Nepali Christian Testimony Video 2022 | आजका फरिसीहरू को हुन्?

3 अप्रिल 2022

मुख्य पात्र भक्त इसाई हुन् जसले वर्षौंसम्म प्रभुको इमानदारीसाथ सेवा गरेपछि सर्वशक्तिमान परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार स्वीकार्छिन्। उनको पुरानो मण्डलीका पाष्टरहरूलाई बाइबलको राम्रो ज्ञान भएकोले र अक्सर समुदायलाई प्रभुको पुनरागमनको बाटो हेर्न सिकाउने गरेकोले, यदि तिनीहरूले सर्वशक्तिमान परमेश्‍वरका वचनहरू पढे भने, अवश्यै प्रभुको आवाजलाई चिन्नेछन् र सर्वशक्तिमान परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनेर बुझ्नेछन् अनि त्यसपछि खुसीसाथ प्रभुको स्वागत गर्छन् भनेर उनलाई विश्‍वास हुन्छ। तर, उनलाई अचम्म पार्ने कुरा के हुन्छ भने, पाष्टरहरूले प्रभुको आगमनको समाचार सुन्दा, त्यसबारे सुन्न इन्कार मात्र गर्दैनन्, तर उनलाई साँचो मार्ग स्वीकार्नदेखि रोक्न सकेजति सबै गर्छन्। तिनीहरूले मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिन र बाधा दिन अपसिद्धान्तहरू र भ्रमहरू फैलाउँछन् ताकि उनीहरूले साँचो मार्ग नजाँचून्। तिनीहरूले उनलाई उनको मण्डली सेवा बन्द गर्ने र मण्डलीबाट निष्कासित गर्ने धम्की दिएर सर्वशक्तिमान परमेश्‍वरप्रतिको विश्‍वासलाई त्याग्न लगाउने प्रयास समेत गर्छन्। तथापि, पाष्टरहरूको व्यवहारले पाष्टरहरू र अगुवाहरूको साँचो रूप अर्थात् परमेश्‍वर विरोधी कपटीपनलाई छर्लङ्गै प्रकट गर्छ अनि उनले तिनीहरू वास्तवमा आजका फरिसीहरू हुन् भनेर बुझ्छिन्। उनी तिनीहरूको पकड र नियन्त्रणबाट मुक्त हुन्छिन् अनि उनले सर्वशक्तिमान परमेश्‍वरलाई पछ्याउन अझ धेरै सङ्कल्प गर्छिन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्