किन परमेश्वरले आखिरी दिनहरूको न्यायको काम गर्न देहधारण गर्नुहुन्छ?
हामीले आखिरी दिनहरूमा परमेश्वरको न्यायको कामबारे पहिले नै केही पटक कुराकानी गरिसकेका छौँ। आज हामी कसले यो न्यायको काम गर्नुहुन्छ भनेर...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
प्रभुमा विश्वास गर्ने धेरै मानिस यस्तो सोच्छन्, “प्रभु येशूले हाम्रा पापहरू क्षमा गरिसक्नुभएको छ, अनि हामी विश्वासद्वारा धर्मी ठहरिएका छौँ। प्रभु हामीलाई पापरहित रूपमा हेर्नुहुन्छ, त्यसैले हामी किन सीधै स्वर्गको राज्यमा उठाइ लगिन सक्दैनौँ र?” अब यस प्रश्नबारे सङ्गति गरौँ। प्रभुमाथिको विश्वासद्वारा मानिसहरूका पापहरू क्षमा हुन्छन् भन्ने कुरा साँचो हो, तर पापहरू क्षमा भइसकेपछि पनि तिनीहरू किन बारम्बार पाप गर्छन्? किन तिनीहरूले जीवनभरि प्रभुमा विश्वास गरे तापनि आफ्नो पापी प्रकृतिको बन्धनबाट मुक्त हुन सक्दैनन्, र अझै पनि पापमा जिइरहेका हुन्छन् अनि आफूलाई त्यसबाट मुक्त गर्न सक्दैनन्? यसका साथै, आफ्ना पापहरू क्षमा भइसकेपछि पनि मानिसहरू किन अझै परमेश्वरलाई दोषी ठहराउन, परमेश्वरको प्रतिरोध गर्न, र परमेश्वरलाई धोका दिन सक्छन्? यहाँ समस्या के हो त? यहुदीहरू पाप गरेपछि होमबलिहरू चढाउँथे, अनि तिनीहरूका पापहरू क्षमा हुन्थे। त्यसोभए, सत्यता व्यक्त गर्नुहुने प्रभु येशूलाई तिनीहरूले किन क्रुसमा टाँग्न सके त? यो के प्रमाणित गर्न पर्याप्त छ भने, कुनै व्यक्तिको पाप क्षमा हुनुको अर्थ ऊ पापबाट मुक्त भएको छ भन्ने होइन, ऊ पवित्र पारिएको छ भन्ने त झनै होइन। किनभने कुनै व्यक्तिको पाप क्षमा भइसकेपछि पनि, ऊभित्रको पापी प्रकृति अझै रहिरहन्छ; अर्थात्, उसको पाप गर्ने प्रकृति अझै रहिरहन्छ। ऊ अझै पनि हरेक दिन पापमा जिउँछ, र पाप गर्ने अनि स्वीकार गर्ने, स्वीकार गर्ने अनि पाप गर्ने जीवन जिउँछ। बाइबलले भन्छ: “पवित्रताविना कुनै मानिसले प्रभुलाई देख्नेछैन” (हिब्रू १२:१४)। “त्यसकारण तिमीहरू पवित्र होओ, किनकि म पवित्र छु” (लेवी ११:४५)। त्यसोभए के यस्ता मानिसहरू परमेश्वरका प्रतिज्ञाहरू र आशिष्हरूको आनन्द लिन योग्य छन् त? के तिनीहरू स्वर्गको राज्यमा उठाइ लगिन योग्य छन् त? बिलकुलै छैनन्।
अनुग्रहको युगमा, प्रभु येशूले गर्नुभएको काम छुटकाराको काम मात्र थियो, यो मानवजातिका भ्रष्ट स्वभावहरूलाई शुद्ध गर्ने काम थिएन, मानवजातिलाई शैतानको प्रभावबाट पूर्ण रूपमा मुक्ति दिने काम त झनै थिएन भन्ने कुरा कसैले पनि स्पष्ट रूपमा देख्न सक्दैनथे। प्रभु येशूले मानवजातिको पापबलिका रूपमा मात्र काम गर्नुभयो। यदि मानिसहरू प्रभु येशूको नाममा प्रार्थना गर्थे, स्वीकार गर्थे र पश्चात्ताप गर्थे भने, तिनीहरूका पापहरू क्षमा हुन्थे र व्यवस्थाद्वारा तिनीहरू त्यस उप्रान्त दोषी ठहरिँदैनथे। हामीले अनुग्रहको युगमा प्रायजसो भन्ने गरेको “मुक्ति” को साँचो अर्थ यही हो। शुद्ध पारिनु र स्वर्गको राज्यमा प्रवेश गर्नुसँग यस मुक्तिको कुनै सरोकार छैन; ती दुई पूर्ण रूपमा फरक कुरा हुन् भनेर भन्न सकिन्छ। त्यसैले, तपाईँले प्रभु येशूको छुटकाराको काम स्वीकार गर्नुभएको छ भन्दैमा तपाईँ पूर्ण रूपमा मुक्ति पाएर स्वर्गको राज्यमा प्रवेश गर्नुहुनेछ भन्ने हुँदैन। मलाई भन्नुहोस् त, के प्रभु येशूले कहिल्यै पाप क्षमा भएका मानिसहरूले मुक्ति पाउँछन् र तिनीहरू स्वर्गको राज्यमा प्रवेश गर्न योग्य छन् भनी भन्नुभयो त? प्रभु येशूले कहिल्यै त्यस्तो कुरा भन्नुभएन, न त पवित्र आत्माले नै भन्नुभयो। तर प्रभु येशूले एउटा निकै महत्त्वपूर्ण कुरा भने भन्नुभएको थियो: “अझै पनि मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्दैनौ। तर, जब उहाँ, सत्यताका आत्मा, आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा मार्गदर्शन गर्नुहुनेछ” (यूहन्ना १६:१२-१३)। यी वचनहरूको अर्थ के हो त? यिनले हामीलाई प्रभुलाई स्वागत गर्ने सन्दर्भमा सबैभन्दा महत्त्वपूर्ण कुरा सत्यताको आत्मालाई स्वागत गर्नु हो भनी बताउँछन्। सत्यताको आत्मा को हुनुहुन्छ त? उहाँ परमेश्वर हुनुहुन्छ, जो सत्यता व्यक्त गर्न आउनुहुन्छ अनि जसले तपाईँहरूलाई सम्पूर्ण सत्यतामा मार्गदर्शन गर्नुहुनेछ। अहिले, तपाईँहरूका पापहरू मात्र क्षमा गरिएका छन्, अनि पवित्र पारिनुअघि तपाईँहरूमा परमेश्वरले कामको अर्को चरण गर्नु आवश्यक छ। सत्यता व्यक्त गर्न आउनुहुने परमेश्वरलाई तपाईँहरूले पर्खनैपर्छ—उहाँले परमेश्वरको घरानाबाट सुरु हुने न्यायको काम गर्नुहुनेछ। यस देहधारी परमेश्वरद्वारा व्यक्त गरिएका वचनहरू स्वीकार गरेर मात्र तपाईँहरू सम्पूर्ण सत्यतामा प्रवेश गर्न, शुद्ध पारिन, र शैतानको प्रभावबाट पूर्ण रूपमा मुक्त हुन सक्नुहुन्छ; त्यसपछि मात्र तपाईँहरू स्वर्गको राज्यमा प्रवेश गर्न योग्य हुनुहुनेछ। यस भविष्यवाणीमा, प्रभु येशूले यति मात्र भन्नुभयो: “जब उहाँ, सत्यताका आत्मा, आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा मार्गदर्शन गर्नुहुनेछ।” यसले के-कस्तो सन्देश दिन्छ त? यो कि, जब प्रभु फर्कनुहुन्छ, उहाँले न्यायको काम गर्न सत्यता व्यक्त गर्नुहुनेछ, अर्थात्, परमेश्वरको घरानाबाट सुरु हुने न्यायको काम गर्नुहुनेछ। ख्रीष्टको आसनसामु न्याय अनुभव गरेर मात्र तपाईँहरूले साँच्चै नै आफ्नो भ्रष्टताको वास्तविकता जान्न सक्नुहुन्छ र आफ्ना भ्रष्ट स्वभावहरूबाट शुद्ध पारिन सक्नुहुन्छ; त्यसपछि मात्र तपाईँहरू परमेश्वरप्रति साँचो समर्पणता हासिल गर्न र परमेश्वरको इच्छा पछ्याउन सक्नुहुन्छ। यसले प्रभु येशूका वचनहरू पूरा गर्छ: “तपाईंको सत्यताद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्: तपाईंको वचन सत्यता हो” (यूहन्ना १७:१७)। यसको अर्थ के हो भने, अनुग्रहको युगमा, मानिसहरूका पापहरू मात्र क्षमा भएका थिए। तिनीहरूले न त अझै सत्यता प्राप्त गरेका थिए, न त तिनीहरू पवित्र पारिएका थिए, अनि तिनीहरूलाई शुद्ध गर्न परमेश्वरले कामको अर्को चरण गर्न अझै बाँकी नै थियो। हेर्नुहोस् त, यी वचनहरूले स्वर्गको राज्यमा प्रवेश गर्ने कुराको रहस्य खोल्छन्। परमेश्वर मानवजातिलाई पूर्ण रूपमा मुक्ति दिन चाहनुहुन्छ, त्यसोभए उहाँ यो कसरी गर्नुहुन्छ त? उहाँ परमेश्वरको घरानाबाट सुरु हुने न्यायको काम गर्नुहुन्छ र हामीलाई सम्पूर्ण सत्यतामा मार्गदर्शन गर्नुहुन्छ, ताकि हामी आफ्ना भ्रष्ट स्वभावहरू फाल्न सकौँ र पूर्ण मुक्ति हासिल गर्न सकौँ। यदि परमेश्वर हामीलाई सम्पूर्ण सत्यतामा मार्गदर्शन गर्नुहुन्न भने, मानवजातिले पूर्ण मुक्ति हासिल गर्न सक्नेछैन, अनि तिनीहरू स्वर्गको राज्यमा प्रवेश गर्न योग्य हुनेछैनन्। त्यसैले, प्रभुले पापहरू क्षमा हुनु भनेको स्वर्गको राज्यमा प्रवेश गर्ने सर्त हो भनेर कहिल्यै भन्नुभएन। तपाईँका पापहरू क्षमा भएका भए तापनि, र तपाईँले प्रभुका लागि प्रचार गर्न र काम गर्न सके तापनि, अनि धेरै आश्चर्यकर्म गर्न सके तापनि, तपाईँ अझै पनि स्वर्गको राज्यमा प्रवेश गर्न योग्य हुनुहुन्न। त्यति मात्र होइन, प्रभु येशूले यसो पनि भन्नुहुनेछ: “मैले तिमीहरूलाई कहिल्यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२३)। यी सबै ती मानिस हुन् जो प्रभुको नाममा प्रचार र काम गर्छन्, बिरामीहरूलाई निको पार्छन्, भूतहरू धपाउँछन्, र धेरै आश्चर्यकर्म गर्छन्। प्रभु येशूले तिनीहरूलाई किन अझै पनि यसो भन्नुहुनेछ, “दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ”? यी वचनहरूको अर्थ के हो त? यिनको अर्थ के हो भने, यदि तपाईँ प्रभुको पुनरागमन स्वीकार गर्नुहुन्न, अनि तपाईँलाई सम्पूर्ण सत्यतामा मार्गदर्शन गर्ने सत्यताको आत्माको यो काम स्वीकार गर्नुहुन्न भने, तपाईँले प्रभु येशूको नाममा प्रचार र काम गरे पनि, बिरामीहरूलाई निको पारे पनि, भूतहरू धपाए पनि, र धेरै आश्चर्यकर्म गरे पनि, प्रभुको नजरमा तपाईँ दुष्कर्मी हुनुहुन्छ। प्रभुले तपाईँलाई कहिल्यै चिन्नुभएको छैन, अनि तपाईँ स्वर्गको राज्यमा प्रवेश गर्न योग्य हुनुहुन्न! प्रभु येशूका वचनहरूको अर्थ यही हो। तपाईँले प्रभुमा कति वर्ष विश्वास गर्नुभएको छ भन्ने कुराले फरक पार्दैन—यदि तपाईँ आखिरी दिनहरूमा परमेश्वरले व्यक्त गर्नुभएका सबै सत्यता स्वीकार गर्नुहुन्न भने, परमेश्वरको नजरमा तपाईँ दुष्कर्मी हुनुहुन्छ—तपाईँलाई हटाइनैपर्छ, र तपाईँ प्रकोपमा पर्नैपर्छ। प्रभु येशूले भन्नुभयो: “ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ” (मत्ती ७:२१)। यसको अर्थ के हो त? यसको अर्थ के हो भने, परमेश्वरको इच्छा पछ्याउने मानिसहरू तिनीहरू मात्र हुन्, जो प्रभुको पुनरागमनलाई स्वागत गर्न, सत्यताको आत्मालाई स्वागत गर्न, सम्पूर्ण सत्यतामा प्रवेश गर्न, परमेश्वरको न्याय र सजाय स्वीकारेर शुद्ध पारिन सक्छन्, अनि आफ्नो मिसन पूरा गर्न र एउटा सृजित प्राणीको कर्तव्य राम्ररी निर्वाह गर्न सक्छन्। यी मानिसहरू मात्र अन्ततः स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन्।
सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “जब येशू मानिसको संसारमा आउनुभयो, उहाँले अनुग्रहको युग ल्याउनुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। आखिरी दिनहरूको दौरान, परमेश्वर फेरि देह बन्नुभएको छ, र यो देहधारणमार्फत उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो र राज्यको युग ल्याउनुभयो। परमेश्वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्ने सबैलाई राज्यको युगमा डोऱ्याइनेछ र अझ भन्नुपर्दा, तिनीहरू व्यक्तिगत रूपमा परमेश्वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्। येशू मानिसमाझ आउनुभए पनि र उहाँले धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिलाई छुटकारा दिने काम मात्र पूरा गर्नुभयो र मानिसको पापबलिका रूपमा सेवा गर्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्ति दिनका निम्ति येशूले पापबलि बनेर मानिसका पापहरू बोक्नु मात्र आवश्यक थिएन, तर परमेश्वरले शैतानद्वारा भ्रष्ट तुल्याइएको मानिसको स्वभाव पूर्ण रूपमा हटाउने अझ ठूलो काम गर्नु पनि आवश्यक थियो। र यसैले, मानिसलाई उसका पापहरूबाट क्षमा गरिएपछि, मानिसलाई नयाँ युगमा डोऱ्याउन परमेश्वर देहमा फर्केर आउनुभयो, र सजाय अनि न्यायको काम सुरु गर्नुभयो। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा समर्पित हुने सबैले अझ उच्च सत्यताको आनन्द उठाउनेछन् र अझ ठूला आशिष्हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, मार्ग र जीवन प्राप्त गर्नेछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना)।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
हामीले आखिरी दिनहरूमा परमेश्वरको न्यायको कामबारे पहिले नै केही पटक कुराकानी गरिसकेका छौँ। आज हामी कसले यो न्यायको काम गर्नुहुन्छ भनेर...
२,००० वर्ष पहिले, प्रभु येशूलाई क्रूसमा टाँगिएपछि र उहाँले आफ्नो छुटकाराको काम पूरा गर्नुभएपछि, उहाँले फेरि आउनेछु भनेर प्रतिज्ञा...
आखिरी दिनहरूमा, देहधारी सर्वशक्तिमान् परमेश्वर काम गर्न र धेरै सत्यताहरू व्यक्त गर्न देखा पर्नुभएको छ। यी सत्यताहरूलाई इन्टरनेटमा राखिएका...
धेरै विश्वासीहरु २ तिमोथीमा पावलका शब्दहरू पढ्छन्: “सम्पूर्ण धर्मशास्त्र परमेश्वरको प्रेरणाद्वारा दिइएको हो” (२ तिमोथी ३:१६) र तिनीहरू...