परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ३२

16 अप्रिल 2021

आखिरी दिनहरूमा, मुख्य रूपमा आफ्‍ना वचनहरू बोल्न नै परमेश्‍वर आउनुभएको हो। उहाँ आत्माको परिप्रेक्ष्यबाट, मानिसको परिप्रेक्ष्यबाट, र तृतीय पुरुषको परिप्रेक्ष्यबाट बोल्नुहुन्छ; एक समयावधिको लागि एउटा तरीका प्रयोग गर्दै उहाँ फरक-फरक तरिकाले बोल्नुहुन्छ, र उहाँले मानिसका धारणाहरू परिवर्तन गर्न र मानिसका हृदयबाट अस्पष्ट परमेश्‍वरको प्रतिरूप हटाउन बोल्ने त्यो तरिकाको प्रयोग गर्नुहुन्छ। परमेश्‍वरद्वारा गरिएको मुख्य काम यही हो। परमेश्‍वर बिरामीलाई निको पार्न, भूतप्रेतहरूलाई निकाल्न, आश्‍चर्यकर्महरू प्रस्तुत गर्न, र मानिसमा भौतिक वरदानहरू प्रदान गर्न आउनुभएको हो भन्‍ने मानिसले विश्‍वास गर्ने भएकाले, मानिसका धारणाहरूबाट यस्ता कुराहरू हटाउन परमेश्‍वरले यो चरणको काम—सजाय र न्यायको काम—कार्यान्वयन गर्नुहुन्छ ताकि मानिसले परमेश्‍वरको वास्तविकता र सामान्यता थाहा पाउन सकून्, र ताकि उसको हृदयबाट येशूको प्रतिरूप हटोस् र त्यसको सट्टा परमेश्‍वरको नयाँ प्रतिरूप स्थापित होस्। मानिसभित्रको परमेश्‍वरको प्रतिरूप पुरानो हुनासाथ, यो मूर्ति बन्छ। जब येशू आउनुभयो र त्यो चरणको काम कार्यान्वयन गर्नुभयो, उहाँले परमेश्‍वरको सम्पूर्णतालाई प्रतिनिधित्व गर्नुभएन। उहाँले केही चिन्‍हहरू र अचम्‍मका कामहरू प्रस्तुत गर्नुभयो, केही वचनहरू बोल्नुभयो, र अन्त्यमा क्रूसमा टाँगिनुभयो। उहाँले परमेश्‍वरको एक भागको प्रतिनिधित्व गर्नुभयो। उहाँले परमेश्‍वरको जे जति छ त्यो सबै प्रतिनिधित्व गर्न सक्नुभएन, तर उहाँले परमेश्‍वरको कामको एक भाग गर्दै परमेश्‍वरको प्रतिनिधित्व गर्नुभयो। यसको कारण हो परमेश्‍वर अति महान् र अति आश्‍चर्यजनक हुनुहुन्छ, र उहाँ बुझ्न नसकिने हुनुहुन्छ, र किनभने परमेश्‍वरले हरेक युगमा उहाँको कामको एक भाग मात्र गर्नुहुन्छ। यो युगको दौरान परमेश्‍वरले गर्नुहुने काम मुख्य रूपमा मानिसको जीवनको लागि वचनहरूको प्रावधान; मानव प्रकृति र सार, र उसको भ्रष्ट स्वभावको पर्दाफास; र धार्मिक धारणाहरू, सामन्ती सोच, पुरानो सोच, र मानिसका ज्ञान र संस्कृतिको बहिस्कार गर्नु हो। परमेश्‍वरका वचनहरूद्वारा पर्दाफास गरेर यी कुराहरू सबैलाई सफा पारिनुपर्छ। आखिरी दिनहरूमा, मानिसलाई सिद्ध पार्न, परमेश्‍वरले वचनहरू प्रयोग गर्नुहुन्छ, चिन्‍हहरू र अचम्‍मका कामहरू होइन। उहाँले मानिसलाई खुलासा गर्न, मानिसलाई न्याय गर्न, मानिसलाई सजाय दिन, र मानिसलाई सिद्ध पार्न आफ्‍ना वचनहरू प्रयोग गर्नुहुन्छ ताकि परमेश्‍वरका वचनहरूमा, मानिसले परमेश्‍वरको बुद्धि र प्रेमिलो स्वभाव देख्‍न र परमेश्‍वरको स्वभाव बुझ्न सकोस्, र ताकि परमेश्‍वरका वचनहरूद्वारा, मानिसले परमेश्‍वरका कामहरू देखोस्। व्यवस्थाको युगको दौरान, यहोवाले मोशालाई आफ्‍ना वचनहरूद्वारा मिश्रबाट बाहिर निकाल्‍नुभयो, र इस्राएलीहरूलाई केही वचनहरू बोल्नुभयो; त्यो समयमा, परमेश्‍वरका कामहरूका भाग साधारण बनाइएका थिए, तर मानिसको क्षमता सीमित भएकाले र कुनै कुराले पनि उसको ज्ञानलाई पूर्ण बनाउन नसक्ने भएकाले, परमेश्‍वरले बोल्न र काम गर्न जारी राख्नुभयो। अनुग्रहको युगमा, मानिसले एकपटक फेरि परमेश्‍वरका कामहरूको भाग देख्यो। येशू चिन्‍हहरू र अचम्‍मका कामहरू देखाउन, बिरामीलाई निको पार्न र भूतप्रेतहरूलाई निकाल्न, र क्रूसमा टाँगिन सक्षम हुनुभयो, जसको तीन दिनपछि उहाँ पुनर्जीवित हुनुभयो र मानिसको अगाडि शरीरमा प्रकट हुनुभयो। मानिसले परमेश्‍वरको बारेमा योभन्दा बढी थाहा पाएन। परमेश्‍वरले उसलाई जति देखाउनुहुन्छ मानिसले त्यति नै थाहा पाउँछ, र यदि परमेश्‍वरले मानिसलाई केही पनि नदेखाउने हो भने, परमेश्‍वरबारे मानिसको सीमा निर्धारण त्यति नै हुनेथियो। त्यसैले, परमेश्‍वरले काम गर्न जारी राख्नुहुन्छ ताकि उहाँ बारेको मानिसको ज्ञान गहिरो बनोस्, र मानिसले परमेश्‍वरको सार-तत्व बिस्तारै बुझ्न सकोस्। आखिरी दिनहरूमा, मानिसलाई सिद्ध पार्नको लागि परमेश्‍वरले आफ्‍ना वचनहरूको प्रयोग गर्नुहुन्छ। तेरो भ्रष्ट स्वभावलाई परमेश्‍वरका वचनहरूले उदाङ्गो पार्छ, र तेरा धार्मिक धारणाहरू परमेश्‍वरको वास्तविकताद्वारा प्रतिस्थापित हुन्छन्। आखिरी दिनहरूको देहधारी परमेश्‍वर मुख्य रूपमा “वचन शरीर बन्‍नुहुन्छ, वचन शरीरमा आउनुहुन्छ, र वचन शरीरमा देखा पर्नुहुन्छ” भन्ने वचनहरू पूरा गर्न आउनुभएको हो, र यदि तँलाई यसको विस्तृत ज्ञान छैन भने, तँ दृढ रहन सक्‍नेछैनस्। आखिरी दिनहरूमा, परमेश्‍वरले मुख्य रूपमा त्यो चरणको काम समाप्त पार्ने अभिप्राय राख्नुहुन्छ जसमा वचन शरीरमा देखा पर्नुहुन्छ, र यो परमेश्‍वरको व्यवस्थापन योजनाको एउटा भाग हो। त्यसैले, तिमीहरूको ज्ञान प्रस्ट हुनैपर्छ; परमेश्‍वरले जसरी काम गर्नुभए पनि उहाँलाई सीमित गर्न परमेश्‍वरले मानिसलाई अनुमति दिनुहुन्‍न। आखिरी दिनहरूका दौरान परमेश्‍वरले यो काम नगर्नुभएको भए, उहाँबारे मानिसको ज्ञान अगाडि जान सक्नेथिएन। परमेश्‍वर क्रूसमा टाँगिन सक्नुहुन्छ र सदोमलाई विनाश गर्न सक्नुहुन्छ, र येशू मरेकाहरूबाट जीवित उठ्न सक्नुहुन्छ र पत्रुसका सामु प्रकट हुन सक्नुहुन्छ भन्‍ने मात्रै तैँले जान्‍नेथिइस्…। तर परमेश्‍वरका वचनहरूले सबै पूरा गर्न सक्छ, र मानिसलाई जित्न सक्छ भनेर तैँले भन्‍ने थिइनस्। परमेश्‍वरका वचनहरूको अनुभवबाट मात्र तैँले यस्ता ज्ञानका कुरा बोल्‍न सक्छस्, र तैँले परमेश्‍वरको काम जति बढी अनुभव गर्छस्, उहाँको बारेमा तेरो ज्ञान उत्ति नै बढी विस्तृत हुनेछ। त्यसपछि मात्र तैँले आफ्ना धारणाहरूभित्र परमेश्‍वरलाई सीमित गर्न छोड्नेछस्। मानिसले परमेश्‍वरलाई उहाँका कामलाई अनुभव गरेर जान्दछ; परमेश्‍वरलाई बुझ्ने अर्को कुनै सही मार्गछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज परमेश्‍वरको कामलाई बुझ्‍नु

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्