आफ्नो कर्तव्यमा मिहिनेत नगर्दा मलाई नै हानि भयो

17 डिसेम्बर 2024

ओवेन, स्पेन

सन् २०१८ मा, म मण्डलीमा भिडिओ निर्माताका रूपमा काम गर्दै थिएँ। सुरुमा, म प्राविधिक सीप र विभिन्न सिद्धान्तसँग परिचित नभएकाले, मैले कडा अध्ययन गरेँ र सम्बन्धित सीपहरूमा पोख्त हुने प्रयास गरेँ। केही समयपछि, मेरो प्राविधिक क्षमतामा धेरै सुधार आयो अनि मलाई टोली अगुवा छनोट गरियो। म निकै उत्साहित थिएँ र आफ्नो कर्तव्य पूरा गर्न कडा मिहिनेत गर्न पूर्ण रूपले तत्पर थिएँ। पछि, एउटा जटिल भिडिओ प्रोजेक्टमा समस्या देखा पर्‍यो, र मेरो अगुवाले मलाई त्यसको अनुगमन गर्न र समस्या सुल्झाउन पठाउनुभयो। जटिल कार्यप्रक्रिया र मेरो प्राविधिक सीपको कमीका बाबजुद, मैले सुरुमा समाधान निकाल्न ब्रदर-सिस्टरहरूसँग मिलेर काम गरेँ। तर केही समयको कडा मिहिनेतपश्चात कामहरू सहज रूपमा चल्न थालेपछि अनि मेरो आफ्नै प्राविधिक सीपमा सुधार आएपछि, मैले अल्छी गर्न थालेँ। मैले मनमनै सोचेँ, “यो प्रोजेक्ट अझै पनि पूर्णतः राम्रोसँग चलिरहेको नहुन सक्छ, तर पहिलेभन्दा धेरै राम्रो छ। मैले केवल अहिलेकै अवस्थामा कामकुरालाई चलाइराखे पुग्छ। त्यति धेरै सोधखोज गरिरहनु पर्दैन। सधैँ तनावमा बस्नु अत्यन्तै थकाइलाग्दो कुरा हो।” त्यसपछि, मैले बिरलै नयाँ सीपहरूबारे अध्ययन गरेँ र थप प्राविधिक सीपहरूको सिकाइलाई बेवास्ता गरेँ। केही पटक, मैले बनाएका भिडिओहरूमा समस्याहरू आए अनि अरूले मलाई मेरो सीप सुधार गर्न सल्लाह दिए। तिनीहरू सही छन् भन्ने थाहा भए पनि, मैले मनमनै सोचेँ, “मसँग पहिल्यै पर्याप्त काम छ। यदि मैले अध्ययनका लागि अझ धेरै समय थपेँ भने—त्यो कति थकाइलाग्दो होला भन्ने कुरा त छँदै छ—यो अतिरिक्त समय र ऊर्जा खर्च गरेर पनि मेरा नतिजाहरूमा खासै सुधार आएनन् भने के गर्ने? के त्यो सबै अतिरिक्त काम व्यर्थ हुँदैन र?” त्यसैले मैले अरूको सल्लाहमा ध्यानै दिइनँ। त्यसपछि, मेरो अगुवाले हाम्रो कामको प्रगति सुस्त भएको याद गर्नुभयो र मलाई समस्या के हो भनी पत्ता लगाउन भन्नुभयो। मेरो सहकर्मीले मलाई यो समस्या समाधान गर्न बारम्बार सम्झाए। त्यतिबेला, म अलिकति प्रतिरोधी भएँ। मैले सोचेँ, “हाम्रो कामको प्रगति सुस्त हुन सक्छ, तर हामी पहिलेभन्दा राम्रा नतिजाहरू पाइरहेका छौँ। हामीले यसमा हतार गर्नु हुँदैन।” तर भित्री मनमा मलाई थाहा थियो, यदि मैले कामलाई अझ बढी ध्यानपूर्वक केलाएर योजना बनाएँ भने, कामको दक्षतामा सुधार ल्याउन अझै धेरै ठाउँ छ। तर हरेक पटक आफूमाथि पहिल्यैदेखिको कामको तनाव र यस काममा अझ बढी समय खर्चनु कति थकाइलाग्दो होला भनेर सोच्दा, म यसलाई पछि सारिरहन्थेँ। पछि, मेरो अगुवाले मसँग थप दुई पटक यो समस्याको कुरा उठाउनुभयो, र आफ्नो प्रतिष्ठाको चिन्ताले गर्दा, मैले तब मात्र अनिच्छापूर्वक स्थितिको समीक्षा गरेजस्तो गरेँ। तर अन्ततः मैले अझै पनि उपयुक्त समाधान फेला पार्न सकिनँ।

त्यसपछि, म टोलीको काममा ध्यान दिन वा अझ राम्रो गर्नका लागि मूल्य चुकाउन तत्पर भइनँ। खाली समय हुँदा, म केवल आराम गर्न चाहन्थेँ, अनि लगातार केही पटक त धेरै बेरसम्म सुतेर हाम्रो काममा ढिलाइ समेत गरेँ। सानातिना कामको सिलसिलामा बाहिर जाँदा, म कहिलेकाहीँ बाहिरै अलमलिन्थेँ र केही समयका लागि आफ्नो कर्तव्यबाट पन्छिन्थेँ। हाम्रो कामको फुर्सदको समयमा पनि, मैले आफ्नो सीप कसरी सुधार गर्ने भनेर सोचिनँ, बरु मौका पाउँदा आराम नै गरेँ। यसरी नै, म झन्-झन् अल्छी हुँदै गएँ, र कामको अनुगमन र बाँडफाँड गर्दा केवल औपचारिकता पूरा गरेँ। मैले अरूलाई उनीहरूको काममा भएका विचलनहरूको सारांश निकाल्न लगभग कहिल्यै मद्दत गरिनँ, र समस्याहरू आउँदा ती कसरी समाधान गर्ने भन्ने कुरामा मैले ध्यान नै दिन चाहिनँ। फलस्वरूप, स्पष्ट रूपमा समयभन्दा अगावै सिध्याउन सकिने भिडिओहरूमा पनि हामीले अन्ततः ढिलाइ गर्न गर्‍यौँ। त्यस समयमा, मैले बनाएका भिडिओहरूमा निरन्तर समस्याहरू आइरहे अनि मेरो टोलीका कुनै पनि ब्रदर-सिस्टरहरूको काममा सुधार आएन। काममा अलिकति मात्र कठिनाइ आउँदा पनि सबैजना गनगन गर्थे। म सङ्गतिमार्फत यो समाधान गर्न असफल मात्र भइनँ, बरु म आफै पनि यो गुनासोमा गर्न थालेँ। म वास्तविक काम गर्न असफल भएकाले र अगुवा र कामदारहरूले मसँग कैयौँ पटक सङ्गति गरेपछि पनि सुधार नल्याएकाले, मलाई चाँडै बर्खास्त गरियो। मलाई धेरै नराम्रो लाग्यो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरी आत्मचिन्तन गरेँ।

एक दिन, मैले आफ्नो आत्मिक भक्तिको समयमा परमेश्‍वरका वचनहरूमा यसो भनिएको देखेँ: “कतिपय मानिसहरू, आफ्‍नो कर्तव्य निर्वाहमा कुनै पनि कष्ट सहन अनिच्छुक हुन्छन्, र समस्या सामना गर्नेबित्तिकै, तिनीहरू त्यो अति कठिन छ भनेर गुनासो गर्छन् र मूल्य चुकाउन मान्दैनन्। यो कस्तो प्रकारको मनोवृत्ति हो? यो झाराटारुवा मनोवृत्ति हो। यदि तँ झारा टार्ने तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्छस्, र त्यसलाई अनादरपूर्ण मनोवृत्तिले सम्हाल्छस् भने, त्यसको नतिजा के हुनेछ? तैँले आफूले राम्ररी निर्वाह गर्न सक्ने कर्तव्यमा समेत राम्रो गर्न सक्नेछैनस्—तेरो कार्यप्रदर्शन मानकअनुरूप हुनेछैन, र तेरो कर्तव्यप्रतिको तेरो मनोवृत्तिसँग परमेश्‍वर निकै असन्तुष्ट हुनुहुनेछ। यदि तँ परमेश्‍वरलाई प्रार्थना गर्न, सत्यता खोज्न, र त्यसमा आफ्नो सम्पूर्ण हृदय र मन लगाउन सक्छस् भने, यदि तँ यसरी सहकार्य गर्न सक्छस् भने, परमेश्‍वरले तेरा लागि सबै कुरा पहिले नै तयार गर्नुहुनेछ, ताकि तैँले मामिलाहरू सम्हाल्दा सबै कुरा ठिकठाक मिलोस् र त्यसले राम्रा परिणामहरू फलाओस्। तैँले धेरै ऊर्जा खर्च गर्नु आवश्यक पर्नेछैन; जब तँ सहकार्य गर्न सक्दो प्रयास गर्छस्, तब परमेश्‍वर तेरा लागि सबै कुरा प्रबन्ध गर्नुहुन्छ। यदि तँ धूर्त छस् र सुस्ताउँछस् भने, यदि तँ आफ्नो कर्तव्य राम्ररी पूरा गर्दैनस् र सधैँ गलत मार्गमा जान्छस् भने, परमेश्‍वरले तँमा काम गर्नुहुनेछैन; तैँले यो अवसर गुमाउनेछस्, र परमेश्‍वरले यसो भन्‍नुहुनेछ, ‘तँलाई प्रयोग गर्ने कुनै उपाय छैन। जा, पाखा लाग्। तँलाई छली हुन र सुस्ताउन मन पर्छ, होइन त? तँलाई अल्छे हुन, र आराममा लिप्त हुन मन पर्छ, होइन त? ठिकै छ, अब सधैँभरी आराममा लिप्त हो!’ परमेश्‍वरले यो अनुग्रह र अवसर अर्को कुनै व्यक्तिलाई दिनुहुनेछ। तिमीहरू के भन्छौ: यो हानि हो कि लाभ हो? (हानि।) यो ठूलो हानि हो!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले आफू टोली अगुवा हुँदाको समय सम्झिएँ। मैले के देखेँ भने, म त ठ्याक्कै परमेश्‍वरका वचनहरूले खुलासा गरेजस्तै रहेछु। म आफ्नो कर्तव्यप्रति उदासीन, गैरजिम्मेवार, झाराटारुवा, र चिप्ले थिएँ। पहिलो पटक टोली अगुवाका रूपमा काम गर्न थाल्दा, मैले समय र मिहिनेत लगाएको थिएँ, तर मेरो सीपमा सुधार आएपछि र केही नतिजा हासिल गरेपछि, म आत्मसन्तुष्ट भएँ, पुराना सफलताले नै तृप्त भएँ अनि सधैँ देहलाई खुसी पार्नतिर लागेँ। मैले कसरी आराम गर्ने र सहज रूपमा जिउने भन्नेबारे मात्र सोचेँ। कामलाई अझ राम्रो बनाउन म यसमा मिहिनेत गर्न वा मूल्य चुकाउन तत्पर थिइनँ। समस्याहरू छन् भन्ने स्पष्ट देख्दा पनि मैले ती तुरुन्तै समाधान गरिनँ, र अरूले औँल्याउँदा पनि तिनलाई बेवास्ता गरेँ। टोली अगुवाका रूपमा, टोलीका अरू सदस्यहरूले आफ्ना समस्याहरूबारे गुनासो गरिरहेको देख्दा, म तिनीहरूका समस्याहरू समाधान गर्न सत्यताको सङ्गति गर्न असफल मात्र भइनँ, बरु म आफै पनि होमा हो मिलाउँदै तिनीहरूसँग सहमत भएँ। भिडिओको काम जति नै ढिलो भए पनि वा ब्रदर-सिस्टरहरूलाई जति नै समस्या भए पनि, त्यससँग मेरो कुनै सरोकार नै नभएजस्तो लाग्थ्यो। म केवल शारीरिक सुखभोगको आनन्द लिन र आफूलाई थकाउनबाट जोगिन चाहन्थेँ। फलस्वरूप, हामीले बनाएका भिडिओहरूमा निरन्तर समस्याहरू देखा परिरहे, जसले भिडिओको कामको प्रगतिमा गम्भीर ढिलाइ गरायो। म मेरो देहको आराम र सहजताका लागि, एउटा अत्यन्तै महत्त्वपूर्ण कर्तव्यसँग खेलबाड गरिरहेको थिएँ; मैले जानीबुझी झाराटारुवा तरिकाले काम गर्ने, परमेश्‍वरलाई धोका दिने र अरूलाई मूर्ख बनाउने दुस्साहस गरेँ। मेरो परमेश्‍वरको डर मान्‍ने हृदय कहाँ थियो? परमेश्‍वर कर्तव्यप्रतिको यस्तो मनोवृत्तिलाई तिरस्कार र घृणा गर्नुहुन्छ। आफ्नो काममा भएका सबै समस्याहरूलाई फर्केर हेर्दा, यदि मैले समय मात्र दिएको भए र मूल्य चुकाएको भए, परिस्थिति त्यति धेरै बिग्रने थिएन। तर म अल्छी थिएँ अनि दुःख भोग्न वा थकित हुन चाहन्नथेँ। फलस्वरूप, मैले भिडिओको कामलाई हानि पुर्‍याएँ। म एकदमै स्वार्थी र घृणास्पद थिएँ, अनि ममा मानवता नै थिएन! म यति धेरै पतन भएको र बिग्रिसकेको रहेछु, तर मैले त्यसको पत्तोसमेत पाएको थिइनँ। परमेश्‍वरले मेरा लागि सम्झौटाहरू योजनाबद्ध गर्नुभएको थियो, तैपनि मैले चिन्तन र पश्चात्ताप गरिनँ। म कसरी यति धेरै संवेदनहीन र हठी हुन सकेको? यी सबै कुरा बुझेपछि, मलाई धेरै दोषी र दुःखी महसुस भयो। यति धेरै गैरजिम्मेवार भएकाले र ममा मानवता नभएकाले, म साँच्चै नै अगुवा हुन लायक थिइनँ। मलाई बर्खास्त गरिनु मेरै गल्ती थियो।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड देखेँ: “तिनीहरूलाई केही कुरा भनियो वा तिनीहरूलाई केही कुरा सुम्पिइयो भने—चाहे त्यो अगुवा, कामदार वा माथिबाट आएको होस्—जिम्मेवारीबोध भएका मानिसहरू सधैँ यस्तो सोच्छन्, ‘तिनीहरू मलाई राम्रो मान्छन्, त्यसैले मैले यो काम राम्ररी सम्हाल्नैपर्छ र तिनीहरूलाई निराश पार्नु हुँदैन।’ के तैँले विवेक र समझ भएका यस्ता मानिसहरूलाई कुनै काम सुम्पेर ढुक्क महसुस गर्नेथिइनस् र? तैँले कुनै काम सुम्पन सक्ने मानिसहरू निश्चय नै तँलाई मन पर्ने र भरोसायोग्य लाग्नेहरू नै हुन्। विशेष गरी, यदि तिनीहरूले तेरा लागि केही काम सम्हालेका छन् र ती एकदमै इमानदारी साथ र तेरा मागहरू पूर्ण रूपमा पूरा गर्ने गरी गरेका छन् भने, तँलाई तिनीहरू भरोसायोग्य लाग्‍नेछन्। तैँले हृदयमा तिनीहरूको निकै प्रशंसा र आदर गर्नेछस्। मानिसहरू यस्ता व्यक्तिसँग सङ्गत गर्न रुचाउँछन्, झन् परमेश्‍वरले नरुचाउने त कुरै आउँदैन। के तिमीहरूलाई परमेश्‍वर मण्डलीको काम र मान्छेले निर्वाह गर्नुपर्ने कर्तव्य भरोसायोग्य नभएको कुनै व्यक्तिलाई सुम्पन इच्छुक हुनुहुनेछ भन्‍ने लाग्छ? (अहँ, उहाँले सुम्पनुहुनेछैन।) जब परमेश्‍वरले मण्डलीको एउटा काम गर्न कुनै व्यक्तिलाई खटाउनुहुन्छ, तब उहाँ त्यस व्यक्तिबाट के अपेक्षा गर्नुहुन्छ? पहिलो, परमेश्‍वर ऊ लगनशील र जिम्मेवार होस्, उसले त्यस कामलाई ठूलो मामिला ठानेर त्यहीअनुरूप सम्हालोस्, र राम्रोसँग गरोस् भन्‍ने आशा गर्नुहुन्छ। दोस्रो, परमेश्‍वर ऊ भरोसायोग्य व्यक्ति होस्, जति समय बिते पनि, र वातावरण जसरी परिवर्तन भए पनि, उसको जिम्मेवारीबोध नडगमगाओस्, र परीक्षामा उसको निष्ठा खरो उत्रियोस् भन्‍ने आशा गर्नुहुन्छ। यदि ऊ भरोसायोग्य व्यक्ति हो भने, परमेश्‍वर आश्‍वस्त हुनुहुनेछ, र उहाँले उप्रान्त यस मामिलामा सुपरिवेक्षण वा अनुगमन गर्नुहुनेछैन। किनभने उहाँ हृदयदेखि उसलाई भरोसा गर्नुहुन्छ, र उसले आफूलाई दिइएको काम कुनै गल्ती नगरी पूरा गर्ने पक्का हुन्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८))। परमेश्‍वरका वचनहरूमार्फत, मैले के थाहा पाएँ भने, साँचो मानवता भएको व्यक्ति आफ्नो कर्तव्यमा जिम्मेवार हुन्छ, परमेश्‍वरको छानबिन स्वीकार गर्न सक्छ, र आफू जुनसुकै परिस्थितिमा भए पनि आफ्नो कर्तव्यमा अडिग रहन सक्छ, ठ्याक्क सिद्धान्तहरूअनुसारै आफ्नो जिम्मेवारी र बफादारी पूरा गर्न सक्षम हुन्छ। हामीले हाम्रा कर्तव्यहरूमा राख्नुपर्ने मनोवृत्ति यही हो। मण्डलीले मलाई भिडिओको कामको जिम्मेवारी सुम्पेको हुनाले, मैले कम्तीमा पनि आफूले गर्न सक्ने कुरा आफ्नो क्षमताले भ्याएसम्म गर्नुपर्थ्यो, र हाम्रो काम सामान्य रूपमा अघि बढोस् भनी सुनिश्चित गर्न काममा आइपरेका समस्या र कठिनाइहरूलाई समयमै पहिचान गरी समाधान गर्नुपर्थ्यो। मैले यो कर्तव्य सम्हाल्दा सहजै प्रतिज्ञा त गरेँ तर पछि, अरूले मलाई बारम्बार घचघच्याउँदा र अर्ती दिँदा पनि मैले आफ्नै आराम र सुबिस्ताको मात्र वास्ता गरेँ र कुनै वास्तविक काम गर्दै गरिनँ। मसँग “टोली अगुवा” को पदवी त थियो तर मैले कुनै काम पूरा गरिनँ, अनि म आफूले पूरा गर्नुपर्ने न्यूनतम जिम्मेवारीसमेत पूरा गर्न असफल भएँ। फलस्वरूप, मैले मण्डलीको भिडिओको काममा ढिलाइ गराएँ। ममा साँच्चै मानवताको कमी थियो र म भरोसायोग्य थिइनँ! मेरो काम गराइका आधारमा त, मलाई धेरै पहिले नै हटाइनुपर्थ्यो। त्यस टोलीमा रहेर कर्तव्य निर्वाह गरिरहन पाउनु त परमेश्‍वरको कृपा र सहनशीलताले गर्दा मात्र सम्भव भएको थियो। त्यतिबेला, मैले सोचेँ, “मैले यो अवसरको कदर गर्नुपर्छ र आफ्नो कर्तव्यमा सक्दो प्रयास गर्नुपर्छ।” त्यसपछि, म आफ्नो कर्तव्यको वर्तमान अवस्थामै सन्तुष्ट हुन छाडेँ र हरेक दिन आफूलाई खटाइएका भिडिओहरूको काम पूरा गर्नुका साथै, मैले आफ्नो दक्षता बढाउने उपायहरू खोजिरहेँ, हाम्रा समस्या र विचलनहरू पहिचान गरेँ, र तीबारे समयमै टोली अगुवालाई रिपोर्ट गरेँ। मैले अरू सबैसँग समस्याहरू समाधान गर्ने उपायहरूबारे पनि छलफल गरेँ। यसरी काम गर्दा धेरै थकाइ लागे पनि, आफूले आफ्ना केही जिम्मेवारी पूरा गरेको छु भन्ने जानेर मलाई धेरै शान्ति र चैन महसुस भयो।

त्यसको केही समयपछि नै, मण्डली अगुवाले ममा केही परिवर्तन आएको देखेर मलाई एउटा भिडिओ प्रोजेक्टको रेखदेख गर्ने जिम्मेवारी सुम्पिनुभयो। मैले यो कर्तव्य निर्वाह गर्ने अवसरको कदर गरेँ र म यसमा आफ्नो सक्दो प्रयास गर्न चाहन्थेँ। म हरेक दिन सक्रिय रूपमा कामको अनुगमन गर्थेँ र हाम्रो काममा भइरहेका विचलनहरूको सारांश निकाल्थेँ। समस्याहरू देख्दा, म तुरुन्तै ती समाधान गर्ने उपाय खोज्थेँ, र समाधान गर्न नसक्दा, टोली अगुवासँग तीबारे सल्लाह र छलफल गर्थेँ। तर केही समयपछि, जब हामीले हाम्रो काममा केही नतिजा हासिल गर्‍यौँ र मेरो सीपमा सुधार आयो, मेरो पुरानो अल्छीपन बिस्तारै फर्केर आयो। मैले सोचेँ, “आजभोलि त काम पूर्ण रूपमा समयतालिकाअनुसार नै अघि बढिरहेको छ र कुनै ठूला समस्याहरू छैनन्। मैले अलि आराम गर्नुपर्छ। मैले हरेक दिन यति धेरै काम गरेँ र यति धेरै चिन्ता लिएँ भने, अन्ततः यो मैले सम्हाल्न सक्नेभन्दा धेरै हुनेछ।” यस्तो सोच्नेबित्तिकै म सुस्त भएँ, अनि फेरि औपचारिकता मात्र पूरा गर्न थालेँ, मैले आफ्नो सीप सुधार्ने वा समस्या र विचलनहरू समाधान गर्नेबारे सोच्न छाडिदिएँ, र ब्रदर-सिस्टरहरूसँग उनीहरूको कामको अवस्थाबारे सोधखोज गर्ने झन्झटसमेत गरिनँ। फुर्सद हुँदा, म केवल आराम गर्न चाहन्थेँ र कहिलेकाहीँ काम गर्दा वा प्राविधिक सीपहरू अध्ययन गर्दा समय बिताउन रमाइला भिडिओ वा नाटकहरू हेर्थेँ। फलस्वरूप, समयभन्दा अगाडि नै पूरा हुन सक्ने भिडिओहरू रोकिए र हाम्रो कामका नतिजाहरू बिग्रिन थाले। ती दिनहरूमा, म पूरै रनभुल्ल परेको र अन्योलग्रस्त भएको थिएँ। परमेश्‍वरका वचनहरू पढ्दा मैले कुनै ज्योति प्राप्त गरिनँ र आफूभित्र अन्धकार फैलिरहेको महसुस गरेँ। साथै, मैले परमेश्‍वरलाई प्रार्थना गर्दा उहाँको उपस्थिति महसुस गर्न सकिनँ। यसरी अघि बढिरहनु खतरनाक छ भन्ने थाहा भएर पनि, म अझै आफूलाई नियन्त्रण गर्न सकिनँ र मलाई साँच्चै नै पीडा र सास्ती महसुस भयो। त्यतिखेर, मैले संयोगवश परमेश्‍वरका वचनहरूको एउटा खण्ड देखेँ: “यदि विश्‍वासीहरू तिनीहरूका बोलीवचन र आचरणमा गैरविश्वासीहरू जतिकै लापरवाह र असंयमित छन् भने, तिनीहरू गैरविश्‍वासीहरूभन्दा पनि दुष्ट छन्; दुष्ट पिशाचका असली नमुना हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। मलाई परमेश्‍वरका वचनहरूले सिधै मलाई नै खुलासा गरिरहेजस्तो लाग्यो। मैले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको थिएँ, तैपनि म आफ्ना कर्तव्यहरूमा ध्यान दिन असफल भएँ र मैले काम गर्नुपर्ने बेलामा फुर्सद खोजेँ, अनि मैले रत्तीभर इमानदारी देखाइनँ। लौकिक संसारमा मानिसले आफ्नो कम्पनीले बनाएका नियमहरू पालन गर्नुपर्छ, र काममा हुँदा अल्छी नगरी लगनशीलताका साथ काम गर्नुपर्छ। तर मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्दा, ममा आधारभूत जिम्मेवारीबोधसमेत थिएन, र म आफ्नो देहलाई सन्तुष्ट पार्नकै लागि आफ्नो कर्तव्यलाई सहजै पन्छाउँथेँ। मैले जस्तो छाडा र अनियन्त्रित व्यवहार गरेको थिएँ, त्यस आधारमा म कसरी इसाई कहलिन लायक थिएँ र? म आफ्नो कर्तव्यमा राम्ररी श्रम गर्न समेत सक्दिनथेँ, झन् मानकअनुरूप आफ्नो कर्तव्य निर्वाह गर्नु त परै जाओस्। आफ्नो देहलाई खुसी पार्नतिर लागेकामा मलाई आफैप्रति घृणा लाग्यो—ममा किन यसविरुद्ध विद्रोह गर्ने अलिकति पनि सङ्कल्प थिएन? मैले मुख्यभूमि चीनमा रहेका मेरा ब्रदर-सिस्टरहरूलाई सम्झेँ, जो आफ्ना कर्तव्यहरू त्याग्नुको साटो सिसिपिको गिरफ्तारी र यातना भोग्ने जोखिम मोल्छन्, तर म भने चीनबाट भागेर एउटा स्वतन्त्र र लोकतान्त्रिक देशमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको थिएँ, र म आफ्नो काममा अलिकति बढी ध्यान दिन वा मूल्य चुकाउन समेत इच्छुक थिइनँ। म पूर्ण रूपमा एउटा निकम्माजस्तो व्यवहार गरिरहेको थिएँ—ममा रत्तीभर पनि मर्यादा वा चरित्र थिएन। मैले यसबारे जति धेरै सोचेँ, ब्रदर-सिस्टरहरूको अगाडि पर्न मलाई त्यति बढी लाजमर्दो भयो, झन् परमेश्‍वरको अगाडि पर्नु त परै जाओस्। अनि मैले चिन्तन गर्न थालेँ, “आफ्नो देहलाई खुसी पार्न खोज्दा र आफ्ना कर्तव्यहरूबाट पन्छिँदा म पहिले नै एकपटक असफल भइसकेको छु। मैले आफ्ना अघिल्ला गल्तीहरूबाट किन पाठ सिकिनँ? म आफ्नो काममा किन यति धेरै अस्थिर र चञ्चल छु?” मैले आफ्नो समस्याको मूल कारण पत्ता लगाउन सकूँ भनेर मलाई अन्तर्दृष्टि र ज्योति दिनुहोस् भनी परमेश्‍वरलाई बारम्बार प्रार्थना गरेँ।

एक दिन, मैले परमेश्‍वरका वचनहरूका यी खण्डहरू देखेँ: “मानिसहरू किन जिउँदो लासझैँ सधैँ अनुशासनहीन र अल्छी हुन्छन्? यो तिनीहरूको प्रकृतिको मामिलासँग जोडिएको छ। मानव प्रकृतिमा एक प्रकारको आलस्य हुन्छ। मानिसहरूले जुनसुकै काम गरिरहेका भए पनि, तिनीहरूलाई निरीक्षण गर्ने र झकझकाउने कोही न कोही व्यक्ति सधैँ चाहिन्छ। कहिलेकाहीँ मानिसहरूले देहको ख्याल गर्छन्, भौतिक सहजताको तृष्णा गर्छन्, र सधैँ आफ्‍ना लागि केही कुरा जोगाइराख्छन्—यी मानिसहरू दुष्ट अभिप्राय र धूर्त योजनाहरूले भरिपूर्ण हुन्छन्; यिनीहरू साँच्‍चै खत्तम हुन्छन्। तिनीहरूले जुनै महत्त्वपूर्ण कर्तव्य निभाइरहेका भए पनि, सधैँ आफूले सक्‍नेभन्दा कम नै गर्छन्। तिनीहरू गैरजिम्मेवार छन् र तिनीहरूमा बफादारी छैन। आज मैले तिमीहरूलाई काममा निष्क्रिय नहुन भनी सम्झाउन यी कुराहरू बताएको छु। म जे भन्छु तिमीहरूले त्यसलाई पालना गर्न सक्नैपर्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२६))। “झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन्, तर अधिकारीझैँ व्यवहार कसरी गर्ने भनी तिनीहरूलाई थाहा हुन्छ। अगुवा बनेपछि तिनीहरूले गर्ने पहिलो कुरा के हो? त्यो मानिसहरूको निगाह किन्‍नु हो। तिनीहरूले ‘नयाँ अधिकारीहरू आफ्नो प्रभाव छोड्न साह्रै उत्सुक हुन्छन्’ भन्‍ने शैली अपनाउँछन्: सुरुमा तिनीहरूले मानिसहरूलाई रिझाउन केही कार्यहरू गर्छन् र सबैजनाका दैनिक सुख-सुविधाहरू सुधार्ने केही कामकुराहरू सम्हाल्छन्। तिनीहरूले सुरुमा मानिसहरूमा राम्रो छाप छोड्ने, आफू जनमतको पक्षमा छु भनेर देखाउने प्रयास गर्छन्, ताकि सबैले तिनीहरूको तारिफ गरून् र ‘यो अगुवाले हामीप्रति आमाबुबाले जस्तै व्यवहार गर्छ!’ भनेर भनून्! त्यसपछि तिनीहरूले आधिकारिक रूपमै पद हातमा लिन्छन्। तिनीहरूले धेरैजसो मानिसहरूको साथ पाएको र तिनीहरूको पद सुरक्षित भएको महसुस गर्छन्; त्यसपछि तिनीहरू हैसियतका फाइदाहरूको आनन्द उठाउन थाल्छन्, मानौँ तिनीहरू तिनका हकदार हुन्। तिनीहरूका आदर्श वाक्यहरू यस्ता हुन्छन्, ‘मीठो खानु र राम्रो लगाउनु नै जीवन हो,’ ‘जीवन छोटो छ, त्यसैले बल हुँदा नै यसको आनन्द लिनुपर्छ,’ अनि ‘आजको मद्य आजै पिऊ, भोलिको चिन्ता भोलि नै लिऊ।’ तिनीहरूले चिन्ता नलिई हरेक दिनको आनन्द उठाउँछन्, जतिसक्दो रमाइलो गर्छन्, र भविष्यका बारेमा कुनै विचार गर्दैनन्, अगुवाले के-कस्ता जिम्‍मेवारीहरू पूरा गर्नुपर्छ र के-कस्ता कर्तव्य निर्वाह गर्नुपर्छ भनेर तिनीहरूले विचार गर्नु त परै जाओस्। तिनीहरूले दिनचर्याका रूपमा केही शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्छन् र देखाउनका लागि एकदुई वटा काम गर्छन्—तिनीहरूले कुनै पनि वास्तविक काम गर्दैनन्। तिनीहरू मण्डलीका वास्तविक समस्याहरूलाई खोतलेर तिनलाई पूर्ण रूपमा समाधान गरिरहेका हुँदैनन्, त्यसैले तिनीहरूले त्यस्ता सतही कार्य गर्नुको अर्थ के हुन्छ? के यो छली हुँदैन र? के यस्तो झूटो अगुवालाई महत्त्वपूर्ण कार्यहरू सुम्पन मिल्छ? के तिनीहरू अगुवा र कामदारहरू छनौट गर्नेसम्‍बन्धी परमेश्‍वरको घरका सिद्धान्त र सर्तहरूअनुरूप हुन्छन्? (हुँदैनन्।) यी मानिसहरूमा कुनै विवेक वा समझ हुँदैन, तिनीहरूमा कुनै जिम्‍मेवारी बोध हुँदैन, तैपनि तिनीहरू अझै पनि मण्डलीमा कुनै आधिकारिक पदमा बस्ने, अगुवा बन्‍ने इच्छा राख्छन्—तिनीहरू किन यति धेरै निर्लज्ज हुन्छन्? जिम्‍मेवारीको बोध भएका कतिपय मानिसहरूका हकमा, यदि तिनीहरू कमजोर क्षमताका छन् भने, तिनीहरू अगुवा हुन सक्दैनन्—अनि कुनै जिम्‍मेवारी बोध नभएका निकम्मा मानिसहरूको त के कुरा गर्ने र! तिनीहरू त अगुवा बन्‍न झनै अयोग्य हुन्छन्। त्यस्ता खन्चुवा र आलसी झूटा अगुवाहरू कति अल्छी हुन्छन्? तिनीहरूले कुनै समस्या पत्ता लगाए पनि, र यो समस्या हो भन्‍ने तिनीहरूलाई थाहा भए पनि, तिनीहरू त्यसलाई गम्भीरतापूर्वक लिँदैनन् र ध्यानै दिँदैनन्। तिनीहरू कति गैरजिम्‍मेवार हुन्छन्! तिनीहरू कुरा गर्न सिपालु भए पनि र तिनीहरूमा थोरै क्षमता भएजस्तो देखिने भए पनि, तिनीहरू मण्डलीको कामका विविध समस्याहरू समाधान गर्न सक्दैनन्, जसले गर्दा काम ठप्प हुन्छ; समस्यामाथि समस्या थुप्रिरहन्छन्, तैपनि यी अगुवाहरूलाई यी कुराहरूका बारेमा कुनै चासो हुँदैन, र नित्यचर्याका रूपमा केही सतही कार्यहरू गर्नमा मात्र जोड दिन्छन्। अनि अन्तिम परिणाम के हुन्छ? के तिनीहरूले मण्डलीको काम भताभुङ्ग पार्दैनन्, र के तिनीहरूले त्यसलाई गन्जागोल गर्दैनन् र? के तिनीहरूले मण्डलीमा भद्रगोल र एकताहीनता उत्पन्‍न गर्दैनन् र? यो अपरिहार्य परिणाम हो(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८))। परमेश्‍वरका वचनहरू मनन गर्दा मैले के महसुस गरेँ भने, आफ्नो कर्तव्यमा आत्मसन्तुष्ट हुनु र अग्रसरताको कमी हुनुको कारण मेरो अल्छीपना र प्राकृतिक रूपमै आरामको लालसा गर्नु रहेछ। मेरो दिमाग “मीठो खानु र राम्रो लगाउनु नै जीवन हो,” “आजको मद्य आजै पिऊ, भोलिको चिन्ता भोलि नै लिऊ,” र “जीवन छोटो छ, त्यसैले आफ्नो ख्याल राख” जस्ता संसारसँग व्यवहार गर्ने शैतानी दर्शनहरूले भरिएको थियो। म यी शैतानी भ्रामक कुराहरूअनुसार जिएको थिएँ, र पृथ्वीको यस जीवनमा मैले मोजमज्जा गर्नुपर्छ भनी सोच्थेँ। मैले निरन्तरको दुःख र थकाइलाई न्यायसङ्गत ठान्न सकिनँ। फलस्वरूप, म आफूले गर्ने कुनै पनि काममा डटिरहन सकिनँ। मैले आफ्नो कामको सबैभन्दा सानो नतिजालाई नै पुँजी मानेँ अनि म आत्मसन्तुष्ट र पतित बनेँ। यो ठ्याक्कै मेरो स्कूलका दिनहरू जस्तै थियो: जब-जब म राम्रो अङ्क ल्याउँथेँ र मेरा शिक्षक अनि सहपाठीहरूबाट प्रशंसा पाउँथेँ, तब म आफ्नो पढाइमा ध्यान र ऊर्जा लगाउन चाहन्नथेँ, र केवल रमाइलो गर्न चाहन्थेँ। म कक्षामा ध्यान दिएर सुन्ने वा आफ्नो गृहकार्य गर्ने कुराको वास्ता गर्न छोड्थेँ। तर मेरो अङ्क घट्न थाल्नेबित्तिकै र मेरा आमाबुबा अनि शिक्षकहरूले मलाई कडाइ गर्नेबित्तिकै, म आफ्नो पढाइलाई तीव्र पार्थेँ र अङ्क फेरि माथि नपुगेसम्म मिहिनेत गर्थेँ, त्यसबेला म फेरि ढुक्क हुन्थेँ र मोजमस्तीमै फर्कन चाहन्थेँ। ती वर्षहरूमा, म निरन्तर यस्तै पतित विचारहरूद्वारा नियन्त्रित भइरहेँ र झन्-झन् अल्छी, निरुत्साहित र अग्रसरताहीन बन्दै गएँ। म आफूले गर्ने हरेक कुरामा म अस्थिर र चञ्चल हुन्थेँ, दुःख भोग्न वा मूल्य चुकाउन इच्छुक हुँदिनथेँ र आफ्नो कर्तव्यमा मिहिनेत गर्न झन्-झन् अनिच्छुक बन्दै गइरहेको थिएँ। पहिले टोली अगुवाका रूपमा मेरो भूमिका र अहिले कामको प्रगति जाँच गर्ने टोली सदस्यका रूपमा मेरो दुवै भूमिकामा, म उत्तिकै अल्छी र अग्रसरताहीन थिएँ। कुनै नतिजा निकाल्नेबित्तिकै म सुस्ताउँथेँ, र पालैपालो काम र आराम गर्न चाहन्थेँ, ताकि मैले कुनै नोक्सानी भोग्न र थकित हुन नपरोस्। काममा समस्याहरू छन् भन्ने स्पष्ट रूपमा थाहा हुँदा पनि, मैले ती समाधान गरिनँ, बरु आफ्नो कर्तव्यका लागि आफैलाई अलिकति बढी समर्पित गर्नु र अलिअक्ति बढी मूल्य चुकाउनुको सट्टा, सानातिना मनोरञ्जनहरूमा आफ्नो समय बर्बाद गर्न रुचाएँ। मैले अगुवालाई छल गर्न र मूर्ख बनाउनका लागि देखावटी रूपमा मात्र काम गरेँ। मैले के महसुस गरेँ भने, म अल्छी मात्र थिइनँ, धूर्त र चिप्ले पनि थिएँ, र आराम अनि सुबिस्तामा जीवन जिउनुबाहेक अरू केही चाहन्नथेँ। मैले परमेश्‍वरका वचनहरूको मलजल र आपूर्तिका साथै परमेश्‍वरको हेरचाह र सुरक्षाको यति धेरै आनन्द लिएको थिएँ, तैपनि न्यूनतम जिम्मेवारीहरूसमेत पूरा गर्न असफल भएँ। के म मण्डलीमा ठाउँ ओगट्ने एउटा बेकामे व्यक्ति र परजीवी मात्र थिइनँ र? मेरो मानवता र समझ कहाँ थियो? मलाई बाइबलको एउटा पङ्क्तिको याद आयो जसमा भनिएको छ: “अनि मूर्खहरूको उन्नतिले तिनीहरूलाई नष्ट गर्नेछ” (हितोपदेश १:३२)। यदि मैले पश्चात्ताप गरिनँ भने, मण्डलीले मलाई तत्कालका लागि नहटाए पनि, परमेश्‍वर सबै कुराको छानबिन गर्नुहुन्छ, र पवित्र आत्माले मभित्र काम गर्न छाड्नुहुनेथ्यो। ढिलो-चाँडो म हटाइने थिएँ।

त्यसपछि, परमेश्‍वरका वचनहरू खाएर र पिएर मैले आफ्नो कर्तव्यप्रतिको मनोवृत्ति बदल्न थालेँ। परमेश्‍वरका वचनहरूले भन्छन्: “तैँले परमेश्‍वरका आज्ञाहरूलाई कसरी व्यवहार गर्नुपर्छ भन्‍ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ। यो एकदमै गम्भीर कुरा हो! यदि परमेश्‍वरले तँलाई सुम्‍पनुभएको कुरा तँ पूरा गर्न सक्दैनस् भने, तँ उहाँको उपस्थितिमा जिउन लायक छैनस् र तैँले आफ्नो दण्ड स्विकार्नुपर्छ। परमेश्‍वरले सुम्पनुभएका आज्ञाहरू मानिसहरूले पूरा गर्नु पूर्ण रूपमा स्वाभाविक र न्यायोचित हो। यो मानिसको सर्वोच्च जिम्मेवारी हो, र यो उसको जीवनजत्तिकै नै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्‍वरका आज्ञाहरूलाई हल्का रूपमा लिन्छस् भने, यो परमेश्‍वरलाई दिइएको सबैभन्दा गम्भीर धोका हो। त्यसो गरेर, तँ यहूदाभन्दा पनि बढी निन्दनीय हुन्छस्, र तँ श्रापित हुनुपर्छ। मानिसहरूले परमेश्‍वरका आज्ञाहरूलाई कसरी व्यवहार गर्ने भन्‍नेबारेमा स्पष्ट बुझाइ प्राप्त गर्नैपर्छ र, कम्तीमा पनि, तिनीहरूले यो बुझ्नुपर्छ: परमेश्‍वरले मानिसहरूलाई आज्ञाहरू सुम्पनु भनेको उहाँले मानिसलाई उच्च पार्नुभएको हो, र यो उहाँले मानिसलाई देखाउने एक प्रकारको विशेष अनुग्रह हो, यो सबैभन्दा महिमामयी कुरा हो, र अरू सबै कुरा—आफ्नै जीवन समेत—त्याग्न सकिन्छ—तर परमेश्‍वरका आज्ञाहरू पूरा गरिनैपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। “सबै मानिसहरू अर्थपूर्ण जीवन जिउने खोजीमा लाग्नुपर्छ, र आफ्‍ना वर्तमान परिस्‍थितिहरूप्रति सन्तुष्ट हुनु हुँदैन। तिनीहरूले पत्रुसको स्वरूपमा जिउनैपर्छ, र तिनीहरूसँग पत्रुसका ज्ञान र अनुभवहरू हुनैपर्छ। तिनीहरूले अझै उच्‍च र अझै गहन कुराहरूको खोजी गर्नुपर्छ। तिनीहरूले परमेश्‍वरप्रतिको अझ गहिरो र शुद्ध प्रेम, साथै मूल्य र अर्थसहितको जीवनको खोजी गर्नुपर्छ। यो मात्र जीवन हो; तब मात्र तिनीहरू पत्रुसजस्तै हुनेछन्। तैँले सकारात्मक पाटोतर्फ सक्रिय रूपमा प्रवेश गर्न ध्यान दिनुपर्छ, र अस्थायी सहजतामा सन्तुष्ट भएकै कारण नकारात्मक हुने र आफूलाई पछाडि धकेल्ने, र त्यो सँगसँगै अझै प्रगाढ, अझै विस्तृत र अझै व्यवहारिक सत्यताहरूलाई बेवास्ता गर्ने गर्नु हुँदैन। तँमा व्यवहारिक प्रेम हुनैपर्छ, र तैँले कुनै जनावरको भन्दा फरक नभएको यो पतित, निस्फिक्री जीवनबाट आफूलाई मुक्त गर्ने हरसम्भव उपाय पत्ता लगाउनैपर्छ। तैँले अर्थपूर्ण जीवन, मूल्यवान् जीवन जिउनैपर्छ, र तैँले आफैलाई मूर्ख बनाउनु वा आफ्‍नो जीवनलाई खेलौनाजस्तो व्यवहार गर्नु हुँदैन। सङ्कल्प भएका र परमेश्‍वरलाई प्रेम गर्ने हरेकका लागि प्राप्त गर्न नसकिने सत्यताहरू छैनन्‌ र दह्रिलो गरी खडा हुन नसकिने कुनै इन्साफ छैन। तैँले आफ्‍नो जीवन कसरी जिउनुपर्छ? तैँले कसरी परमेश्‍वरलाई प्रेम गर्नुपर्छ, र यो प्रेम प्रयोग गरेर उहाँका अभिप्रायहरू पूरा गर्नुपर्छ? तेरो जीवनमा योभन्दा ठूलो विषय छैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, तँसँग यस किसिमको सङ्कल्प र दृढता हुनैपर्छ, र तँ कायर, दुर्बल व्यक्ति बन्‍नु हुँदैन। तैँले अर्थपूर्ण जीवन र अर्थपूर्ण सत्यताहरूको अनुभव गर्न सिक्‍नैपर्छ, र आफूलाई त्यसरी झाराटारूवा व्यवहार गर्नु हुँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। परमेश्‍वरका वचनहरूमार्फत मैले के बुझेँ भने, जीवनको मूल्य र अर्थ एउटा सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्नुमा पाइन्छ। सधैँ आराम र सुबिस्ता खोजेमा, अग्रसरताको कमी भएमा र आफ्ना कर्तव्यहरूमा झाराटारुवा भएमा, यो परमेश्‍वरलाई धोका दिनु हो, र उहाँ यस्तो व्यवहारलाई श्राप दिनुहुन्छ र घृणा गर्नुहुन्छ। मैले पत्रुसलाई सम्झेँ, जसले आफ्नो जीवनभर लगनशीलताका साथ परमेश्‍वरलाई प्रेम गर्न र सन्तुष्ट पार्न खोजे, र सधैँ आफैलाई परमेश्वरका वचनहरू कडाइका साथ पालन गरेर सुध्रिने प्रयास गरे। उनले सधैँ सत्यता अभ्यास गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न प्रयत्न गरे, र अन्ततः परमेश्वरका निम्ति उल्टो क्रूसमा टाँगिएर एउटा जोडदार गवाही दिए। अनि अर्का हुन्, नोआ। परमेश्‍वरको आज्ञा स्वीकार गरेपछि, उनले जहाज निर्माण गर्न १२० वर्षसम्म काम गरे, अनगिन्ती कठिनाइ र ठूलो कष्टको सामना गर्दा पनि कहिल्यै पछि हटेनन्, र जहाज पूरा नहुन्जेल निरन्तर प्रयत्न गरिरहे। नोआ र पत्रुसले परमेश्‍वर र आफ्नो कर्तव्यलाई जसरी लिए, त्यससँग आफूलाई तुलना गर्दा, मलाई अत्यन्तै लाज लाग्यो। मैले के महसुस गरेँ भने म स्वार्थी र अल्छी दुवै थिएँ, र ममा रत्तीभर पनि मानवता थिएन। आफ्नो कर्तव्यप्रति ममा रत्तीभर पनि जिम्मेवारीबोध थिएन, म झाराटारुवा थिएँ, र म काममा ढिलासुस्ती गर्थेँ। मबाट अलि बढी माग गरिनेबित्तिकै वा काममा व्यस्तता हुनेबित्तिकै, म थकानबारे गुनासो गर्न थाल्थेँ, अनि अरूले घचघच्याउँदा समेत सुस्ताउँथेँ र आफ्नो देहलाई खुसी पार्नतिर लाग्थेँ। ममा परमेश्‍वरको डर मान्‍ने हृदय रत्तीभर थिएन। म जसरी काम गरिरहेको थिएँ, त्यसले अन्ततः म आफैलाई मात्र बर्बाद गर्नेथ्यो। तर म सधैँ आफू सही ठान्थेँ र सबैभन्दा थोरै मिहिनेत गर्नमै सन्तुष्ट हुन्थेँ। म कति संवेदनहीन, मूर्ख र अज्ञानी थिएँ! मैले यसरी आफ्नो कर्तव्य निर्वाह गरिरहेको भए पनि, परमेश्‍वरले अझै मलाई पश्चात्ताप गर्ने मौकाहरू दिनुभयो। मैले पतित भएर परमेश्‍वरका भावनालाई निरन्तर चोट पुर्‍याइरहन मिल्दैनथ्यो। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गर्दै भनेँ, “हे प्रिय परमेश्‍वर, म मेरो प्रकृति अल्छे छ र ममा मानवताको कमी छ भनी स्वीकार गर्छु। म यसरी जिइरहन चाहन्न। म गम्भीरतापूर्वक सत्यता पछ्याउन र आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु। कृपया मेरो हृदयको छानबिन गर्नुहोस्।”

त्यसबेलादेखि, मैले आफ्नो कर्तव्यमा बढी समय र ऊर्जा लगाएँ, र हरेक दिन मेरो समयतालिका व्यस्त भए पनि, मैले अझै पनि प्राविधिक सीपहरू अध्ययन गर्न र सुधार गर्न केही समय निकालेँ। मैले आफ्नो काममा भएका समस्या र विचलनहरूको पनि नियमित रूपमा सारांश निकालेँ, र आफ्नो सीप सुधार्न निरन्तर प्रयत्न गरिरहेँ। केही समयपछि, मैले बनाएका भिडिओहरूबाट अझ राम्रा नतिजाहरू निस्कन थालेँ। मैले आफूले सिकेका कुराहरू ब्रदर-सिस्टरहरूलाई बाँड्दा तिनीहरूका लागि पनि सहयोगी हुँदो रहेछ भन्ने देखेँ। मैले साँच्चै नै शान्ति र चैन महसुस गरेँ। यसरी आफ्नो कर्तव्य निर्वाह गर्दा अलि बढी काम गर्नुपर्थ्यो र आराम गर्ने समय कम हुन्थ्यो, तर मैले थकान वा कष्ट महसुस गरिनँ। वास्तवमा, मैले आफ्नो दिमाग धेरै स्पष्ट भएको महसुस गरेँ—यो पहलेजस्तो पटक्कै थिएन, जब म हरेक दिन रनभुल्ल र अन्योलमा परेर बिताउँथेँ। हाम्रो काममा भएका कुनै पनि समस्याहरू देख्न पनि सजिलो भयो र मेरा ब्रदर-सिस्टरहरूसँगको सङ्गति अनि परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शनमार्फत, हामीले धेरै समस्या समयमै समाधान गर्‍यौँ। तर म शैतानद्वारा अति गहिरोसँग भ्रष्ट तुल्याइएको हुनाले, यसको अल्छीपनाका विचारहरूले मलाई अझै पनि बेलाबेलामा प्रभावित पार्थे। जब मैले राम्रा नतिजाहरू पाउन थालेँ, म फेरि अलिकति आत्मसन्तुष्ट बनेँ र आफ्नो देहलाई खुसी पार्नतिर लाग्न चाहेँ। एकपटक, हाम्रो एउटा भिडिओको जाँच गरिरहेका बेला, मैले मेरो फिडमा एउटा एक्सन चलचित्र आएको देखेँ। मैले सोचेँ, “आजभोलि काममा यति धेरै तनाव भइरहेको छ—अलिकति हेरेर तनाव कम गर्दा केही बिग्रिँदैन।” हेर्दै जाँदा, मलाई अचानक आफू बानीमा फर्किसकेको रहेछु भन्ने महसुस भयो। मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड देखेँ: “जब तँलाई झाराटारुवा तरिकाले काम गर्न, छली हुन र ढिलासुस्ती गर्न, र आफ्नो कर्तव्य निर्वाह गर्दा परमेश्‍वरको छानबिनबाट बच्ने प्रयास गर्न मन लाग्छ, तब तँ प्रार्थना गर्न र त्यसो गर्नु सही हो कि होइन भनी चिन्तन गर्न तुरुन्तै परमेश्‍वरसामु आउनुपर्छ। त्यसपछि, केही सोचविचार गर्: ‘परमेश्‍वरमा विश्‍वास गर्नुको मेरो उद्देश्य के हो? मेरो झाराटारुवापनले मानिसहरूलाई मूर्ख बनाउला, तर के यसले परमेश्‍वरलाई मूर्ख बनाउनेछ र? अझ भन्नुपर्दा, परमेश्‍वरमाथिको मेरो विश्वास र मेरो कर्तव्य निर्वाह छली हुन र ढिलासुस्ती गर्न सक्नका लागि होइन, बरु मैले मुक्ति प्राप्त गर्न सक्नका लागि हो। यसरी कार्य गर्नुले ममा सामान्य मानवता नभएको देखाउँछ, र यो परमेश्‍वरले मन पराउने कुरा होइन। त्यसो गर्नु हुँदैन। यदि म संसारमा छली भएको, ढिलासुस्ती गरेको, र आफ्नै इच्छा पछ्याएको भए त्यो एउटा कुरा हुन्थ्यो, तर अहिले म परमेश्‍वरको घरमा छु, म परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत, परमेश्‍वरका आँखाहरूको छानबिनअन्तर्गत छु, र म एक मानव हुँ, त्यसैले मैले मेरो विवेक र परमेश्‍वरका वचनहरूअनुसार कार्य गर्नैपर्छ, र मैले आफ्नै इच्छा पछ्याउन, झाराटारुवा हुन, वा छली हुन र ढिलासुस्ती गर्न मिल्दैन। त्यसोभए मैले छली नहुन र ढिलासुस्ती नगर्न, झाराटारुवा नहुन कसरी कार्य गर्नुपर्छ? मैले केही मेहनत लगाउनैपर्छ। भर्खरै मलाई त्यसरी कार्य गर्न धेरै झन्झट लाग्यो, त्यसैले म कठिनाइबाट बच्न चाहेँ, तर अब मैले बुझेँ: त्यसरी कार्य गर्न अझ धेरै झन्झट हुन सक्छ, तर त्यसले नतिजा दिन्छ, त्यसैले मैले त्यसरी नै गर्नुपर्छ।’ जब तँ त्यो काम गरिरहेको हुन्छस् र अझै पनि कष्ट सहन डराउँछस्, तब तैँले त्यस्तो समयमा परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, ‘परमेश्‍वर! म एक अल्छी, र छली व्यक्ति हुँ। कृपया मलाई अनुशासनमा राख्‍नुहोस् र मलाई हप्काउनुहोस्, ताकि मैले विवेकको सचेतना प्राप्त गर्न र लाजको भावना राख्न सकूँ। म झाराटारुवा हुन चाहन्नँ। कृपया मलाई मार्गदर्शन गर्नुहोस् र अन्तर्दृष्टि दिनुहोस्, ताकि मैले आफ्नो विद्रोहीपन र आफ्नो कुरूपता देख्न सकूँ।’ जब तँ यसरी प्रार्थना गर्छस्, र यसरी चिन्तन गर्छस् र आफूलाई चिन्ने प्रयास गर्छस्, तब यसले पछुतोको भावना उत्पन्न गर्नेछ; तँ आफ्नो कुरूपतालाई घृणा गर्न सक्षम हुनेछस्, र तेरो गलत स्थिति परिवर्तन हुन थाल्नेछ। तँ यस्तो मनन गर्न सक्षम हुनेछस्, ‘म किन झाराटारुवा हुन सक्छु? म किन सधैँ छली हुने र ढिलासुस्ती गर्ने प्रयास गरिरहन्छु? यसरी कार्य गर्नु विवेक र समझविहीन हुनु हो—के म अझै पनि परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति हुँ? म किन लगनशीलतापूर्वक कामकुरा गर्न सक्दिनँ? के मैले अलिक बेसी समय र प्रयास मात्रै लगाउनु पर्दैन र? त्यसमा के गाह्रो छ र? मैले गर्नुपर्ने कुरा यही हो; यदि म यो समेत गर्न सक्दिनँ भने, के म मानव कहलिन लायक छु र?’ फलस्वरूप, तैँले एउटा सङ्कल्प गर्नेछस् र परमेश्‍वरसँग शपथ खानेछस्, ‘परमेश्‍वर! मैले तपाईँलाई निराश तुल्याएको छु, म साँच्चै धेरै गहन रूपमा भ्रष्ट पारिएको छु, म विवेक र समझविहीन छु, र ममा मानवता छैन। म पश्चात्ताप गर्न इच्छुक छु। कृपया मलाई क्षमा गर्नुहोस्। म निश्चित रूपमा परिवर्तन हुनेछु। यदि मैले पश्चात्ताप गरिनँ भने, तपाईँ मलाई दण्ड दिनुहोस्।’ त्यसपछि, तेरो मानसिकता बदलिनेछ, र तँ परिवर्तन हुन थाल्नेछस्। तैँले अर्को पटक आफ्नो कर्तव्य निर्वाह गर्दा, तँ लगनशीलतापूर्वक कार्य गर्न, कम झाराटारुवा हुन सक्षम हुनेछस्, र तँ कष्ट भोग्न र मूल्य चुकाउन सक्षम हुनेछस्। तैँले यसरी आफ्नो कर्तव्य निर्वाह गर्नु अद्भुत छ भन्‍ने महसुस गर्नेछस्, र तेरो हृदयमा शान्ति र आनन्द हुनेछ। जब मानिसहरू परमेश्‍वरको छानबिन स्वीकार गर्न सक्छन्, जब तिनीहरू उहाँलाई प्रार्थना गर्न र उहाँमा भर पर्न सक्छन्, तब तिनीहरूका स्थितिहरू चाँडै परिवर्तन हुनेछन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो)। परमेश्‍वरका वचनहरू मनन गरेपछि, मैले अभ्यासको मार्ग फेला पारेँ। म प्रकृतिले नै अल्छी थिएँ, आराम र फुर्सद रुचाउँथेँ, अनि कष्ट भोग्न इच्छुक हुन्नथेँ। म आफैले यो समस्या समाधान गर्न सक्ने थिइनँ; मैले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्थ्यो, उहाँमाथि भर पर्नुपर्थ्यो र उहाँको छानबिन स्वीकार गर्नुपर्थ्यो। अर्को पटक मैले आफ्नो देहलाई खुसी पार्न र चिप्ले वा सुस्त बन्न चाहँदा, मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरी मलाई अनुशासनमा राख्न र ताडना दिन उहाँसँग बिन्ती गर्नुपर्थ्यो। अनि मात्र म आफ्नो देहविरुद्ध विद्रोह गर्न र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्षम हुनेथिएँ। त्यसैले मैले प्रार्थनामा परमेश्‍वरलाई आफ्नो स्थितिबारे बताएँ र मलाई ताडना दिन उहाँसँग बिन्ती गरेँ। प्रार्थनापछि, म शान्त भएँ र मैले सिद्धान्तहरूबारे ध्यानपूर्वक विचार गर्दै अनि सान्दर्भिक जानकारी खोज्दै भिडिओको समीक्षा गरिरहेँ। मैले आफ्नो कामबारे सोचविचार गरिरहँदा, परमेश्‍वरको मार्गदर्शन महसुस गर्न सकेँ र भिडिओमा भएका समस्याहरू छिट्टै पहिचान गरी तिनलाई समाधान गर्ने उपाय निकाल्न सक्षम भएँ।

त्यस अनुभवमार्फत, मैले आफ्नो अल्छीपनासँग लड्न अझ बढी आस्था प्राप्त गरेँ। मैले देखेँ, म केवल परमेश्‍वरमाथि साँचो रूपमा भर पर्नुपर्छ र आफ्नो काममा उहाँको छानबिन स्वीकार गर्नुपर्छ। यदि मैले फेरि आफ्नो देहलाई खुसी पार्न थालेँ भने, म सचेत भई आफैलाई नियन्त्रण गर्नका लागि परमेश्‍वरलाई प्रार्थना गर्न र उहाँमाथि भर पर्न सक्छु। यसरी, मसँग मेरो अल्छीपनालाई जित्ने र शान्तिपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्ने सामर्थ्य हुनेछ। आजभोलि, मैले अझै पनि प्रायः आराम र सुबिस्ताका विचार र सोचहरू प्रकट गरे तापनि, मलाई थाहा छ, यदि म परमेश्‍वरका वचनहरू पछ्याउँछु र निरन्तर अभ्यास गर्दै तिनमा प्रवेश गर्छु भने, यी भ्रष्ट स्वभावहरू पक्कै पनि शुद्ध हुनेछन् र बदलिनेछन्।

सम्बन्धित विषयवस्तु

बर्खास्त गरिएपछिको चिन्तन

अप्रिल २०२१ मा, म मण्डलीमा नयाँ विश्‍वासीहरूलाई मलजल गर्दै थिएँ। सुरुमा यो कर्तव्य सुरु गर्दा, ममा बोझको बोध थियो र मैले सिद्धान्तहरूमा...

कर्तव्यमा चिप्ले हुनुको परिणाम

लिन रान, चीनसन् २०२३ को जुलाईमा, म मण्डलीका लागि भिडियोहरू बनाउँदै थिएँ। मैले धेरै समय अभ्यास नगरेकीले, र मेरा प्राविधिक सीपहरू सामान्य...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्