Christian Dance | सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद र प्रशंसा | Praise Song
24 अप्रिल 2024
१
हामी परमेश्वरको स्वर सुन्छौँ र उहाँको सिंहासनसामु पुर्याइन्छौँ।
हामी परमेश्वरका वचनहरू खान्छौँ, पिउँछौ र तिनमा रमाउँछौँ
र हामी तीभित्रको सत्यता बुझ्छौँ।
हामी धार्मिक संस्कारका बन्धनहरू हटाउँछौँ,
र अबउप्रान्त नियमहरू द्वारा बाँधिनेछैनौँ।
परमेश्वरका वचनहरूमा जिउँदा,
हाम्रा हृदय मुक्त हुन्छन् र हामी अतुलनीय रूपमा खुसी हुन्छौँ।
सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद र प्रशंसा,
जसले सत्यता व्यक्त गर्नुहुन्छ र मानवजातिलाई मुक्ति दिनुहुन्छ।
परमेश्वरका न्याय र सजायले मलाई शुद्ध पारेका छन्;
मैले उहाँको प्रेमिलोपन देखेको छु।
सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद र प्रशंसा
जसले सत्यता व्यक्त गर्नुहुन्छ र मानवजातिलाई न्याय गर्नुहुन्छ,
हामी परमेश्वरसित आमनेसामने हुन सक्षम छौँ,
हामीले परमेश्वरको महिमायुक्त मुहार देख्ने सौभाग्य पाएका छौँ।
२
हामी परमेश्वरका पाइलाहरूलाई नजिकबाट पछ्याउँछौँ,
र हामी राज्यको वास्तविक प्रशिक्षण स्विकार्छौँ।
परमेश्वरका न्यायका वचनहरू तीखो दोधारे तरवार जस्तै छन्,
र तिनले हाम्रा सोचविचारहरू खुलासा गर्छन्।
अहङ्कार, अभिमान, स्वार्थीपन र छलीपन,
झूट र छल सबै प्रकट गरिन्छन्।
त्यसपछि मात्र म मेरो आफ्नै भ्रष्टताको तथ्य देख्छु।
लुक्ने ठाउँ नपाएर म परमेश्वरसामु लम्पसार पर्छु।
म परमेश्वरको मुक्तिको लागि धन्यवाद दिन्छु र उहाँको धर्मी स्वभावका लागि प्रशंसा गर्छु।
म शरीरको विरुद्ध विद्रोह गर्न र सत्यको अभ्यास गर्न चाहन्छु,
नयाँ व्यक्ति भएर परमेश्वरको हृदयलाई आराम दिन चाहन्छु।
सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद र प्रशंसा। उहाँको न्याय अत्यन्तै धर्मी छ।
मेरो भ्रष्ट स्वभाव शुद्ध पारिएको छ; म सबैभन्दा आशिषित् छु।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
अन्य प्रकारका भिडियोहरू