कठिनाइ मार्फत समर्पित हुन सिक्नु

15 अक्टोबर 2021

लि याङ्ग, चीन

इ.सं. २००८ को सुरुमा, मेरो छोरोको कानको पछाडिको भागमा गाँठो देखा परेको रहेछ भन्‍ने मैले थाहा पाएँ। मैले उनलाई जाँच गर्न अस्पताल लगेँ अनि डाक्टरले यो हड्डीहरूलाई नष्ट गर्ने खास प्रकारको ट्युमर हो भनेर भने। त्यो बेला यो जीवन जोखिममा पार्ने किसिमको थिएन, तर कुनै प्रभावकारी उपचार थिएन, र यो साँच्चिकै पीडादायी कुरा हो किनकि यो खराब हुँदा हरेक पटक, मेरो छोरोको सङ्क्रमित हड्डी हटाउन शल्यक्रिया गर्नुपर्छ भनेर उनले भने। अन्यथा, उनको जीवन खतरामा पर्न सक्थ्यो। डाक्टरको कुरा सुनेपछि म पूर्ण रूपमा स्तब्ध भएँ। म अत्यन्तै दु:खित भएँ। म त्यस बेला नयाँ विश्‍वासी थिएँ र मैले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, उहाँ मेरो चट्टान हुनुपर्छ भन्‍ने मैले ठानेँ। मैले आफैलाई विश्‍वासमा दृढ रहन आग्रह गरें। जबसम्म म परमेश्‍वरमा भर पर्दछु, मेरो छोरो पक्कै निको हुनेछ भन्‍ने मेरो विश्‍वास थियो। मेरो छोराको शल्यक्रिया पूर्ण रूपमा सफल भयो र ऊ चाँडै निको भयो। उसको शल्यक्रियाको तीन दिनपछि ऊ यता-उता दगुर्नथाल्यो, र एक हप्तापछि उसलाई डिस्चार्ज दिइयो। त्यसपछि, मैले आफ्नो विश्‍वासमा अझ बढी प्रेरणा पाएको महसुस गरें। मण्डलीले मलाई खटाएको कुनै पनि काम मैले खुसीसाथ स्विकारेँ अनि मलाई दिइएको कर्तव्य मैले सधैँ पूरा गर्थेँ, चाहे घाम लागोस् वा पानी परोस्। मेरो परिवारले यो बुझ्न सकेको थिएन र मेरो नजिकका मान्छेहरूले जहिले पनि मेरो पछाडि केही कुराहरू गरिरहेका हुन्थे, तर मैले यसलाई हृदयमा लिइनँ। जबसम्म मैले कठोर परिश्रम गरिरहन्छु र आफैलाई समर्पित गरिरहन्छु, तबसम्‍म मैले परमेश्‍वरको आशिष पाइरहनेछु भन्‍ने मलाई लाई लाग्यो।

एक दिन, मेरो छोरो कम्मर समात्दै मकहाँ आयो र उसलाई त्यहाँ दुखिरहेको छ भनेर भन्यो। उसको अनुहारमा पीडा देखेर मलाई नराम्रो लाग्यो। मैले तुरुन्तै उसको शर्ट माथि उठाएँ र जहाँ उसले दुख्छ भनेर भनेको थियो त्यहाँ एउटा गाँठो बढेको रहेछ। जब मैले हल्का रूपमा त्यहाँ छोएँ ऊ पीडाले करायो र उसको पहिकेकै अवस्था दोहोरिएको हो भन्ने मलाई थाहा भयो। मैले उसलाई तुरुन्तै अस्पतालमा लगेँ। उसको रोग फेरि बल्झिएको छ भन्‍ने एउटा परीक्षणले पुष्टि गर्‍यो। मैले कोसिस गरेर पनि आफ्नो छोराको ट्युबले भरिएको पहिलो शल्यक्रिया नसम्झी बस्‍न सकिन। ऊ कमजोर देखिन्थ्यो अनि म कष्टमा थिएँ। उसले यस पटक कति कष्ट सहनुपर्छ त्यो मैल सोच्‍न पनि सकिन। उसले यति सानो उमेरमा भोग्नुपर्ने पीडा सम्झिँदा म यति धेरै चिन्तित हुन्थें, कि म खान र निदाउन पनि सक्दिनथिएँ। मैले मेरो सम्पूर्ण हृदयले उसको त्यो रोग लिने अनि उसको कष्ट भोग्ने चाहना गरें। म विश्‍वासी बनेदेखि नै मैले खूबै मेहनत गर्दै आएको भए पनि, परमेश्‍वरले किन मेरो परिवारको हेरचाह गरेर सुरक्षा गर्नुभएन भनेर मैले बुझ्न सकेकी थिइन। त्यही दिन हाम्रो गाउँकी एक जना सिस्टर मलाई भेट्न आइन्, र उनको सङ्गतिको आधारमा मैले परमेश्‍वरले केही कुरा हुन दिनुभएको कारण मेरो छोरो बिमारी परेको हो भनेर मैले बुझेँ। मैले परमेश्‍वरलाई प्रार्थना र भरोसा गर्नुपर्थ्यो, मेरो विश्‍वासमा निर्भर भएर उहाँको साक्षी बन्नु, र मेरो कर्तव्य पूरा गर्न दृढ रहनु पर्नेथियो‍। म सङ्गतिहरूमा गइरहेँ र म अझै धेरै कर्तव्यहरूमा लागिपरेँ। भेलाहरूमा, मैले यो अनुभव मेरा दाजुभाइ-दिदीबहिनीहरूसँग बाँडेँ। विश्‍वासयोग्य बनेकोमा तिनीहरूले मेरो प्रशंसा गरिरहेका थिए। उनीहरूले यसरी मेरो प्रशंसा गरेको सुन्दा, म परमेश्‍वरको सामु साक्षीको रूपमा खडा भइरहेकी छु र उहाँले मेरो छोरालाई आशिष् दिनुहुनेछ भन्‍ने बारेमा म अझै निश्‍चित भएँ।

त्यसपछि मेरो छोराको रोग पाँचौं पटक देखा पऱ्यो, र डाक्टरले उसको रोग देखा पर्ने क्रम धेरै भइरहेको छ, लगभग हरेक छ महिनामा यो देखा परिरहेको छ, र यदि यो क्रम चलिरह्यो भने यो घातक हुनेछ भनेर बतायो। उनले केमोथेरापी र रेडिएसन गरेर हेर्ने सुझाव दिए। जब मैले यो सुनें, म भित्री रूपमा अत्यन्तै दु:खित भएँ। म यति पीडामा थिएँ कि मैले परमेश्‍वरसँग तर्क गर्न थालें: “म हरेक दिन धेरै कठोर परिश्रम गर्छु, चाहे वर्षा होस् वा घाम लागोस्, र अरूले जसरी कुरा काटे पनि वा आक्रमण गरे पनि मैले तपाईंलाई इन्कार गरेको छैन। मैले मेरो कर्तव्य पूरा गरिरहेकी छु। किन तपाईंले मेरो छोराको रक्षा गर्नुहुन्न?” म गुनासोहरूले पनि भरिएकी थिएँ। म भेलाहरूमा गइरहेकी थिएँ र आफ्नो कर्तव्य पूरा गरिरहेकी थिएँ, तर मेरो हृदय परमेश्‍वरबाट धेरै टाढा हुँदै गइरहेको थियो। म प्रायजसो परमेश्‍वरका वचनहरूको पुस्तक समातेर टोलाइरहेकी हुन्थें। म साँच्चि नै कष्टमा थिएँ। मैले मेरो हृदय परमेश्‍वरमा पोखाएँ: “हे परमेश्‍वर, म अहिले धेरै पीडामा छु। मलाई थाहा छ, मैले मेरो छोराको स्वास्थ्य समस्याको लागि तपाईंलाई दोष दिनु हुँदैन, तर म तपाईंको इच्छालाई वा यसबाट कसरी मुक्त हुने भन्‍ने बुझ्दिन। हे परमेश्‍वर, तपाईंको इच्छा बुझ्न मलाई मार्गदर्शन दिनुहोस्।” मैले मेरो प्रार्थनापछि परमेश्‍वरका यी वचनहरूको बारेमा विचार गरेँ: “मानिलिऊँ, अय्यूबले परमेश्‍वरको साक्षी दिएपछि उहाँले तिनलाई हटाउनुभयो: त्यस बेला पनि परमेश्‍वर धर्मी नै हुनुहुनेथियो।” तब मैले तुरुन्तै परमेश्‍वरका वचनहरूको यो भजन भेट्टाएँ: “धार्मिकता कुनै पनि हिसाबले उचित वा न्यायसंगत हुँदैन; यो समानतावाद होइन, वा यो तैँले कति काम पूरा गरेको छस् त्यसको आधारमा तैँले पाउनु पर्ने उचित थोक तँलाई दिनु, वा तैँले पूरा गरेको कामको ज्याला तँलाई दिनु, वा तैँले कति कोसिस गरिस् त्यसको आधारमा तँलाई दिनु पर्ने कुरासँग सम्‍बन्धित कार्य होइन। यो धार्मिकता होइन। मानिलिऊँ, अय्यूबले परमेश्‍वरको साक्षी दिएपछि उहाँले तिनलाई हटाउनुभयो: त्यस बेला पनि परमेश्‍वर धर्मी नै हुनुहुनेथियो। यसलाई किन धार्मिकता भनिन्छ? एक मानवीय दृष्टिकोणबाट हेर्दा, यदि कुनै कुरा मानिसहरूका धारणाहरूसँग मेल खान्छ भने, तिनीहरूले सहजै परमेश्‍वर धर्मी हुनुहुन्छ भनी भन्छन्; तापनि, यदि तिनीहरूले ती कुराहरू आफ्ना धारणाहरूसँग मेल खाएका देख्दैनन् भने—यदि त्यो तिनीहरूले बुझ्न नसक्ने कुरा हो भने—तिनीहरूलाई परमेश्‍वर धर्मी हुनुहुन्छ भन्न गाह्रो पर्छ। परमेश्‍वरको सार धार्मिकता हो। उहाँले जे गर्नुहुन्छ त्यसलाई बुझ्न सजिलो नभए पनि, उहाँले गर्नुहुने सबै कार्य धर्मी हुन्छन्; यति मात्र हो कि मानिसहरूले त्यो बुझ्दैनन्। जब परमेश्‍वरले पत्रुसलाई शैतानको हातमा दिनुभयो, तब पत्रुसले कस्तो प्रतिक्रिया गरे? ‘मानवजाति तपाईंले गर्नुहुने काम बुझ्न असमर्थ छ, तर तपाईंले गर्नुहुने सबै कार्यमा तपाईंको भलो इच्छा सामेल छ; ती सबैमा धार्मिकता छ। तपाईंका बुद्धिमानी कार्यहरूका लागि म तपाईंको प्रशंसा उच्चारण नगरी कसरी सक्छु र?’ परमेश्‍वर गर्नुहुने सबै कुरा धर्मी हुन्छ। तैँले यस कुरालाई बुझ्न नसक्ने भए पनि, तैँले आफ्नै इच्छामा फैसला गर्नु हुँदैन। यदि उहाँले गर्नुभएको कुनै काम तँलाई अनुचित लाग्छ भने, वा यदि तँसित त्यसको बारेमा कुनै धारणाहरू छन् भने, र त्यसले तँलाई उहाँ धर्मी हुनुहुन्‍न भन्ने बनाउँछ भने, तँ सबैभन्दा अविवेकी भइरहेको हुन्छस्। पत्रुसले कुनै बुझ्न नसकिने थोक भेट्टाए, तर तिनी ईश्‍वरीय बुद्धि उपस्थित छ र ती कुरामा उहाँको भलो इच्छा पनि छ भनी तिनी निश्चित थिए। मानिसहरूले सबै कुरा बुझ्न सक्दैनन्; तिनीहरूले बुझ्‍न नसक्‍ने कुरा धेरै छन्। परमेश्‍वरको स्वभाव जान्नु कुनै सजिलो कुरा होइन” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “परमेश्‍वरले गर्नुहुने हरेक कुरा धर्मी हुन्छ”)। जब मैले मेरो दिमागमा परमेश्‍वरका वचनहरू स्मरण गरिरहेकी थिएँ, तब मेरो हृदय हर्षित भयो। मैले सोचेको जस्तै परमेश्‍वरको धार्मिकता उचित र निष्पक्ष वा समतावादी थिएन, र यो आफ्नो कामको लागि क्षतिपूर्ति पाउने, मेहनतको फल पाउने कुरासँग सम्‍बन्धित थिएन। परमेश्‍वरका कार्यहरू मानवको लागि अतुलनीय छन्, तर उहाँले जे गर्नुभए पनि वा उहाँले व्यक्तिलाई जसरी व्यवहार गर्नुभए पनि, ती सबै धर्मी कार्य हुनेछन्। यो सबैमा परमेश्‍वरको बुद्धि समावेश हुन्छन्। किनभने उहाँको सार नै धर्मी छ। मैले परमेश्‍वरको धर्मी स्वभावलाई बुझेकी रहेनछु भन्‍ने मैले थाहा पाएँ। ममा कस्तो धारणा थियो भने, मैले परमेश्‍वरमा विश्‍वास गरेको हुनाले, उहाँले मेरो हेरचाह गर्नुपर्छ; मैले आफैलाई परमेश्‍वरमा समर्पित गरेको हुनाले, उहाँले मलाई हर प्रकारले भरिपूर्ण गर्नुपर्छ र मेरो मार्ग सहज तुल्याउनुपर्छ। मैले सोचेकी थिएँ, मैले परमेश्‍वरमा विश्‍वास गर्ने भएकोले मेरो पूरै परिवारले आशिष्‌ पाउनुपर्छ। के मैले परमेश्‍वरसँग सम्झौता गर्ने प्रयास गरिरहेकी थिइन र?

यो विचार गर्दै गर्दा, मैले परमेश्‍वरका वचनहरूको पुस्तक खोलेँ र यो खण्ड पढेँ: “तैँले खोजी गर्ने कुरा भनेको परमेश्‍वरमा विश्‍वास गरिसकेपछि शान्ति प्राप्त गर्न सक्षम हुनु हो, तेरा छोराछोरी रोग-बिमारीबाट मुक्त होऊन् भन्‍ने हो, तेरो श्रीमानले राम्रो जागिर पाओस् भन्‍ने हो, तेरो छोराले असल श्रीमती पाओस् भन्‍ने हो, तेरो छोरीले योग्य श्रीमान पाओस् भन्‍ने हो, तेरो गोरु र घोडाले राम्ररी खेत जोतून् भन्‍ने हो, तेरो बालीको लागि वर्षभरि राम्रो मौसम होस् भन्‍ने हो। तैँले खोजी गर्ने कुरा यही हो। तेरो खोजी भनेको आराममा जिउनु मात्र हो, तेरो परिवारमा कुनै दुर्घटना नघटोस् भन्‍ने हो, तँबाट भएर बतास चलोस् भन्‍ने हो, तेरो अनुहार धूलोले नछुओस् भन्‍ने हो, तेरो परिवारको अन्‍न-बाली बाढीले नबगाओस् भन्‍ने हो, तँलाई कुनै पनि विपत्तिले असर नपारोस् भन्‍ने हो, परमेश्‍वरको अङ्गालोमा बस्‍न पाऊँ, आरामदायी निवासमा बस्‍न पाऊँ भन्‍ने हो। सँधै शरीरको खोजी गर्ने तँजस्तो कायर—के तँमा हृदय छ, के तँसँग आत्मा छ? के तँ जनावर होइनस् र? सट्टामा केही पनि नमागीकन नै म तँलाई साँचो मार्ग दिन्छु, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्? मैले तँलाई साँचो मानव जीवन दिएको छु, तैपनि तँ यसलाई खोज्दैनस्। के तँ सुँगुर वा कुकुरभन्दा फरक छस् र? सुँगुरहरूले मानिसको जीवनको खोजी गर्दैनन्, तिनीहरू शुद्ध गरिने कार्यको खोजी गर्दैनन्, र जीवन के हो भन्‍ने कुरा तिनीहरूले बुझ्दैनन्। हरेक दिन, टन्न खाएपछि, तिनीहरू सुत्छन्। मैले तँलाई साँचो मार्ग दिएको छु, तैपनि तैँले यसलाई प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई जारी राख्‍न तयार छस्? त्यस्तो मानिसहरू जीवित हुनुको महत्त्व के छ र? तेरो जीवन तिरस्कारयोग्य र नीच छ, तँ फोहोर र दुराचारको बीचमा जिउँछस्, र तैँले कुनै पनि उद्देश्यहरूको खोजी गर्दैनस्; के तेरो जीवन सबैभन्दा नीच छैन र? के परमेश्‍वरलाई हेर्ने आँट तँसँग छ? यदि तैँले यस्तै अनुभव गरिरहिस् भने, के तैँले केही प्राप्त गर्नेछस् र?” (वचन देहमा देखा पर्नुहुन्छको “पत्रुसका अनुभवहरू: सजाय र न्याय सम्‍बन्धी उनको ज्ञान”)। परमेश्‍वरका वचनहरूले मेरो विश्‍वासमा लुकेका सबै मनसाय र असाधारण आशाहरूलाई उजागर गरिदिए। परमेश्‍वरका प्रत्येक प्रश्नले मलाई कहीँ लुक्ने ठाउँ दिएन। पछाडि फर्केर हेर्दा, सुरुदेखि नै मेरो विश्‍वास केवल आशिष् पाउनको लागि थियो। आफूलाई परमेश्‍वरको लागि समर्पित गरेको कारण, उहाँले मलाई शान्तिपूर्ण पारिवारिक जीवन र मेरो छोरोलाई स्वास्थ्य दिनुहुन्छ भन्‍ने मलाई लागेको थियो। यसैले मैले मेरा साथीहरू र परिवारले मलाई जसरी निन्दा गरे पनि, मैले मेरो कर्तव्य निरन्तर गरिरहेकी थिएँ। जब मेरो छोराको रोग फेरि देखा पर्‍यो, उहाँप्रति ममा साँचो विश्‍वास छ कि छैन भनेर परमेश्‍वरपले मलाई जाँच्दै हुनुहुन्छ भन्‍ने मलाई लाग्यो। जबसम्म मैले दुःखकष्टहरूको सामना गर्न सक्छु र परमेश्‍वरको साक्षी दिन सक्छु, तबसम्‍म उहाँले पक्कै पनि मलाई आशिष दिनुहुनेछ र मेरो छोराको स्वास्थ्य राम्रो हुनेछ भन्‍ने मैले ठानेकी थिएँ। त्यसकारण जब ऊ फेरि बिमारी भयो र उसको जीवन समेत जोखिममा पर्‍यो, तब आशिष र अनुग्रह सम्‍बन्धी मेरा आशाहरू एकै क्षणमा चकनाचूर भए। मैले परमेश्‍वरसँग गुनासो गर्न र तर्क गर्न थालें, र अन्याय गर्नुभएकोमा मैले परमेश्‍वरलाई दोष दिएँ। मैले आफ्नो कर्तव्य पूरा गर्ने मेरो जोश पनि गुमाएँ। ईश्‍वरीय वचनहरूको न्याय र प्रकाशले नै मलाई मेरो सबै मेहनत केवल परमेश्‍वरबाट आशिष् पाउनको लागि थियो भन्‍ने देखायो। यो पूर्ण रूपमा परमेश्‍वरसँग सम्झौता गर्नको लागि, परमेश्‍वरलाई धोका दिनको लागि थियो। यथार्थको सामना गरेपछि म पूर्ण रूपले विश्‍वस्त भएँ र परमेश्‍वर वास्तवमै पवित्र र धर्मी हुनुहुन्छ भन्‍ने मैले थाहा पाएँ। उहाँले हाम्रो हृदय र मष्तिष्क देख्न सक्नुहुन्छ। यदि यी परिस्थितिहरूले मेरो विश्‍वास कलङ्कित छ भनेर अनि मसँग खोजी सम्‍बन्धी गलत दृष्टिकोण छ भनेर नदेखाएको भए, म अझै पनि मेरो आफ्नै बाहिरी राम्रो व्यवहारबाट बहकाइएको हुनेथिएँ। मैले अझै पनि म अत्यन्त भक्त छु र परमेश्‍वरको निम्ति साक्षी भएर खडा भइरहेकी छु भनेर ठान्‍नेथिएँ। मैले आफूलाई चिनेकै रहेनछु भन्‍ने मैले थाहा पाएँ।

मैले पछि परमेश्‍वरका वचनहरूमा यो पढेँ: “मानिसको अवस्था र परमेश्‍वरप्रति मानिसको आचरणको सामना गरेपछि परमेश्‍वरले नयाँ काम गर्नुभएको छ, जसले मानिसलाई उहाँको ज्ञान प्राप्त गर्ने र उहाँप्रति आज्ञाकारी हुने साथै प्रेम र गवाही दुवै प्राप्त गर्ने तुल्याउँछ। यसैले, मानिसले परमेश्‍वरले गर्नुहुने उसको शोधनको, साथै उहाँको न्यायको, उसलाई निराकरण र काट-छाँट गर्ने कार्यको अनुभव गर्नुपर्दछ, जुनविना मानिसले परमेश्‍वरलाई कहिल्यै चिन्न सक्दैन र कहिल्यै पनि उहाँलाई साँच्चै प्रेम गर्न र उहाँको साक्षी दिन सक्दैन। परमेश्‍वरले मानिसमा गर्नुहुने शोधन एकतर्फी प्रभावका लागि मात्र होइन, तर बहु-पक्षीय प्रभावको खातिर हो। परमेश्‍वरले सत्यको खोजी गर्न इच्छुक व्यक्तिहरूमा उनीहरूको संकल्प र प्रेमलाई सिद्ध बनाउन, यस्तै प्रकारले मात्र शोधन गर्नुहुन्छ। जो सत्यको खोजी गर्न इच्छुक छन् र जसले परमेश्‍वरको उत्कट चाहना गर्दछन् उनीहरूका लागि यस्तो शोधन भन्दा धेरै अर्थपूर्ण वा ठूलो सहयोगपूर्ण कुरा अरू कुनै पनि हुँदैन। परमेश्‍वरको स्वभावलाई मानिसले यति सजिलैसँग जान्न वा बुझ्‍न सक्दैन, किनकि परमेश्‍वर, आखिरमा, परमेश्‍वर नै हुनुहुन्छ। अन्त्यमा, परमेश्‍वरमा मानिसको जस्तो स्वभाव हुनु असम्भव छ, र त्यसैले मानिसले परमेश्‍वरको स्वभाव जान्न सजिलो छैन। सत्य मानिसभित्र स्वाभाविक रूपमा हुँदैन र शैतानद्वारा भ्रष्ट पारिएकाहरूले यसलाई सजिलै बुझ्न सक्दैनन्; मानिस सत्य विहीन छ, र सत्यतालाई व्यवहारमा उतार्ने संकल्पविहीन छ, र यदि उसले कष्ट भोग्दैन र उसलाई शोधन वा न्याय गरिँदैन भने, उसको संकल्पलाई कहिल्यै पनि सिद्ध तुल्याइँदैन। सबै मानिसहरूका लागि शोधन धेरै पीडादायक हुन्छ, र यसलाई स्वीकार्न धेरै गाह्रो हुन्छ—तर शोधनको बेला नै परमेश्‍वरले मानिसको निम्ति उहाँको धर्मी स्वभाव स्पष्ट पार्नुहुन्छ, र मानिसका लागि आफ्ना मागहरू सार्वजनिक गर्नुहुन्छ र थप अन्तर्दृष्टिप्रदान गर्नुहुन्छ र थप वास्तविक काट-छाँट र निराकरण गर्नुहुन्छ; तथ्यहरू र सत्यको बीच तुलना गरेर उहाँले मानिसलाई उसको आफ्नै बारेमा र सत्यको अझ धेरै ज्ञान दिनुहुन्छ, र मानिसलाई परमेश्‍वरको इच्छाको अझ बढी बुझाइ दिनुहुन्छ, यसरी मानिसलाई परमेश्‍वरप्रति अझ साँचो र अझ शुद्ध प्रेम गर्ने तुल्याउनुहुन्छ। शोधन कार्यलाई अघि बढाउने परमेश्‍वरका उद्देश्यहरू यिनै हुन्” (वचन देहमा देखा पर्नुहुन्छको “शोधनको अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ”)। परमेश्‍वरका वचनहरूबाट मैले, परमेश्‍वर‌ले हामीलाई जाँच्नुहुन्छ र शोधन गर्नुहुन्छ, अनि हामीलाई उदाङ्गो पार्न र शुद्ध पार्नको लागि कठिनाइको वातावरणको अनुभव गर्ने प्रबन्ध मिलाउनुहुन्छ, ताकि हामीले शैतानद्वारा हामीलाई गरिएको हाम्रो भ्रष्टताको सत्यता देख्न र हाम्रा भ्रष्ट स्वभावहरू र हाम्रो विश्‍वासका अशुद्धताहरूको बुझाइ प्राप्त गर्न सकौं। त्यसपछि हामी सत्यको पछि लाग्न सक्छौं, शुद्ध र परिवर्तन हुन सक्छौं, र परमेश्‍वरमाथिको साँचो विश्‍वास र समर्पणता हासिल गर्न सक्छौं। अन्तमा, हामी परमेश्‍वरद्वारा मुक्त हुन सक्छौं। मेरो छोरो बारम्बार बिरामी भइरहेको घटनाले मैले मनमा राखेको आशिष पाउने मनसायलाई रूपले प्रकट गर्‍यो। आफैलाई मनन गर्दा, मैले परमेश्‍वरबाट आशिष् पाउन सम्भव हुने सबै कुराको बारेमा सोचिरहेकी थिएँ भन्‍ने मलाई थाहा भयो। म साँच्चिनै उत्साहित थिएँ र खोजीमा केन्द्रित थिएँ, तर ती सबैको पछाडि मेरो आफ्नै घृणित मनसाय थियो। म “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” जस्ता शैतानको विषद्वारा नियन्त्रित थिएँ। मैले गर्ने सबै कुरामा आफ्नै चासोहरूको बारेमा सोच्थें र जब मेरा आशाहरू चकनाचूर भए, तब मैले परमेश्‍वरको प्रतिरोध गरें र उहाँसँग हिसाब मिलाउन चाहेँ। मैले सबै प्रकारको कुरूपता देखाएँ। म साँच्चिकै स्वार्थी र तुच्छ छु! त्यो परमेश्‍वरमाथिको विश्‍वास कसरी भयो र? मैले उहाँको प्रतिरोध गरिरहेकी र उहाँलाई धोका दिने कोसिस गरिरहेकी थिएँ। यो थाहा पाएपछि, मैले प्रार्थनामा परमेश्‍वरसामु यसो भनेर बिन्ती गरें, “हे परमेश्‍वर, यी सबै वर्षहरूमा मैले तपाईंलाई धोका दिँदै, आशिष्‌ पाउने मेरो अभिप्रायलाई पक्रिँदै आइरहेकी रहेछु। मैले हरेक मोडमा तपाईंसँग सम्झौता गर्ने कोसिस गरिरहेकी थिएँ र ममा इमानदारीताको पूर्ण कमी थियो। म अत्यन्तै स्वार्थी र तुच्छ छु, र ममा मानवताको अभाव छ! म आशिषहरू प्राप्त गर्ने मेरो अभिप्रायलाई, मेरो छोरालाई तपाईंको हातमा छोडिदिन, र तपाईंका योजनाबद्ध कार्य र प्रबन्धमा समर्पित हुन तयार छु। म अवश्य नै गुनासो गर्नेछैन!” यो प्रार्थनापछि मैले अत्यन्तै स्वतन्त्र र शान्तिको महसुस गरें।

केही समयपछि जब म आफ्नो कार्यको लागि सहरदेखि बाहिर गएकी थिएँ, मेरो पतिले मलाई कल गरेर हाम्रो छोराको रोग फैलिएको छ भनेर मलाई बताउनुभयो। उसको टाउको, ढाड र घाँटीमा ट्युमर भएको रहेछ। यसलाई नियन्त्रण गर्ने अब कुनै आशा थिएन। उहाँको कुरा सुनेपछि म पूर्णरूपमा बोल्न नसक्ने अवस्थामा पुगेँ। मेरो छोरा कुन अवस्थामा थिए त्यसको बारेमा म सोच्न पनि सकिन र परिस्थिति कसरी परिवर्तन भइरहेको थियो त्यसलाई मैले साँच्चिकै सामना गर्न सकिनँ। मैले बारम्बार परमेश्‍वरलाई पुकारेँ, “हे परमेश्‍वर, म अहिले अत्यन्तै कमजोर छु। कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र तपाईंको इच्छा बुझ्न मलाई सहायता गर्नुहोस्।” प्रार्थना गरिसकेपछि, मैले परमेश्‍वरका यी शब्दहरू पढेँ: “मानिसका निम्ति परमेश्‍वरले धेरै कुरा गर्नुहुन्छ जुन बुझ्नै नसकिने र अविश्‍वसनीय पनि हुन्छ। जब परमेश्‍वरले कसैलाई योजनाबद्ध रूपमा चलाउन चाहनुहुन्छ, यो योजनाबद्ध कार्य प्रायः मानिसको धारणासँग मिल्दैन र उसले बुझ्न नसक्ने हुन्छ, तैपनि यो बेमेल र बुझ्न नसक्ने कुरा नै मानिसको निम्ति परमेश्‍वरको परीक्षा र जाँच हो। यसै बीच, अब्राहाम आफूभित्रै परमेश्‍वरप्रति आज्ञाकारीता प्रकट गर्न सक्षम थिए, जुन तिनी परमेश्‍वरको माग पूरा गर्न सक्षम हुनुको सबैभन्दा आधारभूत सर्त थियो। … विभिन्न सन्दर्भहरूमा, परमेश्‍वरले प्रत्येक व्यक्तिलाई जाँच्ने विभिन्न तरिकाहरू प्रयोग गर्नुहुने भए पनि, उहाँले अब्राहामको हृदय साँचो छ, र तिनको आज्ञाकारीता सर्तरहित छ भन्‍ने देख्नुभयो। वास्तवमा परमेश्‍वरले चाहनुभएको पनि त्यस्तै ‘सर्तरहित’ कुरा थियो। मानिसहरू प्रायः भन्छन्, ‘मैले यो पहिले नै चढाइसकें, मैले पहिले नै त्यो छोडिसकेको छु—परमेश्‍वर अझै पनि किन मसँग सन्तुष्ट हुनुहुन्न? उहाँले किन मलाई परीक्षाहरू गरिरहनुहुन्छ? उहाँले किन मलाई जाँच गरिरहनुहुन्छ?’ यसले एउटा तथ्यलाई प्रकट गर्दछ: परमेश्‍वरले तेरो हृदय देख्नुभएको छैन, र तेरो हृदय प्राप्त गर्नुभएको छैन। भन्नुको तात्पर्य, जसरी अब्राहामले आफ्नै छोरालाई बलि चढाउनका निम्ति आफ्नै हातले हतियार उठाए उनले जुन इमानदारीता देखाए, त्यस्तो इमानदारी उहाँले तँमा देख्नुभएको छैन। उहाँले तेरो सर्तरहित आज्ञाकारीता देख्नुभएको छैन, र तँद्वारा सान्त्वना पाउनुभएको छैन। यसैले, परमेश्‍वरले तँलाई जाँचिरहनु स्वाभाविक कुरा हो” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २”)। मैले यी वचनहरू बारम्बार सम्झेँ। जब अब्राहामले आफ्नो एक मात्र छोरो परमेश्‍वरलाई बलि चढाए, उनीसँग आफ्ना कुनै मागहरू थिएन, वा उनले आफ्नै मुद्दामा पनि बहस गरेनन्। उनलाई उसको बच्चा परमेश्‍वरले दिइनुभएको हो र परमेश्‍वरले माग गर्नुभए अनुसार उहाँलाई फिर्ता दिनु उचित र ठीक हो भन्‍ने थाहा थियो। सृष्टिमा हुनुपर्ने विवेक र कारण त्यही थियो। उनको लागि यो ज्यादै पीडादायी भए पनि, ऊ अझै पनि परमेश्‍वरका मागहरूमा समर्पित हुन सके। अन्तमा, उनले आफ्नो छोरालाई मार्न साँच्चिनै आफ्नो चक्कु उठाए, जसले परमेश्‍वरप्रतिको उनको विश्‍वास र आज्ञाकारिता इमान्दार अनि साँचो परीक्षाको सामना गर्न सक्‍ने थियो भनेर देखाउँदछ। तर म त त्यस्तो थिइन। म परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन तयार छु र आफ्नो छोरालाई परमेश्‍वरको हातमा सुम्पन तयार छु भनेर मैले भन्थें, तर म आफ्नो हृदयमा आफ्नै मागहरू गरिरहेकी थिएँ। विशेष गरी, जब मैले उसको अवस्था झन् खराब हुँदै गइरहेको छ र उपचार गर्न सकिँदैन भन्‍ने सुने, उसलाई गुमाउने सम्‍भावनाको सामना गरेँ, मैले आफूभित्र मागहरू छन् भन्‍ने पत्ता लगाएँ। मैले यी चाहनाहरू मौखिक रूपमा बोलेकी थिइन, तर मेरो हृदयमा म उसलाई निको पारिदिनको लागि परमेश्‍वरलाई अनुरोध गर्न चाहन्थे। म वास्तवमै अव्यावहारिक छु र ममा परमेश्‍वरप्रति कुनै आज्ञाकारिता छैन भन्‍ने मलाई थाहा भयो। सत्य यो हो, मेरो छोरो मेरो आफ्नै व्यक्तिगत सम्पत्ति होइन। परमेश्‍वरले उसलाई जीवन दिनुभयो। मेरो शरीर ऊ जन्मेको एउटा माध्यम मात्र थियो। उसको सम्पूर्ण जीवन पूर्वनिर्धारित थियो, यसलाई पूर्ण रूपमा परमेश्‍वरले लामो समयदेखि व्यवस्थित गर्नुभएको थियो। उसले कति पीडा भोग्नुपर्छ, कति कठिनाइ भोग्नुपर्छ भनेर उहाँले पहिले नै निर्धारण गरिसक्नुभएको थियो। म परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुनुपर्थ्यो। यही सोचमा, मैले परमेश्‍वरलाई प्रार्थना गरें, “हे परमेश्‍वर, मेरो छोरो मेरो होइन। तपाईंले उसलाई लान चाहनुभए पनि वा नचाहनुभए पनि, यसले तपाईंको उदार इच्छा प्रकट गर्छ भन्‍ने मलाई थाहा छ। म मेरो छोरोको जीवन तपाईंमा समर्पित गर्न र तपाईंको हातमा छोडिदिन तयार छु। तपाईंले जे गर्नुभए पनि म गुनासो गर्नेछैन।” प्रार्थना गरेपछि मेरो पीडा कम भयो। एक महिनाको समय एक निमेषमा बित्यो। एक दिन जब म एउटा भेलाबाट घर पुगेँ, तब मेरो श्रीमानले मलाई कल गरेर उत्साहित हुँदै हाम्रो छोराको सबै ट्युमर गायब भयो भनेर बताउनुभयो। यो अस्पतालमा गरिएको सीटी स्क्यानद्वारा पुष्टि भएको थियो। जब मैले यो खबर सुनेँ, म यति उत्साहित भएँ कि म रुन थालेँ। मैले मेरो हृदयमा यसो भनेँ, “परमेश्‍वर धन्यवाद!” यो निश्‍चित अनुभवले मलाई साँच्चिकै परमेश्‍वरको महान्‌ शक्ति देखायो र मलाई उहाँबाट यी वचनहरू अनुभव गरायो: “चाहे त्यो सजीव वा निर्जीव होस्, कुनै पनि थोक र सबै थोक परमेश्‍वरको विचारअनुसार सर्छन्, परिवर्तन हुन्छन्, नवीकरण हुन्छन् र लोप हुन्छन्। परमेश्‍वरले यसरी सबै थोकमाथि शासन गर्नुहुन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ”)। यसले मलाई परमेश्‍वरको सर्वशक्तिमान्‌ता र सार्वभौमिकता देखायो, उहाँले सुन्यताबाट कुनै कुरा ल्याउन सक्‍नुहुन्छ, र अस्तित्वमा भएको कुरालाई अस्तित्व विहीन तुल्याउन सक्‍नुहुन्छ भन्‍ने देखायो। सबै कुरालाई परमेश्‍वरकै हातले योजनाबद्ध गर्छ। मैले परमेश्‍वरलाई हार्दिक धन्यवाद दिएँ।

एक वर्षपछि मैले मेरो श्रीमानबाट हाम्रो छोराको रोग फेरि देखा परेको छ र अस्पतालमा उसको केमो भइरहेको छ भन्‍ने अप्रत्याशित सन्देश पाएँ। यो सुन्दा मलाई केही हदसम्म पीडा भयो तर मैले मेरो अघिल्लो अनुभव सम्झिएँ। म परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन इच्छुक थिएँ। अचम्मको कुरा, मेरो छोरालाई दुई हप्तापछि नै डिस्चार्ज दिइयो र ऊ आजसम्म स्वस्थ छ। मैले मेरो छोराको रोगको बारेमा परमेश्‍वरलाई दोष दिएको र गलत बुझेको भए पनि, उहाँले मेरो अज्ञानतामा ध्यान दिनुभएन, बरु आफ्‍ना वचनहरूद्वारा मलाई अन्तर्दृष्टि दिनुभयो र अगुवाइ गर्नुभयो, ताकि मैले परमेश्‍वरको सर्वशक्तिमान्‌ता र सार्वभौमिकतालाई बुझ्न सकूँ र आशिष पाउनको लागि मात्र गरेको मेरो विश्‍वासको गलत दृष्टिकोणलाई परिवर्तन गर्न सकूँ। यो वास्तवमै मेरो लागि परमेश्‍वरको अनुग्रह र आशिष् थियो! सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद!

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

एक अधिकृतको पश्‍चात्ताप

सर्वशक्तिमान् परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी गर्नुभएका सबै प्रेम हो। तैंले देखेको सजाय र न्याय पनि प्रेम नै हो, अझ सत्य र अझ बढी साँचो प्रेम, एउटा यस्तो प्रेम जसले मानिसहरूलाई जीवनको सही मार्गमा डोऱ्याउँछ। … उहाँले गर्नुभएका सबै कामहरूको उद्देश्य मानिसहरूलाई मानव जीवनको सही मार्गमा डोऱ्याउनु हो, यसैले कि तिनीहरू सामान्य मानिसहरू जस्तो जिउन सकून्, किनकि तिनीहरू कसरी जिउनुपर्छ भनी जान्दैनन्, र यो अगुवाइविना तैँले रित्तो जीवन मात्र जिउनेछस्; तेरो जीवन मूल्य विहीन वा अर्थरहित हुनेछ, र तँ एक सामान्य व्यक्ति बन्‍न सक्‍नेछैनस्। मानिसलाई जित्नुको सबैभन्दा गहिरो अर्थ यही हो”

सत्यतालाई अभ्यास गर्नु नै सामञ्जस्यतापूर्ण समन्वयको कुञ्जी हो

डोङ्गफेङ्ग, अमेरिकाअगस्त २०१८ मा, मेरो काम ब्रदर वाङसित फिल्मसम्बन्धी सरसामग्री बनाउनु थियो। पहिले त, मैले नजानेको कति धेरै कुरा छ भनी मैले...

नतोडिने विश्‍वास

मेङ्ग योङ्ग, चीनडिसेम्बर २०१२ मा, धेरै जना दाजुभाइ-दिदीबहिनीहरू र म सुसमाचार प्रचार गर्न गाडीमा चढेर एउटा ठाउँमा गयौं, र दुष्ट मानिसहरूले...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्