परमेश्‍वर अत्यन्तै धर्मी हुनुहुन्छ

17 अक्टोबर 2021

झाङ्ग लिन, जापान

सेप्टेम्‍बर २०१२ मा, म मण्डलीको कामको मुख्य व्यक्ति थिएँ जुन बेला मैले मेरो अगुवा यान झुओलाई भेटेँ। उनले दाजुभाइ-दिदीबहिनीहरूलाई घर-घरमा गएर सुसमाचार प्रचार गर्न लगाइरहेकी रहेछिन् भन्‍ने मैले थाहा पाएँ। यो सिद्धान्तहरूको गम्‍भीर उल्‍लङ्घन थियो। त्यसकारण मेरो सहकर्मी र मैले उनलाई भन्यौं, “सुसमाचारको प्रचार गर्दा हामीले परमेश्‍वरको घरका सिद्धान्तहरू पालन गर्नुपर्छ। तपाईंले अहिले जे गरिरहनुभएको छ त्यो सिद्धान्तहरूअनुरूप छैन र यदि मण्डलीमा गैर-विश्‍वासी वा दुष्कर्मी घुसपैठ हुनपुगे भने, त्यसले परमेश्‍वरको घरको काममा वाधा पुर्‍याउनेछ। त्यसरी सुसमाचार प्रचार गर्नु खतरनाक हुन्छ। यदि कसैले प्रहरीलाई खबर गरिदियो भने, तपाईंले हाम्रा दाजुभाइ-दिदीबहिनीहरूलाई सिंहको अघि फ्याँक्‍नुभएको जस्तै हुनेछ।” उनले यसलाई कुनै ध्यान नदिएकी मात्र होइन हामीलाई नियमहरूमा हठी बनेको समेत आरोप लगाइन्। त्यसपछिका भेलाहरूमा, उनले बारम्‍बार मलाई र मेरो सहकर्मीलाई हप्काउँदै, हामीले परमेश्‍वरको घरको सुसमाचार प्रचारको काममा वाधा पुर्‍याइरहेका छौं भनेर भन्थिन्। हामी दुवै उनको बन्धनमा परेका थियौं। त्यो वर्षको डिसेम्‍बरमा, यान झुओले अह्राएको कारण हाम्रा क्षेत्रीय सदस्यहरू सुसमाचार प्रचार गर्न गए र १०० भन्दा बढी मानिसहरू पक्राउ परे। परमेश्‍वरको घरको निम्ति यो निकै ठूलोधक्का थियो, तर यान झुओले कुनै पश्‍चात्ताप गरिनन्। उनले आफ्‍नो अहङ्कार वा लापरवाहीको बारेमा गहन रूपमा चिरफार वा मनन गरेको मैले कहिल्यै देखिन। नोभेम्बर २०१३ सम्‍ममा, म मण्डलीका भिडियोहरू बनाउने काममा इन्‍चार्ज बनिसकेको थिएँ। उनले अझै पनि अहङ्कारी भई आफूलाई जे मन लाग्यो त्यही गरिरहेकी छिन् भन्‍ने मैले देखेँ। फरक विचार व्यक्त गर्ने जोकोहीलाई उनले झपार्थिन् र निन्दा गर्थिन्। दाजुभाइ दिदीबहिनीहरूले पुनरावलोकनको लागि पेस गरेका भिडियोहरू उनले बारम्बार रोक्थिन्, जसको अर्थ तिनीहरूले परमेश्‍वरको घरबाट समयमा नै सुझाव वा सहयोग प्राप्त गर्न सक्दैनथिए। उनले आफ्‍नो कर्तव्य पूरा गर्ने तरिकामा रहेका कतिपय कमीहरूको बारेमा उनलाई बताएँ र केही सुझावहरू दिएँ, तर तिनी पहिलेको जस्तै अघि बढिरहिन्। उनले मेरो कुरा सुनिनन्, र मलाई अहङ्कारी व्यक्ति भनेर भनिन्। मे २०१४ मा, उनले मलाई निकालेर घर पठाइन्। घर पुगेपछि, मैले संयोगवस ख्रीष्टविरोधीहरू र झूटा अगुवाहरू पत्ता लगाउनेसम्‍बन्धी केही सिद्धान्तहरू पढिरहेको थिएँ। यान झुओको निरन्तर व्यवहारलाई ती सिद्धान्तहरूसँग तुलना गर्दा, तिनी कति अहङ्कारी र अभिमानी रहेछिन् भन्‍ने मैले बल्‍ल थाहा पाएँ। उनले आफ्‍नो कर्तव्यमा सधैँ निरङ्कुश र तानाशाही व्यवहार गर्थिन्। उनले दाजुभाइ-दिदीबहिनीहरूबाट सत्यता वा सुझावहरू स्वीकार गर्दिनथिइन्, बरु मानिसहरूलाई दमन गर्ने र दोष दिने गर्थिन्। के उनको व्यवहारले उनी सत्यतालाई घृणा गर्ने ख्रीष्टविरोधी हुन् भन्‍ने देखाएन र? उनको व्यवहारको वास्तविकतालाई हेर्दा, म छक्‍क परेँ। हामीले सँगै काम गरेको दुई वर्षको अवधिमा, मैले उनको व्यवहार र तरिकालाई देखेको थिएँ, तर मलाई यो सबै भ्रष्टताको अभिव्यक्ति हो भन्‍ने लागेको थियो। मैले उनको प्रकृति, उनको सार, वा उनले पछ्याइरहेको मार्गको बारेमा छानबिन गर्न कहिल्यै पनि परमेश्‍वरका वचनहरूको प्रयोग गरिन। त्यसकारण जब-जब म उनको छेउछाउ हुन्थें, म सहनशील र धैर्य नै भइरहनुपर्थ्यो, जसले परमेश्‍वरको घरको काममा ढिलाइ र असर गर्‍यो। मैले सोचेँ, “यदि यान झुओ मण्डली अगुवा नै भइरहिन् भने, उनले परमेश्‍वरको घरको काममा अझै बढी बाधा पुर्‍याउनेछिन्।” मैले उनका समस्याहरूको बारेमा परमेश्‍वरको घरमा उजुरी दिने निर्णय गरेँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र उनको बारेमा उजुरी गर्दै एउटा पत्र लेखेँ। पत्रको अन्तिममा, मैले एउटा अन्तिम कुरा समावेश गरेँ। त्यो बेला एउटा भिडियोमा कुनै समस्याहरू छन् भन्‍ने मलाई थाहा थियो, त्यसैले मैले परमेश्‍वरको घरलाई त्यस विषयमा छानबिन र समीक्षा गर्नको लागि अनुरोध गरेँ।

पूरा भएको पत्र पठाउन लागेको बेला, ममा फरक विचारहरू आउन थाले। मैले विचार गरेँ, “मैले यसभन्दा पहिले सुझावहरू दिएको छु र उनको कर्तव्यका समस्याहरूलाई उल्‍लेख गरेको छु, तर यसलाई त्यति राम्ररी लिइएन र उनले मलाई घर पठाइन्। अहिले मैले मेरो कर्तव्य समेत गर्न सक्दिन। यदि मैले उनको समस्याहरूको बारेमा उजुरी गर्ने यो पत्र पठाएँ भने र संयोगवस उनले यो पढ्न पुगिन् भने, उनले मलाई अगुवा र सेवकहरूलाई आक्रमण गरेको आरोप लगाउनेछिन्, त्यसपछि म कहाँ हुनेछु? मैले यो कुरालाई बिर्सनुपर्छ। म पहिले नै बाहिर आइसकेको हुनाले, मैले परिस्थिति खलबल्याउनु हुँदैन।” तर त्यसपछि मैले विचार गरेँ, “परमेश्‍वरले मलाई आज यान झुओ ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्छिन् भन्‍ने कुरा देख्‍न अगुवाइ गर्नुभयो। यदि मैले यसको बारेमा उजुरी गरिन भने, परमेश्‍वरको घर र दाजुभाइ-दिदीबहिनीहरूले नै कष्ट भोग्‍नेछन्। त्यसो गरेर के म शैतानको मतियार र दुष्कर्मी बनिरहेको हुनेछैन र?” ममा साँच्‍चै अन्तर्द्वन्द्व चलिरहेको थियो किनभने एकतर्फ परमेश्‍वरको घरका हितहरू र दाजुभाइ-दिदीबहिनीहरूका हितहरू थिए भने अर्कोतर्फ मेरो आफ्‍नै भविष्यका सम्‍भावनाहरू थिए। मैले के गर्ने हो सो मलाई थाहा भएन। केही दिनसम्‍म, मैले बारम्‍बार परमेश्‍वरसँग प्रार्थना गरेँ, मलाई सही निर्णय गर्न अगुवाइ गर्नुहोस् भनी उहाँलाई अनुरोध गरेँ। पछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “शुद्ध पारिनको लागि तँसँग आकांक्षाहरू र साहस हुनैपर्छ, र तैँले आफूलाई सँधै असक्षम ठान्‍नु हुँदैन। के सत्यताका मन पर्ने कुराहरू हुन्छन्? के सत्यताले मानिसहरूलाई जानी-जानी विरोध गर्न सक्छ? यदि तैँले सत्यताको खोजी गरिस्‌ भने, के यसले तँलाई व्याकुल बनाउन सक्छ? यदि तँ न्यायको लागि दह्रिलो गरी खडा भइस्‌ भने, के यसले तँलाई ढाल्‍नेछ? यदि जीवनको खोजी गर्ने तेरो आकाङ्क्षा साँचो हो भने, के जीवनले तँलाई छल्‍न सक्छ? यदि तँ सत्यविहीन छस्‌ भने, सत्यताले तँलाई बेवास्ता गरेको कारणले होइन, तर तँ सत्यताबाट टाढा बस्‍ने हुँदा त्यसो भएको हो; यदि तँ न्यायको लागि दृढ रूपमा खडा हुन सक्दैनस्‌ भने, न्यायमा कुनै गल्ती भएको कारणले होइन, तर यो तथ्यहरूसँग मिल्दैन भनेर तैँले ठानेको कारणले गर्दा यसो भएको हो; धेरै वर्षसम्‍म जीवनको खोजी गरेर पनि तैँले जीवन प्राप्त गरेको छैनस्‌ भने, तँप्रति जीवनको कुनै विवेक नभएर होइन, तर जीवनप्रति तँसँग कुनै विवेक नभएकोले र तैँले जीवनलाई धपाएको हुनाले यसो भएको हो; यदि तँ ज्योतिमा जिउँछस्‌, र ज्योति प्राप्त गर्न असमर्थ भएको छस्‌ भने, ज्योतिले तँलाई प्रकाश दिन नसकेकोले होइन, तर ज्योतिको अस्तित्वलाई तैँले कुनै पनि ध्यान नदिएको कारण, र यसैले ज्योति तँबाट चुपचाप टाढा गएकोले यसो भएको हो। यदि तैँले खोजी गर्दैनस्‌ भने, तँ मूल्यहीन रद्दी होस्‌, र तेरो जीवनमा कुनै साहस छैन, र अन्धकारको शक्तिलाई विरोध गर्ने आत्मा तँमा छैन भनेर मात्रै भन्‍न सकिन्छ। तँ अत्यन्तै कमजोर छस्‌! तँलाई घेरेर राखेको शैतानका शक्तिहरूबाट तँ उम्कन सक्दैनस्‌, र यस प्रकारको सुरक्षित र निश्‍चिन्त जीवन जिउन र अज्ञानतामा मर्न मात्रै तँ इच्‍छुक छस्‌। तैँले हासिल गर्नुपर्ने कुरा भनेको विजय गरिने तेरो खोजी हो; यो तेरो अपरिहार्य कर्तव्य हो। यदि तँ विजय गरिनुमा नै सन्तुष्ट छस्‌ भने, तैँले ज्योतिको अस्तित्वलाई धपाउँछस्‌। तैँले सत्यताको लागि कष्ट भोग्‍नैपर्छ, तैँले आफैलाई सत्यतामा समर्पित गर्नैपर्छ, तैँले सत्यताको लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यतालाई प्राप्त गर्नको लागि तैँले अझै बढी कष्टबाट भएर जानैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। यो खण्ड पढेपछि यसले मलाई विश्‍वास र सामर्थ्य दियो। मैले सोचेँ, “हो,” “मैले यो अन्धकारको शक्तिलाई ममाथि विजय गर्न दिनु हुँदैन।” मैले पहिले कहिल्यै यान झुओको यति स्पष्ट पहिचान गरेको थिइन। तर अहिले परमेश्‍वरले परिस्थिति बन्दोबस्त गर्नुभएको छ त्यसकारण मैले उनको प्रकृति, उनको सार, र उनले पछ्याएको मार्गलाई देख्‍न सकेको छु। मैले खडा भएर यस कुराको बारेमा खुलासा गर्नुपर्थ्यो, तर मैले आफ्‍नै भविष्यका सम्‍भावनाहरूका लागि “जुन कुराले आफूलाई असर गर्दैन त्यसको लागि टाउको दुखाउनु हुँदैन” भन्‍ने शैतानको दर्शनलाई सुनेँ। म कति स्वार्थी, विवेक वा तर्कविहीन रहेछु भन्‍ने मैले देखेँ। मैले विश्‍वास गरेको र परमेश्‍वरका वचनहरूको सिञ्चन र भरणपोषण प्राप्त गरेको सबै वर्षहरूको बारेमा विचार गरेँ। तैपनि यो महत्त्वपूर्ण समयमा, मैले मेरो हितको रक्षा गर्न मेरो विवेकलाई बेवास्ता गरिरहेको र परमेश्‍वरको घरको हितलाई देखेको नदेखे झैं गरिरहेको थिएँ। म कति अकृतज्ञ, छुद्र, र घृणित व्यक्ति रहेछु! यो महसुस गरेपछि, मैले सोचेँ: “मैले विवेक र न्यायको अर्थअनुसार काम गर्नुपर्छ, सत्यताको अभ्यास गर्नुपर्छ र परमेश्‍वरको घरको कामको रक्षा गर्नुपर्छ।” अनि मैले फेरि धेरैपटक परमेश्‍वरको अघि प्रार्थना गर्न आएँ र अन्तिममा यस्तो संकल्प गरेँ: “यो उजुरी पत्र लेख्दा जे-जस्ता परिणामहरू आए पनि, म मेरा आफ्‍नै हितको रक्षा गर्न शैतानलाई सहयोग गर्न सक्दिन। मैले यान झुओका समस्याहरू देखेको छु, त्यसैले मैले खडा भएर उनका दुष्ट कार्यहरूको खुलासा गर्नुपर्छ, र परमेश्‍वरको घरको कामलाई रक्षा गर्नुपर्छ।” अनि मैले परमेश्‍वरको घरमा उजुरी पठाएँ। त्यसपछि म चिन्तामुक्त भएँ र मेरो हृदयमा शान्तिको आभास भयो। परमेश्‍वरको घरले यान झुओको अवस्थाको बारेमा अनुसन्धान गर्न कसैलाई पठाओस् र उनी कस्तो ख्रीष्टविरोधी हुन् भनेर दाजुभाइ-दिदीबहिनीहरूले देखून् र उनलाई इन्कार गरून् भनेर त्यसपछि मैले हरेक दिन चिन्तित हुँदै प्रतीक्षा गरेँ। दुःखको कुरा, त्यो पत्रको कारण मेरो अवस्था झन् खराब भयो।

अगष्ट २०१४ मा, मण्डलीले मलाई फेरि मेरो कर्तव्य पूरा गर्न दिन सहमति जनायो। तर अक्टोबर महिनाको मध्यतिर एक दिन, ली थरकी एक जना अगुवा म बसेको घरमा आइन्। कठोर अनुहार बनाउँदै, तिनले सोधिन्, “यसभन्दा पहिले उजुरी पत्र तपाईंले लेख्‍नुभएको हो?” मैले हो भनेर भनेँ। असन्तुष्ट हुँदै, तिनले भनिन्, “यान झुओ मण्डलीको कामको मुख्य व्यक्ति हुनुहुन्छ र म प्रायजसो उहाँको सम्पर्कमा नै हुन्छु। उहाँले झूटो अगुवा वा ख्रीष्टविरोधीको जस्तो व्यवहार गर्नुहुन्छ भन्ने कुरा मैले कहिल्यै देखेको वा कुनै सुनेको छैन। तपाईंले लेख्‍नुभएको त्यो पत्र अगुवा र सेवकहरूमाथि गरिएको जथाभाबी आक्रमण थियो।” उनले त्यसो भन्दा मलाई विश्‍वासै लागेन। चार महिना प्रतीक्षा गरेपछि यस्तो परिणाम आउनेछ भनेर मैले कहिल्यै कल्‍पना गरेको थिइन। उनले जे भनिन् त्यसको बावजूद पनि म शान्त रहेँ। मैले तथ्य र सिद्धान्तहरूअनुसार यान झुओको बारेमा पत्र लेखेको थिएँ भन्‍ने मलाई राम्ररी थाहा थियो। यो कुनै पनि हालतमा झूटो दाबी हुन सक्दैनथियो। अगुवा लीले त्यसपछि भनिन्: “तपाईंको पत्रले केही भिडियो जाँच गर्ने बारेमा उल्‍लेख गरेको थियो, तसर्थ, अनुसन्धान र पुनरावलोकनमा परमेश्‍वरको घरले दुई महिनाको समय बितायो। यसले निकै गम्भीर रूपमा परमेश्‍वरको घरको काममा वाधा पुर्‍याएको छ र परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन गरेको छ।” मुख्य अगुवाहरूले पनि यही भनेका छन् भनेर पनि उनले बताइन्। यी प्रतिक्रियाहरूले मलाई अक्क न बक्क पार्‍यो। मेरो पत्रले परमेश्‍वरको घरको काममा यति गम्‍भीर वाधा पुर्‍याउँछ र परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन गर्छ भनेर मैले कहिल्यै पनि कल्‍पना गरेको थिइन। यदि परिस्थिति उनले भनेको जस्तै थिए भने, मैले साँच्‍चै नै ठूलो दुष्टता गरेको थिएँ। अचानक मेरो सबै ऊर्जा हरायो र म नरोई बस्‍न सकिन। त्यसपछि अगुवा लीले भनिन्: “आफ्‍नो माल-सामान तयार गरेर घर जानुहोस्, र आफूले गरेको कामको बारेमा विचार गर्नुहोस्। तपाईंले मनन गरिसकेपछि, तपाईंले फेरि आफ्‍नो कर्तव्यलाई जारी राख्‍न सक्‍नुहुन्छ।” म मनभरि अनेक कुरा खेलाउँदै र गह्रौं हृदय बोकेर बसमा चढी घर फर्केँ। मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको थिएँ तैपनि म परमेश्‍वरको घरको काममा गम्भीर वाधा पुर्‍याउने दुष्कर्मी बनेको थिएँ। म आत्म-ग्‍लानि र पछुतोले भरिएको थिएँ र मेरो भविष्य के हुने हो थाहा थिएन। मैले परमेश्‍वरलाई पुकारेँ र मेरो हृदय सुरक्षित गर्न उहाँलाई अनुरोध गरेँ। परमेश्‍वरले मलाई जसरी निराकरण गर्नुभए पनि, म उहाँका बन्दोबस्तहरूलाई स्वीकार गर्थेँ। म परमेश्‍वरलाई कहिल्यै पनि दोष दिँदिनथेँ। प्रार्थना गरेपछि, म क्रमिक रूपमा शान्त हुँदै गएँ। घर पुगेको तीन दिनपछि, मैले लीले बताएको कुराको बारेमा विचार गरेँ र ममा केही प्रश्‍नहरू उब्जन थाल्यो: परमेश्‍वरको घरमा ख्रीष्‍ट र सत्यताकै शासन चल्छ, र मानिसहरूलाई कसरी सम्‍हाल्ने भन्नेलगायत यसले गर्ने सबै कुरामा सिद्धान्तहरू हुन्छन्। यसले कुनै व्यक्तिको अस्थायी बानीबेहोराको आधारमा काम गर्दैन। त्यसो भए, मलाई यसरी व्यवहार गर्नको लागि ली र अरूले कुन सिद्धान्तहरू पछ्याइरहेका थिए? के अगुवा लीले भनेको कुरा वास्तवमा नै साँचो थियो? मैले यो कुरा पत्ता लगाउन सकिन तर सत्यता जे भए पनि, परमेश्‍वरले यो सबै हुन दिइरहनुभएको छ भन्‍ने मलाई थाहा थियो त्यसैले म उहाँका बन्दोबस्तहरूमा समर्पित हुनुपर्थ्यो। केही समयपछि नै एक जना मण्डली अगुवाले समूह भेलाहरूको लागि जिम्मेवारी सुम्पिए। त्यसको एक महिनापछि, मलाई मेरो आमासँग घरका भेलाहरूमा सहभागी हुनको निम्ति खटाइयो, र हामीलाई त्यसउप्रान्त हाम्रो कर्तव्य पूरा गर्न दिइएन। त्यस बेला मलाई हामीलाई निष्कासन गरिएको रहेछ भन्‍ने थाहा भयो। मैले सोचें, यति धेरै समय कसरी परमेश्‍वरमा विश्‍वास गरेको थिएँ, तर अहिले मलाई घरमा अलग गरी राखिएको मात्रै होइन, मैले अबदेखि मेरो कर्तव्य समेत पूरा गर्न सक्दिनथेँ। मलाई अत्यन्तै रित्तो महसुस भयो। त्यो अवधिमा, मैले हरेक रात मेरा दाजुभाइ-दिदीबहिनीहरूसँग भेला भएको र कर्तव्य पूरा गरेको सपना देख्थें। म बिउँझन्थें त्यसपछि सुत्‍न सक्दिनथेँ। हरेक रात अत्यन्तै लामो, सहन नसकिने लाग्थ्यो। ती दिनहरूमा मेरी आमाले पनि मसँगै पीडा भोग्‍नुभो। विशेष गरी उहाँ राती परमेश्‍वरसँग प्रार्थना गर्दा रुनुभएको सुन्दा, मैले आफैलाई दोष दिन्थें र मलाई निकै निराश महसुस हुन्थ्यो। मैले नै उहाँलाई यस्तो स्थितिमा ल्याएको हुँ भन्‍ने लाग्थ्यो। ती दिनहरू मैले परमेश्‍वरमा विश्‍वास गरेको दिनदेखि आजसम्‍म भोगेको सबैभन्दा पीडादायी र कठिन समय थिए। परमेश्‍वरसँग निरन्तर प्रार्थना गर्नेबाहेक, मसँग मेरो हृदयको पीडालाई कम गर्ने अरू कुनै उपाय थिएन। म फेरि मेरो कर्तव्यमा जान सक्छु कि सक्दिन भनेर पछि मैले मेरो मण्डली अगुवालाई सोधेँ। उनले भनिन्, “तपाईं अझै आफ्‍नो कर्तव्य पूरा गर्न चाहनुहुन्छ? तपाईंले जसरी आफ्‍नो बारेमा मनन गर्नुपर्ने हो त्यसरी मनन गर्नुभएन भने, तपाईं फेरि बहिष्कारमा पर्नुहुनेछ!” उनले यसो भनेको सुन्दा, म फेरि हताश र विचलित भएँ। त्यो बेला मैले मेरो कर्तव्य पूरा गर्नु भनेको पूरा नहुने सपना मात्रै हो भन्‍ने थाहा पाएँ। अगुवाहरू हाम्रो घरमा प्रत्येक हप्ता भेलाको लागि आउँथे, तर तिनीहरू मैले नकारात्मकता फैलाइरहेको वा गुटबन्दी गरिरहेको छु कि भनेर हेर्नको लागि मेरो बारेमा सोधपुछ गर्न मात्र आउँथे। तिनीहरू मेरो बारेमा सोधपुछ गर्न आउँदा, हरेकपटक म अत्यन्तै निराश हुन्थें। कहिलेकहीँ तिनीहरूलाई प्रश्‍न गर्न मन लाग्थ्यो, “तपाईंहरूले मसँग किन यस्तो व्यवहार गरिरहनुभएको छ? मैले सिद्धान्तहरूको आधारमा यान झुओको बारेमा उजुरी गरेको थिएँ। तर उनको बारेमा अनुसन्धान गर्नुको सट्टा, तपाईंहरूले मलाई घरमा राख्‍नुभएको छ। के सत्यता अभ्यास गर्नु कुनै गलत कुरा हो?” म साँच्‍चै व्याकुल हुन्थें। कहिलेकहीँ, मलाई लाग्थ्यो: “किन सत्यताको अभ्यास गर्दा यो परिणाम आयो? परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने मलाई विश्‍वास छ, तर अहिले जे भइरहेको छ त्यसमा उहाँको धार्मिकता देख्‍न सक्दिन।” म अत्यन्तै अन्योल भएको थिएँ। पापपूर्ण रूपमा नबोल्‍ने वा परमेश्‍वरलाई दोष नदिने गरेर मैले आफूले गर्नुपर्ने न्यूनतम काम मात्रै गरिरहेको थिएँ। म प्रायजसो प्रार्थनामा परमेश्‍वरकहाँ आउथें, र उहाँको इच्‍छा बुझ्‍न र उहाँको बारेमा गलत रूपमा नबुझ्‍न मलाई अगुवाइ गर्न उहाँलाई अनुरोध गर्थेँ।

त्यो सबैभन्दा कठिन, सबैभन्दा पीडादायी समयमा मैले परमेश्‍वरका कतिपय वचनहरू पढेँ। “मानिसहरूले परमेश्‍वरको धर्मी स्वभावलाई वास्तवमा कसरी जान्नु र बुझ्नुपर्छ? जब धर्मीजनले उहाँको आशिष् पाउँछन् र जब दुष्टले उहाँबाट सराप पाउँछन्—यी परमेश्‍वरको धार्मिकताका उदाहरणहरू हुन्। के यो सही छ? भनिन्छ, परमेश्‍वरले असल मानिसलाई इनाम दिनुहुन्छ र दुष्टलाई दण्ड दिनुहुन्छ, र उहाँले प्रत्येक मानिसलाई उसका कामहरू अनुसार प्रतिफल दिनुहुन्छ। त्यो सही कुरा हो, होइन र? तापनि, आजभोलि परमेश्‍वरको आराधना गर्नेहरूलाई मारिन्छ वा सराप दिइन्छ, वा उहाँद्वारा कहिल्यै आशिष् वा मान्यता दिइँदैन; तिनीहरूले जति धेरै उहाँको आराधना गरे पनि, उहाँले तिनीहरूलाई बेवास्ता गर्नुहुन्छ। परमेश्‍वरले न त दुष्टलाई आशिष्‌ दिनुहुन्छ, न तिनीहरूलाई दण्ड दिनुहुन्छ, तैपनि तिनीहरू धनी हुन्छन् र तिनीहरूका धेरै सन्तानहरू हुन्छन्, र तिनीहरूका सबै कुरा राम्ररी चलिरहेको हुन्छ; तिनीहरू सबै कुरामा सफल हुन्छन्। के यो परमेश्‍वरको धार्मिकता हो? फलस्वरूप, कतिपय मानिसहरूले भन्छन्, ‘परमेश्‍वर धर्मी हुनुहुन्न। हामी उहाँको आराधना गर्छौं, तर उहाँले हामीलाई कहिल्यै पनि आशिष् दिनुभएको छैन, जबकि उहाँको विरोध गर्ने र आराधना नगर्ने दुष्टहरू सबै कुरामा असल हुन्छन् र हामीभन्दा उच्च स्थानहरूमा हुन्छन्। परमेश्‍वर धर्मी हुनुहुन्न!’ यसले तिमीहरूलाई के देखाउँदछ? मैले भर्खर तिमीहरूलाई दुई वटा उदाहरण दिएँ। तीमध्ये कुन चाहिँले परमेश्‍वरको धार्मिकताको बारेमा बताउँछ? कतिपय मानिसहरू भन्छन्, ‘ती दुवै परमेश्‍वरको धार्मिकताका प्रकटीकरण हुन्!’ किन तिनीहरूले यसो भन्छन्? परमेश्‍वरको स्वभावको बारेमा मानिसहरूको ज्ञान गलत छ; यो तिनीहरूका आफ्‍नै विचार र दृष्टिकोणहरूभित्र, लेनदेनको दृष्टिकोणभित्र वा असल र खराबको दृष्टिकोणभित्र, सही र गलतको दृष्टिकोणमा वा तर्कसंगत दृष्टिकोणभित्र रहेको हुन्छ। यी तिनीहरूले परमेश्‍वरसम्बन्धी आफ्नो ज्ञानमा ल्याउने दृष्टिकोणहरू हुन्; त्यस्ता मानिसहरू परमेश्‍वर अनुरूपका हुँदैनन्, र तिनीहरूले उहाँको विरोध र उहाँको बारेमा गुनासो गर्ने निश्‍चित हुन्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरको धर्मी स्वभावलाई कसरी जान्ने”)

परमेश्‍वरले उहाँ आफूले गर्नुपर्ने काम गर्नुहुनेछ, र उहाँको स्वभाव धर्मी छ। धार्मिकता कुनै पनि हिसाबले उचित वा न्यायसंगत हुँदैन; यो समानतावाद होइन, वा यो तैँले कति काम पूरा गरेको छस् त्यसको आधारमा तैँले पाउनु पर्ने उचित थोक तँलाई दिनु, वा तैँले पूरा गरेको कामको ज्याला तँलाई दिनु, वा तैँले कति कोसिस गरिस् त्यसको आधारमा तँलाई दिनु पर्ने कुरासँग सम्‍बन्धित कार्य होइन। यो धार्मिकता होइन। मानिलिऊँ, अय्यूबले परमेश्‍वरको साक्षी दिएपछि उहाँले तिनलाई हटाउनुभयो: त्यस बेला पनि परमेश्‍वर धर्मी नै हुनुहुनेथियो। यसलाई किन धार्मिकता भनिन्छ? एक मानवीय दृष्टिकोणबाट हेर्दा, यदि कुनै कुरा मानिसहरूका धारणाहरूसँग मेल खान्छ भने, तिनीहरूले सहजै परमेश्‍वर धर्मी हुनुहुन्छ भनी भन्छन्; तापनि, यदि तिनीहरूले ती कुराहरू आफ्ना धारणाहरूसँग मेल खाएका देख्दैनन् भने—यदि त्यो तिनीहरूले बुझ्न नसक्ने कुरा हो भने—तिनीहरूलाई परमेश्‍वर धर्मी हुनुहुन्छ भन्न गाह्रो पर्छ। … परमेश्‍वरको सार धार्मिकता हो। उहाँले जे गर्नुहुन्छ त्यसलाई बुझ्न सजिलो नभए पनि, उहाँले गर्नुहुने सबै कार्य धर्मी हुन्छन्; यति मात्र हो कि मानिसहरूले त्यो बुझ्दैनन्। जब परमेश्‍वरले पत्रुसलाई शैतानको हातमा दिनुभयो, तब पत्रुसले कस्तो प्रतिक्रिया गरे? ‘मानवजाति तपाईंले गर्नुहुने काम बुझ्न असमर्थ छ, तर तपाईंले गर्नुहुने सबै कार्यमा तपाईंको भलो इच्छा सामेल छ; ती सबैमा धार्मिकता छ। तपाईंका बुद्धिमानी कार्यहरूका लागि म तपाईंको प्रशंसा उच्चारण नगरी कसरी सक्छु र?’ आज, तैँले बुझ्नुपर्छ कि शैतानले कसरी मानिसहरूलाई भ्रष्ट पारेको छ र परमेश्‍वरले कसरी तिनीहरूलाई बचाउनुहुन्छ भनी देखाउन उहाँले शैतानलाई नाश पार्नुहुन्न; अन्त्यमा, शैतानले मानिसहरूलाई जुन हदसम्म भ्रष्ट पारेको छ त्यसको कारण तिनीहरूले शैतानले तिनीहरूलाई भ्रष्टताको भयङ्कर पापलाई देख्नेछन्, र जब परमेश्‍वरले शैतानलाई नष्ट गर्नुहुन्छ, तिनीहरूले परमेश्‍वरको धार्मिकता देख्नेछन् र त्यसमा परमेश्‍वरको स्वभाव सम्मिलित भएको देख्नेछन्। परमेश्‍वर गर्नुहुने सबै कुरा धर्मी हुन्छ। तैँले यस कुरालाई बुझ्न नसक्ने भए पनि, तैँले आफ्नै इच्छामा फैसला गर्नु हुँदैन। यदि उहाँले गर्नुभएको कुनै काम तँलाई अनुचित लाग्छ भने, वा यदि तँसित त्यसको बारेमा कुनै धारणाहरू छन् भने, र त्यसले तँलाई उहाँ धर्मी हुनुहुन्‍न भन्ने बनाउँछ भने, तँ सबैभन्दा अविवेकी भइरहेको हुन्छस्। पत्रुसले कुनै बुझ्न नसकिने थोक भेट्टाए, तर तिनी ईश्‍वरीय बुद्धि उपस्थित छ र ती कुरामा उहाँको भलो इच्छा पनि छ भनी तिनी निश्चित थिए भन्‍ने कुरा तैँले देख्छस्। मानिसहरूले सबै कुरा बुझ्न सक्दैनन्; तिनीहरूले बुझ्‍न नसक्‍ने कुरा धेरै छन्। यसैले, परमेश्‍वरको स्वभाव जान्नु कुनै सजिलो कुरा होइन(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरको धर्मी स्वभावलाई कसरी जान्ने”)। परमेश्‍वरका वचनहरू अन्धकारमा बालिएको लालटिन जस्तै चम्किए र मैले अचानक कुरा बुझेँ। मैले परमेश्‍वरको धार्मिकतालाई बुझ्‍न सकिन किनभने मैले मेरा धारणा र कल्‍पनाहरू प्रयोग गरेर यसलाई बुझ्‍ने प्रयास गरिरहेको थिएँ। जब ख्रीष्टविरोधी र झूटा अगुवाहरूले परमेश्‍वरको घरको काममा वाधा पुर्‍याइरहेको मैले देखेँ, मैले तिनीहरूको बारेमा साँचो रूपमा उजुरी गर्नु असल र धर्मी कार्य हो जसले मलाई परमेश्‍वरको निगाह र सुरक्षा दिन्छ भन्‍ने विश्‍वास गरेको थिएँ। मलाई सही तरिकाले तिनीहरूलाई सम्‍हालिनेछ र त्यो मात्रै परमेश्‍वरको धार्मिकता हो भन्‍ने लागेको थियो। तर मैले यी समस्याहरूको बारेमा उजुरी गरेपछि, तिनीहरूले आफ्नो पद कायम राखे र सेखीपूर्वक व्यवहार गरे, जबकि दबिने र बहिस्कार हुनेमा म थिएँ। त्यो बेला मैले परमेश्‍वरको धार्मिकतामाथि शङ्का गर्न थालेको थिएँ। परमेश्‍वरका वचनहरू पढेपछि, मैले बल्‍ल परमेश्‍वरको सार नै धार्मिकता हो भन्‍ने बुझेँ। चाहे उहाँका कार्यहरू हाम्रा धारणाहरूअनुरूप होऊन् वा नहोऊन्, ती कार्यहरूले सधैँ उहाँको धार्मिकतालाई व्यक्त गर्छन्। यो अय्यूबका परीक्षाहरू जस्तै थियो। परमेश्‍वरको नजरमा तिनी सिद्ध मानिस थिए, तर परमेश्‍वरले तिनलाई शैतानको हातमा सुम्पनुभयो र तिनका सबै सम्पत्ति र छोराछोरी लिनुभयो। यो परमेश्‍वरको धार्मिकता थियो। अय्यूब परमेश्‍वरको डर मान्थे र दुष्टताबाट अलग बस्थे अनि परमेश्‍वरको लागि निष्ठावान, सानदार गवाही दिन तिनी आफ्‍नो विश्‍वासमा भरोसा गर्थे। त्यसपछि परमेश्‍वरले तिनलाई दीर्घायु जीवन र धेरै सम्पत्ति, अनि असल छोरा-छोरीको आशिष्‌ दिनुभयो। यो पनि परमेश्‍वरको धार्मिकता नै थियो। मानौं यदि अय्यूबले परमेश्‍वरको निम्ति गवाही दिएपछि, परमेश्‍वरले तिनलाई आशिष्‌ नदिएर तिनलाई नष्ट गर्नुभभएको भए त्यो पनि परमेश्‍वरको धार्मिकता नै हुनेथियो। परमेश्‍वरको सार र स्वभाव अन्तर्निहित रूपमा नै धर्मी छन् तसर्थ उहाँले गर्नुहुने हरेक कुरा धर्मी छ। त्यसपछि मैले पत्रुसको बारेमा विचार गरेँ जसले सयौं परीक्षा र शोधनहरूको सामना गरेर पनि, परमेश्‍वरको धार्मिकताको प्रशंसा गरे। घटेका सबै घटनालाई उनले बुझ्‍न सकेका थिएनन्, तर यो सबैको पछाडि परमेश्‍वरको धार्मिकता र बुद्धि छ भन्‍ने कुरामा उनले विश्‍वास गरेका थिए। त्यसपछि मैले मेरो बारेमा सोचेँ—मैले साँचो रूपमा परमेश्‍वरको धार्मिकतालाई बुझेको थिइन बरु मैले परिस्थिति कसरी देखा परे र परिणाम मेरो धारणाअनुरूप भयो कि भएन भन्‍ने आधारमा यसलाई मूल्याङ्कन गरेँ। जब परमेश्‍वरले गर्नुभएको काम मेरा धारणाहरूअनुसार भयो र त्यसले मलाई फाइदा पुर्‍यायो, मैले उहाँको धार्मिकतामा विश्‍वास गरेँ। तर जब उहाँले मलाई लाभ नहुने परिस्थितिहरू मिलाउनुभयो, तब मैले उहाँले मिलाउनुभएका परिस्थितिलाई अनुचित ठान्दै उहाँको धार्मिकतामा शङ्‍का गर्न थालेँ। मैले परमेश्‍वरलाई खुला रूपमा कहिल्यै पनि विरोध नगरेको भए पनि, मैले मेरो हृदयमा निरन्तर उहाँसँग तर्क गरिरहेको थिएँ। मैले कति चेतनाविहीन व्यवहार गरेको रहेछु भन्ने देखेँ। परमेश्‍वर अधर्मी भइरहनुभएको थिएन। परमेश्‍वरलाई नबुझ्‍ने त म नै थिएँ। म अत्यन्तै स्वार्थी र छली भइरहेको थिएँ। मैले सत्यताको खोजी गर्ने वा उहाँले मेरो लागि मिलाउनुभएको परिस्थितिबाट सिक्‍ने काम गरिरहेको थिइन। बरु, मैले मेरो आफ्‍नै भविष्य र चासोहरूको खातिर तर्क र चाहना गरिरहेको थिएँ, अनि म कसरी भयानक अनुभूति गर्न र अन्धकार र पीडामा पर्न सक्दिनथेँ र? मैले बल्‍ल परमेश्‍वरको इच्‍छालाई बुझेँ। मेरा गलत दृष्टिकोणहरूलाई सुधार गर्न परमेश्‍वरले यो परिस्थितिको प्रयोग गरिरहनुभएको थियो ताकि मैले अबउप्रान्त मेरो आफ्‍नै धारणाहरूबाट उहाँको धार्मिकतालाई बुझ्‍ने प्रयास नगरूँ। के भइरहेको छ भन्‍नेबारेमा मैले बल्‍ल बुझेँ भन्‍ने मलाई लाग्यो। म प्रार्थनामा परमेश्‍वरको अघि आएँ, र उहाँका बन्दोबस्तहरूमा समर्पित हुने र यस परिस्थितिमा उहाँलाई बुझ्‍ने इच्‍छा जाहेर गरेँ।

त्यसपछि मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “धेरैजसो मानिसहरूले परमेश्‍वरको कामलाई बुझ्दैनन्। यो साँच्‍चै बुझ्‍न सजिलो कुरा होइन; सुरुमा व्यक्तिले परमेश्‍वरका सबै कामको एउटा योजना हुन्छ र यो सबै परमेश्‍वरको समयमा गरिन्छ भन्‍ने जान्‍नुपर्छ। परमेश्‍वरले के र कहिले काम गर्नुहुन्छ भनी बुझ्न मानिस अनन्त रूपमा असमर्थ छ; परमेश्‍वरले एक निश्चित समयमा एक निश्चित काम गर्नुहुन्छ, र उहाँले ढीला गर्नुहुन्न; उहाँको कामलाई कसैले पनि नष्ट गर्न सक्दैन। उहाँको योजनाअनुसार र उहाँको अभिप्राय अनुसार काम गर्नु उहाँले काम गर्ने सिद्धान्त हो, र कुनै पनि व्यक्तिले यसलाई परिवर्तन गर्न सक्दैन। त्यसमा तैँले परमेश्‍वरको स्वभाव देख्नुपर्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरको सर्वशक्तिमान्‌तालाई जानेर मात्र तैँले साँचो विश्‍वास प्राप्त गर्न सक्छस्”)। “परमेश्‍वरले गर्नुहुने सबै कुरा आवश्यक र असाधारण महत्त्वका छन्, किनकि उहाँले मानिसमा गर्नुहुने सबै कामहरू उहाँको व्यवस्थापन र मानव जातिको मुक्तिसित सम्बन्धित हुन्छन्। स्वाभाविक रूपमा, अय्यूब परमेश्‍वरको नजरमा सिद्ध र इमानदार थिए र पनि उहाँले तिनमा गर्नुभएको काम पनि फरक छैन। अर्को वचनमा, परमेश्‍वर चाहे जे गर्नु भए पनि वा जुनै साधनहरूद्वारा त्यो गर्नु भए पनि, मूल्य जति लागे पनि, उहाँको उद्देश्य जे नै भए पनि उहाँका कामहरूको उद्देश्य परिवर्तन हुँदैनन्। परमेश्‍वरको उद्देश्य मानिसमा, साथै मानिसका निम्ति रहेको उहाँका मागहरू र इच्छामा परमेश्‍वरका वचनहरू काममा लगाउनु हो; अर्को वचनमा, यो भनेको परमेश्‍वरले उहाँका चरणहरूमा सकारात्मक भनी विश्‍वास गर्नुभएको काम मानिसभित्र गराउनु हो, जसले मानिसलाई परमेश्‍वरको हृदय बुझ्न र परमेश्‍वरको सार बुझ्न सक्ने बनाउँछ, र मानिसलाई परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरू पालन गर्ने अनुमति दिन्छ, यसरी मानिसले परमेश्‍वरको भय प्राप्त गर्न सक्छ र खराबीबाट अलग बस्न सक्छ—परमेश्‍वरले गर्नुहुने सबै कार्यमा उहाँको उद्देश्यको एक पक्ष यो सबै हो। अर्को पक्ष यो हो कि, शैतान परमेश्‍वरको काममा प्रतिभार र सेवाको पात्र भएकोले मानिसलाई प्रायः शैतानको हातमा नै सुम्पिन्छ; मानिसहरूलाई शैतानका परीक्षाहरू र आक्रमणहरूमा शैतानको दुष्टता, कुरूपता र घिनलाग्दो अवस्था देखाई, मानिसहरूलाई शैतान घृणा गर्ने, अनि जे नकारात्मक छ त्यसलाई चिन्न र बुझ्न सक्ने तुल्याउनको लागि परमेश्‍वरले प्रयोग गर्नुहुने माध्यम यही हो। जबसम्म परमेश्‍वरको वचन, परमेश्‍वरको बारेमा तिनीहरूका ज्ञान र आज्ञापालन, परमेश्‍वरमाथिको तिनीहरूका विश्‍वास र उहाँप्रतिको भयको कारण, तिनीहरूले शैतानका आक्रमण र आरोपहरूमाथि विजय हासिल गर्दैनन्, तबसम्‍म यस प्रक्रियाले तिनीहरूलाई बिस्तारै शैतानको नियन्त्रण र आरोपहरू, हस्तक्षेप र आक्रमणहरूबाट स्वतन्त्र तुल्याउँछ; तब मात्र तिनीहरूले शैतानको अधिकार क्षेत्रबाट पूर्ण रूपमा छुटकारा पाउनेछन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २)। परमेश्‍वरका वचनहरूले मलाई उहाँले सिद्धान्तअनुसार र सधैँ उहाँको उचित समयमा काम गर्नुहुन्छ, र यो सबै कुराको पछाडि उहाँको धार्मिकता र बुद्धि छ भन्‍ने देखाए। परमेश्‍वरको धार्मिकताको अर्थ तत्काल प्रतिशोध आउँछ र दुष्कर्मीलाई तुरुन्तै दण्ड दिइनुपर्छ भन्‍ने हो भनी मैले कल्‍पना गरेको थिएँ। तर यदि मैले कल्‍पना गरेजस्तै हुने भए, परमेश्‍वरले कसरी सबै प्रकारका मानिसहरूलाई खुलासा गरेर उहाँका चुनिएका मानिसहरूलाई सुक्ष्म दृष्टि दिन सक्‍नुहुन्थ्यो र? परमेश्‍वरले वास्तवमा हामीलाई जीवनमा वृद्धि हुन सहयोग गर्न, हामीलाई सत्यताको खोजी गर्न लगाउन र सूक्ष्म दृष्टि विकास गर्न लगाउनको लागि मण्डलीमा ख्रीष्टविरोधी र झूटा अगुवाहरूलाई खडा हुन दिनुहुन्छ। जब हामीले यी मानिसहरूलाई सत्यताका सिद्धान्तहरूको प्रयोग गरी देख्न-चिन्न सक्छौं, तब हामी सत्यतालाई बुझ्छौं र यसमा प्रवेश गर्छौं। जब त्यसो हुन्छ, ख्रीष्टविरोधी र झूटा अगुवाहरूले तिनीहरूको प्रयोजन पूरा गरिसकेका हुन्छन्। त्यो बेला केही ख्रीष्टविरोधी र झूटा अगुवाहरू मण्डलीको शक्तिशाली पदमा रहेका भए पनि र तिनीहरूले कतिपय मानिसहरूलाई नियन्त्रण र छल गर्न सकेको जस्तो देखिए पनि, मण्डलीमा ख्रीष्ट र सत्यताकै शासन चल्यो र ढिलो-चाँडो तिनीहरू सबैको खुलासा भयो र तिनीहरूलाई हटाइयो।

मैले ख्रीष्टविरोधीहरूको प्रकृति कति छली र धूर्त छ, र पूर्ण रूपमा मानवतारहित हुन्छन् भन्ने कुरा पनि महसुस गरेँ। तिनीहरूले प्रतिष्ठा र हैसियतको मात्रै वास्ता गर्छन्, परमेश्‍वरका चुनिएका मानिसहरूको वास्ता गर्दैनन्। ज-जसले तिनीहरूका चासोहरूमा अतिक्रमण गर्छन्, ती तिनीहरूको लागि काँडा बन्छन्। तिनीहरूले त्यस व्यक्तिमाथि आक्रमण गर्छन् र बदला लिन्छन्, यस क्रममा नथाकुञ्‍जेलसम्‍म तिनीहरू रोकिँदैनन्। तिनीहरूले ठ्याक्‍कै दियाबलस शैतानले जस्तो व्यवहार गर्छन्। ख्रीष्टविरोधीहरूलाई बहिष्कार नगरुञ्‍जेलसम्‍म, परमेश्‍वरका चुनिएका मानिसहरूले मण्डली जीवन जिउने वा आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा एक क्षण पनि विश्राम पाउनेछैनन्। परमेश्‍वरले मेरो जीवनमा यसो हुन दिनुभयो ताकि मैले यी मानिसहरूबाट तिनीहरूले कसरी अरूलाई छल र हानि गरेका छन् सो साँचो रूपमा देख्‍न सकूँ, तिनीहरूको प्रकृति र सारलाई पहिचान गर्न, तिनीहरूको विधर्मी भ्रमहरूलाई पहिचान गर्न र तिनीहरूको नियन्त्रण र छलबाट बच्न सकूँ। मैले तिनीहरूको गल्तीबाट सिकेको पनि परमेश्‍वर चाहनुहुन्थ्यो ताकि मैले गलत मार्ग नलिऊँ। यो सबैले मलाई परमेश्‍वरले साँच्‍चै नै मलाई मुक्ति दिन र सिद्ध तुल्याउनको लागि परिस्थिति मिलाइरहनुभएको थियो भन्‍ने देखायो। परमेश्‍वरका वचनहरूले भन्छ: “धेरै वटा विपरीत र नकारात्मक थोकहरूको सेवा र शैतानका सबै प्रकारका अभिव्यक्तिहरू प्रयोग गरेर—त्यसका कार्यहरू, त्यसले लगाउने दोषहरू, त्यसको बाधाहरू र छलहरू—परमेश्‍वरले तँलाई शैतानको घृणित अनुहार स्पष्टसँग देखाउनुहुन्छ, र त्यसरी शैतानलाई चिन्ने तेरो क्षमतालाई पूर्ण बनाउनुहुन्छ, अनि तँ शैतानलाई घृणा गर्न र त्याग्न सक्छस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ)। मलाई उहाँको सावधानीपूर्ण प्रयासहरूको बारेमा बुझाउनुभएकोमा र मलाई अन्धकारबाट डोर्‍याएर निकाल्‍नुभएकोमा मैले परमेश्‍वरलाई धन्यवाद दिएँ।

जनवरी २०१५ मा, मैले यान झुओको बारेमा उजुरी गर्दै अर्को पत्र लेखेँ। परमेश्‍वरको घरले उनको बारेमा अनुसन्धान गर्न कसैलाई पठाओस् भनेर मैले फेरि हरेक दिन चिन्तित भई प्रतीक्षा गरेँ। दुई महिना बित्यो तर मैले अझै पनि कोही आएर यसबारेमा अनुसन्धान गरोस् भनेर प्रतीक्षा गरिरहेको थिएँ। हाम्रो मण्डली अगुवा मलाई प्रश्‍न गर्न बारम्बार आउँथिन्। उनले सोध्थिन्, “के तपाईंसँग परमेश्‍वर वा परमेश्‍वरको घरप्रति कुनै समस्या छ?” उनले त्यसो भन्दा मलाई चिन्ता लाग्न थाल्यो र मैले त्यो पत्र लेखिसकेकोले अब मलाई के हुनेछ होला भन्ने अनुमान गर्न थालेँ। मैले सोचेँ, “मलाई पहिले नै अलग गरिएको छ अनि यदि अरू केही भयो भने, मलाई अवश्य नै मण्डलीबाट बहिष्कार गरिनेछ।” मैले अचानक महसुस गरेँ, मैले फेरि पनि परमेश्‍वरको धार्मिकतामा शङ्का गर्न थालेको रहेछु। म तुरुन्तै प्रार्थनामा परमेश्‍वरकहाँ आएँ र भनेँ, “प्रिय परमेश्‍वर, म मौखिक रूपमा तपाईंको धार्मिकतालाई स्वीकार गर्छु र परमेश्‍वरको घरमा ख्रीष्‍ट र सत्यताको नै राज्य चल्छ भन्‍ने विश्‍वास गर्छु। तर समय र तथ्यहरूले जाँच लिँदा, मसँग कति थोरै विश्‍वास रहेछ र मैले अझै पनि तपाईंको धार्मिकतालाई साँचो रूपमा बुझ्दिन रहेछु भन्‍ने देख्छु। अब म मेरा चासोहरूलाई त्यागेर तपाईंका बन्दोबस्तहरूमा समर्पित हुन चाहन्छु। बिन्ती छ, तपाईंको इच्‍छा बुझ्‍नको लागि मलाई अगुवाइ गर्नुहोस्।” त्यसपछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, “परमेश्‍वरलाई प्रेम गर्न इच्‍छा गर्ने हरेकको लागि, प्राप्त गर्न नसक्‍ने सत्यताहरू छैनन्‌ र तिनीहरू दह्रिलो गरी खडा हुन नसक्‍ने त्यस्तो कुनै न्याय छैन। तैँले आफ्‍नो जीवन कसरी जिउनुपर्छ? तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ, र उहाँको इच्‍छालाई पूरा गर्नको लागि कसरी यो प्रेमको प्रयोग गर्नुपर्छ? तेरो जीवनमा योभन्दा ठूलो विषय अरू कुनै छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, तँसँग यस किसिमका आकांक्षाहरू र दृढता हुनैपर्छ, र मेरुदण्ड नभएकाहरू, दुर्बल व्यक्तिहरू जस्ता तँ बन्‍नु हुँदैन। अर्थपूर्ण जीवनको अनुभव र अर्थपूर्ण सत्यताहरूको अनुभव कसरी गर्ने त्यो तैँले सिक्‍नैपर्छ, र आफैलाई त्यसरी आलटाल गर्ने व्यवहार गर्नु हुँदैन। तैँले महसुस नै गर्न नपाइ, तेरो जीवनले तँलाई छोडेर जानेछ; त्यसपछि, के तैँले परमेश्‍वरलाई प्रेम गर्ने अर्को मौका पाउनेछस्‌? के मरेपछि मानिसले परमेश्‍वरलाई प्रेम गर्न सक्छ र? तँसँग पनि पत्रुसको जस्तै आकांक्षाहरू र विवेक हुनुपर्छ; तेरो जीवन अर्थपूर्ण हुनैपर्छ, र तैँले आफैसँग खेलबाड गर्नु हुँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। परमेश्‍वरका वचनहरूले मलाई के देखाए भने उहाँले सत्यता र धार्मिकतासम्‍बन्धी हाम्रो तृष्णा र परमेश्‍वरलाई प्रेम गर्ने हाम्रो सङ्कल्पलाई सिद्ध तुल्याउनुहुन्छ। हामीले जस्तोसुकै कठिनाइ, वाधा, वा आक्रमणको सामना गरे पनि, हामी पछि हट्नु हुँदैन, तर परमेश्‍वर र सत्यताको लागि जिउनुपर्छ। हामी शैतानको कुनै पनि शक्तिको अघि झुक्‍नु हुँदैन। तब मात्रै हामीले सत्यता प्राप्त गर्न र हामी सिद्ध हुन सक्छौं। ममा त्यस किसिमको सङ्कल्प र इच्‍छाशक्ति नै थिएन। मैले परमेश्‍वरको सामुन्ने उहाँको घरको कामको रक्षा गर्न र सत्यताको अभ्यास गर्नको लागि प्रार्थना र सङ्कल्प गरेको भए पनि, दुष्ट शक्तिहरू खडा भइरहेको देख्‍नेबित्तिकै, मलाई दबिने र लखेटिने डर हुन्थ्यो। मैले अझै पनि परमेश्‍वरको धार्मिकतालाई साँचो रूपमा बुझेको रहेनछु र घटनाहरू घट्दा आफ्‍नो बारेमा मात्रै विचार गर्दो रहेछु भन्ने महसुस भयो। त्यसपछि परमेश्‍वरले भन्‍नुभएको कुरा मनमा आयो: “दुष्‍टहरूलाई निश्‍चय नै दण्ड दिइनेछ।” परमेश्‍वरले जे भन्नुहुन्छ त्यो साँचो हो, उहाँ जे भन्नुहुन्छ त्यो गरिनेछ र उहाँले जे गर्नुहुन्छ त्यो सदासर्वदा रहनेछ। हरेक दुष्कर्मीले परमेश्‍वरको धार्मिकताको दण्ड भोग्‍नेछ। यसको लागि जति धेरै समय लागे पनि वा यो जसरी भए पनि, अन्त्यमा सधैँ परमेश्‍वरले भन्‍नुभए जस्तै हुनेछ। अनि मैले सोचेँ, “मैले मेरा धारणाहरूलाई त्याग्‍नुपर्छ, मेरो छली शैतानी स्वभावलाई त्याग्‍नुपर्छ, परमेश्‍वरका वचनहरूमा भरोसा गर्नुपर्छ र परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने विश्‍वास गर्नुपर्छ। म शैतानको कुनै पनि शक्तिको अघि झुक्‍नेछैन!” यो कुरा महसुस गरिसकेपछि, म क्रमिक रूपमा शान्त हुँदै गएँ र चिन्तित हुन छोडेँ।

अप्रिल २०१५ तिर, मैले अगुवा ली र अरू अगुवा र सेवकहरूबाट कसरी यान झुओले तिनिहरूको आँखा छल गरेकी रहेछिन्, र कसरी तिनीहरूले मलाई ठूलो हानि गरेका रहेछन् भन्‍ने बारेमा पत्रहरू प्राप्त गरिरहेको थिएँ। तिनीहरू सबैले माफी मागे। अगुवा लीले आफ्‍नो पत्रमा यस्तो स्वीकार गरेकी थिइन्, “तपाईंलाई मण्डलीको काममा गम्भीर रूपमा वाधा दिएको आरोप लगाउने मुख्य अगुवाहरू थिएनन्, यान झुओ थिइन्।” त्यसपछि मलाई मैले यान झुओको बारेमा उजुरी गरी मैले पठाएको दुवै पत्र यान झुओले पढेकी थिइन् भन्‍ने थाहा भयो। उनले आफ्‍नो गल्ती लुकाउन, मलाई बहिष्कार गर्ने प्रमाण तयार गर्दै आएकी थिइन्, तर केही अगुवा र सेवकहरूले उनमा भएको समस्याहरूलाई देखे, अनि तिनीहरूले उनको बारेमा उजुरी गर्दै परमेश्‍वरको घरमा संयुक्त पत्र पठाए। यी पत्रहरू पढ्दै जाँदा, मैले राहतको लामो सास फेरेँ। म परमेश्‍वरको अघि घुँडा टेकेर रोएँ। त्यो बेला मलाई म परमेश्‍वरप्रति धेरै ऋणी छु भन्‍ने लाग्यो। मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको थिएँ तर मैले उहाँको धार्मिकतालाई सधैँ मेरा कल्पनाको चस्मा लगाएर हेरेको थिएँ। जब समस्याहरू आइपर्थे, मैले तिनलाई मेरो कल्‍पनामा मिलाउन खोज्थें, अनि जब त्यसले काम गर्दैनथ्यो, तब म परमेश्‍वरलाई गलत बुझी उहाँलाई दोष दिन्थें। तर उहाँले मेरो कमजोरी र भ्रष्टतालाई बेवास्ता गरेर मलाई सबैभन्दा पीडादायी र असहनीय समयमा अगुवाइ गर्नुभयो। यो अनुभवले मलाई के देखायो भने परमेश्‍वरले मेरा भ्रमित धारणाहरूलाई हटाउन र मलाई उहाँको धार्मिकताको साँचो बुझाइ दिनको लागि झूटा अगुवाहरूलाई पत्ता लगाउने र उजुरी गर्ने यस आत्मिक युद्धको प्रयोग गरिरहनुभएको थियो। मैले के पनि थाहा पाएँ भने मैले परमेश्‍वरले गर्नुभएको सबै कुरालाई कल्‍पनाको चश्‍मा लगाएर हेरिरहेको रहेछु। मैले वास्तवमा परमेश्‍वरलाई निन्दा र सीमित गरिरहेको थिएँ, र मैले उहाँको स्वभावलाई उल्‍लङ्घन गरेँ। यो अनुभवले मलाई परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने देखायो। परमेश्‍वरले भन्‍नुहुने र गर्नुहुने सबै कुरा मानिसहरूका धारणाअनुसार भए पनि नभए पनि, त्यो उहाँको धर्मी स्वभावको प्रकाश हो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको धर्मी स्वभाव परमेश्‍वरको आफ्‍नै साँचो सार हो। यो मानिसले लेखेको वा आकार दिएको कुरा होइन। उहाँको धर्मी स्वभाव भनेको उहाँको धर्मी स्वभाव नै हो र सृष्टिको कुनै पनि कुरासँग यसको सम्‍बन्ध वा सरोकार छैन। परमेश्‍वर स्वयम्‌ भनेको परमेश्‍वर स्वयम्‌ नै हुनुहुन्छ। उहाँ कहिल्यै पनि सृष्टिको हिस्सा बन्‍नुहुनेछैन, र उहाँ सृष्टि गरिएको प्राणीको सदस्य बन्‍नुभयो भने पनि, उहाँको अन्तर्निहित स्वभाव र सार परिवर्तन हुनेछैन। त्यसकारण, परमेश्‍वरलाई चिन्‍नु भनेको कुनै वस्तुलाई चिन्‍नुजस्तो होइन; परमेश्‍वरलाई चिन्‍नु भनेको कुनै पनि कुरालाई चिरफार गर्नु होइन, न त यो व्यक्तिलाई बुझ्‍नु जस्तो नै हो। यदि मानिसले परमेश्‍वरलाई चिन्‍नको लागि वस्तुलाई चिन्‍ने वा व्यक्तिलाई बुझ्‍ने आफ्‍नो अवधारणा वा विधिको प्रयोग गर्छ भने, तैँले कहिल्यै पनि परमेश्‍वरसम्‍बन्धी ज्ञान हासिल गर्न सक्‍नेछैनस्। परमेश्‍वरलाई चिन्‍ने कार्य अनुभव वा कल्‍पनामा निर्भर हुँदैन, त्यसकारण तैँले परमेश्‍वरमा कहिल्यै पनि आफ्‍नो अनुभव वा कल्‍पना लाद्‍नु हुँदैन; तेरो अनुभव र कल्‍पना जति नै अमूल्य भए तापनि, ती अझै पनि सीमित नै हुन्छन्। यति मात्र कहाँ होर, तेरो कल्‍पना तथ्यहरूसँग मेल खाँदैन, सत्यतासँग मेल खाने त कुरै नगरौं, अनि यो परमेश्‍वरको साँचो स्वभाव र सारसँग पनि मिल्दैन। यदि तँ परमेश्‍वरको सारलाई बुझ्‍नको लागि आफ्‍नो कल्‍पनामा भर पर्छस् भने तँ कहिल्यै पनि सफल हुनेछैनस्। एउटै मार्ग यही हो: परमेश्‍वरबाट आउने सबै कुरालाई स्वीकार गर्, त्यसपछि यसलाई क्रमिक रूपमा अनुभव गर् र बुझ्। तेरो सहकार्यको कारण अनि सत्यताप्रतिको तेरो भोक र तिर्खाको कारण उहाँलाई साँचो रूपमा बुझ्‍न र चिन्‍नको लागि परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिने दिन पनि आउनेछ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २)

मे २०१५ मा, ख्रीष्टविरोधी यान झुओलाई धेरै दुष्ट काम गरेको कारण मण्डलीबाट निकालियो। तिनका सहकर्मी र मतियारहरूलाई पनि निराकरण गरियो। जब मैले निष्कासनको सूचना पढेँ, मैले मेरो हृदयको अन्तस्करणबाट नै परमेश्‍वर साँच्‍चै धर्मी हुनुहुन्छ भन्‍ने अनुभव गरेँ! परमेश्‍वरको घरमा ख्रीष्‍ट र सत्यताकै शासन चल्छ! परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अहङ्कारी स्वभावका परिणामहरू

सन् २००६ मा म हाइस्कूलको विद्यार्थी नै थिएँ। हामीले बाइबल अध्ययन गर्दा, शिक्षकहरूले मलाई अक्सर सुरुमा मन्तव्य दिन र हामीलाई प्रचार गर्ने...

लापरवाह बन्दा भएको क्षति

सन् २०२१ को अक्टोबरमा, मैले नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काम थालेँ। एक हप्तापछि, मलाई आफूले सिक्‍नुपर्ने कुरा धेरै रहेछन् भन्‍ने महसुस...

परमेश्‍वरको गवाही दिनु भनेको साँचो रूपमा कर्तव्य पूरा गर्नु हो

केही समय अघि, मैले नयाँ विश्‍वासीहरूको अनुभव सम्‍बन्धी गवाहीका भिडियोहरू हेरेकी थिएँ, र म निकै प्रभावित भएँ। दुई-तीन वर्ष विश्‍वास गरेर...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्