प्रभु ढोका ढकढक्याउँदै आउनुहुँदा हामीले उहाँलाई कसरी स्वागत गर्नुपर्छ?

2 डिसेम्बर 2021

जियाओ फेइ

मैले प्रभुमा विश्‍वास गर्न थालेपछि, दाजुभाइ-दिदीबहिनीहरूलाई “हाम्रा प्रियले ढोका ढकढक्याइरहनुभएको छ” भन्‍ने भजन गाउन म पर्थ्यो, र यसका शब्‍दहरू यस्ता छन्: “हाम्रा प्रियले ढोका ढकढक्याइरहनुभएको छ, उहाँको कपाल शीतले भिजेको छ; हामी तुरुन्तै उठेर ढोका खोलौं, र हाम्रो प्रियलाई फर्केर जान नदिऊँ। …” हरेक पटक हामीले यो भजन गाउन सुरु गर्दा, हाम्रो हृदय गहन रूपमा छुन्थ्यो र उत्तेजित हुन्थ्यो। हामी सबै हाम्रा प्रिय हामीसँगै बस बस्‍नुभएको चाहन्थ्यौं, र उहाँ आएर ढोका ढकढक्याउनुहुँदा, हामी प्रभुको आवाज सुनेर उहाँलाई स्वागत गर्ने पहिलो व्यक्ति बन्‍न चाहन्थ्यौं। प्रभुमा विश्‍वास गर्ने हामी सबैले यस्तै आशा राखेका हुन्छौं भनेर भन्‍न सकिन्छ। तर जब प्रभु आउनुहुन्छ, तब उहाँले कसरी ढोका ढकढक्याउनुहुनेछ? जब प्रभुले ढोका ढकढक्याउनुहुन्छ, उहाँलाई स्वागत गर्न हामीले के गर्नुपर्छ? यो प्रभुमा विश्‍वास गर्ने हरेकले गहन रूपमा विचार गर्नुपर्ने कुरा हो।

जब प्रभु येशू छुटकाराको काम गर्न अनुग्रहको युगमा आउनुभयो, प्रभुले गर्नुभएका आश्‍चर्यकर्महरूका खबरहरू र प्रभुका वचनहरू यहूदियाभरि फैलियो। उहाँको नामले सारा यहूदी भूमिमा ठूलो हलचल पनि मचायो र, त्यो बेलाका मानिसहरूका हकमा, उहाँहरू जानुभएका हरेक ठाउँमा प्रभु येशूले स्वर्गीय राज्यको सुसमाचार प्रचार गर्न आफ्‍ना चेलाहरूलाई अगुवाइ गर्ने कार्य नै प्रभुले तिनीहरूको ढोका ढकढक्याउने कार्य थियो। प्रभु येशूले भन्‍नुभयो: “पश्‍चात्ताप गर: किनभने स्वर्गको राज्य नजिकै छ(मत्ती ४:१७)। मानिसहरू उहाँकहाँ पश्‍चात्ताप गर्न आऊन् र आफ्‍ना पाप स्वीकार गरून् भन्‍ने प्रभु चाहनुहुन्छ। त्यसो गरेर, तिनीहरूका पापक्षमा हुनेछ, र मानिस व्यवस्थाको श्राप र दण्ड-आज्ञाबाट मुक्त हुनेछन् र परमेश्‍वरद्वारा छुटकारा पाउनेछन्। त्यो बेला, धेरै जना यहूदी मानिसहरूले प्रभु येशूले गर्नुभएका आश्‍चर्यकर्महरू देखे। तिनीहरूले प्रभुको वचनमा अख्‍तियार र शक्ति पनि देखे, जस्तै प्रभु येशूले पाँच रोटी र दुई माछाले ५,००० जना मानिसहरूलाई खुवाउन सक्‍नुभयो। एउटै वचन बोलेर, प्रभु येशूले बतास र समुद्रलाई शान्त पार्न र मरेपछि तीन दिनसम्‍म चिहानमा राखिएको लाजरसलाई चिहानबाट निकाल्‍न सक्‍नुभयो…। प्रभु येशूले जे बोल्‍नुभयो त्यो हासिल भयो र पूरा भयो, र यसद्वारा हामी प्रभुको वचनको अख्‍तियार र शक्ति देख्छौं। मानिसहरूलाई शिक्षा दिनको लागि प्रभु येशूले प्रयोग गर्नुभएका वचनहरू र फरिसीहरूलाई हप्काउन उहाँले प्रयोग गर्नुभएका वचनहरू सत्यता थिए र मानवजातिले बोल्‍न सक्‍ने वचनहरू थिएनन्। प्रभु येशूले बोल्‍नुभएका वचनहरू र उहाँले गर्नुभएका कामहरूले परमेश्‍वरको स्वभाव र परमेश्‍वरसँग जे छ त्यो र उहाँ जे हुनुहुन्छ त्यसलाई प्रकट गर्यो। तिनले परमेश्‍वरको अख्‍तियार र शक्ति प्रकट गरे र मानिसको हृदयमा हलचल ल्याए। त्यो बेलाका मानिसहरूले प्रभुले ढकढक्याउनुभएको आवाज सुनिसकेका थिए, तर तिनीहरूले प्रभुलाई कसरी व्यवहार गरे?

त्यो बेलाका यहूदी पूजाहारीहरू, शास्‍त्रीहरू र फरिसीहरूले प्रभु येशूले बोल्‍नुभएका वचनहरू र उहाँले गर्नुभएका आश्‍चर्यकर्महरू सबै परमेश्‍वरबाट आएका हुन् भन्‍ने कुरा राम्ररी जानेका थिए, तर तिनीहरूसँग परमेश्‍वरलाई आदर गर्ने हृदय थिएन। तिनीहरूले प्रभु येशूको कामको खोजी वा अनुसन्धान गरेनन्, तर आउनुहुनेवालालाई इम्‍मानुएल वा मसीह भनिनेछ, र कन्याबाट जन्‍मनुहुनेछ भन्‍ने विश्‍वास गर्दै बाइबलीय अगमवाणीहरूका वचनहरूमा नै टाँसिरहे। जब तिनीहरूले मरियमको श्रीमान छ भन्‍ने देखे, तिनीहरूले प्रभु येशू पवित्र आत्माद्वारा गर्भधारण हुनुभएको होइन, र उहाँ कन्याबाट जन्‍मनुभएको होइन भन्‍ने निष्कर्ष निकाले। तिनीहरूले स्वेच्‍छाचारी आलोचना गरे र प्रभु येशू सिकर्मीका छोरा र पूर्ण रूपमा साधारण व्यक्ति मात्रै हुनुहुन्छ भनी भने। तिनीहरूले प्रभु येशूलाई इन्कार गर्न र दोष दिन यिनै आलोचनाहरूको प्रयोग गरे। तिनीहरूले प्रभु येशूको ईश्‍वर-निन्दा गर्ने हदसम्‍म गरे र उहाँले भूतहरू धपाउन भूतहरूका राजा, बालजिबुलमा भर पर्नुहुन्छ भनेर समेत भने। अन्त्यमा, तिनीहरूले उहाँलाई क्रूसमा टाँग्‍न रोमी सरकारसँग सहकार्य गरे। धेरैजसो यहूदीहरूले प्रभु येशू दरबारमा जन्‍मनुपर्छ, र उहाँ तिनीहरूका राजा हुनुहुनेछ र रोमी शासनलाई हटाउन तिनीहरूलाई नेतृत्व गर्नुहुनेछ भनेर विश्‍वास गरेका थिए। जब फरिसीहरूले अफवाह र निन्दा फैलाइरहेका र प्रभु येशूलाई दोष दिइरहेका थिए, तिनीहरूले कुनै समझविना नै अन्धाधुन्ध आज्ञापालन गरिरहेका थिए। प्रभु येशूको मुक्ति र फरिसीहरूले बोलेका निन्दाका वचनहरूका बीचमा, तिनीहरूले फरिसीहरूको अफवाह र स्पष्ट झूटलाई नै सुन्‍ने निर्णय गरे, अनि प्रभु येशूले प्रचार गर्नुभएको मार्गलाई इन्कार गरे। जब प्रभु येशूले तिनीहरूको ढोका ढकढक्याउनुभयो, तब तिनीहरूले प्रभुको लागि आफ्‍नो हृदय बन्द गरे। यो त प्रभु येशूले भन्‍नुभएको जस्तै भयो: “र तिनीहरूमा यशैयाले यसो भनेर गरेका अगमवाणी पूरा भए, तिमीहरूले सुनेर त सुन्‍नेछौ, तर बुझ्‍नेछैनौ; अनि तिमीहरूले हेरेर त देख्‍नेछौ, तर चिन्‍नेछैनौ। किनभने यी मानिसहरूका हृदय बोधा छन्, र तिनीहरूका कान बहिरा छन्, र तिनीहरूका आँखा बन्द छन्; नत्र त तिनीहरूले आफ्‍ना आँखाले देख्‍नेथिए र आफ्‍ना कानले सुन्‍नेथिए, र आफ्‍ना हृदयले बुझ्‍नेथिए, अनि तिनीहरू परिवर्तन हुनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ(मत्ती१३:१४-१५)। तिनीहरूले प्रभुको आवाज सुन्‍न इन्कार गरेका हुनाले र प्रभुले गर्नुभएको छुटकाराको कामलाई स्वीकार नगरेका हुनाले, यी यहूदी मानिसहरूले प्रभु येशूलाई पछ्याउने मौका गुमाए। परमेश्‍वरलाई इन्कार गरेको परिणाम स्वरूप, परमेश्‍वरले तिनीहरूलाई दण्ड दिनुभयो, यसले गर्दा इस्राएल दुई सहस्‍त्राब्दीसम्‍म दमनमा पर्यो। यसको विपरीत, पत्रुस, यूहन्‍ना, याकूब, र नथानेल जस्ता त्यो बेला प्रभु येशूलाई पछ्याउने चेलाहरूसँग सत्यतालाई प्रेम गर्ने हृदय थियो। तिनीहरूले आफ्‍ना धारणा र कल्‍पनाहरूका आधारमा प्रभु येशूको वचन र कार्यलाई हेरेनन्, तर कर्तव्यनिष्ठा भएर खोजी गरे, तिनको ध्यान पूर्वक अध्ययन गरे र पवित्र आत्‍माको अन्तर्दृष्टि प्राप्त गरे। तिनीहरूले प्रभुको आवाज सुने र आउनुहुने मसीह प्रभु येशू नै हुनुहुन्छ भन्‍ने पहिचान गरे, त्यसकारण तिनीहरूले प्रभुका पाइलाहरूलाई पछ्याए र उहाँको मुक्ति प्राप्त गरे। परमेश्‍वरको प्रकटीकरण र कार्यलाई बुझ्‍न र पहिचान गर्नको लागि बाइबलीय अगमवाणीहरूको शाब्दिक अर्थमा नै भरोसा गरेको हुनाले फरिसीहरू र यहूदी मानिसहरू असफल भए भन्‍ने कुरा हामी देख्‍न सक्छौं। यसले गर्दा तिनीहरू परमेश्‍वरलाई विश्‍वास गर्ने तर परमेश्‍वरलाई इन्कार गर्ने मानिसहरू बनायो। यसबाट हामीले के देख्‍न सक्छौं भने, यदि परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले आफ्‍नै धारणा र कल्‍पनाहरूको आधारमा परमेश्‍वरको नयाँ कामलाई हेर्छन् भने, तिनीहरूले परमेश्‍वरको पुनरागमनलाई स्वागत गर्न नसक्‍ने मात्रै होइन, तर तिनीहरू सजिलै परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँलाई इन्कार गर्ने मानिसहरू बन्‍नेछन्। त्यो कस्तो दयनीय कुरा हुनेछ? प्रभु येशूले भन्नुभयो, “आत्मामा गरिब हुनेहरू धन्यका हुन्: किनभने स्वर्गको राज्य तिनीहरूकै हो। … धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू आशिषित् हुन्: किनकि तिनीहरू भरपूर हुनेछन्(मत्ती ५:३,६)। हामी यहाँ के देख्‍न सक्छौं भने, यदि हामी पत्रुस र यूहन्‍ना जस्तै बन्‍न सक्छौं, प्रभुको आवाज सुन्दा हामीसँग धार्मिकताको निम्ति तिर्खाउने र भोकाउने हृदय छ, र यसको सक्रिय रूपमा खोजी र अनुसन्धान गर्छौं भने मात्रै हामीले प्रभुको पुनरागमनलाई स्वागत गर्न सक्छौं।

आज, आखिरी दिनहरूमा हुने प्रभुको दोस्रो आगमन सम्‍बन्धी अगमवाणीहरू आधारभूत रूपमा पूरा भइसकेका छन्। प्रभु आखिरी दिनहरूमा फेरि फर्कनुहुने हुनाले, कुनै पनि बेला प्रभुले ढोकामा ढकढक्याउनुहुने क्षणको प्रतीक्षा गर्नको लागि, हामी अझै सतर्क र तयारी हुनुपर्छ, र परमेश्‍वरको आवाज सुन्‍नुपर्छ, अनि हामीसँग धार्मिकताको खोजी गर्ने र तृष्णा गर्ने हृदय हुनुपर्छ। यसरी मात्रै हामीले प्रभुको पुनरागमनको स्वागत गर्न सक्छौं। प्रभु येशूले भन्नुभयो, “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)। अनि प्रकाशको अध्याय २ र ३ मा धेरै पटक यसो भनेर अगमवाणी गरिएको छ: “आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्।” बाइबलमा हामी जब प्रभु येशू फर्केर आउनुहुनेछ, तब उहाँले आफ्‍नो वचन व्यक्त गर्नुहुनेछ र नयाँ काम गर्नुहुनेछ भनेर भनिएको देख्छौं। प्रभुले हाम्रो ढोकामा ढकढक्याउनु भनेको यही हो, र प्रभुले हाम्रो हृदयको ढोका ढकडक्याउन आफ्‍नो वचनको प्रयोग गर्नु भनेको यही हो। प्रभुले बोल्‍नुभएका वचनहरू सुन्‍ने र प्रभुको आवाज सक्रिय रूपमा खोजी गर्ने र सुन्‍नेहरू सबै बुद्धिमती कन्याहरू हुन्। तिनीहरूले प्रभुको आवाज चिनिसकेपछि, तिनीहरूले प्रभुको पुनरागमनलाई स्वागत गर्न र परमेश्‍वरको वचनको मलजल र आपूर्तिलाई स्वीकार गर्न सक्छन्। यसले परमेश्‍वरको यो वचनलाई पूरा गर्छ: “अनि ती दिनहरूमा म सेवकहरू र सेविकाहरू दुवैमा मेरो आत्मा खन्याउनेछु(योएल २:२९)। प्रभु विश्‍वासयोग्य हुनुहुन्छ र उहाँको तृष्णा गर्ने र उहाँको आवाज सुन्‍न खोज्‍ने सबैलाई उहाँले अवश्य नै यस पटक स्वीकार गर्नुहुनेछ। तैपनि, हामी मानिसले परमेश्‍वरको बुद्धिलाई बुझ्‍न कठिन हुन्छ, र प्रभुले उहाँ आउनुभएपछि कसरी ढोका ढकढक्याउनुहुनेछ त्यो कुरा हाम्रो धारणा र कल्‍पनाहरूमा देखिने जत्तिको सजिलो हुनेछैन। यो कुरा कसैले हामीलाई “प्रभु फर्केर आइसक्‍नुभएको छ!” भन्‍ने भनाइ हुन सक्छ, जसरी प्रभु येशूले हामीलाई चेतावनी दिनुभएको छ: “अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ(मत्ती २५:६)। हामीले प्रभुको पुनरागमनको सुसमाचार प्रचार गर्ने मण्डलीहरूबाट, वा इन्टरनेट, रेडियो, फेसबुक, वा अरू स्रोतबाट पनि परमेश्‍वरको आवाज सुन्‍न सक्छौं र परमेश्‍वरले सबै मण्डलीहरूसँग बोलिरहनुभएको छ भन्‍ने देख्‍न सक्छौं। अझै पनि, प्रभुले हाम्रो ढोका जसरी ढकढक्याउनुभए पनि, प्रभुले हाम्रो ढोका ढकढक्याउनुभएको घटनालाई हामीले यहूदी मानिसहरूले जस्तो गर्नु हुँदैन। हामीले हाम्रा आफ्‍नै धारणा र कल्‍पनाहरूको आधारमा उहाँको ढकढक्याइको खोजी वा अनुसन्धान गर्न इन्कार गर्नु हुँदैन, अन्धाधुन्ध झूटहरू र अफबाहहरूलाई सुनेर विश्‍वास गर्ने त झन् गर्नु नै हुँदैन। त्यसो गर्यौं भने, हामीले प्रभुको बोलावटलाई इन्कार गरिरहेका हुनेछौं र प्रभुलाई स्वागत गर्ने र स्वर्गीय राज्यमा उठाइलैजान हाम्रो मौकालाई गुमाउनेछौं। प्रकाशको पुस्तकमा यसो भनिएको छ: “हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ(प्रकाश ३:२०)। प्रभु येशूले भन्नुभयो, “माग, अनि त्यो तिमीहरूलाई दिइनेछ; खोज, अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याओ, अनि त्यो तिमीहरूको निम्ति खोलिनेछ(मत्ती ७:७)। प्रभुको इच्‍छा के छ भने, हामी सबै बुद्धिमती कन्या बन्‍न सकौं र प्रभुको आवाज सुन्दै सधैँ जागा रहन सकौं। जब हामीले प्रभुको आवाज सुन्छौं, तब हामीले खुला मनले यसलाई खोजी-निधो गर्नुपर्छ र गम्‍भीरता पूर्वक यसको अनुसन्धान गर्नुपर्छ, र जब हामी प्रभुको आवाज चिन्छौं, तब हामीले तुरुन्तै प्रभुलाई स्वागत गरिरहाल्‍नुपर्छ। हामीसँग खोजी गर्ने हृदय छ भने, परमेश्‍वरले अवश्य नै हाम्रो आत्मिक आँखा खोल्‍नुहुनेछ। यसरी, हामी परमेश्‍वरको सिंहासनअघि उठाइलगिनेछौं र थुमाको भोजमा सहभागी हुनेछौं!

सारा महिमा परमेश्‍वरकै हो!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

इसाई साक्षी: उनको छोराको क्यान्सर सामना गर्दा, उनले परमेश्‍वरमाथि भरोसा राख्छिन् र उहाँका कामहरूका साक्षी दिन्छिन्

By Xiaochun, China लिन जिन केही कामहरू गरेर घर फर्किदै थिइन् र सडकको दुवै छेउमा बढेको बाली घामको किरणमा हरियो सागर जस्तो देखिन्थ्यो। सडकको...

परमेश्‍वरले विभिन्न युगहरूमा विभिन्न नामहरू लिनुको अर्थ के हो?

यहोवा परमेश्‍वरले हामीलाई पुरानो करारमा स्पष्टसँग बताउनुहुन्छ: “म, यहोवा नै हुँ; र म बाहेक कोही पनि मुक्तिदाता छैन” (यशैया ४३:११)। “यहोवा …...

इसाई चिन्तन: के हामीले वास्तवमै उहाँ स्वयमलाई प्रकट गर्ने प्रतिक्षा गर्दै फर्केका प्रभुलाई ग्रहण गर्न सक्दछौं?

By Tian Yuan सम्पादकको नोट: प्रकाशको अध्याय २२ मा, यसलाई केही पटक भविष्यवाणी गरिएको छ, “म चाँडै आउँछु।” यो निश्चित छ कि प्रभुमा साँचो...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्