परीक्षाहरूद्वारा शुद्ध पारिएको

13 डिसेम्बर 2020

By Zhenxin, the United States

सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा खोजी गर्ने कुरा भनेको भविष्यको लागि आशीर्वादहरू प्राप्त गर्नु हो; तिनीहरूको विश्‍वासमा भएको तिनीहरूको लक्ष्य यही हो। सबै मानिसहरूसँग यही मनसाय र आशा हुन्छ, तर तिनीहरूको प्रकृतिमा भएको भ्रष्टतालाई परीक्षाहरूमार्फत निराकरण गरिनुपर्छ। जुन पक्षहरूमा तिमीहरूलाई शुद्धीकरण गरिएको छैन, तिनै पक्षहरूमा तिमीहरू परिष्कृत हनुपर्छ—यो परमेश्‍वरको प्रबन्ध हो। परमेश्‍वरले तेरो लागि वातावरण सृजना गरेर तँलाई परिष्कृत हुन बाध्य पार्नुहुन्छ ताकि तैँले आफ्नो भ्रष्टता चिन्न सक्। अन्ततः तँ यस्तो बिन्दुमा पुग्छस् जहाँ त बरु मर्छस् र आफ्नो योजनाहरू र चाहनाहरू त्याग्छस्, अनि परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धमा समर्पित हुन्छस्। त्यसकारण, यदि मानिसहरूसँग शोधनका धेरै वर्षहरू छैनन् भने, यदि तिनीहरूले केही निश्चित मात्राको कष्ट सहन गर्दैनन् भने, तिनीहरूले आफ्नो सोच-विचारहरू र हृदयमा देहको भ्रष्टताको बन्धनबाट आफूलाई मुक्त गर्न सक्दैनन्। जुन पक्षहरूमा तिमीहरू अझै शैतानको बन्धनमा हुन्छौ, र जुन पक्षहरूमा तिमीहरूसँग अझै आफ्नै चाहनाहरू र मागहरू छन्, तिमीहरूले कष्ट भोग्नुपर्ने पक्षहरू यिनै हुन्। कष्टमार्फत मात्र पाठ सिक्न सकिन्छ, यसको मतलब सत्यता हासिल गर्न र परमेश्‍वरको इच्छा बुझ्न सक्षम हुने भन्ने हो। वास्तवमा, पीडादायी परीक्षाहरूको अनुभव गरेर धेरै सत्यताहरू बुझिन्छ। कसैले पनि परमेश्‍वरको इच्छालाई विस्तारमा बुझ्न, परमेश्‍वरको सर्वशक्तिमान्‌ता र ज्ञान-बुद्धिलाई पहिचान गर्न सक्दैन, वा आरामदायी र सहज परिस्थितिमा वा परिस्थिति अनुकूल हुँदा परमेश्‍वरको धर्मी स्वभावको सराहना गर्न सक्दैन। त्यो असम्भव हुनेछ!” (ख्रीष्टका वार्तालापहरूका अभिलेखहरू)। यो खण्ड पढ्दा मैले एक पटक अनुभव गरेको रोगको परीक्षा याद आउँछ। त्यसबेला केही पीडा र धेरै आँसु आएको थियो, तर मैले केही सत्यहरू बुझेँ, मैले आफ्नो विश्‍वासमा त्यति धेरै आशीर्वादहरू खोज्न छोडेँ र महसुस गरें कि परीक्षाहरू र शोधनहरू मानिसको लागि परमेश्‍वरका साँचो प्रेम र मुक्ति हुन्।

परीक्षाहरूद्वारा शुद्ध पारिएको

मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूका कामलाई २०१० मा स्वीकार गरें। म त्यति बेला अझै माध्यमिक विद्यालयमा नै थिएँ। परमेश्‍वरका वचनहरूले मलाई मानिस परमेश्‍वरद्वारा नै बनाइएको हो र परमेश्‍वरमा विश्‍वास गर्नु र आराधना गर्नु नै सही मार्ग हो—सबैभन्दा मूल्य र अर्थ सहितको मार्ग। म मण्डलीका भेलाहरूमा सहभागी हुन थालें, र मैले जस्तोसुकै मौसम भएपनि, कहिल्यै एउटा पनि भेला छुटाइन। मैले मेरा इष्टमित्र र आफन्तहरूलाई पनि सुसमाचार सुनाउन सक्दो प्रयास गरें। म हरेक दिन सन्तुष्टि र धेरै शान्तिको महसुस गर्थें।

एक वर्षपछि, म अस्पतालमा जाँचको लागि गएँ र मलाई हेपाटाइटिस बी भएको थाहा पाएँ। डाक्टरले यो उपचार गर्न गाह्रो हुने र अझ बिग्रँदै गएमा यो क्यान्सरमा परिणत हुन सक्ने बताए। अचानकको यस रोगको खबरले, म पूरै स्तब्ध भएँ। मेरो अनुहार चीसो भयो र मेरा हातहरू काँपिरहेका थिए। अचानक मेरो भविष्य एकदमै अनिश्चित देखिन्थ्यो। त्यो दिन घर फर्कंदा बाटोमा मैले साँच्चै निराश महसुस गरें। म केवल रोइरहें। मैले आफैलाई सोधिरहें, “मलाई कसरी यो रोग लाग्न सक्यो? म किन अरू सबैजस्तो स्वस्थ हुन सक्दिनँ?” यदि मैले परमेश्‍वरमा विश्‍वास गरें भने उहाँले मलाई रोगबाट जोगाउनुहुनेछ भन्ने मैले सोच्ने गर्थें। परमेश्‍वरको घरमा शान्तिपूर्वक मेरो कर्तव्य पूरा गर्नु अद्भुत हुन्थ्यो! तर अब त म बिरामी परेको थिएँ, कहिल्यै अलि राम्रो हुन्छु कि हुँदिन भन्ने पनि थाहा थिएन, र यो झन् खराब भयो भने, मैले आफ्नो जीवन नै गुमाउन सक्थें। यी विचारहरूले मलाई साँच्चिकै दुःखी तुल्यायो, र म धेरै पटक प्रार्थना गर्नका लागि परमेश्‍वरसामु गएँ। परमेश्‍वरको इच्छा बुझ्नका लागि मलाई निर्देशित गर्न र ज्ञान दिन, मैले उहाँसँग विश्‍वास र सामर्थ्य मागेँ, ताकि यस अवस्थाबाट कसरी पार पाउने सो मैले जान्न सकूँ।

जब मेरा दाजुभाइ तथा दिदीबहिनीहरूले थाहा पाए, तिनीहरू मलाई सहयोग गर्न आए र मेरो लागि परमेश्‍वरको वचनको खण्ड पढे: “जब-जब रोग-बिमार आइपर्छन्, यो परमेश्‍वरको प्रेम हो, र तीभित्र अवश्य नै उहाँका दयालु अभिप्रायहरू लुकेका हुन्छन्। तेरो शरीर अलिकति कष्टबाट भएर जानुपर्ने हुनसक्‍ने भए तापनि, शैतानका कुनै विचारहरू मनमा नराख्। रोग-बिमारको बीचमा परमेश्‍वरको प्रशंसा गर् र तेरो प्रशंसाको क्रममा परमेश्‍वरसँग आनन्द गर्। बिमारीपनको बीचमा निराश नबन्, बारम्‍बार खोजी गर् अनि हरेस नखा, र परमेश्‍वरले तँलाई उहाँको ज्योति दिनुहुनेछ। अय्यूबको विश्‍वास कस्तो थियो? सर्वशक्तिमान्‌ परमेश्‍वर महाशक्तिशाली वैद्य हुनुहुन्छ! रोग-बिमारमा बास गर्नु भनेको बिरामी हुनु हो, तर आत्मामा जिउनु भनेको निको हुनु हो। जबसम्‍म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, तबसम्‍म परमेश्‍वरले तँलाई मर्न दिनुहुनेछैन” (वचन शरीरमा देखा पर्नुहुन्छको प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको अध्याय ६)। यो खण्ड पढ्दा, मैले मेरो मनमा यो थाहा पाएँ, कि मेरो स्वास्थ्य झन् बिग्रने हो कि नबिग्रने हो भन्ने कुरा परमेश्‍वरकै हातमा छ—परमेश्‍वरले सबैमाथि शासन गर्नुहुन्छ! मेरो सबै चिन्ता र दिक्दारी पूर्ण रूपमा अनावश्यक थियो। अब म रोगको परीक्षामा परेको थिएँ, त्यसैले मैले साँच्चिकै परमेश्‍वरको भर पर्नु र उहाँमा आशा गर्नु पर्थ्यो। म राम्रो भए पनि वा नभए पनि, म परमेश्‍वरलाई दोष दिन सक्दिनथिएँ तर उहाँको शासनमा समर्पित हुनुपर्थ्यो। त्यस बेलादेखि मैले मेरो रोगको बारेमा परमेश्‍वरलाई धेरै प्रार्थना गरें र म यसको उपचारको लागि पनि गएँ। छ महिनापछि, म अर्को जाँचको लागि अस्पताल गएँ। डाक्टरले मेरो अवस्था राम्रो हुँदै गएको र अब यो नियन्त्रणमा रहेकोले मलाई अरू उपचार आवश्यक नपर्ने बताए। यो सुनेर म उत्साहित भएँ र मैले भनिरहें “परमेश्‍वरलाई धन्यवाद! परमेश्‍वरलाई धन्यवाद!” परमेश्‍वरलाई के भन्ने मलाई थाह भएन तर मलाई थाहा थियो कि यो उहाँको दया र आशीर्वाद थियो!

म २०१२ मा कलेज गएँ तर मैले क्याम्पसमा सुसमाचार बाँडेको हल्ला गरियो, र त्यसकारण मलाई निकाला गरियो। त्यो मेरोलागि धेरै कठिन समय थियो। जे भए पनि, त्यहाँ पुग्न १२ वर्षसम्‍म कडा अध्ययन गर्नु परेको थियो। तर मैले त्यति बेला देहधारी परमेश्‍वरले सत्य व्यक्त गर्दै र मानिसलाई मुक्ति दिने काम गर्नुभएको बारेमा सोचेँ, र यदि हामी परमेश्‍वरमा विश्‍वास गर्छौं र सत्यलाई पछ्याउँछौं भने मात्र हामीले मुक्ति पाउन सक्छौं। ठूला विपदहरू चाँडै आउनेथिए, त्यसैले म डराएको थिएँ कि यदि मैले मेरो कर्तव्य गरिन र राम्रा काम गरिन भने म बहकिएर जानेछु। मैले मनमनै सोचेँ, “कलेजको बारेमा बिर्सिदिन्छु। म सत्यलाई पछ्याउने र मण्डलीमा मेरो कर्तव्य पूरा गर्ने सक्दो कोसिस गर्नेछु।” केही दिनपछि, मैले घर छोडेँ र मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्न थालें। मलाई जे जस्तो कर्तव्य सुम्पिए पनि, मैले यसलाई खुशीसाथ र कुनै गुनासोविना लिएँ। चिनियाँ कम्युनिस्ट पार्टीको उग्र दमन र पक्राउ सामना गर्दा र दुई पटकसम्म प्रहरीबाट झण्डै समातिँदा समेत, म डराइन, तर सुसमाचार फैलाउने र परमेश्‍वरको गवाही दिने गरिरहेँ। मलाई लाग्यो कि यदि मैले आफ्नो कर्तव्य गरिरहेँ भने मात्रै परमेश्‍वरले मलाई बचाउनुहुनेछ र सही गन्तव्यमा पुग्ने एक मात्र तरिका त्यही थियो।

फेब्रुअरी २०१५ मा, मलाई मेरो कर्तव्य गर्न सहर बाहिर स्थानान्तरण गरियो। एक दिन, नेताले मलाई मैले अरूलाई संक्रमित गर्न सक्ने विरुद्धको सावधानीको रूपमा जाँचको लागि अस्पतालमा जान आग्रह गरे। यो सुनेपछि, मैले सोचेँ, “मेरो अन्तिम चेकअप भएको लगभग पाँच वर्ष भयो। मेरो बिमारी यस समय अवधिमा झनै खराब भएको हुन सक्छ। यदि यो वास्तवमै संक्रामक वा क्यान्सरमा परिणत भएको छ भने, म अब आफ्नो कर्तव्य गर्न सक्षम हुनेछैन।” यो विचारले मलाई साँच्चिकै दुःखी बनायो। म धेरै डराएको पनि थिएँ र म यो स्वीकार्न सक्षम हुनेछैन भन्ने थाहा थियो। भोलिपल्ट म अस्पताल गएँ तर म त्यहाँ पुग्दा धेरै व्याकुल भएँ। मैले सोचेँ, “यदि यो अहिले क्यान्सरमा परिणत भएको वा साँच्चै संक्रामक छ भने, के तिनीहरूले यहाँ मलाई निको पार्न सक्लान्? यदि तिनीहरूले सकेनन् भने मैले के गर्ने?” मैले त्यसबेला परमेश्‍वरलाई प्रार्थना गरें र जे भए पनि म पालना गर्छु भनी भनें। तर त्यसपछि डाक्टरले मलाई एरिथमिया भएको छ भनी भने, म फेरि धेरै चिन्तित भएँ र सोचेँ, “यो बिरामी पर्ने सङ्केत हो? नत्र किन मलाई एरिथमिया हुन्थ्यो?” डाक्टरको चिन्तित अनुहारलाई धेरै नजिकबाट हेर्दा, मेरो लागि राम्रा सङ्केत छैनन् भन्ने मैले महसुस गरें। डाक्टरले अरू धेरै भनेनन्, मात्र केही रगत लिए र मलाई घर गएर पर्खन भने।

जति मेरा नतिजाहरू आउने दिन नजिक आयो, त्यति मेरो चिन्ता फर्कियो। म नराम्रो खबर आउँछ कि भनेर डराएको थिएँ र मैले त्यसको सामना गर्न सक्दिन जस्तो लाग्यो। म फेरि निको हुन मात्र चाहन्थें। म एक हप्तापछि मेरा नतिजाहरू लिन अस्पताल गएँ। डाक्टरले अब मेरो रगतमा एकदमै धेरै हेपाटाइटिस बी छ, र यो गम्भीर हेपाटाइटिस भएको छ भनी भने। उनले यो धेरै संक्रामक छ र मलाई तुरुन्तै उपचार चाहिन्छ भनी बताए। मैले सोचेँ, “खतम भयो। के अब म मेरो कर्तव्य पूरा गर्न सकुँला र? के मैले भेलाहरूमा सहभागी हुन र मण्डलीको जीवन बिताउन सकुँला?” घर जाँदा बाटोभरि, मैले मेरो रोगकै बारेमा सोचेँ, र बाइक चलाउन पनि मलाई हैरान लाग्यो। म फर्केर आएपछि अनलाइनमा उपचारहरूको खोजी गर्दा, मैले गम्भीर हेपाटाइटिसले मानिसहरूलाई कोमामा पुर्याउन सक्छ र त्यसपछि केही दिनमै उनीहरू मर्छन् भन्‍ने पढेँ। म भयभीत भएँ र सोचेँ, “के मलाई यही हुनेवाला छ? यदि म साँच्चिकै यसरी नै मरेँ भने, के त्यो मेरो विश्‍वासको अन्त्य हुनेछैन र? अरू सबै दाजुभाइ तथा दिदीबहिनीहरू कति स्वस्थ छन्। म मात्र किन बिरामी? म किन अरू सबैभन्दा फरक हुनुपर्ने?” म अरूप्रति झन्-झन् ईर्ष्यालु हुँदै गएँ। तिनीहरू रोगले चिन्तित थिएनन् र शान्तिमा आफ्ना कामहरू गर्न सक्थे। उनीहरूले राम्रो कामको तयारी गरिरहेका थिए र परमेश्‍वरद्वारा मुक्ति पाउनेथिए। यता म थिएँ। म बिरामी परेको थिएँ, फेरि कहिल्यै आफ्नो कर्तव्य पूरा गर्न सक्ने हो वा होइन केही थाहा थिएन। यदि सकिन भने, के म त्यागिएको हुनेछु र संकष्टहरूमा डुब्नेछु? मलाई मेरो विश्‍वासको लागि कलेजबाट निकालियो र मैले संसारको मेरो भविष्यलाई त्यसै छोडिदिएँ; मेरो कहिल्यै कोही केटीसाथी भएन र मैले मेरो कर्तव्यका लागि घर छोडेको थिएँ। यदि यति हुँदाहुँदै पनि परमेश्‍वरले मलाई त्याग्नुभयो र हटाउनुभयो भने, के यसको मतलब मैले यतिका वर्षसम्म बेकारमा विश्‍वास गरेको भन्ने हुँदैनथियो र? यदि म अहिले घर गएँ भने, चिनियाँ कम्युनिस्ट पार्टीले मलाई पक्रन्थ्यो। म पक्कै समातिने थिएँ र जेलमा हालिनेथिएँ। यदि मैले यी सबै कुरा थाहा पाएको भए, म आफ्नो कर्तव्य गर्न हिँड्ने थिइन। म मेरा बाबुआमाको हेरचाहमा घरमै बसेको भए हुनेथियो। यी विचारहरूले मलाई झन्-झन् दुःखी र निराश बनाए। “परमेश्‍वर, के तपाईं मलाई खुलासा गर्न र हटाउनको लागि यो रोगको प्रयोग गर्दै हुनुहुन्छ?” मैले जान्न चाहेँ। मैले आँसु झर्नबाट रोक्न सकिन। मैले एकदमै कमजोर महसुस गरिरहेको थिएँ, मेरो कर्तव्य पूरा गर्नमा वा अरू केही गर्नमा मलाई कुनै चासो भएन। मलाई केही पनि खान मन लागेन। मैले पूर्णतया थकित महसुस गरें। म मेरो पीडामा परमेश्‍वरसामु गएँ र प्रार्थना गरें, “सर्वशक्तिमान्‌ परमेश्‍वर, म अत्यन्त कमजोर महसुस गर्छु र म धेरै पीडामा छु। म मेरो भविष्यको बारेमा नसोचिरहन सक्दिन। मलाई अब मेरो कुनै गन्तव्य छैनजस्तो महसुस हुन्छ। प्रिय परमेश्‍वर, मलाई थाहा छ तपाईंले ममा यो रोग लाग्‍न दिनुभएको छ, तर यसबाट कसरी बच्ने भनेर मलाई थाहा छैन। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र तपाईंको इच्छा बुझ्न मलाई अगुवाइ गर्नुहोस्।”

तब परमेश्‍वरका वचनहरूको एक खण्ड मनमा आयो: सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “सबै मानिसहरूका लागि शोधन धेरै पीडादायक हुन्छ, र यसलाई स्वीकार्न धेरै गाह्रो हुन्छ—तर शोधनको बेला नै परमेश्‍वरले मानिसको निम्ति उहाँको धार्मिक स्वभाव स्पष्ट पार्नुहुन्छ, र मानिसका लागि आफ्ना मागहरू सार्वजनिक गर्नुहुन्छ र थप ज्ञान प्रदान गर्नुहुन्छ र थप वास्तविक छिँवल्ने कार्य र निराकरण गर्नुहुन्छ; तथ्यहरू र सत्यको बीच तुलना गरेर उहाँले मानिसलाई उसको आफ्नै बारेमा र सत्यको अझ धेरै ज्ञान दिनुहुन्छ, र मानिसलाई परमेश्‍वरको इच्छाको अझ बढी बुझाइ दिनुहुन्छ, यसरी मानिसलाई परमेश्‍वरप्रति अझ सत्य र अझ शुद्ध प्रेम गर्ने तुल्याउनुहुन्छ। शोधन कार्यलाई अघि बढाउने परमेश्‍वरका उद्देश्यहरू यिनै हुन्। परमेश्‍वरले मानिसमा गर्नुहुने सबै कामहरूका आफ्नै उद्देश्यहरू र महत्त्व हुन्छन्; परमेश्‍वरले अर्थहीन काम गर्नुहुन्न, न त उहाँले कुनै यस्तो काम गर्नुहुन्छ जसद्वारा मानिसलाई कुनै लाभ हुँदैन। शोधनको अर्थ मानिसहरूलाई परमेश्‍वरको उपस्थितिबाट हटाउनु होइन, न त उनीहरूलाई नरकमा नाश गर्नु नै हो। बरु, यसको अर्थ शोधनको समयमा मानिसको स्वभाव परिवर्तन गर्नु हो, उसका आशयहरू, उसको पुराना दृष्टिकोणहरू, परमेश्‍वरप्रतिको उसको प्रेम बदल्नु, र उसको सम्पूर्ण जीवन परिवर्तन गर्नु हो” (वचन शरीरमा देखा पर्नुहुन्छको “शोधनको अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ”)। आमेन! यी वचनहरूमा मनन गर्दा, मैले बुझेँ कि यो रोगद्वारा परमेश्‍वरले मलाई जाँच्नुभएको र शोधन गर्नुभएको थियो। यसको पछाडि परमेश्‍वरको दयालु इच्‍छा थियो। कसरी परमेश्‍वरले अय्यूबमा परीक्षाहरू आइपर्न अनुमति दिनुभयो मैले सोबारे सोचेँ। उनले शारीरिक पीडा भोगे तापनि, परमेश्‍वरले उनको जीवन लिनको लागि यो पीडा दिइरहनुभएको थिएन, तर उनको विश्‍वास सिद्ध गर्न र अय्यूबले परमेश्‍वरलाई अझ राम्ररी चिनून् भनेर यसो गर्नुभएको थियो। अहिले परमेश्‍वरले मलाई खुलासा गर्न हटाउनको लागि होइन, तर मेरो विश्‍वासमा भएका कलङ्कहरूलाई धुन र मलाई साँच्चिकै उहाँलाई प्रेम गर्ने र उहाँको आज्ञापालन गर्ने बनाउनको लागि मलाई रोगद्वारा जाँचिरहनुभएको थियो। मैले परमेश्‍वरलाई दोष दिन सक्दिनथिएँ, तर मेरो विश्‍वासका गलत उद्देश्यहरू, र कुन किसिमले मैले परमेश्‍वरको अवज्ञा र प्रतिरोध गर्दैथिएँ त्यसलाई जाँच गर्नुपर्ने थियो। परमेश्‍वरको इच्छा बुझिसकेपछि, मैले अझ धेरै सकारात्मक महसुस गरें। मैले परमेश्‍वरलाई अर्को प्रार्थना गरें, आफैलाई शान्त गरें, र केही उचित आत्म-चिन्तन पनि गरें।

मेरो खोजीमा, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “मैले तिनीहरूलाई निको पारौं भनेर मात्र धेरैले मलाई विश्‍वास गर्छन्। मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मैले मेरो शक्ति प्रयोग गरौं भनेर र तिनीहरूले शान्ति र आनन्द प्राप्‍त गर्न सकून्‌ भनेर मात्र धेरैले ममा विश्‍वास गर्छन्। मबाट धेरै भौतिक सम्पत्ति माग गर्नलाई मात्र धेरैले ममा विश्‍वास गर्छन्। यस जीवनलाई शान्तिमा बिताउन र आउने संसारमा सुरक्षित र सकुशल हुनलाई मात्रै धेरैले ममा विश्‍वास गर्छन्। नरकको कष्टहरूबाट बच्न र स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नलाई धेरैले ममा विश्‍वास गर्छन्। धेरैले अस्थायी सान्त्वनाको निम्ति मात्र ममा विश्‍वास गर्छन्, तैपनि आउने संसारको कुनै पनि कुरा प्राप्‍त गर्न खोज्दैनन्। जब मैले मेरो क्रोध मानिसमाथि खन्याएँ र कुनै समयमा ऊसँग भएको सबै आनन्द र शान्ति खोसेँ, मानिस सशंकित भयो। मैले मानिसलाई नरकको कष्ट दिएर स्वर्गको आशिष्‌ फिर्ता गर्दा मानिसको शर्म रिसमा परिणत भयो। निको पार्नलाई मानिसले मलाई बिन्ती गर्दा मैले कुनै ध्यान दिइनँ र ऊप्रति घृणा महसुस गरेँ; बरु मानिस मबाट अलग भएर दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्यो। जब मानिसले मबाट माग गरेको सबै थोक मैले खोसेँ, सबै जना कुनै निशानाविना नै गायब भए। यसैले, म अति धेरै अनुग्रह दिन्छु र प्राप्‍त गर्ने कुरा अति धेरै भएको हुनाले मानिसले ममा विश्‍वास गर्छ भनी म भन्छु।” (वचन शरीरमा देखा पर्नुहुन्छको “विश्‍वासबारे तँलाई के थाहा छ?”)। “परमेश्‍वरसँगको मानिसको सम्‍बन्ध एउटा नाङ्गो स्वार्थ मात्रै हो। यो आशिषहरू प्राप्त गर्ने र दिने बीचको सम्‍बन्ध हो। यसलाई सरल रूपमा भन्दा, यो मालिक र कर्मचारी बीचको सम्‍बन्ध जस्तै हो। मालिकले दिने इनामहरूको लागि मात्रै कर्मचारीले काम गर्छ। त्यस्तो सम्‍बन्धमा कुनै आत्मीयता हुँदैन, लेनदेन मात्रै हुन्छ। प्रेम गर्ने वा प्रेम प्राप्त गर्ने कुनै कार्य हुँदैन, परोपकार र कृपा मात्रै हुन्छ। कुनै बुझाइ हुँदैन, दबाइएको आक्रोश र धोका मात्रै हुन्छ। कुनै घनिष्ठता हुँदैन, अप्रकमनीय दरार मात्रै हुन्छ” (वचन शरीरमा देखा पर्नुहुन्छको “मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ”)। परमेश्‍वरका वचनहरू पढ्दा, मैले आफ्‍नो विश्‍वासमा परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्दै आइरहेको थिइन भन्ने महसुस गरें। मैले परमेश्‍वरलाई आशीर्वाद दिने व्यक्तिको रूपमा मात्र सोचेँ। त्यसैले म बिरामी हुँदा, मेरा पहिलो विचार भनेको मेरो भविष्यका सम्भावनाहरू र म राम्रो हुन्छु कि हुँदिन भन्ने बारेमा नै थियो, र मैले रोगको बारेमा पत्ता लगाउन र यसको उपचार कसरी गर्न सकिन्छ भनेर जान्न अनलाइनमा हेरें। मैले मेरो कर्तव्य पूरा गर्ने सबै रुचि गुमाएँ। जब यो झन्-झन् बिग्रँदै गयो, मैले परमेश्‍वरलाई अन्यायी भएको, मलाई सुरक्षित नगर्नुभएको, मलाई बिरामी हुन दिनुभएको आरोप लगाएँ, र मैले आफ्नो कर्तव्यको लागि मेरो पढाई, मेरो परिवार र मेरो जवानीको त्याग गरेकोमा पछुतो समेत गरें। आफ्‍नै बारेमा चिन्तन गर्दै, मैले सोचेँ, “विश्‍वासका यी वर्षहरूमा मैले आफ्नो कर्तव्य पूरा गर्नका लागि कसरी सबै कुरा त्याग्न सकेँ?” मेरो दृष्टिकोण गलत भएकोले यसो भएको हो भन्‍ने मैले महसुस गरें। मैले सोचेको थिएँ कि जबसम्म मैले परमेश्‍वरको लागि बलिदानहरू दिन्छु र आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्छु, तबसम्‍म परमेश्‍वरले मलाई आशीर्वाद दिनुपर्छ मेरो रोग निको पार्नुपर्छ, र मलाई खतराबाट जोगाउनुपर्छ। त्यसो भएमा म विपत्तिहरूबाट उम्कन्थें र मर्दिनथें, म जीवित रहन्थें र मैले एउटा असल लक्ष्य र गन्तव्य पाउँथे। म कष्ट भोग्न र कर्तव्यको लागि मूल्य तिर्न इच्छुक भएको एक मात्र कारण यही थियो। परमेश्‍वरमा विश्‍वास गर्ने र आफ्नो कर्तव्य पूरा गर्ने मेरो प्रेरणा आशीर्वाद पाउनु नै थियो। जब मेरो अवस्था गम्भीर भयो, मेरा आशीर्वाद पाउने आशाहरू चूर भए, र सत्यलाई पछ्याउने मेरो अठोट र कर्तव्य पूरा गर्ने मेरो प्रेरणा हराए। मैले आफ्नो हृदयमा परमेश्‍वरसँग बहस समेत गरें। म आफ्नो विश्‍वासमा आशीर्वादहरू मात्र खोज्थें भन्‍ने मैले महसुस गरेँ। जब म बिरामी परेँ, मैले केवल आफ्नै भविष्यका बारेमा मात्रै सोचेँ र मेरा आफ्नै स्वार्थहरूको बारेमा विचार गरें—मैले परमेश्‍वरको इच्छा खोजी पटक्कै गरिनँ, तर परमेश्‍वरलाई दोष समेत लगाएँ, गलत अर्थमा बुझेँ, र धोका दिएँ। म अत्यन्तै स्वार्थी र घृणास्पद थिएँ! मेरा यी सबै विचारहरूले वास्तवमा परमेश्‍वरलाई चोट पुर्‍याएको र निराशमा पारेको थियो। मेरो विश्‍वास सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नको लागि, वा सत्यको खोजी गर्न थिएन भन्ने बारेमा तथ्यहरूले मलाई देखायो। यो केवल शान्त जीवनको लागि थियो र एक असल लक्ष्य र गन्तव्य पाउनका लागि थियो। म परमेश्‍वरसँगको मेरो कष्टलाई भविष्यका इनामहरू र आशिषहरूसँग साट्न चाहन्थें। के मैले परमेश्‍वरलाई प्रयोग गरिरहेको र उहाँलाई धोका दिन खोजिरहेको थिइन? पावलले धेरै वर्ष काम गरे र धेरै कष्ट भोगे र अन्तमा शहीद भए, तर उनले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नको लागि काम गरिरहेका थिएनन्। उनले इनाम पाउन र मुकुट पाउनलाई यसो गरे। मैले अन्ततः यो महसुस गरें, मैले पावलकै बाटो हिँडिरहेको थिएँ। परमेश्‍वर पवित्र र धर्मी हुनुहुन्छ। उहाँले कसरी मोलतोल गर्नमा यति एकाग्रचित्त र उहाँलाई धोका दिन यति एकाग्रचित्त म जस्तोलाई उहाँको राज्यमा अनुमति दिन सक्नुहुन्थ्यो? यो विचार गर्दा, अन्तमा मैले बुझेँ कि मैले अहिले सामना गरिरहेको यो रोगको परीक्षाद्वारा परमेश्‍वरले मलाई खुलासा गर्दैहुनुहुन्थ्यो र मुक्ति दिँदै हुनुहुन्थ्यो। यो परीक्षाविना, म अझै पनि मेरो विश्‍वासका सबै उद्देश्यहरू र कलङ्कहरू बारे, र म परमेश्‍वरले दोषी ठहर्नुभएको पावलकै बाटोमा हिंड्दैथिएँ भन्‍नेबारे अझै अनजान नै हुन्थें। यस विचार गरेपछि, यो रोग लागेको बारेमा म त्यति धेरै दु:खी भइन, बरु यसप्रकारले मलाई खुलासा गर्नुभएको र मुक्ति दिनुभएकोमा परमेश्‍वरलाई धन्यवाद दिएँ। सतहमा यो एक रोग थियो, एक नराम्रो चीज थियो, तर यसभित्र परमेश्‍वरको साँचो प्रेम र मुक्ति लुकेको थियो। परमेश्‍वरले मलाई मेरो विश्‍वासमा भएका सबै कलङ्कहरू धुन विश्‍वासको सही मार्गमा डोर्याउँदै हुनुहुन्थ्यो।

जब मैले यी सबै कुराबारे विचार गरें, मैले सोचेँ, “परमेश्‍वर मानिसलाई धुन र मुक्ति दिन देहधारी हुनुभयो र उहाँले सत्य व्यक्त गरिरहनुभएको छ। उहाँले निःस्वार्थ भएर हामीलाई जीवन दिनुहुन्छ र बदलामा केही माग्नुहुन्न।” परमेश्‍वरको हृदय कति सुन्दर र असल छ भन्ने मैले महसुस गरें। तब मैले आफ्नो बारेमा सोचेँ, परमेश्‍वरको अनुग्रह र आशिषहरूको आनन्द लिँदै, परमेश्‍वरका वचनहरूद्वारा यति धेरै पानी हालिँदै र भरणपोषण हुँदै, तर परमेश्‍वरको प्रेमको ऋण तिर्नका लागि कुनै विचारै नगरीकन, मेरो कर्तव्यमा परमेश्‍वरसँग मोलतोल गर्ने प्रयास गर्दै, र जब म बिरामी परेँ, मैले परमेश्‍वरलाई दोष लगाउने र गलत रूपमा बुझ्ने गरें। यो सोच्दा मलाई धेरै लज्जित र असजिलो महसुस भयो। म यति स्वार्थी र घृणित भएकोमा मैले आफैलाई घृणा गरें! परमेश्‍वरले मेरा भित्री विचारहरूलाई निरन्तर जाँच्दै हुनुहुन्थ्यो जबकी मैले कस्तो व्यवहार गरिरहेको छु त्यो शैतानले हेरिरहेको थियो। म शैतानको हाँसोको पात्र बन्न सक्दिनथिएँ। म परमेश्‍वरको पक्षमा उभिनुपर्थ्यो, उहाँको प्रबन्धहरूमा समर्पित हुनुपर्थ्यो र पाठहरू राम्ररी सिक्नुपर्थ्यो। त्यसपछि मैले परमेश्‍वरलाई प्रार्थना गरें। मैले भनेँ, “परमेश्‍वर, म आशीर्वादको लागि मेरो चाहना छोड्न चाहन्छु र मेरो भविष्यको बारेमा अब अरू सोच्‍न चाहन्‍नँ। चाहे म निको भए पनि वा नभए पनि, म तपाईंको आज्ञा पालन गर्न र शैतानलाई लज्जित पार्न तपाईंको लागि साक्षीको रूपमा खडा हुन चाहन्छु।” मेरो प्रार्थना पछि मैले निकै शान्त महसुस गरें र अब उप्रान्त मेरो आफ्नो बारेमा त्यति धेरै सोचिनँ। त्यसपछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरले हामीलाई जिउन दिनुहुन्छ, त्यसैले हामीले हाम्रा कर्तव्यहरू राम्ररी निर्वाह गर्नुपर्छ। हामीले जिउने हरेक दिन हामीले निर्वाह गर्नुपर्ने एक कर्तव्य हो। हामीले परमेश्‍वरको आज्ञालाई हाम्रो सबैभन्दा पहिलो कामको रूपमा लिनुपर्छ र हामीले हाम्रा कर्तव्यहरूलाई जीवनको सबैभन्दा ठूलो कुरा मानेर कर्तव्यपालन गर्नुपर्छ। हामीले हाम्रा कर्तव्यहरूको पूर्ण पूर्णताको खोजी गर्न नसके तापनि हामीले हाम्रो विवेकअनुसार कार्य गर्छौं र शैतानलाई हामी विरुद्ध आरोप लगाउन नसक्ने तुल्याउँछौं, अनि हामीले विवेकको कुनै ग्लानि विना नै परमेश्‍वरलाई सन्तुष्ट पार्न थाल्छौं र हामीसँग कुनै अफसोस हुँदैन। परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिले आफ्‍नो कर्तव्यलाई यही आचरणका साथ लिनुपर्छ” (ख्रीष्टका वार्तालापहरूका अभिलेखहरू)। आमेन! म अलि निको हुन्छु कि हुँदिन सो मलाई थाहा थिएन, तर मैले गर्न सक्ने कुरा भनेको परमेश्‍वरले मलाई दिनुभएको कर्तव्यमा रहिरहनु थियो। त्यसपछि म मेरो रोगले गर्दा पछाडि हटिन र म आफ्नो कर्तव्य तनमनले पूरा गर्न सक्षम भएँ।

पछि म मेरो रोगको बारेमा बुझ्न फेरि अस्पताल गएँ। डाक्टरले म ठीक हुँदै गइरहेको छु र मेरो कलेजोको कार्य सामान्य छ भन्‍ने बताए। मेरो रगत अत्याधिक संक्रमित थियो, तर अरू सबै कुरा ठीक-ठाक थियो। उनले मलाई चिन्ता नगर्न र मलाई सामान्य उपचारको अवधि मात्र चाहिन्छ भन्‍ने कुरा बताए। जब डाक्टरले यसो भने, म मेरो हृदयमा परमेश्‍वरलाई धन्यवाद नदिई बस्‍न सकिन! मलाई परमेश्‍वरले कृपा गरिरहनुभएको छ भन्‍ने महसुस गरें। म अत्यन्त स्वार्थी र नीच थिएँ, नाफा कमाउन मात्र खोज्थें, मैले केही कर्तव्य गरेको सट्टामा परमेश्‍वरबाट केही चाहने, परमेश्‍वरलाई धोका दिने र उहाँलाई घृणा गर्ने गरेको थिएँ, तर उहाँले मेरो विद्रोहीपनलाई बेवास्ता गर्नुभयो। उहाँले मलाई अन्तर्दृष्टि दिन र मलाई उहाँको कामको अनुभवमा डोर्याउन आफ्ना वचनहरूको प्रयोग गरिरहनुभयो ताकि मैले मेरो विश्‍वासमा भएका गलत उद्देश्यहरू र दृष्टिकोणहरूलाई बुझ्न सकूँ। परमेश्‍वरको प्रेम कति महान छ भन्‍ने मैले साँचो रूपमा अनुभव गरेँ! त्यसपछि, मैले आफ्नो सबै कुरा मेरो कर्तव्य गर्नमा नै लगाएँ। यो परीक्षा र शोधनमार्फत मैले केही प्रवेश प्राप्त गरेको छु र मेरो कद थोरै बढेको छ भन्‍ने मलाई लाग्यो। त्यसैले जब परमेश्‍वरले मेरो लागि एक परीक्षाको व्यवस्था गर्नुभयो, फेरि एक पल्ट मेरो खुलासा भएकोमा म छक्क परेँ।

एक महिनापछि, मेरो अगुवाले मलाई अर्को जाँचको लागि अस्पताल जान भनिन्। यदि मेरो रोग अत्यन्त संक्रामक भए म गएर अरूबाट टाढा एकलै बस्नुपर्छ भनी उनले बताइन्। उनले यसो भनेको सुन्दा यो एउटा ठूलो ढुङ्गाले मेरो छातीमा थिचिरहेको झैँ, अत्यन्तै दुःखलाग्दो थियो। मेरो मन अशान्त भयो: “यदि मलाई अरूबाट टाढा राखियो भने, मैले भेलाहरूमा जान वा मण्डलीको जीवन बिताउन सक्नेछैन। यदि एक दिन म साँच्चिकै बिरामी परेँ र कसैलाई यसको बारेमा थाहा भएन भने मैले के गर्नेछु? जब ठूला विपत्तिहरू आउँछन्, दाजुभाइ तथा दिदीबहिनीहरू सबै एक ठाउँमा भेला हुन र सङगति दिन, र एक अर्कालाई सहयोग र समर्थन गर्न सक्छन्। तर म त पूर्ण रूपमा एकलै हुनेछु। के म दृढ भएर खडा हुन सक्‍नेछु?” मैले जति धेरै यसको बारेमा सोचेँ, म उति नै उदास भएँ। अगुवाले मलाई सङगति दिइन् र मलाई परमेश्‍वरको शासनमा समर्पित हुन सिक्नुपर्छ भनी भनिन्। मैले यस्तो अवस्थामा परमेश्‍वरको इच्छाको अझ बढी खोजी गर्नुपर्दछ र आशीर्वाद पाए पनि या सङ्कष्ट परे पनि, अय्यूबले जस्तै परमेश्‍वरको प्रशंसा गर्नुपर्दछ भनी उनले भनिन्। यो सुनेर म उत्प्रेरित भएँ, र मैले मेरो पछिल्लो अनुभव सम्झेँ। मैले यो अर्को परीक्षा र शोधन हो भन्‍ने महसुस गरें। तर यस पटक म शैतानको पासोमा पर्ने थिइन। तब मैले परमेश्‍वरका वचनहरू वचनको भिडियो हेरें। सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “अय्यूबले परमेश्‍वरसँग व्यापारको कुरा गरेनन्, र परमेश्‍वरसँग कुनै अनुरोधहरू वा मागहरू गरेनन्। तिनले परमेश्‍वरको नामको प्रशंसा गर्नुको कारण सबै थोकमाथि शासन गर्ने परमेश्‍वरको महान् शक्ति र अधिकारका निम्ति थियो, र त्यो तिनले आशिष् पाएको वा विपत्तिले प्रहार गरिएको कुरामा निर्भर थिएन। परमेश्‍वरले चाहे मानिसहरूलाई आशिष् दिनुभए पनि वा तिनीहरूमाथि विपत्ति ल्याउनुभए पनि, परमेश्‍वरको शक्ति र अख्तियार परिवर्तन हुँदैन, यसैले कुनै व्यक्तिका परिस्थितिहरू जस्तो सुकै भए पनि परमेश्‍वरको नाउँको प्रशंसा गरिनुपर्छ भन्‍ने तिनले विश्‍वास थियो। परमेश्‍वरको सार्वभौमिकताको कारण मानिसले परमेश्‍वरद्वारा आशिष् पाउँछ, र जब मानिसमाथि विपत्ति आइलाग्‍छ, त्यो पनि परमेश्‍वरको सार्वभौमिकताकै कारणले हो। परमेश्‍वरको शक्ति र अख्तियारले मानिसको सम्बन्धका सबै कुरामाथि शासन र प्रबन्ध गर्छ; मानिसको भाग्यका परिवर्तनहरू परमेश्‍वरको शक्ति र अख्तियारका प्रकटीकरणहरू हुन्, र व्यक्तिको दृष्टिकोण जस्तै भए पनि, परमेश्‍वरको नाउँको प्रशंसा गरिनुपर्छ। अय्यूबले आफ्‍नो जीवनका वर्षहरूको अवधिमा यही कुरा अनुभव गरे, र यही कुरा थाहा पाए। अय्यूबका सबै विचार र कार्यहरू परमेश्‍वरको कानमा पुगे र परमेश्‍वर सामु आइपुगे र परमेश्‍वरले त्यसलाई महत्त्वपूर्ण कुराको रूपमा हेर्नुभयो। परमेश्‍वरले अय्यूबको यो ज्ञानको कदर गर्नुभयो, र त्यस्तो हृदय भएकोमा अय्यूबलाई मूल्यवान् ठान्नुभयो। त्यो हृदयले सधैँ परमेश्‍वरको आज्ञालाई पर्खन्थ्यो र जुनै समय वा ठाउँमा पनि, सबै स्थानहरूमा आफूमाथि आइपरेको जुनसुकै कुरालाई त्यसले स्वागत गर्थ्यो। अय्यूबले परमेश्‍वरसँग कुनै माग गरेनन्। तिनले परमेश्‍वरबाट आएका सबै प्रबन्धहरू पर्खने, स्वीकार गर्ने, सामना गर्ने, र पालन गर्ने माग आफैसँग गरे; त्यसो गर्नु तिनको कर्तव्य हो भन्‍ने विश्‍वास अय्यूबले गरेका थिए, र परमेश्‍वरले पनि ठीक त्यस्तै चाहनुहुन्थ्यो” (वचन शरीरमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २”)। यो हेर्दा मैले आफैप्रति धेरै लज्जित महसुस गरें। अय्यूबले परमेश्‍वरको नामलाई उचालेको कुरा केवल खोक्रा शब्दहरू थिएनन्। उसको प्रशंसा उसको हृदयको गहिराइबाट आयो। अय्यूबलाई परमेश्‍वरको अख्तियार, उहाँको सर्वशक्तिमान्‌ता र सार्वभौमिकताबारे थाहा थियो। त्यसैले उनको हृदयमा परमेश्‍वरको डर थियो र उनले परमेश्‍वरलाई वास्तवमा परमेश्‍वरको रूपमा व्यवहार गर्न सक्षम थिए। त्यसैले परमेश्‍वरले जस्तो योजनाबद्ध कार्य र प्रबन्ध गर्नुभए पनि उनले केही गुनासो वा माग गरेनन्। अय्यूबले परमेश्‍वरसँग मोलतोल गर्न खोजेनन्। उनले आशीर्वाद पाए पनि वा विपत्ति आइपरे पनि उनले केवल आज्ञा पालन गरिरहे। उनी परमेश्‍वरको आज्ञा पालन गर्नुलाई आफ्नो जीवनभन्दा बढी महत्वपूर्ण ठान्थे। मैले आफ्नो बारेमा सोचेँ: जिद्दीपूर्ण रूपमा आशिषहरूको खोजी गर्दै, मैले परमेश्‍वरसँग किन बारम्बार मोलतोल गर्ने प्रयास गरें? किनकि मेरो हृदयमा परमेश्‍वरको स्थान थिएन, र मलाई आफ्नो हृदयमा परमेश्‍वरको डर थिएन। मैले मेरो भविष्यलाई र आशिष पाउने कुरालाई एकदमै धेरै महत्त्व दिएँ, र त्यसैले म बिरामी हुँदा म परमेश्‍वरमा समर्पित भइन। परमेश्‍वरको अनुग्रहले मैले केही आशिषहरू पाउन सकेँ, र ममाथि यो परीक्षा ल्याउने परमेश्‍वरकै नियम थियो। ढुक्कसँग भन्न सकिन्छ कि मसँग भएको सबै थोक परमेश्‍वरले नै मलाई दिनुभएको थियो, त्यसैले यदि उहाँले ती सबै चीजहरू लैजानुभयो भने त्यो परमेश्‍वरको धार्मिकता हुनेछ! मजस्तो कमिलोभन्दा सानो प्राणीलाई, कुन कुराले परमेश्‍वरसँग तर्क गर्न योग्य बनायो? त्यसैले म उहाँका योजनाबद्ध कार्यहरूमा र प्रबन्धहरूमा समर्पित हुन तयार हुनेछु भनेर मैले परमेश्‍वरसँग दृढ संकल्प गरें। यदि म अरूबाट छुट्टै बस्नुपर्छ भने, त्यस्तै होस्। परमेश्‍वरले मलाई जहाँ राख्नुभए पनि, विपत्ति नै आए पनि, म गुनासो गर्नेछैन। म जहाँ भए पनि, परमेश्‍वरको प्रेमको ऋण तिर्न म मेरो कर्तव्य गर्नेछु। पछि म मेरो जाँचको लागि अस्पताल गएँ। म त्यहाँ जाँदा बाटोमा अलि व्याकुल थिएँ। मैले हृदयमा परमेश्‍वरलाई प्रार्थना गरिरहेँ र उहाँका वचनहरूमा चिन्तन गरिरहेँ, र मलाई उहाँको समर्थन छ जस्तो लाग्यो। अस्पतालसम्मको त्यो बाइक यात्रा साँच्चै सजिलो लाग्यो। जब म त्यहाँ पुगेँ, डाक्टरले भने, “बधाई छ! गत महिना तपाईंको रगतमा प्रति मिलिलिटरमा भाइरसका १.७ अरब प्रतिहरू थिए। अब, केवल ५ लाख ६० हजार मात्र छ र तपाईं धेरै संक्रामक हुनुहुन्न।” केवल एक महिनामा यस्तो कमी देखिनु अति राम्रो भएको पनि उनले भने। यो सुनेर म परमेश्‍वरप्रति कृतज्ञताले भरिएँ। मैले परमेश्‍वर साँच्चै कति जीवित र वास्तविक हुनुहुन्छ भन्ने महसुस गरें। सबै चीजहरूको शासन र व्यवस्था गर्दै उहाँ मेरो छेवैमा हुनुहुन्थ्यो। मैले ठीक त्यतिखेर, मेरो हृदयमा परमेश्‍वर घनिष्ठ हुनुभएको महसुस गरें र परमेश्‍वरले हामी प्रत्येकको लागी प्रबन्ध गर्नुहुने परिस्थितिहरू कत्ति अचम्मका र व्यावहारिक हुन्छन् भनेर मैले प्रशंसा गरें!

यस परीक्षा र शोधनको सामना गर्दा यसले आशिषहरूको लागि मेरो इच्छा र मेरो घृणित मनसाय पूर्णरूपमा स्पष्ट पारिदियो। मेरो खोजीको गलत दृष्टिकोण र मेरो भ्रष्ट स्वभावको बारेमा मैले केही बुझाइ प्राप्त गरें। परमेश्‍वरको सार्वभौमिकताप्रति पनि ममा व्यावहारिक सराहना थियो। यो सबै परमेश्‍वरको वचनका न्याय, सजाय, परीक्षाहरू र शोधनहरूको अनुभवबाट आएको हो। मैले वास्तवमै के महसुस गरें भने परमेश्‍वरले मानिसहरूलाई खुलासा गर्न र हटाउनको लागि तिनीहरूलाई परीक्षा र शोधन गर्नुहुन्न। उहाँले मेरो शैतानिक भ्रष्ट स्वभावहरू धुन र परिवर्तन गर्नका लागि यो गर्नुभयो। अब म कहिले पूर्ण रूपमा हेपाटाइटिस-रहित हुनेछु भनेर सोच्दिनँ। म केवल परमेश्‍वरका प्रबन्धहरूमा समर्पित हुन, भविष्यका कुनै पनि परीक्षाहरू र शोधनहरूमा मेरो कर्तव्य प्रति सत्य रहन, गम्भीर भएर सत्यको खोजी गर्न र सबै भ्रष्टताबाट शुद्ध पारिन चाहन्छु! परमेश्‍वरलाई धन्यवाद!

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको सारको ज्ञान तेरो कल्‍पनामा भर परेर हासिल गर्न सकिँदैन। परमेश्‍वरको अख्तियारलाई जान्‍नको लागि तँ कल्‍पनामा भर पर्न नसक्‍ने हुँदा, तैँले कुन तरिकाले परमेश्‍वरको अख्तियारको साँचो ज्ञान हासिल गर्न सक्छस्? यसो गर्ने तरिका भनेको परमेश्‍वरका वचनहरू खाने र पिउने कार्यद्वारा, सङ्गतिद्वारा, र परमेश्‍वरका वचनहरूको अनुभवद्वारा हो। यसरी, तैँले परमेश्‍वरको अख्तियारको क्रमिक अनुभव र प्रमाणीकरण पाउनेछस् र यसको बारेमा क्रमिक बुझाइ र बढ्दो ज्ञान प्राप्त गर्नेछस्। परमेश्‍वरको अख्तियारको ज्ञान हासिल गर्ने एउटै मात्र तरिका यही नै हो;

हृदयको छुटकारा

एक समय थियो म लगातार ईर्ष्यालु, भ्रष्ट स्वभाव लिएर बाँचिरहेको थिएँ। यो निकै पीडादायक थियो। मैले यसलाई जित्न वा छोड्न सकिनँ। मलाई मेरो खिल्ली उडाउँछन् भन्ने ठूलो डर हुन्थ्यो। यो दबाबपूर्ण अत्याचार थियो। ती साँच्चिकै थकाइ लाग्दो, कठिन समयहरू थिए। मलाई मेरो शैतानिक स्वभावको बन्धनबाट उम्कन अगुवाइ गर्ने परमेश्‍वरको वचन थियो। र यसले मेरो आत्मालाई स्वतन्त्र तुल्यायो।

एक अधिकृतको पश्‍चात्ताप

सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी गर्नुभएका सबै प्रेम हो। तैंले देखेको सजाय र न्याय पनि प्रेम नै हो, अझ सत्य र अझ बढी साँचो प्रेम, एउटा यस्तो प्रेम जसले मानिसहरूलाई जीवनको सही मार्गमा डोऱ्याउँछ। … उहाँले गर्नुभएका सबै कामहरूको उद्देश्य मानिसहरूलाई मानव जीवनको सही मार्गमा डोऱ्याउनु हो, यसैले कि तिनीहरू सामान्य मानिसहरू जस्तो जिउन सकून्, किनकि तिनीहरू कसरी जिउनुपर्छ भनी जान्दैनन्, र यो अगुवाइविना तैँले रित्तो जीवन मात्र जिउनेछस्; तेरो जीवन मूल्य विहीन वा अर्थरहित हुनेछ, र तँ एक सामान्य व्यक्ति बन्‍न सक्‍नेछैनस्। मानिसलाई जित्नुको सबैभन्दा गहिरो अर्थ यही हो”

Leave a Reply