Nepali Gospel Movie | भक्तिको रहस्य: उत्तरकथा | Preaching the Gospel of the Second Coming of Lord Jesus

24 अप्रिल 2024

लिन बोएन एक वृद्ध प्रचारक हुन् जसले धेरै दशकदेखि प्रभुमा विश्‍वास गर्दै आएका छन्। सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्टलाई स्वीकार गरेपछि, उनलाई पाष्टर र एल्डरहरू अनि ख्रीष्टविरोधी शक्तिहरूले दोषी ठहराए, बहिष्कार गरे, र धार्मिक संसारबाट निकाले। तर लिन बोएनलाई आक्रमण गरिएको, दोषी ठहराइएको, र षड्यन्त्रमा पारिएको भए पनि, उनी डरले पछि हटेनन्। बरु, उनको विश्‍वास झन्-झन् दृढ हुँदै गयो, र यसले गर्दा उनले आखिरमा धार्मिक संसारका पाष्टर र एल्डरहरूले चरित्रवान् भएको देखावटी बहाना मात्रै गरिरहेका छन् भन्‍ने बुझे। यसको साथै, उनले ख्रीष्‍ट मात्र सत्य, मार्ग, र जीवन हुनुहुन्छ, र ख्रीष्‍टले मात्रै मानिसलाई उद्दार गर्न, शुद्ध पार्न र सिद्ध पार्न सक्‍नुहुन्छ भन्‍ने उनले जाने। यसले गर्दा, उनले ख्रीष्‍टलाई पछ्याउने, ख्रीष्‍टको गवाही दिने, र सत्यताको खोजी गर्न, आफ्‍नो स्वभाव परिवर्तन गर्न सके जति गर्ने अठोट गरे, ताकि उनी परमेश्‍वरको साँचो गवाही बन्‍न सकून्। लिन बोएन जेलबाट रिहाइ भएका छन् र परिवर्तन भएका छैनन्, तिनले आफ्‍नो विश्‍वासलाई अलिकति पनि त्यागेका छैनन् र पूर्वीय ज्योतिमा समेत विश्‍वास गरेका छन्, प्रभु येशू फेरि आउनुभएको छ र उहाँ नै सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुन्छ भन्‍ने गवाही दिन जताततै गइरहेका छन् भन्‍ने पत्ता लगाइसकेपछि, चिनियाँ कम्युनिस्ट पार्टीले उनलाई पक्राउ सूचीमा राख्यो र तिनीहरू उनलाई पक्राउ गर्न जताततै खटिए। लिन बोएन आफ्‍नो परिवारलाई छोड्न बाध्य भए, र उनले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामको गवाही दिएको हरेक ठाउँमा, उनले धेरै इमानदार, असल विश्‍वासीहरूलाई परमेश्‍वरतर्फ डोर्‍याएर ल्याउन सके। यस भिडियोले सुसमाचार फैलाउने र परमेश्‍वरको लागि गवाही दिने लिन बोएनको साँचो कथाको वृतान्त प्रस्तुत गर्छ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्