Christian Dance | ख्रीष्टको राज्य देखा परेको छ | Praise Song

7 सेप्टेम्बर 2024

सुरुमा परमेश्‍वरले स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुभयो,

र त्यसपछि उहाँले मानवजाति सृष्टि गर्नुभयो।

परमेश्‍वरले मानवजातिलाई व्यवस्थापन गर्न र मुक्ति दिन काम गर्नुहुन्छ

र यो दिन सम्म अगुवाइ गर्नुहुन्छ।

पूर्वबाट आएको बिजुली पश्चिममा चम्केको छ;

आखिरी दिनहरूमा मानिसको पुत्र देखा परेको छ।

सर्वशक्तिमान् परमेश्‍वरले सबै सत्यता व्यक्त गर्नुहुन्छ,

जुन वचन देहमा देखा पर्नु हो।

आखिरी दिनहरूमा परमेश्‍वरको मुक्ति हो यो;

हतार गर र परमेश्‍वरका पाइलाहरूसँगै पाइला चाल।

हामी हरेक दिन परमेश्‍वरका वचनहरू खान्छौँ अनि पिउँछौँ,

र हामी त्यसैले सत्यता बुझ्छौँ।

सबै जातिहरू परमेश्‍वरका वचनहरूद्वारा विजय गरिएका छन्।

पृथ्वीमा उहाँको पवित्र नाम घोषणा गर्छन्।

ख्रीष्टको धर्मी राज्य पृथ्वीमा देखा परेको छ।

आखिरी दिनहरूको न्यायबाट पर्दा हटाइएको छ;

त्यो परमेश्‍वरका घरमा सुरु भइसकेको छ।

परमेश्‍वरको धर्मी स्वभाव सबै प्रकट हुन्छ,

र उहाँको न्यायबाट कोही पनि उम्कन सक्दैन।

परमेश्‍वरका भेडाहरूले पक्कै उहाँको आवाज सुन्छन्;

परमेश्‍वरको प्रतिरोध गर्नेहरूलाई खुलासा गरिन्छ र हटाइन्छ।

परमेश्‍वरको न्यायले मानिसलाई पखाल्छ र मुक्ति दिन्छ,

जुन तिनीहरूप्रति उहाँको साँचो प्रेम हो।

परमेश्‍वरले शैतानलाई पूर्ण रूपमा जित्नुभएको छ

र विजेताहरूको एउटा समूह बनाउनुभएको छ।

परमेश्‍वरलाई प्रेम गर्नेहरू उहाँद्वारा सिद्ध पारिन्छन्,

तिनीहरू उहाँको ज्योतिभित्र हिँड्नेछन्।

परमेश्‍वरका मानिसहरूले उहाँको गवाही दिन्छन्, र ख्रीष्टलाई नडगमगाई पछ्याउँछन्।

ख्रीष्टको धर्मी राज्य पृथ्वीमा देखा परेको छ।

राज्यप्रतिको सलाम गुञ्जिन्छ, र राज्यको सुसमाचार संसारभर फैलिन्छ।

परमेश्‍वरको कामको शक्ति विशाल र शक्तिशाली छ,

कुनै व्यक्ति वा वस्तुले यसलाई लगाम लगाउनै सक्दैन।

ख्रीष्टको राज्य परमेश्‍वरका वचनहरूको कारण सम्पन्न हुन्छ;

इन्साफ र धार्मिकता पूर्ण रूपमा प्रकट हुन्छन्।

परमेश्‍वरका वचनहरूको कारण सबै राष्ट्रहरू पक्कै पनि परिवर्तन हुन्छन्,

सहस्राब्दी राज्य मानिसहरूको संसारमा ओर्लन्छ।

पृथ्वीमा परमेश्‍वरको इच्छा अघि बढाइन्छ;

ठूलो रातो अजिङ्गर पूर्ण रूपमा पराजित भएको छ।

सर्वशक्तिमान् परमेश्‍वरले शक्ति राख्नुहुन्छ र राजाका रूपमा शासन गर्नुहुन्छ,

सबै राष्ट्र र जातिहरू उहाँको आराधना गर्न आउँछन्।

परमेश्‍वरको व्यवस्थापन योजनाले पूर्ण सफलता हासिल गरेको छ—

उहाँले सबै महिमा प्राप्त गर्नुभएको छ।

ख्रीष्टको धर्मी राज्य पृथ्वीमा देखा परेको छ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्