परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २१८

30 अप्रिल 2021

आखिरी दिनहरूमा मात्र हजारौं वर्षदेखि मैले व्यवस्थापन गर्दै आइरहेको कार्य मानिसकहाँ पूर्ण रूपमा प्रकट हुन्छ। अहिले मात्र मैले मानिसलाई मेरो व्यवस्थापनको सम्पूर्ण रहस्य प्रकट गरेको छु, र मानिसले मेरो कामको उद्देश्य जानिसकेको छ, र यति मात्र होइन, मेरा सबै रहस्यहरू बुझ्न पुगेको छ। मैले मानिसलाई पहिले नै त्यो गन्तव्यको बारेमा सबै कुरा बताइसकेको छु, जसको बारेमा उसले चासो राख्छ। मैले मानिसका लागि पहिले नै मेरा सबै रहस्यहरू, अर्थात् ५,९०० वर्षदेखि लुकाइएका रहस्यहरू उजागर गरिसकेको छु। यहोवा को हुनुहुन्छ? मसीह को हुनुहुन्छ? येशू को हुनुहुन्छ? तिमीहरूलाई यो सबै थाहा हुनुपर्छ। मेरो काम यी नामहरूमाथि निर्भर रहन्छ। के तिमीहरूले त्यो बुझेका छौ? मेरो पवित्र नाम कसरी घोषणा गरिनुपर्छ? मलाई मेरा कुनै पनि नामहरूले बोलाउने ती अन्यजातिहरू समक्ष कसरी मेरो नाम फैलाउनुपर्छ? मेरो काम विस्तार हुँदैछ, र म यसको सम्पूर्णता कुनै पनि र सबै जातिहरूमा फैलाउनेछु। मेरो काम तिमीहरूमा गरिसकिएको हुनाले, जसरी यहोवाले इस्राएलमा दाऊदका घरानाका गोठालाहरूलाई प्रहार गर्नुभएको थियो त्यसरी नै म पनि तिमीहरूलाई हरेक जातिमा तितरबितर हुने गरी प्रहार गर्नेछु। किनकि आखिरी दिनहरूमा म सबै जातिहरूलाई टुक्रा-टुक्रा हुने गरी चकनाचूर पार्नेछु र त्यहाँका मानिसहरूलाई नयाँ प्रकारले वितरित हुन लगाउनेछु। जब म फेरि फर्कन्छु, जातिहरू पहिले नै मेरो जलिरहेको ज्वालाद्वारा तय गरिएको सीमामा विभाजित भइसकेका हुनेछन्। कुनै बेला जसरी म, यहोवा, यहूदी कुलहरूको बीच हिँडे त्यस बेला पनि म आफैलाई मानवजातिकहाँ तिनीहरूले कहिल्यै नदेखेका पवित्र परमेश्‍वरको स्वरूपमा तिनीहरूका बीचमा खुल्ला रूपमा प्रकट गर्दै, बहुसङ्ख्यक जातिहरूको बीचमा हिँड्दै, चर्को घाम झैँ नयाँ गरी प्रकट गर्नेछु। तत्पश्चात्‌, म मानवलाई पृथ्वीमा तिनीहरूको जीवनमा अगुवाइ गर्नेछु। त्यहाँ तिनीहरूले पक्कै मेरो महिमा देख्नेछन्, र तिनीहरूको जीवनमा अगुवाइ गर्न तिनीहरूले पक्कै पनि आकाशमा बादलको खम्बा देख्नेछन्, किनकि म पवित्र स्थानहरूमा प्रकट हुनेछु। मानिसले मेरो धार्मिकताको दिन र मेरो महिमित प्रकटीकरण पनि देख्नेछ। मैले सारा पृथ्वीमाथि शासन गरेर मेरा धेरै पुत्रहरूलाई महिमामा ल्याएपछि त्यसो हुनेछ। पृथ्वीमा जताततै, मानिसहरू झुक्नेछन्, र मेरो पवित्र वासस्थान मैले आज गरेको कार्यको जगमाथि दृढताका साथ मानवजातिको बीचमा खडा हुनेछ। मानिसहरूले मन्दिरमा पनि मेरो सेवा गर्नेछन्। फोहोर र घृणित चीजहरूले ढाकिएको वेदीलाई म टुक्राटुक्रा पार्नेछु र नयाँ बनाउनेछु। नवजात थुमाहरू र बाछोहरूलाई पवित्र वेदीमा जम्मा पार्नेछु। म आजको मन्दिर भत्काउनेछु र नयाँ मन्दिर निर्माण गर्नेछु। घृणित मानिसहरूले भरिएको अहिले खडा रहेको मन्दिरलाई नष्ट गरिनेछ, र मैले बनाएको त्यस मन्दिर मप्रति वफादार सेवकहरूले भरिनेछन्। उनीहरू फेरि मेरो मन्दिरको महिमाको लागि खडा हुनेछन् र मेरो सेवा गर्नेछन्। तिमीहरूले पक्कै पनि त्यो दिन देख्नेछौ जुन दिन म ठूलो महिमा प्राप्त गर्छु, र तिमीहरूले त्यो दिन पक्कै देख्नेछौ जब म मन्दिर भत्काउनेछु र नयाँ निर्माण गर्नेछु। साथै, तिमीहरूले पक्कै पनि मेरो पवित्र-वासस्थान मानिसहरूको संसारमा आएको दिन देख्नेछौ। जसरी म मन्दिरलाई भत्काउनेछु, त्यसरी नै म आफ्नो पवित्र-वासस्थानलाई मानिसहरूको संसारमा ल्याउनेछु, त्यो तिनीहरूले म तल ओर्लेको देखेजस्तै हुनेछ। मैले सबै जातिहरूलाई धूलोपीठो बनाएपछि, म तिनीहरूलाई नयाँ गरी समेट्नेछु, तत्पश्चात्, मेरो मन्दिर निर्माण र मेरो वेदी स्थापित गर्नेछु, ताकि सबैले मलाई बलिदान चढाउन, मेरो मन्दिरमा मेरो सेवा गर्न, र अन्यजातिहरूमा गरिएको मेरो कामप्रति तिनीहरू विश्‍वासयोग्य रूपमा समर्पित हुन सकून्‌। तिनीहरू पूजाहारीको पोसाक र मुकुटले सुसज्जित भएर, तिनीहरूको माझमा मेरो, यहोवाको, प्रताप हुन्छ, र मेरा वैभव तिनीहरूमाथि परिभ्रमण गर्दै र तिनीहरूसँग साथसाथै रहँदै गर्दा तिनीहरू वर्तमान दिनका इस्राएलीहरू जस्तै हुनेछन्। अन्यजातिहरूमा पनि मेरो काम त्यस्तै गरी कार्यान्वयन हुनेछ। मेरो काम इस्राएलमा जस्तो थियो, त्यस्तै काम अन्यजातिहरूमा पनि हुनेछ, किनभने म मेरो काम इस्राएलमा विस्तार गर्नेछु र अन्यजातिहरूमा फैलाउनेछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो

परमेश्‍वरको पवित्र वासस्थान संसारमा आएको छ

पद १

परमेश्‍वर फेरि फर्कनुहुँदा, उहाँको ज्वालाले तोकिएका सीमामा राष्ट्र विभाजित भएका हुनेछन्। चर्को घाम, परमपवित्र झैँ देखा पर्नुहुनेछ, यहूदी कुलमा यहोवा झैँ, जातिमाझ हिँड्नुहुनेछ। तिनलाई बादलको खाँबोले डोर्याउनुहुनेछ। मानिसले पवित्र भूमिमा उहाँको महिमित देखा पराइ, धार्मिकताको दिन देख्नेछन्। सारा पृथ्वीमाथि शासन गर्नुहुँदा त्यसो हुनेछ, त्यसो हुनेछ।

कोरस

मानिस झुक्नेछन्, उहाँको आजको कामको जगमा पवित्र वासस्थान, मानिसमाझ खडा हुनेछ। फोहोर वेदी भत्काउनुभई, नयाँ बनाउनुहुनेछ। मानिसले मन्दिरमा सेवा गर्नेछन्, थुमा, बाछा वेदीमा थुप्रिनेछन्। मन्दिर भत्काउनुभई नयाँ बनाउनुहुने दिन र महिमा पाउनुभएको दिन देख्नेछौ। पवित्र वासस्थान पृथ्वीमा आएको देख्नेछौ। त्यो उहाँ ओर्लदै गर्नुभएको देखेजस्तै हुनेछ।

पद २

राष्ट्रहरू चकनाचुर गरेर नयाँ गरी समेट्नुहुनेछ। आफ्नो मन्दिर, वेदी स्थापाना गर्नुहुनेछ, ताकि सबले बलिदान, उहाँको सेवा गर्न, अन्यजाति राष्ट्रहरूको काममा समर्पित हुन सकून्। वर्तमान इस्राएलीहरू जस्तै तिनले आ-आफ्ना पुजारीका पोसाक, मुकुट लगाएका हुनेछन्, तिनीहरूमाझ उहाँको महिमा हुनेछ। उहाँको प्रताप तिनीहरूसँगै रहँदै, परिभ्रमण गर्छ।

कोरस

मानिस झुक्नेछन्, उहाँको आजको कामको जगमा पवित्र वासस्थान, मानिसमाझ खडा हुनेछ। फोहोर वेदी भत्काउनुभई, नयाँ बनाउनुहुनेछ। मानिसले मन्दिरमा सेवा गर्नेछन्, थुमा, बाछा वेदीमा थुप्रिनेछन्। मन्दिर भत्काउनुभई नयाँ बनाउनुहुने दिन र महिमा पाउनुभएको दिन देख्नेछौ। पवित्र वासस्थान पृथ्वीमा आएको देख्नेछौ। त्यो उहाँ ओर्लदै गर्नुभएको देखेजस्तै हुनेछ।

ब्रिज

उहाँले इस्राएलको भूमिमा झैं अन्यजाति राष्ट्रमा काम गर्नुहुनेछ। कारण उहाँ इस्राएलमा काम विस्तार गर्नुहुनेछ र अन्यजाति राष्ट्रमा फैलाउनुहुनेछ।

कोरस

मानिस झुक्नेछन्, उहाँको आजको कामको जगमा पवित्र वासस्थान, मानिसमाझ खडा हुनेछ। फोहोर वेदी भत्काउनुभई, नयाँ बनाउनुहुनेछ। मानिसले मन्दिरमा सेवा गर्नेछन्, थुमा, बाछा वेदीमा थुप्रिनेछन्। मन्दिर भत्काउनुभई नयाँ बनाउनुहुने दिन र महिमा पाउनुभएको दिन देख्नेछौ। पवित्र वासस्थान पृथ्वीमा आएको देख्नेछौ। त्यो उहाँ ओर्लदै गर्नुभएको देखेजस्तै हुनेछ, ओर्लदै गर्नुभएको, ओर्लदै गर्नुभएको देखेजस्तै हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो” बाट परिमार्जित

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्