एक अधिकृतको पश्‍चात्ताप

13 डिसेम्बर 2020

झेन्क्षिङ्ग, चीन

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी गर्नुभएका सबै प्रेम हो। तैंले देखेको सजाय र न्याय पनि प्रेम नै हो, अझ सत्य र अझ बढी साँचो प्रेम, एउटा यस्तो प्रेम जसले मानिसहरूलाई जीवनको सही मार्गमा डोऱ्याउँछ। … उहाँले गर्नुभएका सबै कामहरूको उद्देश्य मानिसहरूलाई मानव जीवनको सही मार्गमा डोऱ्याउनु हो, यसैले कि तिनीहरू सामान्य मानिसहरू जस्तो जिउन सकून्, किनकि तिनीहरू कसरी जिउनुपर्छ भनी जान्दैनन्, र यो अगुवाइविना तैँले रित्तो जीवन मात्र जिउनेछस्; तेरो जीवन मूल्य विहीन वा अर्थरहित हुनेछ, र तँ एक सामान्य व्यक्ति बन्‍न सक्‍नेछैनस्। मानिसलाई जित्नुको सबैभन्दा गहिरो अर्थ यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (४))। परमेश्‍वरका यी वचनहरू मेरो लागि साच्चिकै मन छुने छन् र उहाँले मलाई दिनुभएको मुक्तिको बारेमा मैले नसोची रहन सक्दिनँ।

म गाउँमा जन्मिए। मेरा बुबाआमा साधारण किसान हुनुहुन्थ्यो। हामी गरिब भएकाले अरू गाउँलेहरूले हामीलाई घृणा गर्थे। म एक दिन उनीहरूलाई म गरेर देखाइदिन्छु भनेर सोच्थें। एक दिन, उनीहरूले पनि अर्कै नजरले हेर्नेछन्। किशोरावस्थामा, म सेनामा भर्ती भएँ। जागिरमा बढुवा पाइने आशामा, काम जतिसुकै नराम्रो भए पनि, म जस्तोसुकै काम गर्थें। तर वर्षौंसम्‍म पनि म सिपाही नै रहिरहेँ। त्यसपछि मैले बुझेँ, बढुवाका लागि त उपहार पो दिनु पर्दो रहेछ, कडा मेहनत गरेर हुँदो रहनेछ। यसो गर्नु मलाई नराम्रो लागे पनि, मलाई बढुवा चाहिएको थियो। त्यसैले मेलै मभन्दा माथिका कर्मचारीलाई मेरो बचतको सबै पैसा दिएँ। र चाँडै, म बढुवाका लागि योग्य भएँ। सैन्य विद्यालयपछि, मलाई खाना पकाउन पठाइयो, किनभने मसँग उपहार दिने पैसा नै थिएन। मलाई थाहा थियो कि “जसले उपहार ल्यायो, उही हाकिमको प्यारो,” र “चापलुसी नगर्नेले केही पनि उपलब्धि प्राप्त गर्दैन।” मलाई कहीँ-कतै पुग्नु थियो भने मलाई पैसा चाहिन्थ्यो, उपहारहरूका लागि, अन्यथा मैले जतिसुकै कडा मेहनत गरे पनि म कतै पुग्न सक्दिनथेँ। मलाई प्रगति गर्नु थियो, त्यसैले पैसा कमाउन र सक्‍नेजति सबै गरेँ, मभन्दा माथिका कर्मचारीलाई उपहार दिएँ, उनीहरूको चाकडी गरेँ। मैले गरिरहेको काम गैर-कानुनी हो भन्‍ने मलाई थाहा थियो। र पक्राउ परिन्छ कि भनेर मलाई सधैँ डर लाग्थ्यो। म डराइ-डराइ बाँचिरहे। तर अधिकृत बन्ने सोचले मलाई अघि बढाइरह्यो। आखिरमा केही समयपछि, म बटालियन कमान्डर भएँ। त्यसपछि म घर गएँ, गाउँलेहरूले मेरो चापलुसी गर्दै मेरो वरिपरि भीड गर्थे। यसले मेरो अहमतालाई दह्रो बनायो, मेरो महत्वाकांक्षा र मेरा इच्छाहरूलाई बढायो। उनीहरूले के भने तपाईंहरूलाई थाहा छ? “मीठो खाना र राम्रो लाउनको लागि शासक भइन्छ” र “आफ्नो हातमा हुँदा नै शक्ति प्रयोग गर्नपर्छ, आफ्नो हातमा नहुँदा त्यसको के काम हुन्छ र?” मैले अधिकृतसँग हुने सबै सुविधाहरूको फाइदा उठाएँ, आफूलाई चाहिएको सबै कुराहरू बिना पैसा लिँदै गएँ। मबाट कसैलाई केही चाहिँदा, उनीहरूले मलाई उपहार दिनु पर्थ्यो। मैले राजनीतिक अधिकारीको चुनिएको व्यक्तिको रूपमा मेरो पदलाई प्रयोग गर्दै मभन्दा तलका कर्मचारीलाई उपहार दिन पनि लगाउँथे। अनि अन्त्यमा, म एक साधारण मान्छेबाट, एक लोभी, कपटी, र छली व्यक्ति बन्न पुगे।

म मेरो काममा मात्रै अत्याचारी थिइन, घरमा पनि मैले मेरी श्रीमतीलाई नराम्रो व्यवहार गर्थें। मैले कुनै कारणविना, मेरी श्रीमतीप्रति शङ्का गर्न थालेँ र उनलाई परपुरुषसँग लागेको आरोप लगाउन थालेँ। आखिरमा उनलाई पनि असह्य भयो र सम्बन्ध विच्छेद मागिन्। मेरो सुखी घर-परिवार लथालिङ्ग हुनथाल्यो। र हाम्रो छोराले पनि दु:ख पाउन थाल्यो। मलाई एकदमै नराम्रो लाग्यो, र म लिएको बाटोको बारेमा सोचेँ। म सानो हुँदादेखि नै, अरूभन्दा राम्रो हुनुपर्छ भन्नेमा पक्का थिएँ। म र मेरी श्रीमती दुवै जनाको जागिर राम्रो थियो, हामीले एकदमै सहज जीवन बिताएका थियौँ। अरूले हामी दुई जनाको सधैँ प्रशंसा गर्दथे। त्यसैले म सोच्थें, म खुशी र सन्तुष्ट हुनुपर्दछ। तर पनि म किन अझै रित्तो महसुस गर्थेँ? मैले किन यस्तो पीडा महसुस गरिरहेको थिए? के मैले चाहेको जीवन यही नै हो त? जीवन जिउने सही तरिका के थियो? मैले कुनै उत्तर पाइन। मैले आफू हराएको जस्तो महसुस गरेँ। त्यसपछि मेरी श्रीमतीले सर्वशक्तिमान्‌ परमेश्‍वरको सुसमाचारलाई स्वीकार गरिन्, र सधैँ भेला भएर सङ्गति गर्न थालिन्। केही समयपछि, उनीमा सकारात्मकता देखिन थाल्यो। उनलाई झगडा गर्न वा सम्बन्ध विच्छेद गर्न इच्छा भएन। उनी परिवर्तन भएको देखेर, मलाई लाग्यो परमेश्‍वर पक्‍कै महान् हुनुहुन्छ। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनहरू पढेँ र मलाई उहाँमाथि विश्‍वास जाग्यो।

म मण्डलीको जीवन जिउन थालेँ, र त्यसपछि, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली यो संसारभन्दा फरक छ भन्‍ने थाहा पाएँ। यहाँ सबैले परमेश्‍वरका वचनहरू पढ्छन् र सत्यको सङ्गति गर्छन्। उनीहरू परमेश्‍वरको वचनअनुसार जिउन र इमानदार र सच्चा हुन खोज्छन्। यो ठाउँ शुद्ध छ जस्तो मलाई महसुस भयो, र मैले पहिले कहिल्यै अनुभव नगरेको स्वतन्त्रताको महसुस गरेँ। परमेश्‍वरका वचनहरू सङ्कलन गरेर र पढेपछि, मैले परमेश्‍वर पवित्र तथा धर्मी हुनुहुन्छ र उहाँले मानिसको भ्रष्टतालाई घृणा गर्नुहुन्छ भन्ने कुरा सिकेँ। म सेनामा हुँदा मेरा धेरै गलत बानीहरू बसे। पश्‍चात्तापविना, परमेश्‍वरले मलाई घृणा गर्नुहुन्थ्यो। त्यसपछि मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “यस्तो फोहोरी भूमिमा जन्म लिएर, मानिस समाजद्वारा प्रभावित भएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसलाई ‘उच्‍च शिक्षा दिइने’ संस्थाहरूमा सिकाइएको छ। पिछडिएको सोच, भ्रष्‍ट नैतिकता, जीवन सम्बन्धी तुच्छ दृष्टिकोण, जीवनयापनको घृणित दर्शनशास्‍त्र, पूर्णतया मूल्यहीन अस्तित्व, र भ्रष्‍ट जीवनशैली र चलनहरू—यी सबै कुराहरू मानिसको हृदयमा गहिरोसँग घुसिसकेको छ, र उसको विवेकलाई गम्भीर रूपमा कमजोर बनाएको छ र आक्रमण गरेको छ। परिणाम स्वरूप, मानिस परमेश्‍वरदेखि अझ धेरै टाढिएको छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी क्रूर बन्दैछ, र परमेश्‍वरको निम्ति स्वेच्छाले कुनै कुरा त्याग्‍न इच्छुक व्यक्ति एक जना पनि छैन, परमेश्‍वरको आज्ञापालन गर्न इच्छुक व्यक्ति एक जना पनि छैन, न त यसबाहेक, परमेश्‍वरको स्वरूपलाई खोज्‍न इच्छुक व्यक्ति नै छ। बरु, शैतानको क्षेत्र अन्तर्गत रहेर, हिलोको भूमिमा शरीरको भ्रष्टतामा आफैलाई सुम्पँदै, सुख विलासको पछि लाग्ने बाहेक मानिसले अरू केही पनि गर्दैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो)। यो पढेपछि मैले म किन यति धेरै भ्रष्ट थिएँ भन्‍ने थाहा पाएँ। मैले म सेनामा हुँदाको समयको बारेमा सोचेँ। अगाडि बढ्ने आशामा मैले संसारका नियमहरूको पालना गरिरहेँ, सधैँ नराम्रो काम गर्दै, र नराम्रो फाइदा उठाउँदै त्यसो गर्थेँ। म पापी भएर पनि लाज पचाएर बाँचेँ। म भ्रष्ट र दुष्ट भएको थिएँ। तर परमेश्‍वरका वाणीले मलाई सही बाटो देखायो, मलाई मेरो भ्रष्टता तथा दुष्टताको कारण देख्न सक्षम बनायो। वास्तवमा यी सबैको कारण त शैतान पो रहेछ। हाम्रो समाजलाई भ्रष्ट बनाउन, पापको कुण्डमा धकेल्न शैतानले सबै प्रकारको शिक्षाको प्रयोग गरिरहेको छ। शक्ति भएका व्यक्तिहरू मात्तिदैं, सामान्य मानिसको फाइदा उठाउँदै अघि बढ्छन् भने, सामान्य इमानदार व्यक्तिहरू यता उता ठक्कर खान्छन् र आफ्नो जीवनमा केही गर्न सक्दैनन्। हाम्रो समाज भ्रम र पाखण्डले भरिएको छ, जस्तै, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “दिमाग खियाउनेहरू अरूमाथि शासन गर्छन्, हात खियाउनेहरू अरूद्वारा शासित हुन्छन्,” “अरूभन्दा असल बन र पुर्खाको नाम राख,” “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ,” “जसले उपहार ल्यायो, उही हाकिमको प्यारो, अनि चापलुसी नगर्नेले केही पनि उपलब्धि प्राप्त गर्दैन,” “मीठो खाना र राम्रो लाउनको लागि शासक भइन्छ,” र “आफ्नो हातमा हुँदा नै शक्ति प्रयोग गर्नपर्छ, आफ्नो हातमा नहुँदा त्यसको के काम हुन्छ र?” यी सबै कुरामा अल्झिँदा, र ममाथिको दबाबका कारण, मैले थाहा पाउनुभन्दा अघि नै मैले बाटो बिराएछु। मसँग भएका सबै अधिकारको दुरुपयोग गर्दै म आफूले चाहेको अधिकृत बन्न कहिल्यै रोकिइन। म एकदमै भ्रष्ट व्यक्ति भएको थिएँ। मैले मेरा सबै दुष्ट कार्यहरूको निम्ति पछुतो गरेँ। तर परमेश्‍वरले मलाई बचाउनुभयो। उहाँले मलाई फेरि सुरु गर्ने मौका दिनुभयो। नत्र, मैले सजाय पाउँथे। म मेरो व्यवहारको लागि श्रापित हुन्थे। म परमेश्‍वरप्रति धेरै नै आभारी छु, अन्ततः मैले सेनाको जागिर छोड्ने सङ्कल्‍प गरेँ। तर मभन्दा माथिका कर्मचारीले म तिमीलाई पल्टनको उप-कमान्डरमा बढुवा गरिदिन्छु तर जागिर नछोड भनेका थिए। यसो भन्दा, म हिचकिचाएँ। कमान्डर? आखिर मैले सधैँ चाहेको पनि त त्यही थियो। यो कुराबाट म अगाडि बढ्न सकिरहेको थिइन, र मलाई के गर्ने भन्ने कुरा थाहा थिएन। त्यसैले, म परमेश्‍वरको अगाडि प्रार्थना गर्न र उत्तर खोज्न आएँ। त्यसपछि मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “यदि तँ उच्च स्थान, सम्माननीय प्रतिष्ठामा छस्, प्रशस्त ज्ञानका स्रोत, प्रशस्त सम्पत्तिका मालिक होस्, धेरै मानिसहरूले तँलाई समर्थन गर्छन्, तर पनि उहाँको बोलावट र उहाँको आज्ञालाई स्वीकार गर्न र तँबाट परमेश्‍वरले माग्‍नुभएका कार्यहरू गर्नका लागि परमेश्‍वरका सामु आउन यी कुनै पनि कुराहरूले तँलाई रोकेनन् भने, तैँले गरेका सबै कुराहरू यस पृथ्वीमा अति अर्थपूर्ण अभियान र मानवजातिका निम्ति अति धार्मिक कार्य हुनेछन्। यदि तैँले ओहोदा र तेरा आफ्ना लक्ष्यहरूका खातिर परमेश्‍वरको बोलावटलाई अस्वीकार गरिस् भने, तैँले गरेका सबै कुराहरू श्रापित हुनेछन् र परमेश्‍वरद्वारा ती निन्दित हुनेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ)। “मानिसहरू पृथ्वीमा आउँछन् र मसँग जम्काभेट हुनु दुर्लभ कुरा हो, अनि सत्यताको खोजी गर्ने र त्यसलाई प्राप्त गर्ने अवसर प्राप्त गर्नु पनि दुर्लभ कुरा हो। यस सुन्दर समयलाई तिमीहरू यस जीवनमा खोजी गर्नुपर्ने सही मार्गको रूपमा किन महत्त्व दिँदैनौ? अनि सत्यता र न्यायलाई तिमीहरू किन सधैँ यति धेरै उपेक्षा गर्छौ? मानिसहरूसँग खेलबाड गर्ने त्यस अधर्म र त्यस घिनलाग्दो कुराको निम्ति किन तिमीहरू आफैलाई कुल्चँदैछौ र नष्ट गर्दैछौ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जवान र वृद्धको निम्ति वचनहरू)। प्रत्येक वचनले मलाई इँटाले जस्तो हिर्कायो, र म जागेँ। मैले सोचेँ, मैले संसारमा सत्यलाई व्यक्त गर्न र मानिसलाई बचाउन आउनुभएको देहधारी परमेश्‍वरलाई भेट्ने सौभाग्य पाएँ, र आफूलाई परमेश्‍वरप्रति समर्पित गर्ने मौका पाएँ। यो परमेश्‍वरको महानता र अनुग्रह हो। सृष्टिकर्ताका लागि आफूलाई समर्पित गर्नुभन्दा धेरै अर्थपूर्ण अरू केही छैन। मानिसहरू आफ्नो हैसियतमा जतिसुकै माथि पुगे पनि, के उनीहरू खुशी हुन्छन् त? त्यसैले, धेरै शक्तिशाली मानिसहरूले मनलागी गर्छन्, सबै प्रकारका दुष्ट कुराहरू गर्छन्। तर अन्त्यमा, उनीहरूले उचित सजाय पाउँछन्। त्यसैले धेरै अधिकृतहरू धनी र चर्चित हुन्छन्, तर उनीहरू शक्तिको दौडमा पछि पर्ने बित्तिकै, केही जेलमा पुग्छन्, र कसैले आत्महत्या गर्छन्। … यो तपाईंले सोचेको भन्दा धेरै पटक हुन्छ। र मेरो हकमा, म पदको भर्‍याङमा चढ्न नङ्ग्रा घिसार्दै थिएँ, तर म घमण्डी, स्वार्थी तथा छली थिएँ। अहिले परमेश्‍वरले मलाई सत्यका यति धेरै उपहार दिनुभएको छ, र मलाई सही बाटो देखाउनुभएको छ। त्यसैले म अब पहिलेको जस्तो कसरी भइरहन सक्छु र? लगभग मेरो जीवनभरि, मलाई शैतानले मूर्ख बढाइरह्यो, म पशु जस्तो नहुँदासम्म त्यसो गरिरह्यो। त्यसपछि मैले परिवर्तन हुन, परमेश्‍वरलाई पछ्याउन, सत्यको अभ्यास गर्न, र परमेश्‍वरका वचनहरू अनुसार जिउन चाहेँ। त्यसैले मैले सेना छोड्ने र नयाँ पेसा अङ्गाल्ने निधो गरेँ। तर शैतानले मलाई भ्रष्ट बनाएका हुनाले, “अरूभन्दा असल बन र पुर्खाको नाम राख” भन्ने विष मेरो लागि मूल मन्त्र जस्तो भएको थियो। मण्डलीमा, म अघि बढ्ने कोसिस गर्दैथिएँ, तर परमेश्‍वरको प्रकाश र न्यायले मेरो लक्ष्यलाई सच्याइदियो।

केही समयका लागि मण्डलीमा मेरो कर्तव्य पूरा गरेपछि, मैले उक्त मण्डलीमा मण्डलीको एक जवान अगुवा देखेँ, र अर्को एक जना पनि थिए जोसँग मेरो पहिलेदेखि नै मित्रता थियो। मलाई उकुसमुकुस भयो। मैले सोचेँ, “बाहिरी दुनियाँमा तिमीहरू दुवै जना मभन्दा साना थियौ। तर यहाँ, मण्डलीमा, तिमीहरू मभन्दा माथि छौ। वास्तवमा मण्डलीको अगुवा त, म पो हुनुपर्छ।” मैले यो लक्ष्यलाई जसरी पनि अघि बढाउन थालेँ। त्यसपछि मैले एउटा योजना बनाएँ। म ५ बजे उठेर परमेश्‍वरको वचनहरू पढ्न थालेँ, दुई घण्टाका लागि प्रवचन सुन्न थालेँ, र प्रत्येक हप्ता तीनवटा भजन सिक्न थालेँ। म मेरो कर्तव्यमा अझै सक्रिय भएँ, र मण्डलीमा हुने सबै कुरामा अघि सर्न थालेँ, काम जतिसुकै गाह्रो वा थकाउने किन नहोस्। भेलाहरूमा, मैले मेरो सेनाको अनुभव, मेरा क्षमतामा भएका कमजोरीहरूको बारेमा कुरा गर्थेँ, र बिस्तारै मण्डलीको नेतृत्वतर्फ समेत आँखा लगाउन थालेँ। कहिलेकाहीँ म उनीहरूले गरेका कामको समेत निन्दा गर्थेँ, त्यो काम म उनीहरूभन्दा राम्ररी गर्न सक्छु भन्ने सोच्दै त्यसो गर्थेँ। मण्डलीको अगुवा बन्ने आशामा ख्याति र हैसियतको लागि संघर्ष गर्दै म यसरी जिउँदै गएँ। एक पटक मैले मण्डलीको अगुवाले केही कुरा सही तरिकाले नगरेको देखेँ। उनले गरेको गल्तीका लागि मैले उनलाई गाली गरेँ, र उनले राजीनामा दिनुपर्छ भनेर सङ्केत पनि गरेँ। म अर्को चुनावमा अगुवा चुनिन्छु भन्‍ने आशामा थिएँ। तर जब अरूले यो कुरा थाहा पाए, उनीहरू मकहाँ आए, अनि मलाई छली र महत्त्वाकांक्षी भने। त्यसपछि मैले मेरो समूहको अगुवाको जिम्मेवारी पनि गुमाएँ। यसले मलाई एकदमै दुःखी तुल्यायो। मैले सोचेँ, म कुनै बेला कमान्डर थिएँ। तर अहिले, म मण्डलीको एउटा समूहको पनि अगुवाइ गर्न सक्दिनँ। धेरै महिनापछि पनि, मैले यसलाई इन्कार गरिनै रहेँ। म उनीहरूको अगाडि पर्न सक्दिन थिएँ। मैले बैठकहरूमा भाग लिन छोडिदिएँ। मेरो आत्मा अँध्यारो भयो र मैले परमेश्‍वरलाई महसुस गर्न सक्ने छोडेँ। त्यसपछि, म डराएँ, अनि मलाई यो अँध्यारोबाट बाहिर निकाल्नका लागि परमेश्‍वरको अगाडि प्रार्थना गर्न हतार-हतार गएँ।

पछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ। “तिमीहरूको खोजीमा, तिमीहरूसँग अत्यन्तै धेरै धारणा, आशा र भविष्यहरू छन्। अहिलेको काम तिमीहरूको हैसियतको चाहना र असाधारण चाहनाहरूको निराकरण गर्नको निम्ति हो। आशा, हैसियत र धारणाहरू सबै शैतानिक स्वभावका उत्कृष्ट प्रतिनिधित्वहरू हुन्। … तिमीहरू अब अनुयायी हौ र तिमीहरूले यस चरणको कामको बारेमा केही समझ प्राप्त गरेका छौ। यद्यपि, तिमीहरूले अझ पनि आफ्नो हैसियतको इच्छालाई पन्छाएका छैनौ। तिमीहरूको हैसियत उच्च हुँदा तिमीहरू असल तवरले खोजी गर्छौ, तर तिमीहरूको हैसियत कम हुँदा तिमीहरू खोजी नै गर्दैनौ। हैसियतका आशिष्‌हरू सधैँ तिमीहरूको मनमा हुन्छन्। … तैँले जति यस किसिमले खोजी गर्छस्, तैँले त्यति नै कम कटनी गर्छस्। व्यक्तिको हैसियतको इच्छा जति ठूलो हुन्छ, तिनीहरूसँग त्यति नै धेरै गम्भीर निराकरण गरिनुपर्ने हुन्छ र तिनीहरू त्यति नै ठूलो शोधन भएर जानुपर्ने हुन्छ। यस्ता मानिसहरू बेकम्मा हुन्छन्! तिनीहरूले यी कुराहरूलाई पूर्ण रूपमा छोड्नको लागि तिनीहरूको यथेष्ट निराकरण र न्याय गरिनुपर्छ। यदि तिमीहरू अन्त्यसम्मै यसरी पछि लाग्यौ भने, तिमीहरूले केही पनि कटनी गर्नेछैनौ। जीवनको पछि नलाग्‍नेहरूलाई रूपान्तरण गर्न सकिँदैन र सत्यको निम्ति नतिर्खाउनेहरूले सत्य प्राप्त गर्न सक्दैनन्। तैँले व्यक्तिगत रूपान्तरण र प्रवेशको पछि लाग्‍ने कुरामा ध्यान दिँदैनस्, तर परमेश्‍वरमाथिको तेरो विश्‍वासमा अवरोध गर्ने र उहाँको नजिक लानबाट तँलाई रोक्‍ने असामान्य इच्छा र चीजहरूमा ध्यान दिन्छस्। के ती कुराहरूले तेरो रूपान्तरण गर्न सक्छन्? के तिनीहरूले तँलाई राज्यभित्र ल्याउँछन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?)। परमेश्‍वरका वचनहरूले मेरो हृदय छिया-छिया भयो, र म एकदमै लज्जित भएँ। म एउटा पदको लागि होडबाजी गरिरहेको थिएँ तर मेरा साथीभाइहरूले मेरो खुलासा गरिदिनुभयो र मलाई मेरो कामबाट निकालिदिए। यो मैले चाहेको जस्तो थिएन, तर यो कसैले मप्रति रिस-इवीले गरेको पनि थिएन। तर यो त एक धर्मी न्याय थियो, र परमेश्‍वरले समयमै दिनुभएको मुक्ति थियो। आखिरी दिनहरूमा परमेश्‍वरको कार्य हाम्रो पुरानो सोचाइ तथा धारणाहरू बदलेर, हामीलाई शैतानको प्रभावबाट बचाउनु हो, ताकी हामीले परमेश्‍वरबाट सत्य तथा जीवन प्राप्त गर्न सकौं र प्रकाशमा जिउन सकौं। म सही बाटोमा हिँडिरहेको वा सत्यको खोजी गरिरहेको थिइन, पद मात्रै खोज्दै थिएँ। र त्यो पदसम्म पुग्नका लागि, मैले छलकपटको बाटो र चलाकीहरूको प्रयोग गरेँ। के यो, मानवजातिलाई बचाउने परमेश्‍वरको इच्छाको विपरीत छैन र? त्यसरी अघि बढ्नुको अर्थ, मैले कहिल्यै सत्य प्राप्ति गर्दिन र म हटाइन्छु भन्‍ने हुन्थ्यो। बाटो बिराउनबाट मलाई रोक्न र मलाई सही बाटोमा ल्याउनका लागि, परमेश्‍वरले मण्डलीका अन्य सदस्यहरूमार्फत मलाई निराकरण गर्नुभयो, मेरो महत्वाकांक्षालाई उजागर गर्दै, मलाई पदबाट हटाउँदै त्यसो गर्नुभयो, ताकी त्यसपछि मैले विचार गर्न र सही बाटो समात्न सकूँ। परमेश्‍वरले हाम्रो हृदय भित्रका कुराहरू वास्तवमै देख्नुहुन्छ भन्‍ने मैले देखेँ। अब मसँग परमेश्‍वरको धार्मिकता तथा पवित्रताको के वास्तविक बुझाइ थियो। अब उप्रान्त म मेरो पद गुमाउँछु कि भन्ने डरमा छैनँ। मैले चाहेको एक मात्र कुरा भनेको परमेश्‍वरको बन्दोबस्तहरूप्रति समर्पित हुनु हो।

छ महिनापछि, म अर्को मण्डलीमा मण्डलीको जीवन जिउन गएँ, र त्यहाँ पनि उनीहरूले अगुवा छान्न लागेका रहेछन्। त्यहाँ भएकाहरूमध्ये परमेश्‍वरमा सबैभन्दा लामो समयदेखि विश्‍वास गर्ने म नै थिएँ भनेर जान्दा म खुशी भएँ, त्यसैले मैले सोचेँ, मेरो लागि यहाँ मौका जुर्न सक्छ। जीवनको अनुभव र परमेश्‍वरमा विश्‍वास गरेको समयका आधारमा मैले तिनीहरू सबैलाई जितेको थिएँ। मैले सोचेँ, अगुवाका लागि सबैभन्दा राम्रो व्यक्ति म नै हुँ। जब म आफूलाई राम्रो देखाउने तरखरमा थिएँ, म बसेको पुरानो मण्डलीकी एक व्यक्ति चिनियाँ कम्युनिस्ट पार्टीको पक्राउबाट उम्कन हाम्रो मण्डलीमा आउनुभयो, त्यसैले मैले सोचेँ, मेरो पुरानो मण्डलीमा मैले पदका लागि होडबाजी गरेको थिएँ भन्‍ने उनलाई थाहा छ। र मैले फेरि मण्डलीको अगुवा बन्न खोजेको उनले देखिन भने, के उनले मेरो पुरानो बेइज्जत गर्ने बानीको पोल खोलिदिनेछिन्? यदि उनले त्यसो गरिन् भने त, एकदमै नराम्रो हुनेछ। मसँग अरू कुनै उपाय थिएन। मैले मेरा योजनाहरूलाई छोडिदिएँ र नयाँ योजना बनाएँ म समूहको अगुवा भएपछि त्यहाँबाट भर्‍याङ उक्लिन्छु। तर अचम्म लाग्दो कुरा, मलाई समूहको अगुवाको रूपमा पनि छानिएन। मण्डलीमा दैनिक गर्नुपर्ने कामका लागि पुग्ने मान्छे थिएनन्, त्यसैले मलाई मण्डलीका अगुवाहरूले केही काम गर्नुहुन्छ कि भनेर सोधे। मलाई हठी हुनु थिएन, त्यसैले मैले हुन्छ भनेँ। म एक इज्जतदार कमान्डर थिएँ। तैपनि अहिले म स-साना काम गरिरहेको थिएँ। सबै कुरा गलत भएजस्तो लाग्यो। प्रहरीले हाम्रो ठाउँ पत्ता लगाउन धेरै समय लगाएन। हामी त्यो ठाउँमा जम्मा हुन नपाउने भयौं। अगुवाले मलाई अर्को समूहमा राखिदिए, अरूलाई बास बस्‍न दिने दाजुभाइ दिदीबहिनीलाई जम्मा गर्ने कामको लागि यसो गरे। यो मेरो लागि अति नै थियो। मैले झिना-मसिना काम मात्रै गरिरहेको थिइन, तर अब मैले अरूलाई बस्‍न बस्‍ने दिनेहरूलाई जम्मा पनि पार्नुपर्ने भयो। मलाई यो मेरो लागि अपमानजनक छ भन्‍ने महसुस भयो। म यति धेरै पछाडि कसरी धकेलिएँ? यदि यस्तै भइरह्यो भने, अन्त्यमा मेरो के हुन्छ? म झन्-झन् दुःखी भएँ। मैले गर्न सक्ने भनेको मलाई अगुवाइ गर्न उहाँलाई अनुरोध गर्दै परमेश्‍वरको अगाडि तुरुन्तै प्रार्थना गर्न मात्रै थियो।

त्यसपछि मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “धेरै वर्षसम्म, आफ्नो अस्तित्वका निम्ति मानिसहरू भर परेका सोचहरूले तिनीहरूको हृदयहरूलाई यति हदसम्म बिगारेका छन् कि तिनीहरू छली, डरपोक र घृणित बनेका छन्। तिनीहरूमा इच्‍छाशक्ति र सङ्कल्पको अभाव मात्र नभएर, तिनीहरू लोभी, अहङ्कारी र मनमानी गर्ने पनि भएका छन्। तिनीहरूसँग स्वयम्‌लाई उछिन्‍ने सङ्कल्पको अभाव छ, र त्योभन्दा बढी, यी अँध्यारा प्रभावहरूबाट मुक्त हुने अलिकति पनि साहस तिनीहरूसँग छैन। मानिसहरूका विचार र जीवन यति कुहिएका छन् कि परमेश्‍वरमाथि विश्‍वास गर्ने सम्बन्धमा तिनीहरूका दृष्टिकोणहरू अझ पनि असहनीय रूपले घृणित छन् र त्योभन्दा बढी, जब मानिसहरूले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको सम्बन्धमा आफ्ना दृष्टिकोणहरू राख्छन् त्यो सुन्‍न नसकिने किसिमका हुन्छन्। मानिसहरू सबै डरपोक, अयोग्य, घृणित र कमजोर छन्। अन्धकारका शक्तिहरूप्रति तिनीहरूले घृणाको महसुस गर्दैनन् र तिनीहरू ज्योति र सत्यताप्रति प्रेमको महसुस गर्दैनन्; बरु तिनलाई निष्कासित गर्ने भरमग्दुर प्रयास तिनीहरू गर्छन्। के तिमीहरूका अहिलेका सोच र दृष्टिकोणहरू यस्तै छैनन् र? ‘मैले परमेश्‍वरमाथि विश्‍वास गर्ने हुनाले ममाथि आशिष्‌हरूको वर्षा हुनुपर्छ र मेरो हैसियत कहिले पनि फुत्केर नगएको होस् र त्यो गैरविश्‍वासीहरूको भन्दा उच्‍च रहनुपर्छ भन्‍ने कुराको सुनिश्‍चित गरिनुपर्छ।’ तिमीहरूले आफूभित्र त्यस किसिमको दृष्टिकोण केवल एक वा दुई वर्षदेखि मात्र होइन तर धेरै वर्षदेखि राखेका छौ। तिमीहरूको कारोबारी तरिकाको सोचाइ अति विकसित भएको छ। तिमीहरू आज यस चरणमा आइपुगेको भए तापनि तिमीहरूले हैसियतलाई अझ पनि छाडेका छैनौ तर एक दिन तिमीहरूको हैसियत गुम्‍नेछ र तिमीहरूको नाम नष्ट हुनेछ भन्‍ने गहिरो डरको साथ यसको बारेमा निरन्तर सोधपुछ गर्नमा सङ्घर्ष गर्छौ र दिनहुँ यसको अवलोकन गर्छौ। मानिसहरूले सहजता प्रतिको आफ्नो चाहनालाई कहिल्यै पन्छाएका छैनन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?)। “तँ आजको बाटोमा हिँड्ने क्रममा सबैभन्दा उपयुक्त किसिमको खोजी के हो? तेरो खोजीमा, तैँले आफैलाई कस्तो किसिमको व्यक्तिको रूपमा हेर्नुपर्छ? यसले आज तँमाथि आइपर्ने सबै कुरालाई तैँले कसरी सामना गर्नुपर्छ सो जान्ने योग्य बनाउँछ, चाहे त्यो जाँचहरू होऊन् वा कठिनाइहरू वा निर्दयी सजाय र सराप होऊन्। यी सबै कुराहरूको सामना गर्नु पर्दा, तैँले हरेक मामिलामा तीमाथि ध्यानपूर्वक विचार गर्नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जसले सिक्दैनन् र अनजान रहन्छन्: के तिनीहरू जनावरहरू होइनन् र?)। परमेश्‍वरका वाणीहरूका बारेमा विचार गर्दा, मैले आफ्नै चिन्तन गरेँ। मेरो लक्ष्य प्राप्तिको बाटोमा म कस्तो प्रकारको मान्छेको रूपमा देखिन चाहन्छु? मैले आफूलाई कमान्डर, माथिल्लो पद भएको मान्छेको रूपमा सोचेँ। पदसहितको काम मात्रै मेरो लागि योग्य हुन्थ्यो, र हैसियत भएका मानिसहरू मात्रै मसँग घुलमेल गर्न सक्नेथिए। जसले अरूलाई बास बस्‍न दिइरहेका थिए, मैले उनीहरूलाई आफूभन्दा सानो सोचेको थिएँ, उनीहरूसँग म हुनु भनेको म गरिब देखिनु हो जस्तो ठान्थें। हैसियतविना, म नकारात्मक भएँ र मेरो जीवन पनि अर्थ विहीन छ जस्तो लाग्यो। हैसियत, नाम र प्राप्तिले मेरो दिमागलाई बिगारेको थियो र मलाई पशुजस्तो बनाएको थियो। म कस्तो छली र कुरूप मान्छे थिएँ। म जस्तो मान्छे अगुवा बन्न लायक थिएन। मण्डली समाजजस्तो होइन। मण्डलीमा सधैँ सत्यको शासन चल्छ। अगुवाले सत्यको बाटो समात्नुपर्छ र उसमा मानवता हुनुपर्दछ। तर मैले अगुवा मात्रै बन्न खोजेँ, हैसियतका लागि होडबाजी गरेँ। म यति धेरै मूर्ख, यति धेरै लाज पचेको व्यक्ति कसरी हुन सकेँ?

पछि मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “म प्रत्येक व्यक्तिको गन्तव्यको निर्धारण निजको उमेर, वरिष्ठता, भोगाइको परिमाणका आधारमा गर्दिन, र उनीहरुले गर्ने कारुणिक आव्हानका आधारमा त झनै होइन्, तर उनीहरुसँग सत्य छ वा छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्‍वरको इच्छालाई अनुसरण नगर्ने सबैले दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नुपर्दछ। यो एक अपरिवर्तनीय तथ्य हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्‍वरका वाणीहरूबाट मैले बुझेँ कि हाम्रो गन्तव्यलाई हाम्रो हैसियत वा हामीले कति काम गर्छौं त्यसले तय हुँदैन। हामीले सत्य प्राप्त गरेका छौँ वा छैनौं र हामीले परमेश्‍वरको पालना गरेको छौँ वा छैनौं भन्ने कुराले महत्त्व राख्छ। परमेश्‍वरको स्वभाव सबैको लागि धर्मी छ, र हामीले जेसुकै गरे पनि, हामीले सत्यको अनुसरण गर्नुपर्दछ भन्‍ने मैले देखेँ। हैसियतविना पनि, तपाईंलाई सत्यले मुक्ति दिन सक्छ। सत्यविना, हैसियत भएकाहरू कसैलाई पनि मुक्ति दिन सकिँदैन। त्यसरी हैसियतको पछि हात धोएर लाग्नु कति मूर्खता हो भनेर मैले सोचेँ। म सेनामा हुँदा, म ती भ्रष्ट अधिकृतहरूलाई घृणा गर्थेँ। तर जब मेरो पद बढ्दै गयो, म झनै खराब हुँदै गएँ, र आखिरमा म उनीहरूजस्तै भएँ। केही मानिसहरू पद पाउनुभन्दा अघि इमानदार भएर काम गर्छन्, तर जब उनीहरूसँग अधिकार आउँछ, उनीहरू त्यो अधिकारको दुरुपयोग गर्न थाल्छन् र उनीहरूको पाप थुप्रिन थाल्छ। मैले मण्डलीबाट निकालिएका ख्रीष्ट विरोधीहरूका बारेमा सोचेँ। जब उनीहरूसँग हैसियत थिएन, उनीहरूले कुनै पनि दुष्कर्म गरेका थिएनन् जस्तो देखिन्थ्यो। तर जब हैसियत आयो, उनीहरूले आफू ठालु भएर अरूलाई हेप्न थाले। उनीहरूले परमेश्‍वरको घरको कार्यलाई बिगार्दै दुष्कर्म गर्न थाले। यसले मलाई सत्यविना हामी हाम्रो भ्रष्ट स्वभाव लिएर नै बाँच्छौ भन्‍ने देखायो। हाम्रो हातमा शक्ति आउने बित्तिकै, हामी दुष्कर्म गर्न थाल्छौं। यसको अन्तिम अर्थ सजाय नै हुन्छ। त्यतिका वर्ष सेनामा पदको भर्‍याङ चढ्न संघर्ष गर्नु गलत थियो। म घमण्डी, दुष्ट र पापी थिएँ। मसँग शक्ति भएको भए, मेरो महत्वाकांक्षा झनै बढेर जानेथियो, म सेनामा भएको जस्तै गरी, मैले अधिकारको दुरुपयोग गर्नेथिएँ। मैले परमेश्‍वरको स्वभावप्रति अपराध गर्दै दुष्कर्म गर्नेथिएँ र सजाय पाउनेथिएँ। म यो सोच्दा धन्य हुन्छु र अलिकति डराउँछु पनि। परमेश्‍वरले हरेक पटक मेरा लागि बाधा खडा गरिदिनुभयो, मेरो महत्वाकांक्षा पूरा हुनबाट रोकिदिनुभयो। त्यो उहाँबाट पाइने मुक्ति र मेरो लागि सुरक्षा थियो। परमेश्‍वरलाई उहाँको अन्तर्दृष्टिका लागि धन्यवाद जसले मलाई हैसियतको पछि लाग्दा भोग्नुपर्ने परिणाम देख्न सक्ने बनायो। मैले आखिरमा सत्य कति महत्त्वपूर्ण छ भनेर देखेँ।

त्यो समयदेखि यता मैले मेरो भ्रष्टतालाई सुधार्न सत्यको बाटोलाई पछ्याउँदै आएको छु। मण्डलीले मबाट जे काम गराउन खोजे पनि मैले पदमा ध्यान दिएको छैन। बरु म सत्यको खोजी गर्न र मेरो काम गर्नमा ध्यान दिन्छु। जबदेखि मैले यो तरिकाले अभ्यास गर्न थाले, तबदेखि मैले परमेश्‍वरको उपस्थिति महसुस गर्न सकेँ। र मलाई धेरै शान्ति र आनन्दको अनुभूति भयो। केही समयपछि म अरूका अगाडि धेरै नै साधारण भएर प्रस्तुत भएको भान भयो, मैले देखावटी गर्न छोडे, जुन म सेनामा हुँदा सधैँ गर्ने गर्थेँ। जब दाजुभाइ दिदीबहिनीहरूले मेरो गल्ती कोट्याउनुहुन्थ्यो, म एकदमै सचेत भएर परमेश्‍वरलाई प्रार्थना गर्थेँ, आफूलाई समर्पित गर्थेँ र आफूलाई जान्ने कोसिस गर्थेँ। म अरूलाई आफू समान ठान्थें, आफूलाई उनीहरूभन्दा राम्रो ठान्दिन थिएँ। मैले थाहा पाउनुभन्दा अघि नै मेरो खोजीप्रतिको मेरो सोचाइमा परिवर्तन आइसकेको रहेछ। हैसियत र ख्याति मेरा लागि खास भएनन्। यस्ता कुराले मलाई समातेर राख्न छोड्यो। मभन्दा पछि परमेश्‍वरमा विश्‍वास गर्न थालेका मान्छेहरू मण्डलीको अगुवा हुँदा, मलाई अझै पनि जलन हुन्थ्यो। तर प्रार्थना गरेर र सत्यको खोजी गरेर, म त्यो जलनबाट मुक्त हुन सकेँ। अहिले म मेरो घरमा मेरी श्रीमतीसँग मिलेर मेरो कर्तव्य पूरा गर्छु। एकदमै वाह भन्ने प्रकारको काम त होइन, तर म सन्तुष्ट छु। यो साँचो हो। हाम्रो जीवनमा, हामी त्यागको अभ्यास गर्छौं, परमेश्‍वरका वाणीहरूले शासन गर्छन्, र हामी सत्य बोल्ने जोसुकैको पनि कुरा सुन्छौं। सर्वशक्तिमान्‌ परमेश्‍वरले मलाई परिवर्तन गर्नुभयो भन्ने कुराको म जिउँदो उदाहरण हो। उहाँले मेरो विवाह र घर परिवार बिग्रनबाट जोगाउनुभयो। र उहाँले मलाई भ्रष्टताबाट जोगाउनुभयो। म अभिमानी, घमण्डी, हैसियतको भोगी र लोभी थिएँ। परमेश्‍वरको मुक्तिविना, म सही बाटोमा कहिल्यै हिँड्न सक्दिन थिएँ। म अझै नीच र भ्रष्ट बन्नेथिएँ, धेरै दुष्कर्महरू गर्नेथिएँ र परमेश्‍वरले मलाई सजाय दिनुहुन्थ्यो। यो पूरा समय मैले परमेश्‍वरको मुक्ति र प्रेम महसुस गरेँ। केही समयका लागि भए पनि मानव जस्तो भएर जिउन सिकेँ, यो सबै परमेश्‍वरको न्याय र सजायले गर्दा नै हो। परमेश्‍वरलाई धन्यवाद।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

बाँकी वर्षहरूको लागि मेरो निर्णय

बच्‍चा हुँदा, मेरो परिवार निकै गरिब थियो र हामीलाई प्रायजसो गाउँका अरूले हेप्‍ने गर्थे। तिनीहरूको हेपाइको कारण मेरी आमाले आँसु झार्दा मलाई...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्