दुर्भाग्यको माध्यमबाट आशिष्‌ प्राप्त गर्नु

21 फ्रेवुअरी 2021

By Dujuan, Japan

सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “जब व्यक्तिले आफूले हिँडेको बाटोलाई फर्केर हेर्छ, जब व्यक्तिले आफ्‍नो यात्राको हरेक चरणलाई सम्‍झन्छ, तब उसले उसको यात्रा कठिन वा सहज जेसुकै भए पनि, हरेक चरणमा परमेश्‍वरले नै उसलाई मार्गनिर्देश गरिरहनुभएको थियो, यसको बारेमा योजना गरिरहनुभएको थियो भन्‍ने देख्छ। व्यक्तिले थाहै नपाई उसलाई आजसम्‍म डोर्‍याउने भनेको परमेश्‍वरको सावधानीपूर्ण बन्दोबस्त, उहाँको होसियार योजना नै थियो। सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गर्न सक्षम हुनु, उहाँमार्फत मुक्ति प्राप्त गर्न सक्षम हुनु—आहा कस्तो सौभाग्यको कुरो! … जब कुनै व्यक्तिसँग परमेश्‍वर हुनुहुन्न, जब व्यक्तिले उहाँलाई देख्‍न सक्दैन, जब व्यक्तिले परमेश्‍वरको सार्वभौमिकतालाई स्पष्ट रूपमा पहिचान गर्न सक्दैन, तब हरेक दिन अर्थहीन, निरर्थक, दुःखदायी हुन्छ। व्यक्ति जहाँ भए पनि, व्यक्तिको जागिर जे भए पनि, उसको दिनचर्याका माध्यमहरू र लक्ष्यहरूको खोजी कार्यले उसलाई हृदयमा अटुट चोट र चैनविनाको कष्ट बाहेक केही पनि दिँदैन, यतिसम्‍म कि उसले आफ्‍नो विगतलाई फर्केर समेत हेर्न सक्दैन। व्यक्तिले सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गरेपछि मात्रै, ऊ उहाँका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूमा समर्पित भएपछि मात्रै, र उसले साँचो मानव जीवनको खोजी गरेपछि मात्रै, क्रमिक रूपमा ऊ सबै हृदयको चोट र कष्टबाट स्वतन्त्र हुन, अनि जीवनको रिक्तताबाट मुक्त हुन थाल्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ३”)। परमेश्‍वरका यी वचनहरूले मलाई साँच्चिकै छुन्छन् किनकि ती मेरो आफ्नै जीवनका सही चित्रण हुन्।

दुर्भाग्यको माध्यमबाट आशिष्‌ प्राप्त गर्नु

म एक गरिब ग्रामीण परिवारमा जन्मेकी थिएँ र मानिसहरूले मलाई जीवनभर हेपे। मेरो परिवार गरिब थियो, त्यसैले कहिलेकहीँ मलाई अर्को खाना कहाँबाट आउँछ भन्ने थाहा हुँदैनथियो, र म सँधै मेरी दिदीका थोत्रा लुगा लगाउँथे। लुगाहरू मलाई खुकुलो हुन्थे। मेरा कक्षाका साथीहरूले मेरो खिल्ली उडाउथे र मसँग सङ्गत गर्न चाहँदैनथिए। मेरो बाल्यकाल साँच्चै दर्दनाक थियो। त्यसबेला नै, मैले सङ्कल्प गरेँ: ठूलो भएपछि म निश्‍चय नै धेरै पैसा कमाउनेछु, राम्रो जीवन बिताउनेछु, र कसैले पनि मलाई फेरि घृणा गर्नेछैन। मेरो परिवारसँग पैसा नभएकोले, जिल्‍लाको औषधि निर्माण कारखानामा काम गर्न जान निम्न माध्यमिक तह पूरा गर्नुअघि नै मैले स्कूल छोड्नुपर्‍यो। मैले अलि बढी कमाउन सकूँ भनेर रातको १० बजेसम्म धेरै अतिरिक्त समय काम गर्थेँ। पछि मैले मेरी जेठी दिदीले मेरो मासिक ज्याला त पाँच दिन तरकारी बेचेरै कमाउन सक्छिन् भन्ने सुनेँ। तरकारी बेच्नको लागि मैले तुरुन्तै औषधि कारखानाको काम छोडेँ। विवाह गरेपछि, मेरो श्रीमान्‌ र मैले एउटा रेस्टुरेन्ट खोल्यौं। मैले रेस्टुरेन्टमा धेरै पैसा कमाउन सक्छु, त्यसपछि म अरूले ईर्ष्या गर्ने र चाहना गर्ने, भव्य र मर्यादित जीवन बिताउन सक्छु भन्ने सोचेँ। तर त्यो व्यवसायमा प्रतिस्पर्धा कडा थियो र हामीले पैसा बचत गर्न एक जना मात्र कामदार राख्यौं। भान्सादेखि भोजन क्षेत्रको बीचमा दौडिँदै मैले सबै थोक नै गरें। कहिलेकहीँ अत्यन्तै थकाइ लागेर म उभिन पनि सक्दिनथिएँ। केही सरकारी अधिकारीहरू आउथे तर तिनीहरूले कहिल्यै पैसा तिरेनन्, त्यसपछि सबै प्रकारका जरिबाना र करहरू तिर्नु पर्थ्यो। कहिलेकहीँ हामीलाई जरिबाना गर्न जेसुकै बहाना प्रयोग गर्थे र एक दिनभरिको कमाई लिएर जान्थे। यसले मलाई साँच्चिकै रिस उठायो तर चीनमा गर्न सकिने केही छैन। केवल आफ्नो टाउको झुकाउनुपर्छ। जति कठिन परिश्रम गर्दा पनि हामीले धेरै पैसा कमाएनौं। हामीले व्यापार गरेको केही समयपछि मैले चिन्ता गर्न थालें, र सोचेँ, “धेरै पैसा कमाएर मैले राम्रो जीवन कहिले बिताउँला?”

२००८ मा, मलाई एउटा साथीले जापानमा एक दिनको काममा, तिमीले चीनमा दस दिनको काममा कमाउने जति कमाउन सक्छौ भनेर भने। यो सुनेर म अत्यन्तै खुशी भएँ। मैले अन्ततः केही पैसा कमाउने राम्रो मौका पाएँ भन्ने मैले सोचेँ। जापान जाने मध्यस्थको शुल्क बढी थियो, तर मैले सोचेँ, “पीडा छैन, त लाभ छैन। हामीले जापानमा रोजगार पायौं भने त, त्यो पैसा छिटै फिर्ता पाइहाल्‍नेछौं नि।” मेरो श्रीमान्‌ र मैले त्यो सपनालाई पछ्याउन तुरुन्तै जापान जाने निर्णय गर्‍यौं। त्यहाँ पुगेपछि, हामीले हरेक दिन १३-१४ घण्टा काम गर्नुपर्थ्यो। हामी एकदमै थाकेका हुन्थ्यौं। कामपछि हामी केवल सुतेर आराम गर्न चाहन्थ्यौं। हामी खान मन लाग्दैनथियो। मेरो ढाडको तल्‍लो भाग सधैँ दुख्थ्यो र डाक्टरलाई भेट्न मसँग पैसा थिएन, त्यसैले मैले नदुख्ने औषधि लिएर नै त्यो सहन्थें। म दुखाइमा मात्रै थिइन, तर मेरो हाकिमले मलाई गाली गर्ने र मेरा सहकर्मीहरूले मलाई दुर्व्यवहार गर्ने समेत गर्दथे। जब म काममा नयाँ थिएँ, एक पटक मैले एउटा सानो गल्ती गरेँ। मेरो हाकिमले मलाई धेरै गाली गरे र म एकदमै दुःखी भएर रोएँ। तर म अरू के गर्न सक्थें र? मैले केवल आफ्ना भावनाहरू दबाएर राख्‍नुपर्थ्यो ताकि मैले पैसा कमाइरहन सकूँ। मैले आफैलाई पटक-पटक भन्थें, “अहिले गाह्रो छ, तर जब मैले केही पैसा कमाइ सक्छु तब म सिधा उभिएर मानिसहरूलाई आँखामा हेर्न सक्‍नेछु। मैले पर्खनु पर्छ।” त्यसैले, मैले हरेक दिन पैसा कमाउने मेसिन जस्तो काम गरिरहेँ। अप्रत्याशित रूपमा, २०१५ सम्ममा, भारी कामबाट थकित भएर म बिरामी परेकी थिएँ। म अस्पतालमा जाँचको लागि गएँ र डाक्टरले मेरो कमरको पाङ्ग्रा खुस्किएर नशा च्यापिँदैछ, र यदि मैले काम गरिरहेँ भने, म ओछ्यानमा पर्नेछु र आफैलाई हेरविचार गर्न नसक्ने हुन्छु भनेर भने। यसले मलाई आकाशबाट चट्याङ्गले हानेझैं झट्का दियो, र एकैचोटि सारा शरीर कमजोर भएको मैले महसुस गरें। मेरो जीवनमा भर्खरै अवस्थाहरू सुध्रँदै थिए र मेरो सपना नजिक आउँदै थियो। तर यसको सट्टामा, म घाइते हुन पुगेँ। मैले यो स्वीकार गर्न सकिन, र मैले सोचेँ: “म अझै जवानै छु। यदि म कम्‍मर कसेर लागेँ भने मैले यसबाट पार पाउन सक्‍नेछु। यदि मैले अहिले केही पैसा कमाइन र खाली हात चीन फर्केँ भने, के त्यो अपमानजनक हुनेछैन र?” र त्यसैले मैले कम्‍मर कसेँ र मेरो घाइते शरीरलाई काममा लतारिराखें। जब दुखाइ बढ्थ्यो, मैले औषधि भएको टालो ट्याप्प टाँस्थें र संघर्ष गरिरहन्थें। मैले पूरै दिन काम गर्थेँ, र रातमा यति नराम्रो दुखाइ हुन्थ्यो कि म निदाउनै सक्दिनथिएँ। म कोल्टो फेर्न पनि सक्दिनथिएँ। केही दिनपछि, म यति अस्वस्थ भएँ कि म ओछ्यानबाट घस्रन पनि सकिन।

ओछ्यानमा सुतिरहँदा मलाई असाध्यै असहाय र एक्लो महसुस भयो र मैले सोचेँ, “यति कम उमेरमा म कसरी यहाँ आइपुगेँ? के म साँच्चिकै ओछ्यानमै रहिरहनेछु त?” मैले एक किसिमको शोक महसुस गरें जुन मैले व्यक्त गर्न सक्दिनथिएँ, र मैले विचार-विमर्श मात्रै गर्नुपर्‍यो, “मानिस आखिर केको लागि जिउँछ? के यो वास्तवमै पैसा कमाउन र चर्चित हुनको लागि हो? के पैसा भनेको वास्तवमै खुशी हो त? के पैसाको लागि केही नभनी हात-नङ्ग्रा खियाउनु साँच्‍चै उचित छ र?” हड्डी घोटेर करिब तीस वर्षभन्दा बढी काम गर्दा, मैले कारखानामा काम गरेँ, तरकारी बेचेँ, एउटा रेस्टुरेन्ट चलाएँ र जापानमा काम गर्न आएकी थिएँ। यस क्रममा मैले केही पैसा त कमाएकी थिएँ, तर कष्टहरू धेरै थिए। सुरुमा मैले, जापानमा आएर मेरो सपना साकार हुनेछ, म रातारात धनी हुनेछु र एउटा ईर्ष्या योग्य जीवन बिताउनेछु भन्ने सोचेँ। तर यसको सट्टामा, म ओछ्यानमा थन्किएकी थिएँ, र मेरो बाँकी जीवन पनि ह्वीलचेयरमा बिताउन समेत सक्थें। यो विचारले, मलाई विशेष रूपमा के पछुतो लाग्यो भने केही पैसा कमाउन र अरूभन्दा राम्रो हुनको निम्ति मैले हात-नङ्ग्रा खियाएकी थिएँ। मैले दु:खी, दयनीय र निराश महसुस गरें। मैले रुन बाहेक केही गर्न सकिन। मैले मेरो हृदय भित्रै पुकारेँ: “हे ईश्‍वर, मलाई बचाऊ! मेरो जीवन किन यति थकित, यति कठिन छ?”

र जब म असहाय र पीडामा थिएँ परमेश्‍वरका आखिरी दिनहरूको मुक्ति ममा आयो। संयोगवस, मैले दुई दिदीबहिनीहरूलाई भेटेँ जसले परमेश्‍वरमा विश्‍वास गर्दा रहेछन्। उनीहरूसँग परमेश्‍वरका वचनहरू पढेर र सत्यता सम्‍बन्धी उनीहरूको सङ्गति सुनेर, मैले के बुझेँ भने, सबै थोक परमेश्‍वरले नै सृष्टि गर्नुभएको हो, परमेश्‍वरले सारा ब्रह्माण्डमा शासन गर्नुहुन्छ, सबैको नियति परमेश्‍वरको हातमा हुन्छ, परमेश्‍वरले सधैँ मानिसजातिलाई मार्गदर्शन दिनुभएको छ र भरणपोषण गर्नुभएको छ, र उहाँले जहिले पनि मानवजातिको हेरविचार गर्नुहुन्छ र सुरक्षा गर्नुहुन्छ। तर म केही कुराको बारेमा अझै पनि अन्योलमा थिएँ। हाम्रो नियतिलाई परमेश्‍वर नियन्त्रण गर्नुहुन्छ, र परमेश्‍वरले सधैँ हाम्रो अगुवाइ गर्नुभएको छ र रक्षा गर्नुभएको छ। त्यसैले हामी खुशी हुनु पर्ने हो। त्यसोभए हामी किन अझै रोग-बिराम र पीडा भोग्छौं? जीवन किन यति गाह्रो छ? यो सबै पीडा वास्तवमा कहाँबाट आउँछ? मैले दिदीबहिनीहरूलाई यसबारे सोधेँ।

र बहिनी किनले मेरो लागि सर्वशक्तिमान्‌ परमेश्‍वरका केही वचनहरू पढिन्: “मानिसहरूले भोग्ने जन्म, मृत्यु, बिराम अनि वृद्धावस्था हुने आजीवन कष्टको स्रोत के हो? के कुराले मानिसहरूमा यी कुराहरू आउने तुल्यायो? मानिसहरूलाई सर्वप्रथम सृष्टि गरिएको बेला तिनीहरूमा यी कुराहरू थिएनन्, थिए त? त्यसो भए, यी कुराहरू कहाँबाट आए त? मानिसहरूलाई शैतानले परीक्षामा पारेपछि र तिनीहरूको देह विकृत भएपछि यी कुराहरू अस्तित्वमा आए। शैतानले मानवजातिलाई भ्रष्ट तुल्याइसकेपछि मात्र मानव देहको पीडा, यसका वेदनाहरू, अनि यसका रिक्तताहरू र साथसाथै मानव संसारका अति नै दयनीय मामलाहरू आए। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याइसकेपछि, त्यसले तिनीहरूलाई सताउन सुरु गर्‍यो। फलस्वरूप, तिनीहरू झन्-झन् विकृत हुँदै गए। मानवजातिका रोगहरू झन्-झन् तीव्र बन्दै गए अनि तिनीहरूको कष्ट झन्-झन् गम्भीर बन्दै गयो। बढ्दो रूपमा, मानिसहरूले मानव संसारको रिक्तता र वियोग अनुभूति गर्दै गए, साथसाथै तिनीहरूले यहाँ निरन्तर बाँचिरहन सक्दैनन् भन्‍ने अनुभूति गर्दै गए, अनि तिनीहरूले संसारको लागि झन्-झन् कम आशा अनुभव गर्दै गए। यसरी, यो कष्ट मानिसहरूमा शैतानले ल्याइदियो” (ख्रीष्टका वार्तालापहरूका अभिलेखहरू)। त्यसपछि उनले यो सङ्गति सुनाइन्: “जब परमेश्‍वरले मानिसको सृष्टि गर्नुभयो, उनीहरूलाई परमेश्‍वरले साथ दिनुभयो, हेरचाह गर्नुभयो र सुरक्षा दिनुभयो। जन्म, बुढ्यौली, बिमारी वा मृत्यु, र कुनै चिन्ता वा कष्ट भन्ने नै थिएन। मानिस परमेश्‍वरले प्रदान गर्नुभएको सबै चीजहरूको आनन्द लिँदै, अदनको बगैंचामा कुनै किसिमको चिन्ताविना नै जीवन जिउँथे। तिनीहरू परमेश्‍वरको निर्देशनमा खुशीसाथ र आनन्दपूर्वक बस्थे। तर त्यसपछि शैतानले मानिसलाई छल गर्‍यो र भ्रष्ट पार्यो। तिनीहरूले यसको झूटलाई विश्‍वास गरे, पाप गरे र परमेश्‍वरलाई धोका दिए, र यसरी परमेश्‍वरको हेरचाह र सुरक्षा गुमाए। हामी त्यस बेलादेखि शैतानको अधिकार क्षेत्रभित्र बाँचेका छौं र अन्धकारमा परेका छौं। हामी कठिन परिश्रम, चिन्ता, पीडा र शोकको जीवन जिउँछौ। हजारौं वर्षसम्म, शैतानले मानिसहरूलाई भ्रमित पार्न र हानि गर्न लगातार भौतिकवाद, नास्तिकता र क्रमिक विकासको सिद्धान्त र भ्रमहरू, र प्रसिद्ध एवम् महान व्यक्तित्वहरूद्वारा फैलाइएका कथनहरू प्रयोग गरेको छ, जस्तै ‘संसारमा परमेश्‍वर छैन,’ ‘आफ्नो नियति आफ्नै हातमा हुन्छ,’ ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,’ ‘अरूभन्दा असल बन र पुर्खाको नाम राख,’ र ‘घनी बन्‍न मान्छेले जे पनि गर्छ,’ ‘दुनियाँ पैसाको इसारामा चल्छ,’ र यस्तै अरू। यी शैतानिक भ्रमहरू स्वीकार गरेपछि, मानिसहरूले आफैलाई परमेश्‍वरबाट टाढा राख्दै र उहाँलाई धोका दिँदै परमेश्‍वरको अस्तित्व र शासनलाई इन्कार गरेका छन्। तिनीहरू अझै बढी अहङ्कारी र घमन्डी, बढी स्वार्थी, कपटी र द्वेषपूर्ण भएका छन्। मानिसहरू षड्यन्त्रमा संलग्न हुन्छन्, प्रतिष्ठा, पद र धनको खातिर लड्छन् र मारा-मार गर्छन्। पति र पत्नीहरू, इष्ट-मित्रहरू एक अर्कालाई छल गर्छन् र विश्‍वासघात गर्छन्, बाबु र छोराहरू समेत एक अर्कालाई ताक्छन् र दाजुभाइहरूले एक अर्कालाई आक्रमण गर्छन्। हामीले हाम्रो उचित मानवतालाई पूर्ण रूपमा गुमाएका छौं र मानिसहरू जस्तो होइन तर अझै बढी पशुजस्तो जिउँछौं। शैतानका भ्रमहरूले धेरै मानिसहरूलाई हानि पुर्‍याएको छ। यो नियन्त्रण वा परिवर्तन गर्न सक्छौं भन्ने सोचेर तिनीहरू आफ्नै नियति विरुद्ध लड्छन्। तिनीहरू आफ्नो जीवनभरि लड्छन्, र तिनीहरू आफ्नो नियति परिवर्तन गर्न मात्र असफल हुँदैनन्, बरु यो प्रयासमा आफूलाई नै बरबाद गर्छन्। शैतानले मानिसजातिलाई भ्रममा पारेको छ र भ्रष्ट बनाएको छ। शरीर र मनमा सास्ती भोग्दै हामी दिनभरि मेहनत गर्छौं। सबै प्रकारका रोगहरू र दुःखको संख्या बढ्दैछन्। यी दु:ख र चिन्ताहरूले हामीलाई यस संसारमा मानिसको जीवन अति कठिन र थकाइ लाग्दो छ भन्ने महसुस गराउँछ। यो सबै शैतानले मानिसलाई भ्रष्ट पारेपछि आउँछ, यो शैतानले हामीलाई पुर्याएको हानि हो, र यो परमेश्‍वरलाई अस्वीकार गर्ने र परमेश्‍वरलाई धोका दिने मानिसजातिको कार्यको तीतो फल पनि हो।”

बहिनी किनको सङ्गतिले मलाई मान्छेका रोग-बिमारहरू वास्तवमा शैतानबाट आएका हुन् भन्ने देखायो। शैतानले मानिसलाई भ्रष्ट गरेपछि, हामीले परमेश्‍वरको हेरचाह र सुरक्षा गुमायौं, जसले सबै प्रकारका रोग-बिमार र पीडा विकास भए। त्यसपछि बहिनीले यसो भनिन्: “शैतानले मानिसजातिलाई खेलबाड गरिरहेको र पीडा दिइरहेको परमेश्‍वरले हेर्न सक्नुहुन्न। मानिसजातिलाई छुट्कारा दिन र मुक्ति दिन उहाँ दुई पटक देहधारी हुनुभएको छ। पहिलो पटक, उहाँ हामीलाई पापबाट छुटकारा दिन प्रभु येशूको रूपमा देहधारी हुनुभयो, मानिसजातिको पापबलिको रूपमा क्रूसमा टाँगिनुभयो। प्रभु येशूमा विश्‍वास गरेर हाम्रा पापहरू क्षमा हुन्छन् तर हाम्रो पापी प्रकृति बाँकी नै हुन्छ र हामी अझै पूर्ण रूपमा पाप मुक्त छैनौं। आखिरी दिनहरूमा परमेश्‍वर सत्यता व्यक्त गर्न र न्याय र शुद्ध गर्ने काम गर्न फेरि मानिसहरूमाझ देहधारी हुनुभएको छ ता कि अन्त्यमा हामीलाई परमेश्‍वरको राज्यमा नलगिएसम्‍म हामी शैतानबाट पूर्ण रूपमा मुक्ति पाउन सकौं, पापबाट अलग हुन सकौं र शुद्ध हुन सकौं। परमेश्‍वरका अझ धेरै वचनहरू पढ्दा हामी सत्य बुझ्न र समझशक्ति प्राप्त गर्न सक्छौं। हामी शैतानले कसरी मानिसलाई भ्रष्ट बनाउँछ सो र त्यसको दुष्ट सारलाई बुझ्दछौं। त्यसपछि हामी शैतानलाई अस्वीकार गर्न र त्यसको प्रभावबाट बच्न सक्छौं, त्यसपछि त्यसले हामीसँग खेलबाड गर्न वा हामीलाई हानि गर्न सक्दैन।” परमेश्‍वर व्यक्तिगत रूपमा हामीलाई मुक्ति दिन आउनुभएको छ भन्ने सुन्दा म खुसीले गदगद भएँ। शैतानले मलाई त्यसरी हानि पुर्याइरहोस् भन्ने म वास्तवमै चाहन्नथिएँ तर ठ्याक्कै कसरी यसले मलाई हानि गरिरहेको छ भन्ने मैले जानेको थिइन, त्यसैले मैले दिदीबहिनीहरूलाई सोधेँ: “मैले अरूभन्दा माथि हुन र प्रख्यात हुन निकै मेहनत गरेको छु, तर यसले मलाई असह्य पीडा भएको छ। के शैतानले नै मलाई यस्तो गरेको हो त?”

त्यसपछि बहिनी झाङ्ले मेरो प्रश्नसँग सम्बन्धित सर्वशक्तिमान्‌ परमेश्‍वरका केही वचनहरू पढिन्। “शैतानले अत्यन्तै सूक्ष्म प्रकारको विधिको प्रयोग गर्छ, जुन विधि मानिसहरूका धारणाहरूसँग अत्यन्तै मिल्दो हुन्छ, जुन त्यति आमूल परिवर्तनकारी हुँदैन, जसद्वारा यसले मानिसहरूलाई अनजानमा त्यसको जीवनशैली, जिउने सम्‍बन्धी त्यसका नियमहरू स्वीकार गर्न, र जीवनका लक्ष्यहरू र जीवनको दिशा निर्माण गर्न लगाउँछ, त्यसो गरेर तिनीहरूले अनजानमा जीवनमा महत्वाकांक्षाहरू लिन पुग्छन्। जीवनका यी महत्वाकांक्षाहरू जति भव्य देखिए पनि, ती अपरिहार्य रूपमा नै ‘ख्याति’ र ‘प्राप्ति’ सँग जोडिएका हुन्छन्। कुनै पनि महान् वा चर्चित व्यक्तिले, वास्तवमा सबै मानिसहरूले जीवनमा पछ्याउने कुराहरू यी दुई वटा शब्‍दहरूसँग मात्रै गाँसिएका छन्: ‘ख्याति’ र ‘प्राप्ति।’ ख्याति र प्राप्ति पाइसकेपछि, तिनीहरूले उच्‍च प्रतिष्ठा र धेरै धनको आनन्द लिन, अनि जीवनमा आनन्द लिन तिनलाई पूँजीको रूपमा प्रयोग गर्न सक्छन् भन्‍ने मानिसहरूको विचार हुन्छ। ख्याति र प्राप्ति सुख-चैन खोजी गर्न र देहको आनन्द लिनलाई तिनीहरूले प्रयोग गर्न सक्‍ने पूँजी हो भन्‍ने तिनीहरू ठान्छन्। मानवजातिले अत्यन्तै लोभ गर्ने यो ख्याति र प्राप्तिको खातिर, मानिसहरूले स्वेच्‍छाले तर अनजानमा आफ्‍नो शरीर, मन, तिनीहरूसँग भएका सबै कुरा, तिनीहरूको भविष्य र तिनीहरूको गन्तव्य सबै शैतानलाई सुम्पन्छन्। तिनीहरूले सुम्पेका सबै कुरा फिर्ता लिनु आवश्यक छ भन्‍ने कुरालाई कहिल्यै नजानीकन, तिनीहरूले एक क्षण पनि नहिचकिचाइकन त्यसो गर्छन्। मानिसहरूले यसरी शैतानमा शरण लिएर त्यसप्रति निष्ठावान बनिसकेपछि के तिनीहरूले आफैलाई नियन्त्रण गर्ने कुनै क्षमता राख्‍न सक्छन्? अवश्य नै सक्दैनन्। तिनीहरू पूर्ण रूपमा र घोर रूपमा शैतानको नियन्त्रणमा हुन्छन्। तिनीहरू पूर्ण रूपमा र घोर रूपमा दलदलमा डुबेका हुन्छन्, र तिनीहरू आफैलाई मुक्त गर्न सक्दैनन्। कुनै व्यक्ति ख्याति र प्राप्तिको दलदलमा फसिएपछि, तिनीहरूले उप्रान्त जुन कुरा चम्किलो छ, जुन कुरा धर्मी छ, वा जुन कुराहरू सुन्दर र असल छन् तिनलाई खोजी गर्दैनन्। किनभने मानिसहरूमाथि राख्‍ने ख्याति र प्राप्तिको लोभ्याउने शक्ति अत्यन्तै ठूलो हुन्छ; ती मानिसहरूले आफ्‍नो जीवनभरि र कहिल्यै अन्त्य नहुने गरि सम्पूर्ण अनन्तसम्‍म पछ्याउने कुराहरू बन्छन्। के यो साँचो होइन र? … जबसम्‍म मानिसहरूले ख्याति र प्राप्तिको बारेमा मात्रै सोच्‍न सक्छन् तबसम्‍म मानिसको विचारहरूलाई नियन्त्रण गर्नको लागि शैतानले ख्याति र प्राप्तिको प्रयोग गर्छ। तिनीहरूले ख्याति र प्राप्तिको लागि संघर्ष गर्छन्, ख्याति र प्राप्तिको लागि कठिनाइहरू भोग्छन्, ख्याति र प्राप्तिको लागि अपमान सहन्छन्, ख्याति र प्राप्तिको लागि नै आफूसँग भएको सबै कुराको बलिदान गर्छन्, अनि तिनीहरूले ख्याति र प्राप्तिकै खातिर कुनै पनि मूल्याङ्कन वा निर्णय गर्नेछन्। यसरी, शैतानले मानिसहरूलाई अदृश्य बन्धनमा बाँध्छ, र तिनलाई हटाउनको लागि तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रिन्छन्” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ६”)।

परमेश्‍वरका वचनहरू पढिसकेपछि, उनले कसरी शैतानले मानिसलाई भ्रष्ट गर्न ख्याति र प्राप्तिको प्रयोग गर्दछ भन्ने सत्यताको बारेमा सङ्गति गरिन्। तब मात्र मैले शैतान कत्ति घृणित छ भन्ने बुझेँ! जीवन सम्‍बन्धी यसका नियमहरूमा हामीलाई बाँध्न शैतानले औपचारिक शिक्षा र सामाजिक प्रभावहरू प्रयोग गर्दछ, जस्तै “दुःख नगरी सुख मिल्दैन,” “मानिसहरूले देख्दा मर्यादित हुन चाहन्छौ भने, तिनीहरूले नदेखेको बेला दुःख गर,” र “दुनियाँ पैसाको इसारामा चल्छ।” जीवनका यी नियमहरूद्वारा धोकामा परेर मान्छेहरूले आफूहरू पैसाविना बाँच्नै नसक्ने, उनीहरू धनी भएपछि, अरूले तिनीहरूलाई आदर गर्नेछन् र उनीहरूले सम्मान पाउनेछन्, र गरिब हुनुको अर्थ मूल्यहीन हुनु हो भन्ने सोच्छन्। यसैले मानिसहरू पैसा, ख्याति र प्राप्तिको लागि आफ्नो जीवनभरि संघर्ष गर्दछन्। र परिणामहरू जेसुकै भए पनि ती प्राप्त गर्न कुनै पनि हदसम्म जान्छन्। मानिसहरू अझ बढी भ्रष्ट हुन्छन् र तिनीहरूका जीवन अझ बढी कष्टदायी हुन्छन्। यो हामीलाई बाँधिएकै शैतानको हतकडी हो र हामीलाई भ्रष्ट पार्ने शैतानको चलाखी पनि हो। अरूभन्दा राम्रो हुने, अरूले मलाई उच्च सोचून् भनेर धेरै पैसा कमाउने कोसिस गर्दा, म पैसा कमाउने मेसिन बनेको थिएँ। मेरा इच्छाहरू बढे, म कहिल्यै सन्तुष्ट भइन, र म मेरो स्वास्थ्य बिगारेपछि मात्र रोकिन बाध्य भएँ। म पैसा, ख्याति र प्राप्तिको दास बनेकी थिएँ। ख्याति र प्राप्तिको खोजीले साँच्चै मेरो जीवन धेरै कठिन, धेरै थकित बनाएको थिएँ! तिनलाई यतिका वर्षसम्म खोज्दा, म दुखाइले हैरान भएकी थिएँ र घाइते हुन पुगेँ। यो सबै दुःखकष्ट शैतानद्वारा हानि पुर्याइएको अनि भ्रष्ट पारिएको कारणले आएको थियो! परमेश्‍वरको वचनको प्रकाशविना शैतानले मानिसहरूलाई भ्रष्ट गर्न पैसा, ख्याति र प्राप्तिको प्रयोग गर्छ भन्ने मलाई कहिल्यै थाहा थिएन, ख्याति र प्राप्ति भनेका शैतानले मानिसलाई हतकडी हो भन्ने जान्नु त परै जाओस्।

त्यसपछि बहिनी किन मसँग सङ्गति गर्न धेरै पटक आइन्। समयको क्रमसँगै, मैले मानिसलाई भ्रष्ट पार्न शैतानले प्रयोग गर्ने तरिकाहरू बुझ्न थालें। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनेर पनि मैले बुझेँ: परमेश्‍वरका वचनहरू पढ्नु, सत्यको खोजी गर्नु, र परमेश्‍वरको नियम र बन्दोबस्तहरूको पालना गर्नु। त्यो नै बाँच्‍ने सबैभन्दा अर्थपूर्ण, खुशीले भरिएको मार्ग, र परमेश्‍वरले तारिफ गर्नुहुने एक मात्र तरिका हो!

एक दिन, मैले मेरी एक सहकर्मी आफ्नो श्रीमानसँग पैसा कमाउनका लागि जापान आएकी छिन् भन्‍ने थाहा पाएँ। तिनीहरूले केही पैसा कमाएको भए तापनि, पछि उनको श्रीमानको स्वास्थ्य बिग्रियो र उनी उपचारका लागि चीन फर्किए। उनलाई अन्तिम चरणको क्यान्सर भएको पत्ता लाग्यो। तिनीहरूको परिवार आतङ्क र शोकमा डुब्यो। उनको दुर्भाग्यबाट मैले हाम्रो नाजुकता र जीवनको अनमोलतालाई गहन रूपमा महसुस गरे। जीवन नै छैन भने, धरै पैसाको के काम? के पैसाले जीवन किन्न सक्छ? पछि, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनमा यस्तो पढेँ: “मानिसहरूले पैसा र ख्यातिको पछि दौडेरै आफ्‍नो जीवन बिताउँछन्; तिनीहरूले यी खोक्रा कुराहरूलाई जीवनको एउटै मात्र आधार ठानेर यसरी पक्रन्छन् कि मानौं ती पाएपछि तिनीहरूले मृत्युबाट छूट पाएर बाँचिरहन सक्छन्। तर तिनीहरूले तिनीहरू आफू मर्न लागेपछि मात्रै यी कुराहरू तिनीहरूबाट कति टाढा छन्, मृत्युको सामु तिनीहरू कति कमजोर छन्, तिनीहरू कति सजिलै चकनाचूर हुन्छन्, जाने ठाउँ कतै नभएकाले तिनीहरू कति एकलो र विवश छन् भन्‍ने कुरा महसुस गर्छन्। तिनीहरूले पैसा वा ख्यातिले जीवन किन्‍न सकिँदैन, व्यक्ति जति नै धनी भए पनि, तिनीहरूको मान-मर्यादा जति नै उच्च भए पनि, मृत्युको सामुन्ने सबै उत्तिकै गरिब र महत्त्वहीन छन् भन्‍ने महसुस गर्छन्। तिनीहरूले पैसाले जीवन किन्‍न सक्दैन, ख्यातिले मृत्यु मेट्न सक्दैन, न त पैसाले न त ख्यातिले व्यक्तिको आयु केवल एक मिनेट वा केवल एक सेकेन्ड नै बढाउन सक्छ भन्‍ने महसुस गर्छन्” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ३”)। परमेश्‍वरका वचनहरूले मलाई के कुरा राम्रोसँग बुझाए भने यदि हामी परमेश्‍वरमा विश्‍वास गर्दैनौं वा सत्यलाई बुझ्दैनौं भने, हामी शैतानका षडयन्त्रहरू बुझ्न सक्दैनौं, र शैतानले मानिसहरूलाई भ्रष्ट पार्न पैसा र प्रसिद्धिको प्रयोग गर्दछ भन्ने हामी देख्न सक्दैनौं। हामी यस भुमरीमा डुबेका छौं जहाँबाट हामी बाहिर निस्कन सक्दैनौं। बरु हामी आफै शैतानद्वारा मूर्ख बनेका छौं र हानि बेहोरेका छौँ, र हाम्रो आफ्नै जीवनलाई समेत बरबाद गर्छौं। यो अति दुःखद छ। मेरो विश्‍वास र परमेश्‍वरका धेरै वचनहरू पढेको कारण, अन्त्यमा मैले यी कुराहरू बुझेकी छु। यदि मैले विश्‍वास नगरेको भए वा परमेश्‍वरका वचनहरू नपढेको भए मैले शैतानको भ्रष्टतालाई कहिल्यै त्याग्न सक्दिनथिएँ। म केवल अन्धकार र पीडामा उम्कने कुनै उपायविना संघर्ष गरिरहेकी हुन्थें।

म घाइते अवस्थामा हुँदा मण्डलीका दिदीबहिनीहरू धेरै पटक मेरो हालखबर बुझ्‍न आउथे र मेरो पीडा कम गर्न मद्दत गरे। तिनीहरूले घरका कामहरू पनि गरी दिन्थे र मलाई तिनीहरूको आफ्नै परिवार जस्तो गरी हेरचाह गर्थे। आफ्नो देश बाहिर परदेशमा, ती दिदीबहिनीहरूले मेरो त्यति ध्यानपूर्वक हेरचाह गरेको देख्दा त्यसले मेरो मन अत्यन्तै छोयो। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरप्रति अझ बढी कृतज्ञताको महसुस गरें। परमेश्‍वरको हेरचाह र सुरक्षाले गर्दा, मैले थाहै नपाई म निको भएँ।

मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनमा पछि यो पढेँ: “जब व्यक्तिले आफूले हिँडेको बाटोलाई फर्केर हेर्छ, जब व्यक्तिले आफ्‍नो यात्राको हरेक चरणलाई सम्‍झन्छ, तब उसले उसको यात्रा कठिन वा सहज जेसुकै भए पनि, हरेक चरणमा परमेश्‍वरले नै उसलाई मार्गनिर्देश गरिरहनुभएको थियो, यसको बारेमा योजना गरिरहनुभएको थियो भन्‍ने देख्छ। व्यक्तिले थाहै नपाई उसलाई आजसम्‍म डोर्‍याउने भनेको परमेश्‍वरको सावधानीपूर्ण बन्दोबस्त, उहाँको होसियार योजना नै थियो। सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गर्न सक्षम हुनु, उहाँमार्फत मुक्ति प्राप्त गर्न सक्षम हुनु—आहा कस्तो सौभाग्यको कुरो! यदि नियतिप्रति व्यक्तिको मनोवृत्ति नकरात्मक छ भने, परमेश्‍वरले तिनीहरूका लागि बन्दोबस्त गर्नुभएका सबै कुराहरूको तिनीहरूले प्रतिरोध गरिरहेका छन् र तिनीहरूमा समर्पित मनोवृत्ति छैन भन्ने प्रमाणित गर्छ। यदि मानव नियतिमाथिको परमेश्‍वरको सार्वभौमिकताप्रति व्यक्तिको मनोवृत्ति सकरात्‍मक छ भने, जब व्यक्तिले आफ्‍नो यात्रालाई फर्केर हेर्छ, जब व्यक्तिले परमेश्‍वरको सार्वभौमिकतालाई साँचो रूपले बुझ्छ, तब उसले परमेश्‍वरले बन्दोबस्त गर्नुभएको सबै कुरामा थप इमानदारिताका साथ समर्पित हुने इच्‍छा गर्नेछ, परमेश्‍वरलाई आफ्‍नो नियतिको योजना गर्न दिन र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्न छाड्नको लागि उसमा थप संकल्प र आत्मविश्वास हुन्छ। किनभने जब व्यक्तिले नियतिलाई बुझ्दैन, जब व्यक्तिले परमेश्‍वरको सार्वभौमिकतालाई बुझ्दैन, जब व्यक्तिले कुहिरोभित्र लर्खराउँदै र ढलपलिँदै दृढताका साथ छामछुम गर्दै अघि बढ्छ, तब उसले त्यो यात्रा अत्यन्तै कठिन, अत्यन्तै हृदयविदारक हुन्छ भन्‍ने कुरा बुझ्छ। त्यसकारण, जब मानिसहरूले मानव नियतिमाथिको परमेश्‍वरको सार्वभौमिकतालाई पहिचान गर्छन्, तब चलाखहरूले यसलाई जान्‍ने र स्वीकार गर्ने, तिनीहरूले आफ्‍नै दुई हातले सुन्दर जीवन निर्माण गर्ने प्रयास गर्दाका पीडादायी दिनहरूलाई बिदा गर्ने, र नियतिको विरुद्धमा संघर्ष गर्न अनि आफ्ना तथाकथित ‘जीवन लक्ष्यहरू’ आफ्‍नै तरिकाले खोज्न छाड्ने निर्णय गर्छन्। जब कुनै व्यक्तिसँग परमेश्‍वर हुनुहुन्न, जब व्यक्तिले उहाँलाई देख्‍न सक्दैन, जब व्यक्तिले परमेश्‍वरको सार्वभौमिकतालाई स्पष्ट रूपमा पहिचान गर्न सक्दैन, तब हरेक दिन अर्थहीन, निरर्थक, दुःखदायी हुन्छ। व्यक्ति जहाँ भए पनि, व्यक्तिको जागिर जे भए पनि, उसको दिनचर्याका माध्यमहरू र लक्ष्यहरूको खोजी कार्यले उसलाई हृदयमा अटुट चोट र चैनविनाको कष्ट बाहेक केही पनि दिँदैन, यतिसम्‍म कि उसले आफ्‍नो विगतलाई फर्केर समेत हेर्न सक्दैन। व्यक्तिले सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गरेपछि मात्रै, ऊ उहाँका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूमा समर्पित भएपछि मात्रै, र उसले साँचो मानव जीवनको खोजी गरेपछि मात्रै, क्रमिक रूपमा ऊ सबै हृदयको चोट र कष्टबाट स्वतन्त्र हुन, अनि जीवनको रिक्तताबाट मुक्त हुन थाल्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ३”)। परमेश्‍वरको वचन यति व्यावहारिक छ कि, हरेक वाक्यले मेरो हृदयको अन्तस्करणसँग बोल्छ। म परमेश्‍वरको वचनबाट परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ र हामी उहाँका सृष्टि हौं भन्ने बुझ्छु। प्रत्येक व्यक्तिको जीवन, परमेश्‍वरको नियन्त्रण र व्यवस्था अन्तर्गत, उहाँको हातमा हुन्छ। हामीले जीवनमा पाएका सबै कुरा परमेश्‍वरकै नियन्त्रणमा हुन्छन् र उहाँद्वारा पूर्वनिर्धारित हुन्छ। घरी यता, घरी उता हतारमा दौडधूप गर्नु पक्‍कै पनि एक निर्णायक तत्व होइन। परमेश्‍वरले हामीलाई जति दिनुहुन्छ हामी त्यति नै पाउँछौं। यदि परमेश्‍वरले हामीलाई केही दिनुभएन भने, हामीले जति नै काम गरे पनि त्यो व्यर्थै जानेछ। यो कुरा यी भनाइहरू जस्तै हो, “मानिसले बीउ छर्छ, तर फसल तय गर्ने स्वर्ग नै हो” र “मान्छेले योजना बनाउँछ तर परिणाम ईश्‍वरकै हातमा हुन्छ।” हामी हाम्रो जीवनमा सृष्टिकर्ताको नियम र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्छ। जीवनमा खुशीको रहस्य यही हो! मैले पैसा र पद सांसारिक सम्पत्ति हुन् भन्ने पनि महसुस गरें। आफैलाई ख्याति र प्राप्तिको खोजीमा समर्पण गरेर, अन्त्यमा रित्तोपन र पीडा मात्रै पाइन्छ। अन्ततः तपाईंलाई शैतानले निल्छ। म कसरी “दुःख नगरी सुख मिल्दैन,” भन्ने जस्तो शैतानिक दर्शन लिएर बाँचेकी थिएँ र पैसा र ख्यातिको पछि लागेकी थिएँ भन्ने बारेमा मैले फेरि सोचेँ। मैले मेरो जीवन सुखी हुनसक्छ, र अरूले मेरो बारेमा उच्च सोच राख्छन् र ईर्ष्या गर्छन् भन्ने सोचेको थिएँ, तर मैले यसको सट्टा पीडा र तीतोपना मात्र प्राप्त गर्नेछु भन्ने आशा गरेकै थिइन, ममा कुनै शान्ति वा खुशी थिएन। अब मैले परमेश्‍वरका वचनहरू पढेकी हुनाले, म परमेश्‍वरको इच्छा बुझ्छु। म अब आफ्नो नियतिसँग लड्न चाहन्न, र म वास्तवमै ख्याति र प्राप्तिको खोजी गर्न चाहन्न। अब मलाई चाहिएको जीवन त्यो होइन। मैले फरक जीवन शैली अपनाउने संकल्प गरें, र मैले मेरो बाँकी जीवनलाई परमेश्‍वरको हातमा उहाँले नै प्रबन्ध गरिदिनको लागि सुम्पन, परमेश्‍वरको आज्ञा पालन गर्ने प्रयास गर्न र मेरो कर्तव्य पालन गर्न मात्र चाहन्थें।

मेरो विश्‍वासको लागि अधिक समय निकाल्न र भेलाहरूमा सहभागी हुन मैले मेरो पुरानो काम छोडिदिएँ र एउटा नयाँ, सजिलो काम गरें। म काममा नभएको बेला प्रायजसो परमेश्‍वरको वचन पढ्छु, र म जति बढी पढ्छु मेरो हृदय त्यति नै उज्यालो हुन्छ। मैले मानिसको पापको स्रोतबारे पनि जानेकी छु, म परमेश्‍वरले कसरी चरणबद्ध रूपमा मानव मानिसहरूलाई मुक्ति दिनुहुन्छ, मानिस केको लागि जिउनुपर्छ र कसरी उसले अर्थपूर्ण जीवन जिउनुपर्छ भन्ने बुझ्छु। म दाजुभाइ-भाइबहिनीहरूसँग हाम्रो अनुभवहरू साटासाट गर्न र परमेश्‍वरका वचनहरूको भजन गाउन सिक्न बारम्‍बार भेला हुन्छु। मेरो जीवन अहिले धेरै खुसी छ। मैले पहिले जति कमाउथें त्यति कमाउँदिन, तर मैले पहिले कहिल्यै नपाएको शान्ति र स्थिरताको अनुभूति महसुस गर्दछु। अहिले यसलाई फर्केर हेर्दा, मैले दुर्भाग्य मार्फत आशिष्‌ पाएकी छु! यो साँच्चै मेरो लागि उहाँको मुक्ति हो।

अघिल्लो: धन-दासको जागरण

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

धन-दासको जागरण

By Xingwu, China म सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क...

Leave a Reply