्रतिरक्षा गर्न वा यसलाई सदर गर्नको लागि निस्किँदैन; यसको विपरीत, जब न्यायका शक्तिहरूलाई चुनौती दिइन्छ, सताइन्छ र आक्रमण गरिन्छ, तब मानिसको मनोवृत्ति भनेको यसलाई बेवास्ता गर्ने, उम्केर जाने वा लुरुक्‍क भएर जाने किसिमको हुन्छ। तैपनि, दुष्ट शक्तिहरूको सामना गर्दा, मानिसले मिलनसार हुने, झुक्ने र सुमसुमाउने मनोवृत्ति देखाउँछ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २)। “परमेश्‍वरले भन्‍नुभएको छ: ‘परमेश्‍वरको अनुमतिविना, भूमिमा पानीको थोपा वा बालुवाको कण छुनु समेत शैतानको लागि कठिन हुन्छ; परमेश्‍वरको अनुमतिविना, शैतानसँग भूमिको कमिलो हल्‍लाउने स्वतन्त्रतासमेत छैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिलाई छुने कुरा त परै जाओस्।’ तैँले यी वचनहरूमा कति हृदसम्‍म विश्‍वास गर्न सक्छस्? ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूविरुद्ध लड्‍दा त्यसले तेरो विश्‍वासको मात्रा प्रकट गर्छ। यदि तँसँग परमेश्‍वरप्रति साँचो विश्‍वास छ भने, तँसँग साँचो विश्‍वास हुन्छ। यदि तँसँग परमेश्‍वरप्रति थोरै मात्र विश्‍वास छ, र त्यो विश्‍वास अस्पष्ट र खोक्रो छ भने, तँसँग साँचो विश्‍वास छैन। यदि तँलाई परमेश्‍वर यो सबै कुरामाथि सार्वभौम हुन सक्नुहुन्छ र शैतान परमेश्‍वरको प्रभुत्वमा हुन्छ भन्‍ने कुरामा विश्‍वास छैन, र तँ अझै पनि ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूको डर मान्छस्, र तिनीहरूले मण्डलीमा दुष्कर्म गर्दा, मण्डलीको काम बिथोल्दा र बरबाद गर्दा तैँले सहन सक्छस्, र आफूलाई रक्षा गर्न शैतानसँग सम्झौता गर्न वा त्यसको कृपा माग्‍न सक्छस्, तर तिनीहरू विरुद्ध खडा हुन र लड्न आँट गर्दैनस्, र तँ भगुवा, चाटुकार, र रमिते बनेको छस् भने, तँमा परमेश्‍वरमाथिको साँचो विश्‍वास छैन। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा प्रश्‍न उठ्छ, जसले तेरो विश्‍वासलाई अत्यन्तै दयनीय बनाउँछ!(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। परमेश्‍वरका वचनले आमने सामने भएर मेरो न्याय गरिरहे झैँ लाग्यो, यसले मलाई निकै चिन्तित र भयभीत तुल्यायो। परमेश्‍वरले साँच्चै मानव हृदयको गहिराइलाई छानबीन गर्नुहुँदो रहेछ, र मेरो हृदयमा के छ भन्‍ने कुरा उहाँले प्रस्ट देख्नुहुँदो रहेछ। यसमाथि ध्यानपूर्वक विचार गरेर मैले बुझेँ कि शैतानको दुष्ट शक्तिहरू जतिसुकै बलिया भएपनि, तिनले परमेश्‍वरले तिनीहरूका लागि तोकेको सीमा नाघ्न सक्दैनथे, र परमेश्‍वरले अनुमति नदिनुभएको कुराहरू बिलकुलै गर्न सक्दैनथे र गर्ने हिम्मत पनि गर्दैनथे। यी पिङ्ग र उनका साथीहरूबाट म डराउनुको मूल कारण मैले सबथोकमा परमेश्‍वरले सार्वभौमिकता राख्नुहुन्छ भनी विश्‍वास नगर्नु थियो। म सोच्थेँ, मण्डलीमा मेरो हैसियत छैन र मेरो बोलीको कुनै वजन छैन। तर, यी पिङ्ग सधैँ अगुवा रहेकी थिइन्, उनी चिप्लो बोली बोल्थिन् जसले केही ब्रदर-सिस्टरहरूलाई बहकाएकी पनि थिइन्। प्रचारकलाई पनि आफ्नो पक्षमा पारेकी थिइन्। म कमजोर र असुरक्षित थिएँ, मेरो बोलीमा वजन नै थिएन, म उनी बराबर थिइनँ। त्यसैले, उनले मलाई अलग्याएको र यातना दिएको बेला, उनले ब्रदर-सिस्टरहरूलाई दमन गरेको, दुष्कर्म गरेको र मण्डलीको कामलाई बाधा दिएको मैले देखेपनि, मसँग उनको रिपोर्ट गर्ने हिम्मत थिएन। मैले सोचेँ, मलाई बर्खास्त गरी निकालिनेछ, अनि मैले मुक्ति पाउने मौका गुमाउनेछु। बरु म अर्थहीन अस्तित्व जिउनेछु, तर उनले दुष्कर्म गरेपनि हस्तक्षेप गर्नेछैन, उनको दुष्कर्म खुलासा गर्नेछैन। म केवल उनको दुष्कर्मको मतियार थिएँ, मण्डलीको काममा क्षति गर्न शैतानलाई मौन सहमति दिइरहेकी थिएँ। परमेश्‍वरमा विश्‍वास गर्दाको विभिन्न अनुभवबारे विचार गर्दा परमेश्‍वरले मलाई हरेक कदममा मार्गदर्शन र शासन गरिरहनुभएको थियो भन्‍ने देखेँ। मैले यी पिङ्गको दमन र यातनाको सामना गर्नुपऱ्यो, र मलाई सधैँका लागि अलग्याइन्छ होला भन्‍ने लाग्यो, तर त्यसपछि, असुरक्षाका कारण यी पिङ्गले मण्डलीको काम गर्न सकिनन्, र कामको जिम्मेवारी लिएकी नयाँ सिस्टरले अवस्था बुझेपछि मेरो कर्तव्य फेरि सुरु गर्दिइन्। मैले प्रत्यक्ष अनुभव गरेका सबै कुरामा परमेश्‍वरको शासन थियो, अनि मेरो भविष्य र भाग्य पनि उहाँले नै निर्धारण गर्नुभएको थिएन र? मैले परमेश्‍वरले प्रबन्ध गर्नुभएको सबै वातावरणको अनुभव गरेँ, धेरै सत्यताहरूको आपूर्ति पाएँ, तर, अहिलेसम्म पनि म परमेश्‍वरमा आस्था किन राख्दिनथेँ? ममाथि समस्या आउँदा मैले परमेश्‍वरलाई प्रार्थना गरिनँ, उहाँलाई पुकारिनँ वा सत्यताको अभ्यास गरिनँ। बरु, म शैतानको हैसियत र शक्तिदेखि डराएँ। शैतानका दुष्ट शक्तिहरू परमेश्‍वर स्वयम्भन्दा निकै ठूला रहेको देखेँ। के म शैतानसामु आत्मसमर्पण गरिरहेकी थिइनँ र? मेरो हृदयमा परमेश्‍वरका लागि कुन ठाउँ बाँकी थियो र? मैले देखेँ, म सिद्धान्तमा त सबथोकमाथि परमेश्‍वर सार्वभौम हुनुहुन्छ, उहाँ धर्मी हुनुहुन्छ भन्‍ने विश्‍वास गर्थेँ, तर ममाथि केही आइपर्दा, म शैतानसँग सम्झौता गरी भगौडा बनेँ। परमेश्‍वरमा मेरो आस्था निकै कम रहेछ! त्यो बेला, मैले बल्ल बुझेँ कि ख्रीष्टविरोधीहरूको दुष्ट शक्तिहरूले केहीबेर उदण्ड मच्चाएपनि, ब्रदर-सिस्टरलाई दमन गरेपनि, र केही अलमल्ल परेका, खुट्याउन नसक्ने मानिसलाई बहकाएको भएपनि परमेश्‍वरले तिनीहरूलाई आफ्नो सेवामा प्रयोग गरी मानिसलाई खुट्याउने कुरा सिकाउन मद्दत गर्ने तुल्याउनुभएको थियो। ढिलोचाँडो, ख्रीष्टविरोधीहरू वास्तविक रूप खुलासा भएर हटाइनेछन्। यो पहिलेको जस्तै थियो, जतिबेला हाम्रो मण्डलीमा एक ख्रीष्टविरोधी थिइन्, जसले कर्तव्य निर्वाहको क्रममा विभिन्न दुष्कर्म गरिन्। अन्तमा, उनका सबै दुष्ट कार्य प्रकाश भए, र उनलाई ब्रदर-सिस्टरले त्यागे र मण्डलीबाट निष्कासित गरियो। मैले देखेँ, परमेश्‍वरको धार्मिकताको राज हुने ठाउँ मण्डली नै हो। यदि कसैले लगनशील भएर आफै अनुभव गर्दैनन् भने, तिनीहरूले परमेश्‍वरका कार्यबारे कसरी जान्न सक्थे र? मैले सतहका कुरा मात्र देखेँ, र जब ममाथि विपत्ति आयो, म शैतानको शक्तिप्रति झुकेँ, मेरो हृदयमा परमेश्‍वरका लागि कुनै ठाउँ थिएन। म पूर्ण अविश्‍वासी थिएँ! मैले सत्यता बुझेकी नै थिइनँ, म दयनीय प्राणी थिएँ! यो सोचेर, म कायर र स्वार्थी भएकोमा आफैलाई लाज लाग्यो। म परमेश्‍वरको घरको सिद्धान्तअनुसार अभ्यास गरी र परमेश्‍वरमा भर परी, ख्रीष्टविरोधीहरूको खुलासा गरेर तिनीहरूलाई त्याग्न इच्छुक भएँ। यी पिङ्ग र उनको झुण्डसँग कसरी व्यवहार गर्ने भन्‍नेबारे छलफल गर्न म मेरा सहकर्मीहरूसँग भेट्न गइहालेँ।

हामी भेटेपछि, हामीले परमेश्‍वरका वचनको एउटा खण्ड खायौँ र पियौँ। परमेश्‍वर भन्‍नुहुन्छ: “यदि कुनै मण्डलीमा सत्यको अभ्यास गर्न इच्छुक र परमेश्‍वरको गवाही दिन सक्ने कोही छैन भने त्यो मण्डलीलाई पूर्ण रूपमा अलग गर्नुपर्दछ, र अरू मण्डलीहरूसँग त्यसको सम्बन्ध विच्छेद गर्नुपर्दछ। यसलाई ‘मृत्युलाई गाड्नु’ भनिन्छ; शैतानलाई तिरस्कार गर्नु भनेको यही हो। यदि एउटा मण्डलीमा धेरै जना स्थानीय बदमासहरू छन्, र तिनीहरूलाई ‘स-साना झिँगोहरू’ ले पछ्याउँछन् जसमा पूर्ण रूपमा विवेकको कमी हुन्छ, र यदि विश्‍वासीहरूले सत्य देखेर पनि ती बदमासहरूका बन्धनहरू र धूर्तताहरू अस्वीकार गर्न सक्दैनन् भने, तब अन्त्यमा ती सबै मूर्खहरूलाई हटाइनेछ। यी साना झिँगोहरूले कुनै डरलाग्दो काम नगरेको हुन सक्छ, तर तिनीहरू अझ छली हुन्छन्, झन् धेरै चलाख र धोकेबाज हुन्छन्, र यस्तो सबैलाई हटाइनेछ। एउटै पनि बाँकी रहनेछैन!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। परमेश्‍वरका वचन पढेपछि, उहाँले ममाथि आफ्नो क्रोध बर्साइरहेको जस्तो लाग्यो। “मृत्युलाई गाड्नु” र “एउटै पनि बाँकी रहनेछैन” भन्‍ने यी शब्दहरू छुरीले जस्तो छेडेर मेरो हृदयको गहिराइमा पुगेका थिए। मलाई परमेश्‍वरको स्वभाव धर्मी छ, यसले उल्‍लङ्‍घन सहँदैन भन्‍ने आभास भयो, अनि म डरले काँपे। यी पिङ्ग, अन्य ख्रीष्टविरोधी र दुष्ट मानिसहरूले शक्ति र हैसियतको होडमा झण्डै एक वर्षसम्म मण्डलीमा बाधा दिए, र धेरै दुष्कर्म गरे। मैले केही हदसम्म तिनलाई खुट्याएँ, यी दुष्ट मानिसको प्रकृति सार देखिसकेकी थिएँ, तर तिनको खुलासा र रिपोर्ट गर्न ढिलो गरेँ, दुष्कर्म गर्न दिइरहेँ, मैले पहिल्यै परमेश्‍वरको स्वभावलाई चिढ्याएकी थिएँ। जब परमेश्‍वरले सबै चतुर र धूर्त मानिसलाई अन्तमा हटाउनु नै पर्छ भनेको मैले सुनेँ, मैले आफ्नो हितको रक्षा गर्न पहिले यी पिङ्गको दुष्कर्म देखेर पनि उनको खुलासा वा रिपोर्ट नगरेको कुरा सम्झेँ, जसले ब्रदर-सिस्टरको जीवन प्रवेशमा हानि भइरहेको थियो। मलाई निकै आत्मग्लानिको अनुभूति भयो। मेरो चिन्तनको क्रममा, मैले के जानेँ भने “थुतुनो निकाल्‍नेलाई नै पहिले प्रहार गरिन्छ” भन्‍ने शैतानी विषद्धारा म नियन्त्रित भइरहेकी थिएँ। मैले धेरै धूर्त र छली ढङ्गले काम गरेकी थिएँ। यी पिङ्गले मलाई यातना दिएपछि, मैले धेरै पटक उनको दुष्ट कार्यका बारेमा रिपोर्ट गर्न चाहेँ, तर यी पिङ्गले मलाई फेरि दमन गर्न र यातना दिन सक्नेछिन्, मेरो भविष्य र गन्तव्य खतरामा पर्नेछ भन्‍ने सम्झने बित्तिकै म डरले पछाडि हटेँ। मण्डलीको कामको जिम्मा लिएपछि मैले ली रुलाई ढालका रूपमा पठाएँ, तर कसैलाई नचिढ्याइकन म पछाडि लुकेँ। मैले देखेँ, म शैतानी विषअनुसार जिइरहेकी थिएँ, म स्वार्थी र घृणित बनेकी थिएँ। जब मैले सङ्कटको सामना गरेँ, म शङ्खेकिरा जसरी आफ्नो खोलभित्र लुकेँ। ममा यसको सामना गर्ने अलिकति पनि साहस थिएन, इन्साफको बोध हुने त परको कुरा भो! वास्तवमा, झन्झटबाट बच्न मैले जति छुट दिएँ, मैले उति नै ख्रीष्टविरोधी र दुष्ट मानिसहरूलाई मण्डलीमा बाधा दिन अनुमति दिइरहेकी थिएँ, र त्यति नै ब्रदर-सिस्टरलाई शैतान र दियाबलसको क्रुरतामा सुम्पिरहेकी थिएँ। अब, म मण्डलीको कामको प्रभारी थिएँ, र परमेश्‍वरको अभिप्राय भनेको म सिद्धान्तमा अडिग हुनु थियो, ब्रदर-सिस्टरहरूको रक्षा गर्नु थियो, र ख्रीष्ट विरोधीहरूलाई मण्डलीको काममा हानि गर्न नदिनु थियो। मैले आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्नु थियो। पहिले, मैले सबै कुरामा आफ्नै रक्षा गरिरहेकी हुन्थेँ, र म सत्यता अभ्यास गर्न र परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्षम थिइनँ, तर परमेश्‍वरले मलाई कर्तव्य गर्नबाट रोक्नुभएन, बरु मलाई न्याय गर्न र चेतावनी दिन आफ्ना वचन प्रयोग गर्नुभयो। यो परमेश्‍वरको ठूलो प्रेम हो! यो पटक, मैले यी पिङ्गको रिपोर्ट गर्नु र अन्तिमसम्म ख्रीष्टविरोधीहरूको दुष्ट शक्तिविरुद्ध लड्नु थियो। म एकपटकका लागि साँचो व्यक्ति बन्नुथियो! त्यसपछि, हामीले यी पिङ्ग र उनको झुण्डको दुष्ट कार्यबारे, साथै उनीहरूको दुष्कर्मलाई पछ्याउने प्रचारकको प्रकटीकरणबारे माथिल्ला तहका अगुवालाई रिपोर्ट गऱ्यौँ। अगुवाहरूले यी पिङ्गको प्रकटीकरणबारे बुझेपछि, हामीलाई पहिले ब्रदर-सिस्टरसँग सङ्गति गरेर उनलाई खुट्टयाउन, र यी पिङ्ग र उनको झुण्डको दुष्ट कार्यबारे सक्दो छिटो सत्यतथ्य प्रदान गर्न लगाए। केही समय सङ्गति गरेपछि, ब्रदर-सिस्टरहरूले यी पिङ्गलाई खुट्याउन थाले, र यी पिङ्ग र उनको झुण्डको दुष्ट कार्यहरूबारे प्रमाणहरू दिन तिनीहरू सबै इच्छुक भए। पछि, हामीले पेश गरेका तिनीहरूको प्रकटीकरणलाई अगुवाहरूले पुष्टि गरेपछि, ती प्रमाणलाई निर्णायक मानी यी पिङ्ग र अरूलाई मण्डलीबाट निकालिदिए।

पछि, मैले परमेश्‍वरका वचनको एउटा अर्को खण्ड पढेँ, र आखिरी दिनमा परमेश्‍वरले किन ख्रीष्टविरोधी र दुष्ट मानिसहरूलाई दुष्कर्म गर्न र मण्डलीमा बाधा पुऱ्याउन दिनुभयो, परमेश्‍वरको अभिप्राय के थियो, हामीले के पाठ सिक्ने भन्‍नेबारे सङ्गति गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “ख्रीष्टविरोधी र दुष्ट मानिसहरू केही मण्डलीमा देखा पर्छन् र बाधा सिर्जना गर्छन्, र त्यसो गर्ने क्रममा तिनीहरूले केही मानिसहरूलाई बहकाउँछन्—के यो राम्रो कुरा हो कि नराम्रो? के यो परमेश्‍वरको प्रेम हो, कि परमेश्‍वरले मानिसहरूसँग खेल्दै तिनीहरूको खुलासा गर्नुभएको हो? तैँले यो बुझ्न सक्दैनस् नि, हैन र? परमेश्‍वरले आफूले मुक्ति दिन चाहेका मानिसहरूलाई सिद्ध पार्न र मुक्ति दिन सबै कुराहरू प्रयोगमा ल्याउनुहुन्छ, र साँच्चिकै सत्यता खोज्ने र सत्यता अभ्यास गर्नेहरूले अन्त्यमा सत्यता प्राप्त गर्छन्। तर सत्यता नखोज्ने कतिपयले यसो भन्दै गुनासो गर्छन्, ‘परमेश्‍वरले यस तरिकाले काम गर्नु ठिक होइन। यसले मलाई अत्यन्तै कष्ट तुल्याउँछ! म झण्डै ख्रीष्टविरोधीहरूसँग मिल्न पुगेँ। यदि यो साँच्चिकै परमेश्‍वरले नै बन्दोबस्त गर्नुभएको हो भने, उहाँले कसरी मानिसहरूलाई ख्रीष्टविरोधीहरूसँग मिल्न दिन सक्नुहुन्छ?’ यहाँ के भइरहेको छ? तैँले ख्रीष्टविरोधीहरूलाई नपछ्याउनुले तँमाथि परमेश्‍वरको सुरक्षा छ भन्‍ने प्रमाणित हुन्छ; यदि तँ ख्रीष्टविरोधीहरूसँग मिल्न गइस् भने, त्यो परमेश्‍वरप्रति विश्‍वासघात हो र त्यसउप्रान्त परमेश्‍वरले तँलाई चाहनुहुन्न। त्यसैले, यी ख्रीष्टविरोधी र दुष्ट मानिसहरूले मण्डलीमा बाधा पुर्‍याउनु राम्रो कुरा हो कि नराम्रो? बाहिरबाट हेर्दा, यो नराम्रो कुराजस्तो देखिन्छ, तर जब यी ख्रीष्टविरोधी र दुष्ट मानिसहरूको खुलासा हुन्छ, तब तेरो खुट्ट्याउने क्षमता बढ्छ, तिनीहरूलाई बढारेर फालिन्छ र तेरो कद वृद्धि हुन्छ। जब तैँले भविष्यमा फेरि यस्ता मानिसहरू सामना गर्छस्, तब तिनीहरूले आफ्नो साँचो रङ्ग देखाउनुपहिले नै तैँले तिनीहरूलाई खुट्ट्याउन सक्नेछस्, र तैँले तिनीहरूलाई अस्वीकार गर्नेछस्। यसले तँलाई पाठहरू सिक्न र लाभ प्राप्त गर्न मद्दत गर्नेछ; तैँले ख्रीष्टविरोधीहरू खुट्ट्याउन जान्नेछस् र त्यसउप्रान्त तँ शैतानको बहकाउमा पर्नेछैनस्। त्यसैले, भन् त, के ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बाधा दिनु र बहकाउनु राम्रो कुरा होइन र? मानिसहरूले यो चरणसम्म अनुभव गरेका छन् भने मात्र, तिनीहरूले परमेश्‍वरले उहाँका चुनिएका मानिसहरूलाई सिद्ध पार्न शैतानलाई प्रयोग गर्न सकूँ भनेर तिनीहरूका धारणा र कल्पनासँग मिल्दो काम नगर्नुभएको हो, र यहीहेतु उहाँले ठूलो रातो अजिङ्गरलाई उन्मादपूर्वक बाधा सिर्जना गर्न र ख्रीष्टविरोधीहरूलाई परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाउन दिनुहुन्छ, अनि त्यसपछि मात्र मानिसहरूले परमेश्‍वरका गम्भीर अभिप्रायहरू बुझ्छन्। कतिपय मानिसहरू भन्छन्, ‘मलाई ख्रीष्टविरोधीहरूले दुईपटक बहकाए तर अझै पनि म तिनीहरूलाई खुट्ट्याउन सक्दिनँ। यदि अझै चतुर ख्रीष्टविरोधी देखा पर्‍यो भने, म फेरि पनि बहकाउमा पर्नेछु।’ त्यसोभए फेरि पनि त्यो अनुभव गर्न र पाठ सिक्नलाई त्यस्तै हुन दे—मानवजातिलाई शैतानको प्रभावबाट मुक्ति दिन सक्‍नलाई परमेश्‍वरले यही तरिकाले काम गर्नुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (१))। परमेश्‍वरका वचनबाट उहाँ साँच्चिकै अत्यन्त सर्वशक्तिमान् र बुद्धिमान् हुनुहुन्छ भन्‍ने लाग्यो! दुष्ट मानिस र ख्रीष्टविरोधीहरूले मण्डलीमा बाधा दिइरहनु सतहमा पनि राम्रो कुरा होइन, मान्छेको धारणा र कल्पना अनुरूप पनि थिएन, तर यो परमेश्‍वरकै अनुमतिले भएको थियो र यसमा परमेश्‍वरको बुद्धि थियो। परमेश्‍वरले मण्डलीमा शैतान र दियाबलसको कार्यलाई प्रयोग गरी तिनीहरूलाई प्रकाश गरी हटाउनुभयो, र हामीलाई खुट्याउने तरिका सिक्न मद्दत गर्नुभयो। परमेश्‍वरलाई थाहा थियो, हाम्रो कद निकै सानो छ, हामी ख्रीष्टविरोधी र दुष्ट मानिसद्वारा सजिलै बहकिन सक्थ्यौँ, त्यसैले तिनीहरूलाई मण्डलीमा दुष्कर्म गर्न दिइरहेर, हामीलाई उहाँले खुट्याउन सक्ने बनाउनुभयो। साथै, उहाँले अलमल्ल पर्ने, खुट्याउन नसक्ने र अरूलाई अन्धाधुन्ध पछ्याउनेहरूलाई पनि प्रकाश गर्नुभयो। मलाई परमेश्‍वरका यी वचन याद आए: “धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम)। मैले हृदयबाटै प्रस्ट देखेँ कि परमेश्‍वरलाई विश्‍वास गर्ने र पछ्याउने धेरै मानिस छन्, र सुरुमा गहुँ र घाँस सबै एकै ठाउँमा मिसिएका हुन्छन्, मान्छेले कुन असल र कुन खराब हो भन्‍ने छुट्याउन सक्दैन। तर, परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम अघि बढ्दै जाँदा सत्यतालाई स्विकार्न र पछ्याउन सक्नेले परमेश्‍वरको न्याय स्विकार्दै आफ्नो भ्रष्टता फ्याँक्न सक्षम हुन्छन्। यसबीच, अविश्‍वासी र दुष्ट मानिस, अनि ख्रीष्टविरोधीहरूको साँचो रूप देखिन्छ, र सबैलाई निकालिन्छ, र मण्डली झन्-झन् सफा हुन्छ। यो परमेश्‍वरको न्यायको कामको सफल समापनबाट अपरिहार्य रूपमा निस्कने परिणाम हो!

सन् २०१८ को डिसेम्बर ४ मा, यी पिङ्ग र अरूको निष्कासनको सूचना मण्डलीलाई दिइयो। सबै ब्रदर-सिस्टर खुसी भए, हृदयको गहिराइदेखि नै परमेश्‍वरको धार्मिकताको प्रशंसा गरे। मण्डलीमा अराजकता बल्ल शान्त भयो, र ब्रदर-सिस्टरहरू आफ्नो सामान्य मण्डली जीवनमा फर्के। म हृदयको गहिराइबाटै परमेश्‍वरलाई उहाँको मार्गदर्शनका लागि धन्यवाद दिएँ!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

आमालाई क्यान्सर भएको थाहा भएपछि

सन् २०२३ जुनमा, मैले सुसमाचार कामको आवश्यकताका कारण कर्तव्य निर्वाह गर्न घर छोड्नुपर्ने थियो। म केही समयसम्म फर्केर आउन नपाउने भएकाले पहिले...

थोरै भए नि मानव रूपमा जिउनु निश्‍चय नै महान् कुरा हो

टाशी, क्यानडासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “उहाँको ६,००० वर्षको व्यवस्थापन योजना नजिक नआउञ्‍जेलसम्‍म—उहाँले प्रत्येक वर्गको मानिसको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्