परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १६५

6 डिसेम्बर 2021

परमेश्‍वरको कामको हरेक चरणले एउटै र उही प्रवाहलाई पछ्याउँछ, त्यसकारण परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापनको योजनामा, संसारको जग बसालिएको देखि आजको दिनसम्‍मै हरेक चरणलाई अर्को चरणले नजिकबाट पछ्याएको थियो। यदि मार्ग तयार गर्ने कोही नभएको भए, त्यसपछि आउने कोही पनि हुनेथिएन; त्यसपछि आउनेहरू पनि भएका हुनाले, मार्ग तयार गर्नेहरू पनि हुन्छन्। यसरी यो कामलाई चरणबद्ध रूपमा हस्तान्तरण गरिएको छ। एउटा चरणले अर्कोलाई पछ्याउँछ, र मार्ग खुला गर्ने कुनै व्यक्ति विना, काम सुरु गर्नु असम्‍भव हुनेथियो, र आफ्‍नो कार्यलाई अघि बढाउने कुनै माध्यम परमेश्‍वरसँग हुनेथिएन। कुनै पनि चरण अरू चरणसँग बाझिँदैन, र एउटाले अर्कोलाई प्रवाह निर्माण गर्ने गरी क्रमबद्ध रूपले पछ्याउँछ; यो सबै उही आत्माले गर्नुहुन्छ। तर कसैले मार्ग खोले पनि वा अर्कोको काम गरे पनि, यसले तिनीहरूको पहिचानलाई निर्धारित गर्दैन। के यो सहि होइन र? यूहन्‍नाले मार्ग खोले, र येशूले आफ्‍नो कामलाई अघि बढाउनुभयो, त्यसकारण के यसले येशूको पहिचान यूहन्‍नाको भन्दा सानो थियो भन्‍ने प्रमाणित गर्छ? यहोवाले येशूले भन्दा पहिले आफ्‍नो काम गर्नुभयो, त्यसकारण के यहोवा येशूभन्दा महान् हुनुहुन्छ भनेर तैँले भन्‍न सक्छस्? तिनीहरूले मार्ग तयार गरे पनि वा अरूको काम गरे पनि त्यो महत्त्वपूर्ण कुरा होइन; तिनीहरूको कामको सार र त्यसले प्रतिनिधित्व गर्ने पहिचान नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। के यो सहि होइन र? परमेश्‍वरले मानिसको बीचमा काम गर्ने अभिप्राय राख्‍नुभएको हुनाले, उहाँले मार्ग तयार गर्ने काम गर्न सक्‍नेहरूलाई खडा गर्नुपर्यो। जब यूहन्‍नाले भर्खरै प्रचार गर्न सुरु गरेका थिए, उनले भने, “परमप्रभुको बाटो तयार पार, उहाँका मार्गहरू सोझा बनाओ।” “पश्‍चात्ताप गर: किनभने स्वर्गको राज्य नजिकै छ।” तिनले सुरुदेखि नै त्यसरी बोलेका थिए, र किन तिनले यी वचनहरू भन्‍न सके? वचनहरू बोलिने क्रमको हिसाबले, स्वर्गको राज्यको सुसमाचार सुरुमा बोल्‍ने यूहन्‍ना नै थियो, अनि त्यसपछि उसो येशूले बोल्‍नुभयो। मानिसका धारणाहरू अनुसार, नयाँ मार्ग खोल्‍ने यूहन्‍ना नै थिए, त्यसकारण अवश्य नै यूहन्‍ना नै येशूभन्दा महान् थिए। तर तिनी ख्रीष्‍ट हुन् भनेर यूहन्‍नाले भनेनन्, र परमेश्‍वरले तिनी परमेश्‍वरका प्रिय पुत्र हुन् भनी साक्षी दिनुभएन, तर प्रभुको मार्ग खोल्‍न र तयार गर्नको लागि मात्रै प्रयोग गर्नुभयो। उनले येशूको लागि मार्ग तयार गरे, तर उनले येशूको तर्फबाट काम गर्न सकेनन्। मानिसको सबै कामलाई पनि पवित्र आत्माले नै कायम राख्‍नुहुन्छ।

पुरानो करारको युगमा, मार्गलाई अगुवाइ गर्ने यहोवा नै हुनुहुन्थ्यो, र यहोवाको कार्यले पुरानो करारको सम्पूर्ण युग, र इस्राएलमा गरिएको सबै कार्यलाई प्रतिनिधित्व गर्‍यो। मोशाले यो कार्यलाई पृथ्वीमा थामी राख्यो मात्रै, र तिनका परिश्रमहरूलाई मानिसले प्रदान गरेको सहकार्यको रूपमा लिइन्छ। त्यो बेला, मोशालाई बोलावट गर्नुहुँदै, बोल्‍नुहुने यहोवा नै हुनुहुन्थ्यो, र उहाँले मोशालाई इस्राएलका मानिसहरूका बीचमा खडा गर्नुभयो, र तिनलाई उजाड स्थानदेखि कनानसम्‍म तिनीहरूलाई डोर्याउने बनाउनुभयो। यो कार्य मोशा स्वयमको थिएन, तर यहोवाले व्यक्तिगत रूपमा निर्देशित गर्नुभएको कार्य थियो, त्यसकारण मोशालाई परमेश्‍वर कहलाइन सकिँदैन। मोशाले व्यवस्थालाई पनि कायम गरे, तर यो व्यवस्था व्यक्तिगत रूपमा यहोवाले नै जारी गर्नुभएको थियो। उहाँले मोशालाई यो व्यक्त गर्न लगाउनुभएको मात्रै थियो। येशूले पनि आज्ञाहरू गर्नुभयो, र उहाँले पुरानो करारको व्यवस्थालाई रद्द गर्नुभयो र नयाँ युगका निम्ति आज्ञाहरूलाई स्थापित गर्नुभयो। किन येशू परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ? किनभने एउटा भिन्‍नता छ। त्यो बेला, मोशाले गरेको कामले युगलाई प्रतिनिधित्व गरेन, न त यसले नयाँ मार्ग नै खुल्ला गर्‍यो; तिनलाई यहोवाले नै अगाडि निर्देशित गर्नुभएको थियो र तिनी परमेश्‍वरले प्रयोग गर्नुभएको व्यक्ति मात्रै थिए। जब येशू आउनुभयो, यूहन्‍नाले मार्ग तयार गर्ने कार्यको चरणलाई अघि बढाएका थिए र स्वर्गको राज्यको सुसमाचारलाई फैलाउन थालेका थिए (पवित्र आत्माले नै यसको सुरुवात गर्नुभएको थियो)। जब येशू आउनुभयो, उहाँले प्रत्यक्ष रूपमै उहाँको आफ्‍नो काम गर्नुभयो, तर उहाँको काम र मोशाको कामको बीचमा ठूलो भिन्‍नता थियो। यशैयाले पनि धेरै अगमवाणीहरू बोलेका थिए, तैपनि किन तिनी परमेश्‍वर स्वयम्‌ थिएनन्? येशूले धेरै अगमवाणीहरू बोल्‍नुभएन, तैपनि किन उहाँ परमेश्‍वर स्वयम्‌ नै हुनुहुन्थ्यो? त्यो बेला येशूको काम पवित्र आत्‍माबाट आएको हो भनेर कसैले पनि भन्‍ने आँट गरेन, न त तिनीहरूले यो मानिसको इच्‍छाबाट आएको हो वा यो पूर्ण रूपमा परमेश्‍वर स्वयम्‌को काम हो भनेर भन्‍ने नै आँट गरे। त्यस्ता कुराहरूलाई विश्‍लेषण गर्ने कुनै उपाय मानिससँग थिएन। यशैयाले त्यस्तो काम गरे, र त्यस्ता अगमवाणीहरू बोले, र ती सबै पवित्र आत्माबाट नै आएका थिए भनेर भन्‍न सकिन्छ; ती यशैया स्वयम्‌बाट नै सीधै आएको थिएन, तर यहोवाबाट आएका प्रकाशहरू थिए। येशूले ठूलो मात्रामा काम गर्नुभएन, र धेरै वचनहरू बोल्‍नुभएन, न त उहाँले धेरै अगमवाणीहरू नै बोल्‍नुभयो। मानिसको लागि, उहाँको प्रचार खास रूपमा उच्‍च देखिएन, तैपनि उहाँ परमेश्‍वर स्वयम्‌ नै हुनुहुन्थ्यो र यसलाई मानिसले वर्णन गर्न सक्दैन। कसैले पनि कहिल्यै यूहन्‍ना, वा यशैया, वा दाऊदमा विश्‍वास गरेका छैनन्, न त कसैले तिनीहरूलाई परमेश्‍वर, वा दाऊद परमेश्‍वर, वा यूहन्‍ना परमेश्‍वर भनेर नै भनेका छन्; कसैले पनि त्यसरी बोलेको छैन, र येशूलाई मात्रै ख्रीष्ट भनेर भनिएको छ। यो वर्गीकरण परमेश्‍वरको गवाही, उहाँले गर्नुभएको काम, र उहाँले गर्नु भएको सेवकाइ अनुसार गरिएको हो। बाइबलका महान् पुरुषहरूका बारेमा कुरा गर्दा—अब्राहाम, दाऊद, यहोशू, दानिएल, यशैया, यूहन्‍ना, र येशू—उनीहरूले गरेका कामद्वारा नै, तैँले को परमेश्‍वर स्वयम्‌ हो, र कस्ता प्रकारका मानिसहरू अगमवक्ताहरू हुन्, र प्रेरितहरू को हुन् भनेर भन्‍न सक्छस्। कसलाई परमेश्‍वरले प्रयोग गर्नुभएको थियो, र को परमेश्‍वर स्वयम्‌ हुनुहुन्थ्यो त्यस कुरालाई उनीहरूले गरेका कामको सार र प्रकारद्वारा नै भिन्‍नता छुट्याइन्छ र निर्धारित गरिन्छ। यदि तैँले भिन्‍नताहरू छुट्याउन सक्दैनस् भने, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो सो तँलाई थाहा छैन भन्‍ने यसले प्रमाणित गर्छ। येशू नै परमेश्‍वर हुनुहुन्छ किनभने उहाँले धेरै वचनहरू बोल्‍नुभयो, र धेरै काम गर्नुभयो, निश्‍चित रूपमा उहाँले धेरै आश्‍चर्यकर्महरू प्रदर्शन गर्नुभयो। त्यसरी नै, यूहन्‍नाले पनि मोशाले जस्तै धेरै काम गरे, र धेरै वचनहरू बोले; किन तिनीहरूलाई परमेश्‍वर भनेर कहलाइएन? आदमलाई प्रत्यक्ष रूपमा परमेश्‍वरले नै सृष्टि गर्नुभएको थियो; किन तिनलाई परमेश्‍वर भन्‍नुको सट्टा, सृष्टि भनेर भनियो? यदि कसैले तँलाई, “आज, परमेश्‍वरले धेरै काम गर्नुभएको छ, र उहाँले धेरै वचन बोल्‍नुभएको छ; उहाँ परमेश्‍वर स्वयम्‌ नै हुनुहुन्छ। मोशाले धेरै वचन बोलेका हुनाले, तिनी पनि पक्‍कै परमेश्‍वर स्वयम्‌ नै थिए!” भनेर भन्छ भने, तैँले यसको जवाफमा तिनीहरूलाई यो सोध्‍नुपर्छ, “त्यो बेला, किन परमेश्‍वरले येशूलाई परमेश्‍वर स्वयम्‌ भनी गवाही दिनुभयो तर यूहन्‍नालाई दिनुभएन? के यूहन्‍ना येशूभन्दा पहिले आएका थिएनन् र? कुनचाहिँ महान् थियो, यूहन्‍नाको काम कि येशूको काम? मानिसको लागि, यूहन्‍नाको काम येशूको भन्दा महान् देखिन्छ, तर किन पवित्र आत्माले येशूको गवाही दिनुभयो तर यूहन्‍नाको गवाही दिनुभएन?” आज पनि यही कुरा भइरहेको छ! त्यो समयमा, जब मोशाले इस्राएलका मानिसहरूलाई डोर्‍याए, यहोवा तिनीसँग बादलहरूका बीचबाट बोल्‍नुहुन्थ्यो। मोशाले प्रत्यक्ष रूपमा बोलेनन्, तर तिनलाई यहोवाले नै प्रत्यक्ष रूपमा अगुवाइ गर्नुभएको थियो। यो पुरानो करारमा भएको इस्राएलको काम थियो। मोशाभित्र आत्मा हुनुहुन्‍नथियो, न त परमेश्‍वरको अस्तित्व नै। तिनले त्यो काम गर्न सकेनन्, त्यसकारण तिनले गरेको काम र येशूले गर्नुभएको कामको बीचमा ठूलो भिन्‍नता छ। र त्यसको कारण के हो भने उनीहरूले गरेको काम फरक थियो! कुनै व्यक्ति परमेश्‍वरले प्रयोग गर्नुभएको व्यक्ति हो कि अगमवक्ता, प्रेरित हो कि परमेश्‍वर स्वयम्‌ नै हो सो कुरालाई उसले गरेको कामको प्रकृतिद्वारा पत्ता लगाउन सकिन्छ, अनि यसले तेरा शङ्काहरूलाई अन्त्य गर्नेछ। बाइबलमा थुमाले मात्रै सात वटा मोहोर तोड्न सक्‍नुहुन्छ भनेर लेखिएको छ। युगहरूभरि, ती महान् व्यक्तित्वहरू मध्येमा धर्मशास्‍त्रका व्याख्या गर्ने धेरै छन्, तब के तैँले तिनीहरू सबै थुमा हुन् भनेर भन्‍न सक्छस्? के तँ तिनीहरूको स्पष्टीकरण सबै परमेश्‍वरबाट नै आउँछन् भनेर भन्‍न सक्छस्? तिनीहरू व्याख्याकार मात्रै हुन्; तिनीहरूसँग थुमाको पहिचान छैन। तिनीहरू कसरी सात मोहरहरू तोड्न योग्य हुन सक्थे र? “थुमाले मात्र सात मोहरहरू तोड्न सक्‍नुहुन्छ” भन्‍ने कुरा साँचो हो, तर उहाँ सात मोहरहरू तोड्‍न मात्रै आउनुहुन्‍न; यो कामको कुनै आवश्यकता छैन, यसलाई संयोगवश गरिन्छ। उहाँको आफ्‍नै कामको बारेमा उहाँ पूर्ण रूपमा स्पष्ट हुनुहुन्छ; के उहाँले धर्मशास्‍त्रको अर्थ लगाउँदै धेरै समय बिताउनु आवश्यक हुन्छ? के छ हजार वर्षे कार्यमा “धर्मशास्‍त्रको अर्थ लगाउने थुमाको युग” लाई थप्‍नुपर्छ? उहाँ नयाँ काम गर्न आउनुहुन्छ, तर मानिसहरूलाई छ हजार वर्षको कामको सत्यतालाई बुझ्‍न सहायता गर्दै, उहाँले विगतका समयहरूको कामको बारेमा पनि केही प्रकाशहरू प्रदान गर्नुहुन्छ। बाइबलका धेरै अनुच्‍छेदहरूको व्याख्या गर्नुपर्ने कुनै आवश्यकता छैन; आजको काम नै कुञ्‍जी, महत्त्वपूर्ण कुरा हो। परमेश्‍वर सात मोहरहरू तोड्नको लागि मात्रै विशेष गरी आउनुहुन्‍न, तर मुक्तिको काम गर्नको लागि आउनुहुन्छ भन्‍ने तैँले जान्‍नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पद र पहिचानको सम्‍बन्धमा

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्