Christian Dance | अन्धकार र दमनबीच खडा हुँदा | Praise Song

28 मार्च 2025

ठूलो रातो अजिङ्गरको क्रूर सतावटले

मलाई शैतानको अनुहार छर्लङ्ग देख्ने तुल्याएको छ।

कैयौँ परीक्षा र सङ्कष्ट भोगेर,

म परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌ता देख्न पुगेको छु।

सत्यता बुझ्न पुग्दा र आस्था प्राप्त गर्दा

म परमेश्‍वरलाई नपछ्याउनुमा कसरी सन्तुष्ट हुन सक्छु र?

म शैतानलाई गहन रूपमा घृणा गर्छु,

र ठूलो रातो अजिङ्गरलाई झन् बढी घृणा गर्छु।

पिशाच राजा शासन गर्ने स्थानमा जिउनु जेलमा जिउनु हो।

शैतानले मेरो कुर्कुच्‍चो चिथोर्छ; सुरक्षित बस्‍ने ठाउँ कहीँ छैन।

परमेश्‍वरमा विश्‍वास गर्नु र उहाँको आराधना गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो।

परमेश्‍वरलाई प्रेम गर्ने छनौट गरेर, म अन्तिमसम्‍मै बफादार हुनेछु।

शैतान त्यो पिशाच राजा अत्यन्तै क्रूर छ, साँच्चै निर्लज्ज र घृणास्पद छ।

म शैतानको दानवी अनुहार स्पष्ट रूपमा देख्छु,

र मेरो हृदयले ख्रीष्टलाई झन् बढी प्रेम गर्छ।

म शैतानसामु घुँडा टेकेर नीच जीवन जिउनेछैनँ र परमेश्‍वरलाई धोका दिनेछैनँ।

म सबै कठिनाइ र पीडाको कष्ट भोग्नेछु,

अनि सबैभन्दा अँध्यारा रातहरू सहनेछु।

परमेश्‍वरको हृदयलाई सान्त्वना दिन, म विजयी गवाहीहरू दिनेछु।

मिर्मिरे अघिको रात बितिजानेछ,

र धार्मिकताको सूर्य देखा परिसकेको छ।

शैतान र दियाबलसहरू, आफ्नो मृत्युको मुखमा सङ्घर्ष गर्दै गर्दा,

परमेश्‍वरको काममा सेवा प्रदान गर्छन्।

परमेश्‍वरले विजेताहरूको समूह निर्माण गर्नुभएको छ,

र शैतानलाई पूर्णतः लज्जित र पराजित गरिएको छ।

परमेश्‍वरको धार्मिकता चिन्दा, मेरो हृदयले परमेश्‍वरलाई अझ बढी प्रेम गर्छ।

परमेश्‍वरको प्रेमको आनन्द उठाउँदा, मैले परमेश्‍वरको हृदयलाई ख्याल गर्नुपर्छ।

म परमेश्‍वरको प्रेम तिर्न आफ्नो सबथोक समर्पित गर्न इच्छुक छु।

म दृढ भएर परमेश्‍वरलाई पछ्याउनेछु र उहाँको सुभ समाचार फैलाउनेछु।

म परमेश्‍वरको गवाही दिँदै र उहाँलाई महिमित तुल्याउँदै आफ्नो अन्तिम बफादारी दिनेछु।

परमेश्‍वरले मलाई चाहे जसरी जाँच्नुभए पनि,

म आफ्नो गवाहीमा दृढ रहन सङ्कल्परत छु।

सत्यता बुझ्न पुग्दा,

मैले परमेश्‍वरका अभिप्राय पूरा गर्न अभ्यास गर्नैपर्छ।

म परमेश्‍वरको सुसमाचार फैलाउन र बफादारीसाथ उहाँको गवाही दिन सक्दो गर्नेछु।

म मृत्युसम्मै बफादार रहनेछु र मार्गको अन्तिम भाग राम्ररी हिँड्नेछु।

म परमेश्‍वरलाई आफ्नो बफादारी अर्पण गर्छु, र म उहाँका लागि मर्न खुसी हुनेथिएँ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्