बन्धनमा पार्ने गाँठोहरूलाई खुकुलो पार्ने

21 अक्टोबर 2021

कुइबाइ, इटाली

परमेश्‍वरका वचनहरूले भन्छ, “तिमीहरूको नियतिको लागि, तिमीहरूले परमेश्‍वरको स्वीकृति खोजी गर्नुपर्छ। भन्नुको मतलब, तिमीहरूले आफू परमेश्‍वरको घरानाको एक सदस्य भएको कुरा स्वीकार गरेको हुनाले तिमीहरूले परमेश्‍वरकहाँ मनको शान्ति ल्याउनुपर्छ र सबै कुराहरूमा उहाँलाई सन्तुष्ट पार्नुपर्छ। अर्को शब्दमा भन्ने हो भने, तँ आफ्ना सबै कार्यहरूमा अनुशासित हुनुपर्छ र तिनीहरूमा सत्यता बमोजिम चल्नुपर्छ। यदि यो कुरा तिमीहरूको वशभन्दा बाहिर छ भने परमेश्‍वरले तिमीहरूलाई तिरस्कार र इन्कार गर्नुहुनेछ र हरेक मानिसले घृणा गर्नेछ। तिमीहरू यस्तो बन्धनमा फसिसकेपछि, तिमीहरूलाई परमेश्‍वरको घरानाको सदस्यको रूपमा गणना गर्न सकिँदैन, र परमेश्‍वरले स्वीकृति नदिनु भन्नुको मतलब ठ्याक्कै यही हो” (वचन देहमा देखा पर्नुहुन्छको “तीन अर्तीहरू”)। परमेश्‍वरको वचनहरूबाट उहाँले हामीबाट के चाहनुहुन्छ त्यो हामी देख्छौँः: हाम्रा कार्यहरूमा सिद्धान्तवादी भएको र सत्यताको अनुशरण गरेको ताकि हामी उहाँको स्वीकृति पाउन सकौँ र सबै कुराहरूमा उहाँलाई सन्तुष्ट गर्न सकौँ। मैले अघि यसो गर्न चुकेँ, यसको मुख्य कारण म मेरा भावनाहरूद्वारा शासित थिएँ, सधैँ मेरा भावनाहरूद्वारा जिउँथे र क्रियाशील हुन्थे। मैले कुनै खराबी गरिरहेको जस्तो कहिल्यै नलागेतापनि, मेरा कार्यहरू सत्यताको सिद्धान्तहरूको विरुद्धमा गयो र यसले मण्डलीको कामलाई बाधा पुर्यायो। तर परमेश्‍वरले उहाँका वचनहरूद्वारा मलाई न्याय र सजाय दिनुभएपछि, यस प्रकारले क्रियाशील हुनुको प्रकृति र परिणामहरूलाई मैले बुझ्न थालेँ। तब म भावनामाथि भर पर्नुको सट्टा ठीक अभिप्रायहरूसहित कुराहरू नजिक जान सक्छु, र परमेश्‍वरका वचनहरूलाई व्यवहारमा उतार्नसक्छु।

गत नोभेम्बरमण्डलीको एक अगुवाको रुपमा मेरो जिम्मेवारी रहेको बेला, हरेक जमघट हुने स्थानको झुण्ड अगुवाले कतिको राम्रो गरिरहेका छन् भन्ने बारे मतदान थियो। प्रतिक्रियाहरूबाट मैले देखेँ कि झुण्ड अगुवा सिस्टर ली आफ्नो काममा सधैँ लापरवाह हुनुहुन्थ्यो अनि यदि उहाँका कुनै गल्तीहरू औँल्याएमा, उहाँले सत्यतालाई इन्कार गर्ने मात्र होइन, तर वादविवाद पनि गर्नुहुन्थ्यो। जब अरूहरूलाई कठिनाइहरू हुन्थे, उहाँले सत्यता बारेमा सङ्गति गर्दै तिनीहरूलाई सहायता गर्नुहुन्न थियो, बरू, तिनीहरूलाई निचा देखाउने किसिमले भाषण गर्नुहुन्थ्यो र विवश पार्नुहुन्थ्यो। … यो सबै पढिसकेपछि, सिद्धान्ततः उहाँको प्रतिस्थापन हुनुपर्छ भन्ने मलाई थाहा थियो। तर हाम्रो गृहनगर एउटै थियो र पहिले हामीले हाम्रा कामहरू सँगै गरेका थियौँ। हामी सधैँ घनिष्ठ रहेका थियौँ र उहाँले मलाई धेरै हेरचाह गर्नुभएको थियो। यदि मैले उहाँलाई बर्खास्त गरेँ भने, उहाँले मलाई निर्दयी पो सोँच्नुहुन्छ कि? दुईचार वर्ष अघि उहाँलाई मण्डलीको अगुवाको पदबाट निकालिएको थियो, अनि उहाँले आफूलाई नकारात्मकताबाट मुश्किलले मात्रै बाहिर निकाल्न सक्नुभएको थियो। यदि उहाँबाट अर्को पद पनि खोसियो भने, के त्यो अझ ठूलो बज्रपात हुने थिएन र? के उहाँले त्यसलाई सम्हाल्न सक्नुहुन्थ्यो र? उहाँले आफ्नो अवस्था कति जोखिमपूर्ण छ भनी देख्न सकुन् भनी मैले तुरुन्तै उहाँसित सङ्गति गर्नु आवश्यक छ भन्ने ठानेँ। उहाँले समयमै यि कुराहरूलाई बदल्न सक्नुभएको भए उहाँले आफ्नो पद जोगाउन सक्नुहुन्थ्यो भन्ने मलाई लाग्यो। त्यसैले, उहाँको समस्याहरूको बारेमा सङ्गति गर्न मैले सिस्टर लीलाई सम्पर्क गरेँ तर उहाँसित कुनै साँचो आत्म-सचेतना नभएको पत्ता लगाएँ। उहाँसितको सङ्गतिमा मैले आफ्नो सम्पूर्ण प्रयास लगाएँ, र त्यसपछि उहाँ परिवर्तन हुन, चिन्तन गर्न इच्छुक हुनुभयो, र अन्त्यमा मैले आरामको सास फेरेँ। मैले सोँचे कि यदि मैले उहाँको बारेमा सहकर्मीहरूसित केही राम्रो कुराहरू गर्न सकेँ भने, सायद उहाँले त्यो जिम्मेवारी जारी राख्न सक्नुहुनेछ।

पछि कामको बारेमा छलफल गर्दा, केही सहकर्मीहरूले भने कि सिस्टर लीले कहिल्यै सत्यतालाई स्वीकार गर्नुभएन अनि उहाँलाई प्रतिस्थापन गर्ने कुरामा तिनीहरू सहमत भए। यो कुराले मलाई बेचैन बनायो। मैले सोचेँ, “सिस्टर लीसित केही समस्याहरू छन्, तर उहाँ परिवर्तन हुन चाहनुहुन्छ, त्यसैले के तपाईंहरू उहाँलाई अर्को अवसर दिन सक्नुहुन्न?” ठिक तब सिस्टर झाऊले भन्नुभयो, “सिस्टर ली यो स्थितिमा भएको अब धेरै समय भयो। उहाँले राम्रोसित सङ्गति गर्नुहुन्छ, तर आफूले भनेको कुरा उहाँ अभ्यास गर्नुहुन्न। उहाँमा कत्ति पनि परिवर्तन छैन। उहाँ यस पदको लागि उपयुक्त हुनुहुन्न।” मैले झट्टै कुरा काटे, “सत्यतालाई स्वीकार गर्न सिस्टर लीलाई गाह्रो भएको छ, तर उहाँ साँच्चि नै आफ्नो काममा अग्र-सक्रिय र जिम्मेवार हुनुहुन्छ। हालैमा केही दाजुभाइ तथा दिदीबहिनीहरू आफ्ना कामहरूमा निष्क्रिय थिए अनि उहाँले तिनीहरूलाई उत्प्रेरित गर्नुभयो।” सिस्टर बाइले तुरुन्तै प्रत्युत्तर दिनुभयो, “सिस्टर ली सधैँ अग्रसक्रिय भएर यताउता दौडिरहनुभएको जस्तो देखिन्छ, तर वास्तवमा उहाँले त्यो सबै देखावटी गरिरहनुभएको थियो, अनि उहाँले वास्तविक समस्याहरूलाई सुल्झाउन सक्नुहुन्न।” उहाँहरूले भन्नुभएका सबै साँचो थियो, अनि प्रत्युत्तरमा मैले केही भन्न सकिनँ। तब अर्को मण्डली अगुवा, सिस्टर झाङले भन्नुभयो, “यो साँचो हो कि सिस्टर ली झुण्ड अगुवा हुन उपयुक्त हुनुहुन्न, तर हामीसित अहिले उहाँको स्थान लिन कुनै उपयुक्त उम्मेदवार छैन। जबसम्म हामी राम्रो प्रतिस्थापन भेट्टाउँदैनौँ, तबसम्म उहाँलाई यसै पदमा राखौँ।” मैले चाहेको ठ्याक्कै त्यही थियो, त्यसैले मैले झट्टै थपेँ, “म सहमत छु। जब कोही भेट्टाइएला, तब हामी उहाँलाई प्रतिस्थापन गरौँला।” अचम्मको कुरा, एक हप्ता नबित्दै, हामीले मण्डलीको कामको बारेमा छलफल सिध्याएपछि सिस्टर झाऊले फेरि यस विषयलाई उठाउनुभयो। उहाँले भन्नुभयो कि ब्रदर चेन एउटा राम्रो विकल्प हुनुहुन्छ, अनि केही अरु सहकर्मीहरूले सहमति जनाए। मेरो मुटु मेरो घाँटीसम्मै जोडले उफ्रियो। यदि ब्रदर चेनलाई झुण्ड अगुवाको रुपमा छनौट गरिएमा, सिस्टर लीलाई बर्खास्त गरिने थियो। त्यसैले मैले ब्रदर चेनको भ्रष्टताहरू र कमी-कमजोरीहरूको बारेमा केही कुराहरू भनेँ, अनि उहाँ यो कामको निम्ति योग्य हुनुहुन्न भनी भनेँ। तब सबैजना अक्मकाउन थालेँ र मैले अलि असजिलो अनुभव गरेँ, तर अझै सत्यताको खोजी गरिनँ।

पछि मेरो अगुवाले उहाँलाई झुण्ड अगुवाहरूको बारेको समीक्षा दिनको निम्ति मलाई भन्नुभयो, अनि जब म सिस्टर लीसम्म आइपुगेँ, मैले उहाँको बारेमा दाजुभाइ तथा दिदीबहिनीहरूको मूल्याङ्कनलाई सही प्रकारले प्रतिबिम्बित गरिनँ। उहाँले छोडीजानुभएपछि व्यक्त गर्न नसक्ने प्रकारले म चिन्तित भएँ। मैले किन सिस्टर लीको चिन्ता गर्दै उहाँको पक्षमा बोल्दै आइरहेको छु भनी मैले सोचेँ। के मैले उहाँप्रति कृपावाद देखाइरहेको छु कि? कस्तो प्रकारको अभिप्रायले मलाई नियन्त्रण गरिरहेको छ? तब मैले यी परमेश्‍वरका वचनहरू पढेँ: “मुख्य रूपमा, भावुकता भनेको के हो? यो एक भ्रष्ट स्वभाव हो। यदि हामीले भावुकताका व्यावहारिक पक्षहरू वर्णन गर्न केही शब्दहरू प्रयोग गर्छौं भने, ती हुन्: पक्षपात गर्नु र केही मानिसहरूलाई बचाउनका निम्ति पूर्वग्राही हुनु हो, देहको सम्बन्धलाई कायम राख्‍नु, र निष्पक्ष नहुनु; भावुकता भनेका यिनै कुराहरू हुन्। यसैले, आफ्नो भावुकता त्याग्‍नुको अर्थ कसैको बारेमा सोच्न छोडिदिनु मात्र होइन। सामान्यतया, तँ उनीहरूको बारेमा पटक्‍कै सोच्दैनस् होला, तर कसैले तेरो परिवारका सदस्यहरू, तेरो आफ्नो सहर, वा तँसित सम्बन्ध भएको कुनै पनि व्यक्तिको निन्दा गर्नासाथ तँ एक्‍कासि झोकिन्छस् र कडा विरोध गर्दै उनीहरूको पक्ष लिन्छस्। तिनीहरूको बारेमा भनिएका कुरा अस्वीकार गर्न तँ बाध्य भएको महसुस गर्छस्; तँ तिनीहरूमाथि अन्याय हुने तर भुलसुधार नहुने अनुमति दिन सक्दैनस्। तँ तिनीहरूको प्रतिष्ठा कायम गर्ने, सबै गल्तीलाई सही बनाउने र अरूलाई तिनीहरूको बारेमा सत्य बताउने वा पर्दाफास गर्ने अनुमति नदिनका लागि आफूले सक्दो कोसिस गर्नुपर्ने आवश्यकता महसुस गर्छस्। यो अन्याय हो, र यसैलाई भावुक हुनु भनिन्छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “सत्य वास्तविकता के हो?”)। “यदि मानिसहरूमा परमेश्‍वरप्रति श्रद्धाको अभाव छ भने, र यदि तिनीहरूको हृदयमा परमेश्‍वरको कुनै ठाउँ छैन भने, तिनीहरूले जुनसुकै कर्तव्यहरू पूरा गरिरहेका भए तापनि वा तिनीहरू जुनसुकै समस्याहरूसँग जुधिरहेका भए तापनि, तिनीहरूले कहिले पनि सिद्धान्तअनुसार काम गर्न सक्दैनन्। आफ्ना अभिप्राय र स्वार्थी इच्छाहरूभित्र बाँचिरहेका मानिसहरू सत्य वास्तविकतामा प्रवेश गर्न असक्षम हुन्छन्। यही कारणले गर्दा, जब तिनीहरूले समस्याको सामना गर्छन्, तिनीहरूले आफ्ना अभिप्रायमाथि समालोचनात्मक दृष्टिले हेर्दैनन् र आफ्ना अभिप्रायहरू कहाँनेर गलत छन् भनी पहिचान गर्दैनन्। बरु, तिनीहरूले आफ्ना निम्ति झुटहरू र बहाना सिर्जना गर्नका निम्ति सबै किसिमका औचित्यहरूको प्रयोग गर्छन्। तिनीहरूले आफ्ना हितहरू, ख्याति र पारस्परिक सम्बन्धहरूको सुरक्षा गर्ने राम्रो काम गर्छन्, तर वास्तवमा तिनीहरूले परमेश्‍वरसँग भने कुनै सम्बन्ध स्थापित गरेका हुँदैनन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरप्रति हुनुपर्ने मानिसको मनोवृत्ति”)।

परमेश्‍वरका वचनहरूले के देखाउँछ भने समस्याहरूको बिचमा कसरी हामीले सत्यताको सिद्धान्तहरूअनुसार निष्पक्ष भएर चल्न सक्दैनौँ, र हामी सही र गलतबीच अन्तर गर्दैनौँ, बरू हामीसित जोडिएका, वा हामीलाई लाभ दिनेहरूलाई मात्रै हामी कृपा देखाउँछौँ वा सुरक्षा दिन्छौँ। यो भावनामा चल्नु हो। जब हामी भावनाद्वारा नियन्त्रित हुन्छौँ, चाहे हाम्रो काममा होस् वा समस्यालाई निराकरण गरिरहेको समयमा, हामी सत्यतालाई अभ्यास नगरीकन वा हाम्रो कामलाई राम्रोसित नगरीकन हामी हाम्रा शारीरिक भावनाहरू र व्यक्तिगत हितहरूको बारेमा मात्र सोच्दछौँ। म पनि त्यही अवस्थामा थिएँ। म सिस्टर लीलाई बर्खास्त गर्न चाहँदिन थिएँ किनकि म मेरा भावनाहरूअनुसार चल्दै थिएँ। म हाम्रो सम्बन्धको रक्षा गर्दै थिएँ र उहाँ मसित दुःख मान्नुहोला कि भनी डराएको थिएँ। त्यसैले जब सहकर्मीहरूले सिद्धान्तहरूको अनुसरण गर्दै उहाँलाई प्रतिस्थापन गर्न चाहन्थे, मैले उहाँलाई रक्षा गर्न सक्ने सबै कुरा गरेँ ताकि उहाँले आफ्नो पद सुरक्षित राख्न सकून्। जब मैले अगुवालाई उहाँको बारेमा मेरो मूल्याङ्कन दिएँ, मैले कुरा बनाएँ, पक्षधरताको कारणले उहाँको ढाकछोप गरेँ, र पर्दा प्रयोग गरेँ। पछाडि फर्केर हेर्दा, मैले मेरा मनसायहरू तथा अभिप्रायहरू सबै भावनाद्वारा नियन्त्रित थिए भन्ने देखेँ। म चालाक र धूर्त भ्रष्ट स्वभावमा जिइरहेको थिएँ, एउटा सम्बन्धलाई जोगाउन परमेश्‍वरको घरको हितहरूसित सम्झौता गर्न इच्छुक थिएँ, म एउटा व्यक्तिलाई दुःखित तुल्याउन भन्दा परमेश्‍वरलाई दुःखित तुल्याउन तयार थिएँ। मसँग पूर्णरूपमा परमेश्‍वर प्रति श्रद्धाको कमी थियो; म कति स्वार्थी र घिनलाग्दो थिएँ! यो सबैको बारेमा मैले धेरै दोषी अनुभव गरेँ, त्यसैले म यो सत्यता बताउन तुरुन्तै अगुवाकहाँ गएँ। त्यसपछि, मैले प्रार्थना गरेँ र परमेश्‍वरसँग पुकारा गरेँ: “किन म सत्यतालाई अभ्यास गर्न नसकेर सधैँ भावनाद्वारा निर्देशित हुन्छु? यो समस्याको जड के हो?”

एकदिन मैले एउटा उपासनाको पुस्तकमा परमेश्‍वरको यी वचनहरू पढेँ: “यस्तो फोहोरी भूमिमा जन्म लिएर, मानिस समाजद्वारा प्रभावित भएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसलाई ‘उच्‍च शिक्षा दिइने’ संस्थाहरूमा सिकाइएको छ। पिछडिएको सोच, भ्रष्‍ट नैतिकता, जीवन सम्बन्धी तुच्छ दृष्टिकोण, जीवनयापनको घृणित दर्शनशास्‍त्र, पूर्णतया मूल्यहीन अस्तित्व, र भ्रष्‍ट जीवनशैली र चलनहरू—यी सबै कुराहरू मानिसको हृदयमा गहिरोसँग घुसिसकेको छ, र उसको विवेकलाई गम्भीर रूपमा कमजोर बनाएको छ र आक्रमण गरेको छ। परिणाम स्वरूप, मानिस परमेश्‍वरदेखि अझ धेरै टाढिएको छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी क्रूर बन्दैछ, र परमेश्‍वरको निम्ति स्वेच्छाले कुनै कुरा त्याग्‍न इच्छुक व्यक्ति एक जना पनि छैन, परमेश्‍वरको आज्ञापालन गर्न इच्छुक व्यक्ति एक जना पनि छैन, न त यसबाहेक, परमेश्‍वरको स्वरूपलाई खोज्‍न इच्छुक व्यक्ति नै छ। बरु, शैतानको क्षेत्र अन्तर्गत रहेर, हिलोको भूमिमा शरीरको भ्रष्टतामा आफैलाई सुम्पँदै, सुख विलासको पछि लाग्ने बाहेक मानिसले अरू केही पनि गर्दैन। अन्धकारमा जिउनेहरूले सत्यतालाई सुनेर पनि त्यसलाई अभ्यासमा लगाउने विचारै गर्दैनन्, न त उहाँको स्वरूपलाई देखेर पनि परमेश्‍वरको खोजी गर्न तिनीहरू बाध्य हुन्छन्। कसरी यति धेरै भ्रष्‍ट मानवजातिले मुक्तिको कुनै मौका हासिल गर्नसक्छ र? यति धेरै पतित मानवजाति कसरी ज्योतिमा जिउन सक्छ र?” (वचन देहमा देखा पर्नुहुन्छको “अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो”)। तब मैले महसुस गरेँ कि भावनामा चल्ने कुरा मुख्यतया शैतानद्वारा बहकाइएरर भ्रष्ट बनाइएर आउँदछ। विद्यालयको शिक्षा अनि सामाजिक प्रभावहरूद्वारा, दियाबलस शैतानले मानिसहरूलाई सबै प्रकारका सांसारिक दर्शनशास्त्रहरू र बाँच्नका निम्ति नियमहरूमा डुबाउँछ। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “रगत पानीभन्दा गाढा हुन्छ,” अनि “मानिस निर्जीव छैन; ऊ भावनाबाट कसरी मुक्त हुन सक्छ र?” मेरा घनिष्ठहरूलाई रक्षा गर्नुलाई सकारात्मक ठान्ने र सहानुभूति र दया देखाउनुलाई प्रेमिलो ठान्ने, म यस्तै दर्शनशास्त्रहरूद्वारा जिएको छु। सिस्टर लीलाई प्रतिस्थापन गर्ने कुरामा, हामी एउटै ठाउँबाट हौँ र उहाँले सधैँ मेरो हेरविचार गर्नुहुन्थ्यो भन्ने कुरालाई नै म सोँचिरहन्थे, त्यसैले जब उहाँले बर्खास्त हुने कुराको सामना गर्दैहुनुहुन्थ्यो उहाँलाई सहायता गर्नुपर्छ र उहाँको निम्ति बोल्नुपर्छ भन्ने मैले सोँचे। त्यसो गर्नु नै सहि हो भन्ने मैले सोँचे। उहाँले समूह अगुवाको रुपमा आफ्नो कर्तव्यको भार वहन नगर्ने, बरू अरूहरूलाई प्रायः भाषण छाँट्ने र नियन्त्रण गर्ने गर्नुहुन्थ्यो भन्ने कुरा मलाई थाहा भयो। उहाँलाई प्रतिस्थापन नगर्नु दाजुभाइ तथा दिदीबहिनीहरूलाई हानि पुर्याउनु हुने थियो अनि यसले मण्डलीको कामलाई असर पार्थ्यो। तर म सत्यताको सिद्धान्तहरूको विरुद्धमा गएँ र परमेश्‍वरको घरका सिद्धान्तहरूलाई बेवास्ता गरेँ, उहाँको रक्षा गर्न र उहाँलाई पदमा टिकाउन मैले गर्नसक्ने सबै कुरा गरेँ। मैले हाम्रो सम्बन्ध जोगाउन आफ्नो कर्तव्यको दुरुपयोग गरें अनि मप्रतिको उहाँको दयाको बदला मण्डलीको कामलाई प्रयोग गरेँ। म मेरो आफ्नै व्यक्तिगत फाइदाको निम्ति मेरो शक्ति र कर्तव्यको दुरुपयोग गरें। अगुवाको हैसियतले, मैले मण्डलीको काम र दाजुभाइ तथा दिदीबहिनीहरूको जीवन प्रवेशको बारेमा सोँच्नुपर्थ्यो, अनि मेरो कर्तव्यमा सत्यताको सिद्धान्तहरूद्वारा क्रियाशील हुनुपर्थ्यो। तर मैले भावनालाई सबैभन्दा माथि राखिरहेको थिएँ, सत्यता बारे राम्रोसँग जानकार थिएँ, तर अभ्यास गरिरहेको थिइनँ। त्यसो गर्नु सत्यता र सिद्धान्तहरूको विश्‍वासघात गरिरहेको थिएन र, अनि मण्डलीको कामलाई हल्का रुपले लिइरहेको थिएनर? मलाई खुवाउने हातलाई नै मैले टोकिरहेको थिएँ! तब मैले देखेँ कि ती सांसारिक दर्शनशास्त्रहरू शैतानले मानिसहरूलाई भ्रष्ट पार्न र धोका दिनको निम्ति प्रयोग गर्ने भ्रमहरू हुन्। त्यस प्रकारले बोल्नु र काम गर्नु निष्पक्षता र न्यायले पूर्ण रुपमा बञ्चित हुनु हो, अनि त्यहाँ वास्तवमै सत्यताको कुनै सिद्धान्तहरू हुँदैनन्। चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरूको पनि ठ्याक्कै त्यही जीवन दर्शनशास्त्र थियो: “जब मानिसले ठूलो पद पाउँछ, उसको परिवार र आफन्त उसको प्रतिष्ठामा सहभागी हुन्छन्।” जब कोही अधिकारी बन्छ, तिनीहरूका टाढा टाढाका आफन्तहरूलाई पनि फाइदा हुन्छ, अनि तिनीहरूले दण्डहीनतासहित व्यवहारिक रुपले जे पनि गर्न सक्छन्। चिनियाँ कम्युनिष्ट पार्टी-नियन्त्रित समाज यति अन्धकारपूर्ण, यति खराब छ कि, त्यो पूर्णरुपले निष्पक्षता वा न्यायरहित छ। मण्डलीको अगुवाको हैसियतले, सिद्धान्तहरूद्वारा क्रियाशील नभएर यी शैतानी दर्शनशास्त्रहरूद्वारा जिउँदा, म कसरी चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीभन्दा फरक भएँ त? सिस्टर लीलाई बर्खास्त गर्न नचाहनु साँचो प्रेम वा सहायताको भावनाको कारणले थिएन। उहाँले म स्नेहहीन र भावशून्य छु भन्नुहोला अनि मलाई उप्रान्त फेरि त्यही प्रकारले नहेर्नुहोला भनेर म डराएकी थिएँ। म उहाँको जीवनको बारेमा बिल्कुल सोँचिरहेको थिइनँ। परमेश्‍वरको घरमा कसैलाई प्रतिस्थापन गर्नु कसैलाई आत्म-मूल्याङ्कन गर्न प्रोत्साहित गर्नको निम्ति गरिन्छ, त्यसैले तिनीहरूले पश्चाताप गर्न र समयमै परिवर्तन हुन सक्छन्। परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिनेर सुरक्षा गर्ने यो एउटा तरिका हो। मलाई पनि मेरो जिम्मेवारीबाट बर्खास्त गरिएको छ, अनि जब मेरो असफलताबाट मैले मेरो पाठ सिकेँ, मण्डलीले मेरो निम्ति अर्को उपयुक्त कामको बन्दोबस्त गरिदियो। ठेस खाएर र लडेपछि मात्रै यसले मलाई चिन्तन गर्ने तुल्यायो अनि यसले मलाई केही साँचो आत्म-सचेतना प्रदान गर्यो। मानिसलाई मुक्ति दिनेपरमेश्‍वरको इच्छाको बारेमा पनि मैले धेरै कुरा बुझेँ, अनि उहाँको प्रेममा कृपार धार्मिकता दुवै सामेल हुन्छ भनी देखेँ। यी परमेश्‍वरको प्रेमका सिद्धान्तहरू हुन्; उहाँले हामीलाई बिगार्नु वा नष्ट गर्नुहुन्न। तर अरुको निम्ति मेरो “प्रेम” शैतानी सांसारिक सिद्धान्तहरूले भरिपूर्ण थियो अनि व्यक्तिगत अभिरूचीहरूमा आधारित थियो। यो संकीर्ण र स्वार्थी, अप्रिय र परमेश्‍वरको लागि घिनलाग्दो थियो। त्यसपछि मात्र मैले यो महसुस गरेँ कि जब हामी हाम्रा भावनाहरूमाथि भर पर्छौं, तब यो अरुको निम्ति र हाम्रो निम्ति पनि हानिकारक हुन्छ, अनि सत्यता अभ्यास गर्न र मेरा कर्तव्य राम्रोसित गर्नको निम्ति यो मेरो सबैभन्दा ठुलो अवरोध थियो। परमेश्‍वरको वचनहरूको न्याय र सजाय स्वीकार नगर्दा, साँचो पश्चाताप नगर्दा, मैले परमेश्‍वरको स्वभावलाई चोट पुर्याएको हुन्थेँ अनि परमेश्‍वरद्वारा अस्वीकृत, घृणित र हटाइएको हुन्थेँ।

परमेश्‍वरका वचनहरूमा मैले पछि अर्को पाठ पढेँ: “यदि तँ परमेश्‍वरसँग सामान्य सम्बन्ध राख्न चाहन्छस् भने तेरो हृदय परमेश्‍वरमा फर्किनै पर्छ। यसको जगमा अन्य मानिसहरूसँग पनि तेरो सम्बन्ध स्वाभाविक हुनेछ। यदि परमेश्‍वरसँग तेरो सम्‍बन्ध सामान्य छैन भने, अन्य मानिसहरूसँग तेरा सम्बन्धहरू कायम राख्न तैँले जे गरे पनि, तैँले जति कठिन परिश्रम गरे पनि वा तैँले जति शक्ति प्रयोग गरे पनि, यी सबै मानिसको जीवन जिउने सम्बन्धी दर्शनशास्त्रसँग सम्बन्धित हुनेछन्। तैँले मानवीय दृष्टिकोण र मानवीय दर्शनद्वारा मानिसहरूका बीचमा तेरो प्रतिष्ठा कायम गरिरहेको छस् ता कि मानिसहरू तेरो प्रशंसा गरून्, तर मानिसहरूसँग सामान्य सम्बन्ध स्थापित गर्न तैँले परमेश्‍वरका वचनलाई पालन गरिरहेका छैनस्। यदि तैँले मानिसहरूसँगको तेरा सम्बन्धहरूमा ध्यान केन्द्रित गर्दैनस् तर परमेश्‍वरसँग स्वाभाविक सम्बन्ध कायम राख्छस् भने, यदि तँ आफ्नो हृदय परमेश्‍वरलाई अर्पित गर्न र उहाँको आज्ञा पालन गर्न सिक्न तत्पर छस् भने, प्राकृतिक रूपमै सबै मानिसहरूसँगका तेरा सम्बन्धहरू सामान्य हुनेछन्। यसप्रकार, ती सम्बन्धहरू शरीरमा होइन, तर परमेश्‍वरका प्रेमका आधारमा स्थापित हुन्छन्। त्यहाँ झण्डै शून्य शारीरिक अन्तरक्रिया हुन्छ, तर आत्मामा भाइचारा, पारस्परिक प्रेम, पारस्परिक सान्त्वना, र एक-अर्काको लागि प्रबन्ध हुन्छ। यी सबै परमेश्‍वरलाई सन्तुष्ट पार्ने हृदयको जगमा गरिन्छ। जीवन जिउने सम्बन्धी मानवीय सिद्धान्तमा आधारित भएर यी सम्बन्धहरू कायम राखिँदैन, तर परमेश्‍वरको लागि अभिभारा बोकेर प्राकृतिक तरिकाले नै स्थापित हुन्छ। यसको लागि मानव निर्मित प्रयत्न आवश्यक पर्दैन। तैँले परमेश्‍वरको वचन सिद्धान्त अनुसार अभ्यास मात्र गर्नु आवश्यक हुन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ”)।

परमेश्‍वरका वचनहरू पढिसकेपछि मैले बुझेँ कि दाजुभाइ तथा दिदीबहिनीहरूसितको सम्बन्धहरू मुख्यतया परमेश्‍वरको प्रेममा आधारित हुन्छन्। ती शैतानको सासारिक दर्शनशास्त्रहरूद्वारा थामिएका हुँदैनन्। सत्यतालाई अभ्यास गर्नु नै कुञ्जी हो। विशेष गरी जब यो परमेश्‍वरको घरको कामको कुरा आउँछ, जब कसैले सत्यताको सिद्धान्तहरूको विरुद्धमा आफ्नो काम गरिरहेको हामी देख्छौँ, हामीले तिनीहरूलाई सहायता र भरण पोषण गर्न सत्यताको विषयमा सङ्गति गर्नुपर्छ। यदि केही सङ्गतिहरूपछि पनि तिनीहरूले अझै पश्चाताप गरेनन् भने, तिनीहरूलाई जब आवश्यक हुन्छ, तब छाँटिनुपर्छ र व्यवहार गरिनुपर्छ। परिवार र साथीहरूको सम्बन्धमा पनि, हामी हाम्रा भावनाहरूमा भर पर्न सक्दैनौँ वा सांसारिक दर्शनशास्त्रहरूअनुसार चल्न सक्दैनौँ। हामीले परमेश्‍वरको वचनहरूका सिद्धान्तहरूद्वारा कुराहरू गर्नुपर्छ: आवश्यक परे सङ्गति गर्नुहोस् र त्यसले काम गर्दैन भने तिनीहरूको प्रतिस्थापन गर्नुहोस्। मण्डलीको काम र परमेश्‍वरको घरको अभिरूचीहरूलाई सधैँ थामिनुपर्छ। यही मात्रै परमेश्‍वरको इच्छाअनुरुप छ। पछि मैले यसलाई केही सहकर्मीहरूसित छलफल गरेँ र सत्यताको सिद्धान्तहरूअनुसार सिस्टर लीलाई बर्खास्त गरेँ। परमेश्‍वरको वचनहरूको ज्योतिमा उहाँको कार्यसम्पादनलाई विश्लेषण गर्न मैले उहाँलाई सङ्गति पनि दिएँ। अनि ब्रदर चेनलाई झुण्ड अगुवामा पदोन्नति दिएँ। तब मात्रै मैले हृदयमा चैनको अनुभव गरेँ। केही समयपछि मैले सिस्टर लीलाई परमेश्‍वरका केही वचनहरू पढिदिएँ अनि तिनी कस्तो गर्दैछिन् भनेर सोधेँ। उहाँले भनिन्, “परमेश्‍वरलाई धन्यवाद होस्! उहाँले गर्नुहुने सबै कुरा असल छ। पहिले त मैले नकारात्मक अनुभव गरेँ र कष्ट भोगिरहेको थिएँ, तर परमेश्‍वरका वचनहरूको पढाइ र प्रार्थनाद्वारा, मैले बुझेँ कि परमेश्‍वरले मलाई परिवर्तन गर्न यस प्रकारले काम गरिरहनुभएको थियो, अनि यदि मलाई बर्खास्त गरिएको भए र मेरा गल्तीहरू औँल्याइएको भए, म आफैंलाई चिन्दिनथेँ, न त म अहिले भएको जस्तै म परिवर्तन भएको र पश्चाताप गरेको थिएँ।” यसलाई सुनेर, मैले देहलाई त्याग्नु र सत्यतालाई अभ्यास गर्नु कति मीठो रहेछ भनी महसुस गरेँ। मैले यो पनि अनुभव गरेँ कि सत्यतालाई अभ्यास गर्नु अनि सिद्धान्तद्वारा चल्नु मात्रै परमेश्‍वरको इच्छाअनुरुप हुन्छ। यो मात्रै प्रतिष्ठित मार्ग हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

म के हुँ भनी खुलासा

वेइशियाओ, स्पेन यो वर्षको सुरूतिर, म मण्डलीको अगुवा छँदा, सुसमाचार टोलीकी अगुवा सिस्टर वाङलाई अर्को मण्डलीमा सरुवा गरियो। एकदिन अर्को...

म अब जिम्‍मेवारीदेखि डराउँदिनँ

चेङ्ग नुओ, चीनईश्वी सम्वत् २०२० नोभेम्बर महिनामा एक दिन हाम्रो टोली भेलामा एकजना अगुवा सहभागी भए र भेला सकेपछि उनले हाम्रो सम्पादन कार्यको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्