Nepali Christian Documentary | सर्वशक्तिमान् परमेश्वर देखा पर्ने घटना र उहाँको कार्य: सर्वशक्तिमान् परमेश्वरको मण्डलीको जन्म र वृद्धिको इतिहास (भाग एक)
27 जुलाई 2021
दुई हजार वर्ष पहिले, प्रभु येशूले यसो भन्नुभयो, “पश्चात्ताप गर: किनभने स्वर्गको राज्य नजिकै छ” (मत्ती ४:१७)। र प्रतिज्ञा गर्नुभयो, “म चाँडै आउँछु” (प्रकाश २२:७)। दुई हजार वर्षभरिको आशा, र दुई हजार वर्षभरिको प्रतीक्षामा…, ख्रीष्टियनहरूका पुस्ताहरूले उत्कट रूपमा प्रभु येशूको पुनरागमनलाई पर्खिरहेका थिए। सारा मानवजाति मुक्तिदाता आउने र मानवताको पूर्ण मुक्ति ल्याउने अभिलाषामा थियो। जब संसार सबैभन्दा अन्धकार अवस्थामा थियो, जब शैतानका दुष्ट शक्तिहरू परमेश्वर विरुद्धको तिनीहरूको प्रतिरोधमा तिनीहरूको सबैभन्दा जङ्गी र उग्र अवस्थामा थिए, तब पूर्वमा—चीनमा बिहानी भयो। १९९१ को, त्यो असाधारण वर्षमा, देहधारी मानिसको पुत्र, सर्वशक्तिमान् परमेश्वर, सत्यतालाई व्यक्त गर्न र काम गर्नको लागि घर-मण्डलीहरूमा देखा पर्नुभयो। त्यहाँ परमेश्वरको घरबाट सुरु गर्दै उहाँले न्यायको काम सुरु गर्नुभयो।
यो वृत्तचित्रले घर-मण्डलीहरूमा कसरी सर्वशक्तिमान् परमेश्वर देखा पर्नुभयो र आफ्नो काम सुरु गर्नुभयो र आफ्ना वचनहरू बोल्नुभयो त्यसको साँचो इतिहासलाई प्राथमिक रूपमा चित्रण गर्छ। चुनिएका जनहरू सर्वशक्तिमान् परमेश्वरका वर्तमान दिनका यी वचनहरूमा सहभागी हुने क्रममा, तिनीहरूले क्रमिक रूपमा सत्यतालाई बुझ्न, अभ्यासको मार्गलाई प्राप्त गर्न, र पवित्र आत्माले मानवजातिकहाँ ल्याउनुभएको परम आनन्द र स्वतन्त्रताको आनन्द लिन पुगेका छन्।
अन्य प्रकारका भिडियोहरू