सत्यताको खोजी गर्दा म परिवर्तन भएँ

25 फ्रेवुअरी 2023

मेइ २०१८ मा, म सेनामा भर्ना हुन घरबाट हिँडेँ। सेनामा, हाकिमले आदेश दिँदा, सानो तहका मानिसहरूले जे भनिएको हो त्यो कुरा मान्थे। हाम्रो कामको रेखदेख गर्दा, अगुवाहरूले हामीलाई आदेश दिन्थे, र तिनीहरूले अत्यन्तै प्रभावशाली देखिन्थे। म तिनीहरूको निकै आदर गर्थेँ। महिला सेनाको सबैभन्दा उच्‍च ओहोदाको व्यक्तिसँग पैसा र शक्ति थियो। उनले हाम्रो सेनामा आफ्‍नो छोरी ल्याउँदा, सबैले उनलाई मुस्कुराउँदै अभिवादन गर्थे। माथिल्‍लो स्तरका हाकिमले हामीलाई प्रायजसो हामी जोसिलो हुनुपर्छ, त्यसपछि हामी पनि अन्तिममा उनी जस्तै हुन्छौँ भनेर भन्थे। त्यो बेला मैले म हाकिम बन्‍न लागिपर्नेछु भनेर मनमनै शपथ खाएँ। हैसियत र आदर पाउनु गौरवमय कुरा हो भन्‍ने लाग्थ्यो। त्यहाँदेखि नै, आफूलाई राम्रो देखाउन म सक्दो प्रयास गर्थेँ, र हाकिमहरूले भनेका हरेक कुरा एक-एक गरी पालना गर्थेँ। हाकिमहरूको अगाडि म निकै राम्रो काम गर्थेँ, र तिनीहरूले मलाई निकै मन पराउँथे। केही समयपछि नै, तिनीहरूले मलाई युनिट प्रमुखमा बढुवा गरे। म अत्यन्तै खुशी भएँ। मेरो बढुवापछि म हाकिमहरूप्रति अझै धेरै आज्ञाकारी भएँ। म हाम्रो दैनिक काममा प्रमुख भूमिका निर्वाह गर्थेँ र सुस्त हुने आँट गर्दिनथिएँ। मभन्दा मुनिका सिपाहीहरूले सुस्त काम गरेको देख्दा, म कडा हाउभाउ प्रस्तुत गर्थेँ र सजायको बारेमा बताएर तिनीहरूलाई धम्की दिन्थेँ। तिनीहरूमध्ये कतिलाई यस्तो कुरा मन पर्दैनथियो र मेरो पिठ्यूँपछाडि खराब कुराहरू बोल्थे। म के सोच्थेँ भने मैले आफूलाई प्रदर्शन गर्न र अझै उच्‍च पद प्राप्त गर्न परिश्रम गरिरहनुपर्छ ताकि तल्‍लो स्तरका सिपाहीहरूले मेरो कुरा सुनून्। कठिन परिश्रमद्वारा, मलाई फेरि पनि जत्थाको प्रमुखमा बढुवा दिइयो। मलाई त्यो निकै सम्‍मानजनक कुरा हो भन्‍ने लाग्यो। यसको साथै, म जत्थाको प्रमुख भएपछि सिपाहीहरूले मेरो कुरा मान्‍न थाले। तर जत्था प्रमुखले अझै पनि परिश्रमको काम गर्नुपर्थ्यो, र यो अत्यन्तै थकाइलाग्दो हुन्थ्यो, त्यसकारण मैले ओहोदाको भर्‍याङ चढिरहनुपर्छ भन्‍ने मलाई लाग्यो। जति ठूलो ओहोदा, मैले त्यति नै धेरै शक्ति प्राप्त गर्थेँ र मैले कुनै परिश्रमको काम गर्नु पर्दैनथियो। एकदम राम्रो हुनेथियो! उच्‍च ओहोदा प्राप्त गर्न, म एक सुरमा लागेर हरेक दिन काम गर्थेँ, र सिपाहीहरूलाई पनि त्यसै गर्न लगाउँथेँ। हामीले सधैँ हाकिमहरूले अह्राएको काम तोकिएको म्यादभन्दा पहिले नै पूरा गर्थ्यौँ। अगुवाहरू मेरो कामप्रति निकै खुशी थिएँ, र केही समयपछि नै म पल्टनको प्रमुखमा बढुवा भएँ।

पल्टन प्रमुखको रूपमा रहेको मेरो पदलाई रक्षा गर्न म सिपाहीहरूलाई मैले भनेको मान्‍न लगाउन, हाम्रो पल्टन अरूभन्दा पछि परेको छैन भन्‍ने कुरालाई सुनिश्‍चित गर्न विभिन्‍न उपायहरू रच्थेँ। सिपाहीहरूले मेरो कुरा नसुन्दा, सजाय स्वरूप म तिनीहरूलाई उभिन वा पुसअप गर्न लगाउँथेँ। त्यसपछि तिनीहरूले मैले भनेको मान्‍न थाल्थे। तिनीहरूले मेरो अगाडि सुस्त बन्‍ने आँट गर्न छोड्थे र तिनीहरूले निकै आदर गर्थे। मलाई निकै खुशी लाग्थ्यो। तर म धेरै तनावमा पनि थिएँ, र मैले राम्रो काम गरिनँ भने माथिल्‍लो स्तरका हाकिमले मलाई गाली गर्थे। आलोचनाबाट बच्‍न र केही तारिफ पाउन, म काम गर्दा सिपाहीहरूलाई सधैँ कडा शब्‍दले हप्काइरहेकी हुन्थेँ। केही समयपछि, तिनीहरूलाई मेरो बानी मन परेन र तिनीहरूले मलाई साँच्‍चै घृणा गर्न थाले। मेरो अगाडि तिनीहरूले राम्रो कुरा भन्थे, तर मेरो पिठ्यूँ पछाडि धेरै नराम्रा कुरा भन्थे। यो कुरा पत्ता लगाउँदा मलाई निकै असहज हुन्थ्यो। यसको साथै हामीले हाम्रो काम पुरा नगर्दा, मैले हाकिमहरूबाट आलोचना सहनु पर्थ्यो। त्यस्तो बेला म सोच्थेँ सायद म एक स्तर मथि भएको भए मलाई गाली गर्न छोडिन्थ्यो, र म त्यति धेरै दबाबमा हुनेथिइनँ। त्यसपछि मैले मानिसहरूको आदर पनि पाउँथेँ। म तुरुन्तै त्यो उद्देश्य पूरा गर्न लागिपरेँ।

त्यसपछि अन्तिममा, एक दिन क्याप्टेनले खुशी हुँदै मलाई सबै पल्टन प्रमुखहरूमध्ये, उनलाई ममाथि नै सबैभन्दा बढी विश्‍वास भएको, र उनले क्याप्टेनको रूपमा काम गर्न छोडिन् भने, मैले उनको स्थान लिनेछु भनेर बताइन्। त्यो सुन्दा म निकै उत्साहित भएँ। उनले मलाई कति धेरै भरोसा गर्छिन् भन्‍ने मैले कहिल्यै थाहा पाएकी थिइनँ। केही समयपछि नै मैले क्याप्टेनको पद पाएँ। धेरैभन्दा धेरै सिपाहीहरूले मलाई आदर गर्न थाले र म जहाँ गए पनि मलाई सम्‍मान गरिन्थ्यो। मैले परिश्रमको काम गर्न पर्दैनथियो, र मैले अझै धेरै खाली समय पाउँथेँ। क्याप्टेनको पदबाट मैले पाएको श्रेष्ठताको भावमा म साँच्‍चै रमाएँ। तर केही समयपछि, मसँगै पल्टन प्रमुखमा बढुवा पाएका कतिपय मानिसहरूले मप्रति डाहा गर्न थाले र मेरो आदेश पालन गर्दैनथिए। मलाई निकै रिस उठ्थ्यो र मैले इज्‍जत गुमाएकी छु जस्तो लाग्थ्यो, त्यसकारण मैले तिनीहरूलाई आदेश मान्‍न लगाउने अनेक उपाय सोचेँ। तर तिनीहरूले अझै पनि मेरो कुरा मान्दैनथिए। म तिनीहरूलाई काबुमा राख्‍न सक्दिन जस्तो लाग्थ्यो, तर आफ्‍नो हैसियतको खातिर, मैले आफूलाई यो काममा लगाइरहनुपर्थ्यो। मलाई के लाग्यो भने धेरै शक्ति भएको ठूलो पद पाउनु मैले सोचे जत्तिको विशिष्ट होइन रहेछ। मैले भनेको कुरा नमान्दा म सधैँ मेरा मातहतका मानिसहरूलाई अनुशासनमा राख्थेँ, र मैले धेरै रिस पोखाउन पाउँथेँ। यसको साथै, माथिल्‍लो स्तरका हाकिमहरूले मलाई मैले सिपाहीहरूलाई तह लगाउन सक्दिनँ भनेर भन्‍नेछन् अनि म अयोग्य छु भन्‍ने ठान्छन् भनेर म प्रायजसो चिन्ता गरिरहन्थेँ। सायद मैले क्याप्टेनको पदलाई समेत गुमाउन सक्छु। यो निकै तनावपूर्ण, र थकाइलाग्दो अवस्था थियो। मलाई साँच्‍चै जागिर छोड्न मन थियो, तर धेरै मानिसहरूलाई क्याप्टेन बन्‍न कति मन पर्छ अनि म त्यहाँ पुग्‍न मलाई सजिलो भएको थिएन भन्‍ने बारेमा सोच्दा, के राजीनामा दिनु लाजमर्दो कुरा हुनेथिएन र? मलाई विवश महसुस भयो, त्यसकारण मैले तनावलाई सहँदै हरेक दिन अघि बढिरहेँ।

अगष्ट २०२० मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कार्यलाई स्वीकार गर्ने सौभाग्य पाएँ। मैले हरेक दिन परमेश्‍वरका वचनहरू पढ्न, र ब्रदर-सिस्टरहरूसँग भेलामा सहभागी हुन थालेँ। मलाई निकै खुशी लाग्थ्यो र मलाई यो सबै कुराबाट धेरै आनन्द लाग्थ्यो। एक दिन, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ। “शैतानले अत्यन्तै सूक्ष्म प्रकारको विधि प्रयोग गर्छ, जुन मानिसहरूका धारणाहरूसँग अत्यन्तै मिल्दो हुन्छ, जुन त्यति उग्र प्रकृतिको हुँदैन, र जसमार्फत त्यसले मानिसहरूलाई अनजानैमा त्यसको जीवनशैली, र जिउने नियमहरू स्वीकार गर्न लगाउँछ, आफ्ना जीवन लक्ष्यहरू र जीवनको दिशा निर्धारण गर्न लगाउँछ, र यी सबै गरेपछि तिनीहरूभित्र अनजानैमा जीवनमा महत्त्वाकाङ्क्षाहरू हुर्कन पुग्छन्। जीवनका यी महत्त्वाकाङ्क्षाहरू जति भव्य देखिए पनि, ती अपरिहार्य रूपमै ‘ख्याति’ र ‘प्राप्ति’ सँग जोडिएका हुन्छन्। कुनै पनि महान् वा चर्चित व्यक्तिले, र वास्तवमा भन्‍ने हो भने सबै मानिसहरूले, जीवनमा पछ्याउने कुराहरू यी दुई शब्‍दहरू ‘ख्याति’ र ‘प्राप्ति’ सँग मात्रै गाँसिएका छन्। ख्याति र प्राप्ति पाइसकेपछि, ती कुरालाई तिनीहरूले पूँजीको रूपमा प्रयोग गरी उच्‍च प्रतिष्ठा र धेरै धनको आनन्द लिन, र जीवनको आनन्द लिन सक्छन् भनी मानिसहरू सोच्छन्। तिनीहरू ख्याति र प्राप्तिलाई सुखचैन खोजी गर्न र दैहिक आनन्द लिनलाई प्रयोग गर्न सकिने पूँजी हो भन्‍ने ठान्छन्। मानवजातिले अत्यन्तै लोभ गर्ने यो ख्याति र प्राप्तिको खातिर, मानिसहरूले स्वेच्‍छाले तर अनजानमा आफ्‍नो तन, मन, आफूसँग भएका सबै कुरा, आफ्नो भविष्य र भवितव्य सबै शैतानलाई सुम्पन्छन्। आफूले सुम्पेका सबै कुरा फिर्ता लिनु आवश्यक छ भन्‍ने कुराप्रति सधैँ अनजान रही, एक क्षण पनि नहिचकिचाई तिनीहरूले त्यसो गर्छन्। मानिसहरूले यसरी शैतानमा शरण लिएर त्यसप्रति निष्ठावान्‌ बनिसकेपछि के तिनीहरूले आफैलाई नियन्त्रण गर्ने कुनै क्षमता राख्‍न सक्छन्? अवश्य नै सक्दैनन्। तिनीहरू पूर्ण र घोर रूपमा शैतानको नियन्त्रणमा हुन्छन्। तिनीहरू पूर्ण र घोर रूपमा दलदलमा डुबेका हुन्छन्, र आफैलाई मुक्त गर्न असक्षम हुन्छन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। परमेश्‍वरका वचनहरूले मलाई के देखाए भने मानिसहरूको जीवन यति पीडा र तनावले भरिनुको कारण त तिनीहरूको जिउने शैली र तिनीहरूले हिँड्ने निर्णय गरेको गलत मार्ग रहेछ। शैतानद्वारा भ्रष्ट तुल्याइएपछि, सबैले भीडबाट उठ्ने र शक्ति प्राप्त गर्ने प्रयास गरिरहेका हुन्छन्। हैसियत र शक्ति पाएपछि तिनीहरूले सम्‍मान र आदर पाउँछन्, मानिसहरूले तिनीहरूको कुरा सुन्छन्, र तिनीहरू वैभवमा जिउन पाउँछन् भन्‍ने तिनीहरूलाई लाग्छ। त्यसकारण सबै मानिसहरूले नाम र प्राप्तिलाई प्रेम गर्छन्, हैसियत भनेपछि हुरुक्कै हुन्छन्, र हैसियतको पछि लाग्छन्। म पनि त्यस्तै थिएँ। आर्मीमा भर्ना भएपछि, म महिला सिपाहीहरूमध्ये पहिलो बनेर अरूको आदर पाउन चाहन्थेँ। त्यो उद्देश्य पूरा गर्नको लागि, मैले ओहोदाको भर्‍याङ चढेँ, पल्टन प्रमुखमा बढुवा पाएँ, त्यसपछि क्याप्टेन बनेँ। ओहोदा बढ्दै गएपछि र मैले अझै धेरै मानिसहरूलाई मातहतमा राख्‍न थालेपछि, म अख्तियारको साथ बोल्‍न र व्यवहार गर्न थालेँ, र मलाई मानिसहरूमाथि हुकुम चलाउन र तिनीहरूलाई हप्काउन मन पर्थ्यो। मेरो कुरा सही भए पनि गलत भए पनि, सिपाहीहरूले सुन्‍नुपर्थ्यो। आफ्‍नो पदलाई दह्रिलो बनाउन, मैले पल्टन प्रमुखहरूले मेरो कुरा नसुन्दा, म तिनीहरूलाई दबाउन आफ्‍नो शक्तिको प्रयोग गर्थेँ, र सिपाहीहरूलाई अनेक तरिकाले सजाय दिन्थेँ। म सधैँ घमण्डी हुन्थेँ र अरूप्रति सहानुभूति राख्दिनथिएँ। सिपाहीहरू क्रमिक रूपमा मबाट टाढा हुँदै गए र मसँग अन्तरक्रिया गर्न चाहँदैनथिए। मैले केही हैसियत पाएपछि, म डरलाग्दो व्यक्ति बनेको रहेछु भन्‍ने मलाई थाहा भयो। कहिलेकहीँ म कसैसँग घनिष्ठ कुरा गर्न चाहन्थेँ, तर कोसँग कुरा गर्ने थाहा थिएन। त्यसकारण हाकिमहरूले मलाई नहकारून् भनेर, म तिनीहरूसँग अत्यन्तै आज्ञाकारी हुन्थेँ र कुनै पनि अपमान सहन्थेँ। मेरो हरेक दिन तनावपूर्ण र पीडादायी हुन्थ्यो, र मलाई साँच्‍चै नै राजीनामा दिनु मन थियो, तर मेरो हैसियतले मलाई कसरी लाभ पुर्‍याउँछ भन्‍ने सोच्‍ने बित्तिकै, मलाई हरेस खान मन लाग्दैनथियो। म नाम र प्राप्तिको दलदलमा फसेकी थिएँ, जुन थकाइलाग्दो र हैरानीपूर्ण थियो। त्यो बेला मैले के महसुस गरेँ भने मानिसलाई शैतानले भ्रष्ट तुल्याउने र चोट पुर्‍याउने तरिकाहरूमध्ये एउटा यही हो। हैसियतको पछि लाग्दा मानिसहरूको उग्र इच्‍छालाई झन्-झन् बढाइदिन्छ, यसरी यसले तिनीहरूलाई झन्-झन् अहङ्कारी र अरूको बेवास्ता गर्ने बनाउँछ, ताकि तिनीहरूले सामान्य सम्‍बन्धहरू कायम गर्न नसकून्। म विश्‍वासमा आउनुभन्दा पहिले, हैसियतको पछि लाग्‍नु र अरूभन्दा उच्‍च हुने प्रयास गर्नु महत्वाकांक्षा र सम्‍भावना बोकेर हिँड्नु हो भन्‍ने मलाई लाग्थ्यो। अहिले मैले बुझेँ, नाम र हैसियतको पछि लाग्‍नु सही मार्ग होइन। मैले यो सबै महसुस गरिसकेपछि, प्रार्थना गरेँ, र नाम र हैसियतको बन्धनबाट मुक्त हुन मलाई बाटो देखाउनुहोस् भनेर परमेश्‍वरलाई अनुरोध गरेँ।

त्यसपछि एक दिन, म भजनहरू डाउनलोड गर्न सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको वेबसाइटमा गएँ र “म त सृष्टि गरिएको सानो प्राणी मात्रै हुँ” भन्‍ने नयाँ भजन देखेँ:

1 हे परमेश्‍वर! चाहे मेरो हैसियत होस् वा नहोस्, म अब आफूलाई बुझ्छु। यदि मेरो हैसियत उच्च छ भने यो तपाईंले उचाल्नुभएकोले गर्दा हो, र यदि यो तुच्छ छ भने यो तपाईंको पूर्वनिर्धारणले गर्दा हो। सबै कुरा तपाईंको हातमा छन्। मसँग न त कुनै विकल्प छ, न कुनै गुनासो छ। म यस देशमा र यी मानिसहरूको बीचमा जन्मनुपर्छ भनी तपाईंले नै पूर्वनिर्धारित गर्नुभयो, र मैले गर्नुपर्ने भनेको तपाईंको अधीनमा पूर्ण रूपमा आज्ञाकारी हुनु मात्र हो, किनकि सबै कुरा तपाईंले पूर्वनिर्धारित गर्नुभएको प्रबन्धभित्र छन्।

2 म हैसियतको बारेमा विचार गर्दिनँ; आखिर, म एक प्राणी मात्र हुँ। यदि तपाईंले मलाई अतल कुण्डमा, आगो र गन्धकको कुण्डमा राख्नुभयो भने, म एक प्राणीबाहेक अरू केही पनि होइन। म एक प्राणीबाहेक अरू केही पनि होइन। यदि तपाईं मलाई प्रयोग गर्नुहुन्छ भने म एक प्राणी हुँ। यदि तपाईं मलाई सिद्ध पार्नुहुन्छ भने पनि म एक प्राणी नै हुँ। यदि तपाईं मलाई सिद्ध पार्नुहुन्न भने पनि म तपाईंलाई प्रेम गर्नेछु, किनकि म एक प्राणीभन्दा बढी अरू केही होइन।

3 म सृष्टिका परमप्रभुद्वारा सृष्टि गरिएको एक क्षुद्र प्राणीबाहेक अरू केही पनि होइन, सृष्टि गरिएका सारा मानिसहरूमध्ये एक जना मात्र हुँ। तपाईंले नै मलाई सृष्टि गर्नुभयो, र अब एकचोटि फेरि तपाईंले मलाई तपाईंको इच्छाअनुसार गर्न आफ्नो हातमा राख्नुभएको छ। म तपाईंको औजार र तपाईंको प्रतिभार बन्न इच्छुक छु, किनकि सबै कुरा तपाईंले नै पूर्वनिर्धारण गर्नुभएको हो। यसलाई कसैले परिवर्तन गर्न सक्दैन। सबै थोक र सबै घटनाहरू तपाईंको हातमा छन्।

— थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

यो भजन सुनेपछि, मलाई यसका शब्‍दहरू निकै अर्थपूर्ण लाग्यो। हैसियत भए पनि नभए पनि सबै कुरा परमेश्‍वरले नै निर्धारित गर्नुभएको हुन्छ, सबै उहाँकै हातमा हुन्छ, र मैले यसको पछि लाग्‍नु हुँदैन। म क्याप्टेन थिएँ, तर परमेश्‍वरको अघि म कुनै पनि हैसियत नभएको महत्त्वहीन सृष्टि गरिएको प्राणी मात्रै थिएँ। मैले अरूलाई नीच ठान्‍नु हुँदैन। मैले सिपाहीहरूलाई कसरी दबाउँथेँ भन्‍ने बारेमा सोच्दा, मलाई निकै ग्‍लानि र व्याकुल महसुस भयो। म आफ्‍नो हैसियतलाई त्यागेर तिनीहरूसँग मिलेर बस्‍न चाहन्थेँ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र सहयोग मागेँ। क्रमिक रूपमा, म आफूलाई पन्छाउन र तिनीहरूसँग कुराकानी गर्ने प्रयास गर्न सक्‍ने भएँ, र तिनीहरूलाई घमण्डी तरिकाले हप्काउन छोडेँ। त्यसरी आफ्‍नो वास्तविक जीवनमा परमेश्‍वरका वचनहरू लागू गर्दा, मैले धेरै शान्तिको महसुस गरेँ।

त्यसपछि एक दिन हाम्रो बैठक थियो। मेरो मातहतका एक जना पल्टन प्रमुखले उनको पल्टनका सबैलाई देखिनन् र उनले सबैको हाजिरी गरिनन्। हाम्रो युनिट जान ढिलो भइसकेको थियो, र सबैभन्दा ढिलो युनिट भयौँ। मेरो व्यवस्थापन सीपमा कमी छ भनेर माथिल्‍लो स्तरका हाकिमले भन्‍नेछन् भनेर, अनि सिपाहीहरूले के सोच्‍नेछन् भनेर मलाई चिन्ता लाग्यो। बैठकपछि, मैले अत्यन्तै उनलाई रिसाउँदै सोधेँ, “कहाँ जानुभएको थियो? किन सोधेर जानुभएन? तपाईंको पल्टनमा कसैले पनि हाजिरी गरिरहेको थिएन। तपाईंले हाम्रो सम्पूर्ण युनिटलाई पछि पारिरहनुभएको छ।” तर उनले यो कुरालाई स्वीकार गरिनन्, र तुरुन्तै मेरो कुरालाई काटिन्। हामीले तर्क गर्न थाल्यौँ। त्यसपछि ड्रिलमास्टर आएर हामी किन तर्क गरिरहेका छौँ भनेर सोधे। हामी प्रत्येकले आफ्‍नो कुरा सुनायौँ, र ड्रिलमास्टरले के गर्ने हो, अथवा कसको गल्ती भएको हो थाहा नभएको बताइन्। यो सुन्दा मलाई निकै रिस उठ्यो र सोचेँ, उनले मेरो कुरा नसुनेकी मात्र होइन, तर मेरो कुरा काटिन्, त्यसकारण के त्यसको अर्थ यो उनको गल्ती होइन र? यसको साथै, म उनको प्रमुख हुँ, त्यसकारण उनले मेरो कुरा सुन्‍नु पर्ने हो। ड्रिलमास्टरले कसको कुरा सही र कसको कुरा गलत हो भनेर थाहा नहुनु हास्यास्पद कुरा थिएन र? मलाई यति रिस उठेको थियो कि म त्यहाँबाट हिँडे र ढोका झट्काएँ। म ब्यारेकमा फर्किएँ र ममाथि अन्याय भएको छ भन्‍ने लागेर, मैले आँसु रोक्‍न सकिनँ। कमान्डरले हाम्रो भनाभनको बारेमा थाहा पाएपछि, उनले पल्टन प्रमुखलाई भनिन्, “उनी तिम्रो क्याप्टेन हो, त्यसकारण उनले जे भन्छिन् उनको कुरा ठीक हो र तिमीले उनको कुरा मान्‍नुपर्छ।” पल्टन प्रमुखले आफ्‍नो पक्षमा तर्क गरिरहेपछि, कमान्डरले रिसाउँदै उनलाई हप्काइन्, “हाम्रो कम्पनीमा, तँलाई आदेश दिने अधिकार कप्तानको हुन्छ, र तैँले भनेको मानिनस् भने तेरो गल्ती हुन्छ।” कमान्डरले तिनलाई त्यसो भनेको सुन्दा, मलाई मेरो भावना पोखिएको छ जस्तो लाग्यो। मलाई निकै खुशी लाग्थ्यो र मैले केही इज्‍जत पाएकी छु जस्तो लाग्यो।

एक दिन मैले मेरो दैनिक भक्तिको समयमा, मैले परमेश्‍वरका केही वचनहरू पढेँ र ती वचनहरूले मलाई यो कुरा देख्‍न सहायता गरे। परमेश्‍वरका वचनहरूले भन्छ, “मानवजातिसँग हैसियत भइसकेपछि, उसले प्रायजसो आफ्‍नो मनस्थितिलाई नियन्त्रण गर्न कठिन हुनेछ, त्यसकारण आफ्‍नो असन्तुष्टिलाई व्यक्त गर्ने र आफ्‍ना भावनाहरूलाई पोखाउने अवसरहरूको फाइदा लिनमा उसले आनन्द लिन्छ; आफ्‍नो क्षमतालाई प्रकट गर्न र उसको हैसियत र पहिचान सर्वसाधारण मानिसहरूको भन्दा फरक छ भनी अरूलाई देखाउन, उसले कुनै पनि स्पष्ट कारणविना नै प्रायजसो प्रचुर रिस पोखाउनेछ। अवश्य नै, कुनै पनि हैसियत नभएका भ्रष्ट मानिसहरूले पनि प्रायजसो नियन्त्रण गुमाउँछन्। तिनीहरूको निजी चासोहरूमा पर्ने क्षतिद्वारा नै प्रायजसो तिनीहरूको रिस पैदा भएको हुन्छ। तिनीहरूको आफ्‍नै हैसियत र गरिमालाई सुरक्षित गर्नको लागि, तिनीहरूले प्रायजसो आफ्‍ना भावनाहरू पोखाउँछन् र आफ्नो अहङ्कारी स्वभावलाई प्रकट गर्छन्। पापको अस्तित्वको प्रतिरक्षा गर्न र त्यसलाई सदर गर्नको लागि मानिस रिसको आवेगमा आउनेछ र आफ्‍ना भावनाहरू पोखाउनेछ, र यी कार्यहरू मानिसले आफ्‍नो असन्तुष्टि व्यक्त गर्ने तरिकाहरू हुन्; तिनीहरू अशुद्धताहरू, युक्ति र षड्यन्त्रहरू, र मानिसको भ्रष्टता र दुष्टताले भरिएका हुन्छन्, अनि सबै कुराभन्दा बढी, तिनीहरू मानिसका उग्र महत्वाकांक्षा र इच्‍छाहरूले भरिएका हुन्छन्। … मानिसको अभिव्यक्ति दुष्ट शक्तिहरू उम्कने बाटो, देहीय मानिसको उच्छृंखल र रोक्‍नै नसकिने दुष्ट बानीबेहोराको अभिव्यक्ति हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २)। “शैतानको स्वभावभित्र धेरै प्रकारका भ्रष्ट स्वभावहरू समावेश हुन्छन्, तर सबैभन्दा स्पष्ट र झट्ट देखिनेचाहिँ अहङ्कारी स्वभाव हो। अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, त्यति नै अविवेकी हुन्छन्, र तिनीहरू जति धेरै अविवेकी हुन्छन्, तिनीहरूले परमेश्‍वरको प्रतिरोध गर्ने त्यति नै धेरै सम्भावना हुन्छ। यो समस्या कति गम्भीर छ? अहङ्‍कारी स्वभाव भएका मानिसहरूले हरेकलाई आफूभन्दा तल्लो स्तरको सम्झन्छन् नै, तर सबैभन्दा खराब कुरा त, तिनीहरूले परमेश्‍वरप्रति पनि होच्याउने व्यवहार गर्छन्, र तिनीहरूको हृदयभित्र परमेश्‍वरको कुनै डर हुँदैन। मानिसहरू परमेश्‍वरमाथि विश्‍वास गर्ने र उहाँलाई पछ्याउने जस्ता देखिएलान्, तर तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा बिल्कुलै व्यवहार गर्दैनन्। तिनीहरूले सधैँ तिनीहरूसँग सत्यता छ भन्‍ने ठान्छन् र आफैलाई संसार ठान्छन्। अहङ्‍कारी स्वभावको सार र जड यही हो, र यो शैतानबाट आउँछ। यसैले, अहङ्‍कारको समस्यालाई समाधान गरिनुपर्छ। एक जना अरूभन्दा असल छु भन्‍ने महसुस गर्नु—त्यो तुच्छ कुरा हो। महत्त्वपूर्ण विषय यो हो कि कुनै व्यक्तिको अहङ्‍कारी स्वभावले उसलाई परमेश्‍वर, उहाँको नियम, उहाँको बन्दोबस्तमा समर्पण हुनदेखि रोक्‍छ; यस्तो व्यक्तिले अरूमाथि नियन्त्रण गर्ने शक्तिको निम्ति सधैँ परमेश्‍वरसँग प्रतिस्पर्धा गरिरहेको महसुस गर्छन्। यस्तो किसिमको व्यक्तिले परमेश्‍वरलाई अलिकति पनि आदर गर्दैन, उसले परमेश्‍वरलाई प्रेम गर्ने वा ऊ उहाँमा समर्पित हुने त कुरै नगरौँ। मानिसहरू जो अहङ्‍कारी र अभिमानी छन्, विशेष गरी ती जो आफ्नो होश गुमाउने हदसम्म अहङ्‍कारी छन्, उहाँप्रतिको आफ्नो विश्‍वासमा तिनीहरू परमेश्‍वरमा समर्पित हुन सक्दैनन्, बरु तिनीहरूले आफ्नै बढाइ गर्छन् र आफ्नै निम्ति गवाही दिन्छन्। यस्ता मानिसहरूले परमेश्‍वरलाई सबैभन्दा बढी प्रतिरोध गर्छन्, र तिनीहरूमा परमेश्‍वरको डर फिटिक्‍कै हुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वर वचनहरू साँच्‍चै स्पष्ट छन्। हैसियत पाएपछि मानिसहरू नियन्त्रणभन्दा बाहिर जान्छन् र अहङ्कारी बन्छन्। तिनीहरू आफ्‍नो इज्‍जत र हैसियत रक्षा गर्न र आफ्‍नो अख्‍तियार प्रदर्शन गर्न रिस देखाउँछन् र मानिसहरूलाई हप्काउँछन्। अहङ्कारी प्रकृतिको नियन्त्रण त्यही हो। सेनामा लागेपछि, मेरो उद्देश्य भनेको अफिसर भएर अरूको आदर पाउनु थियो। ओहोदा र शक्ति प्राप्त गरेपछि, मलाई मेरो शब्‍दहरूमा अख्‍तियार छन् र म नै ठूलो हुँ भन्‍ने लाग्यो। म क्याप्टेन थिएँ, त्यसकारण मसँग पल्टन प्रमुख र सिपाहीहरूलाई नियन्त्रण गर्ने शक्ति थियो। तिनीहरूले मैले भनेको मान्‍नुपर्थ्यो, र तिनीहरूले मानेनन् भने, मैले तिनीहरूलाई घमण्डको साथ हप्काउँथेँ र तिनीहरूलाई आफ्‍नो स्थानमा राख्थेँ। म अत्यन्तै अहङ्कारी थिएँ। पल्टन प्रमुखले समयमा हाजिरी नगरेर हाम्रो युनिटको प्रगतिमा समस्या ल्याएपछि, मैले उनलाई रिस पोखाएँ, र उनले मेरो कुरा नसुनेकी मात्र होइन, तर मेरो कुरा समेत काटेकी थिइन्। मलाई उनले केही पनि ठान्दिनन्, मलाई हेप्छिन् र सबैको अघि मेरो इज्‍जतमा दाग लगाउँछिन् भन्‍ने लाग्यो। मैले निहुँ खोज्‍न, उनलाई रिस पोखाउन र मेरो असन्तुष्टि व्यक्त गर्न यस मौकालाई प्रयोग गरेँ। सिपाहीहरूलाई तिनीहरू पनि आज्ञाकारी हुनुपर्छ भनेर चेतावनी दिनको लागि पनि यसो गरेको थिएँ। मेरो सोचाइमा, म क्याप्टेन थिएँ र उनी पल्टन प्रमुख थिइन्, त्यसकारण उनले मेरो कुरा सुन्‍नुपर्थ्यो। उनले सुनिनन्, र मेरो खण्डन समेत गरिन् भने, मैले उनलाई हप्काउनुपर्थ्यो र उनी कुन स्थानमा छिन् भनेर देखाउनु पर्थ्यो। म अत्यन्तै अहङ्कारी र नियन्त्रण बाहिर गएकी थिएँ। मैले हैसियत पाएपछि, कसैले मेरो कुरा सुनेन भने, म उसलाई प्रहार गरिहाल्थेँ, अर्थात् उसलाई दमन गर्न र मैले चाहेको कुरा गराउनको लागि आफ्‍नो पदको प्रयोग गर्थेँ। परिणाम स्वरूप, मसँग कसैले पनि सम्‍बन्ध राख्‍न चाहँदैनथिए। म विश्‍वासी त थिएँ, तर म परिवर्तन भएकी थिइनँ। म अत्यन्तै अहङ्कारी र मानव स्वरूप रहित थिएँ, त्यसकारण मानिसहरूले मलाई घृणा गर्थे र तिनीहरू मबाट टाढा बस्थे, र परमेश्‍वरले यसलाई इन्कार र घृणा गर्नुहुन्थ्यो।

मैले एक जना सिस्टरलाई आफ्‍नो अनुभवको बारेमा बताएँ, र उनले मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड पठाइन्, जसले मलाई अभ्यासको मार्ग दियो। “प्राणीहरूमध्येकै एक भएकोले, मानिसले आफ्‍नो हैसियतलाई कायम राख्‍नुपर्छ, र विवेकशील व्यवहार गर्नुपर्छ। सृष्टिकर्ताले तँलाई सुम्‍पनुभएको कुरालाई तैँले कर्तव्यनिष्ठ भई रक्षा गर्। नियमभन्दा बाहिर काम गर्ने, वा तेरो क्षमताभन्दा बाहिरका कुराहरू गर्ने वा परमेश्‍वरको लागि घिनलाग्दो कार्य गर्ने नगर्। महान् बन्‍ने, वा महामानव बन्‍ने, वा अरूभन्दा ठूलो हुन खोज्‍ने, वा परमेश्‍वर बन्‍ने प्रयास नगर्। मानिसहरूले यस्तो हुने इच्‍छा गर्नु हुँदैन। महान् वा महामानव बन्‍ने प्रयास गर्नु मूर्खता हो। परमेश्‍वर बन्‍ने प्रयास गर्नु अझै अपमानजनक कुरा हो; यो घृणास्पद, र तुच्‍छ कुरा हो। तारिफयोग्य कुरा, र प्राणीहरूले अरू कुनै पनि कुरालाई भन्दा बढी पक्रिराख्‍नुपर्ने कुरा भनेको नै एक साँचो प्राणी बन्‍नु हो; सबै मानिसहरूले पछ्याउनुपर्ने एक मात्र लक्ष्य यही नै हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, मैले उत्कृष्ट हुने, मानिसहरूको सम्‍मान र आदर पाउने प्रयास गर्नु लाजमर्दो कुरा हो। हामी आफ्‍नो स्थानमा बस्‍नुपर्छ र विवेकशील व्यवहार गर्नुपर्छ। परमेश्‍वरले हामीबाट त्यही चाहनुहुन्छ। मैले अघि बढ्ने, शक्ति सहितको अफिसर बन्‍ने, अरूमाथि हुकुम चलाउने, सम्‍मान पाउने, र अरूलाई खटनमा राख्‍ने प्रयास गरिरहेकी थिएँ। त्यो परमेश्‍वरले घृणा गर्नुहुने कुरा हो। मैले पश्‍चात्ताप नगरेर, नाम हैसियतलाई पछ्याइरहेकी भए, म अविश्‍वासी जस्तै हुनेथिएँ। अविश्‍वासीहरू पैसा, प्रतिष्ठा, र हैसियतका पछि लाग्छन्। यी कुराहरूको लागि तिनीहरूले एक-अर्कालाई मार्छन् र लडाइ गर्छन्। विश्‍वासी भएर, म अविश्‍वासीको मार्गमा रहनु हुँदैनथियो। मैले सत्यताको खोजी गरेर सृष्टि गरिएको प्राणीको रूपमा रहेको आफ्‍नो स्थान लिनुपर्थ्यो। यो महसुस गरेपछि, मैले आफ्‍नो दैनिक जीवनमा म सत्यताको पछि लाग्‍न र परमेश्‍वरका वचनहरू अनुसार व्यवहार गर्न तयार छु भनेर सङ्कल्‍प गरेँ। म अरूकै स्तरमा उभिनु पर्छ र क्याप्टेन पदको अडानमा बसेर अरूलाई हुकुम गर्दै हिँड्न छोड्नुपर्छ। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म नाम र हैसियतको पछि लाग्‍न, र मेरो अहङ्कारी स्वभाव अनुसार जिउन छोड्न चाहन्छु। बिन्ती छ मलाई सत्यताको अभ्यास गर्न अगुवाइ गर्नुहोस्।”

त्यसपछि, मैले हरेक दिन तिनीहरूको हालखबर बुझ्‍न र तिनीहरूको वास्ता गर्न थालेँ। तिनीहरूले गलत काम गर्दा र हाकिमले तिनीहरूलाई अनुशासनमा राख्‍न चाहँदा, म पहिले जस्तो व्यवहार गर्दिनथिएँ, र आफ्‍नो हैसियत कायम राख्‍न तिनीहरूलाई हप्काउने र आफ्‍नो अख्‍तियारको प्रदर्शन गर्ने गर्दिनथिएँ, तर म तिनीहरूसँग जोडिन सकेँ, र म तिनीहरूको गल्ती के हो भनेर बताउन अनि तिनीहरूलाई अर्को पटक सुधार गर्ने मौका दिन सक्‍ने भएँ। यसरी केही समयसम्‍म व्यवहार गरिसकेपछि, स्क्वाड प्रमुख, पल्टन प्रमुख, र सिपाहीहरूसँग मेरो सम्‍बन्ध राम्रो भयो। कतिपय सिपाहीहरूले मलाई के बताए भने, मेरो रिस अचम्‍मको थियो, गल्ती गरेमा मैले तिनीहरूलाई हप्काउँछु भनेर तिनीहरू सधैँ डराउँथे। तर अहिले म निकै असल भएकी छु, र मैले तिनीहरूको वास्ता गर्न थालेकी छु। तिनीहरूलाई मसँग कुराकानी गर्दा राम्रो महसुस हुन्छ। यो सुन्दा, मैले परमेश्‍वरलाई धन्यवाद दिएँ र मैले तिनीहरूलाई भनेँ, “तिमीहरूलाई थाहा छ म किन यसरी परिवर्तन भएँ? किनभने मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेकी छु। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले मलाई परिवर्तन गरेका छन्, र त्यही कारणले गर्दा मात्रै म यसरी परिवर्तन भएकी हुँ। परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा पहिले, म हैसियत र अरूको आदरको पछि लाग्थेँ। म आफ्‍नो पदलाई कायम राख्‍न सधैँ तिमीहरूलाई हप्काइरहन्थेँ। विश्‍वासमा आएपछि, र सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेपछि, मैले मानिसहरूलाई घमण्डको साथ हप्काउनु सही होइन, यो भ्रष्ट स्वभावबाट आउँछ, र मैले यसो गर्नु हुँदैन भन्‍ने कुरा सिकेँ। मैले अनुभव गरेको यो परिवर्तन मैले आफै ल्याउन सक्‍ने कुरा थिएन। यो सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको मेरो विश्‍वासको कारणले आएको हो—उहाँका वचनहरूले मलाई परिवर्तन गरेका छन्।” तिनीहरूलाई पत्याउनै गाह्रो भयो। मैले तिनीहरूलाई सुसमाचार सुनाइरहेँ, र कतिपय सिपाहीहरूको अनुहारमा मुस्कान छायो। तिनीहरू परमेश्‍वरको आखिरी दिनहरूको कामको बारेमा बुझ्‍न इच्‍छुक भए। त्यसपछि, केही पल्टन प्रमुख, स्क्वाड प्रमुख, र सिपाहीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरे। हामी सँगै भेला हुन्थ्यौँ, परमेश्‍वरका वचनहरू खाने-पिउने गर्थ्यौँ, मिलेर बस्थ्यौँ, र सुसमाचार प्रचार गर्ने र गवाही दिने गर्थ्यौँ। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मैले मानिसहरूसँग उचित व्यवहार कसरी गर्ने भन्ने कुरा सिकेँ

सियुआन, फ्रान्सकेही वर्ष पहिले मैले एउटा मण्डली अगुवाको कर्तव्य पूरा गरिरहेकी थिएँ। मण्डलीमा चेन नाम गरेका एकजना ब्रदर थिए, जो राम्रो...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्