बर्खास्त भएर मैले सिकेका पाठहरू
सन् २०१८ मा, म भिडियो बनाउने कामको इन्चार्ज थिएँ। कहिलेकहीँ एकैपटकमा धेरै वटा भिडियो बनाउने काम आउँथ्यो र प्रोडक्शनको लागि सही मानिसहरू लगाउनुपर्ने हुन्थ्यो। हरेकपटक नै, म काम कसरी बाँडफाँट गर्ने भनेर तुरुन्तै विचार गर्थेँ, तर मेरो बाँडफाँटको योजनाको बारेमा मेरा साझेदार ब्रदर-सिस्टरहरूलाई सुनाउँदा, तिनीहरूले सधैँ मेरो योजनामा पूरक र सुधारका कुराहरू थप्थे। कहिलेकहीँ, मैले कुन पक्षलाई राम्ररी विचार गरिरहेकी छैन भनेर तिनीहरूले औँल्याइदिन्थे, र तिनीहरूले धेरै सुझाव दिँदा मलाई अलिक अप्ठ्यारो लाग्थ्यो। तिनीहरूले सधैँ मेरा समस्याहरू औँल्याउँथेँ र मलाई मेरो काम गर्ने क्षमता त्यति राम्रो छैन जस्तो अनुभव हुन्थ्यो। यसले गर्दा, अरूले समूह अगुवाको रूपमा मलाई के सोच्लान् भनेर म सोच्ने गर्थेँ। यसअलावा, मेरा दुई साझेदार सहकर्मीहरूमध्ये एकसँग काम गर्ने राम्रो क्षमता थियो। अर्कोसित धेरै व्यावसायिक अनुभव थियो, र तिनले परमेश्वरमा विश्वास गरेको पनि धेरै भएको थियो। तिनीहरू दुवैले समस्याहरूलाई निकै समग्र रूपमा विचार गर्थे र मलाई माथि उठ्ने मौकै दिँदैनथे। समय बित्दै जाँदा, मेरा ब्रदर-सिस्टरहरूले म समूह अगुवाको रूपमा एकदुई वटा भिडियो बनाउनमा बाहेक, समूहको काममा म त्यति काम लाग्दिनँ भन्ने ठान्लान् जस्तो लाग्थ्यो। यसरी जति धेरै सोच्थेँ, मलाई त्यति नै नरमाइलो लाग्थ्यो, र म सोच्न थाल्थेँ, “यदि मेरा साझेदार सहकर्मीहरूले गर्न नसक्ने कुराहरू मैले अझै बढी मात्रामा, र अझै राम्ररी गर्न सकेँ भने, के म माथि उठ्न सक्षम हुँदिनँ र? समूहमा मेरो व्यावसायिक सीप तुलनात्मक रूपमा राम्रै छ, र ब्रदर-सिस्टरहरूले मसँग राम्रो जीवन प्रवेश छ भनेर भन्छन्, त्यसकारण मैले मेरा ब्रदर-सिस्टरहरूको स्थितिलाई समाधान गर्न अलिक बढी समय खर्च गरेँ, र मेरो व्यावसायिक ज्ञान अझै बढी बाँडेँ भने, तिनीहरूले अवश्यै मलाई आदर गर्नेछन्।” त्यसकारण, तिनीहरूलाई चाहिए पनि नचाहिए पनि, वा समस्या भए पनि नभए पनि, म सधैँ तिनीहरूको स्थितिको बारेमा तिनीहरूसित कुराकानी र सङ्गति गर्न तिनीहरूकहाँ जान्थेँ। साथै, म प्रायजसो प्राविधिक जानकारी पनि खोजेर व्यावसायिक तौरतरिकाहरूको बारेमा सारांश तयार गरेर तिनीहरूलाई बताउँथेँ। यसले गर्दा भिडियो बनाउने काममा ढिलाइ भए पनि, म यी कुराहरू गर्नमै लागिपर्थेँ। यस्तो मूल्य चुकाउनु सार्थक हुन्छ जस्तो लाग्थ्यो।
मेरा अभिप्रायहरू गलत भएको कारण, मैले महत्त्वपूर्ण काम बुझ्न सकिनँ, मेरो कामको प्रभावकारिता नराम्ररी गिर्यो, र समस्याहरू बारम्बार देखा परिरहे। एकपटक, मैले सिकारुले समेत नगर्ने गल्ती गरेँ, यसले मलाई निक्कै लज्जित तुल्यायो। मैले सोचेँ, “टोली अगुवा भएर पनि मैले यस्तो सानो कुरामा गल्ती गरेँ कति हास्यास्पद कुरा। यदि मैले आफ्नो छविलाई पुनर्स्थापित गर्न केही गरिनँ भने, म कसरी टोली अगुवाको रूपमा रहिरहन सक्छु र?” त्यसपछिदेखि, अरूले मलाई नीच नठानून् भनेर, म काममा तनमन दिएर लागिपर्थेँ। समूहको कार्यप्रगतिको बारेमा म सोध्दै सोध्दिनथेँ, अनि मैले हरेकपटक काम पाउँदा, हतारहतार दाजुभाइ-दिदीबहिनीहरूलाई खटाएर त्यो पूरा गराउँथे। अनि, मैले धेरैपटक समयमै कामको फलोअप गर्न सकिनँ र सुम्पिइएका कामहरूमा ढिलाइ भयो। त्यो बेला म अति सुस्त भएकी थिएँ। यी कुराहरू हुँदा, मैले आफ्नो बारेमा मनन गरिनँ। पछि, कामको आवश्यकताअनुरूप मेरा साझेदार सहकर्मीहरू र मैले धेरै जना नयाँ टोली सदस्यहरूलाई तालिम दियौँ। मसित तालिम लिइरहेकी लाउरेनसित अरूमा भन्दा राम्रो जग थियो, र मैले उनलाई चाँडै वृद्धि-विकास गर्न सकेँ भने, मानिसहरूलाई वृद्धि-विकास गर्ने मेरो क्षमता राम्रो छ भनेर मैले प्रमाणित गर्न सक्छु भन्ने सोचेँ। तर, उनीसँग केही समय वास्तविक सम्पर्कमा आएपछि, उनको क्षमता सामान्य रहेको र उनले निकै ढिलो सिक्ने गरेको पत्ता लगाएँ। त्यसपछि, उनलाई सिकाउँदा म त्यति होसियार हुन वा ध्यान दिन छोडेँ। उनीसँग प्रश्नहरू हुँदा, म झारा टारेर उत्तर दिन्थेँ। कहिलेकहीँ, उनले उत्तरहरू नबुझ्दा, मलाई व्याख्या गर्न पनि धेरै झमेला लाग्थ्यो। त्यसले गर्दा, केही समय बितेपछि, उनले प्रगति गर्नु त कता हो कता, उनलाई कर्तव्य निभाउन पनि झन् कठिन भयो। पछि, मेरी साझेदार सहकर्मीले सिस्टरले मसँगै लाउरेनलाई प्राविधिक सीप सिकाउँछु भनेर प्रस्ताव गरिन्, र मैले सोचेँ, “अब तिमीले मेरो छविमा आक्रमण मात्रै गरिरहेकी छ्यौ। जे भए पनि म टोली अगुवा हुँ। लाउरेनलाई सिकाउन मलाई तिम्रो सहयोग चाहिन्छ जस्तो लाग्छ? त्यसो गर्दा म पूरै असक्षम देखिनेछु, होइन र?” तर मैले मेरो तालिम प्रभावकारी नभएको पनि महसुस गरेँ, त्यसकारण मैले उनको कुरालाई ठाडै अस्वीकार गर्न सकिनँ। सहमति जनाउनेबाहेक अरू कुनै विकल्प थिएन। अलिअलि भए नि छवि जोगाउन, मैले आफूलाई प्रमाणित गर्ने अरू अवसरहरू खोज्न चाहेँ। एकपटक, अर्को समूहमा काम सम्बन्धी केही कठिनाइहरू आएछन् र तिनीहरूले मलाई सहयोग मागे। मैले सोचेँ, “यस्तो मौका सितिमिति आउँदैन। मैले यो समस्यालाई उचित रूपमा सम्हाल्न सकेँ भने, दाजुभाइ-दिदीबहिनीहरूले अवश्य नै मलाई आदर गर्नेछन्, र मेरो राम्रो प्रतिष्ठा अरू समूहमा पनि फैलनेछ।” तर परिस्थितिलाई वास्तविक रूपमा हेरेपछि, समस्या समाधान गर्न धेरै समय र प्रयास लाग्ने देखियो। त्यो बेला, मेरो आफ्नै कामको क्षेत्रमा तुरुन्तै समाधान गर्नुपर्ने समस्याहरू धेरै थिए, तर त्यो समूहको समस्या त्यति अत्यावश्यक थिएन। मैले तिनीहरूको समस्या अहिलेको लागि पन्छाउनुपर्छ भन्ने लाग्यो। तर मैले यो मेरो छवि उकास्ने गर्ने राम्रो मौका हो, त्यसकारण मैले यसलाई उम्काउनु हुँदैन भन्ने सोचेँ। यसको साथै, मेरा साझेदार सहकर्मीहरूले हाम्रो समूहको काम सम्हाल्न सक्थे। तिनीहरूले यसपटक मविना नै काम गर्न सक्थे। यो सोचेर, पूर्ण आत्मविश्वासको साथ, मैले त्यो काममा हात हालेँ।
म सधैँ अरूलाई कसरी मेरो आदर गर्न लगाउने भनेर मात्रै सोचिरहेकी हुन्थेँ, त्यसकारण मैले समूहको काममा ध्यान नै दिइरहेकी हुँदिनथेँ, जसले गर्दा भिडियो बनाउने काम निकै ढिलो गतिमा अघि बढ्यो। साथै, मैले तुरुन्तै कामको फलोअप नगरेको कारण, काम धेरै थुप्रिएका थिए, र कामको प्रभावकारिता अत्यन्तै धेरै घट्यो। म मुख्य सुपरभाइजरहरूमध्येकी एक थिएँ, तैपनि यी समस्याहरू कसरी समाधान गर्ने मलाई थाहा थिएन, र मेरो स्थिति झन्झन् खराब हुँदै गयो। म हरदिन आफ्नो काममा व्यस्त भए पनि, मैले अझै पनि राम्रा नतिजाहरू ल्याउन सकिनँ। यो अवस्थाको बारेमा थाहा पाएर अगुवाले मेरो निराकरण गरिन्, र मैले आफ्नो कर्तव्यमा प्रतिष्ठा र हैसियतको खोजी गरिरहेकी छु, र हाम्रो काममा आएका विशिष्ट समस्याहरू समाधान गरिरहेकी छैन भनेर भनिन्। त्यसपछि, मैले आफूमा केही मात्रामा बाह्य परिवर्तन ल्याएँ, तर आफूलाई साँचो रूपमा चिन्ने प्रयास कहिल्यै गरिनँ, र परिस्थितिहरू आइपर्दा, मैले सधैँ आफ्नो प्रतिष्ठा र छविलाई नै सुरुमा रक्षा गर्ने प्रयास गरेँ। पछि, लाउरेनले आफै भिडियोहरू बनाउन नसकेकीले उनलाई अर्कै कर्तव्यमा स्थानान्तर गरियो। उनी जानुभन्दा पहिले, उनले आफ्नो कर्तव्यमा भोगेका केही समस्याहरू सारांशित गरिन्। त्यसमा उनले मैले उनलाई व्यावसायिक सीप सिकाउँदा, उनले समाधान गर्न नसक्ने धेरै कठिनाइहरू आए र अर्की सिस्टरले सिकाउन थालेपछि मात्रै उनको व्यावसायिक सीपमा सुधार आयो भनेर उल्लेख गरिन्। यो लेखेको कुरा पढेपछि, मलाई साह्रै रिस उठ्यो। मैले सोचेँ, “उनले भनेको यो कुरा मेरा अगुवा र सहकर्मीहरूले थाहा पाए भने, तिनीहरूले के सोच्लान्? अवश्य तिनीहरूले म केही गर्न सक्दिनँ भनेर सोच्लान्।” आफ्नो हैसियत र छविलाई रक्षा गर्न, म लाउरेनका समस्याहरूको बारेमा रिपोर्ट गर्न अगुवाकहाँ गएँ, र जानीजानी उनको क्षमताको बारेमा नराम्रो कुरा भनेँ, आफ्नो कर्तव्यमा उनले कसरी अल्याङटल्याङ र बारम्बार तर्क गर्छिन् भनेर बढाइचढाइ गरेँ, अनि उनको मानवतामा रहेका कमीकमजोरीहरूलाई जोड दिने प्रयास गरेँ। अनि, मलाई तीनछक पार्दै अगुवाले यसो भनिन्, “यदि यो साँचो हो भने, उनलाई नयाँ विश्वासीहरूलाई मलजल गर्न दिनु उचित हुँदैन।” मेरा शब्दहरूले यस्तो परिणाम ल्याउन सक्छन् भनेर मैले कहिल्यै कल्पना गरेकी थिइनँ। यदि मैले भनेका कुराले गर्दा लाउरेनले नयाँ विश्वासीहरूलाई मलजल गर्न पाइनन् भने, मैले साँच्चै नै दुष्कर्म गरेको हुन्थ्यो। म यो कुरा अगुवालाई बताउन चाहन्थेँ, तर सबैको मनमा मेरो छवि खराब छ भन्ने कुरा मलाई याद आयो। यदि म यसबारेमा इमानदार भएँ भने, आफ्नो काममा बेकामे देखिनेबाहेक, ममा खराब मानवता पनि छ भनेर अरूले सोच्थे। त्यसकारण, मैले अगुवालाई अस्पष्ट रूपमा भनेँ, “तपाईंले यसबारेमा खोजीनिधो गर्नुपर्छ।” पछि, अनुसन्धान र पुष्टि गरेपछि, अगुवाले लाउरेनका समस्याहरू मैले दाबी गरेजस्तो गम्भीर नभएको पत्ता लगाइन् र उनलाई स्थानान्तर गरिनन्।
मैले जिद्दी भई प्रतिष्ठा र हैसियतको खोजी गर्ने गरेको र परिवर्तन हुन नमानेको कारण, ब्रदर-सिस्टरहरूले गरेको मेरो मूल्याङ्कनको आधारमा, अगुवाले मलाई म आफ्नो कर्तव्यमा गैरजिम्मेवार छु, मैले व्यवहारिक काम गर्दिनँ, र आफूलाई राम्रो देखाउने कामहरू मात्र गर्छु भनेर भनिन्, र यी कुराहरूको कारण मलाई बर्खास्त गरिन्। मैले किन यस्तो भयो भनेर पत्ता लगाउन सकिनँ। हरदिन म आफ्नो कर्तव्यमा व्यस्त हुन्थेँ, र अन्त्यमा अवस्था यस्तो भयो। यदि मेरा ब्रदर-सिस्टरहरूले मलाई बर्खास्त गरिनुको कारण पत्ता लगाउँथे भने, तिनीहरूले अवश्य नै ममा खराब मानवता छ र म सत्यताको खोजी गर्ने व्यक्ति होइन भनेर सोच्ने थिए। मैले भविष्यमा मुख कसरी देखाउने? यो सोच्दा, मलाई धेरै दुःख लाग्यो, तर जे भए पनि, मैले सबैभन्दा पहिले, आज्ञापालन गर्नुपर्छ भन्ने मलाई थाहा थियो। मैले नै यो मार्ग लिएकी थिएँ, र मैले आफूलाई बाहेक कसैलाई दोष दिन सक्दिनथेँ। त्यो बेला, मलाई आफ्ना समस्याहरूको बारेमा मनन गर्न मन लाग्यो, त्यसैले मैले परमेश्वरसँग प्रार्थना गरेँ र मलाई मेरा समस्याहरू बुझ्न अगुवाइ गर्न अनुरोध गरेँ।
पछि, मैले परमेश्वरका केही वचन पढेँ र मेरो स्थितिलाई ठ्याक्कै व्याख्या गर्ने खण्ड भेट्टाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीहरू हरेक दिन ख्याति र हैसियतको लागि मात्रै जिउँछन्, तिनीहरू हैसियतका फाइदाहरूमा मोज गर्नको लागि मात्रै जिउँछन्, तिनीहरू यसको बारेमा मात्रै सोच्छन्। तिनीहरूले कहिलेकहीँ सानातिना कठिनाइ भोगे पनि वा सानोतिनो मूल्य चुकाए पनि, यो हैसियत र ख्याति प्राप्त गर्नको लागि हो। हैसियत पछ्याउनु, शक्ति प्राप्त गर्नु, र सहज जीवन बिताउनु नै ख्रीष्टविरोधीहरूले परमेश्वरमा विश्वास गरेपछि सधैँ योजना बनाउने प्रमुख कुरा हुन्, र तिनीहरू आफ्ना लक्ष्य प्राप्त नहुन्जेल हार मान्दैनन्। यदि तिनीहरूका दुष्ट कार्यहरू पर्दाफास भइहालेमा, तिनीहरू आफूमाथि आकास नै खसेझैँ गरी आत्तिन्छन्। तिनीहरू खान वा सुत्न सक्दैनन्, र बेहोसीको हालतमा भएजस्तो देखिन्छन्, मानौँ तिनीहरू डिप्रेसनका सिकार भएका छन्। मानिसहरूले के भयो भनी सोध्दा तिनीहरू कुरा लुकाउँछन् र यसो भन्छन्, ‘म हिजो अति व्यस्त भएर रातभरि सुत्दै सुतिनँ, त्यसैले म साह्रै थकित छु।’ तर वास्तवमा, यो कुनै साँचो होइन, त्यो सबै छल हो। तिनीहरूलाई यस्तो अनुभूति हुन्छ किनभने तिनीहरू निरन्तर यस्तो सोचिरहेका हुन्छन्, ‘मैले गरेका खराब कुराहरू पर्दाफास भएका छन्, त्यसैले म कसरी आफ्नो ख्याति र हैसियत फिर्ता ल्याउन सक्छु त? म आफूलाई छुटकारा दिलाउन कुन माध्यम प्रयोग गर्न सक्छु? यसको स्पष्टीकरण दिन मैले सबैसँग कस्तो लबज प्रयोग गर्न सक्छु? मानिसलाई मेरो बारेमा छर्लङ्ग बुझ्न नदिन के भन्दा हुन्छ?’ लामो समयसम्म तिनीहरू के गर्ने भनी भेउ पाउन सक्दैनन्, त्यसैले तिनीहरूलाई निराश हुन्छन्। कहिलेकाहीँ तिनीहरूका एउटै ठाउँमा एक टकले हेरिरहन्छन्, र तिनीहरूले के हेरिरहेका छन् भन्ने कुरा कसैलाई थाहा हुँदैन। त्यो समस्याले तिनीहरूको दिमाग खियाउँछ, एकपछि अर्को सोचाइ थुपारिदिन्छ, अनि खान वा पिउन मन नलाग्ने बनाउँछ। यसको बाबजुद, तिनीहरू अझै पनि मण्डलीको कामलाई वास्ता गरेको खोल ओड्छन्, र मानिसहरूलाई सोध्छन्, ‘सुसमाचार काम कस्तो भइरहेको छ? कति प्रभावकारी रूपमा त्यसको प्रचार भइरहेको छ? के हालै दाजुभाइ-दिदीबहिनीहरूले कुनै जीवन प्रवेश पाएका छन्? के कसैले कुनै अवरोध वा बाधा पुऱ्याइरहेको छ?’ तिनीहरूले मण्डलीको कामबारे यसरी सोधपुछ गर्नुको उद्देश्य अरूलाई देखाउनका लागि हो। तिनीहरूले समस्याहरू थाहा पाएका भए, तिनीहरूसित ती समाधान गर्ने कुनै उपाय हुनेथिएनन, त्यसैले तिनीहरूका प्रश्न औपचारिकता मात्र हुन् ताकि अरूलाई तिनीहरूले मण्डलीको कामको वास्ता गरिरहेका छन् भन्ने देखाउन सकून्। यदि कसैले मण्डलीका समस्याहरूबारे रिपोर्ट गरेर तिनीहरूलाई ती समस्या समाधान गर्न लगाउने हो भने, तिनीहरूले आफ्नो मुन्टो मात्र हल्लाउनेथिए। तिनीहरूको योजना व्यर्थ व्यर्थ हुनेथ्यो, र तिनीहरूले आफ्नो भेष बदल्न चाहे पनि सक्दैनथे, र तिनीहरूको पर्दाफास र खुलासा हुने जोखिम हुनेथ्यो। ख्रीष्टविरोधीहरूले आफ्नो पूरै जीवनमा भोग्ने सबभन्दा ठूलो समस्या यही हो। … जहाँ ख्रीष्टविरोधीहरूको हातमा शक्ति हुन्छ, तिनीहरूको प्रभावको दायरा जतिसुकै होस्, त्यो एउटा समूह मात्र भए पनि, तिनीहरूले परमेश्वरको घरको काम र परमेश्वरका चुनिएका मानिसहरूको एक भागलाई प्रभाव पार्नेछन्। यदि मण्डलीमा तिनीहरूको हातमा शक्ति छ भने, मण्डलीको काम र परमेश्वरको इच्छामा बाधा पुग्छ। किन निश्चित मण्डलीहरूमा परमेश्वरको घरको कार्य प्रबन्धहरू कार्यान्वयन गर्न सकिँदैन? किनभने यी मण्डलीहरूमा ख्रीष्टविरोधीहरूको हातमा शक्ति हुन्छ। ख्रीष्टविरोधी व्यक्ति परमेश्वरका लागि सच्चा रूपमा समर्पित हुँदैन, तिनीहरूको कर्तव्यपालन औपचारिकता र झारा टार्ने कुरा मात्र हुनेछ। तिनीहरू अगुवा वा सेवक भए पनि वास्तविक काम गर्नेछैनन्, र तिनीहरू ख्याति, प्राप्ति, र हैसियतको निम्ति मात्र बोल्नेछन् र काम गर्नेछन्, मण्डलीको कामको रक्षा बिलकुलै गर्नेछैनन्। त्यसोभए, ख्रीष्टविरोधीहरू दिनभर के गर्छन्? तिनीहरू नाटक र आफ्नो प्रदर्शन गर्नमै व्यस्त हुन्छन्। तिनीहरू आफ्नो ख्याति, प्राप्ति र हैसियत जोडिएका कामहरू मात्र गर्छन्। तिनीहरू अरूलाई छल गर्न र मानिसलाई तान्नमा व्यस्त हुन्छन्, र जब तिनीहरूले सामर्थ्य जुटाउँछन्, तब तिनीहरू अरू थप मण्डलीहरू नियन्त्रण गर्नतिर लाग्नेछन्। तिनीहरू राजा भएर शासन गर्न र मण्डलीलाई आफ्नो स्वतन्त्र राज्य बनाउन मात्र चाहन्छन्। तिनीहरू महान् अगुवा बन्न, पूर्ण र एकाधिकार राख्न, र थप मण्डलीहरू नियन्त्रण गर्न मात्र चाहन्छन्। तिनीहरू अरू कुनै कुराबारे अलिकति पनि वास्ता गर्दैनन्। तिनीहरू मण्डलीको काम वा परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशबारे चासो राख्दैनन्, झन् परमेश्वरको इच्छा पालन भयो कि भएन भनेर वास्ता गर्नु त परै जाओस्। तिनीहरू आफूले कहिले एकाधिकार लिन, परमेश्वरका चुनिएका मानिसहरूलाई पकडमा राख्न, र परमेश्वर बराबार हुन सकिएला भन्नेमा मात्र चासो राख्छन्। ख्रीष्टविरोधीहरूका चाहना र महत्त्वाकाङ्क्षा वास्तवमा अपार छन्! ख्रीष्टविरोधीहरू जति नै मेहनती देखिए पनि, आफ्ना प्रयासहरूमा मात्र व्यस्त रहन्छन्, जे गर्न मन लाग्छ त्यही गर्छन्, अनि आफ्नै ख्याति, प्राप्ति र हैसियतसँग सम्बन्धित कुराहरूमा मात्र व्यस्त हुन्छन्। तिनीहरू आफ्ना जिम्मेवारी वा आफूले निर्वाह गर्नुपर्ने कर्तव्यबारे समेत सोच्दैनन्, र तिनीहरू कुनै उचित कुरा गर्दै गर्दैनन्। ख्रीष्टविरोधीहरू भनेका यस्ता हुन्छन्—तिनीहरू दियाबलस र शैतानहरू हुन्, जसले परमेश्वरको काममा अवरोध र बाधा पुऱ्याउँछन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दुई))। परमेश्वरको वचनले ख्रीष्टविरोधीहरू प्रतिष्ठा र हैसियतको लागि मात्र जिउँछन् र कहिल्यै पनि कुनै व्यवहारिक काम गर्दैनन् भनेर खुलासा गरेको छ। अरूलाई आफ्नो वास्तविक रूप पत्ता लगाउन र देख्नबाट रोक्नको लागि, तिनीहरूले आफ्नो पदलाई कायम राख्ने अनेक उपाय पत्ता लगाउन दिमाग खियाउँछन्, र त्यसो गर्न तिनीहरूले खुशीसाथ मण्डलीको काममा ढिलाइ गराउँछन्। मैले टोली अगुवा बनेपछिका मेरा कार्य र व्यवहारहरूका बारेमा विचार गरेँ, र मैले ख्रीष्टविरोधीले जस्तै व्यवहार गरेछु भन्ने थाहा पाएँ। मेरा सहकर्मीहरूले समस्याहरूलाई मैले भन्दा समग्र रूपमा हेरेको देख्दा, र सधैँ मेरो कामका कमीकमजोरीहरू औँल्याउँदा, मलाई मेरा ब्रदर-सिस्टरहरूले ममा कमजोर क्षमता छ र म आफ्नो काममा अयोग्य छु भनेर सोच्लान् भन्ने डर लाग्थ्यो, त्यसकारण म आफ्नो प्रतिष्ठा बचाउन भेटेजति सबै मौकाको सदुपयोग गर्ने प्रयास गर्थेँ। म जानकारीहरू व्यवस्थित गर्दै समय बिताउँथेँ ताकि सबैले म बोझ लिन्छु र मैले व्यावसायिक सीप जानेको छु भन्ने सोचून्। मैले त आफ्नो समूहको तुरुन्तै समाधान गर्नुपर्ने समस्याहरूलाई समेत पन्छ्याउँथेँ र बेवास्ता गर्थेँ, अनि आफूलाई प्रदर्शन गर्न अर्को समूहको समस्या समाधान गर्नमा समय दिन्थेँ। आफ्नो भिडियोको काममा गल्ती गर्दा, ब्रदर-सिस्टरहरूले मेरो सीप राम्रो छैन भन्लान् भन्ने डरले, म समूहको कामलाई पन्छाउथेँ, र आफ्नो प्रोडक्शनको काममा लाग्थेँ, ताकि मसँग क्षमता छ भनेर प्रमाणित गर्न सक्ने गरी काम पूरा गर्न सकूँ। मैले अरूलाई जगेर्ना गर्ने कामलाई समेत आफूलाई प्रमाणित गर्ने मौकाको रूपमा प्रयोग गरेँ, तर लाउरेनले मेरो क्षमता प्रदर्शन गर्ने गरी द्रुत गतिमा सिक्न सक्दिनन् भन्ने थाहा पाएपछि, मैले उनलाई रूखो पाराले र झारा टार्दै सिकाउन थालेँ, जसले गर्दा उनलाई पूरा सीप सिक्न असम्भव भयो। मलाई प्रतिष्ठा र हैसियत पछ्यानुमा मात्रै चासो थियो र वास्तविक काम गर्नुको सट्टा आफूलाई फाइदा पुग्ने कामहरू मात्रै गर्थेँ। मैले मण्डलीको काममा ढिलाइ र हानि पुर्याएँ। के मेरो व्यवहार ख्रीष्टविरोधीको जस्तै थिएन र? लाउरेनलाई अर्को कर्तव्यमा स्थानान्तर गरिएपछि समेत, मलाई कुनै ग्लानि भएन, र उनले मेरा कमीकमजोरी र त्रुटिहरूलाई औँल्याएकीले, आफ्नो प्रतिष्ठा र हैसियतको रक्षा गर्न, मैले उनलाई होच्याउँदै र उनको आलोचना गर्दै आफूलाई सही साबित गर्ने र आफ्नो प्रतिरक्षा गर्ने प्रयास गरेँ, र उनले झण्डै फेरि अर्को स्थानान्तर भोग्नुपर्यो। म साँच्चै नै अत्यन्तै दुष्ट, स्वार्थी र घृणित थिएँ! मैले मण्डलीको काम र लाउरेनलाई पुर्याएको सबै हानिको बारेमा सोच्दा, म निकै उदास भएँ। यी कार्यहरूले परमेश्वरमाथिको मेरो विश्वासको मार्गलाई कलङ्कित तुल्याएका थिए! पछि, मैले पाप स्वीकार गर्दै पश्चात्ताप गर्न परमेश्वरलाई प्रार्थना गरेँ।
एक दिन, मैले परमेश्वरको वचनको एउटा खण्ड पढेँ: “जब परमेश्वरले मानिसहरूलाई ख्याति, प्राप्ति र हैसियत पन्छ्याउन लगाउनुहुन्छ, तब उहाँले तिनीहरूलाई छनौट गर्ने तिनीहरूको अधिकारबाट वञ्चित गरिरहनुभएको हुँदैन; बरु, ख्याति, प्राप्ति र हैसियतको पछि लाग्ने क्रममा, मानिसहरूले मण्डलीको काम र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा बाधा र अवरोध पुर्याउँछन्, र अझ धेरै मानिसहरूलाई परमेश्वरका वचनहरू खान-पिउन र सत्यता बुझ्न, अनि परमेश्वरको मुक्ति पाउनमा असर पुर्याउँछन्, त्यसैले यसो गरिन्छ। यो निर्विवाद तथ्य हो। जब मानिसहरू आफ्नै ख्याति, प्राप्ति र हैसियतको पछि लाग्छन्, तिनीहरू सत्यताको पछि लाग्दैनन् र तिनीहरूले आफ्नो कर्तव्य विश्वासयोग्य तरिकाले पूरा गर्दैनन् भन्ने कुरा निश्चित हुन्छ। तिनीहरूले ख्याति, प्राप्ति र हैसियतको खातिर मात्र बोल्ने र व्यवहार गर्नेछन्, र तिनीहरूले गर्ने सबै काम अपवादरहित रूपमा तिनै कुराको लागि हुन्छ। त्यसरी व्यवहार र काम गर्नु भनेको ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नु हो भन्नेमा कुनै सन्देह छैन; यो परमेश्वरको काममा बाधा र अवरोध पुर्याउनु हो, र यसका विविध र हरेक परिणामहरूले राज्यको सुसमाचार फैलने प्रक्रिया र मण्डलीभित्रको परमेश्वरको इच्छाको स्वतन्त्र बहावमा रोकावट पैदा गरिरहेको हुन्छ। त्यसकारण, ख्याति, प्राप्ति र हैसियतको पछि लाग्ने मानिसहरूले हिँड्ने मार्ग परमेश्वरको प्रतिरोध गर्ने मार्ग हो भनेर निश्चयतापूर्वक भन्न सकिन्छ। यो उहाँविरुद्ध जानीजानी प्रतिरोध गर्नु, उहाँलाई इन्कार गर्नु हो—यो परमेश्वरलाई विरोध गर्न शैतानसँग सहकार्य गर्नु र उहाँविरुद्ध उभिनु हो। यो मानिसहरूद्वारा गरिने ख्याति, प्राप्ति र प्रतिष्ठाको खोजीको प्रकृति हो। भन्नुको मतलब, मानिसहरू आफ्ना हितहरूको पछि लाग्नुमा भएको समस्या भनेको उनीहरूले पछ्याउने लक्ष्यहरू शैतानका लक्ष्यहरू हुन्—ती दुष्ट र अनुचित लक्ष्यहरू हुन्। जब मानिसहरू ख्याति, प्राप्ति र हैसियतजस्ता आफ्नै हितहरूको पछि लाग्छन्, उनीहरू अनजानमा शैतानको हतियार बन्छन्, उनीहरू शैतानका लागि निकासद्वार बन्छन्, र यसबाहेक, उनीहरू शैतानकै मूर्तरूप बन्छन्। उनीहरूले मण्डलीमा नकारात्मक भूमिका खेल्छन्; मण्डलीको कामप्रति, र मण्डलीको सामान्य जीवन र परमेश्वरका चुनिएका मानिसहरूको सामान्य खोजीप्रति, उनीहरूले पार्ने प्रभाव भनेको बाधा पुर्याउने र कमजोर पार्ने मात्र हो; उनीहरूको केवल प्रतिकूल र नकारात्मक प्रभाव हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। परमेश्वरको वचन पढेपछि बल्ल बुझेँ कि मैले हैसियतको खोजी गर्दा र आफ्नै हितहरूको रक्षा गर्दा, वास्तवमा मैले शैतानको सेवकको रूपमा काम गरिरहेकी र मण्डलीको काममा बाधा दिइरहेकी थिएँ। मेरो क्षमता र व्यावसायिक सीप मेरा सहकर्मीहरूको जत्ति राम्रो छैन भन्ने मलाई थाहा थियो। यदि मैले नम्र भएर तिनीहरूबाट सिक्न, र तिनीहरूसँग सद्भावपूर्ण सहकार्य गर्न सकेकी भए, मैले आफ्नो सीपमा केही प्रगति गरेकी र केही सत्यता सिद्धान्तहरू पनि बुझेकी हुन्थेँ। यो मेरो लागि राम्रो कुरा हुन्थ्यो। तर मलाई मेरो लागि के राम्रो हुन्छ भन्ने थाहा थिएन। “टोली अगुवा” भन्ने पदले म पूर्ण रूपमा भ्रममा परेकी थिएँ। मैले आफ्नो वास्तविक कर्तव्य पूरा गर्न समय दिने वा आफ्नो मुख्य काममा बल लगाउने गरिनँ। बरु, मैले अरूलाई मेरो आदर गराउन छद्म भेष धारण गर्दै आफ्नो प्रदर्शन गर्न अनेक उपायहरू सोचेँ। मैले वास्तवमा व्यावहारिक काम नगरीकनै टोली अगुवाको पद ओगटेँ, र हाम्रो कामको प्रगतिमा अवरोध र ढिलाइ गराएँ। मैले गरेका कुराहरूलाई परमेश्वरले घृणा र तिरस्कार गर्नुहुन्छ। मेरो बर्खास्तीले परमेश्वरको धर्मी स्वभाव देखायो र यो मेरो लागि परमेश्वरको सुरक्षा थियो। मैले मण्डलीको काममा पुर्याएको हानिको बारेमा सोच्दा, मलाई निकै ग्लानि भयो। अनि, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, हैसियत पाउने मेरो इच्छा अत्यन्तै तीव्र छ! यो प्रकाश नपाएको भए, म कति समयसम्म चेतनाशून्य रहन्थेँ मलाई थाहा छैन। म यो असफलतालाई प्रयोग गरेर उचित रूपमा आत्मचिन्तन गर्न र मेरा समस्याहरू हल गर्न चाहन्छु।”
पछि, अभ्यास गर्ने मार्गको खोजी गर्ने क्रममा, मैले परमेश्वरका वचनहरूको दुइटा खण्ड पढेँ: “सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; मान्छेको हितहरूको ख्याल नगर्, र आफ्नो सान, प्रतिष्ठा, र हैसियतको मात्र विचार नगर्। तैँले पहिले परमेश्वरको घरको हितबारे विचार गर्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनुपर्छ। तँ परमेश्वरका अभिप्रायप्रति विचारशील हुनुपर्छ र तैँले तेरो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्धता छ कि छैन, तँ निष्ठावान बनेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस् र तैँले तनमन दिएको छस् कि छैनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामबारे सम्पूर्ण हृदयले सोच्ने गरेको छस् कि छैनस् भनी विचार गर्दै यो काम सुरु गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। “यदि मानिसहरूले ख्याति, प्राप्ति, र हैसियतको मात्रै खोजी गर्छन् भने—यदि तिनीहरूले आफ्नै हितहरूको मात्रै खोजी गर्छन् भने—तिनीहरूले कहिल्यै पनि सत्यता र जीवन प्राप्त गर्नेछैनन्, र अन्त्यमा, तिनीहरूले नै घाटा बेहोर्नुपर्छ। परमेश्वरले सत्यता खोजी गर्नेहरूलाई मुक्ति दिनुहुन्छ। यदि तँ सत्यता स्वीकार गर्दैनस् भने, र यदि तँ आफ्नो भ्रष्ट स्वभावको बारेमा मनन गर्न र त्यसबारेमा जान्न सक्षम छैनस् भने, तैँले साँचो रूपमा पश्चात्ताप गर्नेछैनस्, र तैँले जीवन प्रवेश हासिल गर्नेछैनस्। सत्यता स्वीकार गर्नु र आफूलाई चिन्नु तेरो जीवनमा हुने वृद्धि र मुक्ति प्राप्त गर्ने मार्ग हो, र यो तेरो लागि परमेश्वरको छानबिन, न्याय र सजाय स्विकार्न, अनि सत्यता र जीवन प्राप्त गर्न उहाँको अघि आउने मौका हो। यदि तँ ख्याति र हैसियत, अनि तेरो आफ्नै हितलाई पछ्याउनको लागि सत्यता पछ्याउन छोड्छस् भने, यो परमेश्वरको न्याय र सजाय प्राप्त गर्ने र मुक्ति पाउने अवसरलाई त्याग्नुसरह हो। तैँले ख्याति, प्राप्ति र हैसियत अनि तेरा आफ्नै हितहरू रोजिरहेको हुन्छस्, तर तैँले जे त्यागिरहेको हुन्छस् त्यो नै सत्यता हो, र तैँले जे गुमाइरहेको हुन्छस् त्यो जीवन, र मुक्ति पाउने मौका हो। कुन धेरै अर्थपूर्ण हुन्छ? यदि तैँले आफ्नै हित छनौट गर्छस् र सत्यतालाई त्याग्छस् भने, के यो मूर्ख कुरा होइन र? ठेट शब्दमा भन्नुपर्दा, यो सानो फाइदाको लागि ठूलो घाटा बेहोर्नु हो। ख्याति, प्राप्ति, हैसियत, पैसा, र स्वार्थहरू सबै क्षणिक हुन्, ती सबै अल्पकालीन हुन्, जबकि सत्यता र जीवन अनन्त र अपरिवर्तनीय छन्। यदि मानिसहरूले ख्याति, प्राप्ति, र हैसियतको पछि लाग्ने तुल्याउने आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्छन् भने, तिनीहरूले मुक्ति पाउने आशा हुन्छ। यसको साथै, मानिसहरूले प्राप्त गर्ने सत्यताहरू अनन्त हुन्छन्; शैतानले मानिसहरूबाट सत्यताहरू खोसेर लान सक्दैन, न त अरू कसैले नै यसलाई खोसी लान सक्छन्। तँ तेरा हितहरूलाई त्याग्छस् तर तैँले प्राप्त गर्ने भनेको सत्यता र मुक्ति हुन्; यी परिणामहरू तेरै हुन्, र तिनीहरू तैँले आफ्नै लागि प्राप्त गर्छस्। यदि मानिसहरूले सत्यताको अभ्यास गर्ने निर्णय गरे भने, तिनीहरूले आफ्ना हितहरू गुमाएका भए पनि, तिनीहरूले परमेश्वरको मुक्ति र अनन्त जीवन प्राप्त गरिरहेका हुन्छन्। ती मानिसहरू सबैभन्दा बुद्धिमान मानिसहरू हुन्। यदि मानिसहरूले आफ्ना हितका लागि सत्यतालाई त्याग्छन् भने, तिनीहरूले जीवन र परमेश्वरबाट प्राप्त हुने मुक्ति गुमाउँछन्; ती मानिसहरू सबैभन्दा मूर्ख हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो स्वभावलाई चिन्नु नै यसलाई परिवर्तन गर्ने आधार हो)। परमेश्वरको वचनले मलाई के बुझ्न सहयोग गर्यो भने हामीले हाम्रो कर्तव्यमा आफ्ना गलत मनसाय र चाहनाहरूलाई त्याग्नुपर्छ। हामीले हाम्रा प्रतिष्ठा र हैसियतलाई होइन, मण्डलीको हितलाई सबै कुरामा सधैँ पहिलो स्थान दिनुपर्छ। यसरी अभ्यास गर्नु मात्रै परमेश्वरको इच्छाअनुरूप हुन्छ, र विवेक र समझ भएको व्यक्तिले गर्नुपर्ने न्यूनतम कार्य यही हो। यी कुराहरू महसुस गरेपछि, मैले सचेत रूपमा आफ्नो दैहिकता पन्छ्याएँ, प्रतिष्ठा र हैसियतलाई ध्यान दिन छोडेँ, र उचित कर्तव्यपालनमा ध्यान केन्द्रित गर्न थालेँ। आफ्नो प्रोडक्शनको कामहरू पूरा गर्नेबाहेक, मैले आफ्नो र अरूको काममा बारम्बार आउने समस्या र विचलनहरूलाई पनि लेखेँ, अनि छलफल गरेर समाधानहरू पत्ता लगाउन त्यसलाई टोली अगुवाहरू र मेरा ब्रदर-सिस्टरहरूको अघि ल्याएँ। यसरी अभ्यास गर्दा सबैलाई फाइदा भयो, र हामी व्यावसायिक सीपमा प्रगति गर्न सक्षम भयौँ। यो परिणाम देखेपछि, म परमेश्वरप्रति अत्यन्तै कृतज्ञ भएँ। यो हरेक व्यक्तिले एउटै मन र एउटै मस्तिष्कको भएर आफ्नो कर्तव्य पूरा गर्नुको परिणाम थियो। विगतमा, म सधैँ आफ्नो प्रतिष्ठा र हैसियतको रक्षा गर्ने प्रयास गर्थेँ। म आफ्नो कर्तव्यमा सधैँ आफ्नो छवि सुधार्न र आफ्नो प्रदर्शन गर्नको लागि मात्रै काम गर्थेँ, कुनै पनि व्यावहारिक समस्याहरूलाई समाधान गर्दिनथेँ, र मैले अपराधहरू मात्रै गर्न छोडेकी थिएँ। तर मैले आफ्नो प्रतिष्ठाको बारेमा सोच्न छोडेपछि, र काममा देखिने कमीकमजोरी र गल्तीहरू खुलासा गर्न अग्रसरता देखाउन थालेपछि, मेरा ब्रदर-सिस्टरहरूले मलाई नीच ठानेनन्, बरु मसँग छलफल र सहकार्य गर्न थाले, र हामीले आफ्नो कर्तव्य पूरा गर्ने अझै राम्रो तरिका भेट्टायौँ। त्यसपछि मात्रै मैले छद्म भेष धारण गर्नु र आफ्नो प्रदर्शन गर्नु कति मूर्खता रहेछ भन्ने थाहा पाएँ। यदि मैले पहिले नै यसरी अभ्यास गरेको भए, मैले मण्डलीको काममा ढिलाइ गराउने थिइनँ।
केही समयपछि, अगुवाले मेरो लागि नयाँ विश्वासीहरूलाई मलजल गर्ने नयाँ पार्ट-टाइम जब मिलाइदिइन्। अगुवाले मलाई के बताइन् भने, कतिपय नयाँ विश्वासीहरूले साँचो मार्गमा अझै जग नबसाएका हुनाले, तिनीहरू निष्क्रिय र कमजोर बनिरहेका छन्, र कठिनाइहरूको सामना गर्दा वा पाष्टरहरूले बाधा दिँदा तिनीहरूले भेलाहरूमा सहभागिता जनाइरहेका छैनन्, त्यसकारण तिनीहरूलाई मलजल कार्यद्वारा तुरुन्तै सहयोग गर्नुपर्छ। यो कर्तव्य निकै महत्त्वपूर्ण छ भन्ने थाहा भए पनि, मलाई अझै पनि त्यति इच्छा लागेन। खासमा किन यस्तो लाग्यो भने, यो एउटा पार्ट-टाइम जब थियो, त्यसकारण मैले जति राम्रो काम गरे पनि, हाम्रो समूहको कसैले पनि थाहा पाउनेवाला थिएन। त्यसैले मैले आफ्नै मुख्य काममा अझै धेरै समय बिताउनु नै राम्रो हुन्छ भन्ने लाग्यो। मैले आफ्नो खाली समय व्यावासायिक सीपहरू सुधार्नमा लगाउन सक्थेँ। यदि म आफ्नो मुख्य काममा अझै प्रभावकारी भएँ भने, मेरा ब्रदर-सिस्टरहरूले मलाई आदर गर्ने थिए। त्यही कारणले गर्दा, मलाई नयाँ विश्वासीहरूलाई मलजल गर्ने काममा धेरै मेहनत गर्न मन लागेन। तर त्यसपछिका केही दिनमा, मलाई मेरो स्थिति अलिक अनुचित छ भन्ने लाग्यो, त्यसकारण मैले मेरा ब्रदर-सिस्टरहरूलाई मन खोलेर यसबारेमा सङ्गति गरेँ, त्यसपछि मात्र मलाई म अझै पनि प्रतिष्ठा र हैसियत पछ्याउँदै रहेछु भन्ने महसुस भयो। मैले परमेश्वरको वचनमा यो कुरा पढेँ: “धेरैजसो मानिसहरूले सत्यता पछ्याउँछु भनेर भने पनि, सत्यता अभ्यास गर्ने वा यसको लागि मूल्य चुकाउने कुरा आउँदा, कतिपयले हार मानिहाल्छन्। सारमा यो विश्वासघात हो। समय जति धेरै महत्त्वपूर्ण हुन्छ, उति नै तैँले दैहिक हित त्याग्नुपर्ने अनि अभिमान र घमण्ड पन्छाउनुपर्ने हुन्छ; यदि तँ यसो गर्न असक्षम छस् भने, तैँले सत्यता प्राप्त गर्न सक्दैनस्, र यसले तँ परमेश्वरप्रति बफादर छैनस् भन्ने देखाउँछ। यदि समय जति धेरै महत्त्वपूर्ण हुन्छ, मानिसहरूले त्यति नै धेरै समर्पित हुन र आफ्नो स्वार्थी रुचि, अभिमान र अहङ्कार त्यागेर, आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छन् भने मात्रै, तिनीहरूलाई परमेश्वरले याद गर्नुहुनेछ। ती सबै असल कार्य हुन्! मानिसहरूले जुनै कर्तव्य निर्वाह गरे पनि वा जे काम गरे पनि, कुन बढी महत्त्वपूर्ण छ—तिनीहरूको अभिमान र घमण्ड कि परमेश्वरको महिमा? मानिसहरूले कुन चुन्नुपर्छ? (परमेश्वरको महिमा।) कुनचाहिँ बढी महत्त्वपूर्ण छन्—तेरा जिम्मेवारीहरू कि तेरा आफ्नै रुचिहरू? तेरा जिम्मेवारीहरू पूरा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र ती पूरा गर्नु नै तेरो कर्तव्य हो” (परमेश्वरको सङ्गति)। परमेश्वरको वचन पढिसकेपछि, मलाई आदर गरिए पनि नगरिए पनि, यो मेरो कर्तव्य हो, जसको अर्थ यो परमेश्वरले मलाई दिनुभएको जिम्मेवारी र आज्ञा हो भनेर मैले स्पष्ट रूपमा देखेँ। मैले यसलाई स्विकारेर इमानदारीपूर्वक काम गर्नुपर्थ्यो। मैले अबदेखि प्रतिष्ठा र हैसियतको लागि हिसाबकिताब गर्नु हुँदैनथ्यो। मलजल गर्ने कामको लागि मानिसहरू चाहिएको थियो, तर यसले आफूलाई प्रदर्शन गर्ने मौका नदिने भएकोले यो कर्तव्य पूरा गर्न नचाहनु, के त्यो लाजमर्दो र अनुचित हुँदैनथ्यो र? त्यो साँझ, मैले “के तिमी परमेश्वरलाई आफ्नो हृदयमा भएको प्रेम दिन इच्छुक छौ?” भन्ने शीर्षक रहेको परमेश्वरको वचनको एउटा भजन सुनेँ। त्यसका शब्दहरू यस्ता थिए: “परमेश्वरले हरेक मानिसको प्रेमको कदर गर्नुहुन्छ। उहाँलाई प्रेम गर्ने सबैप्रति उहाँका आशिषहरू दोबर हुन्छन्, किनकि मानिसको प्रेम प्राप्त गर्नु धेरै गाह्रो हुन्छ, र यो यति थोरै मात्र छ कि यसलाई लगभग देख्न नै सकिँदैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मार्ग … (३))। यसले एकदमै मेरो मन छोयो। मण्डलीको कामको रक्षा गर्न जति आवश्यक हुन्थ्यो, मैले आफ्नो कर्तव्य र जिम्मेवारी त्यति नै पूरा गर्नुपर्थ्यो। मैले फेरि पनि परमेश्वरलाई निराश तुल्याउन सक्दिनथेँ। त्यसपछि, नयाँ विश्वासीहरूलाई मलजल गर्ने क्रममा ममा धेरै कमीकमजोरी देखिए र मैले धेरै कठिनाइहरू सामना गरेँ, तैपनि जब मैले मेरो मनसायलाई सही दिशामा लगाएँ र परमेश्वरमा भरोसा गरेँ, तब मैले परमेश्वरको मार्गदर्शन पाएँ, र केही समयपछि नै मैले मलजल गरेका केही नयाँ विश्वासीहरूले फेरि सामान्य रूपमा भेलाहरूमा सहभागिता जनाउन थाले।
चाँडै नै, मण्डलीले मलाई अर्को कामको इन्चार्ज बनायो। यसपटक, आफ्नो काममा जति नै व्यस्त भए पनि, मैले समूहको प्रगतिको नियमित लेखा राखेँ र समयमै काम बाँडफाँट गरेँ। केही समयसम्म, मैले ब्रदर-सिस्टरहरूका कठिनाइहरू हल गर्न तिनीहरूसँग मिलेर हाम्रो कामको पुनरावलोकन पनि गरेँ, र आफूले नबुझेको कुराहरूका निम्ति, मैले यी कुराहरू समाधान गर्न हामीलाई सहयोग गर्ने राम्रो सीप भएका मानिसहरू खोजेँ। क्रमिक रूपमा मेरा कामका नतिजाहरूमा धेरै सुधार आए। यो सबै परमेश्वरको अगुवाइ र आशिष्हरूद्वारा नै भएको हो भन्ने मलाई थाहा थियो। विगतमा, मलाई प्रतिष्ठा र हैसियतको मात्रै चासो हुन्थ्यो। अहिले म हैसियतसम्बन्धी मेरो खोजीलाई केही हदसम्म त्याग्न सक्छु, र सचेत भई मण्डलीको कामको रक्षा गर्न र वास्तविक धरातलमा रही आफ्नो कर्तव्य निभाउन सक्छु। यी परमेश्वरको वचनले हासिल गरेका परिणामहरू हुन्। परमेश्वरलाई धन्यवाद होस्!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।