
Chinese Christian Song | परमेश्वर देखा पर्नुको महत्त्व
0 |16 सेप्टेम्बर 2020
परमेश्वर देखा पर्नुले उहाँ स्वयम्को व्यक्तित्वमा उहाँको
काम गर्नको निम्ति पृथ्वीमा उहाँको आगमनलाई संकेत गर्दछ।
उहाँको आफ्नै पहिचान र स्वभावको साथमा,
र उहाँलाई सहज हुने मार्गमा,
उहाँ मानिसहरूको बीचमा युगको सुरुवात गर्ने र युगको अन्त गर्ने काम गर्न ओर्ली आउनुहुन्छ।
यस्तो प्रकारले देखा पर्नु चाहिँ एक प्रकारको समारोह होइन।
यो चिन्ह, तस्विर,
अचम्मको काम, अथवा कुनै किसिमको ठूलो दर्शन,
र अझ कम यो कुनै प्रकारको धार्मिक प्रक्रिया होइन।
यो जो-कसैले पनि छुन र हेर्न सक्ने वास्तविक र यथार्थ तथ्य हो।
यस्तो प्रकारले देखा पर्नु चाहिँ गतिहरूको माध्यमबाट पार हुनको लागि
अथवा कुनै छोटो समयको उपक्रमको निम्ति होइन;
बरु, यो उहाँको व्यवस्थापन योजनाको कामको चरणको निम्ति हो।
परमेश्वर देखा पर्ने घटना जहिले पनि अर्थपूर्ण हुन्छ
र यसले सँधै उहाँको व्यवस्थापनको योजनासँग केही सम्बन्ध वहन गर्दछ।
यहाँ भनिएको “देखा पर्नु” त्यो “देखा पर्नु” भन्दा पूर्ण रूपले भिन्न छ
जसमा परमेश्वरले मानिसलाई अगुवाई गर्नुहुन्छ, डोर्याउनुहुन्छ र ज्योति दिनुहुन्छ।
प्रत्येक चोटि उहाँले आफैलाई प्रकट गर्नुहुँदा परमेश्वरले उहाँको महान कामको चरणलाई अघि बढाउनुहुन्छ।
यो कार्य चाहिँ अरू कुनै युगको भन्दा भिन्न छ।
यो मानिसको निम्ति अकल्पनीय छ र मानिसले कहिल्यै अनुभव गरेको छैन।
यो काम नयाँ युगलाई सुरुवात गर्ने र पुरानो युगलाई अन्त्य गर्ने काम हो,
र यो मानवजातिको मुक्तिको निम्ति कामको नयाँ र सुधारिएको रूप हो;
अझ बढी, यो मानवजातिलाई नयाँ युगमा ल्याउने काम हो।
परमेश्वर देखा पर्नुले यही कुरालाई दर्साउँछ।
— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट
अन्य प्रकारका भिडियोहरू