मैले आफ्ना आमाबाबुको दयाप्रति कस्तो व्यवहार गर्नुपर्छ भन्ने जानेको छु।
म तीन वर्षको हुँदा मेरा आमाबुबाले आफ्ना भावनात्मक बेमेलका कारण सम्बन्ध विच्छेद गरे, अनि चार वर्षको हुँदा मेरी सौतेनी आमा आइन्। मेरा धूमिल...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मेरा बुबा हाम्रो क्षेत्रमा छोराछोरीको धर्म असाध्यै निभाउने छोरो बन्नुमा प्रख्यात हुनुहुन्थ्यो। हुर्कँदै जाँदा, म सधैँ उहाँले डिनर टेबलमा प्रायः यसो भन्नुभएको सुन्थेँ: “सन्तानी माया नै सबैभन्दा ठूलो पुण्य हो। तिमी आफ्नो आत्म-आचरणमा, पहिले आफ्ना आमाबुबाप्रति छोराछोरीको धर्म निभाउनैपर्छ; यो आधारभूत कुरा हो। हेर त, भर्खरै जन्मेको पाठाले समेत दूध चुस्न घुँडा टेक्न जान्दछ, त्यसैले आमाबुबाप्रति छोराछोरीको धर्म ननिभाउने जोकोही पशुभन्दा खतम हुन्छ! तिम्री हजुरमा बिरामी हुनुहुँदा, म रातैपिच्छे उहाँसँग जागै बस्थेँ। वास्तवमा, तिम्रा हजुरबा-हजुरमाको हेरचाह गर्न, उहाँहरू दुवै नबितुन्जेल मैले बिहे गर्नेबारे समेत सोचिनँ।” त्यसले मेरो कलिलो हृदयमा छोराछोरीको धर्म निभाउनुको बिउ रोप्यो, अनि मैले ठूली भएपछि म आफ्ना आमाबुबाप्रति असल हुनुपर्छ, नत्र मसँग विवेक हुनेछैन भनेर निर्णय गरेँ। म सत्र वर्षकी हुँदा, मेरा बुबालाई सर्वशक्तिमान् परमेश्वरमाथिको उहाँको विश्वासका कारण सिसिपिले पक्राउ गरेर दुई वर्षको श्रममार्फत् पुनः शिक्षाको सजाय सुनायो। त्यतिबेला म घरबाट टाढा काम गरिरहेकी थिएँ। म बेलाबेला श्रम शिविरमा बुबालाई भेट्न जान्थेँ र उहाँका लागि खानेकुरा लगिदिन्थेँ, अनि मद्दत गर्न मेरो बचेको ज्याला घर पठाउँथेँ। मैले बिहे गरेपछि, म हरेक चिनियाँ नयाँ वर्षमा आफ्ना आमाबुबालाई लुगाफाटा, विशेष खानेकुरा इत्यादि किनिदिन्थेँ। पछि, मैले परमेश्वरमा विश्वास गरेँ र घरबाट टाढा रहेर आफ्नो कर्तव्य निर्वाह गरेँ। मेरा आमाबुबा मलाई एकदमै साथ दिनुहुन्थ्यो र मलाई पैसासमेत दिनुहुन्थ्यो। मलाई यसबारे असाध्यै नराम्रो लाग्थ्यो, सोच्थेँ, “मलाई मेरा आमाबुबाले हुर्काउनुभयो, त्यसैले अब मैले उहाँहरूको हेरचाह गर्नुपर्ने हो। त्यसको साटो, उहाँहरूले नै अझै मेरो हेरचाह गरिरहनुभएको छ…।” त्यसबेला, म सधैँ सिसिपिको पतन होस् ताकि म घर गएर आफ्ना आमाबुबालाई बुढेसकालमा राम्रो हेरचाह गर्न सकूँ भन्ने आशा गर्थेँ। तर इसाईहरूमाथिको सिसिपिको सतावट झन्-झन् तीव्र हुँदै गयो। हाम्रो परिवार परमेश्वरमाथिको आफ्नो आस्थाका लागि स्थानीय रूपमा चिनिएको थियो, र मेरा बुबाको प्रहरी रेकर्ड थियो, त्यसैले हाम्रो परिवार सिसिपिको मुख्य तारो बन्यो। सन् २०१६ मा, म परमेश्वरमा विश्वास गर्न र आफ्नो कर्तव्य निर्वाह गर्न एउटा विदेशी लोकतान्त्रिक देशमा भागेर गएँ। जब-जब मसित शान्त क्षण हुन्थ्यो, तब-तब मेरो मनमा देश छोड्दा मेरा आमाबुबाले मलाई बिदाइ गरेको दृश्य आउँथ्यो। त्यस सम्झनाले सधैँ मेरो हृदय दुख्थ्यो। विशेष गरी उहाँहरू वृद्ध हुँदै जानुभएकाले उहाँहरूको राम्रो हेरचाह गर्न म त्यहाँ हुन नसकेकामा मलाई साह्रै ग्लानि महसुस हुन्थ्यो।
सन् २०१९ को ग्रीष्म ऋतुमा, मैले आफ्नो परिवारबारे सोध्न स्वदेशको मण्डली अगुवालाई चिठी लेखेँ। केही समयपछि, मैले जवाफ पाएँ जसमा मेरा बुबा केही वर्षअघि नै कुनै बिमार लागेर बितिसक्नुभयो भनेर भनिएको थियो। मलाई विश्वासै लागेन। मेरो अनुहारमा अविरल आँसु बगिरह्यो। टोली अगुवाले मलाई परमेश्वरको सार्वभौमिकताबारे उहाँका वचनहरूका केही खण्ड पढेर सुनाइन्, तर मेरो मन भने घरमा मेरा बुबाले गरेको मायालु हेरचाहको सम्झनाले भरिएको थियो, अनि मैले उनको कुनै पनि सङ्गति ग्रहण गर्न सकिनँ। म कोठाबाट बाहिर निस्किँदा, आकाश धुम्म थियो, र मानौँ संसारबाट सबै रङ्ग उडेझैँ लाग्थ्यो। म आफ्नो प्राणले मलाई छोडेझैँ महसुस गर्दै आफ्नो ठाउँमा फर्केँ। मेरो मनभरि मेरा बुबाको मायालु अनुहार छायो, उहाँले मलाई यस्तो सोधिरहनुभएको जस्तो लाग्यो, “तिमीलाई के खान मन छ? तिमी त्यहाँ ठिक छ्यौ?” तर अब मैले उहाँको आवाज कहिल्यै सुन्नेथिइनँ। मैले यसबारे जति धेरै सोचेँ, मलाई त्यति नै धेरै दुःख लाग्यो, अनि म भक्कानिएर नरोई बस्नै सकिनँ। ती दिनहरूमा, मप्रति मेरा बुबाले देखाएको दयाका सम्झनाहरू मेरो मनमा उर्लेर आइरहे। म प्राथमिक विद्यालयमा हुँदा, मेरा बुबा मलाई खानेकुरा किन्न प्रायः पकेट खर्च दिनुहुन्थ्यो र मलाई घरको कुनै पनि काम कहिल्यै गर्न दिनुहुन्नथ्यो। मैले बिहे गरेपछि, मेरा बुबाले मलाई सर्वशक्तिमान् परमेश्वरको सुसमाचार प्रचार गर्नुभयो। हामी सँगै भजन गाउँथ्यौँ र हाम्रो अनुभवात्मक बुझाइबारे सङ्गति गर्थ्यौँ। मैले आफ्नो कर्तव्य निर्वाह गर्न घर छोडेपछि, मेरा आमाबुबाले एकदमै साथ दिनुभयो र मलाई प्रायः आर्थिक रूपमा मद्दत गर्नुहुन्थ्यो। जब-जब म फर्किन्थेँ, तब-तब उहाँहरू सधैँ मेरा लागि अनेक किसिमका नयाँ र स्वादिष्ठ खानेकुराहरू बनाइदिनुहुन्थ्यो र मलाई असाध्यै माया गर्नुहुन्थ्यो। मेरा बुबा मप्रति असाध्यै राम्रो हुनुहुन्थ्यो, अनि मैले उहाँको ऋण चुकाउने मौका नपाई उहाँ बित्नुभयो। मलाई एकदमै दोषी र आत्मग्लानि महसुस भयो। मलाई आफूले यति चाँडै बिहे गरेकीमा, र म उहाँप्रति छोराछोरीको धर्म निभाउन त्यहाँ नहुने गरी आफ्नो कर्तव्यमा व्यस्त भएकीमा समेत पछुतो लाग्यो। अब उहाँ बितिसक्नुभएको थियो, र मैले त्यो ठिक गर्ने कुनै पनि मौका गुमाइसकेकी थिएँ। मेरो हृदय पछुतो, दोष र आत्मग्लानिले भरियो, अनि मेरो हृदय आफ्नो कर्तव्यमा थिएन। हामी त्यसबेला एउटा नाटक पूर्वाभ्यास गरिरहेका थियौँ। मैले ढोका खोलेर यसो भन्दै कराउनुपर्ने थियो, “अङ्कल, म आएँ!” तर पूर्वाभ्यासको बेला, मैले ढोका खोलेँ र कराएँ, “बुबा, म घर आएँ!” तुरुन्तै मेरो अनुहारमा आँसु बग्यो, अनि हामीले पूर्वाभ्यासलाई निरन्तरता दिन सकेनौँ। त्यस अवधिमा, मैले हरेक दिन आफ्नो कर्तव्य निर्वाह गरे तापनि, मेरो हृदय रित्तो भएको महसुस हुन्थ्यो। आफूले गरेको हरेक कुरामा मेरो ध्यान जाँदैनथ्यो र मैले पूर्वाभ्यास गर्ने कुनै ऊर्जा नै पाउन सकिनँ। मैले आफ्नो स्थिति गलत छ भन्ने बुझेँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “परमेश्वर, मेरा बुबा बित्नुभएको छ, र मलाई आफ्नो मूल नै गुमेको जस्तो महसुस हुन्छ। मेरो हृदय असाध्यै दुःखी छ। यो कसरी अनुभव गर्ने मलाई थाहा छैन। कृपया मलाई तपाईँको अभिप्राय बुझ्न मार्गदर्शन गर्नुहोस्।”
खोजी गर्दै गर्दा, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ जसले मलाई मेरा बुबाको मृत्युलाई स्पष्ट रूपमा बुझ्न मद्दत गर्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “व्यक्तिको जन्मलाई उसको अघिल्लो जीवनले निर्धारित गरेको हुन्छ भने, उसको मृत्युले त्यो नियतिलाई टुङ्ग्याउँछ। व्यक्तिको जन्म यो जीवनमा उसको मिसनको सुरुवात हो भने, उसको मृत्युले त्यो मिसनको अन्त्यलाई जनाउँछ। प्रत्येक व्यक्तिको जन्मका लागि सृष्टिकर्ताले निश्चित परिस्थितिहरू तय गर्नुभएको हुँदा, पक्कै पनि उहाँले तिनीहरूको मृत्युका लागि पनि निश्चित परिस्थितिहरूको बन्दोबस्त गर्नुभएको हुन्छ। अर्को शब्दमा भन्दा, कोही पनि संयोगले जन्मँदैन, कसैको पनि मृत्यु अचानक आउँदैन, अनि जन्म र मृत्यु दुवै व्यक्तिको अघिल्लो जीवन र वर्तमान जीवनसँग अपरिहार्य रूपमा जोडिएका हुन्छन्। व्यक्तिको जन्मका परिस्थितिहरू कस्ता हुन्छन् र उसको मृत्युका परिस्थितिहरू के हुन् भन्ने कुरा सृष्टिकर्ताले गर्ने पूर्वनियोजनहरूसँग सम्बन्धित हुन्छ; व्यक्तिको नियति, व्यक्तिको प्रारब्ध यही हो। व्यक्तिको जन्मसम्बन्धी विभिन्न व्याख्याहरू रहेका हुनाले, व्यक्तिको मृत्युका पनि विभिन्न विशेष परिस्थिति अवश्य नै हुन्छन्। यसर्थ, मानवजातिका बीचमा फरक-फरक आयु अनि मानिसहरूको मृत्युका फरक-फरक तरिका र समयहरू अस्तित्वमा आए। कतिपय मानिसहरू बलिया र स्वस्थ हुन्छन्, तैपनि तिनीहरू जवानीमै मर्छन्; अरू चाहिँ कमजोर र बिरामी भइरहने हुन्छन्, तैपनि तिनीहरू बुढेसकालसम्म बाँच्छन् र शान्तिसाथ मरेर जान्छन्। केही मानिसहरू अप्राकृतिक कारणले मर्छन्, अरूहरू प्राकृतिक रूपमा मर्छन्। कतिपय घरबाट टाढा हुँदा मर्छन्, अरूहरूले आफ्ना प्रियजन आफ्नै छेउ हुँदा आफ्ना आँखाहरू अन्तिम पटक चिम्लिन्छन्। कतिपय मानिसहरू मध्याकाशमा मर्छन्, अरूहरू पृथ्वीमुनि मर्छन्। कतिपय मानिसहरू पानीमा डुबेर मर्छन्, अरू विपत्तिमा परेर मर्छन्। कोही बिहान मर्छन्, कोही राती। … हरेक व्यक्तिले चहकिलो जन्म, शानदार जीवन, अनि गौरवशाली मृत्यु चाहन्छ, तर कसैले पनि आफ्नो नियतिलाई उछिन्न सक्दैन, कोही पनि सृष्टिकर्ताको सार्वभौमिकताबाट उम्कन सक्दैन। मानव नियति यही हो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। परमेश्वरका वचनहरूबाट, मैले हरेक व्यक्तिको जीवन र मृत्यु परमेश्वरले धेरै अघि नै पूर्वनियोजित गर्नुभएको हुन्छ; सबैको आफ्नै भवितव्य हुन्छ भन्ने बुझेँ। मेरा बुबाको मृत्यु अचानक भएको थिएन। उहाँको समय सकिएको थियो। उहाँको जाने समय आएपछि, उहाँ जानुभयो। यो परमेश्वरले पूर्वनियोजित गरेको नियम हो जसलाई कसैले बदल्न सक्दैन, अनि म सधैँ उहाँको साथमा भएकी भए पनि त्यो तथ्य बदल्न सक्दिनथेँ। वास्तवमा, यो मेरा बुबाको कुरा मात्र होइन। जन्मिएको क्षणदेखि नै, हामी सबैले कुनै दिन यो संसार छोड्ने निश्चित छ। यति मात्र हो, हरेक व्यक्तिको जाने समय र तरिका फरक हुन्छ। कोही बुढेसकालले मर्छन्, कोही डुबेर मर्छन्, र कोही अचानक बिरामी भएर मर्छन्। यी कसैले भविष्यवाणी गर्न वा रोक्न नसक्ने कुराहरू हुन्। ती सबै परमेश्वरका पूर्वनिर्धारिणहरू हुन्। हामी परमेश्वरको सार्वभौमिकताप्रति समर्पित हुनुपर्छ र हामीले जीवन र मृत्युलाई सही रूपले लिनुपर्छ। यो बुझेर मेरो हृदयमा केही शान्ति छायो, अनि म बिस्तारै आफ्नो हृदयलाई शान्त पार्न र आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम भएँ।
अक्टोबर २०२२ मा, मैले स्वदेशकी एउटी सिस्टरबाट मेरी आमा पनि केही वर्षअघि बित्नुभयो भनेर थाहा पाएँ। म मर्माहत भएँ। मैले आफू देश छोडेर जाँदा मेरी आमाले सोधेको कुरा सम्झेँ, “मेरी प्यारी छोरी, के मैले मर्नुअघि तिमीलाई फेरि कहिल्यै भेट्न पाउँछु होला?” ती शब्दहरू यथार्थ बन्लान् भनेर मैले कहिल्यै कल्पना गरेकी थिइनँ। मेरा बुबा बित्नुहुँदा मृत्युलाई कसरी लिने भन्नेबारे मैले परमेश्वरका केही वचन पढेकी र उहाँहरूको मृत्युलाई स्विकार्न सकेकी भए तापनि, “छोराछोरी आफ्ना आमाबुबाको हेरचाह गर्न चाहन्छन्, तर तिनीहरूका आमाबुबा नै हुनुहुन्न” भन्ने भावना झन्-झन् बलियो हुँदै गयो। आफ्ना आमाबुबाप्रति मैले महसुस गरेको ग्लानि मेरो हृदयमा परेको गाँठोजस्तै थियो जुन मैले फुकाउनै सकिनँ। विशेष गरी, उहाँहरू बिरामी हुँदा म उहाँहरूको हेरचाह गर्न त्यहाँ थिइनँ भन्नेबारे सोच्दा, मैले धेरै गर्न नसके पनि मलाई साह्रै ग्लानि हुन्थ्यो। सायद उहाँहरूसँग रहेर उहाँहरूलाई परमेश्वरका वचनहरू पढेर सुनाउँदा मात्र पनि उहाँहरूको एक्लोपन र पीडा अलि कम हुन सक्थ्यो। तर मैले उहाँहरूको साँच्चै राम्रो हेरचाह गर्ने मौका पाउनुअघि नै उहाँहरू बित्नुभयो, र उहाँहरूले मर्नुअघि मलाई अन्तिम पटक देख्न पाउनुभएन। म आफ्ना आमाबुबा बित्नुहुँदा उहाँहरूको साथमा थिइनँ, त्यसैले मेरा आफन्तहरूले पक्कै पनि मलाई कृतघ्न नीच व्यक्ति भन्नेथे र मेरा आमाबुबाले आफ्नो प्रेम व्यर्थमा ममाथि खेर फाल्नुभयो भनेर भन्नेथे। मैले त्यसबारे जति धेरै सोचेँ, म त्यति नै धेरै दुःखी बनेँ। सम्झनाहरू चलचित्रझैँ मेरो मनमा एकपछि अर्को गर्दै दोहोरिए। त्यसबेला, हामीले एउटा चलचित्रको छायाङ्कन गरिरहेका थियौँ। म भूमिकामा भिज्नै नसकेका दुई वटा सामान्य शट थिए, र अन्त्यमा, हामीले छायाङ्कन रोक्नुपर्यो। ब्रदर-सिस्टरहरूले मेरो स्थिति गलत भएको देखे र मलाई सम्झाए, “यस्तो दृश्य तपाईँका लागि गाह्रो नहुनुपर्ने हो। केही समय लिएर आफ्नो स्थिति ठिक गर्नुहोस्, अनि हामी पछि फेरि प्रयास गर्नेछौँ।” त्यस अवधिमा, मेरा आमाबुबाको मृत्यु मेरो हृदयलाई सबैभन्दा धेरै पीडा दिने कुरा बन्यो। कहिलेकाहीँ, लगभग मेरा आमाबुबाकै उमेरका ब्रदर-सिस्टरहरूलाई देख्दा मलाई उहाँहरूको याद आउँथ्यो। मेरो हृदय दुख्थ्यो, र थाहै नभई म रुन थाल्थेँ। म उहाँहरूको सपना पनि देख्थेँ र मध्यरातमा रुँदै ब्युँझन्थेँ। अनि म घण्टौँसम्म ननिदाई पल्टिरहन्थेँ, उहाँहरूको अनुहार र आवाज मेरो मनमा आइरहन्थ्यो, र मलाई उहाँहरूप्रति एकदमै ऋणी भएको महसुस हुन्थ्यो। यस पछुतोले मेरो हृदयलाई गह्रौँ ढुङ्गाले जस्तै थिच्यो, अन्ततः एक दिन, परमेश्वरले आफ्ना आमाबुबाप्रति छोराछोरीको धर्म निभाउने व्यक्ति हुनेसम्बन्धी सत्यताबारे सङ्गति गर्नुभयो, र मेरो हृदय अन्ततः उज्यालो भयो।
सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कतिपय आमाबुबाले घरायसी आनन्द साथै बालबच्चा र नातिनातिनाले भरिएको घरमा रमाउने आशिष् र नियति पाएका हुन्छन्। यो परमेश्वरको सार्वभौमिकता हो, र यो तिनीहरूलाई परमेश्वरले दिनुहुने आशिष् हो। कतिपय आमाबुबाको यो नियति हुँदैन; परमेश्वरले तिनीहरूको लागि यस्तो बन्दोबस्त गर्नुभएको हुँदैन। तिनीहरूले सुखी परिवार पाउने, वा आफ्ना सन्तानद्वारा घेरिएर बस्ने आशिष् पाएका हुँदैनन्। यो परमेश्वरको योजनाबद्ध कार्य हो र मानिसहरूले जबरजस्ती गरेर हुँदैन। जे होस्, अन्ततः पितृभक्तिको सन्दर्भमा, मानिसहरूमा कम्तीमा समर्पणको मानसिकता हुनैपर्छ। यदि परिस्थितिले साथ दियो र तँसित त्यसो गर्नलाई क्षमता भयो भने, तैँले आमाबुबालाई सन्तानीय आदर देखाउन सक्छस्। यदि परिस्थितिले साथ दिएन र तँसित त्यसो गर्ने क्षमता छैन भने, जबरजस्ती गर्ने कोसिस नगर्। यो समर्पण हो। यो समर्पण कसरी आउँछ? यो समर्पणको आधार के हो? यो परमेश्वरले बन्दोबस्त गरिरहनुभएका र परमेश्वरको सार्वभौमिकताअन्तर्गत पर्ने यी सबै कुराहरूमा आधारित हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता वास्तविकता भनेको के हो?)। “यदि तँ सबथोक परमेश्वरको हातमा हुन्छ भन्ने कुरामा साँच्चिकै विश्वास गर्छस् भने, तैँले तिनीहरूले जीवनभर कति कठिनाइ भोग्छन् र कति खुसी प्राप्त गर्छन् भन्ने कुरा पनि परमेश्वरकै हातमा हुन्छ भनी विश्वास गर्नुपर्छ। तँ कर्तव्यनिष्ठ सन्तान हुनु वा नहुनुले केही फरक पार्दैन—तँ कर्तव्यनिष्ठ सन्तान भएको कारण तेरा आमाबुबाले कम दुःख भोग्ने र तँ कर्तव्यनिष्ठ सन्तान नभएकोले तिनीहरूले बढी दुःख भोग्ने होइन। परमेश्वरले तिनीहरूको भाग्य धेरै पहिले नै पूर्वनिर्धारण गरिसक्नुभएको छ, र तिनीहरूप्रतिको तेरो मनोवृत्तिको कारणले वा तिमीहरूबीचको भावनाको गहिराइले यो कुरामा केही परिवर्तन हुनेवाला छैन। तिनीहरूको आफ्नै भाग्य छ। चाहे तिनीहरू जीवनभर धनी होऊन् वा गरिब, तिनीहरूको लागि परिस्थितिहरू उतारचढावरहित होऊन् वा नहोऊन्, वा तिनीहरूले जस्तोसुकै जीवनको गुणस्तर, भौतिक लाभ, सामाजिक हैसियत र जियाइका परिस्थितिहरू प्राप्त गरे पनि, यी कुनै कुराको पनि तँसित खासै केही सम्बन्ध हुँदैन। … धेरैजसो मानिसले आफ्नो कर्तव्य निर्वाह गर्न घर छोड्ने छनौट गर्नुको कारण एक हिसाबमा अझ फराकिलो वस्तुगत परिस्थिति हो, जसले गर्दा तिनीहरूले आफ्ना आमाबुबालाई छाडेर जानुपर्ने हुन्छ र तिनीहरू आमाबुबालाई हेरचाह गर्न र साथ दिन तिनीहरूको साथमा बस्न सक्दैनन्। तिनीहरूले इच्छापूर्वक आमाबुबालाई छाड्न रोज्छन् भन्ने होइन। यो त वस्तुगत कारण हो। अर्को हिसाबमा, व्यक्तिपरक रूपमा भन्नुपर्दा, तँ आफ्नो कर्तव्य निर्वाह गर्न बाहिर जानुको कारण आफ्ना आमाबुबाप्रतिको जिम्मेवारी पन्छाउनका लागि नभई, परमेश्वरको बोलावटको कारणले हो। परमेश्वरको कामसँग सहकार्य गर्न, उहाँको बोलावट स्विकार्न, र सृजित प्राणीको कर्तव्य निर्वाह गर्न, तँसित आमाबुबालाई छोड्नुबाहेक अरू विकल्प थिएन; तँ तिनीहरूलाई साथ दिन र हेरचाह गर्न तिनीहरूको छेउमै बसिरहन मिल्थेन। तैँले जिम्मेवारीहरूबाट पन्छिन तिनीहरूलाई छोडेको त होइनस् नि, होइन र? आफ्ना जिम्मेवारीहरूबाट पन्छिन तिनीहरूलाई छोड्नु अनि परमेश्वरको बोलावट स्विकार्न र आफ्नो कर्तव्य निर्वाह गर्न तिनीहरूलाई छोड्नुपर्ने हुनु—के यी दुई फरक प्रकृतिका कुरा होइनन् र? (हजुर।) तेरो हृदयमा, तँसित आफ्ना आमाबुबाका लागि चिन्ता छ र तँलाई तिनीहरूको याद आउँछ; तेरो भावना खोक्रो हुँदैन। यदि वस्तुगत परिस्थितिहरूले साथ दिन्छन् र तँ आफ्नो कर्तव्य पनि निर्वाह गर्दै तिनीहरूको साथमा रहन सक्छस् भने, तँ तिनीहरूलाई साथ दिन इच्छुक हुनेथिइस्, र नियमित रूपमा तिनीहरूको ख्याल गरिरहेको र आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेको हुनेथिइस्। तर वस्तुगत परिस्थितिहरूका कारणले गर्दा तैँले तिनीहरूलाई छोड्नैपर्छ र तँ तिनीहरूको साथमा बस्न मिल्दैन। यो होइन कि तँ तिनीहरूको बच्चा भएर आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहँदैनस्, बरु यो हो कि तैँले त्यो पूरा गर्नै सक्दैनस्। के यसको प्रकृति फरक छैन र? (छ।) यदि तैँले कर्तव्यनिष्ठ सन्तान नबन्न र आफ्ना जिम्मेवारीहरू पूरा नगर्न घर छोडिस् भने, त्यो आमाबुबाप्रति कर्तव्यनिष्ठ नहुनु हो र त्यसमा मानवता हुँदैन। तेरा आमाबुबाले तँलाई हुर्काए, तर तँ आफ्ना पखेटाहरू फिँजाएर आफ्नो बाटो लाग्न आतुर छस्। तँ आमाबुबा हेर्न चाहँदैनस्, र तिनीहरू कुनै कठिनाइमा परेको सुन्दा तँ केही चासो दिँदैनस्। तँ आफूसँग स्रोतसाधन भएर पनि मद्दत गर्दैनस्; तँ नसुनेझैँ गर्छस् र अरूलाई तेरो बारेमा जे मन लाग्छ त्यो भन्न दिन्छस्—तँ बस आफ्ना जिम्मेवारीहरू पूरा गर्न चाहँदैनस्। यो आमाबुबाप्रति कर्तव्यनिष्ठ नहुनु हो। तर के अहिलेको अवस्था यस्तो हो त? (होइन।) धेरै मानिसहरूले कर्तव्य निभाउन आफ्नो सहर, प्रान्त, वा आफ्नो देशसमेत छाडेका छन्; तिनीहरू आफ्नो गृहनगरबाट धेरै टाढा छन्। साथै, विविध कारणहरूले गर्दा तिनीहरूलाई आफ्ना परिवारलाई सम्पर्क गर्न सहज छैन। बेलाबेलामा, तिनीहरू आफ्नो गृहनगरबाट आएका मानिसहरूलाई आफ्ना आमाबुबाको हालखबर सोध्छन् र तिनीहरू स्वस्थ छन् र तिनीहरूको राम्रै गुजारा चलिरहेको छ भन्ने सुनेर राहत महसुस गर्छन्। खासमा, तँ आमाबुबाप्रति कर्तव्यनिष्ठ नभएको होइनस्। तँ आफ्ना आमाबुबाको चासो राख्न वा तिनीहरूप्रतिका जिम्मेवारीहरू पूरा गर्नसमेत नचाहने गरी मानवता नै नभएको बिन्दुमा पुगेको छस् भन्ने होइन। विविध वस्तुगत कारणहरूले गर्दा नै तँ आफ्ना जिम्मेवारीहरू पूरा गर्न असक्षम भएको होस्—यसको अर्थ तैँले छोराछोरीको धर्म पूरा नगरेको होइन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१६))। परमेश्वरका वचनहरूले मलाई के बुझ्न मद्दत गरे भने आमाबुबाले आफ्ना छोराछोरीको सन्तानी हेरचाह पाउन सक्ने-नसक्ने कुरा परमेश्वरको पूर्वनिर्धारणमा निर्भर गर्छ। सबैले आफ्ना छोराछोरी आफ्नै साथमा होऊन् र आफ्ना पछिका वर्षहरू छोराछोरी र नातिनातिनाले घेरिएर बिताउन पाइयोस् भन्ने आशा गर्छन्। तर केही आमाबुबाले आफ्ना छोराछोरीको साथ र हेरचाहको आनन्द लिन पाउँछन्, र उनीहरू बित्दा छोराछोरी उनीहरूकै साथमा हुन्छन्, जबकि अरू मामिलामा, छोराछोरीहरू काम वा विवाहजस्ता विभिन्न कारणहरूले गर्दा उनीहरूको हेरचाह गर्न त्यहाँ हुन सक्दैनन्, र आमाबुबा आफ्नो बुढेसकाल एक्लै जिउँछन्। यो परमेश्वरले सबैका लागि प्रबन्ध गरेको नियति हो। यसलाई कसैले बाध्य पार्न सक्दैन, र कसैले पनि बदल्न सक्दैन। मेरा आमाबुबा बित्नुअघि म उहाँहरूको हेरचाह गर्न त्यहाँ हुन नसक्नु मेरा आमाबुबाको नियति थियो, र म परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ। तर मैले यस सन्दर्भमा सत्यता नबुझेकीले, आफू उहाँहरूको साथमा हुन नसकेकीमा म निरन्तर पछुतो र दुःखले भरिएँ। मैले समयलाई पछाडि फर्काउन सकेकी भए, म उहाँहरूकै साथमा बस्नेथिएँ र कहिल्यै छोड्नेथिइनँ भन्नेसमेत सोचेँ। उहाँहरू गम्भीर बिरामी हुनुहुँदा र बित्नुहुँदा म उहाँहरूको हेरचाह गर्न त्यहाँ भएकी भए, मैले उहाँहरूको पीडा कम गर्न सक्थेँ कि भनेर विश्वास गरेकी थिएँ। म एकदमै अज्ञानी थिएँ! म त केवल सृजित प्राणी हुँ; मसँग आफ्ना आमाबुबाको नियति बदल्ने सामर्थ्य बिलकुलै छैन। कोही आमाबुबाले आफ्ना छोराछोरीको हेरचाह पाउँछन् तर अझै निरन्तर बिरामी पर्छन्, हरेक दिन औषधी खान्छन्, र दुःखमा जिउँछन्। अरू आमाबुबा स्वस्थ हुन्छन्, आफ्नो हेरचाह आफैँ गर्न सक्छन्, र आफ्ना छोराछोरीहरू वरपर नभए पनि निकै राम्रोसँग जिउँछन्। मैले आफ्नी हजुरनीबारे सोचेँ। मेरा बुबाले उहाँको यस्तो ध्यानपूर्वक हेरचाह गर्नुहुन्थ्यो, तर त्यसले उहाँको रोगको पीडा अलिकति पनि कम गरेन, र अन्ततः उहाँ आफ्नो बिरामीकै कारण बित्नुभयो। त्यसपछि मैले मेरा आमाबुबालाई लागेको रोग र उहाँहरू बितेको तरिकालाई सम्झेँ—यो सब परमेश्वरद्वारा धेरै अघि नै पूर्वनियोजित गरिएको थियो। म त्यहाँ भएकी भए पनि, उहाँहरूले कुनै कम कष्ट भोग्नुहुनेथिएन, र मेरो हेरचाहले उहाँहरूको जीवन एक सेकेन्ड लम्ब्याउनेथिएन। त्यससँगसँगै, मैले छोराछोरीको धर्म निभाउनु र ननिभाउनुबीचको भिन्नता पनि बुझेँ: यदि परिस्थितिहरूले दिन्छन्, तर छोराछोरीले आफ्ना जिम्मेवारीहरू पन्छ्याउँछन् र आफ्ना आमाबुबा बिरामी वा समस्यामा पर्दा उनीहरूलाई बेवास्ता गर्छन् भने, त्यो छोराछोरीको धर्म ननिभाउनु हो। तर यदि तपाईँ आफ्नो नियन्त्रणबाहिरका वस्तुगत परिस्थितिहरूका कारण आफ्ना आमाबुबाको हेरचाह गर्न सक्नुहुन्न भने, त्यो मानवताहीन हुनु वा छोराछोरीको धर्म ननिभाउनु होइन। मैले आफू घरमा हुँदा, आफ्ना आमाबुबाको बोझ हलुको पार्न सकेजति गरेँ। मैले छोराछोरीको धर्म निभाउन नचाहेकी होइन; म सिसिपिको सतावटका कारण भागेर विदेश जानुपऱ्यो। यो त्यसो गर्न बाध्य पार्ने वस्तुगत परिस्थितिहरूका कारण भएको थियो; मैले छोराछोरीको धर्म ननिभाएकीले गर्दा थिएन। यो बुझेर मेरो हृदयमा धेरै उज्यालो छायो, र मैले आफ्ना आमाबुबाको हेरचाह गर्न नसकेकीमा आफूलाई दोष दिन र दुःखी हुन छोडेँ।
पछि, मैले मनन गरेँ, “म किन सधैँ आफ्ना आमाबुबाप्रति एकदमै ऋणी भएकी महसुस गर्थेँ?” खोजी गर्दै गर्दा, मैले परमेश्वरका वचनहरू पढेँ: “बाहिरी रूपमा हेर्दा, तेरा आमाबुबाले तँलाई जन्म दिए, र तँलाई दैहिक जीवन दिने तेरा आमाबुबा नै हुन् भन्ने देखिन्छ। तर, यदि हामीले यसलाई परमेश्वरको दृष्टिकोणबाट, र यस कुराको मूलबाट हेर्यौँ भने, तँलाई तेरो दैहिक जीवन तेरा आमाबुबाले दिएका होइनन्, किनभने मानिसहरूले जीवन सृष्टि गर्न सक्दैनन्। सरल शब्दमा भन्नुपर्दा, कुनै पनि व्यक्तिले मानिसको सास सिर्जना गर्न सक्दैन। तिनीहरूमा त्यो सास हुने हुनाले, हरेक व्यक्तिको देह व्यक्ति बन्न सक्छ। मानिसको जीवन यही सासमा निहित हुन्छ, र यो जीवित व्यक्तिको चिन्ह हो। मानिसहरूसँग यो सास र जीवन हुन्छ, र यी तिनको स्रोत र मूल तिनीहरूका आमाबुबा होइनन्। मानिसहरू तिनीहरूका आमाबुबाले तिनीहरूलाई जन्म दिने कार्यमार्फत पैदा भएका मात्र हुन्—मूल रूपमा, यो त परमेश्वरको प्रबन्ध, परमेश्वरको पूर्वनियोजन हो। त्यसकारण, तेरा आमाबुबा तेरो जीवनका मालिक होइनन्, तेरो जीवनको मालिक त परमेश्वर हुनुहुन्छ। परमेश्वरले मानवजातिको सृष्टि गर्नुभयो, उहाँले मानवजातिको जीवन सृष्टि गर्नुभयो, र उहाँले मानवजातिलाई जीवनको सास दिनुभयो, जुन मानिसको जीवनको स्रोत हो। तसर्थ, के ‘तेरा आमाबुबा तेरो जीवनका मालिक होइनन्’ भन्ने हरफ बुझ्न सजिलो छैन र? तँलाई तेरा आमाबुबाले सास दिएका होइनन्, र तेरा आमाबुबाले तँलाई यसको निरन्तरता दिनु त परको कुरा हो। परमेश्वरले तेरो जीवनको हरेक दिनको हेरचाह गर्नुहुन्छ र उहाँ त्यसमाथि सार्वभौम हुनुहुन्छ। तेरा आमाबुबाले तेरो जीवनको हरेक दिन कसरी बित्छ भनेर, प्रत्येक दिन खुसीसाथ र सहज रूपमा चल्छ कि चल्दैन, तैँले हरेक दिन कसलाई भेट्छस्, वा तँ प्रत्येक दिन कुन परिवेशमा जिउँछस् भन्ने कुरा निर्धारण गर्न सक्दैनन्। यति मात्र हो कि, परमेश्वरले तँलाई तेरा आमाबुबामार्फत तेरो हेरचाह गर्नुहुन्छ—तेरा आमाबुबा भनेको परमेश्वरले तेरो हेरचाह गर्न पठाउनुभएका मानिस मात्र हुन्। तँ जन्मँदा तँलाई जीवन दिने तेरा आमाबुबा थिएनन् भने, के तँलाई जीवन दिएर अहिलेसम्म बाँच्न दिने तेरा आमाबुबा थिए त? तिनीहरू अझै पनि थिएनन्। तेरो जीवनको स्रोत तेरा आमाबुबा नभई परमेश्वर नै हुनुहुन्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१७))। “परमेश्वर तेरा लागि परिवार छान्नुहुन्छ; तेरो पारिवारिक पृष्ठभूमि, तेरा आमाबुबा, तेरा पुर्खाहरू—यो सब, परमेश्वर पहिले नै निर्णय गर्नुहुन्छ। त्यसकारण, परमेश्वर यी निर्णयहरू आवेगमा गर्नुहुन्न; बरु, उहाँले यो काम धेरै पहिले सुरु गर्नुभयो। परमेश्वरले तेरा लागि परिवार छानिसक्नुभएपछि, उहाँ तँ जन्मिने मिति छान्नुहुन्छ। त्यसपछि, परमेश्वर तँ जन्मेको र संसारमा रुँदै आएको हेर्नुहुन्छ। उहाँ तेरो आगमन हेर्नुहुन्छ, तैँले तोते बोल्न सिकेको हेर्नुहुन्छ, तँ पाइला-पाइलामा ठेस लाग्दै हिँडेको हेर्नुहुन्छ। अब तँ दौडन, उफ्रन, बोल्न, र आफ्ना भावनाहरू व्यक्त गर्न सक्छस्…। मानिसहरू हुर्कँदै जाँदा, शैतानको नजर तिनीहरू प्रत्येकमाथि बाघले आफ्नो सिकारलाई हेरेजस्तै गडेको हुन्छ। तर आफ्नो काम गर्दा, परमेश्वर कहिल्यै कुनै व्यक्ति, घटना, वा कामकुरा, स्थान वा समयबाट उत्पन्न हुने सीमितताहरूको अधीनमा हुनुभएको छैन; उहाँ आफूले गर्नुपर्ने र अभिप्राय राखेको कुरा गर्नुहुन्छ। हुर्कने क्रममा, तैँले बिमार र बाटामा आइपर्ने बाधा-अड्चनहरूलगायत धेरै मन नपर्दा कुराहरू सामना गर्न सक्छस्। तर तँ यस बाटामा हिँड्दा, तेरो जीवन र तेरो भविष्यलाई परमेश्वर नजिकबाट हेरचाह गर्नुहुन्छ। परमेश्वर तेरो सम्पूर्ण जीवनका लागि साँचो प्रत्याभूति प्रदान गर्नुहुन्छ, किनभने उहाँ तेरै छेउमा हुनुहुन्छ, तँलाई सुरक्षा दिइरहनुभएको छ र तेरो हेरचाह गरिरहनुभएको छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। “हरेक व्यक्तिको लागि परमेश्वरले गर्नुहुने सबै कुरा शङ्काभन्दा बाहिर हुन्छन्; उहाँले हरेकलाई आफ्नै हातले डोर्याउनुहुन्छ, बितेर जाने हरेक क्षण उहाँले तेरो हेरचाह गर्नुहुन्छ र तँलाई कहिल्यै पनि छोड्नुभएको छैन। मानिसहरू यस प्रकारको वातावरणमा र यस प्रकारको पृष्ठभूमिमा हुर्कने क्रममा, के मानिसहरू वास्तवमा परमेश्वरकै हतकेलामा हुर्कन्छन् भनेर हामी भन्न सक्छौँ? (सक्छौँ।)” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६)। मलाई आफ्नाा आमाबुबाप्रति ऋणी महसुस हुनुको मुख्य कारण के थियो भने मैले उहाँहरूले मलाई जीवन दिनुभयो, हुर्काउनुभयो र हेरचाह गर्नुभयो, त्यसैले मैले उहाँहरूप्रति छोराछोरीको धर्म निभाउनुपर्छ भनेर विश्वास गरेँ। मैले सोचेँ, यदि त्यसो गरिनँ भने, मलाई हुर्काउनमा उहाँहरूले देखाएको दयाका लागि उहाँहरूलाई निराश पार्नेछु र म कृतघ्न नीच व्यक्ति हुनेछु। परमेश्वरका वचनहरूबाट, मैले मेरो जीवन परमेश्वरबाट आउँछ भन्ने बुझेँ। परमेश्वर सबैलाई घाम, पानी, हावा, र जीवनकै सास प्रदान गर्नुहुन्छ। यदि परमेश्वरले तीमध्ये कुनै पनि लैजानुभएको भए, म बाँच्न सक्दिनथेँ। अनि म यो संसारमा आउनुअघि नै, परमेश्वरले मेरा आमाबुबा र परिवार छानिसक्नुभएको थियो, र म हुर्कने वातावरण पूर्वनियोजित गरिसक्नुभएको थियो। बाल्यकालदेखि वयस्क अवस्थासम्म, विवाह गरेर र सन्तान जन्माउनेसम्म, परमेश्वर मेरो साथमा रहनुभएको छ, उहाँले मार्गको हरेक पाइलामा मेरो हेरचाह गर्नुभएको छ। मेरा आमाबुबाले केवल मलाई जन्म दिनुभयो र मेरो हेरचाह गर्ने आफ्नो जिम्मेवारी पूरा गर्नुभयो, तर मेरो जीवनमाथि उहाँहरूको कुनै नियन्त्रण थिएन। उदाहरणका लागि, म अठार वर्षकी हुँदा, मलाई कोइला कसरी बाल्ने भन्ने थाहा नभएकाले कार्बन मोनोअक्साइड पोइजनिङ भयो, र म बेहोस भएँ। मेरा आमाबुबा घरमा हुनुहुन्नथ्यो, र एक जना छिमेकीले मलाई बोकेर बाहिर लगे, अनि एम्बुलेन्स आइपुग्दासम्म म होसमा आउन थालिसकेकी थिएँ। यदि परमेश्वरको हेरचाह र सुरक्षा नभएको भए, म धेरैअघि नै मरिसकेकी हुनेथिएँ। यो बुझ्दा मेरो हृदयमा उज्यालो छायो। मसँग भएका सबै कुरा परमेश्वरबाट आउँछन्, र मैले परमेश्वरको प्रेमको ऋण चुकाउनुलाई अरू सबैभन्दा प्राथमिकता दिनुपर्छ। मैले मेरो पीडाको मुख्य कारण आफूले दैहिक पारिवारिक स्नेहहरूलाई छर्लङ् नबुझ्नु नै थियो भनेर पनि बुझेँ। वास्तवमा, आत्मिक क्षेत्रमा आमाबुबा र छोराछोरी कुनै सम्बन्ध नभएका छुट्टाछुट्टै व्यक्तिहरू हुन्। यति मात्र हो, परमेश्वर मानिसहरू यस संसारमा एक्लो जीवन जिऊन् भन्ने चाहनुहुन्न, त्यसैले उहाँ हाम्रा लागि परिवार, आमाबुबा, र छोराछोरी बन्दोबस्त गर्नुहुन्छ। जब कुनै व्यक्ति बित्छ, तब त्यो दैहिक सम्बन्ध समाप्त हुन्छ। अनि म केवल मेरा आमाबुबाकी छोरी होइन; म एक सृजित प्राणी हुँ। सृजित प्राणीको कर्तव्य पूरा गर्नु मेरो जिम्मेवारी र मिसन हो। यो सत्यता बुझ्दा यसले मेरो हृदयलाई अझ धेरै मुक्त भएको महसुस गरायो।
पछि, मैले परमेश्वरका थप वचनहरू पढेँ र “आमाबुबाप्रतिको धर्म निभाउनु नै सबैभन्दा ठूलो पुण्य हो” भन्ने परम्परागत सांस्कृतिक विचारबारे केही खुट्ट्याइ प्राप्त गरेँ। परमेश्वर भन्नुहुन्छ: “चिनियाँ परम्परागत संस्कृतिको सिकाइमा परेर चिनियाँ मानिसहरूले उनीहरूका परम्परागत धारणाहरूमा छोराछोरीको धर्म निभाउनैपर्छ, र छोराछोरीको धर्म ननिभाउने जोकोही पनि विद्रोही सन्तान हो भन्ने विश्वास गर्छन्। मानिसहरू सानै हुँदादेखि यी विचारहरू तिनीहरूको मनमस्तिष्कमा हालिएका हुन्छन्, र लगभग हरेक परिवारमा, साथै हरेक विद्यालय र समग्र समाजमा यिनै कुराहरू सिकाइन्छन्। जब व्यक्तिको मगजमा यस्ता कुरा भरिएको हुन्छ, उसले ‘छोराछोरीको धर्म निभाउनु कुनै पनि कुराभन्दा महत्त्वपूर्ण हो। यदि म छोराछोरीको धर्म निभाउँदिनथेँ भने, म असल व्यक्ति हुनेथिइनँ; म एक विद्रोही सन्तान हुनेथिएँ, म सार्वजनिक रायद्वारा निन्दित हुनेथिएँ। म विवेक नभएको व्यक्ति हुनेथिएँ’ भनेर सोच्छ। के यो दृष्टिकोण सही छ? मानिसहरूले परमेश्वरद्वारा व्यक्त गरिएका कति धेरै सत्यता देखेका छन्—के व्यक्तिले आफ्ना आमाबुबाप्रति छोराछोरीको धर्म निभाउनुपर्छ भनेर परमेश्वरले माग गर्नुभएको छ? के यो परमेश्वरका विश्वासीहरूले बुझ्नैपर्ने सत्यता हो? अहँ, होइन। परमेश्वरले केही सिद्धान्तहरू मात्रै सङ्गति गर्नुभएको छ। … शैतानले यी परम्परागत संस्कृतिहरू र नैतिकतासम्बन्धी यी धारणाहरूलाई तेरो हृदय र मनलाई बाँध्न प्रयोग गर्छ, जसले गर्दा तेरा दृष्टिकोणहरू बेतुके बन्छन् र तैँले आफ्नो हृदयमा परमेश्वरलाई इन्कार गर्छस् र उहाँको प्रतिरोध गर्छस्, यसरी तँ परमेश्वरका वचनहरू स्वीकार गर्न असक्षम हुन्छस्; तँलाई शैतानका यी कुराहरूले कब्जा गरेको हुन्छ, र तँलाई परमेश्वरका वचनहरू स्वीकार गर्न असक्षम तुल्याइएको हुन्छ। यदि तँ परमेश्वरका वचनहरू अभ्यास गर्न चाहन्छस् भने, यी कुराहरूले काम गर्नेछन् र तँभित्र बाधाहरू उत्पन्न गर्नेछन्, र तँलाई सत्यता र परमेश्वरका मागहरूको प्रतिरोध गर्न लगाउनेछन्। यदि तैँले परम्परागत संस्कृतिको बन्धनबाट आफूलाई मुक्त गर्न चाहे पनि, तँसँग त्यसो गर्ने शक्ति नै हुनेछैन। केही समय सङ्घर्ष गरेपछि, तैँले सम्झौता गर्छस्। तैँले परम्परागत नैतिकताका धारणाहरू सही छन् र सत्यतासँग मिल्दो छन् भनी विश्वास गर्नेछस्, र त्यसैले तैँले परमेश्वरका वचनहरूलाई इन्कार वा शङ्का गर्नेछस्, परमेश्वरका वचनहरूलाई सत्यताका रूपमा स्वीकार गर्नेछैनस्, तैँले मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भनी वास्ता गर्नेछैनस्, र यस्तो महसुस गर्छस् कि, आखिरमा, तँ अझै पनि यही संसारमा जिउने हो, र यी कुराहरूमा भर परेर मात्रै जीवनमा अगाडि बढ्ने बाटो पाउन सकिन्छ। जनमतको निन्दा सहन नसकेर, तैँले सत्यता र परमेश्वरका वचनहरू त्याग्ने निर्णय गर्नेछस्, र बरु तँ परम्परागत संस्कृतिको नैतिकतासम्बन्धी धारणाहरूमा टाँसिनेछस्, शैतानको पक्षमा जानेछस् र शैतानसँग खडा हुनेछस्, सत्यता स्वीकार गर्नुभन्दा बरु परमेश्वरलाई चिढ्याउन रुचाउनेछस्। मलाई भन त, के मानिस दयनीय छैन र? के उसलाई परमेश्वरको मुक्ति चाहिएको छैन र? कतिपय मानिसले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भएको हुन्छ, तर तिनीहरूले अझै पनि छोराछोरीको धर्मको मामिलालाई छर्लङ्ग देखेका हुँदैनन्। सत्यतामा जसरी सङ्गति गरिए पनि, तिनीहरू त्यो बुझ्न सक्दैनन्। तिनीहरू यो सांसारिक सम्बन्धलाई कहिल्यै जित्न सक्दैनन्; तिनीहरूमा साहस हुँदैन, न त आस्था नै हुन्छ, झन् सङ्कल्प हुनु त परै जाओस्, त्यसैले तिनीहरू परमेश्वरलाई प्रेम गर्न र उहाँप्रति समर्पित हुन सक्दैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। परमेश्वरका वचनहरूको खुलासामार्फत, मैले आफ्ना आमाबुबाप्रति सधैँ ऋणी महसुस गर्नुको अर्को कारण के थियो भने मैले “आमाबुबाप्रतिको धर्म निभाउनु नै सबैभन्दा ठूलो पुण्य हो” र “आमाबुबालाई आदर नगर्ने व्यक्ति पशुभन्दा गिरेको हुन्छ” जस्ता विचारहरूलाई आत्म-आचरणका सिद्धान्तहरूका रूपमा लिएकी थिएँ। मैले आफ्ना आमाबुबाप्रति छोराछोरीको धर्म निभाउनेहरूसँग मात्र विवेक र मानवता हुन्छ भन्ने सोचेँ, तर यो दृष्टिकोण सत्यतासँग पटक्कै मेल खाँदैन। मैले इतिहासभरिका ती सन्तहरूलाई सम्झेँ जसले परमेश्वरलाई पछ्याउन र उहाँको सुसमाचार प्रसार गर्न आफ्ना आमाबुबा र परिवार त्यागेका थिए। तिनीहरूले गरेका कुराहरू मानवजातिको सबैभन्दा धर्मी कार्य थिए, र तिनलाई परमेश्वर अनुमोदन गर्नुहुन्छ र सम्झनुहुन्छ। तर म परम्परागत संस्कृतिद्वारा भ्रष्ट पारिएकी र सिकाइएकी थिएँ, र मैले आफ्ना आमाबुबाप्रति छोराछोरीको धर्म निभाउनुलाई सबैभन्दा महत्त्वपूर्ण कुराका रूपमा लिएकी थिएँ। सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न र राज्यको सुसमाचार फैलाउने आफ्नो भूमिका निभाउन विदेश आउनु स्पष्ट रूपमा सकारात्मक कुरा हो, तैपनि मैले आफ्ना आमाबुबाको हेरचाह नगरेकीले, आफूलाई कृतघ्न नीच व्यक्ति र आमाबुबाको धर्म ननिभाउने व्यक्तिका रूपमा देखेँ। मेरो विवेकले मलाई प्रायः घोच्थ्यो, र मैले आफ्नो कर्तव्य निर्वाह गर्न यति चाँडै घर छोडेकीमा पछुतोसमेत गरेँ। मैले यी परम्परागत सांस्कृतिक धारणाहरूले कसरी सही र गलतको मेरो समझलाई पूर्ण रूपमा बङ्ग्याएका थिए भनेर बुझेँ। म सृजित प्राणी हुँ, र मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित हो। तर म आफ्ना आमाबुबा बित्नुभएको खबर सुनेपछि, ग्लानिको स्थितिमा फसेँ। आफ्नो कर्तव्यमा मेरो ध्यान जाँदैनथ्यो, म अभिनय गर्दा भूमिकामा भिज्न सकिनँ, र आफूले चलचित्रको प्रगतिमा ढिलाइ गरेकीमा मलाई आत्मग्लानि महसुस भएन। त्यो विवेकको साँचो कमी थियो! वास्तवमा, मेरा आमाबुबा बित्नु त एकदमै सामान्य कुरा थियो। सबैले जन्म, बुढेसकाल, बिमारी, र मृत्यु अनुभव गर्छन्। तर म दिक्दार स्थितिमा फसेकी थिएँ र त्यसबाट मुक्त हुन सकिनँ, जुन परमेश्वरविरुद्ध मौन गुनासो थियो। त्यसपछि मात्र मैले परम्परागत संस्कृति परमेश्वरको शत्रु हो भनेर स्पष्ट रूपमा बुझेँ। यो विष हो। यसद्वारा जिउँदा त्यसले मलाई परमेश्वरप्रति अझ विद्रोही र प्रतिरोधी मात्र बनाउनेथ्यो। यो बुझेर, मैले परमेश्वरद्वारा व्यक्त गरिएका यी सत्यताहरू कति बहुमूल्य छन् भन्ने देखेँ। सत्यताले मात्र मलाई शैतानको बन्धन र हानिबाट मुक्त गर्न सक्छ। त्यसपछि, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म शैतानद्वारा एकदमै गहन रूपमा भ्रष्ट पारिएकी छु। म ‘आमाबुबाप्रतिको धर्म निभाउनु नै सबैभन्दा ठूलो पुण्य हो’ भन्ने गलत विचारद्वारा बाँधिएकी र जकडिएकी छु। म आफ्ना आमाबुबाप्रतिको ग्लानिको स्थितिमा फसेकी छु, मैले गम्भीरतापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न सकेकी छैनँ। अब म यो मानिसहरूलाई भ्रष्ट पार्ने शैतानका चालबाजीहरूमध्ये एउटा हो भनेर बुझ्छु। अबदेखि, म तपाईँका वचनहरूअनुसार मानिस र कामकुराहरूलाई हेर्न, सबै मामिलामा सत्यता खोज्न, र आफ्नो कर्तव्यमा अडिग रहन चाहन्छु।”
अब, मेरा आमाबुबाको मृत्युले मलाई असर गर्दैन। म आफ्नो सारा समय र ऊर्जा आफ्नो कर्तव्यमा लगाउँछु। म आफूले निर्वाह गर्ने हरेक भूमिकालाई ध्यानपूर्वक मनन गर्छु र उप्रान्त आफ्नो व्यक्तिगत स्थिति वा भावनाहरूलाई आफ्नो कर्तव्यको मार्गमा आउन दिन्नँ। मेरा आमाबुबाको मृत्युको अनुभव गर्नु एकदमै पीडादायी भए तापनि, मैले केही सत्यता बुझेँ। मेरा लागि, यो परमेश्वरको अनुग्रह र मुक्ति थियो। परमेश्वरलाई धन्यवाद!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
म तीन वर्षको हुँदा मेरा आमाबुबाले आफ्ना भावनात्मक बेमेलका कारण सम्बन्ध विच्छेद गरे, अनि चार वर्षको हुँदा मेरी सौतेनी आमा आइन्। मेरा धूमिल...
शेन मिङ्ग, चीनम गाउँले परिवारमा जन्मेको हुँ, र मेरा आमाबुबा खेतीपाती गरेर गुजारा चलाउनुहुन्थ्यो। मैले थाहा पाएदेखि नै मेरा आमाबुबाको...
अलिया, दक्षिण कोरियाम सानो छँदादेखि नै मैले सधैँ मेरा आमा-बुबालाई परमेश्वरमा विश्वास गर्ने रोल मोडेल मानेकी थिएँ। मलाई उहाँहरू आफ्नो...
सन् २०२३ जुनमा, मैले सुसमाचार कामको आवश्यकताका कारण कर्तव्य निर्वाह गर्न घर छोड्नुपर्ने थियो। म केही समयसम्म फर्केर आउन नपाउने भएकाले पहिले...