Christian Dance | सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद र प्रशंसा | Praise Song

24 अप्रिल 2024

हामी परमेश्‍वरको स्वर सुन्छौँ र उहाँको सिंहासनसामु पुर्याइन्छौँ।

हामी परमेश्‍वरका वचनहरू खान्छौँ, पिउँछौ र तिनमा रमाउँछौँ

र हामी तीभित्रको सत्यता बुझ्छौँ।

हामी धार्मिक संस्कारका बन्धनहरू हटाउँछौँ,

र अबउप्रान्त नियमहरू द्वारा बाँधिनेछैनौँ।

परमेश्‍वरका वचनहरूमा जिउँदा,

हाम्रा हृदय मुक्त हुन्छन् र हामी अतुलनीय रूपमा खुसी हुन्छौँ।

सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद र प्रशंसा,

जसले सत्यता व्यक्त गर्नुहुन्छ र मानवजातिलाई मुक्ति दिनुहुन्छ।

परमेश्‍वरका न्याय र सजायले मलाई शुद्ध पारेका छन्;

मैले उहाँको प्रेमिलोपन देखेको छु।

सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद र प्रशंसा

जसले सत्यता व्यक्त गर्नुहुन्छ र मानवजातिलाई न्याय गर्नुहुन्छ,

हामी परमेश्‍वरसित आमनेसामने हुन सक्षम छौँ,

हामीले परमेश्‍वरको महिमायुक्त मुहार देख्ने सौभाग्य पाएका छौँ।

हामी परमेश्‍वरका पाइलाहरूलाई नजिकबाट पछ्याउँछौँ,

र हामी राज्यको वास्तविक प्रशिक्षण स्विकार्छौँ।

परमेश्‍वरका न्यायका वचनहरू तीखो दोधारे तरवार जस्तै छन्,

र तिनले हाम्रा सोचविचारहरू खुलासा गर्छन्।

अहङ्कार, अभिमान, स्वार्थीपन र छलीपन,

झूट र छल सबै प्रकट गरिन्छन्।

त्यसपछि मात्र म मेरो आफ्नै भ्रष्टताको तथ्य देख्छु।

लुक्ने ठाउँ नपाएर म परमेश्‍वरसामु लम्पसार पर्छु।

म परमेश्‍वरको मुक्तिको लागि धन्यवाद दिन्छु र उहाँको धर्मी स्वभावका लागि प्रशंसा गर्छु।

म शरीरको विरुद्ध विद्रोह गर्न र सत्यको अभ्यास गर्न चाहन्छु,

नयाँ व्यक्ति भएर परमेश्‍वरको हृदयलाई आराम दिन चाहन्छु।

सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद र प्रशंसा। उहाँको न्याय अत्यन्तै धर्मी छ।

मेरो भ्रष्ट स्वभाव शुद्ध पारिएको छ; म सबैभन्दा आशिषित् छु।

म परमेश्‍वरको मुक्तिको लागि धन्यवाद दिन्छु र उहाँको धर्मी स्वभावका लागि प्रशंसा गर्छु।

म शरीरको विरुद्ध विद्रोह गर्न र सत्यको अभ्यास गर्न चाहन्छु,

नयाँ व्यक्ति भएर परमेश्‍वरको हृदयलाई आराम दिन चाहन्छु।

सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद र प्रशंसा। उहाँको न्याय अत्यन्तै धर्मी छ।

मेरो भ्रष्ट स्वभाव शुद्ध पारिएको छ; म सबैभन्दा आशिषित् छु।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्