निराकरण अस्वीकारबारे आत्मचिन्तन

25 अप्रील 2023

सन्‍ २०२१ मा ली स्याओ र मलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काममा खटाइयो। सुरुमा, म यो कामसँग परिचित थिइनँ, तसर्थ ली स्याओ कर्तव्यका सिद्धान्त र मागहरू बताउँदै मलाई धैर्यपूर्वक मद्दत गर्थिन्। केही समयपश्‍चात् मैले बिस्तारै काम सिकेँ, त्यसैले उनले मलाई केही समस्याबारे सम्झाउँदा, मैले पहिल्यै जानेकी छु भन्ठानी उनको कुरा सुन्दिनथेँ। यसले पछि मेरो काममा विचलन ल्यायो। ली स्याओले थाहा पाएपछि, यी सिधै औँल्याइदिइन्, र मलाई लगनशील हुन सम्झाइन्। सुरुमा, म आफूमा लगनशीलताको कमी छ भनेर मानेँ र उनको डाँटले ममा राम्रो सम्झौटोको काम गर्‍यो। तर समय बित्दै जाँदा, मेरा काममा केही स्पष्‍ट समस्याहरू भइरहे: मैले आफूलाई खटाइएका कार्य गर्न सकिनँ र कार्य प्रगतिमा असर पऱ्यो। उनले यी गल्तीहरू बारम्बार भइरहेको देखेपछि, अझ रूखो स्वरमा आलोचना गरिन् र मलाई हल्का गाली पनि गर्थिन्: “तपाईंले किन नसम्झेको? आफ्नो काम किन गर्नुभएन?” उनले त्यसो मैले आफ्ना समस्या र विचलनहरू तुरुन्तै सच्याएर कर्तव्यमा राम्रा परिणामहरू प्राप्‍त गरोस् भनेर मात्र गरेकी हुन् भन्ने मलाई थाहा थियो, तर उनको त्यो रूखो बोली सुनेर म अलि खिन्न भएँ। मैले सोचेँ: “उनले म आफ्नो काममा धेरै लापरवाह छु र यति लामो समय यहाँ रहेर पनि केही ठिकसँग गर्न सक्दिनँजस्तो देखाइरहेकी छिन्। यो कुरा अरूले सुने भने के सोच्लान्? समस्या नै भए पनि शान्त भएर छलफल गर्न मिल्दैन र? म सुध्रिन नचाहेकी पनि होइन। भैगो, अबदेखि उनीबाट टाढै रहनेछु, यसो गरे उनको गाली त सुन्नुपर्दैन।” त्यसपछि, मैले उनलाई वास्तै गरिनँ, र मेरो असन्तुष्टी थाहा दिन कहिलेकाहीँ उनलाई कड्के नजर पनि लगाउँथेँ। कहिलेकाहीँ मैले उनीसँग कामबारे छलफल गर्नुपर्ने हुन्थ्यो, तर यदि मैले उनलाई भेटेँ र उनले मेरो काममा केही समस्या भेट्टाइन् भने, डाँट्ने र निराकरण गर्ने हुन् कि भन्ने चिन्ता लाग्थ्यो। के त्यसले मलाई झन् नराम्रो देखाउने थिएन र? पछि, मैले उनीसँग केही कुराको छलफल गर्नुपर्दा, म सक्दो अन्तिम क्षणसम्म पर्खन्थेँ वा बोल्नुअघि उनलाई मकहाँ आउन लगाउँथेँ। समय बित्दै जाँदा, ली स्याओ मेरो बन्धनमा परिन्। एकपटक उनले आफूलाई अरूलाई सुझाव केही जस्तो नलागेको, तर मसँग हुँदा बन्धनमा परेको महसुस हुन्छ भनेकी सुनेँ। कहिलेकाहीँ, उनले मेरो काममा केही समस्या र विचलन देख्दा, उनी मलाई के भन्ने भनेर मेसो पाउँदैनथिन्, र यदि रूखो बोली गरेमा म रिसाउने पो हुँ कि भनेर डराउँथिन्। यो सुन्दा मलाई दोषी महसुस भयो। तर पछि लाग्योः “यदि तिमीले मिजासिलो बोलेकी भए, म त्यस्तो हुनेथिइनँ। तिमी अति अहङ्कारी छौ।” यो सोचेर, मैले अझै आत्मचिन्तन गरिनँ।

पछि, सुपरभाइजरले थाहा पाएर आफ्नो ध्यान अरूतिर लगाउनुअघि आत्मचिन्तन गर्नू भनेर मसँग धेरैपटक सङ्गति गरिन्। झट्ट हेर्दा, म आत्मचिन्तनबारे सुपरभाइजरसँग कुरा गर्न सक्थेँ, तर भित्रचाहिँ आफूलाई अन्याय भएको र समस्या ली स्याओमा रहेको ठानेँ। तसर्थ मैले हरेकपटक आफ्नो स्थितिबारे कुरा गर्दा, ली स्याओको अहङ्कारको कारण मेरो भ्रष्टता देखिएको हो भनेर सुपरभाइजरलाई देखाउन ली स्याओ मसँग कसरी रूखो बोल्थिन् भन्ने कुरामा जोड दिन्थेँ। सुपरभाइजरले उनीसँग सङ्गति गर्नेछिन् र उनलाई रूखो बोली सुधार्न लगाउनेछिन् भन्ने मलाई आशा थियो। त्यो समय, अर्की सुपरभाइजरले मैले आफ्ना समस्या नचिनेको देखिन् र आफ्नो अनुभवको आधारमा मसँग सङ्गति गरिन्। उनले परमेश्‍वका वचनको यो खण्ड पनि पढिन्: “मण्डलीमा, कतिपय मानिसहरू आफ्‍नो कर्तव्य राम्ररी निभाउँदैनन्, र तिनीहरूलाई काटछाँट र निराकरण गरिन्छ, र तिनीहरूलाई जे भनिन्छ त्यसमा हप्की र भर्त्सनाको भाव पनि हुने गर्छ। यस्तो गाली पाउने व्यक्ति यस कुराप्रति अवश्य नै खुशी हुँदैन र उसले आफूलाई जे भनिएको छ त्यसको खण्डन गर्न चाहन्छ। उसले भन्छ, ‘मलाई निराकरण गर्दा भनिएका यी शब्‍दहरू सही हुन सक्छन्, तर केही शब्‍द अति कठोर छन्—ती अपमान गर्ने र चित्त दुखाउने खालका छन्। मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छु, र मैले ठूलो योगदान नदिएको भए पनि, धेरै परिश्रम त गरेको छु। मलाई कसरी यस्तो व्यवहार गरियो? किन अरू कसैलाई निराकरण गरिएन? म यस कुरालाई स्वीकार गर्दिनँ। म यो मान्दिनँ!’ के यो एक प्रकारको भ्रष्ट स्वभाव हो? (हो।) यो भ्रष्ट स्वभाव केवल गुनासो, विरोध र प्रतिरोधको रूपमा प्रकट हुन्छ; यो अझै चरम बिन्दु वा अन्तिम हदमा पुगेको छैन, तर यसका लक्षणहरू देखा परेका छन् र सङ्कटको बिन्दु नजिकै छ। घटनाको तुरुन्तै पछि तिनीहरूले कस्तो मनोवृत्ति लिन्छन्? तिनीहरू समर्पित हुन असमर्थ हुन्छन्, अनि हताश र अवज्ञाकारी हुँदै, तिनीहरू आफ्‍नो आक्रोश पोख्‍न थाल्छन्। तिनीहरूले तर्क गर्दै आफूलाई सही साबित गर्न खोज्छन्: ‘अगुवा र सेवकहरूले कसैलाई निराकरण गर्दा, सबै कुरामा तिनीहरू सही हुन्छन् भन्‍ने हुँदैन। तपाईंहरू यो कुरा स्विकार्न सक्‍नुहुन्छ होला, म त सक्दिनँ। तपाईंहरू मूर्ख र कायर भएकोले मात्रै यसलाई स्वीकार गर्नुभएको हो। म त यो स्वीकार गर्दिनँ! तपाईंहरूले मलाई विश्‍वास गर्नुहुन्‍न भने कुरा गरौँ—को सही छ, हेरौँ।’ अरूले तिनीहरूलाई यसो भन्दै सङ्गति दिन्छन्, ‘जो सही भए पनि, सुरुमा तपाईं समर्पित हुनुपर्छ। के तपाईंको कर्तव्यपालन अशुद्धताबाट पूरै मुक्त हुन सक्छ? के तपाईंले गर्नुहुने सबै कुरा सही हुन सक्छ? अनि, सही नै भए पनि, निराकरणमा पर्दा त्यो तपाईंको लागि उपयोगी नै हुन्छ! हामीले तपाईंसँग धेरैपटक सिद्धान्तहरूबारे सङ्गति गर्‍यौँ, र पनि तपाईंले सुन्‍नुभएन; तपाईंले अन्धाधुन्ध र मनमानी ढङ्गले काम गर्दै मण्डलीको काममा बाधा दिइरहनुभएको र गम्‍भीर क्षति गराइरहनुभएको छ। तपाईंलाई कसरी निराकरण र काटछाँट नहुन सक्छ? तपाईंलाई अलि कडा र कठोर किसिमले भनियो होला—तर के त्यो सामान्य कुरा होइन र? तपाईंसँग के स्पष्टीकरण छ? के तपाईंले कुनै खराब काम गर्दा अरूले आफूलाई निराकरण नगरून् भन्‍ने चाहनुहुन्छ?’ यो सुनेपछि, सुन्‍नेले के यी शब्‍द स्वीकार गर्छ? गर्दैन—तिनीहरूले बहाना बनाइरहन्छन् र प्रतिरोध गरिरहन्छन्। त्यसो भए तिनीहरूले कुन स्वभाव प्रकट गरिरहेका हुन्छन्? यो पैशाचिक र क्रूर स्वभाव हो। अनि तिनीहरूले के सोचिरहेका हुन्छन्? ‘म मूर्ख मानिस होइन, र मलाई कसैले नि छुन सक्दैन। मसित निहुँ खोज्‍न हुँदैन भनेर म तँलाई देखाउनेछु। भविष्यमा तैँले मलाई निराकरण गर्नुभन्दा पहिले दुईपटक सोच्‍नेछस्, र त्यसपछि मेरो जीत हुनेछ, होइन र?’ अब त, तिनीहरूको स्वभाव उदाङ्गो भयो नि, होइन र? यो क्रूर स्वभाव हो। क्रूर स्वभाव भएका मानिसहरू सत्यताप्रति दिक्‍क मात्र मान्दैनन्—तिनीहरूले सत्यतालाई घृणा गर्छन्! काटछाँट र निराकरणको सामना गर्दा, तिनीहरू कि त तर्किन्छन् कि त यसलाई इन्कार गर्छन्। सत्यताप्रति तिनीहरूको घृणा निकै गहन हुन्छ, तर्कका केही शब्दले व्यक्त गर्नेभन्दा पक्‍कै गहन हुन्छ। तिनीहरूले वास्तवमा त्यस्तो महसुस गर्दैनन्। तिनीहरू अवज्ञाकारी र प्रतिरोधी हुन्छन्, र तिनीहरूले छुच्ची बुढीले जस्तै तँलाई चुनौती दिन्छन् र सोच्‍छन्, ‘तैँले मलाई अपमानित गर्दै छस्, जानीजानी सबैसामु मेरो गल्ती खोतल्दै छस्। यहाँ, के भइरहेको छ, मलाई थाहा छ। म तँलाई सीधै विरोध गर्नेछैन, तर बदलाको मौका त आउला नि! तैँले मलाई निराकरण गरेर अत्याचार गरिरहेको छस्, होइन? म सबलाई मेरो पक्षमा ल्याउनेछु र तँलाई एकल्याउनेछु—यसरी निसानामा पर्दा कस्तो हुन्छ म तँलाई त्यसको स्वाद चखाउनेछु!’ तिनीहरूको हृदयमा यस्तै शब्‍दहरू हुन्छन्, र तिनीहरूको क्रूर स्वभाव अन्त्यमा आफै प्रकट भएको हुन्छ। आफ्‍नो उद्देश्य पूरा गर्नलाई, आफ्‍नो आक्रोश पोख्‍नलाई, तिनीहरूले तर्क र बहाना गर्न सक्दो प्रयास गर्छन् र सबैलाई आफ्‍नो पक्षमा पार्ने प्रयास गर्छन्। त्यसपछि, तिनीहरू खुशी हुन्छन् र तिनीहरूको सन्तुलन पुनर्स्थापित हुन्छ। के यो दुर्भाव होइन र? स्वभावमा क्रूर हुनु भनेको यही हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। छ प्रकारका भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो)। परमेश्‍वरका वचनहरूले मेरो वास्तविक स्थिति खुलासा गरे। म आफ्नो कर्तव्यमा झाराटारुवा र लापरवाह बनेकी थिएँ, र ली स्याओले मलाई धेरैपटक गर्न भनेका कामहरू गर्न असफल भएँ, जसले गर्दा काममा ढिलाइ भयो। यो मेरो गल्ती थियो। उनले मेरो समस्या औँल्याउनु सही थियो। उनको बोली अलिक रूखो भए पनि यो मेरो आफ्नै र मण्डलीको भलाइका निम्ति थियो। तर मैले आत्मचिन्तन पटक्कै गरिनँ—उनी मलाई इज्जत गर्दिनन् र मलाई अप्ठ्‍यारो पार्दै छिन् भन्नेसमेत सोचेँ। म उनलाई कड्के नजरले हेर्थेँ किनकि उनले मेरा समस्या औँल्याएर मेरो बेइज्जत गरिन् भन्ने मलाई लाग्थ्यो। मैले उनलाई बन्धनमा परेको महसुस गराएकी थिएँ। मैले आफू अव्यावहारिक भएकी महसुस गरेँ। काटछाँट र निराकरण गरिँदा, मैले आत्मचिन्तन नगरेकी मात्र होइन, उल्टै उनलाई अहङ्कारी भनेँ। सुपरभाइजरले उनलाई निराकरण गर्लिन् भन्ने आशामा, मैले स्वपहिचानलाई उनको सिकायत गर्न प्रयोग गरेँ। म साँच्चै दुष्‍ट स्वभावकी थिएँ। यो सबै बुझेर, मलाई अलि लाज लाग्यो।

पछि, मैले परमेश्‍वरका वचनको यो खण्ड फेला पारेँ: “धेरैजसो मानिसहरूलाई तिनीहरूले भ्रष्ट स्वभाव प्रकट गरेकोमा काटछाँट र निराकरण गरिएको हुन्छ। तिनीहरूले अज्ञानताको कारण कुनै गलत काम गरेको र परमेश्‍वरको घरका हितहरूमा धोका दिएको कारण पनि यसो गरिएको हुन्छ। तिनीहरूले आफ्‍नो कर्तव्यमा झारा टार्ने प्रयास गरेर परमेश्‍वरको घरको काममा हानि भएको कारण पनि यसो गरिएको हुन सक्छ। यसो गरिनुको सबैभन्दा भद्दा कारणचाहिँ मानिसहरूले जानीजानी जथाभाबी रूपमा आफ्‍नो खुशी काम गर्नु, सिद्धान्तहरू उल्‍लङ्घन गर्नु, र परमेश्‍वरको घरको काममा बाधा र व्यवधान ल्याउनु हो। मानिसहरूलाई काटछाँट र निराकरण गरिनुका प्राथमिक कारणहरू यिनै हुन्। कुनै व्यक्तिलाई काटछाँट वा निराकरण गर्नुपर्ने परिस्‍थितिहरू जे-जस्तो भए पनि, यसप्रति हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण मनोवृत्ति के हो? पहिला, तैँले यसलाई स्वीकार गर्नुपर्छ, तँलाई जसले जुनसुकै कारण निराकरण गरे पनि, यो कठोर भए पनि, वा जुनसुकै भाव र शब्‍दले यसो गरिए पनि, तैँले यसलाई स्वीकार गर्नुपर्छ। त्यसपछि, तैँले आफूले के गलत काम गरिस्, के-कस्ता भ्रष्ट स्वभावहरू प्रकट गरिस्, र तैँले सत्यताका सिद्धान्तहरूअनुसार काम गरिस् कि गरिनस्, त्यस कुरालाई पहिचान गर्नुपर्छ। तँलाई काटछाँट र निराकरण गरिँदा, सबैभन्दा पहिलो र मुख्य रूपमा, तँमा हुनुपर्ने मनोवृत्ति यही हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। परमेश्‍वरका वचनबाट, हामीलाई निराकरण गरिनुको कारण हुन्छ भन्ने बुझेँ। अधिकांश घटनामा, कारण भनेकैहामीले कर्तव्यमा सिद्धान्त नखोज्नु र आफ्नो भ्रष्‍ट स्वभावअनुसार चल्नु हो। हामीले मण्डलीको काममा हानि पुर्‍याउनाले निराकरण गरिएको हो। कामप्रति जिम्मेवारी बोध र मण्डलीको हित जोगाउनका लागि यो निराकरण गरिन्छ—यो सकारात्मक कुरा हो। निराकरणपश्‍चात्, हामीले आफ्ना समस्याहरू पहिचान गर्न सके पनि वा नसके पनि, यसलाई स्विकार्नुपर्छ, आत्मचिन्तन गर्नुपर्छ र कार्यसिद्धान्तहरू खोज्नुपर्छ। यसले सत्यता स्विकारेको देखाउँछ—निराकरण गरिँदा व्यक्तिले देखाउने मनोवृत्ति यही हो। ली स्याओसँग बिताएको समय सम्झिँदा, म कामसँग अपरिचहित हुँदा, उनले मलाई धैर्यपूर्वक मेलैसँग सिकाएकी थिइन्, तर म प्रायः झारा मात्रै टार्थेँ—म होसियार थिइनँ र आफूलाई अह्राइएको काम गर्दिनथेँ। फलस्वरूप, हाम्रो प्रगति निरन्तर ढिलो भयो। त्यसपछि मात्र उनले मलाई निराकरण गरिन् र डाँटिन्। उनी मलाई आत्मचिन्तन गराउन र मेरा कामकुरा सच्याउन लगाउन प्रयासरत थिइन्, उनले सिद्धान्तविना ममाथि रिस पोखेकी थिइनन्। तर मैले सत्यता स्विकारिनँ, र उनले मलाई डाँट्दा र सुझाव दिँदा मनन गरिनँ। बरु, उनमा र उनका कामकुरामा ध्यान लगाएँ। उनले मलाई अलिक रूखो बोली गर्दा, मेरा गल्ती कोट्याइरहेकी, मलाई लज्जित पारिरहेकी र स्थिति गाह्रो बनाइदिइरहेकी छिन् भन्ने लाग्थ्यो। म प्रतिरोधी बनेँ र यसलाई स्विकार्न सकिनँ। फलस्वरूप, मैले पाठ सिक्ने थुप्रै अवसर गुमाएँ, मेरो जीवन प्रवेशमा हानि पुग्यो र मण्डली काममा ढिलाइ भयो। म साह्रै अव्यावहारिक बनेकी थिएँ! मैले त्यसपछि किन उनको आलोचना उपयोगी र मण्डली कामको लागि लाभदायी छ भन्ने स्पष्ट थाहा भए पनि, यसलाई ठिकसँग ग्रहण गरिनँ, र उनीविरुद्ध पूर्वाग्रहसमेत पालेँ भनेर मनन गरेँ। मैले खोजी गर्दा, परमेश्‍वरका यी वचनहरू फेला पारेँ: “निराकरण र काटछाँटको कुरा आउँदा, ख्रीष्टविरोधीहरूले त्यो स्वीकार गर्न सक्दैनन्। अनि तिनीहरूले यसलाई स्वीकार गर्न नसक्‍नुका कारणहरू छन्, जसमध्ये एउटा मुख्य कारण के हो भने, निराकरण र काटछाँट गरिँदा, तिनीहरूलाई आफ्‍नो इज्‍जत गुमेको, आफ्‍नो हैसियत र प्रतिष्ठा गुमेको, र समूहमा आफ्‍नो शिर उठाउन नसकिने अवस्थामा पुगेको अनुभव हुन्छ। यी कुराहरूले तिनीहरूको हृदयमा असर पर्छ: तिनीहरू काटछाँट र निराकरण स्विकार्न पटक्‍कै मन पराउँदैनन्, र जसले तिनीहरूलाई काटछाँट र निराकरण गर्छ उसले तिनीहरूलाई आक्रमण गर्न त्यसो गरेको हो र ऊ तिनीहरूको शत्रु हो भन्‍ने सोच्छन्। काटछाँट र निराकरण गरिँदा ख्रीष्टविरोधीहरूले राख्‍ने मनोवृत्ति यही हो। यसबारेमा, तिमीहरू निश्‍चित हुन सक्छौ। काटछाँट र निराकरण गरिँदा नै वास्तवमा, कुनै व्यक्तिले सत्यता स्विकार्न सक्छ कि सक्दैन र ऊ साँच्‍चै आज्ञाकारी छ कि छैन भन्‍ने कुरा सबैभन्दा बढी खुलासा हुन्छ। ख्रीष्टविरोधीहरू काटछाँट र निराकरणप्रति यति धेरै प्रतिरोधी हुनु नै तिनीहरू सत्यताप्रति दिक्‍क मान्छन् र यसलाई अलिकति पनि स्विकार्दैनन् भन्‍ने कुरा देखाउन पर्याप्त छ। त्यसकारण समस्याको जड यही हो। तिनीहरूको घमण्ड चुरो कुरा होइन; सत्यता स्वीकार नगर्नु नै समस्याको सार हो। जब ख्रीष्टविरोधीहरूलाई काटछाँट र निराकरण गरिन्छ, तिनीहरूसँग निराकरण गर्ने व्यक्तिले राम्रो स्वर र मनोवृत्ति प्रयोग गरोस् भनी तिनीहरू चाहन्छन्। यदि यसो गर्ने व्यक्तिको भाव गम्‍भीर र मनोवृत्ति कठोर छ भने, ख्रीष्टविरोधीले विरोध गर्छ र ऊ अवज्ञाकारी र क्रोधित हुन्छ। तिनीहरूबारे खुलासा गरिएको कुरा सही हो कि होइन वा यो तथ्य हो कि होइन भन्‍ने कुरालाई तिनीहरू कुनै ध्यान दिँदैनन्, र तिनीहरूले कहाँ गल्ती गरे वा तिनीहरूले सत्यता स्विकार्नुपर्छ कि पर्दैन भन्‍ने कुरा पनि वास्ता गर्दैनन्। तिनीहरूले आफ्नो स्वाभिमान र प्रतिष्ठामा प्रहार भएको छ कि छैन भन्‍ने मात्रै विचार गर्छन्। ख्रीष्टविरोधीहरूले काटछाँट र निराकरण मानिसहरूको लागि उपयोगी हुन्छन्, प्रेमपूर्ण हुन्छन् र मुक्ति दिने हुन्छन्, ती मान्छेका लागि फाइदाजनक हुन्छन् भनेर मान्‍न पटक्‍कै सक्दैनन्। तिनीहरूले यो कुरा देख्‍नसमेत सक्दैनन्। के यो तिनीहरूको अन्धाधुन्ध र अव्यावहारिक कार्य होइन र? त्यसकारण, काटछाँट र निराकरण सामना गर्दा, ख्रीष्टविरोधीले कस्तो स्वभाव प्रकट गर्छ? शङ्कै छैन, त्यो सत्यताप्रति दिक्‍क मान्‍ने, साथै अहङ्कारी र हठी स्वभाव हो। यसले ख्रीष्टविरोधीहरूको प्रकृति र सार सत्यताप्रति दिक्‍क मान्‍ने र यसलाई घृणा गर्ने खालको हुन्छ भन्‍ने तथ्य खुलासा गर्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। परमेश्‍वरका वचनहरूबाट, मैले ख्रीष्‍टविरोधीहरू प्राकृतिक रूपमा सत्यतालाई घृणा गर्छन् र हैसियतको लालसा गर्छन् भन्ने सिकेँ। निराकरण र काटछाँट गरिँदा, आलोचना सही छ भन्ने उनीहरूलाई थाहा हुन्छ, तर यसले उनीहरूको बेइज्जत हुने र वास्तविक प्रकृति खुलासा हुने भएकोले, उनीहरू यो स्विकार्न अनिच्छुक हुन्छन्। आफूलाई निराकरण गर्ने व्यक्तिलाई शत्रुलाई जस्तै इन्कारसमेत गर्छन्। मेरो ख्रीष्‍टविरोधीकै जस्तो स्वभाव थियो। ली स्याओले मेरा समस्या औँल्याइदिँदा, उनको कुरा सही छ भन्ने मलाई थाहा थियो, तर मैले सत्यता खोजिनँ वा आत्मचिन्तन गरिनँ। उनले मेरा कमजोरी सिधै खुलासा गरेर मेरो बेइज्जत गरेकी हुनाले म उनका सुझावहरू स्वीकार गर्दिनथेँ। उनी मलाई अप्ठ्यारो पार्न खोज्दैछिन् भन्ने मैले सोचेकी थिएँ। मैले आफ्नो प्रतिष्‍ठा जोगाउन, उनलाई कड्के नजर लगाउने, बन्धनमा पार्ने मात्रै गरिनँ, उनलाई निराकरण गर्न र मेरा समस्या औँल्याउन रोक्न लगाउन सुपरभाइजरलाई उनको सिकायतसमेत गरेकी थिएँ। ममा ख्रीष्‍टविरोधीको जस्तै सत्यतालाई घृणा गर्ने स्वभाव रहेछ भन्ने मैले महसुस गरेँ। सत्यता स्वीकार गर्न सक्ने व्यक्तिले आफ्ना कमजोरीहरू औँल्याइदिने सहकर्मी पाउनु लाभदायी ठान्छ—यसरी, तिनीहरू आफ्नो भ्रष्‍ट स्वभावअनुसार कर्तव्य गर्नबाट, र मण्डली काममा बाधा पुर्‍याउनबाट जोगिन सक्छन्। यसले तिनीहरू र मण्डलीको काम दुवैलाई फाइदा पुर्‍याउँछ। यसरी तिनीहरू अरू मानिसबाट काटछाँट र आलोचना स्विकार्न सक्छन्। तर स्पष्‍टतः म भ्रष्‍टता र कमीहरूले भरिएकी थिएँ, र मेरो काममा समस्याहरू थिए, तर म ती कसैले औँल्याइदिएको चाहन्नथेँ। उनीहरूले समस्या औँल्याउँदा, सो भाँती पुऱ्याएर गरेको माग गर्थेँ ताकि मेरो बेइज्जत नहोस्। उनीहरूको भनाइले मेरो हैसियत र प्रतिष्‍ठा खतरामा पार्दा, मैले उनीहरूलाई शत्रुवत् व्यवहार गरेँ र परमेश्‍वरप्रति कुनै श्रद्धा राख्नु त कता हो कता, मण्डली काम वा उनीहरूका भावनालाई कुनै विचार नगरी, उनीहरूलाई बहिष्‍कार गर्ने उपाय खोजेँ। म ख्रीष्‍टविरोधीको बाटोमा हिँड्दै थिएँ, र यदि मैले पश्‍चात्ताप नगरेकी भए, परमेश्‍वरले मलाई तिरस्कार गरेर हटाउनुहुनेथ्यो।

पछि मैले परमेश्‍वरका वचनको एउटा खण्ड फेला पारेँ: “सुधार गर्ने खालको बोलीवचन कसरी व्यक्त गरिन्छ? यो मुख्यतः प्रोत्साहन दिने, अभिमुखीकरण गर्ने, अगुवाइ गर्ने, सल्‍लाह दिने, बुझ्‍ने, र सान्त्वना दिने कार्य हो। यसको साथै, कतिपय विशेष अवस्थाहरूमा, अरू मानिसहरूको गल्तीलाई सीधै खुलासा गरेर तिनीहरूलाई काटछाँट गर्नुपर्ने आवश्यकता हुन्छ, ताकि तिनीहरूले सत्यताको ज्ञान र पश्‍चात्ताप गर्ने इच्‍छा प्राप्त गर्न सकून्। त्यसपछि मात्रै उचित प्रभाव हासिल हुन्छ। यस प्रकारको अभ्यासले मानिसहरूलाई ठूलो फाइदा दिन सक्छ। यो तिनीहरूको लागि वास्तविक सहयोग हो, र यसले तिनीहरूलाई सुधार गर्छ, होइन र? उदाहरणको लागि, मानौँ तँ औधी नै स्वेच्‍छाचारी र अहङ्कारी छस्। यसबारेमा तँलाई कहिल्यै थाहा थिएन, तर तँलाई राम्ररी चिन्‍ने व्यक्ति आउँछ, र तँलाई समस्या सीधै बताइदिन्छ। तैँले मनमनै विचार गर्छस्, ‘के म स्वेच्‍छाचारी छु? के म अहङ्कारी छु? कसैले पनि मलाई यसो भन्‍ने आँट गरेन, तर उसले मलाई बुझेको छ। उसले यस्तो कुरा भन्‍न सक्यो, यसले यो साँचो हो भन्‍ने जनाउँछ। मैले यसबारेमा केही समय मनन गर्नुपर्छ।’ त्यसपछि, तपाईंले त्यस व्यक्तिलाई भन्‍नुहुन्छ, ‘अरूले मलाई राम्रा कुराहरू मात्रै भन्छन्, तिनीहरूले मेरो गुणगान गाउँछन्, कसैले पनि मसँग यति व्यक्तिगत कुरा गर्दैन, कसैले पनि मलाई कहिल्यै मेरा यी कमीकमजोरी र समस्याहरूलाई औँल्याइदिएका थिएनन्। तपाईंले मात्रै मलाई बताउन, र यति व्यक्तिगत कुरा गर्न सक्‍नुभयो। मेरो लागि यो निकै राम्रो, निकै ठूलो सहयोग हो।’ हृदयदेखि कुरा गर्नु भनेको यही हो, होइन र? अलिअलि गर्दै, अर्को व्यक्तिले आफ्‍नो मनको कुरा, तेरो बारेमा आफ्नो विचार बतायो, र आफूसँग यस विषयमा धारणा, कल्‍पना, नकारात्मकता र कमजोरी रहेको, तर सत्यताको खोजी गरेर त्यसबाट उम्‍कन सकेको आफ्नो अनुभव बतायो। हृदयदेखि कुरा गर्नु भनेको यही हो, आत्मा-आत्माबीचमा सञ्चार हुनु भनेको यही हो(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (३))। मैले परमेश्‍वरका वचनहरूद्वारा मानिसहरूलाई प्रोत्साहन र सान्त्वना दिने बोलीको अतिरिक्त, मानिसहरूका समस्या सामना गर्ने र तिनीहरूका कमजोरीहरू औँल्याउने बोली पनि साँच्चै उपयोगी हुन्छ भन्ने सिकेँ। कहिलेकाहीँ हामी भ्रष्ट स्वभावअनुसार चल्छौँ र आफ्नै समस्याहरू देख्दैनौँ, र हाम्रा समस्याहरू निराकरण र खुलासा गर्ने शब्दहरू अझ बढी लाभदायकसमेत हुन सक्छन्। त्यो बेला, हाम्रो अलिक बेइज्जत होला, तर यो आलोचना र सहयोगले हामीलाई सत्यता खोज्दै र आत्मचिन्तन गर्दै परमेश्‍वरसामु आउन प्रोत्साहित गर्छ। यो हाम्रो जीवन प्रवेशका लागि साँच्चै लाभदायी हुन्छ। मैले जीवन प्रवेशलाई महत्त्व दिइनँ र म सक्रियरूपमा आत्मचिन्तन गर्दिनथेँ। ली स्याओ मसँग घनिष्ठ सम्पर्कमा थिइन्, त्यसैले मेरो काममा कस्ता समस्याहरू छन् भनेर उनलाई स्पष्‍ट ज्ञान थियो। उनमा धार्मिकताको बोध थियो, उनी जिम्मेवारीपूर्वक काम गर्थिन्, र मेरा समस्या र विचलनहरू सिधै औँल्याउन सक्थिन्। उनले व्यवहार गर्न भाँती पुऱ्याइनन् होला, अलि कठोरसमेत भइन् होला, तर उनले साँच्चै मलाई मद्दत गर्न खोजिरहेकी थिइन्। मेरो भ्रष्‍ट स्वभावले बन्धनमा परेको महसुस हुँदा पनि उनी मेरो विरुद्धमा लागिनन् र मसँग पहिलेजस्तै सहकार्य गरिरहिन्। ली स्याओले मलाई निराकरण र खुलासा गरेपछि मात्र म उदास भएँ र आफ्नो समस्याबारे मनन गर्न परमेश्‍वरसामु आउनुपर्छ भन्ने थाहा पाएँ। बिस्तारै, मैले कर्तव्य पालना गर्दा आफ्नो मनोवृत्ति सच्याउन थालेँ। यी सबै सुधार ली स्याओले मलाई डाँटेकी र निराकरण गरेकीले गर्दा आएका थिए। तर मलाई आफ्नो लागि के राम्रो हुन्छ भन्ने थाहा थिएन—उनले मसँग रूखो बोली बोल्दा, मलाई गाह्रो पार्दै छिन् र मेरा कमजोरीहरू खोतल्दैछिन् भन्ने लाग्यो। त्यसैले मैले स्विकार्न टारिरहेँ, प्रतिरोध गरिरहेँ, इन्कार गरिरहेँ, र आत्मचिन्तन गर्नमा ध्यान दिइनँ। अन्त्यमा, म पटक्कै परिवर्तन भइनँ र सत्यता प्राप्‍त गर्ने अवसरहरू गुमाएँ। म कति मूर्ख थिएँ! यदि मलाई मानिसहरूलाई खुसी पार्ने मेरा समस्याहरू नऔँल्याउने व्यक्तिसँग सहकार्य गराएको भए, यसो हेर्दा यसले मलाई बेइज्जत हुनबाट जोगाए तापनि, यथार्थमा, मलाई कुनै वास्तविक मद्दत गर्नेथिएन र मेरो जीवन प्रवेश वा मण्डली कामप्रतिलाभ हुनेथिएन। यी अनुभूतिहरूद्वारा, मैले अभ्यासको मार्ग प्राप्‍त गरेँ। मलाई थाहा थियो, अगाडि बढ्दा काटछाँट वा निराकरण गरिएमा, मैले केवल अनुकूल र मनपर्दा टिप्पणीहरूलाई मात्र रुचाउनु हुँदैन, वा आफ्नै प्रतिष्‍ठा र हैसियतलाई मात्र विचार गर्नु हुँदैन। मैले निराकरण स्वीकार गर्नुपर्छ, र मानिसहरूबाटको आलोचनाबारे सत्यता खोज्नुपर्छ, आत्मचिन्तन गर्नुपर्छ र तुरुन्तै पश्‍चात्ताप गरेर आफ्ना कार्यहरू सच्याउनुपर्छ। यसरी अरूसँग सहकार्य गरेर मात्र म आफ्नो कर्तव्य र जिम्मेवारी राम्ररी पूरा गर्न सक्थेँ।

पछि, मैले सिकेका कुराहरू ली स्याओसँगको सङ्गतिमा खुलस्त भनेँ। सङ्गतिपछि, हामी दुवैलाई एकदमै स्वतन्त्र महसुस भयो र अन्ततः मैले उनीसँग सामान्य रूपमा सहकार्य गर्न सकेँ। एकपटक, एक नयाँ विश्‍वासी केही समस्याबाट गुज्रिरहेका थिए, त्यसैले मैले मेरो बुझाइको आधारमा उनलाई सङ्गति दिएँ, तर ली स्याओले मैले भनेको कुरा सुनेपछि, मेरो सङ्गतिले ती नयाँ विश्‍वासीलाई थोरै प्रोत्साहन मात्र दिएको छ तर उनको समस्या समाधान गर्दैन भनेर मलाई रूखो पाराले भनिन्। उनको कुराले मलाई अलि लाज लाग्यो। झट्ट हेर्दा, मैले उनको आलोचना स्विकारेको देखाएँ, तर भित्र भने म उनीसँग अलि दुःखी थिएँ। तर त्यसपछि मैले मेरो अवस्था गलत भएको महसुस गरेँ, त्यसैले मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ र आफूलाई त्यागेँ। मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “अहिले तिमीहरू आफ्‍नो कर्तव्य निभाउन सक्‍ने बन्‍ने क्रममा, तिमीहरूले समर्पित हुन सिक्‍नु, अनि सत्यता र परमेश्‍वरबाट आउने कुरामा समर्पित हुन सिक्‍नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यसरी, तिमीहरू परमेश्‍वरलाई पछ्याउनुको पाठ सिक्‍न सक्छौ, र क्रमिक रूपमा सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्छौ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि वरपरका मानिसहरू, मामला र स्थितिहरूबाट सिक्‍नुपर्छ)। वास्तवमै, समस्याहरू आइपर्दा, हामीले सत्यतासँग मेल खाने र आफ्नो कर्तव्यमा लाभदायी हुने बोली स्विकार्न सिक्नैपर्छ। यो परमेश्‍वरको माग हो र हामीले गर्नैपर्ने कुरा यही हो। ली स्याओले मेरो समस्या औँल्याइदिएकी कारण मैले उनको आलोचना स्विकारेर खोजी र मनन गर्नुपर्छ। मैले प्रार्थना र चिन्तनद्वारा, वास्तवमै ती नयाँ विश्‍वासीको समस्या बुझेकी रहेनछु र यसको जडबारे सङ्गति गरेकी रहेनछु भन्ने थाहा पाएँ। परमेश्‍वरका वचनहरू पढेर, मैले आफ्ना विचलन र कमजोरीहरूबारे केही थाहा पाएँ र सत्यताको यस पक्षमा थप अन्तरदृष्टि पाएँ। मैले साँच्चै बुझेँ, त्यस्ती सहकर्मीको साथ पाउनु मेरो जीवन प्रवेश र कर्तव्य पालना दुवैका लागि अत्यन्तै लाभदायी थियो। मैले अरूको आलोचना स्विकार्दाका फाइदाहरू पनि महसुस गरेँ। अबदेखि, म ब्रदर-सिस्टरहरूका आलोचना स्विकार्नेछु र आफ्नो कर्तव्य राम्रोसँग पालना गर्नेछु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

कर्तव्यमा कुनै दर्जा हुँदैन

सर्वशक्तिमान् परमेश्‍वरलाई विश्‍वास गर्नुभन्दा पहिले, मलाई शिक्षकहरूको प्रशंसा सुन्‍ने बानी परेको थियो। म सधैँ ध्यानको केन्द्रविन्दु हुन...

परमेश्‍वरको गवाही दिनु भनेको साँचो रूपमा कर्तव्य पूरा गर्नु हो

केही समय अघि, मैले नयाँ विश्‍वासीहरूको अनुभव सम्‍बन्धी गवाहीका भिडियोहरू हेरेकी थिएँ, र म निकै प्रभावित भएँ। दुई-तीन वर्ष विश्‍वास गरेर...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्