इसाईहरूले जान्न आवश्यक पर्दछ: मानवजातिले परमेश्‍वरको देहधारणको लिङ्गलाई सीमांकन गर्न सक्दैन

10 जुलाई 2021

By Tian Yuan

वर्तमानमा, विश्‍वभरि प्रकोपहरूको मात्रा बृद्धि भइरहेको छ र ठूला प्रकोपहरू आउनै लागेका छन् जस्तो देखिन्छ। धेरै विश्‍वासीहरू अलमल्लमा परेर सोध्छन्, “हामीले प्रभुलाई किन प्राप्त गरेका छैनौं? हामी कसरी प्रभुको पुनरागमनलाई स्वागत गर्न सक्छौं?” आजको संसारमा, केवल सर्वशक्तिमान परमेश्‍वरको मण्डलीले प्रभु येशू पहिले नै देहधारी सर्वशक्तिमान परमेश्‍वरको रूपमा फर्कनुभएको छ र उहाँले परमेश्‍वरको घरबाट सुरू गर्दै न्यायको काम गर्नुभएको छ भनी गवाही दिदँछ। के तपाईंले परमेश्‍वरको आवाज सुन्न र आखिरी दिनहरूका उहाँको कार्य अनुसन्धान गर्न खोज्नुभएको छ?

इसाईहरूले जान्न आवश्यक पर्दछ: मानवजातिले परमेश्‍वरको देहधारणको लिङ्गलाई सीमांकन गर्न सक्दैन

सायद तपाईले भन्नुहुनेछ, “सर्वशक्तिमान परमेश्‍वरको मण्डलीले प्रभु येशू देहधारी सर्वशक्तिमान परमेश्‍वरको रूपमा फर्कनुभएको छ भनी गवाही दिदँछ। यो समाचारले सम्पूर्ण धार्मिक संसारलाई हल्लाएको छ। सर्वशक्तिमान परमेश्‍वरको वचनहरू पढिसकेपछि, मलाई लाग्छ कि उहाँका वचनहरू वास्तवमै आधिकारिक छन्। तर सर्वशक्तिमान परमेश्‍वरको मण्डलीले यो गवाही दिदँछ कि परमेश्‍वर एक स्त्रीको रूपमा देहधारी हुनुभएको छ; यो कसरी सम्भव हुन सक्छ? बाइबलले स्पष्ट रूपमा भन्दछ: ‘म तेरा कष्ट र तेरो सुत्केरी-वेदनालाई ज्यादै बढाइदिनेछु; तैँले कष्टमा नै बच्चाहरू जन्माउनेछेस्; र तेरो इच्छा तेरो पतितिर हुनेछ, र त्यसले तँमाथि शासन गर्नेछ(उत्पत्ति ३:१६)। ‘तर म तिमीहरूले यो जानेको चाहन्छु, कि हरेक पुरूषको शिर ख्रीष्ट हुनुहुन्छ; र स्त्रीको शिर पुरूष हो; र ख्रीष्टको शिर परमेश्‍वर हुनुहुन्छ’ (१ कोरिन्थी ११:३)। स्त्री मानवजातिको भ्रष्टताको स्रोत हो र उनीले शक्ति धारण गर्न सक्दैन। यस बाहेक, जब प्रभु येशू आउनुभयो, उहाँ एक पुरूष जस्तो हुनुहुन्थ्यो, त्यसैले जब उहाँ फर्कनुहुन्छ, उहाँ एक पुरूषजस्तै हुनुपर्छ। उहाँ कसरी स्त्री हुन सक्नुहुन्छ?”

धेरै मानिसहरूले यो दृष्टिकोण राख्छन्, तर के यो सही छ? के यो कुरा प्रमाणित गर्नको लागि प्रभु येशूका वचनहरू छन् त? उहाँ केवल एक पुरूषको रूपमा देहधारी हुन सक्नुहुन्छ र उहाँ एक स्त्रीको रूपमा देहधारी हुन सक्नुहुन्न भनी के परमेश्‍वरले व्यक्तिगत रूपमा भन्नुभएको छ? होइन। के परमेश्‍वरको देहधारणको लिङ्गलाई यस प्रकारले सीमांकन गर्नु परमेश्‍वरको ईच्छाको अनुरूप छ? हामी सङ्गति गरौं र अब एकसाथ यी प्रश्नहरूलाई अन्वेषण गरौं।

मानव परिप्रेक्ष्यको साथ परमेश्‍वरको देहधारणको लिङ्गलाई सीमांकन गर्नु गलत हो

कतिपय मानिसहरूले सोच्दछन् कि स्त्री मानवजातिको भ्रष्टताको स्रोत हो र उनले शक्ति धारण गर्न सक्दैन, र यसैले उनीहरूले यो निष्कर्षमा पुगे कि प्रभु येशू फर्किनुहुँदा उहाँ एक पुरूष हुनुपर्दछ, र सम्भवतः स्त्री हुन सक्नुहुन्न। यद्यपि, के हामीले निम्न कुरालाई कहिल्यै विचार गरेका छौं? परमेश्‍वर सृष्टिका प्रभु हुनुहुन्छ, र उहाँ पुरूषको रूपमा देहधारी हुनुहुन्छ वा स्त्रीको रूपमा भन्ने सन्दर्भमा उहाँको आफ्नो योजना र प्रबन्ध छ। हामी भर्खर सृष्टि गरिएका प्राणीहरू हौं—हामी कसरी कुनै पनि तरिकामा परमेश्‍वरको काम सीमांकन गर्न योग्य छौं? के यो धेरै तर्कहीन होइन? हामी यस मुद्दाको बारेमा सर्वशक्तिमान परमेश्‍वरले के भन्नुहुन्छ एक नजर हेरौं। सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “यहोवाले स्‍त्रीलाई भन्‍नुभयो, ‘तेरो इच्छा तेरो पतितिर हुनेछ, र त्यसले तँमाथि शासन गर्नेछ।’ मानवजाति (अर्थात्, पुरुष र स्‍त्री दुवै) ले यहोवाको प्रभुत्वको अधीनमा रही सामान्य जीवन जिउन सकून्, र मानवजातिको जीवनमा संरचना होस्, र तिनीहरूको उचित संरचनाबाट नखसोस् भनेर मात्रै उहाँले यो बोल्‍नुभएको थियो। त्यसकारण, पुरुष र स्‍त्रीले कस्तो व्यवहार गर्नुपर्छ त्यस विषयमा यहोवाले उचित नियमहरू बनाउनुभयो, यद्यपि यो पृथ्वीमा जिइरहेका सृजित सबै प्राणीहरूमा मात्रै सम्‍बन्धित थियो, र परमेश्‍वरको देहधारी शरीरसँग यसको कुनै सम्‍बन्ध थिएन। परमेश्‍वर कसरी उहाँका सृजित प्राणीहरूजस्तै हुन सक्‍नुहुन्छ? उहाँका वचनहरू उहाँले सृष्टि गर्नुभएका मानवजातितर्फ मात्रै निर्देशित थिए; मानवजातिले सामान्य जीवन जिओस् भनेर मात्रै उहाँले पुरुष र स्‍त्रीका लागि नियमहरू स्थापित गर्नुभयो। सुरुमा, जब यहोवाले मानवजातिलाई सृष्टि गर्नुभयो, पुरुष र स्‍त्री दुवै गरी उहाँले दुई प्रकारका मानवजाति बनाउनुभयो; त्यसैले उहाँको देहधारी शरीरहरूमा पुरुष र स्‍त्रीको विभाजन छ। उहाँले आदम र हव्‍वासँग बोल्‍नुभएको वचनहरूको आधारमा आफ्‍नो कामको निर्णय गर्नुभएन। उहाँ दुई पटक देह बन्‍नुभयो जुन कुरालाई, उहाँले सुरुमा मानवजातिलाई सृष्टि गर्नुभएको समयको उहाँको विचार अनुसार नै पूर्ण रूपमा निर्धारित गरिएको थियो; अर्थात्, तिनीहरू भ्रष्ट हुनुभन्दा पहिलेको पुरुष र स्‍त्रीको आधारमा उहाँले आफ्‍ना दुई देहधारणहरूको काम पूरा गर्नुभयो। यदि सर्पको छलमा परेका आदम र हव्‍वासँग यहोवाले बोल्‍नुभएको वचनहरूलाई मानवजातिले लिएका, र त्यसलाई परमेश्‍वरको देहधारणमा लागू गरेका भए, के येशूले पनि जसरी उहाँले गर्नुपर्थ्यो त्यसरी आफ्‍नी पत्‍नीलाई प्रेम गर्नु पर्दैन थियो र? यसरी, के परमेश्‍वर अझै परमेश्‍वर नै हुनुहुने थियो? अनि यसो भएमा, के उहाँले अझै आफ्‍नो कामलाई पूरा गर्न सक्षम हुनुहुने थियो? यदि परमेश्‍वरको देहधारी शरीर स्‍त्री बन्‍नु गलत हो भने, परमेश्‍वरले स्‍त्रीलाई सृष्टि गर्नु सबैभन्दा ठूलो गल्ती हुने थिएन र? यदि मानिसहरूले अझै परमेश्‍वर स्‍त्रीको रूपमा देहधारी हुनु गलत हो भन्‍ने विश्‍वास गर्छन् भने, येशू, जसले विवाह गर्नुभएन त्यसकारण आफ्‍नी पत्‍नीलाई प्रेम गर्न सक्‍नुभएन, के उहाँ पनि वर्तमान देहधारण जत्तिकै गल्‍तीमा हुनुहुने थिएन र? तँ वर्तमानको दिनमा परमेश्‍वरको देहधारणको सत्यतालाई मापन गर्नको लागि यहोवाले हव्‍वासँग बोल्‍नुभएका वचनहरूको प्रयोग गर्छस्, त्यसकारण तैँले अनुग्रहको युगमा देह बन्‍नुभएका प्रभु येशूलाई न्याय गर्नको लागि परमेश्‍वरले आदमलाई दिनुभएको वचनहरूको प्रयोग गर्नैपर्छ। के यी एउटै र उही होइनन्? तैँले सर्पले छल नगरेको पुरुष अनुसार प्रभु येशूको नाप लिन्छस्, त्यसैले तैँले आजको देहधारणको सत्यतालाई सर्पले छल गरेको स्‍त्री अनुसार न्याय गर्न सक्दैनस्। यो अनुचित हुनेछ! परमेश्‍वरलाई यसरी मापन गरेको कुराले तँमा तर्कशक्ति छैन भन्‍ने कुरालाई प्रमाणित गर्छ। जब यहोवा दुई पटक देह बन्‍नुभयो, उहाँको देहको लिङ्ग ती पुरुष र स्‍त्रीसँग सम्‍बन्धित थिए जो सर्पको छलमा परेका थिएनन्; उहाँ दुई पटक देह बन्‍नुभएको यो ती पुरुष र स्‍त्री अनुसार थिए जो सर्पको छलमा परेका थिएनन्। येशूको पुरुषत्व, सर्पको छलमा परेको आदमको जस्तै थियो भनेर विचार नगर। उहाँहरू पूर्ण रूपमा असम्बन्धित हुनुहुन्छ, उहाँहरू फरक स्वभाव भएका पुरुषहरू हुनुहुन्छ। येशूको पुरुषत्वले उहाँ सबै स्‍त्रीहरूका शिर हुनुहुन्छ, सबै पुरुषहरूका होइन भनेर अवश्य नै प्रमाणित गर्दैन? के उहाँ (पुरुष र स्‍त्री दुवै लगायत) सारा यहूदीहरूका राजा हुनुहुन्‍न र? उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ, स्‍त्रीको शिर मात्रै होइन तर पुरुषको पनि शिर हुनुहुन्छ। उहाँ सारा प्राणीहरूका प्रभु हुनुहुन्छ र सारा प्राणीहरूका शिर हुनुहुन्छ। येशूको पुरुषत्व स्‍त्रीको शिरको प्रतीक हो भनेर तैँले कसरी निर्धारित गर्छस्? के यो ईश्‍वरनिन्दा हुनेछैन र? येशू पुरुष हुनुहुन्छ जसलाई भ्रष्ट तुल्याइएको छैन। उहाँ परमेश्‍वर हुनुहुन्छ; उहाँ ख्रीष्‍ट हुनुहुन्छ; उहाँ प्रभु हुनुहुन्छ। उहाँ कसरी आदमजस्तो पुरुष हुन सक्‍नुहुन्छ जो भ्रष्ट तुल्याइएका थिए? येशू परमेश्‍वरका सबैभन्दा पवित्र आत्माले धारण गर्नुभएको देह हुनुहुन्छ। उहाँ आदमको पुरुषत्व भएको परमेश्‍वर हुनुहुन्छ भनेर तैँले कसरी भन्‍न सक्छस्? त्यस हकमा, के परमेश्‍वरका सबै कार्य गलत हुनेथिएन र? के सर्पको छलमा परेका आदमको पुरुषत्वलाई यहोवाले येशूभित्र समायोजन गर्न सक्‍नुहुनेथियो? के वर्तमान समयका देहधारण देहधारी परमेश्‍वरको अर्को कामको घटना होइन र, जो येशूभन्दा फरक लिङ्गको हुनुहुन्छ तर स्वभावमा उहाँजस्तै हुनुहुन्छ? के तँ अझै पनि देहधारी परमेश्‍वर स्‍त्री हुन सक्‍नुहुन्‍न किनभने सर्पले सुरुमा स्‍त्रीलाई नै छल गरेको थियो भनेर भन्‍ने आँट गर्छस्? के तँ अझै स्‍त्री सबैभन्दा अशुद्ध र मानवजातिको भ्रष्टताको स्रोत भएकोले, परमेश्‍वर स्‍त्रीको रूपमा देह बन्‍ने सम्‍भावना हुन सक्दैन भनेर भन्‍ने आँट गर्छस्? के तँ ‘स्‍त्रीले सँधै पुरुषको आज्ञापालन गर्नुपर्छ र कहिल्यै पनि परमेश्‍वरको प्रकट वा प्रत्यक्ष रूपमा प्रतिनिधित्व गर्ने गर्नुहुँदैन’ भनेर दृढ रूपमा भनिरहने आँट गर्छस्? तैँले विगतमा बुझिनस्, तर के तँ परमेश्‍वरको कामको, विशेष गरी परमेश्‍वरको देहधारी शरीरको निन्दा गर्दै हिँड्छस्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्)

परमेश्‍वरका यी वचनहरूबाट, हामी बुझ्न सक्दछौं: “तेरो इच्छा तेरो पतितिर हुनेछ, र त्यसले तँमाथि शासन गर्नेछ” नै सर्पले लोभ्याएर पाप गरेपछि आदम र हव्वाको लागि परमेश्‍वरको माग थियो; यो पृथ्वीमा व्यवस्थित जीवन जिउन मानवजातिले पालन गर्नैपर्छ भनेर यहोवा परमेश्‍वरले स्थापना गर्नुभएको व्यवस्था र आदेश पनि थियो। यो भ्रष्ट मानवजातिले पालना गर्नुपर्ने परमेश्‍वरको माग थियो। के हामी यो अवलोकन गर्नको लागि देहधारी परमेश्‍वरलाई सोध्न सक्छौं? हामीले भ्रष्ट मानवजातिको लागि परमेश्‍वरको मागलाई देहधारी परमेश्‍वरमा लागू गर्नुहुँदैन, किनकि यो विल्कुल देहधारी परमेश्‍वरको लागि माग होइन। चाहे देहधारी परमेश्‍वर पुरूष होस् वा स्त्री, उहाँ परमेश्‍वरको आत्मा पहिरेको पवित्र देह हुनुहुन्छ। यदि हामी शैतानले भ्रष्ट पारेका पुरूष र स्त्रीकाअनुसार देहधारी परमेश्‍वरको मापन गर्छौं भने, के त्यो परमेश्‍वरको निन्दा गर्नु होइन र? परमेश्‍वर सृष्टिका प्रभु हुनुहुन्छ र उहाँले पुरूष र स्त्री दुवैलाई बनाउनुभयो। चाहे परमेश्‍वर पुरूषको रूपमा देहधारी हुनुहुन्छ वा स्त्रीको रूपमा, त्यसो गर्ने स्वतन्त्रता परमेश्‍वरको हो। कसैलाई पनि हस्तक्षेप गर्ने अधिकार छैन।

परमेश्‍वरको सार आत्मा हो र उहाँ लिङ्गरहित हुनुहुन्छ

हामी सबैलाई थाहा छ, परमेश्‍वर मूल रूपमा लिङ्गको भेदरहित, आत्मा हुनुहुन्छ। यो कुरालाई उत्पत्तिमा अभिलेख राखिएको छ, “प्रारम्भमा परमेश्‍वरले स्वर्ग र पृथ्वी सृजनुभयो। र पृथ्वी आकारविनाको र शून्य थियो; र गहिराइमाथि अन्धकार थियो। र परमेश्‍वरको आत्मा पानीमाथि घुमफिर गर्नुहुन्थ्यो” (उत्पत्ति १:१-२)। सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “त्यो बेला, जब येशू आउनुभयो, उहाँ पुरुष हुनुहुन्थ्यो, र यस पटक जब परमेश्‍वर आउनुहुन्छ, उहाँ महिला हुनुहुन्छ। यसबाट, तैँले के देख्‍न सक्छस् भने आफ्‍नो कामको लागि परमेश्‍वरले पुरुष र स्‍त्री दुवै सृष्टि गर्नुभयो, र उहाँको लागि लिङ्गको कुनै भिन्‍नता छैन। जब उहाँको आत्मा आउनुहुन्छ, उहाँले आफूलाई खुशी लागेको कुनै पनि देह लिन सक्‍नुहुन्छ, र त्यो देहले उहाँलाई प्रतिनिधित्व गर्न सक्छ; चाहे यो पुरुष होस् या स्‍त्री, जबसम्म यो उहाँको देहधारी शरीर हो, यसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्छ। यदि उहाँ आउनुहुँदा येशू स्‍त्रीको रूपमा देखा पर्नुभएको भए, अर्को शब्‍दमा भन्दा, यदि पवित्र आत्‍माद्वारा शिशु बालक नभई शिशु बालिका गर्भमा बसेको भए, कामको त्यो चरण उही रूपमा पूरा भएको हुनेथियो। यदि त्यसो भएको भए, कामको वर्तमान चरण पुरुषद्वारा पूरा गरिनु पर्नेथियो, तर काम उही रूपमा पूरा हुनेथियो। यीमध्ये कुनै पनि चरणमा गरिएको काम उत्तिकै महत्त्वपूर्ण छन्; कुनै पनि चरणको काम दोहोरिँदैन, न त यो अर्कोसँग बाझिने नै गर्छ। त्यो समयमा, येशूले आफ्‍नो काम गर्ने क्रममा, उहाँलाई एक मात्र पुत्र भनियो, र ‘पुपुत्र’ ले पुरुष लिङ्गलाई जनाउँछ। हालको यो चरणमा किन एक मात्र पुत्रलाई उल्‍लेख गरिँदैन? कामका आवश्यकताहरूको कारणले येशूको भन्दा फरक लिङ्ग परिवर्तनलाई बाध्य गरेको छ। परमेश्‍वरको लागि लिङ्गमा कुनै भिन्‍नता छैन। उहाँले आफ्‍नो इच्‍छा अनुसार आफ्‍नो काम गर्नुहुन्छ, र आफ्‍नो काम गर्ने क्रममा उहाँ कुनै पनि प्रतिबन्ध हरूको अधीनमा हुनुहुन्‍न, तर विशेष गरी स्वतन्त्र हुनुहुन्छ। तैपनि कामको हरेक चरणको आफ्‍नै व्यवहारिक महत्त्व छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्)

सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूबाट, हामी निम्न कुरा बुझ्न सक्दछौं: परमेश्‍वर स्वभावतः आत्मा हुनुहुन्छ, जुन रूपरहित हुनुहुन्छ र देख्न वा छुन सकिन्न, र लिङ्गको विभक्तरहित हुनुहुन्छ। केवल मानिसलाई मुक्ति दिने उहाँको काम गर्न परमेश्‍वरले देह बन्नको लागि मात्र उहाँले सृष्टि गरिएको बाहिरी खोललाई अपनाउनुभयो, र त्यसैले उहाँसँग एउटा लिङ्ग भयो। चाहे परमेश्‍वर एक पुरूषको रूपमा देहधारी होस् वा एक स्त्रीको रूपमा, वास्तवमा उहाँ देहमा हुने परमेश्‍वरको आत्मा र परमेश्‍वर स्वयम् हुनुहुन्छ, जसले मानवजातिलाई मुक्ति गर्ने परमेश्‍वरको कार्य पूरा गर्न सक्नुहुन्छ। तसर्थ, परमेश्‍वर दुवै पुरूष रूपमा र स्त्री रूपमा देह बन्न सक्नुहुन्छ, र चाहे उहाँ पुरूषको रूपमा देहधारी होस् वा स्त्रीको रूपमा, यो परमेश्‍वरको कामको आवश्यकतामा निर्भर हुँदछ र निर्णय गर्ने कुरा परमेश्‍वरमा निर्भर हुँदछ। हामी, सृष्टि गरिएको प्राणीहरूको रूपमा, परमेश्‍वरलाई सीमांकन गर्नु हुँदैन, तर यसको साटो प्रार्थना गर्नुपर्छ र उहाँसामु खोजी गर्नुपर्छ। यो व्यावहारिक मानिसहरूले अभ्यास गर्ने तरिका हो।

आखिरी दिनहरूमा परमेश्‍वर स्त्री रूपमा देहधारी हुनुको महत्व

परमेश्‍वरसँग लिङ्गको कुनै भिन्नता नभएकोले, किन परमेश्‍वर पुरूषको सट्टा स्त्रीको रूपमा देहधारी हुनुहुन्छ? वास्तवमा, उहाँको दुई देहधारणमा दुई भिन्न लिङ्ग अपनाएर मात्रै परमेश्‍वरले देहधारणको अर्थ पूरा गर्नुभयो। र यसले मानवजातिको धारणालाई शक्तिशालीपूर्वक विरोध गर्दछ ताकि हामी परमेश्‍वरलाई सीमांकन गर्दैनौं। यो सर्वशक्तिमान परमेश्‍वरले भन्नुभएको जस्तै छ, “आफ्‍नो पहिलो देहधारणमा परमेश्‍वरले देहधारणको कार्यलाई पूरा गर्नुभएन; उहाँले कामको पहिलो चरणलाई मात्रै पूरा गर्नुभयो जसलाई परमेश्‍वरले देहमा गर्नु अत्यावश्यक थियो। त्यसैले, देहधारणको कामलाई पूरा गर्नको लागि, देहका सारा सामान्यता र वास्तविकतामा जिउँदै, अर्थात्, परमेश्‍वरको वचनलाई पूर्ण रूपमा सामान्य र साधारण देहमा प्रकट गर्दै, देहमा उहाँले अपूरो छोड्नुभएको कामलाई त्यसद्वारा समाप्त गर्दै परमेश्‍वर फेरि पनि देहमा फर्कनुभएको छ। … लिङ्गमा, एक जना पुरुष र अर्को स्त्री हुनुहुन्छ, त्यसकारण परमेश्‍वरको देहधारणको महत्त्व पूरा हुन्छ, र यसले परमेश्‍वर सम्‍बन्धी मानिसका धारणाहरूलाई हटाउँछ: परमेश्‍वर पुरुष र स्त्री दुवै बन्‍न सक्‍नुहुन्छ, र वास्तवमा, देहधारी परमेश्‍वर लिङ्गरहित हुनुहुन्छ। उहाँले पुरुष र स्त्री दुवैलाई बनाउनुभयो, र उहाँको लागि, कुनै लिङ्गको विभाजन छैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार)

यदि परमेश्‍वर केवल पुरुषको रूपमा देहमा आउनुभयो भने, मानिसहरूले उहाँलाई पुरुषहरूका परमेश्‍वर झैं पुरुषको रूपमा परिभाषित गर्नेथिए, र उहाँ महिलाहरूका पनि परमेश्‍वर हुनुहुन्छ भनी कहिल्यै विश्‍वास गर्नेथिएनन्। तब मानिसहरूले परमेश्‍वरलाई पुरुषकै लिङ्गको मान्नेथिए, परमेश्‍वरलाई पुरुषहरूका शिर मान्नेथिए—त्यसोभए महिलाको हकमा के हुन्छ? यो अनुचित छ; यो पक्षपातपूर्ण व्यवहार होइन र? यदि त्यसो हो भने परमेश्‍वरले मुक्ति दिनुभएकाहरू सबै उहाँजस्तै पुरुषहरू हुनेथिए, र एउटै पनि महिलाले मुक्ति पाउने थिएन। जब परमेश्‍वरले मानव जातिलाई सृष्टि गर्नुभयो, उहाँले आदमलाई सृष्टि गर्नुभयो र हव्वालाई सृष्टि गर्नुभयो। उहाँले आदमलाई सृष्टि मात्र गर्नुभएन, उहाँले नर र नारी दुवैलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्‍वर केवल पुरुषहरूका परमेश्‍वर मात्रै हुनुहुन्न, तर उहाँ महिलाहरूका परमेश्‍वर पनि हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३))

परमेश्‍वरको लागि लिङ्गमा कुनै भिन्‍नता छैन। उहाँले आफ्‍नो इच्‍छा अनुसार आफ्‍नो काम गर्नुहुन्छ, र आफ्‍नो काम गर्ने क्रममा उहाँ कुनै पनि प्रतिबन्ध हरूको अधीनमा हुनुहुन्‍न, तर विशेष गरी स्वतन्त्र हुनुहुन्छ। तैपनि कामको हरेक चरणको आफ्‍नै व्यवहारिक महत्त्व छ। परमेश्‍वर दुई पटक देह बन्‍नुभयो, र आखिरी दिनहरूको अवधिमा भएको उहाँको देहधारण अन्तिम पटक हो भन्‍ने कुरा आफैमा स्पष्ट छ। आफ्‍ना सबै कार्यहरूलाई प्रकट गर्नको लागि उहाँ आउनुभएको छ। यदि यो चरणमा मानिसले साक्षी दिने गरी व्यक्तिगत रूपमा नै काम गर्नको लागि उहाँ देह नबन्‍नुभएको भए, परमेश्‍वर पुरुष मात्रै हुनुहुन्छ, स्‍त्री हुनुहुन्‍न भन्‍ने धारणालाई मानिसले सदासर्वदा पक्रिराख्‍ने थियो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्)

हामी परमेश्‍वरको वचनहरूबाट देख्न सक्छौं कि यो ठूलो महत्वको छ कि एक पटक पुरूष रूपमा र एक पटक स्त्री रूपमा परमेश्‍वर देहधारी हुनुभयो। यदि परमेश्‍वरले उहाँ यस पटक आफ्नो कामको लागि देहधारी हुनुहुँदा पुरूष रूप धारण गर्नुभयो भने, हामीले सदासर्वदा विश्‍वास गर्ने थियौं कि पुरूषहरू ओहदामा स्त्री भन्दा उच्च हुन्छन्, कि परमेश्‍वरले केवल पुरूषहरूलाई प्रेम गर्नुहुन्छ र स्त्रीहरूलाई मन पराउनुहुन्न, र उहाँ पुरूषहरूका परमेश्‍वर हुनुहुन्छ र स्त्रीहरूका होइन। के यो स्त्रीहरूका लागि अनुचित हुँदैन थियो र? के हामी परमेश्‍वरलाई हाम्रो कल्पना र धारणाहरूमा सीमांकन गर्दैनौं थियौं र? तसर्थ, एक स्त्रीको स्वरूपमा परमेश्‍वर देहधारण हुनुभएको छ। यसो गरेर, उहाँले हाम्रो धारणाको विरूद्ध एक ठूलो जवाबी हमला शुरू गर्नुभएको छ, जसले हामीलाई यो कुरा बुझ्नको लागि सक्षम बनाउँछ कि परमेश्‍वरले पुरूषहरू र स्त्रीहरूलाई समान तरिकाले र निष्पक्ष रूपमा व्यवहार गर्नुहुन्छ। परमेश्‍वर सबै मानवजातिका परमेश्‍वर हुनुहुन्छ, र उहाँको नजरमा, पुरूष र स्त्री बराबर छन्, र न त एउटालाई अर्कोलाई भन्दा बढी नै मन पराउनुहुन्छ। साथै, यसले हामीलाई देखाउँदछ कि परमेश्‍वरले पुरूषहरूलाई मात्र मुक्ति दिनुहुन्न, तर स्त्रीहरूलाई पनि मुक्ति दिनुहुन्छ, र त्यसो गरेर उहाँले पुरूष र स्त्री दुवै सृष्टि गर्नुको महत्वलाई पूर्ण गर्नुहुन्छ। यो परमेश्‍वरको सर्वशक्तिमानता र बुद्धिमत्ता हो। त्यसोभए, आखिरी दिनहरूमा परमेश्‍वर स्त्री रूपमा देहधारी हुनु यति अत्यन्तै महत्त्वपूर्ण छ!

परमेश्‍वर स्वयमले मात्र सत्य व्यक्त गर्न सक्नुहुन्छ

यहोवा परमेश्‍वरले भन्‍नुभयो, “किनकि मेरा विचारहरू तेरा विचारहरू होइनन्, न त तेरा मार्गहरू नै मेरा मार्गहरू हुन्…। जसरी स्वर्गहरू पृथ्वीभन्दा माथि छन्, त्यसरी नै मेरा मार्गहरू तेरा मार्गहरूभन्दा, र मेरा विचारहरू तेरा विचारहरू भन्दा माथि छन्(यशैया ५५:८-९)। परमेश्‍वरको बुद्धि मानव बुद्धि भन्दा सदा उच्च छ, र उहाँको कार्यहरू सधैं हाम्रो लागि अथाह हुनेछ। प्रभुको पुनरागमनको स्वागत गर्नुमा, हामीले उहाँको लिङ्गको दृस्टीकोणबाट न्याय गर्नुहुँदैन, तर परमेश्‍वरका वचनहरू र कामको छानबिनमा ध्यान दिनुपर्छ। किनकि यदि यो परमेश्‍वरको आत्माको देहधारी शरीर हो भने, उहाँले अवश्य पनि परमेश्‍वरले गर्न चाहेको काम ल्याउनुहुनेछ। यसकारणले, हामीले यस देहले व्यक्त गरेका वचनहरू सत्य छन् कि छैनन् भनेर नियाल्नुपर्दछ। केवल त्यसो गरेर हामी प्रभुको पुनरागमनको स्वागत गर्न सक्छौं।

प्रभु येशूले भन्नुभयो, “म बाटो, सत्य र जीवन हुँ(यूहन्‍ना १४:६)। सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुभएकोले, उहाँले आफूले चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्‍वर देह बन्नुभएकोले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यलाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)

परमेश्‍वरका यी वचनहरूले हामीलाई देखाउँदछ कि ख्रीष्ट सत्य, बाटो, र जीवन हुनुहुन्छ। चाहे परमेश्‍वर पुरूषको रूपमा देहधारी होस् वा स्त्रीको रूपमा, उहाँले मानवजातिलाई मुक्ति दिने काम गर्न र हाम्रो लागि बन्दोबस्त गर्न, हाम्रो वास्तविक समस्याहरू समाधान गर्न, र हामीलाई अभ्यासको मार्ग देखाउन सत्यलाई जुनसुकै समयमा र जुनसुकै ठाँउमा व्यक्त गर्न सक्नुहुन्छ। जसरी अनुग्रहको युगमा जब प्रभु येशू देहमा आफ्नो काम गर्न आउनुभयो, उहाँले व्यवस्थाको युगको अन्त्य गर्नुभयो र अनुग्रहको युगको प्रारम्भ गर्नुभयो। उहाँले मानवजातिलाई पश्चातापको मार्गमा ल्याउनुभयो र धेरै चिन्ह र चमत्कारहरू गर्नुभयो र अन्तमा क्रूसमा काँटी ठोकियो, जसले गर्दा मानवजातिलाई शैतानको चक्रबाट मुक्त गरियो। यो स्पष्ट छ कि अनुग्रहको युगमा प्रभु येशूले गर्नुभएका सबै कामहरूले पूर्ण रूपमा परमेश्‍वरको पहिचान र सारलाई प्रतिनिधित्व गर्दछ।

त्यस्तै गरी, जब आखिरी दिनहरूका ख्रीष्ट—सर्वशक्तिमान परमेश्‍वर—काममा आउनुहुन्छ, उहाँले अनुग्रहको युग समाप्त गर्नुभएको र राज्यको युग सुरू गर्नुभएको छ। प्रभु येशूको छुटकाराको कामको जगमा, सर्वशक्तिमान परमेश्‍वरले परमेश्‍वरको घरबाट सुरू गर्दै न्यायको काम गर्नुहुन्छ, उहाँले मानवजातिलाई सफा गर्न र मुक्ति दिनको लागि सबै सत्य प्रकट गर्नुहुन्छ, र उहाँले आफ्नो व्यवस्थापन योजनाको सबै रहस्यहरू उजागर पार्नुहुन्छ। त्यस्ता रहस्यहरूमा निम्न कुराहरू समावेश छन्: परमेश्‍वरको मुक्तिको कार्यको तीन चरणहरूको भित्री कथा, उहाँको व्यवस्थापन योजनाको उद्देश्य, उहाँको देहधारणहरूको रहस्य, शैतानले कसरी मानवजातिलाई भ्रष्ट पार्छ, कसरी परमेश्‍वरले आखिरी दिनहरूमा न्यायको काम गर्नुभएर मानवजातिलाई शुद्ध पार्नुहुन्छ र मुक्ति दिनुहुन्छ, जसलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ र जसले श्राप दिनुहुन्छ, कसले मुक्ति पाउनेछ र को नष्ट हुनेछ, मानवजातिको गन्तव्य, सबै प्रकारका मानिसहरूका अन्त्य, र कसरी परमेश्‍वरको राज्य पृथ्वीमा साकार हुनेछ। सर्वशक्तिमान् परमेश्‍वरको देखा पराई र कामले यी बाइबलीय भविष्यवाणीहरूलाई ठीकसँग पूरा गर्दछ: “मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ(यूहन्ना १२:४८)। “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ(१ पत्रुस ४:१७)। “तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूले आउनेवाला कुराहरू देखाउनुहुनेछ(यूहन्‍ना १६:१३)

आखिरी दिनहरूमा, परमेश्‍वरले हाम्रो शैतानी स्वभावका साथै हाम्रो प्रकृति र परमेश्‍वरको विरोध गर्ने सारलाई उजागर गर्दै, मानवजातिलाई न्याय र सफा गर्न सत्य प्रकट गर्नुहुन्छ, ताकि हामी शैतानद्वारा कत्ति गहन रूपमा भ्रष्ट भएका छौं भन्ने सत्यता देख्न सक्छौं। हामी देख्छौं कि हामी सबैले जियाउने भनेको अहङ्कार, छल, कठोरता, दुष्टता, र यस्तै भ्रष्ट स्वभावहरू हुन्, र हामीलाई कुनै पनि मानवीय स्वरूपको अभाव भइरहेको हुन्छ र परमेश्‍वरसामु जिउन योग्यको छैनौं। परमेश्‍वरका वचनहरूको न्याय र सजायको साथसाथै परमेश्‍वरको प्रहार, अनुशासन, परीक्षा र शोधनहरू अनुभव गरेपछि, हामी आफ्नै शैतानी स्वभावहरूबारे केही समझ प्राप्त गर्छौं, आफैंलाई घृणा गर्न थाल्छौं र आफैलाई सराप्न थाल्छौं र त्यसद्वारा सत्य अभ्यास गर्न र देहलाई त्याग्न त्यत्ति गाह्रो हुँदैन। परिणामस्वरूप, हाम्रो भ्रष्ट स्वभावहरू बिस्तारै परिवर्तन हुँदैछन्। यसबाहेक, परमेश्‍वरको न्याय र सजायको माध्यमबाट, हामी परमेश्‍वरको धर्मी र अपमानरहित स्वभावलाई चिन्छौं र त्यसपछि अनजानमै परमेश्‍वरको भय मान्ने हृदय विकास गर्दछौं। हामी सत्यको अभ्यास गर्न र स्वयमलाई परमेश्‍वरको आवश्यकताअनुरूप व्यवहार गर्न सक्षम हुन्छौं। समय बित्दै जाँदा, हामी एक साँचो मानवीय स्वरूपमा जिउन सक्षम हुन्छौं। सर्वशक्तिमान् परमेश्‍वरद्वारा व्यक्त गरिएको सत्यता र उहाँको कार्यबाट हामीमा प्राप्त भएको प्रभावबाट हामी यो कुरामा निश्चित हुन्छौं कि सर्वशक्तिमान परमेश्‍वर आखिरी दिनहरूको ख्रीष्टको देखा पराई हुनुहुन्छ, र उहाँ देहधारी परमेश्‍वर, परमेश्‍वर स्वयम् हुनुहुन्छ।

यसबाट हामी निम्न तथ्यहरू देख्न सक्छौं: देहधारी परमेश्‍वरले जुनसुकै स्वरूप रोजे पनि र उहाँको लिङ्ग पुरूष वा स्त्री जुनसुकै भएपनि, जबसम्म उहाँ सत्य व्यक्त गर्न सक्षम हुनुहुन्छ, तबसम्म उहाँ देहधारी परमेश्‍वर हुनुहुन्छ, अर्थात् उहाँ ख्रीष्ट, परमेश्‍वर स्वयम् हुनुहुन्छ। मानवजातिलाई मुक्ति दिने उहाँको कामको आवश्यकताअनुसार परमेश्‍वर देहधारी हुनुभयो, र उहाँले मानिसको निम्ति सबैभन्दा फाइदाजनक मार्ग रोज्नुभयो। त्यसकारण, परमेश्‍वरले आफ्नो काम गर्नको लागि निश्चित लिङ्ग अपनाओस् भनेर हामीले माग गर्ने कुनै अधिकार छैन। सृष्टि गरिएको प्राणीहरूको रूपमा, हामीले हाम्रो उचित स्थान लिनुपर्दछ—जब परमेश्‍वरको काम हाम्रो धारणासँग विरोधाभासमा हुन्छ, हामीले गर्नुपर्ने कुरा भनेको खोजी, स्वीकार, र आज्ञापालन गर्नु नै हो। यो एक तर्कसंगत व्यक्तिले गर्नुपर्ने कुरा हो। प्रभुको पुनरागमनको ठूलो कुरामा, यदि हामी उहाँको बाह्य देखा पराई र लिङ्गको आधारमा मात्र परमेश्‍वरको कार्यको न्याय र सीमांकन गर्छौं भने, हामीले प्रभुको पुनरागमनलाई स्वागत गर्न असम्भव छ। यदि हामी हाम्रो धारणालाई पक्रिराख्छौं र आखिरी दिनहरूका सर्वशक्तिमान परमेश्‍वरको कार्यको खोजी र अनुसन्धान गर्न इन्कार गर्छौं भने, हामी ठूला प्रकोपहरूमा बगिजाने धेरै सम्भावना हुनेछ, र पछुतो गर्न ढिला हुनेछ। कुनै पनि बुद्धिमान व्यक्तिले सही छनौट गर्नेछ।

सम्पादकको नोट: माथिको सङ्गतिको माध्यमबाट, हामी अब यो बुझ्दछौ कि चाहे परमेश्‍वर पुरूषको रूपमा देहधारी होस् वा स्त्रीको रूपमा, जबसम्म उहाँले सत्य प्रकट गर्न सक्नुहुन्छ र परमेश्‍वरको आफ्नै काम गर्नुहुन्छ, तब उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ। यदि तपाईंले सर्वशक्तिमान परमेश्‍वरको आखिरी दिनहरूको कार्यको छानबिन गर्न चाहनुहुन्छ भने, तपाईंलाई अनलाइन च्याटमार्फत हामीलाई सम्पर्क गर्न स्वागत छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अफवाहहरूलाई पत्याउनु भनेको आखिरी दिनहरूका परमेश्‍वरको मुक्ति गुमाउनु हो

धेरै दाजुभाइ-दिदीबहिनीहरू कसैले आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको सुसमाचारको बारेमा कुरा गरिरहेको सुन्दा ध्यान दिन सक्दैनन्, र...

ख्रीष्टियानहरू नियमित तवरमा भेलाहरूमा उपस्थित हुनु महत्त्वपूर्ण छ

बाइबलमा लेखिएको छ, “कतिको यसो गर्ने बानी भए पनि हामी एकसाथ भेला हुने कार्यलाई नत्यागौँ, तर एक-अर्कालाई अर्ती देऔँ: किनकि दिन झन्-झन् नजिक...

प्रभु येशूको पुनरागमनसम्‍बन्धी बाइबलका यी ६ अगमवाणी पूरा भइसकेका छन्

दुई हजार वर्षअघि, प्रभु येशुले हामीलाई प्रतिज्ञा गर्नुभयो: “अनि हेर, म चाँडै आउँछु” (प्रकाश २२:१२)। अब, उहाँको आगमनका सबै किसिमका चिन्हहरू...

अन्त्यको समयमा नोआको दिन नजिकिन्छ: हामीले परमेश्‍वर देखा पर्नुभएको घटनाको खोजी कसरी गर्नुपर्छ?

जब हामी नोआको समयका मानवजातिको बारेमा कुरा गर्छौं, सबैलाई थाहा छ कि हत्या र आगजनी, डकैती र चोरी, र व्यभिचार त्यस समयका मानिसहरूको दोस्रो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्