मैले स्वर्गको राज्यमा पुग्ने बाटो भेटेँ

12 डिसेम्बर 2020

By Mengai, Taiwan

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “जब येशू मानिसको संसारमा आउनुभयो, उहाँले अनुग्रहको युग सुरु गर्नुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। आखिरी दिनहरूमा, परमेश्‍वर फेरि देह बन्नुभयो, र उहाँको देहधारणसितै उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो र परमेश्‍वरको राज्यको युग सुरु गर्नुभयो। परमेश्‍वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्नेहरू जति सबैलाई परमेश्‍वरको राज्यको युगतिर लगिनेछ, र यसबाहेक व्यक्तिगत रूपमा परमेश्‍वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्। येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नु भएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नकोनिम्ति येशू पापको बलि बन्न र मानिसको पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमाभ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभयो, र दण्ड अनि न्यायको काम सुरु गर्नुभयो। यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्‍यायो। उहाँको प्रभुत्वमुनि आउनेहरू सबैले अझ उच्च सत्यको आनन्द लिनेछन् र अझ ठूला आशिषहरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्य, बाटो र जीवन प्राप्त गर्नेछन्(वचन शरीरमा देखा पर्नुहुन्छ)। परमेश्‍वरका वचनहरू स्पष्ट छन्, प्रभु येशुले छुटकाराको कार्य गर्नुभयो मान्छेका पापहरूलाई क्षमा गर्नुभयो तर हाम्रो पापी स्वभाव अझै पनि बाँकी छ। हामीलाई सत्य प्रदान गर्न र हाम्रो पापी स्वभावलाई हटाउन हाम्रो पापलाई फाल्न र हामीलाई परमेश्‍वरको प्रतिरोध नगर्ने बनाउन प्रभुले अझै पनि न्याय र शुद्धीकरणको कार्य गर्नुपर्ने देखिन्छ। तबमात्र हामीले परमेश्‍वरको आज्ञा पालन गर्छौं र डर मान्छौं। परमेश्‍वरको राज्यमा प्रवेश गर्ने यो एउटा मात्र बाटो हो। मैले परमेश्‍वरको कार्यलाई बुझेकै थिइन। मलाई लाग्थ्यो हाम्रा पापहरूलाई क्षमा गरिन्छ र हामी स्वर्गमा प्रवेश गर्न सक्छौं। तर १० वर्षदेखिको विश्‍वास भएर पनि म अझै पापमा जिउँदै थिएँ। परमेश्‍वर पवित्र हुनुहुन्छ र कोही अपवित्र व्यक्तिले परमेश्‍वरलाई देख्न सक्दैन। अनि के पापको जीवन बाँचिरहेको कुनै व्यक्तिलाई परमेश्‍वरको राज्यमा लैजान सकिन्छ त? म दुबिधामा थिएँ, मैले बुझ्नै सकिन। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेपछि मैले महसुस गरेँ कि मैले परमेश्‍वरको कार्यको अति महत्वपूर्ण कदम—आखिरी दिनहरूमा गरेको न्यायको कार्य छुटाएको रहेछु। हाम्रो विश्‍वासमा, हामीले परमेश्‍वरको न्यायबाट गुज्रनै पर्छ ताकि हामी शुद्ध हुन सकौं, रक्षित हुन सकौं र राज्यमा प्रवेश गर्न सकौं।

म चर्च जाँदै हुर्किएँ। प्रभुका वचनहरूमा अरूको सङ्गति मलाई मन पर्थ्यो। बिहेपछि, मेरो पति र मैले मण्डलीको कामलाई पहिलो प्राथमिकता दियौं। हामी मण्डलीका सेवाहरूमा सकियो भएर लाग्थ्यौं। तर समय बित्दै जाँदा पाष्टरका उपदेशहरू मलाई निरस र फिक्का लाग्न थाल्यो, र उनी सधैँ चन्दा माग्थे। उनलाई हाम्रो जीवनको भन्दा धेरै चासो पैसाको थियो। पाष्टरहरू र एल्डरहरू मञ्चमा नै विवाद गर्थे र एक-अर्काको विरुद्ध षडयन्त्र बुन्थे। सेवाहरूमा थोरै मानिस उपस्थित हुन्थे, र जब उनीहरू उपस्थित हुन्थे, तब सतही कुराहरू गर्थे, र प्रवचन हुँदै गर्दा निदाउथे। मैले प्रभुको मार्गदर्शन महसुस गर्न सकिन। मण्डली सेवाहरूमा सहभागी हुँदा निरस लाग्न थाल्यो। मैले प्रभुका वचनहरू अभ्यास गर्न सकिँन र पापको जीवनमा नै रहिरहेँ। जब मेरो पति घर आउँथे र अनलाइन गेम मात्र खेलेको म देख्थें, मलाई रिस उठ्थ्यो र उनलाई कचकच र गाली गर्दै तिमी यो र त्यो गर भनी आदेश दिन्थें। उनी मेरो कुरा सुन्दैनथिए र म झन् रिसाउथें। उनले कुनै काम सुस्त गरेको देख्दा काम गर्ने ढङ्ग नै छैन भन्दै म उनको आलोचना गर्थें। उनले पनि मेरो आलोचना गर्दै भन्थे, “यतिका वर्षसम्म तिमी एक विश्‍वासी भएर पनि अलिकति पनि बदलिएकी छैनौ।” दोषी महसुस गर्दै, म प्रभु येशूको वचनहरू सम्झन्थें: “र किन तिमीहरू आफ्‍नो भाइको आँखामा भएको धूलोको कण देख्छौ, तर आफ्‍नै आँखामा भएको मुढालाई विचार गर्दैनौ? वा कसरी तिमीहरू आफ्‍नो भाइलाई म तिम्रो आँखाको धूलोको कण निकालिदिन्छु भनी भन्छौ; अनि, हेर, तिमीहरूका आफ्नै आँखामा मुढा छँदैछ?(मत्ती ७:३-४)। प्रभु भन्नुहुन्छ हामीले अरूको खराबी खोज्नु हुँदैन। हाम्रो आफ्नै खराबी छ कि भनी हेर्नुपर्छ। तर म मेरो पति र उनको व्यवहार सहनै सक्दिन थिएँ। म रिसाउथें र उनीसँग झगडा गर्न थाल्थें। हाम्रो सम्बन्ध बिग्रँदै थियो, र मलाई गाह्रो हुँदै थियो। परमेश्‍वर भन्नुहुन्छ, “तिमीहरू पवित्र होओ; किनभने म पवित्र छु(लेवी ११:४४)। परमेश्‍वर पवित्र हुनुहुन्छ र कुनै पनि अपवित्र व्यक्तिले उहाँलाई देख्न सक्दैन। तर मैले प्रभुका वचनहरू अभ्यास गर्न सकिन। मैले लगातार पाप गर्दै गएँ, यसको बन्धनबाट मुक्त हुन सकिन। म जस्तो व्यक्ति कसरी स्वर्गको राज्यमा प्रवेश गर्न सक्छ र? यो सोचले मलाई अधैर्य बनाउँदै लग्यो।

सेवापछि एक पटक मैले पाष्टरलाई मेरो समस्याको बारेमा सोधेँ। उनले भने, “चिन्ता नगर। हामीले बारम्बार पाप गरे पनि प्रभु येशुले हाम्रा पापहरूलाई क्षमा दिनुभएको छ। यदि हामीले प्रार्थना गरिराख्यौं र प्रभुसमक्ष पाप कबुल गरिरह्यौँ भने उहाँले हामीलाई स्वर्गको राज्यमा लैजानु हुनेछ।” उनले भनेका कुराले मेरो दुबिधाको समाधान गरेन। बाइबल भन्छ, “सबै मानिसहरूसँग शान्ति र पवित्रता कायम राख, त्यो विना कुनै पनि मानिसले प्रभुलाई देख्‍नेछैन” (हिब्रू १२:१४)। “किनभने यदि हामीले सत्यको ज्ञान प्राप्त गरिसकेपछि पनि जानी-जानी पाप गर्छौं भने, त्यस उप्रान्त पापहरूको निम्ति कुनै बलिदान बाँकी रहँदैन(हिब्रू १०:२६)। स्पष्ट लेखिएको छ यदि हामी जानाजान पाप गर्छौं भने ती पापहरूको लागि अब कुनै बलिदान हुनेछैन। के लगातार पाप गरिरहने मानिसलाई स्वर्गमा लगिन्छ? पाप गर्नबाट कसरी बच्ने मलाई थाहा थिएन, त्यसैले मैले मेरो सहनशीलता र क्षमामा कार्य गरें, तर मैले यसलाई व्यवहारमा ढाल्न सकिन। मैले फेरि पाष्टरको सहयोग खोजेँ। उनले आफ्नो टाउको हल्लाउँदै भने, “पाप गर्ने अनि कबुल गर्ने कुराको बारेमा मसँग कुनै समाधान छैन। पावलले पनि भनेका थिए, ‘किनभने ममा इच्‍छा त छ; तर जुन असल छ त्यो कसरी गर्ने म त्यो भेट्टाउँदिन। किनकि मैले गर्नुपर्ने असल काम म गर्दिनँ: तर मैले गर्न नहुने खराब काम नै म गर्छु’ (रोमी ७:१८-१९)। हामी पाप हुनबाट रोक्न सक्दैनौं, त्यसैले केवल प्रभुसमक्ष अझ बढी प्रायश्चित र कबुल गर, र म तिम्रो लागि अझ धेरै प्रार्थना गर्नेछु।” पाष्टरबाट यो कुरा सुन्नु झन् निराशाजनक थियो। मैले प्रभुलाई प्रार्थना गरें: “हे प्रभु, म पाप गर्न चाहन्न तर म आफूलाई रोक्न नै सक्दिन। पापको जीवन जिउनु पीडादायी हुन्छ, तर कसरी रोक्ने मलाई थाहा छैन। मलाई डर छ तपाईंले मलाई छोड्नुहुनेछ। प्रभु मलाई बचाउनु होस्।”

जहाँ मानिसले अन्त्य गर्छ त्यहाँ परमेश्‍वरले सुरु गर्नुहुन्छ। २०१८ को एक दिन सिस्टर सुजनसँग मेरो अनलाइन भेट भयो। हामीले बाइबलमा धेरै सङ्गति गर्यौं। बाइबलप्रति उनको समझ र सङ्गति ज्ञानपूर्ण थियो। त्यसैले मैले मेरो चिन्ता र समस्या उनीसँग साझा गरें। मैले भनें, “म वर्षौं देखि विश्‍वासी रहँदै आएको छु, तर म जति बेला पनि पाप गर्छु। स्वर्गको राज्यमा मैले प्रवेश पाउँदिन कि भन्ने मलाई चिन्ता लाग्छ। हाम्रो पाष्टर भन्छन् प्रभु येशुले हामीलाई क्षमा गर्नुभएको छ, हामीले प्रार्थना र पाप कबुल गर्यौं भने उहाँ आएको बेला हामीलाई स्वर्गमा लिएर जानुहुनेछ। मेरो हृदय दुबिधामा छ। तिम्रो यसमा के राय सुझाव छ?” सिस्टर सुजनले भनिन्, “यो सत्यको हो कि हामीलाई क्षमा गरिएको छ, तर यसको अर्थ हामी पापबाट शुद्ध वा मुक्त छौं भन्ने होइन। प्रभु येशूले भन्नुभयो, ‘पाप गर्ने जो-कोही पापको दास हो। अनि दास घरमा सदासर्वदा बस्दैन: तर पुत्रचाहिँ सदासर्वदा बस्छ(यूहन्‍ना ८:३४-३५)। ‘मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पूरा गर्छ जो स्वर्गमा हुनुहुन्छ(मत्ती ७:२१)। प्रभुले कहिल्यै भन्नु भएन कि हामीलाई क्षमा दिइएकोले हामीले परमेश्‍वरको राज्यमा प्रवेश पाउनेछौं, उहाँले हामीलाई भन्नुभयो कि पिताको इच्छा पालन गर्ने मात्र प्रवेश गर्न सक्छ। हाम्रा पापहरूलाई क्षमा दिइएको छ त्यसैले हामी परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्छौं भन्ने मान्छेको सोच निराधार रहेको छ। हाम्रो वर्षौंदेखिको विश्‍वासमा हामी एउटा कुरा देख्छौं: मानिसले विश्‍वास प्राप्त गरेपछि र उनीहरूको पाप क्षमा भइसकेपछि फेरि पनि उनीहरू पाप गर्ने अनि कबुल गर्ने अवस्थामै जिउन थाल्छन्। यसले देखाउँछ कि यो कुरा पापको बन्धन र अवरोधहरू तोड्नु सरह होइन; र हामी शुद्ध भयौं भन्ने पनि होइन। परमेश्‍वर पवित्र हुनुहुन्छ! पाप गर्ने र वहाँको प्रतिरोध गर्ने मानिसहरूले उहाँको राज्यमा प्रवेश गर्न पाउँदैनन्। परमेश्‍वरको आज्ञा पालन गर्ने र उहाँको इच्छा अनुसार गर्ने मात्र प्रवेश गर्न सक्नेछन्।” उनको सङ्गति सुनेर मलाई लाग्यो “हो! यदि परमेश्‍वरले पापीहरूलाई स्वर्गको राज्यमा प्रवेश दिने हो भने उहाँको पवित्रता कसरी अभिव्यक्त हुन सक्थ्यो?”

उनले आफ्नो सङ्गति जारी राखिन्। “हामीले प्रार्थना र कबुल गरे पनि, र प्रभुको शिक्षालाई अभ्यास गरे पनि, हामीले जतिसुकै प्रयास गरे पनि हामी अझै पनि पापले नै जकडिएका छौं। यसको पछाडि के कारण होला?” त्यसपछि उनले परमेश्‍वरको वचनहरू पढिन्। “येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नु भएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नकोनिम्ति येशू पापको बलि बन्न र मानिसको पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमाभ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभयो, र दण्ड अनि न्यायको काम सुरु गर्नुभयो। यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्‍यायो। उहाँको प्रभुत्वमुनि आउनेहरू सबैले अझ उच्च सत्यको आनन्द लिनेछन् र अझ ठूला आशिषहरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्य, बाटो र जीवन प्राप्त गर्नेछन्।” “किनकि मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएको हुन सक्छ, तर त्यसलाई परमेश्‍वरले मानिसका अपराधहरू सम्‍झनुहुन्‍न र मानिससँग उसको अपराधअनुसार व्यवहार गर्नुहुन्‍न भनेर मात्र मान्न सकिन्छ। तापनि, जब मासुको शरीरमा जिउने मानिस पापबाट छुटाइएको हुँदैन, उसले पापै मात्र गरिरहन सक्छ, यसरी अटुट रूपमा आफ्नो भ्रष्ट शैतानिक स्वभाव प्रकट गर्छ। यो मानिसले जिउने जीवन हो, जहाँ पाप गर्ने र क्षमा गरिने चक्र निरन्तर चलिरहन्छ। अधिकांश मानवजातिले दिनमा पाप गर्छन् र साँझमा मात्र त्यो स्वीकार गर्छन्। यसरी, पापको बलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि त्यसले मानिसलाई पापबाट बचाउन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभाव छ। … आफ्ना पापहरू थाहा पाउनु मानिसको निम्ति सजिलो छैन, उसले गहिरो जरा गाडेको आफ्‍नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन, र यो नतिजा प्राप्त गर्न ऊ वचनद्वारा गरिने न्यायमा भर पर्नुपर्छ। तब मात्र मानिस बिस्तारै यस बिन्दुबाट परिवर्तन हुन सक्छ” “न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट पदार्थलाई पूर्ण रूपमा चिन्‍नेछ, र ऊ पूर्णरूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अगि फर्केर आउनको योग्य हुन सक्छ। यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय र सजाय, साथै शोधनको माध्यमबाट, मानिसले आफ्नो भ्रष्टतालाई हटाउन र शुद्ध हुन सक्छ। कामको यस चरणलाई मुक्तिका निम्ति हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु धेरै उचित हुन्छ(वचन शरीरमा देखा पर्नुहुन्छ)

यो पढिसकेपछि सिस्टर सुजनले फेरि भन्न थालिन्: “हामीले छुटकारा पाएको, र हाम्रो पापहरू क्षमा गरिएको भए तापनि, हामीलाई पापतिर लैजाने हाम्रा शैतानिक स्वभावहरू अझै पनि समाधान भएका छैनन्! यही कारणले गर्दा हामी पाप गर्छौं र परमेश्‍वरलाई विरोध गर्छौं, र प्रभुका वचनहरूको अभ्यास गर्न सक्दैनौं! अनुग्रहको युगमा प्रभु येशूको छुटकारा हामीलाई पापबाट छुटकारा दिनको लागि थियो ताकि हामी कानुनद्वारा दोषी ठहरिनबाट बच्न सकौं, र परमेश्‍वरको अगाडि उभिन योग्य भएर उहाँको अनुग्रहको आनन्द लिन सकौं। उहाँले हाम्रा पापहरूलाई क्षमा गर्नुभएको भए तापनि, हाम्रो शैतानिक स्वभाव समाधान भएको थिएन। हामी अझै पनि साँच्‍चै घमण्डी, छली र दुष्ट छौं। हामी आफ्नो बारेमा अति धेरै सोच्छौं, हाम्रो भनाइ नै अन्तिम होस् भन्ने चाहन्छौं र हाम्रो तरिकाले नै कामहरू होस् भन्‍ने अपेक्षा गर्छौं। जब कसैले हामीलाई मन नपर्ने कुरा गर्छ, हामी उनीहरूलाई गाली गर्छौं र दबाउँछौं। हामी झूटो बोल्छौं र छल गर्छौं, र परमेश्‍वरको अघि हामीले गर्ने प्रार्थनाहरू खोक्रा शब्दहरू हुन्छन्। हामी परमेश्‍वरको आज्ञापालन गर्ने र उहाँलाई प्रेम गर्ने बारेमा कुरा गर्छौ, तर हरेक कुरा हामी आफ्नै फाइदाको लागि गर्छौं। केवल परमेश्‍वरको आशिष्‌को लागि मात्रै हामी आफूलाई अर्पण र बलिदान गर्छौं। जब हामी आशिषित हुन्छौं हामी खुशी हुन्छौं, तर जब हामी कठिनाइहरू झेल्छौं, हामी गुनासो गर्छौं। हामी परमेश्‍वरको अस्तित्वलाई समेत नकार्न सक्छौं। यी भ्रष्ट स्वभावहरू पापभन्दा पनि खराब छन्। यदि समाधान नगरिए, हामीले दुष्कर्म गर्न सक्ने र परमेश्‍वरको विरोध गर्ने सम्‍भवना हुन्छ। हामी अझै पनि पापले भरिएका छौं। कसरी हामी परमेश्‍वरको राज्यको लागि योग्य छौं र? त्यसैले प्रभु येशुले फर्कने प्रतिज्ञा गर्नुभयो! सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्केर आउनुभएको प्रभु येशू हुनुहुन्छ। उहाँले मानवजातिलाई मुक्ति दिनकै लागि सबै सत्यहरू व्यक्त गर्नुभयो। उहाँले न्यायको कार्य गर्नुहुन्छ। यो मानवजातिको भ्रष्ट स्वभाव समाधान गर्नको लागि हो, पाप गर्ने र परमेश्‍वरको विरोध गर्ने हाम्रो समस्यालाई उखेलेर फाल्नलाई हो, र हामीलाई शुद्ध गरेर उद्धार गर्नको लागि हो, र हामीलाई उहाँको राज्यमा ल्याउनको लागि हो।” “सर्वशक्तिमान्‌ परमेश्‍वरको कार्यले प्रभु येशूका वचनहरूलाई पूरा गर्छ: ‘मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)। ‘किनभने म संसारलाई न्याय गर्न होइन, तर बचाउन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ(यूहन्ना १२:४७-४८)। १ पत्रुसले भन्छ: ‘किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरु हुने समय आएको छ(१ पत्रुस ४:१७)। परमेश्‍वरको न्यायलाई स्वीकार गरेर हामीले सत्यलाई प्राप्त गर्न सक्छौं। हामी शुद्ध हुन सक्छौं, र त्यसपछि मात्र हामी परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्छौं।”

सिस्टर सुजनको सङ्गति ज्योतिले भरपूर र बाइबलप्रति सत्य थियो। म विश्‍वस्त भएँ। अनुग्रहको युगमा प्रभु येशूले छुटकाराको कार्य मात्र गर्नुभयो, तर त्यसले मानवजातिको पापी प्रकृतिलाई समाधान गरेन। हाम्रो विश्‍वासले मात्र हाम्रा पापहरूलाई क्षमा गर्न सक्छ, र हामीले हाम्रो पापमय स्वभावको जरालाई उखालेर, धोइनको लागि परमेश्‍वरको आखिरी दिनहरूको न्यायलाई स्वीकार गर्नैपर्छ। मेरा आँखा खुले। मैले अनुभव नगरेको परमेश्‍वरको कार्यको एउटा चरण थियो। मैले सुनें, कि प्रभु येशू पहिले नै फर्किसक्‍नुभएको छ र मानवजातिलाई शुद्ध पारेर मुक्ति दिन र हामीलाई परमेश्‍वरको राज्यमा ल्याउनको लागि न्यायको कार्यहरू गर्न सत्यताहरूलाई व्यक्त गर्नुभएको छ। म उत्साहित भएँ, मैले तत्कालै सिस्टर सुजनलाई सोधेँ, “परमेश्‍वरको न्यायको कार्यले हामीलाई कसरी शुद्ध बनाउँछ?”

उनले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका केही वचनहरू पढेर सुनाइन्! ल अब ती वचनहरू सँगै पढौं। “वर्तमान देहधारणमा परमेश्‍वरको काम मुख्य रूपले दण्ड र न्यायको माध्यमद्वारा उहाँको स्वभाव व्यक्तगर्नु हो। यही जगमा निर्माण गर्दै, उहाँले मानिसमा अझ धेरै सत्यता ल्याउनुहुन्छ, र उसलाई अभ्यास गर्ने अझ धेरै तरिकाहरू औल्याउनुहुन्छ, त्यसरी मानिसलाई जित्ने र उसको आफ्नै भ्रष्ट स्वभावबाट उसलाई मुक्त गर्नेउहाँको उद्देश्य प्राप्त गर्नुहुन्छ। राज्यको युगमा परमेश्‍वरको कामको पछि रहेको कुरा यही हो” “आखिरी दिनहरूमा ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको वासस्थान हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। न्यायको आफ्नो कामलाई कार्यान्वयन गर्नुहुँदा परमेश्‍वरले थोरै वचनहरूद्वारा मानवको स्वभावलाई स्पष्ट मात्र पार्नुहुन्न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म छिँवल्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरमा समर्पित हुनका लागि पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। न्यायको कामले मानवलाई परमेश्‍वरको इच्छा, परमेश्‍वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको गहिरो बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सारतत्व, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो(वचन शरीरमा देखा पर्नुहुन्छ)

सिस्टर सुजनले उनको सङ्गतिलाई जारी राखिन् “आखिरी दिनहरूमा, परमेश्‍वरले न्यायको कार्य गर्न र मानवजातिलाई धोएर मुक्ति दिन, र उहाँको सम्पूर्ण कार्यको रहस्य खोल्न सत्य व्यक्त गर्नुहुन्छ। उहाँले मानवजातिको भ्रष्टपनको सत्य खोल्नुभयो, र परमेश्‍वरलाई विरोध गर्ने हाम्रो प्रकृतिलाई उदाङ्गो र चिरफार गर्नुभयो, हाम्रो प्रकृतिमा कस्तो शैतानिक विषहरू छन् भनी हामीलाई भन्नुभयो, यी विषहरूले कस्ता भ्रष्ट स्थितिहरू र सोचहरू उब्जाउँछन्, र तिनीहरूलाई कसरी समाधान गर्ने सो बताउनुभयो। परमेश्‍वरका वचनहरूले परमेश्‍वरप्रतिको समर्पण के हो, परमेश्‍वरप्रतिको वास्तविक प्रेम के हो, र कसरी एउटा इमान्दार व्यक्ति बन्ने भन्ने कुरा स्पष्ट पार्छ। यी कुराहरूले हामीलाई हाम्रो भ्रष्टतालाई फालेर कसरी मुक्ति प्राप्त गर्ने भन्ने कुरा देखाउँछन्। तिनीहरूले परमेश्‍वरको पवित्र र धर्मी स्वभाव पनि देखाउँछन्। प्रभुको न्याय र दण्डबाट गुज्रेर हामी सत्यलाई बुझ्छौं, र हाम्रो भ्रष्टताको सारलाई बुझ्छौं। त्यसपछि हामी शैतानले हामीलाई कसरी भ्रष्ट गरेको छ भन्ने कुरालाई घृणा गर्न पुग्छौं, परमेश्‍वरको अगाडि झुकेर प्रायश्चित गर्छौं, र सत्यको अभ्यास गर्छौं। हाम्रा भ्रष्ट स्वभावहरू विस्तारै परिवर्तन हुन्छन्, र हामीले परमेश्‍वरको सम्मान र आज्ञाकारिता प्राप्त गर्दै पाप र परमेश्‍वरको प्रतिरोध कम गर्दै जान्छौं।” सिस्टर सुजनले आफ्‍नो व्यक्तिगत अनुभव व्यक्त गरिन्। उनले सधैँ आफूलाई अरूभन्दा बढी सक्षम रहेको सोच्‍ने गर्थिन्, उनी आत्मकेन्द्रित थिइन् र मानिसहरूलाई जबरजस्ती आफ्नो विचारहरू स्वीकार गराउँथिन्। उनले कुनै पनि विरोधीलाई बहिष्कार र निन्दा गर्थिन्। यसले उनीहरूलाई दुःखी र चुप बनाउँथ्यो। न्याय र परमेश्‍वरका वचनहरूको प्रकटीकरणबाट उनले तिनी “म मात्र सर्वोच्च शासन गर्छु” भन्‍ने शैतानको नियमहरूद्वारा बाँचेकी रहेछिन् भन्‍ने तिनले महसुस गरिन्। उनी अत्यन्तै जिद्दी र घमण्डी थिइन्, अरूले उनको विचारहरूलाई सत्य मानेर पालना गर्नुपर्छ भन्ने चाहन्थिन्। तिनले परमेश्‍वरको अनादर गर्थिन् र अविवेकी थिइन्। यसलाई परमेश्‍वर र मानिसहरूले घृणा गरे। उनी सधैँ मानिसहरूले उनको कुरा सुनून् भन्ने चाहन्थिन्, र यो शैतानिक स्वभाव हो। शैतान अभिमानी छ र परमेश्‍वरको बराबरी हुन चाहन्छ। त्यसले मानिसहरूलाई नियन्त्रण गर्न, मानिसहरूले त्यसलाई सुन्‍न र सम्मान गर्न लगाउँछ, त्यसैले परमेश्‍वरले त्यसलाई श्राप दिनुभयो। जब उनले आफ्नो समस्याको प्रकृति र परिणाम महसुस गरिन् उनलाई डर लाग्यो, उनले आफैलाई घृणा गरिन्, त्यसपछि सत्यको अभ्यास गरिन्। अरूसँगको कुराकानीमा उनी नरम हुन थालिन्। उनले उनीहरूलाई होच्याउने र दबाउने गर्न छोडिन्। उनले अन्य मानिसहरूको विचारहरू स्वीकार्न सक्थिन्, र मानिसहरूसँगको उनको सम्बन्ध सुधार भयो। परमेश्‍वरका वचनहरूमा उनको सङ्गति र उनको अनुभव सुनेर मेरो हृदय उज्यालो भयो। तसर्थ, परमेश्‍वरले न्याय गर्न र हाम्रो भ्रष्ट स्वभावहरूलाई शुद्ध पार्न उहाँका वचनहरू प्रयोग गर्नुहुन्छ। हामीलाई उद्धार गर्ने परमेश्‍वरको कार्य व्यवहारिक छ! मैले वर्षौंदेखि विश्‍वास गरेँ, तर पापबाट मुक्त हुन सकिन। म भयङ्कर पीडामा थिएँ, तर मैले मार्ग भेटेँ!

त्यसपछि मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्न सुरु गरें, फिल्महरू हेर्न र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका भजनहरू सुन्न थालें। परमेश्‍वरका वचनहरूमा हुने सङ्गति भेलाहरूमा पनि म आबद्ध भएँ। मैले पवित्र आत्माको कार्यलाई महसुस गर्न सक्थें। पहिले कहिल्यै थाहा नपाएको रहस्यहरू र सत्यहरू मैले बुझेँ। मैले यसमा आनन्द लिइरहेको थिएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्किएर आउनुभएका प्रभु येशू हुनुहुन्छ भन्ने मैले थाहा पाएँ।

मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका अझ धेरै वचनहरू पढेँ र मेरो घमण्डी स्वभावको बारेमा बुझेँ। मैले घमण्ड देखाउने गर्थें र अरूलाई गाली गर्थें र त्यो शैतानिक स्वभाव थियो। परमेश्‍वरले त्यसलाई घृणा गर्नुहुन्छ। प्रायश्चित गर्न मैले परमेश्‍वरलाई प्रार्थना गरें। मैले अबदेखि त्यो तरिकाले व्यवहार गर्न र अरूको खराबीहरूमा केन्द्रित हुन चाहिन। यो असमझदारपूर्ण कुरो हुन्छ। जब मेरो पतिले मैले मन नपराउने केही गरेको देख्थें, मेरो हृदय शान्त पार्न म परमेश्‍वरलाई प्रार्थना गर्थें र उहाँसँग शान्त भई बोल्थें। एक दिन मेरो पतिले मलाई भन्‍नुभयो, “तिमीले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि तिमी बदलिएकी छौ! तिमी पहिलेजस्तो रिसाउँदिनौ, र तिमी शान्त भएर कुराकानी गर्न सक्छौं।” मैले हृदयदेखि नै परमेश्‍वरलाई धन्यवाद दिएँ। मलाई थाहा थियो मेरो उपलब्धि परमेश्‍वरका वचनहरूबाट नै आएका थिए। मलाई के कुराले अचम्‍मित तुल्यायो भने जब मेरो पतिले यो देख्‍नुभयो, उहाँले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्न सुरु गर्नुभयो र उहाँलाई स्वीकार गर्नुभयो। मेरो पतिले परमेश्‍वरका वचनहरूबाट के कुरा महसुस गर्नुभयो भने शैतानले अनलाइन गेमहरूमार्फत् मानिसलाई लोभ्याउँछ, नियन्त्रण गर्छ र भ्रष्ट बनाउँछ। उहाँले अनलाइन गेमहरू खेल्नुको खतरालाई बुझ्‍न थाल्‍नुभयो, र ती गेमहरूबाट अब उहाँ लोभिन छाड्नुभयो। हामीले विवाद गर्न छोड्यौं। हामी परमेश्‍वरका वचनहरू पढ्छौं, र एक-अर्कासँग सङ्गति गर्छौं। जब हामी कुनै कठिनाइको सामना गर्छौं तब समाधान पत्ता लगाउन हामी परमेश्‍वरका वचनहरूबाट सत्य खोज्छौं। सर्वशक्तिमान्‌ परमेश्‍वरको न्यायको कार्य मलाई नै चाहिएको हो भन्‍ने म महसुस गर्छु, र हामीलाई शुद्ध गर्न र पूर्ण रूपमा उद्धार गर्न महत्त्वपूर्ण छ। मैले स्वर्गको राज्यमा प्रवेश गर्ने मार्ग भेटेँ। परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

विद्रोहीले पश्चात्ताप गर्छ

गु वेनकिंग: म सन् १९९० मा इसाई बनें। एक जना मण्डली अगुवा थिए जसले बाइबल हाम्रो विश्‍वासको जग हो र हामीले विश्‍वासीहरूको हैसियतमा बाइबल पालन...

शुद्ध मानिसहरू मात्रै स्वर्गको राज्यमा प्रवेश गर्छन्

सारा, अमेरिका जब मैले प्रभुमा विश्‍वास गरेँ, तब मैले प्रायजसो के सुन्‍ने गर्थेँ भने, प्रभुले हामीलाई हाम्रा छिमेकीलाई पनि आफूलाई जस्तै...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्