के ज्ञानले साँच्चै मानिसको भाग्य बदल्न सक्छ?

19 फेब्रुअरी 2026

शेर, नेपाल

म नेपालको एउटा ग्रामीण परिवारमा जन्मेको थिएँ। मेरा आमाबुबा दुवै किसान हुनुहुन्थ्यो, र पारिवारिक अवस्था राम्रो नभएकाले उहाँहरूले पढ्ने मौका पाउनुभएन, त्यसैले उहाँहरूले मलाई संवर्द्धन गर्न निकै मिहिनेत गर्नुभयो। उहाँहरूले मलाई बारम्बार भन्नुहुन्थ्यो, “तिमी लगनशील भएर राम्ररी पढ्नुपर्छ।” उहाँहरूलाई थाहा थियो, यदि मैले राम्ररी पढिनँ भने भविष्यमा सम्मानजनक काम पाउन सक्दिनँ, र मैले पनि उहाँहरूजस्तै दुःखको जीवन बिताउनुपर्नेछ। जबजब म मेरा आमाबुबालाई त्यति कडा परिश्रम गरिरहेको देख्थेँ, मलाई लाग्थ्यो मैले अझै बढी मिहिनेत गर्नुपर्छ, ताकि भविष्यमा मैले राम्रो काम पाउन सकूँ, धेरै पैसा कमाउन सकूँ, र आफ्नो परिवारको लागि एउटा ठूलो घर बनाएर उहाँहरूलाई सुखी जीवन दिन सकूँ। सुरुमा, म एउटा सामान्य सरकारी स्कुलमा पढ्थेँ। त्यहाँ राम्रो शिक्षण सुविधा थिएन, र विद्यार्थीहरूका ग्रेडहरू सामान्यतया कमजोर हुन्थे। आफ्ना साथीहरू अंग्रेजी माध्यमको स्कुलमा पढेको देखेर, मलाई पनि त्यहाँ जाने धेरै इच्छा भयो। मेरा आमाबुबाले पनि अंग्रेजी माध्यमको स्कुलको शुल्क धेरै महँगो भए तापनि, यदि मैले राम्रो स्कुलमा पढ्न पाएँ भने भविष्यमा राम्रो काम पाउन सजिलो हुन्छ भन्ने सोच्नुभयो। पछि, मेरो इच्छाअनुसार, म एउटा सार्वजनिक अंग्रेजी माध्यमको स्कुलमा भर्ना भएँ। सुरुमा मेरा ग्रेडहरू त्यति उत्तम थिएनन्, त्यसैले मैले आफ्नो मिहिनेत दोब्बर बनाएँ। म अघिल्लो दिन पढेका कुराहरू दोहोऱ्याउन हरेक दिन बिहान सबेरै उठ्थेँ, आफ्नो लागि लक्ष्यहरू निर्धारण गर्थेँ, पढाइको योजना बनाउँथेँ, र नबुझेका कुराहरू शिक्षकहरूलाई सोध्थेँ। निरन्तर प्रयासले, मेरो नतिजामा उल्लेख्य सुधार भयो।

स्कुलमा, शिक्षकहरूले हामीलाई ज्ञान हासिल गरेर मात्रै हामीले राम्रो र उज्ज्वल भविष्य बनाउन सक्छौँ, र अरूले सम्मान गर्ने काम पाइन्छ भनेर सिकाउनुहुन्थ्यो। म प्रतिष्ठा र सफलता हासिल गर्न डाक्टर बन्न चाहन्थेँ, र आफ्नो परिवारलाई सुखी जीवन दिन पैसा पनि कमाउन चाहन्थेँ, त्यसैले मैले अझै कडा अध्ययन गरेँ। म हरेक दिन समयमै कक्षामा उपस्थित हुन्थेँ, र मैले एक दिन पनि कक्षा छोडिनँ। म कक्षामा ध्यान दिएर सुन्थेँ, र घर फर्केपछि आफ्ना नोटहरू बारम्बार पढ्थेँ, अनि अन्य किताब र सामग्रीहरू पनि पढ्थेँ। म हरेक दिन पढाइमा व्यस्त हुन्थेँ र साथीहरूसँग घुम्न जाने समय लगभग हुँदैनथ्यो। मलाई एक मिनेट पनि खेर फाल्नुहुन्न जस्तो लाग्थ्यो। मेरा ग्रेडहरू सुधारिँदै गए, मेरा साथीहरूका भन्दा पनि उत्तम भए। म धेरै खुसी थिएँ, र मलाई विश्वास थियो जबसम्म म कडा मिहिनेत गर्छु, मैले चाहेको सबै कुरा पाउन सक्छु: डाक्टर बन्न, हैसियत र प्रतिष्ठा प्राप्त गर्न, र धेरै धन कमाउन सक्छु। त्यसैले मैले मेडिकल कलेजको प्रवेश परीक्षा दिने योजना बनाएँ। तर, महामारीको कारण, म प्रवेश परीक्षाको तयारी गर्न स्कुल जान सकिनँ। मैले घरबाटै अनलाइन तयारी मात्र गर्न सकेँ। अनलाइन परीक्षाहरूमा मेरा ग्रेडहरू राम्रा थिएनन्, र मलाई चिन्ता लाग्न थाल्यो, यदि यस्तै भइरह्यो भने, मैले राम्रो अङ्क ल्याउन सक्दिनँ, र त्यसपछि मैले छात्रवृत्ति पनि प्राप्त गर्न सक्दिनँ। मेरो परिवारको आर्थिक अवस्थाले गर्दा, हामी त्यति महँगो शुल्क तिर्न कदापि सक्दैनथ्यौँ। केही महिनापछि, मैले प्रवेश परीक्षा दिएँ। मैले पास त गरेँ, तर मेरो अङ्क छात्रवृत्ति पाउनको लागि पर्याप्त थिएन। म असाध्यै दुःखी भएँ, र मलाई मेरो एक वर्षको कडा मिहिनेत खेर गयो जस्तो लाग्यो। तर मैले हार मानिनँ र अर्को वर्षको प्रवेश परीक्षाको लागि तयारी गर्न थालेँ। तर, फेरि अर्को चोटि महामारी फैलिएकाले, मैले घरमै अनलाइन माध्यमबाट मात्र तयारी गर्न पाएँ। मैले यस पटक, जे भए पनि, मैले छात्रवृत्ति पाउनैपर्छ भन्ने सोचेँ। त्यसैले मैले पहिलो वर्षभन्दा पनि बढी मिहिनेत गरेँ, बिहान ६ बजेदेखि राति १२ बजेसम्म पढ्थेँ। कहिलेकाहीँ निद्रा नपुगेर मेरो टाउको भारी हुन्थ्यो, तर म आराम गर्दिनथेँ। तर, धेरै अनलाइन परीक्षाहरूमा मेरा ग्रेडहरू एकनासले खराब आइरहेका देखेर, म बिस्तारै चिन्तित हुन थालेँ, र सोच्न थालेँ, “यदि मैले आफ्नो लक्ष्य हासिल गरिनँ भने, मेरा साथीहरू र छिमेकीहरूले मेरो बारेमा के सोच्लान्? यदि म डाक्टर बन्न सकिनँ भने, मेरो भविष्य अन्धकार हुनेछ। मैले सधैँ अरूभन्दा उत्कृष्ट बन्ने, ठूलो घर बनाउने, र आफ्नो परिवारलाई सुखी जीवन दिने सपना देखेको थिएँ, तर यी सबै सपनाहरू चकनाचुर हुनेछन्।” यी नकारात्मक सोचहरूले मलाई झन्-झन् चिन्तित बनाए, जसले गर्दा मेरो मानसिक अवस्था बिस्तारै बिग्रँदै गयो, र अन्ततः मलाई हल्का अवसाद भयो। जब म निराश हुन्थेँ, म रातभरि सुत्न सक्दिनथेँ र भोक पनि लाग्दैनथ्यो। कहिलेकाहीँ त म पूरै रात रोएर बिताउँथेँ। ती तीन महिनाको अवधिमा, म अवसादका कारण धेरै पीडामा थिएँ, तर यसबाट कसरी बाहिर निस्कने मलाई थाहा थिएन। मैले YouTube मा धेरै प्रेरणादायी भिडिओहरू हेरेको थिएँ, तर मेरो अवस्थामा कत्तिपनि सुधार आएन।

तीन महिनापछि, मैले YouTube मा प्रभुको प्रशंसा गर्ने भजनहरू र प्रार्थनासम्बन्धी भिडिओहरू भेट्टाएँ। ती भजन र प्रार्थनाहरू सुनेपछि, मेरो मन बिस्तारै शान्त भयो। मैले हरेक बिहान र बेलुका प्रार्थना गर्न थालेँ। प्रार्थना गरेपछि, मेरो दिमागका रहेका केही नकारात्मक सोचहरू बिस्तारै हराउँदै जान्थे, र मेरो मनस्थिति प्रफुल्लित हुन्थ्यो। लगभग दुई महिनासम्म, मैले हरेक दिन बाइबल पढेँ र भजनहरू सुनेँ। मैले प्रभु येशूका वचनहरू पढेँ: “परिश्रम गर्ने र भारीले थिचिएकाहरू सबै म कहाँ आओ, अनि म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमा लेओ, र मेरो उदाहरणबाट सिक; किनकि म कोमल र नम्र हृदयको छु: अनि तिमीहरूले आफ्‍नो हृदयका लागि विश्राम पाउनेछौ। किनकि मेरो जुवा सहज छ, र मेरो बोझ हल्‍का छ(मत्ती ११:२८-३०)। ती वचनहरूले मलाई ठूलो सान्त्वना दिए। मलाई प्रभु येशू मेरै छेउमा रहेर मलाई पीडाबाट मुक्त हुन मद्दत गरिरहनुभएको छ जस्तो लाग्यो; मेरो मनको बोझ धेरै कम भयो, र मैले प्रभुमा विश्वास गर्न थालेँ। आँखा झिमिक्क गर्दा तीन महिना बितेछ, र मैले दोस्रो पटक प्रवेश परीक्षा दिएँ। मेरा ग्रेडहरू अझै पनि छात्रवृत्ति पाउनका लागि पर्याप्त थिएनन्, तर यस पटक, मैले पहिले जत्तिको पीडा महसुस गरिनँ। केही दिनपछि, मैले एकजना साथीले IELTS परीक्षाको तयारी गर्दै गरेको र अष्ट्रेलियामा पढ्न जाने योजना बनाउँदै गरेको थाहा पाएँ। मैले डाक्टर बन्नु नै मेरो एकमात्र विकल्प होइन, र म पनि अष्ट्रेलिया गएर पढ्न र राम्रो जीवन बनाउन सक्छु भन्ने महसुस गरेँ। त्यसैले मैले IELTS परीक्षाको तयारी गर्न थालेँ।

आफूले परीक्षाको तयारी गर्दै गर्दा, मैले फेसबुकमा एउटा अनुच्छेद पढेँ: “तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न थाल्छस्। परमेश्‍वरको योजना र उहाँको नियोजनका खातिर तँ आफ्नो भूमिका खेल्छस् र तँ आफ्नो जीवन यात्रा सुरु गर्छस्। तेरो पृष्‍ठभूमि जस्तोसुकै भए पनि र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि, जेसुकै भए पनि, स्वर्गको योजनाबद्ध कार्य र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि कसैले पनि आफ्‍नो नियति नियन्त्रण गर्न सक्दैन, किनकि यावत् थोकमाथि सार्वभौम हुनुहुने उहाँ मात्र यस्तो काम गर्न सक्षम हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। यी वचनहरू एकदमै सही लागे। हामी बारेको हरेक कुरा परमेश्‍वरकै हातमा छ। हाम्रो भाग्य पनि परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूअन्तर्गत नै हुन्छ; हामी आफ्नो भाग्यलाई नियन्त्रण गर्न सक्दैनौँ। मैले आफ्नै अनुभवहरूका बारेमा सोचेँ: मलाई परमेश्‍वरको सार्वभौमिकता थाहै थिएन, र मलाई म आफ्नै प्रयासले धनी बन्न र सुखी जीवन बिताउन सक्छु भन्ने लाग्थ्यो। तर मैले जतिसुकै कडा प्रयास गर्ने र योजना बनाउने गरेपनि, म अन्ततः असफल भएँ, र मलाई अवसादसमेत भयो। यो खण्ड पढेपछि, मैले के बुझेँ भने म जन्मेको परिवार, म हुर्किएको वातावरण, र मेरो भविष्य कस्तो हुनेछ—सबै परमेश्‍वरले नै बन्दोबस्त गर्नुभएको हो, र मैले जतिसुकै कडा प्रयास गरे पनि, म आफ्नो भाग्य बदल्न सक्दिनँ। केही समयपछि, एउटी सिस्टरले मलाई एउटा अनलाइन भेलामा सहभागी हुन आमन्त्रण गरिन्। तर, भोलिपल्ट मैले IELTS को परीक्षा दिनुपर्ने थियो र म आफूले कस्तो गरिएला भन्नेबारे अलि चिन्तित थिएँ। यदि मेरो परीक्षाको अङ्क राम्रो भएन भने, म अष्ट्रेलिया जाने आफ्नो सपना साकार पार्न सक्दिनथेँ, र मेरो भविष्य अन्धकार हुने थियो। यो मेरो अन्तिम मौका हुन सक्थ्यो, र विफल भएमा, म आफ्ना साथीहरूमध्ये सबैभन्दा ठूलो असफल व्यक्ति बन्ने थिएँ, र मेरा आमाबुबा र साथीहरूले पक्कै पनि म साह्रै नराम्रै रहेछु भनेर सोच्ने थिए। आफूले यस्तै सोचिरहेको बेला, मैले देखेँ, भेलाको प्रवचनको शीर्षक “म दुःखद जीवन जिइरहेको छु—मैले के गर्नुपर्ला?” भन्ने रहेछ। म तुरुन्तै यसप्रति आकर्षित भएँ। एकजना ब्रदरले केही खण्डहरू सुनाए: “मानिसहरूलाई परमेश्‍वरका योजनाबद्ध कार्यहरू र परमेश्‍वरको सार्वभौमिकता थाहा नहुने हुनाले, तिनीहरू सधैँ अवज्ञाकारी मनस्थिति र विद्रोही मनोवृत्तिका साथ नियतिको सामना गर्छन्, र तिनीहरू सधैँ परमेश्‍वरको अख्तियार र सार्वभौमिकता साथै नियतिमा रहेका कुराहरूबाट मुक्त हुन चाहन्छन्, र आफ्ना वर्तमान परिस्‍थितिहरू परिवर्तन गर्ने र आफ्‍नो नियति बदल्ने व्यर्थको आशा गर्छन्। तर तिनीहरू कहिल्यै सफल हुन सक्दैनन् र तिनीहरू हर मोडमा पछारिन्छन्। तिनीहरूको आत्माको गहिराइमा हुने यो सङ्घर्षले तिनीहरूलाई पीडा दिन्छ, र यो पीडा तिनीहरूको हड्डीमै खोपिन्छ, र साथसाथै तिनीहरूलाई आफ्नो जीवन खेर फाल्ने तुल्याउँछ। यो पीडाको कारण के हो त? के यसको कारण परमेश्‍वरको सार्वभौमिकता हो, वा खराब नियति हुनु हो? अवश्य नै, दुवै सत्य होइनन्। अन्तिम विश्लेषणमा, मानिसहरूले लिने मार्गहरू र तिनीहरूले आफ्‍नो जीवन जिउन रोज्ने तरिकाहरूका कारण यस्तो हुन्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। “शैतानले मानिसहरूका विचारहरू नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, तिनीहरूलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ, र तिनीहरूलाई ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्न, ख्याति र प्राप्तिका लागि कष्ट भोग्न, ख्याति र प्राप्तिका लागि अपमान सहन र गह्रौँ बोझहरू बोक्न, ख्याति र प्राप्तिका लागि आफूसँग भएका सबै कुराको बलिदान गर्न, अनि ख्याति र प्राप्तिका लागि हरेक फैसला वा निर्णय गर्न लगाउँछ। यसरी, शैतानले मानिसहरूलाई अदृश्य साङ्लाहरू लगाइदिन्छ, र, तिनीहरूमा यी साङ्ला हुँदा, त्यसबाट उम्किन तिनीहरूसँग न त क्षमता हुन्छ न त साहस नै। अनजानमै, तिनीहरू यी साङ्लाहरू बोकेर, ठूलो कठिनाइका साथ एक-एक पाइला गर्दै अगाडि बढ्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्‍वरबाट टाढिन्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिमाझ एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। ती ब्रदरले पढिसकेपछि सङ्गति गरे, “हजारौँ वर्षदेखि, शैतानले मानिसहरूलाई भ्रमित पार्न र भ्रष्ट तुल्याउन नास्तिकता, भौतिकवाद, र विकासवाद प्रयोग गर्दै आएको छ, जसले गर्दा उनीहरू परमेश्‍वरको अस्तित्व र परमेश्‍वरले स्वर्ग, पृथ्वी र यावत् थोक सृष्टि गर्नुभयो भन्ने कुरालाई इन्कार गर्छन्, र परिणामस्वरुप, मानिसहरू परमेश्‍वरबाट टाढा हुन्छन् र उहाँको आराधना गर्न छोड्छन्। यति मात्र होइन, शैतानले मानिसलाई भ्रष्ट पार्न ख्याति र प्राप्ति पनि प्रयोग गर्छ, ‘अरूभन्दा असल बन र पुर्खाको नाम राख’ र ‘आफ्नो नियति आफ्नै हातमा हुन्छ’ जस्ता कुराहरू भन्छ। यी विचार र दृष्टिकोणहरूको प्रभाव र सिकाइमा परेर, हामी पैसा, ख्याति र प्राप्ति भएपछि मात्र हामीले अरूको सम्मान पाउन र सुखी जीवन बिताउन सक्छौँ भन्ने विश्वास गर्न पुग्छौँ। त्यसैले, धेरै मानिसहरू धनी जीवन बिताउन हरेक दिन सङ्घर्ष गर्छन्। उनीहरू ओभरटाइम काम गर्छन् र कलिलै उमेरमा विभिन्न रोगहरूको सिकार हुन्छन्। कतिपय मानिसहरू, आफ्नो करियरमा सफल हुनका लागि, सबै किसिमका चाल र षड्यन्त्रहरूको सहारा लिन्छन्, अरूलाई प्रयोग गर्दै धोका दिन्छन्, अगाडि बढ्नका लागि उनीहरूलाई निर्ममतापूर्वक कुल्चिन्छन्। उनीहरू सफल भए भने पनि, उनीहरूका हृदयमा शान्ति हुँदैन र उनीहरू अझै पनि कष्टमै जिउँछन्। निकै प्रयास गर्ने तर अरूभन्दा उत्कृष्ट बन्न नसक्ने पनि धेरै छन्। परिणामस्वरुप, उनीहरू निराश र आशाहीन महसुस गर्छन्, संसारदेखि नै थकित भावनाको समेत विकास गर्छन्, र कतिपयले आत्महत्यामार्फत् आफ्नो जीवन अन्त्य गर्ने निर्णय गर्छन्। यो सबै मानिसहरू शैतानद्वारा आक्रान्त भएका कारणले हुन्छ।” ती ब्रदरको सङ्गतिले ममा गहिरो छाप छोड्यो, र मैले आफूले भोगेका कठिनाइहरू सम्झिएँ। आफूले सानैदेखि आफ्ना आमाबुबालाई कडा परिश्रम गरेको देखेकोले, मैले लगनशील अध्ययनद्वारा हैसियत र प्रतिष्ठा प्राप्त गर्न डाक्टर बन्न चाहेँ, ताकि आफ्नो परिवारलाई सुखी जीवन दिन सकूँ। यसका लागि, मैले धेरै प्रयास गरेँ। विशेष गरी जब म अंग्रेजी माध्यमको स्कुलमा सरेँ, मैले अझै बढी मिहिनेत गरेँ। म साथीहरूसँग घुम्न जान छोडेँ, र घरको काम गर्दा पनि के पढ्ने भनेर सोच्थेँ। म प्रायः राति पनि अबेरसम्म पढ्थेँ। आफ्ना सहपाठीहरूमध्ये उत्कृष्ट बन्नका लागि, म दिनमा १२ देखि १५ घण्टासम्म पढ्थेँ। तर अन्तमा, म अझै पनि असफलै भएँ। मलाई अवसाद समेत भयो र आफ्नो मेडिकल स्कुलको योजना रोक्न बाध्य भएँ। जबजब म आफ्ना साथीहरूभन्दा धेरै पछाडि पर्नेबारे सोच्थेँ, मेरो मुटु दुख्थ्यो, र छातीमा ठुलो ढुङ्गाले थिचेजस्तो महसुस हुन्थ्यो। मलाई मेरो भविष्य पूर्ण रूपमा अन्धकार छ जस्तो लाग्थ्यो, र म अक्सर मेरो के होला भन्ने चिन्ता गर्दै रातभरि सुत्न सक्दिनथेँ। मैले सोच्न थालेँ, “मेरो जीवन किन यस्तो कठिनाइमा पऱेको हो? म वास्तवमा केको लागि यति कडा सङ्घर्ष गरिरहेको थिएँ? मैले सुखी जीवनको चाहना राखेको छु, तर मेरो जीवन किन झन्-झन् खराब हुँदै जान्छ?” तर अब मैले बुझेँ। मेरो दुःखको जड शैतानको भ्रष्टता थियो। म पूर्ण रूपमा पैसा, ख्याति, र प्राप्तिको दास बनेको थिएँ। परमेश्‍वरका वचनहरूको खुलासाविना, मलाई शैतानले मानिसहरूलाई भ्रष्ट पार्न पैसा, ख्याति, प्राप्ति, र हैसियत प्रयोग गर्छ भन्ने कुरा थाहा हुने थिएन। हैसियत, ख्याति, र प्राप्ति शैतानले मानिसहरूमाथि लगाइदिने अदृश्य साङ्लाहरू हुन्, जसबाट उम्कन उनीहरूलाई धेरै गाह्रो हुन्छ। प्रतिष्ठा र हैसियत पाउनका लागि, मैले आफूलाई पूर्ण रूपमा शैतानलाई सुम्पिदिएँ र अनन्त कठिनाइहरू झेलेँ। मैले यी सत्यताहरू बुझ्न सक्नु र यो जागरण पाउनु—परमेश्‍वरको प्रेम र मुक्ति थियो!

त्यसपछि, ती ब्रदरले अर्को प्रश्न पठाए: “त्यसोभए हामी यो दुःखबाट कसरी उम्कन सक्छौँ?” त्यसपछि उनले केही थप खण्डहरू पठाए: “तिनीहरूको क्षमता र बौद्धिकतामा भिन्‍नताहरू भए पनि, र तिनीहरूमा सङ्कल्प भए पनि वा नभए पनि, सबै मानिसहरू भाग्यको अगाडि समान हुन्छन्, जहाँ तिनीहरूलाई ठूलो र सानो, उच्च र नीच, सम्मानित र तुच्छ भनेर छुट्याइँदैन। व्यक्ति कुन पेसामा संलग्न हुन्छ, उसले जीविकाका लागि के गर्छ, र जीवनमा ऊसँग कति धन छ भन्‍ने कुरा उसका आमाबुबा, उसको प्रतिभा, वा उसको प्रयास र महत्त्वाकाङ्क्षाहरूमा निर्भर हुँदैन—यो सृष्टिकर्ताको पूर्वनियोजनमा निर्भर हुन्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। “जब मानिसहरूले भाग्य के हो भनेर जान्दैनन् वा परमेश्‍वरको सार्वभौमिकतालाई बुझ्दैनन्, तिनीहरू आफूखुसी सङ्घर्ष गरिरहेका र कुहिरोभित्र ठक्कर खाँदै अघि बढिरहेका हुन्छन्, र त्यो यात्रा अत्यन्तै कठिन हुन्छ, र यसले हृदयलाई ज्यादै चोट दिन्छ। त्यसकारण, जब मानिसहरूले मानवको भाग्यमाथि परमेश्‍वर सार्वभौम हुनुहुन्छ भनेर थाहा पाउँछन्, तब चलाख मानिसहरू भाग्यविरुद्ध सङ्घर्ष गरिरहनु र आफ्ना तथाकथित जीवन लक्ष्यहरू आफ्‍नै तरिकाले पछ्याइरहनुभन्दा बरु परमेश्‍वरको सार्वभौमिकता थाहा पाउन र त्यसलाई स्वीकार गर्न, अनि ‘आफ्‍नै दुई हातद्वारा सुन्दर जीवन निर्माण गर्ने प्रयास गर्दाका’ पीडादायी दिनहरूलाई बिदा गर्न रोज्छन्। जब कुनै व्यक्ति परमेश्‍वरविहीन हुन्छ, जब उसले उहाँलाई देख्‍न सक्दैन, जब उसले परमेश्‍वरको सार्वभौमिकतालाई साँचो र स्पष्ट रूपमा जान्न सक्दैन, तब हरेक दिन अर्थहीन, मूल्यहीन र अवर्णनीय रूपमा पीडादायी हुन्छ। कुनै व्यक्ति जहाँ भए पनि, र उसको जागिर जे भए पनि, उसका जीवन धान्ने उपायहरू र उसले पछ्याउने लक्ष्यहरूले उसलाई अनन्त मनोव्यथा र बिर्सन गाह्रो पीडाबाहेक केही दिँदैनन्, जुन उसले फर्केर हेर्नै नसक्ने अनुभवहरू हुन्। सृष्टिकर्ताको सार्वभौमिकतालाई स्विकारेर, उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित भएर, अनि साँचो मानव जीवनको प्राप्तिलाई पछ्याएर मात्रै, व्यक्ति क्रमिक रूपमा सबै मनोव्यथा र पीडाबाट उम्कन सक्छ, र उसले बिस्तारै आफूलाई मानव जीवनका सबै खोक्रोपनबाट मुक्त गर्न सक्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। “आखिर, मानिस मानिस नै हो, अनि परमेश्‍वरको हैसियत र जीवनलाई कुनै पनि मानिसले प्रतिस्थापित गर्न सक्दैन। मानवजातिलाई चाहिने भनेको सबैलाई राम्रोसँग खुवाइने, सबै समान र स्वतन्त्र हुने निष्पक्ष समाज मात्र होइन; मानवजातिलाई चाहिने त परमेश्‍वरको मुक्ति र मानवजातिका लागि उहाँको जीवनको आपूर्ति हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ)। यी खण्डहरू पढेपछि, ती ब्रदरले सङ्गति गरे, “परमेश्‍वर मानवजातिको भाग्यमाथि सार्वभौम हुनुहुन्छ। युगहरूभन्दा पहिले, परमेश्‍वरले हामी कस्तो परिवारमा जन्मिनेछौँ, कुन पेशा अपनाउनेछौँ, र हामीसँग कति धन हुनेछ भनी पूर्वनिर्धारित गर्नुभयो। सृजित प्राणी भएकोले, हामीले भाग्यसँग सङ्घर्ष गर्नुहुँदैन, र हामीले परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, र सृष्टिकर्ताले हाम्रा लागि तयार गर्नुभएको सबै कुरा स्वीकार गर्नुपर्छ। तब मात्र हाम्रो हृदयले शान्ति र आनन्दको अनुभव गर्न सक्छ, र तब मात्र हामी चिन्ताविना र सहज रूपमा जिउन सक्छौँ।” ती ब्रदरले सङ्गति सिध्याएपछि, मैले आफूले डाक्टर बन्ने आफ्नो लक्ष्य हासिल गर्न कति धेरै कडा परिश्रम र प्रयास गरेको थिएँ भन्नेबारे सोचेँ। तर यो अन्ततः असफलतामा टुङ्गियो, र मैले यो सबै मलाई किन भएको थियो भनेर बुझ्नै सकिनँ। यो म अभागी जन्मेको, वा मैले पर्याप्त मिहिनेत नगरेको कारणले हो त? अब मैले आफूले यति धेरै दुःख भोगेको त मैले परमेश्‍वरको सार्वभौमिकतालाई नजानेका कारणले पो रहेछ भन्ने बुझेँ। परमेश्‍वर मानव भाग्यमाथि सार्वभौम हुनुहुन्छ, र म कस्तो परिवारमा जन्मिनेछु, कुन पेशा अपनाउनेछु, मेरो जीवनमा कति धन हुनेछ, र कुन उमेरमा मर्नेछु जस्ता कुराहरू सबै परमेश्‍वरले पहिले नै निर्धारण गरिदिनुभएको छ। यदि म चिन्ता र दुःखबाट उम्कन चाहन्थेँ भने, मैले परमेश्‍वरको सार्वभौमिकतालाई स्वीकार गर्नुपर्थ्यो र उहाँले बन्दोबस्त गर्नुभएका परिस्थितिहरूमा समर्पित हुनुपर्थ्यो। जस्तै, आउँदै गरेको IELTS परीक्षाको सन्दर्भमा, नतिजा जेसुकै भए पनि, म स्वीकार गर्न र समर्पित हुन तयार थिएँ। भेला सकिएपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मलाई यो भेलामा सहभागी हुन दिनुभएकोमा तपाईंलाई धेरै धन्यवाद। आज मात्र मैले मानिसका सबै पीडा र कठिनाइहरू शैतानले गर्दा हुने रहेछन् भन्ने महसुस गरेँ। शैतानले मलाई भ्रमित र भ्रष्ट तुल्याउन हैसियत, ख्याति, र प्राप्ति प्रयोग गर्‍योे जसले गर्दा म तपाईंको सार्वभौमिकताप्रति अज्ञानी भएँ। यसैकारण, म आफ्नो भाग्य आफ्नै हातमा लिन चाहन्थेँ र यसरी अन्धकारमा बाँचिरहेको थिएँ। मलाई अन्तर्दृष्टि दिनुभएकोमा र शैतानका षड्यन्त्रहरूलाई छर्लङ्गै देख्न दिनुभएकोमा तपाईंलाई धन्यवाद। भोलिको परीक्षाको नतिजा जेसुकै भए पनि, म खुसीसाथ स्वीकार गर्नेछु।” भोलिपल्ट परीक्षा दिँदा, मेरो मन धेरै शान्त थियो। कुनै समस्याविना परीक्षा सिध्याएपछि, म घर गएँ। पछि, मैले आफूले परीक्षा पास गरेको थाहा पाएँ र म धेरै खुसी भएँ। त्यसपछिका दिनहरूमा, आफूले अष्ट्रेलिया जाने तयारी गर्दैगर्दा, म सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका भेलाहरूमा पनि सहभागी भएँ। त्यो अवधिमा, मैले सर्वशक्तिमान् परमेश्‍वरका धेरै वचनहरू पढेँ। मैले मानवजातिलाई मुक्ति दिन परमेश्‍वरको कामका तीन चरणहरू, परमेश्‍वरका नामहरूको रहस्य, देहधारणको रहस्य, बाइबलको भित्री कथा, आखिरी दिनहरूमा परमेश्‍वरको न्यायको काम, र अन्य धेरै कुराहरू बुझेँ। मैले आफ्नो हृदयदेखि नै सर्वशक्तिमान् परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनेर स्वीकार गरेँ।

केही समयपछि, मैले आफ्ना आमाबुबा र दाजुभाइ-दिदीबहिनीहरूलाई सुसमाचार प्रचार गर्न थालेँ, र उहाँहरू सबैले परमेश्‍वरको नयाँ काम स्वीकार गर्नुभयो। रुस-युक्रेन युद्ध सुरु भएको, र जताततै बारम्बार प्रकोपहरू भइरहेको देखेर, मैले परमेश्‍वरको काम अन्त्यतिर आइरहेको छ भन्ने महसुस गरेँ। तर धेरै मानिसहरूले अझै पनि परमेश्‍वरको मुक्ति स्वीकार गरेका छैनन्, र मैले अहिले सुसमाचार प्रचार गर्नु अत्यन्तै महत्त्वपूर्ण छ भन्ने महसुस गरेँ। यदि म अष्ट्रेलिया गएँ भने, मलाई आफ्नो कर्तव्य निर्वाह गर्न सीमित समय हुने थियो। तर अष्ट्रेलिया जाने यो अवसर पाउन निकै गाह्रो भएको थियो, र यदि म गइनँ भने, मेरा सबै पुराना प्रयासहरू खेर जाने थिए। त्यो अवस्थामा मेरो भविष्य कस्तो होला? म यो राम्रो अवसर गुमाउन चाहन्नथेँ। मेरो परिवार, छिमेकी र साथीहरू सबैलाई म अष्ट्रेलिया जान लागेको थाहा थियो, त्यसैले यदि म नगएमा, उनीहरूले मेरो बारेमा के सोच्थे होला? अझ महत्त्वपूर्ण कुरा, म धेरै पैसा कमाएर धनी जीवन बिताउन चाहन्थेँ, र यदि म पढ्न गइनँ भने, म आफ्नो इच्छा पूरा गर्न सक्दिनथेँ। एकातिर मेरो पढाइ थियो, र अर्कोतिर मेरो कर्तव्य। के छनोट गर्ने भन्नेबारे म धेरै द्विविधामा परेँ।

एक दिन, मैले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीको वेबसाइटमा “आमाको माया” नामक एउटा चलचित्र हेरेँ। त्यसमा भएका परमेश्‍वरका वचनका केही खण्डहरूले मेरो मन एकदमै छोए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानव ज्ञानमा सामान्य कथन र सिद्धान्तहरू मात्र पर्दैनन्, यसमा केही सोच र दृष्टिकोण, साथै मानव असङ्गति, पूर्वाग्रह, र शैतानका विषहरू पनि पर्छन्, र कतिपय ज्ञानले त मानिसहरूलाई बहकाउन र भ्रष्ट तुल्याउन पनि सक्छ। त्यो शैतानको विष हो। कसैले यो विषलाई स्विकारेर आत्मसात गरेपछि, यो उसको हृदयमा ट्युमर बन्‍नेछ। यो ट्युमर उसको पूरै शरीरभरि फैलिनेछ, र परिणामस्वरूप यदि उसलाई परमेश्‍वरको वचन र सत्यताद्वारा चङ्गाइ गरिएन भने उसको निश्चय नै मृत्यु हुन्छ। त्यसैले, मानिसहरूले जति धेरै ज्ञान प्राप्त गर्छन् र बुझ्छन्, तिनीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्ने सम्भावना त्यति नै कम हुनेछ, र तिनीहरूले बरु उहाँलाई अस्वीकार र प्रतिरोध गर्नेछन्। किनकि ज्ञान भनेको तिनीहरूले देख्न र पहुँच प्राप्त गर्न सक्ने कुरा हो, र त्यो सिधै तिनीहरूका जीवन, भविष्य, र नियतिहरूसँग सम्बन्धित हुन्छ। मानिसहरूले विद्यालयमा धेरै ज्ञान हासिल गर्न सक्छन्, तर तिनीहरूलाई ज्ञानको स्रोत र आत्मिक क्षेत्रसँग त्यसको सम्बन्धबारे थाहा हुँदैन। मानिसहरूले सिक्ने र बुझ्ने अधिकांश ज्ञान परमेश्‍वरका वचनहरूको सत्यताविपरीत हुन जान्छ। विशेष गरी, दार्शनिक भौतिकवाद र क्रमविकास नास्तिकवादको झूटो शिक्षा र भ्रमअन्तर्गत पर्छन्, र ती निस्सन्देह परमेश्‍वरको प्रतिरोध गर्ने भ्रमहरू हुन्। … जसरी पनि, ज्ञानसँग सम्बन्धित यी कुराहरूले मानिसहरूलाई गलत भ्रममा पार्छन् र भ्रष्ट तुल्याउँछन्, जसले गर्दा तिनीहरू परमेश्‍वरबाट तर्किन्छन्, उहाँलाई अस्वीकार गर्छन्, उहाँको प्रतिरोध गर्छन्, र उहाँप्रति शत्रुवत् समेत बन्छन्। तिमीहरूले यो कुरा विश्‍वास गरे पनि नगरे पनि, वा तिमीहरूले यसलाई आजै स्विकार्न सके पनि नसके पनि—तिमीहरूले यो तथ्य स्विकार्ने दिन आउनेछ। ज्ञानले मानिसहरूलाई विनाशतर्फ, नरकतर्फ डोर्‍याउन सक्छ—के तिमीहरू यो कुरा छर्लङ्गै देख्न सक्छौ?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो स्वभाव परिवर्तन गर्ने अभ्यासको मार्ग)। “आखिर यो ज्ञान के हो—के तिमीहरू मलाई बताउन सक्छौ? के यो शैतानले मानिसमा हालिदिने जिउने नियम र दर्शनहरू होइन, जस्तै ‘पार्टीलाई प्रेम गर, देशलाई प्रेम गर, र आफ्नो धर्मलाई प्रेम गर’ अनि ‘बुद्धिमानी मानिस परिस्‍थितिअनुसार चल्छ’? के यो शैतानले मानिसमा हालिदिएको जीवनको ‘उच्च आकाङ्क्षाहरू’ होइन, जस्तै महान् मानिसहरूका सोचहरू, प्रसिद्ध व्यक्तिहरूको निष्ठा वा वीर व्यक्तित्वहरूको साहसी आत्मा, वा मार्शल आर्ट उपन्यासहरूका नाइट र तरवारबाजहरूको शौर्य र दया? यी विचार र कथनहरूले एकपछि अर्को पुस्तालाई प्रभाव पार्छन्; धेरै मानिसले यी विचारहरू स्वीकार गर्छन्, र तिनीहरू यी ‘उच्च आकाङ्क्षाहरू’ पूरा गर्नका लागि पछ्याउँछन्, सङ्घर्ष गर्छन्, र आफ्नो जीवन बलिदान दिनसमेत इच्छुक हुन्छन्। यो नै शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउन ज्ञान प्रयोग गर्ने साधन र विधि हो। त्यसोभए शैतानले मानिसहरूलाई यस मार्गमा अगुवाइ गरेपछि, के तिनीहरू परमेश्‍वरमा समर्पित हुन र उहाँको आराधना गर्न सक्षम हुन्छन्? र के तिनीहरू परमेश्‍वरका वचनहरू स्वीकार गर्न र सत्यता पछ्याउन सक्षम हुन्छन्? बिलकुल हुँदैनन्—किनभने तिनीहरूलाई शैतानले बहकाएको हुन्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। परमेश्‍वरका वचनका यी खण्डहरू पढेपछि, मैले शैतानले मानिसहरूलाई भ्रष्ट पार्न ज्ञानको प्रयोग कसरी गर्छ भनी बुझेँ। जस्तै यो चलचित्रमा, मुख्य पात्रकी आमाले उच्च शिक्षा नभएका कारण राम्रो जागिर पाउन सकिनन्, र कम्पनीमा उनका निम्ति पदोन्नतिको कुनै अवसर पनि थिएन। त्यसैले, उनी आफ्नो बच्चाले राम्रो विश्वविद्यालयमा पढोस् भन्ने आशा गर्थिन्, ताकि उनको बच्चाले राम्रो काम पाउन सकोस्, उच्च पदमा पदोन्नति होस्, र ख्याति र प्राप्ति हासिल गरोस्। शैतानले मानिसहरूलाई भ्रष्ट पार्न ज्ञानको प्रयोग गर्छ, उनीहरूलाई ज्ञान र डिग्रीद्वारा मात्र उनीहरूले राम्रो भविष्य पाउन सक्छन्, र ज्ञान हुनुको मतलब व्यक्तिले सबै कुरा पाउन सक्नु हो भनेर सोच्ने बनाउँछ। उनीहरू परमेश्‍वरले सबै कुरा सृष्टि गर्नुभयो भन्ने विश्वास गर्दैनन्, र उनीहरू परमेश्‍वरको सार्वभौमिकतामा विश्वास गर्दैनन्। यस्ता सोचहरू परमेश्‍वरप्रति शत्रुतापूर्ण हुन्छन्। शैतानले मानिसहरूमा सबै किसिमका शैतानी विषहरू भर्न ज्ञान र विज्ञानको पनि प्रयोग गर्छ, र मानिसहरूले जति धेरै ज्ञान प्राप्त गर्छन्, उति नै धेरै भ्रष्ट र अहंकारी बन्छन्। मानिसहरू जति धेरै शिक्षित हुन्छन्, उति नै धेरै उनीहरू हैसियत र ख्याति खोज्छन्, र विलासी जीवनको चाहना गर्छन्। उनीहरू ख्याति र प्राप्तिका लागि एकअर्कासँग लड्छन्, आवश्यक जुनसुकै उपायको समेत सहारा लिन्छन्। यदि यी इच्छाहरू पूरा भएनन् भने, उनीहरू निराश हुन्छन्, र कतिपय त आत्महत्याको निर्णय गर्ने हदसम्म पनि पीडा भोग्छन्। मानिसहरू जति धेरै ज्ञानको पछि लाग्छन्, उति नै परमेश्‍वरबाट टाढा हुन्छन्। म शैतानद्वारा विष पिलाइएकाहरूमध्ये एक थिएँ। म सानैदेखि, आफ्नै प्रयासले, र ज्ञानको अध्ययनद्वारा आफ्नो भाग्य बदल्न चाहन्थेँ। मैले यसका लागि धेरै मिहिनेत गरेँ र धेरै दुःख भोगेँ। अन्ततः मलाई अवसाद भयो, र मेरो जीवन झनै खराब भयो। अब मैले शैतानले मलाई फर्किन नसकिने बाटोतिर डोऱ्याउन ज्ञानको प्रयोग गरेको रहेछ भन्ने बुझेँ। यही बाटोमा हिँडिरहेको भए, म पक्कै पनि शैतानद्वारा झन्-झन् गहिरो रूपमा भ्रष्ट हुने थिएँ, र अन्तमा त्यसैसँग नरकमा जाने थिएँ। मानिसको भाग्य परमेश्‍वरको हातमा छ, तर म सधैँ ज्ञानद्वारा आफ्नो भाग्य बदल्न चाहन्थेँ। के म परमेश्‍वरको नियोजनका विरुद्ध गइरहेको थिइनँ र? यसबारे विचार गर्दा, के ज्ञानले साँच्चै मेरो भाग्य बदल्न सक्थ्यो? के मैले साँच्चै ज्ञानद्वारा पैसा र प्रतिष्ठा पाउन सक्थेँ? के यसले मेरा आमाबुबा र परिवारलाई सुखी जीवन दिन सक्थ्यो? कतिपय मानिसहरू धेरै ज्ञानी र उच्च शैक्षिक योग्यता भएका हुन्छन्, तर उनीहरू आफ्नो आदर्श काम पाउन वा धेरै पैसा कमाउन असफल हुन्छन्। जबकि, अशिक्षित वा धेरै ज्ञान नभएका कतिपय मानिसहरू धेरै धन प्राप्त गर्न पुग्छन्। यसबाट हामी मानिसको भाग्य परमेश्‍वरले धेरै पहिले नै निर्धारण गरिदिनुभएको छ भन्ने देख्न सक्छौँ। यसको उनीहरूसँग कति ज्ञान छ भन्नेसँग कुनै सम्बन्ध छैन। मैले चलचित्र हेर्दै गर्दा यी प्रश्नहरूमाथि मनन गरेँ।

पछि, मैले परमेश्‍वरका वचनहरूका कैयौँ खण्ड पढेँ र तीभित्रै जवाफहरू भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जब मानिसहरूले साँचो रूपमा परमेश्‍वरलाई चिन्छन्, सत्यता बुझ्छन् र सत्यता प्राप्त गर्छन्, तब तिनीहरूको संसारलाई हेर्ने दृष्टिकोण र जीवनप्रतिको सोचमा वास्तविक परिवर्तन आउँछ, र त्यसपछि तिनीहरूको जीवन स्वभावमा पनि वास्तविक परिवर्तन आउने गर्छ। जब मानिसहरूसँग सही जीवन उद्देश्यहरू हुन्छन्, र तिनीहरूले सत्यताको खोजी गर्न, र सत्यताअनुसार आफूलाई आचरणमा ढाल्न सक्छन्, जब तिनीहरू पूर्ण रूपमा परमेश्‍वरमा समर्पित हुन्छन् र उहाँका वचनहरूअनुसार जिउँछन्, जब तिनीहरूले आफ्नो हृदयको गहिराइमा स्थिर र उज्ज्वल महसुस गर्छन्, तिनीहरूको हृदय अन्धकारमुक्त हुन्छ, र जब तिनीहरू परमेश्‍वरको उपस्थितिमा सम्पूर्ण रूपले स्वतन्त्र र मुक्त भएर जिउन सक्छन्, तब मात्र तिनीहरूले साँचो मानव जीवन प्राप्त गर्छन्, र त्यस्ता मानिसहरू मात्र सत्यता र मानवता भएकाहरू हुन्। यसको साथै, तैँले बुझेका र प्राप्त गरेका सबै सत्यताहरू परमेश्‍वरका वचनहरू र परमेश्‍वर स्वयम्‌बाट आएका हुन्। जब तैँले सर्वोच्च परमेश्‍वर—सृष्टिकर्ताबाट अनुमोदन प्राप्त गर्छस्, र उहाँले तँ मानकअनुरूपको सृजित प्राणी होस्, र तँ मानव रूपमा जिइरहेको छस् भनेर भन्‍नुहुन्छ, तब मात्र तेरो जीवन सबैभन्दा अर्थपूर्ण हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। “बस मेहनतपूर्वक सत्यता पछ्याउने कुरामा ध्यान केन्द्रित गर, अनि तिमीहरूले सबै समस्याहरू समाधान गर्न सक्नेछौ। अनि, तिमीहरू आफ्ना समस्याहरू समाधान गर्न सक्ने भएपछि, तिमीहरूले प्रगति गरेका हुनेछौ र तिमीहरूको वृद्धिविकास भएको हुनेछ। जब मानिसहरूले जीवनसम्‍बन्धी तिनीहरूको दृष्टिकोण र तिनीहरूको अस्तित्वको अर्थ र आधार पूर्ण रूपमा परिवर्तन हुन्जेल अनुभव गर्छन्, अर्थात् तिनीहरू पूर्ण रूपमा रूपान्तरित भएर अर्कै व्यक्ति बनेका हुन्छन्, के यो अद्‌भुत कुरा होइन र? यो निकै ठूलो परिवर्तन, पृथ्वी हल्‍लाउने परिवर्तन हो। तँ त्यस्तो बिन्दुमा पुग्न सक्छस् जहाँ तँसँग ख्याति, हैसियत, धन, आनन्द, वा संसारको शक्ति र वैभव भए पनि वा नभए पनि तँलाई फरक पर्दैन—तँ ती सबै सजिलै त्याग्‍न सक्छस्। तब मात्रै तँमा मानव रूप भएको मान्न सकिन्छ। अन्तिममा परमेश्‍वरद्वारा पूर्ण तुल्याइनेहरू यस्तै मानिसहरूको समूह हो; तिनीहरू सत्यताका लागि जिउँछन्, परमेश्‍वरको लागि जिउँछन्, र जुन कुरा न्यायी छ त्यसैको लागि जिउँछन्। यो साँचो मानवको स्वरूप हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। पहिले, मलाई ज्ञान हासिल गरेर र धेरै पैसा कमाएर मात्र म राम्रो भविष्य प्राप्त गर्न सक्छु भन्ने लाग्थ्यो, तर वास्तवमा, यी कुराहरू सबै खोक्रा रहेछन्। ज्ञानले मेरो भाग्य बदल्न सक्दैन। मैले ज्ञान हासिल गरेर पैसा कमाए पनि, यसले मेरो हृदयमा शान्ति ल्याउन सक्दैनथ्यो। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के महसुस गरेँ भने ज्ञानले मेरो भाग्य बदल्न सक्दैन, र सत्यता पछ्याएर र परमेश्‍वरका वचनहरूअनुसार जिएर मात्रै व्यक्तिले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न र राम्रो भाग्य पाउन सक्छ। परमेश्‍वरमा विश्वास गर्नु र सत्यता पछ्याउनु नै मूल्यवान् र अर्थपूर्ण जीवन जिउने एकमात्र तरिका हो। यो संसारमा, धेरै मानिसहरू पैसा कमाउन र धेरै भौतिक आनन्द प्राप्त गर्न एकअर्कासँग प्रतिस्पर्धा गर्छन्, र सबै किसिमका नराम्रा कामहरू गर्छन्। यी मानिसहरू आफ्नो करियरमा सफलता पाउन अरूलाई प्रयोग गर्छन् र धोका दिन्छन्, तर उनीहरू भित्रभित्रै सङ्घर्ष गर्छन् र असहज महसुस गर्छन्। त्यसरी जिउनु कति पीडादायी छ! परमेश्‍वरमा विश्वास गरेर, उहाँका वचनहरू खाएर र पिएर, यी शैतानी दर्शनहरूलाई त्यागेर, र परमेश्‍वरका वचनहरूअनुसार जिएर मात्र, व्यक्ति शैतानको सतावटबाट बच्न र अर्थपूर्ण जीवन जिउन सक्छ। परमेश्‍वरका वचनहरूले मेरो हृदय खोलिदिए। मैले मानिसहरू धनसम्पत्ति, प्रतिष्ठा, वा हैसियतविना जिउन सक्छन्, तर परमेश्‍वरको सुरक्षा र अगुवाइविना, बाँच्न गाह्रो हुन्छ भन्ने महसुस गरेँ। अब, म हरेक दिन परमेश्‍वरका वचनहरू खाने र पिउने अनि आफ्नो कर्तव्य निर्वाह गर्ने गर्छु, र मैले संसारले मूल्यवान् ठान्ने ख्याति वा हैसियत प्राप्त नगरेको भए तापनि, परमेश्‍वरका वचनहरू पढेर, म बिस्तारै सामान्य मानवता जिइरहेको छु, आफ्नो भ्रष्टता र शैतानी प्रकृतिलाई चिन्दैछु, र हरेक कुरालाई सत्यताद्वारा हेर्ने अभ्यास गर्दैछु। यो वास्तवमै एक अर्थपूर्ण जीवन हो! यदि म अष्ट्रेलिया पढ्न गएको भए, मैले धनसम्पत्ति, प्रतिष्ठा, र सफलता पाए पनि, मैले सत्यता र जीवन पाउने थिइनँ। त्यसोभए, के मैले आफ्नो जीवन व्यर्थमा बिताएको हुने थिइनँ र? मैले जीवनप्रतिको आफ्नो दृष्टिकोण बदल्नुपर्थ्यो। म अब संसारिक धनसम्पत्ति, हैसियत, वा प्रतिष्ठाको पछि लाग्नेछैनँ, बरु, म आफ्नो कर्तव्य पूरा गर्न र सत्यता पछ्याउन कोसिस गर्नेछु। यसरी जिएर मात्र जीवनको मूल्य र अर्थ हुन्छ।

एक दिन भेलाको समयमा, ब्रदर-सिस्टरहरूले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढे जसले मेरो मन एकदमै छोयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “के तँलाई तेरा काँधका बोझहरू, तँलाई दिइएको आज्ञा, र तेरो जिम्‍मेवारीबारे थाहा छ? ऐतिहासिक मिसनप्रतिको तेरो बोध कहाँ छ? अर्को युगको मालिकको भूमिका तैँले कसरी राम्ररी निर्वाह गर्नेछस्? के तँसँग मालिक हुनुको प्रबल भावना छ? यावत् थोकको मालिकबारे कसरी व्याख्या गरिनुपर्छ? के त्यो साँच्‍चै सारा जीवित प्राणीहरू अनि संसारका सारा भौतिक कुराहरूको मालिक हो? कामको अर्को चरणको प्रगतिका लागि तँसँग के-के योजनाहरू छन्? कति जना मानिसहरू तँद्वारा गोठालो गरिन तेरो प्रतीक्षा गरिरहेका छन्? के तेरो कार्य गह्रौँ छ? तिनीहरू दरिद्र, दयनीय, अन्धा छन्, र तिनीहरू असमञ्जसमा छन्, अन्धकारमा बिलौना गरिरहेका छन्—मार्ग कहाँ छ? धेरै वर्षदेखि मानिसलाई दमन गरेका अन्धकारका शक्तिहरूलाई, उल्काजस्तै गरी अचानक तल झरेर हटाओस् भनी ती मानिसहरू ज्योतिका लागि कति तृष्णा गर्छन्। तिनीहरू त्यसका लागि बेचैनीका साथ आशा गर्छन् र दिन-रात तृष्णा गर्छन्—यो कुरा कसले पूर्ण रूपमा जान्‍न सक्छ र? ज्योति चम्‍केर गुज्रने दिनमा समेत, गहन रूपमा कष्ट भोगिरहेका यी मानिसहरू कालकोठरीमा रिहाइको कुनै आशाविना बन्दी नै रहिरहन्छन्; तिनीहरूले कहिले बिलौना गर्न छोड्नेछन्? कहिल्यै विश्राम नपाएका यी नाजुक आत्माहरूको दुर्भाग्य भयानक छ, अनि निर्दयी बन्धनहरू र जमेको इतिहासद्वारा तिनीहरूलाई यो स्थितिमा बन्धनमा राखिएको धेरै भइसकेको छ। अनि तिनीहरूको बिलौनाको आवाज कसले सुनेको छ र? तिनीहरूको दुखी स्थिति कसले देखेको छ र? परमेश्‍वरको हृदय कति दुखी र बेचैन छ भनी के तैँले कहिल्यै विचार गरेको छस्? उहाँले आफ्‍नै हातले सृष्टि गर्नुभएको निर्दोष मानवजातिले त्यस्तो सास्ती भोगेको देख्दा उहाँ कसरी सहन सक्‍नुहुन्छ? आखिर, मानवजाति विषाक्त पारिएका पीडितहरू नै त हुन्। र मानवजाति आजको दिनसम्‍म बाँचेको भए तापनि, मानवजातिलाई धेरै पहिले नै दुष्टले विषाक्त पारिएको छ भन्‍ने कुरा कसले थाहा पाएको छ र? के तैँले तँ पीडितहरूमध्येको एक होस् भन्‍ने बिर्सिस्? के परमेश्‍वरप्रतिको तेरो प्रेमका कारण, यी सबै बाँचेकाहरूलाई मुक्ति दिनका निम्ति लागिपर्न तँ इच्‍छुक छैनस्? के तँ मानवजातिलाई आफ्‍नै मासु र रगतजस्तै प्रेम गर्नुहुने परमेश्‍वरलाई प्रतिदान गर्नका निम्ति आफ्‍नो सारा सामर्थ्य अर्पण गर्न इच्‍छुक छैनस्? तेरो असाधारण जीवन जिउनका लागि परमेश्‍वरद्वारा प्रयोग गरिनुलाई तँ ठ्याक्कै कसरी बोध गर्छस्? के तँसँग एक भक्त, परमेश्‍वरको सेवा गर्ने व्यक्तिको अर्थपूर्ण जीवन जिउने अठोट र आस्था साँच्‍चै छ त?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले तेरो भविष्यको मिसनलाई कसरी सम्हाल्नुपर्छ?)। परमेश्‍वरका वचनहरूको यो खण्ड पढेपछि, मलाई लाज लाग्यो। मेरो देश, नेपालमा, अझै पनि धेरै मानिसहरू छन् जसले परमेश्‍वरको मुक्ति पाएका छैनन्। उनीहरू शैतानको शक्तिमुनि चरम कष्टमा बाँचिरहेका छन्, र कुनै आशा देख्न सक्दैनन्। आखिरी दिनहरूमा, परमेश्‍वर मानवजातिलाई मुक्ति दिन देहधारी हुनुभयो, र परमेश्‍वर मानिसले उहाँको आवाज सुन्न र सृष्टिकर्ताको मुक्ति पाउन सृष्टिकर्ताको छेउमा फर्कन सकून् भन्ने आशा गर्नुहुन्छ। परमेश्‍वरले मलाई अन्धकारबाट ज्योतिमा ल्याएर अनुग्रह देखाउनुभयो, जसले गर्दा मैले उहाँको आवाज सुन्न सकेँ, त्यसैले धेरै मानिसहरूलाई परमेश्‍वरको सुसमाचार प्रचार गर्ने मेरो एउटा जिम्मेवारी थियो। यदि म अष्ट्रेलियामा पढ्न गएको भए, त्यहाँ पढाइको दबाब धेरै हुने थियो, र म भेलाहरूमा भाग लिन र आफ्नो कर्तव्य निर्वाह गर्न सक्छु कि सक्दिनँ भन्नेमा शङ्का हुन्थ्यो। के मैले संसारिक भविष्य पछ्याउन सत्यता प्राप्त गर्ने र मुक्ति पाउने यो मौका गुमाउनु हुन्छ र? त्यस माथि, महाविपत्तिहरू सुरु भइसकेका छन्, र विश्व युद्धहरू कुनै पनि बेला सुरु हुन सक्छन्, तर धेरै मानिसहरूलाई अझै पनि परमेश्‍वरको नयाँ कामका बारेमा थाहा छैन। यदि मैले आफ्नो भविष्यको बारेमा मात्रै चिन्ता गरेँ भने, म पूर्ण रूपमा विवेकहीन हुने थिएँ! यो सोचेर, मैले अष्ट्रेलियामा पढ्ने अवसर त्याग्ने, र बरु सत्यता पछ्याउने र आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने निर्णय गरेँ।

म अहिले दुई वर्षदेखि मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्दै आइरहेको छु, र आफ्नो कर्तव्यका दौरान, मैले पहिले नबुझेका धेरै सत्यताहरू बुझ्न पुगेको छु। हरेक दिन, म परमेश्‍वरका वचनहरू खाने र पिउने अनि आफ्नो कर्तव्य निर्वाह गर्ने गर्छु, र म धेरै परिपूर्ण जीवन बिताउँछु। मैले सृजित प्राणीको कर्तव्य पूरा गर्न सक्नु नै अर्थपूर्ण जीवन जिउने एकमात्र तरिका हो भन्ने अनुभव गरेको छु। सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद होस्!

अर्को: मेरो छनौट

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मेरो छनौट

शारा, फिलिपिन्समेरो आमाबुबा म सानै छँदा बित्नुभयो, र मेरा दुई दिदी र म सानैदेखि हजुरआमासँग बस्यौँ, र हामीलाई प्रभु येशूको सुसमाचार...

पढाइ छोड्दा

म सानो छँदादेखि नै मेरा आमाबुबाले मलाई हाम्रो छोरा छैन, अनि तँ र तेरी बहिनी गरी दुइटी छोरी मात्र छौ, त्यही भएर हामीलाई परिवारको सामना गर्न...

म यो रोजाइमा कहिल्यै पछुताउने छैन

सानैबेलादेखि म राम्रो अङ्क ल्याउँथेँ अनि क्लास टेस्टहरूमा प्राय: सबैभन्दा बढी अङ्क पाउँथेँ। परीक्षाको नतिजा प्रकाशित हुँदा, मेरो नाम र फोटो...

एक अविस्मरणीय निर्णय

बाइ याङ, चीनम १५ वर्षकी हुँदा मेरा बुबा अचानक रोग लागेर बित्नुभो। मेरी आमा यो झट्का सहन नसकेर थला पर्नुभयो। हामीलाई कठिनाइमुक्त पार्नुपर्ने...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्