परमेश्‍वरप्रतिको मेरा बलिदानहरूको अपवित्रता

15 फ्रेवुअरी 2022

जीयंग पींग, चीन

गत अप्रिल महिनामा एक दिन, मलाई अचानक मेरो दाहिनेपट्टि नराम्रो पीडा भएको अनुभव भयो। यसलाई सहन सक्‍नेछु भन्‍ने सोचेर मैले यसको बारेमा त्यति विचार गरिनँ र औषधीपट्टि बाँध्यो भने निको हुन्छ भन्‍ने सोचेँ। तर पट्टीले पनि निको भएन र मेरो पीडा झन् बढ्दै गयो। सियोले घोचेको जस्तै अनुभव हुन्थ्यो। लाग्थ्यो छातीदेखि ढाडसम्म घोचिरहेको छ। जब यो अझै खराब भयो, कुनै कुराले मेरो मासु र हड्डीमा नङ्ग्र्याइरहेको जस्तो लाग्‍न थाल्यो। यो पीडा यति तीव्र थियो कि, म यसलाई व्याख्या पनि गर्न सक्दिनँ। कति रात त अत्यन्तै पीडा भएकोले सुत्न पनि सकिनँ। मलाई उप्रान्त शारीरिक रूपमा सहन सक्दिनँ र म डाक्टरलाई भेट्न जानुपर्छ भन्ने लाग्यो। तर मैले भर्खरै केही मानिसहरूसँग सुसमाचार सुनाउनको लागि भेटघाटको समय मिलाएकी थिएँ। चेकअपको लागि जाँदा त्यसले अवश्य नै ढिला हुनेथियो। मैले तिनीहरूसँग भेटघाट गरेर जाने निर्णय गरेँ, यस बाहेक, यो परमेश्‍वरको हातको कुरा थियो। मैले मेरो कर्तव्य पूरा गरिरहनुपर्थ्यो, र सायद यो एक-दुई दिनपछि निको हुनेथियो। मैले त्यतिन्जेल पीडा सहेरै बसें, र भेटघाटपछि अस्पताल गएँ। मैले भेटेको डाक्टरले गम्‍भीर हुँदै भन्‍नुभयो, “तपाईं किन यति ढीला आउनुभयो? यो सानोतिनो कुरा होइन। यो डाब्रा भाइरसले गर्दा आएको हो, र यो भित्री डाब्रा हो। यो छालामा देखा पर्न थालिसकेको छ। यदि तपाईंले तुरुन्तै उपचार गर्नुभएन र भाइरस तपाईंको मासीमा प्रवेश गर्यो भने यो घातक हुनसक्छ।” म त छक्‍क परेँ। मैले यो त्यस्तो गम्‍भीर कुरा हो, यसले मेरो ज्यान समेत जानसक्छ भनेर कहिल्यै कल्‍पना गरेकी थिइनँ। मैले सोचेँ, “मैले केही वर्षदेखि उत्साहको साथ सुसमाचार प्रचार र मेरो कर्तव्य पूरा गर्दै आएकी छु, र पनि मलाई कसरी यस्तो हुन सक्यो? मैले मेरो कर्तव्य पूरा गर्नको लागि मेरो घर र जागिरलाई समेत पछाडि छोडेकी छु, र मैले कष्ट भोगेकी छु र मूल्य चुकाएकी छु। कम्युनिस्ट पार्टीले पक्राउ गरेर यातना दिँदा समेत मैले परमेश्‍वरलाई कहिल्यै धोका दिएकी छैन। जेलबाट छुटेपछि पनि मैले मेरो कर्तव्य पूरा गरिरहेँ। परमेश्‍वरले किन मेरो रक्षा गरिरहनुभएको छैन?” यो सोचेर मलाई झन् रिस उठ्यो र मैले आँसु थाम्‍ने प्रयास गरिरहेकी थिएँ, अनि मेरो हृदय रित्तो भएको अनुभव गरेँ। यो दीर्घकालीन समस्या थियो, त्यसकारण यसलाई नियन्त्रण गर्ने एउटै तरिका भनेको औषधी सेवन गर्नु थियो। मण्डलीमा पनि कामको व्यस्तता धेरै नै थियो, त्यसकारण उपचार गर्दै गर्दा मैले मेरो कर्तव्य पनि पूरा गरिरहेँ। बाहिर सडकमा साइकल चलाउँदा सडकमा अलिकति खाडलमा परेँ भने पनि मलाई अत्यन्तै पीडा हुन्थ्यो। कहिलेकहीँ त मलाई पसिना पनि आउँथ्यो, र कहिलेकहीँ अचानक पीडा हुन थाल्थ्यो र म सीधा बस्‍न सक्‍दिनथिएँ। मेरो कर्तव्य पूरा गरेर घर गएपछि म पल्टन्थें, किनभने मसँग अलिकति पनि शक्ति छैन र म बोल्‍न पनि सक्दिनँ भन्‍ने मलाई अनुभव हुन्थ्यो।

मलाई परमेश्‍वरकै अनुमतिमा ममाथि यो अवस्था आएको हो भन्‍ने थाहा थियो। मैले प्रार्थना र खोजी गरिरहेकी थिएँ, र परमेश्‍वरको इच्‍छा अनुसार नहुने के कुरा मैले गरेको हुन सक्छु भन्‍ने बारेमा मनन गरिरहेकी थिएँ, तर अझै पनि मसँग आशाको सानो त्यान्द्रो बाँकी थियो, र त्यो के हो भने, यदि मैले मेरो गल्ती देखेँ र मेरो कर्तव्य पूरा गरिरहेँ भने, परमेश्‍वरले मलाई चङ्गाइ गर्ने निर्णय गर्न सक्‍नुहुन्छ। तर कति चाँडै दुई महिना बित्यो, तर मलाई अलिकति पनि निको भएको थिएन। मलाई चिन्ता लागिरहेको थियो, म बिरामी भएको लामो समय भएको थियो—म कहिल्यै निको भइन भने मैले के गर्ने? अनि म नरोकिइकन आफ्नो कर्तव्य पनि पूरा गरिरहेकी थिएँ। म बिरामी हुँदा समेत मैले सुसमाचार प्रचार गरिरहेँ, तर पनि परमेश्‍वरले किन मलाई निको पार्नुभएको थिएन? यो सोचेर मैले झन् अन्यायमा परेको र हैरान महसुस गरेँ। यदि म कहिल्यै निको भइनँ भने मैले मेरो कर्तव्य पूरा गर्न समेत नसक्ने दिन आउँछ होला। मैले असल कार्यहरू समेत गर्न सक्दिनँ होला, तब मैले कसरी मुक्ति पाउन सक्थेँ र? मैले वर्षौंदेखि त्यागेका सबै कुरा व्यर्थ पो हुने हुन् कि भन्‍ने मलाई लाग्यो। मैले आफ्‍नो शक्ति बचाएर अवस्था कसरी अघि बढ्ने रहेछ भनेर हेर्ने निर्णय गरेँ। त्यसपछि मैले मेरो कर्तव्यमा मन लगाइनँ। हाम्रो समूह भेलाहरूमा, म नियमित रूपमा सुसमाचारको सम्‍भावित व्यक्तिका बारेमा मात्रै सोध्‍ने गर्थेँ। यदि मेरो सहायताको आवश्यकता थिएन भने, म घर गएर आराम गर्थेँ। मलाई कामको बोझ बढी भएर मेरो अवस्था झन् खराब हुनेछ भन्‍ने डर थियो। त्यो अवधिमा, म निराश अवस्थामा परेर मेरै रोगको बारेमा तल्‍लीन थिएँ। मैले परमेश्‍वरका वचनहरूबाट ज्योति प्राप्त गरिनँ, र भेलाहरूमा मैले दिने सङ्गति सुक्खा हुन्थे। मलाई आफू परमेश्‍वरबाट निकै टाढा भएको अनुभव भयो। पीडा सहँदै, मैले परमेश्‍वरसँग प्रार्थना गरेँ, “हे परमेश्‍वर! म अत्यन्तै दयनीय अवस्थामा छु, र अत्यन्तै बिरामी छु। मसँग मेरो कर्तव्यप्रति कुनै जोस छैन। मलाई तपाईंप्रति पनि अप्रसन्‍नता महसुस भइरहेको छ। बिन्ती छ मलाई तपाईंको इच्‍छा बुझ्‍न अगुवाइ गर्नुहोस्। म समर्पित हुन, मनन गर्न, र पाठ सिक्‍न चाहन्छु।”

मैले मेरो खोजीको समयमा परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “सर्वप्रथम, जब मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थाल्छन्, तीमध्ये कुन चाहिँमा आफ्नै उद्देश्य, प्रेरणा र महत्वाकांक्षाहरू हुँदैन? तिनीहरूको एउटा भागले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्ने र परमेश्‍वरको अस्तित्वलाई देख्‍ने भए पनि, परमेश्‍वरमाथिको उनीहरूको विश्‍वासमा अझै ती अभिप्रायहरू हुन्छन्, र परमेश्‍वरमा विश्‍वास गर्नुको तिनीहरूको अन्तिम लक्ष्य भनेको उहाँको आशिष्‌ र उनीहरूले चाहेको कुरा प्राप्त गर्नु हो। … प्रत्येक व्यक्तिले निरन्तर आफ्नो हृदयभित्र यस्तो हिसाब-किताब गर्दछ, र उनीहरूले आफ्‍ना अभिप्राय, महत्वाकांक्षा र लेनदेनले भरिएको मागहरू परमेश्‍वरसँग गर्छन्। भन्नुको अर्थ, मानिसले आफ्नो हृदयमा निरन्तर परमेश्‍वरको जाँच गरिरहेको हुन्छ, परमेश्‍वरबारे निरन्तर योजनाहरू बनाइरहेको हुन्छ, उसको आफ्नै व्यक्तिगत उद्देश्यका लागि निरन्तर परमेश्‍वरसँग तर्क गर्दछ, अनि उसले चाहेको कुरा परमेश्‍वरले दिन सक्नुहुन्छ कि सक्‍नुहुन्न भनी हेर्न परमेश्‍वरबाट एउटा अभिव्यक्ति निकाल्ने कोसिस गर्दछ। यसको साथै, परमेश्‍वरको पछि लाग्दा पनि मानिसले परमेश्‍वरलाई परमेश्‍वरजस्तो व्यवहार गर्दैन। मानिसले जहिले पनि परमेश्‍वरसँग सौदाबाजी गर्ने कोसिस गरेको छ, निरन्तर उहाँसँग मागहरू गरिरहेको छ, र उसलाई औँलो दिँदा संसार निल्‍ने कोसिस गर्दै हरेक पाइलामा उहाँलाई दबाब दिइरहेको हुन्छ। मानिसले परमेश्‍वरसँग सौदाबाजी गर्नुका साथसाथै उहाँसँग तर्क पनि गर्दछ, अनि कति जना यस्ता मानिसहरू पनि हुन्छन्, जो आफूमाथि परीक्षाहरू आइलाग्दा वा उनीहरूले कुनै विशेष परिस्थितिहरूको सामना गर्नु पर्दा कमजोर, निष्क्रिय र आफ्नो काममा सुस्त हुन्छन् अनि परमेश्‍वरको विषयमा गुनासोहरूले भरिएका हुन्छन्। मानिसले पहिलो पटक परमेश्‍वरमा विश्‍वास गर्न थालेको समयदेखि नै उसले परमेश्‍वरलाई प्रशस्तताको स्रोत, हरेक समस्याको समाधान ठानेको छ र उसले आफूलाई परमेश्‍वरको सबैभन्दा ठूलो ऋणदाता ठानेको छ, मानौं परमेश्‍वरबाट आशिष्‌ र प्रतिज्ञाहरू प्राप्त गर्न खोज्नु उसको जन्मजात अधिकार र कर्तव्य हो, र परमेश्‍वरको जिम्मेवारीचाहिँ मानिसको सुरक्षा र वास्ता गर्नु अनि उसको निम्ति उपलब्ध गर्नु हो। परमेश्‍वरमा विश्‍वास गर्नेहरू सबैले ‘परमेश्‍वरमाथिको विश्‍वास’ को आधारभूत बुझाइ यस्तै हुन्छ, र परमेश्‍वरमा विश्‍वास गर्ने भन्ने अवधारणाको बारेमा उनीहरूको गहिरो बुझाइ यस्तै हुन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २”)। परमेश्‍वरका वचनहरूमा मनन गर्ने क्रममा मलाई साँच्‍चै पछुतो भयो। मैले मेरो विश्‍वासमा परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गरिरहेकी थिइनँ, तर मैले उहाँबाट आशिष्‌हरू मात्रै चाहेकी थिएँ। मैले परमेश्‍वरलाई सुरुदेखि नै सबै कुरामा काम लाग्‍ने वा असल कुराको स्रोतको रूपमा लिँदै आएकी थिएँ, किनभने मैले जबसम्‍म आफूलाई परमेश्‍वरको लागि समर्पित गर्छु, तबसम्‍म मलाई सुरक्षित र कुशलताको साथ राखिनेछ, मैले कहिल्यै पनि रोगबिराम वा दुखद घटनाको सामना गर्नेछैन, र म सबै प्रकारका विपत्तिहरूबाट उम्कन सक्नेछु भन्‍ने सोच्‍ने गर्थेँ। मैले मुक्ति पाउनेछु र मैले सुन्दर गन्तव्य प्राप्त गर्नेछु। मैले मेरो कर्तव्य पूरा गर्नको लागि मेरो घर र जागिरको परवाह गरिनँ, र मैले कष्ट भोगेँ र मूल्य चुकाएँ, र कम्युनिस्ट पार्टीले पक्राउ गरेर यातना दिँदा समेत म कहिल्यै पछि हटिनँ। तर त्यसपछि म बिरामी परेँ र मेरो स्वास्थ्य समस्याहरू रहिरहे, त्यसपछि मैले परमेश्‍वरलाई दोष दिएँ र उहाँसँग तर्क गर्ने प्रयास गरेँ। मैले मेरो सबै कष्ट-भोगको हिसाब-किताब गरिरहेकी थिएँ, र मैले त्यागेको सबै कुरा व्यर्थ भएका छन् भन्‍ने मैले सोचेँ, अनि म मेरो कर्तव्यमा आलटाल गर्न थालेँ। मैले मेरो वर्षौंको विश्‍वास सत्यता प्राप्त गर्न र परमेश्‍वरको आज्ञापलन गर्नको लागि थिएन, बरु मेरो कष्ट र कठिन परिश्रमलाई परमेश्‍वरको अनुग्रह र आशिष्‌हरूसँग साट्नको लागि थियो भन्‍ने देखेँ। मैले लेनदेन सम्‍बन्धी मानव दृष्टिकोण परमेश्‍वरमा लागू गर्न चाहन्थेँ। के त्यो त परमेश्‍वरलाई धोका दिनु र प्रयोग गर्नु होइन र? म अत्यन्तै स्वार्थी र घृणित थिएँ! मैले परमेश्‍वरले मानवजातिलाई मुक्ति दिनुभएको बारेमा विचार गरेँ। उहाँले हामीलाई भरणपोषण गर्नको लागि धेरै वचनहरू दिनुभएको थियो, हामीले उहाँको काम अनुभव गर्न सकौं भनेर परिस्थितिहरू मिलाउनुभएको थियो, ताकि हामीले हाम्रो भ्रष्टताबाट मुक्त भएर मुक्ति प्राप्त गर्न सकौं। मैले परमेश्‍वरको प्रेमको ऋण तिर्नुपर्छ भन्‍ने मलाई थाहा थिएन। मैले परमेश्‍वरलाई प्रयोग मात्रै गरेँ र सधैँ हिसाब-किताब गरिरहेकी हुन्थें। जब उहाँले मैले चाहेको कुरा गर्नुभएन, तब मैले काममा अल्याङटल्याङ गर्न थालें, र त्यसमा चासो दिनै छोडेँ। मैले परमेश्‍वरप्रति सच्‍चा व्यवहार गरिरहेकी थिइनँ। मसँग कुनै विवेक वा तर्क-शक्ति थिएन! मैले परमेश्‍वरको अघि आएर प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले तपाईंलाई मेरो विश्‍वासमा प्रयोग गर्दै र धोका दिँदै आएकी रहेछु। म अत्यन्तै स्वार्थी र नीच छु। सायद म मानिस पनि होइन! हे परमेश्‍वर, म पश्‍चात्ताप गर्न चाहन्छु। बिन्ती मलाई अगुवाइ गर्नुहोस्।”

मैले “सत्यतालाई बारम्बार मनन गर्दा मार्ग आउँछ” को एउटा खण्ड पढेँ: “धेरैजसो अवस्थाहरूमा, परमेश्‍वरले दिनुभएका परीक्षाहरू उहाँले मानिसहरूलाई दिनुहुने बोझ हुन्। परमेश्‍वरले तँमाथि जति नै गह्रौं बोझ दिनुभए पनि, त्यो तैँले बोक्‍नुपर्ने बोझ हो, किनभने परमेश्‍वरले तँलाई बुझ्‍नुहुन्छ, र तैँले यसलाई बोक्‍न सक्छस् भन्‍ने उहाँलाई थाहा छ। परमेश्‍वरले तँलाई दिनुहुने बोझ तेरो कद वा तेरो सहनशीलताको सीमा नाघ्‍ने हदको हुनेछैन, त्यसकारण तैँले यसलाई बोक्‍न सक्छस् भन्‍ने कुरामा कुनै प्रश्‍न उठ्दैन। परमेश्‍वरले तँलाई जे-जस्तो बोझ, जे-जस्तो परीक्षा दिनुभए पनि, एउटा कुरा याद राख्: तैँले परमेश्‍वरको इच्‍छालाई बुझे पनि नबुझे पनि र तैँले प्रार्थना गरेपछि पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गरे पनि नगरे पनि, परमेश्‍वरले तँलाई यो परीक्षाद्वारा अनुशासनमा राखिरहनुभएको भए पनि वा चेतावनी दिइरहनुभएको भए पनि, तैँले यसलाई बुझ्दैनस् भने त्यसको कुनै अर्थ हुनेछैन। जबसम्‍म तैँले पूरा गर्नुपर्ने कर्तव्यलाई पूरा गर्न छोड्दैनस् र आफ्‍नो कर्तव्यमा विश्‍वासयोग्य भएर लागिपर्छस्, तबसम्‍म परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ, र तँ तेरो गवाहीमा दह्रिलो गरी खडा हुनेछस्। … यदि, परमेश्‍वरमाथिको तेरो विश्‍वासमा र सत्यको खोजीमा, तँ यसो भन्न सक्छस् भने, ‘परमेश्‍वरले ममाथि जुनसुकै बिमारी वा मन नपर्ने घटना आउन दिनुभए पनि—परमेश्‍वरले चाहे जे नै गर्नुभए पनि—मैले आज्ञापालन गर्नैपर्छ, र सृष्टि गरिएको एक प्राणीको रूपमा मेरो ठाउँमा रहनुपर्छ। सबै कुराभन्दा पहिले, मैले सत्यको यो पक्ष—आज्ञाकारिता—लाई व्यवहारमा उतार्नैपर्छ, म यसलाई लागू गर्छु र परमेश्‍वरको आज्ञापालनको वास्तविकतामा जिउँछु। यसबाहेक, परमेश्‍वरले मलाई आज्ञा गर्नुभएको कुरा र मैले गर्नुपर्ने कर्तव्यलाई मैले पन्साउनुहुँदैन। मेरो अन्तिम सासमा पनि, मैले आफ्नो कर्तव्य पालन गर्नैपर्छ।’ के यही नै गवाही दिनु होइन र? जब तँसँग यस्तो सङ्कल्प र यस्तो स्थिति हुन्छ, के तैँले अझै पनि परमेश्‍वरको बारेमा गुनासो गर्न सक्छस्? अहँ, सक्दैनस्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू)। परमेश्‍वरका वचनहरूलाई मनन गरेपछि, मैले उहाँको इच्‍छालाई बुझ्‍न सकेँ। मैले जस्तो प्रकारको कठिनाइ भोगे पनि—यो सबै परमेश्‍वरले नै अनुमति दिनुभएको हो, र उहाँले मलाई सहनको निम्ति धेरै कठिनाइ दिइरहनुभएको थियो। मैले यस कुरालाई स्वीकार गरेर आज्ञापलन गर्नुपर्थ्यो, र गवाहीको रूपमा खडा हुनुपर्थ्यो। मैले पत्रुसको बारेमा सम्झेँ, उनले जेसुकै भए पनि परमेश्‍वरको आज्ञापालन गर्न सकेका थिए। उनले रोग-बिमारको कष्ट भोगेका थिए र अभावमा जिएका थिए, तर तिनी सधैँ परमेश्‍वरप्रति समर्पित थिए र तिनले कहिल्यै पनि गुनासो गरेनन्। मैले पत्रुसले जस्तै सृष्टि गरिएको प्राणीको स्थान लिएर, परमेश्‍वरले तय गर्नुभएको जस्तोसुकै अवस्थामा समर्पित हुनुपर्थ्यो, र वास्तवमा नै पाठ सिक्‍नुपर्थ्यो। मैले औषधी सेवन गरिरहेँ र मेरो कर्तव्य पनि पूरा गरिरहें, र मलाई मेरो स्वास्थ्य स्थितिले पहिले जत्तिको समस्या दिएको जस्तो लागेन। क्रमिक रूपमा केही महिनासम्‍म निको हुँदै गएपछि, मेरो समस्या हरायो। म परमेश्‍वरप्रति अत्यन्तै आभारी भएँ।

सेप्टेम्‍बरमा। एक दिन म सुसमाचार प्रचार गरेर घर आएँ, र त्यो बेला उहाँको हाउभाउ यस्तो थियो कि मानौं उहाँलाई केही कुराले पीडा दिइरहेको छ। उहाँले मलाई अघिल्‍लो दिन सामान्य जाँचको लागि गएको कुरा बताउनुभयो, र डाक्टरले भोलि एमआरआइको लागि आउनू भनी भन्‍नुभएको रहेछ। यो कुरा सुन्दा मलाई साँच्‍चै नै बेचैन भयो, किनभने एमआरआइ गर्नु साधारण कुरा होइन। उहाँलाई कुनै गम्‍भीर रोग पो लाग्यो कि भन्‍ने मैले सोचेँ। त्यो रात मैले छटपटीमा नै बिताएँ। म निदाउनै सकिनँ। मैले यो त्यति ठूलो समस्या होइन होला भन्‍ने सोच्दै आफूलाई सान्त्वना दिने प्रयास पनि गरेँ। उहाँ पनि विश्‍वासी नै हुनुहुन्छ, र मैले घर बाहिर गएर गर्नुपर्ने कर्तव्य पूरा गरिरहेकी थिएँ, त्यसकारण परमेश्‍वरले उहाँलाई रक्षा गर्नुपर्छ। भोलिपल्‍ट म पनि उहाँसँगै अस्पताल गएँ। अचम्‍मको कुरा, उहाँलाई पेटको क्यान्सर भएको रहेछ। यो कुरा सुन्दा म पूर्ण रूपमा चकित भएँ। यो क्यान्सर हो भन्‍ने कुरा नै अचम्‍मको थियो, र त्यही माथि पेटको क्यान्सर त झनै गम्‍भीर कुरा थियो। मैले यो उपचार गर्नु अत्यन्तै कठिन हुन्छ र यो शीघ्र रूपमा फैलन्छ भन्‍ने सुनेकी थिएँ। यसको मृत्यु दर पनि उच्‍च हुन्छ, र कति मानिसहरू त एक-दुई महिना पनि बाँच्‍दैनन्। उहाँ जीवन्त देखिनुहुन्थ्यो, तर सायद उहाँसँग एक-दुई महिना मात्रै बाँकी थियो। मलाई त आकाशै खसेजस्तो लाग्यो। मैले सोचेँ, “म राम्ररी निको समेत भएकी छैन तर अहिले मेरो श्रीमानलाई क्यान्सर भएको छ। परमेश्‍वरले किन हामीलाई रक्षा गरिरहनुभएको छैन?” जब-जब मलाई मेरो श्रीमानको क्यान्सरको बारेमा याद आउँथ्यो, म धेरै बेरसम्‍म रोइरहन्थेँ। मैले मेरो पीडामा परमेश्‍वरसँग प्रार्थना गरेँ, र मेरो हृदयको रक्षा गर्नुहोस् र उहाँको इच्‍छा बुझ्‍न मलाई अगुवाइ गर्नुहोस् भनी अनुरोध गरेँ।

त्यसपछि मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “मानिसहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा खोजी गर्ने कुरा भनेको भविष्यको लागि आशिष्‌हरू प्राप्त गर्नु हो; तिनीहरूको विश्‍वासमा भएको तिनीहरूको लक्ष्य यही हो। सबै मानिसहरूसँग यही मनसाय र आशा हुन्छ, तर तिनीहरूको प्रकृतिमा भएको भ्रष्टतालाई परीक्षाहरूमार्फत निराकरण गरिनुपर्छ। जुन पक्षहरूमा तिमीहरूलाई शुद्धीकरण गरिएको छैन, तिनै पक्षहरूमा तिमीहरू परिष्कृत हनुपर्छ—यो परमेश्‍वरको प्रबन्ध हो। परमेश्‍वरले तेरो लागि वातावरण सृजना गरेर तँलाई परिष्कृत हुन बाध्य पार्नुहुन्छ ताकि तैँले आफ्नो भ्रष्टता चिन्न सक्। अन्ततः तँ यस्तो बिन्दुमा पुग्छस् जहाँ त बरु मर्छस् र आफ्नो योजनाहरू र चाहनाहरू त्याग्छस्, अनि परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धमा समर्पित हुन्छस्। त्यसकारण, यदि मानिसहरूसँग शोधनका धेरै वर्षहरू छैनन् भने, यदि तिनीहरूले केही निश्चित मात्राको कष्ट सहन गर्दैनन् भने, तिनीहरूले आफ्नो सोच-विचारहरू र हृदयमा देहको भ्रष्टताको बन्धनबाट आफूलाई मुक्त गर्न सक्दैनन्। जुन पक्षहरूमा तिमीहरू अझै शैतानको बन्धनमा हुन्छौ, र जुन पक्षहरूमा तिमीहरूसँग अझै आफ्नै चाहनाहरू र मागहरू छन्, तिमीहरूले कष्ट भोग्नुपर्ने पक्षहरू यिनै हुन्। कष्टमार्फत मात्र पाठ सिक्न सकिन्छ, यसको मतलब सत्यता हासिल गर्न र परमेश्‍वरको इच्छा बुझ्न सक्षम हुने भन्ने हो। वास्तवमा, पीडादायी परीक्षाहरूको अनुभव गरेर धेरै सत्यताहरू बुझिन्छ। कसैले पनि परमेश्‍वरको इच्छालाई विस्तारमा बुझ्न, परमेश्‍वरको सर्वशक्तिमान्‌ता र ज्ञान-बुद्धिलाई पहिचान गर्न सक्दैन, वा आरामदायी र सहज परिस्थितिमा वा परिस्थिति अनुकूल हुँदा परमेश्‍वरको धर्मी स्वभावको सराहना गर्न सक्दैन। त्यो असम्भव हुनेछ!” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “परीक्षाहरूको बीचमा परमेश्‍वरलाई कसरी सन्तुष्ट पार्ने”)। यस वचनको आधारमा मैले आफ्‍नो बारेमा मनन गरेँ। जब म बिरामी थिएँ, परमेश्‍वरका वचनहरूको न्यायद्वारा मैले मसँग गलत दृष्टिकोण छ, म आशिषहरूको पछि लागिरहेकी छु भन्‍ने थाहा पाएँ। त्यसपछि म निको भए पनि नभए पनि समर्पित हुन तयार भएँ। मैले आशिषहरूको पछि लाग्‍ने मेरो जोसलाई त्यागिदिनेछु भन्‍ने सोचेँ, तर जब मेरो श्रीमानलाई क्यान्सर भयो, परमेश्‍वरलाई दोष दिने र गलत रूपमा बुझ्‍ने नगरिकन म बस्‍न सकिनँ। मलाई हामी विश्‍वासीहरू भएकाले परमेश्‍वरले हामीलाई रक्षा गर्नुपर्छ भन्‍ने लाग्यो। मैले आशिष्‌हरू प्राप्त गर्ने मेरो मनसायले कति गहिरो जरा गाडेको रहेछ भन्‍ने देखेँ। यदि परमेश्‍वरले मलाई त्यसरी कहिल्यै पनि खुलासा नगर्नुभएको भए मैले यो कुरा कहिल्यै बुझ्‍नेथिइनँ। त्यसपछि मैले मेरो श्रीमानको रोगबाट एउटा पाठ सिक्‍नुपर्छ भन्‍ने चाल पाएँ, अनि मैले परमेश्‍वरलाई दोष दिन छोड्नुपर्थ्यो। मैले शान्त भएर मैले किन मेरो श्रीमानलाई क्यान्सर हुँदा परमेश्‍वरलाई दोष दिने र गलत रूपमा बुझ्‍ने नगरिकन म बस्‍न सकिनँ, किन म अझै पनि आशिष्‌हरू र अनुग्रहको पछि लागिरहेकी छु त्यसको बारेमा मनन गरेँ।

पछि, मैले परमेश्‍वरका वचनहरू पाठ गरिएको एउटा भिडियो हेरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “ख्रीष्टविरोधीहरूको नजरमा, तिनीहरूको सोचाइ र तिनीहरूले हेर्ने दृष्टिकोणमा, परमेश्‍वरलाई पछ्याउनुमा केही न केही फाइदा हुनैपर्छ, तिनीहरू केही पाइँदैन भने हल्‍लिने झमेलामा समेत पर्दैनन्। यदि कुनै ख्याति, प्राप्ति, वा हैसियत प्राप्त हुँदैन भने, परमेश्‍वरमा विश्‍वास गर्नुको कुनै अर्थ हुँदैन। व्यक्तिले सुरुमा प्राप्त गर्नैपर्ने पहिलो फाइदा भनेको परमेश्‍वरका वचनहरूमा उल्‍लेख गरिएका प्रतिज्ञा र आशिष्‌हरू हुन्, र तिनीहरूले मण्डलीभित्र ख्याति, प्राप्ति, र हैसियत पनि प्राप्त गर्नैपर्छ। परमेश्‍वरका विश्‍वासीहरू अरूभन्दा माथि उठ्नुपर्छ, र तिनीहरू विशेष हुनुपर्छ। अविश्‍वासीहरूले यी कुराहरू प्राप्त गर्नु हुँदैन, र विश्‍वासीहरूले ती कुराको आनन्द लिनैपर्छ; नत्र भने, परमेश्‍वर साँच्‍चै परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न भन्‍ने कुरामै केही प्रश्‍न हुन्छ। के ख्रीष्टविरोधीहरूको तर्कले त वचनहरूको सत्यता भनेको ‘परमेश्‍वरमा विश्‍वास गर्नेहरूले परमेश्‍वरका आशिष्‌हरू र अनुग्रहको आनन्द लिनैपर्छ’ भन्‍ने हो भन्‍ने तुल्याउँदैन र? (तुल्याउँछ।) के यी वचनहरू सत्यता हुन्? यी वचनहरू सत्यता होइनन्, ती भ्रम हुन्, ती शैतानका तर्क हुन्, र ती सत्यतासँग सम्‍बन्धित छैनन्। के परमेश्‍वरले कहिल्यै यसो भन्‍नुभएको छ, ‘यदि मानिसहरूले मलाई विश्‍वास गरे भने, तिनीहरूले अवश्य नै आशिष्‌ पाउनेछन्; यो सत्यता हो’? परमेश्‍वरले न त कहिल्यै यसो भन्‍नुभएको छ न त यसो गर्नुभएको नै छ।

जब आशिष्‌ र दुर्भाग्यको कुरा आउँछ, तब खोजी गर्नुपर्ने सत्यता हुन्छ। मानिसहरूले पालना गर्नुपर्ने बुद्धिमानी वचनहरू के-के हुन्? अय्यूबले भने, ‘के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र खराबीचाहिँ ग्रहण नगर्ने?’ (अय्यूब २:१०)। के यी वचनहरू सत्यता हुन्? यी मानिसका वचनहरू हुन्; यी वचनहरूको केही भाग सत्यता अनुरूप भए पनि, तिनलाई सत्यताको उचाइमा पुर्‍याउनु हुँदैन। यी वचनहरूको कुन भाग सत्यताअनुरूप छन्? मानिसहरूले आशिष्‌ पाउँछन् कि दुर्गति भोग्छन् भन्‍ने कुरा सबै परमेश्‍वरकै हातमा हुन्छन्, यो सबै परमेश्‍वरको प्रभुत्वमा हुन्छन्। सत्यता यही हो। के ख्रीष्टविरोधीहरूले विश्‍वास गर्ने कुरा यही हो? (होइन।) किन तिनीहरूले यसमा विश्‍वास गर्दैनन्, तिनीहरूले किन यसलाई स्वीकार गर्दैनन्? परमेश्‍वरका विश्‍वासीहरूका रूपमा, ख्रीष्टविरोधीहरूले आशिषित हुने, र कष्टबाट बच्‍ने चाहना गर्छन्। जब तिनीहरूले आशिष्‌ पाएको, फाइदा पाएको, अनुग्रह पाएको, धेरै नाफा प्राप्त गरेको, र धेरै भौतिक सहजता, अझै राम्रो भौतिक व्यवहार प्राप्त गरेको व्यक्ति देख्छन्, तिनीहरूले यो परमेश्‍वरले गर्नुभएको काम हो भन्‍ने विश्‍वास गर्छन्; नत्र भने, त्यस्ता कार्य परमेश्‍वरका कार्यहरू हुँदैनन् भन्‍ने सोच्छन्। यसको आसय के हुन्छ भने, ‘यदि तपाईं परमेश्‍वर हुनुहुन्छ भने, तपाईंले मानिसहरूलाई आशिष्‌ मात्रै दिन सक्‍नुहुन्छ; तपाईंले तिनीहरूलाई विपत्ति वा कष्ट दिन सक्‍नुहुन्‍न। अनि मात्रै मानिसहरूले तपाईंमा विश्‍वास गर्नुको मूल्य र अर्थ हुन्छ। यदि तपाईंलाई पछ्याएपछि, मानिसहरूले अझै पनि आपतको सामना गर्छन्, तिनीहरूले अझै कष्ट भोग्छन् भने, तिनीहरूले किन तपाईंमा विश्‍वास गर्नुपर्छ र?’ तिनीहरूले सबै कुरा परमेश्‍वरकै हातमा छ, सबै थोकमाथि परमेश्‍वरकै हुकुम चल्छ भन्‍ने कुरालाई स्वीकार गर्दैनन्। अनि किन तिनीहरूले यो कुरालाई स्वीकार गर्दैनन्? किनभने ख्रीष्टविरोधीहरू आपतदेखि डराउँछन्। तिनीहरूले लाभ, निगाह, आशिष्‌ मात्रै पाउन चाहन्छन्; तिनीहरूले परमेश्‍वरको सार्वभौमिकता वा बन्दोबस्तलाई स्वीकार गर्न चाहँदैनन्, तर परमेश्‍वरबाट लाभहरू मात्रै प्राप्त गर्न चाहन्छन्। यो तिनीहरूको स्वार्थी र घृणित दृष्टिकोण हो” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, सार्वजानिक रूपमा सिद्धान्तहरू उल्‍लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूको बेवास्ता गर्छन् (भाग छ)”)। “सबै भ्रष्ट मानव आफ्‍नै लागि जिउँछन्। अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ—मानव प्रकृतिको सार यही हो। मानिसहरूले आफ्‍नै खातिर परमेश्‍वरमा विश्‍वास गर्छन्; तिनीहरूले उहाँको लागि विभिन्न काम-कुराहरू त्याग्छन्, आफैलाई उहाँमा समर्पित गर्छन्, र तिनीहरू उहाँप्रति विश्‍वासयोग्य बन्छन्, तर अझै पनि तिनीहरूले यी सबै कुरा आफ्‍नै खातिर गर्छन्। सारांशमा भन्दा, यो सबै तिनीहरूका आफ्नै आशिष्‌हरू प्राप्त गर्ने उद्देश्‍यले गरिन्छ। समाजमा, सबै कुराहरू व्यक्तिगत फाइदाको लागि गरिन्छ; आशिष्‌हरू प्राप्त गर्नको लागि मात्रै परमेश्‍वरमा विश्‍वास गरिन्छ। आशिष्‌हरू प्राप्त गर्नको खातिर मात्रै मानिसहरूले सबै कुरा त्याग्‍न र धेरै कठिनाइ भोग्‍न सक्छन्: यो सबै मानवको भ्रष्ट प्रकृतिको व्यवहारिक सबुत हुन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “बाहिरी परिवर्तनहरू र स्वभावमा हुने परिवर्तनहरू बीचको भिन्नता”)। परमेश्‍वरका वचनहरूले आशिष्‌हरू र दुर्भाग्य सम्‍बन्धी ख्रीष्ट-विरोधीहरूको दृष्टिकोणलाई प्रकट गर्छन्। तिनीहरू आफ्‍नो विश्‍वासमा आशिष्‌हरूका पछि लागेका हुन्छन्। आफूले गरेको विश्‍वासले आशिष्‌हरू प्राप्त गर्नुपर्छ भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। यदि त्यसो भएन भने, तिनीहरूले यो विश्‍वास व्यर्थ छ भन्‍ने ठान्छन्। तिनीहरूले परमेश्‍वरलाई धोका दिँदै कुनै पनि बेला उहाँलाई त्याग्‍न सक्छन्। मैले विश्‍वास सम्‍बन्धी मेरो दृष्टिकोण पनि त्यस्तै छ भन्‍ने पत्ता लगाएँ। मैले यतिका वर्ष गरेका बलिदानहरूका कारण, परमेश्‍वरले मलाई र मेरो परिवारलाई शान्ति र सुस्वास्थ्य दिएर आशिष्‌ दिनुपर्छ भन्‍ने सोचेकी थिएँ। त्यसकारण जब म वा मेरो श्रीमान बिरामी हुन्थ्यौं, तब मैले परमेश्‍वरलाई दोष लगाउन पुग्थें। मैले मेरो श्रीमानको क्यान्सरलाई निको पार्ने जस्ता अनुचित कामना र मागहरू गर्दै प्रार्थना गरेँ। जब मैले आफूलाई मन नपर्ने कुनै कुरा देखेँ, तब मैले उप्रान्त मेरो कर्तव्य पूरा नगर्ने इच्‍छा गरेँ। विश्‍वास सम्‍बन्धी मेरो दृष्टिकोण कति हास्यास्पद थियो भन्‍ने कुरा मैले थाहा पाएँ। सत्यता के हो भने, विश्‍वासीहरूको जीवनमा नराम्रा कुराहरू कहिल्यै आउनेछैन भनेर परमेश्‍वरले कहिल्यै भन्‍नुभएको छैन। उहाँले सबै थोकमाथि शासन गर्नुहुन्छ—जीवनको सबै पक्ष उहाँकै हातमा छन्। उहाँका विश्‍वासीहरू पनि यसको अपवाद छैनन्। परमेश्‍वरले हामीलाई आशिष्‌हरू र दुर्दशा दिनुहुन्छ। आफूले पाएको कर्तव्य नै सृष्टि गरिएको प्राणीले गर्नुपर्ने न्यूनतम काम हो। यो आशिष्‌ र धिक्‍कारसँग सम्‍बन्धित हुँदैन। म शैतानद्वारा अत्यन्तै भ्रष्ट तुल्याइएको थिएँ। “इनामविना औँलो पनि नउठाउनू” वा “आफ्‍नो दुनो आफै सोझ्याउनु” जस्ता भनाइहरू मैले जिउने शैतानी नियमहरू थिए। मैले परमेश्‍वरलाई मेरो आफ्‍नै प्रयोगको औजारको रूपमा हेर्दै आफ्‍नै हितहरूका बारेमा मात्रै विचार गरिरहेकी थिएँ। मेरो कष्ट-भोग र कठिन परिश्रमको सट्टामा परमेश्‍वरबाट आशिष्‌हरू प्राप्त गर्न चाहन्थेँ। जब परिस्थितिहरू मेरा अभिप्रायहरूभन्दा विपरीत जान्थे, म परमेश्‍वरको विरुद्धमा गुनासोले भरिएकी थिएँ। र मैले उहाँसँग तर्क गर्ने प्रयास पनि गरेँ। म कस्तो प्रकारको विश्‍वासी थिएछु? म गैर-विश्‍वासी, स्वार्थी, नीच व्यक्ति थिएँ। यो महसुस गर्दा मलाई अत्यन्तै डर लाग्यो। मैले आशिषहरूमा मात्रै ध्यान केन्द्रित गरिरहेकी छु र सत्यताको खोजी गरिरहेकी छैन भन्‍ने देखेँ। म परमेश्‍वर विरुद्धको बाटोमा थिएँ। मैले त्यसरी कहिल्यै पनि सत्यता प्राप्त गर्ने थिइनँ, र मेरो भ्रष्टता कहिल्यै हट्ने थिएन। मलाई परमेश्‍वरले त्याग्‍नुहुने थियो! त्यसपछि मैले परमेश्‍वरले मलाई न्याय गर्न र खुलासा गर्नको लागि यो परिस्थितिको प्रयोग गरिरहनुभएको छ भन्‍ने बुझें। यदि परमेश्‍वरले मलाई खुलासा नगर्नुभएको भए, मैले मेरो भ्रष्टता र मेरो कलङ्कित विश्‍वासलाई देख्‍ने थिइनँ। म कुनै पनि हालतमा धोइने थिइनँ। मैले परमेश्‍वरलाई उहाँको मुक्तिको लागि धन्यवाद दिएँ।

मैले अर्को खण्ड पनि पढेकी थिएँ, “सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ।” “हुन सक्छ, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको दुःख भोग्नका निम्ति हो, वा उहाँका निम्ति हरकिसिमका कुराहरू गर्नु हो भन्‍ने तँ ठान्छस् होला; परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य तेरो शरीर शान्तिमा रहोस् भन्ने हो वा तेरो जीवनका सबै कुरा राम्ररी चलोस्, वा सबै कुरामा तँलाई सुविधा र सहज होस् भन्‍ने तँलाई लाग्‍नसक्छ। तापनि मानिसले परमेश्‍वरमा भएको तिनीहरूका विश्‍वासमा यी कुनै पनि उद्देश्यहरूलाई जोड्नुहुँदैन। यदि तँ यी उद्देश्यहरूका निम्ति विश्‍वास गर्छस् भने तेरो दृष्टिकोण गलत छ, अनि तँलाई सिद्ध पारिनु यसै पनि असम्भव हुन्छ। परमेश्‍वरका कामहरू, परमेश्‍वरको धार्मिक स्वभाव, उहाँको बुद्धि, उहाँका वचनहरू, उहाँको आश्‍चर्यपन र अज्ञातता, यी सबै कुरा मानिसहरूले बुझ्नुपर्ने कुराहरू हुन्। यो बुझेपछि तैँले आफ्नो हृदयका सबै व्यक्तिगत मागहरू, आशाहरू, र विचारहरूबाट छुटकारा पाउन यसको प्रयोग गर्नुपर्छ। यी कुराहरूलाई हटाएर मात्र तँ परमेश्‍वरले माग गर्नुभएका सर्तहरूलाई पूरा गर्न सक्छस्, र त्यसो गरेर मात्र तैँले जीवन प्राप्त गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छस्। परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य उहाँलाई सन्तुष्ट पार्नु र उहाँले माग गर्नुभएको स्वभावअनुसार जिउनु हो, ताकि अयोग्य मानिसहरूको यस झुन्डबाट उहाँको कार्य र महिमा प्रकट हुन सकोस्। यो परमेश्‍वरमा विश्‍वास गर्ने सही दृष्टिकोण हो अनि तैँले खोज्नुपर्ने लक्ष्य पनि यही नै हो” (वचन देहमा देखा पर्नुहुन्छ)। मैले के कुराको खोजी गर्नुपर्छ भन्‍ने कुरा परमेश्‍वरका वचनहरूले मलाई देखाए। म मेरो विश्‍वासमा आशिष्‌हरू वा लाभहरूको पछि लाग्‍नु हुँदैन। मैले परमेश्‍वरलाई चिन्‍ने र सन्तुष्ट पार्ने अनि परमेश्‍वरप्रति कुनै माग नगर्ने अय्यूबजस्तो बन्‍ने प्रयास गर्नुपर्छ। अय्यूबले तिनीसँग भएको सबै कुरा परमेश्‍वरले नै दिनुभएको हो भन्‍ने विश्‍वास गर्थे, त्यसकारण परमेश्‍वरले दिनुभए पनि वा लिनुभए पनि, तिनीमाथि आशिष्‌हरू आए पनि वा दुर्भाग्य परे पनि, तिनले पूर्ण रूपमा परमेश्‍वरकै आज्ञापालन गरे र उहाँको धार्मिकताको प्रशंसा गरे। त्यसकारण जब शैतानले अय्यूबलाई जाँच गर्यो, तब तिनका सबै सम्पत्ति चोरियो, तिनका छोराछोरी मारिए, तिनको जीउभरि खटिरा आयो र तिनी माटोको भाँडाको टुक्राले जिउ खटिरा कन्याउँदै खरानीमा बसे। तिनले परमेश्‍वरको विरुद्धमा गुनासो गरेनन्, तर उहाँको नाउँको प्रशंसा गरिरहे। परमेश्‍वरले जे गर्नुभए पनि, अय्यूब सृष्टि गरिएको प्राणीको रूपमा उभिँदै परमेश्‍वरको आराधना गरिरहे र समर्पित भइरहे। त्यसकारण अय्यूबको विश्‍वास परमेश्‍वरको स्याबासी पाउन लायक छ। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग दिए। मेरो श्रीमान निको भए पनि नभए पनि, म कुनै गुनासो नगरिकन परमेश्‍वरमा समर्पित हुनुपर्थ्यो।

पछि मैले परमेश्‍वरका वचनहरूमा यो पढेँ: “परमेश्‍वरले उत्पत्ति, आगमन, आयु, परमेश्‍वरका सबै प्राणीहरूको अन्त्य, साथै तिनीहरूको जीवनको मिसन र तिनीहरूले सम्पूर्ण मानवजातिमा खेल्ने भूमिकाको पूर्ण योजना पहिले नै बनाइसक्‍नुभएको छ। यी कुराहरूलाई कसैले परिवर्तन गर्न सक्दैन; यो सृष्टिकर्ताको अख्तियार हो। प्रत्येक प्राणीको आगमन, तिनीहरू कति लामो समयसम्म बाँच्छन्, तिनीहरूको जीवनको मिसन—यी सबै नियमहरू, यी हरेक नियमहरू परमेश्‍वरद्वारा निर्धारित गरिएको छ, त्यसरी नै जसरी परमेश्‍वरले प्रत्येक खगोलीय पिण्डको परिक्रमा गर्ने कक्ष निर्धारित गर्नुभएको छ; यी खगोलीय पिण्डहरूले कुन कक्ष पछ्याउँछन्, कति वर्षसम्म पछ्याउँछन्, तिनीहरूले कसरी परिक्रमा गर्छन्, तिनीहरूले कुन नियमहरू पालन गर्छन्—यो सबै परमेश्‍वरले धेरै पहिले नै निर्धारित गर्नुभएको थियो, जुन हजारौंहजार वर्षदेखि अपरिवर्तित छ। यो परमेश्‍वरद्वारा निर्धारित गरिएको हो, र यो उहाँको अख्तियार हो” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्यताको खोजी गरेर मात्र व्यक्तिले परमेश्‍वरका कार्यहरूलाई जान्न सक्छ”)। परमेश्‍वरका वचनहरूबाट मैले हाम्रो गन्तव्य र आयु सबै परमेश्‍वरकै हातमा छन् भन्‍ने देखेँ। हामी कहिले मर्छौं भन्‍ने कुराको निर्धारण परमेश्‍वरले नै गर्नुहुन्छ, र हामी त्यसबाट उम्कन सक्दैनौं। त्यो बेलासम्‍म, हामीलाई क्यान्सर नै लागे पनि, हामी हाम्रो समय आउनुभन्दा पहिले मर्दैनौं। यो परमेश्‍वरको अख्तियार हो। त्यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। त्यो कुरा बुझेपछि मलाई अलिक ढुक्‍क भयो। मेरो श्रीमानको स्वस्थ स्थिति परमेश्‍वरकै हातमा थियो। मैले गर्न सक्‍ने कुरा भनेको परमेश्‍वरले मिलाउनुभएको बन्दोबस्त पालन गर्नु र आफ्‍नो कर्तव्य पूरा गर्नु मात्रै थियो। उहाँले केही समय अस्पतालमा केमोथेरापी गर्नुभयो, र अचम्‍मको कुरा, उहाँको रगतमा कुनै क्यान्सरको कोस थिएन। सबै लक्षणहरू सामान्य नै थिए। यसको साथै, आधा ट्युमर घटेको थियो। यस्तो रोग यसरी राम्ररी नियन्त्रित भएको यो दुर्लभ घटना हो भनेर डाक्टरले भन्‍नुभयो। हाम्रो छोराले उसको साथीको बुबालाई पनि क्यान्सर भएको छ भनेर भन्यो। तिनले एक पटक केमो गरेका थिए र सहन सकेनन्, त्यसपछि केही महिनापछि तिनको मृत्यु भयो। यो सबै कुरा सुन्दा म परमेश्‍वरप्रति अत्यन्तै आभारी भएँ। के कुराप्रति म सबैभन्दा खुशी भएँ भने मेरो श्रीमानले परमेश्‍वरमा मुखले मात्रै विश्‍वास गर्नुहुन्थ्यो, सधैँ पैसाको पछि लाग्‍नुहुन्थयो, तर उहाँलाई क्यान्सर भएपछि, उहाँले परमेश्‍वरको शक्तिको बारेमा केही बुझाइ प्राप्त गर्नुभयो, त्यसपछि उहाँले परमेश्‍वरका कार्यहरूको बारेमा आफ्‍नो गवाही इष्टमित्र र आफन्तहरूलाई बाँड्नुभयो। मैले परमेश्‍वरको काम कति व्यवहारिक छ भन्‍ने कुरा देखेँ। यो सबै कुराबाट गुज्रिँदा त्यो बेला निकै पीडादायी थियो, तर मैले साँच्‍चै नै आफ्‍नो बारेमा एउटा पाठ सिकें, र विश्‍वासमा मैले गरेको खोजीलाई परिवर्तन गरेँ। यो परमेश्‍वरको प्रेम र आशिष्‌ हो! मलाई परमेश्‍वरका वचनहरूको एउटा भजन याद आयो, “तिमीले परमेश्‍वरप्रतिको साँचो प्रेमको खोजी गर्नुपर्छ।” “आज, तैँले व्यावहारिक परमेश्‍वरमा विश्‍वास गर्नलाई सही मार्गमा पाइला राख्‍नुपर्छ। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने, तैँले आशिषहरू मात्रै खोज्नु हुँदैन, तर परमेश्‍वरलाई प्रेम गर्न र उहाँलाई चिन्‍न खोज्नुपर्छ। उहाँको प्रकाशद्वारा, तेरो आफ्नै व्यक्तिगत खोजीद्वारा, तैँले उहाँको वचन खान र पिउन सक्छस्, परमेश्‍वरको वास्तविक बुझाइको विकास गर्न, र परमेश्‍वरको साँचो प्रेम पाउन सक्छस्, जुन तेरो भित्री हृदयबाट आउँछ। अर्को शब्दमा, जब परमेश्‍वरको लागि तेरो प्रेम धेरै निष्कपट हुन्छ, र उहाँको लागि तेरो प्रेमलाई कसैले नाश पार्न सक्दैन अथवा कोही तेरो मार्गमा खडा हुन सक्दैन, यस समयमा तँ परमेश्‍वरको विश्‍वासको सही मार्गमा छस्। यसले प्रमाणित गर्दछ कि तँ परमेश्‍वरको होस्, किनभने तेरो हृदय अघिबाटै परमेश्‍वरको नियन्त्रणमा छ र अरू केही कुराले पनि तँलाई नियन्त्रण गर्न सक्दैन” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

प्रदर्शन गरेर भएको हानि

रुओयु, स्पेनकेही वर्ष पहिले, म उस्तै उमेरका केही दाजुभाइ-दिदीबहिनीहरूसँग मलजल गर्ने कर्तव्यमा लागेकी थिएँ। तिनीहरू अत्यन्तै उत्साहित र...

मैले यो मार्गमा दृढ छु

ह्यान् चेन्, चीन सुसमाचार प्रचार गरेको निहुँमा मलाई पक्राउ गरिएको थियो। कम्युनिस्ट पार्टीले मलाई “पन्थ समूह निर्माण र प्रयोग गर्दै कानुन...

अहङ्कारको हल गरी मानव रूप प्राप्त गर्न सकिन्छ

झेन्क्षिङ्ग, अमेरिकामेरो कथा मार्च २०१७ मा सुरु हुन्छ। मैले मुख्यतः चलचित्रका पोस्टरहरू र भिडियोका थम्‍बनेलहरू बनाउने कामसँगै मण्डलीको लागि...

धन-दासको जागरण

क्षिङ्ग्वु, चीन म सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्