कर्तव्यमा वैकल्पिक बन्दोबस्तको योजना नबनाऊ।

25 फेब्रुअरी 2023

मैले मण्डलीमा चार वर्षसम्म भिडियोको लागि संगीत भर्ने काम गरेँ। मण्डलीको कामको आवश्यकताले गर्दा मेरा वरिपरिका ब्रदर र सिस्टरहरू कर्तव्यको सिलसिलामा प्रायः सरुवा भइरहन्थे, कोही आफ्नो क्षमता नपुगेको कारणले सरुवा गरिन्थे, अनि त्यसपछि अन्य कर्तव्यहरूमा नियुक्त गरिन्थे। यो सबैले मलाई अस्थिर भएको महसुस भयो। मैले सोचेँ, “यदि म कुनै दिन सरुवा गरिएँ भने मेरो निम्ति कस्तो कर्तव्यको बन्दोबस्त गरिने होला। यदि म त्यस काममा राम्रो रहेनछु भने मलाई फेरि सरुवा गर्न सकिनेछ। यदि मेरो निम्ति कहिल्यै सुहाउँदो कर्तव्य भएन भने के त्यसको अर्थ मलाई बहिष्कृत गरिनेछ र मेरो मुक्ति हुन सक्दैन भन्ने हुँदैन र?” जब मैले त्यसको बारेमा सोचेँ, तब म साँच्चै नै सरुवा हुन चाहिनँ अनि केही समय मेरो कर्तव्य स्थिर भएकोमा आफूलाई भाग्यमानी ठानेँ। पछि, हाम्रो टोलीको कार्यभार बिस्तारै कम भयो, अनि मेरा कतिपय ब्रदर र सिस्टरहरू अन्य कर्तव्यहरूमा सरुवा भए, त्यसैले, म यस्तो सोच्दै चिन्तित हुन थालेँ, “मसित त्यति उत्कृष्ट पेशागत सीपहरू छैनन्, सायद मेरो पनि सरुवा हुनेछ। मसित अरू केही पनि विशेष सीप छैनन्, त्यसैले, सङ्गीत भर्ने काम नहुँदा म अरू के गर्नु र? यदि मैले अन्त्यमा गएर कुनै कर्तव्य गर्न पाइनँ भने के यो म बहिष्कृत हुनु जत्तिकै होइन र?” लामो समयसम्म म चिन्ता र डरको स्थितिमा जिएँ। मेरो वरिवरिका जोसुकै सरुवा भए तापनि म आफ्नो भविष्यको बारेमा धेरै चिन्तित थिएँ।

गएको साल जुलाईमा, मेरो अगुवाले मलाई मेरो फुर्सदको समयमा पार्ट टाइम काम गर्न आग्रह गरे। मलाई कामबारे बताइसकेपछि, अगुवाले कुरैकुरामा भने, “यो काम जारी रहनेछ, त्यसैले, अभ्यस्त हुनू र यो काम राम्रोसित गर्नू।” यो कुरा सुनेर मेरो हृदय धपक्क बल्यो, किनकि यो काम सङ्गीत भर्ने कामभन्दा धेरै स्थिर र दिगो देखिन्थ्यो। यस टोलीका मानिसहरू उही थोरै मानिसहरू देखिन्थे। कतिपयले यो काम छ-सात वर्षदेखि गर्दै आइरहेका थिए र तिनीहरू कहिल्यै सरुवा भएका थिएनन्। यो काम उत्तम जस्तो देखिन्थ्यो! मैले जतिसक्दो छिटो त्यसलाई अभ्यास गर्नु र सिपालु हुनु थियो। यदि म एकदिन सरुवा भएँ भने मसित वैकल्पिक बन्दोबस्त पनि हुनेथियो। मैले राम्रोसित अभ्यास गरुञ्जेल र ठूला गल्तीहरू नगरुञ्जेल, मैले यो काम सदाको लागि गरिरहन सक्थेँ, अनि मैले कर्तव्य नभएको कारण बहिष्कृत हुनेछु भन्ने चिन्ता गर्नु पर्दैनथ्यो। यो विचार धेरै निश्चिन्त गराउने थियो र यसले मलाई खुशी तुल्यायो। त्यस्तो असल अवसर पाउनु साँच्चै नै परमेश्‍वरको अनुग्रह हो भनी मैले महसुस गरेँ। त्यस क्षणदेखि मैले यस पार्ट टाइम काममा विशेष ध्यान दिएँ। जब मैले नबुझेका कुराहरू सामना गर्थें, तब त्यसमा चाँडै सिपालु हुने आशले अरू ब्रदर र सिस्टरहरूलाई सोध्थें।

तर अचानक आधा महिना पछि मेरो सङ्गीत भर्ने काम व्यस्त हुन थाल्यो, त्यसैले मसित मेरो पार्ट टाइम काम हेर्ने धेरै समय वा शक्ति भएन। तर म अझै पनि मेरो पार्ट टाइम काममाथि ध्यानकेन्द्रित गर्न चाहन्थेँ। मैले मलाई दिइएको काम सिध्याइनँ भने यो वैकल्पिक बन्दोबस्त गुमाउन सक्नेछु भन्नेमा म चिन्तित थिएँ। त्यसैले, केही दिन ढिला हुँदैमा केही बिग्रँदैन भन्ने सोचेर मैले जतिसक्दो लामो समयसम्म आफ्नो सङ्गीत भर्ने कामलाई टारेँ। तर हतारमा भएकोले म प्राय: अन्यौलमा हुन्थेँ, अनि मेरो पार्ट टाइम काममा म प्राय: लापरबाह थिएँ वा म बारम्बार त्यही गल्तीहरू दोहोर्‍याउँथेँ। मैले आफ्नो पूरै समय पार्ट टाइम काममा खर्च गरिरहेको र यसले मेरो मुख्य काममा ढिलाइ भइरहेको टोली अगुवाले देखे, र मैले दुवै काम भ्याउन सक्छु त भन्नेमा विचार गर्न उनले मलाई आग्रह गरे। मैले दुवै काम सम्हाल्न सक्दिनँ र सङ्गीत भर्ने काममा ढिलाइ गरिरहेकी छु भन्ने मलाई थाहा भए पनि, मैले अझै त्यसलाई स्विकार्न चाहिनँ, किनकि मैले कामकुरो धेरै व्यस्त भएको बताएँ भने मैले पार्ट टाइम काम गर्न नपाउने सम्भावना छ भनी म जान्दथिएँ, जसको अर्थ मैले यो दिगो र स्थिर काम गुमाउनेछु भन्ने हुन्थ्यो। म त्यसलाई स्वीकार गर्न सक्दिनथेँ, त्यसैले मैले टोली अगुवासित दुवै काममा एकै समयमा जरुरी कामहरू आइपर्छन् तर, यस्ता अवस्थाहरू यदाकदा मात्रै हुन्छन्, धेरै जस्तो समय होइन भनेर मैले केही बहानाहरू बनाएँ। अनि म आफ्नो पार्ट टाइम काममा अझै सिकारु नै छु, तर, एकपल्ट यसमा परिचित भइसकेपछि यो राम्रो हुनेछ, अनि कामकुरामा अभ्यस्त हुन मलाई अलिकति बढी समय चाहिन्छ भनी मैले थपेँ। त्यसबाहेक, मैले के पनि भनेँ भने म पहिलेभन्दा व्यस्त भए तापनि, यसले मेरो कर्तव्यको खाली समय भरिदिन्छ। त्यसपछि टोलीका अगुवाले थप केही भनेनन्।

केही दिनपछि, उनले दुई वटा काम गर्ने विषयमा अझै खोजी गर्न अनि परमेश्‍वरको इच्छाअनुसार कसरी अभ्यास गर्ने भनी पत्ता लगाउन मलाई फेरि सम्झाए। मैले पार्ट टाइम काम गरिरहन चाहेको कुरा थाहा पाएको भनेर पनि उनले बताए अनि कतै मसित गलत धारणा वा अभिप्राय छन् कि भनी मनन गर्न उनले मलाई आग्रह गरे। जब टोली अगुवाले यसो भनेको मैले सुनेँ, तब मैले आफ्नो पार्ट टाइम काम गरिरहन चाहेको कुरा स्विकारें, तर, मैले त्यसैअनुसार आफ्नो कामलाई प्राथमिकता दिएको महसुस गरेँ। मैले जुन चाहिँ काम सबैभन्दा जरुरी थियो त्यसमा धेरै समय बिताएँ, त्यै ठीक हो जस्तो लाग्थ्यो। केही समयपछि, टोली अगुवाले सम्झना दिलाउनुको पछाडि परमेश्‍वरको इच्छा थियो र मैले उचित आत्म-मनन गर्नुपर्छ भनी महसुस गरेँ। म परमेश्‍वरको सामु आएर प्रार्थना गरेँ, “परमेश्‍वर, टोली अगुवाले सम्झना दिलाउनुमा तपाईंको इच्छा छ भनी मलाई थाहा छ, तर मैले कहाँबाट आत्म-मनन गर्न थाल्नुपर्छ भनी मलाई थाहा छैन। म अलिकति उदास छु, त्यसैले मलाई अन्तर्दृष्टि दिएर मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरिसकेपछि, किन टोली अगुवाले मलाई मेरो कर्तव्यको बारेमा आफ्नो आचरणमाथि मनन गर्नू भनेर सम्झना दिलाएको भनेर सोचेँ। के आफ्नो कर्तव्यमा मसित गलत अभिप्राय भएको हुनसक्ला त? मसित पार्ट टाइम काम हुनुभन्दा अघि नै मैले मेरो सङ्गीत भर्ने कामलाई प्रिय ठानेको कुरा महसुस गरेँ। यसलाई मेरो एउटै आधार हो भनी सोचेँ अनि यसलाई गुमाउँछु कि भनी म डराएँ। जब मैले पार्ट टाइम काम गर्न थालेँ अनि यो मेरो मुख्य कामभन्दा धेरै स्थिर र दिगो छ भनी देखेँ, यसमा रहिरहन मैले गर्न सक्ने सबै कुरा गर्न चाहेँ। मसित स्थिर, दिगो कर्तव्य छ र अनि मलाई बदली गरिएन भने मात्र मैले मुक्ति पाउने कुरा पक्का हुन्थ्यो भनी मैले सोचेँ। तब मात्र मैले अन्त्यमा मेरो कर्तव्यको कार्यसम्पादन मेरो आफ्नै अभिप्रायले दूषित भइसकेको महसुस गरें। सरुवा भएका अन्य धेरैजसो ब्रदर र सिस्टरहरूले यसलाई ठीक प्रकारले सम्हाल्न सक्थे। किन मेरा विचारहरू यति जटिल थिए? किन मसित थुप्रै चिन्ता र डरहरू थिए? मैले परमेश्‍वरसित प्रार्थना गर्ने, खोजी गर्ने अनि पढ्नका निम्ति परमेश्‍वरको वचनका सान्दर्भिक भागहरू खोज्ने गरिरहें।

ख्रीष्टविरोधीको स्वभावबारे परमेश्‍वरबाट खुलासा सम्बन्धी एउटा खण्ड मेरो स्थितिसँग धेरै मिल्यो। परमेश्‍वर भन्नुहुन्छ, “आफ्‍नो कर्तव्यमा सानोतिनो हेरफेर गरिँदा, मानिसहरूले आज्ञापालनको मनोवृत्तिसाथ यसलाई स्वीकार गर्नुपर्छ, परमेश्‍वरको घरले भनेबमोजिम गर्नुपर्छ, र आफ्‍नो क्षमताले भ्याउञ्‍जेल गर्नुपर्छ, अनि तिनीहरूले जेसुकै गरे पनि, तिनीहरूको शक्तिले भ्याउञ्‍जेलसम्‍म आफ्‍नो सारा हृदय र सामर्थ्यले त्यो काम गर्नुपर्छ। परमेश्‍वरले जे गर्नुभएको छ त्यो गलत छैन। यस्तो सरल सत्यता थोरै विवेक र चेतना भएका मानिसहरूले अभ्यास गर्न सक्छन्, तर यो ख्रीष्टविरोधीहरूको क्षमताभन्दा बाहिरको कुरा हो। … ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरका बन्दोबस्तहरू कहिल्यै पालन गर्दैनन्, र तिनीहरूले आफ्नो कर्तव्य, प्रसिद्धि, र हैसियतलाई सधैँ आशिष्‌ प्राप्त गर्ने आफ्नो आशा र आफ्नो भावी गन्तव्यसित घनिष्ट रूपले यसरी जोड्छन् कि मानौँ तिनीहरूको प्रतिष्ठा र हैसियत गुम्‍नेबित्तिकै तिनीहरूले आशिष्‌ पाउने आशा नै रहनेछैन, र तिनीहरूको लागि त्यो जीवन गुमाउनुजस्तै हुनेछ। तसर्थ, आशिष पाउने तिनीहरूको सपना बरबाद हुन नदिनको लागि, तिनीहरू परमेश्‍वरको घरका अगुवा र सेवकहरूको विरुद्धमा सतर्क बन्छन्। तिनीहरू आफ्नै प्रतिष्ठा र हैसियतमा टाँसिइरहन्छन्, किनकि तिनीहरूलाई त्यसो गर्नु मात्रै आशिष्‌ पाउने एउटै आशा हो जस्तो लाग्छ। ख्रीष्टविरोधीले आशिष्‌ पाउने कुरालाई स्वर्गभन्दा ठूलो, जीवनभन्दा ठूलो, सत्यताको खोजी, स्वभावजन्य परिवर्तन, वा व्यक्तिगत मुक्तिभन्दा महत्वपूर्ण, अनि राम्रोसित कर्तव्य निर्वाह गर्नु र आवश्यक मापदण्ड पूरा गर्ने सृष्टि गरिएको प्राणी बन्‍नुभन्दा महत्वपूर्ण कुराको रूपमा हेर्छ। यस्ता व्यक्तिहरूले आवश्यक मापदण्ड पूरा गर्ने सृष्टिको प्राणी बन्‍ने, आफ्नो कर्तव्य पालन गर्ने र मुक्ति पाउनेजस्ता सबै कुराहरूलाई क्षुद्र र उल्लेख गर्न पनि योग्य नभएका कुरा ठान्छन् जबकि आशिष्‌हरू पाउनुचाहिँ तिनीहरूको जीवनमा कहिल्यै बिर्सन नसकिने एउटै मात्र कुरा हुन्छ। तिनीहरूले सामना गर्ने हरेक कुरामा, चाहे त्यो ठूलो होस् वा सानो, तिनीहरूले यसलाई परमेश्‍वरबाट आशिष्‌ पाएको रूपमा हेर्छन् र अत्यन्तै सजग र सचेत रहन्छन्, अनि तिनीहरूले आफ्नो निम्ति उम्कने बाटो सधैँ सुरक्षित छोडिराख्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु १२: जब कुनै पद हुँदैन र आशिष्‌हरू प्राप्त गर्ने कुनै आशा हुँदैन तब तिनीहरू पछि हट्न चाहन्छन्)। कर्तव्यको सरुवाप्रति ख्रीष्टविरोधीहरूको आचरणबारे परमेश्‍वरले गरेको खुलासा पूर्ण रुपले मेरो आफ्नै आचरणसित मिल्यो। म आफ्नो पार्ट टाइम कामलाई निरन्तरता दिन आफ्नो दिमाग खियाउँदै थिएँ किनकि म मण्डलीमा रहन र बहिष्कृत नहुन दिगो र स्थिर काम चाहन्थेँ। मैले गरेका सबै कुरा आशिष् पाउनका लागि मात्रै थियो। त्यो नै मेरो साँचो उद्देश्य थियो। वास्तवमा, मण्डलीमा एउटा व्यक्तिलाई जुनसुकै कर्तव्यमा सरुवा गरिए तापनि, यो कामको आवश्यकतामाथि निर्भर हुन्छ अनि यो पूर्ण रुपले सामान्य हो। तर, ख्रीष्टविरोधीसित दुष्ट स्वभाव हुन्छ, त्यसैले तिनीहरू यस विषयलाई असामान्य तरिकाले सोच्छन्। तिनीहरू मण्डलीमा कसैलाई पनि भरोसा गर्न सकिँदैन अनि कसैले तिनीहरूको वास्ता गर्दैनन् भनी सोच्छन्। यता र उता सरुवा हुँदा तिनीहरूले के सोच्छन् भने यदि तिनीहरू होशियार नभए बहिष्कृत हुनेछन् र आफ्नो गन्तव्य गुमाउनेछन्। त्यसैले, तिनीहरूले होशियारपूर्वक योजना बनाउनुपर्छ, सजग रहनुपर्छ अनि वैकल्पिक बन्दोबस्त हुनुपर्छ। तब मात्रै तिनीहरूलाई पक्का परिणाम र गन्तव्य दिइनेछ। ख्रीष्टविरोधीका निम्ति आशिष् पाउनु कर्तव्य पालन गर्नु वा मुक्ति पाउनुभन्दा बढी महत्वपूर्ण हुन्छ। के मेरा विचारहरू ख्रीष्टविरोधीको जस्तै थिएनन् र? आफ्नो कर्तव्यबाट सरुवा नहुनको निम्ति म सधैँ सतर्क थिएँ कुनै दिन मेरो सरुवा भएमा मैले के गर्ने? यदि यो मैले नजानेको काम पर्‍यो, म अप्रभावकारी भएँ र म फेरि सरुवा भएँ भने नि? यदि मसित एकदिनको नै काम नहुँदा के म बहिष्कृत हुने थिइनँ र? जब मैले यसको बारेमा सोचेँ, तब म चिन्तित हुन थालेँ। ख्रीष्टविरोधीको जस्तै मसित धेरै जटिल र दुष्ट मन थियो अनि म फर्कन नसक्ने ठाउँमा पो पुग्छु कि भनी डराएको थिएँ। त्यसैले, एउटा अविश्‍वासीले “पक्का सुरक्षित काम” लाई पछ्याए जस्तै म यस्तो काममा टाँस्सिन चाहन्थेँ जुन मेरो सोचाइमा म लामो समयसम्म गर्न सक्थेँ र फुस्काउन चाहन्नथेँ। परमेश्‍वरको काम नसिद्धिएसम्म मैले सदाको निम्ति एउटा सुरक्षित कर्तव्य गर्ने सपना देखेँ, अनि म मुक्ति पाउन सक्थेँ र सुरक्षित भएर परमेश्‍वरको राज्यभित्र प्रवेश गर्न सक्थेँ। यो लक्ष्य प्राप्त गर्न मैले आफ्नो पार्ट टाइम काममा कडा मेहनत गरेँ, म यसमा छिटो सिपालु हुन र आफूलाई वैकल्पिक बन्दोबस्त उपलब्ध गराउन चाहन्थेँ। मैले आफ्ना दुई वटा कामलाई सन्तुलित गर्न नसके तापनि म त्यो कुरा कहिल्यै स्विकार्ने थिइनँ। जब मेरो टोली अगुवाले मलाई त्यसको बारेमा सोधे, तब मैले अझै पनि आलटाल गरेँ अनि मेरो मुख्य काममा ढिलाइ हुने भए तापनि मैले पार्ट टाइम कामलाई निरन्तता दिन चाहेँ, जसले अन्त्यमा गएर कामलाई प्रभावित पार्‍यो। तब मात्रै मैले आफ्नो भविष्य र गन्तव्यको खातिर आफ्नो कर्तव्य गरिरहेकी रहेछु भनी स्पष्टसित देखेँ। मैले मेरो कर्तव्यलाई आफ्नो गन्तव्यको निम्ति लेनदेन गर्ने कुपनको रूपमा प्रयोग गरेँ। मैले सबै कुरा आशिषहरू आर्जन गर्नका खातिर गरेँ। के यो परमेश्‍वरसित कारोबार गरिरहेको र उहाँलाई छल्ने कोसिस गरिरहेको होइन र? विगतमा, मैले परमेश्‍वरको प्रेमको मूल्य चुकाउन र मानव रूप जिउनका निम्ति आफ्नो कर्तव्य पालन गर्ने भन्दै सधैँ परमेश्‍वरसित प्रार्थना गरेँ, तर जब तथ्यहरू प्रकट भए, तब मैले के देखेँ भने यो एउटा झुट मात्र थियो! यो छल थियो!

मैले परमेश्‍वरको वचनको अर्को खण्ड पढेँ। “जब तँ सृजिएको प्राणीको हैसियतले सृष्टिकर्ताको सामु आउँछस्, तब तैँले आफ्नो कर्तव्य निर्वाह गर्नु आवश्यक छ। यो गर्नुपर्ने उचित कुरा हो, र यो तेरो काँधमा भएको जिम्मेवारी हो। सृष्टि गरिएका प्राणीहरूले आफ्नो कर्तव्य निर्वाह गरून् भन्‍ने आधारमा, सृष्टिकर्ताले मानवजातिको माझमा अझ महान् काम गर्नुभएको छ। उहाँले मानवजातिमा कामको एउटा थप चरण सम्पन्न गर्नुभएको छ। अनि त्यो काम के हो त? उहाँले मानवजातिलाई सत्यता प्रदान गर्नुभएको छ, अनि तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दै गर्दा उहाँबाट सत्यता हासिल गर्न सकेका छन् अनि यसद्वारा आफ्ना भ्रष्ट स्वभावहरू फ्याँकिदिन र शुद्ध हुन पाएका छन्। यसरी तिनीहरूले परमेश्‍वरको इच्छालाई सन्तुष्ट पार्न र जीवनमा ठीक बाटो शुभारम्भ गर्न पाउँछन्, अनि अन्ततः तिनीहरू परमेश्‍वरको भय मान्न र खराबीलाई त्याग्न, पूर्ण मुक्ति हासिल गर्न अनि उप्रान्त शैतानका कुनै कष्टहरूको वशमा नपर्न सक्षम हुन्छन्। मानवजातिले आफ्ना कर्तव्यहरू निर्वाह गरेर अन्त्यमा हासिल गरून् भनी परमेश्‍वरले चाहनुभएको प्रभाव यही हो। त्यसैकारण, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने सिलसिलामा, परमेश्‍वरले तँलाई केवल एउटा कुरा स्पष्टसित देख्‍न वा अलिकति सत्यता बुझ्न मात्र लगाउनुहुन्‍न, न त उहाँले तँलाई तैँले सृष्टि गरिएको प्राणीको हैसियतले आफ्नो कर्तव्य पूरा गरेर प्राप्त गर्ने अनुग्रह र आशिष्‌हरू उपभोग गर्न सक्षम मात्र नै तुल्याउनुहुन्छ। बरु यसको साटो, उहाँले त तँलाई शुद्ध हुने र मुक्ति पाउने, अनि अन्ततः सृष्टिकर्ताको मुहारको ज्योतिमा जिउन आउने मौका प्रदान गर्नुहुन्छ। यो ‘सृष्टिकर्ताको मुहारको ज्योति’ मा एकदमै धेरै विस्तृत अर्थ र विषयवस्तु संलग्‍न छ—आज हामी यसलाई हेर्नेछैनौँ। अवश्य नै, त्यस्ता मानिसहरूका निम्ति परमेश्‍वरले प्रतिज्ञा र आशिष्‌हरू जारी गर्नुहुन्छ, र तिनीहरूका बारेमा फरकफरक अभिव्यक्ति दिनुहुन्छ—यो थप विषय हो। अहिलेको सन्दर्भमा, प्रत्येक व्यक्ति जो परमेश्‍वरको अगाडि आउँछ र सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्छ, उसले परमेश्‍वरबाट के प्राप्त गर्छ? मानवजातिमा जे सबैभन्दा मूल्यवान् र सुन्दर छ, त्यही कुरा प्राप्त गर्छ। मानवजातिको बीचमा सृष्टि गरिएको कुनै पनि प्राणीले सृष्टिकर्ताको हातबाट यस्ता आशिष्‌हरू संयोगले मात्र प्राप्त गर्न सक्दैन। यस्तो सुन्दर र यस्तो महान् चीजलाई ख्रीष्टविरोधीहरूको वर्गले लेनदेनमा मोडेको छ, र यसरी तिनीहरूले सृष्टिकर्ताको हातबाट मुकुट र पुरस्कारहरू माग्छन्। यस्तो लेनदेनले सबैभन्दा सुन्दर र धर्मी चीजलाई सबैभन्दा कुरूप र खराब चीजमा परिणत गर्छ। के ख्रीष्टविरोधीहरूले यस्तै गर्दैनन् र? यसबाट मूल्याङ्कन गर्दा, के ख्रीष्टविरोधीहरू दुष्ट हुन्? तिनीहरू वास्तवमा पूर्ण रूपमा दुष्ट हुन्! यो तिनीहरूको दुष्टताको एउटा पक्षको प्रकटीकरण हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ९: तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग सात))। परमेश्‍वरको वचनले मेरो हृदयलाई घोच्यो। मैले परमेश्‍वरप्रति अति ऋणी भएको महसुस गरेँ। परमेश्‍वर के भन्नुहुन्छ भने सृष्टित प्राणीको हैसियतले आफ्नो कर्तव्य पालन गर्न सक्नु मानवजातिको सबैभन्दा सुन्दर कुरा हो, त्यो सबैभन्दा अर्थपूर्ण र सीधा कुरा हो अनि हरेक सृष्टित प्राणीले यो आशिष प्राप्त गर्न सक्दैन। मैले यो ठीक हो भनी महसुस गरेँ। संसारका सबै मानिसमध्ये परमेश्‍वरले मलाई आखिरी दिनहरूमा जन्मनको निम्ति निर्धारित गर्नुभयो, अनि आखिरी दिनहरूमा परमेश्‍वरको कामसँगै रहन पाउनु म निकै भाग्यशाली हो, अनि मसित आफ्नो कर्तव्य पालन गर्ने र परमेश्‍वरको काम अनुभव गर्ने अवसर छ। जोसुकैले यो आशिष पाउँदैन। यो परमेश्‍वरको विशेष अनुग्रह र प्रेम हो। मण्डलीमा जुनसुकै कर्तव्य पालन गर्नु संसारमा कुनै पनि कुरा गर्नुभन्दा बहुमूल्य र अर्थपूर्ण हो। त्यसैले म कृतज्ञ हुनुपर्छ र यसमा आनन्द मान्नुपर्छ। अझ, परमेश्‍वरले मानिसहरूलाई सधैँ निस्वार्थ भएर सत्यता प्रदान गर्नुभएको छ, आफ्ना कर्तव्यहरू पालन गर्ने क्रममा सत्यता बुझ्न र हासिल गर्न अनि बिस्तारै जीवनमा वृद्धि हुन सहायता गर्नुहुन्छ। यस सम्पूर्ण क्रममा परमेश्‍वरले मानिसबाट केही माग गर्नुहुन्न। परमेश्‍वर मानिसहरूले केवल इमान्दार र आज्ञाकारी हृदयले कर्तव्य निर्वाह गरेको, अनि अन्त्यमा सत्यता हासिल गरेको, भ्रष्ट स्वभावबाट बाहिर आएको र परमेश्‍वरद्वारा मुक्ति पाएको चाहनुहुन्छ। तर मेरो बारेमा नि? मैले सृष्टित प्राणीको हैसियतले आफ्नो कर्तव्य पालन गर्ने सुन्दर तथ्यलाई कारोबार गर्नेतिर बङ्ग्याए, अनि आफ्नो कर्तव्यलाई आाशिषको निम्ति लेनदेन गर्ने कोसिस गरेँ। म साँच्चै नै धूर्त, छली र परमेश्‍वरका निम्ति घिनलाग्दो थिएँ।

यसपछि, मैले परमेश्‍वरसित प्राय: आफ्नो स्थितिको बारेमा प्रार्थना गरेँ, मलाई अन्तर्दृष्टि दिएर मार्गदर्शन गर्न बिन्ती गरेँ, ताकि म आफ्ना समस्याहरूलाई अझ राम्रोसित बुझ्न सकूँ एकपल्ट, भक्तिको समयमा, मैले परमेश्‍वरको वचनहरू पढेँ। “परमेश्‍वरप्रति, र आफ्‍नो कर्तव्यप्रति मानिसहरूले इमानदार हृदय कायम राख्‍नुपर्छ। तिनीहरूले त्यसो गरे भने, तिनीहरू परमेश्‍वरको डर मान्‍ने मानिसहरू बन्‍नेछन्। इमानदार हृदय भएका मानिसहरूसँग परमेश्‍वरप्रति कस्तो मनोवृत्ति हुन्छ? कम्तीमा पनि, तिनीहरूसँग परमेश्‍वरको डर मान्‍ने हृदय, सबै कुरामा परमेश्‍वरको आज्ञापालन गर्ने हृदय हुन्छ, तिनीहरूले आशिष‌्‌ वा दुर्भाग्यको बारेमा सोधपुछ गर्दैनन्, सर्तहरूको बारेमा केही बोल्दैनन्, तिनीहरूले आफैलाई परमेश्‍वरको कृपामा छोडिदिन्छन्—यिनीहरू इमानदार हृदय भएका मानिसहरू हुन्। परमेश्‍वरप्रति सधैँ शङ्का गर्ने, उहाँको छानबिन गर्ने, उहाँसँग सधैँ लेनदेन गर्ने प्रयास गर्ने—के तिनीहरू इमानदार हृदय भएका मानिसहरू हुन्? (होइनन्।) त्यस्ता मानिसहरूको हृदयमा के बसेको हुन्छ? धूर्तता र दुष्टता; तिनीहरूले सधैँ सूक्ष्म जाँच गरिरहेका हुन्छन्। अनि तिनीहरूले के कुराको सूक्ष्म जाँच गर्छन्? (मानिसहरूप्रतिको परमेश्‍वरको मनोवृत्ति।) तिनीहरूले सधैँ मानिसहरूप्रतिको परमेश्‍वरको मनोवृत्तिको बारेमा सूक्ष्म जाँच गरिरहेका हुन्छन्। यो कस्तो समस्या हो? अनि तिनीहरूले किन यसरी सूक्ष्म जाँच गर्छन्? किनभने यो तिनीहरूको महत्त्वपूर्ण चासोहरूसँग सम्‍बन्धित हुन्छ। तिनीहरूले आफ्‍नो हृदयमा यस्तो विचार गर्छन्, ‘परमेश्‍वरले नै मेरो लागि यी परिस्‍थितिहरूको रचना गर्नुभएको हो, उहाँले नै मेरो जीवनमा यो हुन दिनुभएको हो। उहाँले किन यसो गर्नुभयो? अरू मानिसहरूको जीवनमा यस्तो भएको छैन—यो किन मेरो जीवनमा आइलाग्यो? अनि यसपछिका परिणामहरू के हुनेछन्?’ तिनीहरूले सूक्ष्म जाँच गर्ने कुरा यिनै हुन्, तिनीहरूले नाफा र घाटा, आशिष्‌ र दुर्भाग्यको बारेमा सूक्ष्म जाँच गर्छन्। अनि यी कुराहरूको सूक्ष्म जाँच गर्ने क्रममा, के तिनीहरूले सत्यताको अभ्यास गर्न सक्छन्? के तिनीहरूले परमेश्‍वरको आज्ञापालन गर्न सक्छन्? सक्दैनन्। अनि तिनीहरूको दिमागी चिन्तन-मननले के पैदा गर्छ? यो सब तिनीहरूको आफ्‍नै लागि हुन्छ, र तिनीहरूले आफ्‍नै हितहरूका बारेमा मात्रै विचार गरिरहेका हुन्छन्। … अनि, सधैँ आफ्‍नै हितहरूका बारेमा विचार गरिरहने मानिसहरूको सूक्ष्म जाँचको अन्तिम परिणाम के हुन्छ? तिनीहरूले परमेश्‍वरको आज्ञा उल्‍लङ्घन गर्ने र उहाँलाई विरोध गर्ने काम मात्रै गर्छन्। तिनीहरूले आफ्‍नो कर्तव्य निभाउन जोड गर्दा पनि, तिनीहरूले लापरवाही र झारा टार्ने तरिकाले अनि नकारात्मक मनस्थितिमा रहेर काम गर्छन्; तिनीहरूले आफ्‍नो हृदयमा कसरी फाइदा लिने, घाटामा नपर्ने भनेर मात्र सोचिरहेका हुन्छन्। तिनीहरूले आफ्‍नो कर्तव्य निभाउँदा यस्तै मनसाय राखेका हुन्छन्, र यस क्रममा, तिनीहरूले परमेश्‍वरसँग लेनदेन गर्ने प्रयास गरिरहेका हुन्छन्। यो कस्तो स्वभाव हो? यो धूर्तता हो, यो दुष्ट स्वभाव हो। यो अब साधारण भ्रष्ट स्वभावमा मात्रै सीमित रहँदैन, बरु बढेर दुष्टतामा परिणत भइसकेको हुन्छ। अनि जब तिनीहरूको हृदयमा यस्तो दुष्ट स्वभाव हुन्छ, तब यो परमेश्‍वरविरुद्धको संघर्ष बन्छ! तिमीहरूलाई यो समस्याको बारेमा स्पष्ट थाहा हुनुपर्छ। यदि मानिसहरूले आफ्‍नो कर्तव्य निभाउँदा सधैँ परमेश्‍वरको सूक्ष्म जाँच गरिरहेका र उहाँसँग कारोबार गर्ने प्रयास गरिरहेका हुन्छन् भने, के तिनीहरूले उचित रूपमा आफ्‍नो कर्तव्य निभाउन सक्छन्? अवश्य सक्दैनन्। तिनीहरूले आत्मैदेखि र इमानदारीसाथ परमेश्‍वरको आराधना गर्दैनन्, तिनीहरूमा इमानदार हृदय हुँदैन, तिनीहरूले आफ्‍नो कर्तव्य निभाउँदा हेरिरहेका र प्रतीक्षा गरिरहेका हुन्छन्, सधैँ आफूलाई रोकिरहेका हुन्छन्—अनि, परिणाम के हुन्छ? परमेश्‍वरले तिनीहरूमा काम गर्नुहुन्‍न, र तिनीहरू भ्रमित र अन्योल बन्छन्, तिनीहरूले सत्यताका सिद्धान्तहरू बुझ्दैनन्, र तिनीहरूले आफ्‍नै झुकावअनुसार काम गर्छन्, र सधैँ बाटो बिराउँछन्। अनि किन तिनीहरूले सधैँ बाटो बिराउँछन्? किनभने तिनीहरूको हृदयमा स्पष्टताको औधी कमी हुन्छ, र तिनीहरूमाथि परिस्थिति आइपर्दा, तिनीहरूले आफ्‍नो बारेमा मनन गर्ने, वा समाधान खोज्‍न सत्यताको खोजी गर्दैनन्, बरु आफ्नै इच्‍छा, आफ्‍नै रुचिहरूअनुसार काम गर्न जिद्दी गर्छन्—फलस्वरूप, तिनीहरूले आफ्‍नो कर्तव्य निर्वाह गर्दा सधैँ बाटो बिराउँछन्। तिनीहरूले कहिल्यै पनि मण्डलीको कामको बारेमा विचार गर्दैनन्, न त परमेश्‍वरको घरका हितहरूका बारेमा नै विचार गर्छन्, तिनीहरूले सधैँ आफ्‍नै खातिर षड्यन्त्र गर्छन्, सधैँ आफ्‍नै हितहरू, प्रतिष्ठा, र हैसियतको लागि योजना बनाउँछन्, र तिनीहरूले आफ्‍नो कर्तव्य नराम्ररी निभाउने मात्र होइन, मण्डलीको काममा ढिलाइ गराउने र त्यसमा असर पुर्‍याउनेसमेत गर्छन्। के यो बाटो बिराउनु र आफ्नो कर्तव्यलाई बेवास्ता गर्नु होइन र? यदि कसैले आफ्‍नो कर्तव्य निभाउँदा सधैँ आफ्‍नै हित र सम्भाव्यताहरूको लागि योजना बनाइरहेको हुन्छ, अनि मण्डलीको काम वा परमेश्‍वरको घरका हितहरूका बारेमा केही विचार गर्दैन भने, यो त कर्तव्य निर्वाह गर्नु होइन, किनभने तिनीहरूको कामको सार र प्रकृति परिवर्तन भएको हुन्छ। यो त समस्या हो। यदि यसले गर्दा सानोतिनो घाटा मात्रै हुन्छ भने, त्यो व्यक्तिले मुक्ति पाउने अझै पनि केही आशा हुन्छ। उसले अझै पनि आफ्‍नो कर्तव्य निर्वाह गर्ने मौका पाउँछ र उसलाई हटाइनु आवश्यक हुँदैन। तर यदि यसले ठूलो घाटा ल्याउँछ, अनि परमेश्‍वरका चुनिएका मानिसहरूमाझ असन्तुष्टि पैदा गर्छ भने, त्यो व्यक्तिलाई खुलासा गरेर हटाइनेछ, र उसले कर्तव्य निभाउने मौका पाउनेछैन। कतिपय मानिसहरूलाई ठीक यसरी नै प्रतिस्थापन गरिएको र हटाइएको छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताका सिद्धान्तहरूको खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निभाउन सक्छ)। परमेश्‍वरका वचनहरू पढिसकेपछि, म स्तब्ध भएँ। पहिले, आफ्नो कर्तव्यमा सजग भई बस्नु र सधैँ वैकल्पिक बन्दोबस्त खोज्नु धूर्त र छलीपनको प्रकटीकरण हो भनेर मात्रै मैले बुझेकी थिएँ। अहिले, परमेश्‍वरको वचनले प्रकट गरेको कुराले त यो धूर्तता र छलीपन मात्र नभएर दुष्कर्म समेत हो भनी मैले देखेँ, किनकि मैले कुनै व्यक्तिसँग चलाखी नगरेर सोझै परमेश्‍वरसित नै सौदाबाजी गरिरहेकी थिएँ। यसो हेर्दा मैले कर्तव्य पालन गरिरहेको देखिन्थ्यो, तर मेरो कर्तव्यमा बिल्कुल इमान्दारिता थिएन। कुन चाहिँ कर्तव्य आफ्नो निम्ति फाइदाजनक हुन्छ भनेर मैले सधैँ हेर्दै र हिसाब गर्दै आइरहेकी थिएँ। जब म सङ्गीत भर्ने काम गरिरहेकी थिएँ, त्यसलाई फर्केर हेर्दा, मैले त्यसलाई मेरो जीवन मुक्तिको एउटै उपायको रूपमा लिएँ। एकदिन, मेरो स्थान अरूले लिनेछन् र मसँग गर्नुपर्ने उचित काम हुनेछैन अनि आशिषहरू पाउन मसित कुनै अवसर हुनेछैन भनी म डराएँ, त्यसैले, म हर समय आफ्नो कर्तव्य गुमाउने बारेमा चिन्तित थिएँ। पछि, जब मैले पार्ट टाइम काम पाएँ, तब, आशिषहरू पाउन यसले मलाई एउटा उत्तम अवसर दियो भन्ने लाग्यो, त्यसैले, मैले सारा बल लगाएर यसमा टाँस्सिएँ। बाहिरबाट म निकै सक्रिय देखिन्थेँ, आफूले थाहा नपाएका सबै कुरा बारे सोध्थें, तर, वास्तवमा म यसमा चाँडै सिपालु हुन मात्र चाहन्थेँ ताकि यस कर्तव्यमा म अत्यावश्यक स्थान ओगट्न सकूँ। त्यही समयमा, म आफ्नो मुख्य कामबाट सरुवा हुन्छु कि भनेर हेरिरहेकी हुन्थेँ। त्यसो नहुँदा मुक्ति पाउने थप सुनिश्चित गर्न म दुवै कर्तव्यहरू पालन गर्थेँ, अनि सरुवा हुँदा पनि मैले आफू बहिष्कृत हुने बारे चिन्ता गर्नुपर्ने थिएन, किनकि मसित पार्ट टाइम काम रहने नै थियो। मैले के देखेँ भने कर्तव्यप्रतिको मेरो आचरण परमेश्‍वरबाट जिम्मेवारी प्राप्त गर्नु थिएन, न त मैले शुद्ध र इमान्दार हदयले परमेश्‍वरबाट यी कर्तव्यहरू स्वीकार गरिरहेकी थिएँ। त्यसको साटोमा, मसित छलपूर्ण अभिप्राय थिए, अनि मैले फाइदा र आशिषहरू पाउने मेरो आशाको बारेमा अध्ययन र हिसाबकिताब गरेँ। म कति छली थिएँ, म विश्‍वासै गर्न सक्तिनँ! बाहिरी रूपले, मैले धेरै काम गरेँ अनि म पूरा दिन व्यस्त थिएँ मैले आफू आफ्नो कर्तव्यमा धेरै जिम्मेवार छु जस्तो देखाएँ, तर वास्तवमा, म आफ्नो भविष्य र गन्तव्यको निम्ति मात्रै व्यस्त थिएँ। जब टोली अगुवाले मलाई मैले दुई वटा काम सम्हाल्न सक्छु त भनी विचार गर्न भने, तब मेरो योजना भताभुङ्ग होला कि भनेर म डराएँ, त्यसैले उनलाई बेवकुफ बनाउन मैले यसो भनें, “म आफ्नो समय धेरैभन्दा धेरै कर्तव्यमा बिताउन चाहन्छु” मैले जे भनेँ, त्यो साँच्चै भ्रामक कुरा थियो! मेरा घिनलाग्दो र लाजलाग्दो अभिप्रायलाई ढाकछोप गर्न, मेरो टोली अगुवालाई धोका दिन मैले बेइमानी कुरा गरेँ। मेरो स्वभाव साँच्चै नै दुष्ट थियो! मैले पहिलेका मेरा सबै मतलबी विचार र छलपूर्ण अभिप्रायहरूको बारेमा याद गरेँ। मैले बिलकुल आफ्ना कर्तव्यहरू पालन गरिरहेकी थिइनँ! यो परमेश्‍वरलाई प्रयोग गर्ने र धोका दिने कुरा थियो। परमेश्‍वरप्रति मेरो कुनै इमान्दारिता थिएन! म एउटा अवसरवादी व्यापारी जस्तो मात्रै थिएँ। म अति धूर्त, स्वार्थी, घिनलाग्दो, लालची र लाभको मात्रै चासो राख्ने व्यक्ति थिएँ। मेरा स्वार्थहरूलाई राम्रोसँग पूरा गर्न म सबै प्रकारका माध्यम प्रयोग गर्न चाहन्थेँ। आफ्ना कर्तव्यमा परमेश्‍वरको घरका हितलाई विचार नगरी आफ्नो मात्र विचार गर्नेहरूले आफूले गर्ने काममा कहिल्यै असल नतिजाहरू उत्पादन गर्न सक्दैनन् भनी परमेश्‍वर भन्नुहुन्छ। मेरो पार्ट टाइम काममा, मैले धेरै अभ्यास गर्न चाहे तापनि मेरो अभिप्राय वैकल्पिक बन्दोबस्त भेट्टाउनु थियो। जब यस अभिप्रायसहित मैले कामकुराहरू गरेँ, तब सिद्धान्तहरूअनुसार कसरी काम गर्ने वा कसरी असल नतिजाहरू निकाल्ने भनी मैले होशियारीपूर्वक सोचिनँ। बरु, मैले शीघ्र सफलताको खोजी गरेँ अनि प्रभावशाली देखिने कामहरू मात्रै गरेँ। आफ्ना कामहरू सिध्याउन मैले हतारमा काम गरेँ जसले गर्दा म कामकुराहरू बिर्सन्थें र सिद्धान्तहरू समात्न असफल हुन्थेँ, अनि मेरो काम सधैँ त्रुटिहरूले भरिपूर्ण हुन्थे। मेरो मुख्य काममा, प्रगति ढिलो भइसकेको थियो, तर मैले कुनै चिन्ता वा जरूरी महसुस गरिनँ। मैले आफ्नो हरेक कर्तव्यलाई कसरी लथालिङ्ग पारेकी थिएँ, त्यो सोचेँ। यदि यो जारी रह्यो भने यसले मण्डलीको कामलाई अवश्य नै हानि पुर्‍याउँथ्यो, अनि म साँच्चै नै बहिष्कृत हुने थिएँ। जब मैले यो महसुस गरेँ, तब म अलिकति डराएँ, त्यसैले पश्चाताप गर्न, परिवर्तन हुन र कर्तव्यप्रति आफ्नो आचरण बदल्न म इच्छुक रहेको बताउँदै परमेश्‍वरसित प्रार्थना गरेँ।

पछि, प्रार्थना र खोजीद्वारा मैले के महसुस गरेँ भने मैले सधैँ हास्यास्पद दृष्टिकोण राखेकी थिएँ, त्यो के थियो भने जबसम्म परमेश्‍वरको घरमा म दिगो र स्थिर हुने कर्तव्य पालन गर्छु र सरुवा हुँदिन, जब परमेश्‍वरको काम सिद्धिन्छ, तब मेरो मुक्ति हुन सक्नेछ र म बाँच्नेछु। मेरो विचार सत्यतासित मेल खान्छ कि खाँदैन वा ठ्याक्कै परमेश्‍वरका मापदण्डहरू के हुन् भनेर मैले कहिल्यै विचार गरिनँ। त्यसैले, मैले मेरो स्थितिसित सम्बन्धित परमेश्‍वरको वचनका खण्डहरू खोजेँ अनि त्यसलाई पढेँ। परमेश्‍वर भन्नुहुन्छ, “मानिसको दायित्व र ऊ आशिषित भएको छ कि श्रापित भएको छ भन्ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिषित हुनु भनेको कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्‍वरको आशिषहरू प्राप्त गर्नु हो। श्रापित हुनु भनेको सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनु हो, यो तब हुन्छ जब तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष पाऊन्‌ वा श्राप पाऊन्, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता)। “अन्त्यमा, मानिसहरूले मुक्ति प्राप्त गर्न सक्छन कि सक्दैनन् भन्‍ने कुरा तिनीहरूले पूरा गर्ने कर्तव्यमा होइन, बरु तिनीहरूले सत्यता बुझ्न र प्राप्त गर्न सक्छन् कि सक्दैनन् र तिनीहरू अन्त्यमा परमेश्‍वरमा पूर्ण रूपमा समर्पित हुन, आफैलाई उहाँका योजनाबद्ध कार्यहरूको कृपामा छोड्न, भविष्य र नियतिको बारेमा केही नसोच्न र सृष्टि गरिएको योग्य प्राणी बन्‍न सक्छन् कि सक्दैनन् भन्‍ने कुरामा निर्भर रहन्छ। परमेश्‍वर धर्मी र पवित्र हुनुहुन्छ र उहाँले सबै मानवजातिलाई मापन गर्न प्रयोग गर्नुहुने मापदण्ड यही हो। यो मापदण्ड अपरिवर्तनीय छ र तैँले यसलाई स्मरण गर्नुपर्छ। यो मापदण्डलाई दिमागमा खोपेर राख्, र कुनै अवास्तविक कुरालाई पछ्याउन अर्को बाटो पत्ता लगाउनेबारेमा नसोच्। मुक्ति प्राप्त गर्न चाहने सबैलाई परमेश्‍वरले दिनुभएका सर्त र मापदण्डहरू कहिले पनि परिवर्तन हुँदैनन्। तिमीहरू जोसुकै भए तापनि ती उस्तै रहन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरको वचन धेरै स्पष्ट छ। मानिसहरूले कस्ता कर्तव्यहरू गर्छन् अनि ती दिगो र स्थिर छन् कि छैनन् भन्ने कुरा तिनीहरूले पाउने आशिष् वा श्रापसँग सम्बन्धित हुँदैन। सृष्टित प्राणीको हैसियतले, व्यक्तिले आशिष् वा श्राप जे पाए तापनि, उसले आफ्नै कर्तव्य पालन गर्नुपर्छ। यो मानव जीवनको मान्यता हो, साथै मानवजातिको कर्तव्य र दायित्व हो। साथै, व्यक्तिसित दिगो र स्थिर कर्तव्य भएसम्म अनि सरुवा नभएसम्म, उसित असल गन्तव्य हुनेछ र उसको मुक्ति हुन सक्नेछ भनेर परमेश्‍वरले कहिल्यै भन्नुभएन। उहाँले त सधैँ मानिसहरूलाई सत्यतालाई पछ्याएर, भ्रष्ट स्वभावबाट उम्केर अनि साँचो आज्ञाकारिता हासिल गरेर मात्रै मानिसले मुक्ति पाउन सक्छ भन्दै आउनुभएको छ। परमेश्‍वरका मापदण्ड तथा स्तरहरू कहिल्यै परिवर्तन भएका छैनन्, अनि परमेश्‍वरले आफना मापदण्डलाई सधैँ दोहोर्‍याइरहनु भएको छ। यी वचनहरू मलाई थाहा थिएन वा मैले देखेको थिइनँ भन्ने कुरा होइन, तर म एउटा अविश्‍वासी जस्तो थिएँ। मैले कहिल्यै यी वचनलाई विश्‍वास वा स्वीकार गरेकी थिइनँ, न त मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको असल अभिप्राय वा उहाँको धर्मी स्वभावलाई नै मैले बुझेकी थिएँ। म पूर्ण रूपले आफ्ना धारणा र कल्पनामा भर परेँ, मेरा आफ्नै मिथ्या विचारहरूमा झुण्डिएँ अनि मैले पछ्याउनका निम्ति आफैलाई एउटा हाँसउठ्दो प्रकारले सामान्य लक्ष्य दिएँ। मलाई के लाग्थ्यो भने समायोजन नभइकन जतिञ्जेल परमेश्‍वरको घरमा म कर्तव्यलाई निरन्तरता राख्छु, जब परमेश्‍वरको काम सिद्धिनेछ, तब म बाँच्नेछु। अहिले यसको बारेमा सोच्दा यो पूर्ण रूपले हास्यास्पद देखिन्छ! मैले सरुवा हुन नचाही केवल कर्तव्य गर्न मात्र खोजेँ, तर आफ्नो कर्तव्यमा सत्यतालाई पछ्याउनको निम्ति कहिल्यै ध्यानकेन्द्रित गरिनँ, न मैले आत्म-मनन गरेँ, न त आफ्ना भ्रष्ट स्वभावलाई हल गरेँ। परिणामस्वरुप, आशिषहरू खोज्ने मेरा त्यस्ता प्रष्ट अभिप्रायहरू वा आफ्नो दुष्ट स्वभावको बारेमा म असचेत भएँ, ती कुरालाई हल गर्न सत्यता खोजी गर्ने कुरा त परै जाओस्। मेरो कर्तव्य दिगो नै भएको भए तापनि, के म त्यो सदाको निम्ति गर्न सक्छु भनेर सुनिश्चित गर्न सक्थेँ र? मेरा वरिपरिका कतिपय मानिस वर्षौँदेखि आफ्ना कर्तव्यमा छन् अनि कहिल्यै सरुवा भएका छैनन्, तर तिनीहरूले सत्यता पछ्याउने वा आफ्ना भ्रष्ट स्वभावलाई हल गर्नमा ध्यानकेन्द्रित नगरेको कारण तिनीहरूले आफ्ना कर्तव्यमा निरन्तर झारा टार्ने मात्रै काम गरे। परिणामस्वरुप, तिनीहरूले विना नतिजा धेरै वर्षसम्म काम गरे अनि अन्त्यमा बहिष्कृत भए। अरूले वर्षौँको अनुभव वा प्रतिभाअनुसार आफ्नो काम गरे, धेरैभन्दा धेरै अहङ्कारी भए, आफ्नै विचारअनुसार चले, मण्डलीको काममा गम्भीर बाधा अवरोध ल्याए, खुलासा भए र बहिष्कारमा परे। तर कतिपय ब्रदर र सिस्टरहरू सरल र इमान्दार छन्, जो आफ्ना लागि बन्दोबस्त गरिएको कुनै पनि कर्तव्यलाई स्वीकार गर्न, सत्यतालाई पछ्याउन र आफ्ना भ्रष्ट स्वभावहरूलाई हल गर्न सक्थे, अनि कुनै कुरा नबुझ्दा तिनीहरू सत्यताको खोजी गर्न परमेश्‍वरको प्रार्थना गर्छन्, वा आफ्ना ब्रदर र सिस्टरहरूसित सङ्गति गर्छन्। तिनीहरू आफ्ना कर्तव्यमा झन् झन् प्रभावकारी हुन्छन्, बिस्तारै जीवनमा वृद्धि हुन्छन् अनि तिनीहरूसित परमेश्‍वरमा साँचो विश्‍वास हुन्छ। यसका उदाहणहरू मेरो वरिपरि नै घटे, त्यसैले कसरी म त्यसलाई नदेखूँ? यसबाहेक, जब मण्डलीमा मानिसहरू सरुवा हुन्छन्, तब यो सधैँ मण्डलीको कामका आवश्यकता र हरेक व्यक्तिको सीपहरूअनुसार हुन्छन्। यदि कसैसित परमेश्‍वरमा साँचो विश्‍वास छ भने मण्डलीले तिनीहरूको निम्ति उचित कर्तव्यको बन्दोबस्त गरिदिनेछ, अनि यो एउटाबाट अर्को कर्तव्यमा गरिएको परिवर्तन मात्र हो, यो तिनीहरूलाई परमेश्‍वरको काम अनुभव गर्ने र सत्यता पछ्याउने अधिकारबाट बञ्चित गरेको होइन, न त यो मुक्ति पाउने तिनीहरूको अवसर खोसिएको हो। यो पूर्ण रूपले उचित कुरा हो। किन मैले कर्तव्यमा हुने सरुवालाई सधैँ नकारात्मक, खराब कुराको रूपमा लिएँ? अहिले, मैले के महसुस गरेँ भने स्थिर र दिगो कर्तव्यले राम्रो गन्तव्यको सुनिश्चित गर्नेछ, अनि मलाई खुलासा गरी बहिष्कार गरिने छैन भन्ने मेरो विश्‍वास एउटा हास्यास्पद र मूर्खतापूर्ण दृष्टिकोण हो। यो पूर्ण रूपले मेरो आफ्नै धारणा र कल्पना हो अनि यो खतरनाक थियो! जब मैले यो पहिचान गरेँ, तब मेरो हृदय प्रज्ज्वलित भयो र मैले छुटकाराको ठूलो अनुभूति गरेँ। त्यसपछि, जब मैले मेरो कर्तव्य पालन गरेँ, तब मेरो मनको स्थिति अझ उत्तम भयो। मैले तबउप्रान्त आफ्नो एउटा कर्तव्य अर्कोभन्दा महत्वपूर्ण छ जस्तो महसुस गरिनँ। बरु, मैले ती दुवै परमेश्‍वरका आज्ञा हुन् अनि दुवै बहुमूल्य छन् भनी महसुस गरेँ, अनि मैले मेरो क्षमताअनुसार दुवै गर्न चाहेँ। मेरो पार्ट टाइम कामलाई निरन्तरता दिने नदिने भन्ने कुरा मैले परमेश्‍वरमा छोडिदिएँ, अनि परमेश्‍वरको बन्दोबस्तहरूमा समर्पित हुन इच्छुक भएँ।

एकदिन, नोभेम्बर महिनाको अन्त्यमा, सुपरिवेक्षकले मलाई मैले पार्ट टाइम काम गर्नुपर्दैन, त्यो गर्ने अरू नै कोही छ भनी बताए। जब मैले यो कुरा सुनेँ, तब मैले बयान नै गर्न नसक्ने अनुभूति गरेँ। म अलि खिन्न भएँ र छोड्न अनिच्छुक थिएँ। मेरो स्थिति गलत रहेको मैले महसुस गरेँ, अनि तुरुन्तै परमेश्‍वरसित प्रार्थना गरेँ। मलाई परमेश्‍वरको यी वचन याद आए, “परमेश्‍वरप्रति, र आफ्‍नो कर्तव्यप्रति मानिसहरूले इमानदार हृदय कायम राख्‍नुपर्छ। तिनीहरूले त्यसो गरे भने, तिनीहरू परमेश्‍वरको डर मान्‍ने मानिसहरू बन्‍नेछन्। इमानदार हृदय भएका मानिसहरूसँग परमेश्‍वरप्रति कस्तो मनोवृत्ति हुन्छ? कम्तीमा पनि, तिनीहरूसँग परमेश्‍वरको डर मान्‍ने हृदय, सबै कुरामा परमेश्‍वरको आज्ञापालन गर्ने हृदय हुन्छ, तिनीहरूले आशिष‌्‌ वा दुर्भाग्यको बारेमा सोधपुछ गर्दैनन्, सर्तहरूको बारेमा केही बोल्दैनन्, तिनीहरूले आफैलाई परमेश्‍वरको कृपामा छोडिदिन्छन्—यिनीहरू इमानदार हृदय भएका मानिसहरू हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताका सिद्धान्तहरूको खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निभाउन सक्छ)। परमेश्‍वरको वचनलाई बारम्बार मनन गरेपछि मैले के बुझेँ भने परमेश्‍वरले इमान्दार मानिसलाई मन पराउनुहुन्छ अनि परमेश्‍वरले मलाई इमान्दार हृदयले आफ्नो कर्तव्य गरेको, नतिजासित सरोकार नराखी, आफ्नो निम्ति युक्ति नरची केवल आज्ञाकारी भएको र उहाँका योजनाबद्ध बन्दोबस्तमा समर्पित भएको देख्न चाहनुहुन्छ। छलहरू गरेर र आफ्नो निम्ति युक्ति रचेर परमेश्‍वरको घरमा आफ्नो स्थान बनाउने कोही पनि कहिल्यै रहेका छैनन्। यसको विपरीत, जो सरल, इमान्दार छन् अनि जसले सरल प्रकारले कामकुरा गर्छन् अनि जो सत्यता खोजी गर्छन्, तिनीहरू दृढ भई खडा रहन्छन्। त्यो बेला मैले यो अवस्था मेरो लागि परीक्षा हो भन्‍ने महसुस गरेँ। मैले अब आफ्नो कर्तव्य बारे छनौट गर्नु हुँदैनथ्यो। मैले हृदयबाटै परमेश्‍वरको योजनाबद्ध बन्दोबस्तलाई शिरोपर गर्नुपर्थ्यो र मेरो हालको कर्तव्यलाई प्रिय ठान्नुपर्थ्यो। चाहे यो कर्तव्य जति लामो टिकोस्, चाहे मण्डलीले भविष्यमा मेरो निम्ति जुनसुकै कर्तव्यको बन्दोबस्त गरोस्, मैले शुद्ध र इमान्दार हृदयले स्वीकार गरी आज्ञा मान्नुपर्थ्यो, अनि त्यसलाई राम्रोसित पालन गर्न मैले सक्दो गर्नुपर्थ्यो। यो वातावरणबाट गुज्रेपछि, यसले कर्तव्यप्रतिको मेरो गलत मनोवृत्ति र आशिष्‌ पाउने मेरो गहिरो अभिप्रायलाई खुलासा गरिदयो। तथ्यहरूको खुलासाविना मैले कहिल्यै मेरो विश्‍वासमा भएको दूषित कुरा थाहा पाउने थिइनँ, अनि कर्तव्यप्रतिको कुन आचरण परमेश्‍वरको इच्छासित मेल खान्छ भनी मैले जान्ने थिइनँ। यो बहुमूल्य कुरा थियो। साथै, कर्तव्यमा मेरो यो आकस्मिक परिवर्तनले मलाई एउटा तथ्य देखायो: परमेश्‍वरले सबै कुरा नियन्त्रण गर्नुहुन्छ अनि व्यक्तिले जुन कर्तव्य पालन गर्दछ, त्यो परमेश्‍वरद्वारा पूर्वनिर्धारण गरिएको हो। यो यस्तो कुरा हो जुन मानिसले पूर्वानुमान र परिवर्तन गर्न सक्दैनन्। तर, एउटा अविश्‍वासी झैँ मलाई परमेश्‍वरको सार्वभौमिकता बारे थाहा थिएन अनि म आफ्नै प्रयासद्वारा आफ्नो कर्तव्यलाई जोगाउन चाहन्थेँ। म कति बेवकुफ र अज्ञानी थिएँ! म कसरी आफूले गर्न चाहेकै कर्तव्य गरिरहने आशा गर्न सक्थेँ? केवल परमेश्‍वरको बन्दोबस्तलाई शिरोपर गरेर मैले ढुक्कको स्वतन्त्र जीवन जिउन सक्थेँ। केही समयपछि, मण्डलीले मेरा निम्ति अर्को पार्ट टाइम काम बन्दोबस्त गरिदियो तर यो कर्तव्य लामो समयसम्म टिक्ला नटिक्ला भनेर मैले विचार गरिनँ। बरु, मैले केवल परिश्रमपूर्वक राम्रोसित आफ्नो कर्तव्य पालन गर्न, आफ्नो कर्तव्यमा सत्यतालाई पछ्याएर अभ्यास गर्न, आफ्नो भ्रष्ट स्वभावलाई हल गर्न, साँचो मानव रूप जिउने प्रयास गर्न र परमेश्‍वरप्रति साँचो आज्ञापालन र वफादारिता हासिल गर्न चाहेँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

साँचो मार्ग स्विकार्दा यति धेरै अवरोध किन हुन्छ?

सन् २००८ मा मेरी आमासँगै मैले प्रभुमा विश्‍वास गरेँ, र त्यसपछि, म स्थानीय मण्डलीका भेलाहरूमा जान थालेँ। पछि, म मण्डली डिकनसमेत बनेँ। हाम्रो...

म ख्रीष्टविरोधीहरूका दुष्ट शक्तिविरुद्ध लड्ने आँट गर्छु

परमेश्‍वरमा एक वर्षभन्दा बढी समय विश्‍वास गरेपछि, मैले मण्डलीमा समूह अगुवाका रूपमा कार्य गरेँ। यी पिङ्ग हाम्रो मण्डली अगुवा थिइन्। उनी उच्च...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्