Nepali Christian Movie | सहर पतन हुनेछ | Babylon the Great Is Falling in the Last Days
21 जुलाई 2025
ख्रीष्टियान चेङ्ग हुइझे चीनको एउटा घर-मण्डलीका सहकर्मी हुन्। उनले उनको मण्डलीले चिनियाँ कम्युनिस्ट पार्टीको सरकारको अघि आत्मसमर्पण गर्न एउटा कारखाना खोल्न लागेको र पाष्टरले विश्वासीहरूलाई थ्री-सेल्फ चर्चमा आबद्ध हुन प्रोत्साहन दिइरहेको कुरा थाहा पाउँछिन्। मण्डलीका पाष्टर र एल्डर आफ्नो व्यक्तिगत हैसियत र नामको लागि देखिँदो र नदेखिँदो रूपमा संघर्ष गर्छन्, डाहमा लड्छन्, र मण्डलीलाई विभाजन गर्छन्। पूर्वीय ज्योतिको विरोध गर्न र विश्वासीहरूलाई यसबारेमा सोधपुछ गर्नबाट रोक्न तिनीहरूले चिनियाँ कम्युनिस्ट पार्टीको सरकारसँग हातेमालो पनि गर्छन्। तिनीहरूले राज्यको सुसमाचार प्रचार गर्ने दाजुभाइ-दिदीबहिनीहरूको बारेमा पुलिसलाई सक्रिय रूपमा रिपोर्ट गरेर पक्राउ पनि गर्न लगाउँछन्। चेङ्ग हुइझे अत्यन्तै व्याकुल हुन्छिन्; उनलाई मण्डलीले पवित्र आत्माको काम गुमाइसकेको र प्रभुले श्राप दिनुभएको र धिक्कार्नुभएको महान् बेबिलोनजस्तो उजाड धार्मिक स्थलमा परिवर्तन भइसकेको झैँ लाग्छ। त्यसपछि उनले पूर्वीय ज्योतिको बारेमा बुझ्ने र परमेश्वरको काम र उहाँको देखापराइको खोजी गर्ने अठोट गर्छिन्…। के उनी ढल्न लागेको धार्मिक बेबिलोनबाट उम्कन सक्छिन् त?
अन्य प्रकारका भिडियोहरू