धाक रवाफ अब हुनेछैन

17 अक्टोबर 2021

मो वेन, स्पेन

सन् २०१८ को कुरा म सम्झन्छु मण्डलीमा म सुसमाचारको जिम्मेवारीमा थिएँ, र पछि मलाई त्यो कामको प्रमुख बनाइयो। म मेरा दाजुभाइ-दिदीबहिनीहरूका काममा भएका समस्या र गल्तीहरू देख्न र तिनलाई सङ्गतिको माध्यमबाट समाधान गर्न सक्षम थिए, त्यसैले सबैजना मसँग खुशी थिए, र मलाई पनि केही हासिल गरेको अनुभूति हुन्थ्यो। म आफूसँग एकदमै खुशी हुन थालेँ र म अरूभन्दा राम्रो भएको महसुस हुन थाल्यो। मैले यो कुराको धाक देखाउन थाले। मैले सोच्थेँ, “म सुझाव दिन्छु र मानिसहरूको समस्या हल गर्छु, र सबैले मलाई राम्रो मान्छन्। मैले यदि तिनीहरूलाई अझै धेरै सहयोग गरे भने, आफूलाई तिनीहरूभन्दा अझै धेरै सक्षम देखाउन सक्छु। त्यसपछि तिनीहरूले मलाई अझ उँचो ठान्नेछन्।” एकदिन भेलामा, दाजु लुले सुसमाचार फैलाउने क्रममा एक जना धार्मिक सहकर्मीसँग भेट भएको कुरा सुनाए। त्यो व्यक्ति २० वर्षभन्दा बढी समयदेखि प्रचारक, र एक वास्तविक विश्‍वासी थियो, तर ऊसँग एकदमै बलियो धार्मिक धारणा थियो। दाजु लुले उसलाई सङ्गति दिए, तर उसले सुसमाचार स्वीकार गरेन र दाजु लुलाई अब के गर्ने भन्ने कुरा थाहा भएन। मैले आफैँले सोचेँ, “यो वास्तविक विश्‍वासी हो र सङ्गति सुन्न चाहन्छ। उसलाई परिवर्तन गर्न तपाईं विफल हुनुभयो किनभने तपाईंले सत्यको बारेमा पर्याप्‍त मात्रामा स्पष्‍ट सङ्गति गर्नुभएन। मैले पनि यस प्रकारको अनुभव विगतमा गरेको छु, त्यसैले तपाईंहरू सबैलाई यसबारेमा बताउने यो मेरो मौका हो।” मैले उनीहरूलाई भने, “म यहाँ कुनै समस्या देख्दिन। तपाईंहरू मुख्य कुरामा केन्द्रित हुनुपर्छ र स्पष्‍टसँग सङ्गति गर्नुपर्छ। यदि ऊ सुन्न इच्छुक छ भने र तपाईंले उसको समस्याहरू हल गर्नुहुन्छ भने, उसले कसरी अस्वीकार गर्ला र? सहकर्मी झ्याङसँग पनि धेरै धारणाहरू हुने गर्थे, मैले सङ्गतिबाटै उहाँको बलियो धारणालाई खण्डन गरेँ र अर्को धारणातर्फ अघि बढेँ। उहाँले अन्तत: सुसमाचार स्वीकार गर्नुभयो। परमेश्‍वरको कामको गवाही दिँदा तपाईंले स्पष्‍ट रूपमा सङ्गति गर्नुपर्छ।” त्यसपछि मैले प्रचार गरेका मानिसहरूका सबै समस्याहरू, ती समाधान गर्न मैले कसरी सङ्गति गरेँ, र उनीहरूले कसरी सुसमाचार स्वीकार गरे भनेर बताएँ। मैले ती अनुभवहरूको बोली-बिस्तार गरेँ, त्यसमा सबै कुरा समेटिएको निश्चित गरेँ, ताकि म कति सक्षम छु भनेर उनीहरूले थाहा पाउन्। त्यसपछि, सबैले मेरो प्रशंसा गरे र एक बहिनीले भनिन्, “तपाईंले ठ्याक्कै ठाउँमै हिर्काउनुभो। मैले यो कुरा किन देख्न सकिन?” यो सबै परमेश्‍वरको मार्गदर्शनले भएको हो भनेर मैले भने, तर भित्रभित्रै म खुशी भएको थिएँ। कहिलेकाहीँ जब हामी कामको छलफल गर्दै हुन्थ्यौं, म प्रत्येक मिहिन कुरालाई हेरिरहेको र विश्‍लेषण गरिरहेको हुन्छु र मसँग क्षमता छ, म मेधावी छु, र अरूभन्दा राम्रो छु भनेर सबैले सोचुन् भन्नका लागि के भन्नुपर्छ भनेर सोचिरहेको हुन्थेँ। जब विश्‍लेषण गर्ने मेरो पालो आउँथ्यो, मेरो धाराप्रवाह छुट्थ्यो र “म” भन्ने शब्द सधैँ मेरो ओठमा झुन्डिएको हुन्थ्यो। “मेरो विचारमा” र “मैले त्यो समाधान गरे।” “म, म, म…।” म मेरा सबै सिद्धान्त र विचारहरूको सूची प्रस्तुत गर्थे र तिनको विस्तृत विश्‍लेषण गर्थे। समयसँगै, अरू मसँग निर्भर हुन थाले, उनीहरूलाई समस्या आउँदा सिद्धान्तको खोजी कसरी गर्ने भनेर थाहा थिएन। कामका छलफल गर्दा उनीहरू आफैँले केही कुरा राख्नुअघि, मलाई नै पहिले बोल्न लगाउँथे। केहिलेकाहीँ मेरो दिमागमा एउटा विचार खेल्थ्यो: “यदि म यसरी नै अघि बढिरहेँ भने, के मानिसहरूले मलाई नै आदर्श मान्छन् त?” तर त्यसपछि सोच्थेँ, “मेरो कुरा सन्न मैले कसैलाई नि जबरजस्ती गरेको छुइन नि। मेरो विचार मात्रै राखिरहेको छु। जे होस्, सक्रिय हुनु सकारात्मक र जिम्मेवार तरिका हो।” मैले यसबारेमा धेरै सोचिन, र अगाडि बढेँ।

पछि सुसाचार फैलाउने क्रममा हामीमाथि धेरै समस्याहरू खनिए र दाजुभाइ-दिदीबहिनीहरूको केही निराश भए। मलाई पनि त्यस्तै अनुभूति भयो। मलाई कस्तो भइरहेको छ भनेर म सबैसँग कुराकानी गर्न चाहन्थे, तर म नै प्रमुख थिए, त्यसैले म यति चाँडै नकारात्मक भए भने, के म कमजोर देखिन्न र? मेरो कद यति सानो रहेछ भनेर अरूले थाहा पाए भने उनीहरूले मेरो बारेमा के सोच्लान्? उनीहरूमा मप्रति भएको राम्रो छवि बिग्रिदैन र? मैले सोचेँ, “यदि मैले सकारात्मक प्रवेशको बारेमा कुरा गरेर सबैलाई सकारात्मक मार्गतर्फ डोहोर्‍याएँ भने, के सबै जना अभिप्रेरित हुँदैनन् र?” त्यसैले मेरो प्रत्येक सङ्गतिमा म मैले समस्याहरूको कसरी सकारात्मक भई सामना गरेँ, प्रतिकूलतामा म परमेश्‍वरप्रति कसरी निर्भर रहेँ र चुनौती सामना गर्न म कसरी उठेँ भन्न्नेमा केन्द्रित रहेँ। मेरो कद थियो र म कुराहरू सम्हाल्नु सक्छु भनेर सबैले सोचे। उनीहरू सबैले मेरो प्रशंसा गरे। कहिलेकाहीँ अरूसँग कामको बारेमा कुराकानी गर्दा, म मेरो कर्तव्यको दौरान तनावमा थिएँ, म यति व्यस्त थिएँ कि मसँग खाने वा आराम गर्ने समय विरलै हुन्थ्यो भनेर भन्थेँ ताकि उनीहरूलाई मैले कति दुःख झेलेको छु भन्ने हेक्का होस्। भेलाहरूमा, मैले परमेश्‍वरको वचनहरूका बारेमा सोच्दिनथेँ वा आफ्नो समीक्षा गर्दिनथेँ, मेरो सङ्गति कति गहन र गहकिला छन् भनेर सबैलाई सोच्न कसरी लगाउने भन्नेबारेमा मात्रै सोच्थेँ। थाहै नपाई, म उँचो सिद्धान्तको बारेमा प्रचार गर्थे र स्वीकृतिसहितको अरूको हेराइ देख्दा म साँच्चै उल्लसित हुन्थेँ। समयसँगै, केही मानिसहरूले उनीहरूको कर्तव्यको दौरान कुनै समस्या परेमा सुरुमै मलाई सोध्न थाले। उनीहरूले अलिकति सोचेर आफैँले समाधान गर्नसक्ने समस्याहरूमा पनि, सुरुमै मेरो राय लिन्थेँ। उनीहरूले आफ्नो अवस्था र भित्री विचार मलाई बताउँथे, र उनीहरूले मलाई विश्‍वास गरेका देख्दा मलाई एकदमै खुशी लाग्थ्यो। समय बित्दै जाँदा, म एकदमै व्यस्त रहेको देखिन्थेँ तर परमेश्‍वरका वचनहरू पढ्दा मैले पवित्र आत्माको कुनै अन्तर्दृष्टि महसुस गर्न सक्दिनथेँ। अरूसँग कामको बारेमा कुरा गर्दा, मेरा सबै सुझावहरू महत्त्वहीन हुन्थेँ र हाम्रो काममा रहेका सबैभन्दा स्पष्‍ट समस्या पनि देख्न सक्दिनथेँ। म एकदमै खराब अवस्थामा छु भनेर अन्ततः मैले महसुस गरेँ। मेरो घमण्ड सबै गयो। म एकदमै महत्त्वपूर्ण व्यक्ति हो भनेर सोच्ने गर्थेँ, तर अचानक देखाउनलाई केही नभएको पटमूर्ख भएको महसुस गरेँ। मेरो आत्मामा एकदमै धेरै अन्धकार र पीडा थियो।

एक दिन म दुई जना दाजुभाइहरूसँग बोल्दै थिएँ दाजु सुले भन्नुभयो, “मैँले तपाईंलाई चिनेको केही समय भयो र तपाईं सधैँ आफ्नै बढाइ गर्नुहुन्छ र रवाफ देखाउनुहुन्छ। सङ्गतिमा तपाईं आफ्नो भ्रष्‍टता वा गल्तीहरूका बारेमा विरलै केही भन्नुहुन्छ प्रायः तपाँईँकै असल कुराहरू गर्नुहुन्छ, जसले मलाई तपाईं महान् हुनुहुन्छ र तपाईंलाई आदर गरिनुपर्छ भन्ने सोच्ने बनयो। मेरो काममा कुनै समस्या आउँदा, तपाईं सत्यताका सिद्धान्तका बारेमा कुनै सङ्गति गर्नुहुन्न, बरु तपाईंले के गर्नुभएको थियो र कसरी समस्या हल गर्नुभएको थियो भनेर मात्रै भन्नुहुन्छ, त्यसैले म सोच्छु तपाईं अद्‍भूत र हामीभन्दा उत्तम हुनुहुन्छ। …” म दाजु सुबाट यो कुरा विशेष गरी उहाँले मैले आफ्नै बढाइ गर्छु र रवाफ देखाउँछु भन्दा त्यसलाई स्वीकार गर्न एकदमै अनिच्छुक थिएँ, यी शब्दहरू मेरो दिमागमा घुमिरहे। मैले उहाँको प्रतिवाद नगरे पनि, उहाँले भनेको कुराप्रति आफू प्रतिरोधी भएको मैले महसुस गरे। “मलाई आदर्शको रूपमा लिनु भनेर मैले कहिल्यै भनिन। के म तपाईंले भनेजत्तिकै खराब छु त?” मैले सोचेँ। मैले त्यो कुरा स्वीकार गर्न सकिन, त्यसैले एक जना दाजुलाई तपाईं के सोच्नुहुन्छ भनेर सोधेँ। मेरो सोचाइविपरीत, उहाँले भन्नुभयो, “तपाईं आफ्ना भ्रष्‍टता वा गल्तीका बारेमा कहिल्यै कुरा गर्नुहुन्न। मैले आजकल तपाईंका कुरा बुझ्न छोडेँ।” यो सुनेपछि मलाई झनै नराम्रो लाग्यो। “तपाईंका कुरा बुझ्न छोडेँ भनेर उहाँले कसरी भन्न सक्नुहुन्छ? के म त्यति धेरै बुझ्न नसकिने छु र?” केही इज्जत पुनः पाउनका लागि मलाई वास्तवमै केही भन्न मन लागेको थियो तर उनीहरू दुई जनाले मलाई त्यसरी काँट-छाँट र निराकरण गरेका देख्दा, त्यसको पक्कै केही कारण हुनुपर्छ भनेर मैले बुझेँ। उनीहरूले भनेका कुरा सही हो भने त, वास्तवमै ममा समस्या छ!

आफ्नै बढाइ गर्ने र आफ्नै लागि गवाही दिने व्यक्तिहरूको खुलासा गर्ने परमेश्‍वरका केही वचनहरू खोज्न मैले अलिकति पनि समय खेर फालिन। मैले यो पढेँ: “मानिसहरूले आफूलाई उच्‍च ठानून् भन्‍ने प्रयास गर्दै आफ्नै बढाइ गर्ने र गवाही दिने, तडकभडक देखाउने—भ्रष्ट मानवजाति यी कुराहरू गर्न सक्षम छ। जब मानिसहरू आफ्नो शैतानी प्रकृतिले शासित हुन्छन् तिनीहरूले यसरी स्वतः प्रतिक्रिया दिन्छन्, र यो सबै भ्रष्ट मानवजातिको निम्ति सामान्य हो। मानिसहरूले सामान्यतया कसरी आफ्नै बढाइ गर्छन् र गवाही दिन्छन्? तिनीहरूले यो लक्ष्य कसरी प्राप्त गर्छन्? एउटा तरिकाचाहिँ तिनीहरूले कति कष्ट भोगेका छन्, तिनीहरूले कति धेरै काम गरेका छन् र तिनीहरूले आफैँलाई कति समर्पित गरेका छन् भनेर गवाही दिनु हो। अर्थात्, यसले तिनीहरूलाई मानिसहरूका मनमा अझ उच्च, बलियो र अधिक सुरक्षित स्थान दिन्छ भनेर तिनीहरूले यी कुराहरूलाई आफैँलाई उच्‍च गराउने मुद्राको रूपमा प्रयोग गर्छन्, ताकि अधिक मानिसहरूले तिनीहरूलाई सम्मान, प्रशंसा र आदरका साथसाथै श्रद्धा, पूजा र अनुसरण समेत गरून्। त्यो अन्तिम प्रभाव हो। यो लक्ष्य प्राप्त गर्न तिनीहरूले गर्ने कुराहरू—आफैँलाई उच्‍च पार्ने र आफ्नै गवाही दिने सबै कुराहरू—उचित छन् त? अहँ छैनन्। तिनीहरू तर्कशक्तिको क्षेत्रबाहिर छन्। यी मानिसहरूमा शरम छैन: तिनीहरूले परमेश्‍वरको निम्ति के गरेका छन् र उहाँको निम्ति कति कष्ट भोगेका छन् भन्‍ने कुरा कुनै शरमविना तिनीहरूले गवाही दिन्छन्। तिनीहरूले आफूमा भएका वरदान, प्रतिभाहरू, अनुभव र विशेष सिपहरू वा आफूलाई संचालन गर्ने तिनीहरूका चतुर तौरतरिकाहरू र मानिसहरूसँग खेल्नको निम्ति तिनीहरूले प्रयोग गर्ने माध्यमहरूको तडकभडक पनि देखाउँछन्। आफैँलाई उच्च पार्ने र आफ्नै गवाही दिने तिनीहरूको तरिका भनेको तडकभडक देखाउनु र अरूलाई होच्याउनु हो। मानिसहरूले जहिले पनि तिनीहरूको विलक्षण प्रतिभा मात्र देखून् भनेर तिनीहरूले आफ्ना कमजोरी, कमीहरू र असफलताहरू लुकाउँदै ढोंग गर्छन् र भेष बदल्छन्। तिनीहरूले नकारात्मक अनुभव गरेको कुरा अरू मानिसहरूलाई बताउने हिम्मत पनि गर्दैनन्; तिनीहरूसँग खुल्‍ने र संगति गर्ने हिम्मतको अभाव हुन्छ र तिनीहरूले गल्ती गर्दा त्यसलाई लुकाउने र छोप्‍ने अधिकतम प्रयास गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य निभाउने दौरानमा परमेश्‍वरको घरलाई पुर्‍याएको हानिलाई कहिले पनि उल्लेख गर्दैनन्। तर तिनीहरूले गरेको सानो योगदान वा प्राप्त गरेको केही साना सफलताहरू देखाउन छिटा हुन्छन्। तिनीहरू कति सक्षम छन्, तिनीहरूको क्षमता कति उच्च छ, तिनीहरू कति असाधरण छन् र तिनीहरू सामान्य मानिसहरूभन्दा कति असल छन् भन्‍ने कुरा सारा संसारलाई थाहा दिन कुनै प्रतीक्षा गर्दैनन्। के यो तिनीहरूको आफ्नै बढाइ गर्ने र आफ्नै गवाही दिने तरिका होइन र? के तेरो आफ्नै बढाइ गर्ने र आफ्नै गवाही दिने कार्य सामान्य मानवताको तर्कसङ्‍त सीमाभित्र छ? अहँ छैन। त्यसो भए, मानिसहरूले यसो गर्दा प्रायः कस्तो स्वभाव प्रकट हुन्छ त? अहंकार सबैभन्दा मुख्य प्रस्फुटन हो, त्यसपछि कपट आउँछ जसमा अरू मानिसहरूलाई आफूलाई उच्‍च सम्मान गर्ने तुल्याउनको निम्ति सम्भव भएसम्मका सबै कुरा गर्ने कुरा सामेल हुन्छ। तिनीहरूका कथाहरू पूर्ण रूपमा गल्ती भेट्टाउन नसकिने हुन्छन्; तिनीहरूका शब्दहरूमा स्पष्ट रूपमा अभिप्रेरणा र कपट-योजनाहरू समावेश हुन्छन्, र तिनीहरूले आफूले रबाफ देखाइरहेको तथ्यलाई लुकाउने तरिका पत्ता लगाएका हुन्छन्, तर तिनीहरूले जे भन्छन् त्यसको लक्षित परिणाम भनेको मानिसहरूलाई अझ पनि तिनीहरू अरूभन्दा असल छन्, तिनीहरूको बराबर कोही पनि छैन र सबै जना तिनीहरूभन्दा निकृष्ट छन् भन्‍ने अनुभव गराउनु हो। अनि के यो परिणाम गोप्य तरिकाबाट प्राप्त गर्न सकिन्‍न? यस्तो तरिकाको केन्द्रमा कस्तो स्वभाव हुन्छ? अनि के त्यहाँ दुष्टताका कुनै तत्वहरू हुन्छन्? यो एक प्रकारको दुष्ट स्वभाव हो। तिनीहरूले प्रयोग गर्ने तरिकाहरू छलपूर्ण स्वभावद्वारा निर्देशित भएको देख्‍न सकिन्छ—त्यसो भए, यो दुष्ट छ भनेर म किन भन्छु त? दुष्टतासँग यसको के सम्बन्ध छ? तिमीहरूलाई के लाग्छ: आफ्नै बढाइ गर्ने र आफ्नै गवाही दिने आफ्ना उद्देश्यहरूको बारेमा तिनीहरू खुलस्त हुन सक्छन्? (सक्दैनन्।) तिनीहरूका हृदयको गहिराइमा सधैँ एउटा आकांक्षा हुन्छ, अनि तिनीहरूले भन्‍ने र गर्ने कुरा त्यही आकांक्षाको सघाउको निम्ति हो, र यसकारण, तिनीहरूले बोल्‍ने र गर्ने कुराहरूपछाडि तिनीहरूको हृदयको गहिराइका भएका उद्देश्य र अभिप्रेरणाहरू गोप्य राखिन्छन्। उदाहरणको लागि, यी लक्ष्यहरू हासिल गर्नको निम्ति तिनीहरूले गलत निर्देशन वा केही अनुचित युक्तिहरूको प्रयोग गर्नेछन्। के यस्तो गोपनीयता धूर्त प्रकृतिको छैन र? अनि यस्तो धूर्तपनलाई दुष्ट भन्‍न सकिन्‍न र? यसलाई वास्तवमा दुष्ट भन्‍न सकिन्छ र यो छलभन्दा गहिरो हुन्छ” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू आफैलाई उच्च पार्छन् र आफ्नै बारेमा गवाही दिन्छन्”)। म मेरो कर्तव्यको दौरान कसरी व्यवहार गरिरहेको छु भनेर मैले सोचेँ: दाजुभाइ-दिदीबहिनीहरूलाई समस्या पर्दा काममा मेरो क्षमताका बारेमा बढाइचढाइ गर्न मैले समस्याहरू कसरी समाधान गरेँ भनेर कुरा गर्दै र सबैलाई म उनीहरूभन्दा क्षमतावान् छु भनेर सोच्न बाध्य बनाउँदै, मैले सङ्गति गरिरहेको र उनीहरूलाई सहयोग गरिरहेको अभिनय गर्थे। कामको बारेमा कुरा गर्दा, मानिसहरूले मलाई आदर्श मानुन् भन्नका लागि, मलाई सबै कुरा थाहा छ भनेर सोच्न लगाउन, आफूलाई प्रदर्शित गर्नका लागि मेरो मुखबाट निस्किने पहिलो शब्द नै “म” हुन्थ्यो। मैले मेरो नकारात्मकता र भ्रष्‍टता अरूबाट लुकाउँथे। मेरो भ्रष्‍ट स्वभावका बारेमा त परै जाओस्, मैले आफ्नो गाह्रो-साह्रोको बारेमा पनि कहिल्यै छलफल गर्दिनथेँ। बरु, मेरा दोषहरू लुकाउनका लागि मैले सकारात्मक प्रवेशका कुरा गर्थेँ, जसले अरूलई मँसँग कद छ भनेर सोच्न र मलाई सम्मान गर्न बाध्य बनायो। मैले कर्तव्यको दौरान कसरी दुःख पाएँ र कर्तव्य निभाउन कति गाह्रो हुन्थ्यो भनेर म सधैँ कुरा गरिरहेको हुन्थेँ ताकि उनीहरूले म कति कर्तव्यनिष्‍ठ थिएँ भनेर देख्न सकुन्। र भेलाहरूमा मसँग परमेश्‍वरका वचनहरू वा आफ्नै बारेमा कुनै बुझाइ छैन भनेर प्रष्‍ट हुन्थ्यो, तर म आफूलाई चिन्छु भनेर कल्पनाको कहानी बुन्दै बोलेको बोल्यै गर्थे, ताकि अरूले मेरो बारेमा उँचो सोचुन्। उनीहरूको सम्मान र प्रशंसाको आनन्द उठाइरहन, सहीजस्तो देखिने कुराहरू बोल्ने र गर्ने क्रमलाई मैले निरन्तरता दिएँ, जबकि म वास्तवमा आफूलाई ठूलो देखाउने र रवाफ प्रदर्शन गर्ने गरिरहेको हुन्थेँ, र यसरी अरूको हृदयलाई परमेश्‍वरबाट टाढा जाने तुल्याउँथेँ। के मेरो व्यवहार परमेश्‍वरका वचनहरूमा प्रकाश पारिएको दुष्‍ट स्वभावले गराएको होइन र? मै जे गरेँ वा आफूलाई समर्पित गरेको जस्तै गरी जसरी म प्रस्तुत भएँ, मेरो लक्ष्य कहिल्यै पनि कर्तव्य राम्ररी पूरा गर्नु थिएन। मैले गरेको सबै काम अरूलाई मलाई आदर्श मान्न लगाउँदै मेरो पदलाई सुदृढ़ पार्नलाई थियो। म ख्रीष्‍टविरोधी मार्गमा हिडिरहेको थिएँ। अन्ततः मलाई मेरो खतराको बारेमा बोध भयो त्यसैले पश्चात्तापको इच्छा राख्दै, मैले यथाशक्य चाँडो परमेश्‍वरको प्रार्थना गरेँ।

परमेश्‍वरका यी वचनहरू अचानक मेरो मनमा आए: “यदि व्यक्तिले सामान्य मानवतामा जिउनु छ भने, कसरी उसले आफैलाई खुला र उनीहरूले आफैलाई उदाङ्गो पार्नुपर्छ? यो कुरा आफैलाई खुला बनाएर र आफ्नो हृदयभित्र भएका वास्तविक भावनाहरू अरूलाई स्पष्ट रूपमा देखाएर, साधारण र शुद्ध रूपमा सत्यको अभ्यास गर्न सक्‍ने भएर गरिन्छ। यदि व्यक्तिले आफ्नो भ्रष्टता प्रकट गर्छ भने, उसले समस्याको सार जान्न सक्‍नुपर्छ र उनीहरूले आफ्नो हृदयको भित्री भागबाट आफैलाई घृणा गर्न र अप्रिय मान्न सक्‍नुपर्छ। जब उनीहरूले आफैलाई उदाङ्गो बनाउँछन्, तब उनीहरूले आफ्नो व्यवहारलाई उचित प्रमाणित गर्ने कोसिस गर्दैनन्, न त तिनको प्रतिरक्षा गर्ने कोसिस नै गर्नेछन्। … पहिलो, व्यक्तिले आफ्नो समस्यालाई आधारभूत स्तरमा बुझ्नुपर्छ, आफैलाई विश्लेषण गर्नुपर्छ, र आफैलाई उदाङ्गो पार्नुपर्छ। उनीहरूसँग एक इमानदार हृदय र इमानदार मनोवृत्ति हुनुपर्छ, र उनीहरूको स्वभावमा भएका समस्याहरूको बारेमा उनीहरूले बुझेका कुरा भन्नुपर्छ। दोस्रो, यदि व्यक्तिले आफ्नो स्वभाव विशेष रूपमा गम्भीर भएको महसुस गर्छ भने, उसले सबैलाई यसो भन्नुपर्छ, ‘यदि मैले फेरि त्यस्तो भ्रष्ट स्वभाव प्रकट गरें भने, तपाईंहरू सबै उठ्नुहोस्—त्यो मलाई देखाउनुहोस् र मेरो निराकरण गर्नुहोस्। तपाईंहरूले मप्रति कोमल नबन्नुहोस्। त्यस बेला मैले त्यो सहन नसकुँला, तर त्यसमा कुनै ध्यान नदिनुहोस्। ममाथि नजर राख्‍न एकसाथ मिलेर काम गर्नुहोस्। यदि यो भ्रष्ट स्वभाव अचानक गम्भीर रूपले प्रकट हुन्छ भने, मलाई पर्दाफास गर्न र मेरो निराकरण गर्न सबै जना उठ्नुहोस्। म साँच्‍चै आशा गर्छु कि सबैले ममाथि नजर राख्‍नेछन्, मलाई सहयोग गर्नेछन्, र मलाई बाटो बिराउनबाट जोगाउनेछन्।’ व्यक्तिले सत्यको अभ्यास गर्ने मनोवृत्ति यही हो” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सामञ्‍जस्यपूर्ण समन्वयको विषयमा”)। परमेश्‍वरका वचनहरूले मलाई बाटो देखायो। तर मैले मेरो समस्याहरू जति धेरै बुझेको भए पनि, म त्यसरी अगाडि बढिरहन सक्दिन भनेर मलाई थाहा भयो। मेरा कार्यपछाडिका नियतहरू सबैलाई देखाउन म इमानदार हुनुपर्छ र आफूलाई उदाङ्गो पार्नुपर्छ ताकि उनीहरूले म आफ्नै बढाइ गर्दै, रवाफ देखाउँदै ख्रीष्‍टविरोधी मार्गमा हिडिरहेको छु भनेर देख्न सकुन्। यो सबैभन्दा जरुरी थियो।

अर्को भेलामा, दाजुभाइ-दिदीबहिनीहरूको अगाडि म पूर्ण रूपमा सफा भएर आएँ र उनीहरूको सहयोग र सुझाव मागेँ। पूर्ण रूपमा खुला भएपछि, मलाई धेरै हलुका महसुस भयो। त्यसपछिका केही दिनहरू उनीहरूले मेरा समस्याहरू खोतल्दै, यसो भन्दै, मलाई सन्देशहरू पठाए, “तपाईं आफ्नो कर्तव्यको दौरान रवाफ देखाउनुहुन्थ्यो। मलाई मेरो कर्तव्यमा सिद्धान्त खोज्न मन हुन्नथ्यो, मात्र तपाईंमा निर्भर भइरहन्थेँ। तपाईंलाई सबै कुरा थाहा छ सोच्थेँ र तपाईंलाई सोध्नु सजिलो लाग्थ्यो।” केहीले भन्थे, “मैले हालैका दिनमा परमेश्‍वरको बारेमा केही पनि सिकेको छैन, बरु तपाईं आफ्नो काममा सक्षम र कर्तव्यप्रति जिम्मेवार दुवै हुनुहुन्छ भनेर सोच्दै, केवल तपाईंलाई अझ धेरै आदर्श मान्न मात्र सिकेको छु। म तपाईंलाई साँच्चै आदर गर्थेँ।” यी सबै कुरा सुन्नु मेरो लागि साँच्चै दुःखदायी थियो। यतिका धेरै महिनाहरूमा मैले निभाएको कर्तव्यबाट यस्तो कुरा आउँदा मैले विश्‍वास नै गर्न सकिन। परमेश्‍वरले मलाई पक्कै घृणा गर्नुभयो होला भनेर सोच्दैँ, मैले एकदमै नैराश्य र दुःख महसुस गरे। म नकारात्मकतामा निकै तल धसिएँ। तर परमेश्‍वरप्रतिको निरन्तर प्राथर्ना र अरूको सहयोग र सद्‍भावको माध्यमबाट परमेश्‍वरले यो सबै मलाई हटाउन गर्नुभएको होइन बरु मलाई धुन र परिवर्तन गर्न गर्नुभएको हो भन्ने महसुस गरेँ। यदि यस्तो नहुँदो हो त, म गलत बाटोमा लागेको कुरा मैले थाहा पाउने थिइन। मेरो लागि यो नै परमेश्‍वरको महान् मुक्ति थियो! जब मैले परमेश्‍वरको इच्छा बुझेँ, मैले आफ्नो समीक्षा गर्ने र वास्तवमै पश्चात्ताप गर्ने सङ्कल्प गरेँ।

मैले परमेश्‍वरका केही वचनहरू पढेँ: “केही मानिसहरूले विशेष गरी पावललाई आदर्श मान्छन्। तिनीहरू बाहिर गएर भाषण दिन र काम गर्न मन पराउँछन्, भेलाहरूमा उपस्थित हुन र प्रवचन दिन मन पराउँछन्, अनि मानिसहरूले तिनीहरूलाई सुनेको, तिनीहरूको आराधना गरेको, र तिनीहरूका वरिपरि घुमेको तिनीहरू मन पराउँछन्। तिनीहरू अन्य व्यक्तिहरूको मनमा आफ्नो हैसियत बनाउन चाहन्छन् र तिनीहरूले प्रस्तुत गरेको प्रतिरूपलाई अन्य व्यक्तिहरूले भाउ दिएमा तिनीहरू त्यसको सराहना गर्छन्। अब यी व्यवहारहरूबाट तिनीहरूको प्रकृतिलाई विश्‍लेषण गरौं: तिनीहरूको प्रकृति के हो? यदि तिनीहरूले साँच्चै नै यसरी नै व्यवहार गर्छन् भने, तिनीहरू अहङ्कारी र अभिमानी छन् भनी देखाउन यही कुरा काफी छ। तिनीहरूले परमेश्‍वरको आराधना गर्दै गर्दैनन्; तिनीहरूले अझ उच्च हैसियत खोज्छन् र अन्य व्यक्तिहरू उपर अधिकार जमाउन, तिनीहरूलाई वशमा पार्न र तिनीहरूको मनमा आफ्नो हैसियत राख्न चाहन्छन्। यो शैतानको चिरपरिचित प्रतिरूप हो। तिनीहरूको प्रकृतिको सहजै देख्न सकिने पक्षहरू भनेका अहङ्कार र अभिमान, परमेश्‍वरको आराधना गर्न अनिच्छुक हुनु, र अन्य व्यक्तिहरूले आफ्नो आराधना गरून् भन्ने चाहना गर्नु जस्ता कार्य हुन्। त्यस्ता व्यवहारहरूले तिनीहरूको प्रकृतिको बारेमा एकदमै स्पष्ट दृष्टिकोण प्रदान गर्न सक्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानिसको प्रकृति कसरी जान्ने”)। “उदाहरणका लागि, यदि तँभित्र अहङ्कार र घमन्ड छ भने, तैँले परमेश्‍वरको प्रतिरोध गर्नबाट आफूलाई रोक्नु असम्भव हुनेछ; तैँले उहाँको प्रतिरोध गर्न आफू बाध्य बनेको महसुस गर्नेछस्। तैंले जानी-जानी त्यसो गर्दैनस्; तैँले आफ्नो अहङ्कारी र घमण्डी प्रकृतिको वशमा परेर त्यसो गर्छस्। तँलाई तेरो अहङ्कार र घमन्डले परमेश्‍वरलाई तुच्छ ठान्ने र उहाँलाई कुनै महत्त्व नभएको व्यक्तिको रूपमा हेर्ने बनाउँछ; ती कुराले तँलाई आफैलाई उचाल्ने, निरन्तर आफैलाई प्रदर्शनमा राख्‍ने, र अन्त्यमा, परमेश्‍वरको स्थानमा बस्ने र आफ्नै गवाही दिने बनाउँछ। आखिरमा तैँले आफ्नै उपायहरू, तेरा आफ्नै विचारहरू र तेरा आफ्नै धारणाहरूलाई आराधना गर्नुपर्ने सत्यतामा परिवर्तन गर्नपट्टि लाग्छस्। हेर् आफ्‍नो अहङ्कारी र घमन्डी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्!” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ”)। परमेश्‍वरका वचनहरूको खुलासाले मलाई अरूको हृदयमा उँचो स्थान बनाउन खोज्नुको कारण मेरो घमण्डी प्रकृति थियो र मैले यसरी परमेश्‍वरको विरोध गर्दै थिएँ भन्ने देखायो। यो घमण्डी प्रकृतिबाट नियन्त्रित भएर मैले मेरो कर्तव्यको दौरान नतिजाहरू आउँदा म भित्रभित्रै खुशी हुन र जति सक्दो धेरै आफ्नो बढाइ गर्न र रवाफ देखाउन थालेँ। म अरूबाट राम्रो देखिन, मेरो प्रतिभा र क्षमता देखाउनका लागि मात्रै बोल्थेँ र काम गर्थेँ। अरू सबैले म उनीहरूभन्दा राम्रो छु, र म विशेष छु भन्ने सोचुन् भन्नका लागि मैले मेरो कर्तव्यको दौरान कति दुःख पाएँ, कर्तव्य कति थकानलाग्दो हुन्थ्यो, मैले समस्या कसरी समाधान गरेँ भनेर मैले निर्लज्ज रूपमा बढाइचढाइ गरेर बताउँथेँ। मलाई जसरी पनि मानिसहरूले सम्मान र प्रशंसा गरुन् भन्ने थियो। के त्यो ख्रीष्‍टविरोधी स्वभाव थिएन र? पावल पनि त्यस्तै थियो। उसले अरूलाई आफ्नो प्रशंसा गर्ने तुल्याउन आफ्नो ज्ञान र प्रतिभालाई प्रचार र काममार्फत, सधैँ प्रदर्शन गरिरहन्थ्यो। मनिसहरूको मन जित्नका लागि, उसले कति काम गर्‍यो र प्रभुका लागि कति कष्ट सह्यो भन्ने रवाफ देखाउँदै सधैँ मण्डलीलाई पत्र लेखिरहन्थ्यो। उसले काम र दुःख गरेको आफ्नो कर्तव्यलाई पूरा गर्न वा देहधारी ख्रीष्‍टलाई गवाही दिन नभएर, आफ्नै महत्त्वकांक्षा र अभीष्‍ट पूरा गर्न थियो। उसले जतिसुकै काम गरेको वा दुःख पाएको भए पनि, वा उसलाई जतिसुकै मानिसहरूले आदर्श मानेका भए पनि, उसले सत्यको खोजी नगरेको र उसको टाउको ठूलो हुँदै गएकाले, अन्त्यमा निर्लज्ज हुँदै उसले आफूलाई ख्रीष्‍टको रूपमा गवाही दियो। यसले परमेश्‍वरको स्वभावलाई गम्भीर रूपमा उल्लङ्घन गर्‍यो र यसका लागि परमेश्‍वरले उसलाई दण्डित गर्नुभयो। मेरो प्रकृति पनि पावलको जस्तै थियो। म अति घमण्डी र अभिमानी थिएँ, हैसियतलाई प्रेम गर्थे, सधैँ आफ्नै बढाइ गर्थेँ र रवाफ देखाउँथेँ ताकि सबैले मलाई आदर्श ठानुन्, र उनीहरूको हृदयमा परमेश्‍वरका लागि कुनै ठाउँ नहोस् र समस्या आउँदा उनीहरूले परमेश्‍वरको भर नपरुन वा सत्य नखोजुन्। मैले यसरी मेरो कर्तव्य निभाउनु भनेको परमेश्‍वरको विरोध गर्नु र दाजुभाइ-दिदीबहिनीहरूलाई हानि पुर्‍याउनु थियो। मेरो घमण्डी प्रकृतिसँग जिउँदा यस्तो दुष्‍टता र परमेश्‍वरविरुद्धको विरोध आउँछ भनेर मैले कहिल्यै सोचेको थिइनँ। यदि मैले पश्चात्ताप गर्दिनथेँ भने, ढिलो चाँडो मैले परमेश्‍वरको क्रोध जगाउँथे र दण्डित हुन्थेँ। परमेश्‍वरको अनुशासन कार्बाही र दाजुभाइ-दिदीबहिनीहरूको समर्थन र सहयोगबिना, मैले आफ्नो समीक्षा गर्न सक्दिनथेँ। परमेश्‍वरको धर्मी स्वभाव र महान् मुक्तिले नै मलाई खुलासा हुने मार्गतर्फ अघि बढायो।

यसको बारेमा सोच्दा, जब मैले मेरो कर्तव्यमा केही कुराहरू हासिल गरेँ र समस्या पत्ता लगाएँ, यो सबै परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शनबाट आएको थियो। पवित्र आत्मको कार्यबिना, म केही पनि नबुझ्ने मूर्ख थिएँ। मसँग सत्यको कुनै पनि वास्तविकता थिएन, तर पनि म धेरै घमण्डी र अभीमानी थिएँ, निर्लज्ज भएर परमेश्‍वरको स्तरका लागि प्रतिस्पर्धा गर्थेँ। म मतिशून्य थिए! मैले सत्यको सङ्गति गरिनँ, न मेरो कर्तव्यमा परमेश्‍वरको गवाही नै दिएँ, केवल रवाफ देखाएँ र मानिसहरूलाई भड्काएँ—कस्तो दुष्‍ट काम! त्यसपछि मैले आफूलाई साँच्चै घृणा गर्न थालेँ। म यसरी अघि बढ्न चाहन्नथेँ, त्यसैले मैले परमेश्‍वरको प्रार्थना गरेँ: “प्रिय परमेश्‍वर, म एकदमै गलत रहँदैआएको छु! म कति धमण्डी र मतिशून्य छु भनेर मैले थाहा पाएँ। पश्चात्ताप गर्ने मौका दिनुभएकोमा तपाईंलाई धन्यवाद। म अब गम्भीर भएर सत्यको अभ्यास गर्नेछु र सही मार्गमा आउनेछु। कृपया मलाई मार्गदर्शन गर्नुहोला।”

त्यसपछि मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “आफ्नै बढाइ नगर्न र आफ्नै गवाही नदिनको निम्ति के गर्नुपर्छ? यस विषयको कुरा गर्दा, यो भनेको खुलस्त भएर तेरो साँचो रूपलाई उदाङ्‍गो पार्नुको साटो आफ्नै बढाइ गर्ने र आफ्नो गवाही दिने र अरूमा आफूप्रति आदरको भावना जगाउने लक्ष्य हासिल गर्नको निम्ति आफैँलाई तमासा बनाउने काम हो—यी कुराहरू सार रूपमा फरक छन्। के यी कुराहरू विस्तृत विवरण होइनन् र? उदाहरणको निम्ति, खुलस्त हुन र आफ्ना मनसाय र विचारहरूलाई उदाङ्‍गो छोड्नका लागि, आत्म-ज्ञानलाई प्रदर्शन गर्ने वाक्यरीति र अभिव्यक्तिहरू केके छन्? अरूको प्रशंसामा टुङ्‍गिने कस्तो किसिमको प्रदर्शनमा आफ्नै बढाइ गर्ने र आफ्नै गवाही बन्‍ने कुरा सामेल हुन्छ? तैँले कसरी प्रार्थना गरेको छस्, सत्यको खोजी गरेको छस् र परीक्षाहरू भोग्दै गवाही बनेको छस् भन्‍ने कुराको वर्णन गर्नु परमेश्‍वरको बढाइ गर्नु उचाल्‍नु र गवाही बन्‍नु हो। यस किसिमको अभ्यास आफ्नै बढाइ गर्नु र आफ्नै गवाही बन्‍नु होइन। आफैँलाई उजागर गर्नुमा प्रेरणा सामेल हुन्छ: यदि कसैको प्रेरणा आफ्नै बढाइ गर्नुको साटो आफ्नो भ्रष्टता सबैलाई देखाउनु हो भने, तिनीहरूका शब्दहरू इमानदार, सत्य र तथ्य-आधारित हुनेछन्; यदि तिनीहरूको प्रेरणा अरूलाई आफ्नो आदर गर्न लगाउनु, अरूको आँखामा धूलो छर्नु र आफ्नो साँचो अनुहार तिनीहरूबाट लुकाउनु, आफ्नो मनसाय, भ्रष्टता वा कमजोरीहरू र नकारत्मकता अरूका अगाडि प्रकट गर्नबाट रोक्‍नु हो भने, तिनीहरूको बोल्‍ने तरिका छलपूर्ण र भ्रामक हुन्छ। के यहाँ ठोस भिन्‍नता छैन र?” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू आफैलाई उच्च पार्छन् र आफ्नै बारेमा गवाही दिन्छन्”)। “परमेश्‍वरको बारेमा गवाही दिँदा, तैँले मुख्य रूपमा परमेश्‍वरले कसरी मानिसहरूलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, मानिसहरूलाई शोधन गर्न र तिनीहरूका स्वभावहरू परिवर्तन गर्न उहाँले कस्ता-कस्ता परीक्षाहरू प्रयोग गर्नुहुन्छ भन्ने बारेमा नै धेरै कुरा गर्नुपर्दछ। तिमीहरूले तिमीहरूका अनुभवमा कति धेरै भ्रष्टता प्रकट गरिएको छ, तिमीहरूले कति धेरै सहेका छौ, र अन्त्यमा तिमीहरू परमेश्‍वरद्वारा कसरी जितियौ भन्ने कुराहरू पनि गर्नुपर्छ; तिमीहरूसँग परमेश्‍वरको कामको कतिसम्म वास्तविक ज्ञान छ, र तिमीहरूले कसरी परमेश्‍वरका लागि साक्षी दिनुपर्दछ र उहाँको प्रेमको ऋण चुकाउनुपर्छ भन्ने बारेमा कुरा गर्नुपर्छ। तिमीहरूले यस प्रकारको भाषामा ठोसता प्रदान गर्नुपर्छ, साथै यसलाई सरल तरिकाले प्रस्तुत गर्नुपर्छ। खोक्रा सिद्धान्तहरूको बारेमा कुरा नगर। धेरै व्यावहारिक भएर बोल; हृदयबाट बोल। तिमीहरूले अनुभव गर्नुपर्ने यसरी नै हो। आडम्बर देखाउन आफैलाई गम्भीर देखिने, खोक्रा सिद्धान्तहरूले सुसज्जित नपार; त्यसो गर्दा तिमीहरू अत्यन्त अहङ्कारी र मूर्ख देखिन्छौ। तिमीहरूले आफ्नो असली अनुभवबाट वास्तविक कुराहरूको बारेमा बताउनुपर्छ, जुन साँचो हुन्छ र हृदयबाट निस्केको हुन्छ; यो अरूका लागि अत्यन्तै फाइदाजनक हुन्छ, र तिनीहरूले ती देख्दा तिनको सराहना गर्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ”)। परमेश्‍वरका वचनहरूले मलाई आफ्नै बढाइ गर्ने र रवाफ देखाउने गर्ने मेरा समस्याहरू हल गर्न अनुभवमार्फत मैले आफ्नो समीक्षा गर्न र आफूलाई चिन्नमा केन्द्रित हुनुपर्छ भन्ने कुरा देखाए। सङ्गति गर्दा मैले मेरो नियत सही राख्नुपर्ने र मैले व्यक्त गर्ने भ्रष्‍टताका बारेमा अझ धेरै कुरा गर्नुपर्ने, मेरा नियत र अशुद्धीहरूलाई चिर्नुपर्ने, परमेश्‍वरका वचनहरूबाट न्याय गरिएको अनुभव मैले कसरी गरेँ आफ्नो बारेमा मैले वास्तवमा के बुझेँ, परमेश्‍वरको स्वभाव र उहाँको प्रेमको बारेमा मैले के बुझेँ भन्ने बारेमा कुरा गर्नुपर्ने र परमेश्‍वरको बढाइ गर्न र उहाँको गवाही दिन मेरो वास्तविक अनुभवको प्रयोग गर्नुपर्ने थियो। त्यो नै मेरो वास्तविक कर्तव्य थियो। अर्को भेलामा, मैले कसरी योजना बनाएँ र हैसियतका लागि रवाफ देखाएँ, र परमेश्‍वरले कसरी मलाई निराकरण गर्ने र मेरो कुरूपता देखाउने अवस्थाको बन्दोबस्त गर्नुभयो मैले जानीजानी कुरा गरे। तब एक जना दाजुले मलाई भन्नुभयो, “तपाईंको अनुभवले मलाई के देखायो भने हामीसँग भ्रष्‍ट स्वभाव भए तापनि, हामीले परमेश्‍वरका वचनहरूबाट न्याय र निराकरण हुन स्वीकार गर्नुपर्छ, सत्यको अभ्यास गर्नुपर्छ र हाम्रो देहलाई परित्याग गर्नुपर्छ, र हामी रूपान्तरित हुनेछौँ। परमेश्‍वरले गर्नुहुने सबै कुराहरू मानवलाई मुक्ति दिनका लागि हो भनेर पनि म देख्छु।” यो सुनेपछि म परमेश्‍वरप्रतिको कृतज्ञताले भरिएँ। आफ्नो बारेमा यो बुझाइ प्राप्‍त गर्नु भनेको अन्ततः परमेश्‍वरका वचनहरूबाट न्याय र सजाय पाउनु थियो।

त्यसपछि म मेरो कर्तव्यको दौरान जानीबुझी नै यसमा प्रवेश गर्न थाले। अरूको कर्तव्यमा मैले गल्ती भेट्टाउँदा, म परमेश्‍वरको प्रार्थना गर्थे, मेरो नियतलाई सफा राख्थेँ र मेरो राय वस्तुनिष्ठ भएर राख्थेँ। मैले पहिलेजस्तो आत्मरति गरिन। दाजुभाइ-दिदीबहिनीहरूलाई बताउनका लागि म सत्यका केही सिद्धान्तहरू पनि खोजी गर्थे। भेलाहरूमा, म मेरो कार्यपछाडिका नियत र दोषहरू र मैले प्रकट गरेका भ्रष्‍ट स्वभावहरूलाई चिरफार गर्थेँ ताकी अरूले मेरो साँचो रूप देख्न सकुन्। यसरी अभ्यास गर्दा, मेरो हृदयमा साँच्चै शान्ति महसुस गरेँ र परमेश्‍वरसँगको मेरो सम्बन्ध सामान्य बन्यो। केही समयपछि, अरूले मलाई सही तरिकाले व्यवहार गरिरहेको र पहिलेजस्तो मलाई उच्च नजरेले नहेर्ने नगरेको महसुस गरेँ। जब म सत्यको सिद्धान्तविपरीत बोल्थेँ वा कार्य गर्थेँ मैले सच्याउन सकूँ भन्ने हेतुले उनीहरूले ती कुरा औंल्याउँथेँ। अरूसँग यसरी अन्तरर्क्रिया गर्दा साँच्चै स्वतन्त्र भएजस्तो अनुभूति हुन्थ्यो। मलाई शुद्ध पार्न र परिवर्तन गर्न यो अवस्थाको प्रबन्ध मिलाउनुभएकोमा म परमेश्‍वरलाई साँचो रूपले धन्यवाद दिन्छु!

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

इमानदार उजुरीको फल

झाओ मिङ्ग, चीनअप्रिल २०११ मा, मैले देशको अर्को भागमा रहेको एउटा मण्डलीकी याओ लान नामक अगुवाको स्थान लिनुपर्ने भयो। हस्तान्तरणको बेला,...

ईर्ष्यालाई महानताले हटाऔं

फु डान, चीनकेही वर्ष पहिले, मण्डलीको अगुवाइका कार्य जिम्मेवारीहरूमा मलाई मद्दत गर्नको लागि सिस्टर जियाओजीलाई हाम्रो मण्डलीमा सरुवा गरिएको...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्