रोगबाट आएका आशिषहरू

9 सेप्टेम्बर 2021

क्षियाओ लान, चीन

२०१४ मा, चिनियाँ कम्युनिस्ट पार्टीले मेइ २८ झाओयुआन प्रकरणको सिर्जना गर्‍यो र यसद्वारा सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई बदनाम गर्न थाल्यो र तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई पक्राउ गर्न थाले। हाम्रो क्षेत्रका धेरैजसो मण्डली अगुवाहरू पक्राउ परे र कतिपय नयाँ दाजुभाइ-दिदीबहिनीहरू डर र नकारात्मकतामा जिइरहेका थिए। यस्तो नाजुक समयमा मलाई धेरै वटा मण्डलीको कामको जिम्‍मेवारी दिएर पदोन्‍नति गरियो। मैले मनमनै विचार गरेँ, “सङ्कष्टको समयमा यो पदोन्‍नति पाउनु ठूलो जिम्‍मेवारी हो र मैले परमेश्‍वरलाई निराश तुल्याउनु हुँदैन।” त्यसकारण मैले कुनै पनि क्षणमा पक्राउ पर्न सक्‍ने खतराको सामना गर्दै म आफ्‍नो कर्तव्यमा लागिपरेँ। त्यस्तो खतराको समयमा मैले मण्डलीको कामको रक्षा गर्दा परमेश्‍वरले मलाई स्वीकृति दिनुहुन्छ र म मुक्ति पाउन र उहाँको राज्यमा प्रवेश गर्न योग्यको हुनेछु भन्‍ने मलाई लागेको थियो। त्यसपछि अचानक, म अत्यन्तै बिरामी परेँ।

अक्टोबर २०१४ को एउटा साँझ, खाना खाइरहेको बेला अचानक मेरो हातबाट कचौरा भुइँमा खस्यो। मैले यो लापरवाहीको कारणले झारेकी हुँ भन्‍ने मलाई लाग्यो, तसर्थ मैले हतार-हतार कचौरा उठाएँ र मेरो हात पुछ्न नेपकिन टिप्‍ने प्रयास गरेँ तर मैले मेरो हात नियन्त्रण गर्न सक्दिनँ रहेछु र मैले नेपकिन समाउन सक्‍दिन रहेछु भन्‍ने थाहा भयो। चाँडै नै मेरो हात र खुट्टामा मैले सबै संवेदनशीलता गुमाएँ र म हलचल गर्न नसकेर कुर्सीमा बसिरहेँ। मेरो परिवारले मेरो रक्तचाप नापे, र यो २०० भन्दा माथि पुगेको रहेछ। मैले औषधी खाएँ तर त्यसले केही काम गरेन। म अत्यन्तै अन्योलमा परेँ, र सोचेँ, “त्यो कसरी भयो। के कुनै गम्‍भीर कुरा हो?” तर मैले के सोचेँ भने, यतिका वर्षको मेरो विश्‍वासमा मैले मेरो कर्तव्यमा धेरै परिश्रम गर्दै आएकी छु, त्यसकारण मैले परमेश्‍वरको अनुग्रह प्राप्त गर्नेछु, र यो त्यति गम्‍भीर कुरा हुन सक्दैन भन्‍ने कुरामा म निश्‍चित थिएँ। यदि म बिरामी नै भएँ भने पनि, परमेश्‍वरले अवश्य नै मलाई रक्षा गरेर चङ्गाइ गर्नुहुनेछ भन्‍ने मलाई लागेको थियो। त्यो कुरा विचार गरेपछि मलाई अलि शान्ति भयो। भोलि बिहान उठ्दा, मैले बिस्तारै मेरो हात खुट्टा चलाउने प्रयास गर्न थालेँ र मेरो शरीरको दाहिनेतर्फ सबै कुरा सामान्य छ, र मेरो देब्रे हात र खुट्टामा अझै चेतना छैन, र मलाई कुनै अनुभूति हुँदैन भन्‍ने मैले थाहा पाएँ। मलाई तुरुन्तै तनाव भयो, र मैले सोचेँ, “म किन पूर्ण रूपमा निको भइरहेकी छैन? के मलाई आंशिक रूपमा पक्षाघात हुने हो? त्यसो हो भने, अब उप्रान्त मेरो कर्तव्य पूरा गर्ने कुनै उपाय छैन। के काम नलाग्‍ने भएर मलाई हटाइनेछौ? के मसँग अझै मुक्तिको अवसर हुनेछ?” तर त्यसपछि मैले सोचेँ, यति त्यो गम्‍भीर रोग हो र त्यो रातारात आधा निको हुनु परमेश्‍वरको आशिष्‌ हुनुपर्छ। यदि परमेश्‍वरले मलाई चङ्गाइ गर्नुभयो भने, म सहज रूपमा नै निको हुनेछु, होइन त? मलाई मसँग परमेश्‍वरको सुरक्षा छ र मैले त्यति धेरै चिन्ता गर्नु आवश्यक छैन भन्‍ने लाग्यो।

म त्यही बिहान डाक्टरकहाँ गएँ। सीटी स्क्यान गरेपछि उनले भयानक अनुहार बनाउँदै भने, “यो त भित्री मस्तिष्कमा लगभग १० मिलि रगत सहित रक्तस्राव भएकोले यसो भएको हो। यदि रगत बहेको स्थान अलि माथि परेको भए, त्यो बोली नियन्त्रण गर्ने बिन्दु हुनेथियो। तपाईंले आफ्‍नो बोली गुमाउनुहुनेथियो, र तपाईं हलचल गर्न नसक्‍ने बन्‍नुहुनेथियो। हिजो राति यसो भएको हो भने, तपाईं अहिलेसम्‍म जीवित रहनु अत्यन्तै भाग्यको कुरा हो। तपाईंले तुरुन्तै उपचार गराइहाल्‍नुपर्छ।” मैले परम्‍परागत उपचार, अर्थात् इन्फ्युजन गरेर उपचार सुरु गर्नुपर्छ, र यदि मेरो मस्तिष्कमा जमेको रगत हटेन भने, तिनीहरूले मेरो मष्तिष्कको शल्यक्रिया गर्नुपर्छ भनी उनले भने। मष्तिष्क रक्तस्राव भएको कुरा उल्‍लेख गर्दा म हक्‍का न बक्‍क भएँ। यो यस्तो गम्‍भीर र खतरनाक हुनसक्छ भनेर मैले कहिल्यै पनि कल्‍पना गर्ने आँट गरेकी थिइनँ। मैले सोचेँ, “म ५० वर्ष पनि पुगेकी छैन, त्यसकारण उपचार सफल भएन र म आंशिक रूपमा वा पूर्ण रूपमा पक्षाघाती भएँ भने, त्यो कस्तो भयानक प्रकारको जीवन हुनेछ? र मष्तिष्कको शल्यक्रिया अत्यन्तै जोखिमपूर्ण हुने भएकोले मैले मेरो ज्यान गुमाउन पनि सक्‍नेथिएँ। त्यसपछि के म अझै मुक्ति पाएर परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्छु? मैले मेरो विश्‍वासका सारा वर्षहरूमा आफ्‍नो सम्पूर्णता सुम्पँदै आएकी छु, त्यसकारण मलाई किन त्यस्तो गम्भीर स्वस्थ समस्या आयो? परमेश्‍वरले किन मेरो रक्षा गर्नुभएको छैन?” त्यसको बारेमा विचार गर्दा मलाई रिस उठ्छ। मैले खाना खान पनि राम्ररी सक्दिनथिएँ। अस्पतालमा बसेको पाँचौं दिन हुँदा, मेरो बेड छेउको एक जना वृद्ध महिलाको स्थिति खराब भयो, र उनलाई अर्को अस्पतालमा स्थानान्तर गरियो। यो देख्दा म फेरि भयभीत भएँ, र मैले सोचेँ, “हाम्रो भर्ना एकै दिन भएको थियो र उनी यता-उति हिँड्ने गर्थिन्, तर अहिले तिनीहरूले उनलाई ह्वीलचेयरमा राखेर लगिरहेका छन्। यस्तो स्थितिमा भएको व्यक्ति बाँच्‍न सक्छ कि सक्दैन भनेर भन्‍न सकिँदैन रहेछ। के मेरो अवस्था पनि त्यस्तै खराब हुनेछ?”

अस्पतालमा लगभग थप एक हप्ता बिताएपछि पनि, मेरो देब्रे खुट्टामा अझै कुनै पनि चेतना आएन। मैले सोचेँ, “परमेश्‍वरले किन मेरो हेरचाह गरिरहनुभएको छैन? यस्तो नाजुक समयमा म मेरो कर्तव्य पूरा गर्न सक्दिनँ, के मैले मुक्ति पाउने मेरो मौका गुमाएकी छु?” यो विचारले मेरो हृदय चिसो भयो त्यसपछि म रुन थालेँ र रोक्‍न सकिन। मैले विश्‍वास गरेको मेरो नौं वर्षको अवधिमा मेरो बाटोमा केही कुरा खडा हुन नदिई, मण्डलीभित्र पैदा हुने कठिनाइ वा समस्याहरूको सामना गर्न कहिल्यै नहिचकिचाई मैले धेरै कठिन परिश्रम गरेकी थिएँ। पक्राउ पर्ने खतरामा पर्दा पनि म कहिल्यै पछि हटिनँ। मैले मेरो कर्तव्य पूरा गरिरहेँ। अगुवाको रूपमा वर्षौंदेखि काम गर्दा, मैले अरू दाजुभाइ-दिदीबहिनीहरूले भन्दा बढी मेरो कर्तव्यको लागि कष्ट भोगेँ र यसमा धेरै लागिपरेँ। त्यसरी धेरै लागिपर्दा, र त्यस प्रकारको बलिदान गर्दा, परमेश्‍वरले मलाई आशिष्‌ दिनु पर्ने हो भन्‍ने मलाई लागेको थियो। म कसरी अचानक यति गम्‍भीर रूपमा बिरामी हुन सकेँ? के परमेश्‍वरले मेरो बारेमा अब वास्ता गर्न छोड्नुभएको थियो? यदि म निको भइनँ, र मैले मेरो कर्तव्य पूरा गर्न सकिनँ भनेँ, के मैले अझै पनि मुक्ति पाउन सक्छु? यदि सक्दिनँ भने, के त्यतिको वर्षको बलिदान र कठिन परिश्रम व्यर्थमा गयो? यदि यस्तो हुन्छ भन्‍ने थाहा भएको भए, म यति साह्रै मरिहत्ते गर्दिनथिएँ। मैले यसको बारेमा जति धेरै विचार गरेँ, मलाई त्यति नै बढी निराश अनुभव भइरहेको थियो। मलाई अबदेखि प्रार्थना गर्न वा परमेश्‍वरका वचनहरूको मनन गर्न मन लागेन। म अत्यन्तै दुःखित भएँ, थाहै नपाई, मैले मेरो इन्फ्युजन हालिएको नाडी मेरो शिरमुनि राखेर, सुईको बहावलाई रोकेछु, जसले गर्दा मेरो हात सुन्नियो। मेरो सुन्निएको हात देख्दा म व्याकुल भएँ। मैले सुसमाचार सुनाउने र आफ्‍नो कर्तव्य पूरा गर्ने मेरा जोशिला दाजुभाइ-दिदीबहिनीहरूको बारेमा विचार गरेँ, जब कि म कुनै कर्तव्य पूरा गर्न नसक्‍ने अवस्थामा अस्पतालमा पस्रिरहेकी थिएँ। के म साँच्‍चै नै केही न कामको भएकी थिइनँ र? र अहिले राज्यको सुसमाचार प्रचार गर्ने समय भएको हुनाले, अरूले आफ्‍नो कर्तव्य पूरा गर्न र असल कार्यहरू गर्न सकेका थिए भने म हटाइने सम्‍भावना धेरै थियो। मलाई परमेश्‍वरले मुक्ति दिनुहुनेछैन जस्तो लाग्यो। त्यसपछि त्यो रात, म कोल्टे फेरिरहेकी थिएँ, र म सुत्‍न सकिरहेकी थिइनँ। म पूर्ण रूपमा मेरो कष्टमा डुबेको अवस्थामा, आँसु झार्दै परमेश्‍वरको अघि आएँ र प्रार्थना गरेँ: “हे परमेश्‍वर, अहिले म साँच्‍चै नै कष्ट भोगिरहेकी छु। मलाई थाहा छ, तपाईंले मलाई यो हुन दिनुभएको हो र मैले तपाईंलाई गलत रूपमा बुझ्‍नु हुँदैन। बिन्ती छ, मलाई तपाईंको इच्‍छा बुझ्‍न अगुवाइ गर्नुहोस्, ताकि म तपाईंको नियम र बन्दोबस्तहरूमा समर्पित हुन सकूँ।”

म अस्पतालमा हुँदा, एक जना सिस्टरले एमपी फाइब प्लेयर पठाइदिइन्, र अरू सबै जना सुतेको बेला, म इयरफोनमा परमेश्‍वरका वचनहरू सुन्थें। एउटा खण्डले मलाई अत्यन्तै सहायता गर्‍यो। परमेश्‍वरका वचनहरूले भन्छ, “सबै मानिसहरूका लागि शोधन धेरै पीडादायक हुन्छ, र यसलाई स्वीकार्न धेरै गाह्रो हुन्छ—तर शोधनको बेला नै परमेश्‍वरले मानिसको निम्ति उहाँको धर्मी स्वभाव स्पष्ट पार्नुहुन्छ, र मानिसका लागि आफ्ना मागहरू सार्वजनिक गर्नुहुन्छ र थप अन्तर्दृष्टिप्रदान गर्नुहुन्छ र थप वास्तविक काट-छाँट र निराकरण गर्नुहुन्छ; तथ्यहरू र सत्यको बीच तुलना गरेर उहाँले मानिसलाई उसको आफ्नै बारेमा र सत्यको अझ धेरै ज्ञान दिनुहुन्छ, र मानिसलाई परमेश्‍वरको इच्छाको अझ बढी बुझाइ दिनुहुन्छ, यसरी मानिसलाई परमेश्‍वरप्रति अझ साँचो र अझ शुद्ध प्रेम गर्ने तुल्याउनुहुन्छ। शोधन कार्यलाई अघि बढाउने परमेश्‍वरका उद्देश्यहरू यिनै हुन्। परमेश्‍वरले मानिसमा गर्नुहुने सबै कामहरूका आफ्नै उद्देश्यहरू र महत्त्व हुन्छन्; परमेश्‍वरले अर्थहीन काम गर्नुहुन्न, न त उहाँले कुनै यस्तो काम गर्नुहुन्छ जसद्वारा मानिसलाई कुनै लाभ हुँदैन। शोधनको अर्थ मानिसहरूलाई परमेश्‍वरको उपस्थितिबाट हटाउनु होइन, न त उनीहरूलाई नरकमा नाश गर्नु नै हो। बरु, यसको अर्थ शोधनको समयमा मानिसको स्वभाव परिवर्तन गर्नु हो, उसका आशयहरू, उसका पुराना दृष्टिकोणहरू परिवर्तन गर्नु, परमेश्‍वरप्रतिको उसको प्रेम बदल्नु, र उसको सम्पूर्ण जीवन परिवर्तन गर्नु हो। शोधन मानिसको एक वास्तविक जाँच हो, र एक प्रकारको वास्तविक तालिम हो, र शोधनको अवधिमा मात्र उसको प्रेमले यसको अन्तर्निहित कार्य गर्न सक्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ)। यसको बारेमा विचार गर्ने क्रममा मैले के थाहा पाएँ भने, जब परमेश्‍वरले मानिसहरूलाई जाँच र शोधन गर्नुहुन्छ, त्यो तिनीहरूलाई हटाउनको लागि होइन, बरू तिनीहरूलाई शुद्ध पार्न र रूपान्तरण गर्नको लागि हो। तर मैले परमेश्‍वरको इच्‍छाको खोजी वा उहाँको कार्यलाई बुझ्‍ने प्रयास गरिरहेकी थिइनँ। मलाई पक्षाघात भएपछि, मैले परमेश्‍वरलाई गलत रूपले बुझिरहेकी र दोष दिइरहेकी थिएँ। म अत्यन्तै मूर्ख थिएँ। त्यसकारण मैले परमेश्‍वरलाई प्रार्थना गरेँ। म समर्पित हुन, आफूलाई मनन गर्न र चिन्‍न, र पाठ सिक्‍नको लागि परमेश्‍वरका वचनहरू पढ्न इच्‍छुक थिएँ।

मैले परमेश्‍वरको वचनमा यो पढेँ, “परमेश्‍वरमाथिको मानवजातिको विश्‍वासको सबैभन्दा दुःखलाग्दो कुरा यो हो कि परमेश्‍वरको कामको बीचमा मानिसले आफ्‍नै व्यवस्थापन संचालन गर्छ, तैपनि परमेश्‍वरको व्यवस्थापनमा कुनै ध्यान दिँदैन। मानिसको सबैभन्दा ठूलो असफलता यसैमा छ कि उही समयमा जब मानिसले परमेश्‍वरमा समर्पित हुने र उहाँको आराधना गर्ने प्रयास गरिरहेको हुन्छ, उसको आफ्‍नै काल्‍पनिक गन्तव्यको निर्माण गरिरहेको हुन्छ र सबैभन्दा ठूलो आशिष र सबैभन्दा उत्तम गन्तव्य कसरी प्राप्त गर्ने हो त्यसको षड्यन्त्र गरिरहेको हुन्छ। तिनीहरू कति दयनीय, घृणास्पद, र बिचरा छन् भन्‍ने कुरा कसैले बुझे तापनि, कति जनाले आफ्‍ना कल्‍पना र आशाहरूलाई सहजतापूर्वक त्याग्‍न सक्छन्? अनि आफ्‍नै पाइलाहरूलाई रोकेर आफ्‍नै बारेमा मात्रै सोच्‍न छोड्न सक्‍ने को छन्? परमेश्‍वरलाई उहाँको व्यवस्थापन पूरा गर्नको लागि उहाँसँग नजिकबाट सहकार्य गर्नेहरूको खाँचो छ। उहाँलाई उहाँको व्यवस्थापन कार्यको निम्ति आफ्‍नो सम्पूर्ण मन र शरीर अर्पण गरेर उहाँमा समर्पित हुनेहरूको खाँचो छ। उहाँलाई हरेक दिन आफ्‍ना हातहरू पसारेर माग्‍ने मानिसहरूको खाँचो छैन, थोरै दिएर इनामको प्रतीक्षा गर्नेहरूको कुरा त परै जाओस्। थोरै योगदान दिएर आफ्‍ना हात बाँधेर बस्‍नेहरूलाई परमेश्‍वर घृणा गर्नुहुन्छ। उहाँको व्यवस्थापनको कार्यलाई घृणा गर्ने, अनि स्वर्ग जाने र आशिषहरू प्राप्त गर्ने बारेमा मात्रै कुरा गर्न चाहने चीसो-रगत भएका मानिसहरूलाई उहाँ घृणा गर्नुहुन्छ। मानवजातिलाई मुक्त गर्ने क्रममा उहाँले गर्नुहुने कामले प्रस्तुत गर्ने अवसरको फाइदा लिनेहरूप्रति उहाँको घृणा अझै ठूलो छ। त्यो यसैले हो कि किनभने यी मानिसहरूले आफ्‍नो व्यवस्थापन कार्यद्वारा परमेश्‍वरले के हासिल गर्न र प्राप्त गर्न चाहनुहुन्छ भन्‍ने बारेमा कहिल्यै वास्ता गरेका छैनन्। परमेश्‍वरको कामले प्रदान गरेको अवसरलाई आशिषहरू प्राप्त गर्नको लागि कसरी प्रयोग गर्न सकिन्छ त्यसप्रति मात्रै तिनीहरूलाई चासो छ। तिनीहरू आफ्‍नै अपेक्षाहरू र गन्तव्यद्वारा पूर्ण रूपमा तल्‍लीन भएका हुनाले, तिनीहरूले परमेश्‍वरको हृदयको बारेमा वास्ता गर्दैनन्। परमेश्‍वरको व्यवस्थापनको कामलाई घृणा गर्ने अनि परमेश्‍वरले मानवजातिलाई कसरी मुक्त गर्नुहुन्छ त्यस कुरामा र उहाँको इच्‍छाको बारेमा अलिकति पनि चासो नदिनेहरूले परमेश्‍वरको व्यवस्थापनको कार्यबाट अलग रहेर तिनीहरूलाई प्रसन्‍न पार्ने कुराहरू मात्रै गर्छन्। तिनीहरूको आचरणलाई न त परमेश्‍वरले स्मरण गर्नुहुन्छ न त स्वीकार नै—परमेश्‍वरले यसलाई निगाहको साथ हेर्ने कुरा त परै जाओस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ)। म जुन स्थितिमा थिएँ त्यसलाई परमेश्‍वरका वचनहरूले सटीक रूपमा प्रकट गरे। जब म विश्‍वासी बनेँ, मैले परमेश्‍वरले मानिसलाई दिनुभएको प्रतिज्ञा देखेँ र जबसम्‍म हामीले परमेश्‍वरको लागि कठिन परिश्रम गर्छौं र बलिदानहरू गर्छौं, अनि सत्यताको खोजी गर्छौं, तबसम्‍म हामीले मुक्ति पाउनेछौं, र हामी परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछौं। त्यसकारण म आफ्‍नो कर्तव्यमा लागिपरेँ, मेरो मार्गमा खडा हुने प्रतिकूल अवस्थाहरूमा पनि अघि बढिरहेँ। जब अरू दाजुभाइ-दिदीबहिनीहरूलाई कठिनाइ हुन्थ्यो, म तिनीहरूलाई साथ दिन र सहयोग गर्न गइहाल्थेँ। पक्राउ पर्ने खतरामा पर्दा पनि मैले मेरो कर्तव्य पूरा गरिरहेँ। यस प्रकारको बलिदानले मलाई परमेश्‍वरको सुरक्षा र उहाँका आशिष्‌हरू दिलाउनेछ, र म स्वर्गको राज्यमा प्रवेश गर्नेछु भन्‍ने मैले सोचेकी थिएँ। जब म बिरामी परेँ र आंशिक रूपमा पक्षाघात हुने सम्‍भावनाको सामना गरेँ, परमेश्‍वरले मलाई रक्षा गर्नुभएको छैन, न त आशिष्‌ नै दिनुभएको छ, र मैले मेरो सुन्दर भविष्यको मेरो मौका गुमाएकी छु भन्‍ने लाग्यो। म गुनासोहरूले भरिएकी थिएँ, मैले परमेश्‍वरलाई गलत रूपमा बुझेँ र उहाँसँग सङ्घर्ष गरेँ र मैले गरेको सबै कुराको हिसाब गर्दै हिसाबकिताब मिलाउन समेत चाहन्थेँ। मैले गरेका सबै प्रयासको आधारमा, मैले परमेश्‍वरसँग तर्क गरिरहेकी थिएँ, उहाँसँग विवाद गरिरहेकी थिएँ। मसँग परमेश्‍वरको विरुद्धमा गलत बुझाइ र विरोध थियो। के म परमेश्‍वरले भन्‍नुभएको “थोरै दिएर इनामको प्रतीक्षा गर्नेहरू” र “थोरै योगदान दिएर आफ्‍ना हात बाँधेर बस्‍नेहरू” जस्तै थिइन र? ठूलो रोगको बीचमा, मेरो विश्‍वासमा मैले गरेका बलिदानहरूका पछाडि लुकेको मेरो आशिषहरू प्राप्त गर्ने र कारोबार केन्द्रित मनसाय र दृष्टिकोण सबै बाहिर आए। मैले सत्यताको प्राप्त गर्न र भ्रष्टतालाई त्याग्‍नको लागि मेरो कर्तव्य पूरा गरिरहेकी थिइनँ, बरु सतही बलिदानहरू गरेजस्तो गरेर त्यसलाई परमेश्‍वरको अनुग्रह र आशिष्‌हरू, र राज्यको आशिष्‌हरू साट्न प्रयोग गर्न चाहन्थेँ। मैले परमेश्‍वरसँग लेनदेन गरिरहेकी, उहाँलाई प्रयोग गरिरहेकी र उहाँलाई धोका दिइरहेकी थिएँ। म जस्तो अवसरवादी कसरी स्वर्गीय राज्यको योग्य हुन सक्थेँ र? यदि त्यो मस्तिष्कघात नभएको भए, म मेरा सबै सतही प्रयासहरूद्वारा पूर्ण रूपमा मूर्ख बनेकी हुनेथिएँ र मैले आशिष्‌हरू प्राप्त गर्ने मेरो घृणित मनसाय वा मेरो विश्‍वासको अपवित्रतालाई पहिचान गर्ने थिइनँ। मैले के गरिरहेकी छु भन्‍ने थाहै नपाई मैले परमेश्‍वरलाई निरन्तर विरोध गरिरहेकी हुनेथिएँ।

त्यसपछि मैले आफ्‍नै बारेमा, र मैले किन मेरो कर्तव्यमा परमेश्‍वरसँग सधैँ लेनदेन गर्ने प्रयास गरिरहेकी थिएँ त्यसमा मनन गरिरहेँ। मेरो खोजीको बेला परमेश्‍वरका वचनहरूमा मैले यो कुरा पढेँ: “सबै भ्रष्ट मानव आफ्‍नै लागि जिउँछन्। अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ—मानव प्रकृतिको सार यही हो। मानिसहरूले आफ्‍नै खातिर परमेश्‍वरमा विश्‍वास गर्छन्; तिनीहरूले उहाँको लागि विभिन्न काम-कुराहरू त्याग्छन्, आफैलाई उहाँमा समर्पित गर्छन्, र तिनीहरू उहाँप्रति विश्‍वासयोग्य बन्छन्, तर अझै पनि तिनीहरूले यी सबै कुरा आफ्‍नै खातिर गर्छन्। सारांशमा भन्दा, यो सबै तिनीहरूका आफ्नै आशिष्‌हरू प्राप्त गर्ने उद्देश्‍यले गरिन्छ। समाजमा, सबै कुराहरू व्यक्तिगत फाइदाको लागि गरिन्छ; आशिष्‌हरू प्राप्त गर्नको लागि मात्रै परमेश्‍वरमा विश्‍वास गरिन्छ। आशिष्‌हरू प्राप्त गर्नको खातिर मात्रै मानिसहरूले सबै कुरा त्याग्‍न र धेरै कठिनाइ भोग्‍न सक्छन्: यो सबै मानवको भ्रष्ट प्रकृतिको व्यवहारिक सबुत हुन्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “बाहिरी परिवर्तनहरू र स्वभावमा हुने परिवर्तनहरू बीचको भिन्नता”)। परमेश्‍वरका वचनहरूले मलाई मेरो विश्‍वासको कारोबार-केन्द्रित आचरणको जड देखाए। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” “इनामविना औँलो पनि नउठाउनू” मेरो हृदयभित्र गडिएका शैतानी विचारहरू थिएँ र मेरो लागि ती अस्तित्वका नियमहरू बनेका थिए। मेरो फाइदा नै पहिलो र सबैभन्दा मुख्य कुरा थियो, आफूले गर्ने सबै कुरामा मैले इनाम खोजिरहेकी थिएँ। परमेश्‍वरको लागि मैले गरेको काममा समेत, मैले उहाँसँग सम्झौता गर्ने प्रयास मात्रै गरिरहेकी थिएँ र मेरो विश्‍वासमा आशिषहरू प्राप्त गर्नु पूर्ण रूपमा प्राकृतिक कुरा हो भन्‍ने मलाई लागेको थियो। धेरै कठिन परिश्रम र धेरै बलिदानहरू गरिसकेपछि जब मलाई पक्षाघात भयो, अनि म कुनै पनि बेला मर्न सक्छु, र मैले मुक्ति पाउने, असल परिणाम र गन्तव्य पाउने सबै आशा गुमाउन सक्छु भन्‍ने देखेँ, त्यसकारण म तुरुन्तै परमेश्‍वरको विरुद्धमा खडा भएर उहाँलाई दोष दिएँ। मैले उहाँसँग लडाइँ गर्दै, उहाँको विरुद्धमा जाँदै आफूले गरेको सबै कुराको हिसाबकिताब गरिरहेकी थिएँ। म कुनै पनि प्रकारको मानव स्वरूपविना शैतानका विषहरू अनुसार जिइरहेकी थिएँ। यदि मैले पश्‍चात्ताप गरिनँ भने, म ढिलो-चाँडो हटाइने र दण्डित हुनेथिएँ।

मैले परमेश्‍वरका वचनहरूको थप खण्डहरू पढेँ, जसले मलाई मेरो विश्‍वासमा मेरो खोजीको गलत दृष्टिकोण सम्‍बन्धी बुझाइ प्रदान गर्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “जब मानिसले अरूको लेखा-जोखा गर्छ, उसले तिनीहरूको योगदानअनुसार नै त्यसो गर्छ। जब परमेश्‍वरले मानिसको लेखा-जोखा गर्नुहुन्छ, उहाँले मानिसको प्रकृतिअनुसार त्यसो गर्नुहुन्छ। जीवनको खोजी गर्नेहरूमध्ये, पावल त्यो व्यक्ति थिए जसलाई आफ्‍नै सार थाहा थिएन। तिनी कुनै पनि हालतमा नम्र वा आज्ञाकारी थिएनन्, न त तिनलाई परमेश्‍वरको विरोधमा रहेको उसको सारबारे नै थाहा थियो। त्यसकारण तिनी विस्तृत अनुभवहरूबाट गुज्रेर नगएका व्यक्ति, र सत्यतालाई अभ्यास नगरेका व्यक्ति थिए। पत्रुस फरक थिए। तिनलाई आफ्‍ना असिद्धताहरू, कमजोरीहरू, र परमेश्‍वरको सृष्टिको रूपमा रहेको आफ्‍नो भ्रष्ट स्वभावको बारेमा थाहा थियो, र त्यसकारण उनमा आफ्‍नो स्वभाव परिवर्तन गर्नको लागि अभ्यासको मार्ग थियो; तिनी धर्मसिद्धान्त मात्रै भएका तर कुनै वास्तविकता नभएकाहरूमध्ये एक थिएनन्। परिवर्तन हुनेहरू मुक्ति पाएका नयाँ मानिसहरू हुन्, तिनीहरू सत्यताको खोजी गर्नको लागि सुयोग्य मानिसहरू हुन्। परिवर्तन नहुने मानिसहरू स्वभाविक रूपमै थोत्रा मानिसहरू हुन्; तिनीहरू मुक्ति नपाएका, अर्थात् परमेश्‍वरले तिरस्कार र इन्कार गर्नुहुने मानिसहरू हुन्। तिनीहरूको काम जति नै ठूलो भए तापनि तिनीहरूलाई परमेश्‍वरले स्मरण गर्नुहुनेछैन। जब तँ यसलाई तेरो आफ्‍नै खोजीसँग तुलना गर्छस्, तब तँ आखिरमा पत्रुस जस्तो व्यक्ति हो कि पावल जस्तो व्यक्ति होस् त्यो आफै स्पष्ट हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)। “यदि तैँले सत्यताको खोजी गर्छस्, यदि तैँले सत्यतालाई अभ्यास गर्छस् भने, र तैँले आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्छस् भने, तैँले हिँड्ने मार्ग सहि छ। यदि तैँले देहका आशिषहरूको खोजी गर्छस् भने, र तैँले तेरा आफ्‍ना धारणाहरूको सत्यतालाई अभ्यास गर्छस् भने, र तेरो स्वभावमा कुनै परिवर्तन छैन, र देहमा तँ परमेश्‍वरप्रति पूर्ण रूपमा आज्ञाकारी छैनस्, अनि तँ अझै अस्पष्टतामा नै जिउँछस् भने, तैँले जे कुराको खोजी गर्छस् त्यसले तँलाई अवश्य नै नरक लैजानेछ, किनभने तैँले हिँड्ने मार्ग असफलताको मार्ग हो। तँलाई सिद्ध पारिनेछ कि हटाइनेछ भन्‍ने कुरा तेरो आफ्‍नै खोजीमा निर्भर हुन्छ, भन्‍नुको अर्थ सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा नै निर्भर हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)। जब मैले यस विषयमा थप विचार गरेँ, यो मेरो लागि अत्यन्तै अन्तर्दृष्टि दिने किसिमको थियो। जब परमेश्‍वरले कसैलाई मापन गर्नुहुन्छ, त्यो सतही योगदानहरूमा आधारित हुँदैन, बरु यो मापन त तिनीहरूले सबै कुराको सामना गर्दा देखाएको आचरण, दृष्टिकोण, अडान, र तिनीहरू सत्यताको अभ्यास गर्न र परमेश्‍वरमा समर्पित हुन सक्छन् कि सक्दैनन् भन्‍ने कुरामा आधारित हुन्छ। यदि कसैले बलिदानहरू गरेको छ र कठिन परिश्रम गरेको छ भने, परमेश्‍वर यसमा रमाउनुहुन्छ र तिनीहरूलाई आशिष्‌ दिनुहुनेछ, तिनीहरूले राम्रो परिणाम प्राप्त गर्नेछन् भन्‍ने मलाई लागेको थियो। के त्यो स्पष्ट रूपमा परमेश्‍वरका वचनहरूको विपरीत थिएन र? अनुग्रहको युगमा, पावलले प्रभुको सुसमाचार सुनाउँदै युरोपका धेरैजसो भागमा यात्रा गरे। तिनले धेरै कष्ट भोगे, धेरै काम पूरा गरे र धेरै मण्डली स्थापना गरे। तर तिनले गरेको हरेक कुरा परमेश्‍वरप्रति समर्पण वा आफ्‍नो कर्तव्य पूरा गर्नका लागि गरिएको थिएन। यो तिनले व्यक्तिगत रूपमा आशिष्‌ र इनाम प्राप्त गर्ने मनसायले गरिएको थियो। त्यही कारणले गर्दा, धेरै यात्रा र धेरै कठिन परिश्रम गरिसकेपछि, तिनले भने, “मैले असल लडाइ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्‍वासलाई कायम राखेको छु: अबदेखि उसो मेरो लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। पावलले सीधै परमेश्‍वरबाट मुकुट माग गरिरहेका थिए। तिनका बलिदानहरू इमानदार थिएनन् र ती परमेश्‍वरप्रतिको समर्पणबाट आएका थिएनन्। अन्त्यमा, तिनी राज्यमा प्रवेश गर्न नपाएको मात्र होइन, तर तिनी दण्डित पनि भए। मैले परिस्थितिलाई परमेश्‍वरका वचनहरूका सत्यता र सिद्धान्तहरूबाट हेरिरहेकी थिइनँ, मैले परमेश्‍वरको कार्यलाई शैतानको तर्क र लेनदेनको आचरणले मापन गरिरहेकी थिएँ। त्यो मेरो अत्यन्तै मूर्ख कार्य थियो। परमेश्‍वरका वचनहरूले यसो भन्छ: “यदि तैँले सत्यताको खोजी गर्छस्, यदि तैँले सत्यतालाई अभ्यास गर्छस् भने, र तैँले आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्छस् भने, तैँले हिँड्ने मार्ग सहि छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)। मैले के महसुस गरेँ भने, मैले मेरो कर्तव्य पूरा गर्ने क्रममा सत्यताको खोजी गर्ने र आफूलाई चिन्न खोज्ने, मेरा आफ्‍नै गलत दृष्टिकोण र अभिप्रायहरू, र मेरो भ्रष्ट स्वभावलाई सम्‍बोधन गर्ने, र परमेश्‍वरप्रतिको आज्ञाकारिता हासिल गर्ने, र परमेश्‍वरको इच्‍छाको आदर गर्दै मेरो कर्तव्य पूरा गर्ने त्यतिमात्र गर्नुपर्छ। परमेश्‍वरद्वारा मुक्ति पाउने एउटै मात्र तरिका यही हो। मैले यो सबै महसुस गरिसकेपछि, प्रार्थना गरेँ: “मेरो स्वस्थ स्थितिमा जे भए पनि, म समर्पित हुन तयार छु। यदि म बाँचे र यो अस्पतालबाट निस्किएँ भने, म परमेश्‍वरको प्रेमको ऋण तिर्न मेरो अन्तिम साससम्‍म मेरो कर्तव्य पूरा गर्नेछु!”

अस्पतालमा बसेको बाह्रौं दिनमा मैले अस्पतालबाट डिस्चार्ज हुन सकिन्छ कि भनेर जाँच गर्न लगाएँ, र जाँच गरेपछि, डाक्टरले भने, “रक्तस्राव रोकिएको छ, तर जमिएको रगत पूर्ण रूपमा हराएको छैन। १२ दिन उपचार गर्दा यति सुधार हुनु राम्रो कुरा हो।” यो कुरा सुन्दा म अत्यन्तै उत्साहित भएँ, र मलाई रक्षा गर्नुभएकोमा परमेश्‍वरलाई धन्यवाद दिएँ। डाक्टरले मलाई अस्पतालबाट गएपछि, मैले निको हुने कार्यमा ध्यान दिनुपर्छ भने, उनले म कमजोर भएकोले लड्नबाट जोगिनुपर्छ, नत्र, दोस्रो मस्तिष्कघातको परिणाम निकै भयानक हुनेछ भन्ने सल्लाह दिए। म घर फर्केर आएको दिन, मैले मेरी सहकर्मी सिस्टर झाङ्ग छ दिन अघि बाहिर गएकी तर उनी पाहुनाको रूपमा बसेको घरमा अझै फर्केकी छैन भन्‍ने सन्देश प्राप्त गरेँ। तिनी पक्‍कै पनि पक्राउ परेकी थिइन्। यो सुन्दा मलाई निकै चिन्ता लाग्यो। यसको अर्थ तिनी जाने गरेकी भेला हुने ठाउँ र मण्डलीको भेटि राखिएका घरहरू खतरामा थिए, त्यसकारण सावधानीहरू अपनाउन तिनीहरूलाई तुरुन्तै जानकारी दिइनुपर्थ्यो। तर त्यसमा धेरै स्थानहरू पर्थ्यो, भर्खरै डिस्चार्ज भएकी हुनाले, मैले शारीरिक रूपमा त्यो सबै दौडधूपको काम सम्‍हाल्‍न सक्दिनथिएँ। यो किन यसभन्दा पहिले वा पछि भएन? किन यो समस्या यस्तो नाजुक अवस्थामा आइपर्‍यो? यदि मलाई अर्को मस्तिष्कघात भयो भने, म खडा हुन नसक्‍ने अवस्थामा पुग्‍न सक्थेँ, र बाहिर गएर ती सबै मानिसहरूलाई जानकारी दिनु अत्यन्तै खतरनाक कार्य थियो। यदि मलाई पक्राउ गरियो भने, के मैले शारीरिक रूपमा प्रहरीको क्रूर यातनाको सामना गर्न सक्थेँ? त्यो पक्‍कै पनि मेरो अन्त्य हुनेथियो। तर सिस्टर झाङ्ग र मलाई मात्रै यी दाजुभाइ-दिदीबहिनीहरू कहाँ बस्छन् भन्‍ने कुरा थाहा थियो, त्यसकारण मैले तिनीहरूलाई बताइनँ र तिनीहरू पक्राउ परे भने, र परमेश्‍वरको भेटि प्रहरीले लग्यो भने, त्यो भयानक घाटा हुनेथियो। दोधार अवस्थामा, मैले अस्पतालबाट आउनुभन्दा पहिले मनमनै प्रार्थना गरेकी थिएँ, “यदि म बाँचेँ र अस्पतालबाट जान सकेँ भने, म आफैलाई मेरो कर्तव्यमा समर्पित गर्नेछु र मेरो अन्तिम साससम्‍मै परमेश्‍वरको प्रेमको ऋण तिर्नेछु।” अहिले समस्या भइरहेको बेला, मैले कसरी मेरो प्रतिज्ञालाई त्यतिकै बिर्सन सक्थेँ र? म परमेश्‍वरको अघि लम्पसार परेँ र प्रार्थना गरेँ, “प्रिय परमेश्‍वर, तपाईंले मलाई हेरिरहनुभएको छ, मेरो आचरण देखिरहनुभएको छ। म परमेश्‍वरको घरको काममा साथ दिन र मेरो कर्तव्य पूरा गर्न तयार छु। बिन्ती छ मलाई अगुवाइ गर्नुहोस्।” मैले प्रभु येशूलाई क्रूसमा चढाइको बेला के भएको थियो त्यसको बारेमा विचार गरेँ, जुन कुरा मेरो लागि अत्यन्तै हृदय-स्पर्शी थियो। प्रभु येशू मानवजातिलाई छुटकारा दिनकै खातिर पछाडि पनि फर्केर नहेरीकन आफूलाई क्रूसमा टाँगिने स्थानमा जानुभयो, अनि पीडा र अपमान सहनुभयो। मानवजातिप्रतिको परमेश्‍वरको प्रेम अत्यन्तै महान् छ। उहाँले हाम्रो निम्ति आफ्‍नो जीवन दिनुभयो, तब मैले किन मेरो व्यक्तिगत चासोहरूलाई त्याग्‍न र परमेश्‍वरको प्रेमको ऋण तिर्नको लागि परमेश्‍वरको घरको कामको रक्षा गर्न सकिरहेकी थिइनँ? सृष्टि गरिएको प्राणीको रूपमा, मैले परमेश्‍वरको अनुग्रहमा आनन्द लिँदै मेरा आशिषहरूको बारेमा मात्रै विचार गर्नु हुँदैनथियो। यदि मैले मेरो कर्तव्य पूरा गरिनँ भनेँ, म मानव भनिन समेत लयाककी हुन्थिनँ। परमेश्‍वरका वचनहरूको प्रोत्साहन पाएर, मैले समस्याहरू समाधान गर्ने बन्दोबस्त मिलाउन थालेँ। म दोस्रो आश्रयदाताको घरमा जाँदै गर्दा, मैले सिस्टर झाङ्ग पक्राउ परेकी छैनन् भन्‍ने पत्ता लगाएँ। म परमेश्‍वरप्रति अत्यन्तै आभारी भएँ। मलाई अझै बढी शान्तिको पनि महसुस भयो, किनभने मैले मेरा अभिप्राय र दृष्टिकोणहरूलाई सुधार गरेर सत्यतालाई अभ्यास गर्न सकेकी थिएँ।

यी छ वर्षको अवधि कति छिटो बितेर गएको छ। म अहिले पूर्ण रूपमा निको भएकी छैन, मेरो देब्रे हात र खुट्टामा अझै केही मात्रामा अचेतपन छ, तर मेरो स्वस्थ स्थिति परमेश्‍वरकै हातमा छ भन्‍ने मलाई थाहा छ। पूर्ण रूपमा निको नभएर यसले मेरो लागि रक्षाको काम गर्छ, मैले मेरो कुनै पनि प्रयास आशिष्‌हरू प्राप्त गर्ने उद्देश्यले हुँदैन, नत्र म पावल जस्तै गलत मार्गमा पुग्‍नेछु भन्‍ने स्मारकको रूपमा काम गर्छ। मैले यतिको समयसम्‍म कष्ट भोगेकी छु, तर मलाई यसले मेरो भ्रष्टता र अशुद्धतालाई अझै राम्ररी बुझ्‍न र आशिष्‌ पाउने सम्‍बन्धी मेरो गलत दृष्टिकोणलाई सुधार गर्न सहायता गरेको छ। मेरो विश्‍वासमा, मैले सत्यताको खोजी गर्नुपर्छ र म परमेश्‍वरमा समर्पित हुनुपर्छ, र सृष्टि गरिएको प्राणीको रूपमा रहेको मेरो कर्तव्य पूरा गर्नुपर्छ भन्‍ने मलाई थाहा छ। अहिले मेरो खोजीमा मेरो लक्ष्‍य सही छ—यो रोग मेरो लागि लुकेर आएको आशिष्‌ थियो! मैले सहज वातावरणमा यो सबै कुरा कहिल्यै प्राप्त गर्न सक्‍ने थिइनँ। उहाँको मुक्तिको लागि परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

कर्तव्य करियर होइन

चेङ्ग नुओ, फ्रान्स गत वर्ष म दुई वटा मण्डलीहरूको काममा नवआगन्तुकहरूको लागि जिम्मेवार थिएँ। कहिलेकाहीं, हाम्रा मण्डलीहरूबाट अन्य कतै...

समस्या रिपोर्ट गर्नेबारे आशङ्का

सेप्टेम्‍बर २०२१ मा, मैले मण्डलीमा सुसमाचार सुनाउने काम गरिरहेको थिएँ। केही समयपछि, मैले सुसमाचार सुपरभाइजरले आफ्‍नो कर्तव्यमा कुनै बोझ...

ती सब कष्ट-भोग केका लागि?

विश्‍वासी बनेपछि, धेरै अगुवाहरूले वास्तवमा नै धेरै कठिनाइ भोग्‍न सक्छन् भन्‍ने देखेँ। तिनीहरूले झरी बतासमा पनि काम गरिरहेका, र आफ्‍नो...

मैले कसरी झूट बोल्न छोडेँ

मरिनेत्ते, फ्रान्स परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गर्नुअघि, म झूट बोल्थें र सोच्दै नसोची मानिसहरूको चापलुसी गर्थें किनभने मलाई...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्