Christian Dance | अन्धकार र दमनबीच खडा हुँदा | Praise Song
28 मार्च 2025
१
ठूलो रातो अजिङ्गरको क्रूर सतावटले
मलाई शैतानको अनुहार छर्लङ्ग देख्ने तुल्याएको छ।
कैयौँ परीक्षा र सङ्कष्ट भोगेर,
म परमेश्वरको बुद्धि र सर्वशक्तिमान्ता देख्न पुगेको छु।
सत्यता बुझ्न पुग्दा र आस्था प्राप्त गर्दा
म परमेश्वरलाई नपछ्याउनुमा कसरी सन्तुष्ट हुन सक्छु र?
म शैतानलाई गहन रूपमा घृणा गर्छु,
र ठूलो रातो अजिङ्गरलाई झन् बढी घृणा गर्छु।
पिशाच राजा शासन गर्ने स्थानमा जिउनु जेलमा जिउनु हो।
शैतानले मेरो कुर्कुच्चो चिथोर्छ; सुरक्षित बस्ने ठाउँ कहीँ छैन।
परमेश्वरमा विश्वास गर्नु र उहाँको आराधना गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो।
परमेश्वरलाई प्रेम गर्ने छनौट गरेर, म अन्तिमसम्मै बफादार हुनेछु।
शैतान त्यो पिशाच राजा अत्यन्तै क्रूर छ, साँच्चै निर्लज्ज र घृणास्पद छ।
म शैतानको दानवी अनुहार स्पष्ट रूपमा देख्छु,
र मेरो हृदयले ख्रीष्टलाई झन् बढी प्रेम गर्छ।
म शैतानसामु घुँडा टेकेर नीच जीवन जिउनेछैनँ र परमेश्वरलाई धोका दिनेछैनँ।
म सबै कठिनाइ र पीडाको कष्ट भोग्नेछु,
अनि सबैभन्दा अँध्यारा रातहरू सहनेछु।
परमेश्वरको हृदयलाई सान्त्वना दिन, म विजयी गवाहीहरू दिनेछु।
२
मिर्मिरे अघिको रात बितिजानेछ,
र धार्मिकताको सूर्य देखा परिसकेको छ।
शैतान र दियाबलसहरू, आफ्नो मृत्युको मुखमा सङ्घर्ष गर्दै गर्दा,
परमेश्वरको काममा सेवा प्रदान गर्छन्।
परमेश्वरले विजेताहरूको समूह निर्माण गर्नुभएको छ,
र शैतानलाई पूर्णतः लज्जित र पराजित गरिएको छ।
परमेश्वरको धार्मिकता चिन्दा, मेरो हृदयले परमेश्वरलाई अझ बढी प्रेम गर्छ।
परमेश्वरको प्रेमको आनन्द उठाउँदा, मैले परमेश्वरको हृदयलाई ख्याल गर्नुपर्छ।
म परमेश्वरको प्रेम तिर्न आफ्नो सबथोक समर्पित गर्न इच्छुक छु।
म दृढ भएर परमेश्वरलाई पछ्याउनेछु र उहाँको सुभ समाचार फैलाउनेछु।
म परमेश्वरको गवाही दिँदै र उहाँलाई महिमित तुल्याउँदै आफ्नो अन्तिम बफादारी दिनेछु।
परमेश्वरले मलाई चाहे जसरी जाँच्नुभए पनि,
म आफ्नो गवाहीमा दृढ रहन सङ्कल्परत छु।
सत्यता बुझ्न पुग्दा,
मैले परमेश्वरका अभिप्राय पूरा गर्न अभ्यास गर्नैपर्छ।
म परमेश्वरको सुसमाचार फैलाउन र बफादारीसाथ उहाँको गवाही दिन सक्दो गर्नेछु।
म मृत्युसम्मै बफादार रहनेछु र मार्गको अन्तिम भाग राम्ररी हिँड्नेछु।
म परमेश्वरलाई आफ्नो बफादारी अर्पण गर्छु, र म उहाँका लागि मर्न खुसी हुनेथिएँ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू