आफ्नो भावनाले गर्दा मेरो समझ धमिलियो

25 अप्रिल 2023

प्रिय

हुइजुवान,

मैले तिम्रो पत्र पाएँ। तिमीले पत्रमा हाम्रा छोराछोरीलाई मण्डलीबाट निकालिएको छ भनेर लेखेकी रहेछौ। सुरुमा मैले यो स्विकार्नै सकिनँ। केही वर्षअघि म घर आउँदा, जियाओटाओ र जियाओमिनले भेलामा सहभागी हुने र आफ्‍नो कर्तव्य पूरा गर्ने गरिरहेका थिए, त्यसैले तिनीहरूलाई कसरी हटाइयो? तिनीहरू साँच्चै सत्यताको पछि नलागेका भए पनि, ती दुवैले साँचो विश्‍वास गर्थे। के अगुवाले तिनीहरूबाट धेरै माग गरिरहेका थिए? के तिनीहरूलाई हटाउनु गल्ती थियो? मेरो तिमीप्रति समेत गुनासो थियो। हाम्रा छोराछोरीले संसारका मार्ग पछ्याइरहेका थिए, पैसाको पछि लाग्‍न मात्रै ध्यान दिन्थे, र कर्तव्य पूरा गर्न वा परमेश्‍वरको वचन खान र पिउन इच्छा गर्दैनथिए। तिमीले किन तिनीहरूसँग सङ्गति गरेनौँ भनेर मैले सोचेँ। मलाई लाग्यो, म घरमा मात्रै भएको भए, तिनीहरूलाई अझै बढी सहयोग र साथ दिनेथिएँ र तिनीहरूलाई निकालिने अवस्थामा पुग्न दिनेथिइनँ। दिमागमा यस्तै विचारहरू भरिएका थिए, र म राती ओछ्यानमा पल्टिन्थेँ, सुत्न सक्दिनथेँ, परमेश्‍वरको प्रशंसाका भजनहरू गाएका र उहाँको वचन खाने-पिउने गरेका रमाइला पलहरूको सम्झनाले मलाई सताउँथ्यो। मैले तिमीलाई यसो भनेको याद छ, मलाई हाम्रो परिवार सबैले सत्यता पछ्याएर परमेश्‍वरको मुक्ति पाउन सक्छन्, र उहाँको राज्यमा जिउन सक्छन्, अनि यो कति सुन्दर कुरा हुनेछ भन्‍ने आशा थियो। परमेश्‍वरको काम समाप्त हुनलागेको बेला, हाम्रा छोराछोरीलाई गैर-विश्‍वासीको रूपमा खुलासा गरेर मण्डलीबाट हटाइनेछ भनी मैले कहिल्यै सोचेको थिइनँ। के यसको अर्थ तिनीहरूले मुक्ति पाउने मौका गुमाए भन्‍ने होइन र? यसबारे जति सोचेँ म त्यति नै व्याकुल भएँ। विपत्तिहरू बढिरहेको र महामारी झन् खराब हुँदै गएको देख्दा, म विशेष गरी हाम्रा छोराछोरीको भविष्यप्रति चिन्तित भएँ। मैले हाम्रा छोराछोरी मण्डलीको सेवामा बस्‍न सक्छन् कि सक्दैनन् भनेर सोध्दै मण्डली अगुवालाई पत्रसमेत लेख्‍न चाहेँ, ताकि तिनीहरूको मुक्तिको केही आशा होस्। चिनियाँ कम्युनिस्ट पार्टीको पक्राउको कारण घरबाहिर नै कर्तव्य पूरा गर्न वर्षौँ बिताउँदा, मैले तिनीहरूको ख्याल नगरेको र तिनीहरूको बुबाको रूपमा आफ्‍नो जिम्‍मेवारी पूरा नगरेको जस्तो मलाई लाग्यो। मलाई आफू तिनीहरूप्रति ऋणी भएको छु भन्‍ने लाग्यो। हुइजुवान, तिमीलाई थाहा छ, म त्यो स्थितिमा जिइरहँदा, मेरो हृदय अन्धकार र निराशाले भरिएको थियो, र मैले आफ्‍नो कर्तव्यमा ध्यान दिन सकिनँ? मलाई मेरो स्थिति गलत छ भन्‍ने महसुस भयो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर! मेरा छोराछोरीलाई मण्डलीबाट निकालिएको छ भन्‍ने थाहा पाउँदा मलाई पीडा भएको छ। तपाईंले यो हुन अनुमति दिनुहुन्छ र मैले यो मान्नुपर्छ भन्‍ने मलाई थाहा भए पनि, म मेरा छोराछोरीलाई त्यतिकै त्याग्‍न सक्दिनँ र मलाई आफू तिनीहरूप्रति धेरै ऋणी भएको छु भन्‍ने लाग्छ। हे परमेश्‍वर! यस विषयमा सत्यता बुझ्‍न र आफ्नो भावनाको बन्धनमा नपर्न मलाई अन्तर्दृष्टि दिनुहोस्।”

प्रार्थनापछि, मैले परमेश्‍वरको वचन पढेँ। “अय्यूबको अभ्यास विस्तृत किसिमको थियो, होइन र? सुरुमा, हामी तिनले आफ्‍ना छोराछोरीसँग कस्तो व्यवहार गर्थे, त्यसबारेमा कुरा गरौँ। तिनको उद्देश्य सबै कुरामा परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुनु थियो। परमेश्‍वरले नगर्नुहुने कुनै पनि कुरा गर्न तिनले जबरजस्ती अग्रसरता जनाउँदैनथे, न त तिनले मानव विचारको आधारमा कुनै योजना वा हिसाबकिताब नै गर्थे। सबै कुरामा, तिनले परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू पालना र प्रतीक्षा गर्थे। तिनको आधारभूत सिद्धान्त यही थियो। … अय्यूबले आफ्‍ना छोराछोरीसँग कस्तो व्यवहार गर्थेँ? तिनले बुबाको रूपमा आफ्‍नो जिम्‍मेवारी मात्रै पूरा गर्थे र तिनीहरूलाई सुसमाचार सुनाउँथे र सत्यता सङ्गति गर्थे। तैपनि, तिनीहरूले तिनको कुरा सुने पनि नसुने पनि, तिनको आज्ञापालन गरे पनि नगरे पनि, अय्यूबले तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्न जबरजस्ती गर्दैनथे—तिनीहरूले तिनीहरूलाई लात हान्दै र गाली गर्दै घिसार्ने, वा तिनीहरूको जीवनमा हस्तक्षेप गर्ने गर्दैनथे। तिनीहरूका सोच र विचारहरू तिनका भन्दा फरक थिए, त्यसैले तिनीहरूको काममा तिनले दखल अन्दाजी गर्दैनथे, र तिनीहरूले कस्तो मार्ग हिँडिरहेका छन् त्यसमा कुनै हस्तक्षेप गर्दैनथे। के अय्यूबले आफ्‍ना छोराछोरीसित परमेश्‍वरमा विश्‍वास गर्नेबारेमा बिरलै मात्र कुरा गर्थे? अवश्य नै उनले तिनीहरूसित यसबारेमा पर्याप्त रूपमा कुरा गर्थे, तर तिनीहरूले सुन्‍न मान्दैनथे, र ती कुरा स्विकार्दैनथे। त्यसप्रति अय्यूबको मनोवृत्ति कस्तो थियो? तिनले भन्थे, ‘मैले आफ्‍नो जिम्‍मेवारी पूरा गरेको छु; तिनीहरूले कस्तो मार्ग अपनाउनेछन् त्यो तिनीहरू आफैले रोज्‍ने कुरा हो, र त्यो परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा निर्भर हुने कुरा हो। यदि परमेश्‍वरले तिनीहरूमा काम गर्नुहुन्‍न वा भावनात्मक प्रभाव पार्नुहुन्‍न भने, म तिनीहरूलाई जबरजस्ती गर्ने प्रयास गर्नेछैनँ।’ त्यसकारण, अय्यूबले तिनीहरूका लागि परमेश्‍वसामु प्रार्थना गर्ने वा तिनीहरूप्रति वेदनाको आँसु बगाउने, वा तिनीहरूका लागि उपवास बस्‍ने, वा कुनै पनि प्रकारको कष्ट भोग्‍ने काम किमार्थ गर्दैनथे। तिनले यी कुराहरू गर्दै गर्दैनथे। किन अय्यूबले यी कुराहरू गर्दैनथे त? किनभने यीमध्ये कुनै पनि कुरा परमेश्‍वरको शासन र बन्दोबस्तहरूमा समर्पित हुने कार्य होइनन्; ती सबै मानव विचारबाट आउने कुरा हुन् र सक्रियतासाथ आफूलाई अग्रस्थानमा धकेल्‍ने तरिका हुन्। … तिनको अभ्यास गर्ने शैली सही थियो; तिनले अभ्यास गर्ने हरेक तरिकामा र तिनले हरेक कुरालाई हेर्ने दृष्टिकोण, मनोवृत्ति र स्थितिमा, तिनी समर्पित हुने, प्रतीक्षा गर्ने, खोजी गर्ने, र ज्ञान हासिल गर्ने स्थिति र अवस्थामा हुन्थे। यो मनोवृत्ति अत्यन्तै महत्त्वपूर्ण छ। यदि मानिसहरूले आफूले गर्ने हरेक कुरामा यस्तो मनोवृत्ति कहिल्यै राख्दैनन्, र विशेष गरी कठोर व्यक्तिगत विचारहरू पाल्छन् र सबै कुराभन्दा माथि व्यक्तिगत मनसाय र फाइदालाई राख्छन् भने, के तिनीहरू साँच्‍चै समर्पित भइरहेका हुन्छन् त? (हुँदैनन्।) त्यस्ता मानिसहरूमा सच्‍चा समर्पण देख्‍न सकिँदैन; तिनीहरूले सच्‍चा समर्पण हासिल गर्नै सक्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरप्रति समर्पित हुने अभ्यासका सिद्धान्तहरू)। अय्यूबको अनुभव प्रकट गर्ने परमेश्‍वरको वचन पढ्दा, मलाई अपमानित र लज्जित महसुस भयो। आफ्‍ना छोराछोरीलाई सम्हाल्न अय्यूब भावनामा निर्भर भएनन् र तिनी विवेकी हुन सके भन्‍ने मैले बुझेँ। तिनले आफ्‍ना छोराछोरीले परमेश्‍वरमा विश्‍वास गरून् र आफूलाई दुष्टताबाट अलग राखून् ताकि तिनीहरूले धेरै पाप नगरून् र विनाशको बाटोमा नहिँडून् भन्‍ने आशा गरे पनि, तिनीहरूले परमेश्‍वरको आराधना नगरेका र उहाँबाट टाढा रहेर जिएको देख्दा, तिनीहरूलाई आफ्‍नो बाटो परिवर्तन गर्न कर गरेनन् वा निश्‍चित मार्गमा हिँड्न बाध्य पारेनन्। तिनी परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित भए र परमेश्‍वरविरुद्ध पाप गर्नबाट टाढा बसे। पछि, अय्यूबका छोराछोरी मारिँदा, तिनले परमेश्‍वरलाई दोष दिएनन्। अय्यूबले आफ्‍ना छोराछोरीलाई सम्हाल्दा, परमेश्‍वरको आदर र उहाँको आज्ञा पालना गरेको मैले देखेँ। तैपनि, मेरो छोराले सांसारिक कुराको पछि लाग्न मण्डली छोडेको छ र मेरी छोरीलाई निकालिएको छ भन्‍ने थाहा पाउँदा, मैले परिवारप्रतिको देहगत स्‍नेहमा ध्यान दिएँ। तिनीहरूले कसरी आशिषित हुने केही आशा राख्न सकेका थिए भनेर सम्झेँ। तिनीहरूको विश्‍वास सच्‍चा भए पनि नभए पनि, वा तिनीहरूले सत्यता पछ्याए पनि नपछ्याए पनि, तिनीहरू मण्डलीमा बस्‍न पाऊन् भन्‍ने मात्र मेरो चाहना थियो। अगुवाले तिनीहरूलाई अर्को मौका दिऊन् र सम्भव भएको कुनै रीतिले सेवामा रहन दिऊन् भन्‍नेसमेत मैले चाहेँ। म आफ्ना छोराछोरीको मामिलामा, परिस्थिति सच्याउन मानव शैलीहरू मात्रै अपनाउन चाहन्थेँ। म परमेश्‍वरको सार्वभौमिकता वा बन्दोबस्तहरूमा समर्पित भइरहेको थिइनँ। विशेष गरी मेरा छोराछोरीलाई गैर-विश्‍वासीको दर्जामा राखिएको छ भन्‍ने थाहा पाउँदा, मैले तिनीहरूको सार बुझ्‍न सत्यता खोजी नगरेको मात्र होइन, तर कतै अगुवाले मामिला निष्टपक्षरूपमा नसम्‍हालेको हो कि भनेर शङ्का गर्दै म गलतफहमीमा जिएँ, र मैले कर्तव्य पूरा गर्ने जोसजाँगर गुमाएँ। मेरो हृदयमा आफ्ना छोराछोरीको लागि मात्रै ठाउँ थियो; परमेश्‍वरको निम्ति कुनै ठाउँ थिएन। मलाई परमेश्‍वरको प्रशासनिक आदेशका स्पष्ट मापदण्डहरू याद आयो। “ती आफन्तहरू (तेरा छोराछोरी, तेरा पति वा तेरी पत्नी, तेरा दिदी-बहिनी, वा तेरा बाबुआमा इत्यादि) जो विश्‍वासी होइनन्, उनीहरूलाई मण्डलीमा आउन जबरजस्ती गर्नु हुँदैन। परमेश्‍वरको घरमा सदस्यहरूको कमी छैन, र काम नलाग्ने मानिसहरूलाई ल्याएर त्यसको सङ्ख्या बढाउनु आवश्यक छैन। जसले खुसीसाथ विश्‍वास गर्दैनन्, उनीहरूलाई मण्डलीमा ल्याउनै हुँदैन। यो आदेश सबै मानिसहरूप्रति निर्देशित छ। तिमीहरूले यो विषयमा जाँच्नुपर्छ, अनुगमन गर्नुपर्छ, र एकअर्कालाई स्मरण गराउनुपर्छ; कसैले यसलाई उल्लङ्घन गर्न सक्दैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश)। तिमीले पत्रमा अरूले तिनीहरूलाई धेरै सहयोग गरेका थिए र तिनीहरू आफैले पश्‍चात्ताप नगर्ने, परमेश्‍वरको वचन नपढ्ने र भेलाहरूमा नजाने निर्णय गरेका हुन् भनेर भनेकी मलाई याद छ। यसले तिनीहरू गैरविश्‍वासी हुन् भन्‍ने कुरा देखाइसकेको थियो, तैपनि मैले परमेश्‍वरको वचनलाई बेवास्ता गरेँ र तिनीहरूलाई मण्डलीमा राख्‍न आफ्ना भावनामा भरोसा गर्न चाहेँ। म साह्रै विद्रोही रहेछु। मैले आफ्‍ना भावनाहरूमा भर परिरहनु हुँदैन। हाम्रा छोराछोरीलाई सम्हाल्न म अय्यूबजस्तै बन्नुपर्छ, मैले सत्यता खोज्नुपर्छ, र परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ। ममा हुनुपर्ने समझ यही हो।

पछि, मैले हालैका वर्षमा खुलासा गरेर हटाइएका सबै मानिसहरूबारे विचार गरेँ। ती मानिसहरूलाई हटाइएको विषयमा परमेश्‍वरको घरले सूचना जारी गर्दा, ममा कुनै धारणाहरू थिएनन्। मलाई परमेश्‍वर धर्मी हुनुहुन्छ र उहाँको घरमा सत्यताले नै सर्वोच्‍च शासन गर्छ र कुनै पनि व्यक्तिलाई अन्याय गरिँदैन भन्‍ने थाहा थियो। तर मैले आफ्ना छोराछोरीलाई हटाइएको देख्दा, म किन परमेश्‍वरमा समर्पित भइनँ वा मैले किन उहाँको धार्मिकताको प्रशंसा गरिनँ, बरु आफ्‍ना भावनाहरूमा भरोसा गरेँ र मण्डलीले निष्पक्षरूपमा मामिला नसम्हालेको हो कि भनेर शङ्का गरेँ? त्यसपछि मैले परमेश्‍वरको यो वचन पढेँ। “भावनाहरू विशेषतः कस्ता हुन्छन्? अवश्यै सकारात्मक हुँदैनन्। यो भौतिक सम्‍बन्ध र देहका रुचिहरू सन्तुष्ट पार्ने कार्यमा केन्द्रित हुनु हो। पक्षपात गर्नु, अरूको लागि बहाना बनाउनु, आसक्तिपन देखाउनु, पुलपल्याउनु, र लिप्त हुनु, यी सबै नै भावनाहरूमा पर्छन्। कतिपय मानिसहरूले भावनाहरूलाई धेरै महत्त्व दिन्छन्, तिनीहरूले आफूमाथि जेसुकै आइपरे पनि त्यसप्रति आफ्‍नो भावनाको आधारमा प्रतिक्रिया जनाउँछन्; तिनीहरूलाई हृदयमा यो गलत हो भन्‍ने राम्ररी थाहा हुन्छ, तैपनि तिनीहरू वस्तुनिष्ठ हुन सक्दैनन्, सिद्धान्तअनुसार काम गर्नु त परको कुरा हो। जब मानिसहरू सधैँ भावनाको नियन्त्रणमा हुन्छन्, के तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन्? त्यो त अत्यन्तै गाह्रो हुन्छ। धेरै मानिसहरूले सत्यता अभ्यास गर्न नसक्‍नुको कारण भावनाहरू नै हुन्छ; तिनीहरूले भावनाहरूलाई विशेष महत्त्व दिन्छन्, तिनलाई पहिलो स्थानमा राख्छन्। के तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन्? अवश्यै होइनन्। सारगत रूपमा, भावनाहरू के हुन्? ती एक प्रकारका भ्रष्ट स्वभाव हुन्। भावनाहरूको प्रकटीकरणलाई धेरै वटा शब्‍दमा व्याख्या गर्न सकिन्छ: कृपावाद, अधिक रक्षात्मकता, भौतिक सम्‍बन्धहरूको परिपालन, पक्षपात; भावनाहरू भनेका यिनै हुन्। मानिसहरूले भावनाहरू बोक्‍नु र तिनमा जिउनुका सम्भावित परिणामहरू के-के हुन्? परमेश्‍वरले किन मानिसहरूका भावनाहरूलाई सबभन्दा बढी घृणा गर्नुहुन्छ? कतिपय मानिसहरू सधैँ आफ्‍ना भावनाहरूको नियन्त्रणमा हुन्छन्, तिनीहरू सत्यता अभ्यास गर्न सक्दैनन्, र चाहेर पनि तिनीहरूले परमेश्‍वरको आज्ञापालन गर्न सक्दैनन्। त्यसकारण, तिनीहरूले भावनात्मक रूपमा कष्ट भोग्छन्। अनि, धेरै मानिसहरूले सत्यता बुझेर पनि यसलाई अभ्यास गर्न सक्दैनन्। यो पनि तिनीहरू भावनाहरूको नियन्त्रणमा भएकोले गर्दा हो। सत्यता अभ्यास गर्ने सबैले आफ्‍नो भावनालाई काबुमा राख्‍न चाहन्छन्, तर त्यो सरल कुरो होइन। त्यसको बन्धनबाट मुक्त हुनु मात्रै पर्याप्त हुँदैन—त्यसमा व्यक्तिको प्रकृति र स्वभाव जोडिएको हुन्छ। जब केही मानिसहरूले आफ्नो सम्पूर्ण समय परिवारलाई याद गर्दै बिताउँछन्, तिनीहरू दिनरात उनीहरूको बारेमा सोच्छन् र आफ्नो कर्तव्य ठिकसँगले पूरा गर्न छोड्छन्, के यो समस्या हो? जब केही मानिसहरूमा कसैप्रति गोप्य प्रेम हुन्छ, र तिनीहरूको हृदयमा उक्त व्यक्ति मात्र हुन्छ, र यसले तिनीहरूको कर्तव्य प्रदर्शनमा असर गर्छ, के यो समस्या हो? जब केही मानिसहरूले एक खास व्यक्तिको पूजा गर्छन् र उसको प्रशंसा गर्छन्, र अरू कसैको कुरा सुन्दैनन्—केवल त्यो व्यक्तिको मात्र सुन्छन्—र तिनीहरूमा परमेश्‍वरको वचन पनि घुस्दैन, र तिनीहरू त्यस व्यक्तिको नियन्त्रणमा हुन्छन्, के यो समस्या हो? केही मानिसहरूले आफ्नो हृदयमा कुनै व्यक्तिलाई मूर्ति बनाउँछन्। तिनीहरूका लागि, उक्त व्यक्ति निन्दा गर्न वा आलोचना गर्न नसकिने हुन्छ; तिनीहरूसँग कुनै पनि मुद्दा उठाउँदा, तिनीहरू क्रोधित भइहाल्छन्। तिनीहरू आफ्नो मूर्तिको रक्षा गर्न, जे भनिन्छ त्यसको विपरीत दाबी गर्न कहिल्यै चुक्दैनन्। तिनीहरूले आफ्नो मूर्तिको ‘बदनाम’ गर्ने कहिल्यै अनुमति दिन सक्दैनन्। अनि तिनीहरू आफ्नो मूर्तिको प्रतिष्ठाको रक्षा गर्न सक्दो प्रयास गर्छन्, गलतलाई सही भनी दाबी गर्छन्, मानिसहरूलाई सत्य बोल्न दिंदैनन्, तिनीहरूको मूर्तिको पर्दाफास गर्न दिंदैनन्। तिनीहरू पक्षपाती हुन्छन्—यी तिनीहरूका भावनाका कुराहरू हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताको वास्तविकता भनेको के हो?)। मैले परमेश्‍वरको वचनबाट के बुझेँ भने भावनाहरू भ्रष्ट शैतानी स्वभावबाट आउँछन्, र भावनाहरूमा भरोसा गर्दा, हामीले परिस्थिति वा मानिसहरूलाई निष्पक्षरूपमा देख्‍न नसक्‍ने मात्रै होइन, तर हामीमा पूर्वाग्रह र पक्षपात विकास हुन्छ, र हामीले आफ्ना देहगत सम्‍बन्धहरू जोगाउन सिद्धान्तहरू उल्लङ्घन गर्नेछौँ। ठिक त्यसरी नै मैले जियाओटाओ र जियाओमिनलाई हटाइएको छ भन्‍ने सुन्दा, परमेश्‍वरको इच्‍छा खोजिनँ, सिक्‍नुपर्ने पाठ वा म प्रवेश गर्नुपर्ने सत्यताको पक्षबारे सिकिनँ। बरु, मैले अगुवाले सिद्धान्तहरूविना काम गरिरहेका छन् भन्‍ने विचार मनमा लिएँ। मलाई हाम्रा छोराछोरीलाई अन्याय भएको छ भनेर चिन्ता लाग्यो र अगुवालाई पत्र लेखेर तिनीहरूलाई माफ गर्न र मण्डलीमा कर्तव्य पूरा गर्न दिन अनुरोध गर्न मन लाग्यो। मेरा छोराछोरीको सम्बन्धमा भावनात्मकरूपले कार्य गर्नु भनेको एक प्रकारको पूर्वाग्रह र पक्षपात हो, र सिद्धान्तविपरीत काम हो भन्‍ने मैले बुझेँ। यतिका वर्ष विश्‍वास गरेपछि, मानिसहरूलाई हटाउन मण्डलीमा सिद्धान्तहरू हुन्छन् र यो व्यक्तिको क्षणिक गल्तीको आधारमा नभई समग्र व्यवहारको आधारमा गरिन्छ भन्‍ने मलाई थाहा भयो। धेरै सहयोग र सङ्गति दिँदा पनि व्यक्तिले पश्‍चात्ताप गर्दैन, र अन्तिममा ऊ दुष्कर्मी वा गैरविश्‍वासी ठहरियो भने मात्रै, उसलाई सिद्धान्तहरूअनुसार निराकरण गरिनेछ, र मण्डलीको कम्तीमा पनि ८०% स्वीकृतिमा मात्रै, उसलाई हटाउन सकिन्छ। यो निष्पक्ष र सत्यताअनुरूप हो। मलाई मेरो छोराबारे र मैले उसलाई किन कर्तव्य पूरा गर्न आइस् भनी सोधेको कुरा याद आयो। उसले मलाई भनेको थियो, “मलाई तपाईंको याद आउँछ त्यसैले म कर्तव्य पूरा गर्न आएको हुँ।” मैले उसको हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ छैन, उसले सत्यतालाई पटक्‍कै प्रेम गर्दैन, र सत्यताको पछि लाग्न आफ्‍नो कर्तव्य पूरा गरिरहेको छैन भन्‍ने मैले देखेको थिएँ। उसले परमेश्‍वरको घरले निरन्तर सत्यतामा सङ्गति दिएको र यसले आफ्ना इच्‍छाहरू पूरा गर्न नसक्ने देख्दा, ऊ आफ्‍नो कर्तव्य त्याग्‍न चाहन्थ्यो। अगुवाहरूले ऊसँग धेरै सङ्गति गरेका थिए तर उसले कहिल्यै भनेको सुनेन। घर पुगेपछि ऊ परमेश्‍वरको वचन पढ्नुको सट्टा गेमहरू खेल्थे। ऊ गैरविश्‍वासी थियो। त्यसरी नै हाम्री छोरीले विश्‍वास गरेकी एक दशकभन्दा बढी भएको थियो तर उसले बिरलै परमेश्‍वरको वचन खान्थी र पिउँथी अनि उसका दृष्टिकोणहरू अविश्‍वासीहरूका जस्तै थिए। उसले कहिलेकाहीँ आफ्‍नो कर्तव्य पूरा गर्ने गरेकी भए पनि, यो उसको धारणासँग नमिल्दा वा यसले उसको हितमा असर गर्दा, ऊ त्यो कर्तव्य गर्दिनथिई। उसमा परमेश्‍वरप्रति साँचो विश्‍वास थिएन र सारको हिसाबमा, ऊ गैरविश्‍वासी पनि थिई। परमेश्‍वरले एकपटक यसो भन्‍नुभएको मलाई याद छ: “यदि कुनै व्यक्तिलाई पछि हटिसकेको भनेर परमेश्‍वरसामु घोषित गरियो भने, त्यो कुरा उक्त व्यक्तिले परमेश्‍वरको घर छोडेको, उसले त्यहाँ आउनजान बन्द गरेको, र उसलाई मण्डलीबाट नाम काटेको मामला मात्रै हुँदैन। वास्तविकता के हो भने, यदि कुनै व्यक्तिले परमेश्‍वरको वचन पढ्दैन भने, उसको विश्‍वास जति नै ठूलो भए पनि, र उसले परमेश्‍वरमा विश्‍वास गर्छु भनेर स्वीकार गरे पनि नगरे पनि, उसले आफ्‍नो हृदयमा परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भनेर पनि मानेको र उहाँका वचनहरू सत्यता हुन् भनेर पनि नस्विकारेको प्रमाणित हुन्छ। परमेश्‍वरको नजरमा, त्यस व्यक्ति पहिले नै पछि हटिसकेको हुन्छ र उसलाई गन्ती गरिँदैन। परमेश्‍वरका वचनहरू नपढ्ने मानिसहरू पछि हटिसकेका एक प्रकारका मानिसहरू हुन्। … अर्को प्रकारका मानिसहरू पनि हुन्छन्: कर्तव्य निभाउन नमान्‍नेहरू। परमेश्‍वरको घरले तिनीहरूलाई जस्तो अनुरोध गरे पनि, जस्तो काम गर्न लाए पनि, जस्तो कर्तव्य दिए पनि, ठूलोसानो जस्तो मामला भए पनि, कहिलेकहीँ खबर पुर्‍याउनेजस्तो सरल काम नै भए पनि, त्यो तिनीहरूले गर्न चाहँदैनन्। परमेश्‍वरको विश्‍वासी भनेर आफै दाबी गर्ने ती मानिसहरूले अविश्‍वासीले गर्न सक्‍ने काम पनि गर्न सक्दैनन्; यो त सत्यता स्विकार्न र कर्तव्य निभाउन नमान्‍नु हो। ब्रदर-सिस्टरहरूले तिनीहरूलाई जसरी आग्रह गरे पनि, तिनीहरूले यसलाई इन्कार गर्छन्, स्वीकार गर्दैनन्; मण्डलीले तिनीहरूलाई कुनै कर्तव्य सुम्‍पिने चाँजोपाँजो गर्दा, तिनीहरूले यसलाई बेवास्ता गर्छन्, र अनेक बहाना बनाउँछन्। तिनीहरू कर्तव्य निभाउन नमान्‍ने प्रकारका मानिसहरू हुन्। परमेश्‍वरको नजरमा, त्यस्ता मानिसहरू पछि हटिसकेका हुन्छन्। तिनीहरूको पछिहटाइ परमेश्‍वरको घरले तिनीहरूलाई हटाएको वा नाम काटेको मामला होइन; यो त तिनीहरूले नै साँचो विश्‍वास नराखेको कुरा हो—तिनीहरूले आफूलाई परमेश्‍वरको विश्‍वासी नमानेको कुरा हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र)। “यदि परमेश्‍वरमा विश्‍वास नगर्ने प्रतिरोधीहरू होइनन् भने शैतान को हो, भूतहरू को हुन्, र परमेश्‍वरका शत्रुहरू को हुन्? के उनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी मानिसहरू नै होइनन् र? के उनीहरू नै ती होइनन् जसले विश्‍वास भएको दाबी गर्छन्, तैपनि सत्यताको कमी हुन्छ? के उनीहरू परमेश्‍वरको निम्ति गवाही दिन असक्षम हुँदा पनि आशिष्‌हरू मात्र प्राप्‍त गर्न खोज्नेहरू होइनन् र? आज तैँले अझै ती भूतहरूसँग घुलमेल गर्छस् र उनीहरूप्रति सम्मान र प्रेम बहन गर्छस्, तर यस्तो अवस्थामा, के तैँले शैतानप्रति शुभेच्छा बढाइरहेको छैन र? के तैँले भूतहरूसँग साँठगाँठ गरिरहेको छैनस् र? यदि यी दिनहरूका मानिसहरू अझै असल र खराब बीच भिन्नता छुट्याउन असक्षम छन् भने, र परमेश्‍वरको इच्छाको खोजी गर्ने कुनै मनसायविना नै अन्धाधुन्ध प्रेमिलो र कृपालु भइरहन्छन्‌ भने वा कुनै पनि किसिमले परमेश्‍वरको इच्छाहरूलाई उनीहरूको आफ्नै झैँ गरी प्रश्रय दिन सक्षम हुन्छन् भने, उनीहरूको अन्त झनै दयनीय हुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)

हुइजुवान, मैले परमेश्‍वरका यी वचनहरू पढेपछि म कति मूर्ख रहेछु भन्‍ने मलाई महसुस भयो। म हाम्रा छोराछोरीलाई मण्डलीमा राख्‍न मानव माध्यमहरू प्रयोग गर्न चाहन्थेँ, र तिनीहरूले मण्डलीमा सेवा गरे भने सायद मुक्ति पाउनेछन् भन्‍ने सोच्थेँ। तर परमेश्‍वरको वचनको आधारमा त, मेरो सोचाइ कति हास्यास्पद रहेछ भन्‍ने मलाई थाहा भयो। वास्तवमा, परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँको वचन नपढ्ने वा कर्तव्य पूरा नगर्ने सबैलाई परमेश्‍वरले विश्‍वासीको रूपमा मान्यता दिनुहुन्‍न, चाहे तिनीहरूलाई अहिलेसम्‍म नहटाइएको नै किन नहोस्, किनभने तिनीहरू परमेश्‍वरको नजरमा पछि हटिसकेका छन्। मैले यस कुरालाई मेरा छोराछोरीको व्यवहारसँग तुलना गरेँ। जियाओटाओले यतिका वर्ष विश्‍वास गरेपछि पनि सांसारिक प्रचलनहरूलाई पछ्याउँथ्यो, र परमेश्‍वरको वचन पढ्ने वा कर्तव्य पूरा गर्ने गर्दैनथ्यो। उसले सत्यतालाई पटक्‍कै प्रेम नगरेको र वास्तवमा सत्यतादेखि दिक्‍क मानेको र ऊ गैरविश्‍वासी हो भन्‍ने मैले देखेँ। जियाओमिनले विश्‍वास गरेकी वर्षौँ भएको थियो तर परमेश्‍वरको वचन पढ्न कहिल्यै ध्यान दिँदिनथिई, र यसको आधारमा मात्रै पनि उसलाई गैरविश्‍वासीको रूपमा हटाउन सकिन्थ्यो। परमेश्‍वरको घरलाई सदस्यहरूको सङ्ख्या बढाउन यस्ता मानिसहरूको आवश्यकता पर्दैन, झन् गैरविश्‍वासीहरूको सेवाको आवश्यकता पर्नु त परको कुरा हो। मण्डलीले तिनीहरूलाई नहटाएको भए पनि, परमेश्‍वरले तिनीहरूलाई विश्‍वासीको रूपमा मान्यता दिनुहुनेथिएन। मैले तिनीहरूलाई चिन्नुपर्थ्यो, सिद्धान्तहरू र सत्यताअनुसार परिस्थितिलाई हेरेर परमेश्‍वरको पक्षमा खडा हुनुपर्थ्यो, र परमेश्‍वरको सार्वभौमिकतामा समर्पित हुनुपर्थ्यो। तर मैले हाम्रा छोराछोरीलाई सम्‍हाल्‍न आफ्ना भावनाहरूमा भर परेँ, र तथ्यहरू नजानी, अगुवाले तिनीहरूलाई गलतरूपमा हटाएका हुन् कि भन्‍ने शङ्का गरेँ र म यी गैरविश्‍वासीहरू मण्डलीमा बसेर मण्डलीका सदस्य सङ्ख्या बढाएको चाहन्थेँ। मैले सधैँ मेरा देहगत सम्‍बन्धहरूलाई रक्षा गरिरहेको थिएँ। के परमेश्‍वरले प्रकट गर्नुभए जस्तै, मैले शैतानप्रति असल मनसाय र प्रेम राखेर पिशाचहरूसँग उठबस गरिरहेको थिइनँ र? मैले सही र गलत छुट्याउन सकिनँ, पिशाचहरूसँग सङ्गत गरिरहेको थिएँ, र मुख्यतः परमेश्‍वरको विरोध गरिरहेको थिएँ। यी कुराहरू महसुस गरेपछि मैले जियाओटाओ र जियाओमिनलाई हटाइनु पूर्णतया परमेश्‍वरको वचन, र सत्यताका सिद्धान्तहरूअनुरूप रहेछ भन्‍ने राम्ररी बुझेँ।

मलाई के पनि सोचाइ आयो भने, हाम्रा छोराछोरीलाई निकालिँदा किन मलाई अति ग्‍लानि र लाज भयो, र मलाई किन बुबाको रूपमा मैले आफ्‍नो जिम्‍मेवारी पूरा गरिनँ, र मैले घर फर्केर तिनीहरूलाई अझै धेरै सङ्गति र सहयोग दिन समय पाएको भए, तिनीहरू कहिल्यै यो अवस्थामा पुग्‍ने थिएनन्। हुइजुवान, के तिम्रो स्थिति पनि मेरो जस्तै भएको छ? पछि, मैले मानिसहरूको परम्‍परागत सोचाइलाई विश्‍लेषण र खुलासा गर्ने परमेश्‍वरको वचन पढेँ र के देखेँ भने म “शिक्षा नदिई पालनपोषण गर्नु भनेको बुबाको गल्ती हो” भन्‍ने परम्‍परागत धारणाद्वारा प्रभावित भएको रहेछु। परमेश्‍वरको वचनले भन्छ, “‘शिक्षा नदिई पालनपोषण गर्नु भनेको बुबाको गल्ती हो।’ यो कस्तो वाक्य हो? यसमा के गल्ती छ? यो वाक्यको अर्थ के हो भने, यदि बच्‍चा अनाज्ञाकारी वा अपरिपक्‍व भयो भने, यो उसको बुबाको हेलचेक्र्याइँले गर्दा, र उसका आमाबुबाले उसलाई राम्ररी शिक्षा दिन नसकेकोले गर्दा हो। तर के वास्तवमा यस्तै भएको हुन्छ त? (हुँदैन।) कतिपय मानिसहरू यस्तै कुरा पालन गर्छन्, र असल मानिस बन्‍न कडा मेहनत गर्छन्, तैपनि तिनीहरूका छोराहरू गुन्डा र छोरीहरू वेश्‍या बन्‍न पुग्छन्। यदि बुबाले रिसाएर, ‘“शिक्षा नदिई पालनपोषण गर्नु भनेको बुबाको गल्ती हो”—बच्‍चा बिगार्ने म नै हुँ!’ भन्छ भने के यी शब्‍दहरू सही हुन्छन् त? (हुँदैनन्।) त्यसमा के कुरा गलत छ? यदि तैँले यी शब्‍दहरूमा के गलत छ भनेर बुझ्‍न सक्छस् भने, यसले तैँले सत्यता बुझ्छस् र त्यसमा के समस्या छ स्पष्ट देख्‍न सक्छस् भन्‍ने प्रमाणित गर्छ। यदि तैँले यसभित्रको सत्यता बुझ्दैनस् भने, यस विषयमा स्पष्ट रूपमा कुरा गर्न सक्दैनस्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। “सबभन्दा पहिले, हामीले ‘छोराछोरीले सही मार्ग नलिनुको पछाडि आमाबुबाको हात हुन्छ’ भन्‍ने भनाइ गलत छ भनेर स्पष्ट पार्नुपर्छ। व्यक्ति जो भए पनि, ऊ उसले हिँड्ने मार्गअनुसारको हुन्छ। के यो शङ्कारहित छ? (छ।) व्यक्ति हिँड्ने मार्गले नै ऊ कस्तो हुन्छ भन्‍ने निर्धारित गरेको हुन्छ। तिनीहरूले हिँड्ने मार्ग र तिनीहरू कस्ता व्यक्ति बन्छन् भन्‍ने कुरा तिनीहरूकै हातको कुरा हो। यो पहिले नै तोकिएको, जन्मजात, अनि तिनीहरूको प्रकृतिसित जोडिएको हुन्छ। त्यसकारण, आमाबुबाले सिकाउने कुराले कस्तो भूमिका खेल्छ? के यसले मान्छेको प्रकृतिमा कुनै भिन्‍नता ल्याउँछ? (ल्याउँदैन।) मान्छेलाई तिनीहरूका आमाबुबाले जे सिकाउँछन् त्यसले तिनीहरूको प्रकृतिमा कुनै भिन्‍नता ल्याउँदैन; यसले ऊ कस्तो मार्ग हिँड्छ भन्‍ने कुरा निर्धारित गर्दैन। आमाबुबाले केचाहिँ सिकाउन सक्छन् त? तिनीहरूले आफ्‍ना छोराछोरीलाई दैनिक जीवनका केही निश्‍चित साधारण बानीबेहोरा, व्यवहारसम्‍बन्धी तुलनात्मक रूपमा केही अपरिष्कृत विचार र सिद्धान्तहरू मात्रै सिकाउन सक्छन्; यी कुराहरूमा आमाबुबाको केही हात हुन्छ। छोराछोरी बढ्नुभन्दा पहिले, आमाबुबाले आफूले गर्नुपर्ने कुरा गर्छन्: तिनीहरूले आफ्‍ना छोराछोरीलाई सही मार्ग हिँड्न, पढाइमा मेहनत गर्न, र हुर्केबढेपछि सफल बन्‍न, खराब कुरा नगर्न, खराब व्यक्ति नबन्‍न सिकाउँछन्। आमाबुबाको जिम्‍मेवारीमा छोराछोरीले व्यवहारसम्‍बन्धी नियमहरू पालना गर्ने सुनिश्‍चित गर्नु, तिनीहरूलाई नम्र बन्‍न र आफूभन्दा ठूलालाई आदर गर्न, र व्यवहारसम्‍बन्धी यस्तैयस्तै कुराहरू सिकाउनु पनि पर्छन्। आमाबुबाले छोराछोरीमा पार्ने प्रभावमा तिनीहरूलाई हेरचाह गर्ने र व्यवहारसम्‍बन्धी निश्‍चित आधारभूत सिद्धान्तहरू सिकाउने काम पर्छन्—तर व्यक्तिको चित्तप्रकृति कस्तो हुन्छ त्यो आमाबुबाले सिकाउन सक्‍ने कुरा होइन। कतिपय आमाबुबा शान्त प्रकृतिका हुन्छन् र कुनै पनि काम हतारमा गर्दैनन्—जबकि तिनीहरूका छोराछोरी अत्यन्तै अधीर प्रकृतिका हुन्छन्, तिनीहरू कहीँ पनि लामो समय बस्‍न सक्दैनन्, र १४-१५ वर्षको कलिलै उमेरमा तिनीहरू आफ्नै सुरमा हिँड्न थाल्छन्। तिनीहरू आफूले के गर्ने भन्‍नेबारे आफै निर्णय गर्छन्, तिनीहरूलाई आफ्नो आमाबुबा चाहिँदैन, र तिनीहरू अत्यन्तै आत्मनिर्भर हुन्छन्। के तिनीहरूलाई यो कुरा तिनीहरूका आमाबुबाले सिकाएका हुन्छन्? हुँदैनन्। त्यसकारण, व्यक्तिको चित्तप्रकृति, स्वभाव, अनि तिनीहरूको सारसँग सम्‍बन्धित कुराहरू र तिनीहरूले भविष्यमा छनौट गर्ने बाटोसमेत तिनीहरूका आमाबुबासँग सम्‍बन्धित हुँदैनन्। … कतिपय आमाबुबाले परमेश्‍वरमा विश्‍वास गर्छन् र आफ्‍ना छोराछोरीलाई परमेश्‍वरमा विश्‍वास गर्न सिकाउँछन्—तर आमाबुबाले जे भने पनि, तिनीहरूका छोराछोरीले मान्दैनन्, र आमाबुबाले यसबारेमा केही गर्न सक्दैनन्। कति आमाबुबाले परमेश्‍वरमा विश्‍वास गर्दैनन् तर तिनीहरूका छोराछोरीले आफै अग्रसर भएर विश्‍वास गर्छन्। परमेश्‍वरमा विश्‍वास गरेपछि, ती छोराछोरीहरू उहाँलाई पछ्याउन र आफूलाई उहाँमा अर्पित गर्न थाल्छन्, र सत्यता स्विकार्न र उहाँको अनुमोदन प्राप्त गर्न सक्षम बन्छन्, अनि तिनीहरूको भाग्य रूपान्तरण हुन्छ। के त्यो आमाबुबाले दिएको शिक्षाको परिणाम हो त? अलिकति पनि होइन। यो त परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको गन्तव्य र छनौटसँग सम्‍बन्धित कुरा हो। ‘शिक्षा नदिई पालनपोषण गर्नु भनेको बुबाको गल्ती हो’ भन्‍ने भनाइमा समस्या छ। आफ्‍ना छोराछोरीलाई शिक्षा दिने जिम्‍मेवारी आमाबुबाको हुने भए पनि, छोराछोरीको भाग्य निर्धारित गर्ने तिनीहरू होइनन्; त्यो त तिनीहरूको प्रकृतिले निर्धारित गर्ने कुरा हो। के शिक्षाले कसैको प्रकृतिसम्‍बन्धी समस्यालाई समाधान गर्न सक्छ? अहँ, कदापि सक्दैन। कसैले जीवनमा लिने मार्ग उसका आमाबुबाले निर्धारित गर्दैनन्, त्यो त परमेश्‍वरले तय गर्नुभएको हुन्छ। भनिन्छ, ‘मान्छेको भाग्य स्वर्गले तय गर्छ।’ मानवजातिले अनुभवबाट सिकेको कुरा यही हो। कसैले कस्तो मार्ग लिनेछ भन्‍ने कुरा ऊ हुर्केबढेर ठूलो नहुन्जेल भन्‍न सकिँदैन; ऊ ठूलो भएपछि, उसको आफ्‍नै सोचाइ हुन्छ, उसले आफै कुराहरू पत्ता लगाउन सक्छ, त्यसकारण मानिसहरूको समूहमा तिनीहरू जस्तो बन्‍न चाहन्छन् त्यो तिनीहरूले नै छनौट गर्छन्। कतिले सरकारी कामको उच्‍च पदमा पुगेर काम गर्न चाहन्छु भन्छन्, अरूले वकील वा लेखक बन्‍न चाहन्छु भन्छन्; हरेकले आफ्‍नै निर्णय गर्छन्। हरेकको आ-आफ्‍नै निश्‍चित विचार हुन्छ। कसैले पनि ‘म मेरो आमाबुबाले सिकाउन्जेल पर्खिनेछु, र उहाँहरूले जे सिकाउनुहुन्छ म त्यस्तै हुनेछु’ भनेर भन्दैन। कोही पनि त्यति मूर्ख हुँदैन। तिनीहरू वयस्क बनेपछि, तिनीहरूको मष्तिष्क सक्रिय हुन्छ; बिस्तारै तर अवश्य नै, तिनीहरू परिपक्‍व हुन्छन्, र तिनीहरूको मार्ग र उद्देश्य झन्झन् स्पष्ट हुँदै जान्छन्; यस बेला, तिनीहरू कस्ता व्यक्ति हुन्, र तिनीहरू कुन वर्गमा पर्छन् भन्‍ने कुरा अलिअलि गर्दै प्रकट हुन थाल्छ। यस बेलादेखि, हरेक व्यक्तिको चित्तप्रकृति साथै उसको स्वभाव, र उसले लिने मार्ग, उसको जीवनको दिशा, र तिनीहरूको वर्ग क्रमिक रूपमा स्पष्ट हुँदै जान्छ। यो के आधारमा हुन्छ? अन्तिम विश्‍लेषणबाट यो थाहा हुन्छ, यो परमेश्‍वरले निर्धारित गर्नुभएको हुन्छ, र तिनीहरूका आमाबुबासँग यसको कुनै सम्‍बन्ध हुँदैन—अब यो स्पष्ट भयो, होइन त?(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। परमेश्‍वरको वचनले स्पष्टरूपमा नै “शिक्षा नदिई पालनपोषण गर्नु भनेको बुबाको गल्ती हो” भन्‍ने परम्‍परागत धारणालाई विश्‍लेषण गरेको छ। हाम्रा छोराछोरीको भविष्य र तिनीहरूले हिँड्ने मार्ग पूर्णरूपमा तिनीहरूको प्रकृतिले निर्धारित गरेको हुन्छ, जुन जन्मजात कुरा हो। तिनीहरू परमेश्‍वरको सार्वभौमिकताद्वारा पनि निर्धारित हुन्छन् र हामी आमाबुबाको भूमिकासँग त्यसको कुनै सम्‍बन्ध हुँदैन। आमाबुबाको भूमिकाले छोराछोरीको दैनिक जीवन वा तिनीहरूको केही बाहिरी व्यवहारलाई मात्रै असर गर्न सक्छ, तर तिनीहरूको प्रकृतिलाई पटक्‍कै असर गर्दैन। छोराछोरी आफ्‍नो सोचाइमा परिपक्‍व बनेपछि तिनीहरूले आफ्‍नो जन्‍मजात प्रकृतिअनुसार फरक-फरक मार्ग रोज्छन्, आफ्‍नो वर्गमा पस्ने मार्ग खोज्छन्। यसलाई परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ र कुनै पनि व्यक्तिले परिवर्तन गर्न सक्दैन। तर मैले हाम्रा छोराछोरीले आफ्‍नो विश्‍वासमा लिएको मार्गको सन्दर्भमा तिनीहरूको प्रकृति वा सारलाई बुझ्‍न सकिनँ। म हाम्रा छोराछोरीलाई आफ्‍नै तरिकाले सहयोग गर्नसमेत चाहन्थेँ, ताकि तिनीहरू विश्‍वासमा र मण्डलीमा रहून्। मैले तिनीहरूको भाग्य जोगाउन आफ्‍नै तौरतरिकमा भरोसा गर्ने व्यर्थै आशा गरेँ। मैले जिद्दी भएर परमेश्‍वरको विरोध गरिरहेको थिएँ। म त सृष्टि गरिएको महत्त्वहीन प्राणी मात्रै हुँ र आफ्‍नै भाग्यमाथि समेत मेरो नियन्त्रण छैन, त्यसैले कसरी म आफ्‍ना छोराछोरीको भविष्य नियन्त्रण गर्ने वा तिनीहरूको भाग्य बदल्‍ने आशा गर्न सक्थेँ र? म साह्रै अहङ्कारी र अज्ञानी थिएँ, र मैले आफ्नो क्षमतालाई बढी ठानेछु। त्यसपछि सोचेँ, “म किन यस्तो सोच्छु?” मलाई याद छ, तिनीहरू साना छँदा, हामी सबै मिलेर प्रभुमा विश्‍वास गर्थ्यौँ र हामीले परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेपछि, तिनीहरूलाई मण्डलीमा लग्यौँ र एउटा कर्तव्य लिन प्रोत्साहन दिएका थियौँ। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न सक्‍नु हामी आमाबुबाको भूमिकासँग प्रत्यक्ष सम्बन्ध छ भन्‍ने मैले सोचेको थिएँ। तसर्थ, तिनीहरूलाई हटाइएको छ भन्‍ने थाहा पाउँदा, मैले बुबाको रूपमा आफ्‍नो जिम्‍मेवारी पूरा गरेको छैनँ र म तिनीहरूलाई सहयोग र सङ्गति दिन तिनीहरूको साथमा मात्र भएको भए, सायद तिनीहरू आफ्‍नो विश्‍वास त्यागेर संसारमा जानेथिएनन् भन्‍ने मलाई लाग्यो। परमेश्‍वरको वचनबाट अहिले मलाई मेरो दृष्टिकोण कति हास्यास्पद रहेछ र त्यो कसरी सत्यतासँग पटक्‍कै नमिल्‍ने रहेछ भन्‍ने थाहा भयो। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको एक दशकभन्दा बढी भएको थियो, उहाँको वचन पढेका थिए, प्रवचन सुनेका थिए र साँचो जीवन जिउन सत्यताको पछि लाग्नुपर्छ र सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नुपर्छ भन्‍ने कुरा जान्दथे। तर सत्यताप्रति तिनीहरूलाई चासो थिएन र वर्षौँसम्‍म विश्‍वास गरेर पनि कुनै आशिष नपाएको देख्दा, तिनीहरू देहमा लिप्त हुन थाले। तिनीहरूले साँचो मार्ग थाहा पाएर पनि परमेश्‍वरलाई धोका दिए र सांसारिक प्रचलनहरूलाई पछ्याए र अरूले तिनीहरूलाई बारम्बार सङ्गति र सहयोग दिँदा समेत, तिनीहरू जिद्दी र अपश्‍चात्तापी बने। यसले तिनीहरू सत्यतादेखि दिक्‍क मान्छन् र दुष्टतालाई समर्थन गर्छन् भन्‍ने देखाउँछ। तिनीहरू परमेश्‍वरद्वारा मुक्ति पाउनेमध्येका होइनन्, तर यस संसारका दियाबलसहरूमध्येका हुन्। आउँदै गरेका विपत्तिहरूमा तिनीहरू नाश भए भने, त्यो तिनीहरूले परमेश्‍वरलाई धोका दिएको कारणले हुनेछ, र यसको दोष तिनीहरूकै शिरमा पर्नेछ। मैले के पनि सोचेँ भने मण्डलीका धेरै मानिसहरूलाई तिनीहरूका आमाबुबाले विश्‍वासमा ल्याएका होइनन् बरु संयोगले गर्दा, सहकर्मी, साथीभाइ, वा अपरिचित मानिसहरूले समेत तिनीहरूलाई सुसमाचार सुनाएका हुन्, र तिनीहरूलाई आमाबुबाको सतावटले विश्‍वास गर्न वा कर्तव्य पूरा गर्न रोक्न सकेन। कतिपय आमाबुबाले आफ्‍ना छोराछोरीलाई प्रचार गर्न भावनामा भर पर्छन् तर छोराछोरीले विश्‍वास गर्दैनन् र रुष्ट भएर आमाबुबालाई विरोधसमेत गर्छन्। कतिपय आमाबुबालाई पश्चात्ताप नगरी हैसियतको पछि लागेकोले र धेरै दुष्कर्म गरेकोले बहिष्कार गरिन्छ, तैपनि तिनीहरूका छोराछोरीलाई कुनै असर हुँदैन र परमेश्‍वरको वचनअनुसार आफ्ना आमाबुबाको सार जाँचेर उनीहरूलाई इन्कारसमेत गर्न सक्छन्। त्यसरी नै, धेरै छोराछोरीलाई हटाइन्छ र बहिष्कार गरिन्छ र आमाबुबाले परमेश्‍वरको वचनअनुसार छोराछोरीको सार चिन्न सक्छन्। यसबाट हामी के देख्‍न सक्छौँ भने, व्यक्ति सही मार्गमा हिँड्छ कि गलत मार्गमा, ऊ असल मानिस बन्छ कि खराब मानिस, उसले सत्यतालाई प्रेम गर्छ कि घृणा, र उसको अन्तिम परिणाम के हुनेछ त्यो सबै उसको प्रकृति र सारले निर्धारित गर्छ, आमाबुबाको भूमिकाले होइन। आमाबुबाले पूरा गर्न सक्‍ने जिम्‍मेवारी भनेको आफ्‍ना छोराछोरीलाई हुर्काएर वयस्क बनाउनु र परमेश्‍वरको अघि ल्याउनु हो। तर तिनीहरूले लिने मार्ग र तिनीहरूको भाग्य आमाबुबाको नियन्त्रणभन्दा एकदमै बाहिरको कुरा हो। हाम्रा छोराछोरीले आफै गलत मार्ग छनौट गरेका हुन् र मैले बुबाका जिम्‍मेवारीहरू पूरा गर्दैमा तिनीहरू फर्केर आउने होइनन्। मैले यी जिम्‍मेवारीहरू पूरा गरेँ कि गरिनँ भन्‍ने कुरासँग यसको कुनै सम्‍बन्ध छैन। तिनीहरूको प्रकृति नै सत्यतादेखि दिक्‍क मान्‍ने हो। मैले तिनीहरूसँग बसेर सङ्गति दिँदै आफ्‍नो सारा दिन बिताएको भए पनि, त्यो व्यर्थ हुनेथ्यो। आमाबुबाको रूपमा हाम्रो जिम्‍मेवारी भनेको तिनीहरूलाई हुर्काउनु र परमेश्‍वरको अघि ल्याउनु थियो। तिनीहरू केको पछि लाग्छन् र कुन मार्ग लिन्छन् भन्‍ने कुरासँग हामी आमाबुबाको कुनै सम्‍बन्ध छैन। मैले हाम्रा छोराछोरीलाई परमेश्‍वरको वचनअनुसार लिँदा, मलाई निकै स्वतन्त्र महसुस भयो र आफ्‍नो कर्तव्यमा बाधा हुन छोड्यो।

हुइजुवान, मैले यो परिस्थितिबाट यही कुरा सिकेको छु। मलाई थाहा छ, हाम्रा छोराछोरीप्रति तिम्रो स्‍नेह दह्रिलो छ, र तिमीलाई यो सब कुरा पक्कै निकै गाह्रो भएको हुनुपर्छ। तिमीले यो कसरी पार गऱ्यौ मलाई थाहा छैन। हाम्रा छोराछोरीलाई हटाइएको कुरा हाम्रो धारणासँग सायद नमिले पनि, परमेश्‍वरले तय गर्नुभएको परिस्थितिबाट हामीले सिक्‍नुपर्ने पाठहरू पक्‍कै छन्। यसमा तिमीले सत्यता खोजेर यस घटनालाई सहीरूपमा लिन्छौ भन्‍ने मलाई आशा छ। तिमीले पनि यो परिस्थितिबाट केही सिक्यौ भने मलाई पत्रमा लेख्‍न सक्छौ। म तिम्रो प्रत्युत्तरको आशा गर्छु।

झोउ मिङ

अगस्ट २०, २०२२

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मेरो कर्तव्य कसरी लेनदेन बन्यो

काइना, चीन अप्रिल २०१७ मा, म उच्च रक्तचापबाट पीडित थिएँ, त्यसैले म घर गएर आराम गर्न सकूँ भनेर अगुवाले मेरो कर्तव्य स्थगित गरिदिनुभयो। म...

ईर्ष्या नगरी सहज श्‍वास फेर्ने

अन्जिङ्ग, चीनसन् २०१७ को जनवरीमा, मलाई मण्डलीभित्र सिञ्‍चन गर्ने काम दिइएको थियो। यो काममा प्रशिक्षित हुने मौकाको लागि म परमेश्‍वरप्रति...

स्वार्थीपनको समाधान कसरी गर्ने

झाङ्ग जिङ्ग, चेक गणतन्त्रसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन मापदण्डअनुसार व्यक्तिका कामहरू असल वा खराब हुन् भनी निर्धारित गरिन्छ? यो...

जिउने सुन्दर तरिका

क्षुन्‍क्‍वी, जापानम सानो छँदा मलाई के सिकाइयो भने, अरूसँग ठाडे व्यवहार नगर्नू र अरूलाई दुःखी नबनाउनू, र त्यो नै मेरो जीवनको दर्शन थियो।...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्