मेरो छोरोको मृत्युपछि

25 फेब्रुअरी 2023

सन् २०१४ को एक दिन, मेरी छोरीले मलाई अनपेक्षित रूपमा फोन गरी र मेरो छोरालाई माछा मार्दा बिजुलीको झट्का लागेछ भनेर बताई। ठ्याक्कै के भएको हो भनेर ऊ पक्का थिइन, तर उसले मलाई तयार रहनू भनी। यो खबर सुनेर, म पलङमा थचक्क बसेँ, मलाई भाउन्न छुट्यो। परिवार धान्ने नै मेरो छोरा थियो। उसलाई केही भयो भने, हामीले कसरी गुजारा चलाउने? मलाई अलिक ठीक भएपछि, मैले सोचेँ, यत्तिका धेरै वर्षदेखि म विश्‍वासी भएकी छु र मैले सधैँ कर्तव्य निर्वाह गरेकी छु, त्यसैले परमेश्‍वरले उसको रक्षा गर्नुहुनेछ। उसलाई केही हुनेछैन। म लर्खराउँदै उठेँ, र कसैलाई दुर्घटना भएको ठाउँमा पुऱ्याइमागेँ। त्यहाँ पुग्दा, फोरेन्सिक डाक्टरले मेरो छोरोको अटोप्सी गर्दै गरेको मैलै देखेँ। म अक्क न बक्क भएँ, आँखाअघाडिको दृश्य मलाई विश्‍वासै लागेन, र हिँड्ने शक्ति नै हरायो। कसैले मलाई अँगालो हालेर छोराको शरीर भएको ठाउँमा बिस्तारै-बिस्तारै गर्दै लगे। उसको मृत शरीर देखेर, घोप्टिएर रुनुबाहेक अरू केही गर्न सकिनँ। मेरो सानो नाति चार महिनाको मात्र थियो। मेरा श्रीमन् र मलाई बुढेसकालले छुँदैथियो। छोराबिना हामीले कसरी गुजारा चलाउने? मलाई यस्तो हालतमा देखेर, मेरी छोरीले बिस्तारै भनी, “आमा, ऊ त अब रहेन, तर तपाईंको लागि म त छु नि, र तपाईंसित अझै पनि परमेश्‍वर त हुनुहुन्छ नि!” “तपाईंसित अझै पनि परमेश्‍वर त हुनुहुन्छ नि” भन्ने उसका शब्दहरूले मलाई मेरो शोकबाट ब्युँझाए। त्यो साँचो थियो। परमेश्‍वर मेरा सहारा हुनुहुन्छ—उहाँलाई म कसरी भुल्न सक्छु र? मैले आफ्नो दुःखलाई पन्छाएँ, आँशु पुछेँ र आवश्यक चाँजोपाँजो मिलाउनतिर लागेँ।

घर आएपछि, मेरो छोराको अनुहार झलझली सम्झेर आँशुले गह भरियो। म असाध्यै पीडामा थिएँ। साथीसँगी, आफन्त र छरछिमेकीहरूले शुष्क मुस्कुराएर घोचपेच गर्दै भने, “खोइ, तिमी त परमेश्‍वरमा विश्‍वास गर्छौ होइन, तैपनि तिम्रो छोरा बिजुलीको करेन्ट लागेर मऱ्यो त? तिम्रो विश्‍वासको बाबजुद परमेश्‍वरले तिम्रो छोरालाई रक्षा गर्नुभएन!” पछि मेरी छोरीले पनि मेरो आलोचना गरी, उसले भनी, “तपाईं विश्‍वासी भएर पनि मेरो भाइ किन मऱ्यो? किन परमेश्‍वरले उसको रक्षा गर्नुभएन?” यो कुरा सुनेर साँच्चै मेरो घाउमा नुनचूक पऱ्यो। उनीहरूको गिल्ला मैले सहन सकिनँ—मैले परमेश्‍वरप्रति धारणा र गलत बुझाइ राख्न थालेँ। मैले प्रभुमा विश्‍वास गरेको अवधिमा कसरी आफूलाई खर्चिरहेकी थिएँ भनेर सोचेँ। कहिलेकहीँ, म अन्य विश्‍वासीहरूलाई सहयोग गर्न धेरै माइल साइकल चढेर जान्थेँ, अनि गर्मी याम होस् वा जाडो याम, पानी पर्दा होस् वा हुरीबतास चल्दा, मैले कहिल्यै ढिलाइ गरिनँ। मैले परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेपछि, आफ्नो कर्तव्य निर्वाह गर्न झन् धेरै त्याग गरेँ, र सुसमाचार प्रचार गर्ने र नयाँ विश्‍वासीहरूलाई मलजल हाल्ने काममा जोशका साथ भाग लिएँ। ठूलो रातो अजिङ्गरले मलाई दमन गर्दा र मेरो घर खोतलखातल गरेर बरबाद पार्दासमेत मैले परमेश्‍वरलाई पछ्याइरहेँ। मैले सब थोक दिएपछि पनि, किन परमेश्‍वरले मेरो परिवारको रक्षा गर्नुभएन? त्यो घटना किन भयो? मलाई झन् झन् धेरै अन्याय भएको महसुस भइरहेको थियो, र मैले रुवाइ रोक्न सकिनँ। केही दिनसम्म म अत्यन्तै विक्षिप्त बनेँ। मलाई परमेश्‍वरका वचनहरू पढ्न वा प्रार्थना गर्न मन लागेन, तर मैले हरेक दिन अँध्यारो हृदय लिएर जसोतसो गुजारेँ। मलाई आफू खतरनाक अवस्थामा रहेछु भन्ने महसुस भएर, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, यसो भनेँ, “हे परमेश्‍वर, म मेरो छोराको मृत्युलाई भुल्न सक्दनँ। मैले तपाईंलाई गलत ठानिरहेकी छु र दोष दिइरहेकी छु। हे परमेश्‍वर, अहिले म एकदमै नकारात्मक र कमजोर भएकी छु। बिन्ती छ, मलाई बचाउनुहोस्, मलाई तपाईंको इच्छा बुझ्न र मेरो यो गलत अवस्थाबाट निस्कन मदत गर्नुहोस्।”

प्रार्थना गरिसकेपछि मैले यो कुरा परमेश्‍वरका वचनहरूमा पढेँ: “यदि परमेश्‍वरलाई पछ्याउनेहरू मुक्ति पाउन र परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन चाहन्छन् भने, तिनीहरू सबैले शैतानबाट आउने ठूला र साना दुवै किसिमका परीक्षा र आक्रमणहरूको सामना गर्नुपर्छ। जो यी परीक्षा र आक्रमणहरू पार गरी बाहिर निस्कन्छन् र शैतानलाई पूर्ण रूपले पराजित गर्न सक्षम हुन्छन्, तिनीहरू नै परमेश्‍वरबाट मुक्ति पाउनेहरू हुन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २)। “मुक्ति नपाएका मानिसहरू शैतानका कैदीहरू हुन्, तिनीहरूसँग स्वतन्त्रता हुँदैन, तिनीहरूलाई शैतानले त्यागेको हुँदैन, तिनीहरू परमेश्‍वरको आराधना गर्न योग्य वा हकदार हुँदैनन्, र तिनीहरूलाई शैतानले नजिकबाट खेदो र भयानक आक्रमण गरेको हुन्छ। त्यस्ता मानिसहरूसँग बताउन सकिने कुनै खुसी हुँदैन, तिनीहरूसँग बताउन सकिने सामान्य अस्तित्वको कुनै अधिकार हुँदैन, र यसबाहेक तिनीहरूसँग बताउन सकिने कुनै मर्यादा हुँदैन। यदि तँ खडा भएर परमेश्‍वरप्रतिको आफ्नो विश्‍वास र उहाँप्रतिको आज्ञापालन र भयलाई जीवन र मृत्युको लडाइँ लड्ने हतियारको रूपमा प्रयोग गर्दै शैतानसित युद्ध गरिस् भने मात्र तैँल शैतानलाई पूर्ण रूपमा पराजित गर्नेछस्, र त्यसलाई पिठिउँ फर्काएर भाग्‍ने र तँलाई देख्दा डरछेरुवा बन्‍ने तुल्याउन सक्छस्, ताकि त्यसले तेरो विरुद्धका आक्रमण र आरोपहरूलाई पूर्ण रूपमा त्यागोस्—तब मात्र तैंले मुक्ति र स्वतन्त्रता पाउँछस्। यदि तँ शैतानबाट पूर्ण रूपमा अलग हुन चाहन्छस् तर शैतानलाई पराजित गर्न मदत गर्ने हातहतियारहरूद्वारा सुसज्‍जित छैनस् भने तँ अझै पनि खतरामै छस्; समय बित्दै जाँदा, जब तँ शैतानद्वारा अत्यन्‍तै धेरै सताइएर तँमा अलिकति पनि शक्ति बाँकी रहँदैन, जब तँ अझै पनि गवाही दिन असमर्थ रहन्छस्, जब तैँले अझै पनि आफूलाई आफूविरुद्धका शैतानका आरोप र आक्रमणहरूबाट पूर्ण रूपमा स्वतन्त्र तुल्याएको हुँदैनस्, तब तँमा मुक्ति पाउने आशा निकै थोरै हुनेछ। आखिरीमा, जब परमेश्‍वरको कामको समाप्तिको घोषणा गरिनेछ, आफैलाई स्वतन्त्र पार्न नसक्‍ने गरी तँ अझै पनि शैतानको पकडमै हुनेछस्, र यसरी तँसँग कहिल्यै पनि मौका वा आशा हुनेछैन। अनि, यसको तात्पर्य भनेको, त्यस्ता मानिसहरू पूर्ण रूपमा शैतानको कैदमा परेका हुनेछन् भन्‍ने हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २)। परमेश्‍वरका वचनहरूबाट मैले मेरो छोराको मृत्यु मेरो लागि परीक्षा थियो भनेर बुझेँ। मैले यसबाट पार पाउन र परमेश्‍वरको लागि गवाहीको रूपमा खडा हुन आफ्नो विश्‍वासमा भर पर्नुपर्थ्यो, नकारात्मक र कमजोर हुनु हुँदैनथियो, परमेश्‍वरमा विश्‍वास गुमाउनु हुँदैनथियो, अनि उहाँलाई गलत ठान्नु र दोष दिनु हुँदैनथियो। शैतानले अय्यूबलाई परीक्षा लिँदाको घटनाबारे सोचेँ। उनका वस्तुभाउको बथान र सबै सम्पत्ति लुटेरोहरूले लगे, दशै जना छोराछोरी मरे, र उनलाई पनि शरीरभरि घाउ आयो। तर अय्यूबले परमेश्‍वरको नाउँलाई इन्कार गर्नु र उहाँलाई दोष लगाउनुभन्दा बरु आफू जन्मेको दिनलाई सराप्नु उचित ठाने। उनले भने, “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। अय्युबले परमेश्‍वरको लागि सुन्दर, शानदार गवाही दिए र शैतानलाई लज्जित तुल्याए। तर मेरे सन्दर्भमा भन्नुपर्दा, मैले केवल आफ्नो छोरालाई गुमाउँदा परमेश्‍वरलाई गलत ठानिरहेकी र दोष दिइरहेकी थिएँ। म त अलिकति पनि अय्यूबको दाँजोमा आउन सक्दिनथिएँ—म एकदमै लज्जित भएँ। अय्यूबलाई कसरी, कहिले परीक्षा गरिएको थियो भनेर पनि मैले सोचेँ, उनकी पत्नीले उनलाई परमेश्‍वरलाई त्यागेर मर्नू भनिन्। यसो हेर्दा उनकी पत्नीले उनलाई निन्दा गरिरहेकी थिइन् जस्तो देखिन्थ्यो, तर पर्दापछाडि रहेर उनको परीक्षा गर्ने त शैतान थियो। के मेरा साथीसँगी, आफ्न्त र छोरीले शैतानको भूमिका निभाइरहेका थिएनन् र? शैतानले मलाई परीक्षा गर्न र आक्रमण गर्न मेरा वरिपरिका व्यक्तिहरूको खिसीटिउरीलाई प्रयोग गरिरहेको थियो, ताकि मैले परमेश्‍वरलाई धोका दिऊँ। म नकारात्मक भएर, परमेश्‍वरलाई गलत ठान्दै र दोष लगाउँदै जिइरहेँ भने, म शैतानको चालमा फस्नेथिएँ अनि म बारम्बार त्यसको हाँसोको पात्र बन्नेथिएँ। त्यसपछि मैले के महसुस गरेँ भने, शैतानले मलाई त्यो परीक्षाभरि हेरिरहेको थियो, अनि परमेश्‍वरले चाहिँ म उहाँको लागि गवाहीको रूपमा खडा हुनेछु र शैतानलाई लज्जित तुल्याउनेछु भन्ने आशा गरिरहनुभएको थियो। यत्तिका वर्ष विश्‍वासमा भएको दौडान, मैले परमेश्‍वरका वचनहरूबाट एकदमै धेरै पोषण प्राप्त गरेकी छु भनेर मलाई थाहा थियो, र अहिले यो मेरो लागि परमेश्‍वरको गवाही दिने समय थियो, मैले उहाँलाई गलत ठान्न र दोष लगाउन छोड्नुपर्थ्यो, अनि शैतानलाई हाँस्न दिनु हुँदैनथ्यो। मैले गवाहीको रूपमा खडा हुनुपर्थ्यो र शैतानलाई लज्जित तुल्याउनुपर्थ्यो! यसो गर्दा, मलाई पहिलाका जस्तो दयनीय र असाहय महसुस भएन। मेरो विश्‍वास बढ्यो अनि म परमेश्‍वरमा भरोसा गर्न र त्यो परिस्थिति पार गर्न तयार भएँ।

म त्यो परिस्थिति सामना गर्दा किन यत्ति बिघ्न नकारात्मक भएँ र गुनासोले भरिएँ भनेर पछि मैले सोचेँ। त्यसपछि एक दिन, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ। “परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ कुनै पनि चुनौती वा संकष्टहरू, वा थोरै पनि कष्ट नआओस् भन्‍ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरूको खोजी गर्छस् जुन व्यर्थ छन्, र तैँले जीवनलाई कुनै मूल्यको ठान्दैनस्, बरु सत्यताको सट्टा आफ्‍नै अनावश्यक विचारहरूलाई अघि राख्छस्। तँ कति बेकामे छस्! … तैँले खोजी गर्ने कुरा भनेको परमेश्‍वरमा विश्‍वास गरिसकेपछि शान्ति प्राप्त गर्न सक्षम हुनु, तेरा छोराछोरी रोग-बिमारबाट मुक्त हुनु, तेरो श्रीमानले राम्रो जागिर पाउनु, तेरो छोराले असल श्रीमती पाउनु, तेरो छोरीले योग्य श्रीमान पाउनु, तेरो गोरु र घोडाले राम्ररी खेत जोत्‍नु, तेरो बालीको लागि वर्षभरि राम्रो मौसम हुनु हो। तैँले खोजी गर्ने कुरा यही हो। तेरो खोजी भनेको केवल आराममा जिउनु, र तेरो परिवारमा कुनै दुर्घटना नघटोस्, तँबाट भएर बतास चलोस्, तेरो अनुहार धूलोले नछुओस्, तेरो परिवारको अन्‍न-बाली बाढीले नबगाओस्, तँलाई कुनै पनि विपत्तिले असर नपारोस्, परमेश्‍वरको अङ्गालोमा बस्‍न पाइयोस्, आरामदायी निवासमा बस्‍न पाइयोस् भन्‍ने हो। सधैँ देहको खोजी गर्ने तँजस्तो कायरमा—के तँमा हृदय छ, के तँसँग आत्मा छ? के तँ वनपशु होइनस् र? सट्टामा केही पनि नमागी नै म तँलाई साँचो मार्ग दिन्छु, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्? … तेरो जीवन तिरस्कारयोग्य र नीच छ, तँ फोहोर र दुराचारमाझ जिउँछस्, र तैँले कुनै पनि लक्ष्यहरूको खोजी गर्दैनस्; के तेरो जीवन सबैभन्दा नीच छैन र? के परमेश्‍वरलाई हेर्ने आँट तँसँग छ? तैँले यस्तै अनुभव गरिरहिस् भने, के तैँले केही प्राप्त गर्नेछस् र? साँचो मार्ग तँलाई दिइएको छ, तर तैँले यसलाई प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो आफ्‍नै व्यक्तिगत खोजीमा निर्भर हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। मैले परमेश्‍वरका वचनहरूबाट के बुझेँ भने, मैले विश्‍वासमा गलत दृष्टिकोण राखेकीले गर्दा आफ्नो छोराको मृत्युपछि परमेश्‍वरलाई गलत ठानेकी र दोष दिएकी रहेछु। मैले विश्‍वास प्राप्त गरेदेखि आशिषित हुने मनसाय पालेकी थिएँ, एक व्यक्तिको विश्‍वासले सम्पूर्ण परिवारले आशिष् पाउनुपर्छ भन्ने सोचेँ। परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेपछि पनि मैले त्यसरी नै सोचेँ, मैले आफूलाई परमेश्‍वरको लागि खर्चिएँ, कष्ट भोगेँ र मूल्य चुकाएँ भने, परमेश्‍वरले अवश्यै मलाई आशिष् दिनुहुन्छ, मेरो परिवारको रक्षा गर्नुहुन्छ र उनीहरूलाई सुरक्षित र स्वस्थ राख्नुहुन्छ भन्ठानेँ। त्यसैकारण, मण्डलीले मेरो लागि जे कर्तव्य प्रबन्ध गरे पनि, मैले स्वीकार गरेँ र त्यो जति नै गाह्रो भए पनि अघाडि बढ्ने कोसिस गर्दै, जति नै कष्ट पनि खुसीसाथ स्विकार्दै त्यो कर्तव्य सक्रियपूर्वक निर्वाह गरेँ। मलाई साथीसँगी र परिवारले बदख्वाइँ र इन्कार गरे पनि अनि सरकारले दमन गरे पनि, मैले कहिल्यै पछि नहटी कर्तव्य निर्वाह गरिरहेँ। तर मेरो छोरा अनपेक्षित रूपमा बिजुलीको करेन्ट लागेर बित्दा, म हरेक दिन दयनीय अवस्थामा जिइरहेकी थिएँ, ममा प्रार्थना गर्ने र परमेश्‍वरका वचनहरू पढ्ने चाहना नै थिएन। मसित पहिलाको जस्तो पछि लाग्ने चाहना रहेन, अनि मैले आफ्नो पहिलाका प्रयासलाई पूँजीको रूपमा प्रयोग गर्दै परमेश्‍वरसित तर्क गर्ने प्रयाससमेत गरेँ। मैले गरेका सबै त्यागहरूलाई विचार नगरेकोमा, मेरो छोराको रक्षा नगरेकोमा परमेश्‍वरलाई दोष दिएँ। त्यो परिस्थितिले प्रकट नगरिञ्जेल मैले आफ्नो साँचो कदलाई बुझिनँ। म पहिले सधैँ के सोच्ने गर्थें भने, परमेश्‍वरको लागि त्यागहरू गर्न, कष्ट भोग्न र मूल्य चुकाउन सक्छु, ताकि उहाँप्रति समर्पित र आज्ञाकारी बनूँ, र अन्त्यमा उहाँले अवश्यै मलाई मुक्ति दिऊन्। तर मेरो छोराको मृत्युले मेरो साँचो कदलाई प्रकट गरिदियो र त्यसपछि मैले मेरा प्रयासमा अति धेरै मनसाय र मिसावटहरू रहेको देखेँ। ती सबै अनुग्रह र आशिष पाउनका लागि थिए, अनि मेरा ती लक्ष्य र आशा चकनाचूर हुँदा, प्रयास गर्ने वा आफ्नो कर्तव्य गर्ने अलिकति पनि इच्छा ममा रहेन। यसले मलाई के देखायो भने, यत्तिका वर्ष गरेका ती सबै कडा परिश्रम केवल आशिष पाउन, परमेश्‍वरसँग लेनदेन गर्नका लागि थिए, उहाँलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य गर्नका लागि थिएनन्। मैले परमेश्‍वरलाई प्रयोग गरिरहेकी, उहाँलाई छल गरिरहेकी थिएँ। यो त विश्‍वासप्रति असाध्यै नीच, कुरूप दृष्टिकोण थियो। त्यो देख्दा, मलाई आफू परमेश्‍वरप्रति असाध्यै ऋणी भएकी महसुस भयो र मैले आफूलाई यत्तिका वर्षसम्म विश्‍वासी भएर पनि सत्यता नपछ्याएको वा परमेश्‍वरको लागि गवाहीको रूपमा खडा नभएकोमा घृणा गरेँ। मैले परमेश्‍वरसामु घुँडा टेकेर रुँदै प्रार्थना गरेँ, “हे परमेश्‍वर, म अहिले केही समयदेखि नकारात्मक स्थितिमा जिइरहेकी छु, तपाईंलाई गलत ठानिरहेकी र दोष दिइरहेकी छु। त्यो तपाईंको लागि दुखदायी र निराशाजनक कुरा हो! हे परमेश्‍वर, म पश्चात्ताप गर्न चाहन्छु!”

त्यसपछि एक दिन, मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “हरेकको एउटा सुहाउँदो गन्तव्य छ। यी गन्तव्यहरू हरेकको सारअनुसार निर्धारण गरिन्छ र यसको अरू मानिसहरूसँग कुनै सरोकार छैन। एउटा बालक दुष्ट आचरण उनीहरूको आमाबुबामा सार्न सकिँदैन, न त एउटा बालकको धार्मिकतालाई उनीहरूको आमाबुबासँग बाँड्न नै सकिन्छ, एउटा आमाबुबाको दुष्ट आचरण उनीहरूको छोराछोरीहरूमा सार्न सकिँदैन न त एउटा आमाबुबाको धार्मिकतालाई उनीहरूको छोराछोरीहरूसँग बाँड्न नै सकिन्छ। हरेकले आ-आफ्नै पापहरू बहन गर्छन्, र हरेकले आ-आफ्नो आशिष्‌ उपभोग गर्छन्। कोही पनि अर्को व्यक्तिको प्रतिस्थापन हुन सक्दैन; यो धार्मिकता हो। मानिसको दृष्टिकोणबाट, यदि आमाबुबाले आशिष्‌ प्राप्त गर्छन् भने, उनीहरूका छोराछोरीहरूले पनि आशिष्‌ प्राप्त गर्न सक्‍नुपर्छ, र यदि उनीहरूका छोराछोरीहरूले खराबी गर्छन् भने, उनीहरूलाई आमाबुबाले ती पापहरूका निम्ति प्रायश्‍चित गर्नुपर्छ। यो मानवीय दृष्टिकोण हो र मानवको काम गर्ने शैली हो; यो परमेश्‍वरको दृष्टिकोण होइन। हरेकको परिणामलाई उनीहरूको आचरणबाट आउने सार बमोजिम निर्धारण गरिन्छ, र यसलाई सदैव उपयुक्त रूपमा निर्धारण गरिन्छ। कसैले अर्काको पापहरू बहन गर्न सक्दैन; यसको अतिरिक्त, कसैले पनि अर्काको सट्टामा दण्ड पाउन सक्दैन। यो पक्का हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। परमेश्‍वरका वचनहरूलाई मनन गर्दा, सबैको गन्तव्य उनीहरूको सारअनुसार, अनि उनीहरूले असल काम गर्छन् वा खराब काम गर्छन् त्यसको आधारमा निर्धारित हुन्छ, र यो अरूसँग सम्बन्धित हुँदैन भन्ने मैले बुझेँ। मैले आफ्नो विश्‍वास र कर्तव्यमा, जति कष्ट भोगे पनि वा मूल्य चुकाए पनि, मैले केवल आफ्नो कर्तव्य गरिरहेकी थिएँ, सृष्टि गरिएको प्राणीका जिम्मेवारी, दायित्व पूरा गरिरहेकी थिएँ। त्यसको मेरो छोराको भाग्य वा परिणामसित कुनै सम्बन्ध थिएन, अनि मेरो परीक्षा र प्रयासको परिणामबाट उसलाई लाभ प्राप्त हुनेथिएन। एक व्यक्तिको विश्‍वासबाट सम्पूर्ण परिवारले आशिष् पाउने कुरा अनुग्रहको युगको कुरा हो, तर अहिले आखिरी दिनहरूमा, प्रत्येकलाई आ-आफ्नो प्रकारअनुसार छुट्याइएको छ। परमेश्‍वरले प्रत्येक व्यक्तिको परिणाम उनीहरूको कार्यप्रस्तुतिअनुसार निर्धारण गर्नुहुन्छ। मैले आफ्नो कर्तव्यको लागि केही प्रयास गरेकी हुनाले परमेश्‍वरले मेरो छोराको रक्षा गर्नुपर्छ भनेर सोचेँ। तर त्यो निरर्थक दृष्टिकोण थियो, सत्यताअनुरूप थिएन। परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, अनि सबै थोकका भाग्य र सबै जनाको जीवनको गन्तव्य उहाँकै हातमा छन्। मेरो छोरा कति वर्ष जिउनेछ भनेर धेरैअघि नै परमेश्‍वरले निर्धारण गर्नुभएको थियो। उसको मृत्यु हुनु परमेश्‍वरले उसका लागि तोक्नुभएको जीवनकालको अन्त्य थियो, र त्यसलाई कसैले परिवर्तन गर्न सक्दैनथियो। उनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि वा नगरे पनि, सबै जना उहाँका हातका सृष्टि गरिएका प्राणी हुन्। उहाँसँग एक-एक प्राणीका लागि उचित बन्दोबस्तहरू गर्ने शक्ति छ, अनि उहाँले जेसुकै योजनाबद्ध कार्य र बन्दोबस्तहरू गर्नुभए पनि, उहाँ धर्मी हुनुहुन्छ। म उहाँको शासनप्रति समर्पित हुनुपर्छ। यस बुझाइले तुरुन्तै मेरो हृदय उज्यालो भयो, अनि मलाई त्यति दयनीय महसुस भएन। मेरो स्थिति बिस्तारै सुध्रियो अनि मैले प्रार्थना गरेँ र हरेक दिन परमेश्‍वरका वचनहरू पढेँ। कहिलेकाहीँ, म आफ्नो आवस्थाबारे दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्थें अनि उप्रान्त मेरो छोराको मृत्युले मलाई त्यति असर गरेन।

त्यो नोभेम्बर, म मण्डली अगुवा बनेँ। म परमेश्‍वरप्रति अत्यन्तै कृतज्ञ भएँ, र म त्यस जिम्मेवारीमा लागिपरेँ। चाँडै नै, मेरो छोराको मृत्युको क्षतिपूर्ति दिइयो, तर म तीनछक परेँ, ती सबै मेरी बुहारीले लिन चाहिन्। मेरो छोराले आफ्नो जीवनकालमा बचत गरेका सबै पैसा र उसका सबै बहुमूल्य वस्तुसमेत मेरी बुहारीले खुसुक्क लिइन्। साथै, उनले आफ्नो छोरालाई लिएर सुइँकुच्चा ठोकिन्। मसित उनीहरूको रित्तो कोठा हेर्नुबाहेक केही रहेन र ऊ जीवित छँदाको सम्झना मात्र रह्यो। पहिला, हामी परिवार हाँसीखुसी एकसाथ रहन्थ्यौँ, तर अहिले जीवन र सम्पत्ति दुवै गुमेको थियो। मैले अमिलो आँशुको भेल रोक्नै सकिनँ। मेरो छोरा गुम्यो, र उसकी पत्नीले घर छोडेर गइन्। उनी सबै बहुमूल्य चीजबीज लिएर भागेकी पनि थिइन्। हाम्रो परिवा टुट्यो र बेसाहार भयो—मसित केही थिएन। म यत्तिका धेरै वर्षदेखि विश्‍वासी थिएँ, कुनै पनि परिस्थितिमा र सबै परिस्थितिमा आफ्नो कर्तव्य निर्वाह गरेँ, अनि अगुवा बनेदेखि मैले हरेक दिन मण्डलीमा व्यस्त भएर काम गरिरहेकी थिएँ। म जुनै कठिनाइ जति नै ठूलो भए पनि त्यसबाट भागिनँ। म सच्चा विश्‍वासी थिएँ र मैले परमेश्‍वरको लागि साँचो प्रयास गरेँ। मेरी बुहारीले मलाई गरेको व्यवहारबारे किन परमेश्‍वरले केही गर्नुभएन? मलाई झन् झन् धेरै अन्याय भएको, उदासी र पीडा महसुस भइरहेको थियो।

एक दिन, म रोइरहेकी र दुःखी भइरहेकी बेला मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झेँ। “जाँचहरूबाट भएर जाँदा मानिसहरू कमजोर हुनु वा उनीहरूभित्र नकारात्मकता हुनु वा परमेश्‍वरको इच्छा वा तिनीहरूका अभ्यासको मार्गबारे स्पष्ट नहुनु सामान्य कुरा हो। तर कुनै पनि अवस्थामा परमेश्‍वरको कामप्रति तँमा विश्‍वास हुनुपर्छ, अनि जसरी अय्यूबले परमेश्‍वरलाई इन्कार गरेनन्, तैँले पनि त्यसो गर्नु हुँदैन। अय्यूब कमजोर थिए र तिनले आफू जन्मेको दिनलाई धिक्कारे पनि, तिनले मानव जीवनमा सबै थोकहरू यहोवाले नै दिनुहुन्छ र उहाँले नै सबै थोक लैजानुहुन्छ भन्‍ने कुरालाई इन्कार गरेनन्। तिनलाई जसरी जाँचिएको भए पनि तिनले यो विश्‍वास थामेर राखे। तेरो अनुभवमा तँ परमेश्‍वरको वचनद्वारा जस्तै शोधनबाट भएर जानु परे पनि, संक्षेपमा, परमेश्‍वरले मानव जातिबाट चाहनुभएको कुरा भनेको तिनीहरूका विश्‍वास र उहाँको निम्ति तिनीहरूको प्रेम नै हो। यस्तो प्रकारले काम गरेर उहाँले मानिसहरूको विश्‍वास, प्रेम र आकांक्षाहरूलाई सिद्ध पार्नुहुन्छ। परमेश्‍वरले मानिसहरूमा सिद्ध पार्ने काम गर्नुहुन्छ, र तिनीहरूले त्यो देख्न सक्दैनन्, त्यो अनुभव गर्न सक्दैनन्; त्यस्तो परिस्थितिहरूमा, तेरो विश्‍वासको आवश्यकता हुन्छ। मानिसहरूको विश्‍वास त्यत्ति बेला चाहिन्छ जब कुनै कुरा मानिसको नाङ्गो आँखाले देख्न सकिँदैन, तेरो विश्‍वास त्यसबेला चाहिन्छ, जब तँ आफ्ना धारणाहरूलाई त्याग्न सक्दैनस्। जब परमेश्‍वरको कामको विषयमा तँमा स्पष्टता हुँदैन, त्यसबेला तँबाट चाहिने कुरा भनेको तैँले विश्‍वास गर्नुपर्छ र तैँले दह्रो धारणा लिएर र साक्षी बनेर खडा हुनुपर्छ भन्‍ने हो। जब अय्यूब यो स्थितिमा पुगे परमेश्‍वर तिनीकहाँ देखा पर्नुभयो र तिनीसँग बोल्नुभयो। अर्थात्, तँ भित्रको विश्‍वासले मात्र तैँले परमेश्‍वरलाई देख्न सक्छस्, अनि जब तँमा विश्‍वास हुन्छ परमेश्‍वरले तँलाई सिद्ध बनाउनुहुन्छ। विश्‍वासविना उहाँले यो गर्न सक्नुहुन्न(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ)। यसबारे बारम्बार सोच्दा मैले के बुझेँ भने, परमेश्‍वरले हाम्रो विश्‍वास र प्रेमलाई कठिनाइमार्फत सिद्ध पार्नुहुन्छ। हामीले जे सामना गरे पनि, जुनै प्रकारको पीडा र कठिनाइ भोगे पनि, हामी त्यसलाई पार गर्न र परमेश्‍वरको लागि गवाहीको रूपमा खडा हुन आफ्नो विश्‍वासमा भर पर्नेछौँ भनेर उहाँ आशा गर्नुहुन्छ। अय्यूबले आफ्ना सबै पारिवारिक सम्पत्ति र छोराछोरी गुमाएको बारेमा मैले सोचेँ, उनी धनी मानिसबाट फुटिकौडी नभएको बेसाहारा व्यक्ति बनेका थिए। तर अझै पनि उनले भुईंमा घोप्टो परेर यहोवा परमेश्‍वरको नाउँको प्रशंसा गर्न सके, किनभने उनले आफ्नै बलबुतामा सम्पत्ति हासिल गरेको हो भनेर कहिल्यै विश्‍वास गरेनन् अनि उनले आफ्ना छोरीछोरीलाई आफ्नो व्यक्तिगत सम्पत्ति ठानेनन्। ती सबै परमेश्‍वरबाट आएका हुन् भनेर उनलाई एकदमै स्पष्टसँग थाहा थियो। बाहिरबाट हेर्दा, सबै थोक लुटेरोहरूले चोरेको जस्तो देखिन्थ्यो, तर उनले कामकुरालाई सतही रूपमा हेरेनन्—उनले परमेश्‍वरबाटका कुराहरू स्वीकार गरे र समर्पित भए। अय्यूबको विश्‍वास र परमेश्‍वरप्रतिको श्रद्धालाई एकपछि अर्को परीक्षा र विपत्तिमार्फत शोधन गरियो। अनि अब्राहामको १०० सय वर्षको उमेरमा पनि छोरो थिएन, तर परमेश्‍वरले उनलाई आफ्नो छोरा बलि चढाउनू भन्नुहुँदा, त्यो अब्राहामका लागि असाध्यै पीडादायी भए पनि, उनले परमेश्‍वरसँग बहस वा तर्क गरेनन्। उनलाई त्यो छोरा परमेश्‍वरले दिनुभएको हो, त्यसैले, परमेश्‍वरले उसलाई फिर्ता लिन चाहनुभयो भने, उनले उसलाई फर्काउनुपर्छ भन्ने थाहा थियो। अय्यूब र अब्राहाम दुवैसँग यस्तो राम्रो विवेक र तर्कशक्ति थियो, अनि उनीहरूको विश्‍वास र समर्पणले वास्तविक परीक्षाको सामना गर्न सक्थ्यो। तर आफूलाई हेर्दा, मैले आफ्नो छोराको मृत्यु हुँदा, परमेश्‍वरलाई गलत ठानेँ र दोष लगाएँ, अनि पछि परमेश्‍वरका वचनहरूको कारण उहाँको इच्छालाई अलिकति बुझ्दा, थोरै समर्पण गरेँ, त्यसैले, मैले आफूले केही कद प्राप्त गरेको र गवाहीको रूपमा खडा हुन सक्छु भन्ने सोचेँ। तर मेरी बुहारीले हाम्रो परिवारका सबै बहुमूल्य वस्तु लैजाँदा, फेरि मभित्र गुनासो पलायो। म परमेश्‍वरबाट आशिष र इनाम मात्र प्राप्त गर्न चाहन्थेँ, तर कुनै विपत्ति वा दुर्भाग्य लिन सक्दिन रहेछु भन्ने मैले देखेँ। अन्यथा, म नकारात्मक हुनेथिएँ र गुनासो गर्नेथिएँ। मेरोमा परमेश्‍वरप्रति कुनै साँचो श्रद्धा वा समर्पण थिएन। यी परिस्थितिबाट घरीघरी प्रकट भएका कुराले मेरो साँचो कदलाई देखाइदियो। त्योबिना, म अझै पनि आफ्नो बाहिरी राम्रो व्यवहारद्वारा अन्धो हुनेथिएँ, र आफ्नो छोराको मृत्युपछि कर्तव्य निरन्तर गर्नु भनेको मेरोमा केही भक्ति र कद रहेछ भन्ने सोच्नेथिएँ। तर मेरो लेनदेन गर्ने मानसिकता र आशिष प्राप्त गर्ने लक्ष्यले कति गहिरो जरा गरेका छन् भनेर परमेश्‍वरलाई थाहा थियो। म यी सब कुराबाट गुज्रनुपर्थ्यो ताकि मैले बिस्तारै केही शुद्धता र परिवर्तन हासिल गर्न सक्थेँ। परमेश्‍वरले ती सब कुरा ममाथि हुन दिनु मेरो निम्ति उहाँको मुक्ति थियो। त्यसबारे जति धेरै सोचेँ, उती नै धेरै मलाई दोषी महसुस भयो, र प्रार्थना गर्न परमेश्‍वरसामु घोप्टो परेँ: “हे परमेश्‍वर! म विश्‍वासी भएकी यत्तिका वर्षपछि पनि, ममा अझै साँचो विश्‍वास रहेनछ भनेर अहिले बुझेँ। आफूलाई मन नपरेको केही कुरा हुँदा, म अझै पनि गुनासो गर्छु, अनि ममा गवाहीको पूर्ण कमी हुन्छ। हे परमेश्‍वर, म तपाईंमा पश्चात्ताप गर्न चाहन्छु। कृपया आफूलाई चिन्न मलाई मार्गदर्शन गर्नुहोस्।”

पछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, जसले मलाई त्यत्तिका वर्ष म वास्तवमै हिँडेको मार्गबारे केही साँचो बुझाइ प्रदान गऱ्यो। परमेश्‍वरका वचनहरूले भन्छ, “आजका मानिसहरूसँग अय्यूबको जस्तै मानवता नभएको हुनाले, तिनीहरूको प्रकृति र सार, र परमेश्‍वरप्रति तिनीहरूको मनोवृति कस्तो हुन्छ? के तिनीहरू परमेश्‍वरसित डराउँछन्? के तिनीहरू दुष्टताबाट अलग बस्छन्? जो परमेश्‍वरसँग डराउँदैनन् वा दुष्टताबाट अलग बस्‍दैनन्, तिनीहरूलाई दुई शब्दमा व्याख्या गर्न सकिन्छ: ‘परमेश्‍वरका शत्रुहरू।’ तिमीहरूले प्रायजसो यी दुई शब्द बोल्छौ, तर कहिल्यै पनि त्यसको वास्तविक अर्थ जानेका छैनौ। ‘परमेश्‍वरका शत्रुहरू’ भन्‍ने शब्दहरूमा सार छ: यी शब्‍दहरूले मानिसलाई परमेश्‍वरले शत्रुको रूपमा हेर्नुहुन्छ भनेर भन्दैनन्, बरु मानिसले परमेश्‍वरलाई शत्रुको रूपमा हेर्छ भनेर भन्छन्। सर्वप्रथम, जब मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थाल्छन्, तीमध्ये कोसँग चाहिँ आफ्नै उद्देश्य, प्रेरणा र महत्त्वाकाङ्क्षाहरू हुँदैनन्? तिनीहरूको एक भागले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्ने र उहाँको अस्तित्वलाई देख्‍ने भए पनि, उहाँमाथिको तिनीहरूको विश्‍वासमा अझै पनि ती अभिप्रायहरू हुन्छन्, र उहाँमा विश्‍वास गर्नुको तिनीहरूको अन्तिम लक्ष्य उहाँको आशिष्‌ र आफूले चाहेको कुरा प्राप्त गर्नु रहेको हुन्छ। मानिसहरूले जीवन अनुभवहरू गर्ने क्रममा प्रायजसो मनमनै सोच्ने गर्छन्—मैले परमेश्‍वरका लागि आफ्नो परिवार र जागिर छोडेको छु, तर उहाँले चाहिँ मलाई के दिनुभएको छ र? मैले यसमा थप्‍नुपर्छ, र यसलाई पुष्टि गर्नुपर्छ—के मैले हालसालै कुनै आशिष्‌ पाएको छु र? यस समयमा मैले धेरै थोक दिएको छु, धेरै दौडधूप गरेको छु, र धेरै दुःख भोगेको छु—के त्यसको सट्टामा परमेश्‍वरले मेरो लागि कुनै प्रतिज्ञा गर्नुभएको छ? के उहाँले मेरा असल कामहरू याद गर्नुभएको छ? मेरो अन्त्य कस्तो हुनेछ? के म परमेश्‍वरको आशिष् पाउन सक्छु? … प्रत्येक व्यक्तिले निरन्तर आफ्नो हृदयभित्र यस्तो हिसाबकिताब गर्ने गर्छ, र तिनीहरूले आफ्‍ना अभिप्राय, महत्त्वाकाङ्क्षा र लेनदेनको मानसिकताले भरिएका मागहरू परमेश्‍वरसँग गर्छन्। भन्‍नुको अर्थ, मानिसले आफ्नो हृदयमा निरन्तर परमेश्‍वरको जाँच गरिरहेको हुन्छ, परमेश्‍वरबारे निरन्तर योजनाहरू बनाइरहेको हुन्छ, उसको आफ्नै व्यक्तिगत उद्देश्यका लागि निरन्तर परमेश्‍वरसँग तर्क गरिरहेको हुन्छ, र उसले चाहेको कुरा परमेश्‍वरले दिन सक्‍नुहुन्छ कि सक्‍नुहुन्‍न भनी हेर्नलाई परमेश्‍वरबाट अभिव्यक्ति निकाल्ने कोसिस गरिरहेको हुन्छ। परमेश्‍वरको पछि लाग्‍ने क्रममा, मानिसले परमेश्‍वरलाई परमेश्‍वरजस्तो व्यवहार गर्दैन। मानिसले जहिले पनि उहाँसँग सौदाबाजी गर्ने कोसिस गरेको छ, निरन्तर उहाँसँग मागहरू गरेको छ, र उसलाई औँलो दिँदा डुँडुलो निल्‍ने कोसिस गर्दै हरेक पाइलामा उहाँलाई दबाब दिएको छ। मानिसले परमेश्‍वरसँग सौदाबाजी गर्ने क्रममा उहाँसँग तर्क पनि गर्ने गर्छ, र कति मानिसहरू त यस्ता पनि छन्, जो आफूमाथि परीक्षाहरू आइलाग्दा वा आफूले कुनै विशेष परिस्थितिको सामना गर्नुपर्दा, आफ्नो काममा कमजोर, निष्क्रिय र सुस्त हुन्छन्, र परमेश्‍वरबारे गुनासैगुनासो गर्छन्। मानिसले पहिलोपटक परमेश्‍वरमा विश्‍वास गर्न थालेको समयदेखि नै उसले परमेश्‍वरलाई प्रशस्तताको स्रोत, र हर समस्याको समाधान ठानेको छ र उसले आफूलाई परमेश्‍वरको सबैभन्दा ठूलो ऋणदाता ठानेको छ, मानौं परमेश्‍वरबाट आशिष्‌ र प्रतिज्ञाहरू प्राप्त गर्न खोज्नु उसको जन्मजात अधिकार र कर्तव्य हो, र परमेश्‍वरको जिम्मेवारीचाहिँ मानिसको सुरक्षा र वास्ता गर्नु अनि उसको निम्ति प्रबन्ध गरिदिनु हो। ‘परमेश्‍वरमाथिको विश्‍वास’ बारे उहाँमा विश्‍वास गर्नेहरू सबैको आधारभूत बुझाइ यही हो, र यही नै परमेश्‍वरमाथिको विश्‍वासको अवधारणाबारे तिनीहरूको सबैभन्दा गहन बुझाइ पनि हो। मानिसको प्रकृति र सारदेखि उसको व्यक्तिपरक खोजसम्म, कुनै कुरा पनि परमेश्‍वरको भयसँग सम्बन्धित छैन। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसको उद्देश्य र उसले गर्ने परमेश्‍वरको आराधनाको बीचमा सम्भवतः कुनै सम्बन्ध छैन। भन्‍नुको अर्थ, परमेश्‍वरमा विश्‍वास गर्दा उहाँको भय मान्‍नु र आराधना गर्नु पनि आवश्यक छ भन्‍ने कुरा मानिसले न त कहिल्यै विचार गरेको न त बुझेको नै छ। यस्ता अवस्थाहरूलाई विचार गर्दा, मानिसको सार स्पष्ट हुन्छ। यो सार के हो त? यो यही हो कि मानिसको हृदय द्वेषपूर्ण छ, यसभित्र धोखा र छल हुन्छ, यसले निष्पक्षता र धार्मिकता र जे सकारात्मक छ त्यो मन पराउँदैन, र यो घृणित र लोभी हुन्‍छ। मानिसको हृदय परमेश्‍वरको निम्ति योभन्दा बढी बन्द हुन सक्दैन; उसले त्यो हृदय परमेश्‍वरलाई पटक्‍कै दिएको छैन। परमेश्‍वरले मानिसको साँचो हृदय कहिल्यै देख्‍नुभएको छैन, न त कहिल्यै मानिसद्वारा उहाँको आराधना नै भएको छ। परमेश्‍वरले जति नै ठूलो मोल तिर्नुभए पनि वा जति नै धेरै काम गर्नुभए पनि, वा मानिसका निम्ति जति नै धेरै प्रबन्ध गर्नु भए पनि, मानिस अन्धो नै रहन्छ र ती सबैप्रति पूर्ण रूपमा उदासीन भइदिन्छ। मानिसले आफ्नो हृदय परमेश्‍वरलाई कहिल्यै दिएको छैन, उसले केवल आफ्नै लागि आफ्नो हृदयलाई ध्यान दिन, र आफ्नै निर्णयहरू गर्न चाहन्छ—यसको अर्थ के हो भने, मानिसले परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने बाटो पछ्याउन वा परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरू पालन गर्न चाहँदैन, न त उसले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा आराधना गर्न नै चाहन्छ। आज मानिसको स्थिति यस्तै छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २)। परमेश्‍वरका वचनहरूको प्रकटीकरण र न्याय मेरो लागि अत्यन्तै मर्मस्पर्शी थियो। विशेष गरी “परमेश्‍वरका शत्रुहरू” भन्ने वचन मेरो लागि गाह्रो थियो। यत्तिका वर्षसम्म विश्‍वासमा रहेपछि म परमेश्‍वरको शत्रुको रूपमा खुलासा हुनेछु भनेर मैले कहिल्यै कल्पना गरेकी थिइनँ, तर परमेश्‍वरका वचनहरूले साँच्चै मेरो बारेमा सत्यता प्रकट गरिदिए। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” “इनामविना औँलो पनि नउठाउनू”, यी शैतानी विषअनुसार म जिइरहेकी थिएँ। म असाध्यै स्वार्थी, नीच र आफ्नैबारे मात्र सोच्ने भएकी थिएँ। मैले अरू सबै कुराभन्दा माथि र सबै कुरामा आफ्ना हितलाई अघि राखेँ, मैले आशिष् पाउँछु वा पाउँदिनँ, लाभ प्राप्त गर्छु कि गर्दिनँ भनेर मात्र विचार गरेँ। मैले सधैँ आफ्ना हितलाई प्राथमिकता दिएँ। म पहिला विश्‍वासी बन्दा, अनुग्रह र आशिष प्राप्त गर्ने लक्ष्य रहेछ। परमेश्‍वरको घरको नयाँ काम स्वीकार गरेपछि, मैले ती कुरा परमेश्‍वरलाई सिधै मागिनँ, तर मैले आफूलाई खर्चिरहेकी कारण परमेश्‍वरले मेरो रक्षा गर्नुपर्छ र मैले चिताएका सबै आशिष् दिनुपर्छ भनेर हृदयभित्र सोचेँ। म त्यसको लागि योग्य छु, मैले मूल्य चुकाएको हुनाले परमेश्‍वरले मलाई त्यसको साटो तिर्नुपर्छ, र अन्यथा उहाँ धर्मी हुनुहुन्न भनेर निर्लज्जपूर्वक समेत सोचेँ। मेरो परिवार सुरक्षित र ठीकठाक हुँदा अनि मैले परमेश्‍वरका अनुग्रह र आशिष देख्न सक्दा, म आफ्नो कर्तव्य पूर्ण ऊर्जाका साथ गर्थें र त्यसको लागि जति नै धेरै कष्ट पनि ठीकै छ भन्ने लाग्थ्यो। बिजुलीको करेन्ट लागेर मेरो छोराको मृत्यु हुँदा, परमेश्‍वरले मेरो परिवारको रक्षा नगर्नुभएको मैले देखेँ, त्यसैले म उहाँप्रति पुरै रुष्ट भएँ। मैले आफ्ना हितहरूलाई त्याग्नुपर्दा, मेरो हेरचाह र रक्षा नगरेको भनेर परमेश्‍वरलाई दोष लगाएँ। मैले आफूले गरेका प्रयास र भोगेका कष्टलाई परमेश्‍वरसँग तर्क गर्नका लागि मोलतोल गर्ने औजारको रूपमा प्रयोगसमेत गरेँ। परमेश्‍वरबाट कुनै पनि मात्रामा अनुग्रह प्राप्त गर्नु स्वभाविक कुरा हो भन्ने मलाई लाग्यो, तर मलाई मन नपरेको कुरा उहाँले गर्नुहुँदा, म तुरुन्तै उहाँसँग बेखुस भएँ, उहाँलाई गनगन गरेँ र गलत ठानेँ। म कुनै विवेक वा तर्कशक्तिबिनाको स्वार्थी र दुर्भावनापूर्ण दुवै रहेछु भन्ने मैले देखेँ। म एक जना अविश्‍वासी थिएँ, र म पूर्णतः परमेश्‍वरको शत्रु थिएँ! मैले पावलबारे सोचेँ, जसले सुसमाचार प्रचार गर्न युरोपका धेरै ठाउँ चहारे र निकै कष्ट भोगे, तर ती सबै कडा परिश्रम परमेश्‍वरको राज्यका आशिषहरू प्राप्त गर्नका लागि मात्र थिए। तिनले निकै कामकुरा गरेपछि, यसो भने, “मैले असल लडाइ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्‍वासलाई कायम राखेको छु: अबदेखि उसो मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। खै के भन्ने र। पावलले त्यसो भन्नुको अर्थ, तिनले सुसमाचार प्रचार गर्न धेरै कष्ट भोगेको हुनाले परमेश्‍वरले तिनलाई मुकुट दिनुपर्छ, तिनी त्यसको लागि योग्य छन्, अन्यथा परमेश्‍वर धर्मी हुनुहुन्न भन्ने थियो। यसो भन्दै तिनले परमेश्‍वरलाई बाध्य पारिरहेका थिए र मूलतः उक्साइरहेका, चिच्याइरहेका, परमेश्‍वरलाई खुल्लमखुल्ला चुनौती दिइरहेका थिए। अन्त्यमा तिनले परमेश्‍वरको स्वभावलाई चिढ्याए र परमेश्‍वरबाट दण्ड पाए। मैलै आफू त्यस्तै भएकी देखेँ। मैले परमेश्‍वरका अनुग्रह र आशिष नदेख्दा उहाँलाई दोष दिएँ र गलत ठानेँ, उहाँलाई हृदयमा अधर्मी ठानेँ। के म परमेश्‍वरको विरुद्धमा जाने पावलकै मार्गमा थिइनँ र?

त्यसपछि, मैले परमेश्‍वरका अझ धेरै वचनहरू पढेँ: “मानिसको दायित्व र ऊ आशिषित भएको छ कि श्रापित भएको छ भन्ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिषित हुनु भनेको कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्‍वरको आशिषहरू प्राप्त गर्नु हो। श्रापित हुनु भनेको सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनु हो, यो तब हुन्छ जब तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष पाऊन्‌ वा श्राप पाऊन्‌, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। आशिषित हुनको लागि मात्रै तैँले आफ्नो दायित्वलाई पूरा गर्नु हुँदैन, र श्रापित हुने डरले तैँले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता)। यो साँचो हो। कर्तव्य भनेको हाम्रो लागि परमेश्‍वरको आज्ञा हो, र यो हामी भाग्न नमिल्ने जम्मेवारी हो। यो त छोराछोरी आफ्ना आमाबुबाप्रति कर्त्तव्यनिष्ठ हुनुजस्तै सही र उचित छ। यो निसर्त हुनुपर्छ। सृष्टि गरिएको प्राणीको रूपमा, मैले आफ्नो विश्‍वास र कर्तव्यमा केही त्यागहरू गर्नु मैले पूरा गर्नुपर्ने जिम्मेवारी, दायित्व हो। मैले यसलाई परमेश्‍वरसँग लेनदेन गर्न मोलतोल गर्ने औजार वा पूँजीको रूपमा लिनु हुँदैन। मैले आशिष पाए पनि वा दुर्भाग्य भोग्नुपरे पनि, म परमेश्‍वरका शासन र बन्दोबस्तप्रति समर्पित हुनुपर्छ, र मैले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। जन्मदेखि मृत्युसम्म, विपत्ति भोगेर वा सौभाग्य प्राप्त गरेर, कोही विश्‍वासी भए पनि वा अविश्‍वासी भए पनि, उनीहरू आफ्नो जीवनभरि थुप्रै कठिनाइ र र अवरोधहरू सामना गर्न बाध्य छन्। मेरो छोराको अकाल मृत्यु र परिवारमा आइपरेका अन्य दुर्भाग्यहरू सबै सामना गर्नुपर्ने नितान्त सामान्य कुरा थिए। तर ममा आशिष प्राप्त गर्ने असाध्यै बलियो चाहना थियो र मैले आफ्ना कर्तव्यमा केही त्यागहरू गरेकी थिएँ, मैले वास्तविक योगदान दिएकी छु भन्ने मलाई लाग्यो, त्यसकारण, म यी कुरा परमेश्‍वरलाई आशिष् माग्नका लागि प्रयोग गर्न चाहन्थेँ। ती प्राप्त नहुँदा मैले परमेश्‍वरलाई गलत ठानेँ र दोष दिएँ। मेरो प्रकृति कति स्वार्थी र नीच रहेछ, अनि मेरो दृष्टिकोण कति निरर्थक रहेछ भनेर मैले बुझेँ। परमेश्‍वरले हाम्रो मुक्तिका लागि दुईपटक देहमा कत्ति धेरै कष्ट र अपमान भोग्नुभएको छ भन्नेबारे मैले सोचेँ, तर उहाँले त्यसको लागि कति धेरै रगत, पसिना र आँशु बगाएर मूल्य चुकाउनुभयो भनेर कहिल्यै व्यक्त गर्नुभएको छैन। उहाँले चुपचाप गोप्यमा सत्यता मात्र व्यक्त गर्नुहुन्छ, मानिसजातिलाई मुक्ति दिन आफ्नो कार्य गर्नुहुन्छ। हाम्रो निम्ति उहाँको प्रेम कत्ति महान्! मैले वर्षौंदेखि विश्‍वासीको रूपमा एकदमै धेरै परमेश्‍वरको अनुग्रह र आशिष् अनि सत्यताबाट अति धेरै मलजल र पोषण पाएकी थिएँ, तर म सधैँ आफ्ना तुच्छ स-साना त्यागहरूलाई पूँजीको रूपमा प्रयोग गर्न चाहन्थेँ, परमेश्‍वरले मलाई र मेरो परिवारका सदस्यहरूलाई आशिष र सुरक्षा दिनुपर्छ भन्ने दुस्साहसपूर्वक माग गरेँ। मैले आफू एकदमै बेसरम र अत्यन्तै अव्यावहारिक भएकी देखेँ। त्यसबारे सोच्दा, मलाई अझ धेरै पछुतो र दोषी महसुस भयो। मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “मानवताविहीनहरू परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न असमर्थ हुन्छन्। जब वातावरण सुरक्षित र भयरहित हुन्छ वा जब फाइदाहरू प्राप्त गर्न सकिन्छ, तिनीहरू पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित हुन्छन्, तर जब तिनीहरूले इच्‍छा गरेको कुरामा सम्झौता हुन्छ वा आखिरमा इन्कार गरिन्छ, तिनीहरूले तुरुन्तै विद्रोह गरिहाल्छन्। एउटै रातको अवधिमा समेत, तिनीहरू मुस्कुराइरहने, ‘दयालु’ व्यक्तिबाट कुरूप देखिने हिंस्रक हत्यारामा परिवर्तन हुन्छन्, अनि हिजोको आफ्‍नो हितकारी व्यक्तिलाई कुनै पनि शब्‍द वा कारणविना नै आफ्‍नो मरणशील शत्रुको रूपमा व्यवहार गर्छन्। यदि यी भूत आत्‍माहरू, आँखाको झिम्क्याइमै मार्ने यी भूतात्माहरूलाई निकालिएन भने, के तिनीहरू अदृश्य खतरा बन्‍नेछैनन् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास)। परमेश्‍वरका वचनहरूले मलाई लुक्ने ठाउँ कहीँ छैन भनेर महसुस गराए। म ठ्याक्कै यस प्रकारका व्यक्ति थिएँ। मेरो विश्‍वास आशिष् प्राप्त गर्नका लागि थियो, अनि मेरा इच्छाहरू पूरा नहुँदा, परिवारमा केही दुर्भाग्य आइपर्दा, म तुरुन्तै परमेश्‍वरविरुद्ध खडा भएँ र उहाँप्रति रुष्ट भएँ, उहाँलाई शत्रुवत व्यवहारसमेत गरेँ। परमेश्‍वरका वचनहरूमा भएका प्रकटीकरणले अन्त्यमा मलाई आफ्नो साँचो रूप हेर्न लगायो। मेरो प्रकृति परमेश्‍वरको विरोध गर्ने हो भन्ने थाहा भयो। यो बुझेर म पछुतो र ग्लानीले भरिएँ। मैले परमेश्‍वरसामु घुँडा टेकेँ र पछुतोले भरिएर आँशु झार्दै प्रार्थना गरेँ, “हे परमेश्‍वर, म ठ्याक्कै तपाईंले बताउनुभएको मानवताविहीन व्यक्तिजस्तै छु। मैले दिएका थोरै कुरालाई तपाईंसँग लेनदेन गर्नका लागि प्रयोग गर्न चाहन्थेँ। मैले तपाईंलाई छल गरिरहेकी थिएँ र विरोध गरिरहेकी थिएँ—म तपाईंप्रति एकदमै ऋणी छु! हे परमेश्‍वर, म तपाईंमा पश्चात्ताप गर्न चाहन्छु। तपाईंले जे बन्दोबस्त मिलाउनुभए पनि, म त्यसलाई पालन गर्न र स्वीकार गर्न तयार छु, र तपाईंको प्रेमको ऋण तिर्न आफ्नो कर्तव्यमा सब थोक लगाउन तयार छु!” त्यसपछि, मैले परमेश्‍वरलाई प्रार्थना गर्न र अझ धेरै उहाँका वचन पढ्न प्रयास गरेँ अनि आफ्नो कर्तव्यमा सारा शक्ति लगाएँ। यसो गरेर मैले आफ्नो शान्ति र आनन्द पुनः प्राप्त गरेँ, अनि उप्रान्त म मेरो छोरा गुमाउनुपरेको पीडामा डुबिनँ।

यो पीडादायी अनुभव भए तापनि, यो ठ्याक्कै त्यस प्रकारको कष्ट थियो, जसले आशिषको पछि लाग्ने मेरो नीच लक्ष्य, मेरो विश्‍वासमा भएको भ्रष्टता र मिसावटलाई देखाइदियो, अनि मैले परमेश्‍वरको विरोध गर्ने आफ्नो शैतानी प्रकृतिबारे केही बुझाइ प्राप्त गरेँ। मैले यी कठिनाइहरूबाट नगुज्री, तथ्यहरूको प्रकटीकरणबिना, आफ्नो साँचो कदलाई देख्नेथिइनँ। यस अनुभवले मलाई साँच्चै के सिकायो भने, हामी जति धेरै अप्रिय कुराको सामना गर्छौं, उती नै धेरै खोजी गर्नुपर्ने सत्यता भेट्टाउँछौँ। यसको पछाडि हाम्रो लागि परमेश्‍वरको प्रेम र मुक्ति छ। परमेश्‍वरलाई धन्यवाद।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

झूटो अगुवालाई समयममै बर्खास्त नगरेकोप्रति चिन्तनमनन

२०२१ को अगष्टमा, मलाई मलजल डिकनको रूपमा छनौट गरियो। त्यो बेला, म नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने र सुसमाचार प्रचार गर्ने दुवै काम गर्थेँ।...

कठिन परिस्थितिको जाँच

सानै हुँदादेखि म समाजद्वारा सधैँ प्रभावित हुन्थेँ। आफूले गर्ने हरेक कुरामा म अरूलाई पछ्याउन मन पर्थ्यो। मैले चिनेजानेका सबै मानिसहरू इसाई...

मण्डली अगुवा अधिकारी होइनन्

मत्तेव, फ्रान्स मेरो नाउँ म्याथ्यू हो र मैले तीन वर्षअघि सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। सन् २०२० को अक्टोबरमा...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्