Christian Song | परमेश्‍वरको पाइलाहरू कसरी खोजतलाश गर्ने

22 जुन 2021

यसकारण, हामीहरू परमेश्‍वरका पाइलाहरूलाई खोजिरहेका भएकाले,

यसले हामीलाई परमेश्‍वरको इच्छा,

परमेश्‍वरको वचन, उहाँको वाणी खोज्न बाध्य बनाउँछ—

परमेश्‍वरको वचन, उहाँको वाणी खोज्न बाध्य बनाउँछ—

किनकि जहाँ परमेश्‍वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्,

त्यहाँ परमेश्‍वरको आवाज हुन्छ,

र जहाँ परमेश्‍वरका पाइलाहरू हुन्छन्, त्यहाँ परमेश्‍वरका कामहरू हुन्छन्।

जहाँ-जहाँ परमेश्‍वरको अभिव्यक्ति हुन्छ, त्यहाँ-त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ,

र परमेश्‍वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ-त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छ।

परमेश्‍वरका पाइलाहरू खोज्दा,

तिमीहरूले “परमेश्‍वर सत्यता, मार्ग र जीवन हुनुहुन्छ” भन्ने “वचनहरू” लाई बेवास्ता गरेका छौ।

अनि त्यसकारण, धेरै मानिसहरूले सत्य ग्रहण गर्दा पनि,

तिनीहरूले परमेश्‍वरका पाइलाहरू भेट्टाएका छन् भनी विश्‍वास गर्दैनन्,

र तिनीहरूले परमेश्‍वर देखा पर्नुभएको कुरालाई स्वीकार गर्नु त परै जाओस्।

कस्तो गम्भीर भुल!

परमेश्‍वर देखा पर्नुहुने कुरा मानिसको धारणाहरूसँग मेल खान सक्दैन,

परमेश्‍वर मानिसको आग्रहमा देखा पर्नुहुन्छ भन्ने कुरा त परै जाओस्।

जब उहाँ आफ्‍नो काम गर्नुहुन्छ

तब परमेश्‍वरले उहाँका आफ्नै छनोटहरू र उहाँका आफ्नै योजनाहरू बनाउनुहुन्छ;

यसबाहेक, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँका आफ्नै विधिहरू छन्।

यसबाहेक, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँका आफ्नै विधिहरू छन्।

परमेश्‍वरले जुनसुकै काम गर्नुहुँदा,उहाँले यसको बारेमा

कुनै मानिससँग छलफल गर्नु वा उसको सल्लाह माग्नु आवश्यक छैन,

प्रत्येक र हरेक व्यक्तिलाई उहाँको कामको बारेमा सूचित गर्ने कुरा त परै जाओस्।

यो परमेश्‍वरको स्वभाव हो,

जसलाई अझ भन्ने हो भने सबैले पहिचान गर्नुपर्छ।

यदि तिमीहरू परमेश्‍वर देखा पर्नुहुने घटनालाई देख्‍न,

परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन चाहन्छौ भने,

सर्वप्रथम तिमीहरू आफ्नो धारणाहरूबाट टाढा जानुपर्छ।

तिमीहरूले परमेश्‍वरलाई यो वा त्यो गर्नू भनी माग गर्नुहुँदैन,

उहाँलाई तिमीहरूले आफ्नै सीमित स्थानमा राख्‍न

र तिमीहरूका आफ्नै धारणाहरूमा उहाँलाई सीमित गर्न हुने कुरा त परै जाओस्।

त्यसको सट्टा, तिमीहरूले परमेश्‍वरका पाइलाहरूलाई कसरी खोज्नुपर्छ,

कसरी परमेश्‍वर देखा पर्नुहुने कुरालाई स्वीकार्नुपर्छ,

र कसरी परमेश्‍वरको नयाँ काममा समर्पण गर्नुपर्छ आफूले आफैलाई सोध्नुपर्छ:

मानिसले गर्नुपर्ने यही हो।

मानिस सत्यता होइन, र ऊसँग सत्यता छैन,

त्यसैले उसले खोजी गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, र आज्ञा पालन गर्नुपर्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्