एक जना सरकारी अधिकारीको निर्णय
छिन झेङ, चीनमेरो जन्म हुनुभन्दा पहिले मेरो बुबाले कानुन उल्लङ्घनको आरोपमा पक्राउ पर्नुभएको थियो। १९७० को दशकमा चीनको गाउँघरमा यस्तो हुनु...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
म गरिब र पिछडिएको ग्रामीण परिवारमा जन्मेको थिएँ। म बच्चा छँदा पनि, मेरो बुबाले मलाई मेहनत गरेर पढ्न दबाब दिनुहुन्थ्यो, ताकि भविष्यमा म राम्रो विश्वविद्यालयमा भर्ना हुन, राम्रा सम्भावनाहरू पाउन, र यसरी सम्पन्न जीवनको आनन्द लिन सकूँ। तर सोचेजस्तो भएन। म लगातार तीन वर्ष हाइस्कुलको प्रवेश परीक्षामा फेल भएँ। यसले मलाई आफ्नो जीवनको भावी मार्गबारे अन्योल बनायो, र मैले आफ्नो आत्मविश्वास गुमाएँ। त्यतिबेला, म धेरै मानसिक तनावमा थिएँ, र मैले धेरै पीडा महसुस गरेँ। चौथो वर्षमा मात्र मैले बल्ल एउटा रेलवे इन्जिनियरिङ स्कुलमा भर्ना पाएँ; पढाइ सकिएपछि, मैले रेलवे ब्युरोको कार्यालयमा एउटा सुरक्षित जागिर पाएँ।
सन् १९९९ को मार्चमा, मेरी श्रीमती र मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गर्यौँ। मैले सक्रिय रूपमा आफ्नो कर्तव्य निर्वाह गरेँ र मण्डली जीवनमा सहभागी भएँ, अनि छ महिनापछि, मलाई त्यस मण्डलीको अगुवाइ गर्नका लागि छानियो। तर अगुवा बनेपछि, मैले भेलाहरूमा र आफ्नो कर्तव्यमा धेरै समय बिताउन थालेकाले, जागिरको समयमा बाधा पुग्न थाल्यो। भेलाहरू नछुटाउनका लागि, मैले महिनामा धेरै पटक बिदा लिनुपर्थ्यो। तलब काटिनुका साथै, मैले महिनाको अन्त्यमा पाउने बोनस पनि गुमाएँ। मेरा हाकिमले असन्तुष्ट हुँदै भने, “तिमीले भर्खरै यो जागिर सुरु गरेका छौ, त्यसैले तिमीले राम्रो काम गर्नुपर्छ। तिमीले सधैँ बिदा लिइरह्यौ भने, तिम्रो धेरै तलब काटिनेछ, र बोनस पनि गुम्नेछ; के यो मूर्खता होइन र? मैले तिम्रो राम्रो ख्याल राखेको छु, तर यदि तिमीले यसरी नै बिदा मागिरह्यौ भने, तिमीलाई बढुवा गर्न गाह्रो हुनेछ।” पछि, फेरि बिदा माग्नुपर्दा, मलाई धेरै अप्ठ्यारो महसुस भयो। मैले सोचेँ, “यहाँको मेरा हाकिम मप्रति असल हुनुहुन्छ। यदि मैले सधैँ बिदा लिएर उहाँमा मेरो नराम्रो छाप छाडेँ भने, बढुवा हुन गाह्रो हुनेछ। यो पालि चाहिँ मैले बिदा माग्नु हुँदैन, नत्र हाकिम मसँग खुसी हुनुहुनेछैन।” तर फेरि मैले सोचेँ, मण्डलीको अगुवा भएर, यदि म भेलाहरूमा गइनँ भने, मलाई मण्डलीको काम वा मेरा ब्रदर-सिस्टरहरूको स्थितिबारे खासै थाहा हुनेछैन, अनि मैले कसरी मण्डलीको काम राम्रोसँग गर्न सकूँला र? म ठूलो दोधारमा परेँ। यसलाई पार लगाउने मसँग कुनै उपाय थिएन, त्यसैले कयौँ पटक मैले जागिरमै बस्ने निधो गरेँ। यसले गर्दा मण्डलीको काममा ढिलाइ हुन गयो, र मलाई यसबारे भित्रभित्रै निकै दोषी महसुस भयो।
एकपटक, मेरो माथिल्लो तहको अगुवाले मलाई सहकर्मी बैठकबारे खबर गर्नुभयो, र म फेरि दोधारमा परेँ, त्यसैले मैले परमेश्वरको अभिप्राय खोज्न उहाँलाई प्रार्थना गरेँ। त्यसपछि, मैले परमेश्वरको वचनको एउटा खण्ड पढेँ: “परमेश्वरले मानिसहरूमा गर्ने कामको प्रत्येक कदम बाहिरी रूपमा मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानव प्रबन्ध वा मानव बाधाबाट उत्पन्न भएको हो। तर कामको प्रत्येक कदमपछाडि, र आइपर्ने सबै कुरा परमेश्वरसामु शैतानले थापेको बाजी हो, र तिनका लागि मानिसहरू परमेश्वरका लागि गवाहीमा दृढ रहनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबको परीक्षा लिइएको घटना लिऊँ: पर्दापछाडि, शैतान परमेश्वरसँग बाजी थापिरहेको थियो, र अय्यूब भने मानिसहरूका कार्य र बाधाहरूको सामना गरिरहेको थियो। तिमीहरूमा परमेश्वरले गर्नुहुने कामको प्रत्येक कदमपछाडि शैतानले परमेश्वरसँग थापेको बाजी हुन्छ—यसको पछाडि एउटा लडाइँ हुन्छ। … मानिसहरूले गर्ने हरेक कुरामा तिनीहरूले निश्चित मात्रामा रगत-पसिना बगाउनुपर्ने हुन्छ। खास दुःख नभोगी, तिनीहरूले परमेश्वरलाई सन्तुष्ट पार्न सक्दैनन्; तिनीहरू परमेश्वरलाई सन्तुष्ट पार्ने नजिक पनि आउँदैनन्, र तिनीहरू खोक्रा नाराहरू मात्र फलाकिरहेका हुन्छन्! के यी खोक्रा नाराहरूले परमेश्वरलाई सन्तुष्ट पार्न सक्छन्? आत्मिक क्षेत्रमा परमेश्वर र शैतानबीच लडाइँ हुँदा, तैँले परमेश्वरलाई कसरी सन्तुष्ट पार्नुपर्छ, र उहाँप्रतिको गवाहीमा तँ कसरी दृढ रहनुपर्छ? तैँले यो थाहा पाउनुपर्छ कि तँलाई आइपर्ने हरेक कुरा एउटा ठूलो परीक्षा हो र त्यो परमेश्वरका लागि तैँले साक्षी दिनु आवश्यक हुने समय हो। ती बाहिरबाट नगण्य देखिए पनि, यी कुराहरू आइपर्दा, तिनले तँ परमेश्वरलाई प्रेम गर्छस् कि गर्दैनस् भन्ने कुरा देखाउँछन्। यदि तैँले उहाँलाई प्रेम गर्छस् भने, तँ उहाँप्रतिको गवाहीमा दृढ रहन सक्नेछस्, र यदि तैँले परमेश्वरलाई प्रेम गर्ने अभ्यास गरेको छैनस् भने, यसले तँ सत्यतालाई व्यवहारमा लागू गर्ने व्यक्ति होइनस्, तँ सत्यतारहित छस्, र जीवनरहित छस्, तँ भुस होस् भन्ने देखाउँछ!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो)। परमेश्वरको वचनबाट मैले के देखेँ भने बाहिरी रूपमा हेर्दा हामीले हरेक दिन सामना गर्ने मानिस, घटना र कामकुराहरू मानवीय अन्तरक्रियाजस्ता देखिन्छन्। तर तिनका पछाडि, परमेश्वरसँगको शैतानको बाजी हुन्छ, र हामी परमेश्वरका निम्ति आफ्नो गवाहीमा दृढ रहनुपर्छ। जब अय्यूबमाथि परीक्षाहरू आए, तब तिनले रातभरमै आफ्ना सारा सम्पत्ति गुमाए। बाहिरी रूपमा हेर्दा, डाँकाहरूले तिनको सम्पत्ति लुटेका थिए, तर त्यसका पछाडि शैतानको परीक्षा र आक्रमण थियो। जब अय्यूब परमेश्वरका निम्ति आफ्नो गवाहीमा दृढ रहे, तब शैतान लज्जित भएर पछि हट्यो। मैले काममा जाने र भेलामा सहभागी हुने भन्नेबीच छनौटको सामना गर्नुपरेको थियो, र मेरा हाकिमले मलाई भनेका कुराहरूको बन्धन महसुस गरेको थिएँ। बाहिरी रूपमा हेर्दा, मेरा हाकिमले त्यसो भन्नु मप्रति चासो र ख्याल राखेको—मलाई बढुवा गर्न चाहेको जस्तो देखिन्थ्यो। तर वास्तवमा, यसका पछाडि शैतानको बाधा थियो। शैतानले मलाई जागिर खान र पैसा कमाउन मात्र तल्लीन हुने कुरामा लोभ्याउन ख्याति र प्राप्तिको प्रयोग गरिरहेको थियो। यसो गर्नुको उद्देश्य परमेश्वरसँगको मेरो सामान्य सम्बन्धलाई नष्ट गर्नु, र मलाई परमेश्वरबाट टाढा राख्नु थियो, ताकि मसँग भेला हुन वा मेरो कर्तव्य निर्वाह गर्न समय नै नहोस्। यसका पछाडि शैतानको दुष्ट अभिप्राय थियो। यो कुरा सोचेर, मैले शैतानको षडयन्त्रलाई कहिल्यै सफल हुन दिनेछैनँ भनी परमेश्वरलाई प्रार्थना गरेँ। पछि, मैले मेरा हाकिमसँग बिदा माग्ने हिम्मत जुटाएँ र सहकर्मी बैठकमा सहभागी भएँ।
मण्डलीको काम झन्-झन् व्यस्त हुँदै जाँदा, धेरै कुरा तुरुन्तै व्यवस्था गर्नुपर्ने र कार्यान्वयन गर्नुपर्ने भयो। यदि मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने हो भने, मैले अझ धेरै बिदा लिनुपर्ने हुन्थ्यो। त्यस अवधिमा, मैले धेरै सास्ती खपेँ, र धेरै पटक यसमाथि विजय पाउन सकिनँ, जसको फलस्वरूप मण्डलीको काममा असर पर्यो। कहिलेकाहीँ म सोच्थेँ, मैले आफ्नो जागिर नै छोडिदिनुपर्छ, ताकि मबाट मण्डलीको काममा ढिला नहोस्, तर त्यसो गरेमा मसँग सम्पन्न जीवन बिताउने कुनै बाटो हुनेछैन भन्ने चिन्ता लाग्थ्यो। यो यति राम्रो जागिर थियो कि ममस यसलाई छोड्ने इच्छा थिएन, र मेरो हृदयमा निरन्तर तानातान चलिरहेको थियो। घर पुगेपछि, मैले श्रीमतीलाई म जागिर छोड्न चाहन्छु भनेँ, र मैले आफ्ना सोचहरू बताएँ। मैले भनेँ, “मलाई यो जागिर छोड्न मन नै छैन। मैले यो सुरक्षित जागिरका लागि वर्षौंसम्म मेहनत गरेर पढेँ, र तलब पनि उच्च छ। यदि मैले जागिर छोडेँ भने, मेरा आफन्त, साथीभाइ र सहपाठीहरूले मेरा बारेमा के सोच्लान्? मेरा आमाबुबा यो कुरा थाहा पाउँदा पक्कै पनि रिसले आगो हुनुहुनेछ। यसबाहेक, यदि मैले जागिर छोडेँ भने, सम्भवतः हामी जीवनभर गरिब नै रहनेछौँ। तर अहिले, मैले सर्वशक्तिमान् परमेश्वरका धेरै वचन पढेको छु, र म परमेश्वरका अभिप्रायहरू बुझ्छु। ब्रदर-सिस्टरहरूले मलाई मण्डलीको अगुवा हुन रोजेका छन्। यदि मैले आफ्नो जागिरका कारण मण्डलीको काममा ढिलाइ गरेँ भने, के मैले आफ्नो कर्तव्य त्यागिरहेको हुँदैन र?” मेरो कुरा सुनिसकेपछि, मेरी श्रीमतीले मलाई परमेश्वरलाई अझ धेरै प्रार्थना गर्न र आफ्नो निर्णय गर्न भनिन्। त्यो रात, म छटपटाइरहेँ, र मलाई निद्रै लागेन, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ र मलाई मार्गदर्शन गर्न उहाँसँग बिन्ती गरेँ। एक दिन, मैले सर्वशक्तिमान् परमेश्वरको वचनमा यो पढेँ: “आफूलाई पूर्ण रूपमा मप्रति समर्पित गर्न अनि मेरो खातिर आफ्नो सबै कुरा अर्पण गर्न को साँच्चिकै सक्षम छ? तिमीहरू सबै आधा हृदयका छौ; तिमीहरूका विचारहरू परिवार, बाहिरी संसार, खाना र वस्त्रको बारेमा सोच्नमै घुमिरहन्छन्। तँ यहाँ मेरो सामु मेरो निम्ति कामकुरा गर्दैछस् भन्ने तथ्यको बाबजुद, हृदयमा तँ अझै घरमा रहेका आफ्ना श्रीमती, बालबच्चा र आमाबुबाको बारेमा सोचिरहेको छस्। के तिनीहरू तेरा सम्पत्ति हुन् र? किन तँ तिनीहरूलाई मेरो हातमा सुम्पिँदैनस्? के तँलाई मेरो भरोसा छैन? कि तँ मैले तेरो निम्ति अनुचित बन्दोबस्त गरिदिनेछु भनी डराउँछस्? तेरो देहको परिवार र तेरा प्रियजनहरू किन सधैँ तेरो दिमागमा आउँछन्? के मैले तेरो हृदयमा कुनै निश्चित ठाउँ ओगटेको छु? तैपनि तँ आफूभित्र मलाई प्रभुत्व जमाउन र तेरो सम्पूर्ण सत्त्व ओगट्न दिने दाबी गर्छस्—यी सबै छलीपूर्ण झूट हुन्! तिमीहरूमध्ये कति जना मण्डलीप्रति सम्पूर्ण हृदयले समर्पित छौ? अनि तिमीहरूमध्ये कसले आफ्नो बारेमा नभई आजको राज्यका बारेमा सोच्छ? यसका बारेमा धेरै ध्यानपूर्वक विचार गर” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ५९)। परमेश्वरको वचनले के खुलासा गर्छ भने मानिसहरूसँग परमेश्वरमाथि साँचो आस्था हुँदैन, र तिनीहरू आफ्नो भविष्य र नियति परमेश्वरको हातमा सुम्पने आँट गर्दैनन्। परमेश्वरले कामकुराहरू राम्ररी व्यवस्था गरिदिनुहुने छैन कि भनी डराउँदै, तिनीहरू सधैँ आफ्नै देहका लागि चिन्ता र योजना गर्छन्। त्यस्ता मानिसहरूको हृदयमा परमेश्वरका लागि कुनै स्थान हुँदैन। के ममा पनि परमेश्वरमाथि साँचो आस्था नभएको होइन र? म सधैँ के चिन्ता लाग्थ्यो भने मैले जागिर छोडेमा आर्थिक कठिनाइहरूका कारण मेरो बाँच्ने कुनै उपाय रहने छैन। परमेश्वरमाथि मेरो आस्था साह्रै कम थियो। सबथोकमाथि परमेश्वरको सार्वभौमिकता छ भन्ने कुराको ममा अलिकति पनि वास्तविक बुझाइ थिएन। मैले प्रभु येशूले भनेका कुरा सम्झिएँ: “आकाशका पक्षीहरूलाई हेर: किनकि तिनले रोप्दैनन्, न त तिनले कटनी नै गर्छन्, न त धनसारमा जम्मा नै गर्छन्; तापनि तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा निकै नै असल छैनौ र?” (मत्ती ६:२६)। “तिमीहरूले पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर; अनि यी सबै कुराहरू तिमीहरूलाई थपिनेछन्” (मत्ती ६:३३)। म यी पदहरू कण्ठस्थ भन्न सक्थेँ, र अरूलाई अर्ती दिन म प्रायः यी वचनहरू प्रयोग गर्थेँ, तर तर जब आफैँलाई पर्यो, तब ममा परमेश्वरमाथि कुनै साँचो आस्था थिएन। मैले परमेश्वरका वचनहरू मनन गर्दा, मलाई सबैको भविष्य र नियति परमेश्वरको हातमा छ, र परमेश्वरले सधैँ उपयुक्त बन्दोबस्तहरू गर्नुहुनेछ भन्ने महसुस भयो। परमेश्वरले उहाँप्रति निष्कपट रूपमा आफूलाई समर्पित गर्नेहरूलाई अन्याय गर्नुहुनेछैन भनी प्रतिज्ञा गर्नुभएको छ। ममा परमेश्वरमाथि त्यो भरोसा किन थिएन? यस घडीमा, म तुरुन्तै आफ्नो जागिर छोडेर राम्रोसँग आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्थेँ। तर म कार्यालय पुग्दा, मेरा सहकर्मीहरू तलब वृद्धि र बोनसका बारेमा कुरा गरिरहेका थिए, अनि म हिचकिचाउन थालेँ, र आफ्नो जागिर छोड्न अनिच्छुक भएँ। सत्यता अभ्यास गर्नका लागि चुकाउनुपर्ने मूल्य हुन्छ भन्ने मलाई थाहा थियो, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, र देहमाथि विजय पाउन मलाई मार्गदर्शन गर्नुहोस् भनी उहाँसँग बिन्ती गरेँ ताकि म आफ्नो जागिर छोडेर आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सकूँ।
त्यसको केही समयपछि, मैले एउटा भयानक कुराको अनुभव गरेँ जसले मलाई जीवनको मेरो भावी मार्गबारे चिन्तन गर्न बाध्य बनायो। एक साँझ, म रेलका डिब्बाहरू जोड्नका लागि रेल चालक, यार्डमास्टर र अरूहरूसँग काम गरिरहेको थिएँ। म गुडिरहेको रेलको भर्याङमा उभिएर वाकीटकीबाट चालकलाई डिब्बा जोड्ने निर्देशन दिँदै थिएँ। रेल निकै तीव्र गतिमा गुडिरहेको थियो। कामको प्रक्रियाअनुसार, हामीले जोड्न लागेको डिब्बाभन्दा दशवटा डिब्बा जति टाढा हुँदा मैले गति कम गर्न आदेश दिएँ। तर चालकले गति कम गरेनन्, र मैले रेल ट्र्याकमा रोकिराखेको डिब्बासँग ठोक्किनै लागेको असहाय भएर हेरिरहेँ। यो यति छिटो गुडिरहेको थियो कि म हामफाल्न सक्दिनथेँ—मैले गर्न सक्ने कुरा भनेको भर्याङबाट म रहेको डिब्बातिर छिटो फर्कनु मात्र थियो। मैले आँखा बन्द गरेँ, आफू हुत्तिएर बाहिर नखसुँ भनेर डिब्बाको छेउमा जोडले टाँसिएर बसेँ, र आफ्नो हृदयमा सर्वशक्तिमान् परमेश्वरलाई बारम्बार पुकारेँ। ठूलो आवाजका साथ रेल र डिब्बा एकआपसमा ठोक्किए। सहायक चालकको हात भाँचियो, र उनलाई रातारात उपचारका लागि अस्पताल लगियो। मलाई चोट लाग्नुभन्दा पनि डर धेरै लागेको थियो—मलाई एउटा सानो कोतरोसमेत लागेको थिएन। त्यसपछि, मैले जति धेरै त्यसबारे सोचेँ, त्यस घटनाले मलाई त्यति नै त्रसित बनायो! रेलवे शन्टिङ पेशाका धेरै मानिस दुर्घटनामा परेका थिए। कसैका हातहरू किचिएका थिए, त कसैका खुट्टाहरू किचिएका थिए। खतरा आइपर्दा, सुरक्षित जागिरले मानिसहरूलाई सुरक्षित राख्न वा तिनीहरूको ज्यान बचाउन सक्दो रहेनछ। पैसाको पछि लाग्दा क्षणिक दैहिक सुखविलास मात्र दिन सक्छ। आफ्नो ज्यान जोखिममा राखेर पैसा कमाउने धुनमा मैले परमेश्वरको हेरचाह र सुरक्षा गुमाएमा, यो सुरक्षित जागिरको के नै अर्थ रहन्थ्यो र? मैले अब आफ्नो सुरक्षित जागिरलाई मेरो कर्तव्यको बाटोमा तगारो बन्न दिन हुँदैनथ्यो। मैले परमेश्वरको वचनअनुसार जिउने निधो गरेँ, आफूसँग भएको सबै कुरा परमेश्वरलाई सुम्पने, उहाँलाई हेर्ने, अनि उहाँको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुने निर्णय गरेँ। मैले परमेश्वरका वचनहरू सम्झिएँ: “सामान्य मानिस, र परमेश्वरलाई प्रेम गर्न खोज्ने मानिसहरूका रूपमा, राज्यमा प्रवेश गर्नु र परमेश्वरका मानिसहरू बन्नु तिमीहरूको साँचो भविष्य, र सबैभन्दा मूल्यवान् र महत्त्वपूर्ण जीवन हो; तिमीहरूजत्तिको आशिषित कोही पनि हुँदैन। म किन यसो भन्छु? किनभने परमेश्वरमा विश्वास नगर्नेहरू देहका लागि जिउँछन्, र तिनीहरू शैतानका लागि जिउँछन्, तर आज तिमीहरू परमेश्वरका लागि जिउँछौ, र परमेश्वरको इच्छा पछ्याउनका लागि जिउँछौ। यही कारणले गर्दा नै म भन्छु कि तिमीहरूको जीवन सबैभन्दा अर्थपूर्ण छ। परमेश्वरद्वारा चुनिएका मानिसहरूको यो समूहले मात्रै सबैभन्दा अर्थपूर्ण जीवन जिउन सक्छ: पृथ्वीमा अरू कोही पनि तिमीहरूको जस्तो त्यस्तो मूल्य र अर्थको जीवन जिउन सक्षम छैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ)। परमेश्वरका वचनहरू निकै मर्मस्पर्शी थिए। यो साँचो हो—जसले परमेश्वरलाई साँचो प्रेम गर्छन् तिनीहरू ख्याति, प्राप्ति, वा दैहिक सुखसयलका लागि जिउँदैनन्, तिनीहरू परमेश्वरका निम्ति जिउँछन्। परमेश्वरका निम्ति जिउनु मात्रै सार्थक र अर्थपूर्ण जीवन हो। सृष्टिकर्ताको आवाज सुन्न पाउनु, केही सत्यता बुझ्नु, र कर्तव्य निर्वाह गर्ने मौका पाउनु मेरा लागि ठूलो सौभाग्य थियो, यो एउटा अद्भुत कुरा थियो। मलाई के महसुस भयो भने मैले आफ्नै सानो संसारमा जिउन र पैसा अनि भौतिक सुखको पछि लाग्न छाड्नुपर्छ। परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्छ, र एउटा सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ।
त्यसपछि, मैले परमेश्वरको वचनको अर्को खण्ड पढेँ: “धार्मिकताका निम्ति भोकाउने र तिर्खाउने अनि गोठालो गरिनका लागि तेरो प्रतीक्षा गरिरहेका ती दयनीय, दरिद्र, र भक्त धार्मिक विश्वासीहरूलाई तैँले कसरी आफूले देखेका र अनुभव गरेका कुराहरूबारे बताउनेछस्? गोठालो गरिन कस्तो प्रकारका मानिसहरू तेरो प्रतीक्षा गरिरहेका छन्? के तँ कल्पना गर्न सक्छस्? के तँलाई तेरा काँधका बोझहरू, तँलाई दिइएको आज्ञा, र तेरो जिम्मेवारीबारे थाहा छ? ऐतिहासिक मिसनप्रतिको तेरो बोध कहाँ छ? अर्को युगको मालिकको भूमिका तैँले कसरी राम्ररी निर्वाह गर्नेछस्? के तँसँग मालिक हुनुको प्रबल भावना छ? यावत् थोकको मालिकबारे कसरी व्याख्या गरिनुपर्छ? के त्यो साँच्चै सारा जीवित प्राणीहरू अनि संसारका सारा भौतिक कुराहरूको मालिक हो? कामको अर्को चरणको प्रगतिका लागि तँसँग के-के योजनाहरू छन्? कति जना मानिसहरू तँद्वारा गोठालो गरिन तेरो प्रतीक्षा गरिरहेका छन्? के तेरो कार्य गह्रौँ छ? तिनीहरू दरिद्र, दयनीय, अन्धा छन्, र तिनीहरू असमञ्जसमा छन्, अन्धकारमा बिलौना गरिरहेका छन्—मार्ग कहाँ छ? धेरै वर्षदेखि मानिसलाई दमन गरेका अन्धकारका शक्तिहरूलाई, उल्काजस्तै गरी अचानक तल झरेर हटाओस् भनी ती मानिसहरू ज्योतिका लागि कति तृष्णा गर्छन्। तिनीहरू त्यसका लागि बेचैनीका साथ आशा गर्छन् र दिन-रात तृष्णा गर्छन्—यो कुरा कसले पूर्ण रूपमा जान्न सक्छ र? ज्योति चम्केर गुज्रने दिनमा समेत, गहन रूपमा कष्ट भोगिरहेका यी मानिसहरू कालकोठरीमा रिहाइको कुनै आशाविना बन्दी नै रहिरहन्छन्; तिनीहरूले कहिले बिलौना गर्न छोड्नेछन्? कहिल्यै विश्राम नपाएका यी नाजुक आत्माहरूको दुर्भाग्य भयानक छ, अनि निर्दयी बन्धनहरू र जमेको इतिहासद्वारा तिनीहरूलाई बन्धनमा राखिएको धेरै भइसकेको छ। अनि तिनीहरूको बिलौनाको आवाज कसले सुनेको छ र? तिनीहरूको दुखी स्थिति कसले देखेको छ र? परमेश्वरको हृदय कति दुखी र बेचैन छ भनी के तैँले कहिल्यै विचार गरेको छस्? उहाँले आफ्नै हातले सृष्टि गर्नुभएको निर्दोष मानवजातिले त्यस्तो सास्ती भोगेको देख्दा उहाँ कसरी सहन सक्नुहुन्छ? आखिर, मानवजाति विषाक्त पारिएका पीडितहरू नै त हुन्। र मानवजाति आजको दिनसम्म बाँचेको भए तापनि, मानवजातिलाई धेरै पहिले नै दुष्टले विषाक्त पारिएको छ भन्ने कुरा कसले थाहा पाएको छ र? के तैँले तँ पीडितहरूमध्येको एक होस् भन्ने बिर्सिस्? के परमेश्वरप्रतिको तेरो प्रेमका कारण, यी सबै बाँचेकाहरूलाई मुक्ति दिनका निम्ति लागिपर्न तँ इच्छुक छैनस्? के तँ मानवजातिलाई आफ्नै मासु र रगतजस्तै प्रेम गर्नुहुने परमेश्वरलाई प्रतिदान गर्नका निम्ति आफ्नो सारा सामर्थ्य अर्पण गर्न इच्छुक छैनस्? तेरो असाधारण जीवन जिउनका लागि परमेश्वरद्वारा प्रयोग गरिनुलाई तँ ठ्याक्कै कसरी बोध गर्छस्? के तँसँग एक भक्त, परमेश्वरको सेवा गर्ने व्यक्तिको अर्थपूर्ण जीवन जिउने अठोट र आस्था साँच्चै छ त?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले तेरो भविष्यको मिसनलाई कसरी सम्हाल्नुपर्छ?)। परमेश्वरको वचनबाट, मैले मानवजातिप्रतिको उहाँको प्रेम र चासो, साथै मानिसहरूलाई मुक्ति दिने उहाँको जरुरी अभिप्राय महसुस गरेँ। अहिले, हामी आखिरी दिनहरूमा छौँ, र प्रकोपहरू झन् ठूला हुँदै गइरहेका छन्। मानिसहरूलाई शैतानको शक्तिबाट मुक्ति दिन, परमेश्वरले सत्यता व्यक्त गर्नुहुन्छ अनि न्याय र सजायको काम गर्नुहुन्छ। आज, मैले परमेश्वरको आवाज सुन्ने र उहाँको मुक्ति स्वीकार गर्ने सौभाग्य पाएको छु, जुन परमेश्वरको अनुग्रह हो। तर परमेश्वरको देखापराइको तृष्णा गर्ने धेरैले प्रभुलाई स्वागत गरेका छैनन्, तिनीहरू अझै पनि धार्मिक संसारका ख्रीष्टविरोधी पाष्टर र एल्डरहरूद्वारा भ्रमित र नियन्त्रित छन्, र तिनीहरूसँग परमेश्वरको आवाज सुन्ने कुनै बाटो छैन। यदि सबै जना मजस्तै स्वार्थी हुने हो भने, यदि तिनीहरू दैहिक सहजतामा मात्र लिप्त हुने, अनि सुसमाचार प्रचार नगर्ने र परमेश्वरका निम्ति गवाही नदिने हो भने, परमेश्वर देखापराइको तृष्णा र प्रतीक्षा गर्नेहरू प्रभुलाई स्वागत गर्न कहिले आउनेछन् त? परमेश्वरको अभिप्रायलाई मनन गरिसकेपछि, मैले आफूले के रोज्नुपर्छ र के पछ्याउनुपर्छ भन्ने कुरा बुझेँ। त्यसैले, मैले आफ्नो जागिर छाडेर सुसमाचार प्रचार गर्ने कर्तव्य राम्रोसँग निर्वाह गर्ने अठोट गरेँ। तर, मैले राजीनामा दिन चाहिरहेको बेला, सहायक स्टेसन डाइरेक्टर अचानक मलाई भेट्न आए, र उपहारहरू कसरी दिने अनि मलाई बढुवा गर्न कसले मद्दत गर्न सक्छ भन्नेजस्ता कुरा सिकाउन थाले। उनले मप्रति ठूलो चासो र ख्याल देखाए। मलाई थाहा थियो, सबैले बढुवा हुने मौका पाउँदैनन्, र मेरो तलब धेरै बढ्नेवाला थियो। केही छलफलपछि, काम छोड्ने मेरो अठोट फेरि डगमगाउन थाल्यो।
त्यसको केही समयपछि नै, मैले अर्को भयानक घटनाको अनुभव गरेँ जसले मेरो सोचाइलाई पूर्ण रूपमा बदलिदियो। एक दिन, दिउँसोको सिफ्टमा, एउटा मालवाहक रेल स्टेसन प्रवेश गरेपछि त्यसका डिब्बाहरू छुट्याएर व्यवस्थित गर्नुपर्ने थियो। त्यो काम सकिएपछि, पाङ्ग्राहरूमुनि ओट राख्ने जिम्मेवारी मेरो थियो। खाजा खाने समयपछि, रेल चल्न सुरु हुनुभन्दा अघि, मैले ती ओटहरू निकाल्न बिर्सिएँ। चालकले रेल गुडाए, र ती ओटहरू पाङ्ग्राहरूसँगै ट्र्याकमा घिसारिन थाले। उनले केही गडबडी भएको चाल पाए र ट्र्याक परिवर्तन गर्ने स्विच पार गर्नै लाग्दा समयमै रेल रोके, जसले गर्दा लिकबाट बाहिरिन वा अझ भनौँ पल्टिनबाट जोगियो। त्यस दिन, परमेश्वरको सुरक्षा नभएको, अनि रेल लिकबाट बाहिरिएको वा पल्टिएको भए, त्यसको परिणाम अकल्पनीय हुनेथियो। म निकै त्रसित भएँ, र मैले आत्मचिन्तन गर्दै यस्तो किन भयो भनेर नसोधी बस्नै सकिनँ। मैले के महसुस गरेँ भने, मण्डलीको अगुवाका रूपमा, मेरो जागिर मेरो कर्तव्यका लागि बाधक बनेको छ, जसले मण्डलीको काममा गम्भीर असर पारेको छ भन्ने मलाई थाहा भएर पनि म पैसा र दैहिक सुखप्रति लोभी हुँदै तिनलाई त्याग्न कहिल्यै तयार भइनँ, बरु परमेश्वरको सामु सङ्कल्पहरू गर्ने र फेरि ती सङ्कल्पहरू तोड्ने गरेर मैले बारम्बार उहाँलाई धोका दिएँ। मैले परमेश्वरका वचनहरू सम्झिएँ: “तिमीहरूले मबाट अनन्त अनुग्रह प्राप्त गरेका छौ, र तिमीहरूले स्वर्गबाट आएका अनन्त रहस्यहरू देखेका छौ; मैले तिमीहरूलाई स्वर्गको ज्वाला समेत देखाएको छु, तर मसँग तिमीहरूलाई जलाउने हृदय छैन। तैपनि, तिमीहरूले यसको बदलामा मलाई कति नै दिएका छौ र? तिमीहरू मलाई कति दिन इच्छुक छौ?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तिमीहरू चरित्रमा अति नै तुच्छ छौ!)। बाहिरी रूपमा, जे भयो त्यो राम्रो कुरा थिएन, तर मैले स्पष्ट रूपमा के बुझेँ भने यो परमेश्वरको प्रेम, अनि मेरा लागि उहाँको सम्झाउनी थियो। परमेश्वरले यति धेरै सत्यता व्यक्त गर्नुभएको छ, र मानिसहरूका परिणाम र गन्तव्यहरूलाई दिनजस्तै छर्लङ्ग व्याख्या गर्नुभएको छ। उहाँ हामीले उहाँको जरुरी अभिप्राय बुझौँ, राम्रोसँग सत्यता पछ्याऔँ, एउटा सृजित प्राणीको कर्तव्य निर्वाह गरौँ, र उहाँको मुक्ति प्राप्त गरौँ भन्ने मात्र चाहनुहुन्छ। तर म जिद्दी थिएँ। म जहिले पनि आफ्नो सुरक्षित जागिरमा भर परेर बाँच्न र राम्रो जीवन बिताउन सक्छु भन्ने सोच्थेँ, त्यसैले म यसलाई छोड्न, परमेश्वरलाई पछ्याउन, र आफ्नो कर्तव्य निर्वाह गर्न तत्पर थिइनँ। यी दुई भयावह घटनाले मलाई पूर्ण रूपमा ब्युँझाइदिए। विपत्तिको समयमा, जतिसुकै पैसा भए पनि त्यसले मेरो ज्यान बचाउन सक्दैनथियो। मैले प्रभु येशूले भनेका कुरा सम्झिएँ: “तिमीहरूमध्ये जसले ऊसँग भएको सबै कुरा त्याग्दैन, ऊ मेरो चेला हुन सक्दैन” (लूका १४:३३)। अहिले आएर मात्र मैले प्रभु येशूका वचनहरूको अर्थ साँच्चिकै बुझेँ। जब हामी पैसा र भौतिक सुखसयलको कदर गर्छौं, तब यी कुराहरूले हाम्रो हृदय ओगट्छन्, र हाम्रा लागि परमेश्वरलाई साँच्चिकै प्रेम गर्न र पछ्याउन, परमेश्वरप्रति आफूलाई समर्पित गर्न, र सृजित प्राणीहरूका रूपमा हाम्रा कर्तव्य निर्वाह गर्न असम्भव बन्न पुग्छ। यस्ता मानिसहरू अझै पनि देह र संसारको लालसा गर्छन्, र परमेश्वरका अनुयायी हुन अयोग्य हुन्छन्। म अब परमेश्वरविरुद्ध विद्रोह गर्न वा उहाँलाई निराश पार्न चाहन्नथेँ। मैले कामकुरालाई हेर्ने आफ्नो दृष्टिकोण बदल्नुपर्थ्यो, सम्पूर्ण हृदयले परमेश्वरलाई पछ्याउनुपर्थ्यो, उहाँप्रति आफूलाई समर्पित गर्नुपर्थ्यो, र उहाँको प्रेमको ऋण तिर्नुपर्थ्यो। त्यसैले, मैले हाकिमलाई म राजीनामा दिन चाहन्छु भनेर बताएँ र श्रम सम्झौता रद्द गर्ने प्रक्रियाहरू पूरा गरेँ। त्यो क्षण, मलाई धेरै हल्का भयो। मलाई पिँजडाबाट उडेको चरा जस्तो महसुस भयो। मैले अब बिदा माग्ने कुरालाई लिएर चिन्ता लिनुपर्ने थिएन, र मेरो जागिरका कारण मण्डलीको काममा ढिलाइ हुँदा भोग्नुपर्ने पीडा अब थिएन। यस्तो निर्णय लिन पाएकामा म धेरै खुसी थिएँ।
मैले जागिर छोडेँ भन्ने सुनेर मेरो बुबा धेरै रिसाउनुभयो। उहाँ मकहाँ आउनुभयो र भन्नुभयो, “मैले तिमीलाई हुर्काउन दुःख गरेँ। तिम्रो पढाइका लागि ऋण काढेँ। तिमीले बल्लतल्ल एउटा सुरक्षित जागिर पायौ, र अहिले तिमीलाई त्यो चाहिँदैन? तिम्रो दिमागमा के चलिरहेको छ? रेलवे ब्युरोको जागिर पाउनु भनेको ठूलो कुरा हो। मन छ भने परमेश्वरमा विश्वास गर, तर जागिरै चाहिँ कसरी छोड्न सक्छौ? जागिरविना, भविष्यमा तिमी कसरी बाँच्नेछौ?” बुबाको क्रुद्ध अनुहार देख्दा मलाई दुःख लाग्यो। मैले राम्रो जागिर पाउनेछु, गरिबीबाट उम्कनेछु र अरूभन्दा उत्कृष्ट जीवन बिताउन सक्नेछु भन्ने आशामा आमाबुबाले पेट काटेर मलाई पढाउनुभएको कुरा सम्झेँ। म पनि मेरा आमाबुबालाई गाउँबाट सहर ल्याएर ठूलो भवनमा राख्न र सम्पन्न जीवनको आनन्द दिन चाहन्थेँ। तर मैले परमेश्वरमा विश्वास गर्ने बाटो रोजिसकेको थिएँ र पैसा अनि भौतिक सुखसयलको पछि लाग्न छोडिसकेको थिएँ; म उहाँहरूलाई त्यस्तो जीवन दिन सक्दिनथेँ, र मलाई उहाँहरूप्रति ऋणी भएको महसुस भयो। बुबाका कुरा सुन्दा, मैले के जवाफ दिने भनेर थाहा पाउन सकिनँ। मेरा आँखा रसाए, र मैले उहाँलाई हेर्ने हिम्मतसमेत गर्न सकिनँ। तर मेरो हृदयमा मैले सही छनौट गरेको छु भन्नेमा स्पष्ट थिएँ, किनकि मलाई थाहा थियो मुक्तिदाता देखा पर्नुभएको छ र उहाँले आखिरी दिनहरूमा आफ्नो काम गरिरहनुभएको छ। हामीलाई यो अन्धकारमय र दुष्ट संसारबाट मुक्ति दिन उहाँले सत्यता व्यक्त गर्नुहुन्छ, र मुक्ति पाउने अनि स्वर्गको राज्यमा प्रवेश गर्ने यो नै एकमात्र बाटो हो। यो जीवनमा एक पटक मात्र आउने अवसर हो। दैहिक सुखसयलमा लिप्त भएर म यसलाई कसरी गुमाउन सक्थेँ र? जागिरका अल्झोहरूलाई मैले कसरी सत्यता पछ्याउन र एउटा सृजित प्राणीको कर्तव्य निर्वाह गर्नबाट आफूलाई रोक्न दिन सक्थेँ? पीडामा, मैले मौन रूपमा परमेश्वरलाई प्रार्थना गरेँ, र मेरो हृदयलाई विचलित हुनबाट सुरक्षा गर्न उहाँलाई बिन्ती गरेँ। मैले परमेश्वरका वचनहरू सम्झिएँ: “परमेश्वरले यो संसार सृष्टि गर्नुभयो र यसमा उहाँले जीवन दिनुभएको जीवित प्राणी, मानिसलाई ल्याउनुभयो। त्यसपछि, मानिसले आमाबुबा र नातेदारहरू पायो, अनि ऊ उप्रान्त एक्लो भएन। मानिसले यस भौतिक संसारलाई पहिलो पटक देखेदेखि नै, उसको भाग्यमा परमेश्वरको नियोजनमा बाँच्न लेखिएको थियो। परमेश्वरबाट आएको जीवनको सासले नै प्रत्येक जीवित प्राणीलाई हुर्काएर वयस्कतासम्म धान्छ। यस क्रममा, मानिस परमेश्वरको हेरचाहमा अस्तित्वमा रहन्छ र हुर्कन्छ भनेर कसैले महसुस गर्दैन; बरु, तिनीहरू मानिस आफ्ना आमाबुबाको लालनपालनको अनुग्रहमा हुर्कन्छ र उसको हुर्काइलाई उसैको जीवनको जन्मजात प्रवृत्तिले अघि बढाउँछ भन्ने विश्वास गर्छन्। यस्तो किन हुन्छ भने, मानिस आफ्नो जीवन आफूलाई कसले दिएको हो वा यो कहाँबाट आउँछ भन्ने कुरा जान्दैन, जीवनको जन्मजात प्रवृत्तिले कसरी चमत्कारहरू सृजना गर्छ भन्ने कुरा जान्नु त परै जाओस्। उसको जीवनलाई निरन्तरता दिने आधार खाना हो, दृढता नै उसको जीवनको अस्तित्वको स्रोत हो, अनि उसको मनमा भएका विश्वासहरू नै पुँजी हुन् जसमाथि उसको अस्तित्व निर्भर हुन्छ भन्ने मात्र ऊ जान्दछ। मानिस परमेश्वरको अनुग्रह र उहाँको आपूर्तिबारे पूर्णतः अनजान हुन्छ र परमेश्वरले उसलाई दिनुभएको जीवन ऊ यसरी नै खेर फाल्छ…। परमेश्वरले दिनरात रेखदेख गर्ने एउटा व्यक्तिले पनि उहाँको आराधना गर्ने पहलकदमी लिँदैन। परमेश्वर आफूले योजना बनाएअनुसार, मानिसमा काम मात्र गर्नुहुन्छ, जसबाट कुनै पनि अपेक्षा गर्न सकिँदैन। कुनै दिन मानिस आफ्नो सपनाबाट ब्युँझनेछ अनि उसले अचानक जीवनको मूल्य र अर्थ, परमेश्वरले उसलाई प्रदान गर्नुभएको सबै कुराका निम्ति उहाँले चुकाउनुभएको मूल्य, र जुन उत्कटताका साथ परमेश्वर मानिस उहाँतर्फ फर्कियोस् भनी व्यग्र अभिलाषा राख्नुहुन्छ, त्यो महसुस गर्नेछ भन्ने आशाका साथ परमेश्वर यसो गर्नुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। “तैँले सत्यताका लागि कष्ट भोग्नैपर्छ, तैँले सत्यताका लागि आफ्नो बलिदान गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका खातिर तैँले अझै बढी दुःख भोग्नैपर्छ। तैँले गर्नुपर्ने यही नै हो। पारिवारिक सामञ्जस्यतामा रमाउनका खातिर तैँले सत्यतालाई फ्याँक्नु हुँदैन र अस्थायी आनन्दका खातिर तैँले जीवनभरको इज्जत र निष्ठा गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छ त्यो सबैलाई पछ्याउनुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण मार्ग पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको साधारण र सांसारिक जीवन जिउँछस्, र तँसँग पछ्याउनका लागि कुनै पनि लक्ष्य छैन भने, के यो तैँले आफ्नो जीवनलाई खेर फाल्नु होइन र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताका खातिर तैँले देहका सबै आनन्दहरू त्याग्नुपर्छ, र थोरै आनन्दका खातिर सबै सत्यताहरूलाई फ्याँक्नु हुँदैन। यस्ता मानिसहरूसँग कुनै निष्ठा वा इज्जत हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। परमेश्वरका वचनहरूले मलाई अन्तर्दृष्टि दिए। म सोच्थेँ, मलाई हुर्काउने र पेट काटेर मेरो पढाइ पूरा गराउने मेरा आमाबुबा हुनुहुन्छ, त्यसैले यदि मैले उहाँहरूको कुरा सुनिनँ र आफ्नो कर्तव्यका लागि जागिर छोडेँ भने, म उहाँहरूका लागि नालायक ठहरिने छु। तर यो विचार हास्यास्पद थियो। परमेश्वर मानव जीवनको स्रोत हुनुहुन्छ, र हामी सबैको जीवन उहाँबाटै आउँछ। हामीसँग भएका सबै कुरा उहाँको आपूर्ति र आशिष् हुन्। परमेश्वरविना, हामीसँग यीमध्ये केही पनि हुनेथिएन। मेरा आमाबुबाले मलाई हुर्काएर ठूलो बनाउनु परमेश्वरको सार्वभौमिकता र बन्दोबस्त थियो। म परमेश्वरप्रति कृतज्ञ हुनुपर्छ र मैले उहाँको प्रेमको ऋण तिर्नुपर्छ। मेरा आमाबुबाप्रति, मैले सामान्य सन्तानीय आदर र हेरचाह देखाउनुपर्छ। साथसाथै, मैले उहाँहरूलाई सुसमाचार बाँड्नुपर्छ र परमेश्वरमाथिको विश्वासको अर्थ बुझाउनुपर्छ। यदि उहाँहरूले विश्वास गर्नुभएन भने, उहाँहरूको बन्धनमा परेर मैले आफ्नो कर्तव्य त्याग्न मिल्दैन। म एउटा सृजित प्राणी हुँ, र आफ्नो कर्तव्य निर्वाह गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो। यदि मैले आफ्नो कर्तव्य पूरा गर्न सकिनँ भने, मसँग एउटा स्थिर जागिर भए पनि र मैले आफ्नो परिवारसँग राम्रो भौतिक जीवनको आनन्द लिए पनि, त्यसको कुनै मूल्य वा अर्थ हुनेथिएन। यी अस्थायी सुखसयलहरूले मलाई सत्यता बुझ्न र जीवन प्राप्त गर्न दिनेथिएनन्। यसबाहेक, परमेश्वरका नजरमा, मैले उहाँको विरुद्ध विद्रोह गरेको हुनेथियो, र मैले उहाँको अनुमोदन प्राप्त गर्नेथिएन। सत्यता प्राप्त गर्नका लागि, मैले कष्ट भोग्नुपर्थ्यो र आफूलाई मन पर्ने कुराहरूलाई पीडादायी रूपमा त्याग्नुपर्थ्यो। यसरी मात्र म निष्ठा र मर्यादाका साथ जिउन सक्थेँ, र तब मात्र मैले परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्थेँ। मैले जति धेरै यसबारे सोचेँ, मलाई त्यति नै बलियो भएको महसुस भयो। त्यसैले, मैले फेरि मेरो बुबालाई परमेश्वर देखापराइ र उहाँको कामका बारेमा गवाही दिएँ, र उहाँलाई मैले भनेँ, परमेश्वरमाथिको विश्वासविना, सबै खोजहरू खोक्रा हुन्छन् र तिनको कुनै मूल्य वा अर्थ हुँदैन। अहिले, मुक्तिदाता मानिसहरूलाई मुक्ति दिनका लागि सत्यता व्यक्त गर्न आउनुभएको छ; परमेश्वरमा विश्वास गरेर, सत्यतालाई पछ्याएर, पापलाई फालेर, र परमेश्वरसामु साँचो पश्चात्ताप गरेर मात्र मानिसहरू प्रकोपहरूबाट बच्न सक्छन् र उहाँको राज्यमा प्रवेश गर्न सक्छन्। संसारलाई पछ्याउने ती सबै, तिनीहरूको भौतिक जीवन जतिसुकै सम्पन्न भए पनि, अन्ततः प्रकोपहरूमा पर्नेछन् र दण्डित हुनेछन्। तर मैले जे भने पनि, मेरो बुबा अझै पनि मेरो राजीनामाको कुरासँग सहमत हुनुभएन, र मलाई काममा फर्काउन चाहनुहुन्थ्यो। अन्तमा, म टसमस नभएको देखेर उहाँ रिसाउँदै जानुभयो।
पछि, मेरो बुबाले मलाई सम्झाउन मेरा आफन्तहरूलाई बोलाउनुभयो। तिनीहरू सबैले रेलवे ब्युरोको पद एउटा सुरक्षित जागिर रहेको, र पैसा र उपहार दिएर चोरबाटोबाट यस्तो जागिर पाउन धेरै मानिसका लागि सजिलो नरहेको कुरा गरे। तिनीहरूले राजीनामा दिएर मैले आफ्नो भलाइ केमा छ भनेर नबुझेको, परमेश्वरमा विश्वास गरेर म मूर्ख बनेको, र मेरा आमाबुबाले मलाई हुर्काएको व्यर्थ भएको भने। मेरा आफन्तहरूका आरोपहरू सुनेपछि, मलाई के थाहा भयो भने शैतानले ममाथि प्रहार गर्न र मलाई परमेश्वरका निम्ति त्याग गर्न अनि उहाँप्रति समर्पित हुनबाट रोक्न उहाँहरूलाई प्रयोग गरिरहेको छ। मैले सर्वशक्तिमान् परमेश्वरका वचनहरू सम्झिएँ: “तँभित्र मेरो साहस हुनुपर्छ, र गैरविश्वासी आफन्तहरूको सामना गर्नका लागि तँसँग सिद्धान्तहरू हुनुपर्छ। तैपनि, तँ मेरो लागि कुनै पनि अन्धकारको शक्तिसामु झुक्नु हुँदैन। सिद्ध मार्ग पछ्याउनका लागि तँ मेरो बुद्धिमा भर पर्नैपर्छ, र शैतानका कुनै पनि षड्यन्त्रहरूलाई सफल हुन दिनु हुँदैन। मेरो अगाडि तेरो हृदय राख्नका लागि आफूले सक्दो गर्, र म तँलाई सान्त्वना दिनेछु, र तेरा हृदयमा शान्ति र आनन्द ल्याइदिनेछु” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १०)। परमेश्वरका वचनहरूलाई मनन गरिसकेपछि, मैले आत्मविश्वास महसुस गरेँ, र मैले मेरा आफन्तहरूलाई यसो भन्न हिम्मत जुटाएँ, “आज, मानिसहरू विशेषगरी पैसा, ख्याति, प्राप्ति, र हैसियतको पूजा गर्छन्। यी कुराहरूका लागि, मानिसहरू तँछाडमछाड गर्छन्, षड्यन्त्र रच्छन्, एकापसमा लड्छन्, अनि श्रीमान्-श्रीमतीले समेत एकअर्कालाई धोका दिन्छन् र विश्वासघात गर्छन्। सबै जना यसरी नै जिउँछन्, त्यसैले तिनीहरूले राम्रा र सुरक्षित जागिरहरू पाएर तिनीहरूको जीवनमा कुनै कुराको अभाव नभए पनि, के साँच्चै खुसी महसुस गर्न सम्भव छ र? सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: ‘हरप्रकारका प्रकोपहरू एकपछि अर्को गरी आइपर्नेछन्; सबै देश र ठाउँहरूले प्रकोपहरू भोग्नेछन्: महामारी, अनिकाल, बाढी, खडेरी र भूकम्प सबैतिर छन्। यी प्रकोपहरू एक वा दुई ठाउँहरूमा मात्र घटिरहेका छैनन्, न त यी एक वा दुई दिनमा नै सकिनेछन्; बरु, यी प्रकोपहरू त अझ ठूला-ठूला क्षेत्रहरूमा फैलँदै र झन्झन् गम्भीर बन्दै जानेछन्। यस अवधिमा, हरकिसिमका किराका प्रकोपहरू एकपछि अर्को गरी देखा पर्दै जानेछन् र नरभक्षणका घटनाहरू जताततै देखा पर्नेछन्। यो असङ्ख्य देश र मानिसहरूमाथि मेरो न्याय हो’ (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ६५)। अहिले, प्रकोपहरू झन्-झन् ठूला हुँदै गइरहेका छन्। सर्वशक्तिमान् परमेश्वरलाई पछ्याएर मात्र उहाँले हामीलाई प्रकोपहरूबाट जोगाउनुहुनेछ। परमेश्वरमाथिको मेरो विश्वास र सुसमाचार प्रचार गर्नु मेरो जागिरभन्दा धेरै महत्त्वपूर्ण छ। यो छनौट गर्नु तपाईँहरूले सोचेजस्तो कुनै मूर्खतापूर्ण विश्वास होइन। नूहले सुसमाचार प्रचार गर्दा, मानिसहरूले तिनलाई पागल भन्थे, तर जब जलप्रलय आयो, सम्पूर्ण मानवजातिमध्ये, नूहको आठ जनाको परिवार मात्र बाँच्यो। नूह पागल वा मूर्ख थिएनन्—तिनी बुद्धिमान् थिए र परमेश्वरबाट आशिषित थिए। आखिरी दिनहरूमा, मानवजातिको दुष्टता र भ्रष्टता, अनि परमेश्वरप्रतिको तिनीहरूको प्रतिरोध, यस्तो बिन्दुमा पुगेको छ कि उहाँले चरम भ्रष्ट भएको यस मानवजातिलाई नष्ट गर्नुहुनेछ। हामीले परमेश्वरमा विश्वास गरेर र उहाँको आराधना गरेर मात्र उहाँको सुरक्षा प्राप्त गर्न सक्छौँ र जीवित रहन सक्छौँ। तपाईँहरूले पनि आखिरी दिनहरूमा सर्वशक्तिमान् परमेश्वरको मुक्ति प्राप्त गर्नुहुनेछ भन्ने आशामा म आज तपाईँहरूलाई यो अद्भुत खबर सुनाइरहेको छु। मलाई सम्झाउने कोसिस नगर्नुहोस्, किनकि मैले निर्णय गरिसकेको छु। म मेरो बाँकी जीवनभर सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउनेछु।” मैले यति भनिसकेपछि, प्रभुमा विश्वास गर्नुहुने मेरी काकीले भन्नुभयो, “परमेश्वरलाई धन्यवाद! परमेश्वरमाथि तिम्रो बलियो विश्वास छ, र परमेश्वरको सुसमाचार प्रचार गर्ने छनौटले परमेश्वरलाई खुसी पार्छ।” उहाँले अरूलाई भन्नुभयो, “आज उसले रोजेको मार्ग सही मार्ग हो। धनी हुनुले केही फरक पार्दैन। महत्त्वपूर्ण कुरा त जीवन हो। हामीले उसको छनौटको सम्मान गर्नुपर्छ।” त्यसपछि, अरू कसैले केही भनेनन्। त्यो क्षण म निकै खुसी भएँ। जब म आफ्नो अडानमा दृढ रहेँ र परमेश्वरलाई सन्तुष्ट पार्ने छनौट गरेँ, तब मेरा आफन्तहरूसँग लज्जित भएर पछि हट्नुको विकल्प थिएन। त्यसबेलादेखि, म अब आफू वरपरका मानिस, घटना र कामकुराहरूको बन्धनमा परेको छैन, र म पूर्णसमय आफ्नो कर्तव्य निर्वाह गर्न सक्छु।
पछि, धेरै मानिसले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेको देख्दा, मैले आफ्नो हृदयमा वर्णन गर्न नसकिने आनन्द महसुस गरेको छु। परमेश्वरको साँचो तृष्णा गर्नेहरूलाई उहाँको घरमा फिर्ता ल्याउनु धेरै अर्थपूर्ण कुरा हो, र परमेश्वरका लागि सबैभन्दा सान्त्वनादायी कुरा हो। मेरो सुरक्षित जागिर छोडेर परमेश्वरमा विश्वास गर्ने मार्ग रोज्नु मेरो जीवनको सबैभन्दा बुद्धिमानी छनौट हो। सुसमाचार प्रचार गर्न र परमेश्वरको गवाही दिनका लागि आफूलाई समर्पित अनि आफ्नो जीवन अर्पण गर्न पाउनु मैले गर्न सक्ने अरू कुनै पनि कुराभन्दा धेरै मूल्यवान् र अर्थपूर्ण छ!
छिन झेङ, चीनमेरो जन्म हुनुभन्दा पहिले मेरो बुबाले कानुन उल्लङ्घनको आरोपमा पक्राउ पर्नुभएको थियो। १९७० को दशकमा चीनको गाउँघरमा यस्तो हुनु...
अरूहरूले हेलाको दृष्टिले हेर्नबाट जोगिन, ऊ पैसा कमाउनको निम्ति एकदम प्रयत्न गर्छिन्, र दु:खको एक कटु खडेरीमा परि सुकिजान्छन्। चिन्तित र हराएकी, उनलाई परमेश्वरका वचनहरूले जीवनमा नयाँ दिशा दिन्छन्, ऊ अब पैसाको लागि लामो समय काम गर्दिनन्, र उनी खुशीको जीवन बिताउन थाल्दछिन्।
टियान टियान, चीनवसन्त ऋतुको समय थियो, केही वरिष्ठ चिकित्सकहरू र म वनभोजका लागि बाहिर गयौँ। बाटोमा, केही स्थानीय गाउँलेले डा. वाङ्गलाई चिने।...
आन रान, चीनसानो छँदा, मेरो बुबा सहरको एउटा सरकारी कार्यालयमा काम गर्नुहुन्थ्यो र मेरी आमाले सिलाई पसल चलाउनुहुन्थ्यो। हाम्रो क्षेत्रमा...