Nepali Christian Movie | कसले परमेश्‍वरलाई फेरि क्रूसमा टाँगिरहेको छ

22 अगस्ट 2024

गुव शोउचेङ्ग चीनको एउटा घर-मण्डलीको पाष्टर थिए। तिनले प्रभुमा विश्‍वास गरेको धेरै वर्ष भएको थियो, आफ्‍ना प्रवचनहरूमा निरन्तर परिश्रम गर्दै आएका थिए, र सबैतिर सुसमाचार प्रचार गर्दै आइरहेका थिए। सुसमाचार प्रचार गरेको निहुँमा तिनलाई पक्राउ गरेर जेल हालिएको थियो, र तिनले जेलमा १२ वर्ष बिताएका थिए। जेलबाट निस्केपछि, गुव शोउचेङ्गले मण्डलीमा निरन्तर काम गरिरहे। तैपनि, जब गुव शोउचेङ्गको स्वामित्वमा रहेको मण्डलीमा सर्वशक्तिमान् परमेश्‍वरको राज्यको सुसमाचार आइपुग्यो, तिनले यसको बारेमा खोजी वा अनुसन्धान गर्दै गरेनन्, तर परमेश्‍वरका आखिरी दिनहरूको कामलाई दोष दिन तिनले जिद्दी भई आफ्‍नै धारणा र विचारहरूको प्रयोग गरे, अनि विश्‍वासीहरूलाई साँचो मार्ग स्वीकार गर्नबाट बाधा दिन र रोक्‍नको लागि धारणाहरू र झूटहरू फैलाउन सक्दो प्रयास गरे। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेपछि गुव शोउचेङ्गले ती वचनहरूमा साँच्‍चै नै अख्‍तियार र शक्ति छन् र जसले ती वचनहरू सुन्छन् तिनीहरू विश्‍वस्त हुन्छन् भन्‍ने पत्ता लगाउँछन्, अनि तिनी मण्डलीको कसैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढे भने तिनीहरू उहाँका विश्‍वासी हुनेछन् भन्‍ने कुरामा निकै डराउँछन्। त्यसपछि तिनलाई आफ्नो हैसियत र जीवन धान्‍ने उपाय अनिश्‍चित हुनेछ भन्‍ने कुरामा डर लाग्छ। त्यसकारण, उनले एल्‍डर वाङ्ग सेन र मण्डलीका अरू व्यक्तिहरूसँग छलफल गर्छन् र सर्वशक्तिमान्‌ परमेश्‍वरलाई आक्रमण गर्न र दोष दिनको लागि चिनियाँ कम्युनिस्ट सरकारले प्रयोग गरेका अफवाहहरूको प्रयोग गरेर मानिसहरूलाई छलमा पार्ने निर्णय गर्छन्। मण्डलीलाई पकडमा राख्‍न र मानिसहरूलाई साँचो मार्ग स्वीकार गर्नबाट रोक्‍नको लागि गुव शोउचेङ्ग र वाङ्ग सेनले सक्दो प्रयास गर्छन्, र सर्वशक्तिमान्‌ परमेश्‍वरको गवाही दिनेहरूलाई पक्राउ गर्न र सताउनको लागि तिनीहरूले चिनियाँ कम्युनिस्ट पार्टीको सरकारसँग सहकार्य समेत गर्छन्। तिनीहरूको कार्यले गम्‍भीर रूपमा परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन गर्छ र तिनीहरूमाथि उहाँको श्राप आउँछ। वाङ्ग सेन राज्यको सुसमाचार प्रचार गर्ने केही मानिसहरूलाई पक्राउ गर्न गइरहेको बेला कार दुर्घटनामा परेर घटना स्थलमा नै मर्छन्। गुव शोउचेङ्ग डर र हताशको मनस्थितिमा जिइरहेका हुन्छन्, र तिनी आत्तिएको अवस्थामा नै रहन्छन्। तिनले बारम्‍बार मनमनै भन्छन्: "के मैले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई दोष लगाउनु परमेश्‍वरलाई फेरि क्रूसमा टाँग्‍नु हो?"

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्