सहजताको पछि लाग्‍दा आउने परिणामहरू

2 अप्रिल 2022

मण्डलीमा मैले पूरा गर्ने कर्तव्य भनेको स्पेसल इफेक्ट्सहरू बनाउनु हो। उत्पादनको अवधिमा, जब मेरा प्रोजेक्टहरू जटिल हुन्छन्, तब हरेक फ्रेमको इफेक्टको जाँच गरेर बारम्बार परिमार्जन गर्नुपर्छ, र धेरै पटक असफल भइन्छ। जब मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूका प्रोजेक्टहरू तुलनात्मक रूपमा सरल भएको र र तिनीहरूले अझै धेरै प्रोजेक्टहरू पूरा गरेको देख्थेँ, तब मलाई लाग्थ्यो, “मेरो प्रोजेक्टको प्राविधिक मापदण्डहरू उच्‍च छन्, मैले सोच्‍ने, सामग्रीहरू पत्ता लगाउने र अध्ययन गर्ने गरेर धेरै समय बिताउनुपर्छ, र उत्पादन चक्र निकै लामो हुन्छ। यदि प्रोजेक्टहरू सरल भएको भए, त्यति धेरै समस्या नै हुँदैनथियो। मैले केही सरल विधि र सीप मात्रै सिक्नुपर्थ्यो, र उत्पादन चक्र पनि निकै छोटो हुन्थ्यो, त्यसले प्रोजेक्टहरू त्यति जटिल बनाउँदैनथियो।” त्यसपछि, मेरा कर्तव्यहरूमा, मैले कुन-कुन प्रोजेक्टहरू कठिन छन् र कुन-कुन सरल छन् भनेर गणना गर्थेँ, अनि त्यही अनुसार कुन प्रोजेक्ट लिने भनेर निर्णय गर्थेँ। एक पटक, मैले सरल प्रोजेक्ट लिएँ, र जटिल प्रोजेक्टहरू मेरा दाजुभाइ-दिदीबहिनीहरूको निम्ति छोडिदिएँ। जब मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूले सहजै सहमति जनाएको देखेँ, मलाई अलिक असहज लाग्यो: “के म कठिनाइको बेला पछि हटिरहेकी थिइनँ र?” तर त्यसपछि मैले सोचेँ, “कठिन प्रोजेक्टहरूले मेरो धेरै समय र शक्ति लिन्छ, र त्यसका लागि धेरै मानसिक प्रयास लगाउनुपर्छ, त्यसकारण मैले सरल प्रोजेक्टहरू छनौट गर्नु नै राम्रो हुन्छ।” पछि, मलाई मेरो एउटा स्पेसल इफेक्ट्स् प्रोजेक्टहरूमा सुधार हुने ठाउँ छ भन्‍ने लाग्यो, तर त्यसलाई परिवर्तन गर्नका लागि मैले मेहनत गरिनँ, र मेरा दाजुभाइ-दिदीबहिनीहरूले कुनै समस्या देखेनन्, त्यसकारण मैले त्यसलाई परिवर्तन गरिनँ तर त्यतिकै छोडिदिएँ। कहिलेकहीँ, जब समस्याहरू आइपर्थे, म त्यसको बारेमा एकछिन मात्रै विचार गर्थेँ, त्यसपछि मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई सोध्‍न जान्थेँ। यसरी म तुरुन्तै समस्या समाधान गर्न सक्छु र म थाक्नु पर्दैन भन्‍ने मलाई लाग्थ्यो, त्यसकारण यो मेरा कामहरू पूरा गर्ने सहज तरिका थियो। तर जब म यसो गर्थेँ, मलाई आत्म-ग्लानिको महसुस हुन्थ्यो। कतिपय प्रश्‍नहरू वास्तवमा सरल हुन्थे, र मैले अलिक प्रयास गर्दा ती समाधान गर्न सक्थेँ, र मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई सोध्दा त्यसले तिनीहरूको कर्तव्यमा बाधा दिन्थ्यो, तर मैले आफै मनन गर्ने वा बुझ्‍ने प्रयास गर्दिनथिएँ। त्यसकारण, मैले मेरा कर्तव्यहरू पूरा गर्ने तरिकामा यस प्रकारको चलाकी गर्नु सामान्य नै भयो।

त्यसपछि, म भिडियो प्रडक्सनको कर्तव्यमा सरेँ। भिडियोहरू बनाउने बाहेक, मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई अध्ययन गर्न र सबै जनाको सीप वृद्ध गर्न अगुवाइ गर्नुपर्थ्यो, त्यसकारण मैले सामान्यभन्दा बढी नै काम गर्नुपर्थ्यो। मैले व्यवसायी सीपहरू सिक्नु मात्रै होइन, मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूका आवश्यकताहरू अनुसार सामग्रीहरू खोजेर पाठहरू तयार पनि गर्नुपर्थ्यो। यो सबै कठिन र थकाइलाग्दो काम जस्तो लाग्थ्यो। म सोच्थें, “पहिलेको मेरो कर्तव्य निकै राम्रो थियो। मलाई त्यति धेरै बोझ र दबाब हुँदैनथियो। मैले आफ्नै प्रोजेक्टहरू मात्रै पूरा गर्नुपर्थ्यो। अहिले, मसँग अत्यन्तै धेरै काम छन्, र चिन्ता गर्नुपर्ने विषय धेरै छन्।” यो सबैको बारेमा विचार गर्दा मलाई टाउको दुख्थ्यो। पछि, मैले कसरी समय बचत गरेर थकाइलाई कम गर्न सक्छु भन्‍ने बारेमा सोच्‍न थालेँ, र मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई स्पेसल इफेक्ट्स् सम्‍बन्धी ट्युटोरियलहरू पठाउने निर्णय गरेँ। त्यसरी, दाजुभाइ-दिदीबहिनीहरूले ती अध्ययन गर्न सक्थे र मैले सामग्री खोज्न समय बिताउनु पर्दैनथियो। मैले यसको बारेमा जति विचार गरेँ, मलाई त्यति नै त्योभन्दा राम्रो उपाय अरू हुन सक्दैन भन्‍ने लाग्यो। केही समयपछि, ती ट्युटोरियलहरूले समस्याहरू समाधान गरेनन् भनी मेरा दाजुभाइ-दिदीबहिनीहरूले भने। त्यो बेला, मलाई अलिक दया लाग्यो, त्यसकारण अरू कुनै विकल्प नभएकोले, मैले सबैलाई सरल तरिकाले सिकाउन सामग्रीहरू खोजेँ, र सोचेँ, “अब, मैले सबैका लागि पाठहरू मिलाइसकेको छु, त्यसकारण मेरो काम सकियो।” केही समयपछि नै हाम्रा समूह अगुवाले भन्‍नुभयो, “हालै दाजुभाइ-दिदीबहिनीहरूले के भनेका छन् भने प्राविधिक समस्याहरूले भिडियो प्रडक्सनको गुणस्तर अत्यन्तै न्यून भएको छ र यसका लागि बारम्बार काम दोहोर्याउनुपर्छ, जसले गर्दा प्रगतिमा ढिलाइ भइरहेको छ।” यो कुरा सुनेपछि, मैले आफै मनन गर्ने वा आफूलाई बुझ्‍ने प्रयास गरिनँ, र यो कर्तव्यमा दुःख भोग्‍नु र मूल्य चुकाउनु मात्रै होइन, तर गल्ती भएमा त्यसको जिम्‍मेवारी पनि लिनु पर्ने हुन्छ, त्यसकारण मलाई उप्रान्त त्यो कर्तव्य पूरा गर्न मन लागेन। एक दिन, मेरो अगुवा मकहाँ आउनुभयो र मेरा कर्तव्यहरूमा झारा टार्ने र चतुर हुने काम गरेकोमा मलाई खुलासा गर्नुभयो, र अवस्था परिवर्तन भएन भने, मलाई हटाइनेछ भनेर निराकरण गर्नुभयो। मेरो अगुवाको कुरा सुनेपछि, मैले मेरो कर्तव्यमा झारा टारिरहेको छु भन्‍ने कुरालाई स्वीकार गरे पनि, मलाई कुनै पश्‍चात्ताप भएन। मैले भविष्यमा मेरा कर्तव्यहरूमा सामना गर्नुपर्ने कठिनाइ र समस्याहरूको बारेमा विचार गर्दा, मलाई यो कर्तव्य पूरा गर्न मन लाग्न छोड्यो। म अलिक सजिलो कर्तव्यमा सर्न चाहन्थेँ। भोलिपल्ट, म मेरो अगुवाकहाँ गएँ र भनेँ, “ममा यो कर्तव्य पूरा गर्न सक्‍ने क्षमता छैन। म अर्को कर्तव्यमा सर्न चाहन्छु।” त्यो कुरा सुनेपछि उहाँले मलाई यसो भन्दै निराकरण गर्नुभयो, “तपाईंले साँच्चै यो कर्तव्य पूरा गर्न सक्‍नुहुन्न? के तपाईंले साँच्चै प्रयास गर्नुभयो? तपाईं जटिल कामबाट टाढा बस्‍नुहुन्छ, तपाईं सधैँ झारा टार्नुहुन्छ र चलाकी गर्ने प्रयास गर्नुहुन्छ, र तपाईंको मानवता खराब छ। ती व्यवहारहरूलाई हेर्दा त तपाईं यो कर्तव्यका लागि योग्य हुनुहुन्न।” मेरो अगुवाको कुरा सुनेपछि, मेरो हृदय अचानक खाली भएको जस्तो लाग्यो। स्टुडियोमा, अरू सिस्टरहरू आफ्नो कर्तव्यमा व्यस्त भइरहेको देखेँ, तर मलाई निष्कासन गरिएको थियो र मैले मेरो कर्तव्य गुमाएकी थिएँ र म अत्यन्तै दुःखी भएँ। मैले साँच्चै मेरो कर्तव्य गुमाउन सक्छु भन्‍ने मैले कहिल्यै विचार गरेकी थिइनँ। त्यो बेला, मैले मनमनै आफ्नो बचाउ पनि गरिरहेकी थिएँ, “मैले यो कर्तव्य चाहेकी थिइनँ, तर मलाई अर्को कर्तव्य दिइएको भए हुनेथियो। किन मेरा कर्तव्यहरू पूरा गर्ने मेरो योग्यतालाई अमान्य गरिएको छ?” तर त्यसपछि मैले सोचेँ, “सबै थोकमाथि परमेश्‍वरको सार्वभौमिकता छ। मेरो निष्कासन परमेश्‍वरको धर्मी स्वभावबाट आएको हो। मैले आज्ञापालन गरेर आफ्नो बारेमा मनन गर्नुपर्छ।” त्यसपछिका दिनहरूमा, मेरो अगुवाले मलाई पदबाट हटाउनुभएको दृश्य मेरो मनमा चलचित्र झैँ बारम्बार देखा परिरह्यो। अगुवाले भन्‍नुभएको कुरा विचार गर्दा, मलाई खिन्‍न लाग्थ्यो, विशेष गरी मेरो मानवता खराब छ भनेर भन्‍नुभएको कुरा विचार गर्दा। कसरी मनन गर्ने वा आफूलाई चिन्ने मलाई थाहा थिएन, त्यसकारण, पीडामा रही, आफूलाई बुझ्न मलाई अगुवाइ गर्नुहोस् भनी अनुरोध गर्न मैले परमेश्‍वरलाई प्रार्थना गरेँ।

पछि, मैले परमेश्‍वरका वचनहरूमा एउटा खण्ड देखेँ, “कनै पनि कुरालाई अमर्यादित र गैरजिम्मेवार ढंगले सम्हाल्नु भ्रष्ट स्वभावभित्र पर्ने कुरो होइन र? कुन कुरा? यो फोहोरीपन हो; हरेक मामिलामा, तिनीहरू भन्छन्, ‘त्यो लगभग सही छ’ र ‘काफी नजिक छ’; यो ‘होला,’ ‘सायद,’ र ‘पाँचमा चार’ को मनोवृत्ति हो; तिनीहरू कामचलाउ तवरले काम गर्छन्, न्यूनतम मात्रामा काम गर्नमा सन्तुष्ट छन्, र तिनीहरू जसोतसो काम टार्दै अघि बढ्नमा सन्तुष्ट छन्; तिनीहरू कुनै पनि कुरालाई गम्भीर रूपमा लिनु र ठ्याक्‍कै मिल्ने गरी प्रयास गर्नुको कुनै अर्थ देख्दैनन्, तिनीहरूले सिद्धान्तहरूको खोजी गर्नुमा कुनै अर्थ देख्‍ने त कुरै नगरौँ। के यो भ्रष्ट स्वभावभित्र पर्ने कुरा होइन र? के यो सामान्य मानवताको प्रकटीकरण हो र? यसलाई अहङ्‍कार भन्‍नु सही हुन्छ, र यसलाई दुराचारी भन्‍नु पनि सम्पूर्ण रूपमा उचित नै हुन्छ—तर यसलाई पूर्ण रूपमा बुझ्‍नको निम्ति मिल्‍ने शब्द ‘फोहोरी’ हो। यस्तो फोहोरीपन बहुसङ्‍ख्यक मानिसहरूको मानवतामा विद्यमान छ; हरेक मामिलामा, कुन कुरालाई त्यत्तिकै छोडेर हिँड्न सकिन्छ भनेर तिनीहरूले सम्भव भएसम्म कम गर्ने इच्छा राख्छन्, र तिनीहरूले गर्ने हरेक कुरामा छलको गन्ध पाइन्छ। तिनीहरूले अरूलाई सकेसम्म धोका दिन्छन्, सकेसम्म चोर बाटो अपनाउँछन् र कुनै पनि विषयको बारेमा सोच्दै धेरै समय विताउन वा दिमाग चलाउन मन गर्दैनन्। तिनीहरूले मनमनै विचार गर्छन्, ‘जबसम्म म खुलासा हुनबाट बच्‍न सक्छु र मैले कुनै समस्या खडा गर्दिन र मलाई जवाफदेही बनाइँदैन, तबसम्म म झारा टार्दै अघि बढ्न सक्छु। काम राम्ररी गर्नु भनेको त्यसलाई पर्ने मूल्यभन्दा धेरै दुःख गर्नु हो।’ यस्ता मानिसहरूले निपुण हुने गरी केही पनि सिक्दैनन्, अनि तिनीहरूले आफूलाई मेहनतसाथ अध्ययन गर्नमा सामेल गर्दैनन्। तिनीहरूले विषयको बृहत् रूपरेखा मात्र प्राप्त गर्न चाहन्छन् तर आफूलाई त्यस विषयको प्रवीण भन्‍छन्, र लटरपर गर्दै अगाडि बढ्नलाई त्यसैमा भर पर्छन्। कुनै पनि कुराहरूप्रति मानिसहरूको मनोवृत्ति यही हुन्छ होइन र? के यो असल मनोवृत्ति हो त? मानिस, घटना र विभिन्‍न कुराहरूप्रति यस्ता मानिसहरूले अवलम्बन गर्ने यस्तो किसिमको मनोवृत्तिलाई थोरै शब्दहरूमा ‘लटरपटर गर्दै अघि बढ्नु’ भनिन्छ र यस्तो फोहोरीपन सबै भ्रष्ट मानवजातिमा विद्यमान छ। आफ्नो मानवतामा फोहोरीपन भएका मानिसहरूले आफूले गर्ने जुनसुकै कुरामा ‘लटरपटर पार्दै अघि बढ्ने’ दृष्टिकोण राख्छन्। के यसले तिनीहरूलाई कुनै कुरा राम्रोसँगले गर्न दिन्छ त? दिंदैन। त्यसो भए, के तिनीहरू केही कार्य गर्न सक्षम हुन्छन् त? यो त झनै असम्भव छ(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग दुई)”)। “कसैले भद्र र नीच मानिसहरूबीचको भिन्‍नता कसरी बताउन सक्छ? मानिस, घटना र विभिन्‍न कुराहरूसँग व्यवहार गर्दा तिनीहरूको मनोवृत्ति र चालचलनलाई हेर्—उनीहरूले कसरी काम गर्छन्, कुनै कुरालाई कसरी सम्हाल्छन् र कुनै समस्या पैदा हुँदा तिनीहरूले कसरी व्यवहारलाई गर्छन् त्यसलाई हेर्। चरित्र र प्रतिष्ठा भएका मानिसहरू आफ्ना कार्यमा सावधान, गम्भीर र मेहनती हुन्छन् र तिनीहरू बलिदान गर्न राजी हुन्छन्। चरित्र र प्रतिष्ठा नभएका मानिसहरू आफ्ना कार्यमा अव्यवस्थित र असावधान हुन्छन्, तिनीहरू सधैँ कुनै न कुनै छल गर्ने र सधैँ लटरपटर गर्दै अघि बढ्ने हुन्छन्। तिनीहरूले निपुण हुने गरी कुनै सिप सिक्दैनन् र तिनीहरूले जति धेरै अध्ययन गरे तापनि सिप वा पेशाको विषयमा अज्ञानताले स्तम्भित रहन्छन्। यदि तैँले तिनहरूलाई जवाफ दिनको निम्ति दबाब दिँदैनस् भने, तिनीहरू सबै ठीकै देखिन्छन्, तर जब तैँले तिनीहरूलाई दबाब दिन्छस्, तिनीहरू त्रसित हुन्छन्—पसिनाले तिनीहरूको आँखीभौं भिज्छ र तिनीहरूसँग जवाफ हुँदैन। ती तल्लो स्तरको चरित्र भएका मानिसहरू हुन्(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग दुई)”)। परमेश्‍वरका वचनहरूले मेरो हृदय छेड्यो, विशेष गरी उहाँका यी वचनहरूले, “तिनीहरूले अरूलाई सकेसम्म धोका दिन्छन्, सकेसम्म चोर बाटो अपनाउँछन्,” “चरित्र र प्रतिष्ठा नभएका,” र “तल्लो स्तरको चरित्र।” हरेक शब्दले मैले मेरो कर्तव्यमा देखाएको आचरण र मेरो मानवतालाई प्रकट गर्यो। मैले मेरो कर्तव्यहरू ठीक यसरी नै पूरा गरेको हुँ भन्‍ने मैले महसुस गरेँ। मैले गर्ने सबै कुरामा मैले झारा टार्ने काम गरेँ, र मापदण्डसम्‍म पुग्ने किसिमले मात्रै कामहरू गरेँ। मैले हरेक कुरामा मेरा देहका चासोहरूलाई ध्यान दिएँ, कष्टबाट बच्ने उपायहरू खोजेँ, र मैले आफ्नो कर्तव्य कसरी राम्ररी पूरा गर्ने त्यस बारेमा कहिल्यै विचार गरिनँ। देहगत सहजताका लागि, र कष्ट-भोग र मूल्य चुकाउनबाट बच्‍नका लागि, मैले स्पेसल इफेक्ट्स् उत्पादन गर्दा सधैँ सजिलो प्रोजेक्टहरू लिन्थेँ। उत्पादन प्रक्रियामा, समस्याहरू र सुधार हुने ठाउँ देख्दा, ती कुरा कसैले देखेको छैन भने, म त्यसलाई त्यतिकै छोडिदिन्थेँ। मेरो भिडियो प्रडक्सन गर्ने कर्तव्यमा, मैले निश्‍चित क्षेत्रको सीप सिक्नुपर्थ्यो र ती कुरा सिक्न मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई अगुवाइ गर्थेँ। मलाई यो कर्तव्य अत्यन्तै तनावपूर्ण छ र यसले धेरै दुःख ल्याउँछ भन्‍ने लाग्थ्यो, र यसको बारेमा विचार गर्दा समेत मलाई थकाइ लाग्थ्यो, त्यसकारण मेरो देहगत सहजताका लागि, मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई आफै सिक्न लगाउन चलाकीहरू र चतुरता प्रयोग गर्ने प्रयास गरेँ, जसको अर्थ तिनीहरूको सीप कहिल्यै सुधार भएन, तिनीहरूको कर्तव्य कम प्रभावकारी भए, र कामको प्रगतिलाई ढिलाइ गर्यो। मेरो कर्तव्यहरूमा, मैले जताततै चलाकी र छलको प्रयोग गर्थेँ, मैले परमेश्‍वरको घरको काम वा मेरो कर्तव्यलाई कसरी राम्रोसँग पूरा गर्ने त्यसको बारेमा कहिल्यै विचार गर्दिनथिएँ। मसँग कुनै मानवता नै थिएन! म साँच्चै नै स्वार्थी, घृणित, र नीच चरित्रकी थिएँ। यी कुराहरूको बारेमा विचार गर्दा, मलाई निकै पछुतो र खेद लाग्यो।

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूमा यो पढेँ, “बाहिरबाट हेर्दा, आफ्नो कर्तव्य निर्वाह गर्ने समयभरि कतिपय मानिसहरूसँग कुनै पनि गम्भीर समस्या नभएजस्तो देखिन्छ। तिनीहरूले खुल्लमखुल्ला कुनै दुष्ट काम गर्दैनन्; तिनीहरूले अवरोध वा बाधा ल्याउँदैनन्, वा तिनीहरूले दुष्टले गर्ने काम गर्दैनन्, र तिनीहरू ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्दैनन्। आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा, तिनीहरूले कुनै ठूलो गल्ती गर्दैनन् वा सिद्धान्तहरूसँग सम्‍बन्धित समस्याहरू पैदा हुँदैनन्, तर थाहै नपाई केही वर्षमा नै तिनीहरूले सत्यलाई पटक्‍कै स्वीकार नगरेको, तिनीहरू अविश्‍वासीहरूजस्ता भएको कुरा खुलासा हुन्छ। किन यसो हुन्छ त? अन्य मानिसहरूले समस्या देख्दैनन्, तर परमेश्‍वरले यी मानिसहरूको हृदयको गहिराइलाई जाँच्‍नुहुन्छ, र समस्या देख्‍नुहुन्छ। तिनीहरू त्यस विषयमा सधैं झारा टार्ने र पश्‍चात्तापहीन रहँदै आएका हुन्छन्। समय बित्दै जाँदा, प्राकृतिक रूपमै तिनीहरूको खुलासा हुन्छ। पश्‍चात्तापहीन हुनु भनेको के हो त? यसको अर्थ के हो भने, तिनीहरूले सधैँ आफ्नो कर्तव्य निर्वाह गरेका भए पनि तिनीहरूमा सधैं गलत मनोवृत्ति रहेको हुन्छ, अर्थात् बेहोसी र अल्याङटल्याङ गर्ने, लापरवाही आचरण, र तिनीहरू कहिल्यै पनि विवेकशील हुँदैनन्, तिनीहरू समर्पित हुने कुरा त परै जाओस्। तिनीहरूले थोरै प्रयास गर्न सक्छन्, तर तिनीहरूले झारा टार्ने काम मात्रै गरिरहेका हुन्छन्। तिनीहरूले आफ्‍नो सम्पूर्णता दिइरहेका हुँदैनन्, र तिनीहरूको अपराधको कहिल्यै अन्त्य हुँदैन। परमेश्‍वरको स्थानबाट हेर्दा तिनीहरूले कहिल्यै पश्‍चात्ताप गरेका हुँदैनन्; तिनीहरूले सधैँ झारा टार्ने काम गर्दै आएका हुन्छन् र तिनीहरूमा कहिल्यै कुनै परिवर्तन भएको हुँदैन—अर्थात्, तिनीहरूले आफ्‍नो हातको दुष्टतालाई त्याग्दैनन् र उहाँको सामुन्ने पश्‍चात्ताप गर्दैनन्। परमेश्‍वरले तिनीहरूमा पश्‍चात्तापको मनोवृत्ति देख्‍नुहुन्‍न, र उहाँले तिनीहरूको मनोवृत्ति बदलिएको देख्‍नुहुन्‍न। तिनीहरूले त्यस्तै मनोवृत्ति र विधिअनुसार आफ्‍नो कर्तव्यलाई र परमेश्‍वरको आज्ञालाई अघि बढाइरहन्छन्। पूरै समय, यो जिद्दी, कट्टर स्वभावमा कुनै परिवर्तन आउँदैन, यति मात्र होइन, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरप्रति ऋणी अनुभव गरेका हुँदैनन्, तिनीहरूको लापरवाहीपन र झारातिराइ अपराध हो, दुष्कर्म हो भन्‍ने तिनीहरूले कहिल्यै अनुभव गरेका हुँदैनन्। तिनीहरूको हृदयमा, कुनै पनि ऋणी अनुभव, कुनै पछुतो, कुनै आत्मधिक्कार हुँदैन, आत्म-दोषारोपणको कुरा त परै राखौं। अनि समय बित्दै जाँदा, परमेश्‍वरले यो मानिसलाई सुधार गर्न सकिँदैन भन्‍ने देख्‍नुहुन्छ। परमेश्‍वरले जे भन्‍नुभए पनि, र तिनीहरूले जति धेरै प्रवचन सुने पनि वा तिनीहरूले जति धेरै सत्यता बुझे पनि, तिनीहरूको हृदयमा प्रभाव पर्दैन र तिनीहरूको मनोवृत्ति परिवर्तन हुँदैन वा गलत बाटोबाट फर्की आउँदैन। परमेश्‍वर भन्‍नुहुन्छ: ‘यो व्यक्तिको निम्ति कुनै आशा छैन। मैले भन्‍ने केही कुराले पनि तिनीहरूको हृदयलाई छुँदैन, र मैले भन्‍ने कुनै कुराले पनि तिनीहरूलाई गलत बाटोबाट फर्काउँदैन। तिनीहरूलाई परिवर्तन गर्ने कुनै माध्यम नै छैन। यो व्यक्ति आफ्‍नो कर्तव्य पू्रा गर्नको निम्ति उपयुक्त छैन, र तिनीहरू मेरो घरमा सेवा गर्ने योग्यका छैनन्।’ अनि किन परमेश्‍वरले यसो भन्‍नुहुन्छ त? यसको कारण के हो भने जब तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गर्छन् र काम गर्छन्, तिनीहरूलाई जति नै सहनशीलता र धैर्यता दिइए पनि, त्यसको कुनै प्रभाव हुँदैन र त्यसले तिनीहरूलाई परिवर्तन गर्न सक्दैन। यसले तिनीहरूलाई कर्तव्य राम्ररी निभाउने तुल्याउन सक्दैन, यसले तिनीहरूलाई साँचो रूपमा सत्यताको खोजी गर्ने मार्ग लिन सक्षम तुल्याउँदैन। यो व्यक्तिलाई सुधार गर्न सकिँदैन। जब त्यो व्यक्तिलाई सुधार गर्न सकिँदैन भन्‍ने परमेश्‍वरले निर्धारित गर्नुहुन्छ, के उहाँले यो व्यक्तिलाई अझै पनि पक्रिराख्‍नुहुनेछ त? उहाँले त्यसो गर्नुहुनेछैन। परमेश्‍वरले तिनीहरूलाई छाडिदिनुहुनेछ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “आफ्‍नो कर्तव्य पूरा गर्दा लापरवाह बन्ने र झारा टार्ने समस्यालाई कसरी समाधान गर्ने”)। “परमेश्‍वरका आज्ञाहरूलाई तैँले कसरी लिन्छस् त्यो कुरा एकदमै गम्भीर विषय हो! यदि परमेश्‍वरले तँलाई सुम्‍पनुभएको कुरा तैँले पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तँलाई सजाय दिइनुपर्छ। परमेश्‍वरले सुम्पिनुभएका आज्ञाहरूलाई मानिसहरूले पूरा गर्नुपर्छ भन्ने कुरा स्वर्गद्वारा आदेश दिइएको र धर्तीद्वारा स्वीकार गरिएको कुरा हो; यो तिनीहरूको सर्वोच्च उत्तरदायित्व हो, र यो कुरा तिनीहरूको जीवन जत्तिकै महत्वपूर्ण छ। यदि तैँले परमेश्‍वरका आज्ञाहरूलाई गम्भीरताका साथ लिँदैनस् भने तैँले उहाँलाई सबैभन्दा घोर रूपले धोका दिई रहेको हुन्छस्; यसमा, तँ यहूदाभन्दा पनि बढी विलापमय हुन्छस्, र तँ श्रापित हुनुपर्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “मानिसको प्रकृति कसरी जान्ने”)। मैले बारम्बार परमेश्‍वरका वचनहरू पढेँ। विगतमा मैले, बाहिरबाट हेर्दा मेरो कर्तव्य पूरा गरिरहेकी छु जस्तो देखिए पनि, मेरो हृदयमा, मैले परमेश्‍वरलाई धोका दिइरहेकी थिएँ। मेरा कर्तव्यहरूमा, मैले मेरो देहगत हितहरूलाई मात्रै ध्यान दिएँ र कष्ट-भोगबाट अलग बसेँ, अनि चलाकी र चतुरताको प्रयोग गरी झारा टार्ने काम गरेँ। मैले मेरो काम राम्ररी गर्न सक्‍ने अवस्थामा पनि, म त्यसो गर्दिनथिएँ, किनभने यो राम्ररी नगरिएको भए पनि, कम्तीमा पनि यो पूरा त गरियो, र त्यति नै पर्याप्त छ भन्‍ने मलाई लाग्थ्यो। मेरो झारा टार्ने समस्यालाई मैले कहिल्यै पनि गहन रूपमा लिइनँ, र मैले आफूलाई मनन गर्ने वा आफ्नो बारेमा बुझ्‍ने कहिल्यै प्रयास गरिनँ। पछि, मेरो अगुवाले मेरो खुलासा गर्नुभयो र मलाई चेतावनी दिनुभयो, जुन घटनाद्वारा परमेश्‍वरले मलाई पश्‍चात्ताप गर्ने मौका दिइरहनुभएको थियो, तर मलाई अलिकति पनि पछुतो लागेन, अझै पनि मैले मेरै देहका हितहरूलाई ध्यान दिएँ। जब मेरो कर्तव्यको कठिन परिश्रम र मूल्य चुकाउने काम रहेको पाएँ, तब मलाई यो कर्तव्य पूरा गर्न मन लाग्न छोड्यो। म किन त्यति भावशून्य र जिद्दी थिएँ? परमेश्‍वरले मलाई एकपछि अर्को पश्‍चात्ताप गरेर परिवर्तन हुने मौका दिनुभयो, जुन मप्रतिको परमेश्‍वरको कृपा थियो, तर मैले मेरो आफ्नै देहगत हितहरूलाई मात्रै ध्यान दिएँ, सत्यताको खोजी गर्ने वा आफ्नो बारेमा मनन गर्ने गरिनँ, बरु निरन्तर जिद्दी भई परमेश्‍वरको विरोध गरेँ। म अत्यन्तै विद्रोही थिएँ! मेरो कर्तव्य परमेश्‍वरले मलाई दिनुभएको विशेष आज्ञा र जिम्‍मेवारी थियो, र मैले यसलाई पूरा गर्न सक्दो गर्नु पर्नेथियो। तर म सत्यताको अभ्यास गर्न असफल भएको मात्रै होइन, परमेश्‍वरलाई धोका दिन मैले झारा टार्ने काम पनि गरेकी थिएँ, र आफ्नै कर्तव्यलाई समेत इन्कार गरेँ। के यो परमेश्‍वरप्रतिको धोका थिएन? परमेश्‍वरको धर्मी स्वभावले कुनै पनि उल्‍लङ्घन सहँदैन, र मैले गरेको सबै कार्यलाई परमेश्‍वरले घृणा गर्नुहुन्थ्यो। मेरो निष्कासनले परमेश्‍वरको धार्मिकतालाई प्रकट गर्यो। जब मलाई यो कुराको महसुस भयो, तब मलाई अलिक डर लाग्यो। परमेश्‍वरको हृदयमा चोट पुर्याउने कुराहरू गरेकोमा मलाई खेद पनि लाग्यो। मैले अबदेखि यसरी झारा टार्नु हुँदैनथियो। म पश्‍चात्ताप गरेर परिवर्तन हुनुपर्थ्यो।

त्यसपछि, मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूसँग सुसमाचार प्रचार गर्न थालेँ। मलाई सिद्धान्तहरू थाहा नभएकोले र म मानिसहरूसँग कुराकानी गर्न त्यति नजान्‍ने भएकीले, त्यो कर्तव्य अत्यन्तै कठिन लाग्यो, र मलाई फेरि कठिन परिश्रम गर्न वा मूल्य चुकाउन मन लागेन। तर मेरो कर्तव्यमा मैले यसभन्दा अघि देखाएको आचरणको बारेमा विचार गरेँ, अनि सुसमाचार प्रचार गर्ने मौका पाउन परमेश्‍वरले मलाई दिनुभएको ठूलो कृपा हो भन्‍ने महसुस भयो। म पहिलेजस्तै समस्या आइपर्दा भाग्नु हुँदैन। यो कुरा महसुस गरेपछि, मलाई अलिक सकारात्मक अनुभव भयो।

पछि, मैले आफ्नै बारेमा पनि मनन गरेँ, अनि मेरो कर्तव्य कठिन लाग्दा म किन पछि हट्न चाहेँ भनेर विचार गरेँ। त्यसो हुँदा कुन प्रकृतिले मलाई नियन्त्रण गरिरहेको थियो? त्यसपछि, मैले परमेश्‍वरका वचन पाठ गरिएको एउटा भिडियो हेरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “आज, मैले भन्‍ने वचनहरूमा तँ विश्‍वास गर्दैनस्, र तिनलाई तैँले ध्यानै दिँदैनस्; जब यस प्रकारको काम फैलने दिन आउनेछ र तैँले यसको सम्पूर्णता देख्‍नेछस्, तब तँ पछुताउनेछस्, र त्यो समय तँ अक्‍क न बक्‍क हुनेछस्। आशिष्‌हरू छन्, तैपनि तिनमा आनन्द लिन तैँले जान्दैनस्, र सत्यता छ, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तैँले आफैमा तिरस्कार ल्याउँदैनस् र? आज, परमेश्‍वरको कार्यको अर्को चरण सुरु हुन बाँकी नै भए पनि, तँबाट अपेक्षा गरिएका मापदण्डहरू र तँलाई जिउन आग्रह गरिएका कुराहरू असाधारण होइनन्। काम धेरै छन्, र सत्यता पनि धेरै छन्; के ती तैँले थाहा पाउन योग्य छैनन् र? के परमेश्‍वरको सजाय र न्याय तेरो आत्मालाई बिउँझाउन असक्षम छ? के परमेश्‍वरको सजाय र न्याय तँलाई आफूले आफैलाई घृणा गर्ने बनाउन असक्षम छ? के तँ शैतानको प्रभावमा रही शान्ति र आनन्द एवं थोरै दैहिक सहजतामा जिउन पाउँदा सन्तुष्ट छस्? के तँ सबै मानिसहरूमध्ये सबैभन्दा नीच छैनस् र? मुक्तिलाई देखेका तर यसलाई प्राप्त गर्नको लागि खोजी नगर्ने मानिसहरूजत्तिको मूर्ख अरू कोही पनि हुँदैन; आफैलाई देहमा मस्त पार्ने र शैतानको आनन्द लिने मानिसहरू यिनै हुन्। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ कुनै पनि चुनौती वा संकष्टहरू, वा थोरै पनि कष्ट नआओस् भन्‍ने आशा गर्छस्। तँ सँधै त्यस्ता कुराहरूको खोजी गर्छस् जुन व्यर्थ छन्, र तैँले जीवनलाई कुनै मूल्यको ठान्दैनस्, बरु सत्यताको सट्टा आफ्‍नै अनावश्यक विचारहरूलाई अघि राख्छस्। तँ कति बेकामे छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ अनि सुँगुर र कुकुरहरूको बीचमा के भिन्‍नता छ र? सत्यताको खोजी नगरेर देहलाई प्रेम गर्नेहरू सबै नै पशुहरू होइनन् र? आत्माविहीन रहेका मृत मानिसहरू सबै जिउँदो लासहरू होइनन् र? तिमीहरूका माझमा कति वचनहरू बोलिएका छन्? के तिमीहरूका माझमा थोरै काम मात्र गरिएका छन्? तिमीहरूका माझमा मैले कति भरणपोषण गरेँ? त्यसो भए तैँले त्यो किन प्राप्त गरेको छैनस्? तँलाई केको बारेमा गुनासो गर्नु छ? के तैँले देहलाई अत्यन्तै धेरै प्रेम गर्ने हुनाले तैँले केही पनि प्राप्त नगरेको कुरा साँचो होइन र? अनि, के यो तेरा विचारहरू अत्यन्तै अनावश्यक भएकोले होइन र? के यो तँ अत्यन्तै मूर्ख भएकोले होइन र? यदि तँ यी आशिष्‌हरू प्राप्त गर्न असक्षम छस् भने, तँलाई मुक्ति नदिनुभएकोमा के तैँले परमेश्‍वरलाई दोष दिन सक्छस्? तैँले खोजी गर्ने कुरा भनेको परमेश्‍वरमा विश्‍वास गरिसकेपछि शान्ति प्राप्त गर्न सक्षम हुनु, तेरा छोराछोरी रोग-बिमारबाट मुक्त हुनु, तेरो श्रीमानले राम्रो जागिर पाउनु, तेरो छोराले असल श्रीमती पाउनु, तेरो छोरीले योग्य श्रीमान पाउनु, तेरो गोरु र घोडाले राम्ररी खेत जोत्‍नु, तेरो बालीको लागि वर्षभरि राम्रो मौसम हुनु हो। तैँले खोजी गर्ने कुरा यही हो। तेरो खोजी भनेको केवल आराममा जिउनु, र तेरो परिवारमा कुनै दुर्घटना नघटोस्, तँबाट भएर बतास चलोस्, तेरो अनुहार धूलोले नछुओस्, तेरो परिवारको अन्‍न-बाली बाढीले नबगाओस्, तँलाई कुनै पनि विपत्तिले असर नपारोस्, परमेश्‍वरको अङ्गालोमा बस्‍न पाइयोस्, आरामदायी निवासमा बस्‍न पाइयोस् भन्‍ने हो। सँधै देहको खोजी गर्ने तँजस्तो कायरमा—के तँमा हृदय छ, के तँसँग आत्मा छ? के तँ वनपशु होइनस् र? सट्टामा केही पनि नमागी नै म तँलाई साँचो मार्ग दिन्छु, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्? म तँलाई साँचो मानव जीवन दिन्‍छु, तैपनि तँ यसलाई खोज्दैनस्। के तँ सुँगुर वा कुकुरभन्दा फरक छस् र? सुँगुरहरूले मानिसको जीवनको खोजी गर्दैनन्, तिनीहरू शुद्ध गरिने कार्यको खोजी गर्दैनन् र तिनीहरूले जीवन के हो भन्‍ने कुरा बुझ्दैनन्। हरेक दिन, टन्‍न खाएपछि तिनीहरू सुत्छन्। मैले तँलाई साँचो मार्ग दिएको छु, तैपनि तैँले यसलाई प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई जारी राख्‍न तयार छस्? त्यस्ता मानिसहरू जीवित हुनुको अर्थ के छ र? तेरो जीवन तिरस्कारयोग्य र नीच छ, तँ फोहोर र दुराचारमाझ जिउँछस्, र तैँले कुनै पनि लक्ष्यहरूको खोजी गर्दैनस्; के तेरो जीवन सबैभन्दा नीच छैन र? के परमेश्‍वरलाई हेर्ने आँट तँसँग छ? तैँले यस्तै अनुभव गरिरहिस् भने, के तैँले केही प्राप्त गर्नेछस् र? साँचो मार्ग तँलाई दिइएको छ, तर तैँले यसलाई प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो आफ्‍नै व्यक्तिगत खोजीमा निर्भर हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। परमेश्‍वरका हरेक प्रश्‍नले मेरो हृदयमा घोच्यो, मानौं परमेश्‍वरले मसँग आमने-सामने बसेर सोधिरहनुभएको छ, र मलाई म परमेश्‍वरप्रति अत्यन्तै ऋणी छु भन्‍ने अनुभव भयो। हामीले सत्यता प्राप्त गर्न, हाम्रा भ्रष्ट स्वभावहरूलाई हटाउन, र मुक्ति पाउने मौका पाउन सकौं भनेर देहधारी परमेश्‍वरले हामीलाई मलजल र भरणपोषण गर्नका लागि कति धेरै सत्यता व्यक्त गर्नुभएको छ, मैले त्यसको बारेमा विचार गरेँ। यो परमेश्‍वरले मानवजातिलाई दिनुभएको सबैभन्दा ठूलो आशिष्‌ हो। साँचो रूपमा बुद्धिमान व्यक्तिले परमेश्‍वरको कामले प्रदान गर्ने मौकालाई कदर गर्छ, र सत्यताको पछि लाग्न, सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नका लागि आफ्नो समय प्रयोग गर्छ, आफ्नो कर्तव्यको बेला आफ्नो जीवन स्वभाव परिवर्तन गर्ने प्रयास गर्छ, अनि अन्तिममा सत्यतालाई बुझ्छ र परमेश्‍वरको पूर्ण मुक्ति प्राप्त गर्छ। तर अन्धा र अज्ञानी मानिसहरू देहगत आनन्द र अल्याङटल्याङमा नै लागिपर्छन्, र सत्यताको खोजी गर्नका लागि कठिन परिश्रम गर्दैनन्। तिनीहरू अल्याङटल्याङ गर्छन् र आफ्नो कर्तव्यमा त्यति प्रयास लगाउँदैनन्, र तिनीहरूले विश्‍वास गरेको जति धेरै समय भए पनि, तिनीहरूले कहिल्यै पनि सत्यतालाई बुझ्दैनन्, आफ्नो जीवन स्वभावमा कुनै पनि परिवर्तन हासिल गर्दैनन्, र अन्तिममा परमेश्‍वरद्वारा हटाइन्छन्। मैले आफ्नै बारेमा विचार गरेँ। के म यस्तै प्रकारको अज्ञानी व्यक्ति थिइनँ र? “जीवनको गाडी जता कुद्छ कुद्‍न देऊ” र “आलस्यको पनि आफ्नै फाइदा छ” जस्ता शैतानी दर्शनशास्‍त्रहरू मेरो जिउने सिद्धान्तहरू थिए। हरेक दिन म जस्तो पर्छ त्यस्तै टर्छ भनेर काम गर्थेँ, झारा टार्दै काम गर्थेँ, र देहगत सहजताको पछि लाग्थेँ। मैले सत्यताको पछि नलागी वा स्वभावमा परिवर्तन हासिल गर्ने र मेरा कर्तव्यहरू परमेश्‍वरको इच्‍छा अनुरूप छन् कि छैनन् भन्‍ने कुरालाई ध्यान नदिइकन परमेश्‍वरलाई वर्षौंदेखि विश्‍वास गरेकी थिएँ। मेरो लागि परमेश्‍वरको इच्‍छाभन्दा मेरो आफ्नै देहगत आनन्द महत्त्वपूर्ण थियो, त्यसकारण मेरा कर्तव्यका लागि कष्ट भोग्‍नुपर्ने वा मूल्य चुकाउनुपर्ने हुँदा म झारा टर्थेँ र छल र धोकाको सहारा लिन्थेँ, जसले गर्दा मेरा कर्तव्यहरूले कुनै परिणाम हासिल गर्दैनथियो र परमेश्‍वरको घरको काममा ढिलाइ हुन्थ्यो। र त्यसो गर्दा समेत, मलाई कुनै ग्लानि वा पछुतो हुँदैनथियो। सहजताप्रतिको मेरो लोभले मलाई अपभ्रष्ट, सुधारप्रति उदासीन, र सोचविचार विहीन बनाएको थियो। के मैले आफ्नो जीवन बरबाद गरिरहेकी थिइनँ र? म पशुभन्दा कसरी फरक थिएँ र? यी शैतानी विषहरू मानिसहरूलाई भ्रष्ट तुल्याउन शैतानले प्रयोग गर्ने भ्रमहरू हुन् भन्‍ने कुरा मैले बल्ल देखेँ। यी विषहरूले मानिसहरूलाई सहजताको पछि लाग्‍ने, सुधारको खोजी नगर्ने बनाउँछन्, नीच तुल्याउँछन्, र अन्तिममा अज्ञानतामा नै मर्न लगाउँछन्। मैले मेरो कर्तव्य गुमाउनुको दोषी म नै थिएँ। म अत्यन्तै अल्छी थिएँ, म आफ्नै चरित्रप्रति अत्यन्तै लापरवाही थिएँ, र म कसैको भरोसाको निम्ति योग्य थिइनँ, यसले गर्दा मेरा दाजुभाइ-दिदीबहिनीहरूले र परमेश्‍वरले मलाई घृणा गर्नुभयो। विगतमा, मैले उच्‍च मापदण्डहरू र धेरै काम भएका कर्तव्यहरू कष्ट सरह हुन् भन्‍ने सोच्थें। तर त्यो मेरो कर्तव्यहरूप्रतिको कष्ट-भोग होइन रहेछ। अवश्य नै, मेरो प्रकृति अत्यन्तै अल्छी र स्वार्थी थियो, र मैले देहप्रति अत्यन्तै चासो राख्थें। हामीले हाम्रो कर्तव्यमा कठिनाइहरू आउँदा कष्ट भोग्‍नु र मूल्य चुकाउनु परे पनि, यी सबै हामीले सहन सक्‍ने कुरा हुन्, किनभने परमेश्‍वरले हामीलाई कहिल्यै पनि बोक्‍नै नसक्‍ने बोझ दिनुहुन्न। र परमेश्‍वरले मेरा भ्रष्ट स्वभाव र कमीकमजोरीहरूलाई देखाउन यी कठिनाइहरूको प्रयोग गर्नुभयो, ताकि मैले आफूलाई चिन्न सकूँ, समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न सकूँ, र मेरो जीवन स्वभाव परिवर्तन गर्न सकूँ। यसको साथै, परमेश्‍वरले के आशा गर्नुभएको थियो भने मैले यी कठिनाइहरूको सामना गर्दा उहाँमा भरोसा गर्न सिकूँ र निष्कपट विश्‍वास कायम राख्‍न सकूँ। विगतमा, म अज्ञानी, अन्ध थिएँ, र मैले परमेश्‍वरको इच्‍छालाई बुझेकी थिइनँ। मैले सत्यता प्राप्त गर्ने र परमेश्‍वरद्वारा सिद्ध तुल्याइने धेरै अवसरहरू गुमाएकी थिएँ, र मैले यो सुन्दर समयलाई व्यर्थमा खेर जान दिएँ। मैले देहगत सहजता प्राप्त गरेकी, र कष्ट भोग्‍न वा त्यति धेरै मूल्य चुकाउन नपरेको भए पनि, मसँग कुनै सत्यता थिएन र मेरो भ्रष्ट स्वभावहरू समाधान भएका थिएनन्, मैले मेरा कर्तव्यहरूमा कुनै पनि असल काम गरेकी थिइनँ, परमेश्‍वरको घरको काममा ढिलाइ गरेकी, र परमेश्‍वरलाई असन्तुष्ट तुल्याएकी थिएँ। यदि म त्यसरी नै बेवकुफ तरिकाले जिइरहेकी भएँ, मैले अन्त्यमा परमेश्‍वरको मुक्तिलाई पूर्ण रूपमा गुमाउनेथिएँ। त्यो बेला, मलाई आफैप्रति नरमाइलो र घृणा लाग्यो, र म उप्रान्त पशुजस्तो जिउन चाहँदिनथिएँ।

एक दिन, मेरो भक्तिको समयमा, मैले परमेश्‍वरका वचनको अर्को खण्ड पढेँ। “आजको खोजी पूर्णतया भविष्यको कामको लागि जग बसाल्नकै निम्ति हो, ताकि तिमीहरू परमेश्‍वरद्वारा प्रयोग हुन र उहाँको साक्षी दिन सक। यदि तिमीहरूले यसलाई आफ्नो खोजीको लक्ष्य बनाउँछौ भने, तिमीहरू पवित्र आत्माको उपस्थिति प्राप्त गर्न सक्षम हुनेछौ। तैँले आफ्नो खोजको लक्ष्य जति उच्‍च राख्छस्, तँ त्यति नै बढी सिद्ध पारिन सक्छस्। तँ सत्यको पछि जति धेरै लाग्छस्, पवित्र आत्माले त्यति नै धेरै काम गर्नुहुन्छ। तैँले आफ्नो खोजमा जति धेरै ऊर्जा लगाउँछस्, तैँले त्यत्ति नै बढी प्राप्त गर्नेछस्। पवित्र आत्माले मानिसहरूलाई तिनीहरूको भित्री स्थितिअनुसार सिद्ध पार्नुहुन्छ। केही मानिसहरू परमेश्‍वरद्वारा प्रयोग हुन वा उहाँद्वारा सिद्ध हुन इच्छुक हुँदैनन्, तिनीहरू आफ्नो देह सुरक्षित होस् र कुनै किसिमको दुर्भाग्य भोग्‍नु नपरोस् भनेर मात्र भन्छन्। केही मानिसहरू राज्यमा प्रवेश गर्न अनिच्छुक हुन्छन् तर अतल कुण्डमा खसालिन भने तयार हुन्छन्। त्यस्तो अवस्थामा, परमेश्‍वरले पनि तेरो त्यो इच्छा पूरा गरिदिनुहुनेछ। तँ जुन कुराको पछि लाग्छस् परमेश्‍वरले त्यो पूरा गरिदिनुहुनेछ। त्यसो भए, अहिले तँ कुन कुराको पछि लाग्दै छस् त? के सिद्ध पारिने कुराको पछि लाग्दै छस् हो? के तेरा वर्तमान कार्य र व्यवहारहरू परमेश्‍वरद्वारा सिद्ध हुन र उहाँद्वारा प्राप्त गरिनका लागि हुन्? तैँले यसरी नै दिनहुँ निरन्तर आफैलाई मापन गर्नुपर्छ। यदि तँ आफ्नो सम्पूर्ण हृदयले एउटै लक्ष्यको पछि लाग्छस् भने, परमेश्‍वरले निश्‍चित रूपमा तँलाई सिद्ध बनाउनुहुनेछ। पवित्र आत्माको मार्ग यस्तै हुन्छ। पवित्र आत्माले मानिसहरूलाई जुन बाटोमा डोऱ्याउनुहुन्छ त्यो तिनीहरूको खोजको माध्यमबाट प्राप्त हुन्छ। परमेश्‍वरद्वारा सिद्ध हुन र प्राप्त गरिनको लागि तैँले जति धेरै तृष्णा गर्छस्, पवित्र आत्माले तँभित्र त्यत्ति नै बढी काम गर्नुहुनेछ। तँ खोजी गर्न जति असफल हुन्छस्, र तँ जति धेरै नकारात्मक र प्रतिगमनकारी हुन्छस्, तैँले पवित्र आत्मालाई काम गर्ने अवसरहरूबाट त्यति नै वञ्‍चित गर्छस्; समय बित्दै जाँदा, पवित्र आत्माले तँलाई त्याग्‍नुहुनेछ। के तँ परमेश्‍वरद्वारा सिद्ध हुन चाहन्छस्? के तँ परमेश्‍वरद्वारा प्राप्त गरिन चाहन्छस्? के तँ परमेश्‍वरद्वारा प्रयोग गरिन चाहन्छस्? तिमीहरूले परमेश्‍वरद्वारा सिद्ध पारिन, प्राप्त गरिन र प्रयोग गरिनकै निम्ति सबै कुरा गर्दै खोजी गर्नुपर्छ, ताकि ब्रह्माण्ड र यावत् थोकले तिमीहरूमा परमेश्‍वरका कार्यहरू प्रकट भएको देखून्। यावत् थोकमाझ तिमीहरू मालिक हौ र अस्तित्वमा रहेका सबै कुराहरूमाझ तिमीहरूले आफूमार्फत परमेश्‍वरलाई गवाही र महिमाको आनन्द लिन दिनेछौ—तिमीहरू सारा पुस्ताहरूमध्ये सबैभन्दा धन्यका हौ भन्‍ने कुराको प्रमाण यही हो!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्)। “तैँले सत्यताको लागि कष्ट भोग्‍नैपर्छ, तैँले आफैलाई सत्यतामा समर्पित गर्नैपर्छ, तैँले सत्यताको लागि अपमान सहनैपर्छ र अझै बढी सत्यता प्राप्त गर्नको लागि तैँले अझै बढी कष्टमार्फत गुज्रनैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। शान्तिपूर्ण पारिवारिक जीवनको खातिर तैँले सत्यतालाई फ्याँक्‍नु हुँदैन र क्षणिक सुखचैनको खातिर तैँले आफ्‍नो जीवनको प्रतिष्ठा र सत्यनिष्ठालाई गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छन् ती सबै कुराको खोजी गर्नुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्गलाई पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको अशिष्ट जीवन जिउँछस्‌ र कुनै पनि उद्देश्यहरूलाई पछ्याउँदैनस्‌ भने, के तैँले आफ्‍नो जीवनलाई खेर फाल्दैनस्‌ र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्‌? एउटा सत्यताको खातिर पनि तैँले देहका सबै सुखचैनहरूलाई त्याग्‍नुपर्छ, र थोरै सुखचैनको खातिर सारा सत्यतालाई फ्याँक्‍नु हुँदैन। यस किसिमका मानिसहरूसँग कुनै सत्यनिष्ठा वा प्रतिष्ठा हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। मैले परमेश्‍वरको वचनबाट के बुझेँ भने: हामीले हाम्रा कर्तव्यहरूमा सत्यता प्राप्त गर्नका लागि, हामीले देहसुखलाई त्याग्नुपर्छ र सत्यताको अभ्यास गर्नुपर्छ, अनि बल्ल हामीलाई परमेश्‍वरले सिद्ध तुल्याउनुहुनेछ। यो जिउने सबैभन्दा अर्थपूर्ण र बहुमूल्य तरिका हो। यदि हामीले क्षणिक देहगत सहजताका लागि सत्यतालाई त्याग्यौं भने, त्यसपछि हामी घमण्डको साथ जिउनेछौं, पवित्र आत्‍माको कामलाई गुमाउनेछौं, र अन्तिममा परमेश्‍वरद्वारा त्यागिनेछौं र हाम्रो मुक्तिको अवसर गुमाउनेछौं। मैले के पनि सिकेँ भने देहगत सहजताको तृष्णा गर्ने समस्यालाई समाधान गर्नका लागि, हामीसँग सत्यताको खोजी गर्ने हृदय हुनुपर्छ, यस्ता कुराहरू आइपर्दा आफ्नो बारेमा नियमित रूपमा मनन गर्नुपर्छ, हाम्रा कर्तव्यहरूमा प्रयास लगाउन ध्यान दिनुपर्छ, र जब हामी कठिनाइहरूको सामना गर्छौं, तब देहसुखलाई इन्कार गर्न, आफूलाई त्याग्‍न, र परमेश्‍वरको घरको कामको रक्षा गर्न सक्छौं। पवित्र आत्‍माको अगुवाइ र कार्यलाई प्राप्त गर्ने तरिका यही हो। यी कुराहरू महसुस गरिसकेपछि, मेरो हृदयमा ज्योति छायो, र मैले म देहसुखलाई त्याग्‍नेछु र मेरा कर्तव्यहरूमा मेरा सारा प्रयास लगाउनेछु भनेर कबुल गरेँ।

त्यसपछि, मैले कसरी राम्ररी सुसमाचार प्रचार गर्ने भन्‍ने कुरालाई ध्यान दिएर विचार गर्नथालेँ। मलाई सिद्धान्तहरू स्पष्ट रूपमा थाहा नहुँदा, मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई सोध्थेँ, र अरू सबैसँग अध्ययन गर्ने समय निकाल्थेँ। पछि, सुसमाचार प्रचार गर्दा धेरै कुराहरू गर्नुपर्दा, मलाई ती तनावपूर्ण लाग्दैनथियो। बरु, ती कुराहरू मैले गर्नुपर्ने कुरा र मेरो जिम्‍मेवारी हुन् भन्‍ने लाग्थ्यो। म हरेक दिन अत्यन्तै व्यस्त भए पनि, मलाई सम्‍पन्‍न भएको अनुभव हुन्थ्यो।

अनपेक्षित रूपमा, एक दिन, मेरो अगुवा मकहाँ आउनुभयो र मलाई मेरो स्पेसल इफेक्ट्स् कर्तव्यमा नै फर्कन अनुरोध गर्नुभयो। यो कुरा सुनेपछि, म अत्यन्तै हर्षित भएँ। परमेश्‍वरप्रति कृतज्ञ हुने बाहेक, के भन्‍ने मलाई थाहा थिएन। विगतमा मैले कसरी देहको वास्ता गर्थेँ र मेरा कर्तव्यहरूमा अल्याङटल्याङ गर्थेँ त्यसको बारेमा विचार गरेँ, र मलाई परमेश्‍वरप्रति ऋणी भएको अनुभव भयो। मैले विगतका मेरा गल्तीहरूलाई सच्याउन सक्दिनथिएँ, त्यसकारण मैले अब मेरो कर्तव्यमा परमेश्‍वरको प्रेमको ऋण तिर्न मात्रै सक्थेँ। पछि, जब मैले मेरा कर्तव्यहरूमा कठिनाइहरूको सामना गर्थेँ, तब म सचेत भई परमेश्‍वरलाई प्रार्थना गर्थेँ र तिनलाई कसरी समाधान गर्ने भन्‍ने बारेमा सोच्थें। एक पटक, मेरो स्पेसल इफेक्ट्स् प्रोजेक्ट त्यति राम्रो भएन, र समूह अगुवा र इन्चार्जलाई यो कसरी समाधान गर्ने थाहा थिएन। म पनि कठिनाइमा जाकिएकी थिएँ र यसलाई समाधान गर्न कसरी थाल्ने थाहा थिएन। मैले सोचेँ, “यदि मैले यसलाई समाधान गर्ने प्रयास गरिरहेँ, समय लगाएँ, र यसमा मेहनत गरेँ भने, मैले यसलाई ठीक गर्न सक्छु कि सक्दिनँ मलाई थाहा छैन, त्यसकारण सायद अरू कसैले यो काम गर्नुपर्छ।” ती विचारहरू फेरि कठिनाइबाट बच्ने मेरा प्रयास हुन् भन्‍ने मैले थाहा पाएँ, त्यसकारण मैले तुरुन्तै परमेश्‍वरसँग प्रार्थना गरिहालेँ। मलाई परमेश्‍वरका यी वचनहरू याद आयो, “जब तेरो अगाडि कुनै कर्तव्य हुन्छ, र त्यो तँलाई जिम्मा दिइएको हुन्छ, तब कठिनाइबाट कसरी बच्ने भनी नसोच्; यदि कुनै कुरा कठिन छ भने, त्यसलाई सुरुमै एकातिर पन्साउने र बेवास्ता गर्ने नगर। तैँले त्यस कुरालाई सिधै सामना गर्नुपर्छ। तैंले सधैं यो याद राख्‍नुपर्छ कि परमेश्‍वर तेरो साथमा हुनुहुन्छ, र परमेश्‍वर साथमा हुनुहुँदा कुनै कुरा पनि कठिन हुँदैन। तँमा यो विश्‍वास हुनैपर्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “आफ्‍नो कर्तव्य पूरा गर्दा लापरवाह बन्ने र झारा टार्ने समस्यालाई कसरी समाधान गर्ने”)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग दिए। हामीले हाम्रो कर्तव्यमा जे-जस्ता समस्या र कठिनाइहरूको सामना गरे पनि, हामीले तिनलाई समाधान गर्न उपायहरूको खोजी गर्न परमेश्‍वरमा भरोसा गर्नुपर्छ। हामीले देहगत कष्टहरूको कारण कठिनाइहरूबाट भाग्‍ने वा हाम्रो कर्तव्यमा पछि हट्ने प्रयास गर्नु हुँदैन। त्यस्तो तरिका भनेको परमेश्‍वरप्रतिको धोका र विश्‍वासघात हो। यो महसुस गरेपछि, मैले यस पटक म परमेश्‍वरमा भरोसा गर्नेछु, देहसुखलाई त्याग्‍नेछु, र यसलाई समाधान गर्न लागिपर्नेछु भनेर आफैलाई बाचा गरेँ। त्यसकारण म शान्त भएँ र यसलाई बारम्बार परिमार्जन गरेँ, र अन्तिममा आवश्‍यक समाधानहरू गरेँ। यो हेरेपछि, सबैलाई यो राम्रो लाग्यो र कसैको थप कुनै सुझाव थिएन। यसरी अभ्यास गरेपछि, मेरो हृदयमा शान्ति र सहजता छायो। मलाई मेरो कर्तव्यमा मूल्य चुकाउनु साँच्चै नै परमेश्‍वरबाट आएको आशिष् हो भन्‍ने लाग्यो। परमेश्‍वर धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

इमानदार व्यक्ति हुनलाई लडाइँ

वेइ झोङ्ग, चीनकेही वर्षहरू अघि मैले एउटा उपकरण मर्मत पसल खोलेँ। म इमानदार व्यवसाय चलाउन चाहन्थेँ, र अलिकति पैसा कमाउन चाहन्थेँ ताकि मेरो...

ईर्ष्याको उपचार

क्षुन्‍क्‍वी, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसको देह शैतानको हो, यो विद्रोही स्वभावले भरिएको छ, यो निकै दुःखलाग्दो किसिमको...

ईर्ष्याले गरेको हानि

केही समयअघि म केही मण्डलीहरूको कामको हेरचाह गर्ने मण्डली अगुवा चुनिएँ। त्यसको तुरुन्तै मैले केही नतिजाहरू देख्न थालेँ, र धेरै मण्डली...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्