परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १८३

19 अप्रिल 2021

येशू साढे तेत्तीस वर्षसम्म पृथ्वीमा हुनुहुन्थ्यो, उहाँ क्रूसमा क्रूसीकरणको काम गर्न आउनुभयो, अनि क्रूसीकरणद्वारा परमेश्‍वरले उहाँको महिमाको एक भाग प्राप्त गर्नुभयो। जब परमेश्‍वर शरीरमा आउनुभयो, उहाँ नम्र र गुप्त रहन सक्नुभयो, र अथाह कष्ट सहन सक्नुभयो। यद्यपि उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्थ्यो, छुटकाराको काम पूरा गर्नलाई उहाँले अझै हरेक अपमान र हरेक गिल्ला सहनुभयो, अनि क्रूसमा कीला ठोकिएर ठूलो कष्ट भोग्नुभयो। यो चरणको काम पूरा भएपछि, मानिसहरूले परमेश्‍वरको ठूलो महिमा भएको देखे पनि, त्यो नै उहाँको सम्पूर्ण महिमा थिएन; त्यो उहाँको महिमाको एक भाग मात्र थियो, जुन उहाँले येशूबाट प्राप्त गर्नुभएको थियो। येशूले हरेक कठिनाइ सहन, नम्र र गुप्त हुन, परमेश्‍वरका निम्ति क्रूसमा टाँगिन सक्नुभए पनि, परमेश्‍वरले उहाँको महिमाको एक भाग मात्र प्राप्त गर्नुभयो, र उहाँको महिमा इस्राएलमा प्राप्त भएको थियो। परमेश्‍वरको महिमाको अझै अर्को भाग छ: व्यावहारिक रूपमा काम गर्न र मानिसहरूको एउटा झुन्ड सिद्ध बनाउन पृथ्वीमा आउने काम। येशूको कामको चरणको अवधिमा उहाँले केही अलौकिक कुराहरू गर्नुभयो, तर त्यो चरणको काम कुनै पनि किसिमले चिह्न र चमत्कारहरू गर्नका निम्ति थिएन। त्यो मुख्य रूपले येशूले दुःख भोग्न सक्नुहुन्छ, र परमेश्‍वरका निम्ति क्रूसमा टाँगिन सक्नुहुन्छ, येशू उहाँले परमेश्‍वरलाई प्रेम गर्नुभएको कारणले अथाह कष्ट भोग्न सक्षम हुनुहुन्थ्यो, र परमेश्‍वरले उहाँलाई त्याग्नुभए पनि, उहाँ अझै पनि परमेश्‍वरको इच्छा पूरा गर्न उहाँको जीवन बलिदान गर्न इच्छुक हुनुहुन्थ्यो भनी देखाउनका निम्ति थियो। परमेश्‍वरले इस्राएलमा उहाँको काम पूरा गर्नुभएपछि र येशूलाई क्रूसमा कीला ठोकिएपछि, परमेश्‍वरले महिमा प्राप्त गर्नुभएको थियो, अनि परमेश्‍वरले शैतानको सामु साक्षी दिनुभएको थियो। परमेश्‍वर कसरी चीनमा देह बन्नुभएको छ भन्ने कुरा तिमीहरूले न त जानेका छौ न देखेका छौ, यसैकारण परमेश्‍वरले महिमा प्राप्त गर्नुभएको छ भनेर तिमीहरू कसरी देख्न सक्छौ र? जब परमेश्‍वरले तिमीहरूमा विजयको धेरै काम गर्नुहुन्छ, र तिमीहरू दह्रो भई खडा हुन्छौ, तब यो चरणको परमेश्‍वरको काम सफल हुन्छ, र यो परमेश्‍वरको महिमाको भाग हो। तिमीहरू यो मात्र देख्छौ, अनि तिमीहरू परमेश्‍वरद्वारा सिद्ध बनाइनु बाँकी नै छ, तिमीहरूले आफ्नो हृदय पूर्ण रूपले परमेश्‍वरलाई दिनु बाँकी नै छ। तिमीहरूले यो महिमा पूर्ण रूपमा देख्नु बाँकी नै छ; तिमीहरू परमेश्‍वरले तिमीहरूका हृदय अघिबाटै जित्नुभएको मात्र देख्छौ, तिमीहरू उहाँलाई कहिल्यै पनि छोड्न सक्दैनौं, अनि आखिरीसम्म परमेश्‍वरलाई पछ्याउनेछौ र तिमीहरूका हृदय परिवर्तन हुनेछैनौ, अनि यही नै परमेश्‍वरको महिमा हो। तिमी कुन कुरामा परमेश्‍वरको महिमा देख्छौ? मानिसहरूमा भएको उहाँको कामका प्रभावहरूमा। मानिसहरू परमेश्‍वर अति प्रेमिलो हुनुहुन्छ भनी देख्छन्, तिनीहरूका हृदयमा परमेश्‍वर हुनुहुन्छ, र उहाँलाई छोड्न तयार हुँदैनन्, अनि यो परमेश्‍वरको महिमा हो। जब मण्डलीहरूका दाजुभाइ र दिदी-बहिनीहरूको शक्ति बढ्छ, र तिनीहरूले परमेश्‍वरलाई हृदयबाटै प्रेम गर्न सक्छन्, परमेश्‍वरले गर्नुभएको कामको सर्वोच्च पराक्रम, उहाँका वचनहरूको अतुलनीय शक्ति देख्छन्, जब तिनीहरू उहाँको वचनमा अधिकार भएको देख्छन्, अनि उहाँले चीन देशको भुतिया सहरमा उहाँको काम सुरु गर्न सक्नुभएको देख्छन्, जब मानिसहरू कमजोर भए पनि, तिनीहरूका हृदयहरू परमेश्‍वरको सामु झुक्छन्, र तिनीहरू परमेश्‍वरका वचनहरू ग्रहण गर्न इच्छुक बन्छन्, अनि जब, तिनीहरू कमजोर र अयोग्य भए पनि परमेश्‍वरका वचनहरू प्रेमिलो र तिनीहरूका कदरको योग्यका भएको देख्न सक्छन्, तब त्यो परमेश्‍वरको महिमा हो। जब त्यो दिन आउँछ, जुन बेला मानिसहरू परमेश्‍वरद्वारा सिद्ध बनाइन्छन्, र उहाँको अघि समर्पित हुन र परमेश्‍वरको आज्ञा पूर्ण रूपमा पालन गर्न सक्छन्, र तिनीहरूका सम्भावनाहरू र भाग्यलाई परमेश्‍वरको हातमा दिन सक्छन्, त्यस बेला परमेश्‍वरको महिमाको दोस्रो भाग पूर्ण रूपले प्राप्त भएको हुनेछ। भन्नुको अर्थ, जब व्यावहारिक परमेश्‍वरको काम पूर्णरूपमा समाप्त हुन्छ, त्यसबेला चीन देशमा उहाँको काम समाप्त हुनेछ। अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वरद्वारा अघिबाटै नियुक्त गरिएका र चुनिएकाहरू सिद्ध बनाइएका हुन्छन्, तब परमेश्‍वरले महिमा प्राप्त गर्नुभएको हुनेछ। परमेश्‍वरले भन्नुभयो कि उहाँले आफ्नो महिमाको दोस्रो भाग पूर्वमा ल्याउनुभएको छ, तापनि नाङ्गो आँखाले यो देख्न सकिँदैन। परमेश्‍वरले उहाँको काम पूर्वमा ल्याउनुभएको छ; उहाँ अघिबाटै पूर्वमा आउनुभएको छ, र यो परमेश्‍वरको महिमा हो। आज, उहाँको काम पूरा हुन बाँकी भए पनि, परमेश्‍वरले काम गर्ने निर्णय गर्नुभएकोले, यो निश्चय नै पूरा गरिनेछ। परमेश्‍वरले आफैले यो काम चीनमा पूरा गर्ने निर्णय गर्नुभएको छ, अनि उहाँले तिमीहरूलाई पूर्ण बनाउने संकल्प गर्नुभएको छ। यसैले, उहाँले तिमीहरूलाई उम्कने बाटो दिनुहुन्न-उहाँले अघिबाटै तिमीहरूका हृदय जितिसक्नुभएको छ, अनि तिमीहरूले चाहे पनि वा नचाहे पनि तिमीहरू अघि बढ्नुपर्छ, अनि जब तिमीहरू परमेश्‍वरद्वारा प्राप्त गरिन्छौ, तब परमेश्‍वरले महिमा प्राप्त गर्नुहुन्छ। आज, परमेश्‍वरले पूर्ण महिमा प्राप्त गर्नु बाँकी नै छ, किनकि तिमीहरू पूर्ण रूपमा सिद्ध बनाइनु बाँकी नै छ। तिमीहरूका हृदय परमेश्‍वरतिर फर्केका भए तापनि, तिमीहरूका शरीरमा अझ पनि धेरै कमजोरीहरू छन्, तिमीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्न असक्षम छौ, तिमीहरू परमेश्‍वरको इच्छामा ध्यान दिन असक्षम छौ, अनि तिमीहरूमा धेरै नकारात्मक कुराहरू बाँकी नै छन्, जसबाट तिमीहरूले छुटकारा पाउनुपर्छ र तिमीहरू अझै पनि धेरै परीक्षाहरू र शोधनहरूबाट भएर जान बाँकी नै छ। त्यसरी मात्र तिमीहरूको जीवनका स्वभावहरू बदलिन सक्छन् र तिमीहरू परमेश्‍वरद्वारा प्राप्त गरिन सक्छौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सहस्राब्दीय राज्यको आगमन भएको छ” भन्‍ने विषयमा संक्षिप्त चर्चा

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्