परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ३५

16 अप्रिल 2021

परमेश्‍वर मुख्य रूपमा पृथ्वीमा आफ्नो वचन बोल्न आउनुभएको छ; तँ जुन कुरासँग संलग्न हुन्छस् त्यो परमेश्‍वरको वचन हो, तैँले जे देख्छस्, त्यो परमेश्‍वरको वचन हो। तैँले जे सुन्छस् त्यो परमेश्‍वरको वचन हो, तैँले जे पालन गर्छस् त्यो परमेश्‍वरको वचन हो, तैँले जे अनुभव गर्छस् त्यो परमेश्‍वरको वचन हो, अनि परमेश्‍वरको यो देहधारणले मानिसलाई सिद्ध बनाउन मुख्य रूपले वचन प्रयोग गर्नुहुन्छ। उहाँले चिन्ह र चमत्कारहरू देखाउनुहुन्न, र विशेष गरी येशूले विगतमा गर्नुभएका काम गर्नुहुन्न। उहाँहरू परमेश्‍वर र मानिस दुवै हुनुभए तापनि उहाँहरूको सेवा कार्य एकै किसिमका छैनन्। जब येशू आउनुभयो, उहाँले परमेश्‍वरका केही कामहरू गर्नुभयो र केही वचनहरू बोल्नुभयो—तर उहाँले पूरा गर्नुभएको मुख्य काम के थियो? उहाँले मुख्य रूपमा पूरा गर्नुभएको काम क्रूसीकरण थियो। क्रूसीकरणको काम पूरा गर्न र सारा मानव जातिलाई छुटकारा दिन उहाँले पापी मानिसको स्वरूप धारण गर्नुभयो, र सारा मानवजातिको पापका निम्ति उहाँ पाप बलि बन्नुभयो। उहाँले पूरा गर्नुभएको मुख्य काम यही नै थियो। आखिरीमा, उहाँले पछि आउनेहरूलाई डोऱ्याउन क्रूसको बाटो प्रदान गर्नुभयो। जब येशू आउनुभयो, यो मुख्य रूपमा छुटकाराको काम पूरा गर्नुथियो। उहाँले सबै मानवजातिलाई छुटकारा दिनुभयो, र उहाँले स्वर्गको राज्यको सुसमाचार मानिसहरूकहाँ ल्याउनुभयो, र यसबाहेक, उहाँले स्वर्ग राज्यतिर जाने बाटो ल्याउनुभयो। फलस्वरूप, पछि आउने सबैले भने, “हामी क्रूसको बाटोमा हिँड्नुपर्छ र आफैलाई क्रूसको निम्ति बलिदान गर्नुपर्छ।” निस्सन्देह, सुरुसुरुमा येशूले अरू केही काम पनि गर्नुभयो र मानिसलाई पश्‍चाताप गर्ने र आफ्ना पापहरू स्वीकार गर्ने बनाउन केही वचनहरू बोल्नुभयो। तर उहाँको सेवा कार्य अझै पनि क्रूसीकरण नै थियो, र उहाँले साढे तीन वर्ष प्रचार गर्नुभएको मार्ग पछि आउने क्रूसीकरणको निम्ति तयारी थियो। येशूले जति धेरै पल्ट प्रार्थना गर्नुभयो ती सबै पनि क्रूसीकरणको निम्ति थिए। उहाँले एक सामान्य मानिसको जीवन जिउनु, अनि पृथ्वीमा साढे तेत्तीस वर्ष जिउनु मुख्यतया: क्रूसीकरणको खातिर नै थियो; तिनीहरूले उहाँलाई यो काम गर्ने शक्ति दिनुपर्थ्यो, फलस्वरूप परमेश्‍वरले उहाँलाई क्रूसमा टाँगिने काम सुम्पनुभयो। देहधारी परमेश्‍वरले आज कुन काम पूरा गर्नुहुनेछ? आज, परमेश्‍वर मुख्य रूपले “शरीरमा प्रकट हुनुभएका वचन” को काम पूरा गर्न, मानिसलाई सिद्ध बनाउन वचन प्रयोग गर्न, मानिसलाई वचनको निराकरण र वचनको शोधन स्वीकार गर्ने बनाउन देहधारी हुनुभएको छ। उहाँका वचनहरूमा उहाँले तँलाई प्रावधानहरू र जीवन प्राप्त गर्ने तुल्याउनुहुन्छ; उहाँका वचनहरूमा तँ उहाँका काम र कार्यहरू देख्छस्। परमेश्‍वरले तँलाई सजाय दिन र शोधन पार्नका निम्ति वचन प्रयोग गर्नुहुन्छ, र यसैले यदि तैँले कठिनाइ भोगिस् भने त्यो पनि परमेश्‍वरको वचनको कारणले गर्दा नै हो। आज, परमेश्‍वरले तथ्यहरूद्वारा काम गर्नुहुन्न, तर वचनहरूद्वारा गर्नुहुन्छ। उहाँको वचन तँमा आएपछि मात्र पवित्र आत्माले तँभित्र काम गर्न सक्नुहुनेछ र तँलाई कष्ट भोग्ने वा मिठास अनुभव गर्ने तुल्याउनुहुन्छ। परमेश्‍वरको वचनले मात्र तँलाई वास्तविकतामा ल्याउन सक्छ, र परमेश्‍वरको वचन मात्र तँलाई सिद्ध बनाउन सक्षम छ। अनि यसैले कम्तीमा पनि तैँले यसलाई बुझ्नैपर्छ: परमेश्‍वरले आखिरी दिनहरूमा गर्नुभएका काम मुख्य रूपले उहाँको वचन प्रयोग गरेर प्रत्येक व्यक्तिलाई सिद्ध बनाउनु र मानिसलाई बाटो देखाउनु हो। उहाँले सबै काम उहाँको वचनद्वारा गर्नुहुन्छ; तँलाई सजाय दिन उहाँले तथ्यहरू प्रयोग गर्नुहुन्न। यस्ता समयहरू हुन्छन्, जब केही मानिसहरूले परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरले तँलाई असुविधामा पार्नुहुन्न, तेरो शरीरलाई सजाय दिनुहुन्न, न त तैँले कष्ट भोग्‍नेछस्—तर तँमाथि उहाँको वचन आउने बित्तिकै, र त्यसले तँलाई शोधन गर्छ र यो तेरो निम्ति असहनीय हुन्छ। के त्यस्तो हुँदैन र? सेवाकर्ताहरूको समयमा परमेश्‍वरले मानिसलाई अतल कुण्डमा फालिदिनु भन्नुभयो। के मानिस साँच्चै अतल कुण्डमा पुगेको छ? मानिसलाई शोधन गर्न वचनहरू प्रयोग गरेर मानिस अतल कुण्डमा प्रवेश गऱ्यो। अनि यसैले, आखिरी दिनहरूमा जब परमेश्‍वर देहधारी हुनुहुन्छ, उहाँले मुख्य रूपले सबै काम गर्न र सबै कुरा स्पष्ट पार्न वचन प्रयोग गर्नुहुन्छ। उहाँको वचनमा मात्र उहाँ को हुनुहुन्छ भनी तैँले देख्न सक्छस्; उहाँको वचनमा मात्र उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ भनी देख्‍न सक्छस्। जब देहधारी परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ, उहाँले वचन बोल्ने बाहेक अरू काम गर्नुहुन्न—त्यसैले त्यहाँ तथ्यहरूको कुनै आवश्यकता छैन; वचनहरू नै पर्याप्त छन्। यसकारण, उहाँ मुख्यतया: यही काम गर्न आउनुभएको हो, मानिसलाई उहाँको वचनमा उहाँको शक्ति र सर्वोच्चता देख्न दिन, उहाँले नम्रतासाथ आफैलाई कसरी लुकाउनुहुन्छ सो मानिसलाई उहाँको वचनमा देख्न दिन, अनि मानिसलाई उहाँको वचनमा उहाँको समग्रता जान्न दिन आउनुभएको हो। उहाँसँग जे छन् र उहाँ जो हुनुहुन्छ ती सब उहाँको वचनमा छन्। उहाँको बुद्धि र उहाँको अद्भुतता उहाँको वचनमा छन्। यसमा तँलाई परमेश्‍वरले उहाँका वचनहरू बोल्नुहुने धेरै विधिहरू देख्ने तुल्याइन्छ। यो सब समयमा परमेश्‍वरको धेरै जसो काम प्रबन्ध गर्नु, प्रकाश दिनु, र मानिसको निराकरण गर्नु नै भएको छ। उहाँले मानिसलाई हल्‍कासाथ सराप्नुहुन्न, उहाँले सराप्नु भए पनि, उहाँले वचनद्वारा नै तिनीहरूलाई सराप्नु हुन्छ। अनि यसैले, परमेश्‍वर देहधारी हुनुभएको यो युगमा, परमेश्‍वरले फेरि बिरामीलाई निको पार्नुभएको र भूतात्माहरू निकाल्नुभएको देख्ने कोसिस नगर्नुहोस्, अनि निरन्तर चिह्नहरू खोज्न छोडिदिनुहोस्—त्यसको कुनै अर्थ हुँदैन! ती चिह्नहरूले मानिसलाई सिद्ध बनाउन सक्दैनन्। स्पष्ट रूपमा भन्ने हो भने: आज, देहधारण गर्नुहुने वास्तविक परमेश्‍वर आफैले काम गर्नुहुन्न; उहाँ बोल्नु हुन्छ मात्र। यो सत्यता हो। उहाँले तँलाई सिद्ध बनाउन वचनहरू प्रयोग गर्नुहुन्छ, उहाँले तँलाई खुवाउन र पानी पियाउन वचन प्रयोग गर्नुहुन्छ। उहाँले काम गर्नका निम्ति पनि वचनहरू प्रयोग गर्नुहुन्छ, तँलाई उहाँको वास्तविकता थाहा गराउन उहाँले तथ्यहरूको सट्टामा वचनहरू प्रयोग गर्नुहुन्छ। यदि तँ परमेश्‍वरको यस किसिमको कामलाई बुझ्न सक्षम छस् भने नकारात्मक हुन कठिन हुन्छ। नकारात्मक कुराहरूमा ध्यान दिनुभन्दा तैँले सकारात्मक कुराहरूमा ध्यान दिनुपर्छ—भन्नुको अर्थ, परमेश्‍वरका वचनहरू पूरा भए वा नभए पनि वा तथ्यहरूको आगमन भए वा नभए पनि परमेश्‍वरले उहाँको वचनबाट मानिसलाई जीवन प्राप्त गर्न दिनुहुन्छ, अनि यो सबै चिह्नहरूमध्ये ठूलो हो; अझ त्योभन्दा बढी यो एउटा निर्विवाद सत्यता हो। परमेश्‍वरलाई जान्ने यो नै सर्वोत्तम प्रमाण हो, र यो चिह्नहरूभन्दा ठूलो एउटा चिह्न हो। यी वचनहरूले मात्र मानिसलाई सिद्ध बनाउन सक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्