घरमा आत्मिक युद्ध

21 फ्रेवुअरी 2021

By Ruth, the United States

अगष्ट २०१८ मा, एक मित्रले मलाई प्रभु येशू फर्किसक्नुभएको छ र उहाँले परमेश्‍वरको घरबाट सुरु गरी न्यायको कार्य गर्न सत्यता व्यक्त गरिरहनुभएको छ भनी बताए। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेँ र ती वचनहरू सत्यता र परमेश्‍वरको आवाज रहेछन् भन्‍ने थाहा पाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएको प्रभु येशू हुनुहुन्छ भन्ने मलाई थाहा भयो, त्यसैले मैले उहाँको आखिरी दिनहरूको कार्यलाई स्वीकार गरेँ र अनलाइन भेलामा सहभागी हुन थालेँ। म प्रभुलाई स्वागत गर्ने हर्षमा पूर्ण रूपमा डुबेको थिएँ यत्तिकैमा घरमा एक अनपेक्षित आत्मिक युद्ध भयो।

घरमा आत्मिक युद्ध

अक्टोबर २०१८ को कुनै दिन मेरो श्रीमान्‌ले मलाई एउटा सन्देश पठाउनुभयो जुन यस्तो थियो: “तिमी आजकल मण्डली गइरहेकी छैनौ, अनि तिमीले सधैँ पढिरहने त्यो किताब के हो? ती अनलाइन भेलाहरूमा तिमीहरू के कुराकानी गर्छौ?” मैले परमेश्‍वरको आखिरी दिनहरूको कार्यहरूलाई भर्खरै स्वीकार गरेकी थिएँ त्यसैले मैले यस विषयलाई स्पष्ट रूपमा व्याख्या गर्नसक्छु जस्तो लागेन। तर त्यसपछि मैले मेरो श्रीमान् सानै छँदादेखि विश्‍वासी हुनुभएको हो र उहाँ त मण्डलीको सहकर्मी पनि हो भन्‍ने महसुस गरेँ, त्यसैले मैले प्रभुको पुनरागमनको समाचार उहाँलाई पनि बताउनु पर्छ। त्यसैले मैले उहाँलाई भनेँ, “हामी आखिरी दिनहरूमा छौँ र प्रभुको पुनरागमनको भविष्यवाणी पूरा भएको छ। उहाँ देहमा फर्कनुभएको छ, र उहाँको नाम सर्वशक्तिमान्‌ परमेश्‍वर हो। उहाँले मानवजातिलाई शुद्ध पार्न वचनमार्फत न्यायको कार्य गर्दै हुनुहुन्छ। त्यो किताब सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू भएको किताब हो। यसले बाइबलसम्बन्धी धेरै रहस्यहरू प्रकट गर्छ। म परमेश्‍वरको नयाँ कार्यमा संलग्न भएकी छु र म सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका सदस्यहरूसँग भेटघाट गरिरहेको छु, त्यसैले म पुरानो मण्डलीको सेवामा गइरहेकी छैनँ। तपाईंले पनि सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्नुपर्छ र आफै बुझ्नुपर्छ।” मैले उहाँलाई मण्डलीको वेबसाइटको लिङ्क पनि पठाइदिए। तर आश्चर्यलाग्दो कुरा, केही समयपछि नै उहाँले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई कलङ्कित बनाउने चिनियाँ कम्युनिस्ट पार्टीले अनलाइनमा राखेको धेरै झूटो कुरा तथा अफवाहहरू पठाउनुभयो, जसमा चिनियाँ कम्युनिस्ट पार्टीले मण्डली विरुद्ध लगाएको झाउयुवानको झूटो मुद्दा पनि थियो। मेरो श्रीमान् फिलिपिनो भएकाले, मेरो श्रीमान्‌लाई चीनमा फैलिएको झूटो समाचारका बारेमा थाहा थिएन, त्यसैले उहाँले सजिलै पत्याउनुभयो भनेर मैले बुझेँ। त्यसैले मैले उत्तर दिँदै भनेँ, “झाउयुवानको मुद्दाको सुनुवाइ चिनियाँ कम्युनिस्ट पार्टीको अदालतमा भएको थियो र चिनियाँ कम्युनिस्ट पार्टीका सबै अदालतहरू सरकारलाई निरंकुशता कायम राख्न सघाउने साधन मात्र हुन्। उनीहरूको सुनुवाइ तथा फैसलाको कुनै विश्‍वसनीयता हुँदैन। चिनियाँ कम्युनिस्ट पार्टीले वर्षौँयता धेरै अनुचित, गलत मुद्दाहरू लगाएको छ, उदाहरणको लागि टिनान्मेन विद्यार्थी विद्रोह जसले विश्‍वलाई नै हल्लायो र तिब्बती विद्रोहको दमन। सुरुमा उनीहरूले झूटको खेती गर्छन्, तथ्यलाई बङ्ग्याउँछन्, र गलत आरोपहरू लगाउँछन् र त्यसपछि हिंसात्मक दमनको प्रयोग गर्छन्।” “विरोधलाई दबाउने उनीहरूको सधैँको रणनीति नै यही हो। यसबाहेक, उक्त पार्टी एक नास्तिक पार्टी हो जसले सत्तामा आएदेखि नै धार्मिक विश्‍वासहरूलाई निर्ममतापूर्वक सताएको थियो। उनीहरूले मण्डलीलाई लगाएको दोषप्रति हामीले कसरी विश्‍वास गर्न सक्छौं? वास्तवमा, पश्चिमी विद्वानहरूले निष्पक्ष अनुसन्धानहरू गरेका थिए जसले यी झूटहरूको पर्दाफास गरेको थियो।” त्यसपछि, मैले उहाँलाई इटालियन धार्मिक विद्वान प्राध्यापक मासिम्मो इन्ट्रोभिग्नेले एउटा सम्मेलनमा दिएको प्रवचनको एउटा भिडियो पठाएँ। मैले उहाँलाई भनेँ, “यो भिडियो हेरेपछि तपाईंले सत्यता बुझ्नुहुनेछ। एक झाउयुवान प्रतिवादीले अदालतमा भने, ‘सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीसँग मैले कहिल्यै सम्पर्क गरेको छैन।’ उनीहरू आफैले उनीहरू मण्डलीका होइनन् भनेर भनेका छन्। मण्डलीले पनि उनीहरूलाई स्वीकार गर्दैन।” “स्पष्ट रूपमा, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीसँग उनीहरूको कुनै आबद्धता छैन, तर उनीहरूको आबद्धता छ भनेर जोड दिने त अदालत थियो। उनीहरूले मण्डलीलाई अपमान गर्नका लागि तथ्यलाई जानी-जानी बङ्ग्याए र मुद्दा बनाए! यसले झाउयुवानको मुद्दा इसाईहरूलाई खेदो गर्ने बहानामा चिनियाँ कम्युनिस्ट पार्टीले सिर्जना गरेको हो भन्ने देखाउँछ। धार्मिक विश्‍वासहरूलाई दबाउने यो उनीहरूको सधैँको रणनीति हो।” मेरो श्रीमान् चिनियाँ कम्युनिस्ट पार्टीको झूटप्रति मजाले विश्‍वस्त हुनुभएको थियो र मेरो कुरा सुन्नेवाला हुनुहुन्थेन।

त्यसपछि, हाम्रो घरमा ६ वटा सेक्युरिटी क्यामरा लगाएर मेरो प्रत्येक चालचलनको निगरानी गर्दै, उहाँ मेरो विश्‍वासको बाटोमा खडा हुन खोज्नुभयो। एक दिन म भेलामा सहभागी भइरहँदा उहाँले क्यामेराबाट देख्नुभयो र कराउँदै, मलाई यी भेलाहरूमा किन अझै सहभागिता जनाइरहेकी छौ भनेर सोध्दै मेरो कोठामा आउनुभयो। मैले भनेँ, “यो अमेरिका हो, धार्मिक स्वतन्त्रता भएको देश। यो कुरालाई कानुनले रक्षा गरेको छ। मेरो विश्‍वासको अभ्यास गर्नु उचित कुरा हो। तपाईं मेरो बाटोमा किन उभिनुहुन्छ? आखिरी दिनहरूको सर्वशक्तिमान्‌ परमेश्‍वरको सुसमाचार धेरै पश्चिमी देशहरूमा फैलिएको छ। एरिजोनाका स्मिच्ड दम्पत्ति, टिना र चार्ली जस्ता व्यक्तिहरूले आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वरको कार्यहरू स्वीकार गरेपछि उनीहरूको अनुभवका बारेमा अन्तर्वार्ता लिइएको छ। क्यानडा, क्युबा, जापान, फ्रान्स, रूस, थाइलेण्ड र अन्य धेरै देशहरूबाट गवाहीहरू आएका छन्। प्रभुको पुनरागमनको तृष्णा गर्ने विश्‍वभरिका मानिसहरू सर्वशक्तिमान्‌ परमेश्‍वरको सामु आएका छन् र उहाँको कार्यलाई स्वीकार गरेका छन्। नास्तिक चिनियाँ कम्युनिस्ट पार्टीको झूटहरूको पछि अन्धो भएर लाग्नुभन्दा उहाँको महान् कार्यले के हासिल गर्छ र यो परमेश्‍वरको आवाज हो कि होइन भनेर तपाईं आफै किन बुझ्नुहुन्न?” उहाँले मेरो कुरा सुन्नुभएन, बरु मेरो फोन खोस्‍न आउनुभयो। उहाँलाई रोक्न खोज्दा, मैले उहाँको पाखुरामा हिर्काउन पुगेँ। म त्रासित भएँ किनभने, उहाँले यो कुरालाई प्रहरीमा उजुरी दिने बहाना बनाउनुभयो। त्यसपछि उहाँले रूखो भएर हाँस्दै भन्नुभयो, “के तिमीसँग तिम्रो परमेश्‍वर हुनुहुन्न र? त्यसोभए तिम्रो सहयोगका लागि उहाँलाई पुकार। प्रहरी यहाँ जति बेला पनि आइपुग्न सक्छ। हेरौं आज तिमीलाई कसले बचाउँदो रहेछ।” म रिसले चूर भएकी थिएँ र अलिकति डराएकी पनि थिएँ। चीनमा असङ्ख्य दाजुभाइ र दिदीबहिनीहरूलाई प्रहरीले लगे जसरी मलाई पनि लान्छन् कि भनेर म डराएकी थिएँ। यत्तिकैमा मैले परमेश्‍वरका यी वचनहरू सम्झिएँ: “मानिसको हृदय र आत्मा परमेश्‍वरको हातमा हुन्छ, उसको जीवनको सबै थोकमा परमेश्‍वरले नजर राख्‍नुहुन्छ। तैँले यस कुरालाई विश्‍वास गर् वा नगर्, चाहे त्यो सजीव वा निर्जीव होस्, कुनै पनि थोक र सबै थोक परमेश्‍वरको विचारअनुसार सर्छन्, परिवर्तन हुन्छन्, नवीकरण हुन्छन् र लोप हुन्छन्। परमेश्‍वरले यसरी सबै थोकमाथि शासन गर्नुहुन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ”)। सबै कुराहरू परमेश्‍वरकै हातमा छन् र यावत् थोकमा उहाँकै बोली चल्छ। त्यो दिन मलाई प्रहरीले लान्छ वा लाँदैन भन्ने कुरा पूर्ण रूपमा परमेश्‍वरकै हातमा थियो। यदि परमेश्‍वरले अनुमति दिनुभयो भने, त्यसमा उहाँको इच्छा समावेश हुन्छ र म त्यस इच्छाप्रति समर्पित हुन्छु। मैले प्रार्थना गरेपछि म त्यति धेरै आत्तिइन। पाँच मिनेटपछि प्रहरी आइपुगे र उनीहरूले घटनाको बारेमा बुझेपछि मप्रति सहानुभूति देखाए। तीमध्येका एक प्रहरी अधिकृत, एक जना गोरा व्यक्तिले, चीनमा केही समय बिताएको र धार्मिक विश्‍वासप्रति चिनियाँ सरकारको सतावटको बारेमा थाहा भएको बताए। हाम्रो कुराकानीपछि, उक्त प्रहरी अधिकृतले मेरो श्रीमान्‌लाई “अमेरिकामा धार्मिक स्वतन्त्रता छ। तपाईंको श्रीमतीको विश्‍वासमा हस्तक्षेप गर्ने अधिकार तपाईंलाई छैन।” भनेर चेतावनी दिए। यसो भनेपछि, उहाँले उत्तर दिँदै भन्नुभयो, “उनले विश्‍वास राख्न पाउँछिन्, तर घरबाट अनलाइन भेलामा सहभागी हुन पाउँदिनन्।” त्यसपछि उक्त अधिकृतले उहाँलाई फेरि चेतावनी दिए: “उहाँ तपाईंकी श्रीमती हो र यो घरको एक सदस्य। उहाँसँग घरबाट भेलामा सहभागी हुने अधिकार छ—यो कुरालाई कानुनले रक्षा गरेको छ। तपाईंले उहाँलाई घरबाट भेलामा सहभागी हुन रोक्न मिल्दैन र यसो गर्नुभएमा यो अमेरिकाको कानुनको उल्लङ्घन हुनेछ।” प्रहरी गएपछि, मैले के भयो भनेर फेरि सोचेँ, र पत्याउनै सकिन। हामीले यत्तिका वर्ष सँगसँगै धेरै कुरा झेलेका थियौँ, तर उहाँले सर्वशक्तिमान्‌ परमेश्‍वरप्रतिको मेरो विश्‍वासलाई मेरो विरुद्ध प्रहरी बोलाउने बहानाको रूपमा प्रयोग गर्नुभयो। मैले चिनेको श्रीमान् कहाँ जानुभयो? उहाँसँग कुनै मानवत्व थिएन। मलाई के पनि थाहा थियो भने मैले जे जस्तो भोगे पनि, परमेश्‍वर चुपचाप मेरो रक्षा गर्दै मेरै पक्षमा हुनुहुन्थ्यो। म परमेश्‍वरप्रति कृतज्ञ भएँ र उहाँलाई पछ्याउने मेरो सङ्कल्प झनै दृढ भयो।

जबदेखि मैले विश्‍वास कायम राख्ने सङ्कल्प लिएँ, मेरो श्रीमान्‌ले हाम्रो बैङ्कका साझा एटिएम कार्ड, गाडीको चाबीहरू, हाम्रो पसलको चाबीहरू, र मसँग भएका सबै नगद लग्नुभयो। हाम्रो बिहे भए यता, हाम्रो घरको व्यवहार तथा हाम्रो व्यापार सम्हाल्ने म नै थिएँ, तर अहिले आएर उहाँले सबै कुरा मबाट लिनुभयो। मलाई अनलाइन भेलामा सहभागी हुनबाट रोक्नका लागि उहाँले घरको इन्टरनेटको सेवा पनि बन्द गराउनुभयो र हाम्रो सुत्ने कोठाको ढोका बन्द गरिदिनुभयो ताकी म भित्र पस्न नसकौं। उहाँ झन्‌-झन् रूखो हुँदै जानुभयो। कहिलेकाहीँ म उहाँलाई कहाँ जान लाग्नुभएको भनेर सोध्थें र उहाँले रूखो भएर यस्तो भन्नुहुन्थ्यो, “मेरो व्यवहारमा दखल नदेऊ—तिमीलाई सोध्ने कुनै अधिकार छैन। यदि तिमीलाई सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न मन छ भने तिमी यो घर छोडेर जान सक्छौ। आफ्नो बाटो समात। तिमीले अब पसलमा काम पनि गर्नु पर्दैन। यदि तिमी पसलको वरिपरि मात्रै पनि देखा पर्‍यौं भने म प्रहरीलाई खबर गरिदिन्छु।” अनलाइनमा भएका ती सबै झूटहरूले उहाँले हाम्रा साथीहरूलाई पनि भ्रममा पार्नुभयो र तीमध्येका केही साथीहरू मलाई मेरा विश्‍वास त्याग्न दबाब दिन हाम्रो घरमा आइरहे। कुनै बेलाको शान्त हाम्रो जिन्दगी क्षत-विक्षत भयो। त्यो समयमा मैले कसरी उहाँसँगै जीवन बिताउन भनी मैले मेरो श्रीमान्‌कै व्यवसायमा काम गर्नका लागि मेरो पेशा, काम छोडेको थिएँ यसले गर्दा यो सहरमा हामीले पसल खोल्न सक्यौं सो बारे सम्झिएँ। तर मेरो परिवार र मेरो विश्‍वासमध्ये एउटा छान्नुपर्ने अवस्थाको सामना गर्दा, के गर्ने हो भन्ने कुरा मलाई थाहा थिएन। मैले एकदमै कमजोर महसुस गरेँ। मैले बुझ्नै सकेको थिइनँ। के सबै विश्‍वासीहरूलाई प्रभुको पुनरागमनको तृष्णा हुँदैन र? मैले प्रभुको स्वागत गरेको थिएँ र विश्‍वासको सही मार्गमा अघि बढेकी थिएँ, तर किन कसैले बुझ्दैन? जब मैले सबै कुरा सोचेँ मेरो आँशु थामिएन। त्यसपछि मैले परमेश्‍वरका केही वचनहरू सम्झिएँ। “तिमीहरूले आज जे प्राप्त गरेका छौ त्यो प्रेरितहरू र युगौँदेखिका अगमवक्ताहरूको भन्दा ठूलो छ अनि मोशा र पत्रुसभन्दा पनि धेरै नै ठूलो छ। आशिष एक-दुई दिनमा नै प्राप्त गर्न सकिँदैन, तर अत्यन्तै ठूलो त्यागद्वारा त्यसलाई प्राप्त गर्नुपर्छ। यसको अर्थ, तिमीहरूसित शोधन गरिएको प्रेम हुनैपर्छ, तिमीहरूमा ठूलो विश्‍वास हुनैपर्छ, अनि तिमीहरूले प्राप्त गरेकै होस् भनी परमेश्‍वरले चाहनुभएका विभिन्‍न सत्यताहरू तिमीहरूमा हुनैपर्छ; अझ भन्नुपर्दा, तिमीहरू धम्की दिने अथवा विश्‍वासघाती नबनी न्यायतर्फ फर्कनैपर्छ, अनि तिमीहरूमा परमेश्‍वरको निम्ति एउटा स्थिर अनि निरन्तरताको प्रेम हुनैपर्छ। तिमीसित अठोट हुनैपर्छ” (वचन देहमा देखा पर्नुहुन्छको “के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?”)। परमेश्‍वरका वचनहरूले मलाई शक्ति दियो र उहाँले मानिसहरूको वास्तविक विश्‍वास तथा प्रेम र हामीले जस्तोसुकै चुनौतीहरूको सामना गरे पनि उहाँबाट हामी कहिल्यै पर नजाऊन् भन्ने चाहनुहुन्छ भनेर मैले देखेँ। परमेश्‍वरको आवाज सुन्न सक्ने र आखिरी दिनहरूमा परमेश्‍वरको स्वागत गर्न पाउने गरी भाग्यमानी हुनु परमेश्‍वरको प्रेम नै थियो। ख्रीष्टलाई पछ्याउनका लागि दुःख पाउनुको महत्त्व र अर्थ हुन्छ, र यो धर्मी कारणका लागि हो। मैले प्रभु येशूको अनुयायीहरूका बारेमा सोचेँ। उनीहरूलाई रोमीहरूले निर्ममतापूर्वक सताएका थिए र धार्मिक अगुवाहरूले निन्दा गरेका थिए र केही त प्रभुका लागि शहीद पनि भएका थिए। उनीहरूले धेरै कठिनाइ भोगे तर प्रभुले उनीहरूलाई सम्झिनुभयो। साँचो परमेश्‍वरलाई पछ्याउँदा आउने अवरोध र सतावटप्रति म दु:खित हुनु हुँदैन तर सन्तहरूको पुस्ताहरूबाट सिकेर कुनै पनि कठिनाइका बाबजुद पनि परमेश्‍वरलाई अन्त्यसम्मै पछ्याउनुपर्छ भन्ने मैले बोध गरेँ।

त्यसपछि मैले परमेश्‍वरका थप वचनहरू पढेँ “परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरू बीचको अन्तरक्रिया जस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपहरूबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दा पछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्‍वरसँग बाजी थाप्‍ने कार्य हो, र यसका लागि मानिसहरूले परमेश्‍वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ। उदाहरणको लागि अय्यूबलाई परीक्षा गरिएको घटनालाई लिऊँ: पर्दा पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो त्यो मानिसहरूको कार्यहरू र मानिसहरूको हस्तक्षेप थियो। तिमीहरूमा परमेश्‍वरले गर्ने कार्यको प्रत्येक कदमको पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापेको हुन्छ—पछाडिपट्टि यो सबै युद्ध हो। … जब आत्मिक क्षेत्रमा परमेश्‍वर र शैतानबीच युद्ध हुन्छ, तैँले परमेश्‍वरलाई कसरी सन्तुष्ट बनाउनुपर्छ, र उहाँलाई साक्षी दिन तँ कसरी दह्रिलो भएर खडा हुनुपर्छ? तँलाई हुने सबै कुराहरू ठूलो जाँच हो र साक्षी दिनका लागि परमेश्‍वरलाई तेरो आवश्यकता पर्ने समय हो भन्‍ने तँलाई थाहा हुनुपर्छ” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई प्रेम गर्नु मात्रै परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नु हो”)। साँचो मार्गलाई स्वीकार गरेपछि र परमेश्‍वरको नयाँ कार्यलाई पछ्याएपछि, मेरो श्रीमान् मेरो मार्गमा अवरोधको रूपमा खडा हुनुभएको र कठोर हुनुभएको जस्तो देखिन्थ्यो, तर यसको पछाडि, आत्मिक संसारमा लडाइँ सुरु भएको थियो। मेरो श्रीमान्‌प्रतिको मेरा भावना तथा मेरा व्यक्तिगत रुचिहरूको अनुचित फाइदा उठाउँदै, साँचो मार्ग त्याग्न तथा शैतानको अगाडि हार मान्न मलाई तर्साउन शैतानले मलाई हस्तक्षेप गर्न मेरो श्रीमान्‌लाई प्रयोग गरिरहेको थियो, ताकि मैले अन्ततः परमेश्‍वरलाई धोका दिऊँ। यो शैतानकै चाल थियो। सोही समयमा, मेरो श्रीमान्‌भित्र रहेको परमेश्‍वरको विरुद्धको दुष्ट पाटो मलाई देखाउनका लागि परमेश्‍वरले यो अवस्थालाई प्रयोग गरिरहनुभएको थियो। जब उहाँले मण्डलीमा प्रवचनहरू दिनुहुन्थ्यो, उहाँले सहिष्णुताको उपदेश दिनुहुन्थ्यो र परमेश्‍वरको आगमनको बाटो हेरिरहनुपर्छ भनेर हामीलाई बताउनुहुन्थ्यो। तर फर्केर आउनुभएका प्रभुको कार्यका बारेमा, उहाँले हेर्दै हेर्नुभएन र मलाई शत्रुलाई जस्तो गरी व्यवहार समेत गर्नुभयो। उहाँले मलाई घृणा गर्नुभएको होइन—उहाँको विरोध र घृणा त परमेश्‍वरको विरुद्ध थियो। उहाँ पूर्ण रूपमा गैर-विश्‍वासी हुनुहुन्थ्यो। उहाँको कामहरूका बारेमा सोच्दा, अब मलाई पीडा हुन छोड्यो। मलाई एकदमै रिस मात्रै उठ्यो। हामी श्रीमान् र श्रीमती थियौँ, तर हामी भिन्न-भिन्न मार्गमा लागेका थियौँ। अब उप्रान्त म उहाँबाट नियन्त्रित हुँदिन भन्ने मलाई थाहा भयो। उहाँ जति मलाई दबाउन चाहनुहुन्थ्यो, त्यति नै धेरै म परमेश्‍वरलाई पछ्याउन, गवाहीको रूपमा खडा हुन र शैतानलाई लज्जित बनाउन चाहन्थेँ। म परमेश्‍वरलाई पछ्याउन मात्रै चाहन्नथें, बरु सत्यतालाई प्रेम गर्ने अन्य साँचो विश्‍वासीहरूलाई आखिरी दिनहरूको परमेश्‍वरको सुसमाचार पनि सुनाउन चाहन्थेँ। यो सोचले मलाई यो परिस्थितिबाट बाहिर निस्किनका लागि चाहिने शक्ति दियो। मलाई अलिकति पनि समय लागेन, मैले घर छेउकै एउटा बजारमा नयाँ जागिर पाएँ, त्यसैले त्यहाँ मैले काम गरेँ र सुसमाचार पनि सुनाएँ। काम त कठिन नै थियो, तर मलाई मार्गदर्शन गर्ने परमेश्‍वरको वचनहरूका कारण मैले एकदमै सहज महसुस गरेँ।

तर मेरो श्रीमान् रोकिने वाला हुनुहुन्‍नथियो। उहाँले मलाई विश्‍वासबाट छुटाउनको लागि, मैले काममा जाँदा प्रयोग गर्ने मेरा साइकल चोर्नुभयो र त्यहाँ काम गर्नबाट मलाई निषेध गर्नुभयो। उहाँले मलाई मेरा विश्‍वास त्याग्‍न मलाई बाध्य गर्न मेरो काम गर्ने स्थानमा केही ग्राहकहरू पनि पठाउनुभयो। त्यति मात्रै होइन, मेरो विश्‍वासका लागि मैले मेरो परिवार त्याग्दै छु भनेर उहाँले मेरो बारेमा मण्डलीमा झूटो कुरा पनि फैलाउनुभयो। जब मेरो हाकिमले यो कुरा थाहा पाए, उनले मलाई अलग व्यवहार गर्न थाले र मलाई कामबाट निकालिदिए। त्यही बेला, अचानक फिलिपिन्स्‌मा हुनुहुने मेरी सासू-आमा बित्नुभयो, त्यसैले मेरो श्रीमान्‌ त्यहाँ जानुपर्ने भयो। फोन र पसलको चाबी मेरो जिम्मामा छोड्नु बाहेक उहाँसँग अन्य विकल्प थिएन। जब उहाँ अमेरिका फर्किनुभयो, मप्रतिको उहाँको आचरण धेरै नै नरम भएको थियो। म अनलाइन भेलामा सहभागी हुँदा उहाँले त्यति धेरै विरोध गर्नुभएन। सायद उहाँमा साँच्चै परिवर्तन आएको छ भन्‍ने मलाई लाग्यो।

तर एक दिन, उहाँको मण्डलीको एक जना दिदीलाई मैले परमेश्‍वरको आखिरी दिनहरूको कार्यको सुसमाचार सुनाएको कुरा थाहा पाउनुभयो, र मेरो पिठ्यूँपछाडि पाष्टर मार्फत उहाँले उक्त दिदीलाई भेट्नुभयो। उहाँले सबै प्रकारका झूट कुराहरू त्यस दिदीलाई सुनाउनुभयो र त्यस दिदीले पनि उहाँको कुरामा विश्‍वास गर्नुभयो, त्यसैले त्यसपछि कहिल्यै कुनै सम्पर्कमा बस्नुभएन। उहाँले मलाई चेतावनी दिनुभयो, “सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्ने विषयमा तिमीलाई कसैले रोक्न सक्दैन, तर म मेरो मण्डलीका मानिसहरूलाई लान अनुमति दिन सक्दिनँ। तिमीलाई अब त्यहाँ स्वागत गरिनेछैन र तिमीले तिम्रो फोन हाम्रो पसलमा ल्याउन पाउँदैनौं। यदि तिमीले फेरि पनि उनीहरूको सन्देश पढ्यौ वा फोन उठायौ भने, म तिमीलाई निकालिदिनेछु।” उहाँको व्यवहार आघात दिने र रिस उठ्ने खालको थियो। विगतका केही महिनामा, म उहाँप्रति एकदमै धैर्य भएकी थिएँ, र उहाँ जसरी जिउनुहुन्छ त्यसलाई अङ्गाल्दै अघि बढ्ने प्रयास गरेकी थिएँ। म तथा परमेश्‍वरको कार्यप्रति उहाँको आचरण परिवर्तन गर्ने मामिलामा यसले उहाँमा केही प्रभाव पारेको हुनुपर्थ्यो। मेरो श्रीमान् यति धेरै जिद्दी र दुष्ट बन्नुहुन्छ भनेर मैले कहिल्यै सोचेकी थिइन। उहाँले संसारको सामु पूर्ण रूपमा झूटो अनुहार देखाउनुहुन्थ्यो। उहाँले मेरो विश्‍वासलाई अङ्गाल्नुभएन र अरूलाई यस विषयमा बताउन पनि मलाई निषेध गरिरहनुभयो, दाजुभाइ तथा दिदीबहिनीहरू उपर निर्लज्ज भएर स्वामित्व दाबी गर्दै यसो गर्नुभयो। के यो त खुल्लमखुल्ला परमेश्‍वरको भेडालाई हडप्‍ने प्रयास होइन र? परमेश्‍वरको भेडाले परमेश्‍वरको आवाज सुन्छ र उहाँको घरमा फर्कन्छ। यो सही र प्राकृतिक कुरा हो। र विश्‍वास स्वतन्त्र कुरा हो, तर दाजुभाइ र दिदीबहिनीहरूलाई भड्काउनका लागि सम्भव हुने जति सबै काम गर्नका लागि उहाँ पाष्टरसँग सहकार्य गर्दै हुनुहुन्थ्यो। उहाँले मानिसहरूलाई भ्रममा पार्नका लागि झूट फैलाउनुभयो ताकी उनीहरूले आखिरी दिनहरूको परमेश्‍वरको सुसमाचार सुन्ने चेष्टा गर्न नसकून्। उहाँले मण्डलीलाई निसासिने, दरिद्रताको अवस्थामा पुर्‍याउँदै हुनुहुन्थ्यो र मानिसहरूलाई मुक्तिको अन्तिम मौकाबाट वञ्चित गराउँदै हुनुहुन्थ्यो! यसले मलाई प्रभु येशूले फरिसीहरूलाई गाली गर्नुभएको यो वचन याद दिलायो: “तर शास्‍त्रीहरू र फरिसीहरू, तिमीहरूलाई धिक्कार, पाखण्डीहरू! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र जानलाई प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ” (मत्ती २३:१३)। म सर्वशक्तिमान्‌ परमेश्‍वरका केही वचनहरू पढ्छु। “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू पनि छन् तर तिनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कार्यको उद्देश्य बुझेका हुँदैनन्। तिनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, तिनीहरूमध्ये कोही परमेश्‍वरको इच्छामा एकचित्त हुने बारेमा त कुरै नगरौं। तिनीहरू सबै जना परमेश्‍वरलाई प्रवचन सुनाउन उचाइमा उभिएका व्यर्थका, दुष्ट मानिसहरू हुन्। तिनीहरूले परमेश्‍वरको ध्वजा बोके तापनि जानीबुझीकनै परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरमा विश्‍वास भएको दाबी गर्दै तिनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिसहरू मान्छेको आत्मा विनाश गर्ने दियाबलसहरूको मालिक हो, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूको बाटोमा जानाजान आउने दुष्टात्माहरू हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधाअड्चनहरू हुन्। तिनीहरू ‘स्वस्थ विधान’ का जस्तो लाग्न सक्छन् तर ‍तिनीहरू मानिसहरूलाई परमेश्‍वर विरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्ट विरोधीहरू बाहेक केही होइनन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? तिनीहरू मानव आत्मा विनाश गर्नमा समर्पित जीवित शैतानहरू हुन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्?” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरलाई नचिन्‍ने सबै मानिसहरू परमेश्‍वरको विरोध गर्ने मानिसहरू हुन्”)। यदि मैले उहाँका ती शब्दहरू र कार्यहरूलाई आफैले नदेखेकी भए, परोपकारी कार्यक्रमहरू आयोजना गर्ने, एकदमै सच्चा देखिने र आदर गरिने उहाँजस्तो व्यक्तिले प्रभुको पुनरागमनको कार्यलाई अनुसन्धान गर्न वा स्वीकार गर्न अस्वीकार मात्रै नगर्ने मात्र होइन तर मण्डलीभरि झूट कुरा फैलाउँछ, अरूलाई भ्रममा पार्छ र उनीहरूलाई परमेश्‍वरमा आउनबाट रोक्छ भनेर मैले कहिल्यै कल्पना पनि गर्नसक्ने थिइनँ होला। २,००० वर्षअघि प्रभु येशूलाई क्रूसमा टाँग्‍ने फरिसीहरूभन्दा उहाँ कसरी भिन्न हुनुभयो र? उनीहरू वास्तविक ख्रीष्ट विरोधी हुन्, मानिसहरूको प्राण निल्ने राक्षसहरू हुन्। मेरो श्रीमान् सुधार गर्न नसकिने राक्षस हुनुहुन्छ भनेर मेलै उहाँको सारको पूर्ण सत्यता देखेँ। विश्‍वासी र अविश्‍वासीहरूको मेल हुनै सक्दैन। म उहाँबाट थप लत्रिन सक्दिनथेँ। यो सबैलाई सोचेर, मैले मेरो विश्‍वास तथा सत्यको खोजीमा थप समय दिने सङ्कल्प गरेँ र र मेरो श्रीमान्‌ले मलाई जस्तोसुकै व्यवहार गरे पनि सर्वशक्तिमान्‌ परमेश्‍वरलाई नै पछ्याउने सङ्कल्प गरेँ।

एक दिन, उहाँले सम्बन्धविच्छेदको प्रक्रिया अघि बढाउनका लागि एकजना यसै सम्बन्धी वकिल ल्याउनुभयो र एक महिनाभित्र मैले घर छोड्नुपर्छ भनी बताउनुभयो। मैलै विवश भएको महसुस गरेँ। म कहाँ बस्ने? के म घुमन्ते बन्छु त? उहाँले दाजुभाइ तथा दिदीबहिनीहरूसँगको मेरो सम्पर्कलाई विच्छेद गर्ने प्रयास स्वरूप घरको इन्टरनेटको लाइन पुनः बन्द गराउनुभयो। भेलाहरूमा सहभागी हुनका लागि बाहिर गएर सार्वजनिक इन्टरनेट लाइनको प्रयोग गर्नुको अलाबा मसँग कुनै विकल्प थिएन। मेरो जिन्दगीमा सङ्कट छाएको थियो। आय नहुँदा, खाना र आवास जस्ता आधारभूत आवश्यकता पनि समस्या बन्छ। यस्तो प्रकारको कठिन समय मैले कहिल्यै भोगेकी थिइन र यो अवस्थाबाट कसरी पार पाउने भन्ने मलाई केही थाहा थिएन। म हराएकी जस्तो महसुस गरिरहेकी थिएँ र म पीडामा थिएँ। जब एक जना दिदीले थाहा पाउनुभयो, उहाँले परमेश्‍वरको वचनहरूको एक अनुच्छेद मलाई पठाउनुभयो। “जाँचहरूबाट भएर जाँदा मानिसहरू कमजोर हुनु वा उनीहरूभित्र नकारात्मकता हुनु वा परमेश्‍वरको इच्छा वा तिनीहरूका अभ्यासको मार्गबारे स्पष्ट नहुनु सामान्य कुरा हो। तर कुनै पनि अवस्थामा परमेश्‍वरको कामप्रति तँमा विश्‍वास हुनुपर्छ, अनि जसरी अय्यूबले परमेश्‍वरलाई इन्कार गरेनन्, तैँले पनि त्यसो गर्नु हुँदैन। … तेरो अनुभवमा तँ परमेश्‍वरको वचनद्वारा जस्तै शोधनबाट भएर जानु परे पनि, संक्षेपमा, परमेश्‍वरले मानव जातिबाट चाहनुभएको कुरा भनेको तिनीहरूका विश्‍वास र उहाँको निम्ति तिनीहरूको प्रेम नै हो। यस्तो प्रकारले काम गरेर उहाँले मानिसहरूको विश्‍वास, प्रेम र आकांक्षाहरूलाई सिद्ध पार्नुहुन्छ” (वचन देहमा देखा पर्नुहुन्छको “ती जो सिद्ध बनाइनुपर्छ तिनीहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ”)। यो पढेपछि मलाई के बोध भयो भने मेरो श्रीमान्‌ले मलाई विवाहविच्‍छेदको धम्की दिने कुरालाई परमेश्‍वरले अनुमति दिनुभएको थियो। जब अय्यूबले आफ्नो परीक्षाको सामना गरे लुटेराहरूले उनीसँग भएका सबै कुरा लगे र उनको छोराछोरीको ज्यान पनि गयो। उनको शरीर खटिरा ढाकिएको थियो र उनी खरानीको थुप्रोमाथि बसेका थिए। उनकी श्रीमतीले उनलाई स्वीकार गरिनन् र विश्‍वास छोड्न र मर्न भनिन्। उनका साथीहरूले उनीप्रति पूर्वाग्रह राखे र उनको गिल्‍ला गरे। यी सबै परीक्षा तथा कष्टको सामुन्ने पनि, अय्यूबले परमेश्‍वरको प्रशंसा गरिरहे: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२०-२१)। यो नै साँचो विश्‍वास हो। जेसुकै भए तापनि, म परमेश्‍वरलाई पछ्याइ रहन्छु भनेर मैले एक पटक परमेश्‍वरको सामु गम्‍भीर शपथ खाएकी थिएँ। तर मेरो जीविकालाई नै खतरामा पार्ने गरी मेरो श्रीमान्‌बाट आएका धम्कीहरूको सामना गरिरहँदा, म नैराश्यता र पीडा बीच अड्किएँ। परमेश्‍वरप्रति मेरो साँचो विश्‍वास नभएको कुरा मैले देखेँ। परमेश्‍वरलाई धोका दिन र त्याग्नका लागि मेरो श्रीमान्‌ले मलाई विवाह-विच्‍छेद गर्ने धम्की दिँदै हुनुहुन्थ्यो। म शैतानको योजनाका शिकार हुन सक्दिनथिएँ। मैले जस्तोसुकै प्रकारको परीक्षा भोग्नु परे पनि, परमेश्‍वरलाई पछ्याउनुपर्छ, गवाही दिन खडा हुनुपर्छ, र शैतानलाई लज्जित बनाउनुपर्छ भन्ने कुरा मलाई थाहा थियो।

त्यसको केही दिनपछि मैले अर्को काम पाएँ त्यसैले भेलाहरूमा सहभागी हुन र मेरो कर्तव्य निर्वाह गर्नका लागि इन्टरनेटको कार्ड किन्न सक्ने भएँ। मैले मेरो हृदयमा दृढता महसुस गरेँ। पछि, मैले शान्त भएर विवाहविच्‍छेदको कागजमा दस्तखत गरेँ, र मेरो श्रीमानका बन्देजहरूबाट पूर्ण स्वतन्त्रता पाएँ। मैले मेरो विश्‍वासलाई स्वतन्त्र भएर अभ्यास गर्न सक्थेँ। मैले मेरो कर्तव्य निर्वाह गर्ने र सुसमाचार सुनाउने कार्यलाई जारी राखेँ र मेरो आर्थिक अवस्था पहिलेको भन्दा कमजोर भएपनि, मैले मेरो कर्तव्य कुनै चिन्ताविना पूरा गर्न सक्थेँ। मलाई आनन्द र शान्ति महसुस भयो र मैले परमेश्‍वरलाई पछ्याउने र सही मार्ग लिनु नै जीवन जिउने सबैभन्दा अर्थपूर्ण तरिका हो भनेर महसुस गरेँ। घरमा भएको यो आत्मिक युद्धमार्फत मलाई गवाहीका रूपमा खडा हुनका लागि अनुमति दिनुभएकोमा म परमेश्‍वरलाई धन्यवाद दिन्छु।

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

Leave a Reply