झूट बोल्दा पीडा मात्र हुन्छ

2 अप्रील 2022

मलाई याद छ, सन् २०२१ को मे महिनामा, हामीले ब्रदर लिउले गाएको म्युजिक भिडियो खिचिरहेका थियौँ र म चाहिँ लाइटिङमा काम गरिरहेको थिएँ। ब्रदर लिउ स्टेज वरिपरि घुमिरहेका थिए र उनी लम्बाचौडा जिउडालका थिए, त्यसैले उनी कति टाढा हिँड्दैछन् भनेर मैले नजर राखिराख्नुपर्थ्यो अनि त्यसैअनुसार लाइटहरू सार्नुपर्थ्यो। यदि म उनलाई पछ्याउन चुकेँ र उनको शीरमा ब्याकलाइटिङ यताउता भयो भने, अन्तिम सम्पादनमा फेरि समस्या हुनेथ्यो। हामीले छायाङ्कन सुरु गर्नुअघि, मनमनै भनेँ, मैले ध्यान केन्द्रित गर्नुपर्छ। सुरुका केही शटमा कुनै समस्या भएन, त्यसैले, बिस्तारै मलाई अलि ढुक्क लाग्यो। हामीले लगभग छायाङ्कन सकिसकेका बेला निर्देशकले थप केही शट लिन चाहे, त्यसैले, हामीले छायाङ्कन थाल्यौँ, तर म अझै अर्को मनिटर हेरिरहेको थिएँ, र ब्रदर लिउ उज्यालो भएको क्षेत्रबाट बाहिर आइसकेको मैले यादै गरिनँ। मैले हतपत्त लाइट घुमाएँ, तर ढिलो भइसकेको थियो, र ब्रदर लिउको शीर लाइट बाहिर गयो र फेरि भित्र पस्यो। त्यो शट काम नलाग्ने भयो। सामान्यतया, मञ्चमा समस्या हुँदा, हामीले निर्देशकलाई तुरुन्तै बताउनुपर्छ र अर्को टेक लिनुपर्छ, मैले वाकीटकी त समातिरहेको थिएँ तर मुख खोल्ने आँट गरिनँ। मेरो मुखबाट बोली फुटेन। मेरो मनमा द्वन्द्व चल्यो र सोचेँ, निर्देशक मात्र छैनन्, अन्य धेरै ब्रदर-सिस्टरहरू छन्। यदि मैले यति सामान्य गल्ती गरेको बताएँ भने, तिनीहरूले मलाई के सोच्छन्? के तिनीहरूले म लापरवाह छु भन्नेछन्? यो त साह्रै लाजमर्दो हुनेछ। तर मैले केही भनिनँ भने गैरजिम्मेवार हुनेछु। त्यो फुटेज प्रयोग गरिएमा त्यसले भिडियोको गुणस्तरमा प्रत्यक्ष असर पर्नेछ। मनमा यस्तो द्वन्द चलिरहेको बेला निर्देशकले यसो भनेको सुनेँ, “हामीले यो राम्रो गऱ्यौँ, अब अर्को गरौँ।” छायाङ्कन गर्ने ब्रदरले आफ्नो उपकरण बन्द गरिसकेको मैले देखेँ, त्यसैले, मैले उम्कने बाटो खोज्न थालेँ। म सोच्दै थिएँ छायाङ्कन सकियो, अब मैले केही भनेँ भने सबैले आफ्नो उपकरण फेरि चलाउनुपर्ने हुन्छ र त्यो ठूलो झन्झट हुनेछ। सायद मैले यो बताउनुहुँदैन, जे भए पनि त्यो केवल एक शट त हो र हुन सक्छ त्यसको प्रयोग पनि हुँदैन। यसबाहेक, ध्यान दिएर हेरिएन भने त्यो समस्या देखिने पनि होइन। मैले चुप लाग्ने निर्णय गरेँ। छायाङ्कनपछि मलाई झन् झन् दोषी महसुस भयो। के म जानीजानी छली भइरहेकी थिइनँ र? म मानिसलाई त मूर्ख बनाउन सक्छु, तर परमेश्वरलाई? त्यसैले, मैले आफ्नो गल्ती निर्देशकलाई बताएँ। उनले भने, “हामीले सकायौँ र सबैजनाले आ-आफ्नो सर-सामान प्याक गरिसके। किन मलाई यतिबेला भन्नुभएको? त्यतिबेला किन नभन्नुभएको? पहिल्यै बताउनुभएको भए फेरि शट लिन त्यति समय लाग्ने थिएन नि।” निर्देशकको लाचारी देखेर मलाई झन् नराम्रो लाग्यो र आफैलाई थप्पड हान्न मन लाग्यो। आफ्नो गल्ती स्वीकार गर्न मलाई किन यति गाह्रो भएको? वास्तविक हुन किन यत्रो सङ्घर्ष? यस पीडामा, मैले परमेश्वरलाई प्रार्थना गरेँ: “हे परमेश्वर, मैले गल्ती गरेँ र तिनीहरूले मलाई तुच्छ ठान्लान् भन्ने डरले त्यसलाई स्वीकार गर्ने हिम्मत गरिनँ। हे परमेश्वर, म अहिले साँच्चै पीडामा छु। कृपया आफूलाई चिन्न मलाई मार्गदर्शन गर्नुहोस्।”

त्यसपछि मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ। “यदि तैँले कि त आफ्ना गल्तीहरू मानिलिएर इमान्दार व्यक्ति हुनुपर्ने भयो, सत्य बोल्नुपर्ने भयो अनि सबैलाई तेरो साँचो चरित्र देख्न दिनुपर्ने भयो र मानिसको हृदयमा तेरो छाप र ओहोदा पूर्ण रूपले हराउने भयो वा कि त तैँले परमेश्‍वरको निम्ति आफ्नो बलिदान गर्नु पर्यो भने, तैँले कुन चाहिँ रोज्ने थिइस्? यो कठिन छनौट हुनेथियो, होइन र? तैले भन्न सक्थिस्, ‘म परमेश्‍वरको निम्ति आफ्नो जीवन परित्याग गर्ने छनौट गर्नेथिएँ।’ तैँले त्यो सम्पन्न गर्न सक्लास्, तर यदि तँ अहिले मरिनस्, तर इमान्दार व्यक्ति हुनुपर्यो अनि, तेरो भविष्य र तेरो भाग्यसँग सम्‍बन्धित केही कुरा भन्‍नुपर्ने भयो, जसका परिणामहरू सायद तेरो हितमा हुँदैनन् अनि अरूले तँलाई उप्रान्त सराहना नगर्ने भयो, अनि तेरो प्रतिष्ठा नष्ट हुने भयो भने—के तैँले यस्तो गर्न सक्थिस्? यो गर्नका निम्ति सबैभन्दा कठिन कुरा हो, तेरो जीवन परित्याग गर्ने कुराभन्दा पनि ज्यादै गाह्रो कुरा। तैँले भन्न सक्लास्, ‘मलाई सत्यता बोल्न लगाएर केही हुँदैन। म सत्यता बताउनुभन्दा र इमान्दार व्यक्ति हुनुभन्दा बरु मर्नेछु। सबैले मलाई तुच्छ नजरले हेर्नुभन्दा र म साधारण व्यक्ति हो भनी सोच्नुभन्दा बरु म मर्नेछु।’ मानिसहरूले कुन कुरालाई धेरै प्रिय ठान्छन् भनेर यसले देखाउँछ? मानिसहरूले प्रिय ठान्ने कुरा तिनीहरूको जीवन होइन, तर तिनीहरूको हैसियत र ख्याति हो—त्यस्ता कुराहरू जुन शैतानी, भ्रष्ट स्वभावहरूद्वारा नियन्त्रित हुन्छन्। आफ्नो जीवन एउटै शब्दको आधारमा बलिदान गर्न सकिन्छ, एउटै प्रयासले परित्याग गर्न सकिन्छ। परमेश्‍वरले तेरो जीवन बलिदान भएको चाहनुहुन्न, तर एउटा वास्तविक इमान्दार व्यक्ति भएको चाहनुहुन्छ जसले आफ्नो हृदयमा जे छ त्यही भन्छ र त्यो कुरा सबैलाई देखाउँछ। के त्यो गर्न तेरो निम्ति सजिलो छ र? (छैन।) परमेश्‍वरले तँलाई कुनै कुरा बलिदान गर्न भन्नुहुन्न, अनि उहाँले तेरो जीवन बलिदान गर्न भन्नुहुन्न। के तेरो जीवन परमेश्‍वरले नै तँलाई दिनुभएको होइन? तेरो जीवनले परमेश्‍वरको निम्ति के राम्रो गर्छ? परमेश्‍वरले यो चाहनुहुन्न। उहाँले तैँले इमानदारीता पूर्वक बोलेको, तँ को हो होस् अनि तैँले तेरो हृदयमा के सोच्छस् सो भनेको चाहनुहुन्छ। के तँ यी कुराहरू भन्न सक्छस्? यहाँ, यो काम अझै कठिन हुन्छ अनि तैँले यसो भन्छस् होला, ‘मलाई कडा परिश्रम गर्न लगाऊ, अनि त्यो गर्न मसित शक्ति हुनेछ। मलाई बलिदान गर्न लगाऊ, अनि म आफ्नो सबै सम्पत्ति, मेरा अभिभावक, मेरा बच्चाहरू, मेरो जवानी, मेरो विवाह र मेरो करियर सबै परित्याग गर्नेछु। यी सबै कुराहरू परित्याग गर्न सजिलो छ। तर मेरो हृदयमा के छ त्यो कुरा भन्‍नु, इमानदारीता पूर्वक बोल्नु—त्यो एउटै कुरा म गर्न सक्दिनँ।’ तैँले त्यो गर्न नसक्‍नुको कारण के हो? कारण हो, तैँले त्यो गरिसकेपछि, तँलाई चिन्ने वा तँसित परिचित हुने सबैले तँलाई भिन्नै प्रकारले हेर्नेछन्। तिनीहरूले तँलाई सराहना गर्ने छैनन्। तैँले आफ्नो इज्जत गुमाएको हुनेछस्, अनि तेरो चरित्र र गौरव हराउनेछन्। अरूका नजरमा रहेको तेरो हैसियत र प्रतिष्ठा पनि रहनेछैनन्। त्यसकारण, जेसुकै भए पनि, तैँले यी कुराहरू भन्‍नेछैनस्। जब मानिसहरूले यो कुराको सामना गर्छन्, तब तिनीहरूको हृदयमा लडाइँ हुन्छ, अनि जब त्यो लडाइँ समाप्त हुन्छ, कोही अन्ततः आफ्ना कठिनाइहरूदेखि पार हुन्छन् जब कि अरू पार हुन अझै सकेका हुँदैनन्, अनि अझै आफ्ना शैतानी, भ्रष्ट स्वभाव अनि आफ्नो हैसियत, ख्याति र कथित प्रतिष्ठाद्वारा नियन्त्रित हुन्छन्। यो कठिनाइ हो, होइन र? केवल इमानदारीता पूर्वक बोल्नु र सत्यता बोल्नु कुनै ठूलो काम होइन, तापनि परमेश्‍वरको निम्ति आफ्नो जीवन समर्पण गर्न अनि परमेश्‍वरको निम्ति बाँचुञ्‍जेल आफैलाई समर्पित गर्छु भनी कसम खाएका कति धेरै मानिसहरू, अनि परमेश्‍वरलाई आडरम्बरपूर्ण कुराहरू भन्‍ने मानिसहरूले यो कार्य गर्न असम्भव हुन्छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “कर्तव्य राम्ररी पूरा गर्नको लागि कम्तीमा पनि विवेक चाहिन्छ”)। मेरो स्थिति ठ्याक्कै यही थियो। आफ्नो इज्जत र हैसियत मेरो लागि एकदमै महत्त्वपूर्ण थियो। मैले आफू नराम्रो देखिने डरले आफ्नो गल्ती स्वीकार्न एक शब्द पनि बोल्न सकिनँ। मैले आफ्नो गल्ती देखेपछि, त्यो स्वीकार गरेँ भने अरूले मलाई तुच्छ ठान्छन्, त्यति सरल कुरा पनि सम्हाल्न सक्दिनँ भन्ठान्छन् भन्ने लाग्यो। आफ्नो छवि जोगाउन खोज्दै मैले केही भनिनँ, र कसैले थाहा पाउँदैनन् अनि मेरो आलोचना पनि हुँदैन भन्ने सोचेर त्यसलाई ढाकछोप समेत गरेँ। यसरी म तिनीहरूको नजरमा आफ्नो छवि कायम राख्न सक्थें। यसले मण्डलीको कामलाई असर गर्न सक्ने, र मलाई यसबारे नराम्रो लागे पनि, काटछाँट र निराकरण गरिने अनि इज्जत गुम्ने असाध्यै डर भयो, त्यसैले, मैले आफ्नो मन बुझाउने बहाना खोजेँ: यो शटको प्रयोग गरिनेछैन होला। के मैले आफैलाई झूट बोलिरहेकी थिइनँ र? म साह्रै स्वार्थी थिएँ! केवल आफ्नो इज्जत र हैसियत जोगाउन परमेश्वर र ब्रदर-सिस्टरहरूप्रति बेइमान भएकोमा मलाई साह्रै पश्चाताप भयो। त्यसैले, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मैले केवल इज्जत र हैसियतको लागि आफ्नो गल्ती स्वीकार गरिनँ। त्यो तपाईंको इच्छा होइन भनेर मलाई थाहा छ, तर यो ममा हाबी भएको जस्तो छ र म आफ्नो भ्रष्टताबाट उम्कन सक्दिनँ। हे परमेश्वर, कृपया मलाई मार्गदर्शन गर्नुहोस् ताकि म आफ्नो भ्रष्टताबाट मुक्त हुन सकूँ।”

त्यसपछि, मैले परमेश्वरका वचनहरूका केही खण्ड पढेँ जसले मलाई साँच्चै मार्ग प्रदान गरे। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “इमानदार मानिसहरू मात्रै स्वर्गको राज्यमा सहभागी हुन सक्छन् भनेर परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको छ। यदि तँ इमानदार छैनस् भने, र तेरो जीवनमा तेरो अभ्यास इमानदार बन्‍ने कार्यतर्फ निर्देशित छैन र तैँले आफ्‍नो साँचो अनुहार प्रकट गर्दैनस् भने, तैँले परमेश्‍वरको कार्य वा स्याबासी प्राप्त गर्ने कुनै मौका पाउनेछैनस्। तँ जे गर्न उत्प्रेरित भएतापनि, तँसित एउटा इमान्दार आचरण हुनुपर्छ। उदाहरणको लागि, के कर्तव्य पालन गर्न इमान्दार आचरणको आवश्यकता पर्छ? यदि आफ्नो कर्तव्य पूरा गर्दा, तैँले कुनै कुराहरू उचित रूपले गरेको छैनस् भने तैँले आफैलाई उदाङ्गो बनाउनुपर्छ र चिरफार गर्नुपर्छ, अनि सत्यताका सिद्धान्तहरूको खोजी गर्नुपर्छ, अर्को पल्ट लापरवाही नभई उचित रूपले त्यसलाई पूरा गर्ने प्रयास गर्नुपर्छ। यदि तँ इमान्दार हृदयसहित कोसिस गरेर परमेश्‍वरलाई सन्तुष्ट तुल्याउँदैनस्, अनि सधैँ आफ्नो देह वा आफ्नै घमन्डलाई सन्तुष्ट पार्न खोज्छस् भने, यस प्रकारले काम गर्दा के तैँले राम्रो काम गर्न सक्नेछस् र? के तैँले आफ्नो कर्तव्य राम्रोसित पूरा गर्न सक्छस् त? निश्चय नै सक्दैनस्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास”)। “यदि गल्ती गरिसकेपछि, तैँले यसलाई सही प्रकारले लिन सक्छस्, अनि सबैलाई यसको बारेमा स्वतन्त्र प्रकारले कुराकानी र छलफल गर्न दिन सक्छस्, अनि यसको बारेमा खुलस्त हुन र यसलाई विश्लेषण गर्न सक्छस् भने, तेरो बारेमा सबैको विचार के हुनेछ? तिनीहरूले तँ इमान्दार व्यक्ति होस् भन्नेछन् किनकि तेरो हृदय परमेश्‍वरको लागि खुला छ। तेरा कार्य र व्यवहारमार्फत, तिनीहरूले तेरो हृदय देख्न सक्नेछन्। तर यदि तैँले भेष बदल्ने वा सबैलाई धोका दिने कोसिस गर्छस् भने, मानिसहरूले तँलाई आदर गर्नेछैनन्, अनि तँ मूर्ख र निर्बुद्धि व्यक्ति होस् भनी भन्नेछन्। यदि तैँले बहाना वा ढोङ्ग गर्ने कोसिस गर्दैनस् भने, सबैले तँ इमानदार र बुद्धिमान् छस् भनी भन्नेछन्। अनि कुन कुराले तँलाई बुद्धिमान् बनाउँछ? सबैले गल्ती गर्छन्। सबैमा दोष र कमी-कमजोरी हुन्छ। अनि वास्तवमा, सबैसित उही भ्रष्ट स्वभाव हुन्छ। तैँले आफैलाई अरूभन्दा धेरै महान्, सिद्ध, र दयालु नसोच्; त्यसो गर्नु बिलकुलै अनुचित छ। मानिसहरूको भ्रष्ट स्वभाव अनि सार र मानिसको भ्रष्टताको साँचो अनुहारको बारेमा तँलाई स्पष्ट भएपछि, तँ तेरा आफ्नै गल्तीहरूद्वारा आश्चर्यचकित हुनेछैनस्, न त अरूले गल्ती गर्दा तँ तिनीहरूप्रति कठोर नै हुन्छस्, तर तैँले दुवै कुरालाई सही प्रकारले सामना गर्नेछस्। तब मात्र तँ समझदार हुनेछस् र मूर्ख कुराहरू गर्नेछैनस्, र यस कार्यले तँलाई बुद्धिमान् व्यक्ति बनाउनेछ। बुद्धि नभएकाहरू मूर्ख मानिसहरू हुन् र तिनीहरू सधैँ आफ्ना ससाना गल्तीहरूमा अल्झिरहन्छन्, जबकि दृश्य पछाडि तिनीहरू छली हुन्छन्। यो देख्नुमा घिनलाग्दो हुन्छ। वास्तवमा, तैँले जे गरिरहेको हुन्छस् त्यो अरू मानिसहरूले तुरुन्तै स्पष्ट रूपमा देख्छन्, तैपनि तँ अझै निर्लज्ज बनी ढोङ्ग गर्छस्। अरूलाई, त्यो एक जोकरले गरेको काम जस्तो लाग्छ। के यो मूर्खता होइन? यो साँच्चै मूर्खता हो। मूर्ख मानिसहरूसँग कुनै बुद्धि हुँदैन। तिनीहरूले जति धेरै प्रवचन सुने पनि, तिनीहरूले अझै पनि सत्यता बुझ्दैनन् वा कुनै कुराको वास्तविकतालाई देख्दैनन्। तिनीहरू सधैँ आफ्नो अहङ्कारमा सवार हुन्छन्, तिनीहरू अरू सबैभन्दा फरक छन्, र तिनीहरू अरूभन्दा बढी इज्‍जतदार छन् भनी सोच्छन्—यो अहंकार र आत्मधार्मिकता हो, यो मूर्खता हो। मूर्ख मानिसहरूमा आत्मिक समझ हुँदैन, हुन्छ त? जुन विषयहरूमा तँ मूर्ख र निर्बुद्धि हुन्छस् ती त्यस्ता विषयहरू हुन् जसको बारेमा तँसित कुनै आत्मिक समझ हुँदैन, र तैँले सजिलैसँग सत्यतालाई बुझ्दैनस्। यो यस्तै हुन्छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “कुनै व्यक्तिको आचरणलाई मार्गदर्शन गर्ने सिद्धान्तहरू”)। मैले यसबाट के सिकेँ भने, सबैले आ-आफ्नो कर्तव्यमा गल्ती गर्छन्। यो सामान्य कुरा हो। हामी यसलाई ढाकछोप गर्न हुँदैन; हामीले सेतोलाई सेतो र कालोलाई कालो नै भन्नुपर्छ, आफ्ना भ्रष्टाचार र कमीकमजोरी बताउनुपर्छ। हामी आफ्नो इज्जत र हैसियत जोगाउने गर्नु हुँदैन, बरु परमेश्वरले चाहनुभएझैँ इमानदार मानिस बन्नुपर्छ। त्यो मात्र मर्यादित कुरा हो अनि परमेश्वरको अनुमोदन र आशिष् प्राप्त हुन्छ। तर अरू मानिसहरूले के सोच्लान् भन्ने कुरामा म धेरै वास्ता गर्थें, तिनीहरूको नजरमा आफ्नो हैसियत र छवि कायम राख्न चाहन्थेँ। म आफूले गरेको कुनै पनि गल्तीलाई अरूले थाहा पाउलान् कि भन्ने डरले ढाकछोप गर्न चाहन्थेँ, र आफूलाई दोषी महसुस हुँदा समेत त्यसबारे बताउन आँट गरिनँ। यसले परमेश्वरको घरको काममा पुर्‍याउन सक्ने क्षतिबारे समेत मैले सोचिनँ। मैले परमेश्वरको घरका हितलाई ख्याल गरिनँ, र म इमानदार पटक्कै थिइनँ। त्यसरी त मैले आफ्नो कर्तव्य कसरी राम्ररी पूरा गर्न सक्थेँ र? त्यो कुरा सोच्दा मलाई डर लाग्यो। त्यसपछि मैले कर्तव्यप्रतिको आफ्नो दृष्टिकोण परिवर्तन गर्न चाहेँ। यसबारे सोच्यौं भने, सबैले आफ्नो कर्तव्यमा गल्ती गर्छन्। यो सामान्य कुरा हो। शान्तपूर्वक यसको सामना गर्दा र यसलाई तुरुन्तै सुल्झाउँदा सुधार गर्न हामीलाई मदत मिल्छ। यसले कामलाई असर गर्दैन र त्यति पीडादायी पनि हुँदैन। त्यसपछि छायाङ्कनको काममा मैले गल्ती गर्दा र त्यसलाई स्वीकार गर्नका लागि मनमा द्वन्द्व चल्दा, मैले आफ्नो इज्जत र हैसियत कायम राख्न खोजिरहेको महसुस हुन्थ्यो। म परमेश्वरलाई प्रार्थना गर्थें र उहाँलाई सत्यता अभ्यास गर्न र इमानदार बन्न मार्गदर्शन माग्थेँ ताकि मैले आफ्नो गल्ती स्वीकार गर्न सकूँ। मैले त्यसो गर्दा, ब्रदर-सिस्टरहरूले मलाई दोष नदिएको, तर समस्याको समाधान गरेको र हामीले अर्को शट लिन सकेको थाहा पाएँ। मलाई धेरै राम्रो लाग्यो अनि सत्यता अभ्यास गर्दा प्राप्त हुने शान्ति र आनन्द महसुस गरेँ।

एक दिन हामी अर्को म्युजिक भिडियोमा काम गरिरहेका थियौँ। हामीले छायाङ्कन सुरु गर्नुअघि, निर्देशकले वाकीटकीमा सोधे, “लाइटहरू तयार छ? फ्रेमहरू राम्ररी जाँच गर्नुहोस् है।” मैले सबै फ्रेमहरू राम्रोसँग हेरेको छु भन्ने मलाई लाग्यो, त्यसैले मैले निर्धक्कसाथ भनेँ, “तयार छ, सबै ठीक छन्!” तर एक शटपछि, मैले केही लाइटहरू अन गर्न बिर्सेको थाहा पाएँ। म आत्तिएँ। म केही भन्न चाहन्थेँ तर हिचकिचाएँ। म सोच्दै थिएँ, सबैका अगाडि सबै कुरा तयार छन् भनेर मैले निर्धक्कसाथ भनेको थिएँ, त्यसैले, मबाट गल्ती भएको बताएँ भने, तिनीहरूले मलाई के सोच्लान्? के तिनीहरूले ममाथि विश्वास गुमाउनेछन्? बत्ती बाल्न बिर्सनु नयाँ व्यक्तिले गर्ने गल्ती थियो। मैले यो स्वीकार गरेँ भने, फेरि आफ्नो अनुहार कसरी देखाउनु? के अरूले मलाई यति सामान्य काम पनि गडबड गर्ने बेकारको व्यक्ति ठान्नेछन्? केहीबेर मेरो मनमा असाध्यै द्वन्द्व चल्यो। के गरूँ कसो गरूँ भयो, आफूले गरेको गल्ती बताउने कि नबताउने केही थाहा भएन। हामीले थुप्रै शटहरू लिइसकेका थियौँ, त्यसैले, यदि मैले केही भनेँ भने, तुरुन्तै नबताएकोमा अरूले मेरो आलोचना गर्लान् भनेर म डराएँ। निकै सोचविचार गरेपछि, मलाई लाग्यो म भिडियो सम्पादन गर्ने ब्रदरकहाँ एक्लै गएर कुरा गरी लाइटिङ मिलाइदिन अनुरोध गर्न सक्छु ताकि मैले आफ्नो गल्ती सबैको सामु स्वीकार गर्न नपरोस्। त्यसो गर्दा, यो भिडियोसित सम्बन्धित समस्या समाधान हुनेछ र मेरो इज्जत पनि बच्नेछ। त्यसैले, छायाङ्कन सकिएपछि, मैले सम्पादन गर्दै ब्रदरसँग कुरा गरी त्यसलाई हल्कासित बताएँ: “मलाई पहिलो पटक लाइटिङमा समस्या भयो। दाँजेर हेर्दा, यी त्यति खराब छैनन्, यसमा केवल उज्यालोपनमा फरक परेको छ। यसमा तपाईंले मदत गर्नुभएमा राम्रो हुनेथ्यो।” उनले मेरो कुरा पत्याए र बिग्रेको लाइटिङ मिलाइदिने कुरा बताए। मेरो मुखबाट त्यो कुरा निस्किनेबित्तिकै मलाई डर लाग्यो किनभने वास्तवमा त्यो ठूलो समस्या थियो, तर मैले त्यो कुनै ठूलो कुरा होइन भनेँ। के मैले ठाडै झूट बोलिरहेको थिइनँ र? ती ब्रदरलाई लाइटिङ मिलाउन तीन घण्टाभन्दा बढी समय लाग्यो। भोलिपल्ट बिहान सर्वप्रथम निर्देशकले मलाई किन उनलाई लाइटनिङको यस्तो ठूलो समस्याबारे तुरुन्तै नबताएको भनेर सोधे। के भन्ने मलाई थाहा थिएन, त्यसैले मैले बहाना खोज्ने प्रयास गरेँ। उनले भने, “यस्तो पहिला पनि भएको छ र तपाईंले केही भन्नुभएन। तपाईंले हाम्रो काममा रोकावट ल्याउनुहुँदैछ। तपाईंले साँच्चै आत्मसमीक्षा गर्नु आवश्यक छ।” उनले त्यसो भन्दा मलाई साह्रै दोषी महसुस भयो। आफू भ्रष्टताले नियन्त्रित भएकोमा र फेरि सत्यता अभ्यास गर्न चुकेकोमा मलाई घृणा लाग्यो। मैले परमेश्वरसामु घुँडा टेकेँ र प्रार्थना गरेँ: “हे परमेश्वर, म आफ्नो प्रतिष्ठाको असाध्यै ख्याल गर्छु। यस पटक, मैले मेरो गल्तीबारे बोल्न अस्वीकार मात्र गरिनँ, तर त्यसलाई लुकाउन खेल खेलेँ। म साँच्चै धूर्त छु। हे परमेश्वर, म पश्चात्ताप गर्न चाहन्छु। कृपया मलाई मार्गदर्शन गर्नुहोस् र बचाउनुहोस्।”

त्यसपछि मैले परमेश्वरका वचनहरूको यो खण्ड पढेँ: “ख्रीष्टविरोधीहरूको मानवता बेइमान हुन्छ, जसको अर्थ तिनीहरू अलिकति पनि सत्यवादी हुँदैनन्। तिनीहरूले भन्ने र गर्ने हरेक कुरा आफ्नै अभिप्राय र लक्ष्यहरूद्वारा भ्रष्ट हुन्छन्, र यसमा तिनीहरूका अव्यक्त, अकथनीय चालहरू, विधिहरू, उद्देश्यहरू र षडयन्त्रहरू लुकेका हुन्छन्। तिनीहरूले बोल्ने तरिका यति भ्रष्ट हुन्छ कि तिनीहरूका शब्दहरूमध्ये कुन साँचो र कुन झूटो, कुन सही र कुन गलत हुन् भनी थाहा पाउन असम्भव हुन्छ। तिनीहरू बेइमान भएका हुनाले तिनीहरूका मन अत्यन्तै जटिल, बाङ्गोटिङ्गो कुराहरूले भरिएको अनि चालहरूले भरिभराउ रहेका हुन्छन्। तिनीहरूले भन्ने कुनै कुरा पनि सीधा र स्पष्ट हुँदैन। तिनीहरूले एकलाई एक, दुईलाई दुई, हो लाई हो अनि होइनलाई होइन भन्दैनन्। त्यसको साटोमा, तिनीहरू सबै मामलाहरूमा नचाहिने कुरा गर्छन् अनि कारण र परिणामको बारेमा सोच्दै, हरेक कोणबाट फाइदा र कमीकमजोरीलाई तौलँदै कामको बारेमा आफ्नो मनमा थुप्रै पटक विचारविमर्श गर्छन्। त्यसपछि, तिनीहरूले आफ्नो भाषाले यसरी कामकुरालाई हेरफेर गर्छन् कि तिनीहरूले भन्ने हरेक कुरा भद्दा सुनिन्छ। इमान्दार मानिसहरूले तिनीहरूले भन्ने कुरा कहिल्यै बुझ्दैनन् अनि सजिलै तिनीहरूद्वारा धोका र छलमा पर्छन्, अनि त्यस्ता मानिसहरूसित बोल्ने जोकोहीले पनि आफ्नो अनुभव पट्यारलाग्दो र कठिन पाउँछन्। तिनीहरूले कहिल्यै एक लाई एक, दुई लाई दुई भन्दैनन्, तिनीहरूले कहिल्यै आफूले के सोचिरहेको छु भनेर भन्दैनन्, अनि तिनीहरूले कहिल्यै कामकुरा जस्तो छ, त्यस्तै बयान गर्दैनन्। तिनीहरूले भन्ने हरेक कुरा खोतल्नै नसकिने हुन्छ, अनि तिनीहरूका कामहरूका लक्ष्य र अभिप्रायहरू धेरै नै जटिल हुन्छन्। अनि यदि बोलिसकेपछि, तिनीहरूको खुलासा हुन्छ वा तिनीहरूको वास्तविकतालाई पत्ता लगाइन्छ भने तिनीहरूले आफूलाई ढाकछोप गर्न हतार गरेर अर्को कथा आविष्कार गर्छन्। यी मानिसहरूले प्रायः झूट बोल्छन्, आफ्ना झूटहरूलाई ढाकछोप गर्छन् अनि आफ्ना गुप्त कुराहरू र गोपनीयतालाई रक्षा गर्न अरूलाई धोका दिन्छन्, अनि सधैँ झैँ, जब तिनीहरूका झूटहरूलाई पत्ता लगाइन्छ, स्पष्ट हुन्छ र खुलासा गरिन्छ, तब तिनीहरूले आफैलाई ढाकछोप गर्न झूटमाथि झूट थपेर धेरै झूट बोल्छन्। त्यस्ता व्यक्तिहरूको बारेमा धेरै मानिसहरूमा परेको छाप के हुन्छ भने, तिनीहरूका शब्दहरूमध्ये कुन साँचो हो भनी उनीहरूले जान्दैनन्, तिनीहरूले कहिले साँचो बोलिरहेका छन् भनी उनीहरूले जान्दैनन्, अनि तिनीहरूले कहिले झूट बोलिरहेका हुन्छन् भनी जान्‍ने कुरा त परै जाओस्। जब त्यस्ता मानिसहरू झूट बोल्छन्, तब तिनीहरू लाज मान्दैनन् वा हिचकिचाउँदैनन्, मानौँ तिनीहरूले सत्यता नै बोलिरहेका छन्। के यसको अर्थ, झूटो बोल्नु तिनीहरूको स्वभाव नै भएको छ भन्‍ने होइन र? उदाहरणको लागि, सबैभन्दा सरल मामलामा, तिनीहरू बाहिरबाट अरूप्रति भला, तिनीहरूप्रति विचारशील, आफ्नो बोलीमा दयालु हुन्छन्, जुन सुन्नमा मीठो र मार्मिक लाग्छ तर त्यस्तो सरल मामलामा पनि तिनीहरू इमान्दार हुन् कि होइनन् अथवा तिनीहरूका वचनहरूको पछाडि कुनै अभिप्राय वा उद्देश्य छ कि अथवा तिनीहरू वास्तवमा कुन कुराको पछाडि लागेका हुन् भनी कसैले बताउन सक्दैन। चिन्ता व्यक्त गर्ने तिनीहरूका वचनहरू पनि तिनीहरूको मुखबाट निस्कँदा भ्रष्ट र कपटपूर्ण हुन्छन्। के झूट बोल्नु तिनीहरूको प्रकृति भएको हुँदैन र? त्यस्ता मानिसहरूले परिणामलाई विचारै नगरीकन झूट बोल्छन्। जहिलेसम्म तिनीहरूले भन्ने कुराले तिनीहरूलाई तत्कालै फाइदा दिन्छ र त्यसले अरूलाई धोका दिन सक्छ, जहिलेसम्म त्यसले आफ्नो लक्ष्य हासिल गर्न सक्छ, तबसम्म तिनीहरूले परिणामहरूलाई बेवास्ता गर्छन्। तिनीहरूको खुलासा हुनेबित्तिकै तिनिहरूले निरन्तर ढाकछोप गर्ने, झूटो बोल्ने र छल्ने काम गरिरहन्छन्। यी मानिसहरूको अरूसित अन्तरक्रिया गर्ने सिद्धान्त र विधि यही हो, झूटहरूद्वारा मानिसहरूलाई छल्ने उपाय। तिनीहरू दुई-जिब्रे हुन्छन् अनि आफ्ना श्रोताहरूसित अनुकूल हुने गरी बोल्छन्; परिस्थितिले जस्तो भूमिका माग गर्दछ, तिनीहरूले त्यही भूमिका निर्वाह गर्दछन्। तिनीहरू चाप्लुसीपूर्ण र धूर्त हुन्छन्, तिनीहरूका मुख झूटहरूले भरिएका हुन्छन् अनि तिनीहरू भरोसा गर्न नसकिने किसिमका हुन्छन्। तिनीहरूसित थोरै समय सम्पर्कमा हुनेहरू धोकामा पर्दै जान्छन् वा व्याकुल हुँदै जान्छन् अनि तिनीहरूले कुनै रसद, सहायता वा सुधार प्राप्त गर्न सक्दैनन्। त्यस्ता मानिसहरूका मुखबाट निस्कने वचनहरू अप्रिय वा राम्रो, तर्कसङ्गत वा हास्यास्पद, अथवा मानवतासित मेल वा बेमेलमा रहेको, अशिष्ट वा सभ्य जे-जस्तो भए पनि, ती अपरिहार्य रूपले सबै झूट हुन्छन्” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको मानवताको चरित्र र तिनीहरूको स्वभावको सारलाई सारांश गर्दा (भाग एक)”)। परमेश्वरका वचनहरूले ख्रीष्टविरोधीहरूको धूर्त र चलाक प्रकृतिको खुलासा गर्छन्। तिनीहरू आफ्नो बोली र कार्यमा बेइमान हुन्छन्। तिनीहरूको मुखबाट सत्यताको एउटै वचन निस्कँदैन। आफ्नो गल्ती ढाकछोप गर्न, तिनीहरू निर्लज्ज रूपमा झूट बोल्छन् र आफ्नो घृणित मनसाय लुकाउँछन्। ख्रीष्टविरोधी मानिसहरू असाध्यै दुष्ट हुन्छन्। आफूलाई हेर्दा, परमेश्वरका वचन मेरै बारेमा हुन् जस्तो मलाई लाग्यो। छायाङ्कन गर्दा मैले ध्यान दिइनँ, जसले गर्दा गल्ती भयो। अरूले मलाई तुच्छ ठान्लान् भन्ने डरले गर्दा मैले त्यसलाई स्वीकार गरिनँ, त्यसैले, त्यसलाई ढाकछोप गर्न मैले आफ्नो दिमाग खियाएँ। सम्पादन गर्ने ब्रदरलाई मैले त्यो ठीक गरिमाग्न एक्लै कुरा गरेँ, र खेल खेलेँ, उनलाई त्यो ठूलो समस्या होइन भनेर झूट बोलेँ ताकि उनले त्यो कुनै ठूलो कुरा होइन भनेर सोचून्। म एकदमै धूर्त थिएँ। के म ख्रीष्टविरोधी जस्तै दुष्ट थिइनँ र? परमेश्वर इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ, तर मेरो धूर्तता, दुष्टता र झूट मेरो प्रकृति नै बनिसकेको थियो। के त्यो ख्रीष्ट विरोधीहरू जस्तै परमेश्वरको लागि घृणित र घृणास्पद कुरा होइन र? प्रभु येशुले भन्नुभएको कुरा मलाई याद आयो, “तिमीहरूको बोली-वचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्: किनकि यीभन्दा बढी जे छ त्यो दुष्टबाट आउँछ” (मत्ती ५:३७)। “तिमीहरू आफ्ना पिता दुष्टका हौ, र तिमीहरू आफ्ना पिताका अभिलाषाहरू पूरा गर्छौ। त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यतामा बसेन, किनकि त्यसमा सत्यता छैन। जब त्यसले झूटो बोल्छ, त्यसले आफ्नै स्वभावअनुसार बोल्छ: किनकि त्यो ढँटुवा हो र त्यसको पिता हो” (यूहन्‍ना ८:४४)। परमेश्वर भन्नुहुन्छ, झूटहरू दुष्ट व्यक्ति र शैतानबाट आउँछन्, र ती सधैँ छली र शैतानी हुन्छन्। मैले निरन्तर झूट बोल्नु र झूटमाथि झूट थप्दै जानुले के म शैतान जस्तै भइनँ र? मैले भनेको कुरामा शैतानी तत्व थियो, त्यो छली थियो, र त्यो परमेश्वरको घरको कामको लागि बाधक थियो। मैले छायाङ्कनमा गरेको गल्तीलाई स्वीकार मात्र गरेर समाधान गर्न सकिन्थ्यो, त्यसो गर्दा धेरै नोक्सानीहरूबाट बच्न सकिन्थ्यो। तर, अरूको नजरमा आफ्नो छवि र हैसियत जोगाउन, मैले त्यसबारे सोचिरहेँ तर इमानदार भई बताइनँ। मैले झूट बोलेँ र त्यसलाई ढाकछोप समेत गरेँ, ब्रदर-सिस्टरहरूलाई धोका दिएँ। सम्पादन गर्ने ब्रदरले त्यो गल्ती सच्याउन तीन घण्टाभन्दा बढी समय खर्च गर्नुपर्‍यो। मैले अरूको कामलाई वा ती गडबड भएका शटहरूबाट अन्तिम भिडियोमा कस्तो परिमाण आउला भनेर विचार गरिनँ। म धेरै स्वार्थी थिएँ! भ्रष्ट स्वभावको कारण मैले गरेको सबै कुराले आफूलाई र अरूलाई चोट पुऱ्याइरहेका थिए। यो साँच्चै नराम्रो र परमेश्वरको लागि घृणित कुरा थियो। मलाई साह्रै पश्चात्ताप र आत्मग्लानी भयो। मैले परमेश्वरलाई प्रार्थना गरेँ, आफ्नो इज्जत र हैसियत जोगाउने कुरा छोडेर सरल, खुल्ला र इमानदार व्यक्ति हुन चाहेँ।

त्यसपछि मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ। “समस्या जे भए पनि, उत्पन्न हुने कुनै पनि समस्याको समाधान गर्नका लागि तैँले सत्यताको खोजी गर्नुपर्छ, अनि कुनै पनि प्रकारले आफैलाई फरक रूपमा देखाउने वा अरूको अगाडि झूटो अनुहार धारण गर्ने गर्न सक्दैनस्। तेरा दोषहरू, तेरा कमीहरू, तेरा गल्तीहरू, तेरो भ्रष्ट स्वभाव—ती सबैको बारेमा पूर्ण रूपमा खुला बन्, र ती सबैको विषयमा सङ्गति गर्। ती कुरालाई भित्र लुकाएर नराख्। आफैलाई कसरी खुलस्त बनाउनुपर्छ सो सिक्नु नै सत्यतामा प्रवेश गर्ने तर्फको पहिलो कदम हो, र यो पहिलो बाधा हो, जसमाथि विजय पाउन सबैभन्दा गाह्रो हुन्छ। तैँले यसमाथि विजय पाएपछि, सत्यतामा प्रवेश गर्नु सजिलो हुन्छ। यो कदम उठाउनुले के कुराको सङ्केत गर्छ? यसको अर्थ, तैँले आफ्नो हृदय खोल्दैछस् र तेरा राम्रा वा नराम्रा, सकारात्मक वा नकारात्मक, सबै कुरा देखाउँदैछस्, अरू मानिस र परमेश्‍वरले देख्ने गरी आफैलाई उदाङ्गो पार्दैछस्; परमेश्‍वरबाट केही लुकाएको छैनस्, केही गोप्य कुरा राखेको छैनस्, कुनै कुरालाई ढाकेर राखेको छैनस्, छल र चालबाजीबाट मुक्त छस्, र यस्तै गरी अरू मानिसहरूसँग खुला र इमानदार हुँदैछस्। यस प्रकारले, तँ ज्योतिमा जिउँछस्, र परमेश्‍वरले मात्र तँलाई छानबिन गर्नुहुन्‍न, तर अरू मानिसहरूले पनि तँ सिद्धान्त र केही हदसम्म पारदर्शितासहित काम गर्दछस् भनी देख्न सक्नेछन्। तैँले आफ्‍नै प्रतिष्ठा, आत्मम्‍मान, र हैसियतको लागि कुनै कुरा लुकाउने, कुनै हेरफेर गर्ने, वा कुनै पनि चलाकीहरूको प्रयोग गर्ने गर्नु पर्दैन, र तैँले गरेका जुनसुकै गल्तीहरूमा पनि यही कुरा लागू हुन्छ; त्यस्तो व्यर्थको कार्य अनावश्यक छ। यदि तैँले त्यसो गर्दैनस् भने, तँ सहज र अथक रूपमा, अनि पूर्ण रूपमा ज्योतिमा रहेर जिउनेछस्। त्यस्ता मानिसहरूले मात्रै परमेश्‍वरको स्याबासी पाउन सक्छन्। त्यसपछि, तैँले आफ्‍ना सोचाइ र विचारहरूलाई कसरी विश्‍लेषण गर्ने सो कुरा सिक्‍नुपर्छ। तैँले जे-जस्ता कुराहरू गलत रूपमा गरिरहेको छस्, र तेरा जे-जस्ता बानीबेहोरा परमेश्‍वरले मन पराउनुहुन्‍न, तैँले तिनलाई तुरुन्तै उल्ट्याएर सुधार गर्न सक्‍नुपर्छ। तिनलाई सुधार गर्नुको उद्देश्‍य के हो त? यसको उद्देश्य तँभित्र भएका शैतानको स्वामित्वमा रहेका कुराहरूलाई इन्कार गर्दै र तिनलाई सत्यताले प्रतिस्थापन गर्दै सत्यतालाई स्वीकार गर्नु र अपनाउनु हो। पहिले, तैँले सबै कामकुरा तेरो भ्रष्ट प्रकृति अर्थात् कुटिलपन र छलिपनअनुसार गर्थिस्; तँलाई आफूले नढाँटीकन त कुनै काम पूरा गर्नै सक्दिनँ भन्‍ने लाग्थ्यो। अहिले तैँले सत्यता बुझेको छस् र शैतानको काम गर्ने तौरतरिकाहरूलाई घृणा गर्छस्, तँ अब त्यस तरिकाले कामकुराहरू गर्दैनस्, तँ इमानदारिता, शुद्धता, र आज्ञापालनको मानसिकताका साथ काम गर्छस्। यदि तँ कुनै कुरा पनि लुकाउँदैनस्, बाहिरी खोल ओढ्दैनस्, बहाना गर्दैनस्, झुटो रूप देखाउँदैनस् भने, यदि तँ दाजुभाइ-दिदीबहिनीहरूको सामु आफैलाई उदाङ्गो पार्छस्, तेरा भित्री सोच र विचारहरू लुकाउँदैनस्, बरु अरूलाई तेरो निष्कपट मनोवृत्ति हेर्न दिन्छस् भने, सत्यले बिस्तारै तँमा जरा गाड्नेछ, यो फुल्नेछ र फल्नेछ, र यसले अलिअलि गर्दै परिणाम दिनेछ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्यता अभ्यास गर्नेहरू मात्रै परमेश्‍वरको डर मान्‍नेहरू हुन्”)। मैले परमेश्वरका वचनमा अभ्यासका केही मार्ग भेट्टाएँ बेइमान हुनु वा आफ्नो छवि जोगाउनका लागि धूर्त र छली हुनुको सट्टा समस्या आइपर्दा खुलस्त हुन र परमेश्वरलाई आफ्नो हृदयको कुरा पोखाउन सिकेँ। मैले आफ्नो भित्री मनसाय, भ्रष्टता, दोष र गल्ती अरूलाई खुलेर बताउनुपर्छ भनेर मलाई थाहा थियो। सत्यतामा प्रवेश गर्ने सबैभन्दा महत्त्वपूर्ण पक्ष त्यही हो। त्यो हासिल गर्नु भनेको भ्रष्टताबाट बिस्तारै मुक्त हुने र साँचो मानव स्वरूपमा जिउने एकमात्र तरिका हो। मलाई आफ्नो हैसियतको खातिर म नाटक गरिरहन हुँदैन, बरु परमेश्वरको जाँच र ब्रदर-सिस्टरहरूको सुपरिवेक्षण स्वीकार गर्नुपर्छ भन्ने थाहा थियो।

त्यसैले, मैले प्रक्रियाको दौडान प्रकट गरेका आफ्ना सबै गल्ती र भ्रष्टताबारे अरूलाई खुलेर बताएँ। मैले सम्झिरहनका लागि आफैलाई सजाय दिन केही कुरा पनि गरेँ। वास्तवमा, गल्ती स्वीकार्नु गाह्रो छैन। वास्तविक गाह्रो भनेको भ्रष्ट स्वभावमा फस्नु हो। यस घटनाबाट मैले आफ्नो धूर्त स्वभावबारे केही बुझाइ प्राप्त गरेँ र यसमा परिवर्तन गर्छु भनेर कसम खाएँ। त्यसपछि एक दिन छायाङ्कनको क्रममा अर्को क्यामेरामा अन-स्क्रिन विवरण हेर्दै गर्दा, एक जना गायक उज्यालो क्षेत्रबाट बाहिर गएको मलाई ध्यानै भएन। त्यो मलाई थाहा भइञ्जेलसम्म त उनले धेरै हरफ गाइसकेका थिए, त्यसैले, लाइटनिङमा गडबडी भएको कारणले गर्दा हामीसँग १० सेकेन्डभन्दा बढी समयको प्रयोग गर्न नसकिने फुटेज भयो। मबाट फेरि कसरी त्यही गल्ती हुनगयो भनेर सोचिरहें। मैले भर्खरै धेरै गडबड गरेको थिएँ। मैले यो स्वीकार गरेँ भने, सबैले के सोच्लान्? मैले आफ्नो कर्तव्यलाई गम्भीरतापूर्वक लिइरहेको छुइनँ भनेर भन्लान् त? केही भन्न म हिचकिचाइरहेको बेला, म फेरि आफ्नो हैसियत जोगाउन खोज्दैछु भनेर मलाई महसुस भयो र पहिला आफैलाई जोगाउँदा र सत्यता अभ्यास नगर्दा त्यसले ब्रदर-सिस्टरहरूलाई र मण्डलीको काममा कस्तो प्रभाव पारेको थियो भनी सम्झेँ। आफ्नो गल्ती लुकाउने प्रयास गर्नु कति लज्जास्पद थियो भन्ने कुरा, र झूटबाट उत्पन्न सबै पीडा र दुःखबारे सोचेँ। म खेल खेल्न र छली हुन सक्दिनँ भनेर मलाई थाहा थियो, तर यसपटक मैले आफूलाई त्यागेर सत्यता अभ्यास गर्नुपर्थ्यो। त्यसैले, दोधारलाई हटाउँदै आफ्नो वाकीटकी समातेँ र भएको कुरा निर्देशकलाई बताएँ।

त्यसपछि, मैले आफ्नो कर्तव्यप्रति सचेत भई इमानदार हुने अभ्यास गर्न थालेँ, गल्ती हुनेबित्तिकै स्वीकार गर्न थालेँ। मैले आफ्नो हैसियत र प्रतिष्ठाबारे सोचिरहिनँ, तर परमेश्वरको घरका हितलाई विचार गरेँ। त्यसो गर्दा त्रुटि मिलाउन धेरै काम गर्नु नपर्ने मात्र होइन, मेरो गल्तीले गर्दा परमेश्वरको घरको काममा क्षति पनि हुने भएन। कहिलेकाहीँ, ब्रदर-सिस्टरहरूले मलाई वाकीटकीमा हप्काएको र सरसल्लाह दिएको सुन्थेँ, तर त्यसरी काम गर्दा मलाई शान्ति र हलुका महसुस हुन्थ्यो। र मैले साँच्चै अनुभव गरेको कुरा भनेको आफ्नो प्रतिष्ठाको लागि झूट बोल्नु र छल गर्नु निकै पीडादायी हुन्छ। सत्यता अभ्यास गर्नु र इमानदार व्यक्ति हुनु नै मर्यादा प्राप्त गर्ने र ज्योतिमा जिउने एकमात्र तरिका हो। परमेश्वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सुसमाचार प्रचारको मार्ग

मलाई याद छ, जब मैले पहिलो पटक सुसमाचार सुनाउन सिकिरहेको थिएँ, मैले ग्रेट प्रेज चर्चको सदस्य, हुइबेइका ब्रदर क्षुलाई भेटेँ। केही समयपछि नै,...

ख्याति र सम्पत्तिबाट मुक्ति

जियाओ मिन, चीनविश्‍वासी बन्नुअघि, म जहिले पनि नाम र हैसियतको पछि लागिरहेकी थिएँ, र यदि कसैले मलाई जित्यो भने म ईर्ष्या गर्थेँ र दुःखी...

सही मार्गमा फर्केर आउनु

चेन गुवाङ्ग, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्