मैले यो मार्गमा दृढ छु

20 जनवरी 2022

ह्यान् चेन्, चीन

सुसमाचार प्रचार गरेको निहुँमा मलाई पक्राउ गरिएको थियो। कम्युनिस्ट पार्टीले मलाई “पन्थ समूह निर्माण र प्रयोग गर्दै कानुन कार्यान्वयनमा बाधा दिएको” आरोप लगाएर तीन वर्ष जेल हाल्यो। बाहिर निस्केपछि, म फेरि भेलाहरूमा सहभागी हुन र मेरो कर्तव्यलाई जारी राख्‍न सक्छु भन्‍ने ठानेकी थिएँ, तर पुलिसले मेरो चेवा गरिरहनेछ र मेरो स्वतन्त्रतालाई सीमित गर्नेछ भनेर मैले कल्‍पना पनि गरेकी थिइनँ। जब मेरो बुबाआमाले मलाई मेरो आवास दर्ताको लागि लैजानुभयो, तब पुलिस अफिसरले मलाई जङ्गिँदै भन्यो, “तँ यो ठाउँबाट जाँदा पहिले मलाई रिपोर्ट गर्नुपर्छ, र तँलाई पाँच वर्षसम्‍म यो सहरबाट जान वा विदेश जान निषेध गरिएको छ। तैँले आफ्‍नो विश्‍वासको अभ्यास पनि गर्न सक्नेछैनस्। यदि मैले तँ भेलाहरूमा गइरहेको थाहा पाएँ भने, तँलाई फेरि जेलमा कोचिदिनेछु। तँ कहिल्यै पनि बाहिर निस्‍कन सक्‍नेछैनस्!” उसको धम्कीले तर्सेर, मेरो बुबाआमाले मेरी दिदीलाई मेरो निगरानी गर्न लगाउनुभयो मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई सम्पर्क गर्दिनँ वा परमेश्‍वरका वचनहरू पढ्दिनँ भन्‍ने सुनिश्‍चित गर्न लगाउनुभयो। मेरी दिदीले मलाई सेल्स क्लर्कको जागिर खोजिदिनुभयो, र म कहिल्यै बाहिर अबेरसम्‍म बसेँ भने, उहाँले मलाई कल गरेर सोध्‍नुहुन्थ्यो, “तँ कहाँ छेस्? के गरिरहेकी छेस्?” एकपटक मैले मेरो ट्याब्‍लेटमा परमेश्‍वरको वचन पढिरहेकी थिएँ, त्यस बेला मेरी दिदीले देखेर मैले उहाँको वचन पढिरहेकी हो कि होइन भनेर केरकार गर्नुभयो, र ट्याबलेट खोस्‍ने प्रयास गर्नुभयो। मैले हतारहतार भनेँ, “म उपन्यास पढ्दैछु,” अनि उहाँले मलाई छोडिदिनुभयो। त्यसपछि, परमेश्‍वरका वचनहरू पढ्नको लागि म मेरो कम्बलमुनि लुक्‍नुपर्थ्यो, त्यो पनि मेरी दिदी निदाएपछि। र म काम सकेपछि खुसुक्‍क भेलामा जान्थेँ।

एकदिन, मेरी दिदीले मैले टिपोट गरेकी परमेश्‍वरका केही वचनहरू भेट्टाउनुभयो, र मलाई प्रश्‍न गर्नुभयो, “तैँले अझै विश्‍वास गरिरहेकी छेस्, होइन त?” मैले रिसाउँदै भनेँ, “परमेश्‍वरमा विश्‍वास गर्नु र आराधना गर्नु सही र स्वाभाविक कुरा हो। मलाई बाधा नदिनुहोस्।” त्यसपछि उहाँले हतारहतार हाम्री जेठी दिदीलाई कल गर्नुभयो, उहाँ गाडी लिएर तुरुन्तै आउनुभयो र ढोकाबाट छिर्नेबित्तिकै मलाई थप्‍पड़ लगाउँदै भन्नुभयो, “तैँले कसरी अझै विश्‍वास गर्ने आँट गरिस्? तेरो विश्‍वासले गर्दा तँ जेल परिस्, अनि हरेक दिन हाम्री आमालाई रुवाइस्! यदि तँलाई फेरि जेल लगियो भने, हाम्री आमालाई के हुनेछ? के तैँले यो परमेश्‍वरलाई छोडेर तुरुन्तै आमालाई खुशीसाथ बस्‍न दिन सक्दैनस्?” उहाँको कुरा सुनेर मलाई सहनै गाह्रो भयो, र मेरो अनुहारबाट आँसु झरिरह्यो। मेरी आमाले मलाई सधैँ माया गर्नुभएको थियो, र अहिले म ठूली भएपछि, मैले उहाँलाई मेरो बारेमा चिन्ता गर्ने बनाइरहेकी थिएँ। यदि मलाई फेरि पक्राउ गरियो भने, के उहाँले सहन सक्‍नुहुनेछ? मलाई अलिक कमजोर महसुस भइरहेको थियो, त्यसकारण मैले परमेश्‍वरलाई मेरो हृदयको रक्षा गर्न अनुरोध गर्दै तुरुन्तै प्रार्थना गरेँ। पछि, मैले परमेश्‍वरका वचनहरूमा यो लेखिएको देखेँ: “परमेश्‍वरले यो संसारलाई सृष्‍टि गर्नुभयो र जीवित प्राणी, अर्थात् मानिसलाई त्यस अवस्थामा ल्याउनुभयो, जसलाई उहाँले जीवन दिनुभयो। पछि मानिसको आमाबुबा र नातेदारहरू भए, अनि ऊ एकलो भएन। मानिसले यस भौतिक संसारलाई पहिलो पटक देखेदेखि नै उसलाई परमेश्‍वरको विधिभित्र रहनलाई निर्धारित गरिएको थियो। परमेश्‍वरबाट आएको जीवनको सासले नै प्रत्येक जीवित प्राणीहरूलाई वृद्धि गराएर वयस्कमा पुर्‍याउँछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। हो, मेरो हरेक सास परमेश्‍वरबाट नै आउँछ। म हुर्कँदै गर्दा उहाँले मेरो हेरचाह र रक्षा गरिरहनुभएको थियो। कुनै पनि दयालु वा सहयोगी मानिसहरू विशेष गरी मेरा बुबाआमाका प्रेम र वास्ता सबै परमेश्‍वरले नै मकहाँ पठाउनुभएको थियो। मैले परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ र उहाँको प्रेमको ऋण तिर्नुपर्छ। परमेश्‍वरलाई इन्कार गर्नु वा उहाँलाई धोका दिनु लाजमर्दो कुरा हुनेछ। मैले फेरि पनि मलाई मेरो विश्‍वासको कारण कसरी जेलमा हालिएको थियो, त्यसले मेरी आमालाई तनावमा पारेर उहाँको स्वास्थ्य स्थिति खस्काएकी थिएँ त्यो कुरा याद गरेँ। के यो सबै कम्युनिस्ट पार्टीको कारणले नै भएको थिएन र? यदि तिनीहरूले मलाई पक्राउ गर्ने र सताउने नगरेका भए, मेरो बुबाआमा डराउनुपर्नेथिएन। कम्युनिस्ट पार्टीले मैले परमेश्‍वरलाई धोका दियोस् भन्‍ने चाहन्छ। तर म यसका युक्तिहरूलाई सफल हुन दिनेछैन। यो सोचेपछि, मेरो सङ्कल्प फेरि जाग्यो। मेरो परिवार मेरो बाटोमा जति धेरै खडा भए पनि, मैले परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ भन्‍ने मलाई थाहा भयो। त्यसपछि, मैले भेलामा सहभागी हुँदै र सुसमाचार प्रचार गर्दै मेरो जागिरलाई निरन्तरता दिएँ।

फेब्रवरी २०१७ मा, एकदिन बिहान मलाई राजनीतिक र कानुनी मामला आयोगबाट फोन आयो। कल गर्ने मान्छेले भन्यो: “म चीफ चेन बोल्दैछु। तपाईंले परमेश्‍वरमा विश्‍वास गर्दिनँ भन्‍ने कागज हस्ताक्षर गर्न दुई दिनभित्रमा आउनुहोस्। पक्राउ परी रिहाइ हुने अरू सबै स्थानीय विश्‍वासीहरूले हस्ताक्षर गरिसके, बाँकी तपाईं मात्र हुनुहुन्छ।” यो सुनेपछि मलाई निकै रिस उठ्यो। मैले भेलामा सहभागी हुने र परमेश्‍वरका वचनहरू पढ्नेबाहेक केही पनि गरेकी छैन। तर तिनीहरूले मलाई यसको लागि जेलमा हाले, मलाई यातना दिए र मेरो मष्तिष्क सफाइ गर्ने प्रयास गरे। र जब मेरो रिहाइ भयो तब पनि तिनीहरूले मलाई निगरानीमा राखे र मलाई मेरो विश्‍वासको अभ्यास गर्न दिएनन्, र मलाई मेरो विश्‍वासत्यागको कबुलपत्रमा हस्ताक्षर गर्न बाध्य गरे। तिनीहरू साँच्‍चै नै घृणित र दुष्ट छन्। तर त्यसपछि मलाई लाग्यो, यदि मैले तिनलाई म हस्ताक्षर गर्दिनँ भनी भनेँ भने, के हुनेछ? के तिनीहरू मैले काम गर्ने ठाउँमा आएर मलाई पक्राउ गर्नेछन्? के म फेरि जेल पर्नेछु? म फेरि जेलमा जान चाहन्नथेँ। त्यहाँ अमानवीय व्यवहार हुन्थ्यो। त्यसैले मैले भनेँ: “म काममा अत्यन्तै व्यस्त छु। मसँग समय नै हुँदैनँ। म केही दिनपछि आउँछु।” म त छक्‍क परेँ, किनभने भोलि बिहान चीफ चेनले अनौठो मेसेज पठाउनुभयो: “तपाईंको स्वास्थ्य बीमाको कार्ड तयार भएको छ। कृपया आज लैजानुहोस्।” मैले त्यो मेसेज हेरेँ र सोचेँ: “तर मैले कहिल्यै पनि त्यो कार्डको लागि निवेदन दिएकी छैन। के यो शैतानको चलाकी हो?” त्यसपछि मैले परमेश्‍वरले भन्‍नुभएको यो वचन सम्झेँ: “तिमीहरू सँधै जागा र पर्खिरहनुपर्छ, र तिमीहरूले मेरो सामु अझै बढी प्रार्थना गर्नुपर्छ। तिमीहरूले शैतानका विभिन्‍न षड्यन्त्रहरू र धूर्त चलाकीहरूलाई पहिचान गर्नुपर्छ, आत्माहरूलाई चिन्‍नुपर्छ, मानिसहरूलाई जान्नुपर्छ, र हरेक प्रकारका मानिसहरू, घटनाहरू, र थोकहरूलाई छुट्याउन सक्‍नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १७)। परमेश्‍वरका वचनहरूले मलाई शैतानका धेरै चलाकीहरू हुन्छन् भन्‍ने स्मरण गराए। मबाहेक पक्राउ परेर रिहाइ भएका सबै स्थानीय विश्‍वासीहरूले हस्ताक्षर गरिसकेका छन् भनेर, चीफ चेनले मलाई छल गर्ने प्रयास गरिरहनुभएको थियो। त्यो चलाकी असफल भएको हुनाले, मलाई लोभ्याउन उहाँले कार्डको प्रयोग गर्नुभयो। तिनीहरू साँच्‍चै नै धूर्त छन्। यो सबै कुरालाई विचार गर्दा, मैले नजाने निर्णय गरेँ।

त्यसपछि भोलि बिहान, मेरो बुबा हत्तारिँदै मैले काम गर्ने ठाउँमा आउनुभयो। उहाँले मलाई भन्‍नुभयो, “हिजो बिहान फोन आएको थियो। चीफ चेनले तिम्रो बारेमा कुरा गर्न चाहनुभएको थियो। तिमीले अझै आफ्‍नो विश्‍वासको अभ्यास गरिरहेकी छौ कि छैनौ भनेर नगरले अनुसन्धान गरिरहेको छ, र तिमीले विश्‍वास गर्दिनँ भनी उल्‍लेख गरेर कागजमा हस्ताक्षर गर्‍यौँ भने, तिमीले अरूले जस्तै सामान्य जीवन जिउन सक्‍नेछौ, र अबउप्रान्त निगरानी गरिनेछैन भनी उहाँले भन्‍नुभयो। तर तिमीले हस्ताक्षर गरेनौ भने, तिमीलाई पक्राउ गरेर फेरि जेलमा नै लगिनेछ! मेरो कुरा सुन—तिम्रो विश्‍वासलाई त्यागिदेऊ र गएर आफ्‍नो नाममा हस्ताक्षर गर।” यो कुरा सुनेपछि, ममा घृणा जाग्यो। मैले मेरो बुबालाई भनेँ: “सुन्‍नुहोस् बुबा, परमेश्‍वरमा विश्‍वास गर्नु सही मार्ग हो भन्‍ने तपाईंलाई थाहा छ। अहिले विपत्तिहरू झन्-झन् गम्‍भीर भइरहेका छन्। आखिरी दिनहरूमा, सर्वशक्तिमान् परमेश्‍वरले सबै सत्यता व्यक्त गर्नुभएको छ, जुन सत्यताले मानिसलाई शुद्ध पार्नेछ र तिनीहरूलाई भ्रष्टता र विपत्तिहरूबाट मुक्ति दिनेछ। तैपनि, कम्युनिस्ट पार्टीले उन्मत्त रूपमा विश्‍वासीहरूलाई पक्राउ गर्छ र सताउँछ, यसरी तिनीहरूलाई जबरजस्ती परमेश्‍वरलाई धोका दिन लगाउँछ, ताकि तिनीहरू यसको कारण नरकमा पुगून्। मेरो नाममा हस्ताक्षर गर्नुको अर्थ परमेश्‍वरलाई धोका दिनु हो र अन्त्यमा म नष्ट हुनेछु! त्यो कबुलपत्रमा म हस्ताक्षर गर्न सक्दिनँ। म हस्ताक्षर गर्नेछैन।” मेरो बुबाले काम्दै भन्‍नुभयो: “तिमीले हस्ताक्षर गरेनौ भने, प्रहरीले तिमीलाई फेरि पनि जेलमा खाँद्‍नेछ। तिमी फेरि साँच्‍चै त्यहाँ कष्ट भोग्‍न चाहन्छौ? यदि तिमी आफ्‍नो बारेमा सोच्दैनौ भने, तिमी सानी बहिनीको बारेमा विचार गर त? कम्युनिस्ट पार्टी विश्‍वासीको सम्पूर्ण परिवारको पछि लाग्छ। तिम्री जेठी दिदी। तिनी राम्रो स्कूलमा पढिन्। तिनले शिक्षकको राम्रो जागिर पाउनुपर्ने हो, तर तिम्रो विश्‍वासको कारण तिनी राजनीतिक मूल्याङ्कनमा फेल भइन्। तिनलाई सामान्य स्कूलमा जागिर दिलाउनलाई पनि तिम्रो बडाबाको छोराले दुःख गरेर धेरै रकम खर्च गर्नुपरेको थियो। र तिम्रो बडाबाको छोराले लोक सेवा परीक्षा पास गरेर पनि, तिम्री बजू विश्‍वासी भएको हुनाले तिनी राजनीतिक मूल्याङ्कनमा फेल भए। तिम्री बहिनी यो वर्ष कलेजबाट दीक्षान्त लिँदैछिन् र जागिर खोज्‍नेछिन्, र तिमीले हस्ताक्षर गरेनौ भने, तिनले राजनीतिक मूल्याङ्कन पास गर्नेछैनन् र अवश्य नै राम्रो जागिर पाउनेछैनन्। के तिमीलाई तिमीले उनको भविष्य बरबाद गरिरहेकी छु भन्‍ने लाग्दैन? मेरो कुरा सुन, दाँत बाँधेर भए पनि हस्ताक्षर गर। के तिमीले गुप्त रूपमा विश्‍वास गर्न सक्दैनौ र? तिमी किन यति जिद्दी गर्छ्यौ?” त्यसपछि मैले, मेरो बुबाको आँसुले भरिएको अनुहारमा हेरेँ, उहाँ यति चिन्तित हुनुहुन्थ्यो कि उहाँको ओठ सुकेको थियो, मलाई अत्यन्तै दोधार भयो र नरमाइलो भयो। यदि मैले कबुलपत्रमा हस्ताक्षर गरेँ भने, मैले परमेश्‍वरलाई धोका दिएको हुन्थ्यो र ममा पशुको छाप लाग्‍नेथ्यो। म शैतानको कब्‍जामा हुन्थेँ र मुक्तिको कुनै आशा हुनेथिएन। तर यदि मैले हस्ताक्षर गरिनँ भनेँ, मलाई पक्राउ गरेर जेलमा फर्काइलगिन्थ्यो र तिनीहरूले मलाई यातना दिन्थे। शारीरिक कष्टको कुरा छोडौं, तर तिनीहरूले मलाई कुटेर मारे भने के गर्ने? यदि मेरी बहिनी, राजनीतिक मूल्याङ्कनमा पास भइनन् र उनको भविष्यमा असर पर्यो भने। मेरो बाँकी जीवनभरि मेरो सारा परिवारले मलाई घृणा गर्नेथेँ। यो सबै कुराको बारेमा विचार गर्दा मलाई छातीमा छुरा गाडिएको जस्तै अनुभव भयो। के गर्ने मलाई थाहा थिएन। मैले मेरो बुबालाई भनेँ: “म यसबारेमा विचार गर्छु।” उहाँ जानुभएपछि, म रोएँ र परमेश्‍वरसँग प्रार्थना गरेँ: “हे परमेश्‍वर, मलाई म प्रहरीको हातमा परेर, फेरि जेलमा पर्छु र यातना भोग्छु भन्‍ने डर लागेको छ, र मेरो परिवार पनि यसमा मुछिनेछ भन्‍ने मलाई चिन्ता लागेको छ। मलाई अत्यन्तै कमजोर महसुस भइरहेको छ। हे परमेश्‍वर, बिन्ती छ, मलाई विश्‍वास र शक्ति दिनुहोस् र मेरो गवाहीमा दह्रिलो गरी खडा हुन अगुवाइ गर्नुहोस्।”

प्रार्थना गरेपछि, मैले परमेश्‍वरका वचनहरू पढेँ। “जब मानिसहरूलाई मुक्ति दिन बाँकी नै हुन्छ, तिनीहरूको जीवनलाई प्रायजसो शैतानले हस्तक्षेप र अनि नियन्त्रण समेत गरेको हुन्छ। अर्को वचनमा, मुक्ति नदिइएका मानिसहरू शैतानका कैदीहरू हुन्, तिनीहरूसँग स्वतन्त्रता हुँदैन, शैतानले तिनीहरूलाई त्यागेको हुँदैन, तिनीहरू परमेश्‍वरको आराधना गर्न योग्य वा हकदार हुँदैनन्, र तिनीहरूलाई शैतानले नजिकबाट खेदो गरेको र भयानक आक्रमण गरेको हुन्छ। त्यस्ता मानिसहरूसँग बताउन सकिने कुनै खुसी हुँदैन, तिनीहरूसित बताउन सकिने सामान्य अस्तित्व हुँदैन, र यसबाहेक उनीहरूसँग बोल्‍ने कुनै मर्यादा हुँदैन। यदि तँ खडा भएर परमेश्‍वरमा भएको आफ्नो विश्‍वास र उहाँप्रतिको आज्ञापालन र परमेश्‍वरप्रतिको भयलाई जीवन र मृत्युका निम्ति लडाइँ गर्ने हतियारको रूपमा प्रयोग गर्दै शैतानसित युद्ध गरिस् भने मात्र शैतानलाई पूर्ण रूपमा पराजित गर्नेछस्, अनि त्यसलाई पिठिउँ फर्काएर भाग्ने र तँलाई देख्दा डरछेरुवा बन्‍ने तुल्याउन सक्छस्, यसरी त्यसले तेरोको विरुद्धका आक्रमणहरू र आरोपहरूलाई पूर्ण रूपमा त्याग्छ—तब मात्र तैंले मुक्ति र स्वतन्त्रता पाउँछस्। यदि तँ शैतानबाट पूर्ण रूपमा अलग हुन चाहन्छस् तर शैतानलाई पराजित गर्न तँलाई सहायता गर्ने हात-हतियारहरूद्वारा सुसज्जित छैनस् भने तँ अझै पनि खतरामा नै छस्; समय बित्दैजाँदा, तँ शैतानद्वारा यति धेरै सताइनेछस् कि तँमा अलिकति पनि शक्ति बाँकी रहँदैन, तापनि तँ अझै पनि गवाही दिन असमर्थ हुन्छस्, तेरो विरुद्धका शैतानका आरोपहरू र आक्रमणहरूबाट अझै आफैलाई पूर्ण रूपमा स्वतन्त्र तुल्याएको हुँदैन भने, तब तँमा मुक्ति पाउने आशा निकै थोरै हुनेछ। आखिरीमा, जब परमेश्‍वरको कामको समाप्तिको घोषणा गरिनेछ, आफैलाई स्वतन्त्र पार्न नसक्‍ने गरी तँ अझै पनि शैतानको पकडमा नै हुनेछस्, र यसरी तँसँग कहिल्यै पनि मौका वा आशा हुनेछैन। त्यसकारण, यसको तात्पर्य भनेको, त्यस्ता मानिसहरू पूर्ण रूपमा शैतानको कैदमा परेका हुनेछन् भन्‍ने हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २)। परमेश्‍वरका वचनहरूको बारेमा विचार गरेपछि, मैले बुझेँ: कम्युनिस्ट पार्टीको सतावट र मेरो परिवारको हस्तक्षेप त शैतानका परीक्षाहरू हुन्। मैले शैतानले अय्यूबलाई परीक्षा गरेको बारेमा विचार गरेँ। तिनका छोराछोरीलगायत तिनीसँग भएको सबै कुरा तिनीबाट खोसियो। तिनको शरीर घाउ, र खटिराले भरिएको थियो, तिनकी आफ्‍नै पत्‍नीले तिनलाई आक्रमण गरिन् र परमेश्‍वरलाई त्याग्‍न कर गरिन्। तर अय्यूब गवाहीको रूपमा खडा भए र परमेश्‍वरप्रतिको आफ्‍नो विश्‍वास र भक्तिमा भर परे, यस क्रममा तिनले परमेश्‍वरसँग कहिल्यै गुनासो गरेनन् वा उहाँलाई कहिल्यै इन्कार गरेनन्, बरु उहाँको प्रशंसा गरिरहे: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। परमेश्‍वरको लागि सानदार गवाही दिँदै, अय्यूबले शैतानका परीक्षाहरूमाथि विजय प्राप्त गरे। शैतानलाई लाजमा पारेर अनि हराएर, अय्‍यूब स्वतन्त्र मानिस बने। म जेलबाट निस्केपछि, कम्युनिस्ट पार्टीले मलाई मेरो विश्‍वास त्याग गर्न लगाउन मेरो परिवारको प्रयोग गर्ने प्रयास गर्‍यो। जब-जब तिनीहरूले मेरो खेदो गर्थे, तब-तब यो शैतानको परीक्षा र आक्रमण नै थियो। मलाई परमेश्‍वरलाई धोका दिन लगाउन शैतानले परिवारप्रतिको मेरो प्रेम र बहिनीको भविष्यप्रतिको मेरो चिन्तालाई प्रयोग गरिरहेको थियो। यदि मैले परमेश्‍वरलाई धोका दिएर मेरो परिवार र मेरा सांसारिक चासोहरूको प्रतिरक्षा गरेकी भए, के मे शैतानको बन्दी हुनेथिइनँ र? म शैतानका चलाकीहरूमा पर्नु हुँदैन, बरु अय्यूबका पाइलाहरू पछ्याएर शैतानलाई लज्जित पार्न परमेश्‍वरको गवाहीको रूपमा खडा हुनुपर्छ भन्‍ने मलाई थाहा थियो।

पछि मैले परमेश्‍वरका वचनहरू पाठ गरिएको एउटा भिडियो हेरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “शैतान जति नै ‘शक्तिशाली’ भए तापनि, त्यो जति नै दुस्साहसी र महत्त्वाकांक्षी भए तापनि, हानी पुर्याउने यसको क्षमता जति नै ठूलो भए पनि, त्यसले मानिसलाई भ्रष्ट तुल्याउने र प्रलोभनमा पार्ने उपायहरू जति नै धेरै भए पनि, त्यसले मानिसलाई विचलित बनाउने त्यसका चलाकी र युक्तिहरू जति नै चतुर भए तापनि, यो जति परिवर्तनीय स्वरूपमा अस्तित्वमा रहे तापनि, यसले एउटै जीवित प्राणीलाई सृष्टि गर्न कहिल्यै सकेको छैन, सबै थोकको अस्तित्वको लागि व्यवस्था वा नियमहरू कहिल्यै निर्माण गर्न सकेको छैन, र सजीव होस् वा निर्जीव होस् त्यसले कुनै पनि वस्तुलाई शासन गर्न र नियन्त्रण गर्न कहिल्यै सकेको छैन। आकाशमण्डल र वायुमण्डलमा, त्योबाट जन्‍मेको वा त्यसको कारणले अस्तित्वमा रहेको एक जना व्यक्ति वा थोक छैन; त्यसद्वारा शासन गरिएको, वा त्यसद्वारा नियन्त्रण गरिएको एउटै व्यक्ति वा वस्तु छैन। यसको विपरीत, त्यो परमेश्‍वरको प्रभुत्वमा जिउनु पर्ने मात्रै होइन, तर, त्योभन्दा पनि बढी, त्यसले परमेश्‍वरका सबै आदेश र आज्ञाहरूलाई पालन गर्नैपर्छ। परमेश्‍वरको अनुमतिविना, भूमिमा पानीको थोपा वा बालुवाको कण छुनु समेत शैतानको लागि कठिन हुन्छ; परमेश्‍वरको अनुमतिविना, शैतानसँग भूमिको कमिलोलाई हल्‍लाउने स्वतन्त्रता समेत छैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिलाई छुने कुरा त परै जाओस्। परमेश्‍वरको नजरमा, शैतान पहाडका लिली फूल, आकाशमा उड्ने चराचुरुङ्गी, समुद्रका माछा, र पृथ्वीका कीराभन्दा सानो छ। सबै थोकको बीचमा रहेको त्यसको भूमिका भनेको सबै थोकको सेवा गर्नु, र मानवजातिको लागि काम गर्नु, अनि परमेश्‍वरको काम र उहाँको व्यवस्थापन योजनामा सेवा गर्नु हो। त्यसको प्रकृति जस्तोसुकै दुर्भावनापूर्ण भए तापनि, र त्यसको सार जति नै दुष्ट भए तापनि, त्यसले गर्न सक्‍ने एउटै मात्र कुरा भनेको त्यसको कार्यगत गुणलाई कर्तव्यनिष्ठ भई पालन गर्नु हो: परमेश्‍वरको सेवामा हुनु, र परमेश्‍वरको लागि भिन्‍नताधार प्रदान गर्नु। शैतानको सार र स्थान यही नै हो। त्यसको सार जीवनसँग जोडिएको छैन, शक्तिसँग जोडिएको छैन, अख्‍तियारसँग जोडिएको छैन; त्यो परमेश्‍वरको सेवा गर्ने मेसिनजस्तै परमेश्‍वरको हातमा खेलिरहेको हुन्छ!(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १)। यो भिडियो हेरेपछि यसले मलाई परमेश्‍वरको अख्तियार र सार्वभौमिकताको बारेमा केही अन्तर्दृष्टि प्रदान गर्यो। शैतान जतिसुकै पाशविक भए पनि यो परमेश्‍वरको हातको खेलौना, उहाँको सेवा गर्ने औजार मात्रै हो। कम्युनिस्ट पार्टीले मलाई पक्राउ गरेको र यातना दिएको कुरालाई सम्झिँदा, जब म देहमा कमजोर थिएँ, परमेश्‍वरका वचनहरूले मेरो विश्‍वास दह्रिलो बनाएका थिए र हरेक कठिनाइबाट डोर्‍याएका थिए। म बाहिर निस्केपछि चिनियाँ कम्युनिस्ट पार्टीले मलाई निगरानी गरिरह्यो, र तिनीहरूका अफवाह मानेर मेरो परिवारले पनि मेरो निगरानी गर्‍यो। तर परमेश्‍वरका वचनहरूको मार्गदर्शनको कारण, मैले केही सत्यताहरू बुझेँ, एकपछि अर्को परीक्षामा विजय भएँ, र परमेश्‍वरलाई पछ्याउने मेरो सङ्कल्प दह्रिलो भयो। ती सबै कुराबाट मैले के देखेँ भने, शैतान त परमेश्‍वरले उहाँका चुनिएका मानिसहरूलाई सिद्ध पार्न प्रयोग गर्नुहुने औजार मात्रै हो। मैले डराउनुपर्ने कुरा केही थिएन। परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ—हरेक व्यक्तिको नियति उहाँकै हातमा छ। मेरो जीवन र मृत्यु परमेश्‍वरकै हातमा छ र अरू कसैले तिनको बारेमा निर्णय गर्न सक्दैन। मेरी बहिनीले जागिर पाउन सक्छिन् कि सक्दिनन्, वा उनको भविष्य कस्तो हुनेछ—यी सबै कुरा परमेश्‍वरले नै निर्धारित गर्नुहुन्छ। कम्युनिस्ट पार्टीले आफ्‍नै भवितव्य समेत नियन्त्रण गर्न सक्दैन, तब कसरी मेरो जीवन र मृत्यु, मेरी बहिनीको भविष्यलाई नियन्त्रण गर्न सक्छ र? यदि मलाई एकदिन फेरि पुलिसले पक्र्यो, जेल हाल्यो र यातना दियो भने पनि, त्यो परमेश्‍वरकै इच्‍छा हुनेछ। म परमेश्‍वरमा भरोसा गर्नेछु र गवाही बन्‍नेछु। यदि मैले मेरो परिवारको चिन्ता गरेकी, मेरो आफ्‍नै जीवन रक्षा गरेकी, र म परमेश्‍वरमा विश्‍वास गर्दिनँ भनेर कबुलपत्रमा हस्ताक्षर गरेकी भए, त्यो लाजको निशान हुनेथियो। म बाँचे पनि, म जिउँदो लास हुनेथिएँ। त्यो कुरालाई ध्यानमा राख्दै, मैले शैतानका आक्रमण र परीक्षाहरूलाई प्रतिरोध गर्न, अनि शैतानलाई लज्जित पार्न र मेरो गवाहीमा दृढ भई खडा हुन आफैलाई दह्रिलो बनाएँ।

त्यो रात जब म घर गएँ, तब मेरी दिदीले चिच्याउँदै मलाई भनिन्: “राजनीतिक र कानुनी मामला आयोगले तँलाई तीन दिनको समय दिएको छ। भोलि तेस्रो दिन हो। तँ हस्ताक्षर गर्छस् कि गर्दैनस्? आमा र बुबा वृद्ध हुँदै गइरहनुभएको छ। उहाँहरूले सधैँ तेरो फिक्री गर्नुहुन्छ। तँ जेलमा हुँदाको तीन वर्षको अवधिमा उहाँहरू बिरलै सुत्‍नु वा खानुहुन्थ्यो! तँ अब मुक्त भएकी छेस् र पनि तँ अझै विश्‍वासी रहेकी छस्, त्यसैले उहाँहरू अझै पनि डरमा बाँचिरहनुभएको छ। के उहाँहरूलाई यसरी चोट पुर्‍याउँदा पनि तँलाई केही जस्तो लाग्दैन? तेरो विवेक कहाँ छ? कागजमा सही गर्दैमा मरी त हाल्दैनस् त?” मलाई फेरि शैतानले मेरो परिवारको माध्यमद्वारा आक्रमण गरिरहेको मैले महसुस गरेँ। मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “तँभित्र मेरो साहस हुनुपर्छ, र विश्वास नगर्ने आफन्तहरूको सामना गर्नका लागि तँसँग सिद्धान्तहरू हुनुपर्छ। तैपनि, तँ मेरो लागि कुनै पनि अन्धकारको शक्तिप्रति समर्पित हुनु हुँदैन। सिद्ध मार्गमा हिँड्नका लागि मेरो बुद्धिमा भर पर्; शैतानका कुनै पनि षड्यन्त्रलाई प्रभाव पार्न नदे। मेरो अगाडि तेरो हृदय राख्नको लागि तेरो सम्पूर्ण प्रयास लगा, र म तँलाई सान्त्वना दिनेछु र तेरो लागि शान्ति र खुशी ल्याइदिनेछु। अरू मानिसहरूको अगाडि कुनै निश्चित रूपमा खडा हुने प्रयास नगर्; के मलाई सन्तुष्ट बनाउँदा यसले थप महत्त्व र वजन बोक्दैन र? मलाई सन्तुष्ट बनाउँदा, के तँ अनन्त र आजीवन शान्ति र खुशीले थप परिपूर्ण हुनेछैनस् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ११)। परमेश्‍वरमाथिको मेरो विश्‍वास सही मार्गमा छ भन्‍ने मलाई थाहा थियो, र म आक्रमण र परीक्षा जस्तो आए पनि उहाँप्रति निष्ठावान हुनुपर्थ्यो। मलाई मेरो विश्‍वासबाट टाढा राख्‍नको लागि कम्युनिस्ट पार्टीले मेरो परिवारलाई दबाब दियो। यसले मलाई सत्यतालाई घृणा गर्ने र परमेश्‍वरको विरोध गर्ने कम्युनिस्ट पार्टीको दुष्ट सार स्पष्‍ट रूपमा देखायो। मैले तिनीहरूलाई हृदयदेखि नै घृणा र तिरस्कार गरेँ। यी अवस्थाहरूमा परमेश्‍वरले पनि उहाँप्रतिको मेरो विश्‍वास र भक्तिलाई जाँच गर्दै हुनुहुन्थ्यो। अरूले कुनै समर्थन नगरे पनि वा नबुझे पनि, मैले साक्षीको रूपमा खडा भएर शैतानलाई लज्‍जित पार्नु थियो। यो कुरालाई ध्यानमा राख्दै, मैले मेरी दिदीलाई भनेँ: “आमा र बुबाले राम्ररी खाना खानुभएको वा सुत्‍नुभएको छैन र निरन्तर चिन्ता गरिरहनुभएको छ, यो कसको गल्ती हो? के यो सबै चिनियाँ कम्युनिस्ट पार्टीको गल्ती होइन र? परमेश्‍वरमा विश्‍वास गर्नु, मानव जीवनको सही मार्ग अपनाउनु सही र स्वाभाविक कुरा हो। तर चिनियाँ कम्युनिस्ट पार्टीले मलाई पक्राउ मात्रै गरेन, यसले त हाम्रो सम्पूर्ण परिवारलाई मुछेको छ, र हामीलाई यसबाट उम्कने कुनै बाटो दिएको छैन। कम्युनिस्ट पार्टीकै गल्ती छ!” त्यो बेला, मेरी दिदीले मेरो उत्तर माग्दै कल गरिन्: “तँ भोलि हस्ताक्षर गर्छस् कि गर्दैनस्? तँसँग दुईवटा मात्रै विकल्‍प छ। तैँले कि त त्यो कागजमा हस्ताक्षर गर् र स्वतन्त्र भएर राम्रो जीवन बाँच्, कि त हस्ताक्षर गर्दै नगर, अनि जेल जा!” मैले दृढ़ भई उत्तर दिएँ: “म जेलमा नै फर्केर जानु परे पनि, म त्यो कागजमा सही गर्नेछैन!” उनले रिसाउँदै फोन राखिन्, र मेरो अर्की दिदीले मलाई बेवास्ता गरिन्।

पछि, म मेरो कर्तव्य पूरा गर्न सहरबाहिर गएँ। म शैतानका बन्धनहरूबाट मुक्त भएँ र परमेश्‍वरको लागि आफूलाई समर्पित गरेँ, शरीर र प्राण दुवै समर्पित गरेँ। त्यो तीन वर्ष पहिलेको कुरा हो। त्यो सम्पूर्ण अनुभवको बारेमा विचार गर्दा, म मेरो हृदयमा शान्तिको अनुभव गर्छु। मलाई यो मैले गरेको सबैभन्दा राम्रो निर्णय थियो भन्‍ने लाग्छ, र म यसको बारेमा कहिल्यै पछुताउनेछैन।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

झूट बोल्दा पीडा मात्र हुन्छ

मलाई याद छ, सन् २०२१ को मे महिनामा, हामीले ब्रदर लिउले गाएको म्युजिक भिडियो खिचिरहेका थियौँ र म चाहिँ लाइटिङमा काम गरिरहेको थिएँ। ब्रदर लिउ...

गलत व्यक्तिलाई प्रयोग गरेपछि मनन

सन् २०२० को ग्रीष्मकालमा, म मण्डलीको लेख-रचनासम्‍बन्धी कामको इन्‍चार्ज थिएँ। एक दिन, मैले याङ कान शब्‍दहरू प्रयोग गर्न सिपालु छिन् र निकै...

मैले कसरी झूट बोल्न छोडेँ

मरिनेत्ते, फ्रान्स परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गर्नुअघि, म झूट बोल्थें र सोच्दै नसोची मानिसहरूको चापलुसी गर्थें किनभने मलाई...

जिउने सुन्दर तरिका

क्षुन्‍क्‍वी, जापानम सानो छँदा मलाई के सिकाइयो भने, अरूसँग ठाडे व्यवहार नगर्नू र अरूलाई दुःखी नबनाउनू, र त्यो नै मेरो जीवनको दर्शन थियो।...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्