प्रदर्शन गरेर भएको हानि

17 अक्टोबर 2021

रुओयु, स्पेन

केही वर्ष पहिले, म उस्तै उमेरका केही दाजुभाइ-दिदीबहिनीहरूसँग मलजल गर्ने कर्तव्यमा लागेकी थिएँ। तिनीहरू अत्यन्तै उत्साहित र जिम्‍मेवार थिए। तिनीहरूलाई प्रायजसो अरूले प्रशंसा गर्थे, जसले गर्दा म तिनीहरूको धेरै नै कदर गर्थेँ। मैले एक दिन म तिनीहरूजस्तै बन्‍नेछु र अरूको आदर पाउनेछु भनेर आशा गरेकी थिएँ। पछि म अर्को मण्डलीमा स्थानान्तरण भएँ। केही समयपछि नै त्यहाँको एक जना अगुवालाई झूटा अगुवा ठहराइयो र व्यवहारिक काम नगरेकोमा तिनलाई हटाइयो र त्यस ठाउँमा मलाई मण्डली अगुवाको रूपमा निर्वाचित गरियो। मलाई चिन्‍ने दाजुभाइ-दिदीबहिनीहरूले मलाई यसो भन्दै उत्साह दिए, “परमेश्‍वरले तपाईंलाई माथि उठाउँदै हुनुहुन्छ, तपाईंले यसलाई कदर गरेको राम्रो हुन्छ।” यो कर्तव्य ठूलो जिम्‍मेवारी हुनेछ भन्‍ने मलाई थाहा थियो र यो आफूलाई प्रमाणित गर्ने ठूलो मौका हुनेछ भन्‍ने मलाई लाग्यो। यदि मैले राम्रो काम गरेँ भने, मलाई दाजुभाइ-दिदीबहिनीहरूले आदरको साथ हेर्नेछन्। मैले यो कर्तव्य राम्ररी पूरा गर्नको लागि आफूले सक्दो गर्ने सङ्कल्‍प गरेँ।

त्यसपछिको हरेक सामूहिक भेलामा, मैले अघिल्‍लो अगुवाले कसरी व्यवहारिक काम गरेनन् र कसरी प्रायजसो नकरात्मक तरिकाले बोल्थे भनेर विश्‍लेषण गर्थेँ र सबै जना तिनीप्रति रिसाउँथे। यो कुरा देखेर, मैले अब दाजुभाइ-दिदीबहिनीहरूले झूटा अगुवाहरू छुट्याउन सक्छन् र मैले व्यवहारिक काम गर्नुपर्छ भन्‍ने अपेक्षा गरिरहेका छन् भन्‍ने कुरा आफूलाई बारम्‍बार स्मरण गराउनुपर्थ्यो। मैले कठिन परिश्रम गरेर तिनीहरूको मन्जुरी जित्‍ने प्रयास गर्नुपर्थ्यो। मण्डली अगुवा भएकी हुनाले, मण्डलीमा म सबैभन्दा सक्रिय हुनुपर्थ्यो र अरूले भन्दा बढी कष्ट भोग्‍न तयार हुनुपर्थ्यो, र अरू कसैले भन्दा बढी बलिदानहरू गर्न पनि सक्‍नुपर्थ्यो। परीक्षाहरू आइपर्दा मसँग अरूको भन्दा बढी विश्‍वास हुनुपर्थ्यो र तिनीहरू नकारात्मक हुँदा म नकारात्मक हुनु हुँदैनथियो। हरेक पक्षमा म मण्डलीमा अरूभन्दा असल हुनुपर्थ्यो ताकि हरेकले अटुट रूपमा मेरो प्रशंसा गरिरहून्। यस्ता विचारहरूको वशमा परेर, म सबै समूह भेलाहरूमा व्यस्त हुन्थें र हरेक दिन ढिलो सुत्थें। कहिलेकहीँ अरूसँग कुराकानी गर्दा, मैले म मण्डलीको काममा कति व्यस्त छु र म कति ढिलो सुत्छु भनेर जानी-जानी कुरा खुस्काउथें। तिनीहरूले यो कुरा सुन्दा, म अत्यन्तै जिम्‍मेवार छु र कष्ट भोग्‍न अत्यन्तै इच्छुक छु भन्‍ने ठान्थे अनि सधैँ मलाई आफ्‍नो हेरचाह गर्न भनिरहेका हुन्थे। तिनीहरूले मलाई आफ्‍नो घरबाट मीठा-मीठा खाने कुरा र पेय पदार्थ पनि उपहार स्वरूप ल्याइदिन्थे। जब-जब तिनीहरूमध्ये कोही खराब स्थितिमा हुन्थे, मौसम जस्तोसुकै भए पनि म तिनीहरूलाई सहायता गर्न दौडेर पुगिहाल्थेँ। भेलाहरूमा, मैले फलानो-फलानोले लामो समयदेखि नकरात्मक अनुभव गरिरहेका थिए तर मैले तिनीहरूसँग सङ्गति गरेपछि फेरि सकारात्मक बने भनेर दाजुभाइ-दिदीबहिनीहरूलाई बताउथें। त्यसपछि सबैले म यति सानै उमेरमा अरूलाई माया गर्ने र धैर्य रहेछु भन्ठान्थे। मण्डलीको कामलाई ठिकठाक राख्‍नको लागि, विश्‍वासमा आउने सम्‍भावना देखिएको व्यक्ति देखा पर्ने बित्तिकै, तिनीहरूसँग सङ्गति गर्नको लागि म तुरुन्तै सुसमाचार डिकनलाई अनुरोध गरिहाल्थेँ र कहिलेकहीँ तिनीहरूसँग गवाही बाँड्न म आफै पनि जान्थेँ। सुसमाचारको काम अघि बढ्न थाल्यो र एउटा भेलामा, मैले अरूलाई यसो भनेँ: “हेर्नुहोस् त्यसभन्दा पहिले हाम्रो सुसमाचारको कार्य राम्रो थिएन, तर अहिले हाम्रोमा हरेक महिना मानिसहरूले परमेश्‍वरको कामलाई स्वीकार गरिरहेका छन्। हामीले योभन्दा पनि बढी प्रयास गर्नुपर्छ।” त्यसपछि दाजुभाइ-दिदीबहिनीहरूले म त्यहाँ आएपछि सुसमाचारको काम काबुमा आएको छ ठान्न लागे र तिनीहरूले मलाई अझै आदरको साथ हेर्न र उच्‍च व्यक्ति ठान्‍न थाले। भेलाहरूमा मैले मेरा अनुभवहरूको बारेमा सङ्गति गर्दा, मैले सकारात्मक प्रवेशका केही उदाहरणहरूमा धेरै नै जोड दिन्थें। यदि मैले मेरो भ्रष्टताको बारेमा धेरै कुरा गरेँ भने, अरूले मलाई समस्याहरू पैदा हुँदा म कमजोर हुन्छु र म सानो कदकी छु, र तबउप्रान्त मलाई कदर गर्नेछैनन् भन्‍ने मलाई डर थियो। त्यसकारण म कति नकारात्मक वा कमजोर छु वा मैले कसरी भ्रष्टता प्रकट गर्छु भन्‍ने बारेमा निकै थोरै मात्र बताउने मेरो प्रवृत्ति थियो। जहाँसम्‍म मैले कसरी सत्यताको खोजी गर्छु, परमेश्‍वरका वचनहरूको अभ्यास गर्छु र मैले कसरी विश्‍वासद्वारा मेरो कर्तव्य पूरा गरेँ र परमेश्‍वरको अगुवाइ देखेँ भन्‍ने कुरा छ, मैले एक-एक कुरा बताएकी छु भन्‍ने सुनिश्‍चित गर्दै यसको बारेमा सबै कुरा बताउथें। मैले यसरी धेरै समयसम्‍म सङ्गति गरेको हुनाले, सत्यताको पछि लाग्‍न म सिपालु छु र मैले सधैँ अभ्यासको मार्ग भेट्टाउन सक्छु भन्‍ने अरूले सोचे। कठिनाइहरू आइपर्दा सङ्गतिको लागि तिनीहरूले मलाई खोज्थे।

केही समयपछि, मण्डलीको कामको सबै पक्ष राम्ररी अघि बढ्न थाल्यो। मानिसहरूको विश्‍वासमा वृद्धि भयो, र धेरैभन्दा धेरै मानिसहरूले आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्थे। यो सफलता देखेर, मलाई अझै बढी म मण्डलीको खम्‍बा हुँ भन्‍ने लाग्‍न थाल्यो। म शिर ठाडो गरेर हिँड्थें र जता-जता जान्थेँ साहसका साथ बोल्थें। मलाई मण्डली अगुवा बनेर मैले निकै राम्ररी काम गरिरहेकी छु, र मेरो पद मेरो लागि सुहाउँदो छ भन्‍ने लाग्यो। अरूसँग काम गर्दा, म सधैँ नेतृत्व गर्थेँ। मैले म तिनीहरूभन्दा सिपालु छु भनेर प्रदर्शन गर्थेँ, ताकि अरूले मलाई सराहना गरून् र मैले भनेको कुरा मानून्। एक पटक, भेला हुने ठाउँको लागि हामीले एउटा घर भाडामा लिनु पर्नेथियो। मेरो सहकर्मी डिकन र एक जना ब्रदर घरको जाँचबुझ गर्न गए। मैले सोचेँ: “यस्तो महत्त्वपूर्ण कुरामा मैले नै अन्तिम निर्णय गर्नुपर्छ। म आफैले नहेरिकन यसलाई मैले अनुमोदन गर्नु हुँदैन।” वास्तवमा, मलाई मेरो हृदयमा के थाहा थियो भने यो ब्रदर मभन्दा जेठो र अझै अनुभवी छन् र त्यो घर ठीक छ कि छैन भन्‍ने बारेमा उनलाई मलाईभन्दा राम्ररी थाहा छ। तर म कति चलाख छु भनेर मैले कसरी देखाउन सक्छु भनेर यस्तो विचार गर्दै मैले आफ्‍नो दिमाग खियाएँ: “घर भाडामा लिँदा हामीले अरू के-कस्ता विवरण र विषयहरूलाई ध्यान दिनुपर्छ?” त्यसकारण मैले केही प्रश्‍नहरू उठाएँ र तिनीहरूलाई थप सोधपुछ गर्न पठाएँ। अन्त्यमा, घरको बारेमा केही समस्याहरू भेटिए र जब मेरा सहकर्मीहरूले यो थाहा पाए, तिनीहरूले भने, “हामी अत्यन्तै लज्‍जित छौं। हामी तपाईंभन्दा जेठो हौं, तर हामीले तपाईंले जत्तिको ध्यान दिएर कुराहरूको बारेमा विचार गरेनौं।” यो कुरा सुनेपछि मलाई अफैप्रति निकै खुशी लाग्यो। त्यसपछि, उत्तरहरूको खोजी गर्न र काम-कुराको बारेमा छलफल गर्न सबै जना मकहाँ आउन थाले। समय बित्दै जाँदा, मसँग काम गर्ने मानिसहरू सबै कुरामा मेरो विचारको प्रतीक्षा गर्दै अलिक निष्क्रिय बने। तिनीहरू झन्-झन् बढी ममा नै भर पर्न थाले।

क्रमिक रूपमा मैले के पत्ता लगाएँ भने सहकर्मीहरूका बीचमा मेरो प्रतिष्ठा अझै स्थिर हुँदै गइरहेको छ र मण्डलीका विषयहरू ठूलो होस् वा सानो त्यसमा मैले नै निर्णय गर्नुपर्छ। दाजुभाइ-दिदीबहिनीहरूले हरेक कठिनाइको बारेमा सङ्गति पाउनको लागि मेरै आस गर्थे। मलाई मण्डलीको लागि म अपरिहार्य व्यक्ति हुँ भन्‍ने लाग्यो र मलाई प्रायजसो आफैप्रति सन्तुष्ट लाग्थ्यो। कहिलेकहीँ म मानिसहरूले आदर गरेका व्यक्तिहरूमाथि दुर्भाग्य आइपर्नेछ भनेर सोच्थें र मलाई असहज महसुस हुन्थ्यो र मैले आफूलाई प्रश्‍न गर्थेँ: “हरेकले मलाई यति धेरै कदर गर्छन्—के मैले बाटो बिराएको छु?” तर त्यसपछि म सोच्थें: “म अगुवा हुँ। दाजुभाइ-दिदीबहिनीहरू आफ्‍नो समस्या लिएर मकहाँ आउनु नै पर्छ। र तिनीहरूका कतिपय समस्याहरू समाधान गर्न म तिनीहरूलाई सहायता गर्न सक्छु। तिनीहरू ममा भर पर्नु सामान्य कुरा हो! सहयोग गर्ने व्यक्तिसँग बस्‍न कसलाई मन पर्दैन र?” त्यसकारण मैले पवित्र आत्‍माको हप्की र चेतावनीहरूलाई बेवास्ता गरेँ र मैले म जुन स्थिति वा मार्गमा थिएँ त्यसको बारेमा जाँच गरिनँ। बरु, म त्यही पुरानो मार्गमा नै अघि बढिरहेँ। परमेश्‍वरले मलाई ताडना दिनुभएपछि र अनुशासन कारबाही गर्नुभएपछि मात्रै, मेरो अचेत हृदयमा चेतना आउन थाल्यो।

एक दिन बिहानै बिउँझिँदा, मेरो देब्रे आँखामा अत्यन्तै पीडा भइरहेको थियो। यसमा आँसु बगिरह्यो र ऐनामा हेर्दा, मेरो अनुहारको देब्रे भाग पूरै कडा भएको रहेछ। मैले मेरो आँखा चिम्‍लन वा मेरो मुख चलाउन सकिनँ। के भएको हो मलाई थाहा थिएन। त्यस दिन दिउँसोको भेलामा, मलाई देखेर एक जना सिस्टर छक्‍क परिन्। उनले यो अनुहारको पक्षाघात हो, मैले यसको तुरुन्तै उपचार गरिहाल्‍नुपर्छ र मैले ढिलाइ गरेँ भने मेरो अनुहार कहिल्यै पनि सामान्य अवस्थामा फर्कनेछैन भनेर बताइन्। मेरो लागि यो साँच्‍चै नै प्रहार थियो र मेरो मष्तिष्क पूर्ण रूपमा खाली भयो। मलाई यति सानै उमेरमा कसरी यस्तो रोग लाग्यो? यदि उनले भनेकी कुरा साँचो हो र मेरो अनुहार बाङ्गियो भने, मैले कसरी मेरो कर्तव्य पूरा गर्नेछु? मैले कसरी मानिसहरूको सामना गर्नेछु? मेरो ज्ञान हराएजस्तै भयो, त्यसपछि मैले मेरो हृदयलाई कमजोर बनाउन थालेँ। अरू सबैले मेरो रोगको बारेमा छलफल गरिरहेका थिए र मेरो सोचाइमा म पूर्ण भताभुङ्ग अवस्थामा थिएँ। ममा कुनै ऊर्जा बाँकी थिएन।

त्यस दिन घर फर्किँदाको मेरो यात्रा होसहवास नै हराएको अवस्थामा भयो। म परमेश्‍वरसँग प्रार्थना गर्न चाहन्थेँ तर के भन्‍ने मलाई थाहा थिएन। मैले परमेश्‍वरलाई मेरो हृदय शान्त गर्न र उहाँको इच्‍छा खोज्‍न मलाई सहायता गर्नुहोस् भनेर बिन्ती गरिरहन मात्रै सकेँ। मलाई अचानक परमेश्‍वरका वचनहरूको एउटा भजन याद आयो: “जब तँमाथि रोग-बिमारको कष्ट आइपर्छ, तैँले त्यसलाई कसरी अनुभव गर्नुपर्छ। तँ उहाँको इच्‍छालाई बुझ्‍ने प्रयास गर्दै र तैँले कस्तो प्रकारका अपराधहरू गरेको छस् वा तैँले अझै के-कस्ता भ्रष्टताहरूलाई समाधान गर्न सकेको छैनस् त्यसको जाँच गर्दै प्रार्थना गर्न परमेश्‍वरको अघि आउनुपर्छ। तैँले शारीरिक रूपमा कष्ट भोग्‍न बाहेक केही गर्न सक्दैनस्। कष्ट-भोगद्वारा खारिएर मात्रै मानिसहरू बेलगाम हुन छोड्छन् र सधैँ परमेश्‍वरको अघि जिउँछन्। जब मानिसहरू खिन्न हुन्छन्, तिनीहरूले सधैँ प्रार्थना गर्छन्, तिनीहरूले कुनै गल्ती पो गरे कि वा तिनीहरूले परमेश्‍वरलाई कसरी चिढ्याएका हुन सक्छन् त्यस विषयमा मनन गर्छन्। यो तिनीहरूको लागि फाइदाजनक हुन्छ। जब मानिसहरूले ठूलो पीडा र परीक्षाहरूको सामना गर्छन्, यो अवश्य नै संयोगले हुँदैन” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “रोग-बिमारले च्याप्दा परमेश्‍वरको इच्‍छाको खोजी गर्नुपर्छ”)। परमेश्‍वरका वचनहरूले भन्छ: “जब मानिसहरूले ठूलो पीडा र परीक्षाहरूको सामना गर्छन्, यो अवश्य नै संयोगले हुँदैन।” परमेश्‍वरका वचनहरूले मलाई यो रोग संयोगबस आएको होइन भन्‍ने महसुस गरायो। यसको पछाडि अवश्य नै परमेश्‍वरको असल अभिप्राय थियो, र उहाँले मलाई अनुशासनमा राखिरहनुभएको थियो। मैले परमेश्‍वरलाई कसरी उल्‍लङ्घन गरेकी थिएँ भनेर पत्ता लगाउन मैले उत्सुकताको साथ खोजी गर्नु र आफ्‍नै बारेमा मनन गर्नुपर्थ्यो। म प्रार्थनामा परमेश्‍वरको अघि आएँ: “हे सर्वशक्तिमान्‌ परमेश्‍वर! अहिले म बिरामी छु र यो तपाईंले मलाई अनुशासनमा राख्‍नुभएको हो, तपाईंले मलाई चेतावनी दिन र मलाई आफ्‍नै बारेमा मनन गर्न लगाउनको लागि यो रोगको प्रयोग गरिरहनुभएको छ भन्‍ने मलाई हृदयमा थाहा छ। तर अहिले म अचेत छु। मैले मेरा समस्याहरूलाई पत्ता लगाएकी छैन। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् ताकि मैले यो रोगद्वारा मेरो पाठ सिक्‍न सकूँ।” प्रार्थना गरेपछि, मैले यसको बारेमा विचार गरिरहेँ तर मैले परमेश्‍वरलाई कसरी उल्‍लङ्घन गरेकी थिएँ मैले पत्ता लगाउन सकिनँ। त्यसकारण म फेरि प्रार्थनामा परमेश्‍वरको अघि आएँ र मलाई अगुवाइ गर्नुहोस् भनी उहाँलाई अनुरोध गरेँ। मैले यसै गरी केही दिनसम्‍म प्रार्थना र खोजी गरिरहेँ। मेरो प्रार्थना सुन्‍नुभएकोमा परमेश्‍वरलाई धन्यवाद होस्। केही समयपछि नै, परमेश्‍वरले परिस्थितिहरू मिलाइदिनुभयो, ताकि मैले मेरा समस्याहरूलाई देख्‍न सकूँ।

एक दिन, म अकुपञ्चरको लागि सिस्टर झाओको घरमा गएँ। म निराश अवस्थामा पो छु कि भन्‍ने डरले उनको परिवारका सबैले मलाई कस्तो छ भनी सोधे। अकुपञ्चरको बेला, तिनीहरूले रोगको सामना कसरी गर्ने त्यस सम्‍बन्धी सिद्धान्तहरू पढे। सिस्टर झाओले मलाई चिन्ता नगर्नू, तर प्रार्थना गर्नु र परमेश्‍वरमा अझै बढी भरोसा गर्नु र विश्‍वास गर्नुपर्छ, र उपचार गरेपछि चाँडै नै म निको हुनेछु भनेर भनिन्। तर त्योभन्दा पहिले उनले तुरुन्तै उपचार नगरेमा मेरो अनुहार सधैँको लागि बाङ्गिन सक्छ भनेर बताएकी हुनाले, मलाई साँच्‍चै नै डर लागेको थियो। तर मेरो बारेमा उनले त्यति धेरै चिन्ता गरेकी कारण, मैले विचार गरेँ: “मलाई वास्तवमा कस्तो अनुभूति भइरहेको छ त्यो अरूले थाहा पाए भने, के तिनीहरूले ममा सानो कद छ भनेर विचार गर्नेछन्? जब-जब कुनै व्यक्ति परीक्षामा पर्थ्यो वा बिरामी हुन्थ्यो, आफैमा दह्रिलो विश्‍वासको अनुभूति गर्दै मैले तिनीहरूसँग विश्‍वाससँग सम्‍बन्धित सत्यताहरूका बारेमा सङ्गति गर्थेँ। तर अहिले म अचानक बिरामी परेकी थिएँ, मैले ममा रहेको विश्‍वासको कमी देखाइरहेकी र चिन्ता र डर व्यक्त गरिरहेकी थिएँ। के मैले धर्मसिद्धान्त मात्रै प्रचार गर्दै आइरहेकी थिएँ भनेर सबैले विचार गर्नेछन्?” त्यसकारण म मुस्कुराएँ र सिस्टर झाओलाई भनेँ, “अहिले म बिरामी भएकी हुनाले मलाई अलिक कमजोरी महसुस भइरहेको छ, तर सबै कुरा परमेश्‍वरकै हातमा छ भन्‍ने मलाई विश्‍वास छ। यो भौतिक कष्ट त केही पनि होइन। मैले परमेश्‍वरको इच्‍छा भेट्टाउन सक्दिनँ वा मेरा समस्याहरू के हुन् त्यो पत्ता लगाउन सक्दिनँ त्यसले नै मलाई सबैभन्दा बढी पीडा दिन्छ। यति चेतना विहीन हुँदा मलाई धेरै रिस उठ्छ।” सराहनाको साथ उनले मलाई हेर्दै भनिन्, “अहिले तपाईं बिरामी हुनुहुन्छ त्यसकारण तपाईंले आफ्‍नै बारेमा मनन गर्नुपर्छ। आफैलाई जाँचेर बुझ्‍ने प्रयास गर्नुहोस्, र उपचार पनि गर्नुहोस्। तपाईंले सधैँ कठिन परिश्रम गर्नुभएकोले तपाईं बिरामी पर्नुभएको हुनसक्छ। तपाईंले बिहानदेखि बेलुकासम्‍मै आफ्‍नो कर्तव्य पूरा गर्नुहुन्छ, र हामी सबै त्यसको सम्‍मान गर्छौं। अहिले समेत तपाईं आफ्‍नो कर्तव्यमा जान चाहनुहुन्छ। यसलाई सहजताको साथ लिनुहोस्। मैले तपाईंसँग काम गर्ने सिस्टरलाई आफ्‍नो बोझ नउठाएकोमा हकारेँ। मैले उनलाई मण्डलीको काममा अझै बढी ध्यान दिन याद गराएँ।” उनले यसो भन्दा मलाई अलिक असहज लाग्यो, त्यसकारण मैले यसो भन्दै उनको कुरालाई टारेँ, “मण्डलीको काममा लाग्‍ने म मात्रै होइन। मेरो तारिफ नगर्नुहोस्।” त्यो दिन घर फर्किँदा मैले यस्तो विचार गरेँ: “मेरो कारणले कसरी उनले त्यो सिस्टरको त्यसरी आलोचना गर्न सकिन्? के उनको नजरमा म अरू सबैभन्दा जिम्‍मेवार छु? मैले पक्‍कै पनि सधैँ आफूलाई प्रशंसा गर्ने गरेकी र अरूलाई होच्याउने गरेकी हुनुपर्छ।” मैले कसरी सिस्टर झाओबाट मेरा कमजोरीहरूलाई लुकाएर त्यति दह्रिलो विश्‍वास भएको बहाना गरेकी थिएँ त्यसको बारेमा विचार गरेँ—के मैले उनलाई छल गरेकी थिइनँ र? जब मैले सिस्टर झाङ्ग मतिर आइरहेकी देखेँ त्यस बेला म यही कुराको बारेमा विचार गरिरहेकी थिएँ। उनी मप्रति धेरै चिन्तित थिइन्, र भनिन्: “तपाईंले आफ्‍नो राम्रो हेरचाह गर्नुपर्छ। यदि तपाईं यो अवस्थाबाट थलिनुभयो भने हामीले के गर्नेहोला?” उनले त्यति खुलस्त रूपमा बोलेको सुन्दा, मलाई अत्यन्तै डर लाग्यो। म मेरो बाटो लाग्दै गर्दा, मैले उनले भनेको कुरा विचार गरिरहेँ। मलाई भित्र-भित्रै बेचैन हुनथाल्यो, र मैले सोचेँ: “म त काम नलाग्‍ने मण्डली अगुवा हुँ। मविना पनि मण्डली राम्रै चल्‍न सक्छ। मविना तिनीहरूले के गर्नेछन् भनेर तिनले मलाई कसरी सोध्‍न सकिन्? उनले भनेको त्यो कुराले त मैले उनको हृदयमा स्थान लिएकी छु भन्‍ने देखाउँछ। हृदय त परमेश्‍वरको मन्दिर हो, त्यसकारण यदि त्यहाँ मेरो स्थान छ भने, कै मैले परमेश्‍वरको विरोध गरिरहेकी छैन र?” मैले सधैँ कसरी मानिसहरूको मन्जुरी र प्रशंसा पाउन चाहन्थेँ त्यसको बारेमा विचार गरेँ, तर जब सिस्टरले त्यसो भनेको सुनेँ, मलाई असहज भयो र डर लाग्यो। मैले सोचेँ, “के अरू दाजुभाइ-दिदीबहिनीहरू पनि मद्वारा छलमा परेका छन्? यदि अरूले पनि सिस्टर झाङ्गले जस्तै अनुभव गरेका छन् भने, के त्यसको अर्थ मैले मानिसहरूलाई मेरो अघि ल्याएकी छु भन्‍ने हो? म ख्रीष्ट-विरोधीहरूको मार्गमा छु!” मैले यसभन्दा पहिले निष्कासित भएका केही ख्रीष्ट-विरोधीहरूको बारेमा विचार गरेँ र मेरो आङ्ग जर्किएर आयो। मलाई म कुनै ठूलो विपत्तिमा परेकी छु जस्तो लाग्यो।

जब म घर आइपुगेँ, मैले मेरो परमेश्‍वरका वचनहरूको पुस्तक निकालेँ र यो वचन पढेँ: “अहङ्कारी प्रकृति भएका मानिसहरू परमेश्‍वरको आज्ञा उल्लङ्घन गर्न, उहाँको विरोध गर्न, उहाँको निन्दा गर्न र उहाँलाई धोका दिन, र आफैलाई ठूलो बनाउने कामहरू गर्न सक्‍ने हुन्छन्, र त्यो तिनीहरूको आफ्नै राज्य स्थापना गर्ने प्रयास हो। मानौं, एउटा देशका बीस हजार मानिसले प्रभुलाई स्वीकार गरे र त्यहाँ काम गर्न जानको लागि तँलाई प्रबन्ध गरिएको छ, र मैले तँलाई एक महिना बेवास्ता गरें अनि तँलाई आफै काम गर्ने अधिकार दिएँ भने, दस दिन नबित्दै तैँले सबैको अगाडि आफैलाई चिनाइसकेको हुन्छस्; अनि एक महिनाभित्र, तिनीहरू सबैले तेरो सामु घुँडा टेकिरहेका हुनेछन्, हरेक शब्दमा तेरो प्रशंसा गरिरहेका हुन्छन्, तैँले गहिरो अन्तर्दृष्टि सहित प्रचार गर्छस् भनेर भनिरहेका हुन्छन्, तैँले भनेका कुराहरू नै तिनीहरूलाई चाहिएको कुरा हो र तैँले तिनीहरूका खाँचोहरू पूरा गर्न सक्छस् भनी निरन्तर दाबी गरिरहेका हुन्छन्—तिनीहरूले ‘परमेश्‍वर’ शब्द उच्चारण नगरी यी सबै कुरा भनिरहेका हुन्छन्। तैँले यो काम कसरी गरेको हुन्छस्? यी मानिसहरू त्यस्तो प्रतिक्रिया दिन सक्ने हुनुले के प्रमाणित गर्छ भने, तैँले गरिरहेको कामले परमेश्‍वरको निम्ति गवाही दिने कार्यलाई पटक्कै समेटेको थिएन; बरु, त्यसले तेरो आफ्नै बारेमा मात्रै गवाही दियो र तँ आफैलाई प्रकट गऱ्यो। तैँले त्यस्तो नतिजा कसरी हासिल गर्न सकिस्? कतिपय मानिसहरू भन्छन्, ‘म जुन सङ्गति गर्छु त्यो सत्यता हो; मैले निश्चय नै कहिल्यै पनि आफ्नै गवाही दिएको छैनँ!’ तेरो यस्तो आचरण—त्यो व्यवहार—भनेको परमेश्‍वरको स्थानमा बसेर मानिसहरूसँग सङ्गति गर्न खोज्ने कोसिस हो, र यो एक भ्रष्ट मानिसको स्थितिमा खडा भएर सङ्गति गर्ने कार्य होइन। तैँले भन्ने सबै सतही कुरा र अरूबाट माग गर्ने कुरा हो; तँ आफैसँग त्यसको कुनै सरोकार हुँदैन। त्यसकारण, तैँले प्राप्त गर्ने प्रभाव भनेको मानिसहरूलाई तेरो पूजा गर्न लाउनु, तँप्रति ईर्ष्या गर्न लाउनु र तिनीहरूले तेरो बारेमा ज्ञान प्राप्त नगरुञ्जेल, तेरो साक्षी नदिउञ्जेल, तँलाई उच्च नपारुञ्‍जेल र उच्च स्वर्गसम्म तेरो चापलुसी नगरुञ्‍जेल आखिरीसम्म तेरो प्रशंसा गर्न लगाउनु हो। जब त्यस्तो हुन्छ, तँ समाप्त भएको हुनेछस्; तँ असफल भएको हुनेछस्! के तिमीहरू सबै अहिले यही मार्गमा छैनौ र? यदि तँलाई एक-दुई हजार वा एक-दुई लाख मानिसहरूको नेतृत्व गर्न आग्रह गरियो भने, तँ अति प्रसन्न हुनेछस्। तैँले अहङ्कार पैदा गर्छस् र परमेश्‍वरको स्थान ओगट्ने, उहाँजस्तै बोल्ने र हाउभाउ गर्ने कोसिस गर्छस्, र तँलाई के लगाउने, के खाने, वा कसरी हिँड्ने भनी थाहा हुँदैन। तैँले आफूभन्दा मुनिका धेरैजसोसँग भेटघाट गर्दैनस्, र तँ बिस्तारै पतन हुन थाल्छस्, र प्रधान स्वर्गदूतलाई जस्तै तँलाई एक्कासि प्रहार गरी ढालिनेछ। तिमीहरू सबै यसो गर्न सक्षम छौ, होइन र? त्यसो भए, तिमीहरूले के गर्नुपर्छ? यदि एक दिन साँच्‍चै तिमीहरूका निम्ति बाहिर गएर काम गर्ने प्रबन्धहरू मिलाइयो, र तिमीहरू यस्ता कामहरू गर्न सक्षम थियौ भने, त्यो कामलाई कसरी फैलाउन सकिन्छ? के यो समस्याग्रस्त हुनेथिएन र? त्यसपछि, कसले तिमीहरूलाई बाहिर जान दिने आँट गर्नेथियो र? जब तँ त्यहाँ पुग्छस्, तब तँ फर्केर आउँदैनस्; तैँले परमेश्‍वरले भन्नुभएको कुनै पनि कुरामा ध्यान दिनेछैनस्, र तैँले आफ्‍नै प्रदर्शन गरिरहेको र आफ्नै गवाही दिइरहेको मात्र हुनेछस्, मानौं तैँले मानिसहरूलाई मुक्तिमा ल्याइरहेको छस्, परमेश्‍वरको काम गर्दैछस्, र मानिसहरूलाई परमेश्‍वर प्रकट हुनुभएको छ र यहाँ काम गरिरहनुभएको छ जस्तो महसुस गराउँछस्—र जब मानिसहरूले तेरो पूजा गर्छन्, तँ आनन्दले भरिन्छस् र तिनीहरूले तँसित परमेश्‍वरलाई जस्तो व्यवहार गरे भने, तैँले कुनै विरोध नगरिकन त्यो कुरालाई स्वीकार गर्छस्। तँ त्यो स्तरमा पुगेपछि तँ नाश हुन्छस्, तँ खतम हुनेछस्; तँलाई त्यागिनेछ। यस किसिमको अहङ्कारी प्रकृतिले थाहै नपाई तँलाई नाश पार्दछ। यो ख्रीष्ट-विरोधीको मार्गमा हिँड्ने व्यक्तिको उदाहरण हो। यस्तो स्थितिमा पुगेका मानिसहरूले चेतना गुमाएका हुन्छन्; तिनीहरूका विवेकले काम गर्न छोडेको हुन्छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको मानिसको विरोधको जड हो”)। “अन्यले आफ्नै गवाही दिन, आफ्नै बढाइचढाइ गर्न तथा मानिसहरू र हैसियतको निम्ति परमेश्‍वरसँग प्रतिस्पर्धा गर्नको निम्ति बारम्बार आफ्ना पदहरूलाई प्रयोग गर्न सक्छन्। तिनीहरूलाई मानिसहरू ले पुजून् भनेर अनेक विधि र उपायहरूको प्रयोग गर्छन्, मानिसहरूलाई जित्‍न र तिनीहरूलाई नियन्त्रणमा लिन निरन्तर प्रयास गर्छन्। केहीले आफूलाई परमेश्‍वर ठानेर र तिनीहरूलाई परमेश्‍वरलाई झैँ व्यवहार गरिनुपर्छ भनेर जानीजानी मानिसहरूलाई बहकाउँछन् पनि। तिनीहरूले आफू भ्रष्ट भएको कुरा कहिले पनि कसैलाई बताउँदैन्—कि तिनीहरू ज्यादै भ्रष्ट र अहंकारी भएको कारण तिनीहरूलाई पुजून् र तिनीहरूले जति नै असल गरेता पनि त्यो सबै परमेश्‍वरलाई उच्च पार्ने कामको कारणले हो र तिनीहरूले त आफूले गर्नुपर्ने कुरा मात्र गरेका हुन्। तिनीहरूले यीकुराहरू किन भन्दैनन्? किनकि मानिसहरूको हृदयबाट आफ्नो स्थान गुम्छ कि भन्‍ने गहिरो डर तिनीहरूमा छ। यसैले यस्ता मानिसहरूले कहिले पनि परमेश्‍वरलाई उच्च पार्दैनन् र परमेश्‍वरको गवाही कहिले पनि बन्दैनन्” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १”)। “ओह्रालो लाग्ने सबैले आफैलाई उच्च पार्दछन् र आफ्नै साक्षी दिन्छन्। तिनीहरू आफ्नै विषयमा घमण्ड गर्दै र आफ्नै बढाइचढाइ गर्दै हिँड्छन्, अनि तिनीहरूले परमेश्‍वरलाई आफ्नो हृदयमा राखेका हुँदैनन्। कै मैले बताएको कुराको बारेमा तिमीहरूसँग कुनै अनुभव छ? धेरै मानिसहरूले निरन्तर आफ्नै गवाही दिइरहेका हुन्छन्: ‘मैले यो र त्यो तरिकाले कष्ट भोगेको छु; मैले यो अनि त्यो काम गरेको छु; परमेश्‍वरले मसँग यस्तो वा त्यस्तो तरिकाले व्यवहार गर्नुभएको छ; उहाँले मलाई यस्तो र त्यस्तो कार्य गर्न लाउनुभयो; उहाँले मलाई विशेष रूपमा आदरको नजरले हेर्नुहुन्छ; अहिले म यस्तो र त्यस्तो छु।’ तिनीहरूले जानी-जानी निश्चित सोरमा बोल्छन् र निश्चित हाउभाउहरू अपनाउँछन्। अन्त्यमा, कतिपय मानिसहरूले यिनीहरूलाई नै परमेश्‍वर हुन् भनी सोच्न थाल्छन्। एक पटक तिनीहरू यस्तो स्थितिमा पुगेपछि, पवित्र आत्माले तिनीहरूलाई धेरै पहिले नै त्यागिसक्नुभएको हुन्छ। यस बीच, तिनीहरूलाई बेवास्ता गरिने, र निष्कासन नगरिने भए पनि, तिनीहरूका भाग्य निश्चित गरिएको हुन्छ, र तिनीहरूले गर्न सक्ने भनेको आफ्नो दण्ड पर्खेर बस्नु मात्र हुन्छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्”)। परमेश्‍वरका वचनहरूले मेरो हृदय तरवारले झैँ छेड्यो। म त परमेश्‍वरका वचनहरूले भनेजस्तै सधैँ आफैलाई उचालिरहेकी र मेरो कर्तव्य प्रदर्शन गरिरहेकी थिएँ। म अगुवा बनेपछि, मलाई अगुवा हुनु भनेको सबैको मन्जुरी र सराहना प्राप्त गर्न म अरूभन्दा सिपालु हुनुपर्छ र ममा अझै बढी कद हुनुपर्छ भन्‍ने लागेको थियो। जब मैले मेरा अनुभवहरूको बारेमा सङ्गति गर्थेँ, म बहाना बनाउथें र मेरा कमजोरीहरू र भ्रष्टताको बारेमा बिरलै कुरा गर्थेँ, किनभने म तिनीहरूजस्तै भ्रष्ट छु भन्‍ने अरूले थाहा पाए भने तिनीहरूले मलाई कदर गर्नेछैनन् भन्‍ने मलाई डर थियो। म बिरामी हुँदा समेत, म नकरात्मक बनेँ र मैले गुनासो गर्न थालेँ, र म अत्यन्तै डराएकी थिएँ, तर मेरो छविलाई कायम गर्नको लागि मैले मेरा साँचो भावनाहरूलाई लुकाएँ र मेरा सकारात्मक कुराहरूको बारेमा मात्रै कुरा गर्थेँ ताकि अरूले मलाई अझै बढी महान् ठानून् र म कति सकारात्मक रहेछु, र मसँग अरू मानिसहरूमा भन्दा कति बढी विश्‍वास रहेछ भन्‍ने विचार गरून्। अुगवाको रूपमा, जे भए पनि म राती अबेरसम्‍म बस्‍नुपर्थ्यो र मैले अझै बढी कष्ट बोग्‍नुपर्थ्यो। तर मैले दाजुभाइ-दिदीबहिनीहरूको सामने म कति व्यस्त छु म कति अबेरसम्‍म बस्छु र कठिन काम गर्छु भन्‍ने बारेमा सधैँ जानी-जानी कुरा खुस्काउथें ताकि तिनीहरूले मलाई अत्यन्तै जिम्‍मेवार र कठिन परिश्रम गर्ने व्यक्ति ठानून्। मैले मेरो कर्तव्यमा प्राप्त गरेको सफलता स्पष्ट रूपमा नै पवित्र आत्‍माको कारणले थियो, तर मैले परमेश्‍वरलाई कहिल्यै उचालिनँ, बरू मैले कति धेरै कष्ट भोगेकी र बलिदान गरेकी छु, त्यो मात्रै प्रदर्शन गरेँ ताकि सबैले मलाई मण्डलीको खम्‍बा ठानून् मानौं मविना केही पनि गर्न सकिँदैन। मैले सधैँ अरूलाई छल गर्दै यसरी सङ्गति गर्थेँ, यसले गर्दा मलाई यो रोगद्वारा अनुशासनमा राखियो। तर अरूलाई मैले कठोर परिश्रम गरेको कारण म बिरामी परेकी हुँ भन्‍ने लाग्यो र उनीहरूले मसँग काम गर्ने सिस्टरलाई बोझ नबोकेको भनेर समेत हप्काए मानौं मैले मण्डलीको लागि सबैभन्दा ठूलो बोझ बोकेकी थिएँ। मैले यसरी आफैलाई उचालेकी र प्रदर्शन गरेकी थिएँ, यस क्रममा अरूलाई छल गर्ने र सीमित गर्ने, अनि तिनीहरूलाई मेरो अघि ल्याउने काम गरेकी थिएँ। म परमेश्‍वरको निम्ति खुलेआम शत्रुवत् बनेकी थिएँ। यसको बारेमा विचार गर्दा म भयभीत नभइकन बस्न सकिनँ। अरूले मलाई आदरका साथ हेरून् र मलाई महान् व्यक्ति ठानून् भनेर, मैले आफैलाई प्रदर्शन गर्न र अरूलाई छल गर्नको निम्ति मैले अनेक किसिमका माध्यमहरूको प्रयोग गरेकी थिएँ, जसले गर्दा अरूले मलाई तबसम्‍म भरोसा गर्न थालेका थिए जबसम्‍म तिनीहरूको हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ थिएन। तिनीहरूले सबै कुरामा मेरो विचार र मन्जुरी खोज्थे—के मैले मण्डलीमा रानीले जस्तो शासन गरिरहेकी थिइन र? मण्डली परमेश्‍वरको आराधना गर्ने स्थान हुनु पर्नेथियो। मैले आफैलाई उचालेर अनि अरूलाई मेरो अघि ल्याएर, के मैले परमेश्‍वरको स्थान लिएर उहाँलाई नाम मात्रको परमेश्‍वरमा बदल्‍ने प्रयास गरिरहेकी थिइनँ र? मैले ख्रीष्ट-विरोधीले जस्तै परमेश्‍वरलाई विरोध गर्ने र धोका दिने गर्दै आएकी थिएँ—मैले परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन गरेर भयानक पाप गरेकी थिएँ! त्यही बेला म भयभीत भएँ। मैले परमेश्‍वरलाई क्रोधित तुल्याएकी हुनाले म बिरामी परेकी थिएँ र अहिले उहाँले आफ्‍नो धर्मी स्वभाव देखाइरहनुभएको थियो। म त्यति अचेत र विद्रोही भएकोमा आफैप्रति मलाई घृणा लाग्यो र परमेश्‍वरको धर्मी स्वभावले कसरी कुनै पनि उल्‍लङ्घन सहनुहुन्‍न त्यो देखेँ। मैले प्रार्थना गर्न परमेश्‍वरको अघि झुकेर पश्‍चात्ताप गरेँ: “हे सर्वशक्तिमान्‌ परमेश्‍वर! गत वर्षदेखि मैले तपाईंको सेवा होइन, दुष्ट काम गरिरहेकी थिएँ। मैले तपाईंसँग मानिसहरूमाथिको नियन्त्रणको लागि होड गर्दै मानिसहरूलाई मेरो अघि ल्याएकी छु। मैले यति घिनलाग्दो र लाजमर्दो तरिकाले ख्रीष्ट-विरोधीले जस्तो व्यवहार गरेकी छु। प्रिय परमेश्‍वर, मैले साँच्चै नै गलत काम गरेकी छु।” पछुतोले भरिएर म परमेश्‍वरको अगाडि पर्न एकदमै लज्जित महसुस गरिरहेको थिएँ।

त्यसपछि मैले यस्तो विचार गर्न थालेँ: “म कसरी यस्तो गलत मार्गमा आइपुगेँ? आखिर के कुराले यस्तो हुन पुग्यो?” मैले परमेश्‍वरका वचनहरू पढेँ: “केही मानिसहरूले विशेष गरी पावललाई आदर्श मान्छन्। तिनीहरू बाहिर गएर भाषण दिन र काम गर्न मन पराउँछन्, भेलाहरूमा उपस्थित हुन र प्रवचन दिन मन पराउँछन्, अनि मानिसहरूले तिनीहरूलाई सुनेको, तिनीहरूको आराधना गरेको, र तिनीहरूका वरिपरि घुमेको तिनीहरू मन पराउँछन्। तिनीहरू अन्य व्यक्तिहरूको मनमा आफ्नो हैसियत बनाउन चाहन्छन् र तिनीहरूले प्रस्तुत गरेको प्रतिरूपलाई अन्य व्यक्तिहरूले भाउ दिएमा तिनीहरू त्यसको सराहना गर्छन्। अब यी व्यवहारहरूबाट तिनीहरूको प्रकृतिलाई विश्‍लेषण गरौं: तिनीहरूको प्रकृति के हो? यदि तिनीहरूले साँच्चै नै यसरी नै व्यवहार गर्छन् भने, तिनीहरू अहङ्कारी र अभिमानी छन् भनी देखाउन यही कुरा काफी छ। तिनीहरूले परमेश्‍वरको आराधना गर्दै गर्दैनन्; तिनीहरूले अझ उच्च हैसियत खोज्छन् र अन्य व्यक्तिहरू उपर अधिकार जमाउन, तिनीहरूलाई वशमा पार्न र तिनीहरूको मनमा आफ्नो हैसियत राख्न चाहन्छन्। यो शैतानको चिरपरिचित प्रतिरूप हो। तिनीहरूको प्रकृतिको सहजै देख्न सकिने पक्षहरू भनेका अहङ्कार र अभिमान, परमेश्‍वरको आराधना गर्न अनिच्छुक हुनु, र अन्य व्यक्तिहरूले आफ्नो आराधना गरून् भन्ने चाहना गर्नु जस्ता कार्य हुन्। त्यस्ता व्यवहारहरूले तिनीहरूको प्रकृतिको बारेमा एकदमै स्पष्ट दृष्टिकोण प्रदान गर्न सक्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानिसको प्रकृति कसरी जान्ने”)। “मानवजाति शैतानद्वारा भ्रष्ट पारिएको हुनाले, उनीहरूको प्रकृति परिवर्तन हुन थाल्यो र उनीहरूले बिस्तारै सामान्य मानिसहरूमा हुने तर्कशक्तिको बोध हराए। तिनीहरूले अब मानिसको स्थानमा रहेर मानवीय प्राणीहरूले जस्तो काम गर्दैनन्; बरु, तिनीहरूले मानिसको हैसियतलाई उछिन्ने चाहना गर्छन्, र तिनीहरू कुनै उच्च र ठूलो कुराको चाहना गर्छन्। र यो कुनै उच्च कुरा के हो त? तिनीहरूले परमेश्‍वरलाई उछिन्ने, स्वर्गलाई र अरू सबै कुरालाई उछिन्‍ने इच्छा गर्छन्। मानिसहरू यस्तो हुनुको मूल कारण के हो? समग्रमा भन्दा, मानिसको प्रकृति अति नै अहङ्कारी छ। … अहङ्कार प्रकट हुनु भनेको परमेश्‍वरको विरुद्धको विद्रोह र प्रतिरोध हो। जब मानिसहरू अहङ्कारी, आफैलाई महत्त्व दिने, र आफैलाई धर्मी सम्झने हुन्छन्, तब तिनीहरूले आफ्नै स्वतन्त्र राज्य स्थापना गर्ने र आफूलाई जसरी मन लाग्यो त्यसरी काम गर्ने प्रवृत्ति हुन्छ। तिनीहरूले अरूलाई पनि आफ्नै हातमा ल्याउँछन् र तिनीहरूलाई आफ्नो अङ्गालोमा खिच्छन्। मानिसहरू यस्ता कार्यहरू गर्न सक्षम हुनुको, अर्थ तिनीहरूका अहङ्कारको सार प्रधान स्वर्गदूतको जस्तो भएको छ भन्ने हुन्छ। जब तिनीहरूको अहङ्कार र स्व-महत्त्व एक निश्चित तहमा पुग्दछ, तब त्यसले तिनीहरू प्रधान स्वर्गदूत हुन् र तिनीहरूले परमेश्‍वरलाई पन्साउनेछन् भन्‍ने कुरालाई निश्चित गर्दछ। यदि तँमा त्यस्तो अहङ्कारी स्वभाव छ भने, तेरो हृदयमा परमेश्‍वरका निम्ति कुनै ठाउँ हुनेछैन” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको मानिसको विरोधको जड हो”)। परमेश्‍वरका वचनहरूले मलाई मेरो समस्याको सारको बारेमा स्पष्ट बुझाइ प्रदान गर्‍यो र मैले मेरो कर्तव्यमा किन आफूलाई उचाल्थें र आफ्‍नो प्रदर्शन गर्थेँ त्यसको कारण देखेँ। मेरो अहङ्कारी, अभिमानी प्रकृतिको कारण यसो भएको थियो। म जुन मार्गमा थिएँ त्यो सुरुदेखि नै गलत थियो। मेरो कर्तव्यमा मैले आफैलाई उचाल्‍ने र आफ्‍नो प्रदर्शन गर्ने कार्यलाई मलाई पावल जस्तै बनाएको थियो। आफ्‍नो काम गर्ने क्रममा पावलले सधैँ आफूलाई उचाल्‍ने र आफ्‍नै गवाही दिने गर्थे र उनले आफ्‍ना पत्रहरूमा एक पटक पनि प्रभु येशू नै देहधारी परमेश्‍वर हुनुहुन्छ भनेर गवाही दिएका छैनन्। उनले कति धेरै कष्ट भोगेका र बलिदान दिएका छन् त्यसको बारेमा मात्रै उनले गवाही दिएका छन्, यसो समेत भनेका छन्, “मेरो लागि जिउनु ख्रीष्ट हो” (फिलिप्‍पी १:२१), र “मैले असल लडाइ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्‍वासलाई कायम राखेको छु: अबदेखि उसो मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। उनले अरूलाई उनी मुकुट र इनामहरू पाउन योग्य छन् भन्‍नेमा समेत विश्‍वास गराएका थिए। मेरो प्रकृति पावलको जस्तै छ भन्‍ने मैले देखेँ। अरूले कदर गरेको र महान् ठानेको, मानिसहरू मेरो वरिपरि भेला भएको, र म जहाँ गए पनि मानिसहरूले मेरो प्रशंसा गरेको सुन्दा, मलाई आनन्द लाग्थ्यो। मैले मानिसहरूको हृदयमा ठाउँ पाए पुग्थ्यो। परमेश्‍वरका वचनहरूले भनेजस्तै, मैले मेरो प्रकृति “अहङ्कार र अभिमान, परमेश्‍वरको आराधना गर्न अनिच्छुक हुनु, र अन्य व्यक्तिहरूले आफ्नो आराधना गरून् भन्ने चाहना गर्नु जस्ता कार्य हुन्।” ले भरिएको थियो भन्‍ने मैले देखेँ। म यति अहङ्कारी थिएँ कि म सबै चेतनाभन्दा बाहिर थिएँ। मैले सृष्टि गरिएको प्राणीको रूपमा रहेको मेरो स्थानलाई लिएर परमेश्‍वरको आराधना गर्न सकेकी थिइनँ र मैले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गरेकी थिइनँ, बरु आफैलाई आदर गरेकी थिएँ। मैले मेरो कर्तव्यमा आफूलाई कदर गर्ने र महान् ठान्‍ने स्थितिमा राखेकी थिएँ, जसले गर्दा मैले दाजुभाइ-दिदीबहिनीहरूलाई छल गर्न पुगेँ। जब समस्याहरू आइपर्थे, तिनीहरूले ममा भरोसा गर्थे र सबै कामका निर्णयहरू मलाई नै गर्न लगाउँथे। मैले मानिसहरूलाई मेरो अघि ल्याएर मेरो आफ्‍नै राज्य स्थापित गरेकी थिएँ। त्यस्तो व्यवहारले कसरी परमेश्‍वरको क्रोध पैदा गरेर उहाँलाई मप्रति घृणा गर्ने तुल्याउँदैन र? मेरो रोग नै परमेश्‍वरको धार्मिकता थियो र मैले दुष्ट काम र परमेश्‍वरको विरोध गरेकोमा म यसको भागीदार थिएँ। मलाई अनुशासन कारबाही गर्नुभएकोमा, मेरो दुष्ट कामलाई यसको मार्गमा रोक्‍नुभएकोमा मैले परमेश्‍वरलाई धन्यवाद दिएँ।

यो कुरा महसुस गरिसकेपछि, मैले परमेश्‍वरसँग प्रार्थना गरेँ: “भोलिदेखि, म उद्देश्य सहित सत्यताको अभ्यास गर्नेछु र मेरो देहलाई त्याग्‍नेछु। म मेरो भ्रष्टता प्रकट गर्नेछु ताकि अरूले मेरो कुरूपतालाई देख्‍न सकून्, म के हुँ त्यो देख्‍न सकून्, र उप्रान्त मलाई महान् नठानून्।” भोलि बिहानको भक्तिको समयमा, मैले इमानदार र खुला मनको हुने, र कसरी परमेश्‍वरलाई उचाल्‍ने र उहाँको गवाही दिने त्यस सम्‍बन्धी परमेश्‍वरका केही वचनहरू पढेँ। परमेश्‍वरका वचनहरूले भन्छ: “परमेश्‍वरको बारेमा गवाही दिँदा, तैँले मुख्य रूपमा परमेश्‍वरले कसरी मानिसहरूलाई न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, मानिसहरूलाई शोधन गर्न र तिनीहरूका स्वभावहरू परिवर्तन गर्न उहाँले कस्ता-कस्ता परीक्षाहरू प्रयोग गर्नुहुन्छ भन्ने बारेमा नै धेरै कुरा गर्नुपर्दछ। तिमीहरूले तिमीहरूका अनुभवमा कति धेरै भ्रष्टता प्रकट गरिएको छ, तिमीहरूले कति धेरै सहेका छौ, र अन्त्यमा तिमीहरू परमेश्‍वरद्वारा कसरी जितियौ भन्ने कुराहरू पनि गर्नुपर्छ; तिमीहरूसँग परमेश्‍वरको कामको कतिसम्म वास्तविक ज्ञान छ, र तिमीहरूले कसरी परमेश्‍वरका लागि साक्षी दिनुपर्दछ र उहाँको प्रेमको ऋण चुकाउनुपर्छ भन्ने बारेमा कुरा गर्नुपर्छ। तिमीहरूले यस प्रकारको भाषामा ठोसता प्रदान गर्नुपर्छ, साथै यसलाई सरल तरिकाले प्रस्तुत गर्नुपर्छ। खोक्रा सिद्धान्तहरूको बारेमा कुरा नगर। धेरै व्यावहारिक भएर बोल; हृदयबाट बोल। तिमीहरूले अनुभव गर्नुपर्ने यसरी नै हो। आडम्बर देखाउन आफैलाई गम्भीर देखिने, खोक्रा सिद्धान्तहरूले सुसज्जित नपार; त्यसो गर्दा तिमीहरू अत्यन्त अहङ्कारी र मूर्ख देखिन्छौ। तिमीहरूले आफ्नो असली अनुभवबाट वास्तविक कुराहरूको बारेमा बताउनुपर्छ, जुन साँचो हुन्छ र हृदयबाट निस्केको हुन्छ; यो अरूका लागि अत्यन्तै फाइदाजनक हुन्छ, र तिनीहरूले ती देख्दा तिनको सराहना गर्छन्। तिमीहरू त्यस्ता मानिसहरू हुने गर्थ्यौ जसले परमेश्‍वरको धेरै विरोध गर्थे र उहाँप्रति समर्पित हुने झुकाउ निकै कम थियो, तर अब तिमीहरू जितिएका छौ—त्यो कुरा कहिल्यै नबिर्स। तिमीहरूले यी विषयहरूमा धेरै चिन्तन र मनन गर्नुपर्छ। मानिसहरूले ती कुराहरू स्पष्ट बुझिसकेपछि, गवाही कसरी दिनुपर्छ भनी तिनीहरूले जान्नेछन्; अन्यथा, तिनीहरूले लाजमर्दो जनक र मूर्ख कामहरू गर्नेछन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ”)। “‘अनुभवहरू आदानप्रदान र सङ्गति गर्नु’ भनेको तेरो हृदयमा भएको हरेक विचार, तेरो अस्तित्वको अवस्था, परमेश्‍वरका वचनहरूको सम्बन्धमा तेरा अनुभवहरू र ज्ञान, र तँभित्र भएको भ्रष्ट स्वभावलाई व्यक्त गर्नु, अनि अरूलाई ती कुराहरूबीचका भिन्‍नता छुट्ट्याउन दिनु, सकारात्मक भागहरूलाई स्वीकार गर्न, र नकारात्मक कुराहरूलाई चिन्‍न दिनु हो। यसो गर्नु मात्र आदानप्रदान गर्नु हो र यो मात्र साँचो सङ्गति गर्नु हो” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास”)। परमेश्‍वरका वचनहरूबाट मैले परमेश्‍वरलाई साँचो रूपमा उचाल्‍न र उहाँको गवाही दिनको लागि, हामीले हाम्रो भ्रष्टता र विद्रोहीपनको बारेमा झन् बढी कुरा गर्नुपर्छ, हाम्रो साँचो स्थिति र विचारहरूलाई उदाङ्गो पार्नुपर्छ, हाम्रा नीच मनसायहरूलाई, हामीले के गरेका छौं र परिणाम के थियो, र हामीले कसरी परमेश्‍वरका वचनहरूको न्याय अनुभव गर्न र आफैलाई चिन्‍न सक्छौं त्यसको बारेमा कुरा गर्नुपर्छ। हामीले हाम्रो भ्रष्ट सारलाई खुलासा र विश्लेषण समेत गर्नुपर्छ ताकि सबैले हामी को हौं त्यसलाई देख्‍न सकून् र परमेश्‍वरले कसरी हामीलाई ताडना दिनुभएको छ र अनुशासन कारबाही गर्नुभएको छ, र हामीलाई अगुवाइ गर्नको लागि परिस्थितिहरू मिलाउनुभएको छ त्यसको बारेमा कुरा गर्नुपर्छ ताकि सबैले मानिसप्रतिको उहाँको प्रेम देख्‍न सकून्। हामी हाम्रो हृदयबाट साँचो रूपमा बोल्‍नुपर्छ र घमण्ड गर्ने वा आफ्‍नो प्रदर्शन गर्ने गर्नु हुँदैन। अब मसँग अभ्यासको मार्ग भएको हुनाले, हालै म ख्रीष्ट-विरोधीहरूको मार्गमा हिँडेका तरिकाहरूका बारेमा सबै कुरा बताउँदै सङ्गतिमा मैले अरूसँग मनको कुरा खोलेँ। मैले कसरी यो मार्ग हिँडेर मानिसहरूलाई छल गरेकी थिएँ त्यसका भयानक परिणामहरूको बारेमा विश्‍लेषण गरेँ र यसको बारेमा मैले जति धेरै सङ्गति गरेँ, मैले आफूलाई त्यति नै स्पष्ट रूपमा देखेँ। त्यसपछि, अरूले यसमध्ये कुनै पनि कुरा तिनीहरूले थाहा पाएका थिएनन् र मेरो चलाख बोली-वचन र असल कार्यहरूद्वारा मूर्ख भएका थिए भनेर बताए। एक जना सिस्टरले भनिन्, “मलाई त तपाईं सत्यता अभ्यास गर्नमा सिपालु हुनुहुन्छ भन्‍ने लाग्थ्यो, मानौं परमेश्‍वरका वचनहरू पढेर तपाईं सधैँ सकारात्मक रहन सक्‍नुहुन्छ। मैले अब थाहा पाएँ तपाईं पनि धेरै भ्रष्ट हुनुहुँदो रहेछ, तपाईं पनि नकरात्मक र कमजोर हुनुभएको रहेछ, र भ्रष्ट मानवजाति सबै उस्तै छन्। हामीले कसैलाई पनि महान् ठान्‍ने वा कसैलाई माथि उचाल्‍ने गर्नु हुँदैन।” अर्की सिस्टरले भनिन्, “मलाई त तपाईं साँच्‍चै दह्रिलो हुनुहुन्छ र म तपाईंको छेउमा कहिल्यै पनि कुरा खोल्‍न चाहन्‍नथिएँ। मलाई म तपाईंको तुलनामा अत्यन्तै भ्रष्ट छ जस्तो लाग्थ्यो! अब तपाईंले आज हामीलाई खोल्‍नुभएको कुराद्वारा, हामी सबै उस्तै हौं भनेर मैले देखेँ।” सिस्टरहरूले यसो भनेको सुन्दा मलाई अत्यन्तै लाज र पछुतो लाग्यो। मैले तिनीहरूलाई भनेँ, “अबदेखि मलाई उच्‍च नजरले नहेर्नुहोस्। म ख्रीष्ट-विरोधीहरूको मार्गमा हिँड्दै र तपाईंहरूलाई भ्रममा पार्दै आइरहेकी थिएँ।” त्यसपछि मेरा सहकर्मी र मित्रहरू सबैले मलाई आफूलाई चिन्‍न सहायता गर्नको लागि परमेश्‍वरका वचनहरूको प्रयोग गरे, र मलाई अचानक उनीहरूको नजिक भएको अनुभूति भयो। त्यो दिन घर आइपुगेपछि मैले अत्यन्तै सहजता भएको अनुभूति गरेँ। त्यो साँझ मैले आफ्नो रोगको बारेमा लगभग बिर्सिएँ र बच्चा जस्तै निस्फिक्री भएर सुतेँ। भोलि पल्ट बिउँझिँदा मेरो अनुहार सामान्य भएको देख्दा म अत्यन्तै खुशी भएँ। एकै रातमा यो निको भएको थियो!

त्यसपछिको भेलामा मैले परमेश्‍वरका वचनहरूमा यो पढेँ: “सामान्यतया, जब तिनीहरूको कुरा आउँछ जसका अभिप्राय र उद्देश्यहरू सहि छैनन्, साथै जो अरूले देखेको मन पराउँछन्, जो काम-कुराहरू गर्न उत्कट इच्‍छा गर्छन्, जो वाधाहरू पैदा गर्नमा उन्‍मुख हुन्छन्, जो धार्मिक सिद्धान्तलाई उमार्नमा सिपालु हुन्छन्, जो शैतानका दासहरू हुन्, र इत्यादि—जब यी मानिसहरू खडा हुन्छन्, तिनीहरू मण्डलीका लागि कठिनाइहरू बन्छन्, र यसले गर्दा तिनीहरूका दाजुभाइ र दिदीबहिनीहरूको परमेश्‍वरको वचन खाने र पिउने कामलाई व्यर्थ तुल्याइदिन्छ। जब यस्ता मानिसहरूले नाटक गरिरहेको देख्छौ, तिनीहरूलाई तुरुन्तै निषेध गरिहाल। यदि, बारम्‍बार उपदेशहरू दिँदा पनि, तिनीहरू परिवर्तन हुँदैनन् भने, तिनीहरूले नोक्‍सानी बेहोर्नेछन्। यदि जिद्दी भएर आफ्‍नै बाटोमा लाग्‍नेहरूले आफ्‍नै प्रतिरक्षा गर्ने प्रयास गर्छन् र आफ्‍नो पापलाई ढाक-छोप गर्ने प्रयास गर्छन् भने, मण्डलीले तिनीहरूलाई तुरुन्तै बहिस्कार गर्नुपर्छ र तिनीहरूलाई युक्ति गर्ने कुनै ठाउँ दिनु हुँदैन। थोरैलाई बचाउनको लागि धेरै नगुमाओ; आफ्‍नो नजरलाई समग्र चित्रमा केन्द्रित गर” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय १७”)। गत वर्ष परमेश्‍वरका वचनहरूले मेरो सबैभन्दा स्पष्ट गुण प्रकट गरे। म अगुवा बनेपछि, मलाई आफूले गर्ने सबै काममा नेतृत्व गर्न मन पर्थ्यो। म अरूभन्दा असल छु भनेर प्रदर्शन गर्न मन पर्थ्यो। मेरा सहकर्मीहरूसँग कामको बारेमा छलफल गर्दा, तिनीहरूका आफ्‍नै विचारहरू भए पनि, मैले सधैँ नेतृत्व गरेर मेरो “उच्‍च” विचारहरू प्रकट गर्नुपर्थ्यो। म सक्रिय र सकारात्मक देखिन्थें, तर वास्तविकतामा आफूले गरेका हरेक कुरालाई प्रदर्शन गरी मानिसहरूले मेरो प्रशंसा गरून् भन्ने मात्र चाहन्थेँ। यसको बारेमा विचार गर्दा, मैले मेरो अहङ्कारी प्रकृतिले मलाई त्यति लाजमर्दो तरिकाले व्यवहार गर्न लगाएको रहेछ। अरूले मेरा विचारहरूको कदर गर्थे र मसँग कुराहरूको बारेमा छलफल गर्थे। तिनीहरू सत्यता वास्तविकतामा जिइरहेका थिए—तिनीहरू तानाशाही वा अहङ्कारी थिएनन्। तर मैले यसलाई म अरूभन्दा असल छु भन्‍ने अर्थमा लिएकी थिएँ र म सधैँ हेपाहा बन्‍न चाहन्थेँ र म कति असल छु भनेर देखाउन चाहन्थेँ। यो सबै हास्यास्पद कुरा थिए। कुनै आत्म-चेतनाविना नै मलाई म नयाँ सम्राट वस्‍त्र धारण गरेको सम्राट हुँ जस्तै लाग्यो। मैले कति लाजमर्दो व्यवहार गरिरहेकी थिएँ त्यो मलाई थाहा थिएन, तर मैले पाएको हरेको मौकामा आफ्‍नो प्रदर्शन गरिरहेकी थिएँ। मेरो व्यवहारको बारेमा विचार गर्दा, मलाई अपमानित र लज्‍जित भएको अनुभूति भयो। मैले आफूलाई गजबको ठान्थें किनभने मैले आफूलाई कहिल्यै चिनेकी थिइनँ। म जुन मार्गमा थिएँ त्यसको बारेमा विचार गर्दा मलाई डर लाग्यो, विशेषगरी जब मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ, जब हामी आफूलाई प्रदर्शन गर्न मन पराउने गलत मनसायका मानिसहरू भेट्टाउँछौं, हामीले “तिनीहरूलाई तुरुन्तै निषेध गरिहाल,” र यदि तिनीहरूले आफ्‍नो बारेमा मनन गर्दैनन् तर बहाना बनाउँछन् भने, “मण्डलीले तिनीहरूलाई तुरुन्तै बहिस्कार गर्नुपर्छ।” यसले परमेश्‍वरको धार्मिकता र प्रताप देखायो। मैले पाउने हरेक अवसरमा मैले आफ्‍नो प्रदर्शन गर्दै आएकी थिएँ र मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई छल गर्न र उनीहरूलाई मेरो पूजा गर्ने बनाउन पुगेँ। यसले गर्दा तिनीहरूको हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ थिएन। मैले गुप्त रूपमा मसँग काम गर्नेहरूलाई नाम मात्रका मानिसहरू बनाएँ र तिनीहरूले तबउप्रान्त जिम्‍मेवारीपूर्वक काम गर्न छोडे। मण्डलीमा जथाभावी चलेर थाहै नपाई मैले हानि मात्र गरिरहेकी थिएँ र यसक्रममा मैले आफूलाई उदाउँदै गरेको तारा ठानेकी थिएँ। यदि परमेश्‍वरले मलाई यति कडाइको साथ न्याय नगर्नुभएको भए, मैले आफ्‍नो बारेमा वा मैले हिँडेको गलत मार्गको बारेमा वा म कहिल्यै फर्कन नसकिने मार्गमा छु भन्‍ने कुरा कहिल्यै थाहा पाउने थिइनँ। यो बुझेपछि, विभिन्न कुरालाई हेर्ने मेरो दृष्टिकोण परिवर्तन हुन थाल्यो। यदि म अरूले कदर गरेको सक्षम व्यक्ति हुँ भने, थोरै-थोरै प्रदर्शन गर्नु ठूलो कुरा होइन त्यो त अझै महिमित गर्ने कुरा हो भन्ने म सोच्ने गर्थेँ। अब मैले मानिसहरूले मलाई कदर गरून् भनेर यसरी घृणित रूपमा आफ्‍नो प्रदर्शन गर्नु भनेको लाजमर्दो कुरा हो भन्‍ने थाहा पाएँ। मैले आफूलाई नबुझ्‍नु, स्वभावमा परिवर्तनको खोजी नगर्नु, र मेरो अहङ्कारी स्वभावलाई पछ्याएर मैले पाउने हरेक मौकामा आफ्‍नो प्रदर्शन गर्नु कति नालायक कुरा रहेछ भन्‍ने थाहा पाएँ। मानवता भएका मानिसहरूले आफ्‍नो अहङ्कारलाई त्याग्‍न, परमेश्‍वरको आदर गर्न, उचित व्यवहार गर्न, व्यावहारिक रूपमा आफ्‍नो कर्तव्य पूरा गर्न, र शब्‍द र काम दुवैमा परमेश्‍वरको गवाही दिन सक्छन्। यस्ता मानिसहरूले समझदार र गौरवशाली जीवन जिउँछन्।

त्यसपछि जब-जब मैले अनजानमा आफ्‍नो प्रदर्शन गर्थेँ, मलाई यसप्रति घृणा र प्रतिरोध अनुभूति हुन्थ्यो। त्यसपछि मैले सचेत हुँदै आफूलाई म जोसँग भए पनि म वास्तविक हुनुपर्छ र धाक लगाउनु हुँदैन भनेर स्मरण गराउँथें। म मेरा सङ्गतिहरूमा विशेष गरी व्यवहारिक हुनुपर्थ्यो र प्रदर्शन गर्नु हुँदैनथियो। मेरा अनुभवहरूको बारेमा सङ्गति गर्नुभन्दा पहिले, म मनैबाट परमेश्‍वरसँग प्रार्थना गर्थेँ, यसरी मेरो हृदयलाई हेर्न, र मेरा मनसायहरूलाई सुधार गर्न उहाँलाई अनुरोध गर्थेँ ताकि मैले अझै बढी उहाँको गवाही दिन सकूँ। सङ्गति गरिसकेपछि, मैले आफैलाई मैले बोलेको कुरामा कुनै पनि किसिमले प्रदर्शन गरेँ कि गरिनँ भनेर सोध्थें। कहिलेकहीँ मैले बताएको कुरामा मैले थोरै आफ्‍नो प्रदर्शन गरेकी छु भन्‍ने पत्ता लगाउथें, त्यसकारण त्यही समूहसँग अर्को पटक भेट्दा, मैले आफैलाई उदाङ्गो पार्थें र मेरो अघिल्‍लो व्यवहारको बारेमा विश्‍लेषण गर्थेँ ताकि तिनीहरूले मेरा वचनहरूलाई पत्ता लगाऊन् र मलाई अन्धाधुन्ध महान् नठानून्। यसरी सङ्गति गरिसकेपछि, दाजुभाइ-दिदीबहिनीहरूले मेरो साँचो कद देख्‍न सके र तबउप्रान्त मलाई धेरै आदरको साथ हेर्न छोडे।

भएका सबै घटनाहरूको बारेमा फर्केर हेर्दा, परमेश्‍वरले मलाई मेरो कर्तव्य पूरा गर्ने मौका दिनुभएको थियो, तर म मेरो आफ्‍नो काम-कुरा गर्न र उहाँको शत्रु बन्‍न म ख्रीष्ट-विरोधीहरूको मार्गमा हिँडेकी थिएँ। म परमेश्‍वरप्रति अत्यन्तै धेरै ऋणी भएकी छु। यदि उहाँले मलाई रोगद्वारा अनुशासन कारबाही नगर्नुभएको भए, उहाँका वचनहरूको न्याय नआएका भए, मैले आफूलाई चिन्‍ने नै थिइनँ। म सधैँ “परमेश्‍वरको सजाय र न्याय प्रेम हुन्” भन्‍ने जान भन्‍ने गीत गाउने गर्थेँ, तर मसँग यसको बारेमा कुनै वास्तविक अनुभव वा बुझाइ थिएन। तर अब मैले साँचो रूपमा परमेश्‍वरको न्याय, सजाय, ताडना र अनुशासन उहाँका सबैभन्दा महान् प्रेम र मुक्ति हुन् भन्‍ने अनुभव गरेकी छु! परमेश्‍वरको प्रेमको बारेमा मनन गर्दा मेरो हृदय छोयो र मैले सत्यताको खोजी नगरेकोमा मलाई पछुतो लाग्यो। मैले आफूलाई म इमानदार व्यक्ति बन्‍नुपर्छ भनेर भनेँ। भेलाहरूमा मैले परमेश्‍वरको गवाही दिने तरिकाले परमेश्‍वरका वचनहरूको सङ्गति गर्ने कार्यलाई ध्यान दिन थालेँ। मेरा सहकर्मीहरूसँग हुँदा, मैले सत्यतासँग मिल्‍ने तिनीहरूका विचारलाई कदर गर्ने र पुष्टि गर्ने थप प्रयास गर्न थालेँ र पहिलेजस्तो तिनीहरूलाई चुप गराउने र आफ्‍नो प्रदर्शन गर्ने काम बन्द गरेँ। म र मेरा कामका सहकर्मीहरू अब उही स्तरमा थियौँ र कसैले पनि अबउप्रान्त ठूलो भएर नेतृत्व गर्दैनथ्यौँ। समस्याहरू पैदा हुँदा सबैले सिद्धान्तहरूको खोजी गर्थ्यौं र तिनको अभ्यास गर्थ्यौं। म परमेश्‍वरको न्याय र सजायप्रति कृतज्ञ थिएँ जसले मलाई उहाँको धर्मी स्वभाव बुझ्‍न र उहाँलाई आदर गर्न सुरु गर्न सहायता गर्‍यो। मैले उहाँको सेवा गर्दा सृष्टि गरिएको प्राणीको रूपमा मेरो स्थान लिने र मेरो कर्तव्य राम्ररी पूरा गर्ने प्रयास गर्थेँ। मलाई बचाउनुभएकोमा म सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद दिन्छु।

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

सोधपूछ कोठामा दिइएको यातना

जियाओ मिन, चीनसन् २०१२ मा, सुसमाचार प्रचारको क्रममा मलाई चिनियाँ कम्युनिस्ट पार्टीले गिरफ्तार गर्‍यो। १३ सेप्टेम्बरको साँझ म घर फर्केँ,...

चिनियाँ कम्युनिस्ट पार्टीको झ्यालखानमा दिन-प्रतिदिन

याङ्ग यि, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “धेरै स्थानहरूमा, परमेश्‍वरले सिनिमको भूमिमा उहाँले विजयीहरूको एउटा समूह प्राप्त...

परीक्षा र संकष्टहरूमार्फत सिद्ध तुल्याइएको विश्‍वास

शू चाङ्ग, दक्षिण कोरियासन् १९९३ मा मेरी आमाको स्वास्थ्यमा समस्या आयो, जसको परिणामस्वरूप मेरो सबै परिवारले प्रभु येशूमा विश्‍वास गर्न...

अहङ्कारी स्वभाव परिवर्तन गर्न सकिँदैन भनेर कसले भन्छ?

झाओ फान, चीनपरमेश्‍वरका वचनहरूले भन्छ, “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय, र...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्