परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १३३

17 अप्रिल 2021

परमेश्‍वरको काम यस्तो काम हो जसलाई तँ बुझ्न सक्दैनस्। यदि तैँले तेरो निर्णय सही छ कि छैन त्यसलाई राम्ररी बुझ्‍न सक्दैनस्, अनि परमेश्‍वरको काम सफल हुन सक्छ कि सक्दैन भनेर तैँले जान्‍न पनि सक्दैनस् भने, तैँले भाग्यमा भरोसा गरेर यो साधारण मानिस तेरो लागि ठूलो उपयोगी हुन सक्छ कि सक्दैन, र परमेश्‍वरले साँच्‍चै महान् काम गर्नुभएको छ कि छैन भनेर हेर्ने प्रयास किन गर्दैनस् त? यद्यपि, मैले तँलाई भन्नैपर्छ कि नोआको समयमा, मानिसहरू खाइरहेका र पिइरहेका, विवाह गरिरहेका र विवाहमा यति हदसम्म दिइरहेका थिए कि परमेश्‍वरको लागि साक्षी दिन असह्य थियो, त्यसैले आठ जनाको नोआको परिवार र सबै प्रकारका चराहरू र चौपायाहरूलाई मात्र छाडेर मानवजातिलाई नष्ट गर्न उहाँले विशाल जलप्रलय पठाउनुभयो। आखिरी दिनहरूमा, यद्यपि परमेश्‍वरद्वारा बचाएर राखिएकाहरू सबै अन्त्यसम्म उहाँप्रति बफादार रहेकाहरू थिए। हुन त दुवै युगहरू परमेश्‍वरलाई साक्षी दिन असह्य ठूलो भ्रष्टताका समय थिए, र दुवै युगहरूमा मानवजाति परमेश्‍वर उनीहरूको प्रभु हुनुहुन्थ्यो भन्ने इन्कार गर्न यति भ्रष्ट भए कि परमेश्‍वरले नोआको समयमा मानिसहरूलाई मात्र नष्ट गर्नुभयो। दुवै युगहरूमा मानवजातिले परमेश्‍वरलाई ठूलो दुःख दिए, तर पनि परमेश्‍वरले अहिलेसम्म आखिरी दिनहरूका मानिससँग धैर्य गर्नुभयो। किन हो यो? तिमीहरूले किन कहिल्यै आश्चर्य मानेनौ? यदि तिमीहरूलाई साँच्चिकै थाहा छैन भने, मलाई भन्न देऊ। आखिरी दिनहरूमा मानिसहरूलाई परमेश्‍वरले कृपा गर्न सक्नुको कारण उनीहरू नोआको समयका मानिसहरूभन्दा कम भ्रष्ट भएर होइन, अथवा उनीहरूले परमेश्‍वरलाई पश्चाताप देखाएको भएर होइन, आखिरी दिनहरूमा प्रविधि यति आधुनिक छ कि उनीहरूलाई परमेश्‍वर स्वयमले नष्ट गर्न सक्नुहुन्न भन्ने कुरा त परै छाडौं। बरु, यसको कारण यो हो कि परमेश्‍वरले मानिसहरूको एक समूहमा आखिरी दिनहरूमा गर्नु पर्ने काम छ, र यो काम परमेश्‍वर स्वयमले उहाँको देहधारणमा गर्ने चाहना राख्नु हुन्छ। अझ बढी, परमेश्‍वर उहाँको मुक्तिका पात्रहरू र उहाँको व्यवस्थापनको योजनाको फल बन्न यो समूहको एक भाग छान्ने, र ती मानिसहरूलाई अर्को युगमा ल्याउने चाहना राख्नुहुन्छ। त्यसैले, जे भए पनि, परमेश्‍वरले चुकाउनुभएको यो मूल्य पूर्ण रूपले उहाँको देहधारी शरीरले आखिरी दिनहरूमा गर्ने कामको तयारीको लागि हो। यो देहको कारणले तिमीहरू आजका दिनसम्म आइपुगेका छौ। परमेश्‍वर देहमा जिउनुहुने भएकाले तिमीहरूलाई जीवित रहने मौका छ। यो साधारण मानिसको कारणले यो सबै सौभाग्य प्राप्त भएको हो। यति मात्र होइन, तर अन्त्यमा, प्रत्येक राष्ट्रले यो साधारण मानिसलाई आराधना गर्नेछन्, साथै धन्यवाद दिनेछन् र यो महत्वहीन मानिसको आज्ञापालन गर्नेछन्, किनकि यो उहाँले ल्याउनुभएको सत्य, जीवन, र मार्ग हो जसले सबै मानवजातिलाई मुक्ति दिएको छ, परमेश्‍वर र मानिस बीचको द्वन्द्वलाई कम गरेको छ, उनीहरू बीचको दूरीलाई छोट्याएको छ र परमेश्‍वर र मानिसका बिचारहरू बीचको सम्बन्ध खुला गरेको छ। यो उहाँ नै हुनुहुन्छ जसले परमेश्‍वरको लागि अझ महान् महिमा प्राप्त गर्नुभएको छ। के यस किसिमको साधारण मानिस तेरो विश्‍वास र आराधनाको लागि अयोग्य छ? के यस किसिमको साधारण देह ख्रीष्ट भनिन अनुपयुक्त छ? के यस किसिमको साधारण मानिस मानिसहरूका माझ परमेश्‍वरको अभिव्यक्ति बन्न सक्दैन? के यस प्रकारको मानिस जसले मानवजातिलाई विपत्तिबाट जोगाएको छ, तिमीहरूको प्रेम र तिम्रो चाहना उहाँमा राख्न योग्य छैन? यदि तिमीहरूले उहाँको मुखबाट अभिव्यक्त सत्यहरू इन्कार गर्यौ र तिमीहरू माझ उहाँको अस्तित्व घृणा गर्यौ भने, त्यसपछि अन्त्यमा तिमीहरूको के हुनेछ?

आखिरी दिनहरूमा परमेश्‍वरका सबै काम यही साधारण मानिसद्वारा गरिन्छ। उहाँले सबै कुरा तँलाई प्रदान गर्नुहुनेछ, र त्यो भन्दा बढी, तँसँग सम्बन्धित सबै कुराको निर्णय गर्न उहाँ सक्षम हुनुहुनेछ। के यस्तो व्यक्ति तिमीहरूले विश्‍वास गरे जस्तो उल्लेख गर्न नै अयोग्य हुने गरी साधारण हुन सक्छ? के उहाँको सत्य तिमीहरूलाई पूर्णरूपमा विश्‍वस्त तुल्याउन पर्याप्त छैन? के उहाँका कामहरूको साक्षी तिमीहरूलाई पूर्णरूपमा विश्‍वस्त तुल्याउन पर्याप्त छैन? अथवा के उहाँले तिमीहरूलाई डोर्याउनु हुने त्यो बाटो तिमीहरूको लागि हिँड्न योग्य छैन? जब सबै भनिन्छ र गरिन्छ, त्यस्तो के छ जसले तिमीहरूलाई उहाँलाई घृणा गर्न र उहाँलाई टाढा फाल्न र उहाँलाई फराकिलो स्थान दिन लगाउँछ? यो यही मानिस हो जसले सत्य अभिव्यक्त गर्छ, यो यही मानिस हो जसले सत्य प्रदान गर्छ, र यो यही मानिस हो जसले तिमीहरूलाई पछ्याउने मार्ग दिन्छ। के यो हुन सक्छ कि तिमीहरू यी सत्यहरूभित्र परमेश्‍वरको कामका चिन्हहरू भेट्न अझसम्म पनि असक्षम छौ? येशूको कामविना, मानवजाति क्रूसबाट ओर्लन सक्ने थिएनन्, तर आजको देहधारण बिना, क्रूसबाट ओर्लिएकाहरूले कहिल्यै परमेश्‍वरको समर्थन प्राप्त गर्न वा नयाँ युगमा प्रवेश गर्न सक्ने थिएनन्। यो साधारण मानिसको आगमनविना, तिमीहरूले परमेश्‍वरको सही मुखाकृति देख्ने अवसर कहिल्यै पाउने थिएनौ, न त तिमीहरू योग्य नै हुने थियौ, किनकि तिमीहरू सबै धेरै पहिले नष्ट गरिसक्नु पर्ने पात्रहरू हौ। परमेश्‍वरको दोस्रो देहधारणको आगमनको कारणले, तिमीहरूलाई परमेश्‍वरले क्षमा दिनुभएको छ र तिमीहरूलाई कृपा देखाउनु भएको छ। यसका बावजुद, मैले तिमीहरूलाई अन्तिमतिर छोड्नै पर्ने वचनहरू अझै यी छन्ः यो साधारण मानिस, जो देहधारी परमेश्‍वर हुनुहुन्छ, तिमीहरूको लागि अति नै महत्वको हुनुहुन्छ। यो परमेश्‍वरले मानिसहरू माझ पहिले नै गरिसक्नु भएको महान् कुरा हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्