मेरो कर्तव्य कसरी लेनदेन बन्यो

20 जनवरी 2022

काइना, चीन

अप्रिल २०१७ मा, म उच्च रक्तचापबाट पीडित थिएँ, त्यसैले म घर गएर आराम गर्न सकूँ भनेर अगुवाले मेरो कर्तव्य स्थगित गरिदिनुभयो। म धेरै खिन्न भएँ र सोचें, “परमेश्‍वरले आफ्नो काम समाप्त गर्न लाग्नुभएको छ, त्यसैले, अहिले मेरो कर्तव्य पूरा गर्ने र असल कामको तयारी गर्ने महत्वपूर्ण समय हो। कर्तव्य पालनविना के मसँग असल गन्तव्य र परिणाम हुन सक्छ र? के यतिका वर्षको कडा मेहनत, मूल्य चुकाइ व्यर्थ हुनेछ? मैले आफ्‍नो कर्तव्यमा पूरै समय दिन मेरो क्लिनिक बन्द गरें, र मेरा पतिले कोसिस गरे पनि मलाई परमेश्‍वरको अनुसरण गर्नबाट रोक्न सकेनन्। अहिले मेरो सम्बन्ध-विच्छेद भइसकेको छ, परिवार छैन। चिनियाँ कम्युनिस्ट पार्टी मेरो पछि लागेको छ, म कहाँ छु भनेर मेरो बाबुआमालाई सोधिरहन्छ। म बुबाआमाको घर पनि जान सक्दिनँ—कहाँ जाने मलाई थाहा छैन।” एकजना सिस्टरले मलाई अगुवाइ गर्नुभयो। उहाँले मसँग परमेश्‍वरको इच्छाबारे सङ्गति गर्नुभयो, म समर्पित हुनुपर्छ भनी भन्नुभयो, तर मैले उहाँलाई सधैं कर्तव्यमा व्यस्त भएको देख्दा, मलाई धेरै जलन भयो। म स्वस्थ नभएकीले मैले मेरो कर्तव्य पूरा गर्न सक्दिनथिएँ। के परमेश्‍वरले मेरो कर्तव्य खोस्न, मलाई खुलासा गर्न र निकाल्नको लागि मेरो स्थितिको उपयोग गरिरहनुभएको थियो? यस विचारले मलाई लल्याकलुलुक बनायो, र म दुःखी र आशारहित भएँ। परमेश्‍वरबारे गलतफहमी र गुनासो पनि देखा पऱ्यो: मैले सबथोक छोडेकी थिएँ र कुनै गुनासो नगरी धेरै कुरा भोगेकी थिएँ। कसरी म आफ्नो कर्तव्य समेत गर्न नपाउने स्थितिमा पुग्न सकेँ? त्यसपछि, मैले परमेश्‍वरका वचनहरू स्वीकारै गर्न सकिनँ र प्रार्थनामा परमेश्‍वरलाई के भन्ने मलाई थाहा थिएन। मेरो भोक र निद्रा हरायो। म यस्तो अँध्यारोमा थिएँ कि मैले जागिर खोज्न बाहिर निस्कने बारेमा समेत सोचें। मलाई यस्तो अवस्थामा देखेर ती सिस्टरले यसो भन्दै मेरो निराकरण गर्नुभयो, “तपाईंले साच्चै नै परमेश्‍वरका वचनहरू पढिरहनभएको छैन र पैसा कमाउने कुरा समेत सोचिरहनुभएको छ। तपाईं बिलकुल अलग व्यक्ति हुनुहुन्छ। तपाईंले सत्यताको खोजी गरिरहनुभएको छैन।” मलाई यो कुरा सुन्‍न निकै गाह्रो भएको थियो र मैले खोजी गर्दै परमेश्‍वरलाई प्रार्थना गरें: “हे परमेश्‍वर, यो कसरी अनुभव गर्ने मलाई थाहा छैन र मेरो भविष्यको मार्ग के हो भन्ने मलाई थाहा छैन। म अँध्यारोमा जिइरहेकी छु र दुःखी छु। कृपया, मलाई अन्तर्दृष्टि दिनुहोस् र तपाईंको इच्छा जान्नको लागि मार्गदर्शन गर्नुहोस्।”

मैले केही दिनसम्म प्रार्थना र खोजी गरिरहें। एकदिन बिहान, अचानक मेरो दिमागमा परमेश्‍वरका वचनबाट केही कुरा आयो: “के तँसँग आशिष्‌हरू प्राप्‍त गर्ने व्यक्तिको जस्तो अनुहार छ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो)। ती खण्डहरू खोज्न मैले तुरुन्तै आफ्नो कम्प्युटर खोलें। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “हजारौँ वर्षको भ्रष्‍टतापछि, मानिस सुन्‍न नसक्‍ने र सुस्त भएको छ; ऊ परमेश्‍वरको विरोध गर्ने भूत बनेको छ, यतिसम्म कि परमेश्‍वरप्रति मानिसको विद्रोह इतिहासका पुस्तकहरूमा उल्लेख गरिएका छन्, र मानिस स्वयम पनि आफ्नो विद्रोही आचरणको पूर्ण विवरण दिन असक्षम छ—किनकि मानिस शैतानद्वारा गहन रूपमा भ्रष्‍ट बनाइएको छ, र शैतानले उसलाई अन्यत्र डोर्‍याएको छ, जसले गर्दा आफू कतातिर जानुपर्ने हो भन्‍ने कुरा उसले बिर्सेको छ। आज पनि, मानिसले अझै परमेश्‍वरलाई धोका दिन्छ: जब मानिसले परमेश्‍वरलाई देख्छ, उसले उहाँलाई धोका दिन्छ, र जब उसले परमेश्‍वरलाई देख्दैन, तब पनि उसले उहाँलाई धोका दिन्छ। परमेश्‍वरको श्रापहरू र परमेश्‍वरको क्रोध अनुभव गरेर पनि अझै उहाँलाई धोखा दिनेहरू पनि छन्। त्यसैले म भन्छु कि मानिसको चेतनाले आफ्नो मौलिक कार्यगत गुण नै गुमाएको छ, र मानिसको विवेकले पनि, आफ्नो मौलिक कार्यगत गुण गुमाएको छ। मैले देखेको मानिस मानव भेषमा पशु हो, उ विषालु सर्प हो, र उसले मेरो नजरमा जतिसुकै दयनीय देखिने प्रयत्‍न गरे तापनि, म कहिल्यै पनि उप्रति दयालु बन्‍नेछैन, किनकि मानिससँग कालो र सेतो बीच फरक छुट्याउने, सत्य र असत्य बीच फरक छुट्याउने समझ पनि छैन। मानिसको चेतना सुस्त भएको छ, तैपनि अझै ऊ आशिष्‌हरू प्राप्‍त गर्न चाहन्छ; उसको मानवता यति अज्ञानी भएको छ, तैपनि अझै ऊ राजाको सार्वभौमिकता हासिल गर्न चाहन्छ। यस किसिमको चेतनासँग ऊ कसको राजा बन्‍न सक्छ? यस किसिमको मानवतासँग ऊ कसरी सिंहासनमा बस्‍न सक्छ? मानिससँग साँच्‍चिकै लाज नै छैन! ऊ अहङ्कारी नीच हो! तिमीहरूमध्ये आशिष्‌हरू प्राप्‍त गर्न चाहने व्यक्तिहरूलाई म सुझाव दिन्छु कि सबैभन्दा पहिला एउटा ऐना लिएर आफ्नो कुरूप अनुहार हेर—के तँसँग राजा हुनको निम्ति आवश्यक कुरा छ? के तँसँग आशिष्‌हरू प्राप्‍त गर्ने व्यक्तिको जस्तो अनुहार छ? तेरो स्वभावमा अलिकति पनि परिवर्तन आएको छैन र तैँले कुनै पनि सत्यतालाई अभ्यास गरेको छैनस्, तैपनि अझ तँ सुन्दर भोली, अर्थात् भविष्यको आशा गर्छस्। तैँले आफैलाई भ्रममा पार्दैछस्!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो)। “आशिष्‌हरू पाउनका निम्ति व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्छ—के सबैको हृदयमा हुने कुरा यही होइन र? … आशिष्‌ प्राप्त गर्ने यो प्रेरणाविना, तिमीहरू कस्तो महसुस गर्नेथियौ? तिमीहरू कस्तो मनोवृत्तिले आफ्नो कर्तव्य गर्नेथियौ? यदि यो आशिष्‌ प्राप्त गर्ने प्रेरणालाई फाल्न सकेको भए कस्तो हुनेथियो? धेरै मानिसहरू सम्भवतः नकारात्मक हुनेथिए, र उनीहरूमध्ये धेरैले उर्जाहीन रूपमा आफ्नो कर्तव्य पूरा गर्नेथिए र परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ छैन भन्‍ने महसुस गर्नेथिए। यो त उनीहरूका हंस खोसिएको जस्तै हुन्थ्यो। यो कुरा उनीहरूको हृदयको गहिराइमा हुन्छ। सायद, उनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा वा चर्चको जीवन जिउँदा, उनीहरूले आफूलाई परिवार त्याग्‍न र खुसीसाथ परमेश्‍वरमा समर्पित हुन सक्षम रहेको, आफू पहिले आशिष्‌हरू पाउने कुराले अभिप्रेरित भएको तर अहिले त्यो प्रेरणालाई पन्छाउन सकेको, र उनीहरू अबउप्रान्त यस प्रेरणाद्वारा सञ्‍चालित वा नियन्त्रित नभएको महसुस गर्नेथिए। अनि उनीहरूले आफूमा अबउप्रान्त आशिषित हुने अभिलाषा छैन भन्‍ने सोच्नेथिए तर परमेश्‍वरले भने त्यस्तो विश्‍वास गर्नुहुनेथिएन। मानिसहरू जाँचमा परेकै छैनन् भने, उनीहरू आफूलाई राम्रै भएको महुस गर्छन्; उनीहरू पछारिनु बाँकी नै छ र उनीहरूले आफूलाई परमेश्‍वरमा समर्पित गर्ने काममा लगाइरहन्छन् भने, उनीहरूले आफू परिवर्तन भएको छु भन्‍ने सोच्छन्। उनीहरूले कर्तव्य निर्वाह गर्नका निम्ति अबउप्रान्त आफू जोस वा क्षणिक आवेगमा भर नपर्न, बरु सत्यको पछि लाग्‍न र आफ्नो कर्तव्य मापदण्डअनुरूप गर्ने प्रयास गर्न सक्षम रहेको, र परमेश्‍वरको इच्छा पूरा गर्न सक्‍न र सृष्टि गरिएको प्राणीको रूपमा स्वीकारयोग्य हुनका निम्ति आफूले निरन्तर आफैलाई शुद्ध पारिरहेको, र आफू केही हदसम्म समर्पण गर्न पनि सक्षम रहेको छु भन्‍ने सोच्छन्। तर जब प्रत्यक्ष रूपमा आफ्नो गन्तव्य र अन्त्य समावेश भएको कुनै मामला उत्पन्‍न हुन्छ, तब मानिसहरूले गर्ने व्यवहारमा उनीहरूको वास्तविक अनुहार पूर्ण रूपमा खुलासा हुन्छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “जीवन वृद्धिका छ वटा सूचकहरू”)। परमेश्‍वरको न्यायका वचनहरूले मलाई कतै लुक्ने ठाउँ दिएनन्। यसभन्दा पहिले, विश्‍वास भनेको आशिषको लागि मात्र हुन सक्दैन भन्ने सिद्धान्ततः मलाई थाहा थियो, तर आफूलाई साँचो रूपमा चिनेकी थिइनँ। यस स्थितिले गर्दा आशिष् पाउने मेरो मनसायलाई पूरै उदाङ्गो पारिदियो। मैले ती वर्षहरूमा सबथोक छाडेकी थिएँ, क्लिनिक बन्द गरें र मण्डलीमा आफ्नो कर्तव्य पूरा गरें, जेजस्तो भए पनि धेरै कष्ट भोगें। मैले आफ्नो विश्‍वासमा ती सबै त्यागहरू गर्नाले मलाई निश्चित रूपमा परमेश्‍वरको स्वीकृति र आशिष प्राप्त हुनेछ र एउटा असल गन्तव्य मिल्नेछ भन्ने सोचेकी थिएँ, त्यसैले, म वास्तवमा आफ्नो कर्तव्यप्रति उत्प्रेरित थिएँ। अहिले म स्वास्थ्यको कारण आफ्नो कर्तव्य पूरा गर्न सक्दिनँथिएँ, त्यसैले मलाई आफ्नो गन्तव्य गुमाएँ र आशिष पाउने मेरो सपना धराशायी भयो भन्‍ने लाग्यो। म यति निराश थिएँ कि हिंडडुल गर्न मन लाग्दैनथ्यो। मलाई सबै कुरा छोडेकोमा पछुतो मात्र भएन तर मैले परमेश्‍वरलाई दोष दिएँ, उहाँसँग तर्क गरें र उहाँको विरोध गरें। मैले आफ्ना त्यागहरूलाई आशिषको लागि परमेश्‍वरसँग व्यापार गर्ने पुँजीको रूपमा लिएँ, र यसरी मेरो पीडा र योगदानले गर्दा परमेश्‍वरले मलाई असल गन्तव्य र परिणाम दिनुहुन्छ भन्ने सोचेकी थिएँ। त्यो नहुँदा, मैले गुनासो गरें र परमेश्‍वरलाई दोष लगाएँ। त्यसोभए, तपाईंको नकारात्मकताको पछाडि आशिषित हुने अभिप्राय लुकेको थियो। हजुर। यसले मलाई परमेश्‍वरका वचनहरू याद दिलायो: “परमेश्‍वरमा तिमीहरूका विश्‍वासको उद्देश्य भनेको उहाँलाई प्रयोग गरेर तिमीहरूका आफ्नै लक्ष्यहरू प्राप्त गर्नु हो। के यो परमेश्‍वरको स्वभाव विरुद्धको तिमीहरूको उल्‍लङ्घनको थप तथ्य होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई कसरी चिन्ने)। परमेश्‍वरको स्वभाव उहाँका वचनहरू मार्फत चम्किन्छ। मेरो विश्‍वासमा रहेको त्यो दृष्टिकोणले परमेश्‍वरसँग लेनदेन गरिरहेको थियो, उहाँलाई धोका दिंदैथियो, मैले चाहेको आशिष प्राप्त गर्न उहाँलाई उपयोग गरिरहेको थियो। त्यसले उहाँको स्वभावलाई चिढ्याउँछ। पावलका सबै योगदान र बलिदान परमेश्‍वरबाट धार्मिकताको मुकुट माग गर्नका लागि थिए। यसले परमेश्‍वरको स्वभावलाई गम्भीर रूपमा चिढ्यायो र उनी दण्डित भए। र मैले केही त्यागहरू गरेपछि, उनले जस्तै इनाम, मुकुट, अनुमोदन र आशिष मागें। मैले आशा गरेको कुरा नपाउँदा, परमेश्‍वरलाई गलत सम्झें र दोष दिएँ अनि विश्‍वासघात गर्ने बारेमा समेत सोचें। मेरो तर्कशक्ति र विवेक कहाँ थिए? म जस्तो शैतानको सन्तानले आशिषको सपना देखिरहनु एकदमै लाजमर्दो कुरा हो! यदि मेरो स्वास्थ्य स्थितिले मलाई आफ्नो कर्तव्य गर्नबाट नरोकेको भए, मैले आफ्नो विश्‍वासमा गरेको अनुचित खोजलाई कहिल्यै देख्नेथिइनँ, बरु गलत मार्गमा हिंडिरहनेथिएँ, र अन्त्यमा पावल जस्तै हुन्थें। यसले मलाई अलिक तर्सायो, र परमेश्‍वरले यो परिस्थिति बन्दोबस्त गर्नु भनेको मेरो लागि उहाँको प्रेम र मुक्ति थियो भन्ने महसुस गरें। जब मैले परमेश्‍वरको इच्छा बुझें, म पछुतो र आत्म-निन्दाले भरिएँ। र मैले रुँदै प्रार्थना गरें, “हे परमेश्‍वर! म तपाईंको मुक्तिको लागि धेरै आभारी छु। यस तरिकाले खुलासा नभएको भए, मैले तपाईंको विरोध गर्नेथिएँ र किन भन्ने थाहै नपाई नर्कमा जानथिएँ। हे परमेश्‍वर, म तपाईंसामु पश्चात्तताप गर्न र आशिषको पछि लाग्न छोड्न चाहन्छु। म केवल सत्यताको पछि लाग्न, मेरो भ्रष्ट स्वभाव त्याग्न, र मानवीय गुणमा जिउन चाहन्छु।”

मैले प्रार्थनापछि परमेश्‍वरका अरू वचनहरू पढें: “अब म तिमीहरूलाई पत्रुसले मलाई कसरी चिने र उसको अन्तिम अवस्था कस्तो थियो भन्ने कुरामा जोड दिन जाँदैछु। … मैले उसलाई अनगन्ती परीक्षाहरू अनुभव गर्न लगाएँ—त्यस्ता परीक्षाहरू, जसले स्वाभाविक रूपमा उसलाई अर्ध मृत बनायो—तर यी सयौं परीक्षाहरूको बीचमा पनि उसले मप्रतिको आफ्नो विश्‍वास कहिल्यै एक पटक पनि गुमाएन वा ममा कहिल्यै निराश भएन। मैले उसलाई त्यागिदिएको छु भन्दा समेत पनि ऊ निरुत्साहित भएन, र व्यावहारिक रूपमा र विगतको अभ्यासको सिद्धान्तहरू अनुसार मलाई प्रेम गरिरह्यो। उसले मलाई प्रेम गरे तापनि म उसको प्रशंसा गर्दिनँ, अन्त्यमा म उसलाई शैतानको हातमा सुम्पिदिनेछु भनेर मैले उसलाई भनेँ। तर त्यस्ता परीक्षाहरूको बीचमा पनि, उसको शरीरमा आएका परीक्षाहरू त होइनन्‌, तर वचनका परीक्षाहरूको बीचमा, उसले अझै पनि मसँग प्रार्थना गर्दै भन्यो, ‘हे परमेश्‍वर! स्वर्ग र पृथ्वी र सबै थोकहरूको माझमा, तपाईंको हातमा नभएको के कुनै यस्तो मानिस, कुनै प्राणी वा कुनै थोक छ र, हे सर्वशक्तिमान्‌? जब तपाईं मप्रति कृपालु बन्नुहुन्छ, तब तपाईंको कृपाले गर्दा मेरो हृदय अति आनन्दित हुन्छ। जब तपाईंले मेरो न्याय गर्नुहुन्छ, तब म जत्ति नै अयोग्य भएतापनि तपाईंका कामहरूको बुझ्‍न नसकिने अवस्थाको अझ अधिक ज्ञान प्राप्त गर्छु, किनकि तपाईं अधिकार र बुद्धिले भरिनुभएको छ। मेरो शरीरले कष्टहरू भोगे तापनि मेरो आत्माले सान्त्वना पाएको छ। म तपाईंको बुद्धि र कार्यहरूलाई प्रशंसा नगरी कसरी रहन सकुँला र? तपाईंलाई चिनेपछि म मर्नुपर्छ भने पनि, म खुसी र आनन्दसाथ किन त्यसो गर्न नसकुँला र? …’” “मेरो सामुन्ने उसको निष्ठाको कारण र मैले उसमाथि राखिदिएको मेरो आशीषको कारण ऊ हजारौं वर्षसम्म मानिसको निम्ति एउटा उदाहरण र नमुना बनेको छ। के तिमीहरूले अनुकरण गर्नुपर्ने कुरा पनि बिलकुल यही होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ६)। मैले परमेश्‍वरका वचनहरूमा पत्रुस आफ्नो भवितव्य वा गन्तव्यद्वारा विवश थिएनन् भन्ने देखें। परमेश्‍वरले पत्रुसको प्रेम देखेर पनि उनलाई स्वीकार नगर्ने र अन्ततः शैतानलाई सुम्पिने भन्नुहुँदा पनि, उनले परमेश्‍वरलाई प्रेम गरिरहे र मृत्युसम्मै समर्पित रहे। परमेश्‍वरप्रति पत्रुसको प्रेममा कुनै लेनदेन वा अपवित्रता थिएन, तर यो साँचो प्रेम र आज्ञाकारिता थियो। मैले परमेश्‍वरका वचनहरूबाट अभ्यासको मार्ग भेटें र स्वभाव परिवर्तन खोज्ने मार्गमा हिँड्न पत्रुसले झैं परमेश्‍वरलाई प्रेम गर्नका लागि खोजी गर्न तयार भएँ। परमेश्‍वरले मसँग जस्तोसुकै व्यवहार गर्नुभए पनि, मेरो परिणाम र गन्तव्य जेसुकै भए पनि, म परमेश्‍वरको शासन र व्यवस्थाप्रति समर्पित हुनेछु र उहाँका लागि साँचो रूपमा आफूलाई प्रयोग गर्नेछु। पहिलेको जस्तै मण्डलीमा मैले आफ्नो कर्तव्य पूरा गर्न सकेकी थिइनँ, तर पछिल्ला केही वर्षहरूमा परमेश्‍वरका वचनहरूको भरणपोषण पाइरहेकी थिएँ र केही अनुभव प्राप्त गरेकी थिएँ, त्यसैले, मैले परमेश्‍वरको लागि गवाही दिन उहाँको कार्यबाट सिकेका कुरा लेख्न सकें। यो सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नु पनि हो। मैले आफूलाई परमेश्‍वरसामु निकै शान्त राख्न, उहाँका वचनहरू मनन गर्न र अनुभव वृत्तान्तहरू लेख्न थालें। मैले आफूलाई परमेश्‍वरसित निकै नजिक भएको महसुस गरें र आफ्नो भविष्य र प्रत्याशाहरूबारे चिन्ता गर्न बन्द गरें। मैले ठूलो सहजताको महसुस गरें। केही स्वस्थ भएपछि, मेरो रक्तचाप लगभग सामान्य भयो, र मैले मण्डलीमाआफ्नो कर्तव्य फेरि पूरा गर्न सुरु गरें।

मैले त्यो अनुभवपछि परमेश्‍वरप्रतिको विश्‍वाससम्‍बन्धी आफ्ना दृष्टिकोणहरूबारे केही बुझाइ प्राप्त गरेकी छु, र म आशिष्‌को आशाले बाधित हुनछैन भन्‍ने सोचेकी थिएँ। तर केही समयपछि, त्यो चाहनाले फेरि टाउको उठायो।

मलाई मण्डली अगुवाको रूपमा चुनियो। एउटा भेलामा, हाम्रा अगुवाले हामीलाई प्रत्येक समूह अगुवाको व्यावहारिक कार्य गर्ने क्षमता जाँच गर्न भन्नुभयो र कुनै पनि धूर्त मानिस वा सत्यता स्वीकार नगर्नेहरूले त्यो पद पाउन सक्दैनन् भन्नुभयो। मलाई लाग्यो, मैले त्यो काम तुरुन्तै गर्नुपर्छ, नत्र गलत व्यक्तिको प्रयोगले मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूलाई नोक्सान पुऱ्याउन सक्छ। यसो हुँदा मैले अगुवाको कर्तव्य गुमाउन सक्ने मात्र होइन, त्यो अपराध, र दुष्ट काम पनि हुनेछ। एक महिनापछि आवश्यक हेरफेर गरिएको थियो र मलाई धेरै खुसी लाग्यो। तर आश्चर्यको कुरा, मैले रोजेको एउटा व्यक्ति धूर्त भएको हाम्रा अगुवाले छिटै थाहा पाउनुभयो। यो मेरो लागि निकै खिन्न पार्ने कुरा थियो। मलाई लाग्यो, मैले आफ्नो कर्तव्य राम्रोसँग पूरा गरेकी छैनँ र मण्डलीको काममा बाधा उत्पन्न गरेकी छु। त्यसपछि लगत्तै, दाजुभाइ-दिदीबहिनीहरूले मैले रोजेको अर्को व्यक्ति पनि अहङ्कारी भएको बताए। उनले अरूका उचित सुझावहरू इन्कार गर्ने अनि उनीहरूलाई गाली गर्ने र बाधा दिने गर्दा रहेछन्। तिनीहरू उनलाई बर्खास्त गरियोस् भन्ने चाहन्थे। समस्यामाथि समस्या देखेर, म हल न चल भएँ। म दुःखी थिएँ, र यस्तो लाग्यो, मसँग सत्यताको सतही बुझाइ र सत्यता वास्तविकताको अभाव छ। यदि अरू कुनै समस्या आयो र मण्डलीको काममा असर पऱ्यो भने, त्यो ठूलो दुष्ट कार्य हुनेथियो। त्यसपछि, के मेरो भविष्य, मेरो भवितव्य, मेरो परिणाम र गन्तव्य समाप्त हुनेथिएन र? मलाई लाग्यो, मैले तुरुन्तै अर्को कर्तव्य फेर्नुपर्छ। एकदिन बिहान मलाई चक्कर लाग्न थाल्यो, र मेरो रक्तचाप सामान्यभन्दा धेरै नै बढेको पाएँ। मैले हाम्रा अगुवालाई यसबारे बताएँ, र मेरो स्वास्थ्यमा समस्या देखिएकोले उहाँले मलाई अर्को कर्तव्यमा सार्दा राम्रो हुनेछ भन्ने मैले सोचेकी थिएँ। त्यसपछि मसँग त्यति धेरै जिम्मेवारी रहनेथिएन। मसँगै काम गरेकी सिस्टरलाई मैले शान्त भएर भनें, “आवश्यक परेमा म यो पद छोड्न तयार छु, र त्यसपछि मैले गर्नसक्ने जुनसुकै कर्तव्य दिए पनि गर्नेछु।” उनले मेरो निराकरण गरिन्, मैले नकारात्मकता देखाउँदैछु र आत्मसमीक्षा गर्नुपर्छ भनेर भनिन्। मैले यसलाई स्वीकार गर्न चाहिनँ। मैले सोचें, म आज्ञापालन गर्न र मैले पूरा गर्नसक्ने जुनसुकै कर्तव्य पूरा गर्न तयार छु। त्यो कसरी नकारात्मक थियो? तर फेरि मलाई लाग्यो कि परमेश्‍वरले नै उनलाई यो कुरा बोल्न लगाउनुभएको हो, त्यसैले, मैले परमेश्‍वरलाई मार्गदर्शनको लागि प्रार्थना गरें ताकि मैले आफ्नो साँचो स्थिति जान्न सकूँ।

तब मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढें: “तिनीहरूलाई जसरी जाँचिए तापनि, आफ्‍नो हृदयमा परमेश्‍वर भएकाहरूको निष्ठा अपरिवर्तित नै रहन्छ; तर आफ्‍नो हृदयमा परमेश्‍वर नभएकाहरूका लागि, जब परमेश्‍वरको काम तिनीहरूको देहको लागि लाभदायक हुँदैन, तब तिनीहरूले परमेश्‍वरप्रतिको आफ्‍नो दृष्टिकोणलाई परिवर्तन गर्छन्, र तिनीहरू परमेश्‍वरबाट अलग समेत हुन्छन्। त्यस्ताहरू आखिरमा दह्रिलो गरी खडा हुनेछैनन्, तिनीहरूले परमेश्‍वरका आशिषहरूको मात्रै खोजी गर्छन् र तिनीहरूमा परमेश्‍वरको लागि आफैलाई खर्चिने र उहाँमा आफैलाई समर्पित गर्ने कुनै इच्‍छा हुँदैन। परमेश्‍वरको काम समाप्तिमा पुगेपछि त्यस्ता नीच मानिसहरूलाई निकालिनेछ, र तिनीहरू कुनै पनि सहानुभूतिको योग्य छैनन्। मानवता विहीनहरू परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न असमर्थ हुन्छन्। जब वातावरण सुरक्षित र भयरहित हुन्छ, वा जब फाइदाहरू प्राप्त गर्न सकिन्छ, तिनीहरू पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित हुन्छन्, तर जब तिनीहरूले इच्‍छा गरेको कुरामा सम्झौता हुन्छ वा आखिरमा इन्कार गरिन्छ, तिनीहरूले तुरुन्तै विद्रोह गरिहाल्छन्। एउटै रातको अवधिमा समेत, तिनीहरू मुस्कुराइरहने, ‘दयालु’ व्यक्तिबाट कुरूप देखिने हिंस्रक हत्यारामा परिवर्तन हुन्छन्, अनि हिजोको आफ्‍नो हितकारीलाई कुनै पनि शब्‍द वा कारण विना नै आफ्‍नो मरणशील शत्रुको रूपमा व्यवहार गर्छन्। यदि यी भूत आत्‍माहरू, आँखाको झिम्क्याइमै मार्ने यी भूत आत्‍माहरूलाई निकालिएन भने, के तिनीहरू अदृश्य खतरा बन्‍नेछैनन् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास)। परमेश्‍वरको न्यायका वचनहरू पेटमा मुक्का हानेसरह थिए। के म उहाँले प्रकट गरिरहनुभएको व्यक्ति जस्तो ठ्याक्कै थिइनँ र? मेरो कर्तव्यले आशिष दिलाउँछ भन्ने सोच्दा, म उत्साही थिएँ र कडा मेहनत गर्थें। त्यसो नहुँदा, मैले आफ्नो अर्को रूप देखाएँ र उप्रान्त त्यो कर्तव्य गर्न चाहिनँ। मैले केवल आफ्नो भविष्य र गन्तव्यको बारेमा सोचिरहेकी थिएँ। मैले गल्ती गर्दा, आफ्नो असफलताको सन्दर्भमा समीक्षा गर्ने र सत्यता खोज्ने कार्य गरिनँ, मेरो कमीकमजोरीको पूर्ति गर्ने र असल गर्ने प्रयास गरिनँ, बरु, मलाई जिम्मेवारी लिनुपर्ला र आफ्नो भविष्य खतरामा पर्ला भन्ने डर थियो। म कम जिम्मेवारी हुने कर्तव्यको लागि यो कर्तव्य छोड्न चाहन्थें, यसको लागि मेरो रक्तचापलाई बहाना बनाएँ। म बाहिर निकै समझदार देखिन्थें, तर त्यसको पछि मेरो घृणित अभिप्राय लुकेको थियो। म असाध्यै धूर्त थिएँ!

मैले मेरो विश्‍वासमा सधैं आशिष खोज्नुको असली जड के हो त भनेर चिन्तन गर्न थालें। मैले परमेश्‍वरका वचनहरूमा यो पढें: “सबै भ्रष्ट मानव आफ्‍नै लागि जिउँछन्। अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ—मानव प्रकृतिको सार यही हो। मानिसहरूले आफ्‍नै खातिर परमेश्‍वरमा विश्‍वास गर्छन्; तिनीहरूले उहाँको लागि विभिन्न काम-कुराहरू त्याग्छन्, आफैलाई उहाँमा समर्पित गर्छन्, र तिनीहरू उहाँप्रति विश्‍वासयोग्य बन्छन्, तर अझै पनि तिनीहरूले यी सबै कुरा आफ्‍नै खातिर गर्छन्। सारांशमा भन्दा, यो सबै तिनीहरूका आफ्नै आशिष्‌हरू प्राप्त गर्ने उद्देश्‍यले गरिन्छ। समाजमा, सबै कुराहरू व्यक्तिगत फाइदाको लागि गरिन्छ; आशिष्‌हरू प्राप्त गर्नको लागि मात्रै परमेश्‍वरमा विश्‍वास गरिन्छ। आशिष्‌हरू प्राप्त गर्नको खातिर मात्रै मानिसहरूले सबै कुरा त्याग्‍न र धेरै कठिनाइ भोग्‍न सक्छन्: यो सबै मानवको भ्रष्ट प्रकृतिको व्यवहारिक सबुत हुन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “बाहिरी परिवर्तनहरू र स्वभावमा हुने परिवर्तनहरू बीचको भिन्नता”)। मैले यसबाट के सिकें भने, शैतानद्वारा गहिरो रूपमा भ्रष्ट भएकोले मैले सधैं आफ्नो बारेमा सोचिरहेकी थिएँ। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” र “इनामविना औँलो पनि नउठाउनू,” बाँच्नका लागि यी शैतानी नियम मेरो प्रकृति बनेको थियो, यसले मलाई अझ धेरै स्वार्थी, घृणित र आत्मसेवा गर्ने व्यक्ति बनाएको थियो। आफूले गरेका हरेक कुरामा म व्यक्तिगत लाभबारे सोच्थें। ती वर्षहरूमा विश्‍वासमा रहँदाका मेरो मार्गलाई हेर्दा, कर्तव्य पालनको मेरो प्रारम्भिक बिन्दु इनाम पाएर अन्ततः स्वर्गको राज्यमा प्रवेश गर्नेगरिआशिषित रहेको थियो। मेरो वर्षौंको कडा मेहनत र पीडाले सृष्टि गरिएका प्राणीको कर्तव्य गरिरहेको थिएन, न त परमेश्‍वरमा आफूलाई साँचो रूपमा नै प्रयोग गरिरहेकी थिएँ। यो त परमेश्‍वरलाई उपयोग गर्नु, उहाँलाई छल्नु र उहाँसँग सौदा गर्नु थियो। यो परमेश्‍वरलाई प्रेम गर्नु र सन्तुष्ट पार्नु बिलकुलै थिएन। कसरी म विश्‍वासमा भएको व्यक्ति थिएँ र? म एक अविश्‍वासी थिएँ। परमेश्‍वरले मलाई अगुवाको रूपमा मण्डलीको सेवा गर्न उठाउनुभयो, ताकि मैले समस्याहरू हल गर्न, समझ र अन्तर्दृष्टि सिक्न सत्यता उपयोग गर्ने अभ्यास गर्न सकूँ, तर मैले यो मौकाको कदर गरिनँ। मैले सत्यताको साथ प्रवेश गरिनँ, बरु केवल आफ्नो भविष्य र भवितव्यबारे सोचें। म परमेश्‍वरको विपरीत मार्गमा थिएँ। मलाई थाहा थियो, मैले पश्चात्ताप गर्नुपर्छ र सत्यताको पछि लाग्नुपर्छ, नत्र म निश्चित रूपमा नष्ट हुने थिएँ।

मैले आफ्नो एउटा भक्तिमा परमेश्‍वरका यी वचनहरू पढें: “देहधारी परमेश्‍वर देहमा आउनुको एउटै मात्र कारण भनेको भ्रष्ट मानिसहरूको आवश्यकताको कारणले गर्दा मात्रै हो। परमेश्‍वरको होइन, तर मानिसका आवश्यकताहरूको कारणले नै यसो भएको हो, र उहाँका सबै बलिदानहरू र दु:खकष्टहरू मानवजातिको खातिर हुन्, परमेश्‍वर स्वयमको फाइदाको लागि होइन। परमेश्‍वरको लागि कुनै फाइदा र बेफाइदा वा इनाम छैन; उहाँले कुनै भविष्यको कटनी होइन, तर जुन कुरा मूल रूपमा उहाँको थियो त्यसको कटनी गर्नुहुन्छ। उहाँले मानवजातिको लागि गर्ने र बलिदान दिने सबै कुराहरू उहाँले ठूलो इनामहरू प्राप्त गर्न सक्‍नुभएको होस् भनेर होइन, तर पूर्ण रूपमा मानवजातिकै खातिर गरिन्छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्‍वरको मुक्तिको अझै बढी खाँचोमा छ)। जब मैले यसमाथि चिन्तन गरें, तब म परमेश्‍वरको प्रेमबाट गहिरोसँग प्रभावित भएँ। सर्वोच्च, पवित्र र सम्माननीय परमेश्‍वरले भयानक अपमान र पीडा भोगिरहेका गहन रूपले भ्रष्ट मानवजातिलाई मुक्ति दिन दुईपटक देहधारण गर्नुभएको छ। प्रभु येशूले आफ्नो जीवनको मूल्य चुकाउँदै मानवजातिलाई छुटकारा दिलाउन क्रूसमा टांगिनुभयो। आखिरी दिनहरूमा सर्वशक्तिमान परमेश्‍वर चीनमा देहधारी हुनुभयो, मानिसलाई धुन र मुक्ति दिन सत्यता व्यक्त गर्नुभयो, चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक संसारको सतावट र निन्दामा पर्नुभयो। उहाँ हामीबीच काम गर्न, हामीबाट बदलामा केही नखोजी आफ्नो वचनहरू बाँड्न सबथोक सहनुहुन्छ, र यो केवल हामीलाई शैतानको प्रभावबाट मुक्ति दिनका लागि हो। मानवजातिलाई मुक्ति दिन परमेश्‍वर यत्ति ठूलो मूल्य चुकाउनुहुन्छ, आफ्नो लाभ या हानि कहिल्यै सोच्नुहुन्न। उहाँले हामीबाट बदलामा केही खोज्नुहुन्न, कुनै इनाम माग्नुहुन्न। उहाँको प्रेम निस्वार्थ र साँचो छ। परमेश्‍वरको सार कति सुन्दर र असल छ! त्यसपछि आफूलाई हेरेर, मैले मसँग विश्‍वास छ र परमेश्‍वरलाई प्रसन्न गर्न चाहन्छु भनें, तर म उहाँप्रति बिलकुलै सच्चा थिइनँ। मैले उहाँको लागि काम गरेको सङ्केत गरें, यो केवल आशिष पाउन लेनदेनको लागि थियो, परमेश्‍वरको उपयोग गर्नु र उहाँलाई छल्नु थियो। मैले आफू कति स्वार्थी, धूर्त, बदनाम र निर्लज्ज छु भन्ने देखें। म शैतानको गुणमा जिइरहेकी थिएँ। म जस्तो परमेश्‍वरविरोधी व्यक्ति शैतानको सन्तानले कहिल्यै पनि परमेश्‍वरको स्वीकृति पाउनेथिएन, चाहे जस्तोसुकै त्यागहरू गरून्। मैले परमेश्‍वरका वचनहरूमा यो पनि पढें: “परमेश्‍वरको सृष्टिको रूपमा, मानिसले परमेश्‍वरको सृष्टिको रूपमा रहेको कर्तव्यलाई निभाउने प्रयास गर्नुपर्छ, र अरू कुनै छनौटहरू नगरिकन परमेश्‍वरलाई प्रेम गर्न खोज्नुपर्छ, किनभने परमेश्‍वर मानिसको प्रेमको योग्य हुनुहुन्छ। परमेश्‍वरलाई प्रेम गर्न खोजी गर्नेहरूले कुनै पनि व्यक्तिगत लाभहरूको खोजी गर्ने वा तिनीहरूले व्यक्तिगत रूपमा तृष्णा गर्ने कुराहरूको खोजी गर्ने गर्नुहुँदैन; खोजी गर्ने सबैभन्दा सही माध्यम यही नै हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)। मैले परमेश्‍वरका वचनहरूमा के देखें भने, सृष्टि गरिएका प्राणीहरूले आशिषको लागि विश्‍वास अपनाउनुहुँदैन। परमेश्‍वरप्रतिको प्रेमको पछि लाग्नु र आफ्नो कर्तव्य ठीकसँग निर्वाह गर्नु एकमात्र अर्थपूर्ण जीवन हो। मैले परमेश्‍वरसँग प्रार्थनामा यो भनें: “हे परमेश्‍वर, म दुष्ट बाटो छोड्न चाहन्छु र तपाईंसामु पश्चात्तप गर्न चाहन्छु, आशिष खोज्न बन्द गर्न चाहन्छु। मेरो अन्तिम गन्तव्य जेसुकै भए पनि, म तपाईंको प्रेमको मूल्य तिर्न आफ्नो कर्तव्य राम्रोसँग गर्न चाहन्छु।” मैले आफ्नो स्थिति ठीक गरेपछि, मेरो रक्तचाप स्थिर भयो।

मैले परमेश्‍वरका वचनहरूका केही वाचनहरू पनि हेरें। “मानिसको दायित्व र ऊ आशिषित भएको छ कि श्रापित भएको छ भन्ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिषित हुनु भनेको कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्‍वरको आशिषहरू प्राप्त गर्नु हो। श्रापित हुनु भनेको सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनु हो, यो तब हुन्छ जब तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष पाऊन्‌ वा श्राप पाऊन्‌, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। आशिषित हुनको लागि मात्रै तैँले आफ्नो दायित्वलाई पूरा गर्नु हुँदैन, र श्रापित हुने डरले तैँले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो। आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही प्रक्रियाद्वारा उसले आफ्नो निष्ठालाई प्रदर्शन गर्छ। जस्तो कि, तैँले जति आफ्नो दायित्वलाई पूरा गर्न सक्षम हुन्छस्, त्यति नै तैँले सत्यतालाई प्राप्त गर्नेछस्, र त्यति नै वास्तविक तेरो अभिव्यक्ति हुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता)। “मानिसहरूले मुक्ति प्राप्त गर्न सक्छन कि सक्दैनन् भन्‍ने कुरा तिनीहरूले पूरा गर्ने कर्तव्यमा होइन, बरु तिनीहरूले सत्यलाई बुझेका वा प्राप्त गरेका छन् कि छैनन् र तिनीहरू परमेश्‍वरका योजनाहरूप्रति समर्पित हुन र सच्चा रूपमा सृष्टि गरिएको प्राणी बन्‍न सक्छन् कि सक्दैनन् भन्‍ने कुरामा निर्भर रहन्छ। परमेश्‍वर धर्मी हुनुहुन्छ र उहाँले सबै मानवजातिलाई मापन गर्न प्रयोग गर्नुहुने मापदण्ड यही हो। यो मापदण्ड अपरिवर्तनीय छ र तैँले यसलाई स्मरण गर्नुपर्छ। त्यसकारण, अर्को कुनै बाटो पत्ता लगाउने वा कुनै अवास्तविक कुरालाई पछ्याउने गर्नेबारेमा नसोच्। मुक्ति प्राप्त गर्ने सबैबाट परमेश्‍वरले चाहनुहुने मापदण्डहरू कहिले पनि परिवर्तन हुँदैनन्; तिमीहरू जोसुकै भए तापनि ती उस्तै रहन्छन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “परमेश्‍वरप्रति हुनुपर्ने मानिसको मनोवृत्ति”)। यसले मलाई के बुझ्न मदत गऱ्यो भने, हामी अन्तमा आशिषित हुन्छौं वा श्रापित हुन्छौं भन्ने कुरासित हाम्रो कर्तव्यको कुनै लिनुदिनु छैन। पूर्ण रूपमा मुक्ति हुने कुन्जी भनेको हामी सत्यताको पछि लाग्छौं कि लाग्दैनौं र सत्यता प्राप्त गर्छौं कि गर्दैनौं अनि आफ्नो स्वभाव बदल्न सक्छौं कि सक्दैनौं भन्ने हो। म के कर्तव्य गर्छु र कहिले गर्छु, यी सबै परमेश्‍वरद्वारा निर्धारित हुन्छन् अनि मेरो परिणाम र गन्तव्य अझ धेरै परमेश्‍वरको नियम र व्यवस्थापनको अधीन हुन्छन्। मैले गर्नुपर्ने भनेको परमेश्‍वरका आयोजनहरू स्वीकार गर्नु र भक्तिपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नु हो। मलाई के पनि महसुस भयो भने, मसँग सत्यता वास्तविकता थिएन र धेरै कमी थियो, त्यसैले त्यो कर्तव्यले मेरो दोष र कमीहरू खुलासा गरिरहेको थियो। सत्यताको खोजी र यी सिद्धान्तहरूको बुझाइले मेरो कमीहरूमा सुधार गर्न र मलाई जीवनमा बढ्नको लागि मदद गर्न सक्थ्यो। यो देखेर, मैले आफ्नो भविष्य र भवितव्यबारे चिन्ता गर्न बन्द गरें र उप्रान्त कर्तव्यहरू साटफेर गर्न चाहिनँ। जुनसुकै समस्या उत्पन्न भए पनि ती समाधान गर्न मैले सत्यता खोजी गर्दै लगनशील भएर काम गरें, बिस्तारै केही सिद्धान्तहरू बुझें र आफ्नो कर्तव्यमा बिस्तारै कम गल्तीहरू गर्दै गएँ। परमेश्‍वरका वचनहरू पालन गर्नु र आफ्नो कर्तव्यमा आशिषको पछि नलाग्नु मेरो लागि वास्तवमा मुक्ति थियो। मैले राम्रोभन्दा राम्रो नतिजाहरूसहित परमेश्‍वरबाट आशिष र अगुवाइ पाएकी छु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

लापरवाह कामको पछाडि वास्तवमा के छ

केही समयअघि भिडियोहरूको समीक्षा गर्ने सिस्टरले मैले भर्खरै बनाएका भिडियोहरूको गुणस्तर राम्रो भएको छैन भनेर औँल्याइन् र उनले त्यसमा धेरै...

कलेजो क्यान्सरबाट सिकेका पाठहरू

लि योङ्ग, चीनम इसाई भएपछि, म चिनियाँ कम्युनिस्ट पार्टीद्वारा धेरै पटक पक्राउ परेँ तर मैले कहिल्यै प्रभुलाई विश्‍वासघात गरिनँ। मैले केही...

म यी अध्ययनहरूको पछि लाग्दिनँ

मेरो जन्‍म इसाई परिवारमा भएको हो। मेरा आमाबुबा दुवै किसान हुनुहुन्छ। मेरो परिवारले सागसब्‍जी र धान खेती गरेर जीविकोपार्जन गर्छ। विद्यालयमा...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्