घातक रोगले ग्रसित एक बिरामीको तर्कना

16 डिसेम्बर 2024

टिटिए, चीन

जून २०१३ मा मलाई दश दिनभन्दा बढी महिनावारी भयो, र रगतका ठूलाठूला ढिका निस्किए। त्यो बेला, मलाई तल्लो दाहिने पेटमा बेलाबेलामा अलिकति दुख्ने मात्र गर्थ्यो, त्यसैले मैले यसबारे धेरै सोचिनँ। तर अर्को महिनाको महिनावारीको दौरान, झन् ठूलाठूला ढिका निस्किन थाले र झन् धेरै रक्तश्राव हुन थाल्यो। मलाई अलिक डर लाग्यो, त्यसैले जँचाउन अस्पताल गएँ। डाक्टरले नतिजा पर्खन भन्दै मलाई घर पठाए। तर, भोलिपल्टै लगातार रक्तश्राव भयो। रक्तश्राव रोक्ने सबभन्दा राम्रो औषधिले पनि केही समय रोक्थ्यो र यसको प्रभाव सकिने बित्तिकै फेरि सुरु हुन्थ्यो। रगत धेरै नै बगेकाले शरीर चीसो भएर पसिनै पसिना भएको थियो। त्यो बेला म घरमा एकलै थिएँ। मैले मनमनै सोचेँ: “रगत धेरै बगेर म मरेँ भने?” मैले हतारहतार बहिनीलाई बोलाएँ, त्यसपछि ओछ्यानमा ढलेँ, हलचल गर्न सकिनँ। बहिनीले तुरुन्तै एम्बुलेन्स बोलाएर मलाई अस्पताल लगिन्। सारा रगत बगेकाले शरीर पूरै फिक्का भएको थियो। ओठको रङ बैगनी भएको थियो, अनुहार लाशको जस्तै पहेँलो थियो। पूरै शरीर चिसो थियो र रगत तुरुन्तै चढाउनुपर्ने देखियो, तर अस्पतालको प्लाज्मा भण्डार रित्तो थियो र दिउँसो १ बजेसम्म कुनै प्लाज्मा आइपुग्नेवाला थिएन। अस्पतालमा प्लाज्मा छैन भन्ने सुनेर म भयभीत भएँ, सोचेँ, “एक बज्न अझै पनि आठ घण्टा बाँकी छ। त्यतिबेलासम्म म कसरी बाँच्ने होला? मेरो लगभग सबै रगत बगिसकेको छ, त्यसैले आठ घण्टामा त म मरिसकेको हुन्न र? म अझै जवान नै छु। म मरेँ भने आकाशको निलोपन वा राज्यको सुन्दर दृश्य फेरि देख्न पाउने छैनँ।” म निकै डराएँ, र परमेश्वरलाई पुकारिरहेँ: “हे परमेश्वर! बिन्ती मलाई बचाउनुहोस्!” त्यतिबेलै मलाई परमेश्वरका वचनको एउटा वाक्य याद आयोः “जबसम्‍म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, तबसम्‍म परमेश्‍वरले तँलाई मर्न दिनुहुनेछैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ६)। परमेश्वरका वचनले मलाई धेरै आस्था दियो। सासको त्यान्द्रो रहेसम्म, म परमेश्वरको मन्जुरीविना मर्नेथिइनँ। मैले परमेश्वरलाई मनमनै प्रार्थना गरेँ: “हे परमेश्वर, म तपाईँलाई धन्यवाद दिन्छु। म असहाय र भयभीत हुँदा तपाईँका वचनले मात्र मलाई सान्त्वना दिन सक्छ। मसँग अझै पनि सासको त्यान्द्रो छ, र तपाईँले मलाई मर्न नदिँदासम्म म जिइरहनेछु। तपाईँ जे भन्नुहुन्छ म त्यसैमा विश्वास गर्छु।” प्रार्थनापछि मलाई धेरै शान्ति भयो र डर कम भयो। मेरो श्रीमान् साँझ ६ बजेतिर अस्पताल आइपुगे, तर के भएको थियो भन्नेबारे सुनिसकेपछि उनले सान्तवनाको एक शब्द पनि बोलेनन्। उनले केवल मतिर हेरे, मेरो आसपासका मानिससँग केहीबेर कुरा गरे, अनि बाहिर निस्किहाले। मैले परमेश्वरमा विश्वास गर्न थालेदेखि नै मेरो श्रीमानले मलाई सताइरहेका थिए। अहिले म बिरामी हुँदा उनी मसँग झनै मतलब नराख्न चाहन्थे। मलाई एकलो र असहाय महसुस भयो। त्यो समयमा, म चल्न वा बोल्न सक्दिनँथेँ, तर दिमाग स्पष्ट थियो। श्रीमान् बाहिर निस्केको देखेर मैले आँसु थाम्न सकिनँ। बिरामी हुँदा श्रीमान् मेरो साथ रहनेछन् भन्ठानेकी थिएँ। उनी यति निर्दयी हुन्छन् भन्ने कहिल्यै सोचेकी थिइनँ। त्योबेला मलाई थाहा भयो, म अबउप्रान्त श्रीमानमा भर पर्न सक्दिनँ र केवल परमेश्वरमा भर गर्न सक्छु। मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ, एक पलका लागि पनि उहाँदेखि टाढा जाने हिम्मत गरिनँ। मैले पढेका परमेश्वरका वचन र केही भजन पनि मनन गरेँ। ममा गहिरो प्रभाव छाड्ने भजनको शीर्षक “पत्रुस साँचो विश्वास र प्रेममा अटल थिए” भन्ने थियो: “परमेश्‍वर! मेरो जीवनको केही मूल्य छैन, र मेरो शरीरको केही मूल्य छैन। मेरो एउटै मात्र विश्‍वास छ र एउटै मात्र प्रेम छ। मेरो मनमा तपाईंप्रति विश्‍वास छ र मेरो हृदयमा तपाईंप्रति प्रेम छ; तपाईंलाई दिनका लागि मसँग यी दुई कुराहरू मात्रै छन्, अरू केही पनि छैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसले येशूलाई कसरी चिने)। मैले यो भजन मनमनै गाएँ, र मैले आफ्नो आस्थामा आफूलाई परमेश्वरमा अर्पित नगरेको र उहाँमा साँचो विश्वास नराखेको बारेमा सोचेँ। म सधैँ आफ्नो परिवारमा भर पर्न खोजेँ, तर मेरो सबभन्दा नाजुक क्षणमा सबभन्दा नजिकको व्यक्तिले मलाई उपेक्षा गरे। मलाई आफ्ना वचनहरूमार्फत् सान्तवना दिने परमेश्वर नै हुनुहुन्थ्यो र उहाँले मात्र मलाई मुक्ति दिन सक्नुहुन्छ। मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ: “हे परमेश्वर, केवल तपाईँले नै मलाई मुक्ति र सान्तवना दिन सक्नुहुन्छ, र मलाई आस्था र बल दिन सक्नुहुन्छ। मेरो हृदय र जीवन तपाईँमा अर्पित गर्न तयार छु।” परमेश्वरका वचनको भजन मनन गरेर मलाई साँच्चै शान्ति भयो, र म आफ्नो रोगबारे सोच्न र मृत्युसँग डराउन छोडेँ। बिस्तारै मेरो शरीर केही तातो हुँदै आयो। चालै नपाइकन रातको १ बजिसकेको थियो। रगत चढाइसकेपछि, भोलिपल्ट बिहान मैले ताजा महसुस गरेँ। म उठेर बेडमा बसेको देखेर ड्युटीमा रहेका डाक्टर पनि चकित भए। उनले भने: “हिजो तपाईँको हालत निकै खराब थियो; तपाईँले रात कटाउनुभएको देखेर म चकित छु!” डाक्टरले यसो भनेको सुनेपछि मैले बारम्बार परमेश्वरलाई धन्यवाद दिएँ। परमेश्वरका वचनको मार्गदर्शन नभएको भए म कदापि बाँच्ने थिइनँ। यो सबै परमेश्वरको अद्भूत सुरक्षाले गर्दा भएको थियो। त्यसपछि, डाक्टरले मलाई थप परीक्षणका लागि सहरको अस्पताल पठाए। मैले मनमनै सोचेँ: परमेश्वरले हिजो निकै खतरनाक अवस्थामा मेरो रक्षा गर्नुभयो, त्यसैले तिनीहरूले कुनै गम्भीर समस्या भेट्टाउने छैनन् भन्नेमा ढुक्क थिएँ।

भोलिपल्ट, परिवारका केही सदस्यका साथमा थप परीक्षणका लागि म ठूलो अस्पताल गएँ, त्यहाँ मेरो पाठेघरको मुखमा अन्तिम स्टेजको क्यान्सर पत्ता लाग्यो। ट्यूमर हाँसको फुल जत्रो भइसकेको रहेछ र शल्यक्रिया सम्भव थिएन। शल्यक्रिया गरेर म बाँच्ने थिइनँ। डाक्टरले “पाठेघरको मुखको अन्तिम स्टेज क्यान्सर” बताउँदा म हक्क न बक्क भएँ र पूरै स्तब्ध बन्न पुगेँ। मैले मनमनै सोचिरहेँ: “क्यान्सर? मलाई कसरी क्यान्सर भयो? केही अविश्वासी क्यान्सर भएपछि केही महिना मात्र बाँच्छन्। के म निको हुन सक्छु?” मलाई पीडा र वेदना भइरहेको थियो, र कसैसँग बोल्न मन थिएन। अस्पतालको बेडमा पल्टेर विगत दश वर्षदेखिको परमेश्वरमाथिको मेरो आस्थाबारे चिन्तन गरिरहेँ: परमेश्वरको आखिरी दिनहरूको काम स्विकारेदेखि मैले परिवारको सतावट भोग्दै आएकी थिएँ र अविश्वासीहरूले मेरो उपहास र निन्दा पनि गरेका थिए। यी वर्षहरूमा मण्डलीले मलाई जुनसुकै काम सुम्पे पनि म सधैँ समर्पित हुन्थेँ। जतिसुकै कठिन वा थकाइलाग्दो भए पनि परमेश्वरमा भर परेर म यसबाट पार पाउँथेँ। मलाई पक्राउ गरी दोषी करार गरेर जेल पठाएको बेला पनि मैले कहिल्यै परमेश्वरलाई विश्वासघात गरिनँ, र जेलमुक्त भएपछि सुसमाचार सुनाउन र कर्तव्य पूरा गर्न जारी राखेँ। मैले पहिल्यै निकै कष्ट झेलिसकेकी, निकै कठिन समयबाट गुज्रिसकेकी थिएँ, अनि अहिले आएर घातक रोग किन लाग्यो? परमेश्वरले मेरो रक्षा किन गर्नुभएन? के परमेश्वरप्रतिको मेरो आस्था सकिन लागेको हो? मैले बुझ्नै सकिनँ र यसरी मर्नु स्विकार्न सक्दिनँथेँ। गुनासोका आँसु गालाबाट झर्दै गर्दा मैले परमेश्वरलाई बिन्ती गरेँ: “हे परमेश्वर, म मर्न चाहन्नँ। म अहिले मरेँ भने मैले तपाईँको महिमाको दिन र ठूलो रातो अजिङ्गरको पतन कहिल्यै देख्न पाउनेछैनँ, अनि राज्यको सुन्दर दृश्य मैले कहिल्यै देख्नेछैनँ। मेरो कस्तो अन्त्य हुन्छ भन्ने सोचेर सिरिङ्ग हुन्छ। हे परमेश्वर, बिन्ती मलाई सहायता गर्न आउनुहोस् र मेरो रोग निको पार्नुहोस्!” त्यहीबेला, मेरो अत्यन्त धेरै रगत बगेको अवस्थाबारे सोचेँ, र कसैले पनि म बाँच्नेछु भनेर नसोचेको बेला पनि परमेश्वरले मेरो जीवन जोगाउनुभएको थियो, र मैले उहाँको अद्भुत कार्य देखेकी थिएँ। यही सोचर, म मेरो उपचार गराउन चाहन्थेँ।

मेरो गम्भीर हालत देखेर डाक्टरले रेडिएसन र केमोथेरापी दुवै लिन सल्लाह दिए। केमोथेरापीले मलाई वाकवाकी लगाउँथ्यो र भ्रमित बनाउँथ्यो। यो निकै असहज हुन्थ्यो र मेरो अनुहार निकै तातो हुन्थ्यो। रेडिएसन गराउँदा, शरीरभरि काँडाले घोचेजस्तो हुन्थ्यो। दुइटै थेरापी सँगै गर्दा असहनीय पीडा हुन्थ्यो, अनि मैले फेरि गुनासो गर्न र परमेश्वरलाई गलत बुझ्न थालेँ: परमेश्वरको सुरक्षा नपाउने अविश्वासीहरूलाई क्यान्सर हुन्छ भन्ने त बुझ्न सकिन्छ, तर मैले त परमेश्वरमा आस्था राखेकी थिएँ, अनि कसरी मलाई यो घातक रोग लाग्न सक्यो? परमेश्वरले मेरो रक्षा गर्नुभएको थिएन! म बसेको अस्पतालको वार्ड विभिन्न खालका क्यान्सर रोगीले भरिएको थियो र केही दिनको अन्तरालमा यो कोठाबाट एउटा मरेको बिरामीलाई कोठाबाट निकालेर लगिन्थ्यो। म भयभीत थिएँ, र मेरो रोग अझ बिग्रिँदै गयो भने कुनै दिन म पनि यसरी नै निकालेर लगिन्छु भनेर चिन्तित थिएँ। म दिनभर अरु क्यान्सर बिरामीसँगै कोचिएर बच्न चाहन्नथेँ। दिनदिनै तिनीहरूको पीडादायी चित्कार सुन्दा निकै सास्ती हुन्थ्यो। त्यसैले मेरो उपचार सकिनेबित्तिकै म परमेश्वरका वचन पढ्न एउटा सिस्टरको घर गएँ। उनीसँग मेरो भेलाको दौरान म सक्रिय भएर परमेश्वरका वचनबारेको मेरो बुझाइ बताउँथेँ, र सम्भावित सुसमाचार प्रापकका धारणाहरू कसरी हल गर्ने भनी उनीसँग छलफल गर्थेँ। मैले मनमनै सोचेँ: “अस्पतालबाट डिस्चार्ज भएपछि म सुसमाचार सुनाउन र कर्तव्य पूरा गर्न जारी राख्नेछु। जबसम्म म भेलाहरूमा सहभागी भइरहन्छु, परमेश्वरका अझ धेरै वचनहरू खान्छु र पिउँछु, अनि परमेश्वरमा आस्था राख्छु, उहाँले अवश्यै मेरो रक्षा गर्नुहुनेछ।” मेरो उपचारको दौरान, एक जना आफन्त मलाई भेट्न आइन्, र सुटुक्क उनको श्रीमान् पनि क्यान्सरले बितेका थिए, र मेरो क्यान्सर पनि उपचार नहुने खालको छ भनेर मेरो श्रीमान् र छोराछोरीलाई बताइन्। उनले भनिन्, अस्पतालको उपचारमा पैसा खर्च गर्नुभन्दा मलाई यात्रामा लैजानु, मलाई र पैसा दुवै नगुमाउनु नै राम्रो हुनेछ। मेरो श्रीमान्ले उनको सल्लाह मानेर मलाई यात्रामा लैजाने भनेर बताए। उनले म जहाँ चाहन्छु त्यहाँ जान सकिन्छ भने। तर मेरो मनमा “त्यसोभए के तिनीहरू मेरो उपचार गराउन चाहँदैनन्? भन्ने सोच आयो। त्यसो भयो भने के म मर्नेछैनँ र? के यो साँच्चै मेरो अन्त्य हो?” म फेरि एक पटक पीडामा डुबेँ। केही दिनपछि, मेरा श्रीमान्ले मेरो औषधिउपचार खर्च तिर्न इन्कार गरे। मेरी बहिनीले भनिन्: “डाक्टरले भनेको, तिमी दुईदेखि तीन महिना मात्र बाँच्न सक्छौँ रे, त्यसैले श्रीमान्लाई उपचार खर्च तिर्नु भन्न बन्द गर। अब कुनै पनि उपचारले तिमी निको हुन सक्दैनौ। केवल परमेश्वरमा भर पर—उहाँले मात्रै तिमीलाई बचाउन सक्नुहुन्छ!” यो सुनेर म स्तब्ध भएँ र असहाय भएर बेडमा पल्टिरहेँ, उनले भनेका कुरा सत्य हुन सक्छन् भन्ने सोच्ने हिम्मत भइरहेको थिएन। मसँग दुईदेखि तीन महिना मात्र जिउने समय छ? म तहसनहस भएँ र मेरा गाला हुँदै आँसु बग्न थाले। डाक्टरले म निको हुँदिनँ भनेर घोषणा गरेका थिए, र मेरो पति र छोराछोरीले मेरो उपचार गराउन छोडेका थिए। अब मर्ने प्रतीक्षा गर्नुबाहेक के नै बचेको थियो? मैले यति धेरै वर्षसम्म परमेश्वरमा विश्वास गरेँ, धेरै कष्ट भोगेँ, यो सबै परमेश्वरले मलाई मृत्युबाट बचाउनुहुन्छ र म राज्यमा प्रवेश गर्न सक्नेछु भन्ने आशाले थियो। कुराहरू यसरी समाप्त हुन्छन् भनेर मैले कहिल्यै सोचेकी थिइँन। मलाई आफू एकदमै आशाहीन र बचाउन नसकिने अवस्थामा पुगेको महसुस भयो। त्यसपछिका दिनमा, म प्रार्थना गर्दा झारा मात्र टार्थेँ र ममा परमेश्वरका वचन पढ्ने उत्साह थिएन। म कुनै पनि समय मर्न सक्छु र अब प्रार्थना गरेर काम छैन भन्ने लाग्यो। म निकै निराशावादी र नकारात्मक भएँ।

एकदिन म अस्पतालको वार्डमा फर्किरहेकी थिएँ, मैले ढोका खोल्नेबित्तिकै एउटा क्यान्सर बिरामीलाई बेडमा मृत अवस्थामा देखेँ, उसको शरीरलाई सेतो कपडाले ढाकिएको थियो। म निकै भयभीत हुँदै अर्को वार्डमा भागेँ। त्यो बिरामी दुई दिन पहिले मात्र भर्ना भएको थियो र आज ऊ मरिसकेको छ। मैले पनि चाँडै एक दिन मृत्युको सामना गर्नुपर्नेछ भनेर डर लाग्यो। त्यसैले म परमेश्वरलाई प्रार्थना गर्न दौडेँ: “हे परमेश्वर, म निकै भयभीत छु, नकारात्मक र कमजोर भएकी छु। मलाई एउटा अविश्वासीझैँ मर्न मन छैन। बिन्ती मेरो रक्षा गर्नुहोस्, मलाई आस्था र बल दिनुहोस, र तपाईँको इच्छा बुझ्ने मौका दिनुहोस्।” प्रार्थनापछि, मैले “परीक्षाको पीडा त परमेश्वरको आशिष् हो” शीर्षकको परमेश्वरका वचनको एउटा भजन सम्झेँ: “निराश नबन्, कमजोर नबन्, अनि म तेरो लागि सबै कुरा स्पष्ट बनाउनेछु। राज्यमा पुग्‍ने मार्ग सहज छैन; कुनै पनि कुरा त्यति साधारण छैन! तिमीहरूकहाँ आशिष सहजै आएको नै तिमीहरू चाहन्छौ, होइन र? आज सबैले तितो परीक्षाको सामना गर्नु पर्नेछ। यस्तो परीक्षाविना मेरो निम्ति तिमीहरूसँग भएको प्रेम बलियो हुन सक्दैन अनि तिमीहरूमा मेरो निम्ति साँचो प्रेम हुनेछैन। यस्ता परीक्षाहरू स-साना परिस्थितिहरूले भरिएका भए तापनि सबैले यसबाट पार भएर नै जानुपर्नेछ, केवल परीक्षाको कठिनाइ व्यक्ति अनुरूप फरक हुनेगर्छ। परीक्षाहरू मैले दिएका आशिषहरू हुन्, अनि तिमीहरूमध्ये कति जना मकहाँ बारम्बार आएर मेरो आशीर्वादको निम्ति घुँडा टेकेर प्रार्थना गर्छौ? तिमीहरू सधैँ यो सोच्छौ कि केही शुभ शब्दहरू मेरा आशीर्वादहरू हुन्। तर पनि तिक्तता पनि आशीर्वादहरू हुन् भन्‍ने तिमीहरू जान्दैनौ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ४१)। परमेश्वरका वचन मेरा लागि सान्तवना दिने र गहिरोसँग प्रेरित गर्ने खालका थिए। उहाँका वचनले के देखाए भने, राज्यमा प्रवेश गर्ने बाटो सरल र सहज छैन, व्यक्तिले केही तिता परीक्षा सहन गर्नुपर्छ। मेरो रोग परमेश्वरबाट आएको एउटा अर्को परीक्षा र आशिष् थियो। म परमेश्वरमाथिको आस्था गुमाउन सक्दिनँथेँ, तर मैले यो रोगमा परमेश्वरको इच्छा खोज्नुपर्थ्यो र उहाँबारे गुनासो गर्नु हुँदैनथ्यो, र म परमेश्वरको गवाहीमा दह्रो हुनुपर्थ्यो। परमेश्वरको इच्छा बुझेपछि म कम नकारात्मक भएँ, र यसबाट पार पाउन परमेश्वरमा भर गर्ने आस्था पाएँ। परमेश्वरले मलाई अझैसम्म मर्न नदिनुभएको देखेर मैले आफ्नो खाली समयमा उहाँका अझ धेरै वचन पढेँ र ती सिस्टरसँग भेला भएँ।

उनको घरमा म अक्सर परमेश्वरका वचनको यो खण्ड पढ्थेँ, “पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान।” एउटा खास खण्डले परमेश्वरमाथिको आस्थाबारेको मेरो दृष्टिकोणका सम्बन्धमा केही नयाँ ज्ञान दिए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ कुनै पनि चुनौती वा संकष्टहरू, वा थोरै पनि कष्ट नआओस् भन्‍ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरूको खोजी गर्छस् जुन व्यर्थ छन्, र तैँले जीवनलाई कुनै मूल्यको ठान्दैनस्, बरु सत्यताको सट्टा आफ्‍नै अनावश्यक विचारहरूलाई अघि राख्छस्। तँ कति बेकामे छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ अनि सुँगुर र कुकुरहरूको बीचमा के भिन्‍नता छ र? सत्यताको खोजी नगरेर देहलाई प्रेम गर्नेहरू सबै नै पशुहरू होइनन् र? आत्माविहीन रहेका मृत मानिसहरू सबै जिउँदो लासहरू होइनन् र? तिमीहरूका माझमा कति वचनहरू बोलिएका छन्? के तिमीहरूका माझमा थोरै काम मात्र गरिएका छन्? तिमीहरूका माझमा मैले कति भरणपोषण गरेँ? त्यसो भए तैँले त्यो किन प्राप्त गरेको छैनस्? तँलाई केको बारेमा गुनासो गर्नु छ? के तैँले देहलाई अत्यन्तै धेरै प्रेम गर्ने हुनाले तैँले केही पनि प्राप्त नगरेको कुरा साँचो होइन र? अनि, के यो तेरा विचारहरू अत्यन्तै अनावश्यक भएकोले होइन र? के यो तँ अत्यन्तै मूर्ख भएकोले होइन र? यदि तँ यी आशिष्‌हरू प्राप्त गर्न असक्षम छस् भने, तँलाई मुक्ति नदिनुभएकोमा के तैँले परमेश्‍वरलाई दोष दिन सक्छस्? तैँले खोजी गर्ने कुरा भनेको परमेश्‍वरमा विश्‍वास गरिसकेपछि शान्ति प्राप्त गर्न सक्षम हुनु, तेरा छोराछोरी रोग-बिमारबाट मुक्त हुनु, तेरो श्रीमानले राम्रो जागिर पाउनु, तेरो छोराले असल श्रीमती पाउनु, तेरो छोरीले योग्य श्रीमान पाउनु, तेरो गोरु र घोडाले राम्ररी खेत जोत्‍नु, तेरो बालीको लागि वर्षभरि राम्रो मौसम हुनु हो। तैँले खोजी गर्ने कुरा यही हो। तेरो खोजी भनेको केवल आराममा जिउनु, र तेरो परिवारमा कुनै दुर्घटना नघटोस्, तँबाट भएर बतास चलोस्, तेरो अनुहार धूलोले नछुओस्, तेरो परिवारको अन्‍न-बाली बाढीले नबगाओस्, तँलाई कुनै पनि विपत्तिले असर नपारोस्, परमेश्‍वरको अङ्गालोमा बस्‍न पाइयोस्, आरामदायी निवासमा बस्‍न पाइयोस् भन्‍ने हो। सधैँ देहको खोजी गर्ने तँजस्तो कायरमा—के तँमा हृदय छ, के तँसँग आत्मा छ? के तँ वनपशु होइनस् र? सट्टामा केही पनि नमागी नै म तँलाई साँचो मार्ग दिन्छु, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्? म तँलाई साँचो मानव जीवन दिन्‍छु, तैपनि तँ यसलाई खोज्दैनस्। के तँ सुँगुर वा कुकुरभन्दा फरक छस् र? सुँगुरहरूले मानिसको जीवनको खोजी गर्दैनन्, तिनीहरू शुद्ध गरिने कार्यको खोजी गर्दैनन् र तिनीहरूले जीवन के हो भन्‍ने कुरा बुझ्दैनन्। हरेक दिन, टन्‍न खाएपछि तिनीहरू सुत्छन्। मैले तँलाई साँचो मार्ग दिएको छु, तैपनि तैँले यसलाई प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई जारी राख्‍न तयार छस्? त्यस्ता मानिसहरू जीवित हुनुको अर्थ के छ र? तेरो जीवन तिरस्कारयोग्य र नीच छ, तँ फोहोर र दुराचारमाझ जिउँछस्, र तैँले कुनै पनि लक्ष्यहरूको खोजी गर्दैनस्; के तेरो जीवन सबैभन्दा नीच छैन र? के परमेश्‍वरलाई हेर्ने आँट तँसँग छ? तैँले यस्तै अनुभव गरिरहिस् भने, के तैँले केही प्राप्त गर्नेछस् र? साँचो मार्ग तँलाई दिइएको छ, तर तैँले यसलाई प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो आफ्‍नै व्यक्तिगत खोजीमा निर्भर हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम)। मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पनि पढेँ: “तिनीहरूसँग अति निकट रूपले सम्‍बन्धित रहेका लाभहरू बाहेक, परमेश्‍वरलाई कहिल्यै नबुझ्‍ने मानिसहरूले उहाँका लागि त्यति धेरै त्याग गर्नुका अरू कुनै कारणहरू हुन सक्छन्? यसमा, हामी पहिले पहिचान नगरिएको समस्या पत्ता लगाउँछौं: परमेश्‍वरसँगको मानिसको सम्‍बन्ध एउटा नाङ्गो स्वार्थ मात्रै हो। यो आशिषहरू प्राप्त गर्ने र दिने बीचको सम्‍बन्ध हो। यसलाई सरल रूपमा भन्दा, यो मालिक र कर्मचारी बीचको सम्‍बन्ध जस्तै हो। मालिकले दिने इनामहरू प्राप्त गर्नका लागि मात्रै कर्मचारीले काम गर्छ। त्यस्तो सम्‍बन्धमा कुनै आत्मीयता हुँदैन, लेनदेन मात्रै हुन्छ। प्रेम गर्ने वा प्रेम प्राप्त गर्ने कुनै कार्य हुँदैन, परोपकार र कृपा मात्रै हुन्छ। कुनै बुझाइ हुँदैन, दबाइएको आक्रोश र धोका मात्रै हुन्छ। कुनै घनिष्ठता हुँदैन, पार गर्न नसकिने दरार मात्रै हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ)। परमेश्वरको न्यायका वचनले मेरो हृदयमा तिखो तरबारले जस्तै घोचिरहेका थिए। परमेश्वरले आमनेसामने भई मलाई न्याय गर्दै हुनुहुन्छ जस्तो लाग्यो। मैले आत्मचिन्तन सुरु गरेः ईसाई बनेपछि, मैले सधैँ अनुग्रह प्राप्त गर्न खोजेँ। म सोच्थेँ, परमेश्वरमा मेरो आस्था रहिरहँदासम्म उहाँले मलाई सुरक्षित राख्नुहुन्छ र सङ्कटबाट बचाउनुहुन्छ। परमेश्वरको आखिरी दिनहरूको काम स्विकारेपछि, परमेश्वरले अनुग्रहको युगमा झैँ बिरामी निको पार्ने, भूत-प्रेत भगाउने र आश्चर्यकर्म गर्ने गर्नुहुन्न, बरु मानिसका भ्रष्ट स्वभावलाई शुद्ध पार्नका लागि मानिसलाई सत्यता पछ्याउन, न्याय, सजाय, परीक्षा र शोधनबाट गुज्रन लगाउनुहुन्छ भन्ने जान्दाजान्दै पनि मैले अझै पनि आशिष् पाउने यो असाधारण चाहना बोकेकी थिएँ। म सोच्थेँ, मेरो आस्थालाई लगनशील भएर पछ्याइरहँदासम्म म सबै विपत्ति र रोगबाट सुरक्षित रहनेछु, र म धेरै बिरामी परे पनि परमेश्वरले मेरो रक्षा गरी मर्न दिनुहुनेछैन। आशिष् र अनुग्रह पाउन मैले उत्साहपूर्वक आफैलाई खर्चिएँ। मेरा श्रीमान्ले मलाई जसरी सताए वा रोके पनि, वा आफन्तहरूले बदनाम गरे र त्यागे पनि, म ती कुराद्वारा बाँधिएको थिइनँ। मलाई पक्राउ गरेर जेल हालिँदा समेत मैले परमेश्वरलाई विश्वासघात गरिनँ। जेलबाट छुटेपछि मैले कर्तव्य पूरा गर्न जारी राखेँ। त्यसरी पछ्याउँदा मुक्ति पाउँछु र सुरक्षित राखिन्छु भन्ठानेँ। खास गरी यस पटक मैले अन्तिम सास लिँदैछु भन्ने लागेको बेला र तनमनले परमेश्वरलाई पुकारेपछि उहाँले मलाई मृत्युको मुखबाट फर्काउँदा, जस्तोसुकै कठिनाइ आइपरे पनि परमेश्वरले मलाई मद्दत गर्नुहुनेछ भन्नेमा झन् विश्वस्त भएँ। मलाई क्यान्सर देखिएपछि र परिवारले मेरो उपचार गर्न छोडेपछि, परमेश्वरलाई मेरो अन्तिम आशा मानेँ, र सोचेँ, म भेलामा निरन्तर सहभागी भएँ र मैले परमेश्वरका वचन पढिरहेँ भने, मैले धेरै प्रार्थना गरेँ, परमेश्वरमा भर परेँ र सकेसम्म आफ्नो कर्तव्य पूरा गरेँ भने, परमेश्वरले ममा आस्था रहेको र म समर्पित भएको देख्नुहुनेछ, र मलाई रक्षा गरी जीवित रहने अनुमति दिन सक्नुहुनेछ। परमेश्वरका वचनको प्रकटीकरणबाट मैले केही कुरा त्याग्न, आफूलाई अर्पित गर्न र उत्साहका साथ कर्तव्य पूरा गर्ने सके पनि यो मैले पछ्याइरहेको सत्यता थिएन भन्ने देखेँ, र यो मेरो भ्रष्ट स्वभाव हटाएर पवित्रता प्राप्त गर्नका लागि थिएन, बरु, मैले खर्चेका कुरा, चुकाएको मूल्यलाई परमेश्वरको आशिष् र अनुग्रहसँग साट्न खोजिरहेकी थिएँ, परमेश्वरले मलाई ठूलो विपत्तिमा मृत्युबाट बचाउनुहुनेछ र म सुन्दर गन्तव्यमा आइपुग्नेछु भन्ने आशा गरेकी थिएँ। परमेश्वरले मेरो रक्षा गर्नुहुँदा उहाँलाई लगातार धन्यवाद दिएँ, स्तुति गरेँ, तर मलाई यो घातक रोग लागेपछि, मलाई अन्याय गरिएको ठानी चुपचाप परमेश्वरको विरोध गरेँ र अन्यायी भएको आरोप पनि लगाएँ। मेरो आस्थामा, मैले केवल परमेश्वरबाट लाभ पाउन चाहेँ र सत्यता पछ्याउनु कति महत्त्वपूर्ण छ भनेर हेरिनँ। मेरो अन्त्य र गन्तव्यलाई खतरामा पार्ने रोग लागेपछि परमेश्वरमाथिको मेरो आस्था हरायो। परमेश्वरका वचन र प्रार्थनामा मन लाग्न छोड्यो, र मैले परमेश्वरलाई गलत बुझेँ र दोष पनि दिएँ। मैले आफूमा परमेश्वरप्रति अतिकति पनि इमानदारी र साँचो प्रेम छैन, उहाँलाई प्रयोग मात्र गरिरहेकी छु, उहाँलाई छल गरिरहेकी र उहाँसँग “व्यापार गरिरहेकी” छु भन्ने देखेँ। मैले आफूलाई एउटा विश्वासी कसरी मान्न सक्थेँ? यदि मैले यसरी नै पछ्याइरहेँ भने, म बाँचे पनि परमेश्वरविरुद्ध विद्रोह र उहाँको प्रतिरोध गरिरहेकी हुनेथिएँ। त्यसरी जिउनुको के मूल्य थियो र? यो बुझेपछि, मलाई निकै लाज र अप्ठेरो लाग्यो। परमेश्वरप्रति निकै ऋणी महसुस गरेँ।

पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, जसबाट मैले अझ गहिरो बुझाइ पाएँ। परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरसँग निरन्तर माग गर्ने मानिसहरूलाई सम्हाल्नुजत्तिको कठिन अरू केही हुँदैन। यदि परमेश्‍वरको कार्य तेरो सोचाइसँग मिल्दैन र उहाँले तेरो सोचाइअनुसार काम गर्नुभएको छैन भने, तैँले विरोध गर्ने धेरै सम्भावना हुन्छ—जुन कुरा प्रकृतिले नै तँ परमेश्‍वरको विरोध गर्छस् भनेर देखाउन पर्याप्त छ। यो समस्यालाई बारम्‍बार आत्मचिन्तन गरेर अनि यसरी सत्यता बुझेर मात्रै चिन्न सकिन्छ, अनि सत्यता पछ्याएर मात्रै यसलाई पूर्ण रूपमा समाधान गर्न सकिन्छ। जब मानिसहरू सत्यता बुझ्दैनन्, तब तिनीहरूले परमेश्‍वरसँग धेरै माग गर्दछन्, तर जब तिनीहरूले सत्यता बुझ्छन्, तब तिनीहरूले एउटै पनि माग गर्दैनन्; तिनीहरू आफूले परमेश्‍वरलाई पर्याप्त रूपमा सन्तुष्ट पार्न नसकेको, आफू पर्याप्त मात्रामा परमेश्‍वरप्रति समर्पित नभएको मात्रै महसुस गर्छन्। सधैँ परमेश्‍वरसित माग गर्ने मानिसहरूले आफ्नो भ्रष्ट प्रकृतिलाई झल्काउँछन्। यदि तँ आफूलाई चिन्न सक्दैनस् र यस मामिलामा साँचो पश्चात्ताप गर्दैनस् भने, परमेश्‍वरप्रतिको तेरो विश्‍वासको मार्गमा गुप्त खतरा र सङ्कटहरू आइपर्नेछन्। तँ साधारण कुराहरूलाई जित्न सक्छस्, तर जब तेरो भाग्य, सम्भावना र गन्तव्यजस्ता महत्त्वपूर्ण कुरा संलग्न हुन्छन्, तब तैँले सायद तिनलाई जित्न सक्नेछैनस्। त्यस बेला, यदि तँमा अझै सत्यताको कमी छ भने, तँ आफ्ना पुराना चालहरूमा फर्केर जान सक्छस्, र यसरी तँ नष्ट हुने ती मानिसहरूमध्येको एक हुनेछस्। धेरै मानिसहरूले सधैँ यसरी नै पछ्याएका र विश्‍वास गरेका छन्; तिनीहरूले परमेश्‍वरलाई पछ्याएको समयमा राम्रो व्यवहार गरेका छन्, तर यसले भविष्यमा के हुनेछ भनेर निर्धारण गर्दैन। किनभने तँलाई मानिसको कमजोर पक्ष, वा परमेश्‍वरको विरोध गर्न सक्ने मानिसको प्रकृतिभित्रका कुरा कहिल्यै थाहा हुँदैन, र तिनले तँलाई विपत्तिमा पुर्‍याउनुअघि तँ यी कुराबारे अनभिज्ञ रहन्छस्। परमेश्‍वरको विरोध गर्ने तेरो प्रकृतिको समस्या समाधान नहुने हुनाले, यसले तँलाई विपत्तिका लागि तयार पार्छ, अनि जब तेरो यात्रा सकिन्छ र परमेश्‍वरको काम पूरा हुन्छ, तब तैँले परमेश्‍वरको सबैभन्दा धेरै विरोध गर्ने कामहरू गर्नेछस् र उहाँको निन्दा हुने कुराहरू भन्‍नेछस्, र यसरी तँलाई दोषी ठहर्‍याएर हटाइनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्)। परमेश्वरका वचन पढेपछि के बुझेँ भने, बिरामी परेदेखि मलाई मृत्युको भयले सताइरह्यो, र परमेश्वरले मलाई मृत्युबाट बचाउनुभए हुन्थ्यो भन्ने तीव्र इच्छा लागिरह्यो। के यो परमेश्वरसँग माग गर्नु थिएन? म सधैँ सोच्थेँ, परमेश्वरमा विश्वास गर्ने भएकीले उहाँले मलाई जतिबेला नि रक्षा गर्नुपर्छ, एउटा अविश्वासीलाई गरेजस्तै व्यवहार मलाई गर्न हुँदैन। मलाई अन्तिम स्टेजको क्यान्सर भएको थाहा भएपछि, र परमेश्वरले मलाई थप सुरक्षा नदिनुभएको देखेर, म समर्पित हुनै सकिनँ। मैले मेरा त्याग, खर्च र जेलमा भोगेको कष्टलाई परमेश्वरसँग मेरो कुरामा तर्क गर्न र सर्त राख्न पुँजीका रूपमा प्रयोग गरेँ, परमेश्वरले मेरो रोग निको पार्नुपर्छ भन्ने माग गरेँ। परमेश्वरले मेरो मागअनुसार काम नगर्नुहभएपछि, उहाँसँग वाद-विवाद गरेँ र यसका लागि झगडा गरेँ। मैले बुझेँ कि यतिका वर्ष विश्वास गरेर पनि ममा परमेश्वरप्रति अलिकति पनि श्रद्धा रहेनछ। ममा मानवता र समझको निकै कमी रहेछ। मैले अय्युबले परमेश्वरमा राखेको श्रद्धा र जीवनभर दुष्टताबाट अलग बसेको कुरा सम्झेँ। परमेश्वरले उनको परीक्षा लिदाँ र उनले आफ्नो सारा सम्पत्ति, छोराछोरी गुमाउँदा र उनको शरीरभरि खटिरा आउँदा पनि उनले कहिल्यै परमेश्वरबारे गुनासो वा परमेश्वरले उनलाई निको पार्नुपर्छ भनी माग गरेनन्। अय्युब अत्यन्त दयालु र समझदार थिए। मेरो हकमा, मृत्युलाई सामुन्ने देख्दा म गुनासो र गलतफहमीले भरिएँ, परमेश्वरले मेरो जीवन रक्षा गर्नुपर्छ भनी अनुचित माग गरेँ। धेरै रगत बगेर पहिलो पटक मेरो जीवन खतरामा हुँदा, मलाई परमेश्वरकै रक्षा र देखभालले बचाएको थियो—उहाँले मलाई अनुग्रह दिनुभयो, उहाँको अद्भुत कार्य देख्ने मौका दिनुभयो। यस बाहेक, मेरो वर्षौँको विश्वासमा, मैले परमेश्वरका वचनको भरपूर मलजल र भरणपोषण पाएकी थिएँ, धेरै सत्यता र रहस्य सिकेकी थिएँ। परमेश्वरले मलाई मैले मागे वा कल्पना गरेभन्दा धेरै दिनुभएको थियो, तर पनि म सन्तुष्ट थिइनँ। जब मलाई क्यान्सर देखियो, मैले परमेश्वरसँग मलाई जीवित रहन दिनुहोस् भनी अनुचित माग गरेँ। ममा अत्यन्त लालची प्रकृति रहेछ। परमेश्वर सृष्टिको प्रभु हुनुहुन्छ, अनि मजस्तो तुच्छ, विद्रोही, प्रतिरोधी र भ्रष्टताले भरिएकी व्यक्तिले परमेश्वरसँग माग गर्ने के अधिकार थियो? मैले देखेँ, ममा अलिकति पनि आत्मचेतना थिएन, म निकै अहङ्कारी थिएँ र ममा परमेश्वरप्रति किञ्चित पनि श्रद्धा थिएन। परमेश्वरका कार्य मेरा धारणासँग मेल नखाँदा मैले रिस देखाएँ, वाद-विवाद र विरोध गरेँ। मैले प्रकट गरेको कुरा एउटा दुष्ट स्वभाव थियो, र मैले मेरो भ्रष्ट स्वभाव परिवर्तन नगरेमा, मैले परमेश्वरको स्वभावलाई चिढ्याउने थिएँ र उहाँको धर्मी सजायको पात्र बन्नेथिएँ। मलाई डर लाग्यो र परमेश्वरसँग कुनै थप अनुचित माग गर्ने आँट गरिनँ, त्यसैले, यसो भन्दै उहाँलाई प्रार्थना गरेँ: “हे परमेश्वर, तपाईँको न्याय र सजायका लागि तपाईँलाई धन्यवाद दिन्छु, जसले मलाई म कति असमझदार थिएँ भन्ने देख्न सघायो। हे परमेश्वर! म पश्चात्ताप गर्न चाहन्छु, मेरो अवस्थामा सुधार होस् वा नहोस्, म तपाईँको योजनाबद्ध कार्यमा समर्पित हुनेछु।” यी कुरा महसुस गरेर मलाई केही शान्ति भयो।

अस्पतालको बेडमा पल्टेर, मैले सोचेँ, बिरामी भएपछि मैले किन यस्ता अनुचित मागहरू गर्न सकेँ। चिन्तन र खोजीपछि, मैले परमेश्वरको धर्मी स्वभावलाई नबुझेर यस्तो भएको रहेछ भन्ने थाहा पाएँ। पछि, मैले परमेश्वरका वचनको यो खण्ड पढेँ: “धार्मिकता कुनै पनि हिसाबले निष्पक्षता वा व्यावहारिकता होइन; यो समानतावाद होइन, वा यो तैँले कति काम पूरा गरेको छस् त्यसको आधारमा तैँले पाउनु पर्ने उचित थोक तँलाई दिनु, वा तैँले पूरा गरेको कामको ज्याला तँलाई दिनु, वा तैँले कति कोसिस गरिस् त्यसको आधारमा तँलाई दिनु पर्ने कुरासँग सम्‍बन्धित कार्य होइन। यो धार्मिकता होइन, यो त निष्पक्ष र समझदार हुनु मात्रै हो। अत्यन्तै थोरै मानिसहरू मात्रै परमेश्‍वरको धर्मी स्वभावलाई बुझ्न सक्‍ने हुन्छन्। मानिलिऊँ, अय्यूबले परमेश्‍वरको गवाही दिएपछि उहाँले तिनलाई हटाउनुभयो: के यो धर्मी कार्य हुनेथियो? वास्तवमा, हुनेथियो। किन यसलाई धार्मिकता भनिन्छ? मानिसहरूले धार्मिकतालाई कसरी हेर्छन्? यदि कुनै कुरा मानिसहरूका धारणाहरूअनुरूप छ भने, परमेश्‍वर धर्मी हुनुहुन्छ भनेर भन्‍न तिनीहरूलाई निकै सहज हुन्छ; तापनि, यदि तिनीहरूले ती कुराहरू आफ्ना धारणाहरूसँग मेल खाएका देख्दैनन् भने—यदि त्यो तिनीहरूले बुझ्न नसक्ने कुरा हो भने—तिनीहरूलाई परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍न गाह्रो पर्छ। यदि परमेश्‍वरले त्यो बेला अय्यूबलाई नष्ट गर्नुभएको भए, मानिसहरूले उहाँ धर्मी हुनुहुन्छ भनेर भन्‍नेथिएनन्। तर, वास्तवमा, मानिसहरू भ्रष्ट भए पनि नभए पनि, र तिनीहरू अत्यन्तै भ्रष्ट भएका भए पनि नभएका भए पनि, के परमेश्‍वरले तिनीहरूलाई नष्ट गर्दा उहाँले आफ्‍नो स्पष्टीकरण दिनुपर्छ? उहाँले कुन आधारमा त्यसो गर्नुहुन्छ भन्‍ने कुरा उहाँले मानिसहरूलाई व्याख्या गर्नुपर्छ र? के परमेश्‍वरले मानिसहरूलाई आफूले तय गरेका नियमहरू बताउनैपर्छ र? त्यसको आवश्यकता छैन। परमेश्‍वरको नजरमा भ्रष्ट र परमेश्‍वरको विरोध गर्न सक्‍ने व्यक्ति बेकम्मा हो; परमेश्‍वरले तिनीहरूलाई जसरी सम्‍हाल्‍नुभए पनि त्यो उचितै हुनेछ, र सबै कुरा परमेश्‍वरका बन्दोबस्तहरू नै हुन्। यदि तँ परमेश्‍वरको नजरमा मन नपर्दो छस्, र तैँले गवाही दिइसकेपछि तेरो कुनै काम छैन भनी उहाँले भन्‍नुभयो, र यसैको कारणले तँलाई नष्ट गर्नुभयो भने, के यो पनि उहाँको धार्मिकता नै हुनेथियो त? हुनेथियो। तैँले तथ्यहरूबाट अहिले यसलाई पहिचान गर्न सक्दैनस् होला, तर तैँले यसलाई धर्मसिद्धान्तको हिसाबले बुझ्‍नैपर्छ। तिमीहरू के भन्छौ—के परमेश्‍वरले शैतानको विनाश गर्नु उहाँको धार्मिकताको प्रकटीकरण हो? (हो।) उहाँले शैतानलाई रहन दिनुभयो भने के हुन्छ? तिमीहरू भन्‍ने आँट गर्दैनौ, होइन त? परमेश्‍वरको सार धार्मिकता हो। उहाँले जे गर्नुहुन्छ त्यसलाई बुझ्न सजिलो नभए पनि, उहाँले गर्नुहुने सबै कार्य धर्मी हुन्छन्; यति मात्र हो कि मानिसहरूले त्यो बुझ्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनबाट मैले परमेश्वरको धार्मिकतालाई मेरा आफ्नै धारणा र कल्पनाअनुसार कसरी लिन्थेँ भन्ने देखेँ। म सोच्थेँ, म परमेश्वरमा विश्वास गर्ने व्यक्ति हुँ, भारी मूल्य चुकाएको छु, आफूलाई अर्पित गरेको छु, परमेश्वरलाई विश्वासघात नगरी जेल भोगेको छु, उहाँको गवाहीमा अडिग छु, त्यसैले उहाँले मलाई घातक रोगबाट बचाउनुपर्छ। परमेश्वरले रक्षा नगर्नुभएका अविश्वासीका हकमा, तिनीहरूलाई क्यान्सर हुनु सामान्य कुरा थियो। म यो नै परमेश्वरको धार्मिकता हो भन्ने ठान्थेँ। जब परेमश्वरले मेरा धारणाअनुसार काम गर्नुभएन र मलाई घातक रोग लाग्यो, तब मैले मेरा सबै खर्च चुक्ता नगरिएको, परमेश्वरले मलाई अन्याय गर्नुभएको ठानेँ, त्यसैले म परमेश्वरप्रतिको गुनासो र गलतफहमीले भरिएँ। मैले परमेश्वरको धार्मिकताबारे मेरो बुझाइ र अविश्वासीहरूको लेनदेनको बुझाइबीच कुनै फरक छैन भन्ने देखेँ। मैले सोचेँ, मेरा सारा कामको भर्पाई गरिनुपर्छ, मैले पाउनुपर्ने कुरा नपाउनु अन्याय हो। परमेश्वरका वचन पढेपछि मैले परमेश्वरको सार धार्मिक छ भन्ने जानेँ। परमेश्वरले गर्ने हर कार्यमा उहाँको इच्छा र बुद्धि लागेको हुन्छ। बाहिरी रूप र धारणाका आधारमा मैले आफ्नो अवस्थाको मूल्याङ्कन गर्न सक्दिनँथेँ। त्यसले गल्ती गराउनेथियो, र मैले परमेश्वरको मूल्याङ्कन र प्रतिरोध गर्न पनि सक्नेथिएँ। मैले सोचेँ, बिरामी हुनु एउटा विपत्ति हो, तर त्यो बिमारीको पछाडि परमेश्वरको इच्छा थियो। त्यसमार्फत् मेरो खुलासा नभएको भए मभित्र मानवता र समझको कति कमी छ भन्ने बुझ्नेथिइनँ। परमेश्वरका कार्य मेरा धारणासँग नमिल्नेबित्तिकै मैले वाद-विवाद र विरोध गर्न सुरु गरेँ। ममा परमेश्वरप्रति समर्पण र श्रद्धा थिएन। यो रोगको अनुभवले मलाई मेरो साँचो कद देखायो, र परमेश्वरसँगको मेरा अनुचित माग त्याग्न सहयोग गर्‍यो। परमेश्वरलाई धन्यवाद होस्! उहाँले आश्चर्यकर्म गर्नुभएको छ र उहाँ साँच्चै बुद्धिमान हुनुहुन्छ! विगतमा, मलाई परमेश्वरलाई चिनिनँ, र उहाँको धार्मिक स्वभावलाई आफ्नै दृष्टिकोणअनुसार मूल्याङ्कन गरेँ। म परमेश्वरबारे कति अन्धी र अज्ञानी थिएँ! परमेश्वर सारा सृष्टिको प्रभु हुनुहुन्छ, तर म सानो, सिर्जित प्रणाली हुँ—उहाँले जस्तो उचित लाग्छ, त्यसरी नै मलाई व्यवहार गर्नु ठीक हो। यस बाहेक, मैले आफ्नो आस्थालाई लेनदेनका रूपमा देखेँ र परमेश्वरसँग अनुचित माग गरेँ। म मरेँ भने पनि यो परमेश्वरकै धार्मिकता हुनेछ—मैले परमेश्वरबारे गुनासो गर्नुहुन्थेन। परमेश्वरले जे रोजेपनि, म जीवित वा मृत जे भए पनि, यो सबै उचित हुनेछ। म परमेश्वरको बन्दोबस्तमा समर्पित हुनुपर्थ्यो—यो मसँग हुनुपर्ने समझ थियो। परमेश्वरको धार्मिक स्वभावबारे केही ज्ञान पाएपछि म धेरै स्पष्ट भएँ, र परमेश्वरबारे गुनासो गर्न र उहाँलाई गलत बुझ्न छाडेँ। परमेश्वरले मलाई जसरी व्यवहार गर्नुभए पनि, मैले गुनासो गरिनँ र समर्पित हुन सकेँ।

पछि, मैले परमेश्वरका वचन पढेर मेरो मरणलाई कसरी लिने भन्ने कुरा जानेँ र मृत्युको डर लाग्न छोड्यो। परमेश्वरका वचनले भन्छन्: “यदि व्यक्ति संसारमा आएको धेरै दशक भइसकेको छ तैपनि उसले मानव जीवन कहाँबाट आउँछ भन्‍ने कुरा बुझेको छैन, उसले मानव भाग्य कसको हातमा छ भन्‍ने समेत बुझेको छैन भने, उसले शान्त भएर मृत्युको सामना गर्न सक्‍नेछैन भन्‍नेमा कुनै आश्‍चर्य हुँदैन। मानव जीवन सम्‍बन्धी आफ्‍नो दशकौंको अनुभवहरूमा सृष्टिकर्ताको सार्वभौमिकताको ज्ञान प्राप्त गरेको व्यक्ति जीवनको अर्थ र मूल्य सम्‍बन्धी सही बुझाइ भएको व्यक्ति हो। त्यस्तो व्यक्तिसँग सृष्टिकर्ताको सार्वभौमिकता सम्‍बन्धी साँचो अनुभव र बुझाइको साथमा जीवनको उद्देश्य सम्‍बन्धी गहन ज्ञान हुन्छ, अनि यसबाहेक, ऊ सृष्टिकर्ताको सार्वभौमिकतामा समर्पित हुन सक्छ। त्यस्तो व्यक्तिले सृष्टिकर्ताले मानवजाति सृष्टि गर्नुको अर्थ बुझ्छ, मानिसले सृष्टिकर्ताको आराधना गर्नुपर्छ भन्‍ने बुझ्छ, मानिससँग भएका सबै कुरा सृष्टिकर्ताबाट नै आउँछ र भविष्यमा चाँडै नै एक दिन ती सबै उहाँकहाँ नै फर्कन्छन् भन्‍ने बुझ्छ। यस प्रकारको व्यक्तिले मानिसको जन्‍मलाई सृष्टिकर्ताले नै बन्दोबस्त गर्नुहुन्छ र मानिसको मृत्युमाथि उहाँकै सार्वभौमिकता छ, अनि जीवन र मृत्यु दुवैलाई सृष्टिकर्ताको अख्तियारले पूर्वनिर्धारित गरेको हुन्छ भन्‍ने बुझ्छ। त्यसकारण, जब व्यक्तिले यी कुराहरूलाई साँचो रूपमा बुझेको हुन्छ, ऊ मृत्युलाई शान्त भएर सामना गर्न, आफ्‍ना सारा सांसारिक सम्पत्तिहरूलाई चुपचाप पन्छ्याएर त्यसपछि आउने सबै कुराहरूलाई खुशीसाथ स्वीकार गर्न र त्यसमा समर्पित हुन, अनि सृष्टिकर्ताले बन्दोबस्त गर्नुभएको जीवनको अन्तिम घडीसँग अन्धाधुन्ध डराएर त्यसको विरुद्ध संघर्ष गर्नुको सट्टा त्यसलाई सोही रूपमा स्वागत गर्न सक्षम हुन्छ। यदि व्यक्तिले जीवनलाई सृष्टिकर्ताको सार्वभौमिकता अनुभव गर्ने र उहाँको अख्‍तियारलाई चिन्‍ने अवसरको रूपमा लिन्छ भने, यदि व्यक्तिले आफ्‍नो जीवनलाई सृष्टि गरिएको मानवजातिको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्ने अनि आफ्‍नो मिसन पूरा गर्ने दुर्लभ अवसरको रूपमा लिन्छ भने, ऊसँग अवश्य नै जीवन सम्‍बन्धी सही दृष्टिकोण हुनेछ, अवश्य नै उसले सृष्टिकर्ताले आशिष दिनुभएको र डोर्‍याउनुभएको जीवन जिउनेछ, ऊ अवश्य नै सृष्टिकर्ताको ज्योतिमा हिँड्नेछ, उसले अवश्य नै सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍नेछ, उसले आफूलाई अवश्य नै उहाँको प्रभुत्वमा समर्पित गर्नेछ, र ऊ अवश्य नै उहाँका आश्‍चर्यजनक कार्यहरूको साक्षी, उहाँको अख्तियारको साक्षी बन्‍नेछ। भन्नै पर्दैन, त्यस्तो व्यक्तिलाई सृष्टिकर्ताले अवश्य पनि प्रेम र स्वीकार गर्नुहुन्छ, अनि त्यस्तो व्यक्तिले मात्र मृत्युप्रति शान्त मनोवृत्ति देखाउन र जीवनको अन्तिम घडीलाई आनन्दसाथ स्वीकार गर्न सक्छ। मृत्युप्रति यस्तै प्रकारको मनोवृत्ति देखाउने एक जना व्यक्ति अय्यूब हुन्। अय्यूब जीवनको अन्तिम विन्दुलाई खुशीसाथ स्वीकार गर्ने अवस्थामा थिए, अनि आफ्‍नो जीवन यात्रालाई सहज समाप्तिमा ल्याएर आफ्‍नो जीवनको मिसनलाई पूरा गरेपछि, तिनी सृष्टिकर्ताको क्षेत्रमा फर्किए(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। “अय्यूबले कुनै पनि कष्टविनै मृत्युको सामना गर्न सके किनभने मरेपछि तिनी सृष्टिकर्ताकहाँ फर्केर जानेछन् भन्‍ने तिनलाई थाहा थियो। जीवनमा तिनले गरेको खोजी र प्राप्तिले नै तिनलाई शान्तिसाथ मृत्युको सामना गर्ने तुल्यायो, सृष्टिकर्ताले आफ्नो जीवन फिर्ता लिने अपेक्षालाई शान्तिसाथ सामना गर्ने तुल्यायो, साथै सृष्टिकर्ताको अघि विशुद्ध र चिन्तारहित रूपमा खडा हुने तुल्यायो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। परमेश्वरका वचन खाए र पिएपछि मैले मेरो जीवन परमेश्वरबाट आउँछ भन्ने जानेँ। मेरो जीवन, मृत्यु, आशिष् र दुर्भाग्यलाई परमेश्वरले निर्देशित र व्यवस्थित गर्नुहुन्छ। परमेश्वरबाट माग गर्ने मसँग कुनै कारण थिएन। परमेश्वरले मेरो मृत्यु गराउनुभयो भने पनि त्यसका पछाडि उहाँको इच्छा हुनेछ। मैले यसलाई सही तरिकाले सामना गर्नुपर्थ्यो, सिर्जित प्राणीमा हुनुपर्ने समझ यही हुनेथ्यो। मैले अय्युबका बारेमा सोचेँ, जसमा परमेश्वरप्रति श्रद्धा थियो र जो जीवनभर दुष्टताबाट अलग बसे। उनले जस्तो परिस्थितिमा पनि परमेश्वरको शासन र बन्दोबस्तलाई स्विकार्न सके। उनले गुनासो गरेनन्, परमेश्वरलाई गलत बुझेनन्, न त मूल्याङ्कन वा विवाद नै गरे। उनले समर्पित हुन र आफ्नो मृत्युलाई शान्त भएर सामना गर्न सके। मैले परमेश्वरप्रतिको अय्युबको श्रद्धा, दुष्टताबाट अलग बस्ने र परमेश्वरको शासन तथा बन्दोबस्तप्रति समर्पित हुने कार्यलाई अनुकरण गर्नुपर्थ्यो, परमेश्वरले मलाई जीवन दिनुभयो, त्यसैले उहाँले यसलाई फिर्ता लिने निर्णय गरेको बेला मैले स्वीकार गर्नुपर्छ। मृत्युपछिको मेरो परिणाम के हुनेछ भन्ने कुरामा, मैले मेरो जीवनमा गरेका सबै कुराका आधारमा परमेश्वरले निर्णय गर्नुहुनेछ। परमेश्वरले मलाई अझै पनि मर्न दिनुभएको थिएन, त्यसैले मैले मेरो बाँकी समय पश्चात्ताप गर्न, परमेश्वरप्रतिको श्रद्धा र दुष्टताबाट अलग बस्ने मार्गमा हिँड्न, सत्यता र स्वभाव परिवर्तनलाई पछ्याउन र आफ्नो क्षमताले भ्याएसम्म कर्तव्य निर्वाहमा प्रयोग गर्नुपर्थ्यो। यो बुझेपछि म अझ स्पष्ट भएँ र मृत्युको भय कम भयो। मलाई परमेश्वरको अझ नजिक भएको महसुस पनि भयो।

त्यस दौरान, मेरा सहकर्मी सिस्टरहरूसँग भेला भई परमेश्वरका वचन खाँदा पिउँदा, मेरो स्थितिमा क्रमिक सुधार भयो। अझै पनि मैले चार पटक केमोथेरापी गर्न बाँकी थियो, तर साइड इफेक्ट निकै कडा थिए, त्यसैले मैले रेडिएसन थेरापी मात्रै गर्न सकेँ। तर, रेडिएसन थेरापीले पहिलेजस्तो दुखाएको पाइनँ। म बाँच्ने नबाँच्ने कुराको अन्तिम निर्णय परमेश्वरको नै हो भन्ने मलाई थाहा थियो। त्यसैले मैले आफ्नो रोगबारे चिन्ता गरिनँ, र आफ्नो खाली समय परमेश्वरका वचन मनन गर्न र भजन सुन्नमा बिताएँ। केही समयपछि, मलाई निको हुँदै गएको महसुस भयो, पहिलेकै अवस्थामा फर्केजस्तो लाग्यो। अन्य सबै बिरामीहरूले बताए कि म यति स्वस्थ देखिएकी थिएँ कि उनीहरूलाई म नर्स हुँ जस्तो लाग्यो। चालीस दिनसम्म बिरामीको रूपमा रहेर म डिस्चार्ज भएँ। अर्को पटकको जाँच गराउँदा डाक्टरले पाठेघरको ट्यूमर हराएको बताए। मेरो ट्यूमर हराएको भनेर डाक्टरको मुखबाट सुन्दा, मलाई विश्वास नै लागेन र गलत पो सुनेँ कि भन्ने लाग्यो। मैले डाक्टरलाई फेरि सोधेँ उनले यो गइसकेको पुष्टि गरे। म धेरै खुशी भएँ। हाँसको फुलजत्रो ट्यूमर सजिलै आफै हराएर गयो भन्दा विश्वासै लागेन। मैले परमेश्वरका यी वचन सम्झेँ: “मानिसको हृदय र आत्मा परमेश्‍वरको हातमा हुन्छ, उसको जीवनको सबै थोकमा परमेश्‍वरले नजर राख्‍नुहुन्छ। तैँले यस कुरालाई विश्‍वास गर् वा नगर्, चाहे त्यो सजीव वा निर्जीव होस्, कुनै पनि थोक र सबै थोक परमेश्‍वरको विचारअनुसार सर्छन्, परिवर्तन हुन्छन्, नवीकरण हुन्छन् र लोप हुन्छन्। परमेश्‍वरले यसरी सबै थोकमाथि शासन गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। वास्तवमा, सबै प्राणी र वस्तु परमेश्वरको हातमा छन्। मृत वा जीवित सबै थोक परमेश्वरको सार्वभौमिकता र व्यवस्थापनको अधीनमा हुन्छन्। ती सबै परमेश्वरको इच्छाअनुसार योजनाबद्ध हुन्छन्। सबैले म बाँच्दिनँ भनेको थिए, डाक्टरले पनि ट्यूमर ठूलो भएकाले शल्यक्रिया गर्न नसकिने भनेका थिए, त्यसैले यो पूरै हराएर जानेछ भनेर मैले कल्पनै गरेकी थिइनँ। यो परमेश्वरको चमत्कारी कार्य थियो! म निकै प्रभावित भएँ, र हृदयबाटै परमेश्वरको ऋणी महसुस गरेँ। म निकै विद्रोही र भ्रष्ट थिएँ, र परमेश्वरसँग अनुचित माग गर्थेँ, म बचाउनलायक थिइनँ। तर परमेश्वरले मलाई मेरो विद्रोहीपन र भ्रष्टताका आधारमा व्यवहार गर्नुभएन। उहाँबाट पाएको मुक्तिका लागि म उहाँप्रति निकै आभारी छु। घर फर्केपछि मैले सुसमाचार सुनाउने र कर्तव्य पूरा गर्ने काम जारी राखेँ, र मेरो स्वास्थ्यमा क्रमिक सुधार हुँदै आयो।

पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड भेटेँ। “व्यक्तिको परिणाम वा गन्तव्य उसको आफ्नै इच्छाद्वारा निर्धारित हुँदैन, न त उनीहरूको आफ्नै झुकाउ वा कल्पनाहरूद्वारा नै हुन्छ। अन्तिम निर्णय सृष्टिकर्ता, परमेश्‍वरको हुन्छ। यस्ता मामिलाहरूमा मानिसहरूले कसरी सहकार्य गर्नुपर्छ? मानिसहरूले चुन्न सक्ने एउटा मात्र बाटो छ: यदि तिनीहरू सत्यता खोजी गर्छन्, सत्यता बुझ्छन्, परमेश्‍वरको वचन पालन गर्छन्, परमेश्‍वरप्रतिको समर्पण हासिल गर्छन् र मुक्ति प्राप्त गर्छन् भने मात्र तिनीहरूले राम्रो अन्त्य र राम्रो भाग्य प्राप्त गर्नेछन्। यदि मानिसहरूले यसको विपरीत गर्छन् भने तिनीहरूको सम्भावना र भाग्य के हुनेछ भनेर कल्पना गर्न कठिन छैन। यसैले, यस मामिलामा, परमेश्‍वरले मान्छेसित गर्नुभएको प्रतिज्ञा, मानवजातिको परिणामबारे परमेश्‍वरले के भन्नुहुन्छ, र परमेश्‍वरले मानवजातिका लागि के तयार पार्नुभएको छ त्यसमा ध्यान नदे। तँसित यी कुराको कुनै सम्बन्ध छैन, ती परमेश्‍वरका काम हुन्, तैँले ती खोस्न, माग्न, वा साटफेर गर्न मिल्दैन। सिर्जित प्राणीको नाताले तैँले के गर्नुपर्छ? तैँले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, र आफूले जे गर्नुपर्ने हो त्यो तैँले आफ्नो सम्पूर्ण मन, मस्तिष्क र सामर्थ्यले पूरा गर्नुपर्छ। बाँकी—सम्भावनाहरू र नियति, अनि मानवजातिको भविष्यको गन्तव्यसित सम्बन्धित कुराहरू—यी तैँले निर्णय गर्न सक्ने कुराहरू होइनन्, ती परमेश्‍वरको हातमा छन्; यो सबै सृष्टिकर्ताको सार्वभौमिकताअन्तर्गत पर्छ, यो उहाँद्वारा प्रबन्ध गरिएको हुन्छ, र कुनै पनि सिर्जित प्राणीसँग यसको कुनै सम्बन्ध हुँदैन। कतिपय मानिसहरू भन्छन्, ‘यदि हामीसँग यसको कुनै सम्बन्ध छैन भने हामीलाई यो किन भनिएको?’ तिमीहरूसँग यसको कुनै सम्बन्ध नभए पनि परमेश्‍वरसित यसको सम्बन्ध छ। परमेश्‍वरले मात्र यी कुराहरू जान्नुहुन्छ, परमेश्‍वर मात्र ती कुराहरूको बारेमा बोल्न सक्नुहुन्छ, र परमेश्‍वर मात्र मानवजातिलाई यी कुराहरूको प्रतिज्ञा दिने हकदार हुनुहुन्छ। र यदि परमेश्‍वरले ती कुराहरू जान्नुहुन्छ भने के परमेश्‍वरले त्यसको बारेमा बोल्नुपर्दैन र? तैँले आफ्ना सम्भावनाहरू र नियति के-के हुन भनी जान्दैनस् तैपनि अझै ती कुराहरू पछ्याउनु एउटा गल्ती हो। परमेश्‍वरले तँलाई त्यसको पछि लाग्नु भन्नुभएको थिएन, उहाँले तँलाई थाहा मात्र दिइरहनुभएको थियो; यदि तँ परमेश्‍वरले तँलाई त्यो कुरालाई तेरो पछ्याइको लक्ष्य बनाउन लगाउनुभएको थियो भनी गल्तीले विश्‍वास गर्छस् भने तँ पूर्ण रूपमा समझहीन छस्, र तँमा सामान्य मानवताको दिमाग छैन। परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका सबै कुराहरूको बारेमा जान्नु पर्याप्त छ। तैँले एउटा तथ्यलाई स्वीकार गर्नैपर्छ: त्यो प्रतिज्ञा असल वा साधारण, मनपर्दो वा अरुचिकर जस्तै भए पनि यी सबै सृष्टिकर्ताका सार्वभौमिकता, प्रबन्ध, र सङ्कल्पहरूमा पर्छन्। सृष्टिकर्ताद्वारा देखाइएको सही दिशा र मार्गअनुसार अनुसरण र खोजी गर्नु मात्र सिर्जित प्राणीको कर्तव्य र दायित्व हो। तैँले अन्त्यमा के प्राप्त गर्छस्, र परमेश्‍वरका प्रतिज्ञाहरूको कुन हिस्सा तैँले प्राप्त गर्छस् भन्ने सबै कुरा तेरो खोजीमा, तैँले लिएको बाटोमा, र सृष्टिकर्ताको सार्वभौमिकतामा आधारित हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग नौ))। परमेश्वरका वचनबाट मैले के जानेँ भने मेरो अन्तिम परिणाम र गन्तव्य प्रार्थनाले निर्धारण गर्दैन र परमेश्वरसँग सौदाबाजी गरेर प्राप्त गर्न सकिँदैन। बरु, मेरो खोजी, कार्य र म हिँडेको बाटोका आधारमा परमेश्वरले मेरो परिणाम निर्धारण गर्नुहुनेछ। तर मैले सत्यतालाई पछ्याएकी थिइनँ र परमेश्वरको स्वभाव बुझेकी थिइनँ। परमेश्वरले मानिसहरूलाई महिमामय गन्तव्य प्रदान गरेको देख्दा म के सोच्थेँ भने, मैले लगनशील भएर पछ्याउँदा, कर्तव्य पूरा गर्दा र कष्ट भोगेर मूल्य चुकाउन सक्दा र जस्तोसुकै दमन र कठिनाइ आउँदा पनि कर्तव्य पूरा गरिरहँदासम्म मैले मुक्ति पाउनेछु र अस्तित्वमा रहनेछु। यी वर्षहरूमा, मैले आफ्नै विश्वास र चाहनामा आधारित भएर लगातार मेरा परिणाम र गन्तव्यका लागि खोजी र प्रयास गरिरहेकी थिएँ। म पावलको मार्गमा हिँडिरहेकी थिएँ। म यसरी नै हिँडिरहेँ भने मैले असल गन्तव्य नपाउने मात्र होइन, म खुलासा भएर निकालिने थिएँ, किनभने मेरो भ्रष्ट स्वभावलाई शुद्ध पारिएको थिएन। अन्ततः मेरो क्यान्सर निको भइसकेको छ। परमेश्वरले मलाई मर्न दिनुभएन र पश्चात्ताप गर्ने मौका दिनुभयो। यो परमेश्वरको मुक्ति हो! मैले मनमनै सोचेँ, “मैले अबदेखि सत्यता र स्वभाव परिवर्तनलाई पछ्याउनैपर्छ। मैले आशिष् पाउन परमेश्वरसँग सौदाबाजी गरिरहन हुँदैन। म परमेश्वरप्रति समर्पित हुने मानवता र समझ भएको व्यक्ति बन्नैपर्छ। मेरा लागि परमेश्वरले तय गर्ने परिणाम असल वा खराब कस्तो हुन्छ, परमेश्वरले नै निर्णय गर्ने हो। मैले पछ्याउनैपर्ने कुरा सत्यता र स्वभाव परिवर्तन हो।”

नौ वर्ष बितिसकेको छ, र स्वास्थ्य समस्या बल्झेको छैन। यो अनुभवबाट मैले के पाएँ भने, यो रोगले मेरो जीवन खतरामा पारेको भए पनि, परमेश्वरले मेरो जीवन वा भविष्य कहिल्यै खोस्न चाहनुभएन। परमेश्वरले मलाई शुद्ध पार्न र बदल्न, मेरो आस्थामा रहेका अशुद्धता प्रकट गर्न र मैले पालेका केही बेतुक धारणा बदल्न यो रोगको प्रयोग गर्दै हुनुहुन्थ्यो। यसले मलाई परमेश्वरको सर्वशक्तिमान्ता र सार्वभौमिकताको साँचो ज्ञान र अनुभव प्राप्त गर्ने, जीवन र मृत्युप्रति सही मनोवृत्ति राख्ने र समर्पित हुने अनुमति पनि दियो। मेरा लागि यो रोग परमेश्वरले मलाई अनुग्रह दिने र मुक्ति प्रदान गर्ने तरिका थियो! परमेश्वरले भन्नुभए जस्तै: “यदि व्यक्तिको हृदयमा परमेश्‍वरप्रतिको विश्‍वास साँच्चै छ भने, उसले सर्वप्रथम मान्छेको जीवनकाल परमेश्‍वरकै हातमा हुन्छ भनेर जान्नैपर्छ। व्यक्तिको जन्म र मृत्युको समय परमेश्‍वरद्वारा पूर्वनिर्धारित हुन्छ। जब परमेश्‍वरले मानिसहरूलाई रोगबिमार दिनुहुन्छ, त्यसको पछाडि कारण हुन्छ—त्यसको अर्थ हुन्छ। तिनीहरूलाई यो रोगबिमार नै हो जस्तो लाग्छ, तर वास्तवमा तिनीहरूलाई दिइएको कुरा त अनुग्रह हो, रोगबिमार होइन। मानिसहरू सबैले सर्वप्रथम यो तथ्यलाई पहिचान गर्नुपर्छ र यसप्रति निश्‍चित हुनुपर्छ, र यसलाई गम्‍भीरतासाथ लिनुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अब मलाई आफ्नो कर्तव्यमा कसरी सहकार्य गर्ने थाहा भयो

नोभेम्बर २०१९ को कुरा हो, मैले सिस्टर झाऊसित नेतृत्वको कर्तव्य पूरा गरिरहेकी थिएँ। काम राम्ररी र अधिक कुशलतापूर्वक पूरा गर्न, माथिल्लो तहका...

इर्ष्याको बन्धनबाट छुटकारा

जोयलिन, फिलिपिन्ससन् २०१८ को जनवरीमा मैले आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको कामलाई स्वीकार गरेँ, र चाँडै नै मलाई मण्डलीमा भजनहरूको...

बर्खास्त हुँदा मैले सिकेको पाठ

रिले, अमेरिकापरमेश्‍वरका वचनहरूले भन्छन्: “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्